परिचय (Introduction):
अथर्ववेदाचार्य नारायण घिमिरेले यो विशेष पुस्तक,
गरुड पुराण प्रेतकाण्डको सार
तैयार गर्नु भएको हो। उहाँ लामो समय टोरन्टो सहरमा बस्नुभयो र औषधीय खाना र औषधि
विज्ञानको क्षेत्रमा अध्ययन, व्यवहारिक अनुसन्धान तथा अभ्यास पछि खाना र औषधि
वैज्ञानिकको रूपमा काम गर्नुभयो।
अथर्ववेदाचार्य घिमिरेले प्राचीन वैदिक ज्ञानको बारेमा धेरै थाहा नभएका
मानिसहरूका लागि यो पुस्तक लेख्नुभएको हो। गरुड पुराणको सार दिने ठानिएका बजारमा
उपलब्ध कृतिहरूले समाजमा वेदको चुरो शिक्षाहरू जुन व्यवहारिक विज्ञानको दृष्टि वाट
समेत समाजमा पाच्य हुन सक्दछ भन्ने वास्तविकता वाट निकै टाढा रहेको महसुस गरी
आफूले यो पुस्तकको जरुरत महसुस गरेको घिमिरे बताउने गर्दछन्। उनका अनुसार जुन कुरा
प्राकृतिक रूपमा सत्य, सनातन र वैदिक छ त्यो कुरा वैज्ञानिक दृष्टि वाट
पनि सत्य नै भेटिने यथार्थ भुल्न नहुने तर्क गर्दछन्। घिमिरेको अनुभव अनुरूप आजको
समयमा हाम्रा सामुन्नेका अत्यन्त धेरै पक्षहरूबारे परीक्षण गरी विज्ञानले त्यो
सत्य रहे नरहेको यकिन गर्न सक्ने आफ्नो
क्षमता विकास गरी सकेको छैन। साथै विज्ञानको परीक्षण गर्ने क्षमताको अभावमा मापन
गर्न नसकिँदैमा त्यो कुरो विज्ञानले गलत प्रमाणित गरेको हुँदैन। यथार्थ त्यो
विज्ञानको क्षमता बाहिरको अनुभवको आधारमा परम्परागत रूपमा मानिँदै आएको सत्य हुने
गर्दछ। आजको यस परिवेशमा बजारमा उपलब्ध गरुड पुराणको सारले दिएको सन्देशले सामान्य
व्यक्तिमा त्यसलाई व्यवहारिक रूपमा बुझेर,
अनुभूति गरेर सत्य रहेको विश्वास
गर्न निकै गाह्रो हुन गएको यथार्थ स्विकार्न पर्ने मान्दछ।
हाल बजारमा भेटिएको त्यही ज्ञानको खाडल तथा गरुड पुराणको सार र विज्ञानको
समकक्षता प्रस्टाउने उद्देश्यले अथर्ववेदाचार्य घिमिरेले गरुड पुराणको सारलाई एक
पुस्तकको रूपमा तैयार गरेका छन्। गरुड पुराणको सार लेख्न घिमिरेले वैदिक पवित्र
ग्रन्थहरूको अध्ययनमा निकै धेरै समय खर्च गरेका छन्। यसको लागि घिमिरेले प्रेत
कल्पका महत्त्वपूर्ण भागहरूलाई निकै होसियारीसाथ छनोट गरेर तिनीहरूलाई वैदिक
विद्या बाहिर अध्ययनरत सामान्य ग्राजुयटहरु लाई बुझ्न सहज हुने गरी र मर्दा
पर्दाको अवस्थामा आफैले गरुड पुराण वाचन गर्न सक्ने बन्ने गरी सजिलो तरिकाले लेखे।
यस अर्थमा गरुड पुराण आधुनिक विज्ञानद्वारा समर्थित वा त्यसको बुझाइको दायरा
भित्रका प्रमाणित यथार्थ अनुरूप विपरीत नहुने गरी प्राचीन श्रीगरुडमहापुराणम्
प्रेतकाण्ड: को विशेष सारांश हो। जुन केवल तपाईँको लागि बनाइएको छ !