प्रेत कल्प - गरुडपुराण

PDF
Book Image

गरुडपुराण श्रीगणाधिपतये नमः। सरस्वत्यैनमः। गरुडपुराण ॐ श्रीगणाधिपत्यये नमः। ॐ सरस्वती नमः। Garuda Purana Salutations to Sri Ganadhipatya. Om Saraswati Namah. भूमिका (Background): गरुड पुराण विष्णु पुराणको एक भाग हो। यसले विष्णु र उनका साथी एवं उनका वाहन पनि रहेका गरुड बिचको कुराकानीको कथा बताउँछ। उनीहरू बिच हामी मरे पछि के हुन्छ, पापीहरूलाई के हुन्छ, र मानिसले कसरी आफ्नो जीवन राम्रो संग जिउन सक्दछ भन्ने जस्ता धेरै रोचक कुराहरूको बारेमा कुरा गरेका छन्। तिनीहरू पाताल अर्थात् अन्डर वर्ल्डका मालिक जस्तै यम र उनका सहयोगी चित्र गुप्तको बारेमा पनि कुरा गर्छन्। यम बसोबास गर्ने सहर र खराब काम गर्ने मानिसहरूलाई हुने विभिन्न सजाय र नसियतहरू बारे पनि चर्चा गर्दछन्। गरुड पुराणमा खराब कर्महरू गर्न बाट कसरी बच्ने र गरिएका खराब कार्यको क्षति पूर्ति कसरी गर्ने भनेर पनि उल्लेख छ। यसमा मृत्यु भएका व्यक्तिहरूको लागि उपयुक्त अन्त्येष्टि र अनुष्ठान त्यसको महत्त्व सहित उल्लेख छ। यदि उपयुक्त अन्त्येष्टि र अनुष्ठान गरिएन भने के हुन्छ गरुड पुराणमा चर्चा भएका कुराहरू निकै चाखलाग्दो छ। हिन्दु सनातन धर्ममा, स्वर्ग र नरक अन्य धर्महरू जस्तै इसाई धर्म, इस्लाम र जोरोस्ट्रियनिज्म आदिले वर्णन गरेको जस्तै उल्लेख छ। तर सनातन धर्मको स्वर्ग र नरक अन्य धर्ममा उल्लेख गरिए भन्न निकै ठुलो भिन्नता भेटिन्छ। हिन्दु धर्ममा मानिसहरू आफ्नो सम्पूर्ण कर्ममा धर्म वा पापको अधिकताको आधारमा स्वर्ग वा नर्कमा पुग्दछ। तर उनीहरू सदैव स्वर्ग वा नर्कमा बस्दैनन्। धर्म कर्मले कमाएको पुण्य वा पाप कर्मले जम्मा गरेको अपराधको हद अनुरूपको प्रतिफल रुपी स्वर्गको आनन्द वा नर्कको दर्द र पिडा भोग गर्दै तिनीहरू भोगले पाठ सिकिसकेपछि, तिनीहरू पुन पृथ्वीमा नै फर्कन्छन् र नयाँ जीवन चक्र सुरु गर्छन्।