सौन्दर्य लहरी: नेपाली भाषाको मधुर तरङ्ग।

PDF
Book Image

सौन्दर्य लहरी संस्कृत साहित्यको एक अत्यन्त महत्त्वपूर्ण र भक्तिमय स्तोत्र हो जसलाई आदि शङ्कराचार्यले रचना गरेको मानिन्छ। यो स्तोत्र देवी पार्वतीको दिव्य सौन्दर्य, शक्ति, र कृपाको वर्णनले भरिएको छ। "सौन्दर्य लहरी" भन्नाले "सौन्दर्यको तरङ्ग" भन्ने अर्थ लिन्छ र यसमा १०० श्लोकहरू छन् । १०० श्लोकहरू दुई भागमा विभाजित छन् : "आनन्द लहरी" र "सौन्दर्य लहरी"। पहिलो भागमा देवीको आध्यात्मिक महिमा, ध्यान, र सृष्टिको रहस्यको चर्चा छ । दोस्रो भागमा उनको भौतिक सौन्दर्य, अलङ्कार, र तन्त्र साधनाको गहन विवरण छ। यसले देवीलाई ब्रह्माण्डको उत्पत्ति र सञ्चालनकी शक्तिको रूपमा चित्रण गर्दै भक्तहरूलाई आध्यात्मिक उन्नति, मानसिक शान्ति, र दैवीय कृपा प्राप्त गर्ने मार्ग देखाउँछ। नेपाली र भारतीय संस्कृतिमा यसको पाठ र साधनालाई विशेष मान्यता छ। यो भक्ति र साधनाको अद्भुत सङ्गम हो। शङ्कराचार्यको यो कृति नेपाली भाषामा उपलब्ध रहेको नदेखिएकोले वेद र विज्ञानको आँखाले यसलाई हेर्दै नेपाली भाषामा समेत यसको भावार्थ हुने ग्रन्थ रहोस् भनी यो भावार्थ हरुको सँगालो तयार गरिएको छ। यसका पाठकहरूले सौन्दर्य लहरीको रस पानले सिञ्चित बनेर यसको आनन्द लिन सक्नुहोस् भनी आदि मूल, बराह थानसँग हार्दिक प्रार्थना गर्दछु। - विद्यावारिधि अथर्ववेदाचार्य नारायण घिमिरे।