भाग – १: आनन्द लहरी

१.   

   शिवः शक्त्या युक्तो यदि भवति शक्तः प्रभवितुम्

न चेदेवं देवो न खलु कुशलः स्पन्दितुमपि;

न चेदेवं देवो न खलु कुशलः स्पन्दितुमपि;

अतस्त्वामाराध्यां हरिहरविरिञ्चादिभिरपि

प्रणन्तुं स्तोतुं वा कथमकृतपुण्यः प्रभवति।

 

भावार्थ:

शिव शक्ति संगै रहँदा, सृष्टि गर्नु सम्भव भो,

पार्वतीको साथ नहुँदा, ब्रह्माण्ड नै निस्सार भो।

शक्ति नै हो पुण्यको सार, सत्यको उज्यालो,

शक्तिविहीन शिवपद पनि, हुन्छ मात्र खाली चालो।

एक इन्च पनि न हिँड्न सक्छन्, शक्ति बिना प्रभु,

पुण्य नगरी, स्तुति नगरी, के शिव पाउँछन् कसु?

हे देवी! तिम्रै महिमा, त्रिदेवले गाइरहे,

शक्ति स्वरूपा बनि, विश्वलाई तारिरहे।

 

 

.

तनियांसं पांसुं तव चरणपङ्केरुहभवं

विरिञ्चिः सञ्चिन्वन् विरचयति लोकानविकलम्;

वहत्येवं शौरिः कथमपि सहस्रेण शिरसां

हरः सम्क्षुद्यैनं भजति भसितोद्धूलनविधिम्।

 

भावार्थ:

सृष्टिकर्ता ब्रह्मा लिई, शक्तिको चरणधूल,

रचे जगत अपार, भयो सृष्टि अति अनुकूल।

सहस्र शिरधारी शेष, कठिनैले धारण गर्छ,

तिम्रो चरणको कण पाऊँ, भनी दिनरात सँघर्ष।

भगवान रुद्रले पिँधेर, बनाउँछन् विभूति,

लाउँछन् शिरमा श्रद्धाले, हो शक्ति तिम्रो ज्योति।


.

अविद्यानां अन्तस्तिमिरमिहिरद्वीपनगरी

जडानां चैतन्यस्तबकमकरन्दश्रुतिझरी

दरिद्राणां चिन्तामणिगुणनिका जन्मजलधौ

निमज्जानां दंष्ट्रा मुररिपुवराहस्य भवति।


भावार्थ:

हे देवी शक्ति! तिम्रो धूलो, सूर्य समान उदाउँछ,

अज्ञानको घोर तमसलाई, ज्योति बनेर लाउँछ।

जड मनहरूमा चेतना, फुलबारीझैँ फुलाउँछ,

मधुर झरनाजस्तै बगि, ज्ञानको रस खनाउँछ।

गरीबका लागि कल्पवृक्ष, वरदानको मूल,

तिम्रो कृपाले पाउँछन् सबै, सुख-समृद्धिको फूल।

जन्म-मृत्युको सागरमा जो, डुबिरहेका छन्,

उद्धार गर्छ वराहझैँ, तिम्रो आशिषले तिन।


.

त्वदन्या पाणिभ्यामभयवरदो दैवतगणाः

त्वमेका नैवासि प्रकटितवराभीत्यभिनया

भयात्त्रातुं दातुं फलमपि च वाञ्छासमधिकं

सरन्ये लोकानां तव हि चरणावेव निपुणौ।

 

भावार्थ:

हे देवी शक्ति! संसारको आधार,

तिम्रै कृपाले कट्छन् सबै भार।

अन्य देवता दिन्छन् वरदान,

तर तिमी स्वयं हौ संजीवनी प्राण।

तिम्रो चरणमा हट्छन् सब पीडा,

तिम्रो कृपाले भरिन्छ सरीता।

हे जगदम्बे! रक्षा गर हामीलाई,

तिम्रो शरणमा देऊ उज्यालो राहालाई।


.

हरिस्त्वामाराध्य प्रणतजनसौभाग्यजननीं

पुरा नारी भूत्वा पुररिपुमपि क्षोभमनयात्

स्मरोपि त्वां नत्वा रतिनयनलेह्येन वपुषा

मुनीनामप्यन्तः प्रभवति हि मोहाय महताम्।

 

भावार्थ:

हे शक्ति! तिमी सदा, भक्तका पुण्यकी ज्योति,

हरिले आराध्य गरि, ग्रहण गरे तिम्रो भक्ति।

सौभाग्यकी दात्री बनी, स्नेह बर्स्यौ सबैमा,

नारी रूप धरि शिवलाई, मोहित गर्यौ क्षणमा।

 

कामदेवले पाए तिम्रो, अनुपम रूपको वर,

मोहिनीस्वरूप बनी, छायौ जगतभर।

तिम्रो सौन्दर्य देखी, ऋषिहरू पनि हराए,

योगी-मुनि ध्यान भुली, तिम्रै रूपमा रमाए।

 

हे महादेवी शक्ति! अनन्त गुणकी खानी,

भक्तजनका कष्ट मेटी, दिन्छ्यौ सधैँ कृपानी (कृपाको वर्षा)

सृष्टिको मातृस्वरूप, अमर तिम्रो कहानी,

तिमी बिना अधुरो, सारा ब्रह्माण्डको बाणी।

 

.

धनुः पौष्पं मौर्वी मधुकरमयी पञ्च विशिखाः

वसन्तः समन्तो मलयमरुदयोधनरथः

तथाप्येकः सर्वं हिमगिरिसुते कामपि कृपाम्

अपाङ्गात्ते लब्ध्वा जगदिदमनङ्गो विजयते।

 

 

भावार्थ:

हे हिमशिखरकी कान्छी छोरी,

सौन्दर्यकी शाश्वत जोति!

फूलकै धनुष, मौरीको डोरी,

कोमल पुष्प बाणको प्रीति।

 

वसन्त ऋतु मन्त्री बनी,

मलय पवन रथमा सवार,

शरीर विहीन प्रेमको देवता,

पनि जित्छ यो, सारा संसार।

 

हे देवी! तिम्रो एक झल्को,

कृपा भरेको तिम्रो दृष्टि,

अनङ्गले पायो त्यो वर,

अद्वितीय भयो प्रेमको शक्ति!


.

क्वणत्काञ्चीदाम करिकलभकुम्भस्तननता

परिक्षीणमध्ये परिणतशरचन्द्रवदना

धनुर्बाणान्पाशं श्रिणिमपि दधाना करतलैः

पुरस्तादस्तां नः पुरमथितुराहोपुरुषिका।

 

भावार्थ:

सुनौलो पेटीले सजी,

नाजुक घण्टी टुनटुन बाजी,

वक्षस्थलले हल्का झुकेको,

हात्तीका मस्तक जस्तै छायी।

 

पातलो रूप, अनुपम लावण्य,

शरद पूर्णिमा जस्तै मुहार,

हातमा छ ऊखुको धनुष,

र फूल बाणको अद्भुत भार।

 

फाँसो र अङ्कुश धारण गरी,

तीन नगर जलाउने जो,

शिवको गर्वस्वरूप बनी,

हे देवी! आउँ, दर्शन देऊ!


.

सुधासिन्धोर्मध्ये सुरवितपिवाटी परिवृते

मणिद्वीपे नीपोपवनवति चिन्तामणिगृहे

शिवाकारे मञ्चे परमशिवपर्यङ्कनिलयां

भजन्ति त्वां धन्याः कतिचन चिदानन्दलहरीम्।

 

भावार्थ:

अमृत सिन्धुको मध्य भागमा,

रत्नद्वीपको सुन्दर धाममा,

वरदान दिने कल्पवृक्षले,

घेरिएको पवित्र बगैँचामा।

 

कदम्ब पुष्पले सुशोभित,

चिन्तनरत्नको महलभित्र,

शिवको काखको पुण्य आसनमा,

बसेकी छिन्, अनन्त शान्तिमा।

 

परमानन्दको सिन्धुमा छाल बनी,

परमसत्यकी उज्यालो ज्योति,

जसलाई पूजा गर्छन् केवल,

अत्यन्त पुण्यशाली योगी।

 

.

महीं मूलाधारे कमपि मणिपूरे हुतवहं

स्थितं स्वाधिष्ठाने हृदि मरुतमाकाशमुपरि

मनोऽपि भ्रूमध्ये सकलमपि भित्त्वा कुलपथं

सहस्रारे पद्मे सह रहसि पत्या विहरसे।

 

भावार्थ:

हे मेरी देवी! पवित्र ज्योति,

प्रेमी शिवसँग गोप्य बास,

हजार पत्रको कमलमध्य,

छायौ अनन्त प्रेम प्रकाश।

 

मूलाधारमा पृथ्वीशक्ति,

मणिपूरमा जलको धार,

स्वाधिष्ठानको अग्निज्वाला,

हृदयमा वायुको विस्तार।

 

भ्रूमध्ये आकाशशक्ति,

सबल ऊर्जा तिमीमा समाहित,

तिम्रो ध्यानले पाइन्छ सत्य,

हे देवी! देऊ आशीर्वाद अपार!

 

१०.

सुधाधारासारैश्चरणयुगलान्तर्विगलितैः

प्रपञ्चं सिञ्चन्ति पुनरपि रसाम्नायमहसः

आवाप्य स्वां भूमिं भुजगनिभमाढ्युष्टवलयां

स्वमात्मानं कृत्वा स्वपिषि कुलकुण्डे कुहरिणि।

 

भावार्थ:

तिम्रो चरणबाट बग्ने अमृत,

नशा-नशामा छर्छ प्रकाश,

सुधा झरिरहेछ शीतल चन्द्रबाट,

भरिन्छ तनमा दिव्य उल्लास।

 

पुनः फर्केर आफ्नै थलो,

सर्पझैं कुण्डली पार,

मध्यभागको कुण्डकुण्डमा,

सुत्छ्यौ शान्ति भरेर अपार।

 

११.

चतुर्भिः श्रीकान्तैः शिवयुवतिभिः पञ्चभिरपि

प्रभिन्नाभिः शम्भोर्नवभिरपि मूलप्रकृतिभिः

चतुश्चत्वारिंशद्वसुदलकलाश्रात्रिवलय

त्रिरेखाभिः सार्धं तव शरणकोणः परिणतः।

 

भावार्थ:

शिवका हुन्छन् चक्र चार,

पाँच चक्र शक्ति रथका,

मातृस्वरूप, जगको आधार,

सृष्टि पथ तिमी हौं सारा।

महल छ चक्रको पवित्र,

विभाजित भागमा चार,

अष्ट (आठ), षोडश (सोह्र) पत्रले सजी,

तीन वृत्तले गरि आक्रान्त।

रचना रचिन् तीन रेखाले,

चतुश्चत्वारिंश (४४) कोण रह्यो,

संरचना तिम्रो, हे महाशक्ति! 

संसार सदा अनन्त बन्यो।

 

टिप्पणी:

तन्त्रशास्त्रमा पवित्र मानिने ज्यामितीय यन्त्र श्रीचक्रमा ४४ कोण, ९ त्रिकोण र ४३ त्रिभुजहरू हुन्छन्। यसलाई ब्रह्माण्डको प्रतीक मानिन्छ।

 

शिवका चतुर्विध चक्रहरू चार प्रमुख दैवीय कार्यहरूलाई जनाउँछन्: सृष्टि, स्थिति, संहार, र अनुग्रह। सृष्टि (सिर्जना) प्रक्रियाले ब्रह्माण्डको उत्पत्तिलाई जनाउँछ, जहाँ शिवको शक्ति सबै वस्तुहरूको निर्माण गर्छ। स्थिति (पालन) ब्रह्माण्डलाई सन्तुलित राख्ने कार्य हो, जसले जीवनको निरन्तरतालाई सुनिश्चित गर्छ। संहार (विनाश) भनेको सृजनाको अन्त्य गर्ने प्रक्रिया हो, जहाँ शिवले पुराना रूपहरूको समापन गरी नयाँ सुरुवातका लागि मार्ग खोल्छन्। अन्ततः, अनुग्रह (मोक्ष) शिवको कृपा हो, जसले आत्माहरूलाई मुक्तिको मार्ग दिन्छ र परम शान्तिमा प्रवेश गराउँछ।

शक्ति परम्परामा, पञ्चचक्र शक्ति रथ पाँच प्रमुख देवी शक्तिहरूको समष्टि हो, जसले ब्रह्माण्डीय गतिलाई चलाउँछन्। महाकाली समय र परिवर्तनको शक्ति हुन्, जसले विनाश र पुनर्जन्मलाई नियन्त्रित गर्छिन्। महालक्ष्मी समृद्धि र सम्पन्नताको स्रोत हुन्, जसले जीवनमा भौतिक तथा आध्यात्मिक सन्तुलन ल्याउँछिन्। महासरस्वती ज्ञान र बुद्धिको शक्ति हुन्, जसले सृजनात्मकता र विवेकको प्रकाश दिन्छिन्।

 

महामाया ब्रह्माण्डको मायावी स्वरूपलाई प्रतिनिधित्व गर्छिन्, जसले जीवनको रहस्यलाई बुझ्न मद्दत गर्छ। अन्ततः, महाशक्ति सबै ऊर्जाहरूको शाश्वत स्रोत हुन्, जसले सम्पूर्ण ब्रह्माण्डलाई सञ्चालन गर्छिन्। यी पाँच शक्तिहरूले ब्रह्माण्डीय ऊर्जाको प्रवाहलाई विभिन्न आयामहरूमा परिचालित गर्छन्।

 

चक्रको महल भन्नाले कुनै पनि संरचना वा प्रणालीका चार प्रमुख भागहरूलाई जनाउँछ, जसले एकअर्कासँग समन्वय गर्दै ब्रह्माण्डीय, आध्यात्मिक, योगिक वा दार्शनिक प्रणालीलाई स्थायित्व प्रदान गर्छ। यसको पहिलो आयाम आध्यात्मिक चक्रको महल हो, जसमा सृष्टि (उत्पत्ति), स्थिति (पालन), संहार (विनाश), र अनुग्रह (मोक्ष) जस्ता चार प्रमुख सिद्धान्तहरू छन्, जसले ब्रह्माण्डको निरन्तर प्रवाहलाई परिभाषित गर्छ। दोस्रो आयाम योगिक चक्रको महल हो, जसमा मूलाधार (स्थिरता), अनाहत (प्रेम), आज्ञा (ज्ञान), र सहस्रार (परमचेतना) को समावेश हुन्छ, जसले आत्मबोध र आध्यात्मिक उन्नतिको मार्ग देखाउँछ। तेस्रो आयाम शक्ति चक्रको महल हो, जहाँ महाकाली (परिवर्तन), महालक्ष्मी (समृद्धि), महासरस्वती (ज्ञान), र महाशक्ति (सर्वशक्तिमान ऊर्जाको स्रोत) समाहित छन्, जसले ब्रह्माण्डीय ऊर्जा प्रवाहलाई सञ्चालन गर्छ।

 

अन्तिम रूपमा, जीवनचक्रको महल चार प्रमुख अवस्थाहरूमा विभाजित हुन्छ – बाल्यकाल (सिकाइ), युवावस्था (कर्मशीलता), प्रौढावस्था (परिपक्वता), र वृद्धावस्था (मोक्षको बाटो), जसले मानव जीवनको प्राकृतिक विकासलाई परिभाषित गर्छ। यसरी, चक्रको महल चार प्रमुख तहहरूको संयोजन हो, जसले ब्रह्माण्डीय ऊर्जा, आध्यात्मिक दर्शन, योगिक अभ्यास, तथा जीवनको क्रमिक यात्रालाई सुचारु रूपमा सञ्चालन गर्छ।

 

श्री चक्र (Shri Yantra) वा अन्य शक्ति यन्त्र बनाउने क्रममा आठ र सोह्र पत्रहरूले सजिएको कमल पत्रको (Lotus Petals) आकृति तीन गोला वा वृत्तहरूले घेरेको हुन्छ। जसले भौतिक संसार, सूक्ष्म संसार, र आध्यात्मिक संसारका तीन स्तरहरूलाई जनाउने गर्दछ। यो त्रिपुरा सिद्धान्त वा त्रिगुण (सत्त्व, रज, तम) लाई पनि सूचित गर्न उपयोग गर्न सकिन्छ। तान्त्रिक ज्यामितिमा विशेष संरचना (Triangle or Trikona) कुनै वेला शिव, शक्ति र आत्मा अथवा कुनै अवस्थामा इडा, पिङ्गला, सुषुम्ना नाडीको सङ्केत दिने गरी तीन रेखाले त्रिकोणात्मक पारिन्छ।  जसलाई शक्ति यन्त्रहरूको त्रिकोणात्मक शक्ति भनिन्छ।

 

तान्त्रिक ज्यामिति अनुसार विभिन्न त्रिकोणहरू मिलेर कुल ४४ कोण बन्ने श्री यन्त्र, महामेरु यन्त्र  वा कुनै विशेष मण्डलको संरचना हुन पुग्दछ। जुन प्रत्यक्ष रूपमा मानव शरीर सँग सम्बन्धित हुन्छ। मानव शरीरभित्र रहेको सूक्ष्म ऊर्जा प्रणाली, चेतनाको विकास क्रम, र ब्रह्माण्डीय संरचनाको प्रतिबिम्ब हुन्।

 

विशेष गरी, मेरुदण्ड (Spine) र चक्र प्रणाली (Chakra System) को जागरण प्रक्रियालाई यी यन्त्रहरूले स्पष्ट पार्छन्। यस कारण, जब कुनै साधक श्री यन्त्र वा महामेरु यन्त्रको ध्यान गर्छ, ऊ वास्तवमा आफ्नो शरीरभित्र रहेको ऊर्जा केन्द्रहरूको ध्यान गरिरहेको हुन्छ। यसको वास्तविक अर्थ शरीरलाई ब्रह्माण्डीय संरचनासँग समाहित गराउने प्रणाली हो।

 

टिप्पणी: तन्त्रशास्त्रमा पवित्र मानिने ज्यामितीय यन्त्र श्रीचक्रमा ४४ कोण, ९ त्रिकोण र ४३ त्रिभुजहरू हुन्छन्। यसलाई ब्रह्माण्डको प्रतीक मानिन्छ।

 

१२.

त्वदीयं सौन्दर्यं तुहिनगिरिकन्ये तुलयितुं

कवीन्द्राः कल्पन्ते कथमपि विरिञ्चिप्रभृतयः

यदलोकोत्सुक्यादमरललना यान्ति मनसा

तपोभिर्दुष्प्रापामपि गिरीशसायुज्यपदवीम्।

 

अनुवाद:

हे सुता! हिमालयकी,

अद्भुत छवि तिम्रो अपार।

शब्दहरूमा हारे ब्रह्मा पनि,

नसके गर्न वर्णन बारम्बार।

 

झिलमिल मुस्कानको निम्तो तिम्रो,

समाए  स्वर्गकी अप्सराहरूले।

डुबेका मनहरू ध्यानमा शिवको,

तपस्या ज्वाला तिम्रो चाहनाको।

 

शीतल रूप हिउँद झैं हिमालको,

दर्पण तिमी अमर प्रेमको।

अनन्त यात्रा, एकत्वको रहस्य,

मिलन शक्ति- शिव अमर अमृता।

 

 

१४.

क्षितौ सत्पञ्चाशद् द्विसमधिकपञ्चाशदुदके

हुतासे द्वाषष्टिश् चतुरधिकपञ्चाशदनिले।

दिवि द्विःषट्त्रिंशन् मनसि च चतुःषष्टिरिति ये

मयूखास्तेषामत्युपरि तव पादाम्बुज युगम्॥

 

अनुवाद:

दुई पवित्र चरणहरू तिम्रा छन् माथि धेरै,

पृथ्वी सारका ५६ किरणभन्दा मूलाधारका ।

भन्दा ५२ किरण  मणिपूरकको जल सारका ।

अग्नि सारका  ६२ किरण स्वाधिष्ठानको।

वायु सारका ५४ किरण भन्दा अनाहतका।

आकाश सारका ७२ किरण विशुद्धिको भन्दा।

चक्र आज्ञाको ६४ किरण भन्दा मन सारका ।

उच्चतम छन् तिम्रा चरणद्वय र मानस पटल ,

बनि रहेर सबै तत्त्वहरूको सार अटल ।

 

टिप्पणी: वैदिक परम्परामा पृथ्वी, जल, अग्नि, वायु, आकाश र मन जस्ता परा गुणका तत्त्वहरू प्रकाशका किरणहरूको फरक फरक आवृत्ति निर्मित चक्र हुन् जुन मानव शरीर निर्माण गर्न सबै भन्दा सूक्ष्म भौतिक पन्च तत्व गुणको पहिलो अभौतिक आधारको ट्रेन्ड (Pattern or Trend) निर्माण गर्दछ। पन्च तत्त्वहरूको अभौतिक पक्ष र भौतिक पक्ष बिचको गहिरो सम्बन्धको आधारको सेतुको रूपमा रहेको यो ऊर्जा लाई चक्रहरू भनिन्छ। जसलाई मूलाधार, मणिपुर, स्वाधिष्ठान, अनाहत, विशुद्धि, र आज्ञा चक्र भन्ने गरिन्छ। तिनीहरूले क्रमशः पृथ्वी, जल, अग्नि, वायु, आकाश र मन जस्ता प्राकृतिक तत्त्वहरूको ऊर्जाको आधार निर्माण गरेको हुन्छ।

 

जसका ५६ चक्र मिली बनेको मूलाधार चक्रले पृथ्वी तत्व गुणको सार बोकेको हुन्छ। ५२ चक्र मिली बनेको मणिपुर चक्रले जल तत्व गुणको सार बोकेको हुन्छ। ६२ चक्र मिली बनेको स्वाधिष्ठान चक्रले अग्नि, ५४ चक्र मिली बनेको अनाहत चक्रले वायु, ७२ चक्र मिली बनेको  विशुद्धि चक्रले आकाश तथा ६४ चक्र मिली बनेको आज्ञा चक्रले मन तत्व गुणको सार बोकेको हुन्छ। यस्ता ऊर्जाका भौतिक शरीरको अभौतिक गुण र वृतिका फरक फरक आयामहरू निर्माण गर्न भूमिका खेल्ने गर्दछन्। 

 

भौतिक शरीरको अभौतिक गुण र वृतिका यस प्रकारका फरक फरक आयामहरूले मानव भौतिक शरीरको मस्तिष्क र मन संग सम्बन्धित आध्यात्मिक, मानसिक र मनोवैज्ञानिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछन्। प्राचीन वैदिक ज्ञानको परिप्रेक्ष्यमा यसलाई सहजता दिन शरीरका चक्रहरू र पन्च तत्त्वहरूको संयोजनले एक व्यक्तिमा आत्मिक जागरण र परम सत्यको अनुभूतिको ज्ञान प्राप्तिको मार्ग निर्देशन गर्न भूमिका खेल्ने भनी उल्लेख भएको छ। यहाँ उल्लेख भएका हरेक किरणहरूलाई चेतनाको विभिन्न स्तर अर्थात् भर्गो ज्योति भनिएको छ। जुन सार रूपमा विभिन्न तहको अज्ञानता हटाउने ज्ञान रुपी चेतना नै हो। जसले ज्ञानको माध्यमले मानव जीवनमा सन्तुलन र एकता ल्याउने तथ्य सम्झाउन कोसिस गरेको छ।

 

व्यख्या: आधुनिक वैज्ञानिक अवधारणाको क्वान्टम बायोकेमिस्ट्री लाई वेदको प्राचीन चक्र दर्शनको ज्ञान संग जोडेर हेर्न उल्लेखित वैदिक चक्र विज्ञान अत्यन्त चाखलाग्दो छ। वेदले मानव चेतना ब्रह्माण्ड चेतना सँग नियमित जोडिएको ऊर्जा प्रणाली निर्मित तत्व गुण मान्दछ।  मानव शरीर आफै पञ्च तत्व (पृथ्वी, पानी, अग्नि, वायु र आकाश) गुण र मन वृति मिश्रित संरचना हो। पञ्च तत्व र मन गुण आफै प्रकाशको  फरक फरक क्वान्टा अर्थात् मात्राको वेब फङ्गसनको वृति निर्मित सूक्ष्म ऊर्जाहरू निर्मित छ। जसलाई वेदमा भर्गो ज्योति भनी पहिचान गरिएको छ।

 

यिनै भर्गो ज्योतिको फरक फरक सङ्ख्या निर्मित चक्रहरूले मानव बायो फिल्ड रुपी सूक्ष्म ऊर्जा गुण वृति निर्माण गरी समग्र विद्युतीय-चुम्बकीय क्षेत्र, बायोफोटन तथा  जटिल क्वान्टम प्रभावहरूको सञ्जाल अर्थात् जालोको निर्माण गर्दछ। जुन प्राचीन वेदको चक्र दर्शनले सङ्केत गरेको फरक फरक चक्र संग सम्बन्धित देखिन्छ। तिनै जटिल क्वान्टम प्रभावका सञ्जाल लाई चक्र वा समग्र क्वान्टम तरङ्गको रूपमा हेर्दा ५६ तरङ्ग, ५२ तरङ्ग, ६२ तरङ्ग, ५४ तरङ्ग, ७२ तरङ्ग र ६४ तरङ्ग पन्च तत्वहरू र "मन तत्व गुण (मनस् तत्त्व जसलाई वेदमा मनको सार वा सिद्धान्त भनिएको छ) को निर्माणको लागि जिम्मेवार देखिन्छ।

 

जस्तै वेद ग्रन्थहरूमा कुण्डलिनी र चक्रहरू बारे चर्चा गर्ने उपनिषद् तथा तन्त्र सार ज्ञानहरूमा सबै ऊर्जालाई कम्पन वा तरङ्गकै समकक्षीको रूपमा वर्णन भएको छ। जसलाई प्राण (life force) र नाडीहरू (energy channels) भनेर सम्बोधन भएको छ। यी विशिष्ट तरङ्गहरू अन्ततोगत्वा फरक फरक सङ्ख्याका भर्गो ज्योति रुपी ज्ञानका प्रकाश निर्मित रहेको तथ्य सौन्दर्य लहरीको यो श्लोक मार्फत विशेष व्याख्या तथा ज्ञानको आधुनिक संश्लेषण बाट उजागर भएको छ।

 

शरीर र जीवन विज्ञानका अत्यन्त जटिल पक्षलाई सहज र सुलभ रूपमा बुझ्ने क्रममा चक्रहरूलाई मेरुदण्डमा रहेका सात मुख्य ऊर्जा केन्द्रहरूको रूपमा वेदका परम्परागत रूपमा पाँच तत्वहरू र मनसँग जोडिएका छन्। जुन चेतनाको उत्पादन हो। जस अनुसार मूलाधार (Root) पृथ्वी तत्व, स्वाधिष्ठान (Sacral) जल तत्व, मणिपुर (Solar Plexus) अग्नि तत्व, अनाहत (हृदय / Heart) वायु तत्व, विशुद्ध (घाँटी / Throat) आकाश तत्व संग सम्बन्धित हुने भनिएको छ। तेस्रो नेत्र (Third Eye Chakra) र सहस्रार (Crown Chakra) आपसमा मिली निर्माण गर्ने मन तथा चेतनामा हुने शुद्धता गुण मिली निर्माण हुने मनको वृति निर्माण गर्ने ज्ञान अर्थात् आज्ञा चक्र (Agya Chakra) निर्माण हुने भनिएको छ। समग्रतामा यिनीहरूले व्यक्तिमा अज्ञानता हटाएर ज्ञान उपलब्ध गराउने भर्गो ज्योतिको (ज्ञानको ज्योति) नै कार्य गर्ने गर्दछन्। 

 

वेदमा उल्लेख हुने स्पन्द (Spanda/ कम्पन) वा नाद (ब्रह्माण्डीय ध्वनि / Cosmic Sound) लाई विज्ञानमा "तरङ्ग" को अवधारणा अन्तर्गत अध्ययन गर्ने गरिन्छ। जसलाई वेदले  सृष्टिको आधारभूत इच्छा शक्ति वा अव्यक्तता व्यक्त हुनुको कारण रुपी हिरण्य गर्भ (Pulsations of Creation) मान्दछ।

 

मानव शरीरका ऊर्जाहरू नियमित गतिशील अवस्थामा रहने हुँदा तिनीहरू नियमित तरङ्गको रूप ग्रहण गर्दछन्। सूक्ष्म कण र तिनको सञ्चालन  प्रणाली गुणहरू आपसमा समन्वयमा रहेर निश्चित ढाँचाका कम्पनको रूपमा रहने गुण क्वान्टम कोहरेन्स हो। विज्ञानको  क्वान्टम कोहरेन्सको गुण वेदमा चक्र गुणको रूपमा व्यक्त भएको देखिन्छ। त्यसै अनुरूप विशिष्ट सङ्ख्याका तरङ्ग वृति निर्मित कम्पन गुणहरूले फरक कम्पन अवस्थाहरू निर्माण गर्ने हुँदा योग आदिको उपासना गर्दा व्यक्तिले फरक फरक कम्पनको अवस्थालाई फरक फरक चक्रको रूपमा अनुभूति गर्ने गरेको हुन सक्दछ।

 

उदाहरणका लागि पृथ्वी तत्व (६४ भर्गो ज्योति कम्पन निर्मित तरङ्ग) कम आवृत्ति कम्पनहरूसँग सम्बन्धित हड्डी वा प्रोटिन जस्ता ठोस स्थिर संरचनाहरू संग सम्बन्धित बनेको देखिन्छ। जल तत्व (५६ भर्गो ज्योति कम्पन निर्मित तरङ्ग) जल अणुहरूको गतिशील, तरल प्रवाहहरूको प्रतिबिम्बित गर्ने क्वान्टम कोहरेन्स हुन्। अग्नि तत्वले (६२ भर्गो ज्योति कम्पन निर्मित तरङ्ग) पाचन प्रक्रियाहरूमा देखिने उच्च - अग्नि ऊर्जाको समयको कम्पन अवस्थाहरूको क्वान्टम कोहरेन्स लाई सङ्केत गर्दछ। वायु तत्वले  (५४  भर्गो ज्योति कम्पन निर्मित तरङ्ग) वायु वा ग्यास रूपको प्रसार वा श्वासप्रश्वास प्रक्रियाहरूको समयमा उत्पन्न हुने हल्का तर अत्यन्त छिटो छिटो हुने कम्पनहरूको क्वान्टम कोहरेन्स  हो। आकाश तत्व (७२ भर्गो ज्योति कम्पन निर्मित तरङ्ग) समय तथा स्थान अर्थात् क्वान्टम शून्यको उतार चढाव सँग समानान्तर रहने सबैभन्दा सूक्ष्म, उच्च-आवृत्तिको क्वान्टम कोहरेन्समा रहेको तरङ्गहरूको प्रतिनिधित्व गर्दछ। मन तत्व (५२ भर्गो ज्योति कम्पन निर्मित तरङ्ग) मस्तिष्कका अल्फा वा थेटा जस्ता तरङ्गहरूको क्वान्टम कोहरेन्स सँग सम्भावित पक्ष संग जोडिए छ। जुन मनको वृति निर्माण गर्ने सूक्ष्म कम्पनहरूको  क्वान्टम कोहरेन्सको अवस्थाको प्रतीक हो।

 

प्राण सन्तुलनमा जोडेर हेरिने चक्र तसर्थ  विज्ञानले बताउने कम्पन र ऊर्जा क्षेत्रहरूको विशिष्ट सन्तुलित आवृत्तिहरू रहेको प्रस्ट हुन्छ जसलाई योग, ध्यान आदि मार्फत नियन्त्रित क्वान्टम कोहरेन्समा राख्न सक्दा व्यक्ति सन्तुलित हुने र मनोवैज्ञानिक रूपमा बलशाली रहने तथ्य अत्यन्त चाख लाग्दो देखिन्छ।

 

१५.

सरज्ज्योत्स्नाशुद्धं ससियुतजटाजूटमुकुटं

वरत्रासत्राण स्फटिकघुटिकापुस्तककराम्।

सकृन्न त्वां नत्वा कथमिव सतां संनिदधते

मधुक्षीरद्राक्षामधुरिमधुरीणः फणितयः॥

 

अनुवाद:

मिठा शब्दहरू मधु, दुध, अङ्गुर जस्ता ,

मात्रै उब्जिन्छन्  मनमा त्यो बेला भक्तका ,

झल्किन्छ जब कोमल त्यो तिम्रोअनुहार ,

उज्यालो शरद पूर्णिमाको चन्द्रजस्तो बहार ।

 

अर्धचन्द्र मुकुटमा, केशहरू बग्ने लहर,

रक्षा छायामा भक्तको वरदान लिने रहर,

लगाएर पारदर्शी माला, समाएर पुस्तक ज्ञानका,

बन्छौ फल दाता साँचो र सुख अमृत समानका।

 

१६.

कवीन्द्राणां चेतःकमलवनबालातपरुचिं

भजन्ते ये सन्तः कतिचिदरुणामेव भवतीम्।

विरिञ्चिप्रेयस्यास्तरुणतरशृङ्गारलहरी-

गभीराभिर्वाग्भिर्विदधति सतां रञ्जनममी॥

 

अनुवाद:

हौ तिमि विहानीको, उषा किरणकि,

अरुणा हौ तिमि, बैजनी वर्णकी,

कोमल मनकि, वन समान छाया,

कवि यत्रिका रानी, विश्वकि माया।

 

मृदुल, जोशपूर्ण, शब्द बाणको मुठी,

दिएर पवित्र मन, जगाउँछौ खुशी,

प्रियज्ञान सरस्वतीको, तिमि जगाउछौ,

 लिएर अवतार यौवनमयी, रुप राजसी देखाउँछौ।

 

१७.

सवित्रीभिर्वाचं छसि मणि शिलाभङ्ग रुचिभिः

वसिन्याद्याभिस्त्वां सह जननि संचिन्तयति यः।

स कर्ता काव्यानां भवति महतां भङ्गिरुचिभिः

वचोभिर्वाग्देवीवदनकमलामोदमधुरैः॥

 

अनुवाद:

हे पूज्या माता !  पाउ तिम्रो परेर,

वाणीकी देवीकि शब्द स्रोत बनेर,

वीणाको गुञ्जन देवी सरस्वतीको,

बन्छ अमृत धार, तिम्रो भक्ति प्रेमको।

 

फोडेर चन्द्रमणि, आएको त्यो तेज तिम्रो,

महाकाव्य बनि ज्योति, छर्छ सृष्टिमा उज्यालो,

वेद-उपनिषद्, श्रुति,  स्मृतिको सुगन्ध,

तिम्रा पद्यहरूमा बग्छ, ज्ञानको गङ्गाजल।

 

मुख तिम्रो शरदको, शीतल चन्द्र जस्तो छ,

मायाको मधुरिमा, करुणाको छाया जस्तो छ,

स्वेत माला, पुस्तक अनि वरदानको हात,

दिन्छौ मुक्ति मार्ग, अबिचल अविरल साथ।

 

१८.

तनुश्चायाभिस्ते तरुणतरुणीश्रीसरिनिभिः

दिवं सर्वमूर्वीमरुणिमनि मग्नां स्मरन्ति या।

भवन्तस्य त्रासध्वनिहरिण शालीननयना

सहर्वस्य वश्या कतिकति न गीर्वाणगणिकाः॥

 

भावार्थ अनुवाद:

जसले तिम्रो सुन्दर तनको, ज्योतिको ध्यान गर्छ,

आभास उदित किरण रुपी, सूर्यको चमकको गर्छ।

आकाश-धरतीको तिम्रो, अरुणिमा रङ्गमा जो डुब्दछ,

स्वर्गको  देह-ज्योति, त्यो भक्तको शरणमा पर्दछ।

 

उर्वशी, रम्भा, तिलोत्तमाका, मृगनयनी आँखा,

काँपिरहेका कोमल ओठका, दिव्य सौन्दर्यको भाका 

हुने छन् लालायित हुन, सेवक बनी सुन्दर मस्त,

पछ्याउँछन् स्वर्गका अप्सराहरू, बनेर भक्त।

 

 

१९.

मुखं बिन्दुं कृत्वा कुचयुगमदस्तस्य तदधो

हरार्ध ध्यायेद्यो हरमहिषि ते मन्मथकलाम्।

स साध्य संक्षेभं नयति वनिता ईश्वरीयतिलधु

त्रिलोकीमप्याशु ब्रमयति रवीन्दुस्थानयुगम्॥

 

भावार्थ अनुवाद:

हे हरमहिषी, पार्वती देवी,

अर्धांगिनी शिवकी, त्रैलोक्यकी शक्ति।

मस्तकमा (निधार) मस्तक (तिलक) बिन्दु,

अधर (ओठ) उन्मादमुस्कान भक्ति।

मायावी रुप, मोहक हृदयकि,

स्तनयुगा, मन्त्रमुग्धा कामदेवी। 

अधैर्य संकोच, लुप्त कामुकता

मन्मथ (प्रेम +सृजना) हुटहुटिकि चिराग भक्ति।

युगिन छविकी मोहिनी ज्योति,

लम्पट,सम्मोहित, ब्रह्माण्डकी शक्ति।

 


२०.

किरण्तिम् अङ्गेभ्यः किरणनिकुरुम्बामृतरसं

हृदि त्वाम् आधत्ते हिमकरशिलामूर्तिमिव यः।

स सर्पाणां दर्पं समयति सकुन्ताधिप इव

ज्वरप्लुष्टान् दृष्ट्या सुखयति सुधाधारसिरया॥

 

भावार्थ अनुवाद:

झर्ने अमृत अङ्ग अङ्गबाट,   छवि तिम्रो दिव्य 

शीतल पारदर्शी चन्द्र देह, छ रूप तिम्रो सव्य।

हृदयमा आफ्नो जसले, तिम्रो सौन्दर्यको ध्यान गर्छ,

दुष्ट सर्प नै नहोस् किन, एकै नजरमा अहङ्कार मर्छ।

 

तिम्रो अमृत-नेत्रले, ज्वरको बेचैन ताप हराउँछ,

अनन्त अपार शान्तिको, सरिता दिलमा बगाउँछ ।

डुबेर गहिराइमा मात्र, तिम्रो दिव्य ध्यानको,

सृष्टिको नै रहस्य हो यो, मिल्छ सबलाई शान्ति मनको।

 

 

२१.

ततिल्लेखथन्विं तपनससिवैश्वानरमयीं

निषण्णां षण्णाम् अप्युपरि कमलानां तव कलाम्।

महापद्म तव्यां मृदितमलमयेन मनसा

महान्तः पश्यन्तो दधति परमाह्लादलहरीम्॥



भावार्थ अनुवाद:

हटाई मैलो मनको साथमा,

उन्नत आत्मा वनेर महात्मा।

मूर्तिको तिम्रो, गरेर ध्यान,

भर्गो ज्योति, ज्ञान समान ॥

 

प्रतीक तिमी,पवित्रताको राज,

षट्चक्रकि (आध्यात्मिक उर्जा), शिरमा विराज।

परम आनन्दको, तरंगमा डुबेर,

 राजेकी सागर अद्वैत चुमेर॥


२२.

भवानि त्वं दासे मयि वितर दृष्टिं सकरुणाम्

इति स्तोतुं वाञ्छन् कथयति भवानि त्वमिति यः।

तदैव त्वं तस्मै दिससि निजसायुज्यपदवीं

मुकुन्द-ब्रह्मेन्द्र-स्फुटमुकुटनिराजितपदम्॥

 

भावार्थ अनुवाद:

सबले गर्छन् प्रार्थना तिम्रो,

हे भवानी तिमि, माता हौ हाम्रो। ,

दिन्छौ सधैँ दयाको किरण,

माग्नु अगावै, "भवानी" हेर न।

देवी मेरी, दिन्छौ उसलाई पानी,

विना पुकार, मनले जानी।

मुकुट हुँदै चरणमा प्रवाह ,

विष्णु, महेश्वर, ब्रह्म रुपी राह। 

दिएर करुणा, त्यो तिम्रो अजर,

अस्तित्व हाम्रो राख्दै अमर ।

 

२३.

त्वया हृत्वा वामं वपुरपरितृप्तेन मनसा

शरीरार्धं शम्भोरपरमपि सङ्खे हृतमभूत्।

यदेतत् त्वद्रूपं सकलमरुणाभं त्रिनयनं

कुचाभ्यामनम्रं कुटिलसदिचूडालमुकुटम्॥

 

भावार्थ अनुवाद:

अनुमान मेरो मनको चासो, होला तिम्रो रूप कस्तो,

बिहानीको अरुणिमा, उम्दा सूर्यले चुमे जस्तो।

तीन नयनले सुशोभित, भारी स्तनयुगलकि धनी,

हल्का झुकेको अर्ध चन्द्र, मुकुटको युगल  शिखर बनी।

 

दिन्छ शङ्का किन किन, उर्लेका मनको अधीरले,

पुगेन किन तिमीलाई, शम्भुको आधा शरीरले।

सकेन कि तृप्त हुन, अतृप्तिको तिम्रो त्यो भोक ?

पुरै तन भयो कब्जा, किन रहेन कसैको रोक।

 

रह्यो के मा आकर्षण, तिम्रो अटल यसमा,

गलाउने गरी आस, सबको आज त्यसमा ।

आधा शरीर त्यही थियो, श्री शम्भोको पहिले

 बने के गरी, सम्पूर्ण शिव, मात्र तिम्रो आज अहिले ।

 

अनन्त छ हे देवी तिम्रो, प्रेम रुपी त्यो महिमा,

बढ्दै गयो प्रभाव तिम्रो, अनन्त बन्दै यो गरिमा।

एक बन्दा शिव र शक्ति, शक्ति गुणी तिमि रह्यौ,

जीवन दिन ब्रह्माण्डमा, करुणा रुपी देवी भयौ।

 

२४.

जगत् सृजते धाता हरिरवति रुद्रः क्षपयते

तिरस्कुर्वन् एतत् स्वमपि वपुरीशस्तिरयति।

सदाशिवः सर्वं तदिदमनुगृह्णाति च शिव-

स्तवाज्ञामालम्ब्य क्षणचलितयोर्भ्रूलतिकयोः॥

 

भावार्थ अनुवाद:

संसार सृष्टि, ब्रह्मा गर्छन्,
हेरचाह गर्छन्, विष्णु यसको। 
विनाश गर्ने, हुन् शम्भो शिवा,
नामेट पार्छन्, ईश्वर त्यसको । 

आफैँ फेरी हुन्छन् लोप,
हराउँछन् ती, समग्र सृष्टि। 
संसार सँगै मेरा प्रभु,
लिएर आउने, उन्नत दृष्टि। 

झिम्क्याएर ती, पलक तिमीले 
गर्छौ हलचल, निमेष पलमा।
मिल्छ आशीर्वाद, सदाशिवको 
मात्र तिम्रै, करुणा बलमा। 

 

 

२५.

त्रयाणां देवानां त्रिगुणजनितानां तव शिवे

भवेत् पूजा पूजा तव चरणयोर्या विरचिता।

तथा हि त्वत्पादोद्वहनमणिपीठस्य निकटे

स्थिता ह्येते शाश्वन् मुकुलितकरोत्तंसमुकुटाः॥

 

भावार्थ अनुवाद:

अर्धाङ्गिनी हौ,  तिमी  शिवकी, 
चरणको अधरमा हुन्छ पूजा। 
शिवकी हे, सती सङ्गिनी
भक्ति नै तिम्रो त्रिमूर्ति पूजा। 

चरणासन त्यो, सृष्टिको बल
स्वरूप तिम्रो त्रिगुणकी फल। 
रत्न सज्जित त्रि-मूर्ति सबै 
रहने बनेर नतमस्तक।