गाँजाको अवसर
गाँजाको गुमेको अवसर।
क्यानाबिस (गाँजा) सेवनको नकारात्मक असर बारे भर्खरै बुझिएको यसले शरीरमा दिने नराम्रो असर बारेका तथ्य अत्यन्त अचम्म लाग्दो देखिएको छ। जुन परम्परागत अध्ययनले देखाएको भन्दा ठीक उल्टो छ।
गाँजा सेवनले हाम्रो शरीरको साना भागहरू, जसमा मुख्यतया माइटोकन्ड्रियाको काम गर्ने क्षमतालाई न्यून बनाउने तथ्य आएको छ। माइटोकन्ड्रिया भनेको हाम्रो शरीरमा खानालाई ऊर्जा बनाउने कोशिकाको जैविक यन्त्र हो। हाम्रो शरीरमा औसतमा ३७.२ ट्रिलियन कोशिका हुन्छन्। प्रत्येक कोशिकामा झण्डै १,००० माइटोकन्ड्रिया हुन्छन्। त्यसैले, हाम्रो शरीरमा जम्मा करिब ३७.२ क्वाड्रिलियन (३७२ पछि १४ वटा शून्य) माइटोकन्ड्रिया हुन्छन्। हाम्रो शरीरको सानो-सानो ऊर्जा केन्द्र रुपको माइटोकन्ड्रिया गाँजा सेवनको कारण कमजोर हुने हुँदा अधिक गाँजा सेवन क्यान्सर जस्ता रोग निम्त्याउने कारक बन्न सक्ने अनुसन्धानहरूको निचोड आएको छ।
बच्चाहरूले क्यानाबिस सेवन गर्दा ठूलो स्वास्थ्य जोखिम बेहोर्नु पर्ने कुरा पहिले देखिनै जानकारीमा आएको तथ्य हो। तर हालको गाँजा सेवन बयस्कको लागि समेत हानिकारक हुने र त्यसरी विकसित समस्या जेनेटिकल्ली सन्तानदर सन्तानसम्म पुग्न सक्ने नयाँ अनुसन्धानको बुझाइ अनदेखा गर्न सकिने स्थितिको छैन। किनकि हाल वैज्ञानिकहरूले पत्ता लगाएको नयाँ तथ्यहरू भन्दछन्, गाँजा सेवनले शरीरलाई भौतिक ऊर्जा दिने भित्री भागलाई विगार्ने र शरीरलाई काम गर्न गाह्रो बनाउने गर्दछ। त्यसैले स्वस्थ रहनका लागि क्यानाबिस जस्ता चिजहरूबाट टाढा बस्नु राम्रो हो। तर यसको जोखिमको हद अनुरुप यो चुरोट, सुर्ती र रक्सी भन्दा भने कम हानिकारक चाहिँ निश्चय नै छ।
नेपालमा आजको मितिसम्म गाँजा खेतीले कानुनी रूपमा गाँजा खेती गर्ने अनुमति प्राप्त गर्न नसक्नुको अर्थ हो, विश्वव्यापी रूपमा गाँजा खेती कानुनी रूपमा उत्पादन गर्न अनुमति प्राप्त भइसकेपछि मात्र नेपालमा पनि गाँजा खेती गर्ने कानुनी अनुमति दिनेतर्फ कदमहरू अघि बढ्ने छन्। त्यो समयमा नेपालका कृषक यसबाट खासै ठूलो फाइदा लिन सक्ने अवस्थामा हुने छैनन्। सैधान्तिक रूपमा गाँजा प्रतिबन्ध रहँदाकै समयमा जुन-जुन तस्कर गिरोह यसबाट लाभबन्धित बनिरहेका छन्, यसबाट आएको कालो धनले राजनीतिमा जमेका छन्, आफ्ना सन्तानहरूलाई अमेरिकी र यूरोपियन मुलुकका नाम चलेका विश्वविद्यालयमा शिक्षा दिएर मुलुकमा आफ्नो हैकम जमाएर रहेका छन्, तिनीहरूले मात्रै यसको नियमित मुनाफा लिने अवस्था बन्दै छ।
नेपाललाई गाँजा खेती मार्फत धनी देश बनाउने भ्रममा तिनै भूमिगत गिरोह मार्फत नेपालमा हल्ला गरिने क्रम नियमित सञ्चालित हुने छ। सोझा-साझा धेरै नेपालीले त्यसलाई अन्तर्मनले सही ठानी आफ्नो समय र उत्पादनशील उमेर यसको लागि खर्च गर्ने छन्। यथार्थमा भने यो अब यति ढिलो भइसकेको छ कि त्यस्तो परिवर्तन नेपालमा कहिल्यै हुने छैन। यसलाई मुलुकका विभिन्न पक्षहरू र विश्व प्रतिस्पर्धात्मक बजारको दृष्टिकोणमा नेपालको सम्भावना र भूमिका तथा यहाँको उद्यम विकास र शान्ति सुरक्षामा रहेको यसको इतिहास र हालको संस्कृतिमा आधारित विश्लेषण मार्फत यकिन गर्न सकिन्छ।
जति बेला नेपालमा गाँजा कानुनी हुदै छ त्यति वेला गाँजा विश्वव्यापी रूपमा नै कानूनी बन्दै छ। नेपाल कै हाराहारीमा वा सो भन्दा राम्रो र धेरै गाँजा खेति हुने विश्वमा अन्य ४३ स्थान छन् जहाँ खेति गरिने भूभाग र उपलब्ध जान श्रमको हिसावमा नेपाल भन्दा सस्तोमा गाँजा उत्पादन हुन्छ। नेपालमा गाँजा कानुनी हुने समय भनेको नेपाल कै स्तरको गाँजाको अधिक आपूर्ति हुने समयमा नेपाल समेत गाँजा खेतीमा हाम्फाल्ने समय हुने छ। त्यो भनेको हाल यसका तस्करले गफ दिने गरे जस्तो नेपालले गाँजा वाट त्यति साह्रो मुनाफा लिन सक्ने अवस्था रहने स्थिति होइन।
नेपालमा विशेष गरी बलियो ब्रान्ड वा विशेष उत्पादनहरू नहुने, उधमीले हरेक पार्टीका झोलेहरुलाइ चन्दा दिनपर्ने, डनहरुलाइ खुसि पर्नु पर्ने, भ्रष्ट कर्मचारीलाइ कमिसन दिनु पर्ने, स्थानीय, प्रदेश र केन्द्रको राज्यलाइ कर दिनु पर्ने, नेता र डनहरुलाई बिना लगानी सेयर र मुनाफा नदिने उद्याग दर्ता समेत नहुने आदि जमिनको यथार्थ हो। यो अवस्थामा मुलुकमा उधमीले कति नाफा कमाउने ? किसान र जनता ले के पाउने ?
गाँजा खेतीको लागि नेपालमा आधारभूत संरचनाको पूर्ण रुपमा अभाव छ। कमजोर यातायात, विकसित हुन नसकेको आपूर्ति श्रृंखला, ऊर्जा पूर्वाधारमा प्रतिस्पर्धा गर्न कठिनाई, लुट मानसिकता र सरकारी तह त्यसमा पनि मन्त्रि पद वा सो सरहको पद आदिमै भ्रष्टहरुको खुलेआम सहभागिता भइरहेको छ। त्यो पदमा रहेकामा जवाफदेहिको जरुरत नै नपर्ने जस्ता विगतका अनुभव र सिकाइ गाँजा खेती मुलुकको लागि नभएर तस्करको पोल्टामा मुनाफा जाने गरी कानुनी व्यवस्थापन उद्धत हुने छ भनी सहज अन्दाज गर्न सकिन्छ।
हेम्प र अन्य प्राकृतिक उत्पादनहरू (जस्तै, हातले बनाइएको कागज) परम्परागत अनुभव अनुरुपको नेपालको सफलताको सम्भावनाको क्षेत्र हो। तर बर्तमान व्यवस्थाको नीति गत र कार्यगत चुनौतीहरू नेपालमा गाँजा खेति सफल हुन् नदिने तत्व हो। नेपालको पर्यटन क्षेत्र माफियाकरणले सकिएको अबस्थामा छ। नेपालको प्राकृतिक स्रोतहरू निजि लुटका लागि दोहन भएको छ। त्यसको प्रभावकारी उपयोग मार्फत पर्यटनमा लाभ दिने कार्यमा राज्यका कुनै पनि संसद मन्त्रि प्रतिबद्ध छैनन्। कमिसन आउछ भने विकास निर्माण कार्य संचालन हुन्छ। यो अबसरमा विकासको बजेट नचाहिएको ठाउमा पनि जाने गरेको छ। काम गरे कमिसन आउने हुँदा, सबै दिन रोड, बाटो आदि भत्काउने र बनाउने काम चलिरहेको छ। योजना सम्पन्न गर्न भने कहिलै राज्यको इच्छा शक्ति देखिदैन। हिलो, धुलो र असुविधा जन विद्रोहको विषय समेत बन्दैन।
नेपालसँग अपार सम्भावना रहेको भाषण गर्दै भोट प्राप्त गर्ने अनि त्यो सम्भावना लाइ आफ्ना दस पुस्ताको भविष्य बनाउने तर्फ सथागत रुपमा लागि पर्ने नेपालको हालका पार्टीहरुको ओपन सेक्रेट नीति रहेको छ। हालको नेपालको इतिहासमै भ्रष्ट व्यस्था निमित्याण्ड विना नेपालमा न त गाँजा न त कुनै राष्ट्रिय पुजीपतिहरुको संरक्षण हुने अबस्था मुलुकमा छ। गाँजा मात्र होइन नेपालका सम्पूर्ण ओर्गानिक रुपमा सफल हुने संभावना रहेको उधम मार्फत मुलुकले फाइदा लिने हालको अबस्था होइन व्यवस्था परिवर्तन विना कुनै पनि कदमको कुनै पनि अर्थ रहने देखिदैन। लुटको लागि राष्ट्रिय सहमति हुने राजनैतिक अर्थ व्यवस्थामा ठूलो मेहनत र वैज्ञानिक व्यवस्थापन होइन लठैत फरियाबाद हावी हुने हुँदा त्यसको निवारण आजको नेपालको विकासको लागि पहिलो सर्त बनिरहेको छ।
विश्वको प्रतिस्पर्धात्मक बजारको दृष्टिकोणबाट हेर्दा नेपालको विविध भूभाग र मौसम उच्च गुणस्तरको औषधीय गाँजा र औद्योगिक हेम्प उत्पादनका लागि उपयुक्त छन्। नेपालमा गाँजा खेतीको लामो इतिहास र परम्परागत ज्ञान छ, जसले किसानहरू र समुदायहरूलाई अमूल्य अनुभव समेत प्रदान गरेको छ। यहाँको सस्तो श्रम नेपालको उत्पादनलाई विश्व बजारमा प्रतिस्पर्धात्मक बनाउँछ, जसले आध्यात्मिक र साहसिक पर्यटनसँग गाँजा पर्यटनलाई जोड्ने छ। यसको अर्थ के समेत हो भने, यहाँ किसान र गरिबहरूले हालकै शोषणयुक्त श्रम र उत्पादन मूल्य प्राप्त गर्ने छन्। गाँजाको मुनाफा, राज्यको सम्पति भने साइप्रस, स्वीस, जर्मन, कम्बोडिया, चीन र भर्जिनल्याण्डमा आजकै माफियाहरुको डमी एकाउन्टमा पुगेर त्यसको आय थुपरिने छ।
नेपालका हालका तस्करहरूले औषधीय र औद्योगिक रूपमा गाँजा निर्माण गर्ने उद्योग नेपालमा खोल्न दिने छैनन्। कसैले खोलेमा टिक्न दिने छैनन्। गाँजा कानुनी बनेको मात्र २ बर्ष भित्र हालको राजनीतिक पार्टीहरुकै दबाबमा नेपालमा नेपाली गाँजाको खेती गर्न प्रतिबन्ध गरिने छ। विदेशी मल, बीउ, इञ्जाइम, मिनिरस र कीटनाशक औषधि नहाले नेपाली गाँजा अन्तराष्ट्रिय ओखति कम्पनीहरुले औषधिको रूपमा प्रयोग गर्न नसकिने सर्त सारेको भन्दै नेपाली गाँजालाई नेपालमा खेती हुनबाट रोकिने छ। नेपालका जग्गा विदेशीलाई भाडामा दिने जग्गाको रूपमा रुपान्तरण गरिने छ।
अनियन्त्रित रूपमा बढेको विदेशी र नेपाली दुर्व्यसनीले दिने सामाजिक भारको मूल्य नेपालले तिर्नु पर्ने छ। त्यसको मुनाफा राज्य सञ्चालनमा समेत सहभागी तस्कर ग्रुपको पोल्टामा पुग्ने छ। यसै बीच, तिनै तस्कर ग्रुपले नेपालले पाउनु पर्ने जैविक प्रीमियम उत्पादन विशेषज्ञताको लाइसेन्स उनीहरुको निजि नाममा हडप्ने छन्। गाँजा उद्यम, जस्तै खेती, प्रशोधन, अनुसन्धान र निर्यात व्यवस्थापनमा विकास हुने रोजगारी सिर्जनामा तिनै तस्कर ग्रुपको मनोपली हुने छ। त्यसैलाई देखाएर आफूले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाएको दावा गरी तिनै तस्कर समूहका प्रतिनिधि पुनः संसद् मन्त्रीमा पुग्ने क्रम नियमित हुने छ। लुटको चक्र यसले झन् मजबुत पार्ने छ।
यो ग्रुपले राज्यलाई गाँजाबाट आउने आम्दानी कर तिर्ने छैन। नियमन गरिएको उत्पादन र व्यापारले पूर्वाधार, स्वास्थ्य सेवा, र शिक्षामा लगानी गर्न ठूलो कर आम्दानी त जुटाउने छ। तर यो ग्रुपले उसको खातामा सदैव घाटाको ब्यालेन्स सिट निर्माण गर्ने छ। राज्यका लोभी पापी कर निर्धारण निकायका व्यक्तिहरू केही रकम दिएर मुलुकको राजस्वमा सदैव घाटा विवरण पेश हुने निकाय बन्ने छ। राज्यको हातमा न त आम्दानी, न कर, उल्टो दुर्व्यसनी भार थोपरिदिने मैत्री प्रशासनिक व्यवस्था विद्यमान छ।
क्यानडा, अमेरिका र अफ्रिकाका केही देशहरूमा पहिले नै परिपक्व गाँजा उद्योगहरू छन्, जसले सशक्त आपूर्ति श्रृंखला र नियामक प्रणाली स्थापना गरिसकेका छन्। जे हाम्रोमा भने नेता र तस्करको भाग नराखी उद्यम स्थापना गर्न सकिन्न। नेता र उच्च कर्मचारीको लागि कमिसन विदेशी बैङ्कहरूमा थुपारी दिन गैर आवासीय नेपाली हरुको साङ्गठनिक निकाय सक्रिय छ। उनीहरू सदैव नेपाल तिर नै घुमी रहेका हुन्छन्। विदेशमा नबसी विदेशमा कमाएको नाममा नेपाल मै ठुला पैसा वाल र घराना बने का छन्। राज्य र माफिया वर्ग संग तिनीहरूको साइनो पिलो पाइलोमा जोडिएको देखिन्छ। मुलुकमा लुट्न र लुटको धन चाहिएको अपसोरमा लान जरुरी हुने सम्पूर्ण पूर्वाधार विगत तिन दशक लगाएर चुस्त दुरुस्त बनाइएको छ।
लुट गर र शासन गर भन्ने नियत रहेको कमाउने उद्योगको रूपमा मुलुकमा राजनीतिक दल जब स्थापित हुन्छ तव त्यस्ता मुलुकमा डिसेन्ट लगानीकर्ताको उपस्थिति सम्भव रहँदैन। त्यही अवस्था हाम्रो छ। आजको मितिमा त्यो अवस्थाको सबै भन्दा चरम लुटको हदमा मुलुक गुज्रिरहेको छ। वैश्विक प्रतिस्पर्धा च्युत भएको मुलुक बनेको नेपाल डिसेन्ट लगानीकर्ता पुग्ने वा रहने सामान्य सम्भावना भन्दा बाहिरको अवस्थामा छ।
यसको अर्थ के हो भने मुलुकै आज सम्म चुस्त कमाइ रहेका तस्करहरू कोलम्बिया र मेक्सिको तिर भेटिने गाँजा र ड्रग डन मार्फत जति हुन्छ कमाउने पेशाको रूपमा गाँजा कानुनी बने पछिको कारोबार आफैले क्याप्चर गर्ने ग्राण्ड डिजाइनमा हाल व्यस्त छन्।
अन्तर्राष्ट्रिय औषधीय गाँजाका लागि आवश्यक कडाइका मापदण्डहरू पूरा गर्न आधारभूत संरचना र विशेषज्ञताको नेपालमा हाल ठूलो आवश्यक छ। हाल नेपालमा यो मापदण्ड पूर्ति गर्न क्षमता राख्ने एउटा पनि निकाय नेपालमा अस्तित्वमा छैन। जरुरत अनुरुपको गुणस्तरको मापदण्ड कसरी बनाउने भन्ने ज्ञान समेत नेपालको संस्थागत स्मरणमा कहीँ कतै भेटिँदैन। यसको अर्थ हो, जो जो हालसम्म यसलाई कानुनी गर्ने भनी उच्च तहमा सक्रिय छन्, तिनीहरू मात्र मफिया कै जी हजुर र ज्यु हजुरी अनुरूप यसमा सक्रिय छन्। उनीहरूले चाहे अनुरूपको नियम कानुन बनाइ दिएर आफ्नो हिस्साको कमिसन सुरक्षित गर्न ध्यान मग्न छन्।
समग्रमा गाँजा वैधानिक गर्नु पर्ने समयको साइत चुकाएको नेपालले गाँजा वैधानिक गरेर आफ्नो अर्थतन्त्रमा अर्बौंको योगदान गर्ने अवसर माफियाहरूकै इसारा अनुरूप नियत बस गुमाएको सहज बुझ्न सकिन्छ। गाँजा वैधानिक गरेर मुलुकको निर्यात प्रवर्धन गर्न सकिने अवसर लाई आजको दिनमा संसारकै सबैभन्दा धनी नेता र कर्मचारी रहेको देश भनी नेपाल लाई स्थापित गर्ने अवसर उन्मुख पारिएको छ।
इतिहासकै सबैभन्दा सरकारी जिम्मेवारी बोध च्युत सरकारको उच्च तहमा रहेका नेता र कर्मचारी वर्ग हाल निम्न कदमहरूलाई निम्न उद्देश्य प्राप्तिका लागि अघि बधाई रहेको सहज अनुभूति गर्न सकिन्छ :
रणनीतिक स्थान निर्धारण: उच्च मूल्यका उत्पादनहरू जस्तै औषधीय गाँजा र जैविक हेम्पमा ध्यान केन्द्रित गरी त्यसलाई आफु वा आफ्नो समूहको दीर्घ मुनाफा दायक हुने विकल्पको रूपमा सुनिश्चित गर्नु।
ब्रान्डिङ: नेपाललाई हिमालयन प्रीमियम गाँजाको गन्तव्यको रूपमा स्थापित गरी त्यसको निजीकरण गरिएको लाइसेन्स आफ्नो पकडमा राख्ने।
आधारभूत संरचना लगानी: आपूर्ति श्रृंखला र गुणस्तर मापदण्ड क्षमतामा सुधार गर्ने नाममा सरकारमा आफू रहेको बेला लिन सक्ने कमिसन र उद्यममा विना लगानीको सेयर प्राप्त गर्नु। अनियमितता, अधिक आपूर्ति, र भ्रष्टाचार रोक्ने नाममा पुराना माफिया ग्रुपमा आफू पनि सहभागी भई हालको पद पश्चात पनि नियमित आम्दानी हुने श्रोत सुनिश्चित गर्ने।
समग्रमा नेपालसँग अपार सम्भावना रहेको गाँजा मात्र होइन, नेपालका अर्गानिक रूपमा सफल हुने सम्भावना रहेको सम्पूर्ण उद्यम मार्फत मुलुकले फाइदा लिन जन स्तरको सकारात्मक कदम आजको नेपालको विकासको लागि पहिलो सर्त बनिरहेको छ।
गाँजा महात्म्य
मानवको मानवीयता जगेर्ना गर्ने घुलित तत्व हुन्छ गाँजामा..
गाँजामा प्रचुर मात्रामा हुने तिन समूह शिव तत्त्व, पार्वती तत्त्व र विष्णु तत्त्व तत्त्वहरूको समग्र भूमिकामा तपाइको शरीरमा मानवीयता गुण निर्माण गर्न ब्रह्म तत्त्वको संयोजन हुने कार्य सम्पन्न हुन्छ। उग्रता रुपी शिव तत्त्व, शालीनता रुपी पार्वती तत्त्व, उग्रता र शालीनताको बिचमा संयोजन गर्न सहयोग गर्ने विष्णु तत्त्वलाई आपसमा जोडेर संयम र सन्तुलित गर्ने इन्डोक्यानाबिनोइड नामक सन्तुलन मार्फत मानवमा मानवीयताको गुणको निर्माण हुने गर्दछ।
मानवमा भएको मानवीयताको गुणलाई ब्रह्मत्वको अंश मानिन्छ। ब्रह्म तत्त्वलाई नै मानवमा पराक्रमी महामानव चिरञ्जीवी गुण निर्माण गर्ने तत्त्व भनेर शास्त्रहरूमा वर्णन हुने गरेको छ। त्यसको लागि त्यसको सहज अभिव्यक्ति गर्ने रामायण, गीता, अन्य पुराणहरू समेत समाजको लागि उपलब्ध छ। वैदिक ग्रन्थमा आधारित रामायण, गीता, र अन्य पुराणहरू मार्फत श्री राम, श्री कृष्ण आदि जस्ता युग पुरुष पात्रको परिकल्पना गरी एक आदर्श मानवमा हुनु पर्ने चरित्र र त्यसको लागि हरेक व्यक्तिमा रहेको क्षमता बारे समाज लाई सुसूचित गर्ने प्रशस्त प्रयास समेत भएको छ।
मानव शरीरमा सर्वत्र हुने इन्डोक्यानाबिनोइड सिस्टमको रूपमा चिनिने मानव आनन्दको अनुभूति निर्माण गर्ने (आनन्दमाइड) प्रणालीको प्रमुख तत्त्व ठानिने क्यानाबिनोइडहरुको सन्दर्भमा ती तत्त्वहरू शरीर बाहिर गाँजामा प्रचुर मात्रामा भेटिएकाले क्यानाबिनोइड हुने बिरुवा भनेर क्यनाभिस वा गाँजा नामकरण गरिएको देखिन्छ। त्यही रूपमा गाँजालाई ब्रह्मा, विष्णु र महेश्वरको समग्र भूमिका ग्रहण गरेको अर्थ दिन परम्परागत वैदिक समाजले आफ्नो चलन चल्तीको भाषामा भोले शिव गुणी शिव बुटी भन्ने गरेको छ। जुन यथार्थमा उग्रता दिने वरुण तत्त्व, आनन्द दायक सोम तत्त्व र त्यसको संयोजन गर्न जरुरी हुने र समग्र संयम दिने कायाकल्प तत्त्व गुण निर्मित छ।
उदाहरणको लागि कृषक जनक कृषि कर्ममा लिन रहेर हलो जोत्दै गर्दा सितालाई प्राप्त गरे। सिता कृषि सम्पदामा पालन पोषण भएकी जनक पुत्री रहिन। सीतालाई पुत्रीको रूपमा स्वीकार गरे पछि कृषक जनक ज्ञानी मात्र बनेनन् । राजा जनक हुने सौभाग्यको उनलाई प्राप्ति भयो। राम ऋषिहरूको सङ्गत र संरक्षणमा हुर्के बढेका ऋषि सम्पदाका मानव थिए। सीताको प्राप्ति पछि वनवास मिलेका राजकुमार राम वनवास वाट आफ्नो राज्यमा फर्कँदा मर्यादा पुरुषोत्तम भएर फर्किए।
सूर्य वंशी अर्थात् सूर्यको किरण भर्गो ज्योति को शक्ति वा ज्ञानको प्रतिनिधित्व गर्ने ऋषि कुलका शक्तिको रूप हुन् राम। प्रकृतिको उर्वरताको शक्ति रुपी धर्ती पुत्री हुन् कृषि सम्पदाकी सीता। सीताको राम सँगको मिलनले उर्वर ऋषि-कृषि संरचनाको प्राकृतिक शक्तिको निर्माण गर्यो।
प्रकृतिको नियति अनुरुप उर्वर ऋषि-कृषि सीता-राम प्रकृति शक्ति संरचना समेत वायु शक्ति विना प्रभावकारी व्यवहारिक उत्पादकत्व दिन सक्षम थिएन। ऋषि कृषिको पूर्वाधार वाट व्यवहारिक उत्पादन लिन ऋषि कृषि मैत्री शक्ति आकाशमा भर्गो ज्योति निर्मित सूर्य वंशी भनिने हावा अर्थात् वायु गुणको जरुरत बन्यो। त्यसको भूमिकाले पवन पुत्र हनुमानको जरुरत निम्त्यायो। हनुमानजीले त्यसको पूर्ति गर्नु भयो।
हाम्रो परम्पराले गाँजा लाई शिव बुटी किन भन्यो भन्ने बुझ्न रामायणको फरक फरक पात्रको औचित्यको प्रसङ्ग बुझ्न जरुरी छ। उग्रता रुपी शिव तत्त्व, शालीनता रुपी पार्वती तत्त्व, उग्रता र शालीनताको बिचमा संयोजन गर्न सहयोग गर्ने विष्णु तत्त्व - माता सीताको भूमिका जोडिएका राम अर्थात् सिताराम तत्त्व उर्बर भूमिको प्रतिक हो। जसलाई त्यसमाथि सदैब हनुमान तत्वको अंशको जरुरत हुन्छ।
मानबमा हनुमान तत्वको अंशले मानबियताको निर्माण गर्दछ। त्यसको मर्म बुझेर प्रकृतिको उर्वरता लाइ व्यवहारिक बनाउन प्राणीमा सबै भन्दा उत्कृष्ट चेतना दिएर पृथ्वीमा मानवको सृष्टि गरिएको हो।
मानव जीवनको उद्देश्य आफ्नो मानवता पहिचान गरी प्रकृतिको ऋषि-कृषि मैत्री सिताराम उर्वरतालाई हनुमान शक्तिको भूमिका थपेर प्रभावकारी व्यवहारिक उत्पादकत्व दिएर संसारलाई सम्पूर्ण चराचरहरू सह-अस्तित्वमा जिउन योग्य बनाउनु भनी तोकिएको हो।
मानिसमा मानवता तत्त्व निर्माण गर्न मानिसले पहिले आफूमा अहिंसा संस्कृतिको विकास गर्नु पर्दछ। त्यस माथि असल मानव आचरण विकासको लागि उसले नियमित मानवता मैत्री आहार-विहार र कर्मको अभ्यास गर्नु पर्दछ। त्यसले विकास गर्ने अन्तर्मनको सकारात्मकता मानवमा मानवीयता शक्ति निर्माण गर्ने तागतको पूर्वाधार निर्माण गर्न सहयोगी बन्दछ। त्यसको लागि मानिसलाई आफ्नो भौतिक शरीरको एक उत्कृष्ट प्रणालीको रूपमा रहेको इन्डोक्यानाबिनोइड प्रणालीको जरुरत पर्दछ।
इन्डोक्यानाबिनोइड प्रणाली मानिसको शरीर भर फैलिएर रहेको सम्पूर्ण दिमागलाई सन्तुलित गर्ने भूमिका लिएर स्थापित रहेको प्रणाली हो। मानव दिमाग (भौतिक पक्ष, त्यसमा रहेको स्मरण र बुद्धि) र इन्डोक्यानाबिनोइड प्रणाली मिलेर मानव मस्तिष्क निर्मित छ। मस्तिष्कमा निर्मित हुने नियत गत सकारात्मकता र नियत गत नकारात्मकता बिचमा इन्डोक्यानाबिनोइड प्रणालीले शिवको तेस्रो नेत्र भनिने पिनियल ग्ल्याण्ड प्रभाव क्षेत्र केन्द्रित मस्तिष्क सन्तुलन निर्माण गर्ने भूमिका खेल्दछ।
मस्तिष्क लाई सन्तुलित मस्तिष्क बनाउने हदको सन्तुलन निर्माण गर्न इन्डोक्यानाबिनोइड प्रणाली तपाइलाई सञ्चालन गर्ने दिमागलाई सञ्चालन गर्ने मानव चेतनाको अन्तिम भौतिक कडी हो।
यसलाई प्रष्टता दिने गरी भन्दा तपाइको अनुभूतिमा नकारात्मकता पछि आउने शून्य र सकारात्मक तिर वाट आउने शून्यको बिचमा अवस्थित रहने एक बिन्दु जहाँ चित्तले सदैव सत्यता र आनन्दको अनुभूति गर्छ त्यो बिन्दुमा तपाइलाई लैजाने र मानवको मानवताको गुण बारे अनुभूति गराउने काम इन्डोक्यानाबिनोइड प्रणालीको हो।
विज्ञानले आनन्दमाईड भन्ने त्यो अवस्था भनेको वैदिक ज्ञानले दिने आकाश तत्त्व निर्मित सच्चिदानन्द रुपी बिन्दु केन्द्रित अनुभूति नै हो। त्यसको विकासको लागि मानिसलाई योग, पूजा, आराधना र एकाग्रताको शक्ति निर्माण गर्ने ध्यान वा मेडिटेसनको जरुरत पर्दछ। जुन हाम्रो लागि हाम्रो शरीरले आफै निर्माण गर्दछ। त्यसमा कुनै कमी भएमा त्यसलाई गाँजा निर्मित खाद्य र ओखती मार्फत पूर्ति गर्न सम्भव हुन्छ।
गाँजा कानुनी हुन वाट रोक्ने प्रपञ्च !
नेपालमा गाँजा लाई कानुनी मान्यता दिन वाट जसरी पनि रोक्न र सामाजिक लबीईङ्ग गर्न फरक फरक समुह हात धोएर लागेको छ । रक्सी र ड्रग आदिको कुलतमा लागेका मानिसहरूको पुनर्स्थापना केन्द्र सञ्चालन गर्ने प्रहरीका पूर्व अधिकारीहरू तथा गाँजा माफिया समेतको सञ्जाल निर्देशित रहेको शक्ति यो भूमिकामा रहेको अनुमान गरिन्छ। नेपाल प्रहरीका पूर्व अधिकारीहरू लाई यसो गर्न किन जरुरी पर्यो भन्ने कुराको खोजी नीति गर्दा त्यसले अर्को डरलाग्दो पाटो उजागर गरिदिन्छ।
श्रोतका अनुसार हाल नेपालका निकै चलेको भनिएका रक्सी तथा ड्रगको कुलतमा परेकाहरूको लागि भनी स्थापित पुनर्स्थापना केन्द्रहरू पुलिसका पूर्व भ्रष्ट अधिकारीहरूको कालो आम्दानी घुमाएर लगानी भएको छ। सिधै हेर्दा उनीहरू त्यसमा १ -२ पूर्व प्रहरी अधिकारीको मात्र त्यसमा प्रत्यक्ष सहभागिता देखिन्छ। तर ती अड्डाहरूको मुख्य १३ जना समूहको मूल लगानी कर्ताको रूपमा त्यसबाट मुनाफा लिनेमा तिनै छन् जसको वर्तमान पुलिस प्रशासन संग समेत अत्यन्त मैत्री र घनिष्ठ सम्बन्ध छ।
प्राप्त सूचना अनुसार पुनर्स्थापना केन्द्रहरूमा लगानी गर्ने पुलिसका पूर्व अधिकारीहरूले गरेको खोजको निचोड अनुरूप गाँजाको गैर-अपराधीकरण भएको मुलुक र गाँजा वैधानिक गरिएको मुलुकमा उनीहरूले हाल चलाए जस्तो अमानवीय रक्सी तथा ड्रगको कुलतमा परेकाहरूको लागि पुनर्स्थापना गर्ने भनी स्थापित केन्द्र गाँजाका कारण बन्द भएको भेटेको थियो।
उनीहरूको बुझाइमा नेपालका पुलिसको अप्रत्यक्ष संरक्षणमा फगत दाम कमाउने ध्याउन्नमा खोलिएका उनीहरूको पुनर्स्थापना केन्द्रको नेपालमा गाँजा कानुनी गरियोस् वा गैर अपराधीकरण गरियोस् सदैवको लागि बन्द गरिदिने निश्चित रहेकोले उनीहरूको नीद हराम स्वाभाविक देखिन्छ।
पुनर्स्थापना केन्द्रहरूमा लगानी गर्ने ती अधिकारीहरुको आन्तरिक अनुसन्धान पश्चातको गोप्य अनुमान अनुरूप नेपालमा गाँजा कानुनी गरिएमा उनीहरूको व्यवसाय दुई वर्ष भित्र बन्द हुने छ। केवल गैर-अपराधीकरण मात्र गरिए तिनीहरूको व्यवसाय पाँच वर्ष भित्र बन्द हुने निचोड रहेको सूत्रको दाबी छ।
हुन पनि गाँजा कानुनी वा गैर-अपराधीकरण गरिएका मुलुकको अनुभव तथा गाँजा सेवनले दिने प्रभाव वारेको वैज्ञानिक निचोडको सार अनुप समेत लाई ध्यानमा राख्दा मुलुकमा गाँजा कानुनी रूपमा उपलब्ध भएमा रक्सी तथा ड्रगको कुलतमा लागि आफू बिग्रिएको अनुभूति भएकाहरू गाँजा पिउने गर्दछन्। गाँजाको रक्सी, सुर्ती र अन्य हानिकारक लागु पदार्थको जस्तो जीवन जोखिममा पार्ने कुनै पनि बैगुन नदेखिएको र मात्र एक टिएचसीको नियन्त्रण सकिने प्रकृतिको हेलोसिनेसिङ्ग प्रकृतिको बैगुन हुने हुँदा गाँजाले रक्सी र ड्रगको कुलतमा फसेकाहरू लाई कुलत वाट उम्कने विकल्प दिने गर्दछ।
मुलुकमा पुलिसको केरकार विना गाँजा पिउन सक्ने कानुनी व्यवस्था हुँदा बिरामीको लागि गाँजा सहज उपलब्ध हुने छ। उनीहरूले चिया पिए जस्तो निर्धक्क ओखतीको रूपमा गाँजा सेवन गर्न पाउने छन्। रक्सी तथा ड्रगको दुर्व्यसनमा फसेकाहरू पुन नरकीय जीवन जिउनु पर्ने पूर्व प्रहरी हरुको पुनर्स्थापना केन्द्रहरूमा फर्कनु पर्ने स्थिति रहने छैन।
त्यसो त भित्री रूपमा गाँजा कानुनी गर्ने काममा लागेको टिम लाई धन र पावरको बलमा डिफङ्गक गर्ने मिसनका गिरोहका दुई चार प्रतिनिधि सामाजिक रूपमा गाँजा लिगल गर्न नहुने बासी तर्क गर्दै हिँड्ने गरेको भेटिन्छ। उनीहरूको तर्कमा एकातर्फ नेपाल स्वायत्त नरहेको र युएनको निर्देशन बाहिर चल्न नसक्ने गुलाम राज्यको रूपमा रहेको राष्ट्र द्रोही अवधारणा स्थापित गर्दै मुलुक लुट्ने स्वार्थ सोझ्याउने गर्दछन्। उनीहरूको तर्क वाट हरेक समयमा नेपाल कुनै स्वायत्त मुलुक हैन र स्वायत्त मुलुकको रूपमा यसले आफ्नो जना हितमा केही गर्न सक्दैन भन्ने कुरा लादने कुरा आउँछ।
दोस्रो उनीहरू बलियो मुलुकले मात्र हो आफ्नो अधिकार खोज्ने भन्ने जस्ता तर्क अघि सार्ने गर्दछन्। तेस्रो अमेरिका, क्यानडा, उरुग्वे, थाईलेण्ड जस्तो सफल मोडल र अनुभव हेर्नु हुन्न भन्दछन्। नेपालको उत्पादनको प्रतिस्पर्धी भारत संग सोध्न जाऊ भन्ने तर्क दिन्छन्। जबकि भारतमा हाल कहिल्यै औषधीय उपयोगको लागि गाँजा नेपालमा जस्तो प्रतिबन्ध छैन।
अर्को तर्फ उनीहरू नेपालमा ओखतीको रूपमा हाल कै कानुनले पनि काम गर्न दिने ओठे तर्क दिने र गाँजा खोलेमा पुलिस अन्तर्गत राखी मात्र खोल्नु पर्ने गलत सल्लाह दिएर सुरुवातमै यो कार्यक्रम विफल गर्ने नियतले झेली कुरा गरी रहेका हुन्छन्।
सरल भाषामा बताउन खोज्दा नेपालमा हाल गाँजाको सेवन गैर कानुनी छ। त्यति हुँदा हुँदै पनि शिव रात्रिमा र गाउँ तिर चौतारोमा बसेर गाँजा तान्दा त्यो काम कानुनी रूपमा अपराध पूर्ण भए पनि राज्यले नरम नीति लिएर कसै लाई थुन छेक गर्ने वा जरिवाना गर्ने गर्दैन। त्यो गैर अपराधीकरण गरिएको अवस्था हो।
संसारका केही देशहरूमा गाँजा वैधानिक छ भने कुनै देशमा गैर अपराधीकरण गरिएको छ। उदाहरणको लागि क्यानडामा गाँजा चिकित्सा र मनोरञ्जनको लागि राष्ट्रव्यापी प्रयोगको लागि वैध छ। उरुग्वेमा समेत गाँजा लाई पूर्ण रूपमा वैधानिक गरिएको छ, खेती, बिक्री र उपभोगको लागि सबै अनुमति दिइएको छ। क्यानडा र उरुग्वे गाँजालाई पूर्ण रूपमा वैधानिक गरिएको खेती, बिक्री र उपभोगको लागि अनुमति दिइएको मुलुक हो। दक्षिण अफ्रिकामा भने निजी आवास तथा भवन वा खेत बारीमा हुने गाँजाको व्यक्तिगत खेती र प्रयोग लाई गैर-अपराधीकरण गरिएको छ।
पूर्ण वा आंशिक रूपमा गाँजालाई कानुनी रूपमै औषधीय प्रयोजन वा मनोरञ्जन वा दुवैको लागि अनुमति दिई वैधानिक गरिएको खेती, बिक्री र उपभोगको लागि उपलब्ध अवसर लाई गाँजा खेती कानुनी भएको भनिएको हो।
नेपालमा गाँजा लाई कानुनी गर्ने आवाज मजबुत बन्दै जाँदा नजानिँदो पारामा यसको प्रतिकारमा उभिएका पुरा नेपाल प्रहरीका शासकहरू संग रक्सी माफिया, फर्मा माफिया, सुर्ती चुरोट माफिया आदिको समेत भित्री लगन गाँठो मिल्न पुगेको आभास पाइने गरेको छ। कारण गाँजा कानुनी हुँदा यी सबै क्षेत्रको आम्दानी उल्लेखनीय रूपमा घट्ने अन्य देशको अनुभवले देखाएको छ।
गाँजा खेतीको प्रतिकारमा उत्रेका रक्सी तथा लागु पदार्थको दुर्व्यसन हटाउन खोलिएका पुनर्स्थापना केन्द्रको केही बौद्धिक खेतालाको रूपमा देखा परेका गाँजा विज्ञको रूपमा मिडियामा देखिनेहरु अन्तिम हतियारको रूपमा कुनै मुलुकमा गाँजा लिगल भएको कतै मात्र गैर अपराधीकरण गरिएको भन्ने तर्फ दिँदै गाँजा लिगल हुनु र गाँजा लाई गैर अपराधीकरण गरिनु वारेको शब्दको अर्थ बिच खेलेर जनता लाई थप भ्रम दिन प्रयास रत देखिन्छन्।
सबै भन्दा अचम्मको पक्ष त तिनीहरू एउटा पनि गाँजाको ओखती, खाना, मनोरञ्जन, हानि, जोखिम र खेती जस्ता विषयको न त अध्ययन, न अनुभव, न सूचना न कुनै तालिम भएको एउटा पनि विज्ञ र जानकार नरहेको नेपाल सरकारका मन्त्री हरुको कार्यकर्ता थन्क्याउने केन्द्रको रूपमा सीमित भएको नीति अनुसन्धान आयोगको रद्दीको टोकरीमा फाल्न लायक रिपोर्टमा आधारित भएर गाँजा सम्बन्धको नियम कानुन र नियम व्यवस्था गर्ने अग्रसर हुन सल्लाह दिने गर्दछन्।
नेपालको आजको यथार्थमा नेपालमा गाँजा खेती अघि बढ्न नदिन प्रतिपक्षमा रहेका ठुला र प्रभावशाली भनिएका दल समेत बनी नसकेका क्लब रुपी सङ्गठनको उच्च नेतृत्व लागि परेको देखिन्छ।
नेपालमा गाँजा खेती कानुनी नगर्नु ले नेपालको उन्नति रोकिने अवस्थामा रहेकोले सीमित जुँघाको लडाइँमा रहेको ती दल र तिनै दलमा रहेका हिजोको गाँजा कै अभियन्ता भनिएकाहरू समेत यसलाई रोक्ने खेलमा भित्र भित्र लागे पनि गाँजाले नेपालमा कानुनी हैसियत पाउने अवस्था वाट रोक्न कुनै तागतले नसक्ने परिस्थिति निर्माण भएको छ।
गाँजा माफियाहरूकै मुठ्ठीमा: नेताको भोट
लिने मात्र दाऊ !
तपाईं मान्नुस् नमान्नुस् आजको दिनमा घोषित रूपमा गाँजा र भाङ
तर अघोषित रूपमा नेपाली रैथाने सिप, ज्ञान र प्रविधि तथा नेपालका सम्पूर्ण
रैथाने जडीबुटीहरू आधारित सबै प्रकारका कमर्सियल उत्पादन र औद्योगिकीकरणको विकल्प घुमाएर
कानुनी व्यवस्था गरी आजको दिनसम्म प्रतिबन्ध रहेको मुलुक हो नेपाल ।
पृथ्वीको एक चमत्कारी बोट जसको सामान्य डोरी,
कपडा,
कङ्क्रिट,
औषधि र मनोरञ्जनका
खाद्य सामाग्री लगायतका २५,००० भन्दा बढी प्रयोगहरू छन्। एउटा विरुवा
जुन अत्यन्त छिटो हलक्क बढ्छ। त्यसको जरा जमिनको सीमित गहिराइसम्म पुग्दछ। बाहिर वातावरणबाट
टनका टन कार्बन डाईअक्साइड खिचेर त्यसको सदुपयोगबाट जमिन मुनिको फोहरमा रहेका प्रदूषक
धातुहरू निर्मलीकरण गरी आकाश र जमिन दुवैलाई एकै पटक सफा गर्दछ। सम्पूर्ण प्राणी मात्रको
जीवनयापनको लागि आकाश र जमिनको वातावरणको सुद्ध करण गरिदिन्छ। विश्वमै पहिलो चोटि नेपाली
भूमिमा भेटिएको हेर्दा सामान्य लाग्ने तर एक चमत्कारी विरुवा कुन होला भनी अनुमान गर्न
समेत तपाईँलाई गाह्रो हुन सक्छ। कसैले त्यसको नाम बताईदिँदा समेत तपाईँलाई पत्याउन
गाह्रो पर्ने छ। यथार्थमा उक्त चमत्कारी बिरुवा तपाई हाम्रोमा शिव बुटी भनेर चिनिने
गाँजा वा भाङ वा विजया हो।
गाँजा वा भाङ वा विजयाको अत्यन्त धेरै गुणमा मात्र एउटा गाँजाको
नसा दिने शिव तत्त्व वा टिएचसी र त्यसका समकक्षी तत्त्व धेरै खाएमा लागु हुने बैगुनलाई
पक्डेर अमेरिकीहरूले नियत बस संसार भर खलनायकको रूपमा प्रस्तुत गरे। हामीले समेत एक
दिगो ग्रामीण अर्थ व्यवस्था निर्मित भएको, गाँजा वा भाङ आधारित हाम्रो समाजको
भविष्यलाई तिलाञ्जलि दिएर अमेरिकीहरू कै लहैलहैमा लागेर गाँजा वा भाङलाई औषधीय प्रयोजनमा
समेत प्रतिबन्ध गर्ने निर्णय लिएका थियौँ ।
हामी हाम्रो अत्यन्त गुणी गाँजा र भाङ बारीमा सड्न दिने र हाम्रा
उच्च पदमा आसीनहरूले मुलुक भित्र स्लो-पोइजन रुपी सेन्थेटिक ओखती र सप्लिमेन्ट बेच्न
खुला एकाधिकार बजार उपलब्ध गरिदिए बापत तिनै सामग्री मुलुक भित्र पुर्याउने माफिया
वर्गबाट ठुलो कमिसन प्राप्त हुने बजार संरचना नै तैयार गरी जनतालाई रोगको घरको रूपमा
रहेको आयातित सेन्थेटिक ओखती, टनिक र हिलिङ्ग खाद्य खान पर्ने वाद्यकारी
अवस्थामा धकेली दियौं ।
हाम्रो मुलुक सञ्चालनको मोडल माफिया खुसी पार्ने,
माफियाको
प्रभावमा रहेको सञ्चार मध्यमबाट आफूलाई महान् मानिसको रूपमा प्रस्तुत गरी वाहवाही कमाउने,
माफिया वर्गकै
लगानीले पार्टी र संसद्को चुनाव जित्ने, राजनीतिक पार्टीको उच्च पद हत्याउने,
मुलुकको मन्त्री
र प्रधानमन्त्री पड्काउने, माफियाकै अनुकूल हुने गरी सम्पूर्ण प्रशासन
यन्त्रमा प्रशासक र नीति निर्माताको नियुक्ति गरिदिने र मुलुक सदाको लागि तिनै माफियाको
एकाधिकार बजार बन्ने ग्यारेन्टी गरिदिने नियतमा हाम्रो विगतका धेरै वर्षहरू बिते ।
आज पनि त्यो क्रम सुचारु छ।
हाम्रा छिमेक
भारत र चीनले समेत औषधीय प्रयोजनका बाहेक मनोरञ्जन र नसाको लागि मात्र गाँजाको अनियन्त्रित
उत्पादन र बिक्री रोक्ने भनी संयुक्त राष्ट्र सङ्घसँग प्रतिबद्धता गर्दै गर्दा हामीले
भने थप क्रान्तिकारी बनेर औषधीय लगायतका सम्पूर्ण प्रयोजनमा गाँजा र भाँगको प्रतिबन्ध
लगाउने घोषणा गरायौँ। तत्कालीन समयको आर्थिक बेन्चमार्कमा नेपाल संसारको विकास उन्मुख
मुलुक मध्येको मुलुक थियो। नेपालको रैथाने सिप, वनस्पति र प्रविधि नेपाली माटो सुहाउँदो
हुने भएकाले त्यसले मुलुकलाई छिटै आत्मनिर्भर गरी संसारसँग आफूलाई प्रतिस्पर्धी गर्न
सक्दथ्यो।
हाम्रा स्थानीय
जडीबुटी, रैथाने सिप,
ज्ञान र सामाजिक
सह अस्तित्व स्वीकार गरी जीवनयापन गर्ने सामाजिक चरित्र हाम्रो मुलुकलाई निकै चाँडो
धनी मुलुक हुन वाट कसैले रोक्न सक्ने अवस्थामा थिएन। हाम्रो मुलुक विकसित हुँदा यो
क्षेत्र विदेशी उत्पादनको एकाधिकार बजार बन्ने, बिदेसी चलखेलको हनिमुन स्थल हुन
असम्भव बन्दै थियो। त्यसै क्रममा गाँजाको प्रतिबन्ध गर्ने हाम्रो निर्णय कार्यान्वयन
गर्ने क्रममा हामी गाँजा र भाङमा मात्र सीमित भएर बसेनौँ।
हामीले राता रात स्थानीय र केन्द्रीय तहमा विभिन्न ऐन, नियम, कानुन, नियमावली, आदेश र अदालती निर्णयहरू तीव्र रफ्तारमा बनायौँ । रुल अफ ल को सिद्धान्त अनुरूप तिनीहरू एक आपसमा हार्मोनि रहेको, नबाझिने र एउटा अर्कोमा बाझिएमा माथिल्लो तहको कानुनी व्यवस्थाको परिकल्पना स्थापित हुने हुनु पर्दथ्यो। तर हामीले विभिन्न तहको कानुनमा अनिवार्य हुनुपर्ने हार्मोनिलाई नियत बस विच्छेद गरिदियौं ।
वनको नियमावलीलाई कृषिले नचिन्ने, स्थानीय तहको नियम कानुनलाई माथिल्लो तहले नचिन्ने र एउटा क्षेत्रमा जुन नियम र कानुनी व्यवस्था भएको छ त्यसलाई अर्को क्षत्रसँग जोडिने कुनै धारा वा क्लज वा अन्य व्यवस्था समेत गरेनौँ । जुन ठुलो ग्राण्ड डिजाइन अन्तर्गत आएको थियो।
यी सबै प्रकारको गतिविधिको पछाडि मात्र एक उद्देश्य थियो। निहुँ गाँजा र भाङ प्रतिबन्ध गर्ने तर यथार्थ नेपालको समृद्धि दिने सम्पूर्ण सात हजार वनस्पतिहरूको क्षमता पहिचान गरी औद्योगिकीकरणमा जानबाट फरक फरक नियम कानुनको फरक फरक व्यवस्थाबाट जटिल बनाउँदै असम्भव प्राय: पारी दिने। मुलुकमा उपयोग नभएको वा कम मात्र उपयोग भएको बन र प्रति जग्गाको नाममा रहेको झन्डै ७० प्रतिशत भूभाग लाई नेपालको उन्नतिको लागि कहिल्यै उपयोग हुन नसक्ने गरी हरियो मरुभूमिमा परिणत गरिदिने।
माफियाहरूको मात्र हितमा रहने गरी मुलुकलाई माफियाहरूकै मुठ्ठीमा
दूरगामी रूपमा राख्ने ग्राण्ड डिजाइन अन्तर्गत बुनिएको कानुनी र सामाजिक राज्य व्यवस्थालाई
हाम्रा आफ्नै शासकहरूले उत्प्रेरकको रूपमा मात्र नभएर कारिन्दा बनेर राता रात सम्पन्न
गरिदिए। हामी आजको मितिबाट नजानिएको कति हजार वर्षसम्मको लागि नियत बस कायम रहेको भूमिगत
गिरोहको ग्राण्ड डिजाइन अन्तर्गतको कानुनी, सामाजिक र राजनीतिक व्यवस्थाको चपेटामा
परेर आफ्नो सम्पत्ति, साधन र श्रोत आफ्नै लाई उपयोग गर्न नसक्ने र अर्काको संसारको
सबै बजारहरूले प्राय प्रवेश नदिने हालतमा पुगेपछिको सर सामान र कसैले नलिने मिति सकिएको
प्रविधि र ज्ञानको एकाधिकार बजार बन्नु पर्ने हो त्यसको यकिन हुन सक्ने स्थिति छैन।
गाँजा ऐन ल्याउन अनुरोध पत्र।
नेपाल सरकार, नेपाल।
महोदय,
नेपाल को आर्थिक स्तर बढाउन, जलवायु तथा वातावरणमा बिग्रिएको सन्तुलनले दैनिक उजाड बन्दै गएको चुरे लगायतका पहाडको संरक्षण गर्दै ग्रिन हाउस ग्यास उत्सर्जन घटाई नेपाल मुलुक आफूले आफ्नो तर्फ वाट गर्नुपर्ने वातावरण संरक्षणमा भूमिका खेल्न कडी बन्ने निश्चित भएको गाँजा गाँजा खेती तथा व्यवसायलाई नेपालमा गैर अपराधीकरण गरौँ भन्ने अभियान बारे संसार भर छरिएर रहेका म जस्ता धेरै नेपालीहरूको सूचनामा छ।
गाँजा खेती र व्यवसायलाई नियन्त्रित नियमन मार्फत गैर अपराधीकरण गर्दा गाँजामा हुने गरेको तस्करी नियन्त्रण हुने, उमेर नपुगेका बच्चाहरूको हातमा नशालु प्रकृतिको गाँजा पुग्न वाट रोकिने, मुलुकको आर्थिक अवस्था सुधार्न सकिने, समाजमा रहेको विकृति घटाउन सकिने, गाँजाको सार तत्त्वको औषधीय मूल्य मार्फत सस्तोमा प्राकृतिक ओखतीको मुलुक भर सहज गर्न सकिने, गाँजा भाँग र हेम्पमा आधारित हजारौँ व्यवसाय सञ्चालन गरी ग्रामीण स्तरमा अर्थको प्रवाह गर्न सकिने, नियन्त्रणमा खेर गएको अनावश्यक खर्च कटौती हुने, दैनिक खुरिखन्ड हुँदै गएको चुरे तथा पहाडलाई गाँजा खेती मार्फत संरक्षण गर्न सकिने र हालको मुलुकको ग्रिन हाउस ग्यास उत्सर्जन उल्लेखनीय रूपमा सामान्य कृषि मार्फत घटाउन सकिने कुरा सँगै म राम्रो सँगै परिचित छु। क्यानडा सरकारले केही वर्ष अघि वाट गाँजाको व्यवस्थित खेती र व्यवसाय गैर-अपराधीकरण गरी गाँजाको उत्पादन, बिक्री वितरण र कारोबारले दिएको नतिजा नजिक वाट नियाल्ने मौका मिल्दा ती कुराहरू नेपालको लागि कति जरुरी र व्यवहारिक र अनिवार्य रहेछ भन्ने बारे मैले गहिरो अनुभूति समेत गरेको छु।
मेरो अनुभवले आज नेपालमा गाँजा खेती र व्यवसायलाई नियन्त्रित नियमन मार्फत गैर अपराधीकरण गर्ने ऐन तुरुन्त जारी गरी गाँजा खेती सुरु गर्न निकै ढिला भई सकेको अनुभूति गर्दछ। गाँजा खेती र व्यवसायलाई नेपाल र नेपाली समाजको उन्नतिको लाई अत्यन्त आवश्यक समेत छ। यसै नेपालका केहि संसदले मिति २०७६-११-१९ मा संसदमा (दर्ता नं ४) गाँजा खेती लाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक २०७६ प्रस्तुत (अधिवेशन ०५) गरी दर्ता गरेका थिए। उक्त विधेयकको नियत र उद्देश्य जति पवित्र भए पनि त्यसमा धेरै मुलभूत संशोधनको जरुरी छ। आधारभूत संशोधनका जरुरतका बुँदाहरू दफावार रूपमा यहाँ छ। काम गर्न भन्दा पनि हल्ला गर्ने नियतमा उक्त समयमा हतार हतार विधेयक बनाएर संसद्मा दर्ता गर्ने क्रममा पूर्ण रूपमा गरिनु पर्ने जति तैयारी गर्न नसक्नु सो हुनुको कारक बनेको प्रष्ट छ।
माननीय नेपाल सरकारका मन्त्री जी !
म नेपालको हालको समसामयिक अवस्था बारे राम्रै जनाकारी राख्दछु। प्राविधिक तथा वैज्ञानिकको हैसियतमा क्यानडामा गाँजाको गैर अपराधीकरण गर्ने क्रममा भएका गतिविधिहरू निकै नजिक वाट हेर्ने मौका मिलेको र गाँजाको गैर अपराधीकरण भएपछि गैर अपराधीकरणको प्रभावको पुनरावलोकनको प्राप्त नतिजा समेतका आधारमा म मेरा केही केही कुरा यहाँमा निवेदन गर्न चाहन्छु ।
मैले निवेदन गर्न चाहेको दफावार संशोधनको जरुरतको बुँदाहरू यस प्रकार छ:
नेपालको संसद्मा हाल दर्ता रहेको गाँजा खेती लाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक २०७६ को नाम गाँजा ऐन २०७६ हुनु पर्दथ्यो। गाँजा व्यवसायको फराकिलो क्षेत्र ऐनले समेट्न सकोस्। विधेयकले विधेयकको पूर्ण आशय प्रस्ट बताउन सकिरहेको छैन। गाँजा अनुमति दिने इजाजत पत्रको प्रकृति र त्यसको कार्य क्षेत्रमा प्रस्टता आउन जरुरी छ। नेपालमा गाँजा, भाङ र हेम्पको तिन वर्ग छुट्टाउनु जरुरी छ। नसा दिने टिएचसी नहुने हेम्प र गाँजाको दाना वा भाङको गेडा बिना रोक तोक खेती तथा बिक्री वितरण खुल्ला गर्नु जरुरी छ। आज हाम्रा चुरे तथा पहाडी इलाका पैरो आदिले नष्ट गर्दै छ। त्यसको रोग थाम स्वरूप सरकारी अनुदान उपलब्ध गराई पहाडमा हेम्प खेती गर्न किसानहरु लाई प्रोत्साहित गर्नु जरुरी देखिन्छ।
नेपालमा नसा दिने टिएचसी कडा हुने प्रकृतिको गाँजा धेरै र राम्रो फल्ने गर्दछ। गाँजा र भाङको सम्बन्धमा, दस प्रतिशत पानी रहेको सुकेको गाँजाको सारतत्वमा एक प्रतिशत भन्दा धेरै टिएचसी हुने गाँजा प्रजातिको गाँजालाई गाँजा नामकरण गरी पूर्ण नियन्त्रित रूपमा गैर अपराधीकरण गरी व्यवसाय गर्ने वातावरण बनाउनु जरुरी छ। एक प्रतिशत भन्दा कम टिएचसी हुने गाँजालाई भाङमा वर्गीकरण गरी खेती र व्यवसाय लाई नियन्त्रित रूपमा खुल्ला गरिनु पर्दछ। नियन्त्रित खेती गर्न जरुरी देखिन्छ। गाँजा र भाँगको वर्गीकरणको लागि टिएचसीको प्रतिशत कार्य गर्दै जाँदा अनुभवको आधारमा तल माथि गर्न सकिने छ। गाँजा र भाङ दुवै एकै ऐन अन्तर्गत गैर अपराधीकरण गरी खेती, प्रशोधन र बिक्री वितरण लाई नियन्त्रित रूपमा खोल्नु पनि अनुपयुक्त भने हुने छैन।
मुलुकको आन्तरिक गाँजा खेती प्राविधिक व्यवस्थापन अन्तर्गत नेपाली नागरिक बाहेक अन्यलाई कुनै पनि सर्तमा गाँजाको खेती गर्ने कार्यमा अनुमति दिनु मुलुकको हितमा हुने छैन। प्रशोधन, अनुसन्धान एवं ज्ञान सिप र टेक्नोलोजी ट्रान्सफरमा भने स्वदेशी विदेशी सबैलाई अनुमति दिनु बुद्धिमानी हुने छ। अनुसन्धान एवं ज्ञान सिप र टेक्नोलोजी ट्रान्सफरमा विदेशी लगानी लाई औपचारिक रूपमै स्वागत गर्नु जरुरी हुने छ। प्रशोधन तथा औषधि वा हिलिङ्ग खाद्य निर्माण जस्ता उद्यम सञ्चालनमा संलग्न हुने नेपाली फर्ममा कम्तीमा चालिस प्रतिशत सेयर होल्डर नेपाली नागरिक हुनु पर्ने अनिवार्य कानुनी व्यवस्था गरिनु पर्दछ।
प्रस्तावित गाँजा बोर्डको कार्यकारी निर्देशक स्वस्थ सचिव र कृषिको सह-सचिव अन्तरगत काम गर्ने सदस्य सचिव रहनु पर्दछ। जिल्ला स्थित समिति भने सिडिओ र डिएसपीको नियन्त्रणमा राखिनु पर्दछ। बोर्ड चुस्त बनाउन बोर्डको सञ्चालन समितिको सदस्य पाँच - सात जना भन्दा धेरै हुनु अनुत्पादक हुने छ। विषय विज्ञ समेत तिन भन्दा धेरै स्थायी संरचनामा हुनुले कार्य चुस्तता घटाउने छ। आवश्यक पर्दा जति पनि विज्ञ सीमित समयको लागि बोर्ड आफैले करारमा लिन सक्ने हुँदा त्यसलाई बोर्डमा सीमित सङ्ख्यामा मात्र राख्नु व्यवहारिक हुने छ। गाँजा ऐन अन्तर्गत गाँजा नियमन तथा नियन्त्रण बोर्ड गठन गरी जिल्लामा गाँजा नियमन तथा नियन्त्रण समिति रहनु जरुरी हुन्छ।
जिल्ला स्थित गाँजा नियमन तथा नियन्त्रण समिति लाइ गाँजाको इजाजत पत्र दिने अधिकार दिनु हुदैन। सम्बन्धित जिल्लाको गाँजा कारोबारको लागि अनुमति माग गरी प्राप्त निवेदनहरू गाँजा नियमन तथा नियन्त्रण समिति मार्फत केन्द्रमा पुग्ने व्यवस्था हुनु पर्दछ। समितिले उक्त उद्यम सञ्चालन गर्न अनुमति दिन पूर्व पुरा गर्नुपर्ने पूर्वाधार पुगे नपुगेको हेरी प्राप्त विवरणको आधारमा विवरण सहित आफ्नो राय संलग्न गरी केन्द्रमा इजाजत दिनको लागि पठाउने व्यवस्था राख्नु वैज्ञानिक हुने छ। गाँजा नियमन तथा नियन्त्रण बोर्ड अन्तर्गत कार्यकारी नियमनमा संलग्न नहुने रजिस्ट्रारको व्यवस्था गर्नु उपयुक्त हुन्छ। गाँजा कारोबारको लागि अनुमति माग भएका रित पुगेका निवेदनहरूलाई बिना विलम्ब आवश्यक कारबाही अघि बढाई इजाजत पत्र दिने काम रजिस्ट्रार लाई सुम्पिनु पर्दछ।
गाँजा नियमन तथा नियन्त्रण बोर्ड आफै नियम कारी निकाय रहेकाले गाँजा कारोबारमा बोर्ड आफै लाग्नु प्राकृतिक नियम विपरीत तानशाह प्रवृत्ति हुने छ। सरकार आफै व्यवसायमा वा कारोबारमा लाग्नु खुला बजार अर्थ व्यवस्था समेतको विरुद्ध हुने छ। त्यसले जन्माउने दुर्गुणको अन्तिम मार किसानले भोग्नु पर्ने छ। त्यस्तो प्रावधानले नेपाल गाँजा खेती वाट फाइदा लिन नसक्ने स्थितिमा पुग्ने निश्चित छ। यसले गाँजा खेतीको भ्रष्ट करण गराउने छ।
गाँजाको व्यवस्थित र नियन्त्रित कारोबारको लागि तुरुन्त बजार व्यवस्थापन लाई ध्यानमा राखी नियमावली तथा निर्देशिकाहरू बनाएर जारी गर्नु पर्ने छ। उक्त नियमावली अन्तर्गत चुरोट, रक्सी र गाँजा आदिको नियन्त्रित बजार संयन्त्र विकास हुने गरी आउँदा हाल अनियन्त्रित रहेको अन्य लागु पदार्थ समेत यही मौकामा नियन्त्रित बजार प्रणाली अन्तर गत ल्याउने अवसर मुलुक लाई हुने छ। हरेक लागु पदार्थहरूको सम्बन्धको फरक फरक निर्देशिकाहरू बनाएर नियमन र नियन्त्रण गर्न सकिने छ।
उमेर पुगेको नेपाली नागरिकले गर्ने कारोबारमा महिला वा पुरुष भनी लैङ्गिक भिन्नता राख्नु दुर्भाग्य पूर्ण हुने छ। रोगी, दोजिया वा बालबालिकाहरूको डाक्टरको सिफारिसमा गाँजा जन्य ओखतीमा पहुँच अनिवार्य छ। यथार्थमा तिनै समूहमा व्याप्त विभिन्न रोगको अन्य निदान अभाव हुँदा गाँजा एक प्रभावकारी उपाय बनेको समेत कारण वाट आज संसार भर गाँजा औषधीय रूपमा स्वीकृत बनेको हो।
हालको नेपालको मिलीजुली सरकार र त्यसको आफ्नै कानुनी र व्यवहारिक समस्याको कारण गाँजा ऐन सरकारको नियमित गति अनुरूप बनाएर लागु गर्ने प्रक्रिया समयको हिसाबमा नेपालको लागि अत्यन्त प्रतिकुल हुने देखिन्छ। मन्त्री जी लाई अवगत नै छ, हरेक उत्कृष्ट उत्पादन समयमै बजारमा नपुग्दा त्यसले पछि बजार पाउने अत्यन्त न्यून सम्भावना रहन्छ। विश्व बजारमा नेपालको रैथाने गाँजाको गुणस्तर समयमा पुर्याउन नसक्दा भविष्यमा नेपालले यो अवसर सदैवको लागि गुमाउन पुग्ने छ। यो सन्दर्भमा नेपालमा अत्यन्त छिटो आजको केही महिना भित्रनै गाँजा व्यवसाय गैर अपराधीकरण गर्न नसक्दा नेपाली गाँजा सदैवको लागि विश्व बजारमा आफ्नो पहुँच स्थापना गर्ने मौका चुकाउने परिस्थितिको विकास हुँदै छ।
यसलाई तुरुन्तै फास्ट ट्र्याक वाट लागु गरी नेपालको अवसर गुम्न नदिनु एक इमानदार, मुलुकको विकासको लागि आफ्नो सम्पूर्ण तन, मन, धन सबै लगाएको तपाईँ विरोध खतिवडाको काँधमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विभागीय मन्त्रीको रूपमा अत्यन्त महत्त्व पूर्ण मौकामा हिरा फोर्ने जिम्मेवारी आएको छ। तसर्थ तिहार लगतै तुरुन्तै अध्यादेश मार्फत संसद्मा दर्ता रहेको गाँजा खेती लाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक २०७६ लाई संशोधन गरी यहाँ प्रस्तुत गरिएको सल्लाह सुझाव लाई समेत मनन गरी मुलुक र नेपाली जनता प्रतिको तपाइको जिम्मेवारी पुरा गर्न गाँजा ऐन २०२१ सम्बन्धी अध्यादेश लागु गर्न यो खुल्ला पत्र प्रेषित गरेको छु। जय होस।
मिति: ६ नोभेम्बर २०२१।