जलवायु परिवर्तनको प्रभाव
जलवायु परिवर्तनको प्रभाव
गण्डकी नदीको उद्गम
तिब्बती पठारको दक्षिणी भागमा रहेको छ। काली गण्डकी नदिका माथिल्लो भाग, विशेष गरी मुस्ताङ
क्षेत्रको भू-वैज्ञानिक संरचना अधिक रूपमा तेथिस हिमालयको (Tethyan Himalayan rocks) चट्टानहरूबाट निर्मित छ। सत्ययुगभन्दा पनि पहिलेको प्रलयपछिको सृष्टिको सुरु
आती कल्प (जुरासिक - Jurassic
र क्रेटासियस - Cretaceous) कालका
प्राचीन कालको उत्तरको विशाल समुद्र / महासागर पुरातन तेथिस समुद्रको (Tethys Ocean) समुद्री
सतह मुनि रहेर समुद्रको पिँधमा जम्मा हुन पुगेको गेगर रुपी चट्टानहरू (Marine sedimentary rocks), चुनढुङ्गा (Limestone), अश्म मृत्तिका अर्थात् माटोको अन्तिम अवशेष (Shale), बालुवा ढुङ्गा (Sandstone) र
अमोनाइट फोसिलहरू (Ammonite fossils) पानीको अत्यधिक दबाबका कारण बनेको कडा अवशेष अर्थात्
फोसिलहरू कालान्तरमा तेथिस हिमालयको चट्टानहरूको रूपमा रूपान्तरण भएको वैज्ञानिक
रूपमा पुष्टि भएको छ।
गण्डकी नदी प्रणालीको
मुख्य शाखा काली गण्डकी विश्वको सबैभन्दा गहिरो घाटी बनाउँदै अन्नपूर्ण र धौलागिरि
हिमाल बिचमा बहने गर्दछ। समुद्री सतहदेखि ८००० मिटरभन्दा बढी उचाइसम्म फैलिएको
अद्वितीय भौगोलिक स्थितिका जलवायु क्षेत्रहरू हुँदै बग्ने काली गण्डकी नदिका प्रवाहले
विश्वको सबैभन्दा ठाडो भौगोलिक ग्रेडिएन्ट बनाउने गर्दछ। उक्त ग्रेडिएन्टमा
अत्यधिक तीव्र गतिमा तेथिस हिमालयको
चट्टानहरू बाट निर्मित शिलाहरू सहित पानी बहने क्रममा तिनै चट्टान अत्यन्त चिल्लो
शालिग्राममा रूप ग्रहण गर्न गएको देखिन्छ।
नेपालको गण्डक हिमालय
क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव विश्वव्यापी औसतभन्दा हाल धेरै तीव्र रूपमा
देखा परेको छ। वैज्ञानिक अध्ययनहरूले देखाए अनुरूप हिमालय क्षेत्रमा विश्वव्यापी
औसतभन्दा 0.७°C सम्म अधिक दरमा तापक्रम बढिरहेको छ। जसलाई "एलिभेशन डिपेन्डेन्ट वार्मिङ
(Elevation dependent warming)" भनिन्छ। त्यसको अर्थ हो उच्च उचाइका क्षेत्रहरूमा कम
उचाइको क्षेत्रहरूभन्दा बढी तापक्रममा वृद्धि भएको देखिनु। गण्डकी क्षेत्रमा
पछिल्लो ५० वर्षमा औसत तापक्रम १.५°C सम्म बढेको डाटा रिकर्ड भएको छ। जुन विश्वव्यापी औसत
१.१°C भन्दा उल्लेखनीय रूपमा अधिक हो। विशेष गरी जाडो महिनाहरूमा गण्डक हिमालय क्षेत्रमा यो प्रकृतिको तापक्रम
वृद्धिले हिमनदीहरू असामान्य रूपमा पग्लने क्रमलाई तीव्र बनाएको छ। यो क्षेत्रमा
देखिएको तापक्रमको उल्लेखनीय वृद्धिको प्रवृत्ति केवल दिनको औसत तापक्रममा मात्र
सीमित नरहेर न्यूनतम तापक्रममा (रातको तापक्रम) समेत देखिनुले पहिले मुख्यतः गर्मी
महिनाहरूमा मात्र सीमित हुने यो क्षेत्रमा हिउँ र बरफ पग्लने प्रक्रिया असामान्य
रूपमा वर्षभरि देखिने स्थिति बनेको छ।
हिन्दु र बौद्ध
धर्मावलम्बीहरूका लागि अत्यन्त पवित्र मानिने अमोनाइट फोसिल शालिग्राम मुस्ताङको
काली गण्डकी नदी उपत्यकाबाट मात्र प्राप्त हुन्छन्। हालका वर्षहरूको जलवायु
परिवर्तन, ढुङ्गा र
ग्राभेल उत्खनन आदि (Stone and Gravel Mining) जस्ता मानवीय प्राकृतिक अतिक्रमणहरुले कालीगण्डकी
नदीमा पवित्र ढुङ्गाहरूको उपलब्धता न्यून हुन् गएको छ। नदीको प्राकृतिक परिस्थिति
माथि भएको अनियन्त्रित सङ्क्रमण र मानवीय हस्तक्षेपहरूले काली गण्डकीको प्राकृतिक
रूप र प्रवाह दुबैलाई थप क्षति पुर्याएको छ। काली गण्डकी नदीको प्रवाह ढाँचा र
मार्गहरूमा उल्लेखनीय परिवर्तन देखिएको छ। नदीको पानीको तापक्रममा वृद्धि भएको छ, जसले जलीय पारिस्थितिकीमा
प्रभाव पारेको छ। तापक्रम वृद्धिले पानीमा अक्सिजनको मात्रा घटाएको छ र हानिकारक
सूक्ष्मजीवहरूको वृद्धिलाई प्रोत्साहन दिएको छ। उल्लेखित परिस्थितिले काली गण्डकी
स्नान जस्ता धार्मिक र सांस्कृतिक परम्पराहरूलाई मात्र खतरामा पारेको नभएर स्थानीय
पर्यावरण र समुदायहरूको जीविकोपार्जनमा पनि प्रतिकुल प्रभाव छोडेको छ।
यो स्थितिले शालिग्राम
संरक्षणको आवश्यकतालाई झन् बढाएको छ। स्थानीय सरकार र सङ्घ -संस्थाहरूको यस
क्षेत्रको संरक्षणका लागि विशेष ध्यान जानु जरुरी बनेको छ। यस बारे स्थानीय समुदाय
सचेत रहनु पर्ने, स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोग मार्फत यो क्षेत्रलाई जोगाउन सबै सक्रिय
रहन पर्ने परिस्थिति विकास भएको छ।
हालका वर्षहरूमा गण्डक
क्षेत्रहरूमा सक्रिय पर्यटन उद्योगले गण्डक क्षेत्रको अर्थतन्त्रमा महत्त्वपूर्ण
योगदान गरेको छ। अन्नपूर्ण सर्किट ट्रेकिङ, मुक्तिनाथ तीर्थयात्रा र शालिग्राम सङ्कलन यात्राले
हजारौँ पर्यटकहरूलाई यस क्षेत्रमा आकर्षित समेत गरिरहेको छ। पर्यटन उद्योग
अन्तर्गत गण्डक स्नान जस्ता धार्मिक र हिलिङ्ग पर्यटन समेत लाई समावेश गरी गण्डक
क्षेत्र मैत्री नियन्त्रित पर्यटनमा लैजान नसकिरहेको हालको पर्यटन र धार्मिक
यात्रा आदिले स्थानीय समुदायहरूलाई आर्थिक अवसरहरू प्रदान गरेको अवस्था बिच गम्भीर
पर्यावरणीय दबाब समेत बढाएको देखिन्छ।
वैज्ञानिक अध्ययनहरूले
गण्डकी बेसिनमा वार्षिक वर्षाको मात्रामा समग्र रूपमा कमी आएको छ, तर चरम वर्षाका घटनाहरूको
बारम्बार बढेको छ। छोटो समयमा धेरै वर्षा हुने तर लामो समयसम्म सुख्खा रहने
प्रवृत्ति मनसुन पूर्व र मनसुन पछिका महिनाहरूमा वर्षाको मात्रामा कमी आउने र
शुष्क मौसमको अवधि लम्ब्याउने र नदीको प्रवाहलाई मुख्यतः हिमनदी पग्लेर आउने
पानीमा निर्भर हुन पर्ने अवस्था सृजना गरिदिएको छ। बाढी, पहिरो, हिम पहिरो र ग्लेसियल लेक
आउटबर्स्ट फ्लड (GLOF) जस्ता घटनाहरू बढ्दो रूपमा सामान्य भएका छन्। गण्डकी क्षेत्रका हिमनदीहरूले
प्रति वर्ष औसतमा ०.५ देखि १.२ मिटरसम्म बरफ गुमाइरहेका छन् । यो दर १९८० को दशकको
तुलनामा तीन गुणा अधिक हो।तापक्रम वृद्धिसँगै हिमरेखा (स्नो लाइन) प्रति दशकमा
औसतमा ५० -८० मिटर माथितिर सर्दै गएको छ।
पहिले वर्षभरि हिउँले ढाकिएका क्षेत्रहरू अब मौसमी रूपमा मात्र हिउँले ढाकिने
गरेको देखिन थालेको छ।
वैज्ञानिक अध्ययनहरूले
देखाए अनुसार १९९० को दशकको तुलनामा काली
गण्डकी नदीको वार्षिक औसत प्रवाह १५-२०% सम्म बढेको छ। उक्त वृद्धि मुख्यतः हिमनदी
अधिक पग्लने गर्मी महिनाहरूमा देखिने गर्दछ। बढ्दो तापक्रमले मिट्टीको संरचनालाई
कमजोर बनाएको छ र चरम वर्षाका घटनाहरूले कटानको दरलाई बढाएको छ। पहिले शालिग्राम
प्रशस्त मात्रामा पाइने ठाउँहरू हाल सुक्खा बगर बनेका छन्। नदीले नयाँ मार्ग लिएको
छ।
परम्परागत शालिग्राम सङ्कलन स्थलहरू अव अप्रासङ्गिक बनेको छ। बगर हरुको उत्खननले नदीको प्राकृतिक तल (बेड) लाई गहिरो बनाएको छ। जसको कारण पानीको प्रवाह ढाँचामा परिवर्तन ल्याएको छ। यसले शालिग्राम ढुङ्गाहरूलाई गहिरो तहमा पुर्याएको छ । कम पहुँचयोग्य बनेको छ। उपलब्धतामा कमीका साथै शालिग्राम ढुङ्गाहरूको शालिग्रामहरूको प्राकृतिक चमक र स्पष्टता जस्ता गुणस्तरमा पनि गिरावट आएको छ।
पुराना पुस्ताले शालिग्राम
पहिचान गर्ने, तिनीहरूको गुणस्तर मूल्याङ्कन गर्ने र उपयुक्त सङ्कलन विधिहरूको बारेमा जुन
ज्ञान राखेका थिए, त्यो नयाँ पुस्तामा हस्तान्तरण हुन सकिरहेको छैन। स्थानीय समुदायहरूको
शालिग्रामप्रतिको आध्यात्मिक र सांस्कृतिक सम्बन्ध पनि कमजोर हुँदै गएको छ।
भविष्यका हाम्रा पुस्ताहरूले यी पवित्र ढुङ्गाहरूको दर्शन र स्पर्श गर्न पाउने
अवसर गुम्ने डर देखिएको छ। वैज्ञानिक प्रक्षेपणहरूले देखाएको छ कि यदि वर्तमान
प्रवृत्ति जारी रह्यो भने गण्डकी क्षेत्रका धेरैजसो साना हिमनदीहरू २०५० सम्ममा
पूर्ण रूपमा हराउनेछन्। यसले काली गण्डकी नदीको प्राकृतिक प्रवाहलाई गम्भीर रूपमा
प्रभावित गर्नेछ।