गाँजा सङ्घीय र प्रदेश ऐन

संसद्मा प्रस्तुत गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक २०७६ मा  हुनुपर्ने न्यूनतम परिवर्तन:


प्रस्तावनाः औषधि निर्माण, वैज्ञानिक अनुसन्धान तथा यस्तै अन्य खाद्य, व्यवसायीक तथा औद्योगिक प्रयोजनको लागि समेत गुणस्तरिय गाँजा उपलब्ध गराउन नेपालमा गाँजा खेतिलाई खुल्ला गर्न तथा यसको माध्यमबाट कृषकको आर्थिक स्तर बढाउनको लागि गाँजा खेतिलाई नियमित तथा व्यवस्थित गर्ने र गाँजाको उत्पादन कानूनी गर्न तथा गाँजाको प्रशोधन, अनुसन्धान, बिक्रि वितरण, कारोबार तथा उपभोगलाई गैर अपराधीकरण गर्न कानूनी व्यवस्था गर्न वाञ्छनिय भएकाले, संघीय संसदले यो ऐन बनाएको छ।


परिच्छेद–१ प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भः

(१) यस ऐनको नाम “गाँजा खेती (व्यवस्थापन) ऐन, २०७६” “गाँजा ऐन, २०७६” रहेकोछ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।


२. परिभाषाः

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा:

(क) “अनुमतिपत्र”भन्नाले गाँजा खेति गर्न वा गाँजा विक्रि वितरण वा निकासी गर्नको लागि दफा ६ बमोजिम दिईएको अनुमतिपत्र सम्झनु पर्छ। अनुमति पत्र” भन्नाले  गाँजा ऐन, २०७६ अन्तर्गत, अनुसूची–२ मा उल्लेखित वर्गका इजाजत पत्र वा इजाजत पत्रहरूको समूह पर्दछ । जसले गाँजा र यसका सबै प्रजातिहरू हरेक वर्गको लागि निर्धारित गरिए अनुरुप नेपाल अधिराज्य भर तोकिएको गतिविधिहरू सञ्चालन गर्न पाउने गरी गाँजा व्यवसायमा संलग्न हुन नेपाल सरकारको औपचारिक अनुमति प्रदान गर्नेछ:

) खेतीको लागि इजाजत पत्र

) प्रशोधनको लागि इजाजत पत्र

) विश्लेषणात्मक परीक्षणको लागि इजाजत पत्र

) बिक्रीको लागि इजाजत पत्र (व्यापारिक प्रयोजनको लागि  स्थानीय खरिद-बिक्री)

) बिक्रीको लागि इजाजत पत्र (व्यापारिक प्रयोजनको लागि खरिद-बिक्री तथा आयात-निर्यात गर्ने )

) अनुसन्धानको लागि इजाजत पत्र

) गाँजाको आयुर्वेदिक टनिक, आयुर्वेदिक ओखती तथा लागू औषध इजाजत पत्र

८) गाँजाको अन्य प्रयोगको लाइसेन्स जस्तै: गाँजा औषधालय (फार्मेसी) सञ्चालन।

) गाँजाको एक भन्दा बढी बर्गमा पर्ने कार्य सञ्चालन।

हरेक प्रकृतिको इजाजत पत्र अन्तर्गत औपचारिक अनुमति प्रधान गरिने गतिविधिहरू अनुसूची–२ मा उल्लेख छ। 

(ख) “अनुमतिपत्र इजाजत प्राप्त व्यक्ति निकाय” भन्नाले दफा ६ बमोजिम गाँजा व्यवसाय संचालनको लागि औपचारिक अनुमति प्राप्त व्यक्ति, संस्था, व्यवसाय, उद्योग, सहकारी, साझेदारी संस्था, सरकारी वा गैर सरकारी निकाय आदि सम्झनु पर्छ।

(ग)  “उत्पादन” भन्नाले गाँजा खेति गरी तयार गर्ने, प्रशोधन गर्ने, प्याकिङ गर्ने वा लेबुल लगाउने प्रक्रिया वा सो सम्बन्धमा अपनाईने सम्पूर्ण वा कुनै प्रक्रिया सम्झनु पर्छ । गाँजा उत्पादन भनेको गाँजाको बीउ बाट बीउ सम्म; बीउबाट उपभोग योग्य पदार्थ निर्माण सम्मको गाँजाको खेती गर्ने, प्रशोधन गर्ने लगायतका सम्भव हुने सबै प्रकारका मूल्य अभिवृद्धिका कार्यहरू जनाउँदछ। यस अन्तर्गत सामान्यतः गाँजाको बिउँ तथा बोट बिरुवा व्यवस्थापन गर्ने, खेती गर्ने, फसल काट्ने, भण्डारण गर्ने, प्रशोधन गर्ने, ढुवानी गर्ने, बेबलिङ गर्ने, बिउँ तथा बेर्ना उत्पादन गर्ने र उत्पादित फसल तथा तिनका सार तत्त्वको मूल्य वृद्धि गरिने घरेलु, परम्परागत, आधुनिक वैज्ञानिक, सामाजिक तथा सांस्कृतिक मान्यताका गतिविधिहरू समेत पर्दछन्।

(घ) “कृषक तथा कृषक समुह” भन्नाले गाँजा खेति गर्न यस ऐन बमोजिम गाँजा उत्पादन अनुमति प्राप्त व्यक्ति व्यक्ति, संस्था, व्यवसाय, उद्योग, सहकारी, साझेदारी संस्था आदिको समुह  सम्झनु पर्छ । सो शब्दले गाँजा खेतीको लागि इजाजत पत्र खेती गर्न अनुमति प्राप्त कृषकहरुको समुह वा कृषि सहकारी समेतलाई जनाउँदछ ।

(ङ) “कार्यकारी निर्देशक” भन्नाले दफा १८ बमोजिम नियुक्त गाँजा नियमन तथा नियन्त्रण बोर्डको सदस्य सचिव तथा गाँजा नियमन तथा नियन्त्रण बोर्डको कार्यालयको अधिकार प्राप्त कार्यकारी निर्देशक सम्झनु पर्छ ।

(च) “गाँजा” भन्नाले गाँजाको बोटको सम्पूर्ण बोटको भाग जस्तै  पात, फूल, बिउ, जरा  वा फल सम्झनु पर्छ र सो शब्दले गाँजा जातको भाँग वा सिद्धको पात, फूल, बिउ वा फल, सङ्कलित सार तत्त्व, वासना, गन्ध आदि जनाउँदछ। वा गाँजाको बोटबाट प्राप्त गरिएको प्राकृतिक वा कृत्रिम रूपमा गाँजाको सार तत्त्वको उपयोग भई बनेको मह, रस,खोटो, लिस्सा, चोव वा गाँजाको निस्सार वा निष्कर्ष लाई समेत जनाउँदछ। र सम्भावित उत्पादनका गाँजा जन्य सामग्रीहरू लाई जनाउँदछ।

(छ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्र्तगत बनेको नियमावलीमा तोकिएको वा तोकिए बमोजिम सम्झनुपर्छ ।

 (ज) “निरीक्षक” भन्नाले दफा २० बमोजिम नियुक्ति भएको, तोकिएको वा खटाईएको व्यक्ति अधिकार प्राप्त जिम्मेवार व्यक्ति, संस्था वा निकाय सम्झनु पर्छ ।

(झ) “बोर्ड” भन्नाले दफा १५ बमोजिमको गाँजा नियमन तथा नियन्त्रण गर्ने  बोर्ड गर्न गठित उच्च स्तरीय आधिकारिक सरकारी संयन्त्र गाँजा नियमन तथा नियन्त्रण बोर्डभन्ने सम्झनु पर्छ।

(ञ) “मन्त्रालय” भन्नाले मूलतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सम्झनु पर्छ । सो शब्दले कृषि तथा पशुपंक्षी मन्त्रालय, गृह मन्त्रालय, उद्योग मन्त्रालय लगायत गाँजा नियमन तथा नियन्त्रण गर्ने प्रमुख भूमिका रहने भनी पहिचान भएका सम्पूर्ण सरकारी मन्त्रालयहरू लाई जनाउँदछ। समेतलाई जनाउँदछ।

(ट) “लेबल” भन्नाले सुकेको गाँजाको पात, फल वा गाँजाको बोटबाट प्राप्त गरिएको प्राकृतिक खोटो, लिस्सा, चोव वा गाँजाको निस्सार वा निष्कर्ष वा त्यसबाट बनेको प्रशोधित वस्तु गाँजा उत्पादन राखिएको भाँडा, वा प्याकको आवरणमा लेखिएको, छापिएको वा अंकित भएको विवरण वा र संकेत सम्झनु पर्छ ।

(ठ) “समिति” भन्नाले दफा २३ बमोजिमको स्थानीय समिति आधिकारिक जिम्मेवारी तथा अधिकार प्राप्त जिल्ला स्तरीय समितिहरू  सम्झनु पर्छ।

 

(ड) "गाँजा औषधालय" भनेर कानुन द्वारा तोकिए अनुसार दक्ष चिकित्सकको सिफारिसमा औषधीय, आयुर्वेदिक ओखती, हिलिङ्ग खाद्य, सामाजिक तथा सामरिक महत्त्वको प्रयोजनको लागि वा अन्य प्रयोगको लागि गाँजा तथा गाँजामा मिश्रित उत्पादनको तोकिएको परिणाममा बिक्री वितरण गर्ने खुद्रा पसल लाई जनाउँदछ। कानुनी रूपमा मान्यता प्राप्त अनुसन्धान तथा अध्ययन तथा परीक्षणको कानुनले तोकेको दायराको खुद्रा अथवा ठुलो परिणाममा गाँजा तथा गाँजा मिश्रित पदार्थ बिक्री वितरण वा दान दिइने व्यवसाय तथा उद्यम लाई समेत "गाँजा औषधालय" भनिनेछ। गाँजा औषधालय गाँजाको मौजाद राख्न, कम्पाऊंन्डीङ्ग वा मिश्रण बनाउन, प्याकिङ गर्न आदि लगायत र बिक्री वितरण, निर्यात आदि गर्न कानुनी रूपमा प्राधिकार प्राप्त आधिकारिक उद्यम सम्झनु पर्दछ।

 

ढ) इजाजत पत्र वा अनुमति पत्र:  

नेपाल अधिराज्य भित्र गाँजाको कारोबारमा संलग्न हुन चाहने हरेक निकायले कारोबारमा संलग्न हुन अगावै अनिवार्य औपचारिक इजाजत प्राप्त गर्न अनिवार्य हुने छ। औपचारिक इजाजत प्राप्त गर्न ऐनको अधीनमा रहेर कुनै एक वा एक भन्दा बढी प्रकारको इजाजत पत्रको लागि लाइसेन्सको लागि तोकिए बमोजिम गाँजा नियमन तथा नियन्त्रण बोर्डको रजिस्ट्रार लाई आवेदन दिन पर्ने छ।

ण) प्रतिबन्ध, उमेर: उपदफा (ड) बमोजिमको आवेदन दिनको लागि एक व्यक्ति कम्तीमा १९ वर्षको हुनुपर्दछ। अन्य निकायको आवेदकको हकमा उक्त निकायको प्रत्येक सञ्चालक, अधिकृत र शेयर धारक कम्तीमा १९ वर्षको उमेर पुगेको हुनु पर्ने छ।

त) गाँजा र भाँगको पहिचान: गाँजामा हुने नशा दिने सार तत्त्व टिएचसि (delta9THC) अर्थात् शिव तत्त्वको मात्राको आधारमा गाँजा वा गाँजाको प्रजाति भाँग बिचको अन्तर यकिन गरिने छ। सुकेको गाँजा भनेर १० देखि १२% चिस्यान रहेको गाँजाको भाग लाई जनाउने छ।  १२% चिस्यान रहेको सुकेको गाँजामा सार १% भन्दा धेरै  टिएचसि वा शिव तत्त्व रहेमा त्यसलाई गाँजा र १% वा सो भन्दा कम टिएचसि वा शिव तत्त्व युक्त गाँजालाई गाँजाको प्रजाति भाँग मानिने छ। १ प्रतिसत भन्दा कम टिएचसि वा शिव तत्त्व हुने गाँजाको प्रजाति हेम्प लाई भाङगोको नामले समेत जानिने छ।

थ) गाँजा व्यवसाय भन्नाले व्यापारिक वा अन्य पक्षलाई व्यापारिक लाभ उपलब्ध गराउने नियतले गाँजाको खेती गर्न वा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै प्रकारको गाँजाको कारोबारमा संलग्न हुन, ओसार पसार गर्न, बिक्री वितरण गर्न, उपहार दिन, आयत वा निकासी गर्नु आदि  सबै पर्दछन्। जसलाई  यो ऐन द्वारा नियन्त्रित गाँजा व्यवसाय समेत मानिने छ। कानुनले तोकेको मात्राको निजी प्रयोजनको लागि हुने गाँजाको प्रयोग तथा १% वा सो भन्दा कम टिएचसि वा शिव तत्त्व हुने भाँग आदि भने प्रतिबन्धित गाँजाको कारोबार अन्तर्गत नपर्ने हुँदा उक्त गतिविधिहरू नियन्त्रित गाँजा व्यवसाय अन्तर्गत पर्ने छैन। 



परिच्छेद २:

अनुमतिपत्र सम्बन्धी व्यवस्था


३. अनुमतिपत्र नलिई गाँजा गाँजा व्यवसाय खेति गर्न (गाँजाको कुनै पनि प्रकार को कारोबारमा संलग्न हुन  वा ओसारपसार गर्न वा बिक्रि गर्न वा आयत वा निकासी गर्न) नहुने प्रतिबन्ध गरिएको छ। 

(१) कसैले पनि अनुमतिपत्र नलिई गाँजा खेति गर्न, कारोबारमा संलग्न हुन, ओसापासार गर्न र गाँजाको बिक्रि वितरण गर्न, वा निकासी गर्न आयात वा निर्यात गर्न पाउने छैन ।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि देहायको कामको लागि अनुमतिपत्र लिनुपर्ने छैनः–

)   एक घर परिवारमा घरायसी प्रयोजनकोलागि बढीमा ६ वटा सम्म गाँजाको बोट उमार्न, र आफ्नै लागि घरेलु रूपमा प्रयोग गर्न। 

ख) कपडा बनाउने वा त्यस्तै अन्य औद्योगिक प्रयोजनको लागि रेसा उत्पादन गर्ने वा % प्रतिशत भन्दा कम  टिएचसि भएको खाद्य पदार्थको रुपमा प्रयोग हुने दाना, मह, तेल, पिना उत्पादन तथा बिक्रि वितरण गर्नको लागि Delta 9 THC 1 %  0.2% वा सोभन्दा कम गाँजा वा गाँजाको भाँग प्रजातिको खेति गर्न।

४. गाँजा खेति व्यवसायको लागि गरिने क्षेत्र र क्षेत्रफल तोक्ने इजाजत चाहने उद्यमीलाई निवेदन आव्हान गरि सार्वजनिक सूचना जारी गर्ने: 

(१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी यस ऐन बमोजिम गाँजा खेति व्यवसाय गर्न अनुमतिपत्र दिन सकिने स्थानीय तह वा जिल्ला तोक्नु पर्नेछ निवेदन दिन सुचना जारी गर्ने छ। दश करोड  भन्दा बढी लगानीको गाँजा व्यवसाय सञ्चालनको लागि तथा मुलुक बाहिर गाँजाको आयात वा निर्यातमा संलग्न हुने कारोबार अनिवार्य रूपमा गाँजा नियमन तथा नियन्त्रण बोर्डको रजिस्ट्रारको अफिसमा आवेदन दिई इजाजत पत्र प्राप्त गर्नु पर्ने छ। दस करोड भन्दा थोरै कारोबार हुने गाँजा व्यवसाय सञ्चालनको लागि जुन जिल्लामा गाँजा व्यवसाय सञ्चालन हुने हो त्यही जिल्लाको कृषि ज्ञान केन्द्रमा अवस्थित स्थानीय जिल्ला स्तरीय समितिहरू मार्फत आवेदन लिने व्यवस्था गरिएको  छ।

२) उपदफा (१) बमोजिम स्थानीय तह वा क्षेत्रमा  तोक्दा प्रत्येक गाँजा खेतीको लागि इजाजत पत्र चाहने कृषकले आफ्नो वा एकाघर परिवारको दर्ता श्रेस्ता कायम रहेको जग्गामा गाँजा खेति गर्न पाउने अधिकतम क्षेत्रफल समेत तोक्नु पर्नेछ । विदेशी नागरिक  तथा नेपालको नागरिकता नरहेका गैर आवासीय नेपाली लाई गाँजा खेतीको लागि इजाजत पत्र उपलब्ध हुने छैन। गाँजा खेतीको लागि इजाजत प्राप्त गर्न व्यक्तिको हकमा नेपाली नागरिक मात्र तथा अन्य निकायको आवेदकको हकमा उक्त निकायको प्रत्येक सञ्चालक, व्यवसायका सम्पूर्ण हिस्सेदार अनिवार्य रूपमा नेपाली नागरिक रहेको हुनु पर्ने छ। गाँजा खेतीको लागि दिइने इजाजत पत्र बाहेक अन्यमा नागरिकता सम्बन्धको अनिवार्य प्रावधान  प्रावधान राखिएको छैन।  

३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि आफ्नो वा एकाघर परिवारको नाममा नेपालभर कँही पनि जग्गा नभएकाहरुको हकमा नेपाल सरकारको अधिकार प्राप्त निकायको स्विकृतिमा नेपाल सरकारको कुनै जग्गा वा कुनै अन्य व्यक्तिको स्वामित्वमा रहेको जग्गा भाडामा लिएर गाँजा खेति गर्न तोकिए बमोजिम अनुमति दिईनेछ । विदेशी नागरिक तथा नेपालको नागरिकता नरहेका गैर आवासीय नेपालीको लागि यो सुविधा उपलब्ध हुने छैन।


५. अनुमतिपत्रको लागि निवेदन दिनु पर्नेः

(१) दफा ४ बमोजिम नेपालको कुनै पनि स्थानमा तोकिएका स्थानीय तह वा जिल्लाका गाँजा खेति व्यवसाय गर्न चाहने कृषकले अनुमतिपत्रको लागि देहायको विवरण तथा कागजात संलग्न गरी गाँजा नियमन तथा नियन्त्रण बोर्डको रजिस्ट्रार लाई अथवा सम्बन्धित जिल्लाको कृषि ज्ञान केन्द्रमा तोकिए बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।

क) कृषकको निवेदकको नाम, थर र ठेगाना,

ख) कृषकको निवेदक लाई उपलब्ध कारोबार गरिने स्थान र संरचनाको निवेदनमा माग गरिएको विवरण। गाँजा खेतीको लागि दिइने इजाजत पत्रको हकमा निवेदकको नाममा रहेको जम्मा खेतियोग्य जमिनको क्षेत्रफल र त्यसमध्ये गाँजा खेति गरिने जग्गाको कित्ता नं र जम्मा क्षेत्रफल तथा सो पुष्टि गर्ने जग्गाधनि प्रमाणपूर्जाको प्रतिलिपि। कारोबार गरिने स्थान र संरचनाको स्वामित्व वा भाडामा उपलब्ध भएको प्रमाणित कागजात। उक्त स्थानमा प्रस्तावित  अनुरूपको गाँजा कारोबार गर्न स्थानीय गाऊ वा नगरको आधिकारिक निकायको स्वीकृत प्रदान गरिएको कागजात वा कुनै आपत्ति नरहेको आशयको पत्र ।

ग) निवेदक  वा सञ्चालक वा  व्यवसायमा संलग्न सम्पूर्ण व्यवसायका हिस्सेदारहरुको नाम र तिन पुस्ते खुल्ने विवरण। व्यवसायमा संलग्न सम्पूर्ण व्यवसायका हिस्सेदारहरुको नागरिकताको सक्कल प्रमाण पत्र सहित नागरिकताको प्रमाणित प्रतिलिपि। निवेदक बाहेक गाँजा खेति गर्नको लागि संलग्न हुने व्यक्तिको नाम, थर तथा उमेर,

घ) वयस्क गाँजाको बोट तथा त्यस गाँजा व्यवसाय सञ्चालनको लागि माग गरेको औपचारिक अनुमति वा इजाजतको प्रकार। बढीमा दश अनुच्छेदमा माग गरेको व्यवसायको प्रस्तावित गतिविधिको विवरण। बाट उत्पादन गर्न सकिने पदार्थको अनधिकृत उपयोग तथा प्रयोग नियन्त्रणको लागि अवलम्बन गरिने उपायको विवरण,

ङ) तोकिए बमोजिमका अन्य विवरण। अनुमति प्राप्त गतिविधि बाहेक अन्य प्रयोजनमा गाँजाको उपयोग हुनवाट रोक्न गाँजा व्यवसायलाई अनुशासित, व्यवस्थित राखी गाँजाको अनधिकृत उपयोग तथा प्रयोग नियन्त्रणको लागि अवलम्बन गरिएको वा गरिने व्यवस्थाको विवरण।

२) यस ऐन बमोजिम उत्पादन गरिएको गाँजा वा गाँजा जन्य नियन्त्रित उत्पादन निकासी गर्न वा बिक्रि वितरण गर्न चाहने व्यवसायीले त्यसको अनुमतिपत्रको लागि देहायको विवरण तथा कागजात सहित कार्यकारी निर्देशकसमक्ष तोकिए बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।

क) निवेदक वा व्यवसाय को नाम, थर, वतन,

ख) मुलुक भित्र  विक्रि वितरण गर्न चाहेको क्षेत्र वा स्थान। विदेश निर्यात गरिने अवस्थामा  निर्यात हुने मुलुकको व्यवसाय वा निकायको गाँजा कारोबार गर्ने कानुनी हैसियत दर्साउने कागजात तथा खरिद आदेशको प्रतिलिपि वा वार्षिक रूपमा खरिद गरिने एकमुष्ट खरिद सम्झौता। 

ग) प्रचलित कानून बमोजिम व्यवसाय दर्ताको प्रमाणपत्र,

घ) पछिल्ला दुई तत्काल विगतको एक  आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र,

ङ)  गाँजाको विक्रि वितरणको विद्युतिय अभिलेख राख्न सक्ने उत्पादन, खरिद, बिक्री, क्षति, विनाश, प्रशोधन आदिमा हुन गएको तौलको स्वाभाविक घटबढ लगायत कारोबारको क्रममा प्रयोग गरिएको गाँजा र गाँजा जन्य पदार्थको सम्पूर्ण मात्रा (ग्रामको तह सम्म) तथा अनपेक्षित चोरी, नोक्सानी आदिको यथार्थ विवरणको अभिलेख राख्न सक्ने विद्युतीय ट्रेसिबिलिटी प्रणाली व्यवस्था भएको पुष्टि गर्ने विवरण,

च)  इजाजत पत्र वा अनुमति पत्र प्रदान गर्ने रजिस्ट्रार वा रजिस्ट्रारले तोकेको अधिकारीले जरुरत ठानी माग गरिएको तोकिए बमोजिमका अन्य विवरण तथा कागजात,

३) उपदफा (१) वा (२) बमोजिम निवेदन दिंदा तोकिए बमोजिमको दस्तुर बुझाउनु पर्नेछ ।

  त्यसरी दस्तुर तोक्दा उप दफा (१) र (२) (क) मा तोकिए बमोजिम फरक फरक वर्गका इजाजत पत्र वा इजाजत पत्रहरूको समूह को लागि फरक फरक हुने गरी तोक्न सकिनेछ ।

६. अनुमतिपत्र दिनेः

(१) दफा ५ बमोजिम प्राप्त निवेदन उपर सम्बन्धित रजिस्ट्रार वा रजिस्ट्रारले तोकेको अधिकारीले कृषि ज्ञान केन्द्रको प्रमुख वा कार्यकारी निर्देशकले सो सम्बन्धमा आवश्यक जाँचबुझ गर्नेछ र त्यसरी जाँचबुझ गर्दा थपजानकारी वा विवरण लिन आवश्यक देखेमा निजले निवेदक सँग थप जानकारी वा विवरण माग गर्न सक्नेछ ।

२) उपदफा (१) बमोजिम आवश्यक जाँचबुझ गर्दा रजिस्ट्रार वा रजिस्ट्रारले तोकेको अधिकारीले कृषि ज्ञान केन्द्रको प्रमुख वा कार्यकारी निर्देशकले निवेदकलाई अनुमतिपत्र दिन उपयुक्त देखेमा कानुनले तोके अनुरूपको कानुनी प्रक्रिया तथा आवश्यक कागजात पुगेको भेटिएमा तोकिए बमोजिमको दस्तुर लिई रित पुगेको सात दिन भित्र अनिवार्य रूपमा  अनुमतिपत्र दिनु ले पर्नेछ।

३) अनुमतिपत्र व्यक्ति इजाजत प्राप्त निकायले यो ऐन तथा यस ऐन अन्तरगत तोकिएका शर्तहरु पालना गर्नु पर्नेछ।

७. अनुमतिपत्र दिन इन्कार गर्न सकिनेः

(१) दफा ६ मा जुनसुकै कुरा लेखिएको भएतापनि देहायको कुनै अवस्थामा सम्बन्धित रजिस्ट्रार वा रजिस्ट्रारले तोकेको अधिकारीले गाँजा खेति व्यवसाय गर्नको लागि प्राप्त अनुमतिको निवेदन उपर कारबाही गरी पाउन निवेदन दिने निवेदकलाई कृषि ज्ञान केन्द्रको प्रमुखले अनुमतिपत्र इजाजत दिन इन्कार गर्न वा  माग गरिए भन्दा फरक हुने गरी आंशिक रूपमा एक वा एक भन्दा धेरै प्रकारको  इजाजतहरू प्रदान गर्न सक्नेछ।

(क) गाँजा  खेति  गर्नको  लागि  अनुमतिपत्र  पाउन गाँजा व्यवसाय सञ्चालनको लागि माग गरेको निवेदक माग गरिएको प्रकारको इजाजत प्राप्त गर्न कानुनी रूपमा योग्य नभेटिएमा। विगत पाँच वर्ष भित्र अदालत वाट अपराधी करार भएको भेटिएमा। दिने  कृषक  आफै वा निजको एकाघर सँगोलको परिवारका सदस्यको नाममा जग्गा नभएमा वा सो बाहेक अन्य व्यक्तिको जग्गामा गाँजा खेतिगर्नको लागि अनुमति माग गरेकोमा,

उपदफा (क) मा जुनसुकै कुरा लेखिएको भएतापनि कुनै कृषकको आफ्नो वा एकाघरको परिवारको समेत नेपालभर कुनै जग्गा छैन भने अन्य व्यक्तिको जग्गा भाडामा वा लिजमा लिएर तोकिएको क्षेत्रफलमा गाँजा खेति गर्न अनुमति दिन सक्नेछ। पाँच वर्ष भित्र अदालत वाट अपराधी करार भएको नभएको बारे निवेदकको लिखित बयान लाई मुख्य इजाजत पत्रको  दिने नदिने निर्णयको लागि प्रमुख आधार मानिने छ। 

(ख) गाँजा खेति गर्नको लागि गाँजा व्यवसाय सञ्चालक वा उक्त व्यवसायको साझेदारको रुपमा १८ वर्ष भन्दा कम उमेरको व्यक्तिको संलग्नता हुने देखिएमा

(ग) खेति गरिएको गाँजाको वयस्क बोटमा अन्य व्यक्तिको गाँजा व्यवसायमा अनधिकृत पहुँच बाट जोगाउन सकिने भरपर्दो व्यवस्था नभएको वा अनुमतिपत्र दिंदा गाँजाको गैर कानूनी रुपमा प्रयोग हुने विश्वसनिय आधार भएमा। विश्वसनीय आधारको रूपमा मूलतः इजाजत पत्रको  लागि प्राप्त निवेदन इजाजतको लागि विचाराधीन रहँदाको अवस्थामा स्थानीय उजुरी प्राप्त भएमा त्यसको छानबिनको क्रममा प्राप्त हुने सम्बन्धित क्षेत्रको गोप्य पुलिस रिपोर्टको सूचना लाई मानिने छ।     

(घ) तोकिए बमोजिमको अन्य विशेष अवस्थामा। अन्य विशेष अवस्थामा इजाजत पत्र दिन इन्कार गर्ने सम्बन्धित रजिस्ट्रार वा रजिस्ट्रारले तोकेको अधिकारी वा निजको कार्यालयले इजाजत पत्र दिन इन्कार गरिनुको कारण अदालतको आदेशमा अदालतको इजलास बाहेक निवेदक वा अन्य कुनै पक्षलाई उपलब्ध गराउने छैन। कारणको रूपमा मात्र अन्य विशेष अवस्था लेखिने छ।

(२) दफा ६ मा जुनसुकै कुरा लेखिएको भएता पनि दफा २ क (४) बमोजिम बिक्रीको लागि इजाजत पत्र (व्यापारिक प्रयोजनको लागि खरिद-बिक्री तथा आयात-निर्यात गर्ने) सम्बन्धमा देहायको कुनै अवस्थामा गाँजा आयात वा निकासी गर्न वा बिक्रि वितरण गर्न निवेदन दिने निवेदकलाई सोको लागि अनुमतिपत्र दिन इन्कार गर्न सक्नेछ:

(क)  विगत आर्थिक वर्षको कर वा सरकारी दस्तुर बुझाउन बाँकी रहेको

(ख)  अनुमतिपत्र दिंदा गाँजाको अनधिकृत विक्रि वितरण हुने देखिएमा

(ग)  तोकिए बमोजिमको अन्य विशेष अवस्थामा। तोकिए बमोजिमको अन्य विशेष अवस्थामा मूलतः कूटनैतिक नियोग, इन्टरपोल र नेपाल प्रहरी मार्फत लक्षित आयात वा निकासी निर्यात गर्ने मुलुक वा आयात हुने मुलुक वा दुवैको कानुनको शासनको विपरीत दुरुपयोग हुने सम्भावना रहेको आशयको सूचना हुने गर्दछ। अन्य विशेष अवस्थामा इजाजत पत्र दिन इन्कार गर्ने सम्बन्धित रजिस्ट्रार वा रजिस्ट्रारले तोकेको अधिकारी वा निजको कार्यालयले इजाजत पत्र दिन इन्कार गरिनुको कारण अदालतको आदेशमा अदालतको इजलास बाहेक निवेदक वा अन्य कुनै पक्षलाई उपलब्ध गराउने छैन। कारणको रूपमा मात्र अन्य विशेष अवस्था लेखिने छ।

 

८. अनुमतिपत्रको अवधि र नवीकरण:

(१) अनुमतिपत्र ईजाजतको अवधि एक दस वर्षको हुनेछ।

(२) अनुमतिपत्र ईजाजत प्रत्येक वर्ष दुई वर्षमा सामान्य नवीकरण शुल्क बुझाएर नवीकरण गराउनु पर्नेछ।

(३) अनुमतिपत्र ईजाजत नवीकरण गर्न चाहने अनुमतिपत्र प्राप्त व्यक्तिले अनुमतिपत्र ईजाजतको अवधि समाप्त हुनुभन्दा पन्ध्र दिन बढीमा छ महिना अगावै तोकिए बमोजिमको ढाँचामा कृषकको हकमा सम्बन्धित कृषि ज्ञान केन्द्रको प्रमुखर अन्यको हकमा कार्यकारी निर्देशक सम्बन्धित रजिस्ट्रार वा रजिस्ट्रारले तोकेको अधिकारी समक्ष नवीकरणको लागि निवेदन दिनु पर्नेछ।

(४) उपदफा (३) बमोजिम प्राप्त निवेदन प्राप्त भएमा कृषि ज्ञान केन्द्रको प्रमुख वा कार्यकारी निर्देशकले आवश्यक जाँचबुझ गरी तोकिए बमोजिमको दस्तुर लिई अनुमतिपत्र सम्पूर्ण कागजात पुगेको सात दिन भित्र ईजाजतको नवीकरण गरिदिनु पर्नेछ।

५) हरेक दश वर्षमा पुनः अर्को दश वर्षको लागि ईजाजतको अवधि थपिने छ। व्यवसाय नवीकरणमा मूलता हरेक दुई वर्षमा सामान्य शुल्क लिई सरकारी लिखत अद्यावधिक गर्ने कार्य हुने छ। ईजाजतको अवधि थप गर्ने समयमा परिवर्तित नियम कानुन र अन्य सम्बन्धित  विषय बस्तु समेतको विचाराधीन गरी इजाजत पत्रको सेवा र सर्तका दायरा आदि बारे समेत पुनरावलोकन गरी जस्तो छ त्यस्तै वा स्वीकृत कार्य तथा गतिविधिको दायराको थप-घट सहित ईजाजतको अवधि थप गर्न सकिने छ।

 

९. अनुमतिपत्र खारेज गर्न सकिने:

(१) देहायको कुनै अवस्थामा अनुमतिपत्र जारी गर्ने अधिकृतले अनुमतिपत्र खारेज गर्न सक्नेछः

(क)अनुमतिपत्र प्राप्त व्यक्तिले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत कुनै काम गरेमा

(ख)अनुमतिपत्र प्राप्त व्यक्तिले अनुमतिपत्रमा उल्लिखित शर्त विपरीत कुनै काम गरेमा

(ग) दफा ८ बमोजिमको लगातार दुई अवधिभित्र अनुमतिपत्र नवीकरण नगराएमा

(घ) विक्रि वितरण वा निकासीको लागि अनुमतिपत्र प्राप्त व्यक्तिको प्रचलित कानून बमोजिम दर्ता भएको व्यवसाय कायम नभएमा वा खारेज भएमा

(ङ) अनधिकृत व्यक्तिलाई गाँजा विक्रि वितरण गरेमा वा उपलब्ध गराएमा

(च) यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियमावली बमोजिम राख्नु पर्ने विक्रि वितरणको अभिलेख नराखेमा वा त्यस्तो अभिलेख बोर्ड वा प्रचलित कानून बमोजिमको अधिकारीलाई उपलब्ध नगराएमा

(छ) अनुमतिपत्र प्राप्त व्यक्तिले त्यस्तो अनुमतिपत्र खारेज गर्नको लागि निवेदन दिएमा

 

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अनुमतिपत्र खारेज गर्नु अघि सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्तिलाई आफ्नो सफाई पेश गर्ने मनासिब मौका दिइनेछ। तर सो उपदफाको खण्ड (छ) बमोजिमको अवस्थामा त्यस्तो मौका दिई रहनु पर्ने छैन ।

(३) उपदफा (१) बमोजिम अनुमतिपत्र खारेज गरेकोमा चित्त नबुझ्ने व्यक्तिले खारेज गर्ने निर्णय भएको मितिले ३५ दिनभित्र मन्त्रालय सम्बन्धित अदालत समक्ष उजूरी दिन सक्नेछ। त्यसरी परेको उजूरीमा मन्त्रालयबाट प्रचलित कानुन बमोजिम अदालत वाट हुने निर्णय अन्तिम हुनेछ ।

 

 

 

परिच्छेद–३

उत्पादन तथा विक्रि वितरण सम्बन्धी व्यवस्था

१०. लेबुल, ट्रेडमार्क, र्‍यापर्स तथा प्याकिङ्ग:

(१) कृषकले उत्पादकले आफूले उत्पादन गरेको गाँजा, सुकेको गाँजाको पात वा हाँगा रहेको प्याकेट वा गाँजा वा भाँगको दाना वा फुल रहेको प्याकेट वा र्‍यापर्समा पदार्थको प्याकेट तथा र्‍यापर्समा देहायको विवरण भएको लेबुल लगाउनु पर्नेछ :

(क) प्रचलित कानून बमोजिम दर्ता गराइएको लेबुल, ट्रेडमार्क चिन्ह तथा गाँजा खेति गर्नको लागि निजले प्राप्त गरेको अनुमतिपत्र नम्बर गाँजा बेच्ने, वितरण गर्ने, आयात तथा निर्यात गर्ने इजाजत पत्र धारक उद्यमको हकमा सम्पर्क नम्बर सहितको सम्पर्क ठेगाना।

(ख) गाँजाको फसल तयार भई उत्पादकको नाम, ठेगाना, गाँजा र गाँजा जन्य पदार्थमा रहेको टिएचसिको मात्रा, उत्पादन गरिएको वर्ष र महिना खुल्ने गरी लेखिएको लट नम्बर। सुकेको वा ताजा गाँजा उत्पादन गर्ने साना कृषकको हकमा सम्बन्धित जिल्लाको कृषि ज्ञान केन्द्रले उपलब्ध गराएको अनुमानित टिएचसिको मात्रा उल्लेख गर्ने।

(ग) गाँजा उत्पादन गरिएको स्थानीय तह र जिल्ला, गाँजाको वर्ग जस्तै सुकेको वा ताजा गाँजा, गाँजाको एक्स्ट्र्याक्ट, टपिकल गाँजा वा हिलिङ्ग खाद्य गाँजा आदि वा अन्य।

(घ) प्याकेट तथा र्‍यापर्स भित्र रहेको गाँजाको परिमाण, सुरक्षित प्रयोगको मिति (एक्सपाएरि डेट)  वा पुनः परीक्षण (रि-टेस्ट) मिति र उचित भण्डारणको अवस्था बारे जानकारी।

(ङ) तोकिए बमोजिमको चेतावनी मूलक सन्देश: सुकेको वा ताजा गाँजा बाहेकको अवस्थामा उत्पादकले गाँजाजन्य पदार्थको बट्टा, र्‍यापर्स,प्याकेट तथा पार्सलको प्याकेजिङ्ग र लेबुलको बाहिरी भागमा गाँजा जन्य पदार्थ स्वास्थ्यलाई हानिकारक हुन् सक्ने भएको डाक्टरको सल्लाह वाट मात्र सेवन गर्न ऐनले तोके बमोजिमको चेतावनी मूलक सन्देश प्रस्ट रूपमा बुझ्ने र देख्ने गरी नेपाली भाषामा छाप्नु तथा अङ्कित गर्नु पर्नेछ।

(च) तोकिएका गाँजा नियमन तथा नियन्त्रण बोर्डले पहिचान गरी निर्देशन गरेको अन्य हानिकारक तत्व एवं आवश्यक कुराहरु। तत्त्व आदि बारे सूचना तथा लिनु पर्ने सावधानी वारेको सूचना। 

छ) उत्पादकले गाँजा जन्य पदार्थको प्याकेट तथा र्‍यापर्समा उमेर नपुगेको बालकको ध्यान आकर्षण हुने कुनै किसिमको लोगो, चिन्ह, शब्द र चित्र राख्न पाउने छैन। गाँजाको प्याकिङ अत्यन्त सहज र सामान्य देखिन अनिवार्य छ। 

(२) उपदफा (१) बमोजिमको कृषक बाहेक गाँजा प्रशोधन गरी खाद्य पदार्थको निर्माण गर्ने अनुमतिपत्र प्राप्त व्यक्तिले लेबुल राख्दा खाद्य पदार्थ सम्बन्धि प्रचलित कानून बमोजिम तथा गाँजाबाट औषधि उत्पादन गर्ने उत्पादकले औषधि सम्बन्धी प्रचलित कानून बमोजिमको लेबुल राख्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिमम लेबुल राख्दा त्यस्तो लेबुलमा सो पदार्थको उपभोगबाट पर्न सक्ने प्रभावको बारेमा तोकिए बमोजिमको चेतावनीमूलक सन्देश समेत उल्लेख गर्नु पर्नेछ।


११. अभिलेख राख्नु पर्ने:

(१) कृषकले गाँजा खेति सम्बन्धमा उत्पादकले गाँजा र गाँजा जन्य उत्पादनमा देहायको अभिलेख तोकिए बमोजिमको ढाँचामा अद्यावधिक रुपमा राख्नु पर्नेछ र त्यस्तो विवरण स्थानीय समितिलाई समेत गाँजा नियमन तथा नियन्त्रण बोर्डले तोके बमोजिमका निकायमा  दिनु पर्नेछ।

(क) गाँजा खेति गरिएको जग्गाको कित्ता नम्बर र जम्मा क्षेत्रफल,

(ख) फसल तयार हुने क्रममा रहेको गाँजाको वयस्क बोटको संख्या,

(ग) फसल भित्रयाए पछि वयस्क गाँजाको बोटबाट प्राप्त सुकेको गाँजाको कुल परिमाण,

(घ) गाँजा वा भाँगको दाना उत्पादन गरेकोमा त्यसको परिमाण,

(ङ) बोर्डलाई बिक्रि गरेको गाँजाको परिमाण र मिति,

(च) तोकिए बमोजिमको अन्य विवरण ।

(छ) गाँजाको बिरुवा र काटिएको गाँजा वाट भएको उत्पादन, प्रशोधन गरिएको मात्रा, प्रशोधित पदार्थको मात्रा, उत्पादनको स्थानान्तरण वा बिक्रीको मात्राको रेकर्ड।

(ज) प्रशोधनको क्रममा घटेको तौल, व्यापारी वा अन्य उद्यममा बिक्री गरेको मात्रा, मौजादमा रहेको गाँजा तथा गाँजा जन्य पदार्थको मात्रागाँजाको गुणस्तर परीक्षणमा प्रयोग भएको, अनुसन्धानमा प्रयोग भएको, औषधालय तथा अन्य निकायमा निकासा भएको गाँजाको मात्रा।

(झ) आफूसँग रहेको पहिलेको मौजाद, उत्पादनमा भएको, हानि, चोरी वा नोक्सानी, प्रशोधनको क्रममा घटेको मात्रा, बिक्री गरिएको जम्मा गाँजाको मात्रा र आफूले प्राप्त गरेको र मौजादमा रहेको मात्राको किताब प्रस्ट रेकर्डमा राख्नु पर्नेछ। उक्त रिकर्डको वासलात अनिवार्य रूपमा सम्पूर्ण ट्रानज्याक्सन  ट्रेसिबल र रिकनसाईल हुन अनिवार्य छ।

(ण) गाँजाको कारोबारीले मान्यता प्राप्त स्वतन्त्र तेस्रो पक्षद्वारा गाँजाको लेनदेनको वार्षिक अडिट पूरा गर्नु पर्ने छ।

(त) गाँजा कारोबारको परिणाम तथा आय व्ययको हिसाब किताब तथा अभिलेखहरू प्रस्ट राख्नु पर्नेछ।

(२) उपदफा (१) मा लेखिए देखि बाहेकका अन्य अनुमतिपत्र प्राप्त व्यक्तिले आफूले उत्पादन, प्रशोधन तथा विक्रि वितरण गरेको गाँजा तथा त्यसबाट बनेको औषधिजन्य पदार्थको विक्रीको दैनिक विवरण राख्नु पर्नेछ र त्यस्तो विवरण राख्दा खरिद गर्ने व्यक्तिको नाम, थर वतन,उमेर, नागरिकता नम्बर वा राष्ट्रिय परिचय नम्बर, त्यस्तो औषधि सिफारिस गर्ने चिकित्सकको नाम तथा नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर तथा तोकिए बमोजिमको विवरणको अभिलेख राख्नु पर्नेछ।

(३) गाँजाबाट औषधि उत्पादन गर्ने वा गाँजाको निकासी गर्ने व्यक्तिले प्रत्येक वर्ष आफुले   गरेको उत्पादन तथा निकासीको विवरण बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।

(४) उपदफा (२) र (३) बमोजिमको अभिलेखको विवरण अनुमतिपत्र प्राप्त व्यक्तिले मासिक रुपमा बोर्डमा पठाउनु पर्नेछ ।

(५) बोर्डले यस दफा बमोजिमको अभिलेख विद्युतिय प्रणालिको विकास गरी अनलाईनबाट समेत अद्यावधिक गर्न, अभिलेख गर्न र पठाउन सकिने व्यवस्था गर्न सक्नेछ।

१२.विक्रि वितरणमा बन्देज :

 (१) अनुमतिपत्र प्राप्त व्यक्तिले इजाजत पत्र धारी निकायले देहायको व्यक्ति बाहेक अरुलाई अन्यथा हुने गरी गाँजा तथा गाँजा जन्य पदार्थको विक्रि वितरण गर्न वा निशुल्क रुपमा वितरण गर्न वा उपहार दिनु हुँदैन:

(क) कृषकले आफूले उत्पादन गरेको गाँजा बोर्ड वा बोर्डले गाँजा नियमन तथा नियन्त्रण बोर्ड  वाट अनुमति प्राप्त निकाय, अनुमति प्राप्त औषधि उत्पादन गर्ने निकाय, कम्पनी वा उद्योग, बोर्ड  वाट अनुमति प्राप्त आयात वा निर्यात कारोबार गर्ने निकाय र विदेशी मूलका अन्तर्राष्ट्रिय गाँजा तथा गाँजा जन्य पदार्थका कारोबारी।  तर यो ऐन जारी हुँदाका बखत १% प्रतिशत वा सो भन्दा भन्दा कम  टिएचसि भएको गाँजाको भाग वा गाँजा जन्य बस्तु नियन्त्रित गाँजा अन्तर्गत नरहेकोले खाद्य प्रयोजनको लागि प्रयोगमा आउने भाँगको दाना वा दानाबाट उत्पादन भएको तेल वा मह वा रेसाबाट उत्पादन भएको कपडा वा डाँठबाट उत्पादन  भएको  सामाग्री  जो  सुकैलाई  बिक्रि  वितरण  गर्न  यस ऐनमा लेखिएको कुराले कुनै बाधा पर्ने छैन ।

(ख) निकासी वा बिक्रि वितरणको लागि अनुमतिपत्र प्राप्त व्यक्तिले नेपाल मेडिकल काउन्सिलमा  दर्ता  भएको  चिकित्सकको  प्रेष्कृप्सनको  आधारमा  सम्बन्धित व्यक्तिलाई

(ग) निकासी वा बिक्रि वितरणको लागि अनुमतिपत्र प्राप्त व्यक्तिले निकासी गर्दा निकासी गरिने मुलुकको कानून बमोजिम त्यस्तो गाँजा खरिद गरिलिन स्वीकृति प्राप्त व्यक्ति वा कम्पनीलाई।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि खरिद कर्ताको नाम, थर, ठेगाना समेतको अभिलेख राखि तोकिए बमोजिमको परिमाणमा नबढ्ने गरी बिक्रि वितरण गर्न बाधा पर्ने छैन । तर  एकाइस  वर्ष  उमेर  पूरा  नभएका  वा  गर्भवति  महिलालाई  व्यक्ति वा एक्काइस  वर्ष  उमेर  पूरा  नभएको व्यक्ति साझेदार रहेको व्यवसाय भनी जानकारी भएको अवस्थामा उनीहरूलाई गाँजा तथा गाँजा जन्य पदार्थ बिक्रि वितरण गर्न वा नि:शुल्क उपलब्ध गराउन पाईने छैन।

(३) उपदफा (२) को प्रयोजनको लागि अनुमति पत्रवालाले कुनै क्रेताको उमेरको बारेमा यकिन हुन चाहेमा निजसँग आवश्यक प्रमाण माग गर्न सक्नेछ र त्यसरी प्रमाण माग गरेको प्रमाण पेश गर्नु सम्बन्धित क्रेताको कर्तव्य हुनेछ।

(४) कसैले पनि शिक्षण संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, अनाथालय र नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा एक किलो मिटर भित्रको घर, पसलबाट परिधि भित्र गाँजा बिक्री वितरण गर्न गराउन पाउने छैन।

१३. जानकारी परामर्श उपलब्ध गराउने :

गाँजा कृषक तथा व्यवसायीले आवश्यक सम्झेमा आफूले कारोबार गर्ने लगाएको गाँजाको फसल भित्र्याउनको मापदण्ड निर्धारण गर्न लागि उत्पादन तयार भएपछि त्यसलाई भित्रयाउनु वा स्याहार्नु अघि सम्बन्धित निरीक्षक वा समिति लाई जानकारी गराउनु पर्नेछ सँग परामर्श माग गर्न सक्ने छन् । सम्बन्धित निरीक्षकले गाँजा कृषकको हकमा परामर्श माग भएको दिन वाट प्राविधिक पक्षको समय बाहेक एक हप्ता भित्र परामर्श उपलब्ध गराउने छन्

 

१४. विज्ञापन तथा प्रायोजन गर्न नपाइने :

 

कसैले पनि पत्रपत्रिका तथा रेडियो, टेलिभिजन, एफ.एम., इन्टरनेट, ई–मेल जस्ता विद्युतीय सञ्चार माध्यम, अन्तरक्रिया कार्यक्रम, होर्डिङ्ग बोर्ड, भित्तेलेखन, लोगो, सङ्केत, लेख, दृश्य, आवाज, चिन्ह, व्यक्ति वा अन्य कुनै पनि माध्यमबाट गाँजा तथा गाँजाबाट बनेका पदार्थको विज्ञापन वा प्रवद्र्धन गर्न वा कुनै कार्यक्रम, समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाउने छैन । कसैले पनि नि:शुल्क रूपमा गाँजा जन्य पदार्थ वितरण गर्न वा उपहार दिन पाउने छैन। तर खाद्य प्रयोजनको लागि प्रयोगमा आउने भाँगको दाना वा दानाबाट उत्पादन भएको तेल वा मह वा रेसाबाट उत्पादन भएको कपडा वा डाँठबाट उत्पादन भएको सामाग्री वा यस्तै अन्य औद्योगिक वस्तुको प्रचलित कानून बमोजिम विज्ञापन गर्न बाधा पर्ने छैन ।

 

 

परिच्छेद–४

बोर्ड तथा कर्मचारी सम्बन्धी व्यवस्था

 

१५. बोर्डको गठन:

(१)  नेपाल अधिराज्य भर गाँजा खेति तथा यस गाँजा जन्य पदार्थ को बिक्रि वितरणको अनुगमन तथा नियमन सम्बन्धी काम समेतको लागि देहाय बमोजिमका सदस्यहरु रहेको नियमन बोर्ड गाँजा नियमन तथा नियन्त्रण बोर्ड गठन गरिएको छ:

(क)       सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय – अध्यक्ष

(ख)      सहसचिव, कृषि तथा पशु पन्छी विकास मन्त्रालय– सदस्य सह-अध्यक्ष

(ग)       सहसचिव, गृह मन्त्रालय– सदस्य

(घ)       सहसचिव, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय– सदस्य

(ङ)       महानिर्देशक, औषधि व्यवस्था विभाग– सदस्य

(च)       महानिर्देशक, आयुर्वेद विभाग – सदस्य

(छ)       महानिर्देशक, स्वास्थ्य सेवा विभाग खाध्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग - सदस्य

(ज)       महानिर्देशक, कृषि सेवा विभाग – सदस्य

(झ)       प्रतिनिधि, नेपाल प्रहरी – सदस्य रजिस्ट्रार – सदस्य

(ञ)       प्रमुख, लागू औषध नियन्त्रण व्यूरो – सदस्य

(ट)       अध्यक्ष, नेपाल औषधि व्यवासायी संघ – सदस्य

(ठ)       प्रतिनिधि, नेपाल मेडिकल काउन्सिल –सदस्य

(ड)       सम्बन्धित विषयको विज्ञहरु - ३ जना (गाँजा उत्पादन, प्रसोधन, औषधि) मध्येबाट कम्तीमा दुई महिला सहित मन्त्रालयले तोकेका पाँच जना– सदस्य

(ढ)       कार्यकारी निर्देशक– सदस्य सचिव

Diagram

Description automatically generated

(२) उपदफा (१) को खण्ड (ड) बमोजिम तोकिएको कार्यकारी निर्देशक, रजिस्ट्रार, विषय विज्ञहरू क्याबिनेटले नियुक्त गर्ने छ। उनीहरूको सदस्यका पदावधि दुई कम्तिमा चार र्षको हुनेछ र निजले बोर्डको हित विपरितको काम गरेमा मन्त्रालय  क्याबिनेटले निज उनीहरूलाई जुनसुकै समयमा बोर्डको सदस्यबाट हटाउन सक्नेछ। सदस्य हटाउनु अघि नीजलाई स्पष्टिकरणको मनासिव मौका दिईनेछ ।

(२)        बोर्डको केन्द्रीय कार्यालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा काठमाडौं उपत्यकामा रहनेछ । र आवश्यकता अनुसार उपत्यका बाहिर पनि शाखा कार्यालय वा संकलन केन्द्र खोल्न सकिनेछ  गाँजा नियमन तथा नियन्त्रण बोर्डको जिल्ला स्तरीय संयन्त्र सम्पूर्ण जिल्लाको कृषि ज्ञान केन्द्रमा अवस्थित रहने छ।

 

१६.बोर्डको बैठक र निर्णय:

(१) बोर्डको बैठक आवश्यकता अनुसार बस्नेछ।

(२) अध्यक्षले तोकेको मिति, समय र स्थानमा बोर्डको बैठक बस्नेछ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि अध्यक्षको अनुपस्थितिमा सदस्य– सचिवले समितिका सदस्यहरुसँग परामर्श गरी सह-अध्यक्षको अध्यक्षतामा तोकेको मिति, समय र स्थानमा समितिको बैठक बस्न सक्नेछ।

(४) बोर्डको बैठक हुनुभन्दा कम्तीमा चौबीस घण्टा अगावै बैठकमा छलफल हुने विषयको कार्यसूची सहितको सूचना सदस्य–सचिवले बोर्डका सदस्यहरुलाई दिनेछ।

(५) बोर्डको कुल सदस्य संख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरु उपस्थित भएमा बोर्डको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ।

(६) बोर्डको बैठकको अध्यक्षता बोर्डको अध्यक्षले र निजको अनुपस्थितिमा बोर्डका सदस्यहरु सह-अध्यक्षले आफूमध्येबाट छानेको सदस्यले गर्नेछन।

(७) बोर्डको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ।

(८) बोर्डको बैठकको निर्णय बैठकको अध्यक्षता गर्ने व्यक्तिले प्रमाणित गरी राख्नेछ।

(९) बोर्डले आवश्यक ठानेमा बोर्डको कामसँग सम्बन्धित कुनै विशेषज्ञ वा पदाधिकारीलाई बोर्डको बैठकमा पर्यवेक्षकको रुपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ।

(१०) बोर्डको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ।

 

१७.बोर्डको काम, कर्तव्य र अधिकार:

 बोर्डको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:

(क) गाँजा खेति तथा यसको विभिन्न उत्पादनको बिक्रि वितरणलाई नियमन तथा व्यवस्थापनको लागि अपनाउनु पर्ने नीति तथा सुधार गर्नु पर्ने कानूनको सम्बन्धमा मन्त्रालय समक्ष सुझाव पेश गर्ने।

(ख) गाँजाको गैरकानूनी खेती, गाँजा जन्य उत्पादनको बिक्रि वितरणलाई तथा उपयोगलाई रोक्न अवलम्बन गर्नु पर्ने उपयायहरुको बारेमा मन्त्रालयलाई आवश्यक सुझाब पेश गर्ने।

(ग) कृषकबाट उत्पादित गाँजा र गाँजा जन्य उत्पादनको विक्रि वितरणको लागि अवलम्बन गर्नु पर्ने आवश्यक व्यवस्थाको बारेमा आवश्यक व्यवस्था मिलाउन मन्त्रालयलाई सुझाब दिने।

(घ)  गाँजा खेति तथा गाँजा जन्य उत्पादनको बिक्रि वितरणको अनुगमन तथा निरीक्षण गर्ने, गराउने

(ङ) कृषकबाट उत्पादन भएको सुकेको गाँजा र त्यसको उत्पादन खरिद गरी लिने, खरिद बिक्रीको नियमन र सहजीकरण गर्ने

(च) बोर्डले खरिद गरेको गाँजाको विक्रि वितरण वा निकासीको लागि अनुमतिपत्र प्राप्त व्यक्ति वा कम्पनी वा औषधि निर्माण गर्ने निकाय, कम्पनि वा संस्थालाई विक्रि वितरण गर्न सहजीकरण गर्ने, यसरी विक्रीबाट उठेको मुनाफा र राजस्व नेपाल सरकारको खातामा जम्मा गर्न सहजीकरण गर्ने

(छ) गाँजाको उपभोग तथा यसले पार्ने प्रभावको बारेमा सचेतना कार्यक्रम सञ्चालन गर्ने

(ज) कृषकबाट खरिद गरेको गाँजा तथा गाँजा जन्य उत्पादनको भण्डारणको लागि आवश्यक संरचना निर्माण गर्न सहजीकरण गर्ने

(झ) गाँजाको औषधिय उपयोगको सम्बन्धमा अनुसन्धान गर्न गराउने, सहजीकरण गर्ने

(ञ) यस ऐनको प्रतिकुल हुने गरी गरिएको गाँजा खेति नष्ट गर्ने, गराउने

(ट)   कृषकबाट गाँजाको खरिद गर्ने मूल्य र बिक्रि मूल्य निर्धारण गर्न सहजीकरण गर्ने

(ठ) निरीक्षकको काम कारबाहीको सम्बन्धमा निरीक्षकलाई आवश्यक निर्देशन दिने

(ड) बोर्डको वार्षिक योजना, कार्यक्रम तथा बजेट तर्जुमा गरी स्वीकृति गर्ने

(ढ) गाँज खेति उधम गरे वापत बुझाउनु पर्ने रोयल्टीको दर निर्धारण गर्न मन्त्रालयलाई सिफारिस गर्ने

(ण) मन्त्रालयबाट स्वीकृत मापदण्डको अधिनमा रही कृषकले उत्पादन गरेको गाँजाको बोर्डले खरिद गर्ने न्यूनतम बिक्री मूल्य मूल्य निर्धारण गर्न सहजीकरण गर्ने

(त)  कृषकलाई प्राविधिक सहयोग उपलब्ध गर्ने, गराउने तथा गाँजा खेति सम्बन्धी तालिम तथा अन्य जानकारी कृषकलाई उपलब्ध गराउने।

(थ) गाँजा खेति तथा यसको उत्पादन, प्रसोधन, प्रडक्ट डेभलपमेन्ट तथा विक्री वितरणको अनुगमन, मूल्याङ्कन तथा समीक्षा गर्ने, गराउने।

(द)    गाँजाबाट  स्थानीय  ज्ञानको  आधारमा  उत्पादन  हुने  स्थानीय  सामाग्री  सम्बन्धी ज्ञानलाई संरक्षण गर्ने र त्यसमा नेपालको वौद्धिक अधिकार स्थापित गर्ने, गराउने।

(ध) तोकिए बमोजिमको काम गर्ने गराउने।

ण) गाँजा नियमन तथा नियन्त्रण बोर्ड आफै नियमनकारी निकाय भएकाले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आफूलाई लाभ पुग्ने गरी यसका कार्यकारी पदाधिकारी तथा बोर्ड आफै गाँजाको खरिद विक्रीमा संलग्न हुन पाउने छैनन।

 

१८. कार्यकारी निर्देशक र रजिष्ट्रारको नियुक्ति

 (१) बोर्डको प्रशासकीय कार्यकारी प्रमुखको रुपमा एकजना कार्यकारी निर्देशक रहनेछ । इजाजत पत्र जारी गर्ने, नवीकरण गर्ने तथा खारेज गर्ने आदिको कार्य सम्पन्न गर्न जिम्मेवारी सहित रजिस्ट्रारको व्यवस्था हुने छ।

२) नेपाल सरकारले कार्यकारी निर्देशक रजिस्ट्रार पदमा उपयुक्त व्यक्तिलाई नियुक्त गर्न वा तोक्न सक्नेछ ।

(३) कार्यकारी निर्देशक रजिस्ट्रारको पदावधि चार वर्षको हुनेछ । पदावधि

र निज पुनः बढीमा चार वर्षको लागि नियुक्त हुन वा तोकिन सक्नेछ ।

(३)  कार्यकारी निर्देशक रजिस्ट्रारको काम, कर्तव्य, अधिकार र पारिश्रमिक सेवाको शर्त तथा सुविधा सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।

 

१९. बोर्डको कर्मचारी:

(१) बोर्डको कार्य सञ्चालनको निमित्त बोर्डमा आवश्यक संख्यामा कर्मचारी रहनेछन् ।

२) बोर्डलाई आवश्यक पर्ने कर्मचारी बोर्ड आफैले नियुक्त गर्ने छ। बोर्डको अनुरोधमा केही समयको लागि कर्मचारीको आवश्यकता मन्त्रालयले समेत उपलब्ध गराउनेछ गराउन सक्ने छ। मन्त्रालयबाट कर्मचारी उपलब्ध हुन नसकेमा बोर्डले मन्त्रालयको पूर्व स्वीकृति लिई आवश्यक कर्मचारी करारमा राख्न सक्नेछ ।

(४)    बोर्डका कर्मचारीहरुको पारिश्रमिक, सेवाको शर्त तथा सुविधा नेपाल सरकारको मापदण्ड भित्र बोर्डले तोके बमोजिम हुनेछ ।

२०. निरीक्षक सम्बन्धी व्यवस्था:

(१) अनुमतिपत्र प्राप्त व्यक्तिले यस उधमले ऐन बमोजिम पालना गर्नु पर्ने शर्तहरु पालना वा पूरा गरे वा नगरेको सम्बन्धमा निरीक्षण गर्ने काम समेतको लागि बोर्डले बोर्डका कर्मचारी मध्येबाट आवश्यक संख्यामा निरीक्षक नियुक्ति गर्ने छ। गर्न वा बोर्डले मन्त्रालयको स्वीकृतिमा मन्त्रालय वा मन्त्रालयको मातहतको कुनै कर्मचारीलाई निरीक्षकको रुपमा तोक्न वा खटाउन सक्नेछ।

 

 

(२) निरीक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः

(क) अनुमतिपत्र प्राप्त व्यक्ति अधिकारी  ले यस ऐन तथा यस ऐन अन्र्तगत बनेको नियमावली बमोजिम पालना गर्नुपर्ने शर्तको पालना गरे वा नगरेको वा पूरा गर्नुपर्ने शर्त पूरागरे वा नगरेको सम्बन्धमा नियमित रुपमा आफ्नो क्षेत्राधिकार भित्रको जुनसुकै स्थलको निरीक्षण गर्ने

(ख) कृषकबाट उत्पादन भएको गाँजा तथा गाँजा जन्य पदार्थ को अनधिकृतरुपमा प्रयोग हुन नदिन सतर्कता अवलम्बन गर्न कृषक उद्यमी लाई सुझाब दिने

(ग) अनुमतिपत्र प्राप्त व्यक्तिले यो ऐन तथा यस ऐन बमोजिम बनेको नियमावली बमोजिम राख्ने अभिलेख राखे नराखेको जाँच गर्ने

(घ) कृषकबाट उत्पादन भएको गाँजा बोर्डलाई बिक्रि गर्ने कार्यको लागि सहजिकरण गर्ने

(ङ) तोकिए बमोजिमका अन्य कार्य गर्ने ।

(३) उपदफा (२) बमोजिम निरीक्षण गर्दा कुनै अनुमतिपत्र प्राप्त व्यक्तिले यस ऐन बमोजिम गर्नु पर्ने कुराहरु पूरा गरेको नदेखिएमा निरीक्षकले त्यस्तो अनुमतिपत्र प्राप्त व्यक्तिको अनुमतिपत्र रद्द गर्ने कारबाहीको लागि सम्बन्धित निकायमा सिफारिस गर्न सक्नेछ ।

(४) यस ऐनमा लेखिएदेखि बाहेक निरीक्षकको बोर्डले तोकिए तोके बमोजिमका अन्य काम  कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ गर्ने

 

परिच्छेद–५

बोर्डको कोष सम्बन्धी व्यवस्था

२१.बोर्डको कोष:

(१) बोर्डको एउटा छुटैृ कोष हुनेछ र सो कोषमा देहायका रकमहरु रहनेछन्ः

(क) नेपाल सरकारबाट प्राप्त रकम

(ख) अनुमतिपत्र दस्तुर तथा नवीकरण दस्तुर वापत प्राप्त रकम

(ग) कृषकबाट उठाइएको रोयल्टी रकम मध्ये तोकिए बमोजिमको रकम

(घ) बोर्डले गाँजा बिक्रिगर्दा प्राप्त हुन आउने मुनाफा रकम

(ङ) अन्य कुनै स्रोतबाट प्राप्त रकम

 

(२) बोर्डलाई प्राप्त हुने सबै रकम नेपाल भित्रको कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गरिनेछ ।

(३) उपदफा (१) बमोजिमको कोषबाट देहायका खर्च व्यहोरिनेछ:

(क) कृषकबाट गाँजा गाँजा नियमन तथा नियन्त्रणको क्षमता अभिवृद्धिको लागि खरिद गर्न तथा भण्डारणको लागि पूर्वाधार विकास गर्न

(ख) गाँजा व्यवसायले समाजमा पुर्‍याई रहेको प्रभाव को अध्ययन गर्न तथा सामाजिक जनचेतना जागृत गर्न। खेति गरिने स्थानको आर्थिक तथा सामाजिक क्रियाकलाप सञ्चालन गर्न

(ग) औषधि उत्पादन वैकल्पिक प्रयोग आदि जस्ता विषयमा तथा अनुसन्धान गर्न

(घ) वातावरण संरक्षण गर्न

(ङ) बोर्डको प्रशासनिक कार्य सञ्चालन गर्न। तर त्यस्तो कार्य सञ्चालन गर्न कोषमा जम्मा भएको रकमको चार प्रतिशत भन्दा बढी हुने छैन ।

(४) कोषको खाताको सञ्चालन तोकिए बमोजिम हुनेछ ।

 

२२. लेखा र लेखापरीक्षण:

(१) बोर्डको आय व्ययको लेखा नेपाल सरकारले अपनाएको तरिका बमोजिम राखिनेछ ।

(२) बोर्डको लेखाको लेखापरीक्षण महालेखा परीक्षकद्वारा हुनेछ ।

 

परिच्छेद–६

समितिको गठन तथा काम, कर्तव्य र अधिकार

२३.समितिको गठन:

(१) गाँजा खेतिको नियमन तथा व्यवस्थापन गर्नको गाँजा नियमन तथा नियन्त्रण ऐनको स्थानीय स्तरमा कार्यान्वयनको लागि दफा ४ बमोजिम जिल्ला स्तरीय संयन्त्रको रुपमा तोकिएको जिल्लाको कृषि ज्ञान केन्द्रमामा देहाय बमोजिमको एक गाँजा नियमन तथा नियन्त्रण समिति रहनेछः

(क) सम्बन्धित जिल्लाको जिल्ला समन्वय प्रमुख– अध्यक्ष कार्यकारी निर्देशक (सदस्य सचिव, गाँजा नियमन तथा नियन्त्रण समिति)

(ख) प्रतिनिधि प्रमुख, जिल्ला प्रशासन कार्यालय– सदस्य अध्यक्ष

(ग) सम्बन्धित जिल्लाको प्रमुख, कृषि ज्ञान केन्द्र – सदस्य

(घ) जिल्लाको सदरमुकाम स्थित अस्पताल वा प्रमुख, जनस्वास्थ्य कार्यालयका– सदस्य

(ङ) प्रमुख, प्रतिनिधि जिल्ला प्रहरी कार्यालय– सह-अध्यक्ष

(च) गाँजा खेति गरिने स्थानीय तहका कृषि विषय हेर्ने अधिकृतहरुमध्येबाट

समितिले तोकेको स्थानीय तहको अधिकृत एकजना–  सदस्य

(छ) गाँजा खेति गर्ने स्थानीय कृषकहरु मध्येबाट एक महिला सहित

समितिले तोकेको ३ जना –सदस्य

(ज) बोर्डको जिल्ला स्थित कार्यालय वा संकलन केन्द्रको प्रमुख –सदस्य सचिव

 

(२) समितिको बैठक तथा तत् सम्बन्धी कार्यविधि गाँजा नियमन तथा नियन्त्रण बोर्ड वाट प्राप्त निर्देशनको आधारमा सो समिति आर्फैले निर्धारण गरे बमोजिम हुनेछ ।

 

२४. समितिको काम, कर्तव्य र अधिकारः

समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः

(क) आफ्नो क्षेत्रभित्र गरिएको गाँजा खेतिको नियमित रुपमा अनुगमन तथा निरीक्षण गर्ने गराउने,

(ख) यस ऐन तथा नियमावली प्रतिकूल हुने गरी गरिएको गाँजा खेतिलाई नष्ट गर्ने,

(ग) गाँजा तथा यसबाट उत्पादित पदार्थको प्रयोग र त्यसका असरको बारेमा स्थानीय

स्तरमा सचेतना जगाउने,

(घ) बोर्डबाट सञ्चालन भएका कार्यक्रमलाई सञ्चालनको लागि सहजिकरण गर्ने,

(ङ) बोर्डबाट माग भएका विवरण संकलन गरी उपलब्ध गराउने,

(च) तोकिए बमोजमका अन्य कार्य गर्ने।

(क) इजाजतको लागि प्राप्त निवेदनको आवश्यक छानबिन र कागजातको  प्रामाणिकता हेर्ने लगायतका सम्पूर्ण प्रक्रिया पुरा गरी गाँजा नियमन तथा नियन्त्रण बोर्डको रजिस्टार समक्ष अनुमतिको  इजाजत उपलब्ध  प्रदान गर्न सिफारिस सहित लेखि पठाउने। आफ्नो कार्य क्षेत्र भित्र गाँजा तथा यसको विभिन्न उत्पादनको बिक्रि वितरणलाई नियमन तथा व्यवस्थापनको लागि अपनाउनु पर्ने नीति तथा सुधार गर्नु पर्ने कानूनको सम्बन्धमा गाँजा नियमन तथा नियन्त्रण बोर्ड समक्ष सुझाव पेश गर्ने।

(ख) आफ्नो कार्य क्षेत्र भित्र गाँजाको गैरकानूनी खेती, गाँजा जन्य उत्पादनको बिक्रि वितरणलाई तथा उपयोगलाई रोक्न अवलम्बन गर्नु पर्ने उपयायहरुको बारेमा गाँजा नियमन तथा नियन्त्रण बोर्ड लाई आवश्यक सुझाब पेश गर्ने।

(ग) आफ्नो कार्य क्षेत्र भित्र गाँजा र गाँजा जन्य उत्पादनको विक्रि वितरणको लागि अवलम्बन गर्नु पर्ने आवश्यक व्यवस्थाको बारेमा आवश्यक व्यवस्था मिलाउन गाँजा नियमन तथा नियन्त्रण बोर्ड लाई सुझाब दिने।

(घ)  आफ्नो कार्य क्षेत्र भित्र गाँजा तथा गाँजा जन्य उत्पादनको बिक्रि वितरणको अनुगमन तथा निरीक्षण गर्ने, गराउने

(ङ) आफ्नो कार्य क्षेत्र भित्र सुकेको गाँजा र त्यसको उत्पादन, खरिद बिक्रीको नियमन र सहजीकरण गर्ने

(च) आफ्नो कार्य क्षेत्र भित्र गाँजाको विक्रि वितरण वा निकासीको लागि अनुमतिपत्र प्राप्त व्यक्ति वा कम्पनी वा औषधि निर्माण गर्ने निकाय, कम्पनि वा संस्थालाई सहजीकरण गर्ने, विक्रीबाट उठेको राजस्व नेपाल सरकारको खातामा जम्मा गर्न सहजीकरण गर्ने

 

परिच्छेद–७

कसूर र सजाय सम्बन्धी व्यवस्था

२५. कसूर तथा सजाय:

(१) कसैले देहायको कुनै काम गरेमा यस ऐन विपरितको कसूर गरेको मानिनेछ:

(क) दफा ६ बमोजिम अनुमतिपत्र प्राप्त नगरी गाँजा खेति गरेमा वा त्यसको निकासी वा बिक्रि वितरण गरेमा

(ख) दफा १० बमोजिम लगाउनु पर्ने लेबुल नलगाएमा

(ग) दफा ११ बमोजिम राख्नु पर्ने विवरण वा अभिलेख नराखेमा वा त्यस सम्बन्धी झुटृा विवरण तयार गरेमा

(घ) दफा १२ विपरित गाँजाको बिक्रि वितरण गरेमा

(ङ) दफा १४ विपरित विज्ञापन गरेमा

(च) यो ऐन विपरितको अन्य कुनै काम गरेमा ।

(२) देहायको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिम सजाय गर्न सक्नेछ:

(क) उपदफा (१) को खण्ड (क) वा (घ) बमोजिमको कसूरमा १ वर्षसम्म कैद र एक लाख रुपैंयाँ सम्म जरिवाना

(ख)उपदफा (१) को खण्ड (ख), (ग) वा (ङ) बमोजिमको कसूरमा ६ महिनासम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना

(ग)उपदफा (१) को खण्ड (च) बमोजिमको कसूरमा एक महिनासम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना

२६.अनुसन्धान तथा तहकिकात:

(१) यस ऐन अन्र्तगतको कसूर सम्बन्धि मुद्दाको अनुसन्धान तथा तहकिकात निरीक्षकले गर्नेछ ।

(२) उपदफा (१) बमोजिम अनुसन्धान तथा तहकिकात गरिएको मुद्दामा निरीक्षकले सम्बन्धित सरकारी वकिलको राय लिएर मुद्दा हेर्ने अधिकारी समक्ष मुद्दा दायर गर्नेछ।

२७. सरकारवादी हुने:

यस ऐन अन्तर्गतको कसूर सम्बन्धी मुद्दा नेपाल सरकारवादी चल्नेछ र त्यस्तो मुद्दा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची १ मा समावेश भएको मानिनेछ।

परिच्छेद–८ विविध

२८.रोयल्टी तथा करः

यस ऐन बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिले प्रचलित कानूनमा निर्धारण भए बमोजिमको रोयल्टी तथा कर बुझाउनु पर्नेछ ।

२९. उपसमिति वा कार्यदल गठन गर्न सक्नेः

(१) बोर्डले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफूले गर्नु पर्ने कुनै कार्य सम्पादन गर्नको निमित्त आवश्यकता अनुसार उपसमिति वा कार्यदल गठन गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम गठित उपसमिति वा कार्यदलको काम, कर्तव्य र अधिकार तथा कार्यविधि सो उपसमिति वा कार्यदल गठन गर्दाका बखत बोर्डले तोके बमोजिम हुनेछ ।

३०. वार्षिक प्रतिवेदन:

(१) बोर्डले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र तोकिए बमोजिमको  विवरण सहित  सो वर्ष  भरमा आफूले  गरेको  काम  कारबाहीको  वार्षिक  प्रतिवेदन मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम पेश भएको वार्षिक प्रतिवेदन मन्त्रालयले संघीय संसदमा पेश गर्नुपर्नेछ र सर्वसाधारणको जानकारीको लागि प्रकाशन गर्नु पर्नेछ ।

३१. अधिकार प्रत्यायोजनः

(१) बोर्डले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफूलाई प्राप्त अधिकारहरुमध्ये आवश्यकता अनुसार केही अधिकार बोर्डको अध्यक्ष वा सह-अध्यक्ष वा कार्यकारी निर्देशकलाई प्रत्यायोजन गर्न सक्नेछ ।

(२) कार्यकारी निर्देशकले ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफूलाई प्राप्त अधिकारहरुमध्ये आवश्यकता अनुसार केही अधिकार बोर्डको अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ।

३२. मन्त्रालयले निर्देशन दिन सक्ने:

मन्त्रालयले बोर्डलाई आवश्यक निर्देशन दिन सक्ने छ र त्यस्तो निर्देशनको पालना गर्नु बोर्डको कर्तव्य हुनेछ ।

३३.नेपाल  सरकारसँग  सम्पर्क:

बोर्डले  नेपाल  सरकारसँग  सम्पर्क  राख्दा  मन्त्रालय  मार्फत  राख्नु पर्नेछ ।

३४. सहयोग गर्नु पर्ने:

यस ऐन बमोजिमको कुनै काम कारबाही सम्पादन गर्ने सिलसिलामा निरीक्षकले स्थानीय प्रशासनको सहयोग माग गर्न सक्नेछ। त्यसरी सहयोग माग भएमा आवश्यक सहयोग गर्नु स्थानीय प्रशासनको कर्तव्य हुनेछ ।

३५. नियम बनाउने अधिकार:

यस ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियम बनाउन सक्नेछ।

३६. खारेजी:

लागू औषध (नियमन्त्रण) ऐन, २०३३ को दफा ३ को खण्ड (क) को उपखण्ड (१) र उपखण्ड (२) तथा खण्ड (ख) र खण्ड (ग), दफा ४ को खण्ड (क), दफा ११ को खण्ड (क) र दफा १४ को खण्ड (क), (ख) (ग) र (घ) तथा तिनको आधारमा बनेको सम्पूर्ण कानुन, निर्णय, कानुनी कारबाहीको सजाय तथा अन्य व्यवस्था यसै साथ  खारेज गरिएको छ ।

 

 अनुसूची -

धारा २ परिभाषाअनुच्छेद (ण) र (थ) अनुसार गाँजाको विभिन्न भागको बराबरको मात्रा यस अनुसार मानिने छ:


स्तम्भ १

स्तम्भ २

स्तम्भ ३

क्रम संख्या

गाँजाको प्रकार वा क्लास

१ ग्राम  सुकेको गाँजा बराबरको मात्रा

सुकेको गाँजा

१ ग्राम

ताजा  गाँजा

ग्राम

गाँजामात्रको ठोस पदार्थ

१५ ग्राम

गाँजामात्रको तेल वा बाक्लो झोल

७० ग्राम

गाँजामात्रको कन्सनट्रेट

.२५  ग्राम

गाँजाको एक बिरुवा

गाँजाको एक बीउ बराबर

 

 अनुसूची


धारा २ परिभाषाअनुच्छेद (क) अनुसार एक अधिकृत व्यक्ति वा निकायले गाँजाको कारोबारको लागि प्राप्त गर्न सक्ने गाँजाका इजाजत पत्रका वर्गहरू यस प्रकार छ:


क्रम

संख्या

इजाजत पत्रको बर्ग

कारोवारको लागि स्वीकृत गतिबिधि

खेतीको लागि इजाजत पत्र

गाँजाको खेती गर्नेबिउँ, बिरुवा, बोट तथा सुकेको गाँजाको भाग, घरेलु तरिका वाट उत्पन्न हुने गाँजाको सार तत्त्व र मह मुलुक भित्र बेच्ने। कृषि अनुसन्धान गर्ने।

प्रशोधनको लागि इजाजत पत्र

नेपालमा उत्पादित वा आयातित गाँजाको खरिद गरी गाँजा वाट सम्भव हुने सबै प्रकारको प्रशोधन नगरिएको तथा गरिएको मात्र गाँजा निर्मित पदार्थ तथा गाँजा जन्य पदार्थको उत्पादन गर्ने र मुलुक भित्र मात्र बेचबिखन  गर्ने।

विश्लेषणात्मक परीक्षणको लागि इजाजत पत्र

गाँजाको गुण नियन्त्रण तथा पोषण, औषधीय मूल्य, विषादीको हद तथा विभिन्न जस्तै सेल्फ-लाइफ, न्युट्रीसनल, हेबीमेटल, पेष्टिसाइड, इन्सेकटिसाइड आदिको परीक्षण गर्ने ल्याब। 

बिक्रीको लागि इजाजत पत्र (व्यापारिक प्रयोजनको लागि  स्थानीय खरिद-बिक्रीगर्ने)

गाँजा तथा गाँजाको सारतत्व वा सो निर्मित तत्त्व नेपाल अधिराज्य भर वाट खरिद गरी  नेपाल अधिराज्य भर बिक्री वितरण गर्ने।

बिक्रीको लागि इजाजत पत्र (व्यापारिक प्रयोजनको लागि खरिद-बिक्री तथा आयात-निर्यात गर्ने )

गाँजा तथा गाँजाको सारतत्व वा सो निर्मित तत्त्व संसार भर वाट खरिद गरी  संसार भर बिक्री वितरण गर्ने।

अनुसन्धानको लागि इजाजत पत्र

गाँजा तथा गाँजाको सारतत्वको बिक्री वितरणको नियत नराखी स्वदेश वा विदेशमा मात्र परीक्षणको लागि कृषि वा ल्याब वा प्रशोधन आदि सम्बन्धी परीक्षण कार्यहरू सञ्चालन गर्ने।

गाँजाको आयुर्वेदिक टनिक, आयुर्वेदिक ओखती तथा लागू औषध इजाजत पत्र

गाँजा तथा गाँजाको सारतत्वको आयुर्वेदिक उत्पादन, प्रशोधन, आयुर्वेदिक अध्ययन, औषधि तथा खाद्य निर्माण, परीक्षण, मुलुक भित्र वा बाहिर बिक्री वितरण तथा परीक्षण कार्यहरू सञ्चालन गर्ने।

गाँजाको अन्य प्रयोगको लाइसेन्स जस्तै: गाँजा औषधालय (फार्मेसी) सञ्चालन।

गाँजा तथा गाँजाको सारतत्वको निर्मित औषधीय गुणका पदार्थहरू मुलुक भित्र तथा बाहिर खरिद तथा बिक्री गर्ने ।

गाँजाको एक भन्दा बढी बर्गमा पर्ने कार्य सञ्चालन।

माथिका एक भन्दा धेरै वर्ग अन्तरगतका वा सम्पूर्ण वर्ग अन्तरगतका गतिविधिहरू सञ्चालन गर्ने। 

 



लागू औषध (नियन्त्रण) ऐन, २०३३ हुनुपर्ने न्यूनतम परिवर्तन:

 


लागू औषध (नियन्त्रण) ऐन, २०३३ २०

 

प्रस्तावना :

सर्वसाधारण जनताको सदाचार, स्वास्थ्य, सुविधा र आर्थिक हित कायम राख्नको लागि लागू औषधको खेती, उत्पादन, निर्माण, खरीद–बिक्री, सञ्चय, ओसारपसार, सेवन तथा निकासी पैठारी समेतमा नियन्त्रण गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेकोछ संशोधन गरी तत्काल लागु भएको छ।

परिच्छेद–१ प्रारम्भिक

१. संक्षिप्त नाम, विस्तार र प्रारम्भ: (१) यस ऐनको नाम “लागू औषधि (नियन्त्रण) ऐन, २०३३ २०२१” रहेकोछ ।

(२) यस ऐनको विस्तार नेपाल ……………..भर हुनेछ ।

(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. ऐनको बहिक्र्षेत्रीय प्रयोग :(१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा आदेशको विरुद्ध हुने गरी नेपाल ………….. बाट वा नेपाल ………… भित्र कुनै लागू औषध निकासी वा पैठारी गरी विदेशमा बसी व्यापार गर्ने नेपाली नागरिक वा विदेशीलाई समेत यो ऐन लागू हुनेछ ।

(२) उपदफा (१) बमोजिम काम कारवाई गर्ने व्यक्तिलाई निजले सो काम कारवाई नेपाल ……….. भित्र गरेको सरह मानी यस ऐन बमोजिम कारवाई र सजाय गरिनेछ ।

३. परिभाषा : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा–

(क) “लागू औषध” भन्नाले–

(१) गाँजा,

(२) औषधोपयोगी गाँजा,

(३) अफीम,

(४) तैयारीको अफीम,

(५) औषधोपयोगी अफीम,

(६) कोकाको झार र पात,

(६क) अफिम तथा कोकाको सारतत्व, मिश्रण वा लवण समेत मिसाई तयार गरिने कुनै पदार्थ ।

(७) नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएका प्राकृतिक वा कृत्रिम लागू औषध तथा मनोदीपक पदार्थ (साइकोट्रपिक्स सब्स्टान्स) र तिनको लवणहरु तथा अन्य पदार्थ समेत सम्झनु पर्छ ।

(ख) “गाँजा” भन्नाले निम्नलिखित पदार्थहरु सम्झनु पर्छ ।

(१) भाँग र सिद्ध समेत गाँजा मूलको जुनसुकै बोटको पात र फूल,

(२) चरेस तथा गाँजाको बोटबाट प्राप्त गरिएको प्राकृतिक खोटो, लिस्सा र चोब,

(३) माथि उल्लेख गरिएकोमध्ये कुनै पदार्थ भएको सार, निस्सार, निष्कर्ष, मिश्रण तथा पेय ।

(ग) “औषधोपयागी गाँजा” भन्नाले गाँजाको निस्सासार वा निष्कर्ष सम्झनु पर्छ ।

(घ) “अफीम” भन्नाले अफीमको फूलको जमेको रस सम्झनु पर्छ।

(ङ) “तयारी अफीम” भन्नाले सेवन गर्नको लागि तयार गरिएको अफीम र धुम्रपान गरिसकेपछिको अफीमको खार समेत सम्झनु पर्छ।

(च) “औषधोपयोगी अफीम” भन्नाले औषधिको प्रयोजनको लागि कुनै विधि पुर्या ई तयार गरिएको कुनै रुपको अफीम सम्झनु पर्छ ।

(छ) “कोकाको झार र पात” भन्नाले सिंगल कन्भेन्शन अन नार्कोटिक ड्रग्स, १९६१ मा परिभाषा गरिएबमोजिम एरिथ«क्सिलोन मूलको जुनसुकै जातको झार र पात सम्झनु पर्छ।

(ज) “तयारी” भन्नाले एक वा एकभन्दा बढी लागू औषधको मात्राको रुपमा तयार गरिने ठोस वा तरल मिश्रण सम्झनु पर्छ ।

(झ) “उत्पादन” भन्नाले गाँजाको बोटबाट गाँजा, भाँग, सिद्ध वा चरेस झिक्ने र कोकाको झारबाट पात झिक्ने काम सम्झनु पर्छ ।

(ञ) “निर्माण” भन्नाले उत्पादन गर्ने कार्य बाहेक लागू औषध निकाल्ने सबै किसिमको विधि सम्झनु पर्छ र यस शब्दले लागू औषध प्रशोधन गर्ने एक लागू औषधलाईअर्को लागू औषधमा परिणत गर्ने वा औषधको निमित्त बाहेक लागू औषध तयार गर्ने विधि समेत जनाउँछ ।

(ञ१) “कट्रोल डेलिभरी (नियन्त्रित भुक्तानी प्रविधि)” भन्नाले कुनै व्यक्तिले नेपाल …………….. बाट वा नेपाल …………… भई अन्य देशमा लागू औषधपठाएकोमा त्यस्तो लागू औषध जाने अन्तिम स्थान र लागू औषध प्राप्त गर्ने व्यक्ति पत्ता लगाउन औषध अनुसन्धान अधिकारीको प्रत्यक्ष निगरानीमा सो लागूऔषध सोही अवस्थामा वा सो लागू औषधको सट्टामा त्यस्तै अन्य कुनै सामान त्यस्तो लागू औषधको प्याकेट भित्र राखी पठाउने प्रविधि सम्झनु पर्छ ।

(ञ२) “अनुसन्धान अधिकारी” भन्नाले लागू औषध नियन्त्रणको अनुसन्धानको सिलसिलामा लागू औषध नियन्त्रण कानून कार्यान्वयन निकायको प्रमुखले तोकेको प्रहरी सहायक निरीक्षक वा खरिदार दर्जा सम्मको कर्मचारी सम्झनु पर्छ ।

(ञ३) “चिकित्सा केन्द्र” भन्नाले लागू औषध दुव्र्यसनीको उपचार तथा पुनस्थापन गर्न नेपाल सरकारले स्वीकृति दिएको चिकित्सा केन्द्र सम्झनु पर्छ ।

(ञ४) “दुव्र्यसन” भन्नाले स्वीकृति प्राप्त चिकित्सकको सिफारिश अनुसारको मात्रा र परिमाण भन्दा बढी वा बिना सिफारिश लागू औषध सेवन गर्ने कार्यलाई सम्झनु पर्छ ।

(ट) “औषध नियन्त्रण अधिकारी” भन्नाले दफा २१ बमोजिम नेपाल सरकारले नियुक्ति गरेको वा तोकेकोअधिकारी सम्झनु पर्छ।

(ठ) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियम वा जारी गरिएको आदेशमा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।

परिच्छेद–२ निषेध र नियन्त्रण

४. निषेध गरिएका कार्यहरु : कुनै पनि व्यक्तिले देहायका कार्यहरु गर्न हुँदैन :

(क) गाँजाको खेती गर्न, उत्पादन गर्न, तैयारी गर्न, खरीद गर्न, बिक्री वितरण गर्न, निकासी वा पैठारी गर्न, ओसार पसार गर्न, संचय गर्न वा सेवन गर्न,

(ख) अफीम वा कोकाको खेती गर्न वा अफीम वा कोकाको पात वा अन्य लागू औषधीको उत्पादन गर्न,
(ग) लागू औषधको निर्माण वा तैयारी गर्न,
(घ) लागू औषधको बिक्री वितरण गर्न,
(ङ) लागू औषधको निकासी वा पैठारी गर्न,

(च) लागू औषध खरीद गर्ने, संचय गर्ने, राख्ने वा ओसार पसार गर्ने,
(छ)
गाँजा बाहेक अन्य लागू औषध सेवन गर्ने,
तर–
(१) नेपाल …….. को पश्चिमी पहाडी भेगमा प्राकृतिक रुपमा आफै उम्रने जङ्गली गाँजाको बोटबाट तोकिएको समयसम्मको लागि चरेस उत्पादन गर्न, त्यस्तो चरेस संग्रह गर्न, राख्ने र खरीद बिक्री गर्ने सम्बन्धमा नेपाल सरकारले नियम बनाई व्यवस्था गर्न सक्नेछ र सो अनुसार अनुमतिपत्र प्राप्त गरी कसैलेकुनै काम गर्दा यस दफा अन्तर्गत अपराध गरेको मानिने छैन ।

(१क) सिङ्गल कन्भेन्शन अन नार्कोटिक ड्रग्स, १९६१ मा परिभाषा गरिए बमोजिमका औषधि मध्ये लागू औषध तयार गर्न प्रयोग गरिने रासायनिक पदार्थ मुख्य औषध नियन्त्रण अधिकारीको अनुमतिले मात्र तोकिएको अनुपातमा आयात–निर्यात, ओसार–पसार, सञ्चय, बिक्री–वितरण र प्रयोग गर्न पाइनेछ ।

(२) प्रतिबन्धात्मक वाक्यांश (१) बमोजिम दिइने अनुमतिपत्रको तरीका, त्यस्तो अनुमतिपत्रको ढाँचा र शर्त अनुमतिपत्र दिने अधिकारी, त्यसमा लाग्ने दस्तूर, अनुमतिपत्र बमोजिम गरिने काम उपरको अरु नियन्त्रण र व्यवस्था तोकिएबमोजिम हुनेछ ।

स्पष्टीकरण : यस खण्ड (ख), (ग), (घ), (ङ) र (च) को प्रयोजनका लागि “लागू औषध” भन्नाले गाँजालाई जनाउने छैन।

५. निषेध लागू नहुने : यस ऐनका अन्य दफाहरुमा जुनसुकै कुरा लेखिएको भए तापनि: देहायका व्यक्तिहरुले देहायका अवस्थामा लागू औषधको सेवन गर्न निषेध भएको मानिने छैन


(क) औषधोपचाकरो निमित्त स्वीकृत चिकित्सकको सिफारिशमा कुनै व्यक्तिले अनुमतिपत्र प्राप्त पसलबाट सिफारिश बमोजिमको मात्रााम लागू औषध खरीदगरी सेवन गर्न
(ख) तोकिएको वर्गका व्यक्तिले तोकिएको मात्रामा लागू औषध सेवन गर्न ।

५क.चिकित्सकको सिफारिशमा जनाउनु पर्ने: कुनै व्यक्तिले स्वीकृति चिकित्सकको सिफारिश लिई लागू औषध खरीद गर्न आएमा अनुमतिपत्र प्राप्त पसलले त्यस्तो व्यक्तिलाई चिकित्सकको सिफारिश बमोजिम लागू औषध बिक्री गरिसकेपछि बिक्री भएको कुरा चिकित्सकको सिफारिशमा जनाई दिनु पर्नेछ।

५ख. चिकित्सकको दायित्व: चिकित्सकले कुनै व्यक्तिको निमित्त लागू औषध सिफारिश गर्नुपर्दा लागू औषध आवश्यक नपर्ने व्यक्तिलाई लागू औषध सिफारिश गर्न वा लागू औषध आवश्यक पर्ने व्यक्तिलाई पनि आवश्यकता भन्दा बढी मात्रामा लागू औषध सिफारिश गर्नु हुँदैन ।

६.नेपाल सरकार बाध्य नहुने: नेपाल सरकारले वा नेपाल सरकारबाट विशेष अनुमतिपत्र प्राप्त गरी नेपाल सरकारको पूर्ण निर्देशन र नियन्त्रणमा रही नेपाल सरकारको तर्फबाट कुनै संस्थाले औषधि वा वैज्ञानिक अनुसन्धानको प्रयोजनको लागि कुनै लागू औषधको खेती गर्न, तयार गर्न, उत्पादन गर्न निर्माण गर्न वा निकासी–पैठारी गर्न वा स्वीकृत चिकित्सकको सिफारिश बमोजिम कसैलाई लागू औषध बिक्री गर्न यस ऐनमा लेखिएका कुनै कुराले बाधा पुर्याएको मानिने छैन ।

७. वारेण्ट जारी गर्ने अधिकारी: यस ऐन अन्तर्गत सजाय हुने अपराध कसैले गरेको छ वा गर्न लागेको छ भन्ने विश्वास पर्ने कारण भएमा त्यस्तो व्यक्तिको गिरफ्तारी र खानतलासीको निमित्त औषध नियन्त्रण अधिकारीले वारेण्ट जारी गर्न सक्नेछ। औषध नियन्त्रण अधिकारीले कुनै घर, जग्गा, सवारी वा अन्य कुनै ठाउँमा त्यस्तो अपराधसित सम्बन्धित कुनै व्यक्ति लुकेको छ वा कुनै लागू औषध राखिएकोछ भन्ने आफूलाई विश्वास भएमा त्यस्तो घर, जग्गा, सवारी वा ठाउँको खानतलासी गर्नको निमित्त आदेश जारी गर्न सक्नेछ ।

८.बिना वारेन्ट प्रवेश खानतलासी, कब्जा र गिरफ्तार गर्ने अधिकार: (१) यस ऐन अन्तर्गतको कुनै अपराध कुनै घर, जग्गा, सवारी वा ठाउँमा भइराखेकोछ र तुरुन्तै केही कारवाही नगरेमा अपराधी भागी जाने वा अपराधको प्रमाण गायब हुने सम्भावना देखेमा औषध नियन्त्रण अधिकारी वा कम्तीमा प्रहरी सहायक निरीक्षक दर्जा सम्मको प्रहरी कर्मचारीले सो कुराको पर्चा खडा गरी जुनसुकै बखत देहायका कामहरु गर्न सक्नेछ:

(क) त्यस्तो घर, जग्गा, सवारी वा अन्य कुनै ठाउँमा प्रवेश गर्न

(ख) त्यसरी प्रवेश गर्दा कुनै बाधा विरोध भएमा ढोका फोरी प्रवेश गर्न वा त्यस्तो बाधा विरोध हटाउन आवश्यक कारवाई गर्ने,
(ग) अपराधसित सम्बन्धित लागू औषध र अन्य सामानहरु तथा प्रमाणको लागि काम लाग्ने जुनसुकै कागजपत्र कब्जा गर्ने,
(घ) अपराध गरेको भनी शंका लागेको जुनसुकै व्यक्तिलाई रोक्न, खानतलासी लिन र आवश्यक देखेमा निजलाई गिरफ्तार समेत गर्ने।
(२) उपदफा (१) बमोजिम कुनै घर, जग्गा, सवारी वा अन्य कुनै ठाउँमा प्रवेश गर्दा वा खानतलासी गर्दा समयले भ्याएसम्म सम्बन्धित नगरपालिका वा गाउँपालिकाको सदस्य वा त्यस ठाउँको एक जना भलादमी वा कुनै अर्को सरकारी कार्यालयका एक जना कर्मचारीलाई साक्रखी गर्नु पर्नेछ ।

तर नगरपालिका वा गाउँपालिका वा वडा समितिका सदस्य वा त्यस ठाउँका भलादमी वा कुनै अर्को सरकारी कार्यालयका कर्मचारीको रोहबरमा मुचुल्का तयार गर्ने प्रयास गर्दा पनि
त्यस्ता व्यक्तिहरु उपलब्ध नभएको उचित आधार भएमा कम्तीमा दुईजना औषध अनुसन्धान अधिकारी वा कम्तीमा दुईजना प्रहरी सहायक निरीक्षक दर्जासम्मको कर्मचारीको रोहबरमा मुचुल्का तयार गर्न सकिनेछ ।

८क. आर्थिक कारोबारको विवरण माग गर्न सक्नेः (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएतापनि कुनै व्यक्ति, संघ–संस्था, फर्म, कम्पनी वा अन्तर्राष्ट्रिय संगठनले लागू औषधको अवैध कारोबार गरेकोछ भन्ने विश्वसनीय आधार भएमा औषध नियन्त्रण अधिकारीले त्यस्तो व्यक्ति, फर्म, संघ–संस्था, कम्पनी वा अन्तर्राष्ट्रिय संगठनको नाममा कुनै बैंक वा वित्तीय संस्थामा रहेको खाताको विवरण माग गर्न सक्नेछ।


(२) उपदफा (१) बमोजिम प्राप्त विवरणको रकम लागू औषधको अवैध कारोबारमा प्रयोग हुने देखिएमा मुद्दा हेर्ने अधिकारीले सम्बन्धित बैंक वा वित्तीय संस्थालाई त्यस्तो रकम रोक्का राख्न आदेश दिन सक्नेछ ।

९.गिरफ्तारी र कब्जाको प्रतिवेदन दिनु पर्ने: यस ऐन अन्तर्गत कसैलाई गिरफ्तार गरेको वा कुनैव्यक्ति, घर, जग्गा, सवारी वा अन्य कुनै ठाउँको खानतलासी गरेको वा लागू औषध वा अन्य सामान कब्जा गरेकोमा औषध नियन्त्रण अधिकारीले त्यस्तो प्रतिवेदन आफूभन्दा एक तह माथिको अधिकारी समक्ष सो गिरफ्तारी, खानतलासी, वा सामान कब्जा गरेको चौबीस घण्टाभित्र पठाउनु पर्नेछ ।

९क. गोप्यता कायम राखिदिनु पर्ने: लागू औषध सम्बन्धी मुद्दामा संलग्न कुनै कागजपत्र वा व्यक्तिको नाम गोप्य राख्न मुद्दा पेश गर्ने पक्षले माग गरेमा माग बमोजिमको अवधिभरका लागि मुद्दा हेर्ने अधिकारीले त्यस्तो कागजपत्र वा व्यक्तिको नाम गोप्य राखिदिनु पर्नेछ ।

१०. गिरफ्तार गरिएको व्यक्ति र कब्जा गरिएको सामान मुद्दा हेर्ने अधिकारी समक्ष पेश गर्नु पर्ने  यस ऐन अन्तर्गत औषध नियन्त्रण अधिकारीले गिरफ्तार गरिएको व्यक्ति र कब्जा गरेको सामानहरु बाटाको म्याद बाहेक गिरफ्तार वा कब्जा गरिएको चौबीस घण्टा भित्र मुद्दा हेर्ने अधिकारीकहाँ उपस्थित र दाखिल गर्नु पर्नेछ ।

१०क. कुनै कुरा टेप गर्न वा सेन्सर गर्न सक्ने: लागू औषधको अनुसन्धानको सिलसिलामा औषध नियन्त्रण अधिकारीले मुद्दा अनुसन्धान गर्ने वा हेर्ने अधिकारीबाट आदेश भएमा लागू औषधसंग सम्बन्धित कुनै व्यक्तिको टेलिफोन, टेलेक्स, फ्याक्स, जस्ता इलेक्ट्रोनिक प्रविधिहरुको टेप गर्न, प्रतिलिपि लिन वा फोटो खिच्न र कुनै चिठ्ठी–पत्र, पार्सल, डकुमेण्ट जस्ता हुलाकबाट प्राप्त हुने कुनै पनि कागज–पत्रको सेन्सर गर्न सक्नेछ ।

११. औषध नियन्त्रण अधिकारीले लागू औषध नष्ट गर्ने आदेश दिन सक्ने : औषध नियन्त्रण अधिकारीले देहायका लागू औषध नष्ट गर्न आदेश दिन सक्नेछ:

(क) यस ऐन विपरीत कुनै जग्गामा खेती भइरहेको गाँजा, अफिम र कोका,

(ख) दफा ४ बमोजिम छुट भएका क्षेत्रमा बाहेक अन्यत्र आफै उम्रिराखेको गाँजा, अफीम र कोका,

(ग) बेवारिसी अवस्थामा फेला परेका कुनै लागू औषध,
(घ) यस ऐन अन्तर्गतका कसूरसम्बन्धी मुद्दा अदालतमा दायर हुन नसक्ने अवस्था परेमा सो कसूरसित सम्बन्धित लागू औषध ।

११क.लागू औषध सम्बन्धी मुद्दामा अदालतबाट म्याद थप भएपछि लागू औषध नष्ट गर्नु पर्ने – कुनै व्यक्तिबाट लागू औषध बरामद भएप्छि औषध नियन्त्रण अधिकारीले लागू औषधको प्रत्येक पोकाबाट प्रहरी सहायक निरीक्षक र मुद्दा हेर्ने अधिकारीले खटाएको एकजना कर्मचारीको रोहबरमा बढीमा तीन ग्राम सम्म लागू औषध प्रत्येक पोकाबाट स्याम्पल लिई परीक्षणको लागि पठाउने, लागू औषधको प्रकृति छुटयाउन लागू औषध मुद्दाको अनुसन्धान अधिकारीले त्यस्तो लागू औषधको स्याम्पल नमूनाका लागि राख्ने र अदालतमा त्यस्तो मुद्दा म्याद थपका लागि पेश भएपछि अदालतले प्रत्येक पोकाबाट बढीमा तीन ग्राम लागू औषधको नमूना राखी बाँकी लागू औषध सम्बन्धित जिल्ला अदालतको प्रतिनिधि, स्थानीय जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि र स्थानीय नगरपालिका वा गाउँपालिकाको प्रतिनिधि समेतको रोहबरमा मुद्दा म्याद थपका लागि अदालतमा पेश भएको पन्ध्रदिन भित्र नष्ट गर्नु पर्नेछ ।

११ख.लागू औषध नष्ट गरेको लगत राख्नु पर्ने – दफा ११ र ११क. बमोजिम लागू औषध नष्ट गर्दा सम्बन्धित अधिकारीले लागू औषधको किसिम र परिमाण सम्बन्धी लगत राख्नु पर्नेछ ।

११ग. औषधी बनाउनको लागि नेपाल सरकारले लागू औषध उपलब्ध गराउन सक्नेः यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन बमोजिम जफत वा कब्जा गरिएको लागू औषधमध्ये गाँजा र अफिम नेपाल सरकारले उपयुक्त देखेमा औषधी बनाउने प्रयोजनको लागि कुनै औषधी बनाउने निकायलाई आवश्यक परिमाणमा उपलब्ध गराउन सक्नेछ ।

११घ. प्रमाणको रुपमा पेश गर्न सकिने : (१) लागू औषध अनुसन्धानको सिलसिलामा विदेशमा सङ्कलन गरेको कुनै पनि किसिमका कागजातहरु प्रमाणको रुपमा मुद्दा हेर्ने अधिकारी समक्ष पेश गर्न सकिनेछ ।

(२) लागू औषधको अनुसन्धानको सिलसिलामा अनुसन्धान अधिकारीले भिडियो टेप, क्यासेट टेप र अन्य कुनै पनि किसिमका फोटोहरु प्रमाणको रुपमा मुद्दा हेर्ने अधिकारी समक्ष पेश गर्न सक्नेछ।

१२. प्रमाणको भार : कुनै व्यक्तिका साथमा कुनै लागू औषध भएको फेला परेमा वा निजले खेती गरेको जग्गामा गाँजा, अफीम वा कोकाको खेती भइरहेको वा सो भएको कुराको प्रमाण फेला परेमा वा कुनै लागू औषधको निर्माण वा उत्पादनको निमित्त चाहिने केही विधि पुगिसकेको कुनै पदार्थ फेला परेमा वा कुनै पदार्थबाट लागू औषध उत्पादन गरिएपछि सो पदार्थको बाँकी रहेको केही कसर निजको साथमा राखिएको फेला परेमा त्यस्तो पदार्थ निजले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम वा जारी गरिएको आदेश बमोजिम प्राप्त गरेका वा राखेको हो भन्ने कुराको प्रमाण निजले पेश गर्नु पर्नेछ। त्यस्तो प्रमाण पेश गर्न नसकमो र अन्यथा प्रमाणित भएमा बाहेक निजले यस ऐन अन्तर्गत सजाय हुने अपराध गरेको मानिनेछ।
१३. ………………………

परिच्छेद–३ दण्ड सजाय

१४. दण्ड सजाय : (१): दफा ४ अन्तर्गत निषेध गरिएका कार्य गर्ने व्यक्तिलाई अपराधको मात्रा अनुसार देहाय बमोजिम सजाय हुनेछ :
(क) गाँजा सेवन गर्ने व्यक्तिलाई एक महीनासम्म कैद वा दुईहजार रुपैयाँसम्म जरिवाना ।
तर चिकित्सा केन्द्रमा एक महीनासम्म उपचार गराउने गरी जिम्मा लिने व्यक्ति वा संस्थाले कागज गरी दिएमा त्यस्तो व्यक्तिको सम्बन्धमा पन्ध्र, पन्ध्र दिनमा उक्त चिकित्सा केन्द्रबाट उपचार गराई रहेको प्रतिवेदन पेश गर्ने गरी मुद्दा हेर्ने अधिकारीले त्यस्तो व्यक्तिलाई सजाय नगर्न सक्नेछ ।
(ख) पच्चीसवटा बोटसम्म गाँजाको खेती गर्ने व्यक्तिलाई तीन महीनासम्म कैद वा तीनहजार रुपैयाँसम्म जरिवाना ।
(ग) पच्चीसवटा बोट भन्दा बढी गाँजाको खेती गर्ने व्यक्तिलाई तीनवर्षसम्म कैद वा पाँचहजार रुपैयाँदेखि पच्चीसहजार रुपैयाँसम्म जरिवाना ।
(घ) गाँजा उत्पादन, तयार, खरिद, बिक्री वितरण, निकासी वा पैठारी, ओसार पसार तथा संचय गर्ने व्यक्तिलाई :
(१) पचास ग्रामसम्मको भए तीन महीनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना ।
(२) पचास ग्रामदेखि पाँचसय ग्रामसम्मको भए एक महीना देखि एक बर्षसम्म कैद र एक हजार रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना ।
(३) पाँचसय ग्रामदेखि दुई किलो ग्रामसम्मको भए छ महीनादेखि दुईवर्षसम्म कैद र दुई हजार रुपैयाँदेखि दश हजार रुपैयाँसम्म जरिवाना ।
(४) दुई किलोग्रामदेखि दश किलो–ग्रामसम्मको भए एकवर्षदेखि तीन वर्षसम्म कैद र पाँच हजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना ।
(५) दश किलो ग्रामदेखि माथि जति सुकै भएपनि दुई वर्ष देखि दश वर्षसम्म कैद र पन्ध्र हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना ।
(ङ) अफिम, कोका वा सो बाट बनेको लागू औषधको सेवन गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना ।
तर चिकित्सा केन्द्रमा तीन महीनासम्म उपचार गराउने गरी जिम्मा लिने व्यक्ति वा संस्थाले कागज गरी दिएमा पन्ध्र, पन्ध्र दिनमा चिकित्सा केन्द्रबाट उपचार गराई राखेको जानकारी पेश गर्ने गरी मुद्दा हेर्ने अधिकारीले त्यस्तो व्यक्तिलाई सजाय नगर्न सक्नेछ।

(च) अफिम वा कोकाको खेती गर्ने व्यक्तिलाई :

(१) पच्चीस बोटसम्म भए एक वर्षदेखि तीन वर्षसम्म कैद र पाँच हजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँसमम जरिवाना ।
(२) पच्चीस बोटभन्दा माथि जतिसुकै भएपनि तीन वर्षदेखि दश वर्षसम्म कैद र पच्चीस हजार रुपैयाँदेखि दुईलाख रुपैयाँसम्म जरिवाना ।
(छ) अफिम, कोका वा सोबाट बनेको लागू औषधको सेवन र खेती गर्ने कार्य बोहक अन्य निषेधित कार्य गर्ने व्यक्तिलाई –
(१) पच्चीस ग्रामसम्मको कारोबार गर्नेलाई पाँचवर्षदेखि दश वर्षसम्म कैद र पाँचहजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना ।
(२) पच्चीस ग्रामदेखि एकसय ग्राम सम्मको कारोबार गर्नेलाई दश वर्षदेखि पन्ध्र वर्षसम्म कैद र पचहत्तर हजार रुपैयाँदेखि दुईलाख रुपैयाँसम्म जरिवाना ।
(३) एकसय ग्रामदेखि माथि जतिसुकै परिमाणको कारोबार गर्नेलाई पन्ध्र वर्षदेखि जन्म कैद र पाँचलाख रुपैयाँदेखि पच्चीसलाख रुपैयाँसम्म जरिवाना ।
(ज) नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएका प्राकृतिक वा कृत्रिम लागू औषध वा मनोद्वीपक पदार्थ (साइकोट्रपिक सब्स्ट्रान्स) र तिनको लवण र अन्य पदार्थ समेतको दुव्र्यसन गर्ने व्यक्तिलाई दुई महीनासम्म कैद वा दुईहजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय ।
तर चिकित्सा केन्द्रमा तीन महीनासम्म उपचार गराउने गरी त्यस्तो दुव्र्यसनीलाई जिम्मा लिने कुनै व्यक्ति वा संस्थाले कागज गरी दिएमा त्यस्तो चिकित्सा केन्द्रबाट उपचार गराई राखेको जानकारी पन्ध्र, पन्ध्र दिनमा पेश गर्ने गरी मुद्दा हेर्ने अधिकारीले त्यस्तो व्यक्तिलाई सजाय नगर्न सक्नेछ ।


(झ) माथि खण्ड (ज) मा लेखिएदेखि बाहेक अन्य निषेधित कार्य गर्ने व्यक्तिलाई दुई वर्षदेखि दश वर्षसम्म कैद र एकलाख रुपैयाँदेखि बीसलाख रुपैयाँसम्म जरिवाना ।

स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “अपराधको मात्रा” भन्नाले लागू औषधको प्रकृति, परिमाण, सञ्चय, खरिद–विक्री, ओसार–पसार वा निकासी–पैठारीको उद्देश्य, अभियुक्तको गिरोह वा संगठन, अभियुक्तहरुले प्रयोग गर्ने हातहतियार वा बलको प्रयोग तथा नाबालकलाई आपराधिक कार्यमा गराइएको संलग्नता, शैक्षिक, सामाजिक र सांस्कृतिक संगठन जस्ता संस्थालाई माध्यम बनाई गरिएको कारोबार, सार्वजनिक पद धारण गरेको व्यक्तिले आफ्नो पदको दुरुपयोग गरी गरिएको कारोबारको आधारमा निर्धारण गरिने अपराधको मात्रा सम्झनु पर्छ ।

(२) दफा ५क र ५ख को बर्खिलाप काम गर्ने ब्यक्तिलाई एक महिनासम्म वा एक हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

१५. आफ्नो घर, जग्गा वा सवारीमा निषेध गरिएको काम गर्न अनुमति दिनेलाई सजाय: कुनै घर,जग्गा वा सवारीको धनीले वा त्यसको भोग चलन गर्ने व्यक्तिलाई जानी जानी त्यस्तो घर, जग्गा वा सवारीमा दफा ४ अन्तर्गत निषेध गरिएको कुनै कार्य गर्न अनुमति दिएमा निजलाई छ महीनादेखि पाँच वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना हुनेछ । घर, जग्गा वा सवारी धनीले नै अपराध गरेकोमा वा अपराध गर्न अनुमति दिएकोमा त्यस्तो घर, जग्गा वा सवारी समेत जफत हुन सक्नेछ ।

१६. बारम्बार अपराध गर्नेलाई थप सजाय: यस ऐन अन्तर्गत एक पटक सजाय पाइसकेको व्यक्तिले पुनः यसै ऐन अन्तर्गत अपराध गरेमा निजलाई त्यस्तो पछिल्लो प्रत्येक पटकको निमित्त तोकिएको सजायमा थप पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।

१७. अपराध गर्न षडयन्त्र गर्ने, उद्योग गर्ने, दुरुत्साहन गर्ने र मतियार हुनेलाई सजाय : यस ऐन अन्तर्गत सजाय हुने, अपराध गर्ने, षडयन्त्र वा उद्योग गर्ने, त्यस्तो अपराध गर्न अरुलाई दुरुत्साहन गर्ने वा त्यस्तो अपराध गर्नमा मतियार हुने व्यक्तिलाई सोही अपराध गरे बापत हुने सजायको आधी सजाय हुनेछ ।

१७क. लागू औषधको विश्वास पारी अन्य पदार्थको कारोबार गर्नेलाई सजाय: लागू औषध बाहेकको अन्य कुनै पदार्थलाई लागू औषध भन्ने विश्वासमा पारी त्यस्तो कारोबार, बेच–बिखन, निकासी–पैठारी, सञ्चय, उत्पादन समेतको कार्य गर्ने व्यक्ति वा गिरोहलाई सो अपराध गरे बापत हुने सजायको आधा सजाय हुनेछ ।

१७ख. लागू औषधसंग सम्बन्धित विवरण वा लिखत नदिनेलाई सजायः लागू औषधको विवरण लिने सिलसिलामा औषध नियन्त्रण अधिकारी वा अनुसन्धान अधिकारीले कुनै व्यक्ति, संघ–संस्था वा संगठनसंग माग गरेको कुनै विवरण वा लिखत नदिएमा त्यस्तो व्यक्ति, संघ–संस्था वा संगठनलाई सोही अपराध गरे बापत हुने सजायको आधा सजाय हुनेछ ।

१८. अपराधसित सम्बन्धित मालसामान जफत हुने : यस ऐन अन्तर्गत सजाय हुने अपराधसित सम्बन्धित सबै लागू औषध तथा त्यस्तो लागू औषध निर्माण वा उत्पादन गर्न प्रयोग गरिएका सबै मालसामान तथा यन्त्रहरु जफत हुनेछन्र त्यस्तो लागू औषध राखी ओसार पसार गर्न प्रयोग गरिएका रेल तथा हवाईजहाज बाहेक जुनसुकै सवारी समेत जफत हुनेछ ।


तर सो सवारी त्यस्तो अपराध गर्न प्रयोग गरिने वा गरिएको कुरा सवारी धनीलाई थाहा थिएन भन्ने कुराको प्रमाण निजले पेश गर्न सकेमा भने त्यस्तो सवारी जफत गरिनेछ छैन ।

१८क. सम्पत्ति जफत हुने : (१) दफा ४ को खण्ड (ख), (ग), (घ), (ङ) र (च) अन्तर्गत निषेध गरिएको कुनै कार्य गरी आर्जन गरेको सबै चल तथा अचल सम्पत्ति जफत हुनेछ ।
(२)दफा ४ को खण्ड (ख), (ग), (घ), (ङ) र (च) अन्तर्गतको कसूरसम्बन्धी मुद्दामा कसूरदार ठहरिएको व्यक्तिको आफ्नो वा आफ्नो परिवारको थाहा भएसम्मको आम्दानीको श्रोतको अनुपातमा नमिल्दो आर्थिक साधन वा सम्पत्ति भएमा निजले अन्यथा प्रमाणित गर्न सकेमा बाहेक नजको त्यस्तो सम्पत्ति यस ऐन विपरीतको कार्य गरी आर्जन गरेको मानी त्यस्तो सम्पत्ति निजको परिवार वा अन्य कसैको नाममा राखिएको भएतापनि सो सम्पत्ति समेत जफत हुनेछ ।


(३) उपदफा (१) र (२) बमोजिम कसैले सम्पत्ति जफत हुन सक्ने अपराध गरेकोछ भन्ने मनासिब कारण भएमा औषध नियन्त्रण अधिकारीबाट त्यस्तो व्यक्तिको सम्पत्ति रोक्का गर्न लेखी आएमा मुद्दा हेर्ने अधिकारीले त्यस्तो सम्पत्ति रोक्का राखिदिन सक्नेछ।

१८ख. सूचना दिने व्यक्तिलाई पुरस्कार दिइने: लागू औषधको कारोबार वा प्रयोगका सम्बन्धमा औषध नियन्त्रण अधिकारीलाई जानकारी दिने व्यक्तिलाई त्यसरी जानकारी दिएको कुराबाट कसूर प्रमाणित भई अभियुक्तलाई सजाय भएमा त्यस्तो सजाय बापत कुनै जरिवाना भएको भए त्यस्तो जरिवानाको बीस प्रतिशत रकम पुरस्कार स्वरुप दिइनेछ। त्यसरी पुरस्कार पाउने व्यक्तिको नाम गोप्य राख्नु पर्नेछ ।

१८ग. सजायमा छुट हुने: प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन अन्तर्गतसजाय हुने कुनै लागू औषधको कारोबारमा स्वयं संलग्न रहेको गिरोह वा अन्य कुनै गिरोहकोबारेमा जानकारी र सुराक दिई सो सम्बन्धमा मुख्य अपराधी पत्ता लगाई दिई पक्राउ गर्न सहयोग गर्ने व्यक्तिलाई निज अपराधमा संलग्न भएपनि यस ऐन अन्तर्गत हुने सजायमा पूर्ण वा आंशिक रुपमा सजायमा छुट हुने गरी अभियोगपत्रमा मागदावी भएमा मुद्दा हेर्ने अधिकारीले पनि सोही अनुसार सजायमा छुट दिन सक्नेछ ।

१८घ. कर्मचारीलाई पुरस्कार दिने: कुनै व्यक्तिलाई लागू औषधको कारोबारमा मुद्दा हेर्ने अधिकारीबाट दण्ड र जरिवाना भएपछि त्यस्तो जरिवानाको बीस प्रतिशत रकम लागू औषध नियन्त्रण रअनुसन्धान कार्यमा संलग्न कर्मचारीलाई नेपाल सरकारले पुरस्कार स्वरुप दिन सक्नेछ।

१८ङ. चिकित्सा केन्द्रलाई जरिवानाको केही रकम उपलब्ध गराउने: कुनै व्यक्तिलाई लागू औषधकोकारोबारमा दण्ड र जरिवाना भएमा त्यस्तो जरिवानाको बीस प्रतिशत रकम उपचार केन्द्रलाई प्रदान गरिनेछ। त्यस्तो चिकित्सा केन्द्र एकभन्दा बढी भएमा त्यस्तो जरिवानाको रकमको बाँडफाँड मुख्य औषध नियन्त्रण अधिकारीले गर्नेछ ।

१९. मुद्दा नचलाउने वा सजाय छुट दिने अधिकार: कसैले व्यापारिक उद्देश्य वा ठूलो परिमाणमा बाहेक निजी उपयोगको लागि अल्प मात्रामा मात्र गाँजा र औषधोपयोगी अफिम खरीद गरेको, राखेको वा सेवन गरेको फेला परेमा पहिला पटक भए औषध नियन्त्रण अधिकारीलेत्यस्तो व्यक्तिको लगत राखी त्यस्तो अपराध पुनः नगर्ने कागज गराई मुद्दा नचलाउने पर्चा खडा गरी छाड्न सक्नेछ र मुद्दा चलेकोमा पनि अदालतले यस दफा बमोजिम सानो अपराध ठहराएमा त्यस्तो व्यक्तिको लगत राखी निजलाई सो अपराध पुनः नगर्ने कागज गराई पहिला पटक कुनै सजाय नगरी रिहाई दिन सक्नेछ ।

१९क. उपचारको अवस्थामा रहेकोमा कारवाही नहुने : (१) दफा १४ को उपदफा (१) को खण्ड (क) र (घ) मा जुनसुकै कुरा लेखिएको भएतापनि लागू औषधको दुव्र्यसनको उपचार तथा पुनस्र्थापनको लागि नेपाल सरकारबाट स्थापना भएको वा नेपाल सरकारबाट मान्यता प्राप्त कुनै उपचार तथा पुनस्र्थापन केन्द्रमा उपचारको अवस्थामा रहेको लागू औषध सेवन गर्ने व्यक्ति यस ऐन बमोजिम सजायको भागी हुने छैन।


(२) उपदफा (१) मा उल्लेख भएका केन्द्रहरुमा उपचार गराई रहेका व्यक्तिहरुको सम्बन्धमा सम्बन्धित अधिकारीले नेपाल सरकारले तोकेको ढाँचामा उपचार सम्बन्धी विवरणहरु सम्बन्धित उपचार तथा पुनस्र्थापन केन्द्रबाट प्राप्त गरी साप्ताहिक तथा मासिक रुपमा प्रतिवेदन तयार गरी राख्नु पर्नेछ ।

२०.पूर्व इजाजतपत्र बमोजिम बाँकी रहेको लागू औषधको स्टकसम्बन्धी विशेष व्यवस्था: मादक पदार्थ ऐन, २०१७ र मादक पदार्थ नियमहरु, २०१९ अनुसार प्राप्त इजाजतपत्र बमोजिम यो ऐन लागू हुँदा कसैसँग बाँकी रहेको लागू औषधको स्टक तोकिएको म्यादभित्र औषध नियन्त्रण अधिकारी छेउ दाखिल गर्नु पर्नेछ ।

२१. लागू औषध नियन्त्रण अधिकारी र औषध नियन्त्रण प्रशासनको व्यवस्था :(१) यस ऐनको उद्देश्य कार्यान्वयन गर्नको लागि नेपाल सरकारले गृह मन्त्रालय अन्तर्गत औषध नियन्त्रण प्रशासनको स्थापना गर्नेछ र आवश्यकतानुसार मुख्य औषध नियन्त्रण अधिकारी, एक वा बढी औषध नियन्त्रण अधिकारी, नायब औषध नियन्त्रण अधिकारी तथाअन्य अधिकारीहरु  नियुक्त गर्न वा तोक्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम स्थापित भएको औषध नियन्त्रण प्रशासनको प्रमुखको रुपमा मुख्य औषध नियन्त्रण अधिकारी रहनेछ र यस ऐन अन्तरगत मुख्य औषध नियन्त्रण अधिकारीले लागू औषध नियन्त्रण सम्बन्धी काम कारवाहीको रेखदेख, नियन्त्रण, निर्देशन र समन्वय गर्नेछ ।

(३) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि लागूऔषध कारोबार वा प्रयोग गर्ने व्यक्तिलाई त्यस्तो कारोबार वा प्रयोगमा सहयोग पु¥याउने उद्देश्यले कुनै सरकारी कर्मचारीले घूस लिए खाएको ठहरेमा त्यस्तो कर्मचारीलाई प्रचलित कानूनले हुने सजायको अतिरिक्त लागू औषध कारोबार वा प्रयोगमा संलग्न हुने व्यक्तिलाई हुने सजायको आधा सजायसमेत हुनेछ ।

२१क. मुद्दा हेर्ने अधिकारी र पुनरावेदन : (१) दफा ४ को खण्ड (क) सम्बन्धी कसूर बाहेक यस ऐनअन्तर्गतको अन्य कसूर सम्बन्धी मुद्दा हेर्ने अधिकार नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी गठन गरेको वा तोकेको अदालतलाई हुनेछ ।
(२) उपदफा (१) बमोजिमको अदालतले यस ऐन अन्तर्गतको मुद्दामा कारवाई र किनारा गर्दा विशेष अदालत ऐन, २०३१ बमोजिमको कार्यविधि तथा अधिकार प्रयोग गर्नेछ।

(३) उपदफा (१) अन्तर्गतको अदालतले गरेको फैसला वा अन्तिम आदेश उपर चित्त नबुझ्ने व्यक्तिले उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ ।

२१ख. अनुसन्धान अधिकारीको काम, कर्तव्य र अधिकार: (१) लागू औषध नियन्त्रण कार्यमा खटिने अनुसन्धान अधिकारीलाई लागू औषधको सिलसिलामा अनुसन्धान गर्नु पर्दा प्रचलित कानून अनुसार प्रहरीलाई भए सरहको अधिकार प्राप्त हुनेछ।

(२) लागू औषधको कारोबारको सिलसिलामा अनुसन्धान गर्दा त्यस्तो लागू औषधको कारोबारमा सन्दिग्ध देखिएको कुनै व्यक्तिको मालसामान खानतलासी गर्न प्रचलित भन्सार ऐन अनुसार भन्सार अधिकृतलाई भए सरहको अधिकार अनुसन्धान अधिकारीलाई प्राप्त हुनेछ ।

तर खानतलासी गर्नु अघि अनुसन्धान अधिकारीले सम्बन्धित व्यक्तिलाई खानतलासीको पूर्जी दिनु पर्नेछ ।

(३) लागू औषध अनुसन्धानको सिलसिलामा सन्दिग्ध देखिएको हुलाकबाट प्राप्त हुने कुनै वस्तुको सेन्सर गर्न प्रचलित हुलाक ऐन अनुसार हुलाक अधिकृतलाई भएसरहको अधिकार अनुसन्धान अधिकारीलाई प्राप्त हुनेछ ।

२१ग. वैज्ञानिक उपकरण तथा हात हतियार साथमा लिई हिंड्न सक्ने : लागू औषध अनुसन्धान कार्यमा संलग्न रहने अधिकारी तथा लागू औषध नियन्त्रणसंग सम्बद्ध कर्मचारीहरुलाई अनुसन्धान एवं नियन्त्रणको सिलसिलामा आवश्यक पर्ने वैज्ञानिक उपकरण, सञ्चार साधन तथा हातहतियार र सो हातहतियारमा प्रयोग हुने खरखजाना आफ्नो साथमा लिई हिंड्न रप्रयोग गर्न पाउने अधिकार हुनेछ ।

२२. सरकार वादी हुने : यस ऐन अन्तर्गतको मुद्दा नेपाल सरकार वादी हुनेछ र सो मुद्दा सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को अनुसूची १ मा समावेश भएको मानिनेछ ।

२२ क…. … …

२२ख. असल नियतले गरेको काममा सजाय नहुने: यो ऐन बमोजिम असल नियतले गरेको वा गर्न खोजेको कुनै कामको सम्बन्धमा कुनै सरकारी कर्मचारी उपर मुद्दा चलाईने वा अन्य कुनै कानूनी कारवाही हुने छैन ।

२२ग. म्याद थप सम्बन्धी व्यवस्था: लागू औषध अनुसन्धानको सिलसिलामा पक्राउ परेका व्यक्तिलाई मुद्दा हेर्ने अधिकारीले एक पटकमा एक महीनामा नबढाई बढीमा तीन महीनासम्म प्रहरी हिरासतमा राख्न म्याद थप गर्न सक्नेछ।

२३. यो ऐन प्रारम्भ हुनुभन्दा अघिको मुद्दा सम्बन्धी व्यवस्था : यो ऐन प्रारम्भ हुनुभन्दा अघि तत्काल लागू रहेको नेपाल कानून बमोजिम चलेको वा चल्ने लागू औषध सम्बन्धी मुद्दाहरुमा सोही कानून अन्तर्गतका मुद्दा हेर्ने अधिकार प्राप्त अधिकारीले कारवाई र किनारा गर्नेछ ।

२३क. प्रचलित कानून बमोजिम हुने: यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दफा ३ को खण्ड (क) को उपखण्ड (७) बमोजिम तोकिदिएका प्राकृतिक वा कृत्रिम लागू औषध तथा मनोद्दीपक पदार्थ र तिनका लवणहरुका सम्बन्धमा औषधीसम्बन्धी ग्रन्थ (फर्माकोपिया) अरुमा तोकिएको नाम र परिमाणका टेवलेट, क्याप्सुल, इन्जेक्शन जस्ता फर्मास्यूटिकल बनोटकाऔषधीको उत्पादन, बिक्री वितरण, निकासी पैठारी, संचय र सेवन औषधी ऐन, २०३५ बमोजिम हुनेछ ।

तर त्यस्तो लागू औषध र मनोद्दीपक पदार्थहरुका कच्चा पदार्थ (कोरा रसायन) हरुको उत्पादन, बिक्री वितरण, निकासी–पैठारी, संचय र सेवनको सम्बन्धमा यसै ऐन बमोजिम हुनेछ।

२४. नियम बनाउने वा आदेश जारी गर्ने अधिकार: यस ऐनको उद्देश्य कार्यान्वित गर्न नेपालसरकारले नियमहरु बनाउन वा आदेश जारी गर्न सक्नेछ ।

२५. खारेजी: मादक पदार्थ ऐन, २०१७ र मादक पदार्थ नियमहरु, २०१९ खारेज गरिएको छन्।

२६. अन्य व्यवस्था:

२६.१ दश प्रतिशत चिस्यान रहेको सुकेको गाँजामा एक प्रतिशत भन्दा धेरै टिएचसि रहेको गाँजा लाई मनोद्वीपक पदार्थ (साइकोट्रपिक सब्स्ट्रान्स) युक्त गाँजाको रूपमा राखिएको छ। 

२६.२ दश प्रतिशत चिस्यान रहेको सुकेको गाँजामा एक वा एक प्रतिशत भन्दा कम टिएचसि रहेको गाँजा लाई मनोद्वीपक पदार्थ (साइकोट्रपिक सब्स्ट्रान्स) विहीन गाँजा मानी त्यसलाई भाँग र सिद्ध को वर्गीकरण गरिएको छ। 

२६.३ मनोद्वीपक पदार्थ (साइकोट्रपिक सब्स्ट्रान्स) युक्त गाँजा तथा त्यसको सार तत्त्वहरूमा अत्यन्त महत्त्वपूर्ण औषधीय गुणको रहेकोले तिनी हरूलाई छुटै गाँजा ऐन ल्याई तिनीहरूको नियन्त्रित खेती, उत्पादन, प्रशोधन र औषधीय प्रयोग लाई व्यवस्थापन गरिने छ।

२६.४ मनोद्वीपक पदार्थ (साइकोट्रपिक सब्स्ट्रान्स) युक्त गाँजा औषधिजन्य प्रयोजनका लागि हाल उपयोगमा ल्याउन औषधीय गुणको नगदे बालीका रूपमा व्यापार वा उत्पादन सहजीकरण गर्न स्थानीय प्रदेश सरकार, नगरपालिका तथा गाउँपालिकाहरूलाई अनुमति दिइएको छ। 

२६.५ मनोद्वीपक पदार्थ (साइकोट्रपिक सब्स्ट्रान्स) को प्रभावकारी मात्रा विहीन भाँग र सिद्ध तथा मनोद्वीपक पदार्थ  नहुने गाँजाको दाना, डाँठ, जरा तथा हेम्प  र होप (बियर तितो बनाउने गाँजा जन्य कोपिला) आदि लाई औषधीय र  नगदे बालीका रूपमा नेपाल अधिराज्यभर खेती तथा उद्यम गर्न खुल्ला गरिएको। 

२६.६ तत्कालको बाधा अड्काउ फुकाउन प्रभावकारी मात्रामा मनोद्वीपक पदार्थ (साइकोट्रपिक सब्स्ट्रान्स) हुने गाँजाको स्थानीय प्रदेश सरकार, नगरपालिका तथा गाउँपालिकाहरूलाई औषधीय प्रयोजन र नगदे बलिको रूपमा नियन्त्रित खेती, प्रशोधन, अनुसन्धान र उपयोग गर्न  नियमावली बनाइ लागु गर्ने अधिकार दिइएको छ। 



प्रदेश सरकारको लागि गाँजा खेती नियमन तथा व्यवस्थापन ऐन २०८०

(गण्डकी प्रदेशलाई नमुनाको रूपमा लिएर तैयार गरिएको)


प्रस्तावनाः गाँजा खेतीको माध्यमबाट कृषक, घरेलु तथा साना उद्यमीको आर्थिक स्तर बढाउने उद्देश्यले व्यावसायिक तथा औद्योगिक प्रयोजनको हेतु औषधि निर्माण, वैज्ञानिक अनुसन्धान तथा वैकल्पिक खाद्य तथा औषधीय उत्पादनमा गण्डकी प्रदेश भित्र व्यवस्थित गाँजा खेती गर्न तथा गाँजाको प्रशोधन, अनुसन्धान, बिक्री वितरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारोबार तथा उपभोगको प्रयोजनमा गुणस्तरीय गाँजा उपलब्ध गराउन गण्डकी प्रदेश भित्र व्यवस्थित गाँजा खेती गर्न, आपूर्ति, प्रशोधन, कारोबार, भण्डारण र ढुवानी गर्ने कार्यलाई गैर अपराधीकरण गर्दै कानुनी व्यवस्था गर्न वाञ्छनीय देखिएकोले गण्डकी प्रदेश सभाले गाँजा खेती नियमन तथा व्यवस्थापन ऐन २०८० जारी गरेको छ।

 

परिच्छेद–१ प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भः

(१) यस ऐनको नाम “गाँजा ऐन, २०८०” रहेकोछ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषाः

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा:

(क) अनुमति पत्र” भन्नाले  गाँजा ऐन, २०८० अन्तर्गत, अनुसूची–२ मा उल्लेखित वर्गका इजाजत पत्र वा इजाजत पत्रहरूको समूह पर्दछ । जसले गाँजा र यसका सबै प्रजातिहरू हरेक वर्गको लागि निर्धारित गरिए अनुरुप गण्डकी प्रदेश भित्र तोकिएको गतिविधिहरू सञ्चालन गर्न पाउने गरी गाँजा व्यवसायमा संलग्न हुन गण्डकी प्रदेश सरकारको औपचारिक अनुमति प्रदान गर्नेछ:

 

) खेतीको लागि इजाजत पत्र

) प्रशोधनको लागि इजाजत पत्र

) विश्लेषणात्मक परीक्षणको लागि इजाजत पत्र

) बिक्रीको लागि इजाजत पत्र (व्यापारिक प्रयोजनको लागि  स्थानीय खरिद-बिक्री)

) बिक्रीको लागि इजाजत पत्र (व्यापारिक प्रयोजनको लागि खरिद-बिक्री तथा आयात-निर्यात गर्ने )

) अनुसन्धानको लागि इजाजत पत्र

) गाँजाको आयुर्वेदिक टनिक, आयुर्वेदिक ओखती तथा लागू औषध इजाजत पत्र

८) गाँजाको अन्य प्रयोगको लाइसेन्स जस्तै: गाँजा औषधालय (फार्मेसी) सञ्चालन।

) गाँजाको एक भन्दा बढी बर्गमा पर्ने कार्य सञ्चालन।

हरेक प्रकृतिको इजाजत पत्र अन्तर्गत औपचारिक अनुमति प्रधान गरिने गतिविधिहरू अनुसूची–२ मा उल्लेख छ। 

(ख) इजाजत प्राप्त निकाय” भन्नाले दफा ६ बमोजिम गाँजा व्यवसाय संचालनको लागि औपचारिक अनुमति प्राप्त व्यक्ति, संस्था, व्यवसाय, उद्योग, सहकारी, साझेदारी संस्था, सरकारी वा गैर सरकारी निकाय आदि सम्झनु पर्छ।

(ग)  गाँजा उत्पादन भनेको गाँजाको बीउ बाट बीउ सम्म; बीउबाट उपभोग योग्य पदार्थ निर्माण सम्मको गाँजाको खेती गर्ने, प्रशोधन गर्ने लगायतका सम्भव हुने सबै प्रकारका मूल्य अभिवृद्धिका कार्यहरू जनाउँदछ। यस अन्तर्गत सामान्यतः गाँजाको बिउँ तथा बोट बिरुवा व्यवस्थापन गर्ने, खेती गर्ने, फसल काट्ने, भण्डारण गर्ने, प्रशोधन गर्ने, ढुवानी गर्ने, बेबलिङ गर्ने, बिउँ तथा बेर्ना उत्पादन गर्ने र उत्पादित फसल तथा तिनका सार तत्त्वको मूल्य वृद्धि गरिने घरेलु, परम्परागत, आधुनिक वैज्ञानिक, सामाजिक तथा सांस्कृतिक मान्यताका गतिविधिहरू समेत पर्दछन्।

(घ) “कृषक तथा कृषक समुह” भन्नाले गाँजा खेति गर्न यस ऐन बमोजिम गाँजा उत्पादन अनुमति प्राप्त व्यक्ति, संस्था, व्यवसाय, उद्योग, सहकारी, साझेदारी संस्था आदिको समुह  सम्झनु पर्छ । सो शब्दले गाँजा खेतीको लागि इजाजत पत्र प्राप्त कृषकहरुको समुह वा कृषि सहकारी समेतलाई जनाउँदछ ।

(ङ) “कार्यकारी निर्देशक” भन्नाले दफा १८ बमोजिम नियुक्त गाँजा नियमन तथा नियन्त्रण बोर्डको सदस्य सचिव तथा गाँजा नियमन तथा नियन्त्रण बोर्डको कार्यालयको अधिकार प्राप्त कार्यकारी निर्देशक सम्झनु पर्छ ।

(च) “गाँजा” भन्नाले गाँजाको सम्पूर्ण बोटको भाग जस्तै  पात, फूल, बिउ, जरा  वा फल सम्झनु पर्छ र सो शब्दले गाँजा जातको भाँग वा सिद्धको पात, फूल, बिउ वा फल, सङ्कलित सार तत्त्व, वासना, गन्ध आदि जनाउँदछ। गाँजाको प्राकृतिक वा कृत्रिम रूपमा गाँजाको सार तत्त्वको उपयोग भई बनेको मह, रस,खोटो, लिस्सा, चोव वा गाँजाको निस्सार वा निष्कर्ष र सम्भावित उत्पादनका गाँजा जन्य सामग्रीहरू लाई जनाउँदछ।

(छ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्र्तगत बनेको नियमावलीमा तोकिएको वा तोकिए बमोजिम सम्झनुपर्छ ।

 (ज) “निरीक्षक” भन्नाले दफा २० बमोजिम नियुक्ति भएको, तोकिएको वा खटाईएको अधिकार प्राप्त जिम्मेवार व्यक्ति, संस्था वा निकाय सम्झनु पर्छ ।

(झ) “बोर्ड” भन्नाले दफा १५ बमोजिमको गाँजा नियमन तथा नियन्त्रण  गर्न गठित उच्च स्तरीय आधिकारिक सरकारी संयन्त्र गाँजा नियमन तथा नियन्त्रण बोर्डभन्ने सम्झनु पर्छ।

(ञ) “मन्त्रालय” भन्नाले मूलतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कृषि तथा पशुपंक्षी मन्त्रालय, गृह मन्त्रालय, उद्योग मन्त्रालय लगायत गाँजा नियमन तथा नियन्त्रण गर्ने प्रमुख भूमिका रहने भनी पहिचान भएका सम्पूर्ण सरकारी मन्त्रालयहरू लाई जनाउँदछ।

(ट) “लेबल” भन्नाले गाँजा उत्पादन राखिएको भाँडा, वा प्याकको आवरणमा लेखिएको, छापिएको वा अंकित भएको विवरण वा र संकेत सम्झनु पर्छ ।

(ठ) “समिति” भन्नाले दफा २३ बमोजिमको आधिकारिक जिम्मेवारी तथा अधिकार प्राप्त जिल्ला स्तरीय समितिहरू  सम्झनु पर्छ।

 

(ड) "गाँजा औषधालय" भनेर कानुन द्वारा तोकिए अनुसार दक्ष चिकित्सकको सिफारिसमा औषधीय, आयुर्वेदिक ओखती, हिलिङ्ग खाद्य, सामाजिक तथा सामरिक महत्त्वको प्रयोजनको लागि वा अन्य प्रयोगको लागि गाँजा तथा गाँजामा मिश्रित उत्पादनको तोकिएको परिणाममा बिक्री वितरण गर्ने खुद्रा पसल लाई जनाउँदछ। कानुनी रूपमा मान्यता प्राप्त अनुसन्धान तथा अध्ययन तथा परीक्षणको कानुनले तोकेको दायराको खुद्रा अथवा ठुलो परिणाममा गाँजा तथा गाँजा मिश्रित पदार्थ बिक्री वितरण वा दान दिइने व्यवसाय तथा उद्यम लाई समेत "गाँजा औषधालय" भनिनेछ। गाँजा औषधालय गाँजाको मौजाद राख्न, कम्पाऊंन्डीङ्ग वा मिश्रण बनाउन, प्याकिङ गर्न आदि लगायत र बिक्री वितरण, निर्यात आदि गर्न कानुनी रूपमा प्राधिकार प्राप्त आधिकारिक उद्यम सम्झनु पर्दछ।

ढ) इजाजत पत्र वा अनुमति पत्र: गण्डकी प्रदेश भित्र गाँजाको कारोबारमा संलग्न हुन चाहने हरेक निकायले कारोबारमा संलग्न हुन अगावै अनिवार्य औपचारिक इजाजत प्राप्त गर्न अनिवार्य हुने छ। औपचारिक इजाजत प्राप्त गर्न ऐनको अधीनमा रहेर कुनै एक वा एक भन्दा बढी प्रकारको इजाजत पत्रको लागि लाइसेन्सको लागि तोकिए बमोजिम गाँजा नियमन तथा नियन्त्रण बोर्डको रजिस्ट्रार लाई आवेदन दिन पर्ने छ।

ण) प्रतिबन्ध, उमेर: उपदफा (ड) बमोजिमको आवेदन दिनको लागि एक व्यक्ति कम्तीमा १९ वर्षको हुनुपर्दछ। अन्य निकायको आवेदकको हकमा उक्त निकायको प्रत्येक सञ्चालक, अधिकृत र शेयर धारक कम्तीमा १९ वर्षको उमेर पुगेको हुनु पर्ने छ।

त) गाँजा र भाँगको पहिचान: गाँजामा हुने नशा दिने सार तत्त्व टिएचसि (delta9THC) अर्थात् शिव तत्त्वको मात्राको आधारमा गाँजा वा गाँजाको प्रजाति भाँग बिचको अन्तर यकिन गरिने छ। सुकेको गाँजा भनेर १० देखि १२% चिस्यान रहेको गाँजाको भागलाई जनाउने छ।  १२% चिस्यान रहेको सुकेको गाँजामा सार १% भन्दा धेरै  टिएचसि वा शिव तत्त्व रहेमा त्यसलाई गाँजा र १% वा सो भन्दा कम टिएचसि वा शिव तत्त्व युक्त गाँजालाई गाँजाको प्रजाति भाँग मानिने छ। १ प्रतिसत भन्दा कम टिएचसि वा शिव तत्त्व हुने गाँजाको प्रजाति हेम्प लाई भाङगोको नामले समेत जानिने छ।

थ) गाँजा व्यवसाय भन्नाले व्यापारिक वा अन्य पक्षलाई व्यापारिक लाभ उपलब्ध गराउने नियतले गाँजाको खेती गर्न वा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै प्रकारको गाँजाको कारोबारमा संलग्न हुन, ओसार पसार गर्न, बिक्री वितरण गर्न, उपहार दिन, आयत वा निकासी गर्नु आदि  सबै पर्दछन्। जसलाई  यो ऐन द्वारा नियन्त्रित गाँजा व्यवसाय समेत मानिने छ। कानुनले तोकेको मात्राको निजी प्रयोजनको लागि हुने गाँजाको प्रयोग तथा १% वा सो भन्दा कम टिएचसि वा शिव तत्त्व हुने भाँग आदि भने प्रतिबन्धित गाँजाको कारोबार अन्तर्गत नपर्ने हुँदा उक्त गतिविधिहरू नियन्त्रित गाँजा व्यवसाय अन्तर्गत पर्ने छैन। 


परिच्छेद २:

अनुमतिपत्र सम्बन्धी व्यवस्था

३. अनुमतिपत्र नलिई गाँजा गाँजा व्यवसाय गर्न (गाँजाको कुनै पनि प्रकार को कारोबारमा संलग्न हुन  वा ओसारपसार गर्न वा बिक्रि गर्न वा आयत वा निकासी गर्न) प्रतिबन्ध गरिएको छ। 

(१) कसैले पनि अनुमतिपत्र नलिई गाँजा खेति गर्न, कारोबारमा संलग्न हुन, ओसापासार गर्न र गाँजाको बिक्रि वितरण गर्न, आयात वा निर्यात गर्न पाउने छैन।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि देहायको कामको लागि अनुमतिपत्र लिनुपर्ने छैनः

क) पाँच जना सम्म परिवार रहेको एक घर परिवारमा बढीमा दुई र पाँच भन्दा अधिक परिवार रहेको घर परिवारमा बढीमा चार वटा सम्म मानव तथा जनवारको औषधीय घरायसी प्रयोजनको लागि गाँजाको बोट उमार्न र आफ्नै लागि घरेलु रूपमा प्रयोग गर्न छुट हुने छ।

ख) कपडा बनाउने वा त्यस्तै अन्य औद्योगिक प्रयोजनको लागि रेसा उत्पादन गर्ने वा १% प्रतिशत भन्दा कम  टिएचसि भएको खाद्य पदार्थको रुपमा प्रयोग हुने दाना, मह, तेल, पिना उत्पादन तथा बिक्रि वितरण गर्न।

४. गाँजा व्यवसायको लागि इजाजत चाहने उद्यमीलाई निवेदन आव्हान गरि सार्वजनिक सूचना जारी गर्ने: 

(१) गण्डकी प्रदेश सरकारले सूचना प्रकाशन गरी यस ऐन बमोजिम गाँजा  खेति र व्यवसाय गर्न निवेदन दिन सुचना जारी गर्ने छ। दश करोड  भन्दा बढी लगानीको गाँजा व्यवसाय सञ्चालनको लागि तथा मुलुक बाहिर गाँजाको आयात वा निर्यातमा संलग्न हुने कारोबार अनिवार्य रूपमा गाँजा नियमन तथा नियन्त्रण बोर्डको रजिस्ट्रारको अफिसमा आवेदन दिई इजाजत पत्र प्राप्त गर्नु पर्ने छ। दस करोड भन्दा थोरै कारोबार हुने गाँजा व्यवसाय सञ्चालनको लागि जुन जिल्लामा गाँजा व्यवसाय सञ्चालन हुने हो त्यही जिल्लाको कृषि ज्ञान केन्द्रमा अवस्थित स्थानीय जिल्ला स्तरीय समितिहरू मार्फत आवेदन लिने व्यवस्था गरिएको  छ।

२) उपदफा (१) बमोजिम स्थानीय तह वा क्षेत्रमा  गाँजा खेतीको लागि इजाजत पत्र चाहने कृषकले आफ्नो वा एकाघर परिवारको दर्ता श्रेस्ता कायम रहेको जग्गामा गाँजा खेति गर्न पाउने अधिकतम क्षेत्रफल समेत तोक्नु पर्नेछ । विदेशी नागरिक  तथा नेपालको नागरिकता नरहेका गैर आवासीय नेपाली लाई गाँजा खेतीको लागि इजाजत पत्र उपलब्ध हुने छैन। गाँजा खेतीको लागि इजाजत प्राप्त गर्न व्यक्तिको हकमा नेपाली नागरिक मात्र तथा अन्य निकायको आवेदकको हकमा उक्त निकायको प्रत्येक सञ्चालक, व्यवसायका सम्पूर्ण हिस्सेदार अनिवार्य रूपमा नेपाली नागरिक रहेको हुनु पर्ने छ। गाँजा खेतीको लागि दिइने इजाजत पत्र बाहेक अन्यमा नागरिकता सम्बन्धको अनिवार्य प्रावधान  प्रावधान राखिएको छैन।  

३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि आफ्नो वा एकाघर परिवारको नाममा नेपालभर कँही पनि जग्गा नभएकाहरुको हकमा नेपाल सरकारको अधिकार प्राप्त निकायको स्विकृतिमा नेपाल सरकारको कुनै जग्गा वा कुनै अन्य व्यक्तिको स्वामित्वमा रहेको जग्गा भाडामा लिएर गाँजा खेति गर्न तोकिए बमोजिम अनुमति दिईनेछ । विदेशी नागरिक तथा नेपालको नागरिकता नरहेका गैर आवासीय नेपालीको लागि यो सुविधा उपलब्ध हुने छैन।

५. अनुमतिपत्रको लागि निवेदन दिनु पर्नेः

(१) दफा ४ बमोजिम गण्डकी प्रदेशको कुनै पनि स्थानमा गाँजा व्यवसाय गर्न चाहने कृषकले अनुमतिपत्रको लागि देहायको विवरण तथा कागजात संलग्न गरी गाँजा नियमन तथा नियन्त्रण बोर्डको रजिस्ट्रार लाई अथवा सम्बन्धित जिल्लाको कृषि ज्ञान केन्द्रमा तोकिए बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।

क) निवेदकको नाम, थर र ठेगाना,

ख) निवेदक लाई उपलब्ध कारोबार गरिने स्थान र संरचनाको निवेदनमा माग गरिएको विवरण। गाँजा खेतीको लागि दिइने इजाजत पत्रको हकमा निवेदकको नाममा रहेको जम्मा खेतियोग्य जमिनको क्षेत्रफल र त्यसमध्ये गाँजा खेति गरिने जग्गाको कित्ता नं र जम्मा क्षेत्रफल तथा सो पुष्टि गर्ने जग्गाधनि प्रमाणपूर्जाको प्रतिलिपि। कारोबार गरिने स्थान र संरचनाको स्वामित्व वा भाडामा उपलब्ध भएको प्रमाणित कागजात। उक्त स्थानमा प्रस्तावित  अनुरूपको गाँजा कारोबार गर्न स्थानीय गाऊ वा नगरको आधिकारिक निकायको स्वीकृत प्रदान गरिएको कागजात वा कुनै आपत्ति नरहेको आशयको पत्र ।

ग) निवेदक  वा सञ्चालक वा  व्यवसायमा संलग्न सम्पूर्ण व्यवसायका हिस्सेदारहरुको नाम र तिन पुस्ते खुल्ने विवरण। व्यवसायमा संलग्न सम्पूर्ण व्यवसायका हिस्सेदारहरुको नागरिकताको सक्कल प्रमाण पत्र सहित नागरिकताको प्रमाणित प्रतिलिपि।

घ) गाँजा व्यवसाय सञ्चालनको लागि माग गरेको औपचारिक अनुमति वा इजाजतको प्रकार। बढीमा दश अनुच्छेदमा माग गरेको व्यवसायको प्रस्तावित गतिविधिको विवरण।

ङ) अनुमति प्राप्त गतिविधि बाहेक अन्य प्रयोजनमा गाँजाको उपयोग हुनवाट रोक्न गाँजा व्यवसायलाई अनुशासित, व्यवस्थित राखी गाँजाको अनधिकृत उपयोग तथा प्रयोग नियन्त्रणको लागि अवलम्बन गरिएको वा गरिने व्यवस्थाको विवरण।

२) यस ऐन बमोजिम उत्पादन गरिएको गाँजा वा गाँजा जन्य नियन्त्रित उत्पादन निकासी गर्न वा बिक्रि वितरण गर्न चाहने व्यवसायीले त्यसको अनुमतिपत्रको लागि देहायको विवरण तथा कागजात सहित कार्यकारी निर्देशकसमक्ष तोकिए बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।

क) निवेदक वा व्यवसाय को नाम, थर, वतन,

ख) मुलुक भित्र  विक्रि वितरण गर्न चाहेको क्षेत्र वा स्थान। विदेश निर्यात गरिने अवस्थामा  निर्यात हुने मुलुकको व्यवसाय वा निकायको गाँजा कारोबार गर्ने कानुनी हैसियत दर्साउने कागजात तथा खरिद आदेशको प्रतिलिपि वा वार्षिक रूपमा खरिद गरिने एकमुष्ट खरिद सम्झौता। 

ग) प्रचलित कानून बमोजिम व्यवसाय दर्ताको प्रमाणपत्र,

घ) तत्काल विगतको एक  आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र,

ङ) गाँजाको उत्पादन, खरिद, बिक्री, क्षति, विनाश, प्रशोधन आदिमा हुन गएको तौलको स्वाभाविक घटबढ लगायत कारोबारको क्रममा प्रयोग गरिएको गाँजा र गाँजा जन्य पदार्थको सम्पूर्ण मात्रा (ग्रामको तह सम्म) तथा अनपेक्षित चोरी, नोक्सानी आदिको यथार्थ विवरणको अभिलेख राख्न सक्ने विद्युतीय ट्रेसिबिलिटी प्रणाली व्यवस्था भएको पुष्टि गर्ने विवरण,

च) इजाजत पत्र वा अनुमति पत्र प्रदान गर्ने रजिस्ट्रार वा रजिस्ट्रारले तोकेको अधिकारीले जरुरत ठानी माग गरिएको तोकिए बमोजिमका अन्य विवरण तथा कागजात,

३) उपदफा (१) वा (२) बमोजिम निवेदन दिंदा तोकिए बमोजिमको दस्तुर बुझाउनु पर्नेछ ।

त्यसरी दस्तुर तोक्दा दफा (२) (क) मा तोकिए बमोजिम फरक फरक वर्गका इजाजत पत्र वा इजाजत पत्रहरूको समूह को लागि फरक फरक हुने गरी तोक्न सकिनेछ ।

 

६. अनुमतिपत्र दिनेः

(१) दफा ५ बमोजिम प्राप्त निवेदन उपर सम्बन्धित रजिस्ट्रार वा रजिस्ट्रारले तोकेको अधिकारीले सो सम्बन्धमा आवश्यक जाँचबुझ गर्नेछ र त्यसरी जाँचबुझ गर्दा थपजानकारी वा विवरण लिन आवश्यक देखेमा निजले निवेदक सँग थप जानकारी वा विवरण माग गर्न सक्नेछ ।

२) उपदफा (१) बमोजिम आवश्यक जाँचबुझ गर्दा रजिस्ट्रार वा रजिस्ट्रारले तोकेको अधिकारीले निवेदकलाई अनुमतिपत्र दिन कानुनले तोके अनुरूपको कानुनी प्रक्रिया तथा आवश्यक कागजात पुगेको भेटिएमा तोकिए बमोजिमको दस्तुर लिई रित पुगेको सात दिन भित्र अनिवार्य रूपमा  अनुमतिपत्र दिनु पर्नेछ।

३) इजाजत प्राप्त निकायले यो ऐन तथा यस ऐन अन्तरगत तोकिएका शर्तहरु पालना गर्नु पर्नेछ।

७. अनुमतिपत्र दिन इन्कार गर्न सकिनेः

(१) दफा ६ मा जुनसुकै कुरा लेखिएको भएतापनि देहायको कुनै अवस्थामा सम्बन्धित रजिस्ट्रार वा रजिस्ट्रारले तोकेको अधिकारीले गाँजा व्यवसाय गर्नको लागि प्राप्त अनुमतिको निवेदन उपर कारबाही गरी इजाजत दिन इन्कार गर्न वा  माग गरिए भन्दा फरक हुने गरी आंशिक रूपमा एक वा एक भन्दा धेरै प्रकारको  इजाजतहरू प्रदान गर्न सक्नेछ।

(क) गाँजा व्यवसाय सञ्चालनको लागि माग गरेको निवेदक माग गरिएको प्रकारको इजाजत प्राप्त गर्न कानुनी रूपमा योग्य नभेटिएमा। विगत पाँच वर्ष भित्र अदालत वाट अपराधी करार भएको भेटिएमा। 

उपदफा (क) मा जुनसुकै कुरा लेखिएको भएतापनि पाँच वर्ष भित्र अदालत वाट अपराधी करार भएको नभएको बारे निवेदकको लिखित बयान लाई मुख्य इजाजत पत्रको  दिने नदिने निर्णयको लागि प्रमुख आधार मानिने छ। 

(ख) गाँजा व्यवसाय सञ्चालक वा उक्त व्यवसायको साझेदारको रुपमा १८ वर्ष भन्दा कम उमेरको व्यक्तिको संलग्नता हुने देखिएमा।

(ग) गाँजा व्यवसायमा अनधिकृत पहुँच जोगाउन सकिने भरपर्दो व्यवस्था नभएको वा अनुमतिपत्र दिंदा गाँजाको गैर कानूनी रुपमा प्रयोग हुने विश्वसनिय आधार भएमा। विश्वसनीय आधारको रूपमा मूलतः इजाजत पत्रको  लागि प्राप्त निवेदन इजाजतको लागि विचाराधीन रहँदाको अवस्थामा स्थानीय उजुरी प्राप्त भएमा त्यसको छानबिनको क्रममा प्राप्त हुने सम्बन्धित क्षेत्रको गोप्य पुलिस रिपोर्टको सूचना लाई मानिने छ।     

(घ) तोकिए बमोजिमको अन्य विशेष अवस्थामा। अन्य विशेष अवस्थामा इजाजत पत्र दिन इन्कार गर्ने सम्बन्धित रजिस्ट्रार वा रजिस्ट्रारले तोकेको अधिकारी वा निजको कार्यालयले इजाजत पत्र दिन इन्कार गरिनुको कारण अदालतको आदेशमा अदालतको इजलास बाहेक निवेदक वा अन्य कुनै पक्षलाई उपलब्ध गराउने छैन। कारणको रूपमा मात्र अन्य विशेष अवस्था लेखिने छ।

(२) दफा ६ मा जुनसुकै कुरा लेखिएको भएता पनि दफा २ क (४) बमोजिम बिक्रीको लागि इजाजत पत्र (व्यापारिक प्रयोजनको लागि खरिद-बिक्री तथा आयात-निर्यात गर्ने) सम्बन्धमा देहायको कुनै अवस्थामा गाँजा आयात वा निकासी गर्न वा बिक्रि वितरण गर्न निवेदन दिने निवेदकलाई सोको लागि अनुमतिपत्र दिन इन्कार गर्न सक्नेछ:

(क)  विगत आर्थिक वर्षको कर वा सरकारी दस्तुर बुझाउन बाँकी रहेको

(ख) अनुमतिपत्र दिंदा गाँजाको अनधिकृत विक्रि वितरण हुने देखिएमा

(ग)  तोकिए बमोजिमको अन्य विशेष अवस्थामा। तोकिए बमोजिमको अन्य विशेष अवस्थामा मूलतः कूटनैतिक नियोग, इन्टरपोल र नेपाल प्रहरी मार्फत लक्षित आयात वा निकासी निर्यात गर्ने मुलुक वा आयात हुने मुलुक वा दुवैको कानुनको शासनको विपरीत दुरुपयोग हुने सम्भावना रहेको आशयको सूचना हुने गर्दछ। अन्य विशेष अवस्थामा इजाजत पत्र दिन इन्कार गर्ने सम्बन्धित रजिस्ट्रार वा रजिस्ट्रारले तोकेको अधिकारी वा निजको कार्यालयले इजाजत पत्र दिन इन्कार गरिनुको कारण अदालतको आदेशमा अदालतको इजलास बाहेक निवेदक वा अन्य कुनै पक्षलाई उपलब्ध गराउने छैन। कारणको रूपमा मात्र अन्य विशेष अवस्था लेखिने छ।

८. अनुमतिपत्रको अवधि र नवीकरण:

(१) ईजाजतको अवधि दस वर्षको हुनेछ।

(२) ईजाजत प्रत्येक पाँच वर्षमा सामान्य नवीकरण शुल्क बुझाएर नवीकरण गराउनु पर्नेछ।

(३) ईजाजत नवीकरण गर्न चाहने अनुमतिपत्र प्राप्त व्यक्तिले ईजाजतको अवधि समाप्त हुनुभन्दा बढीमा छ महिना अगावै तोकिए बमोजिमको ढाँचामा सम्बन्धित रजिस्ट्रार वा रजिस्ट्रारले तोकेको अधिकारी समक्ष नवीकरणको लागि निवेदन दिनु पर्नेछ।

(४) उपदफा (३) बमोजिम प्राप्त आवश्यक जाँचबुझ गरी तोकिए बमोजिमको दस्तुर लिई सम्पूर्ण कागजात पुगेको सात दिन भित्र ईजाजतको नवीकरण गरिदिनु पर्नेछ।

५) हरेक दश वर्षमा पुनः अर्को दश वर्षको लागि ईजाजतको अवधि थपिने छ। व्यवसाय नवीकरणमा मूलता हरेक पाँच वर्षमा सामान्य शुल्क लिई सरकारी लिखत अद्यावधिक गर्ने कार्य हुने छ। ईजाजतको अवधि थप गर्ने समयमा परिवर्तित नियम कानुन र अन्य सम्बन्धित  विषय बस्तु समेतको विचाराधीन गरी इजाजत पत्रको सेवा र सर्तका दायरा आदि बारे समेत पुनरावलोकन गरी जस्तो छ त्यस्तै वा स्वीकृत कार्य तथा गतिविधिको दायराको थप-घट सहित ईजाजतको अवधि थप गर्न सकिने छ।

९. अनुमतिपत्र खारेज गर्न सकिने:

(१) देहायको कुनै अवस्थामा अनुमतिपत्र जारी गर्ने अधिकृतले अनुमतिपत्र खारेज गर्न सक्नेछः

(क)अनुमतिपत्र प्राप्त व्यक्तिले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत कुनै काम गरेमा

(ख)अनुमतिपत्र प्राप्त व्यक्तिले अनुमतिपत्रमा उल्लिखित शर्त विपरीत कुनै काम गरेमा

(ग) दफा ८ बमोजिमको लगातार दुई अवधिभित्र अनुमतिपत्र नवीकरण नगराएमा

(घ) विक्रि वितरण वा निकासीको लागि अनुमतिपत्र प्राप्त व्यक्तिको प्रचलित कानून बमोजिम दर्ता भएको व्यवसाय कायम नभएमा वा खारेज भएमा

(ङ) अनधिकृत व्यक्तिलाई गाँजा विक्रि वितरण गरेमा वा उपलब्ध गराएमा

(च) यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियमावली बमोजिम राख्नु पर्ने विक्रि वितरणको अभिलेख नराखेमा वा त्यस्तो अभिलेख बोर्ड वा प्रचलित कानून बमोजिमको अधिकारीलाई उपलब्ध नगराएमा

(छ) अनुमतिपत्र प्राप्त व्यक्तिले त्यस्तो अनुमतिपत्र खारेज गर्नको लागि निवेदन दिएमा

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अनुमतिपत्र खारेज गर्नु अघि सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्तिलाई आफ्नो सफाई पेश गर्ने मनासिब मौका दिइनेछ। तर सो उपदफाको खण्ड (छ) बमोजिमको अवस्थामा त्यस्तो मौका दिई रहनु पर्ने छैन ।

(३) उपदफा (१) बमोजिम अनुमतिपत्र खारेज गरेकोमा चित्त नबुझ्ने व्यक्तिले खारेज गर्ने निर्णय भएको मितिले ३५ दिनभित्र सम्बन्धित अदालत समक्ष उजूरी दिन सक्नेछ। त्यसरी परेको उजूरीमा प्रचलित कानुन बमोजिम अदालत वाट हुने निर्णय अन्तिम हुनेछ ।

 

परिच्छेद–३

उत्पादन तथा विक्रि वितरण सम्बन्धी व्यवस्था

१०. लेबुल, ट्रेडमार्क, र्‍यापर्स तथा प्याकिङ्ग:

(१) उत्पादकले आफूले उत्पादन गरेको पदार्थको प्याकेट तथा र्‍यापर्समा देहायको विवरण भएको लेबुल लगाउनु पर्नेछ :

(क) प्रचलित कानून बमोजिम दर्ता गराइएको लेबुल, ट्रेडमार्क चिन्ह तथा अनुमतिपत्र नम्बर। गाँजा बेच्ने, वितरण गर्ने, आयात तथा निर्यात गर्ने इजाजत पत्र धारक उद्यमको हकमा सम्पर्क नम्बर सहितको सम्पर्क ठेगाना।

(ख) उत्पादकको नाम, ठेगाना, गाँजा र गाँजा जन्य पदार्थमा रहेको टिएचसिको मात्रा, उत्पादन गरिएको वर्ष र महिना खुल्ने गरी लेखिएको लट नम्बर। सुकेको वा ताजा गाँजा उत्पादन गर्ने साना कृषकको हकमा सम्बन्धित जिल्लाको कृषि ज्ञान केन्द्रले उपलब्ध गराएको अनुमानित टिएचसिको मात्रा उल्लेख गर्ने।

(ग) गाँजाको वर्ग जस्तै सुकेको वा ताजा गाँजा, गाँजाको एक्स्ट्र्याक्ट, टपिकल गाँजा वा हिलिङ्ग खाद्य गाँजा आदि वा अन्य।

(घ) प्याकेट तथा र्‍यापर्स भित्र रहेको गाँजाको परिमाण, सुरक्षित प्रयोगको मिति (एक्सपाएरि डेट)  वा पुनः परीक्षण (रि-टेस्ट) मिति र उचित भण्डारणको अवस्था बारे जानकारी।

(ङ) तोकिए बमोजिमको चेतावनी मूलक सन्देश: सुकेको वा ताजा गाँजा बाहेकको अवस्थामा उत्पादकले गाँजाजन्य पदार्थको बट्टा, र्‍यापर्स,प्याकेट तथा पार्सलको प्याकेजिङ्ग र लेबुलको बाहिरी भागमा गाँजा जन्य पदार्थ स्वास्थ्यलाई हानिकारक हुन् सक्ने भएको डाक्टरको सल्लाह वाट मात्र सेवन गर्न ऐनले तोके बमोजिमको चेतावनी मूलक सन्देश प्रस्ट रूपमा बुझ्ने र देख्ने गरी नेपाली भाषामा छाप्नु तथा अङ्कित गर्नु पर्नेछ।

(च) गाँजा नियमन तथा नियन्त्रण बोर्डले पहिचान गरी निर्देशन गरेको अन्य हानिकारक तत्व तत्त्व आदि बारे सूचना तथा लिनु पर्ने सावधानी वारेको सूचना। 

छ) उत्पादकले गाँजा जन्य पदार्थको प्याकेट तथा र्‍यापर्समा उमेर नपुगेको बालकको ध्यान आकर्षण हुने कुनै किसिमको लोगो, चिन्ह, शब्द र चित्र राख्न पाउने छैन। गाँजाको प्याकिङ अत्यन्त सहज र सामान्य देखिन अनिवार्य छ। 

(२) उपदफा (१) बमोजिमको कृषक बाहेक गाँजा प्रशोधन गरी खाद्य पदार्थको निर्माण गर्ने अनुमतिपत्र प्राप्त व्यक्तिले लेबुल राख्दा खाद्य पदार्थ सम्बन्धि प्रचलित कानून बमोजिम तथा गाँजाबाट औषधि उत्पादन गर्ने उत्पादकले औषधि सम्बन्धी प्रचलित कानून बमोजिमको लेबुल राख्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिमम लेबुल राख्दा त्यस्तो लेबुलमा सो पदार्थको उपभोगबाट पर्न सक्ने प्रभावको बारेमा तोकिए बमोजिमको चेतावनीमूलक सन्देश समेत उल्लेख गर्नु पर्नेछ।

११. अभिलेख राख्नु पर्ने:

(१) उत्पादकले गाँजा र गाँजा जन्य उत्पादनमा देहायको अभिलेख तोकिए बमोजिमको ढाँचामा अद्यावधिक रुपमा राख्नु पर्नेछ र त्यस्तो विवरण गाँजा नियमन तथा नियन्त्रण बोर्डले तोके बमोजिमका निकायमा  दिनु पर्नेछ।

(क) गाँजा खेति गरिएको जग्गाको कित्ता नम्बर र जम्मा क्षेत्रफल,

(ख) फसल तयार हुने क्रममा रहेको गाँजाको वयस्क बोटको संख्या,

(ग) फसल भित्रयाए पछि वयस्क गाँजाको बोटबाट प्राप्त सुकेको गाँजाको कुल परिमाण,

(घ) गाँजा वा भाँगको दाना उत्पादन गरेकोमा त्यसको परिमाण,

(ङ) बिक्रि गरेको गाँजाको परिमाण र मिति,

(च) तोकिए बमोजिमको अन्य विवरण ।

(छ) गाँजाको बिरुवा र काटिएको गाँजा वाट भएको उत्पादन, प्रशोधन गरिएको मात्रा, प्रशोधित पदार्थको मात्रा, उत्पादनको स्थानान्तरण वा बिक्रीको मात्राको रेकर्ड।

(ज) प्रशोधनको क्रममा घटेको तौल, व्यापारी वा अन्य उद्यममा बिक्री गरेको मात्रा, मौजादमा रहेको गाँजा तथा गाँजा जन्य पदार्थको मात्रागाँजाको गुणस्तर परीक्षणमा प्रयोग भएको, अनुसन्धानमा प्रयोग भएको, औषधालय तथा अन्य निकायमा निकासा भएको गाँजाको मात्रा।

(झ) आफूसँग रहेको पहिलेको मौजाद, उत्पादनमा भएको, हानि, चोरी वा नोक्सानी, प्रशोधनको क्रममा घटेको मात्रा, बिक्री गरिएको जम्मा गाँजाको मात्रा र आफूले प्राप्त गरेको र मौजादमा रहेको मात्राको किताब प्रस्ट रेकर्डमा राख्नु पर्नेछ। उक्त रिकर्डको वासलात अनिवार्य रूपमा सम्पूर्ण ट्रानज्याक्सन  ट्रेसिबल र रिकनसाईल हुन अनिवार्य छ।

(ण) गाँजाको कारोबारीले मान्यता प्राप्त स्वतन्त्र तेस्रो पक्षद्वारा गाँजाको लेनदेनको वार्षिक अडिट पूरा गर्नु पर्ने छ।

(त) गाँजा कारोबारको परिणाम तथा आय व्ययको हिसाब किताब तथा अभिलेखहरू प्रस्ट राख्नु पर्नेछ।

(२) उपदफा (१) मा लेखिए देखि बाहेकका अन्य अनुमतिपत्र प्राप्त व्यक्तिले आफूले उत्पादन, प्रशोधन तथा विक्रि वितरण गरेको गाँजा तथा त्यसबाट बनेको औषधिजन्य पदार्थको विक्रीको दैनिक विवरण राख्नु पर्नेछ र त्यस्तो विवरण राख्दा खरिद गर्ने व्यक्तिको नाम, थर वतन,उमेर, नागरिकता नम्बर वा राष्ट्रिय परिचय नम्बर, त्यस्तो औषधि सिफारिस गर्ने चिकित्सकको नाम तथा नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर तथा तोकिए बमोजिमको विवरणको अभिलेख राख्नु पर्नेछ।

(३) गाँजाबाट औषधि उत्पादन गर्ने वा गाँजाको निकासी गर्ने व्यक्तिले प्रत्येक वर्ष आफुले   गरेको उत्पादन तथा निकासीको विवरण बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।

(४) उपदफा (२) र (३) बमोजिमको अभिलेखको विवरण अनुमतिपत्र प्राप्त व्यक्तिले मासिक रुपमा बोर्डमा पठाउनु पर्नेछ ।

(५) बोर्डले यस दफा बमोजिमको अभिलेख विद्युतिय प्रणालिको विकास गरी अनलाईनबाट समेत अद्यावधिक गर्न, अभिलेख गर्न र पठाउन सकिने व्यवस्था गर्न सक्नेछ।

१२.विक्रि वितरणमा बन्देज :

 (१) अनुमतिपत्र प्राप्त इजाजत पत्र धारी निकायले देहायको बाहेक अन्यथा हुने गरी गाँजा तथा गाँजा जन्य पदार्थको विक्रि वितरण गर्न वा निशुल्क रुपमा वितरण गर्न वा उपहार दिनु हुँदैन:

(क) गाँजा नियमन तथा नियन्त्रण बोर्ड  वाट अनुमति प्राप्त निकाय, अनुमति प्राप्त औषधि उत्पादन गर्ने निकाय, कम्पनी वा उद्योग, बोर्ड  वाट अनुमति प्राप्त आयात वा निर्यात कारोबार गर्ने निकाय र विदेशी मूलका अन्तर्राष्ट्रिय गाँजा तथा गाँजा जन्य पदार्थका कारोबारी। यो ऐन जारी हुँदाका बखत १% प्रतिशत वा सो भन्दा भन्दा कम  टिएचसि भएको गाँजाको भाग वा गाँजा जन्य बस्तु नियन्त्रित गाँजा अन्तर्गत नरहेकोले खाद्य प्रयोजनको लागि प्रयोगमा आउने भाँगको दाना वा दानाबाट उत्पादन भएको तेल वा मह वा रेसाबाट उत्पादन भएको कपडा वा डाँठबाट उत्पादन  भएको  सामाग्री  जो  सुकैलाई  बिक्रि  वितरण  गर्न  यस ऐनमा लेखिएको कुराले कुनै बाधा पर्ने छैन ।

(ख) निकासी वा बिक्रि वितरणको लागि अनुमतिपत्र प्राप्त व्यक्तिले नेपाल मेडिकल काउन्सिलमा  दर्ता  भएको  चिकित्सकको  प्रेष्कृप्सनको  आधारमा  सम्बन्धित व्यक्तिलाई

(ग) निकासी वा बिक्रि वितरणको लागि अनुमतिपत्र प्राप्त व्यक्तिले निकासी गर्दा निकासी गरिने मुलुकको कानून बमोजिम त्यस्तो गाँजा खरिद गरिलिन स्वीकृति प्राप्त व्यक्ति वा कम्पनीलाई।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि खरिद कर्ताको नाम, थर, ठेगाना समेतको अभिलेख राखि तोकिए बमोजिमको परिमाणमा नबढ्ने गरी बिक्रि वितरण गर्न बाधा पर्ने छैन । तर  १८  वर्ष  उमेर  पूरा  नभएका  व्यक्ति वा १८  वर्ष  उमेर  पूरा  नभएको व्यक्ति साझेदार रहेको व्यवसाय भनी जानकारी भएको अवस्थामा उनीहरूलाई गाँजा तथा गाँजा जन्य पदार्थ बिक्रि वितरण गर्न पाईने छैन।

(३) उपदफा (२) को प्रयोजनको लागि अनुमति पत्रवालाले कुनै क्रेताको उमेरको बारेमा यकिन हुन चाहेमा निजसँग आवश्यक प्रमाण माग गर्न सक्नेछ र त्यसरी प्रमाण माग गरेको प्रमाण पेश गर्नु सम्बन्धित क्रेताको कर्तव्य हुनेछ।

(४) कसैले पनि शिक्षण संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, अनाथालय र गण्डकी प्रदेश सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको स्थलमा गाँजा बिक्री वितरण गर्न गराउन पाउने छैन।

१३. परामर्श उपलब्ध गराउने :

गाँजा कृषक तथा व्यवसायीले आवश्यक सम्झेमा आफूले कारोबार गर्ने गाँजाको मापदण्ड निर्धारण गर्न उत्पादन तयार भएपछि सम्बन्धित निरीक्षक वा समिति सँग परामर्श माग गर्न सक्ने छन्। सम्बन्धित निरीक्षकले गाँजा कृषकको हकमा परामर्श माग भएको दिन वाट प्राविधिक पक्षको समय बाहेक एक हप्ता भित्र परामर्श उपलब्ध गराउने छन्।

 

१४. विज्ञापन तथा प्रायोजन गर्न नपाइने :

 

कसैले पनि पत्रपत्रिका तथा रेडियो, टेलिभिजन, एफ.एम., इन्टरनेट, ई–मेल जस्ता विद्युतीय सञ्चार माध्यम, अन्तरक्रिया कार्यक्रम, होर्डिङ्ग बोर्ड, भित्तेलेखन, लोगो, सङ्केत, लेख, दृश्य, आवाज, चिन्ह, व्यक्ति वा अन्य कुनै पनि माध्यमबाट गाँजा तथा गाँजाबाट बनेका पदार्थको विज्ञापन वा प्रवद्र्धन गर्न वा कुनै कार्यक्रम, समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाउने छैन । कसैले पनि नि:शुल्क रूपमा गाँजा जन्य पदार्थ वितरण गर्न वा उपहार दिन पाउने छैन। तर खाद्य प्रयोजनको लागि प्रयोगमा आउने भाँगको दाना वा दानाबाट उत्पादन भएको तेल वा मह वा रेसाबाट उत्पादन भएको कपडा वा डाँठबाट उत्पादन भएको सामाग्री वा यस्तै अन्य औद्योगिक वस्तुको प्रचलित कानून बमोजिम विज्ञापन गर्न बाधा पर्ने छैन ।


परिच्छेद–४

बोर्ड तथा कर्मचारी सम्बन्धी व्यवस्था

 

१५. बोर्डको गठन:

 

(१) गण्डकी प्रदेश भर गाँजा तथा गाँजा जन्य पदार्थको बिक्रि वितरणको अनुगमन तथा नियमन सम्बन्धी काम समेतको लागि देहाय बमोजिमका सदस्यहरु रहेको गाँजा नियमन तथा नियन्त्रण बोर्ड गठन गरिएको छ:

 

(क) मुख्य सचिव - गण्डकी प्रदेश सरकार -  अध्यक्ष

(ख) सचिव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय – सह-अध्यक्ष

(ग) गण्डकी प्रदेशको जिल्ला प्रशासन कार्यालयहरू हेर्ने प्रमुख -  सदस्य

(घ) गण्डकी प्रदेशको जिल्ला प्रहरी कार्यालय कार्यालयहरू हेर्ने प्रमुख - सदस्य

(ङ) गण्डकी प्रदेशको लागू औषध नियन्त्रण ब्युरो कार्यालयहरू हेर्ने प्रमुख - सदस्य

(च) गण्डकी प्रदेशको लागू कर तथा आन्तरिक राजस्व कार्यालयहरू हेर्ने प्रमुख - सदस्य

(छ) निर्देशक, गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान – सदस्य

(ज) क्षेत्रीय निर्देशक, आयुर्वेद विभाग – सदस्य

(झ) क्षेत्रीय निर्देशक, औषधि व्यवस्था विभाग– सदस्य

(ञ) क्षेत्रीय निर्देशक, आयुर्वेद विभाग – सदस्य

(ट) क्षेत्रीय निर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग - सदस्य

(ठ) विषय विज्ञहरू - ३ जना (गाँजा उत्पादन, प्रशोधन, औषधि)

(ड) कार्यकारी निर्देशक– सदस्य सचिव     

(२) उपदफा (१) को खण्ड (ड) बमोजिम तोकिएको कार्यकारी निर्देशक, रजिस्ट्रार, विषय विज्ञहरू क्याबिनेटले नियुक्त गर्ने छ। उनीहरूको पदावधि बढीमा चार बर्षको हुनेछ। बोर्डको हित विपरितको काम गरेको अवस्थामा जुनसुकै समयमा क्याबिनेटले हटाउन सक्नेछ। हटाउनु अघि स्पष्टिकरणको मनासिव मौका दिईनेछ ।

(२)       बोर्डको कार्यालय मुख्यमन्त्रीको सचिवालयमा रहनेछ। गाँजा नियमन तथा नियन्त्रण बोर्डको जिल्ला स्तरीय संयन्त्र शाखा कार्यालयको रुपमा जिल्ला कृषि ज्ञान केन्द्रमा अवस्थित रहने छ। 

१६.बोर्डको बैठक र निर्णय:

(१) बोर्डको बैठक आवश्यकता अनुसार बस्नेछ।

(२) अध्यक्षले तोकेको मिति, समय र स्थानमा बोर्डको बैठक बस्नेछ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि अध्यक्षको अनुपस्थितिमा सदस्य– सचिवले समितिका सदस्यहरुसँग परामर्श गरी सह-अध्यक्षको अध्यक्षतामा तोकेको मिति, समय र स्थानमा समितिको बैठक बस्न सक्नेछ।

(४) बोर्डको बैठक हुनुभन्दा कम्तीमा चौबीस घण्टा अगावै बैठकमा छलफल हुने विषयको कार्यसूची सहितको सूचना सदस्य–सचिवले बोर्डका सदस्यहरुलाई दिनेछ।

(५) बोर्डको कुल सदस्य संख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरु उपस्थित भएमा बोर्डको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ।

(६) बोर्डको बैठकको अध्यक्षता बोर्डको अध्यक्षले र निजको अनुपस्थितिमा बोर्डका सह-अध्यक्षले गर्नेछन।

(७) बोर्डको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ।

(८) बोर्डको बैठकको निर्णय बैठकको अध्यक्षता गर्ने व्यक्तिले प्रमाणित गरी राख्नेछ।

(९) बोर्डले आवश्यक ठानेमा बोर्डको कामसँग सम्बन्धित कुनै विशेषज्ञ वा पदाधिकारीलाई बोर्डको बैठकमा पर्यवेक्षकको रुपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ।

(१०) बोर्डको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ।

 

१७. बोर्डको काम, कर्तव्य र अधिकार:

 बोर्डको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:

(क) गाँजा तथा यसको विभिन्न उत्पादनको बिक्रि वितरणलाई नियमन तथा व्यवस्थापनको लागि अपनाउनु पर्ने नीति तथा सुधार गर्नु पर्ने कानूनको सम्बन्धमा मन्त्रालय समक्ष सुझाव पेश गर्ने।

(ख) गाँजाको गैरकानूनी खेती, गाँजा जन्य उत्पादनको बिक्रि वितरणलाई तथा उपयोगलाई रोक्न अवलम्बन गर्नु पर्ने उपयायहरुको बारेमा मन्त्रालयलाई आवश्यक सुझाब पेश गर्ने।

(ग) गाँजा र गाँजा जन्य उत्पादनको विक्रि वितरणको लागि अवलम्बन गर्नु पर्ने आवश्यक व्यवस्थाको बारेमा आवश्यक व्यवस्था मिलाउन मन्त्रालयलाई सुझाब दिने।

(घ)  गाँजा तथा गाँजा जन्य उत्पादनको बिक्रि वितरणको अनुगमन तथा निरीक्षण गर्ने, गराउने

(ङ) सुकेको गाँजा र त्यसको उत्पादन खरिद बिक्रीको नियमन र सहजीकरण गर्ने

(च) गाँजाको विक्रि वितरण वा निकासीको लागि अनुमतिपत्र प्राप्त व्यक्ति वा कम्पनी वा औषधि निर्माण गर्ने निकाय, कम्पनि वा संस्थालाई सहजीकरण गर्ने, विक्रीबाट उठेको राजस्व नेपाल सरकारको खातामा जम्मा गर्न सहजीकरण गर्ने

(छ) गाँजाको उपभोग तथा यसले पार्ने प्रभावको बारेमा सचेतना कार्यक्रम सञ्चालन गर्ने

(ज) कृषकबाट खरिद गरेको गाँजा तथा गाँजा जन्य उत्पादनको भण्डारणको लागि आवश्यक संरचना निर्माण गर्न सहजीकरण गर्ने

(झ) गाँजाको औषधिय उपयोगको सम्बन्धमा अनुसन्धान गर्न, सहजीकरण गर्ने

(ञ) ऐनको प्रतिकुल हुने गरी गरिएको गाँजा खेति नष्ट गर्ने, गराउने

(ट) कृषकबाट गाँजाको बिक्रि मूल्य निर्धारण गर्न सहजीकरण गर्ने

(ठ) निरीक्षकको काम कारबाहीको सम्बन्धमा निरीक्षकलाई आवश्यक निर्देशन दिने

(ड) बोर्डको वार्षिक योजना, कार्यक्रम तथा बजेट तर्जुमा गरी स्वीकृति गर्ने

(ढ) गाँज उधम गरे वापत बुझाउनु पर्ने रोयल्टीको दर निर्धारण गर्न मन्त्रालयलाई सिफारिस गर्ने

(ण) मन्त्रालयबाट स्वीकृत मापदण्डको अधिनमा रही कृषकले उत्पादन गरेको गाँजाको न्यूनतम बिक्री मूल्य मूल्य निर्धारण गर्न सहजीकरण गर्ने

(त)  कृषकलाई प्राविधिक सहयोग उपलब्ध गर्ने, गराउने तथा गाँजा खेति सम्बन्धी तालिम तथा अन्य जानकारी कृषकलाई उपलब्ध गराउने।

(थ) गाँजा खेति तथा यसको उत्पादन, प्रसोधन, प्रडक्ट डेभलपमेन्ट तथा विक्री वितरणको अनुगमन, मूल्याङ्कन तथा समीक्षा गर्ने, गराउने।

(द)   गाँजाबाट  स्थानीय  ज्ञानको  आधारमा  उत्पादन  हुने  स्थानीय  सामाग्री  सम्बन्धी ज्ञानलाई संरक्षण गर्ने र त्यसमा नेपालको वौद्धिक अधिकार स्थापित गर्ने, गराउने।

(ध) तोकिए बमोजिमको काम गर्ने गराउने।

ण) गाँजा नियमन तथा नियन्त्रण बोर्ड आफै नियमनकारी निकाय भएकाले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आफूलाई लाभ पुग्ने गरी यसका कार्यकारी पदाधिकारी तथा बोर्ड आफै गाँजाको खरिद विक्रीमा संलग्न हुन पाउने छैनन।

 

१८. कार्यकारी निर्देशक तथा रजिष्ट्रारको नियुक्ति

 (१) बोर्डको कार्यकारी प्रमुखको रुपमा एकजना कार्यकारी निर्देशक रहनेछ । इजाजत पत्र जारी गर्ने, नवीकरण गर्ने तथा खारेज गर्ने आदिको रजिष्ट्रारको कार्य सम्पन्न गर्न जिम्मेवारी समेत कार्यकारी प्रमुखको हुने छ।

२) गण्डकी प्रदेश सरकारले कार्यकारी निर्देशक र रजिस्ट्रार पदमा उपयुक्त व्यक्तिलाई नियुक्त गर्न वा तोक्न सक्नेछ ।

३) कार्यकारी निर्देशक र रजिस्ट्रारको पदावधि चार वर्षको हुनेछ । पदावधि पुनः बढीमा चार वर्षको लागि नियुक्त हुन वा तोकिन सक्नेछ ।

(३)  कार्यकारी निर्देशक र रजिस्ट्रारको काम, कर्तव्य, अधिकार र पारिश्रमिक सेवाको शर्त तथा सुविधा सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।

(४)  गण्डकी प्रदेश सरकारले कार्य बोझको आधारमा कार्यकारी निर्देशकको सिफारिस र सचिवालयको सल्लाहमा उपयुक्त व्यक्तिलाई रजिस्ट्रार नियुक्त गर्न वा तोक्न सक्नेछ।

 

१९. बोर्डको कर्मचारी:

(१) बोर्डको कार्य सञ्चालनको निमित्त बोर्डमा आवश्यक संख्यामा कर्मचारी रहनेछन् ।

(२) बोर्डलाई आवश्यक पर्ने कर्मचारी बोर्ड आफैले नियुक्त गर्ने छ। बोर्डको अनुरोधमा केही समयको लागि कर्मचारीको आवश्यकता मन्त्रालयले समेत उपलब्ध गराउन सक्ने छ।

(३) बोर्डका कर्मचारीहरुको पारिश्रमिक, सेवाको शर्त तथा सुविधा बोर्डले तोके बमोजिम हुनेछ ।

२०. निरीक्षक सम्बन्धी व्यवस्था:

(१) अनुमतिपत्र प्राप्त उधमले ऐन बमोजिम पालना गर्नु पर्ने शर्तहरु पालना वा पूरा गरे वा नगरेको सम्बन्धमा निरीक्षण गर्ने काम समेतको लागि बोर्डले बोर्डका कर्मचारी मध्येबाट आवश्यक संख्यामा निरीक्षक नियुक्ति गर्ने छ। बोर्डले मन्त्रालयको स्वीकृतिमा मन्त्रालय वा मन्त्रालयको मातहतको कुनै कर्मचारीलाई निरीक्षकको रुपमा तोक्न वा खटाउन सक्नेछ।

 

(२) निरीक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः

(क) अनुमतिपत्र प्राप्त अधिकारीले यस ऐन तथा यस ऐन अन्तर्गत बनेको नियमावली तथा निर्देशिका बमोजिम पालना गर्नुपर्ने शर्तको पालना गरे वा नगरेको वा पूरा गर्नुपर्ने शर्त पूरागरे वा नगरेको सम्बन्धमा नियमित रुपमा आफ्नो क्षेत्राधिकार भित्रको जुनसुकै स्थलको निरीक्षण गर्ने

(ख) उत्पादन भएको गाँजा तथा गाँजा जन्य पदार्थ को अनधिकृतरुपमा प्रयोग हुन नदिन सतर्कता अवलम्बन गर्न उद्यमी लाई सुझाब दिने

(ग) ऐन बमोजिम अभिलेख राखे नराखेको जाँच गर्ने

(घ उत्पादन भएको गाँजा बिक्रि वितरण गर्ने कार्यको लागि सहजिकरण गर्ने

(ङ) तोकिए बमोजिमका अन्य कार्य गर्ने ।

(३) उपदफा (२) बमोजिम निरीक्षण गर्दा ऐन बमोजिम गर्नु पर्ने कुराहरु पूरा गरेको नदेखिएमा अनुमतिपत्र रद्द गर्ने कारबाहीको लागि सम्बन्धित निकायमा सिफारिस गर्न सक्नेछ।

(४) बोर्डले तोके बमोजिमका अन्य काम गर्ने।

 

परिच्छेद–५

बोर्डको कोष सम्बन्धी व्यवस्था

२१.बोर्डको कोष:

 

(१) बोर्डको एउटा छुटैृ कोष हुनेछ र सो कोषमा देहायका रकमहरु रहनेछन्ः

(क) गण्डकी प्रदेश सरकार बाट प्राप्त रकम

(ख) अनुमतिपत्र दस्तुर तथा नवीकरण दस्तुर वापत प्राप्त रकम

(ग) अन्य स्रोतबाट प्राप्त रकम

 

(२) बोर्डलाई प्राप्त हुने सबै रकम नेपाल भित्रको कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गरिनेछ ।

(३) उपदफा (१) बमोजिमको कोषबाट देहायका खर्च व्यहोरिनेछ:

(क) गाँजा नियमन तथा नियन्त्रणको क्षमता अभिवृद्धिको लागि पूर्वाधार विकास गर्न

(ख) गाँजा व्यवसायले समाजमा पुर्‍याई रहेको प्रभाव को अध्ययन गर्न तथा सामाजिक जनचेतना जागृत गर्न।

(ग) औषधि उत्पादन वैकल्पिक प्रयोग आदि जस्ता विषयमा तथा अनुसन्धान गर्न

(घ) वातावरण संरक्षण गर्न

(ङ) बोर्डको प्रशासनिक कार्य सञ्चालन गर्न।

(४) कोषको खाताको सञ्चालन तोकिए बमोजिम हुनेछ ।

 

२२. लेखा र लेखापरीक्षण:

(१) बोर्डको आय व्ययको लेखा गण्डकी प्रदेश सरकारले अपनाएको तरिका बमोजिम राखिनेछ ।

(२) बोर्डको लेखाको लेखापरीक्षण महालेखा परीक्षकद्वारा हुनेछ ।

 

परिच्छेद–६

समितिको गठन तथा काम, कर्तव्य र अधिकार

२३.समितिको गठन:

(१) गाँजा नियमन तथा नियन्त्रण ऐनको स्थानीय स्तरमा कार्यान्वयनको लागि दफा ४ बमोजिम जिल्ला स्तरीय संयन्त्रको रुपमा तोकिएको जिल्लाको जिल्ला प्रशासन कार्यालय वा जिल्ला समन्वय समिति वा कृषि ज्ञान केन्द्रमामा जिल्ला स्थित कार्यालय रहने गरी देहाय बमोजिमको गाँजा नियमन तथा नियन्त्रण समिति रहनेछः

(क) प्रमुख, जिल्ला प्रशासन कार्यालय–अध्यक्ष

(ख) जिल्ला समन्वय प्रमुख– कार्यकारी निर्देशक (सदस्य सचिव, गाँजा नियमन तथा नियन्त्रण समिति - मुख्य मन्त्रीले नियुक्ति गर्ने)

(ग) प्रमुख, कृषि ज्ञान केन्द्र – सदस्य

(घ) प्रमुख, जनस्वास्थ्य कार्यालय – सदस्य

(ङ) प्रमुख, जिल्ला प्रहरी कार्यालय– सह-अध्यक्ष

 

(२) मुख्य मन्त्रीको सचिवालयको सिफारिस अनुरूप गण्डकी प्रदेशका  मुख्य मन्त्रीले  उपयुक्त व्यक्तिलाई काम, कर्तव्य र अधिकार तोकी गण्डकी प्रदेश भित्रका सम्पूर्ण जिल्लामा गाँजा नियमन तथा नियन्त्रण  समन्वय  समितिको प्रमुख तोक्ने छन्।

(३) समितिको बैठक तथा तत् सम्बन्धी कार्यविधि गाँजा नियमन तथा नियन्त्रण बोर्ड वाट प्राप्त निर्देशनको आधारमा सो समिति आर्फैले निर्धारण गरे बमोजिम हुनेछ ।

 

२४. समितिको काम, कर्तव्य र अधिकारः

समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः

(क) इजाजतको लागि प्राप्त निवेदनको आवश्यक छानबिन र कागजातको  प्रामाणिकता हेर्ने लगायतका सम्पूर्ण प्रक्रिया पुरा गरी गाँजा नियमन तथा नियन्त्रण बोर्डको रजिस्टार समक्ष अनुमतिको  इजाजत उपलब्ध  प्रदान गर्न सिफारिस सहित लेखि पठाउने। आफ्नो कार्य क्षेत्र भित्र गाँजा तथा यसको विभिन्न उत्पादनको बिक्रि वितरणलाई नियमन तथा व्यवस्थापनको लागि अपनाउनु पर्ने नीति तथा सुधार गर्नु पर्ने कानूनको सम्बन्धमा गाँजा नियमन तथा नियन्त्रण बोर्ड समक्ष सुझाव पेश गर्ने।

(ख) आफ्नो कार्य क्षेत्र भित्र गाँजाको गैरकानूनी खेती, गाँजा जन्य उत्पादनको बिक्रि वितरणलाई तथा उपयोगलाई रोक्न अवलम्बन गर्नु पर्ने उपयायहरुको बारेमा गाँजा नियमन तथा नियन्त्रण बोर्ड लाई आवश्यक सुझाब पेश गर्ने।

(ग) आफ्नो कार्य क्षेत्र भित्र गाँजा र गाँजा जन्य उत्पादनको विक्रि वितरणको लागि अवलम्बन गर्नु पर्ने आवश्यक व्यवस्थाको बारेमा आवश्यक व्यवस्था मिलाउन गाँजा नियमन तथा नियन्त्रण बोर्ड लाई सुझाब दिने।

(घ)  आफ्नो कार्य क्षेत्र भित्र गाँजा तथा गाँजा जन्य उत्पादनको बिक्रि वितरणको अनुगमन तथा निरीक्षण गर्ने, गराउने

(ङ) आफ्नो कार्य क्षेत्र भित्र सुकेको गाँजा र त्यसको उत्पादन, खरिद बिक्रीको नियमन र सहजीकरण गर्ने

(च) आफ्नो कार्य क्षेत्र भित्र गाँजाको विक्रि वितरण वा निकासीको लागि अनुमतिपत्र प्राप्त व्यक्ति वा कम्पनी वा औषधि निर्माण गर्ने निकाय, कम्पनि वा संस्थालाई सहजीकरण गर्ने, विक्रीबाट उठेको राजस्व नेपाल सरकारको खातामा जम्मा गर्न सहजीकरण गर्ने

 

 

 

 

परिच्छेद–७

कसूर र सजाय सम्बन्धी व्यवस्था

२५. कसूर तथा सजाय:

(१) कसैले देहायको कुनै काम गरेमा यस ऐन विपरितको कसूर गरेको मानिनेछ:

(क) दफा ६ बमोजिम अनुमतिपत्र प्राप्त नगरी गाँजा खेति गरेमा वा त्यसको निकासी वा बिक्रि वितरण गरेमा

(ख) दफा १० बमोजिम लगाउनु पर्ने लेबुल नलगाएमा

(ग) दफा ११ बमोजिम राख्नु पर्ने विवरण वा अभिलेख नराखेमा वा त्यस सम्बन्धी झुटृा विवरण तयार गरेमा

(घ) दफा १२ विपरित गाँजाको बिक्रि वितरण गरेमा

(ङ) दफा १४ विपरित विज्ञापन गरेमा

(च) यो ऐन विपरितको अन्य कुनै काम गरेमा ।

(२) देहायको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिम सजाय गर्न सक्नेछ:

(क) उपदफा (१) को खण्ड (क) वा (घ) बमोजिमको कसूरमा १ वर्षसम्म कैद र एक लाख रुपैंयाँ सम्म जरिवाना

(ख)उपदफा (१) को खण्ड (ख), (ग) वा (ङ) बमोजिमको कसूरमा ६ महिनासम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना

(ग)उपदफा (१) को खण्ड (च) बमोजिमको कसूरमा एक महिनासम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना

२६.अनुसन्धान तथा तहकिकात:

(१) यस ऐन अन्र्तगतको कसूर सम्बन्धि मुद्दाको अनुसन्धान तथा तहकिकात निरीक्षकले गर्नेछ ।

(२) उपदफा (१) बमोजिम अनुसन्धान तथा तहकिकात गरिएको मुद्दामा निरीक्षकले सम्बन्धित सरकारी वकिलको राय लिएर मुद्दा हेर्ने अधिकारी समक्ष मुद्दा दायर गर्नेछ।

२७. सरकारवादी हुने:

यस ऐन अन्तर्गतको कसूर सम्बन्धी मुद्दा नेपाल सरकारवादी चल्नेछ र त्यस्तो मुद्दा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची १ मा समावेश भएको मानिनेछ।

परिच्छेद–८ विविध

२८. रोयल्टी तथा करः

यस ऐन बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिले प्रचलित कानूनमा निर्धारण भए बमोजिमको रोयल्टी तथा कर बुझाउनु पर्नेछ ।

२९. उपसमिति वा कार्यदल गठन गर्न सक्नेः

(१) बोर्डले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफूले गर्नु पर्ने कुनै कार्य सम्पादन गर्नको निमित्त आवश्यकता अनुसार उपसमिति वा कार्यदल गठन गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम गठित उपसमिति वा कार्यदलको काम, कर्तव्य र अधिकार तथा कार्यविधि सो उपसमिति वा कार्यदल गठन गर्दाका बखत बोर्डले तोके बमोजिम हुनेछ ।

३०. वार्षिक प्रतिवेदन:

(१) बोर्डले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र तोकिए बमोजिमको  विवरण सहित  सो वर्ष  भरमा आफूले  गरेको  काम  कारबाहीको  वार्षिक  प्रतिवेदन मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम पेश भएको वार्षिक प्रतिवेदन मन्त्रालयले संघीय संसदमा पेश गर्नुपर्नेछ र सर्वसाधारणको जानकारीको लागि प्रकाशन गर्नु पर्नेछ ।

३१. अधिकार प्रत्यायोजनः

(१) बोर्डले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफूलाई प्राप्त अधिकारहरुमध्ये आवश्यकता अनुसार केही अधिकार बोर्डको अध्यक्ष वा सह-अध्यक्ष वा कार्यकारी निर्देशकलाई प्रत्यायोजन गर्न सक्नेछ ।

(२) कार्यकारी निर्देशकले ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफूलाई प्राप्त अधिकारहरुमध्ये आवश्यकता अनुसार केही अधिकार बोर्डको अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ।

३२. मुख्य मन्त्रीको सचिवालयले निर्देशन दिन सक्ने:

मुख्य मन्त्रीको सचिवालयले बोर्डलाई आवश्यक निर्देशन दिन सक्ने छ र त्यस्तो निर्देशनको पालना गर्नु बोर्डको कर्तव्य हुनेछ ।

३३. गण्डकी प्रदेश सरकार सरकारसँग  सम्पर्क:

बोर्डले  गण्डकी प्रदेश सरकार सँग  सम्पर्क  राख्दा  मुख्य मन्त्रीको सचिवालय  मार्फत  राख्नु पर्नेछ ।

३४. सहयोग गर्नु पर्ने:

यस ऐन बमोजिमको कुनै काम कारबाही सम्पादन गर्ने सिलसिलामा निरीक्षकले स्थानीय प्रशासनको सहयोग माग गर्न सक्नेछ। त्यसरी सहयोग माग भएमा आवश्यक सहयोग गर्नु स्थानीय प्रशासनको कर्तव्य हुनेछ ।

३५. नियम बनाउने अधिकार:

यस ऐनको उद्देश्य कार्यान्वयन गर्न गण्डकी प्रदेश सरकारले आवश्यक नियम बनाउन सक्नेछ।

३६. अन्य व्यवस्था:

३६.१ दश प्रतिशत चिस्यान रहेको सुकेको गाँजामा एक प्रतिशत भन्दा धेरै टिएचसि रहेको गाँजा लाई मनोद्वीपक पदार्थ (साइकोट्रपिक सब्स्ट्रान्स) युक्त गाँजाको रूपमा राखिएको छ। 

३६.२ दश प्रतिशत चिस्यान रहेको सुकेको गाँजामा एक वा एक प्रतिशत भन्दा कम टिएचसि रहेको गाँजा लाई मनोद्वीपक पदार्थ (साइकोट्रपिक सब्स्ट्रान्स) विहीन गाँजा मानी त्यसलाई भाँग र सिद्धको वर्गीकरण गरिएको छ। 

३६.३ मनोद्वीपक पदार्थ (साइकोट्रपिक सब्स्ट्रान्स) युक्त गाँजा तथा त्यसको सार तत्त्वहरूमा अत्यन्त महत्त्वपूर्ण औषधीय गुणको रहेकोले तिनी हरूलाई छुटै गाँजा ऐन ल्याई तिनीहरूको नियन्त्रित खेती, उत्पादन, प्रशोधन र औषधीय प्रयोग लाई व्यवस्थापन गरिने छ।

३६.४ मनोद्वीपक पदार्थ (साइकोट्रपिक सब्स्ट्रान्स) युक्त गाँजा औषधिजन्य प्रयोजनका लागि हाल उपयोगमा ल्याउन औषधीय गुणको नगदे बालीका रूपमा व्यापार वा उत्पादन सहजीकरण गर्न गण्डकी प्रदेश भित्रका नगरपालिका तथा गाउँपालिकाहरूलाई अनुमति दिइएको छ। 

३६.५ मनोद्वीपक पदार्थ (साइकोट्रपिक सब्स्ट्रान्स) को प्रभावकारी मात्रा विहीन भाँग र सिद्ध तथा मनोद्वीपक पदार्थ  नहुने गाँजाको दाना, डाँठ, जरा तथा हेम्प  र होप (बियर तितो बनाउने गाँजा जन्य कोपिला) आदि लाई औषधीय र  नगदे बालीका रूपमा नेपाल अधिराज्यभर खेती तथा उद्यम गर्न खुल्ला गरिएको। 

३६.६ तत्कालको बाधा अड्काउ फुकाउन प्रभावकारी मात्रामा मनोद्वीपक पदार्थ (साइकोट्रपिक सब्स्ट्रान्स) हुने गाँजाको गण्डकी प्रदेश भित्रका स्थानीय नगरपालिका तथा गाउँपालिकाहरूलाई औषधीय प्रयोजन र नगदे बलिको रूपमा नियन्त्रित खेती, प्रशोधन, अनुसन्धान र उपयोग गर्न  नियमावली बनाइ लागु गर्ने अधिकार दिइएको छ। 

३७. निस्तेज रहने व्यवस्था गरिएको:

लागू औषध (नियमन्त्रण) ऐन, २०३३ को ११ () औषधी बनाउनको लागि नेपाल सरकारले लागू औषध उपलब्ध गराउन सक्ने व्यवस्था अनुरूप उल्लेख भएको यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन बमोजिम जफत वा कब्जा गरिएको लागू औषधमध्ये गाँजा र अफिम नेपाल सरकारले उपयुक्त देखेमा औषधी बनाउने प्रयोजनको लागि कुनै औषधी बनाउने निकायलाई आवश्यक परिमाणमा उपलब्ध गराउन सक्नेछ।भन्ने ऐनको चुरो मर्म र आशय लाई मध्य नजर राख्दै गण्डकी प्रदेश भित्र लागु हुने गरी लागू औषध (नियमन्त्रण) ऐन, २०३३ को दफा ३ को खण्ड (क) को उपखण्ड (१) र उपखण्ड (२) तथा खण्ड (ख) र खण्ड (ग), दफा ४ को खण्ड (क), दफा ११ को खण्ड (क) र दफा १४ को खण्ड (क), (ख) (ग) र (घ) तथा तिनको आधारमा बनेको सम्पूर्ण कानुन, निर्णय, कानुनी कारबाहीको सजाय तथा अन्य व्यवस्था गाँजा ऐन, २०८० द्वारा गण्डकी प्रदेश भित्र निस्तेज रहने व्यवस्था गरिएको छ।

 

 अनुसूची -

धारा २ परिभाषाअनुच्छेद (ण) र (थ) अनुसार गाँजाको विभिन्न भागको बराबरको मात्रा यस अनुसार मानिने छ:

 

स्तम्भ १

स्तम्भ २

स्तम्भ ३

क्रम

संख्या

गाँजाको प्रकार वा क्लास

१ ग्राम  सुकेको गाँजा बराबरको मात्रा

सुकेको गाँजा

१ ग्राम

ताजा  गाँजा

ग्राम

गाँजामात्रको ठोस पदार्थ

१५ ग्राम

गाँजामात्रको तेल वा बाक्लो झोल

७० ग्राम

गाँजामात्रको कन्सनट्रेट

.२५  ग्राम

गाँजाको एक बिरुवा

गाँजाको एक बीउ बराबर

 

  

अनुसूची

धारा २ परिभाषाअनुच्छेद (क) अनुसार एक अधिकृत व्यक्ति वा निकायले गाँजाको कारोबारको लागि प्राप्त गर्न सक्ने गाँजाका इजाजत पत्रका वर्गहरू यस प्रकार छ:

क्रम

संख्या

इजाजत पत्रको बर्ग

कारोवारको लागि स्वीकृत गतिबिधि

खेतीको लागि इजाजत पत्र

गाँजाको खेती गर्नेबिउँ, बिरुवा, बोट तथा सुकेको गाँजाको भाग, घरेलु तरिका वाट उत्पन्न हुने गाँजाको सार तत्त्व र मह मुलुक भित्र बेच्ने। कृषि अनुसन्धान गर्ने।

प्रशोधनको लागि इजाजत पत्र

नेपालमा उत्पादित वा आयातित गाँजाको खरिद गरी गाँजा वाट सम्भव हुने सबै प्रकारको प्रशोधन नगरिएको तथा गरिएको मात्र गाँजा निर्मित पदार्थ तथा गाँजा जन्य पदार्थको उत्पादन गर्ने र मुलुक भित्र मात्र बेचबिखन  गर्ने।

विश्लेषणात्मक परीक्षणको लागि इजाजत पत्र

गाँजाको गुण नियन्त्रण तथा पोषण, औषधीय मूल्य, विषादीको हद तथा विभिन्न जस्तै सेल्फ-लाइफ, न्युट्रीसनल, हेबीमेटल, पेष्टिसाइड, इन्सेकटिसाइड आदिको परीक्षण गर्ने ल्याब। 

बिक्रीको लागि इजाजत पत्र (व्यापारिक प्रयोजनको लागि  स्थानीय खरिद-बिक्रीगर्ने)

गाँजा तथा गाँजाको सारतत्व वा सो निर्मित तत्त्व नेपाल अधिराज्य भर वाट खरिद गरी  नेपाल अधिराज्य भर बिक्री वितरण गर्ने।

बिक्रीको लागि इजाजत पत्र (व्यापारिक प्रयोजनको लागि खरिद-बिक्री तथा आयात-निर्यात गर्ने )

गाँजा तथा गाँजाको सारतत्व वा सो निर्मित तत्त्व संसार भर वाट खरिद गरी  संसार भर बिक्री वितरण गर्ने।

अनुसन्धानको लागि इजाजत पत्र

गाँजा तथा गाँजाको सारतत्वको बिक्री वितरणको नियत नराखी स्वदेश वा विदेशमा मात्र परीक्षणको लागि कृषि वा ल्याब वा प्रशोधन आदि सम्बन्धी परीक्षण कार्यहरू सञ्चालन गर्ने।

गाँजाको आयुर्वेदिक टनिक, आयुर्वेदिक ओखती तथा लागू औषध इजाजत पत्र

गाँजा तथा गाँजाको सारतत्वको आयुर्वेदिक उत्पादन, प्रशोधन, आयुर्वेदिक अध्ययन, औषधि तथा खाद्य निर्माण, परीक्षण, मुलुक भित्र वा बाहिर बिक्री वितरण तथा परीक्षण कार्यहरू सञ्चालन गर्ने।

गाँजाको अन्य प्रयोगको लाइसेन्स जस्तै: गाँजा औषधालय (फार्मेसी) सञ्चालन।

गाँजा तथा गाँजाको सारतत्वको निर्मित औषधीय गुणका पदार्थहरू मुलुक भित्र तथा बाहिर खरिद तथा बिक्री गर्ने ।

गाँजाको एक भन्दा बढी बर्गमा पर्ने कार्य सञ्चालन।

माथिका एक भन्दा धेरै वर्ग अन्तरगतका वा सम्पूर्ण वर्ग अन्तरगतका गतिविधिहरू सञ्चालन गर्ने। 


अनुसूची

सूचना (NOTIFICATION)

Committee on Sanitary and Phytosanitary Measures

Notification to Word Trade Organizations and public

 

1.

Notifying Member: NEPAL

If applicable, name of local government involved: Gandaki Province Nepal

2.

Agency responsible: Government of Gandaki Province, Office of the Chief Minister and Council of Minister, Nepal.

3.

Products covered (provide tariff item number(s) as specified in national schedules deposited with the WTO; ICS numbers should be provided in addition, where applicable): Food products containing cannabidiol extract, beverage and food supplement containing cannabidiol extract

4.

Regions or countries likely to be affected, to the extent relevant or practicable:

[X]     All trading partners

[ ]      Specific regions or countries:

5.

Title of the notified document: Marijuana Act, 2080.

Number of pages: 44

6.

Description of content: According to the Marijuana Act, 2080 Gandaki Province on promotion of cannabis and hemp as cash crops, especially cannabidiol extracts from cannabis or hemp that contain tetrahydrocannabinol not exceeding 1.0% by weight and comply with the certain criteria laid down by the Narcotic Substance Committee, shall be exempted from the Notification for classification of narcotic substances in the Schedule V under the Narcotic Substances Law.

 

Therefore, such cannabidiol extracts may be used in food inted to consume as medicinal purposes or ayurvedic suppliments hereafter called as food with the requirement that it shall abide by the food law.

 

Cannabidiol extracts are considered as medicinal food that shall be assessed for safety of consumption as food prior to placement in the market.

 

By virtue of Marijuana Act (2080), the office of the Chief Minister and Council of Ministers of Government of Gandaki Province hereby issued the formal Notification as follows:

 

Clause 1 - Food products containing cannabidiol extract shall be classified as food for medicinal purposes (Food and ayurvedic suppliments).

 

Clause 2 - In this Notification, the following terms are defined:

 

"Cannabidiol extract" means Cannabidiol extracted from cannabis plant (Cannabis indica or

Cannabis sativa L.) that contains tetrahydrocannabinol not exceeding 1.0% by weight.

 

Clause 3 - Cannabidiol extract shall comply with the following quality and safety requirements:

 

(1)     Amount of cannabidiol shall not be less than 30% by weight;

(2)     Amount of tetrahydrocannabinol shall not exceed 1.0 % by weight;

(3)     May contain or be mixed with other ingredients as a processing aid which shall not be a threat to health;

(4)     Use of food additives including extraction solvents shall comply with the maximum limits as specified in the standards for food additives;

(5)     Pesticide residues shall not exceed the maximum limits as specified in the standards for food containing pesticide residues;

(6)     Chemical contaminants shall not exceed the maximum limits as specified in the standards for contaminants in food;

(7)     Pathogenic microorganisms shall comply with the prescribing quality, standard, principles, conditions and methods of analysis for pathogenic microorganisms in foods.

 

Clause 4 - Use of cannabidiol extract as an ingredient in food shall comply with the requirements specified in the Annex.

 

Clause 5 - Food products containing cannabidiol extract shall comply with the following quality and safety requirements:

 

a.    Amount of cannabidiol and tetrahydrocannabinol and analytical methods shall comply with the requirements specified in the Annex;

b.    Pesticide residues shall not exceed the maximum limits as specified in the standards in the food containing pesticide residues;

c.     Chemical contaminants shall not exceed the maximum limits as specified in the standards in the Notification standards for contaminants in food;

d.    Pathogenic microorganisms shall comply with the prescribed quality, standard, principles, conditions and methods of analysis for pathogenic microorganisms in foods;

e.    Other qualities or standards for some particular food items shall comply with the relevant standard as the case may be.

 

Clause 6 - Manufacturers who produce food products containing cannabidiol extract shall legally obtain cannabidiol extract and control production process in compliance with the regulations regarding Food Production Processes, Processing Equipment / Utensils and Storage Practices.

 

The manufacturers shall maintain records of stock or inventory of cannabidiol extract at their premises.

 

Clause 7 - The use of food additive in food products containing cannabidiol extract shall follow the food additives regulations in which type and conditions of use are prescribed.

 

Clause 8 - The use of containers of food products containing cannabidiol extract shall comply with the standard for the food packaging.

 

Clause 9 - Labelling of food products that contain cannabidiol extract shall comply with the requirements of labelling of packaged foods. In addition, some food items shall comply with specific requirements on food labelling as the case may be.

 

Clause 10 - The following statements shall be displayed on a label of a food product containing cannabidiol extract:

 

1)    "WARNING" by letters not less than 1.5 mm placed in a rectangular frame whose frame colour must be in contrast to the background colour of the label;

2)    "Children, pregnant women and breastfeeding women should not consume";

3)    "If experiencing abnormal symptoms, stop consuming immediately";

4)    "THC- or CBD-Hypersensitive person should be aware of allergic reaction";

5)    "May cause drowsiness, avoid driving or operating heavy equipment";

6)    Name of food shall be declared by having statement of "Cannabidiol extract" or "Cannabidiol" or "CBD" or other similar statement as a part of name or appeared together;

7)    Other messages prescribed by the Minister of Public Health shall be displayed, if any.

 

Clause 11 - Nutrition claims for food products containing cannabidiol extract shall comply with the Notification of nutrition labelling for food.

 

Clause 12 - Health claims for food products containing cannabidiol extract shall comply with the regulation regarding health claim food and suppliments.

 

Clause 13 - This notification shall enter into force as from the day following the date of Marijuana Act, 2080 effective through publication in the Government Gazette as formal public

Notification of the Government of Gandaki Province, Office of the Chief Minister and Council of Ministers.

7.

Objective and rationale:

[X] food safety,

[ ] animal health,

[ ] plant protection,

[ ] protect humans from animal/plant pest or disease,

[ ] protect territory from other damage from pests.

 

8.

Is there a relevant international standard? If so, identify the standard:

[ ]        Codex Alimentarius Commission (e.g. title or serial number of Codex standard or related text):

[ ]        World Organization for Animal Health (OIE) (e.g. Terrestrial or Aquatic Animal Health Code, chapter number):

[ ]        International Plant Protection Convention (e.g. ISPM number):

[X]      None

Does this proposed regulation conform to the relevant international standard?

[ ] Yes [ ] No

If no, describe, whenever possible, how and why it deviates from the international standard:

9.

Other relevant documents and language(s) in which these are available:

-         The Notification of the Government of Gandaki Province, Office of the Chief Minister and Council of Minister, Nepal.

-         The Notification regarding Standard of Foods contained contaminants

-         The Notification regarding Standards for Pathogenic Microorganisms in Food

-         The Notification regarding Production processes, production equipment and foods storages including good manufacturing practices for food.

-         The Notification regarding Food additives

-         The Notification regarding transport containers

-         The Notification regarding Labelling of Pre-packaged Foods

-         The Notification regarding Nutrition labelling

10.

Proposed date of adoption (dd/mm/yy): As part of Marijuana Act, 2080.

Proposed date of publication (dd/mm/yy): As part of Marijuana Act, 2080.

 

 

अनुसूची४ 

Raw & Age Medicinal Cannabis Chemistry

 

 

अनुसूची५   

Heat-Treated Cannabis Chemistry

 

 

 

 

अनुसूची६    

Roles of Cannabis Active Principles

 

 

अनुसूची

धारा २ परिभाषाअनुच्छेद (क) अनुसार एक अधिकृत व्यक्ति वा निकायले गाँजाको कारोबारको लागि प्राप्त गर्न सक्ने गाँजाका इजाजत पत्रको लागि लाग्ने दस्तुर यस प्रकार छ:

क्रम

संख्या

इजाजत पत्रको

बर्ग

कारोवार गर्नको लागि इजाजतको लागि

लाग्ने दस्तुर

   

खेतीको लागि इजाजत पत्र

५००० /- रुपियाँ प्रति व्यक्ति प्रति निवेदन।

प्रशोधनको लागि इजाजत पत्र

५०,००,००० /- रुपियाँ

विश्लेषणात्मक परीक्षणको लागि इजाजत पत्र

५०,००,००० /- रुपियाँ

बिक्रीको लागि इजाजत पत्र (व्यापारिक प्रयोजनको लागि  स्थानीय खरिद-बिक्रीगर्ने)

,००,००० /- रुपियाँ

बिक्रीको लागि इजाजत पत्र (व्यापारिक प्रयोजनको लागि खरिद-बिक्री तथा आयात-निर्यात गर्ने )

,५०,००,००० /- रुपियाँ

अनुसन्धानको लागि इजाजत पत्र

,००,००० /- रुपियाँ

गाँजाको आयुर्वेदिक टनिक, आयुर्वेदिक ओखती तथा लागू औषध इजाजत पत्र

,००,००० /- रुपियाँ

गाँजाको अन्य प्रयोगको लाइसेन्स जस्तै: गाँजा औषधालय (फार्मेसी) सञ्चालन।

,००,००० /- रुपियाँ

गाँजाको एक भन्दा बढी बर्गमा पर्ने कार्य सञ्चालन।

,८०,००,००० /- रुपियाँ

 

 

 

अनुसूची


गाँजा व्यवसाय गर्न नेपाली नागरिक हुनु पर्ने।

 

गण्डकी प्रदेश भित्र गाँजा व्यवसाय गर्न, प्रशोधन, उद्यम तथा तथा बिक्री वितरणको लागि इजाजत पत्रको प्राप्त गर्नको लागि व्यक्ति अनिवार्य नेपाली नागरिक हुनुपर्ने छ। विदेशी व्यक्ति वा विदेशी स्वामित्वका व्यवसायहरू गाँजा खेतीको लागि  इजाजत पत्र दिइने छैन। गाँजा खेती अन्तर्गत गाँजा, गाँजाको नर्सरी, गाँजाको बिउँ उत्पादन गर्ने प्रयोजन बाहेकको अनुसन्धान र व्यवसायको क्षेत्रमा इजाजत प्राप्त गर्न चाहने विदेशी व्यक्तिहरू र विदेशी स्वामित्वका व्यवसायहरू लाई गाँजा व्यवसाय तथा खुद्रा वा थोक गाँजा बिक्री गतिविधिहरूमा संलग्न हुन गण्डकी प्रदेश भित्र इजाजत पत्रको प्राप्त गरेको मिति वाट एक वर्ष भित्र तिन मिलियन अमेरिकी डलर वा सोभन्दा बढीको पुँजीको लगानी अनिवार्य गरिने छ।