प्रेतकल्प भूमिका
भाग - १
गरुड पुराण
प्रेतकल्प भूमिका
वैदिक दर्शन लाइ आफ्नो मूल दर्शन मान्ने प्राचीन हिन्दू
शास्त्रहरूमा मृत्युको चरण बाट पुनर्जन्म सम्मको चेतनाको यात्रा विभिन्न चरणहरूमा
बाँडिएको छ। यी चरणहरू लाइ आत्माको अमूर्त यात्राको रुपमा वर्णन गरिन्छ। मृत्युको
बिन्दु बाट पुनः जन्म सम्म आफ्नो अनुभवहरू बाट चेतना विभिन्न चरणको (जसलाई लोक
समेत भनिन्छ) यात्रा गर्ने मान्यता छ। तिनै परम्परागत अवधारणाहरू अनुरुप चेतनाको
यात्रा वर्णन यस प्रकार हुने गर्दछ।
१. मृत्यु (Death):
शारीरिक शरीरबाट चेतनाको पक्ष अलग हुने प्रक्रिया अन्तर्गत
मृत्युको क्षणमा आत्मा शारीरिक शरीर बाट अलग हुन्छ। जीवनमा आफूले गरेका कर्म
मार्फत सिञ्चित पाप, दोष वा
अपराधको आधारमा चेतनाको यात्रा तय हुने आत्माले नश्वर शरीर (physical body) लाई छोड्ने महत्त्व पूर्ण समय लाई मृत्युको क्षण भन्ने गरिन्छ। वैदिक र प्राचीन हिन्दु शास्त्रहरू अनुसार, मृत्यु हुनु भनेको जीवनको अन्त्य हुनु
होइन। मृत्यु मात्र एक सङ्क्रमणको अवस्था हो। हामी पुरानो घर छोडेर नयाँ घरमा बसाइ
सर्ने क्रममा आफ्नो मूल्यवान् चिज लिएर सर्ने गर्दछौ।
कुनै एक बिन्दुमा हामी पुरानो घर छोड्न पुग्दछौ त्यस्तै
मृत्यु हुँदै गर्दा हाम्रो आत्मा जीवनमा भएका कर्मको स्मरणको सूचना समेत लिएर
हाम्रो शरीर वाट अन्यत्र स्थानान्तरण हुने प्रक्रियामा पहिलो कदमको सुरुवात गरेको
हुन्छ। आत्मा भौतिक शारीरिक शरीर छोडेर कि त अर्को जीवन तर्फ कि प्राप्त गरेको
मोक्ष (मुक्ति) क्षेत्रको यात्रामा निस्कन्छ। मृत्यु बाट मुक्ति वा पुनर्जन्म
सम्मको यो यात्राका विशेष चरणहरू हुने गर्दछ। जसले आत्माको सङ्क्रमण र रूपान्तरणको
मार्ग प्रशस्त गर्दछ।
वैदिक दर्शनमा मृत्युको अर्थ आत्मा शारीरिक शरीर बाट अलग
हुनुमा सीमित रहन्छ। भौतिक शरीर अस्थायी प्रकृतिको हुन्छ। कर्मको अवलोकन कर्ताको
रूपमा रहने आत्माले भौतिक शरीरलाई शरीर जीवित रहँदा सम्मको लागि मात्र आफ्नो
अस्थायी प्रकृतिको निवास बनाउने गर्दछ। शरीरमा रहेको अवधिमा
आत्माले अनुभूति गरेको अनुभव, शिक्षा,
कर्मको यात्रा आदिलाई सहजीकरण गरिदिने यन्त्रको भूमिका खेलिदिने
गर्दछ।
मृत्यु त्यस्तो क्षण हो, जति बेला कर्मका प्रभाव अनुरूप वर्तमान जीवनका लागि निर्धारित भएको जीवनको
अवधि समाप्त भएपछि आत्मा शरीरबाट अलग हुन्छ। मृत्युपछि शरीर छोड्ने प्रक्रियामा
समेत आत्माले विभिन्न सूक्ष्म सहायक चरणहरूको अनुभव गर्दछ। जसमा कर्म अनुसारको
आफ्नो गन्तव्य यात्राको समायोजन, शुद्धीकरण र आगामी जीवनका
लागि तयारी प्रक्रिया आदि पर्दछ।
आत्मा आफै अवलोकन कर्ताको रूपमा रहने ब्रह्माण्ड चेतनाको
अंश रहेकोले मृत्यु पश्चात् भौतिक शरीर छोड्ने प्रक्रियामा सूक्ष्म शरीर गुण रूपको
एक चलायमान संरचनाको यसलाई जरुरत पर्दछ। त्यसको लागि अभौतिक प्रकृतिको आत्माको
सूक्ष्म शरीरको फुट प्रिन्टको जरुरत पर्दछ। कारण फुट प्रिन्ट विनाको शुद्ध आत्मा
सिधै ब्रह्माण्ड चेतनामा घुलनशील हुने प्रकृतिको बन्दछ। सूक्ष्म शरीर रुपी फुट
प्रिन्ट जीवित रहँदाको कर्मको स्मरण जोडिएर रहने बिन्दु सम्म आत्मा वा निजी चेतना
ब्रह्माण्ड चेतनामा घुलनशील रहन सम्भव हुँदैन। आत्मा पूर्ण रूपमा शुद्ध नरहुन्जेल
त्यो विभिन्न जीवको शरीर लाई आफ्नो अल्पकालीन निवास गर्दै पुनः कर्मको लेखाजोखा
राख्दै सक्रिय रहने क्रममा फरक फरक योनि मार्फत जन्म र मरणको चक्रको घुमी रहन्छ।
आत्माले भौतिक शरीर छोड्ने प्रक्रियामा सूक्ष्म शरीर गुण
रुपी फुट प्रिन्ट निर्माण गर्दछ। जुन मन, बुद्धि र अहङ्कार रुपी स्मरणहरू अवलोकन
कर्ताको रूपमा रहेको आत्मा संग अन्तर-घुलित भएर निर्माण हुने
गर्दछ। यसरी निर्मित गुणको संरचना वा जीव तत्व गुणको संयोजन लाई लिङ्ग शरीर
(Linga Sharir) अर्थात् सूक्ष्म शरीर (Subtle Body) भनिन्छ।
वैदिक र संस्कृत परम्परामा "लिङ्ग शरीर" शब्दले
सूक्ष्म वा कारण शरीर लाई जनाउँदछ। कारण शरीर भौतिक शरीर भन्दा पर रहेको शरीर हो।
यसलाई "लिङ्ग" भनिनुको निकै गहिरा कारणहरू छन्। संस्कृतमा रहेका
"लिङ्ग" शब्दका विभिन्न अर्थहरू बुझ्न सक्दा यसको गहनता बुझ्न सकिन्छ।
"लिङ्ग" को सामान्य अर्थ चिन्ह वा सङ्केत हो। "लिङ्ग" को अर्थ
कुनै वस्तुको सूक्ष्म सार रूप समेत हो। भौतिक (स्थूल) शरीर देखिने प्रकृतिको
हुन्छ। लिङ्ग शरीर एक सूक्ष्म, अदृश्य
गुण रूप हो। अर्थात् यो कुनै भौतिक पदार्थ होइन। भौतिक पदार्थको गुण (चरित्र,
नियत, चित्त, अहङ्कार
आदि) निर्माण गर्ने अस्तित्वको अंश जसले मृत्युको समय सीमा भन्दा समेत पछाडि पुगेर
आफ्नो तत्व गुणको निभाउनु पर्ने भूमिकाको कर्तव्य वरण गर्दछ। जसलाई कर्मको छाप वा
फुट प्रिन्ट भन्ने गरिन्छ।
वैदिक दर्शनमा लिङ्ग शरीरले भौतिक शरीर र उच्च ब्रह्माण्ड
चेतना जोड्ने सेतु वा कनेक्टरको काम गर्दछ। शरीरको भौतिक र आध्यात्मिक पक्ष बिच
समेत पुलको रूपमा कार्य गर्ने भूमिका खेल्ने
लिङ्ग शरीर कर्मिक स्मृतिको भण्डार हुने गर्दछ। जीवनमा भएका घटेका हरेक
मनोवैज्ञानिक नियत संचित संस्कार (छापहरू), वासनाहरू (इच्छाहरू) र कर्महरूको स्मरण बोकेको सूक्ष्म चेतनाको भण्डार
रूपको सूक्ष्म शरीर तिनै कर्मका स्मृति बोकेर पुनर्जन्म वा मुक्ति मार्ग प्रशस्ति
गर्ने कारण बनिदिने हुँदा यसलाई कारण शरीर भनिएको हो।
लिङ्ग शरीरले आत्माको कर्म र भित्री व्यक्तित्वको सङ्केत
गर्दछ। यसैको आधारमा आत्माको यात्रा निर्धारित गर्ने छापहरू, इच्छाहरू र कर्म परिणामहरूको निश्चय हुने
गर्दछ। वैदिक दर्शनमा लिङ्ग शरीर जीवित
शरीरको जीवनको सारको रूपमा शरीरको मृत्यु
पश्चात् भौतिक अवस्था समेत पार गरेर त्यसको सम्पूर्ण कर्मको प्रतिनिधित्व गर्छ।
आत्माको कर्मिक इतिहास र सारलाई चेतनाको (आत्माको) निरन्तर यात्राको क्रमका
विभिन्न मार्गहरूको विकल्पहरूमा कुन मार्ग अवलम्बन गर्ने भन्ने सन्देश र कारण तय
गर्न सहयोग गर्दछ।
मृत्युको क्षणमा जीवितै रहेको शरीर मृत शरीरमा परिवर्तन
हुँदै गरेको अवस्थामा आत्माको स्थूल शरीर छोड्ने यात्रा आरम्भ गर्नको लागि
आत्माले लिङ्ग शरीरको (Linga Sharir) निर्माण गर्न अनिवार्य हुन्छ। त्यसको
लागि मन, बुद्धि र अहङ्कार रुपी स्मरणहरू आत्मामा
(ब्रह्माण्ड चेतनाको अंश भित्र) अन्तर घुलन गराइन्छ। जसले गर्दा लिङ्ग शरीरको (Linga
Sharir) रूपमा आत्माको निर्माण हुने र
मृत शरीर वाट औपचारिक रूपमा छुट्टिने प्रक्रिया सम्भव बन्दछ। आत्माको शरीर छोड्ने
यात्रा प्रक्रियाको आरम्भ हुन्छ।
लिङ्ग शरीरको निर्माण पछि शरीर छोड्ने यात्रामा रहेको
आत्माको १३ दिन सम्म देखिने विभिन्न गति विधिहरू लाई वैदिक परम्परामा वर्णन भएको
छ। यी दिनहरूमा लिङ्ग शरीर बन्ने क्रममा आत्मामा अन्तर घुलन भएको मन, बुद्धि र अहङ्कार रुपी स्मरणहरूका कारण
आत्मा बिस्तारै पुराना सम्बन्धहरू बाट अलग हुँदै अगाडि बढ्ने यात्रामा निस्कन्छ।
वैदिक मान्यता अनुरूप पहिलो १३ दिनका प्रत्येक दिनमा आत्माले अनुभव गर्ने लिङ्ग
शरीरका गतिविधिहरू क्रमबद्ध रूपमा यस प्रकार छ:
१) पहिलो दिन: पहिलो दिन
मृत्युको क्षणको दिन हुने गर्दछ। यो दिन भौतिक शरीरबाट आत्मा कारण शरीरको रूपमा
अलग हुन्छ। नयाँ यात्राको सुरु गर्छ। यो दिन आत्माले आफ्नो मृत्यु भएको अनुभव
गर्दछ। आत्माले शारीरिक अस्तित्व गुमाएको र आफ्नो यो चरणको जीवन समाप्त भएको
अनुभूति प्राप्त गर्दछ।
२) दोस्रो दिन: दोस्रो
दिन आत्मा परिवार र प्रियजनहरूको वरिपरि रहन्छ। आत्माले परिवार र प्रियजनहरू सबै
आफू नजिक तहेको महसुस गर्दछ। उनीहरूको संवेदना आदि लाई समेत अनुभव गर्न सक्छ। जसले
गर्दा उसलाई उनीहरू सँगको पूर्ववत् सम्बन्धहरूको सम्झना मार्फत पुनरावलोकनको समय
मिल्दछ। त्यसै क्रममा आत्माले आफ्नो सम्बन्ध र जीवित रहँदाका आफ्नो स्मरणमा कैद
भएका सूचनाहरू मार्फत रहेका अनुभूति मार्फत जीवनको समग्र यात्राको बृस्तृत अनुभव
गर्दछ।
३) तेस्रो दिन: तेस्रो
दिन पुराना घटनाहरूको गहिरो समीक्षाको दिन हुने गर्दछ। आत्माले जीवनका विभिन्न
घटनाहरूको पुनरावलोकन गर्दछ। उसको स्मरणमा रहेका तत्व बोधहरू मात्र उसलाई उपलब्ध
हुने हुँदा त्यसले आफ्नो कर्महरूको मूल्याङ्कन गर्न सम्भव हुन्छ। त्यस्तै आफ्ना
जीवित रहँदाका अधूरा इच्छाहरूको अनुभूति समेत हुन पुग्दछ। जसले गर्दा आत्माले
आफूले पूरा गर्न नसकेका इच्छाहरू र आकाङ्क्षाहरू आदिको समेत बृस्तृत महसुस गर्दछ।
४) चौथो दिन: चौथो दिन
संवेदनाको गहिरो अनुभूति लिने दिनको रूपमा विकास हुन्छ। आत्माले त्यो दिन आफ्ना
परिवारका सदस्यहरूका पीडा र शोक लाई महसुस गर्दछ। जसले आत्मालाई आफ्नो तत्कालको
स्थितिको महसुस गर्ने बिन्दुमा पुर्याउने गर्दछ। त्यो समयमा आत्माले आफ्नो नयाँ
अवस्था बारे गहिरिएर खोजी गरी त्यसको यथार्थको अनुभूति गर्दछ। त्यसले आफू देख्न
नसक्ने कारण शरीर रुपी अनुभूतिमा परिवर्तन बनिसकेको जीवित यथार्थको अस्तित्वमा
परिवर्तन बनिसकेको अवस्थाको महसुस गर्दछ।
५) पाँचौँ दिन: पाँचौँ
दिन आत्माले आफू आफ्नो जैविक अस्तित्व अनि अस्पष्टतामा रहेको सङ्क्रमण कालिन
जीवनको अवस्थामा पुगेको अनुभूति गर्दछ। आत्माले
आफू न त भौतिक संसार सँग पूर्ण रूपमा जोडिएको न त पूर्ण रूपमा त्यस बाट अलग
भई नै सकेको अनुभूति गर्न पुग्दछ। त्यसले भावनात्मक बन्धन आदि वाट छुटकारा लिनु
पर्ने दिन आएको अनुभूति गर्न थाल्दछ। आफ्नो स्मरण वाट बिस्तारै आफ्नो पुराना
सम्बन्धहरू र भावनाहरू छुट्दै गएको अनुभूति हुने र आफू त्यसबाट बिस्तारै अलग हुन्
थालेको अनुभूति गर्दछ।
६) छैटौँ दिन: छैटौँ दिन
आत्मा आफ्नो कर्मको प्रारम्भिक समीक्षा गर्ने बिन्दुमा पुग्दछ। आफ्नो कर्मको प्रारम्भिक समीक्षा गर्ने क्रममा
आफू जीवित रहँदाका कर्महरूको प्रभावको पुनरावलोकन गर्न पुग्दछ। यो दिन उसको चेतना
मूलतः आफ्नो मृत्युको कारण बुझ्न र यसले आफ्ना परिवार र आफन्तमा पुगेको असर आदिको
अनुभूतिमा केन्द्रित रहेको हुन्छ।
७) सातौँ दिन: सातौँ
दिनमा पुग्दै गर्दा आत्माले आफू जीवनमा सक्रिय रहँदा आफ्नो महत्त्व बारेको सोच, अहङ्कार र महत्त्व तथा त्यसको व्यवहारिक
यथार्थको प्रस्ट अनुभूति पाइसकेको हुन्छ। जसले त्यसलाई आफ्ना अन्तिम बन्धनहरूको
रूपमा रहेको अहङ्कार र लगाव आदि हटाउने तर्फ क्रियाशील हुन्छ। आत्माले आफ्नो
जीवनमा रहेका सम्बन्धहरूको यथार्थता महसुस गरेर त्यस वाट छुटकारा पाउने
प्रक्रियालाई जारी राख्छ। आफ्नो घर र प्रियजनहरू सँग अन्तिम बिदाइ दिनु भन्ने
कामना गर्दछ। आफ्ना प्रियजनहरू सँग आफूले अन्तिम
बिदाइ लिएको अनुभूति लिन्छ।
८) आठौँ दिन: आठौँ दिन
लिङ्ग शरीरको आफू जीवित रहेको र अड्किएको परिवेश बाहिरको यात्राको तयारी गर्दछ।
आफ्नो अगाडिको यात्रा तर्फ केन्द्रित हुँदै नयाँ अवस्थामा नयाँ स्थिरता प्राप्त
गर्न प्रयास गर्दछ। आत्माले आफू प्रेत आत्मा बनेको महसुस गरी त्यस अवस्था बाट नयाँ
यात्रा तर्फको मानो-मानसिक तयारी गर्दछ।
९) नवौँ दिन: नवौँ दिन
आत्माले सांसारिक इच्छाहरू लाई बिर्सेर अघि बढ्ने दिनको रूपमा रहन्छ। आत्मा आफ्नो
पुराना इच्छाहरू र आवश्यकताहरू बाट आफूलाई अलग गर्दछ। आफ्नो जीवनमा आफूलाई सहयोग
गरेर जीवन सहज गरिदिने र असहयोग गरेर जीवन र मानवताको महत्वको अनुभूति गराइदिन
भूमिका खेल्ने सबै प्रति कृतज्ञता ज्ञापन गर्दै आफू बाट भएको कमी कमजोरीमा
प्रयास्चित गर्दै सबै प्रति आभारी बन्दछ। यो कार्यलाई वैदिक परम्परामा आत्माले
श्राद्ध र पिण्ड दान आदिको प्रभावको अनुभूति गरेको, परिवारले गरिरहेको अनुष्ठानका कारण उसको
आत्मा शान्ति बनेको भनेर व्याख्या गरिन्छ।
त्यसले आत्मा लाई प्रेत अवस्थाबाट मुक्त गर्न मद्दत गर्छ।
१०) दसौँ दिन: दसौँ दिन
कर्म लेखनको समायोजनको दिन हुने गर्दछ। आत्माले आफ्नो सिञ्चित कर्म अनुसारको
यात्रा तय गर्न सक्ने ऊर्जा प्राप्त गर्छ। जुन शुद्धीकरणको प्रक्रिया हुने गर्दछ।
जसमा आत्मा शुद्धीकरण हुँदै अगाडिको यात्रा तय गर्ने दिशामा कार्य हुन्छ। त्यसले
भविष्यको गन्तव्य के रहने भन्ने
असामान्यजस्ता सन्तुलनमा आउँछ।
११) एघारौँ दिन: एघारौँ
दिन आत्माले अन्तिम शान्तिको अनुभूति गर्ने दिन हो। यो दिनमा आफ्नो अघिल्लो जीवनका
बाँकी आशक्तिहरू बाट आत्माले पूर्ण रूपमा छुटकारा पाउँछ। आफ्नो विरासतको बोध गर्ने
क्रममा आत्माले आफ्नो अघिल्लो जीवनका मन, बुद्धि र अहङ्कार रुपी सन्देश र त्यसको प्रभावलाई छोडेर तोकिए
अनुरूपको नयाँ यात्रामा प्रवेश गर्छ।
१२) बाह्रौँ दिन:
बाह्रौँ दिनमा आत्माको उच्च लोकमा जाने तयारी हुन्छ। आत्माले नयाँ जीवन वा लोक
तर्फको प्रवेशको तयारी गर्छ। यो समयमा निजी आत्मा वा चेतनालाई ब्रह्माण्ड चेतना
संग सम्पूर्ण रूपमा नजिकिएर अविद्या र विद्या संयोजित समग्र आध्यात्मिक ज्ञान लिने
अवसर प्राप्त भएको हुन्छ। जसले उसका
अहङ्कार हरुको नष्ट गर्दछ। उसलाई आफ्ना कर्मले पैदा गरेको स्मरणको छापहरूको आधारमा
उसको कर्म मुक्तिको लागि तयार भएको नभएको न्यायोचित निर्णय लिन सक्ने अवस्थामा
पुर्याएको हुन्छ। त्यसैको आधारमा उसको मुक्ति वा पुनर्जन्मको स्व-निर्णय लिन्छ।
पुनर्जन्मको जरुरतको अवस्थामा उसको कर्मको छाप अनुरूप उसको लागि न्यायोचित रहने
उसले लिनु पर्ने योनि र काल अवस्था आदि के हो त्यसको समेत स्वतन्त्र छनौट गर्ने
गर्दछ। त्यसै अनुरूप आत्माको नयाँ यात्रा
चक्रको निर्धारण आत्मा आफैले गर्दछ।
१३) तेह्रौँ दिन:
तेह्रौँ दिन अन्तिम बिदाइको दिन हो। परिवार, समाज र यस लोक वाट चेतनाको स्तरमा हुने बिदाइको यो दिन
आत्माले आफ्नो निजी अनुभूतिको संसार बाट बिदा लिन्छ। जसलाई प्रेत अवस्थाबाट मुक्त
भएको भनिन्छ। पूर्ण रूपमा प्रेत अवस्थाबाट मुक्ति पाएको आत्माले र आफ्नो कर्म
अनुसार नयाँ जीवनको यात्रामा निकाल्ने स्वनिर्णय लिन्छ।
वैदिक मान्यता अनुसार, आत्माले कुन गन्तव्यको बाटो लिने भन्ने मार्गदर्शन यमले गर्छन्।
आत्माको अनुभूतिमा रहेको कर्मको सूचना अनुसार यमले मृत्यु भन्दा अघिको जीवनका
कर्महरूको झलक हरू हेर्ने गर्दछन्। जहाँ सञ्चित भएको कर्मको प्रारम्भिक समीक्षा
हुन्छ। त्यसको आधारमा जीवन भरका शुभ र अशुभ कर्महरूको विश्लेषण हुन्छ। दण्ड रुपी
नभएर एक प्रकारको न्याय प्रक्रियाको
सुरुवातको रूपको त्यो प्रारम्भिक समीक्षा यमको समीक्षाको क्रममा आत्माले गर्ने
आफ्नै जीवनका गतिविधिहरुको पुनरावलोकन मात्र हो।
संस्कृतमा "यम"
शब्दले स्व-अनुशासन वा नियन्त्रण भन्ने जनाउने गर्दछ। विशेष गरी योग दर्शनमा
आत्म-नियन्त्रणका सिद्धान्तहरू बारे अनुभूति गर्न यम शब्दको अधि प्रयोग
हुन्छ। पतञ्जलि योग सूत्रले व्यक्तिमा
पाँच प्रमुख नैतिक आचरणका विकाश गर्न आत्म-अनुशासन र नैतिक जीवन शैली संग
सम्बन्धित रहेको यमको पाँच सिद्धान्तहरू उपयोग गर्दछ। जस अन्तर्गत १) अहिंसा
(हिंसा नगर्ने): अरूलाई वा आफूलाई हानि नगर्ने अभ्यासमा कायम रहने। २. सत्य (साँचो
बोल्ने): सत्यताको पालन गर्ने, जस्तोसुकै परिस्थिति आए पनि साँचो कुरामा अडिग रहने। ३. अस्तेय (चोरी
नगर्ने): अरूको भौतिक, नैतिक, मानसिक,
कार्मिक र बौद्धिक जस्ता
कुनै पनि सम्पत्ति वा अधिकारमा हस्तक्षेप नगर्ने, लोभ त्याग
गर्ने। ४. ब्रह्मचर्य (शारीरिक र मानसिक शुद्धता): आफ्ना इन्द्रिय र मनलाई
अनुशासनमा राख्ने अभ्यासमा रहने। ५. अपरिग्रह (अनावश्यक सञ्चितिको लोभ नगर्ने):
अनावश्यक वस्तुहरूको सङ्ग्रह नगर्ने, साधारण जीवनशैली
अपनाउने बानी को विकाश गर्ने सिद्धान्तहरू पर्दछ। यम रुपी आत्म-नियन्त्रण र नैतिक
अनुशासनको अभ्यासले व्यक्तिको चेतन वृति व्यक्ति तथा समाजको कल्याणकारी र
न्यायोचित हुने जीवनशैली निर्माणमा योगदान पुर्याउने गर्दछ। यमले व्यक्तिको
चेतनालाई आन्तरिक रूपमा सुदृढ बनाउँदै ब्रह्माण्ड चेतनाको प्राप्ति गर्ने हद
सम्मको शक्तिशाली बनाउने गर्दछ। मृत्यु भई सकेको शरीर वाट छुट्टिएको चेतनालाई
पहिलो पाँच दिन यमको पाँच अनुशासन विकासमा सदुपयोग गर्ने र त्यसपछिको आठ दिनमा आत्मालाई
आफ्नो प्रारब्ध कर्म अनुरूप आफ्नो भविष्यको बाटो आफैले तय गर्न छोडिदिने र आत्माले
समेत सोही विधि अपनाउने कुरा वैदिक मान्यता अनुरूपको मृत्यु पछिका मानव चेतना वा
आत्माका गतिविधिहरू हुन्।
गरुड़ पुराणको प्रेत कल्पको
चुरो अवधारणाको चुरो सन्देश बुझ्नको लागि वैदिक अवधारणामा श्राद्ध भनेर के कुरालाई भनिन्छ भन्ने
जान्नु जरुरी छ। ब्रह्माजीका मानस पुत्रहरू मध्ये एक ब्रह्माण्डको गूढ रहस्यका
जानकार राक्षसहरूको कुल (विशेष गरी रावणको कुल) महर्षि वा ऋषि पुलस्त्य हुन्। पुलस्त्य वचनम् (Pulastya Vachanam) को
शाब्दिक अर्थ "पुलस्त्य ऋषिका भनाइ" वा "पुलस्त्य ऋषिका
उपदेश" भन्ने लाग्दछ। प्राचीन हिन्दु शास्त्रहरूमा रहेका उच्च नैतिकता,
जीवनको अर्थ, र आत्म-ज्ञानको महत्त्वका विषयका
जटिल शिक्षाहरू सरलीकृत रूपमा समाजमा पुर्याउन विशेष गरी प्राचीन हिन्दु शास्त्र
तथा पुराणहरू जस्तै विष्णु पुराण, गरुड़ पुराण, र शिव पुराणमा पुलस्त्य ऋषिका भनाइहरू राखिएको छ। जस मार्फत सृष्टिको
रहस्य, धर्म, कर्म, मोक्ष, र ब्रह्माण्डीय व्यवस्था सम्बन्धका सरलीकृत
गरिएका महत्त्वपूर्ण ज्ञान सम्प्रेषण भएको छ।
संस्कृत व्यञ्जनाढ्यञ्च
पयोदधिघृतान्वितम् ।
श्रद्धया दीयते यस्मात्
श्राद्धं तेन निगद्यते ॥ पुलस्त्य वचनम् ॥
शब्द-प्रति शब्द अर्थ
संस्कृत – आदर र सम्मानका साथ
अर्पण गरिने वा चढाइने पवित्र, शुद्ध चिज (जुन अर्पर्ण गरिन्छ र अन्तत: प्रशाद्को रूपमा आफैले खाने
गरिन्। किनकि आफू भित्र नै ब्रह्म रहेको छ।)
व्यञ्जनाढ्यञ्च – स्वादिष्ट गुण
र पोषणले समृद्ध
परिकारहरू
पयोदधिघृतान्वितम् – दूध (पय), दही (दधि), र घिउ
(घृत) हालिएको
श्रद्धया – श्रद्धा, भक्ति, र विश्वास
सहित
दीयते – दिइन्छ, अर्पण गरिन्छ
यस्मात् – यही कारणले
श्राद्धं – पितृहरूको सम्झना
गर्दै श्रद्धाका साथ अर्पण ग्रहण गरिने प्रसाद
तेन – को रूपमा त्यस कारणले
निगद्यते – परिचित भएको छ
भावार्थ:
आफ्नो जीवन अस्तित्वमा आउन
आफ्नो पितृहरूको भूमिका र देनको सम्झना गर्दै आदर र श्रद्धासहित दूध (प्रोटिन),
दही (प्रोटिन), र घिउ (फ्याट) जस्ता पोषण
युक्त तत्व समावेश भएको स्वादिष्ट (कार्बोहाइड्रेट संलग्न) परिकारहरू निर्माण गरी उनीहरूको नाममा अर्पण गरी
भक्ति र सम्मानका साथ ग्रहण गर्ने यज्ञ (कार्य लाई) श्राद्ध भनिन्छ।
व्याख्या:
पुलस्त्य वचन अनुसार श्राद्ध भनेको पितृहरूलाई श्रद्धाका
साथ गरिने एक अर्पण हो। जुन परम्परागत रूपमा उपलब्ध हुने दूध, दही, र घिउ जस्ता शुद्ध सामग्रीहरूको
(कार्बोहाइड्रेट:प्रोटिन:फ्याटको अन्दाजी रेसियो ५०:२५:२५ हुने गरी) पोषण युक्त
खाना शुद्ध परिकारको (शरीरको पाचन मैत्री रहेर सन्तुलित मात्रामा जरुरत अनुरूप
सारतत्व दिने) रूपमा निर्माण गरिन्छ। यसरी निर्मित परिकारहरू औपचारिक रुपमा
पितृहरूको सम्मान र श्रद्धापूर्वक ग्रहण गरिन्छ। जसमा कर्मको पवित्रता, श्रद्धा, र सम्मान भावको महत्त्वमा जोड दिइने हुनाले
त्यस कर्मलाई श्राद्ध (offerings to ancestors) यज्ञ (sacrificial
ritual) भनिन्छ।
गरुड़ पुराणको प्रेत कल्पको
चुरो अवधारणा बुझ्न पितृ
के हो भन्ने समेत बुझ्न अनिवार्य छ। मनुस्मृतिको रचनालाई
परम्परागत रूपमा सँग जोडिएको मानिन्छ, जो हिन्दु परम्परामा मानवताको आदि पिता र पहिलो कानुनको निर्माता मनु
हुन्। मानवीयता र प्राकृतिक नियमको सिद्धान्त सर्वमान्य मानव धर्म र कर्म सञ्चालन
गर्दा लिनु पर्ने प्रेरणा हो। तर पनि राज्य सञ्चालन भित्र आइ पार्ने अन्य
विशिष्टता र असहजताको समय अनुकूल समाधान गर्न सहयोग परोस् भन्ने भावना अनुरूप
मानवता र प्राकृतिक नियमको सिद्धान्त प्रतिकुल नहुने गरी समय सन्दर्भ अनुसार
नियमित परिवर्तन हुने एक जीवित मान्यताको कानुन जरुरत हुने आधारमा पौराणिक कालमा
ब्रह्मा (आफ्नो अन्तरात्माको सत्य अनुभूति) बाट निर्देशित रहेर
मनुले नियमहरूको ज्ञान प्राप्त गरी समाजका लागि ती नियमहरू संहिता बद्ध गरे।
समयको क्रमसँगै तत्कालीन
शासकहरूले राख्ने धर्म सभाको विचार अनुरूप मनुस्मृति ईपू दोस्रो शताब्दी देखि इस्वी तेस्रो
शताब्दी सम्म परिमार्जित र अद्यावधिक हुँदै आयो। राज्य सञ्चालनको फरक दस्ताबेज
रहेकोले यो समय अनुरूपको मान्यताको गुन र बैगुन दुवै बोकेको आचरणको नियम र नैतिक
मार्गदर्शन वारेको सङ्कलनको रूपमा रहन गयो। धार्मिक (कार्मिक) कर्तव्य, सामाजिक संरचना र वर्ण व्यवस्था,कानुन र न्याय,
नैतिकता र सद्गुणहरू, आध्यात्मिक लक्ष्य आदिका
आधारमा मनुस्मृतिले व्यक्तिगत कर्तव्यहरू बारे चर्चा गर्दछ। सनातन हिन्दु समाजको
संरचना र नैतिक मापदण्डहरूलाई आकार दिनमा महत्त्वपूर्ण भूमिका खेलेको यो ग्रन्थका
केही दृष्टिकोण, विशेष गरी नारी वारेको मान्यता, वर्ण व्यवस्था, जाति र लिङ्गको भूमिका वारेका केही
विचारहरू वेदको चुरो मान्यता विपरीत तत्कालीन राज काज गर्ने शासकहरूको विचार
लादिएको अवस्थामा रहेको छ। समय अनुकूल विवादास्पद र सामाजिक रूपमा पचाउन नसकिने
विषयहरूको परिमार्जन गरी पछि हरेक मुलुकको छुटै कानुन, नीति
नियम बनेकाले मनुस्मृति यसको लेखन समयको मान्यता अनुरूप कुनै बिन्दुमा पुगेर
परिमार्जित हुन वाट रोकिएको र यसलाई परम्परागत मान्यता बुझिने एक अभिलेखमा सीमित
गरिएको छ। थोरै कमजोरीका बाबजुद यसका धरै कुराहरू अत्यन्त गहन र समाजले ग्रहण
गर्नु पर्ने स्थिति का समेत छन्। पितृको सम्बन्धमा मनुस्मृतिको भनाइ ले हामीलाई
वैदिक कालको गरुड़ पुराणको चुरो अवधारणा बुझ्न केही मद्दत गर्दछ।
ऋषिभ्यः पितरो जाताः
पितृभ्यो देवमानवाः ।
देवेभ्यस्तु जगत्सर्वं
चरं स्थाण्वनुपूर्वशः ॥ मनुस्मृति ३ - २०१ ॥
श्लोकको शब्द-प्रतिशब्द अर्थ:
ऋषिभ्यः – ऋषिहरू (ब्रह्माण्ड
चेतना वा ज्ञान) बाट
पितरः – नै हाम्रा पितृहरू वा
उत्पत्तिको पहिलो बिन्दु हो
जाताः – त्यही वाट हामी जन्मिएका हौ
पितृभ्यः – तिनी पितृहरूबाट
(ब्रह्माण्ड चेतना वाट)
देवमानवाः – देव मानवको श्रोत
(शक्तिको श्रोत, निजी
चेतनाको श्रोत) हो।
देवेभ्यः – देव मानव हरू नै
(ब्रह्माण्ड शक्ति र ब्रह्माण्ड चेतनाको अंश रुपी निजी चेतनाको श्रोतहरू नै)
जगत् सर्वम् – सम्पूर्ण संसारको
निर्माण भएको हो।
चरम् – चलायमान सजीव प्राणीहरू
स्थाणु – र अचल, स्थिर रहने सजीव तथा निर्जीव वस्तुहरू
(जस्तै रूखहरू, पहाडहरू, निर्माण,
परिचालन र ध्वंसका गुण र सिद्धान्तहरू)
अनुपूर्वशः – क्रमबद्ध पहिलो
पछि त्यस पछाडिको निर्माण हुने चक्रीय अनुक्रममा बनेका हुन्। जहाँ प्रत्येक तहले
अर्को तहको सृजना गरेको छ।
भावार्थ:
ब्रह्माण्ड चेतना वाट ब्रह्माण्ड शक्ति र ब्रह्माण्ड
चेतनाको अंश रुपी निजी चेतनाको श्रोतहरू, जीव र निर्जीव
पदार्थ निर्माण हुने पन्च तत्वको निर्माण भएको हो। ब्रह्माण्ड चेतना हाम्रो
अभौतिक चेतनाको पितृ र पन्च तत्व हाम्रो जीवनको भौतिकताको पितृ हो। क्रमबद्ध
चक्रको रूपमा पहिलो तत्व वाट त्यस पछाडिको अस्तित्व निर्माण हुने चक्रीय अनुक्रमका
सम्पूर्ण चलायमान (चल्ने) र अचल (स्थिर) वस्तुहरू हाम्रो पितृको रूपमा समावेश
रहेका छन्।
व्याख्या: यमलाई
मृत्यु लोकको अधिपति मानिन्छ।
अदाद्यमोऽवसानं पृथिव्या
इति ।
यमो ह वा अस्या
अवसानस्येष्टे स एवास्मा अस्यामवसानं ददाति॥
॥ शतपथब्राह्मणम् ७.१.१.३॥
भावार्थ: यमले यसका यज्ञकर्ता लाई (पृथ्वीमा आफ्नो कर्म गर्ने
जीवित, अ-जीवित
सम्पूर्ण तत्त्वहरू लाई) पृथ्वीमा बसोबास प्रदान गरेका
छन्। यमले नै यस पृथ्वीको सम्पूर्ण अस्तित्वको बसोबास
माथि शासन गर्छन्। यमले नै यसका यज्ञकर्ताहरू लाई पृथ्वीमा बसोबासको अधिकार प्रदान
गर्ने गर्छन्।
यम भनेको प्राकृतिक नियमको
अनुशासनमा बाँधिनु हो। शतपथ ब्राह्मणमा उल्लेख भए अनुरूप यम नै जीवनको चक्रको
सुरुवात, सुचारु र
समाप्तिको सञ्चालन हुन। प्राकृतिक नियमको सञ्चालक लाई ब्रह्माण्ड
चेतना भनिन्छ। तसर्थ यम शब्द समेतले यहाँ ब्रह्माण्ड चेतनालाई नै बुझाउने गर्दछ।
हरेक जीवको पितृ वास्तवमा एक भन्दा अधिक हुने हुँदा पितृ गणको रूपमा रहन्छन्।
पन्चत्व गुण निर्मित भौतिक पितृ गण भौतिक तत्व निर्माण हुने तत्व
गुणको आधारमा तीन प्रकृतिको हुन्छ। जुन तातो, चिसो तथा न
तातो न चिसो (अनुष्ण शीत) गरी तीन व्यक्त भौतिक गुणको आधारमा महसुस गर्न सकिन्छ।
सम्पूर्ण तातो गुणको पदार्थलाई अग्नि (सूर्य गुण) भनिन्छ। चिसो गुणको पदार्थ लाई
सोम (चन्द्र गुण) तथा न तातो न चिसो गुणको पदार्थलाई यम (न्युट्रल वा सन्तुलित
तत्व) मानिन्छ। अग्नि सधैँ माथि तिर गइरहने गुणको हुन्छ। सोम तल तिर बहने गुणको
हुन्छ। माथि तिर बहने अग्नि दक्षिण बाट उत्तर तर्फ जाने गुणको हुन्छ। तल तिर बहने
सोम उत्तरबाट दक्षिण तर्फ बहन्छ। यी दुई लाई बिचमा यम अर्थात् प्राणले सन्तुलित
गरेको हुन्छ।
आधुनिक विज्ञानको भाषामा यसलाई
पहिचान गर्न खोज्दा अग्नि तत्वको प्रकाश र तातो पन शरीरको भौतिक पक्षको निर्माणमा
भूमिका खेल्दछ। सोम तत्व सूर्य कै परावर्तित किरण (चन्द्र प्रकाश आदि) तथा चिसोपन
मनोवैज्ञानिक र आध्यात्मिक पक्षको निर्माणमा भूमिका खेल्दछ। यो दुवैको सन्तुलित
संयोजनको कार्यमा प्राणको भूमिका रहन्छ। ब्रह्माण्ड चेतना (परमात्मा) र निजी चेतना
(आत्मा) को बिचको संयोजन बिन्दु लाई हामी प्राणको रूपमा बुझ्ने गर्दछौ।
हरेक पक्षको सन्तुलन नै
प्राकृतिक नियमको सिद्धान्त हुने हुँदा अग्निमा सोमको आहुति दिइन्छ। यही अनुभूतिमा
संसारको उत्पत्ति, सञ्चालन,
नयाँ विषय वस्तुहरू अस्तित्वमा देखिनु र पुनः सन्तुलनमा आएर
प्राकृतिक स्थिरता समायोजन हुने कार्य समेत अग्निमा हुने सोम आहुति प्रक्रिया नै
जिम्मेवार रहेको वैदिक मान्यता छ। वैदिक मान्यतामा जगत लाई अग्नि-सोमात्मक जगत्
भनिन्छ। यमले सोमको आहुति लाई रोक्दा अग्नि-सोम चक्रको अन्त्य हुन्छ। त्यो समय लाई
वैदिक मृत्यु भनिन्छ। मृत्यु भनेको प्राण जानु नै हो। त्यसै कारण यमलाई मृत्यु
लोकको अधिपति मानिन्छ।
उदी॑रता॒मव॑र॒ उत्परा॑स॒
उन्म॑ध्य॒माः पि॒तर॑: सो॒म्यास॑: ।
असुं॒ य ई॒युर॑वृ॒का
ऋ॑त॒ज्ञास्ते नो॑ऽवन्तु पि॒तरो॒ हवे॑षु ॥
॥ऋग्वेद १०.१५.१, अथर्ववेद १८.१.४४॥
भावार्थ: हाम्रा तल्लो, मध्य र माथिल्लो लोकमा अवस्थित पितृ गण छन्। हाम्रा पितृहरू जागृत भएर अर्पण गरिएको
सोमरसको ग्रहण गरून्। हाम्रा ती पूर्वजहरू
जसले हाम्रो जीवनको रक्षा गर्दै आएका छन् र जसले हाम्रो पवित्र भावले गरेका
अर्पणलाई स्वीकार गरेका छन् तिनीहरूको आशीर्वादले हामीलाई सुरक्षा प्रदान गरोस्।
व्याख्या: वैदिक
मान्यता अनुरूप तीन फरक प्रकारको प्राण हुन्छन्। जसलाई पर (ब्रह्माण्ड चेतनामा
मिलेको मुक्ति प्राप्ति गरेको प्राण), मध्यम (मुक्ति हुने तह सम्म आत्माको शुद्धीकरण नभई सकेकोले अनुभव र शुद्धि
करणको प्रक्रियामा चौरासी लाख जुनी मध्ये कुनै योनिमा जन्मिएर पन्च तत्वको जीवको
रूपमा रहेको प्राण) र अवर प्राण (भर्खरै
दिवङ्गत भएर लिङ्ग शरीरमा नै रहेका पितृहरूको रूपमा रहेका प्रेत आत्मा रुपी प्राण)
भनिन्छ।
प्राणको तीन रूप अनुसार पितृहरू
(पूर्वजहरू) लाई तीन श्रेणीमा (तीन समूहमा) वर्गीकृत गरिएको छ। पितृहरूको
आध्यात्मिक स्तर, लोक र उनीहरूको भूमिकाको आधारमा तीन श्रेणीमा
वर्गीकृत गरी वैदिक कर्मकाण्ड गर्ने र पितृ तर्पण दिने गरिन्छ। जसमा पर
पितृ (Para Pitri), मध्यम पितृ (Madhyam Pitri) र अवर पितृ (Avar Pitri) पर्दछन्।
प्रायः मोक्ष प्राप्त गरेका वा
उच्च आध्यात्मिक लोकमा बास गर्ने पूर्वजहरू उच्च स्तरका पितृहरू रहेकोले
तिनीहरूलाई पर पितृ भनिन्छ। पर पितृहरू लाई नान्दी मुख पितर भनिन्छ। जसको
अर्थ उनीहरूको आनन्दित र उच्च स्थिति प्राप्त गरिसकेको अवस्था लाई दर्साउँछ। त्यो
भनेको ब्रह्माण्ड चेतना नै हो।
मध्यम श्रेणीका पितृहरू जो अझै
केही अनुभव र शुद्धि करणको प्रक्रियामा नै पन्च तत्व गुण भौतिक अस्तित्व संग नै
जोडिएर रहेर मध्य स्तरका लोकमा बास गर्छन् तिनीहरूलाई मध्यम श्रेणीका पितृहरू
भनिन्छ। मध्यम पितृ लाई कर्मकाण्डमा सम्मान पूर्वक पितृ तर्पण अर्पण गरिन्छ। किनकि
उनीहरू उच्च आध्यात्मिक लोकमा पुग्न बाँकी नै रहेको त हुन्छ तर यी पूर्वजहरू अझै
वंशलाई मार्गदर्शन गरिरहेका हुन्छन्। वंशको जीविकाको लागि चाहिने चिजहरूको (भौतिक, मनोवैज्ञानिक र आध्यात्मिक ऊर्जा)
आपूर्तिमा उनीहरूको भूमिका हुन्छ। जस मार्फत जीवित वंशको परिवारका सदस्यहरूलाई
संरक्षण र आशीर्वाद मिलिरहेको विश्वास गरिन्छ। मध्यम पितृहरू लाई पार्वण भनिन्छ।
जीवनमा उपलब्धि प्राप्त गर्न, आवश्यकताको पूर्ति गर्न र
दुबिधा समाप्ति गरी सत्मार्ग तर्फ लैजाने मध्य अवस्थाका पितृ जो तपाइको हितकारी
हुँदै गर्दा तपाइको हित नचाहनेको मित्र रहने कम सम्भावना रहन्छ। यो भनेको पन्च
तत्व गुण नै हो।
भर्खरै दिवङ्गत भएका पितृहरू अवर
पितृ हुन्। अवर को अर्थ हो आशक्ति भावमा घुलनशील भएका र अझै तैरी नसकेका, गन्तव्यको टुङ्गो लागि नसकेका। जो अझै
तल्लो वा पृथ्वी लोकमा प्रायः मरणोत्तर यात्राको क्रममा नै रहेका हुन्छन्। मृत्यु
पहिलेको सांसारिक बन्धन र इच्छाहरूमा अझै बाँधिएका अवस्थामा रहेकोले उनीहरू प्रेत
अवस्थामा (कारण शरीरमा) रहेका हुन्छन्।
अवर पितृलाई उनीहरू सांसारिक बन्धन र इच्छाहरू वाट मुक्त भएर शान्ति प्राप्त गरुन्
र उच्च लोकमा जान सकुन् भन्ने कामना गर्दै तर्पण र श्राद्ध गरिन्छ।
२. अन्तराल अवस्था (Interim State):
शारीरिक मृत्यु पछि आत्मा सूक्ष्म शरीरमा (subtle body) प्रवेश गर्छ। जस लाई लिङ्ग
शरीर भनिन्छ। लिङ्ग शरीर भन्नाले भौतिक शरीर वाट छुट्टिएको तर कर्मको छाप रुपी
चेतनाको अवलोकन कर्ताको रूपमा रहेको आत्मा भन्ने बुझिन्छ। आत्मा चाहे भौतिक शरीर
संग जोडिएर रहेको अवस्थामा होस् वा कर्मको छाप रुपी चेतना संग मात्र जोडिएर रहेको
अवस्थामा होस् त्यो निरन्तर अवलोकन कर्ताको रूपमा रहन्छ। जब आत्मा न त भौतिक शरीर
संग जोडिएको हुन्छ, न त कर्मको छाप रुपी चेतना संग नै
जोडिएको अवस्थामा रहन्छ, त्यो बेला आत्मा पूर्ण रूपमा शुद्ध
हुने हुँदा त्यसलाई ब्रह्माण्ड चेतना कै हदमा शुद्ध रहेको मानिन्छ। जुन सहजै ब्रह्माण्ड चेतनामा अन्तर घुलन हुन सक्ने
बन्दछ। त्यसैले त्यो अवस्थामा ब्रह्माण्ड
चेतनाको अंश वाट निर्मित आत्मा पुनः ब्रह्माण्ड चेतनामा नै मिसिएर त्यही विलीन
हुन्छ। जस लाई जीवन वा मृत्युको चक्र बाट उन्मुक्ति मिलेको अवस्था मानिने हुने
हुँदा व्यक्तिको चेतनाले मुक्ति प्राप्त गरेको अवस्था मानिन्छ। अन्यथा आत्मा
सूक्ष्म शरीरको (लिङ्ग शरीर, Linga sharira) अवलोकन कर्ताको अवस्थामा रहन्छ। कर्मको छाप रुपी चेतनालाई बोकेको लिङ्ग
शरीर एक यस्तो सङ्क्रमणको चरण हो, जहाँ आत्मा आफ्नो शारीरिक
रूपभन्दा परको अस्तित्वलाई अनुभूति गरिरहेको हुन्छ।
३. कर्म परावर्तनको सामना (Encountering Karmic Reflection):
यस चरणमा अवलोकन कर्ताको रूपमा रहेको आत्मामा जोडिएको
कर्मको छाप रुपी चेतनामा सङ्कलन भएको आफ्नो जीवित रहँदाका गतिविधिहरू सहितका कार्य
तथा ती हुँदै गर्दा अवलोकन कर्ताको रूपमा रहेको आत्माका चेतनामा घुलिएर सुरक्षित
रहेका अनुभवहरूको समीक्षा हुने गर्दछ। जुन
लिङ्ग शरीरमा रहेको आत्माको स्व-आत्म निरीक्षणको चरण हो। जहाँ कर्मको
छापहरू लाई प्रत्यक्ष रूपमा महसुस गरिन्छ। एक प्रकारको आन्तरिक न्यायालयमा त्यसको
स्व-परीक्षण गरी न्यायको स्व-निर्धारण हुने चरणमा पुग्दछ। यसै चरणमा मृत्यु हुनु
पूर्वको स्व-परीक्षण मार्फत स्व-निर्धारण गरिएको न्यायको चेतनाको समेत मूल्याङ्कन
गरिन्छ। त्यसको आधारमा समग्र न्यायको स्व-निर्धारण कार्य सम्पन्न हुने गर्दछ।
४. नरक वा स्वर्गको अनुभव (Passing Through Naraka or Svarga):
समग्र न्यायको स्व-निर्धारण कार्य सम्पन्न हुँदै गर्दा
आत्माले आफ्नो कर्म अनुसार स्व-निर्धारण
गरेको नरक (दुःख पूर्ण मर्त्य लोक) मा फर्कने वा आफ्नो पुण्य बापत स्वर्ग (सुखमय
लोक) को अनुभव गर्ने भन्ने तय हुन्छ। जस लाई कर्म अनुरूपको कर्मिक लोक प्राप्ति
भनिन्छ। जब जीवनमा पाप कर्म अधिक हुन्छ तव त्यहाँ आत्माको शुद्धीकरणको आवश्यकता
पर्दछ। त्यसको लागि आत्माको मानव रूपको पुनः जन्मको जरुरत पर्दछ। जब धर्म कर्म
अधिक रहन्छ तब त्यहाँ सञ्चित धर्म कर्म बापत सुखमय अनुभूतिको लागि स्वर्गको (सुखमय
लोक) अनुभूति गर्ने समय मिल्दछ। त्यसको समाप्ति पछि पुनः सम्पूर्ण शुद्धताको लागि
मानव रूपको पुनः जन्मको जरुरत पर्दछ। समग्र न्यायको स्व-निर्धारण कार्य सम्पन्न
हुँदै गर्दा आपराधिक कर्ममा संलग्न कर्मको छापहरूले भने व्यक्तिको चेतना आपराधिक
कर्मको हद अनुरूप स्व-निर्धारण हुन् पुगेको दुःख पूर्ण मर्त्य लोकमा मानव बाहेकको
चौरासी लाख जुनीको चक्रमा फर्कन्छ। जसको अन्तिम जुनी मानव जीवन हुने गर्दछ। यसरी
पुनर्जन्म रुपी प्रतीकात्मक स्थानहरू जहाँ आत्माको नियमित शुद्धीकरण मार्फत मुक्ति
प्राप्त गर्ने र चिर आनन्द प्राप्त गर्ने जीवन चक्रमा आफ्नो कर्म अनुसार
स्व-निर्धारण हुने जीवन चक्रमा मानव चोला छिर्दछ।
यहाँ निर पाप, धर्म र अपराध गरी
तिन शब्दको अर्थ बुझ्नु जरुरी छ। जहाँ पाप भनेको प्राकृतिक नियम प्रतिकुल कार्यहरू
हुन्। धर्म भनेको प्राकृतिक नियम अनुकूल कर्महरु हुन्। सबै प्राकृतिक नियम
प्रतिकुल कर्महरू आपराधिक हुँदैनन्। जस्तै मानिसले आफू जीवित रहँदा नियमित आफ्नो
कर्ममा लाग्नु प्राकृतिक नियम सङ्गत कुराहरू हुन्। तर उसले कुनै दिन कर्म नगरी
बस्दैमा त्यहाँ आपराधिक कर्म भएको हुँदैन। मात्र प्राकृतिक नियम मैत्री कार्य पुरा
नभएको हुने गर्दछ। कतिपय मानवताको धर्म निभाउन चुक्नु वा अनैतिक कार्यमा सहभागी
बन्नु समेत आपराधिक कर्म नहुन सक्दछ। त्यो प्राकृतिक नियम सङ्गत पनि हुन सक्दछ वा
प्रतिकुल पनि। तर पनि त्यसलाई पाप कर्म भनिन्छ। त्यति बेला व्यक्ति आफ्नै अन्तर
आत्माले आफूले सही कार्य गरी नरहेको अनुभूति गरिरहेको हुन्छ। तर जब व्यक्तिले
जनाजान अर्को व्यक्ति वा समुदाय वा प्राणी वा पर्यावरण आदिको हानि नोक्सानी गर्ने
वा मनोवैज्ञानिक चोट आदि पुर्याउने कर्म गरेको हुन्छ त्यसलाई आपराधिक कर्म
भनिन्छ। धर्म र प्रयास्चित गरेर मानिसले आफूबाट भएको पाप कर्म वाट मुक्ति प्राप्ति
सम्भव रहन्छ। तर आपराधिक कर्म बापत भने व्यक्तिले त्यसको भरपाई हुने गरी दुःख
दर्दको सामना गर्न अनिवार्य हुने गर्दछ। चौरासी लाख योनिको चक्रमा
फर्किएर आफूबाट भएको अपराधको मूल्य चुकाउनु नै पर्दछ।
वैदिक परम्परामा नरक र स्वर्ग पाप र पुण्य तथा अपराध कर्मको
आधारमा आत्माले अनुभव गर्ने कर्म-निर्देशित लोकहरू हुन्, जहाँ आत्मा मृत्यु र पुनर्जन्मको बिचमा
अल्झिएको हुन्छ। जुन आत्माको कर्मिक शुद्धीकरण र परिपक्वताको नियमित प्रक्रियाको
चरण हो। नरकको उद्देश्य आत्मालाई पुराना पापहरूको प्रत्यक्ष परिणामको अनुभव गराउनु
हो। अपराध कर्म रहेको भए अपराधको हद अनुरूप आत्मा लाई कष्ट र पीडाको अनुभूति
दिलाएर शुद्ध बनाउने प्रक्रिया हो, जसले अपराधको भारलाई
घटाउँछ र नयाँ जन्मका लागि आत्मालाई तयार गर्छ। नरकहरू कम्तीमा २१ प्रकृतिको पहिचान
भएको छ। जसमा २१ प्रकृतिको आपराधिक कर्म अनुरूप आत्माले अनुभूति गर्नु पर्ने
विभिन्न फरक फरक प्रकारका कष्ट र पीडाहरू उल्लेख भएको छ। नरकको अनुभवलाई एक
प्रकारको कार्मिक शुद्धीकरण नै हो। जहाँ आत्माले अघिल्ला गलत वा पाप कर्महरूको
प्रतिफल भोगेर आत्मालाई हलुका बनाउँछ। र पूर्ण शुद्धताको दिन फेरी परीक्षणको रूपमा
मानव जीवनमा फर्कने मौका पाउने गर्दछ। अघिल्ला आपराधिक कर्म बापत भने त्यसको
भरपाईको लागि चौरासी लाख योनिको चक्रमा फर्किएर भएको अपराधको मूल्य चुकाउँदै पुनः
आत्माको स्व-शुद्धिकरणको अवसर प्राप्त हुने मानव जीवनमा पुनर्जन्म हुनको लागि
आवश्यक परिपक्वता प्राप्त गर्दछ।
स्वर्ग भनेको पुण्य कर्महरूको फलको रूपमा आत्माले अनुभव
गर्ने सुखमय अवस्था हो। आफूले आफ्नो जीवनमा राम्रो कर्म गर्न सकेकोमा ज्ञानको
श्रोत प्रति र आफ्नो सुमति प्रति धन्य रहेर आनन्दित अनुभूति गर्ने समय हो। त्यस्तो
अनुभूतिको समय गुज्रे पश्चात्, जब
नकारात्मक कार्मिक छाप विहीन आत्मा सुखानुभूतिको क्षण समेत पुरा गर्दछ तव त्यो
आत्मामा ब्रह्माण्ड चेतनामा घुलनशील हुने हदको सुद्ध हुन्छ। त्यसको मुक्ति सम्भव
बन्दछ।
यदि पाप र पुण्य कर्म बरावरको अवस्थाको कार्मिक प्रिन्ट
रहेको वा पाप भन्दा पुण्य कर्म अधिक रहेको आत्मा पाप पुण्य बराबरको अवस्थामा
पहिलेको जीवनको अपराधको समेत हिसाबमा पुनः मानव चोलामा फर्किने (जीवनको योनि मद्ये
सबैभन्दा सुद्ध वा उच्च बौद्धिकता युक्त चोला) स्वनिर्णयमा आत्मा पुग्ने गर्दछ। स्वर्गको
अनुभूतिमा आत्माले जीवनमा गरिएको धर्म, परोपकार, सत्यता र सच्चाइ जस्ता कर्मको आधारमा
सञ्चित पुण्यका कारण सुख र आनन्दको अनुभव गर्दछ।
सनातन मान्यतामा सात लोकहरू छन्। सञ्चित पुण्य
कर्मको आधारमा व्यक्तिले सात स्वर्गीय लोकहरू मध्ये कुनै एकमा प्रवेश पाउने गर्दछ।
त्यहाँ व्यक्तिको चेतनाले गर्ने सुख र आध्यात्मिक उपलब्धि मार्फत आत्मा लाई अधिक
शुद्ध र उच्च बनाउने प्रक्रिया अनुरूप पुनः मानवको रूपमा जन्म लिएर आफ्नो मानवीय
सत्कर्मको मार्ग अवलम्बन गरी अन्ततः परमात्मा सँगको मिलन वा मोक्ष प्राप्त गर्न
सक्षम आत्माको निर्माण गर्ने अवसर प्राप्त गर्दछ।
पाप कर्मको अधिकता पापको अधिकताको हद अनुरूप कति धेरै आत्मा
शुद्धिको जरुरत देखिन्छ त्यति नै नारकीय जीवन जिउने गरी मर्त्य लोकमा चौरासी लाख
जुनी मद्ये कुनै बिन्दु वाट जीवन चक्रमा फर्कने गन्तव्यको चयनमा आत्मा पुग्ने
गर्दछ। यो अर्थमा सनातन मान्यता अन्तर्गतको चुरो यथार्थमा नर्क आफै मर्त्य लोक मानै अनुभूति गरिने
अनुभूतिको विषय बस्तु हो। त्यस्तै स्वर्ग
समेत सांसारिक जीवन चक्र बिचको सुखानुभूति कै अवसरको विषय हो। त्यसको लेखा जोखा
समेत मर्त्य लोक मै हुनु अनिवार्य छ।
यहाँ उल्लेख भएका सप्त लोकहरू तत्कालीन चेतनाका अवस्था, ऊर्जा र सूक्ष्मताको वास्तविकताको आधारमा
आएको छ। जुन आधुनिक विज्ञानको गुणको आयामहरू निर्धारण गर्ने क्वान्टम डाईमेन्सन सँग मिलेको देखिन्छ। जस्तै
उदाहरणको लागि:
भूर्लोक (Bhurloka): लम्बाइ, चौडाइ, उचाइ हुने
शास्त्रीय ३D वास्तविकता (3D Reality) जहाँले
समय चौथो आयामको रूपमा काम गर्छ।
भुवर्लोक (Bhuvarloka): भौतिक रूपमा महसुस गरिने क्षेत्र भन्दा बाहिरको कम्पन रुपी सूक्ष्म
ऊर्जाको प्रतिनिधित्व गर्ने (Quantum Unified Field - Dancing Siva State) फिल्ड।
स्वर्गलोक (Swargloka): आपसमा पूर्ण रूपमा सामञ्जस्य निर्माण गरी स्थिर रहेका उच्च आवृत्तिमा
रहेको ऊर्जाको (Harmonious Energetic Reality) नियमित सन्तुलित अवस्था।
महर्लोक (Maharloka): आध्यात्मिक चेतना र उच्च चेतनाको आपसी सामञ्जस्यको क्वान्टम क्षेत्र (Coherent
quantum field states of universal conciousness and spiritual awareness)।
जनर्लोक (Janarloka): क्वान्टम स्मृति वा आकाशीय अभिलेख रुपी सूचनात्मक आयाम (A
holographic quantum memory i.e. informational dimension akin to the Akashic
records) ।
तपर्लोक (Taparloka): अल्ट्रा-सूक्ष्म, उच्च ऊर्जा स्तर जस्तै
प्लांक-स्तरीय ऊर्जा वा क्वान्टम फोम सँग जोडिएको आयाम (Connects with
ultra-subtle, high-energy dimensions like the Planck-scale or quantum foam,
where pure potential exists)।
सत्यलोक (Satyaloka): सबै आयामहरूको एकता र समग्रता, जसलाई क्वान्टम एकता
वा समय-स्थान भन्दा परको अवस्था मानिन्छ (Unification of all dimensions,
often metaphorically represented by quantum singularity or a state beyond
spacetime)।
लोकको नाम |
प्रमुख बासिन्दाहरू |
सम्बन्धित गुण |
क्वान्टम आयामसँगको सम्बन्ध |
भूर्लोक Bhurloka |
मानव, जनावर Living
Beings |
भौतिक
अस्तित्व Earthly
existence |
Observable
physical reality (3D space-time) |
भुवर्लोक Bhuvarloka |
यक्ष, गन्धर्व Satisfaction
& Thankful |
प्राण
(जीवन ऊर्जा) Prana
(life energy) |
Energetic
field, quantum vibrations (4D, subtle) |
स्वर्गलोक Swargloka |
देवता
(इन्द्र, अन्य देवता) Blissfullness |
आनन्द
र स्वर्गीय सुख Joy
and heavenly pleasures |
High-frequency
energy or harmonic resonance |
महर्लोक Maharloka |
महर्षि
जस्तै भृगु Meditation
State |
ध्यान
र आध्यात्मिकता Contemplation
and spirituality |
Higher
consciousness field, quantum coherence |
जनर्लोक Janarloka |
उन्नत
आध्यात्मिक प्राणी Access
to Universal Conciousness |
शुद्ध
ज्ञान Pure
knowledge |
Unified
information field, Akashic dimension |
तपर्लोक Taparloka |
तपस्वी Feeling
of Divinity |
तपस्या
र दिव्य एकाग्रता Austerities
and divine focus |
Subatomic
consciousness or Planck-scale energy |
सत्यलोक Satyaloka |
ब्रह्मा, मुक्त
आत्माहरू Ananda |
सत्य
र अन्तिम मुक्ति Truth
and ultimate liberation |
Quantum
singularity or unification (beyond 4D) |
५. प्रेत अवस्था वा प्रतीक्षा
अवस्था (Preta State or Waiting
Phase):
वैदिक परम्परामा प्रेत अवस्था आत्माको प्रतीक्षाको अवस्था
हो। जति बेला आत्मा भौतिक शरीर छोडिसके पछि एक अनिर्णीत भविष्य सहित भौँतारिएको
आत्माको रूपमा रहन्छ। जसलाई "प्रेत आत्मा" भन्ने गरिन्छ। प्रेत अवस्थामा
परिवर्तन भएको आत्मा जीवित रहँदाको जीवनको कर्महरूको परिणाम अनुरूप नयाँ जन्मको
तयारीको लागि बाँकी कर्महरूको समायोजन पर्खिरहेको मृत्यु र पुनर्जन्मको बिचको
अस्थायी रूपको मध्यवर्ती आत्माको चरण हो। कुनै भौतिक शरीरमा नभए पनि प्रेत आत्माको
चेतना नियमित क्रियाशील रहन्छ। आत्मा संग जोडिएको चेतनामा यदि अधूरा इच्छाहरू वा
उसले जीवित रहँदा पुरा गर्न वा प्राप्त गर्न नसकेका कर्मका अत्यधिक आशक्ति रहेको
अवस्था रहेछ भने प्रेत अवस्थाकै आत्माको चेतनाले प्रारम्भिक अवस्थामा ध्यान तथा
भावनात्मक प्रभाव मार्फत आफ्नो परिवार र प्रियजनहरू सँग भावनात्मक सम्बन्ध कायम
गर्न कोसिस गर्दछ। त्यसको समयावधि कतिको लामो हुन्छ भन्ने कुरा चेतनाको आशक्ति
माथि निर्भर गर्छ। यस कारण सनातन संस्कारहरूमा मृत्युपछि प्रेत अवस्थामा रहेका
आत्मालाई शान्ति गर्ने श्राद्ध र पिण्ड दान जस्ता अनुष्ठान कर्म मार्फत प्रेत
आत्माको आशक्तिको भार कम गर्दै पुनर्जन्मको मार्ग सहज बनाउन कोसिस गरिन्छ।
प्रेत अवस्था समग्रमा पुनर्जन्म तर्फको एउटा प्रतीक्षा र
तयारीको चरण हो। यस चरणमा लिङ्ग शरीरमा रहेको आत्माको कर्मको फलको सङ्कलनको आधारमा
आफ्नै क्रियाशील चेतनाको स्व-निर्णय
अनुरूप पुनर्जन्मका लागि योग्य जीव योनि, परिवार र परिस्थितिको चयन गर्न
क्रियाशील रहने गर्दछ। प्रेत अवस्थाको आत्मा तसर्थ नयाँ जन्मका लागि
प्रतीक्षा गरिरहेको एक असीमित सम्भावनाको अस्तित्वको रूपमा रहने गर्दछ।
६. पुनर्जन्मको निर्णय र कर्म
समायोजन (The Realm of Choice and
Karma Alignment):
जीवित रहँदाको कर्महरू बारे आत्मा संग घुलित चेतनाको
स्मरणमा सङ्कलित सूचना अनुरूप आत्माको पुनर्जन्मको लागि जरुरी हुने न्यायोचित
परिस्थिति र शरीरको चयन बारे निर्णयमा पुग्ने
एक सूक्ष्म “कर्म निर्देशित चयन
प्रक्रिया” सम्पन्न हुने स्थान लाई सनातन मान्यतामा पुनर्जन्मको निर्णय र कर्म
समायोजनको लोक भन्ने गरिन्छ। जहाँ आत्मा संग घुलित चेतनाको स्मरणमा सङ्कलित
सम्पूर्ण कर्महरूको समीक्षा गरिन्छ। पाप र पुण्य दुवैको साथ साथै अपराध कर्मको समेत
लेख जोखा हुने गर्दछ। आत्माले जीवनभर अवलोकन गरेको सबै कर्महरूलाई बडो बिस्तार पूर्वकको
विश्लेषण मार्फत भविष्यको जीवनमा आत्माको लागि न्यायोचित हुने अनुभवहरू, पाठहरू र चुनौतीहरू निर्धारण गर्दै आगामी जीवनको स्वरूपको छनौट गर्ने
कार्य सम्पन्न हुन्छ। जहाँ आगामी जीवनमा भोग्नुपर्ने निश्चित कर्महरूको सूची
अर्थात् प्रारब्ध कर्मको निश्चय हुने गर्दछ। विकसित प्रारब्ध कर्म अनुरूप आत्माले
अनुभूति गर्नु पर्ने स्वास्थ्य, आर्थिक अवस्था, सम्बन्ध र जीवनको अन्य अवस्थाहरू बारे निश्चय हुन्छ। जुन आगामी परिवार,
जन्म स्थान, योनि आदि चयनमा सहयोगी बन्दछ।
आत्माको अशुद्धिको रूपमा रहेका अघिल्ला जीवनका प्राप्त नभएका इच्छाहरू, अधूरा आशाहरू र त्यसमा रहेको आशक्ति रुपी कर्महरूको आधारमा नयाँ जीवनमा
आत्मालाई जरुरी देखिएको आवश्यक सिकाइको संयोजन गरिन्छ।
उदाहरणका लागि यदि आत्माले प्रेम, क्षमा र सहिष्णुताका पाठहरू वारेको अनुभूति
प्राप्त गर्न बाँकी देखियो भने त्यस्तो वातावरण वा परिवारमा जन्म हुने छ जहाँ ती
अनुभवहरू त्यहाँको वातावरण वाट सिक्न सकियोस्। आध्यात्मिक शिक्षाका लागि आवश्यक
ज्ञान र परिस्थितिहरूलाई ध्यानमा राखेर आत्माले आगामी जीवनमा सिक्नुपर्ने पाठ र
जीवनका उद्देश्यहरू लाई निर्धारण गरिन्छ। जसले पुनर्जन्मको चक्रलाई पूर्णता दिन्छ।
यस क्रममा आत्माको अवचेतनमा केही अघिल्ला जीवनका छापहरू राखिन्छ। जसले आगामी
जीवनमा जागृत हुने सोच, इच्छा र संस्कार लाई प्रभाव पार्छ।
यसरी जागृत हुने छापहरूले आत्मालाई पुनः कर्तव्य र धर्मको बोध गराउने गर्दछ।
त्यसको लागि आवश्यक हुने पाठहरू सिक्न समेत प्रेरित गर्छन्।
कतिपय अवस्थामा भने पूर्व स्मृतिहरू अवचेतन मै अव्यक्त
रहन्छन् र विशेष परिस्थितिमा मात्र व्यक्त हुन्छन्। जीवनमा आउने चुनौतीहरू त्यसमा
रहेका अवसरहरूको निर्धारण गरिन्छ। त्यस्ता चुनौतीहरूले अधूरो चेतना र सम्भावित
उन्नति प्राप्ति तर्फ प्रेरित गर्दछ। त्यस भित्र अन्तर्निहित अवसरहरू नयाँ प्रगति
मार्गको दिशामा अघि बढ्न प्रेरित गर्ने प्रकृतिको हुने गर्दछ। जुन पुनर्जन्मको
जीवन ईनर-इन्जिनियरिङ्ग गर्ने विशेष प्रक्रियाको
रूपमा लिने गरिन्छ। त्यस पछि विगतको कर्म
अनुसार आत्माको शरीर र मनको स्वरूप निर्धारण हुन्छ। आगामी जीवनमा आत्मालाई
न्यायोचित हुने गुणहरू, स्वभाव र व्यक्तित्वका विशेषताहरूको
चयन हुन्छ। यो प्रक्रियामा विगतको कर्म अनुरूप न्यायोचित हुने गरी आत्मालाई भौतिक
जीवनमा प्रभावकारी अनुभव र सिकाइ उपलब्ध हुने चाँजो पाँजो मिलाउने कार्य सम्पन्न
हुन्छ। जसले गर्दा आत्माको गतिशीलताको आधार हुने शारीरिक र मानसिक विशेषताहरूको
संयोजन हुने गर्दछ।
कर्मको निर्देशन अनुरूप नै यसरी आत्माको आगामी जीवनको खाका
तयार हुन्छ, जसलाई
पुनर्जन्मको योजना भनिन्छ। जसमा आत्माले अनुभूति गर्नु पर्ने प्रमुख घटनाहरू,
मुख्य सम्बन्धहरू र महत्त्वपूर्ण जीवनको मोडहरू समावेश हुने गर्दछ।
यस योजना मुताबिकको आत्माको यात्रा अन्तर्गत आफ्नो स्वतन्त्र छनौटको सुविधाको
उपयोग गरी आफ्नो विकास र आत्मा शुद्धिमा लाग्ने तथा सम्भावनाहरूलाई अवसरमा
परिवर्तन गर्ने सुविधा चैतन्य लाई उपलब्ध हुन्छ।
यसरी एक प्रकारको “आध्यात्मिक योजना” जसले आत्माको कर्म
अनुसार पुनर्जन्मको प्रक्रिया तयार गर्छ। आगामी जीवनको खाकाको ईनर इञ्जिनियरिङ्ग
गर्दछ। यसरी ईनर इञ्जिनियरिङ्ग गरिएको जीवनको गतिशीलता भित्र आत्मालाई नयाँ
अनुभवहरू, आवश्यक पाठहरू र आध्यात्मिक उन्नतिका
अवसरहरू उपलब्ध हुन्छ। जसले जीवन चक्रमा आत्माको विकास र मोक्ष तर्फको यात्राको
सम्भावना प्रशस्त गर्ने स्वतन्त्र छनौटको अवसरको सहज उपलब्धता गराउने गर्दछ।
७. मर्त्य लोकमा पुनः आगमन (Return to the Material Realm):
गरुड़ पुराण अनुसार आत्माको मर्त्य लोकमा पुनः आगमन कर्म
चक्रको निरन्तरता हो। आत्माले विगतका कर्मको फल भोग्न र नयाँ कर्म गर्न नयाँ शरीर
ग्रहण गरी मर्त्य लोकमा पुनः प्रवेश
गर्दछ। आत्माले गर्भ प्रवेश गरेर नयाँ जीवन सुरु गर्ने क्रममा विगतका स्मृतिहरू
विस्मृत हुन्छन्। जसले आत्मालाई पुनः नयाँ अनुभव र शिक्षा लिन सक्षम बनाउँछ।
प्रारब्ध कर्म अनुरूप तैयार भएको जन्मस्थान, परिवार र परिस्थितिहरू अनुरूप असल पुण्य कर्म मार्फत आफ्नो भविष्य निर्माण
गर्ने अवसर यहाँ आत्मा लाई उपलब्ध हुन्छ। मर्त्य लोक लाई आत्मिक विकास र मोक्ष प्राप्तिको
माध्यमको रूपमा उपयोग गर्न पुनर्जन्म प्राप्त गरेको आत्मा लाई धर्म, तपस्या र पुण्य कर्म मार्फत आफ्नो उद्धार गर्ने इरादामा आत्माको पुनः
मर्त्य लोकमा आगमन हुने गर्दछ।
८. गर्भ प्रवेश (Entry into the Womb):
फर्टिलाइज हुनेकोषमा प्रवेश: जब आमाबाबुले गर्भधारण गर्छन्, आत्मा गर्भमा प्रवेश गर्छ र फर्टिलाइज
हुनेकोषमा सामेल हुन्छ। आत्मा गर्भमा प्रवेश गर्दा निम्न चरणहरू अनुभव गर्छ:
क) गर्भ प्रवेश: आत्मा गर्भाधानको समयमा गर्भमा प्रवेश
गर्छ, जहाँ शुक्राणु र डिम्बाणुको मिलन हुन्छ।
ख) गर्भ विकास: गर्भमा प्रवेश गरेपछि, आत्मा भ्रूणको विकाससँगै शारीरिक रूप धारण
गर्न थाल्छ।
ग) पूर्व जन्मको स्मृति: गर्भमा रहँदा, आत्माले आफ्नो पूर्व जन्मका कर्म र अनुभवहरूको
स्मरण गर्छ।
घ) जन्मको तयारी: गर्भावस्थाको अन्त्यतिर, आत्मा नयाँ जीवनको लागि तयार हुन्छ र जन्मको प्रक्रिया सुरु हुन्छ।
वैदिक दार्शनिकतामा यो क्षणलाई शारीरिक पुनर्जन्मको
सुरुवातको रूपमा लिइन्छ।
९. प्रारब्ध कर्मको निर्माण (Formation of Prarabdha Karma):
आत्मा संग जोडिएको विगत जन्मका कर्महरूको छाप नै प्रारब्ध
कर्म हो। वर्तमान जीवनका सुख-दुःख, स्वास्थ्य, परिवार, सम्बन्ध,
र जीवनशैली निर्धारण गर्न
प्रारब्ध कर्म को अधिक भूमिका हुन्छ। गरुड़ पुराणका अनुसार आत्माले गर्भ
प्रवेश गर्ने बेलामा आफ्नो पूर्व जन्मका कर्महरूको स्मरण गर्दछ। त्यसै अनुरूप
आत्माले आफै नै आफ्नो लागि इमानदारी पूर्वक न्याय पूर्ण नयाँ जीवनका कष्ट र
परिस्थितिहरू भोग्न स्वीकार गर्दछ। प्रारब्ध कर्मले आत्माको शरीरको स्वरूप,
जन्मस्थान र पारिवारिक वातावरण आदि निर्माण गर्छ। जीवनका
महत्त्वपूर्ण घटनाहरूको समय र स्वरूप तय गर्दै आत्मालाई आफ्नो कर्मको परिणाम
स्वरूप भोग्नु न्यायोचित हुने अनिवार्य भोगाइहरू भोग्न तयार हुन्छ। सुख, दुःख, मित्रता, शत्रुता,
प्रेम र सङ्घर्ष आदि सबै प्रारब्ध कर्मका परिणामको रूपमा आत्माले
ग्रहण गर्दछ। जसले आत्माको नयाँ जीवनको यात्रा र मुक्तिको यात्राको अवसरको सदुपयोग
गर्ने अवसर प्राप्त हुने कुराको सुनिश्चितता तर्फ पुर्याउने गर्दछ। जसले आत्मालाई
आत्मज्ञान र मोक्षको मार्गमा अघि बढ्न सहयोग पुग्दछ।
१०. गर्भमा अवचेतन छाप ( Incubation and Subconscious Imprints):
गरुड़ पुराणका अनुसार, आत्मा गर्भमा प्रवेश गरेपछि भ्रूण अवस्थाबाट नै त्यसमा अवचेतनमा छाप बस्न
थाल्छ। त्यही छाप आत्माको पूर्वजन्मका कर्म, अनुभव र संस्कार
सँग सम्बन्धित बन्छ। आमाको पेट भित्रको वातावरण र अवचेतन छापले भ्रूणको अवचेतन
मनको अनुभवमा प्रभाव छोड्दछ। माता तथा पिता र परिवारको भावनात्मक अवस्थाले समेत
गर्भको भ्रूणको मानसिक र भावनात्मक विकासमा गहिरो प्रभाव पार्दछ।
गर्भमा रहँदा भ्रूणको आत्मालाई आफ्नो विगतका कर्महरूको पुनः
स्मरण हुने गर्दछ। त्यसै बिच नयाँ जीवनको यात्रामा रहेको बोध समेत हुन्छ।
गर्भावस्थामा सुनिएका ध्वनि, अनुभव
गरिएका भावनाहरू र वातावरणीय ऊर्जा सबैले भ्रूणको अवचेतन छाप बनाउन भूमिका खेल्दछ।
यिनै छापहरूको समग्रताको प्रभवले जन्मपछि हुने बच्चाको व्यवहार, सोच, व्यक्तित्व निर्माण प्रक्रियामा भूमिका खेल्दछ।
यस अवधिमा प्राप्त सकारात्मक ऊर्जा र धार्मिक अभ्यासले आत्मालाई उन्नति र शान्तिको
दिशामा डोर्याउने गर्दछ। साथै नकारात्मक ऊर्जा र अव्यवस्थित जीवन शैलीले नवजात
शिशुमा जन्म पूर्व नै मानसिक तथा शारीरिक समस्याहरूको विकास गरिदिने जोखिम रहन्छ।
गरुड़ पुराणको दृष्टिकोणमा गर्भलाई मात्र शरीर निर्माणको
समय होइन। यो त आत्मा, मन र
चेतनाको गहिरो तयारीको चरण हो। जुन चरणमा भ्रूणको जीवनका मूलभूत आदर्श र गुणहरूको
बीजारोपण समेत हुने गर्दछ। भ्रूणको अवचेतनमा बस्ने यी छापहरू नवजात शिशुको जीवनको
अवलोकन कर्ताको भूमिकामा हुने आत्माको कर्म, धर्म र मोक्ष
मार्ग तय गर्न अत्यधिक प्रभावकारी भूमिका हुने गर्दछ।
११. जन्म (Birth):
गरुड़ पुराण अनुसार जन्मलाई केवल नयाँ शरीर र जीवनको
अस्तित्वमा आउनु मात्र होइन। आत्माको आध्यात्मिक यात्रा र कर्म चक्रको
महत्त्वपूर्ण कडी समेत हो।आत्मामा छापको रूपमा रहेका विगतका कर्मको प्रतिफल भोग्न
र आत्मिक विकासको नयाँ अवसर सुरु गर्न जीवले पुनः नयाँ जीवन लिन उसको जन्म हुने
गर्दछ। गर्भाधान देखि जीवनको प्रारम्भिक अवस्था छुट्टै अस्तित्वमा आउँदा सम्म
धार्मिक, दार्शनिक र नैतिक पक्षहरू सँग जीवनले गहिरो
सम्बन्ध स्थापित गरिसकेको हुन्छ। आत्मालाई गर्भ प्रवेश गर्दाका समयमा विगतका
कर्महरूको पूर्ण स्मरण हुने गर्दछ। तर त्यो स्मृति त्यसले नयाँ जीवनको रूपमा विकास
हुँदा संग सँगै क्रमशः गुमाउन थाल्छ।
गर्भको अँध्यारो वातावरण र नयाँ शरीर निर्माणको क्रममा पुराना स्मृतिहरू विस्मृत
हुन्छन्। जसले आत्मालाई नयाँ जीवनका अनुभवहरू नयाँ स्मृतिमा कैद गरी सङ्कलन गर्नको
लागि तयार हुन् सहजता पैदा गर्दछ।
आत्माले पुरानो कर्मको स्मृति गुमाउने प्रक्रिया प्राकृतिक
जीवन चक्र व्यवस्थापनको दैवी कर्म चक्र व्यवस्था अनुरूप निर्देशित हुने गर्दछ। आत्मा नयाँ शरीर र नयाँ चेतनाको सुरुवातको चरणमा
प्रवेश गरेपछि विगतका स्मृतिहरू मेटिनु अनिवार्य छ। पुरानो स्मृतिले जीव आफ्नो
नयाँ जीवनमा प्रवेश गर्दै गर्दा आफ्नो विवेक अनुसार आफ्ना लागि उक्त जीवनमा उपलब्ध
विभिन्न विकल्प मध्ये एक छान्ने स्वतन्त्रता गुमाउने स्थिति आइ लाग्ने हुन्छ। जुन जीवनको उद्देश्यको प्रतिकुल बन्दछ।
जीवनको जुन उद्देश्यले ईनर-इन्जीनियरिङ्ग भएको हो त्यही
अनुसार नयाँ कर्म र अनुभवमा बाधा नपुर्याउन प्राकृतिक रूपमा पुराना स्मृति
विस्मृत हुने गर्दछ। पुरानो स्मृति गुमाउनुको कारण आत्मालाई नयाँ जीवनका सुख-दुःख
र कर्तव्य निर्वाहको अनुभव लिन सहज समेत हुन्छ। पुराना स्मृतिहरूले नयाँ जीवनको
मानसिक शान्ति र पुनः सुरुवातमा अवरोध पुर्याउन नसकोस् र आत्माले नयाँ जीवन नयाँ दृष्टिकोण बाट सुरु
गर्न सकोस् भन्ने नै जन्मको उद्देश्य हुने गर्दछ। जन्म नयाँ अनुभव, चुनौती र आध्यात्मिक विकासका अवसरहरू
सहितको नयाँ अध्यायको सुरुवात बन्दछ। यी प्रत्येक चरणले आत्माको यात्रा र कर्मको
चक्रमा जीवन र मृत्यु एकसाथ रहेको संकेत गर्दछ, जुन
आध्यात्मिक विकासको अनवरत प्रक्रिया हो।
पाप कर्म, अपराध कर्म र नरक
ब्रह्माण्ड चेतनाको रुपमा ब्रह्माण्डमा प्राकृतिक नियमको
सिद्दान्त वारेको स्मरण रहने गर्दछ। अज्ञानताका कारण प्राकृतिक नियम विरुद्दको
गतिबिधि संचालित हुनु लाइ पाप कर्म भनिन्छ। त्यस्तो पाप कर्मले दिने नतिजा
व्यक्तिको हित विरुद्धको हुने गर्दछ। जुन नकारात्मक नतिजा (दुःख) प्रदायक हुने
गर्दछ। जसलाई नरक भन्ने गरिन्छ। सनातन
हिन्दु पौराणिक मान्यतामा मानिसका पाप कर्महरूको फरक फरक प्रकृतिमा वर्गीकरण
गरिएको छ। हरेक कर्मको पाप कर्मको प्रकृतिको अधिकता अनुरूप कारण शरीरले फरक-फरक
प्रकृतिको नरक अर्थात् अप्रिय अनुभूति वाट गुज्रनु पर्ने विश्वास गरुड़ पुराण, विष्णु पुराण, र अन्य
ग्रन्थहरूमा उल्लेख भएको देखिन्छ। जसमा मूलतः २१ प्रकृतिको पाप कर्म वाट
छुटकारा लिने आत्माले २१ प्रकृतिको नरकहरूको अनुभूति गरी त्यस वाट शिक्षा
लिएर आत्मा शुद्धिको जरुरत हुने मान्यता देखिन्छ।
हरेक नरकको अबस्था विशेष प्रकारका पाप कर्म सँग सम्बन्धित
नकारात्मक नतिजा (दुःख) संग जोडिएको हुन्छ। जुन व्यक्तिले गरेको कर्म अनुरुपको
न्याय लाई जनाउँने ठानिन्छ। आफ्नो कर्म वाट दोश्रो पक्षलाई हानि, नोक्सानी, पिडा आदि
पुग्ने ज्ञान रहँदा रहदै नियोजित रुपमै संचालित हुने त्यस्ता कर्म वा
क्रियाकलाओहरु लाइ अनैतिक क्रियाकलाप भन्ने गरिन्छ। अनैतिक क्रियाकलापहरूको
संचालनको परिणामको अनुभूति वाट मानिसले नैतिक शिक्षा प्राप्त गर्ने शास्त्रको
बुझाइ देखिन्छ।
पाप वा
अपराध अनुरूपको दण्ड व्यवस्था:
सनातन हिन्दु संस्कृतिमा चर्चित
गरुड़ पुराण, विष्णु पुराण र अन्य पौराणिक मान्यतामा मानिसका फरक फरक
प्रकृतिको पाप र अपराध कर्मको लागि फरक फरक प्रकृतिको नरकको व्यवस्था भएको उल्लेख
भेटिन्छ। त्यसको मिहिन रूपमा अध्ययन गरी कोड क्रयाक गरी हेर्दा मूलतः २१ पाप र
अपराध कर्म संग २१ प्रकार कै नरकको अनुभूति लिनु पर्ने व्याख्या भएको छ। त्यसको
सूक्ष्म गहिराइमा जाने हो भने गरुड़ पुराणको प्रेत कल्पमा यी कुराहरूको गहिरोमा
चर्चा भएको छ।
गरुड़ पुराणको प्रेत कल्प भन्दा
अगाडिको भागमा सम्पूर्ण प्रकारको रोग र त्यसको निदान उपायको पूर्ण चर्चा भए पछि
मात्र प्रेत कल्प भागमा २१ पाप र अपराध कर्म बापत भोग्नु पर्ने २१ नरकको
व्यवस्थामा भएको भेटिन्छ। जुन हालको आधुनिक वैज्ञानिक औषधि विज्ञानले समेत गलत भनी भन्न सक्ने अवस्थाको
छैन।
हुन त विज्ञान कुनै विषय बस्तु
जसलाई प्रयोग शालामा मापन गर्न सकिन्छ त्यसमा प्राय सीमित रहन्छ। पाप र अपराध कर्म अनुरूप मिल्ने दण्डमा भएको पाप र अपराधको निन्दा मात्र
गरिन्छ। त्यो पाप र अपराध गर्ने नियत वा नियति बापत
हुने दण्ड अनुभूतिको तहमा सीमित हुन्छ। त्यसैले यसलाई पूर्ण वैज्ञानिक लेन्स भित्र
कैद गरेर हेर्न सकिने अवस्था हुँदैन। तर पनि यो सबै कुराहरू गहिरिएर हेर्दा यसलाई
गलत भन्न सकिने कमै विकल्प जो कोही संग रहने प्रस्ट हुन्छ।
यहाँ उल्लेखित कुराहरू आफ्नो र
आफ्नो पहुँचको वरपरको आफू नै साक्षी रहेको घटना र गतिविधि आदिलाई तुलना गरी हेरेर
समेत यो भनाइ कुन हदमा ठिक होला भनेर अनुभूति गर्ने अवसर भने जो कोही लाई यसले
उपलब्ध गराउने छ।
क्र.सं.
|
पाप
/ अपराध कर्म |
नरकको
नाम (व्यवहार-संहिता) |
नरकको
यातनाको अनुभूति विवरण |
१ |
पर्यावरण
/ पृथ्वी (गौ) विनाश भौतिक वा वातावरणीय क्षति |
रौरव
नरक (अत्यन्त पीडा र कठोर यातना) |
प्राकृतिक
विपथ, स्वास्थ्य समस्या, र सामाजिक तथा
पारिवारिक विघटनको सामना गर्नु पर्ने छ। त्यसका कारण आध्यात्मिक पतन र जीवनको
उत्तरार्द्धमा कठोर कर्मफल भोग्नुपर्ने अवस्था निम्तन्छ। |
२ |
प्राकृतिक
विधि (ब्रह्म ज्ञान) वा प्रविधिमा नियोजित अवरोध वा उल्लङ्घन |
महा
रौरव नरक ( निरन्तर अत्यधिक पीडामा जलिरहने) |
आध्यात्मिक
अवनति, गम्भीर प्राकृतिक विपत्ति, र व्यक्तिगत
तथा सामूहिक क्षति भोग्नुपर्नेछ। जीवन पश्चात्ताप, असफलता,
र दीर्घकालीन सङ्कट ग्रस्त बन्ने छ। |
३ |
कल्याणकारी शक्ति (गुरु शक्ति)
प्रवाहमा (जस्तै खाना, हावा, पानी, जमिन) अवरोध वा दूषितता गर्ने कर्म |
तामिस्र
नरक (अन्धकारमा फलामका तारहरूले बाँधेर दिने पीडा) |
आध्यात्मिक
पतन, कर्मदोष, र सामाजिक र प्राकृतिक
प्रतिकूल परिणाम भोग्नुपर्नेछ। त्यसले दीर्घकालीन रूपमा स्वास्थ्य, शान्ति, र मानवीय सम्बन्धमा संकट ल्याउने छ। |
४ |
वौदिक
तथा अन्य धनको चोरी |
अन्ध
तामिस्र नरक (निरन्तरको अन्धकार
युक्त घोर यातना) |
आध्यात्मिक
पतन, कठोर सामाजिक अपमान, र कर्मफल स्वरूप
घोर मानसिक तथा शारीरिक कष्ट भोग्नुपर्ने। |
५ |
झुट, छल र धोका |
अवीच
नरक (कहिले आगो त कहिले बर्फ रुपी कष्ट) |
समाजमा
विश्वास गुम्ने, सामाजिक बहिष्कार, र आत्मिक अशान्ति
भोग्नुपर्ने छ। जीवनको उत्तरार्धमा गम्भीर मानसिक र शारीरिक पीडाले समेत दुख
दिने छ। |
६ |
नसा (लागु तत्व, प्रेम, पद,
सम्पत्ति र रति राग आदि) तथा गलत चिजको अत्यधिक लगाव |
आयशोन
नरक (आगो र अम्लीय वस्तुको यातना) |
शारीरिक
क्षति, मानसिक अशान्ति, आध्यात्मिक पतन,
र सामाजिक तथा पारिवारिक सम्बन्धमा विघटन भोग्नुपर्ने छ। त्यसको
प्रभावले जीवनमा गम्भीर सङ्कट निम्त्याउने छ। |
७ |
अनुमति
विनाको अर्थात् सम्बद्ध सबै पक्षको स्वतन्त्र सहभागिता विनाको यौन सम्पर्क |
सूकरमुख
नरक (सुँगुर जस्ता गन्धकीमा रमाउने सूक्ष्म प्राणीहरूको टोकाई) |
कानुनी
दण्ड, सामाजिक बहिष्कार, र गम्भीर नैतिक,
मानसिक, तथा आत्मिक पतनको सामना गर्नु पर्ने
हुन्छ। त्यसो भएन भने पनि जीवनमा गम्भीर अपराध बोध र त्यसले निम्त्याउने सङ्कटहरू
झेल्नु पर्ने छ। |
८ |
असहाय
घात - धोका, छल, विश्वास घात, शोषण, दमन र बलात्कार |
अन्धकूप
नरक (जीवलाई अँध्यारो कुवामा खसालेर दिने यातना) |
कानुनी
सजाय, सामाजिक बहिष्कार, आध्यात्मिक पतन,
र गम्भीर मानसिक अशान्ति भोग्नुपर्नेछ। यो कर्मले दीर्घकालीन
रूपमा पश्चात्ताप र नराम्रो कर्मफल समेत दिन्छ। |
९ |
निर्दोष
व्यक्ति, व्यक्ति, जीव र प्राणीहरू लाई यातना दिने।
हानी, नोक्सानी र चोट पुर्याउने। |
कुक्कुरभक्ष
नरक (न्यूरोपथिक Neuropathic Pain वा
फाइब्रोमायल्जिया Fibromyalgia आदिमा हुने जस्तो कुकुरको दाँत र नग्नाले टोकने
र चिथोर्ने गर्दा महसुस हुने मनोवैज्ञानिक यातना) |
कठोर
कर्मफल, आध्यात्मिक पतन, र सामाजिक बहिष्कार
भोग्नुपर्नेछ। जीवनमा स्व-पीडा, अशान्ति, र नैतिक पतन जस्ता अवस्थाको सहन गर्नु पर्ने छ। |
१० |
पाप, अहंकार, वा गलत विचार प्रेरित पाप कर्म। जीव वा
प्रकृति वा प्रविधिमा हानि कर्म। |
रक्तबीज
नरक (रिफ्लेक्स सिम्पाथेटिक डिस्ट्रोफी Reflex
Sympathetic Dystrophy - RSD / कम्प्लेक्स रीजनल पेन सिन्ड्रोम
CRPS तथा पॉलीसाइथेमिया वेरा (Polycythemia Vera) आदि रोगमा जस्तो रक्त जम्ने वा बगिरहेर
तीव्र जलन भएको जस्तो यातनाको अनुभूति) |
आध्यात्मिक
पतन, कर्म दोष, र प्राकृतिक तथा सामाजिक
प्रतिकूल परिणाम भोग्नुपर्नेछ। जीवनमा सङ्कट, पश्चात्ताप,
र असन्तुलन भित्रिने छ। |
११ |
दानवीरहरूको
अपमान। कमजोर वर्ग (असहाय व्यक्ति) दमन र यातना दिने कार्य। पारिश्रमिक भन्दा
अधिक दान वा भौतिक सम्पत्ति लिने, दिन उक्साउने लोभी र
व्यभिचारी गुरु, शिक्षक, डाक्टर,
अन्य सेवा कर्मी आदि।
|
शूलप्रोत
नरक (शरीर भित्र कसैले निरन्तर भाला हानिरहे जस्तो यातना) |
कर्म
दोष, सामाजिक बहिष्कार, र आध्यात्मिक पतन
भोग्नुपर्ने। गम्भीर
नैतिक, मानसिक, र दैविक सङ्कटले जीवन
ग्रस्त हुने। |
१२ |
धर्म
र सत्यको अतिक्रमण गर्ने, प्राकृतिक र राजकीय नियम उल्लङ्घन गर्ने, घुस खोरी। न्याय सम्पादनमा बदमासी। अविवेकी अत्याचारी। मानव हत्यारा। |
वीतिश
नरक (शरीरको कुनै भागमा नियमित आगोले पोलेजस्तो अनुभूति दिने
यातना) |
कठोर
कानुनी दण्ड, सामाजिक बहिष्कार, र आध्यात्मिक पतन
भोग्नुपर्ने। दीर्घकालीन
गम्भीर मानसिक अशान्ति, कर्मफलको कठोर परिणाम, र सङ्कट र
विनाश भोग्नु पर्ने। |
१३ |
खराब
आचरण। दुष्ट बदला युक्त मनोवृत्ति। अर्काको रिस र डाह गर्ने कपटी चित्तको। पीडा र
विनाश निम्त्याउने बचन। असत्य, अन्याय, र
हिंसा जस्ता घातक परिणाम दिने पापी, अधर्मी, स्वार्थी चरित्र। अर्कालाई निचो देखाउने छुद्र नियत। अर्काको दुखमा आनन्द
महसुस गर्ने असुर पन। |
कक्रमुख
नरक (फलामको चक्रहरू अङ्ग अङ्गमा थिचेको चिरेको जस्तो शरीर र
मस्तिष्क दुवै थला परेको जस्तो यातना) |
आध्यात्मिक
पतन, सामाजिक बहिष्कार, र कर्म दोषको कठोर
परिणाम भोग्नुपर्ने। मानसिक अशान्ति, पश्चात्ताप, र जीवनमा सङ्कट र एक्लोपनको भोगाइ निम्तने। |
१४ |
माता-पिता, गुरु, मान्यजन, नारी र वचन
बोल्नेको अपमान कर्म गर्ने। पवित्र अन्न, पानी, वा खानाको अनादर गर्ने। खेर फाल्ने। |
क्रिमिभोजन
नरक (भित्र भित्र किराले कुटु कुटु खाएको जस्तो अनुभूति हुने
यातना) |
आध्यात्मिक
पतन, कर्म दोषको कठोर परिणाम, र सामाजिक
अपमान भोग्नु पर्ने। आन्तरिक अशान्ति, दुर्भाग्य, र जीवनमा अभाव र कठिनाइ निम्तने। |
१५ |
अरूको
बौद्धिक, भौतिक, जैविक, मानवीय
आदि सम्पत्ति माथि लोभ गर्ने।परधन, परस्त्री आदिको हरण
गर्ने। व्यभिचारी तथा दुराचारी प्रवृत्ति। |
सन्धंश
नरक (भित्र भित्र शरीरका र मस्तिष्कका भागहरू चिम्टाले तानेर
चुँडालेर जस्तो अनुभूति हुने यातना) |
कानूनी
दण्ड, सामाजिक बहिष्कार, र आध्यात्मिक पतन
भोग्नु पर्ने। गम्भीर मानसिक अशान्ति, पश्चात्ताप, र दीर्घकालीन रूपमा जीवनमा अभाव र कठिनाइ निम्तने। |
१६ |
सबै प्रकारको
हिंसा र अत्याचार |
वज्रकंटक
शाल्मली नरक (तिखो काँडाहरूले घोचेर सजाय दिएको जस्तो अनुभूति हुने
शारीरिक र मनोवैज्ञानिक यातना) |
कर्म
दोष, कठोर कानुनी सजाय, सामाजिक बहिष्कार,
र आध्यात्मिक पतन भोग्नु पर्ने। गम्भीर मानसिक अशान्ति, पश्चात्ताप, पीडा र सङ्कट निम्त्याउने । |
१७ |
आफू भन्दा
कमजोर र असहाय भोका व्यक्तिहरूको खाना खोस्नु, खानको माग
गर्दा उनीहरूलाई अपमान गर्नु, आक्रमण गर्नु आदि। |
श्वभोजन
नरक (न्यूरोपथिक दर्द Neuropathic Pain तथा
कम्प्लेक्स रिजनल पेन सिन्ड्रोम Complex Regional Pain Syndrome - CRPS आदिमा हुने जस्तो भोकाएका कुकुरहरूले तन्तु, हड्डी
र गिदी आदिको मासु लुछेको जस्तो अनुभूति दिने यातना) |
गम्भीर
कर्म दोष, सामाजिक बहिष्कार, र आध्यात्मिक पतन
भोग्नु पर्ने । भोग, अभाव, र पश्चात्ताप
निम्त्याउने। जीवन पीडा र सङ्कट ग्रस्त बन्ने। |
१८ |
अधर्म
र अन्याय गर्नु। आत्मिक र शारीरिक यातना दिनु। त्यस्तो कार्यको प्रत्यक्ष वा अप्रत्यक्ष
साक्षी बस्नु। गम्भीर सामाजिक अधर्म र अन्यायको विरोध नगर्नु। आफ्नो जिम्मेवारी
वाट पन्छनु। |
अन्ध
तामिस्र नरक (अदृश्य अज्ञात शक्तिको निरन्तरको डर, हानी गर्ने शङ्का । असन्तुलित
मनोविज्ञानले निम्त्याउने कठोर पीडा रुपी यातना) |
कर्म
दोष, आध्यात्मिक पतन, र सामाजिक आलोचना
भोग्नु पर्ने। मानसिक अशान्ति, पश्चात्ताप, र दीर्घकालीन सङ्कट र कठिनाइहरू निम्तने। |
१९ |
आफ्नो
कामवासना पूर्तिको लागि असन्तुलित, अपवित्र,
अनैतिक, घृणित र अपमानजनक कार्य गर्नु।
अर्काको कामवासना लाई आफ्नो निजी स्वार्थ, अहङ्कार,
ईर्ष्या वा अन्य कुनै लालच पूर्तिको लागि दुरुपयोग गर्ने नियत र
चरित्र। अपवित्र र अनैतिक उपलब्धिको लागि कपट पूर्ण प्रेमको नाटक गरी गरिने
इमोसनल अत्याचार रुपी प्रेमको नाटक, यौन कर्म। |
पयूवर
नरक (क्रोनिक किड्नी डिजिज Chronic Kidney Disease - CKD,
तथा सेप्सिस वा ग्यांग्रीन Sepsis or Gangrene जस्ता गम्भीर सङ्क्रमणमा हुने जस्तो दिसा, पिसाब,
पिप आदि मिश्रित दुर्गन्धित फोहर आदि पदार्थको दुर्गन्ध र असह्य
वातावरणले दिने कष्टको अनुभूति रुपी यातना) |
गम्भीर
कर्म दोष, सामाजिक बहिष्कार, र कानुनी दण्ड
भोग्नु पर्ने। आध्यात्मिक पतन, गम्भीर मानसिक अशान्ति,
र पश्चात्तापले भरिएको सङ्कट निम्त्याउने। |
२० |
पाँच
पाप अर्थात् धार्मिक आस्था र परम्पराको अपमान। समाजमा असत्य, अन्याय, र हिंसा फैलाउने कार्य। धन र सम्पत्तिका
लागि अनैतिक गतिविधि।आफ्नो अहङ्कारका कारण अरूलाई अपमान र कष्ट दिने। अरूको
सम्पत्ति हरण गर्ने वा ठग्ने। पद, सम्पत्ति, यौवन र शक्तिको दुरुपयोग गर्ने भ्रष्टाचारी, ठग र
व्यभिचारी। |
पञ्चावली
नरक (पाँच प्रकारका पीडाहरू जसमा शरीरमा काटेको, जलेको वा प्वाल परेको जस्तो कठोर शारीरिक पीडा (Physical
Suffering); डर, पश्चात्ताप, र निरन्तर मानसिक यातना रुपी मानसिक
पीडा (Mental Suffering); प्रियजनहरूको क्षति र तिनको दुखद अवस्था देख्ने सुना पर्ने जस्ता
भावनात्मक पीडा (Emotional Suffering); आत्माको पतन र मुक्ति
प्राप्त गर्न असमर्थताको अनुभूतिको आध्यात्मिक पीडा (Spiritual
Suffering) र आफ्नो पापका कारण समाजबाट बहिष्कृत हुने र उपहास
सहनु पर्ने जस्ता सामाजिक पीडा (Social Suffering) बोधहरूको
यातनाहरू) |
आध्यात्मिक
पतन, कर्म दोष, र सामाजिक बहिष्कार भोग्नु
पर्ने। गम्भीर मानसिक अशान्ति, पश्चात्ताप, र दीर्घकालीन अभाव र सङ्कटले भरिएको जीवन मिल्ने। |
२१ |
समग्र
३३ प्रकारका भगवान् अर्थात् हरेक प्राकृतिक ऊर्जाको नाश वा दुरुपयोग गर्ने पाप कर्म।
त्यसको जगेर्ना गर्ने जिम्मेवारी वाट भाग्ने चरित्र। आफ्नो जीविका, परिवार, समाज र मुलुक प्रतिको जिम्मेवारी पुरा
गर्न वाट पन्छने नितान्त स्वार्थी नियत। |
लोहमय
नरक (फाइब्रोमायल्जिया Fibromyalgia, न्यूरोपथिक
दर्द Neuropathic Pain जस्तै मधुमेह - डायबेटिक न्यूरोपथी
आदिमा महसुस हुने प्रकृतिको शरीरलाई तातो र धारिलो फलामको काँडे तार जस्तो चिजले
पोल्ने र वा चिथोर्ने गर्दा गुज्रनु गुज्रनु पर्ने समकक्षी अनुभूतिको यातना) |
आध्यात्मिक
पतन, गम्भीर कर्म दोष, र सामाजिक तथा
प्राकृतिक सङ्कट भोग्नु पर्ने। आन्तरिक अशान्ति, जीवनमा
विघटन, र भविष्यका पुस्ताका लागि (सन्तान) दीर्घकालीन
विनाशकारी परिणाम दिने। |
गरुड़
पुराण प्रेत कल्पको नरक बारे भ्रम-पूर्ण वाचन
पूर्वजहरूले आफ्नो रचनात्मकता र कल्पनाशक्तिको आधारमा
तत्कालीन समाजको चेतनाको स्तर र सूचनाको ग्रहण गर्ने क्षमता अनुरूप एक भयानक
शास्त्रको रूपमा व्याख्या गर्ने गरेका गरुड पुराणको प्रेत
कल्प त्यसको संस्कृत ऋचाको मूल मर्म भन्दा अलि फरक केही डर देखाएर धर्म कर्म
तिर मानिसलाई ल्याउने नियतको समेत मिलावट रहेको देखिन्छ।
वेदको अनुसार मानिसको मनोविज्ञानको ईनर-इञ्जिनियरिङ्ग डरले
भन्दा प्यारले, अज्ञानता युक्त
चलाखीले होइन, ज्ञान युक्त यथार्थ सन्देश प्राप्तिले सत
मार्गमा लाग्ने, मानवीयता अँगाल्ने र कर्मलाई धर्म अनुकूल
गर्ने गरी व्यवस्थापन भएको छ। पशुलाई जस्तो डरले कहिल्यै मानिसलाई नियमित सही
मार्गमा हिँडाउन सकिँदैन।
गरुड पुराणको प्रेत कल्प लाई
व्याख्या गर्ने क्रममा, विशेष
गरी नरकको व्याख्यामा मरे पछि भोग्नु पर्ने यातना क्रुर र भयावह हुने काल्पनिक
चर्चा युक्त वाचन हुने गरेको भेटिन्छ। पुराण बाचकहरूको समाजको वास्तविकता पहिचान
गर्ने कमसल क्षमताले विकास गरेको निर्णय क्षमतामा रहेको त्रुटि यसको मूल कारक
बनेको छ। गरुड़ पुराण वाचनको सन्दर्भमा वाचकहरूले बधाई चढाइ भन्ने गरेको कथाको
केही अंश उदाहरणको लागि तल प्रस्तुत भएको छ।
गरुड़ पुराण: दोस्रो अध्याय: प्रेत
कल्प वाचन।
गरुडजीले भगवान केशवलाई सोधे, "हे केशव! यमलोक जाने बाटो कस्तो
हुन्छ? पापीहरू त्यहाँ कसरी जान्छन्? मलाई
बताइदिनुहोस्।"
भगवानले उत्तर दिनुभयो,
"हे गरुड़ ! म तिमीलाई यमलोकको कष्टदायी मार्गको बारेमा
बताउँछु। यो सुनेर पनि तिमी डराउनेछौ।
यम मार्गमा रूखको छाया, अन्न, र पानी केही हुँदैन। त्यहाँ बाह्र वटा सूर्य
लागेको मध्य दिनको जस्तो गर्मीले सताई रहेको हुन्छ। पापीहरू त्यहाँ कहिले तातोले
सताइने हुन्छ त कहिले चिसो हावाले कठ्यांग्रिन्छन्। कहिले काँडाहरूले घोचिन्छन्।
कहिले सर्पले डस्छ। कहिले आगोले पोल्छ। कहिले सिंह, बाघ,
कुकुरहरूले खाइदिन्छन्। कहिले बिच्छीहरूले डस्छन्।
त्यहाँबाट उनीहरू 'असिपत्रवन' नामको नरकमा पुग्छन्। जुन निकै डर लाग्दो हुन्छ। यो जङ्गलमा सर्प,
गिद्ध, र जङ्गली जनावरहरू हुन्छन्। चारैतिर
जङ्गलमा आगो लागिरहेको हुन्छ। पापीहरू कहिले अँधेरो कुवामा खस्छन्। कहिले पहाडको
भिर बाट लड्छन्। कहिले छुराको धारमा हिँड्नुपर्छ। कहिले तातो बालुवामा, कहिले अँगार र धुवाँले भरिएको बाटोमा हिँड्नुपर्छ। उनीहरूलाई कहिले रगत,
पत्थर, तातो पानीको वर्षाले पिट्छ। यम मार्गको
बिचमा वैतरणी नामको नदी बग्छ। यो नदी डर लाग्दो छ। त्यसमा रगत र पीपले भरिएको
हुन्छ। किनारमा हड्डीका थुप्रा हुन्छन्। त्यो विशाल गोही र विषालु कीराले भरिएको
हुन्छ।
पापीहरू यस नदीमा खस्दा चिच्याउँछन्। "हे भाइ, हे बुबा मलाइ उद्धार गर। मलाइ बचाउ।"
तर, त्यहाँ कसैले उनीहरूको सहायता गर्दैन। नदीको दलदलमा फसेर,
कहिले भुमरीमा परेर उनीहरू तल माथि घुमिरहन पर्ने हुन्छ। उनीहरूलाई
यमदूतहरूले कोर्रा र गदाले पिट्दछन्। उनीहरू वमन गरेको रगत पिउन बाध्य बन्दछन्।
यसरी, पापीहरू सत्र दिनसम्म यो कष्टदायी बाटोमा हिँड्छन्।
अठारौँ दिनमा प्रेत सौम्य पुर पुग्दछ।
समग्रमा गरुड़ पुराणको प्रेत कल्पमा व्याख्या गर्ने क्रममा
वाचकहरू बताउने गर्दछन् कि आत्माहरूको मृत्यु पश्चात् यमलोक सम्मको कष्टदायी
यात्रा जम्मा ४८ दिनको हुन्छ। प्रत्येक दिनको उनीहरूले यात्राको क्रममा भोग्नु
पर्ने विभिन्न दुःखदायी अवस्थाहरू निम्न अनुसारको छ:
पहिलो दिन: आत्माले शरीर त्यागेर यमदूतहरूको साथमा यात्रा सुरु गर्छ।
दोस्रो दिन: आत्मा भोक र तिर्खाले पीडित हुन्छ, त्यसलाई कुनै भोजन वा पानी उपलब्ध हुँदैन।
तेस्रो दिन: यात्रा कठिन हुँदै जान्छ। आत्मा थकान र कमजोरी महसुस
गर्छ।
चौथो दिन: आत्मा तातो बालुवा र कठोर मार्गमा हिँड्न बाध्य हुन्छ।
पाँचौँ दिन: काँडाहरूले भरिएको बाटोमा हिँड्दा आत्मा घाइते हुन्छ।
छैटौँ दिन: विषालु सर्पहरूको डरले आत्मा त्रसित हुन्छ।
सातौँ दिन: आगोले जलिरहेको क्षेत्र पार गर्नुपर्दा आत्मा पीडित
हुन्छ।
आठौँ दिन: जङ्गली जनावरहरूको आक्रमणबाट आत्मा बच्न प्रयास गर्छ।
नवौँ दिन: बिच्छी र अन्य विषालु कीराहरूले आत्मालाई डस्छन्।
दसौँ दिन: आत्मा 'असिपत्रवन' नामक भयानक वनमा प्रवेश गर्छ।
एघारौँ दिन: अन्धकारमय कुवाहरूमा खस्ने डरले आत्मा त्रसित हुन्छ।
बाह्रौँ दिन: तीव्र नदीहरू पार गर्दा आत्मा थकित र कमजोर महसुस गर्छ।
तेह्रौँ दिन: तातो बालुवा र अँगारहरूले भरिएको मार्गमा हिँड्नुपर्छ।
चौधौँ दिन: धुवाँले भरिएको वातावरणमा सास फेर्न कठिन हुन्छ।
पन्ध्रौँ दिन: रगत, पत्थर, र तातो पानीको वर्षाले आत्मालाई पीडित
बनाउँछ।
सोह्रौँ दिन: वैतरणी नदीको किनारमा पुग्छ, जहाँ नदी पार गर्नुपर्ने हुन्छ।
सत्रौँ दिन: वैतरणी नदी पार गर्दा गोही र अन्य जलचरहरूको सामना
गर्नुपर्छ।
अठारौँ दिन: नदी पार गरेपछि, आत्मा सौम्य पुर नामक स्थानमा पुग्छ।
१९औँ देखि ४७औँ दिन: आत्माको यमलोक तर्फको बाँकी यात्रा जारी रहन्छ। जहाँ
विभिन्न कष्टदायी अवस्थाहरूको सामना गर्नुपर्छ।
४८औँ दिन: अन्ततः आत्मा यमलोक पुग्छ। त्यहाँ यमराजले उसको कर्महरूको
आधारमा न्याय दिन्छन्। उसको त्यस पछिको जीवन वा गन्तव्यको तय हुन्छ।
यस प्रकारले गरुड़ पुराणको प्रेत कल्पमा लेखिएको भनी वचन
हुने प्रेतको यात्राको विवरण त्यसलाई झन् त्रासदी युक्त हुने गरी अत्यधिक बढाएर
वर्णन गरिने गरिन्छ। वचनको क्रममा पापी आत्माहरूले मृत्यु पश्चात् भोग्ने कष्टहरू
यिनै हुन् भनिन्छ। जुन प्रेत कल्पको मूल आशय भन्दा अत्यन्त पृथक् मिथ्या चित्रण
हो।
संस्कृत भाषामा २४ घण्टाको "दिन" लाई जनाउन
"अह:" (ahaḥ) वा
"दिवसम्" (divasam) दुवै शब्द प्रयोग हुन्छ।
सूर्योदय देखि अर्को सूर्योदय सम्मको २४ घण्टाको समय लाई विशेष गरी अह: तथा २४
घण्टाको पूरा दिनको दिउँसोको पक्ष जनाउन दिवसम् (Divasam) शब्द
प्रयोग हुने गर्दछ। आधुनिक सन्दर्भको २४ घण्टाको उपयुक्त संस्कृत शब्दावली द्वि
चतुर्विंशतिः कालः (Dvi Chaturvimśatiḥ Kālaḥ) हो।
प्रायः ऋचा र शास्त्रीय सन्दर्भमा अह: तथा सामान्य अनौपचारिक सन्दर्भमा दिवसम् शब्द
अधिक प्रयोग भएको देखिन्छ। संस्कृत शब्द अह: (ahaḥ) ले सन्दर्भ अनुसार कुनै निश्चित "चरण" वा "अवस्था"
को समेत अर्थ दिने हुँदा वेद र उपनिषद्
जस्ता ग्रन्थहरूमा अह: लाई ब्रह्माण्डीय चक्रहरू वा अस्तित्वका चरणहरू (जस्तै,
ब्रह्माको दिन र रात) बारे चर्चा गर्दा प्रयोग हुने गरेको छ। गरुड
पुराण आदि जस्ता काव्य र दार्शनिक चर्चाहरूमा अह: शब्द जीवनको चरण, कुनै विशिष्ट समयावधि वा ठुलो चक्र प्रक्रियाको महत्त्वपूर्ण देखिएको अवधि
जनाउन उपयोग भएको देखिन्छ।
त्यसैले प्रेत कल्पमा मृतको आत्माको यात्राको दिन भनेर
हाम्रो दैनिकीको दिन नभएर मृतको आत्माको रूपान्तरणको फरक फरक चक्रको उल्लेख गर्न
लायक फरक फरक अवधिका आधारमा चर्चा गर्न उपयोग गरिएको देखिन्छ। संस्कृतमा स्पष्ट
रूपमा फरक फरक "चरण" मा विभक्त गरेर हेर्न सकिने पक्षलाई "अवस्था (Avasthā)" र त्यो चरण पुरा हुन् लाग्ने
समय अवधि लाई "कालः (Kālaḥ)" भन्ने गरिन्छ। जीवित
शरीरको जीवितताको समय सकिएको क्षणलाई त्यसै कारण "काल आएको" वा शरीरको
जीवितताको चरण पुरा भएको भन्ने गरिन्छ। त्यसपछि जीवित रहने आत्माको हरेक चरण लाई
हरेक दिनको रूपमा प्रेत कल्पमा उल्लेख भएको छ। वैदिक ब्रह्माण्ड विज्ञान, अध्यात्म र क्वान्टम भौतिकी समेतलाई ध्यानमा राखी मृत्यु पछि देखिने
आत्माको शुद्धीकरणको विभिन्न चरण बारे गरुड पुराणमा सम्प्रेषण गर्नका खातिर प्रेत
कल्पमा उल्लेखित यात्रा यथार्थमा आत्मा शुद्धीकरणको चरणको व्याख्या हो।
क्वान्टम भौतिकी अनुरूप आत्मा निरन्तर अस्तित्वमा रहने ऊर्जाको रूप हो। कृत्रिम रूपमा तथा प्राकृतिक रूपमा समेत ऊर्जा न त नष्ट हुन्छ वा गर्न सकिन्छ न त उत्पादन नै। सकिन्छ त मात्र एक रूप वाट अर्को रूपमा रूपान्तरण गर्न।