सौन्दर्य लहरी
सौन्दर्य लहरीको अर्थ हुन्छ सुन्दरताको लहर। जम्मा १०० श्लोकको सौन्दर्य लहरीलाई दुई भागमा विभाजन गरिएको छ । यसको पहिलो ४१ श्लोक लाई आनन्द लहरी भनिन्छ । त्यस पछिको अर्को ५९ श्लोकहरूलाई सौन्दर्य लहरी भनिन्छ। सनातन मान्यता अनुरूप भगवान् गणेश आफैँले मेरु पर्वतमा ४१ श्लोकको आनन्द लहरीको शिलालेख लेखे। ऋषि गौड पादले मेरु पर्वतमा लेखिएको त्यो शिलालेख पढेर आदि शंकरालाई सुनाए। आदि शंकराले त्यसमा आफैँले ५९ श्लोकको सौन्दर्य लहरी थपेर आनन्द लहरीलाई सौन्दर्य लहरीको रूपमा रूपान्तरण गरे।
सौन्दर्य लहरीका धेरै अनुवाद र व्याख्याहरू भेटिन्छ। पहिलो पटक यसलाई नेपालीमा
अनुवाद गर्ने प्रयास यहाँ गरिएको छ। सङ्कलकको अनुभवमा हरेक व्यक्तिले आफ्नो जीवनमा
आफै भित्र शिव-शक्तिको रूपको अनुभूति गर्न र त्यसको आफ्नो जीवनको वास्तविक समयमा
रसपान गर्ने मौका प्राप्त गर्दछ। हरेक व्यक्तिले उक्त मौकालाई उचित अवसरमा
रूपान्तरण गर्न यसको चुरो रस बारे ज्ञान प्राप्त गर्न सक्दा उसको जीवन अधिक
अर्थपूर्ण हुने छ। सौन्दर्य लहरीको सङ्कलन गरी त्यसको भावार्थलाई वेद र विज्ञानको
आँखाले तौलेर क्रियोल नेपाली भाषामा प्रस्तुत गर्ने भूमिकामा रहेर काम गर्दा
सङ्कलकको रूपको मेरो अनुभव हो। यसलाई तपाई पुरुष हुनु वा नारी,
आफूलाई शिवको रूपमा र तपाइको पृयतम वा पृयसी लाई शक्तिको भूमिकामा राखेर उन वा उनीको तपाइको
जीवनमा रहेको भूमिका पहिल्याउन, त्यसको मनन गर्न र कदर गर्न सक्दा तपाइको जीवन अर्थपूर्ण र
करुणा भाव युक्त बनेर सुखी र आनन्दित हुने मेरो विश्वास छ। यो सङ्कलनका पाठकहरूले
प्रस्तुत सौन्दर्य लहरीको रस पानले सिञ्चित बनेर यसको आनन्द लिन सक्नुहोस् भनी
फेरी आदि मूल, बराह थानसँग हार्दिक प्रार्थना गर्दछु।
- विद्यावारिधि अथर्ववेदाचार्य नारायण घिमिरे।