गण्डकी क्षेत्रको महत्व

गण्डकी क्षेत्रको महत्व

भौगोलिक विशेषताहरू


गण्डकी नदी, जुन कालीगण्डकी (Kali Gandaki) को नामले पनि चिनिन्छ, नेपालको मुस्ताङ जिल्लाबाट सुरु भएर भारतको गंगा नदीमा मिसिने एक महत्वपूर्ण नदी हो। यो नदी विश्वको सबैभन्दा गहिरो घाटी (Deepest Gorge) मध्ये एक बनाउँछ, जुन धौलागिरी र अन्नपूर्ण हिमालका बीचमा अवस्थित छ। यस नदीको विशेष भौगोलिक स्थितिले शालिग्राम ढुङ्गाहरूको निर्माणमा महत्वपूर्ण भूमिका खेलेको छ।

 

गण्डकी नदीको पानीमा हिमालयका विभिन्न खनिजहरू घुलमिल भएका हुन्छन्, जसले यसलाई विशेष रासायनिक गुणहरू प्रदान गर्छ। नदीको तीव्र प्रवाहले करोडौं वर्षदेखि चट्टानहरू आपसमा घोटीएर शालिग्राम ढुङ्गाहरूलाई चिल्लो र गोलाकार आकार दिएको हुन्छ। प्राकृतिक प्रक्रियाले करोडौं वर्षदेखि विभिन्न खनिजहरू घुलमिल भएर शालिग्रामले बिशेष ढुङ्गाको रुपमा बिकशित हुने र  नदीको तीव्र प्रवाहले चट्टानहरू आपसमा घोटीएर चिल्लो र गोलाकार आकार लिने शालिग्रामहरूमा विशिष्ट चक्राकार निशानहरू (Chakra Marks) सिर्जना हुने गर्दछ। जुन धार्मिक दृष्टिकोणबाट अत्यन्त महत्वपूर्ण मानिन्छ।

 

आध्यात्मिक र पौराणिक सन्दर्भ

वैदिक परम्परा अनुसार, गण्डकी क्षेत्रलाइ मुक्तिक्षेत्र (Liberation Zone) मानिन्छ। पद्म पुराण, स्कन्द पुराण र ब्रह्मवैवर्त पुराणमा उल्लेख भए अनुसार गण्डकी क्षेत्रमा गण्डकी स्नान गर्नाले सबै पापहरूको नाश हुन्छ। मोक्ष प्राप्तको मार्ग सहज बन्दछ। पौराणिक कथा अनुसार, भगवान् विष्णुले तुलसी देवीको श्रापबाट यस नदीमा ढुङ्गाको रूप लिएर बस्नु भएको कथाको शालिग्रामहरूलाई भगवान् विष्णुको अवतारको रुपमा ग्रहण गरिने हुँदा शालिग्रामले जीवन्त देवताको  पाएको भनिन्छ। सोहि कथाको आधारमा  गण्डकी नदीको पानीलाई चरणामृत (Sacred Water) मानिने परम्परा छ। यस पानीले स्नान गर्दा शारीरिक, मानसिक र आध्यात्मिक शुद्धता प्राप्त हुन्छ भन्ने गहिरो विश्वास जन मानसमा भेटिन्छ।

 

आयुर्वेदिक चिकित्सा पद्धतिमा  सम्पूर्ण सृष्टिलाई पाँच मूलभूत तत्वहरू पञ्चमहाभूतमा  विभाजन गरिन्छ। आकाश (स्पेस), वायु (एयर), अग्नि (फायर), जल (वाटर), र पृथ्वी (अर्थ)। यी पाँच तत्वहरू मध्ये चौथो स्थानमा आउने जल तत्व आकाश, वायु, र अग्नि तत्व गुणले बनेको हुन्छ। आयुर्वेदको अनुसार, आकाशले जललाई अस्तित्वको लागि ठाउँ प्रदान गर्छ। वायुले जललाई चल्ने र बग्ने क्षमता दिन्छ। अग्निको घनत्व बढेर चिसो भएपछि जलको रूप लिन्छ। त्यही कारण आकाश तत्वको विघटन, वायु तत्वको रूक्षता र गति नियन्त्रण र अग्नि तत्वको तातोपनबाट जल तत्वले सुरक्षा प्रदान गर्दछ। कुनै पनि तत्वको उपयोगिता जान्न त्यसको गुण लाई चिन्न जरुरी हुन्छ।

 

जल तत्वका विशेष गुणहरूमा यो चिसो हुन्छ। स्वभाव त स्थिर वा स्थूल, भारी, ओसिलो, चिल्लो, बग्ने गुणको, मन्द, बादल जस्तै फैलने र नरम हुन्छ। जल तत्व शरीरको ती गुणहरूका विपरीत लक्षणहरूको उपचारमा प्रयोगमा आउँछ। त्यसैले जब तपाईँ धेरै तातो, अस्थिर, कमजोर, निर्जलता, रूक्ष, आत्मविश्वासको कमी, अवरुद्ध र अचल, चिडचिडाहट र जिब्रो पिरो हुने, पातलो र कमजोर, वा कठोर हृदयको भएको महसुस गर्नुहुन्छ  त्यति वेला जल तत्वका गुणहरू मार्फत त्यसको शान्त गर्न सहयोग लिने गरिन्छ। शरीरमा हुने सबै प्रकारका दुखाइ र इन्फ्ल्यामेसन शान्त गर्न जल तत्वको भूमिका हुन्छ। शरीरलाई पोषण प्रदान गर्ने सबैभन्दा आधारभूत भूमिका पानी रुपी जल तत्वले गर्ने हुँदा सुद्ध पानी लाई अमृत भन्ने गरिन्छ। 

 

वैज्ञानिक दृष्टिकोणबाट हेर्दा, गण्डकी नदीमा उच्च मात्रामा खनिजहरू रहेकोले गण्डकी नदीको पानीमा अधिक ऋणात्मक चार्जका आयनहरू (Negative Ions) घुलेर रहेको भेटिने गर्दछ। विज्ञानले अक्सिजनका चार अक्सिडेशनका  अवस्थाहरू पहिचान गरेको छ। ति हुन् O₂ (डाइअक्सिजन), O₂⁻ (डाइअक्सिजन क्याटायन), O₂⁻• (सुपरअक्साइड), O₂²⁻ (पेरअक्साइड डायनायन)। यी मध्ये सुपरअक्साइड (O₂⁻•) एक प्रकारको नेगेटिभ अक्सिजन आयन हो जसले जैविक प्रभावहरूमा मुख्य भूमिका खेल्छ।

 

जव पानीका अणुहरूमा नेगेटिभ-आयनका क्लस्टरहरू अधिक हुन्छन तव पानीमा घुलेको अक्सिजन तुरुन्त अक्सिडेशन हुन्छ। रेडिकल र नेगेटिभ आयन दुवैको रूपमा काम गर्छ।अक्सिडेशन का कारण सुपरअक्साइड बनेको अक्सिजन सक्रिय रेडिकल तथा नेगेटिभ चार्ज आयन गुणको बन्दछ। अक्सिजनको त्यस्तो सक्रिय रेडिकल आयनले पानीमा रहने Staphylococcus aureus, E. coli जस्ता प्रतिरक्षा प्रणाली कमजोर रहेको वेला घाउमा, रगत सङ्क्रमण गर्ने ब्याक्टेरिया आदिलाई मार्दछ। धुलो, मोल्ड स्पोर्स र अन्य एलर्जेनहरूका एलर्जीका लक्षणहरू वाट मानिसहरूलाई राहत दिन मद्दत गर्ने गर्दछ।

 

त्यस्तै क्षयरोगका जीवाणु जस्ता हानिकारक ब्याक्टेरिया, भाइरस र मोल्ड प्रजातिहरूको वृद्धिलाई मार्न वा रोक्न समेत भूमिका खेल्ने, क्यान्सर कोशिकाहरूलाई रोक्ने कुरा आधुनिक वैज्ञानिक अनुसन्धानहरूले पुष्टि गरेको छ। अक्सिजनको नेगेटिभ आयनहरूमा छोटो अवधिको एक्सपोजरले मानिसको संज्ञानात्मक क्षमतामा सुधार गर्ने, मस्तिष्कमा अक्सिजनको प्रवाह बढाउने, मुड नियन्त्रण गर्न, तनाव कम गर्न, प्रतिरक्षा प्रणाली सक्रिय गर्ने, कार्बोहाइड्रेट र बोसोको पाचन शक्ति बढाउने समेत आधुनिक वैज्ञानिक अनुसन्धानहरूको प्रमाणित निचोड आएको छ।

 

आयुर्वेदिक दिनचर्या र ऋत चर्याका सिद्धान्तहरूलाई मानेर हाम्रो परम्परामा गण्डकी क्षेत्रमा गण्डक स्नान गर्ने क्रम सँगै ऋषिहरूले  गण्डक स्नानको नेगेटिभ आयन थेरापीको शक्तिको उपयोग गर्दै हजारौँ मौसमी डिप्रेसन र अन्य मुड डिसअर्डर वाट गुज्रिएका बिरामीहरूको प्रभावकारी उपचार गर्ने गरेको चर्चा वैदिक कथाहरूमा भेटिन्छ। हाम्रो परम्परामा वसन्त ऋतुमा जल तत्वमा प्राकृतिक रूपमै हुने नेगेटिभ आयनको वृद्धिलाई नेगेटिभ आयन थेरापीसँग सिंक्रोनाइज अत्यधिक भक्तजनहरूले गण्डकी स्नानको अधिकतम लाभ उठाउने कार्य गर्दै आएका छन्।

 

वैदिक परम्पराको नेगेटिभ आयन युक्त पानीमा गरिने गण्डकी स्नानको उपचारात्मक प्रभावकारिताको वैज्ञानिक पक्ष आधुनिक मेडिकल साइन्सले प्रमाणित गरिदिएको छ। वैदिक परम्पराले भन्दै आएको गण्डकी स्नानको जल तत्वको सुरक्षणात्मक र उपचारात्मक प्रभावकारिता हुने भनाइ लाई  आधुनिक वैज्ञानिक अनुसन्धानले त्यस्ता नेगेटिभ आयनहरूको एन्टि-इन्फ्लामेटरी, एन्टि-अक्सिडेन्ट र न्यूरोप्रोटेक्टिभ गुणहरू हुने मा प्रमाणित गरिदिएर वैदिक ज्ञान सत्य रहेको पुष्टि गरिदिएको छ। आयुर्वेदको त्रिदोष सिद्धान्त लाई आधुनिक विज्ञानले न्यूरोकेमिकल बेलेन्स संग त्यसको समकक्षता रहेको ले एकीकृत उपचार दृष्टिकोण प्रभावकारी बनेको तर्क दिन सकेको छ।

 

गण्डकी स्नानको न्यूरोसाइकियाट्रिक प्रभावहरू देखिनुको कारण सेरोटोनिन हाइपोथेसिस र सुपरअक्साइड मेकानिजम जस्ता वैज्ञानिक तर्कहरूले नेगेटिभ आयनहरूको मानसिक स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावहरू बारे दिएको वैज्ञानिक पुष्टिले बलियो आधार उपलब्ध गरेको छ। गण्डक स्नानले डिप्रेसन, एञ्जाइटि, चिन्ता, बेचैनी र संज्ञानात्मक सुधारमा पुर्‍याउने सहयोगको कारणहरू समेत प्रमाण सहित  आधुनिक विज्ञानले नै आज उपयुक्त तथ्यहरू सार्वजनिक गरिरहेको छ।