तत्त्व बोध

चरक भन्छन्:

शरीर इन्द्रिय सत्त्व आत्म संयोगो धारीजीवितम् ||

अ. १/ श्लोक ४२||


अर्थात् जीवन शरीर, इन्द्रिय, मन र चेतनाको संयोजन हो।


सुश्रुत स्वस्थ व्यक्तिलाई यसरी परिभाषित गर्छन्:

समा दोषःसमाग्निश्च समधातु मलक्रियाः|

प्रसन्न आत्मइन्द्रिय मनाः स्वस्थ इति अभिधीयते || अ.१५ / श्लोक ४१||


सारांशमा, स्वस्थ व्यक्ति भनेको उसको दोष, धातु (संरचनात्मक इकाईहरू) र पाचन क्रियाले दिने उत्पादनको भूमिका सन्तुलनमा रहेको संरचना युक्त व्यक्ति हो। सुश्रुतको थप भनाइ अनुरूप चेतना, इन्द्रियर मनमा स्पष्टता हुनु पनि स्वस्थ अवस्थाका लागि आवश्यक छ।


यहाँ एक कुरा ध्यान दिनुहोस्। जीवित र निर्जीव भनिने सबैकुरा पञ्चभूत निर्मित पञ्चमहाभूत निर्मित सूचनाका थैली हुन्। ती सबैले सूचना बोकेको हुन्छ। जसलाई म संग सूचना छ भन्ने ज्ञान वा बोध हुन्छ त्यो जीवित हुन्छ। जसलाई हुँदैन त्यो निर्जीव हुन्छ।

आफूमा सूचना भएको थाहा हुने तत्त्व चेतना हो। त्यो चेतनाले आफ्नो अनुभूतिको लाई आफै निर्मित पञ्चभूत संरचनाको संयोजन गर्दछ। त्यही पञ्चभूत संरचनाको माकुरोको जालो जस्तो जालो निर्मित संरचना मार्फत पञ्चमहाभूत निर्मित सूचनाको निर्माण हुन्छ।

पञ्चभूत निर्मित अत्यन्त ठुलो माकुराको जालो जस्तो शक्तिको संरचना निर्मित पञ्चमहाभूत मूलतः जड संरचना अर्थात् भौतिक निर्माण सामग्री निर्माण गर्ने फुट प्रिन्ट बन्ने गर्दछ। जुन चेतना निर्मित निश्चित गुणको रूपमा अस्तित्वमा रहने भएकोले चेतना अर्थात् अवलोकन कर्ताको संसर्गका पञ्चभूत ऊर्जा आउँदा वेब फर्ममा रहने भएता पनि चेतनाले त्यसले दिन सक्ने पार्टिकल फर्मको चरित्र डिकोड गरी अनुभूति गर्न सक्ने हुन्छ। जसलाई क्वान्टम डुवालिटि भनेर फिजिक्सले चिन्ने गर्दछ। जुन चेतनाको वेब फर्मलाई पार्टिकल फर्म मै बुझ्न सक्नेखुबी हो।


त्यसैले यो ब्रह्माण्ड तपाइको चेतना निर्मित चिज हो। तपाइको दुनियाँ, तपाइको सपनार तपाइको जीवन समेत तपाइको चेतनाको अनुभूतिमा छ। यथार्थमा यो त आकाश जस्तै सबै मिथ्या अस्तित्व रुपी सत्य हो भनिन्छ।


त्यसैले हामीले जीवनलाई गहिरो संग बुझ्न महाभूतहरू र भूतहरू फरक फरक कुरा हुन् भन्ने बुझ्नु जरुरी छ।


ब्रह्माण्ड र यसको अवयवहरूले जब अवलोकन कर्तालाई आफ्नो उपस्थिति देखाउन योग्य बन्छन् तब तिनीहरू महाभूतहरू (महा—ठुलो, भूत—तत्त्वहरू) भनेर चिनिन्छन्। उनीहरूलाई महाभूत किन भनिन्छ भने तिनीहरूको आकार आफ्ना पूर्ववर्ती भूतहरू (भूतहरूको साना माकुरे जाल रुपी रूपहरू) भन्दा ठुलो छ। अनि तिनीहरूको व्यापक उपस्थिति समेत रहन्छ।


अवलोकन कर्तालाई कणहरूको रूपमा देखिएको वा व्यवहार गरिरहेको ऊर्जा तसर्थ पञ्च महाभूत हो भने अवलोकन कर्ताको अनुपस्थितिमा त्यही सब्टल सूक्ष्म ऊर्जा एक माकुराको जालो जस्तो वेबको रूपमा हुने तत्त्व पञ्च भूत हो।


वेबको रूप जसरी कणको रूपको पूर्ववर्ती हुने गर्दछ त्यसरीनै पाँच भूतहरू पनि पञ्च महाभूतहरूको पूर्ववर्तीको रूप (Precursors) हुने गर्दछ। त्यसैले त्यसलाई तन्मात्र भनिएको छ।


आधुनिक क्वान्टम फिजिक्सले प्रमाणित गरेको छ कि यस ब्रह्माण्डमा सबै कुरा मूलतः ऊर्जाको तरङ्ग वा कम्पनका रूपमा अवस्थित छ।  ब्रह्माण्डका सबै सजीव र निर्जीव चीजहरू ऊर्जाको तरङ्ग वा कम्पनका निर्मित रहेकाले त्यसरी निर्मित तत्त्वहरू सत्त्व, रज र तम गरीतीन सूक्ष्म आधार गुण युक्त हुन पुग्दछ। जसलाई त्रिगुणमा आधारित संरचना भनिन्छ। सृष्टिमा रहेका सबै जीवित र निर्जीव, मूर्त र अमूर्त चीजहरू बाट त्रिगुणमा आधारित उत्सर्जित ऊर्जाको कम्पनहरूले तिनीहरूको व्यवहारलाई निर्धारण गर्दछ।


वैदिक दर्शन अनुसार जन्म जात रूपमा व्यक्तिमा  छ - पक्षको गुण रहेको हुन्छ। इच्छा (Will), नियत (Intent), भावना / करुणा  (Emotion / Compassion), चेतना (Cognition), दृढता (Conation / Determination) र अन्तर सम्बन्ध (Relation)


रङ्गका गुणहरूले जीवनका शारीरिक, मानसिक रभावनात्मक पक्षहरू लाई प्रभाव पार्ने ठानिन्छ। आयुर्वेद र साङ्ख्य सिद्धान्तले रङहरूलाई सत्त्व, रज, र तम गरी तीन गुणहरूमा विभक्त गर्दछ। संसारको हरेक चिज त्रिगुण निर्मित छ। त्रिगुण मध्ये जुनगुण त्यसमा हाबी हुन्छ त्यो चिज, त्यही गुणमा हामीले पाउने गर्दछौ। उदाहरणको लागि फरक फरक रङ्गमा हुने तीन गुणहरू मध्ये जुन गुण त्यसमा हाबी हुन्छ, हामीले त्यही स्वरूपमा त्यसलाई देख्ने, अवलोकन गर्नेगर्दछौ।


जस्तै सत्त्व गुण शुद्धता, सामञ्जस्य र सन्तुलन प्रेमी हुन्छ। सत्त्व गुण सम्बन्धित रङहरू सेतो, हल्का नीलो, पहेँलो, र हरियो हुन्। यिनीहरू शान्ति, स्पष्टता, शान्त, सन्तुलन, शुद्धता, ज्ञान प्राप्ति मैत्री ऊर्जा प्रदायक हुन्छन्। सेतोले शुद्धता र शान्तिलाई प्रतिनिधित्व गर्दछ। हल्का नीलो शान्त र आत्मा विभोरको अवस्थालाई प्रतिनिधित्व गर्दछ। पहेँलो ले ज्ञान र बौद्धिकताको प्रतिनिधित्व गर्दछ।  हरियोले सामञ्जस्य र सन्तुलनको आभास दिन्छ।


रज गुणमा क्रियाशीलता, उत्साह र नियमित कर्ममा लिन हुने गुण पर्दछ। नियमित परिचालन, परिवर्तनर निरन्तर विकाशको चक्र राज गुणको देन हो। राज गुणी रङहरू रातो, सुन्तला र चम्किलो पहेँलो हुन्। किनकि यी रङ्गहरू ऊर्जाशीलता, कर्मशीलता, उत्साह, बेचैनी रशौक निर्माण मैत्री विशेषताहरू निर्माण गर्न सहयोगी हुने गर्दछन्। रातोको ऊर्जा र उत्साह निर्माण गर्ने गुण हुन्छ। सुन्तलाले चासो, उत्साह र कर्मशील जीवन्तता दिन सहयोगी बन्छ। चम्किलो पहेँलो उत्साह र उत्प्रेरणा मैत्री हुन्छ।


तम गुण अन्तर्गत आलस्य, अन्धकार र अज्ञानताको अधिकता हुन्छ। तम गुणी रङहरू कालो, गाढा खैरो, खरानी, गाढा नीलोआदि हुन्। यिनीहरू अन्धकार, मन्दता, आलस्य, अज्ञानता, भ्रम जस्ता विशेषताहरू थप्ने सहयोगी बन्दछन्। कालो अन्धकार रअज्ञानता मैत्री हुन्छ। गाढा खैरो मन्दता, सुस्तता र आलस्य युक्त हुन्छ। खरानी रङ्गले स्पष्टताको अभावपैदा गर्दछ।  गाढा नीलो भ्रम र भारीपन मैत्रीहुने गर्दछ। कुनै पनि जीर्ण संरचनाको पुनर्निर्माणको खातिर हुने ध्वंस वा विनाश समेत तम गुण चरित्र हो।


सत गुण खाली स्थान जस्तो रहने स्थान उपलब्ध गराउने निर्गुण, निराकार प्रवृत्तिको हुन्छ। हावा जस्तो स्वतन्त्र  तथा पानी जस्तो तरल  गुण रज गुणको चरित्र हो। तम गुण ठोस पदार्थ जस्तो स्थिर र कुनै बस्तुलाई अँठ्याएर राख्ने क्षमता युक्त हुन्छ।


आफ्नो अडानमा अत्यन्त कठोर रहेर रहने तम गुणी स्वभाव कालान्तरमा आफ्नै आन्तरिक ऊर्जा क्षण भएर गल्ने र नष्टहुने क्रिया बाट गुज्रन जाने हुँदा त्यहाँ ध्वंस वा विनाश तथा नयाँ निर्माणको सु-अवसर उपलब्ध  बन्दछ। 


आयुर्वेद र सम्बन्धित वैदिक दर्शनहरूको सिद्धान्तहरू अनुरूप आफ्नो गुण अनुरूप रङहरूले व्यक्तिको मुड, भावना र मानसिक अवस्थाहरूमा प्रभाव पार्ने गर्दछ।


रज घटक छोटो तरङ्ग र अधिक एम्प्लिच्युडको  हुने र सबै भन्दा सक्रिय रहने गर्दछ। सत्त्व घटक तरङ्ग लामो र एम्प्लिच्युड कम हुने शान्त प्रकृतिकोहुने गर्दछ।


तम घटकको तरङ्ग अव्यवस्थित र विकृत रूपको तथा एम्प्लिच्युड समेत अनियमितर तुलनात्मक रूपमा कम तर विचलित प्रकृतिको देखिन्छ।


गीतामा सत्व, रज र तम गुण


श्रीमद्भगवद्गीतामा भगवान् कृष्णले अर्जुनलाई भन्नु हुन्छकि हाम्रो मनमा तीन मुख्य गुणहरू हुन्छन्। शुद्धता (सत्व), क्रियाशीलता (रजस), र स्थिरतावा निष्क्रियता (तमस)। यी गुणहरूले हाम्रो शाश्वत आत्मा लाई हाम्रो शारीरिक शरीरसँग जोड्ने काम गर्दछ। सत्वले शान्ति, उज्यालो र धर्म निष्ठाको प्रतिनिधित्व गर्दछ। यो प्रकृतिको गुणहो जसले हामीलाई खुसी हुन र नयाँ कुरा सिक्ने इच्छा बढाउँछ।


रजसले शक्तिको प्रतिनिधित्व गर्दछ। जुन इच्छा र आशक्तिबाट उत्पन्न हुन्छ। त्यसले हामीलाई जीवनका विभिन्न पक्षहरू संग आशक्ति विकास गर्न प्रेरित गर्दछ। हाम्रा क्रियाकलाप बाट सदैव चाहेको फल पुरस्कारको रूपमा प्राप्त होस् भन्ने किसिमको नियत विकास गर्ने गर्दछ । जसले गर्दा हामी हाम्रो हरेक कर्म वाट हामीले चाहेअनुरूपको फल प्राप्तिमा अशक्त हुने बनी दिन्छौ। हामीमा त्यसैको एडिकसनको विकास हुन्छ।


तमस मायावी भ्रम पैदा गर्न र परिवर्तन सँग प्रतिरोध गर्ने बानीको विकास गर्ने भूमिका हुन्छ। आफ्नो नियमितको बानी वा दृष्टिकोण आदि परिवर्तन नगर्ने नियत बाट तम गुणको उत्पन्न हुन्छ। जसले हामीमा अज्ञानता, आलस्य र अधिक सुत्ने बानीको विकास गरिदिन्छ।


सत्व, रज र तम गुणहरूका विशेष प्रभावहरू हुने गर्दछ। सत्वले आनन्द ल्याउँछ। रजसले क्रिया वा कर्म गर्न प्रेरित गर्दछ। तमले हाम्रो बुझाइ लाई अस्पष्ट गरिदिन्छ। अज्ञानताको पक्ष अधिक पारिदिन्छ। तमले हामीलाई आफूसँग भएको अज्ञात लाई समेत चिन्न र त्यसलाई चिर्न वा सम्बोधन गर्नबाट समेत रोक्छ।


सत्व, रज र तम प्रत्येक गुण अर्को माथि हर समय हाबी हुन खोज्ने प्रकृति हुन्छ। सत्वले हामीमा निहित रजस र तमस गुण लाई दबाउँदै आफ्नो अधिकता निर्माण गर्दै सन्तुलन र स्पष्टता कायम गर्ने कोसिस गर्दछ। रजसले सत्व र तमस लाई पराजित गर्दै ऊर्जार गतिशीलता प्रदान गर्ने चरित्र देखाउने गर्दछ। तमसले सत्व र रजलाई पराजित गर्दै अँध्यारो वा अज्ञानता बढाउने र हरेक परिवर्तन तथा प्रगतिको विरोधमा सक्रिय रहने नियत विकास गर्नेगुण बोक्दछ।


अर्जुन कृष्णका यी अवधारणाहरू प्रति जिज्ञासु भएर सोध्छन्  हे कृष्ण जी यी तीन गुणहरू लाई सफलता पूर्वक नियन्त्रणमा लिएर पार गर्ने वा मुक्त बनेका व्यक्तिहरूका लक्षण र व्यवहार कस्तो हुन्छ र उनीहरूले कसरी त्यस्तो अवस्था प्राप्तगर्न सक्दछन् ? उक्त प्रश्नमा कृष्णको प्रतिक्रिया अत्यन्त गहिरो आउँछ। उहाँ त्यस्ता व्यक्तिहरू अजिबको गुण युक्त हुने वर्णन गर्नुहुन्छ।


जसले ज्ञान, क्रिया (कर्म) वा भ्रमको उपस्थिति प्रति घृणा गर्दैनन्। नत तिनीहरूको अनुपस्थित अवस्थामा तिनीहरूको उपलब्धता रहोस् भन्ने इच्छा नै गर्दछन्। उनीहरू जीवनलाई निष्पक्ष रूपमा हेर्ने गर्दछन्। उनीहरू सत्व होस् वा रज वा तम सबै गुणहरूको उतार चढावको क्रिया बाट आफूलाई अप्रभावित राख्न सक्दछन्।


उनीहरू आफ्नो विश्वासमा दृढ रहन्छन्। केवल दैवी मार्गदर्शनमाअर्थात् प्रकृतिको नियमको सिद्धान्तले दिने नियति स्विकारेर त्यसैमा पूर्ण निर्भर रहन्छन्। दुःख र खुसी दुवै प्रति समभाव राख्दै आफूलाई अप्रभावित राख्दछन्। दुवै लाई एकै किसिमले स्विकार्दछन्। उदासीन रहँदैनन् । उनीहरूको लागि साधारण माटो, ढुङ्गा र मूल्यवान सुन सबै समान महत्त्व र मूल्यको अनुभूति हुन्छ। उनीहरू मित्र र शत्रु दुवैलाई समान व्यवहार गर्छन्। प्रशंसा वा निन्दा प्राप्तिमा समान व्यवहार गर्दछन्। सम्मान वा अपमानबाट प्रभावित नहुने गर्दछन्। उनीहरूको मन दृढ रहन्छ।


व्यक्तिगत कर्तव्य बोधको महसुस गरी त्याग भावले कर्म गर्दछन्। यसरी उनीहरूले जीवित रहँदै सत्व, रज र तम सबै गुणहरू लाई पार गरेर मुक्त बनी आनन्दित जीवन यापन गर्दछन्।


श्रीमद्भगवद्गीताले समग्रतामा मानवमा अन्तर्निहित तीन गुणहरूके के हुन्, तिनीहरूको चरित्र कस्तो हुन्छ, तिनीहरूले मानव कर्ममा कसरी प्रभावित गर्न सक्दछन् आदि बारे चर्चा गर्दै तीन गुणहरूको नियन्त्रणबाट कसरी स्वतन्त्रता प्राप्त गरी जीवनमा सन्तुलनको अवस्था ल्याउन सकिन्छ भन्ने बारे बोलिएको छ। भगवान् श्रीकृष्णको अवधारणा अनुसार मानिस कसरी आनन्दित बन्न सक्दछ र मुक्तहुन्छ भन्ने बारेको संक्षिप्त चर्चा भएको छ।


वेद र विज्ञानमा सात्विक, राजसिक र तामसिक गुण


हामीले यो संसारमा जे जे कुराहरू आफ्नो इन्द्रियहरू द्वारासुन्न, देख्न, स्वाद पाउन र गन्ध पाउन वा महसुस गर्न सक्दछौ त्यसलाई नै शास्त्रमा गुण भनिएको छ। जुन बुझ्नको लागि सहज होस् भनी तिन प्रकारमा विभक्त गर्ने गरिन्छ। शुद्धता (Purity), ज्योति (Light), समग्र सन्तुलन (Harmony), बौद्धिकता (Intelligence) जस्ता चेतनालाई परिष्कृत गर्ने गुणहरू लाई सत्त्व गुण अन्तर्गत राखिएको छ। कर्म (Activity), शौख (Passion) आदि रज गुणको र आफू जुन रूपमा छ त्यही रूपमा रहन चाहने नियति वा इनर्सिया (Inertia  &Ignorance) को पक्ष, अल्छी पन र स्थिरताको (Dullness) पक्षलाई तम गुणको पक्ष भनिएको छ।


चेतनाको स्तरमा एक मनो-भौतिक (A Subtle Psyco-Physical Thread) सूक्ष्म ऊर्जाको डोरोले एक व्यक्तिले आफ्नो भौतिक स्वरूपको अस्तित्वको महसुस गर्ने गर्दछ। त्यही मनो-भौतिक सूक्ष्म ऊर्जाको डोरो मार्फत नै नियमित परिवर्तन भई रहने सांसारिक यथार्थ लाई व्यक्तिले अनुभूति समेत गर्ने गर्दछ। एक  सूक्ष्म ऊर्जा निर्मित अव्यक्त गुण जसमा कुनै मिसावट छैन (Pure  & not-contaiminated) र त्यो सबै दोष (Sickness)आवृत्ति (Web & Frequency in difinite time) मुक्त रहन्छ त्यसले हामीलाई आनन्द दिने गर्दछ। जहाँ आनन्द भनेको मनोरञ्जन, रोमाञ्च वा रोमान्स आदि भनिएको होइन। उक्त आनन्द प्रदायक अव्यक्त सूक्ष्म ऊर्जाले हाम्रो आत्मालाई सुखको अनुभूति र आत्मा ज्ञान संग जोडेर राख्ने (Attachment) कार्य गर्दछ। उक्त अव्यक्त सूक्ष्म ऊर्जालाई सत्त्व गुण भनिएको छ।


हरेक कण कम्पनको अवस्थामा रहने हुँदा क्वान्टम मेकानिक्समा परम्परागत भौतिक विज्ञानको विपरीत कणको स्थान र ऊर्जा एकै साथ मापन गर्न सकिँदैन। त्यस्तै  क्वान्टम मेकानिक्सको बुझाइमा परम्परागत भौतिक विज्ञानले बताउने जस्तो ऊर्जा कुनै पनि वस्तुबाट बनेको समेत हुँदैन। ऊर्जा त एक प्रणालीको सम्पत्तिको रूपमा रहेको हुन्छ।


जस्तै एक अणुको इलेकट्रोन जस्ता कणको काइनेटिक ईनर्जी (गतिकोऊर्जा) र पोटेनसियल ईनर्जी (सम्भावित ऊर्जा) गरी दुई मुख्य ऊर्जाका घटकहरूको आपसी अन्तरक्रियाको परिणामले इलेकट्रोन नामक शक्ति प्रणालीको सम्पत्ति वा चरित्र गत ऊर्जा प्रणाली निर्माण हुन्छ।


इलेकट्रोन कम्पनको अवस्थामा रहदै गर्दा कणको गतिको कारण विकसित हुने ऊर्जा इलेकट्रोनको काइनेटिक ईनर्जी हो। जसका कारण इलेकट्रोन कणले तरङ्गको जस्तै गुणहरू प्रदर्शन गर्ने गर्दछ। कम्पनको अवस्थामा रहदै गर्दा तरङ्गको लहरले  इलेकट्रोनको काइनेटिक ईनर्जी गुण निर्माण गरेको हुन्छ। जुन समुन्द्रको पानीको छालको प्रवाह जस्तो हुन्छ। इलेकट्रोनको काइनेटिक ईनर्जीको  तरङ्गको छालको प्रवाह अन्तरगत ऊर्जा केन्द्रित भएर प्रवाह रहेको काल्पनिक विन्दु भेटिने अधिक सम्भावना भएको स्थान वेवलेन्थ भनिने तरङ्गको फैलावटको "स्प्रेड" अर्थात  लम्बाइले निर्धारण गर्ने गर्दछ। वेब लेन्थ साँघुरो भएको समयमा काइनेटिक ईनर्जी ऊर्जा केन्द्रित भएर प्रवाह रहेको काल्पनिक विन्दु अधिक सटीक रूपमा यकिन गर्न सकिने सम्भावना हुन्छ। वेब लेन्थ साँघुरो भएको समयमा काइनेटिक ईनर्जीको ऊर्जा समेत अत्यधिक हुने हुँदा काइनेटिक ईनर्जी ऊर्जा केन्द्रित भएर प्रवाह रहेको काल्पनिक विन्दु  तुलनात्मक रूपमा पहिचान गर्न सहज समेत हुने गर्दछ।


काइनेटिक ईनर्जीका कारण तरङ्गको छालको रूपमा नियमित प्रवाहमा रहने इलेक्ट्रोनलाई आफ्नो अणुको केन्द्रले आफू तर्फ केन्द्रित हुने गरी अविच्छिन्न रूपमा तानी राख्ने फोर्स फिल्डको प्रभावको कारण निश्चित परिधि भित्र चलायमान रहँदै गर्दा समग्र अस्तित्व सन्तुलित रहेको अणुको निर्माण गर्ने कार्यमा समेत सहकार्य गरी रहेको हुन्छ। अणुको फोर्स फिल्डको प्रभाव क्षेत्रभित्र रहँदा (जस्तै एटमको न्युक्लियसको इलेक्ट्रो - म्यागनेटिक फिल्डले आफ्नो इलेकट्रोनलाई आफ्नो नियन्त्रणको सीमा भित्र नियन्त्रणमा लिने तागत) इलेक्ट्रोनले अणुको फोर्सफिल्डको ऊर्जाको कारण प्राप्त गर्ने इनर्जी लाई पोटेनसियल ईनर्जी भनिन्छ। उक्त पोटेनसियल ईनर्जीको मात्रा र दायराको हद इलेक्ट्रोनमा फोर्स फिल्डको प्रभावको बलको प्रकृति र मात्राले निर्धारण गरिदिन्छ।


क्वान्टम मेकानिक्समा कणको "कुल ऊर्जा" कणको काइनेटिक ईनर्जी (गतिशील ऊर्जा) र पोटेनसियल ईनर्जीको (सम्भावित ऊर्जा - अवसरको सम्भावना) आपसी प्रभावहरू बिचको सन्तुलनले निर्धारण गर्ने विन्दुलाई जनाउने गर्दछ । उक्त सन्तुलनको विन्दुले तरङ्ग रुपी कण भेटिने अधिक सम्भावनाको स्थान कुन हुन्छ र त्यो स्थानमा त्यस कणले कस्तो व्यवहार देखाउने छ भन्ने कुराको निर्धारण गर्ने गर्दछ।


समुद्रमा आउने पानीको छाल संग तुलना गरेर यसलाई सरलीकृत रूपमा बुझ्न सकिन्छ। पानीको छालको तरङ्गले इलेकट्रोनको कणको प्रतिनिधित्व गर्न सक्छ। पानीको छाल नियमित चलायमान चिज रहेकोले क्वान्टम मेकानिक्समा कण भेटिने फिक्स स्थान निश्चितगर्नु सान्दर्भिक नहुने हुँदा त्यसलाई तरङ्गको गतिविधि अर्थात् "वेब फङ्क्सन" भनी वर्णन गर्ने गरिन्छ। यथार्थमा वेब फङ्क्सन तरङ्गको उचाइ र लम्बाइको आधारमा गरिने  वेबको आकार र व्यवहारको गणितीय लेखाजोखा हो।


श्रोडिङ्गरको समीकरणले उक्त तरङ्गले फरक फरक वातावरण बिच कसरी व्यवहार गर्दछ भनेर बुझ्न मद्दत गर्दछ। एटमको नजिक रहँदा र मलिकुल भित्र हुँदा तरङ्गको व्यवहार कस्तो हुनेछ भनेर बुझ्न श्रोडिङ्गरको समीकरणले (Schrödinger Equation) मद्दत गर्दछ।


पानीमा पर्ने गुरुत्वाकर्षण र हावाको चाप आदि जस्ता प्रभावले पानीमा तीव्र गतिमा छालको उत्पत्ति गर्न भूमिका खेल्दछ। समुन्द्रको गहिराई अनुरूप त्यसको पिँधको स्थिर भागले गतिशील हुन चाहने पानीको झोक्का विपरीत दिशामा रोकेर पानीको छाल कति आग्लो र कुन गतिमा फैलिने भन्ने कुराको निर्धारण गरिदिन्छ। पानीको छालहरू कति ठुलो र लामो हुने भन्ने कुरा समुद्रमा आएको हावाको वेग र पानीको गहिराइले प्रभावित गर्ने गर्दछ। त्यसै गरी इलेकट्रोनको तरङ्गको स्वरूपलाई यसको चारै तिर फैलिएको न्युक्लियस को इनर्जी फिल्डको तागत र इलेकट्रोनको आफ्नो गतिशील ऊर्जाको तेजले प्रभावित गर्ने गर्दछ।


हरेक क्वान्टम पार्टिकलको सन्दर्भमा काइनेटिक इनर्जीले तरङ्ग कसरी फैलिएर चलायमान हुने भन्ने कुराको निश्चय गर्दछ। पोटेन्सियल इनर्जीले आफ्नो आन्तरिक इनर्सिया मार्फत बाह्य बलहरूको प्रभावलाई नियन्त्रणमा लिन भूमिका खेल्दछ। उक्त दुई ऊर्जाहरूको आपसी प्रभाव बिच कायम हुन पुगेको रूपले क्वान्टम कणको "कुल ऊर्जा" को हद निश्चय गरिदिन्छ। जस अनुरूप तरङ्ग कहाँ कहाँ कसरी उठ्दछ र त्यसको वास्तविक व्यवहार कुन स्वरूपको हुने भन्ने कुरा निर्धारित हुन पुग्दछ।


एक यटममा त्यसका इलेकट्रोनहरू न्युक्लियसको प्रभाव क्षेत्रभित्र निश्चित ऊर्जाको लेबलमा आफ्नो विशिष्ट कक्ष वा सेलहरूमा चलायमान रहेर उक्त कक्ष ओगट्ने गर्दछ। इलेक्ट्रोन आफ्नो निर्धारित कक्ष बाट अन्य कक्षमा स्थानान्तरण हुनको लागि एउटा इनर्जी लेबल बाट अर्को इनर्जी लेबलमा उछिट्टिनु पर्ने हुन्छ।


त्यसको लागि त्यो इलेकट्रोनले निश्चित मात्रामा प्रकाश वा फोटोनको रूपमा ऊर्जाको कि त अवशोषित कि उत्सर्जन गर्नु पर्ने हुन्छ। तिनै कारण हामीले नियोन साइनको ग्यास उत्सर्जित फोटोनहरूका कारण विशिष्ट रङ्गको प्रकाश देख्ने गर्दछौ। फायर वोर्कको समयमा समेत इलेक्ट्रोनहरु फरक फरक इनर्जी लेबलमा जम्प हुने परिस्थिति पैदा गरिने भएका कारण उत्सर्जन भएका फरक फरक रङ्गका फोटोनहरूका कारण  फायर वर्क मनमोहक बन्ने गर्दछ।


कुनै बस्तुलाई जलाउने क्रममा प्राप्त शक्तिको कारण अणुका इलेकट्रोनहरूले ऊर्जा अवशोषित गरेर उत्तेजित बनी आफ्नो नियमितको सन्तुलित कम ऊर्जाको  स्तर बाट माथिल्लो ऊर्जाको स्तरमा जान्छन्। माथिल्लो ऊर्जाको स्तरमा उत्तेजित भएका इलेकट्रोनहरूमा जलाउने क्रममा प्राप्त थप उर्जाको कारण बढेको अधिक अस्थिरता बिच तिनीहरू त्यो भन्दा माथिको स्तरमा जानुपर्ने हुन्छ। यो अबस्थामा अणुको पोटेनसियल ऊर्जाको दायरा भन्दा बाहिर पुग्दा अणु नै असन्तुलित हुने हुँदा प्राय: इलेकट्रोनहरू अन्ततः आफ्नो नियमितको सन्तुलित कम ऊर्जाको  मूल स्तरमा फर्कन्छन्। कम ऊर्जाको  मूल स्तरमा फर्कने क्रममा तिनीहरू संग रहेको अतिरिक्त ऊर्जा फोटोनको रूपमा उत्सर्जन गर्नु अनिवार्य हुन्छ। जुन प्रकाशको किरण निर्मित गर्ने शक्तिको पोका हो। उक्त फोटोन नै सम्पूर्ण भौतिक संरचना निर्माण गर्ने इनर्जी वा शक्तिको रूपमा रहेकोले यसलाई भर्गो ज्योति आदि नाम वाट समेत ले पुकारिन्छ।


यसरी हरेक तत्वको काइनेटिक भनिने चलायमान ऊर्जाले त्यसको तत्कालको कर्म सञ्चालन हुने गर्दछ। तर त्यसमा रहेको पोटेन्सियल भनिने अवसरको सम्भावनाले त्यसको भविष्य निर्धारण गर्दछ। जस्तै तपाइको हातमा भएको एउटा ओखरको बीज तत्कालीन खानाको रूपमा तपाइको खानाको एक अंश हुन सक्दछ। त्यही बीजलाई यदि रोपियो भने र त्यसले स्याहार सुसार पायो भने त्यो लामो समय जीवित रहने विशाल वृक्षको रूपमा विकास हुन सक्दछ। तत्कालीन खानाको रूपमा उपयोगमा आउने ओखरको बीज त्यसको काइनेटिक भनिने चलायमान ऊर्जाको उपयोग हो।


त्यही वीज भित्र लुकेको अस्तित्वमा रहेको ओखरको विशाल वृक्षको रूप भने त्यसको पोटेन्सियल भनिने अवसरको सम्भावना हो। हाम्रो दैनिक जीवनमा हामीले ओखरको बीज भित्र लुकेको ओखरको विशाल वृक्षको रूप हाम्रा इन्द्रियहरूको पहिचानको क्षमता भित्रको रहेर पहिचान हुन सक्दैन। त्यसको लागि ओखरको वृक्षको जीवन चक्र र कृषिको ज्ञान जरुरी पर्दछ। हाम्रो चेतनाको मुख्य सूचनाको एजेन्ट हाम्रा इन्द्रियहरूले कार्य गर्ने क्षमता बाहिरको सत्यता प्राप्त गर्न हामीलाई अविद्या अर्थात् विज्ञान र विद्या अर्थात् आध्यात्मिक वैदिक ज्ञान जस्ता समग्र ज्ञानको जरुरी पर्दछ। जसलाई अध्यात्म र आत्मा ज्ञान समेत भन्ने गरिएको छ। 


कन्यादान


उदाहरणका लागि हाम्रो समाजमा रहेको कुरीति कन्या दानलाई लिन सकिन्छ । वेदमा ‘कन्यादान’ शब्द कतै उल्लेख समेत भएको भेटिँदैन। कन्या, पाणिग्रहण, पतिग्रहण र दान जस्ता शब्द बिलकुलै अलग प्रसंगमा वेदमा समावेश भएको देखिन्छ । ऋग्वेदमा गाई, घोडा र कपडाको दान गर्न सुझाइएको छ (ऋग्वेद ५–४२–८)। अथर्ववेदले सन्तान उत्पादन गर्न सक्ने क्षमता भएको गाईको बाच्छी, ढुवानीमा सहयोगी हुन सक्ने बहर, वस्त्र र सुन आदि दान गर्ने वस्तुमा उल्लेख छ (अथर्ववेद ९–५–२९) ।

दानको अर्थ कुनै वस्तुमा रहेको आफ्नो स्वामित्व त्यागि दिनु भन्नेहुन्छ । वेदले कन्या न त कुनै दानको प्रयोजनमा उपयोग गर्न सकिने वस्तु नै मान्ने गर्छ। न विवाहमा मातापिताले आफ्नो पुत्रीलाई त्यागेका वा विवाहपश्चात् उससँग सम्बन्ध नै समाप्त गरेका हुन्छन्।


वेदपछि ब्रह्माण्ड ग्रन्थको रचना गरियो। ब्रह्माण्ड ग्रन्थ पछि उपनिषद् आयो। उपनिषद् पछि पुराण लेखियो। वेद, ब्रह्माण्ड ग्रन्थ र उपनिषद्मा समेत उल्लेख नभएको कन्यादान पुराण मध्येको अग्निपुराणमा कपटपूर्ण रूपमा कन्यादान सबैभन्दा उत्तम दान भनी उल्लेख गरियो । अग्निपुराण पछि आएका स्मृतिमा त कन्यादानलाई सामाजिक परम्परामा सूत्रबद्ध रूपमा स्थापित गर्ने नियतले अभियान नै छेडिएको देखिन्छ ।


कन्यादान गर्ने, दुलहीले श्रीमान्को जुठो खानुपर्ने, खुट्टा ढोग्नुपर्ने, खुट्टाको पानी खाने परम्परा वेदको बर्खिलापका अपव्याख्या समाजमा पुगेको छ। ऋग्वेदको ऋचामा पतिपत्नी सहयोद्धा र सहधर्मी रहने उल्लेख छ । श्रीमान् र श्रीमती एक रथका दुई पांग्रा हुन् भन्ने ऋग्वेदको अर्ति सर्वत्र सुनिन्छ ।


कतिपय प्राचीन स्मृति कन्यादानको विरोधमा समेत लेखिएका छन्। प्राचीनकालमा गन्धर्व विवाह हुने गथ्र्यो। जसमा केटाकेटी आपसी सहमतिमा ब्रह्माण्डलाई साक्षी राखी विवाह गर्थे । स्वयम् भगवान् अर्जुनले सुभद्रासँग गन्धर्व विवाह गर्ने इच्छा प्रकट गर्नुभयो ।


बलरामले कन्यादान बिनाको विवाह विवाह मान्न सकिँदैन भन्ने अड्डीकसे । भगवान् श्री कृष्णले पशुको जस्तो कन्याको दान कसैबाट अनुमोदन हुन सक्ने विषय हुन सक्दैन भनी बताए। गान्धर्व विवाह सम्पन्न बन्याँ।


देवता


व्यक्ति वा समाजलाई कुनै पनि प्रकारले लाभ पु¥याउन सक्नेगुण भएको पदार्थ वा व्यक्तिलाई देवगुणी मान्छ वेद। जस्तै आफ्नो ज्ञान वा गुण वा सज्जनता समाज कल्याणमा लगाउने मानवलाईआदरपूर्वक सम्बोधन गरी देवताको उपाधि दिइन्छ । पृथ्वी, सूर्य, चन्द्र, जल, अग्नि, वायु, मातापिता, विविध सामग्री, बृहत् इकोलोजीसम्पूर्ण प्राणी वा वनस्पतिको ब्रमाण्डलाई लाभ कारी हुने गुणलाई देवगुणी वा देवता भनिएकोहो । देवता एक कल्याणकारी गुणधारी वाचक उपाधि हो ।


संस्कृतमा ‘कोटि’ शब्दको प्रसंग अनुसार दुई भिन्न अर्थ लाग्छ। पहिलो संख्यावाचक करोड र दोस्रो किसिम वा प्रकार।


वेदका अनुसार ब्रह्माण्डमा ३३ कोटिका मतलब थरीका (करोड होइन) जड् देवता र एक चैतन्य देवता हुने गर्छ । ३३ प्रकारका जड् देवताभनेर देवगुणधारी पदार्थ आठ बसु (जसमा सूर्य, चन्द्रमा, नक्षत्र, पृथ्वी, जल, अग्नि, वायु र आकाशपर्छ) ११ रुद्र (दस थरीका जीवाणु र सबै जीवाणु जीवित रहन जरुरी हुने जीवात्मा), १२ महिनावा आदित्य, एक यज्ञ अथवा इन्द्र अथवा पानी पर्ने चक्र र एक सामाजिक अभियन्तावा गुणवान् नेता वा प्रजापतिलाई जनाउँछ ।


चैतन्य देवता भनेर जीवित प्राणीमा हुने चेतनावा कन्ससनेसलाई जनाउँछ। चेतनशीलता वा चेतनालाई देवताको पनि देवता भनी महादेवको संज्ञा दिइन्छ।


भगवान


ब्रह्माण्डमा रहेका विशेष दिव्य गुण दिने मानिस वा प्रणाली वासंस्थालाई उसको कर्ममार्फत प्राप्त उत्कृष्टताका अनुसार भगवान्  उपाधि दिने गरिन्छ। भग+वान् मिलेर बनेको शब्दमा भग भनेर ऐश्वर्य, धर्म, यश, श्री, ज्ञान, र वैराग्य जस्ता छ विधा मध्ये कुनै एक वा सोभन्दा बढी विधा भन्ने हुन्छ । वान् को अर्थ ज्ञान प्राप्त भएको प्रणाली वा संस्था वा व्यक्ति हो ।


वैदिक ज्ञानमा उत्कृष्टता वा सिद्धता प्राप्तिलाई ईश्वरको प्राप्ति मानिएको छ । उदाहरणका लागि भागवत गीतामा परमेश्वर प्राप्त गने सरल तरिका भनेको आफ्ना सबै काममा उत्कृष्टता ल्याउनू हो भनी यकिनका साथ उल्लेख छ । वेदले इंगित गर्न खोजेको भगवान् भनेको प्राणी मात्रको निजी र सामाजिक उत्थानका लागि जरुरी हुने कुनै पनि विषयको उन्नति, ऐश्वर्य, महानता, यश, श्री, सद्गुण, नीति, धर्म, पुरुषार्थ, वैराग्यमध्ये कुनै एक वा धेरै विधामा सिद्धता प्राप्त गरी उत्कृष्टता प्राप्त गरेको व्यक्ति वा प्रणाली वा संस्था भन्ने बुझिन्छ।


ईश्वर


ईश्वर भनेको चेतना वा चैतन्य हो। कतिपय सन्दर्भवमा यसको अर्थ प्रकृति भन्ने बुझिन्छ। संसार उत्पन्न गर्ने, सञ्चालन गर्ने र विनाश गर्ने शक्तिलाई ईश्वर भनिएको हो। ब्रह्माण्ड र ज्ञानको मूल स्रोत चेतना लाई वेदले ईश्वरको संज्ञा दिएको हो।


पूर्वीय सभ्यतामा अध्यात्मवादी र भौतिकवादी दुवै दर्शन चर्चित छ। अध्यात्मवादी दर्शनको सिद्धान्त गीतामा भेटिन्छ। वेदमा अध्यात्मवादी र भौतिकवादी दुवै दर्शन भेटिन्छ। वेदको भौतिकवादी व्यावहारिक मार्गदर्शक सिद्धान्त लाई  वेदमा चर्चित विज्ञानको रूपमा हेर्नु पर्दछ।


गुरु वारे वेद


गुरु वारेको वेदहरूमा पाइने अवधारणा हामीले सामान्य व्याख्याहरूमा सुन्ने गरेको भन्दा अलि  फरक छ। गुरु-शिष्य सम्बन्धलाई वैदिक परम्परामा निकै सम्मानका साथ हेरिन्छ। यद्यपि "गुरु" शब्द मुख्य रूपमा उपनिषद, पुराण र स्मृतिहरूमा उल्लेख गरिएको छ, वैदिक साहित्यमा पनि गुरु वा ऋषिहरू मार्ग दर्शकको भूमिकामा हुने उल्लेख भएको छ। कस्तो व्यक्ति मात्र गुरुको भूमिकाको लागि योग्यहुन्छ भन्ने प्रष्टता अथर्ववेदको मुण्डको उपनिषदको एक प्रसिद्ध वैदिक मन्त्रले गरिदिएको छ। जसबाट गुरु के हो र को हो भन्ने समेत प्रस्ट बन्दछ। 

मुण्डको उपनिषद् १.२.१२:

तद्विज्ञानार्थं सगुरुमेवाभिगच्छेत्

समित्पाणिः श्रोत्रियंब्रह्मनिष्ठम्॥

शब्दार्थ:

तद्विज्ञानार्थंस गुरुमेवाभिगच्छेत्

तद् (tad): त्यो (परम सत्य रुपी सर्वोच्चज्ञान)

विज्ञानार्थं (vijñānārtham): अविद्या (विज्ञान - ज्ञान, सीप, प्रविधि र व्यवहारिक उपयोगको ज्ञान) प्राप्तिको लागि

स (sa): साधक वा विद्यार्थी (  जरुरी हुने उत्सुकता, लगन, नियम र अनुशासन )

गुरुम् (gurum): विद्याको व्यवहारिक मार्ग निर्देशक (आफू सँगै सहभागी भएर आफै त्यसको उदाहरणको रूपमा प्रस्तुत भएर देखाउने आध्यात्मिक आत्मा ज्ञान समेतको ज्ञान दिन योग्य ओजिलो आकर्षक व्यक्तित्व)

एव (eva): विशेष रुपमै 

अभिगच्छेत् (abhigacchet): आदर र निष्ठा सहित सङ्गत गर्न योग्य (अहिंसा र प्राकृतिक मैत्रीनैतिक वान, लालच विहीन, निष्पक्ष र करुणाशील, अहङ्कार विहीन, दानी र ज्ञानी)

समित्पाणिः श्रोत्रियं ब्रह्मनिष्ठम्

समित्पाणिः (samit-pāṇiḥ): गुरुको रूपमा सेवा दिन योग्य (अविद्या र विद्याको प्रचुर ज्ञान र अनुभव रहेको मात्र नभएर श्रद्धा, विनम्रता, जिम्मेवारी र समर्पण लगायतका अनिवार्य गुणहरूले युक्त) र इच्छुक

श्रोत्रियम् (śrotriyam): वेद, विज्ञान र सम्बन्धित कला शास्त्रहरूमा गहिरो ज्ञान राखेको

ब्रह्मनिष्ठम् (brahma-niṣṭham): परम सत्यको अनुभूति प्राप्त गरीब्रह्ममा दृढ निष्ठा भएको (ब्रह्मलाई न केवल सिद्धान्तमा तर आफ्नो जीवनमा पनि त्यसको पूर्ण रूपले अँगाले अनुभव प्राप्त गरी आफ्नो ध्यान सधैँ परम सत्यको प्राप्तिमा केन्द्रित गर्ने गुणको।)

भावार्थ


गुरु भनेको यस्तो व्यक्ति हो, जसले विद्यार्थीलाई परम सत्यको मार्गमा लैजानअनिवार्य रहेको विज्ञानको ज्ञान जस्ता व्यवहारिक अविद्या र आत्मा ज्ञान जस्ता विद्याको मार्गदर्शन दिन्छन्। गुरु न केवल वेद, शास्त्र, विज्ञान र कलामा गहिरो ज्ञान राख्छ, तर आफैँले त्यो ज्ञानलाई जीवनमा अँगालेर, उदाहरण प्रस्तुत गर्दै विद्यार्थीलाई मार्गदर्शन गराउने गर्दछ। गुरुमा अज्ञान हटाउन र ज्ञान उपलब्ध गराउने असीमित क्षमता र इच्छा हुन्छ।


अविद्या र विद्याको प्रचुरज्ञान, अनुभव आदि रहेको मात्र नभएर श्रद्धा, विनम्रता, करुणाशील, अहङ्कार विहीन जिम्मेवारी बोध, समर्पण र निष्पक्ष सेवा भाव गुणहरूले युक्तगुरुको  रूपमा सेवा दिन योग्य गुण रहेर सो जिम्मेवारीको लागि इच्छुक तथा आतुर गुण एक गुरुमा हुनुपर्ने अनिवार्य गुणहरू हुन्।आफ्नो ध्यान सधैँ परम सत्यको प्राप्तिमा केन्द्रित गर्ने, परम सत्य ब्रह्ममा दृढ निष्ठा राख्ने, ब्रह्मलाई केवल सिद्धान्तमा मात्र सीमित रहेर व्याख्या गर्ने, प्रवचन दिने हैन कि आफ्नो जीवनमै त्यसको पूर्ण रूपले अँगालेर अनुभव प्राप्त गुणको सेवा कर्मको प्रतिफल नचाहने लालच विहीन व्यक्ति मात्रगुरु हुन योग्य हुन्छ।


साधकले त्यस्ता व्यक्ति संगमात्र आदर र निष्ठाका साथ गुरुको दर्जा दिएर सङ्गत गर्नुपर्छ, जहाँ गुरु अहिंसा पूर्ण, नैतिक, दानी, करुणाशील, अहङ्कार विहीन हुन्छ। जीवनमा सत्यको अनुभव गराउने, भौतिक र आध्यात्मिक ज्ञानको ज्योति दिने, शिष्यको समर्पणपूर्ण भावनालाई दुरुपयोग नगर्ने ब्रह्ममा स्थापित मार्गदर्शक नै गुरु हुन लायक हुन्छ।


देवी देवताको पूजा कति वैज्ञानिक


सम्पूर्ण रूपमा मानव दिमागलाई विज्ञानको सहारामा बुझ्ने विकल्प हालसम्म पनि तपार्ईं हामीलाई उपलब्ध नरहेकाले सोको लागि वैदिक तथा आध्यात्मिक सहारा लिनुपर्ने बाध्यता आइलागेको छ । एक सामान्य मानवको दैनिक दिनचर्यामा रमाईरहँदा दिमाग फुरुंङ बनिदिँदा जीवन नै धन्य बन्ने र त्यही दिमाग दुःखी बनिदिँदा आफ्नो मात्र हैन आफू सँगै रहेका आफ्ना प्रिय आफन्त समेतको दिनचर्या नारकीय बनि दिने समस्या पक्कै मेरो मात्र होइन होला। सोही सन्दर्भमा विज्ञान र वेदको सहारामा दिमाग भन्ने तन्तु वा तत्वको प्रकृति र कार्य शैलीबारे अध्ययन गर्न जरुरी बनेको छ ।


मानिसको दिमागको विभिन्न अवस्था रहन्छन्। पहिलो निद्रामा सपनीमा रहेको अवस्था। कुनै एक केही समयको निद्रा जसमा आफूले चाहेको सात घुम्ती पारिकी आफ्नी सपनाकी राजकुमारी ऋतुकलासँग भेट्दा बिहानीको अनुभूति रंगीन बन्छ। देख्यो कि घृणाभाव जाग्ने पल्ला घरकी सुनीति देख्दा शरीर भरका रौँ नै जिरिंङ बनिदिन्छ।


दोस्रो, छ सपनी नदेखेको निद्राको अवस्था। जसलाई सुषुप्त अवस्था भन्ने गरिन्छ । त्यो समयमा न त ऋतु नै झुल्किन्छिन् न सुनीति कै सामना गर्नुपर्छ। बिहान उठ्दा भने मजाले निद्रा पुगेको महसुस हुन्छ। आज त रातभर मज्जाले निदाइयो, सपना पनि देखिएन भन्ने अनुभूतिको समेत स्मरण रहन्छ ।


तेस्रो अवस्था छ जाग्रत वा सामान्य दैनिकीको ब्युँझिएको समयको अवस्था। ननिदाएको वा ब्युँझिएको अवस्थालाई उक्त जीवनको मूल अवस्था भनिन्छ। ब्युँझिएको समय अन्तर्गत जति समय आफन्त भनिएकी ऋतु जस्ता आफ्नै लाग्ने व्यक्ति वा परिवेशसँग बित्छ, त्यो जिन्दगी बन्छ । जति समय सुनीतिर आफूले असहजता वा आनन्द महसुस गर्न नसक्ने समय वा परिवेश झेल्नुपर्छ, त्यो समय उमेर अन्तर्गतको बितेको समयमा जोडिन्छ।


माथि फालिएको एउटा भकुन्डो अलिकति माथि पुगेपछि फेरि तल झर्दा माथि गएको र तल झरेको हामी सजिलै महसुस गर्छौं । दिमागको जाग्रत, सुषुप्त र सपनीको तिनै अवस्थाहरू माथि गएको र तल झरेको बल जस्तै हामी सजिलै महसुस गर्छौं । तर बीचको भकुन्डोले आफ्नो दिशा परिवर्तन गर्दाको पूर्ण रोकिएको अवस्थाको भने सहज महसुस हुँदैन। जसबारे हामीलाई अर्ध जानकारी हुने गर्छ । माथि जाँदै गरेको भकुन्डो तल फर्कने क्रममा एउटा बिन्दुमा टक्क अडिएर मात्र आफ्नो दिशा परिवर्तन गरी तल फर्कन सम्भव बनेको हुन्छ। उक्त अवस्था र सिद्धान्तको बुद्धिमत्तापूर्वक उपयोग बाट हावामा नतैरिने जहाजको उडान सम्भव बनेको छ।

मानिसको दिमाग एक अवस्थाबाट अर्को अवस्थामा प्रवेश गर्दै गर्दा समेत बीचमा कुनै अवस्थाबाट गुज्रन जरुरी पर्छ । उक्त अवस्था अर्धचेतनाको अवस्था हो। जाग्रतबाट सुषुप्त, सुषुप्तबाट सपनी, सपनीबाट जागृत अथवा सुषुप्तबाट जागृत आदिको बीचमा दिमागको अवस्था बदलिँदै गर्दा मस्तिष्क अर्धचेतनाको अवस्थाबाट गुज्रन अनिवार्य हुन्छ। अर्धचेतनको समयमा मस्तिष्कमा आत्म सचेतता रहँदैन । न त मस्तिष्कले बाहिर बाट प्राप्त सूचनाप्रति कुनै प्रतिक्रिया नै दिँदै गरेको हुन्छ । इन्द्रियहरू मार्फत प्राप्त सबै सूचनामा पूर्णतया प्रतिक्रियात्मक विहीन बनिरहेको हुन्छ। कुनै निश्चित अवस्थाको अर्धचेतनमा रहँदै गर्दा भने जे कुराले दिमाग अर्धचेतन अवस्थामा पुगेको हुन्छ, मस्तिष्कले त्यसैको अनुसरण गरिरहेको हुन्छ ।


अर्धचेतन अवस्था चेतनाको एक अत्यन्त महत्वपूर्ण तर परिवर्तित रूप हो। अर्धचेतन अवस्थामा व्यक्ति न त पूर्ण जागृत रहन्छ न त पूर्ण निद्रामा । दिमागको ट्रान्सस्टेट भनिने अर्धचेतन अवस्थामा हाम्रो दिमाग सचेतन र अवचेतन अवस्था बीचमा फसेको हुन्छ। संक्षेपमा ट्रान्सस्टेटमा मानिस न त पूरा जाग्रत न त पूरा सपनाको अवस्थामा रहन्छ । जोनिङ–आउट भनिने ट्रान्सस्टेटलाई कहिले काहीँ दिवा–सपना मतलब डे–ड्रिमिङ पनि भन्ने गरेको भेटिन्छ । मानिसमा मनोवैज्ञानिक तथा आध्यात्मिक प्रकृतिको मनोआध्यात्मिक प्राकृतिक उपचारमा, योग तथा मेडिटेसनमा सेमी–ट्रान्सस्टेट वा ट्रान्सस्टेटमा परिवर्तित चेतनाको अत्यधिक उपयोग गरिन्छ ।


अनुभवहरूले बताए अनुरूप मानिसको भित्री रूपान्तरण गर्ने कार्यमा उसभित्र पैदा हुने आलोचनात्मक सोचले अत्यन्त हस्तक्षेपकारी भूमिका खेली अवरोध पु¥याउने गर्छ। मस्तिष्क ट्रान्सस्टेटमा रहँदा आलोचनात्मक सोच पैदा गर्ने दिमाग बाइपास हुनेगर्छ। ट्रान्सस्टेटमा गरिने भित्री रूपान्तरणको प्रयासमा आलोचनात्मक सोचको अवरोध नरहने हुँदा अचेतन दिमागसँग सिधा संवाद सम्भव बन्छ । अचेतन दिमागसँगको सिधा संवादले भित्री रूपान्तरणमा जरुरी हुने सकारात्मक सोच र विश्वास पैदा गरिदिन्छ। सोच र मान्यतामा आएको सकारात्मकताले आलोचनात्मक सोच हराउने हुँदा भित्री रूपान्तरणलाई पूर्ण गराउन जरुरी हुने पूर्वाधारको विकास गरिदिन्छ।


तर्क संगत दिमाग (Rational mind) एक आलोचनात्मक सोच पैदा गर्ने दिमाग हो। अनकन्सियस ब्रेनको (Unconscious Mind) अंश अचेतन दिमाग (Subconscious mind) तर्क संगत रहेर नभई भोगेको अनुभवका आधारमा आफ्नो मान्यता विकास गर्छ। तर्क संगत दिमाग (Rational mind) को दायित्व तर्क संगत रूपमा निश्चयमा नपुगी जारी गरिएको दिमागको निर्देशनलाई रोक्नु नै हो। दुर्भाग्यवश मानिसमा मनभित्र गडेर बसेको पीडा, दर्द, मनोरोग र समाधान नगरिएका आघातका अधिकांश चोट मस्तिष्कको अनकन्सियस ब्रेनको भागमा गाडिएर बस्ने गर्छ। मौका पर्नासाथ बारम्बार बल्झिने गर्छ ।


एउटा बिरुवाको बीज जस्तै अचेतन दिमागमा बिउका रूपमा गढेर रहेको सबै डर, आघात, पीडा, ईर्ष्या वा बदलाको भावना चेतन दिमाग कारण वश कमजोर बन्न पुग्दा अंकुरित हुने, फस्टाउने र झाँगिने मौका पाउँछ । अन्ततः बाहिर छताछुल्ल भएर पोखिन्छ ।

मानिसमा ‘म’ वा ‘आफू’ का नाममा कायम हुने आफ्नो पहिचानरूपी अहंकारको मुख्य भूमिका स्वाभाविकरूपमा उसलाई कथित खतराहरूबाट जोगाउनु हो। आफ्नो तत्कालीन भौतिक सुरक्षा र भविष्यको सुरक्षाको प्रत्याभूति दिलाउनु हो , आफू जस्ता अहंकारको जिद्दी पूर्वक बचाउ गर्ने मानिसमा आफू स्वयम्, आफ्नो परिवार, आफन्त र समाजका लागि समेत विषाक्त भूमिका खेल्ने आनी बानीको निर्माण हुने गर्छ ।


आफूमा अर्कोप्रति विकास भएको नकारात्मक भावनाहरू प्रकट गर्न नसक्ने, दिमागमै गुम्स्याएर राख्ने बानीले मनभित्र गहिरो उदासी, क्रोध वा निराशा, प्रतिस्पर्धाको, बदलाको भावना आदि पैदा गरिदिन्छ। लामो समय मन भित्रै पालेर राखेको त्यस्ता असन्तुष्टि र दर्दको हद एक दिन सीमापार हुने र बेलुन फुटे जस्तो सँगालिनै नसक्ने गरी बाहिर निस्कन्छ। विकसित परिस्थितिले मानिसमा आफ्नो व्यक्तिगत, पारिवारिक, सामाजिक तथा मनोवैज्ञानिक सबल सम्बन्धहरू नराम्ररी टुट्ने स्थिति पैदा गरिदिन्छ। उसलाई मनोवैज्ञानिक उपचारको जरुरत हुन सक्छ। साथै मानसिक, आध्यात्मिक वा प्राकृतिक उपचारको सहायता खोज्नुपर्ने प्रबल सम्भावना बन्न सक्दछ।


जिद्दीपूर्वक विकास हुने अहंकार एक जैविक र आध्यात्मिक उपकरण हो । यो उपकरणले व्यक्तिमा म फरक किसिमको विशेष व्यक्ति हुँ भन्ने जस्ता विचार विकास गराउँछ। भलै आज लुते कुकुर बनेँ हुँला, हिजो त म भोटे कुकुर थिए भन्ने अहम् हाली दिन्छ। मेरो असली पहिचान त्यही भोटे हो। मैले त्यही पहिचान अनुरूपको सम्मान पाउनु पर्छ। मेरो जीवन अन्यको भन्दा सानदार रूपमा चल्नुपर्छ भन्ने सोचको भूतमा सवार गराउँछ।


वास्तविकता भन्दा विपरीतको अहंकार ग्रस्त अनुभूतिमा हामी केही चिज स्वीकार गर्छौं भने अन्य चिजलाई अस्वीकार गर्छौं । केही मानिसलाई माया गर्छौं, अन्यलाई घृणा गर्छौं। जीवनलाई विनासर्त स्विकार्नुको सट्टा आफ्नो निजी विचार, भावना, विश्वास आदिको भरमा स्वीकार्य र अस्वीकार्य गरी विभाजन गरि दिन्छौँ। आफ्नै जीवनका आफ्नै कतिपय कार्य वा कार्य प्रगतिमा आफैँलाई पनि इन्कार गर्न थाल्छौँ।


आफ्नै मनमा उब्जेका चिन्तन, मनोभावना, चेतना, अनुभव, विश्वास आदिलाई समेत खराब, अस्वीकार्य वा गलत करार गर्दै दमन गर्ने, बेवास्ता गर्ने, स्वीकार नगर्ने, अरू बाट लुकाउने स्थितिमा पुग्छौँ। आफ्नै अन्तरात्माको विश्वासको दमनको परिणाममा हामी आफ्नो काल्पनिक जीवन जिउन सुरु गर्छौं । जुन अधिक रिस, कुण्ठा, जलन र विकृतिले भरिएको आडम्बरे जीवनशैलीका रूपमा रहेको हुन्छ ।


अहंकारले जीवनलाई डुवालिटी वा वास्तविकता भन्दा अलि पर पुर्‍याएर बुझिदिने गर्छ। प्रेम–घृणा, राम्रो–खराब, सही–गलत, पवित्र–पापी जस्ता परस्पर विरोधी भागमा जीवनलाई विभक्त गरेर महसुस गरिदिन्छ। आफू अन्य भन्दा बिलकुल अलग र पृथक् हुँ भन्ने विश्वासमा अत्यन्त कष्टकर एकल काटे जीवन रोज्न पुग्छ। डुवालिस्टिक इगोको परिणामले सदैव आफूले आफैँ माथि गरिने दमन, अन्याय, घृणा र निन्दायुक्त एक्लोपन निम्त्याउने हुँदा हामी अनिवार्य रूपमा कष्ट भोग्न बाध्य हुन्छौँ।


डुवालिस्टिक इगो वा अहंकारको उत्पादनका रूपमा मानिसलाई उदासीनता, चिन्ता, मानसिक रोग, हत्या, घृणा, लोभ, गरिबी, युद्ध र वातावरणीय विनाश आदि हातपर्ने गरेको छ । समग्रमा मानिसको आन्तरिक पीडा वा सफरिङको कारक तत्वका रूपमा अहंकारनै देखा पर्छ ।


हुन त आफैँलाई जिउँदै पटकपटक हत्या गरिदिने जिद्दीयुक्त अहंकारबाट छुटकारा पाउन उक्त अहंकारकै हत्या गरिदिनु सबैभन्दा खास्साको ओखती हुने थियो । तर, नत मानिस जिउँदै नमर्न सक्छ न यो अहंकार भन्ने जिनिसलाई सदैवका लागि मृत्यु तुल्य नै गराउन सम्भव छ । अहंकारलाई पहिचान गरी आफ्नो चेतनाको दायराभित्र ल्याएर परिवर्तित चेतना युक्त नयाँ जीवनले अहंकारबाट छुटकारा लिन सक्छ। मूलतः सेमी–ट्रान्सस्टेट वा ट्रान्सस्टेटमा गरिने मनोवैज्ञानिक तथा आध्यात्मिक रूपान्तरण, मेडिटेसन र योग जस्ता परिवर्तित चेतनाको उपाय मनको भित्री रूपान्तरण लागि उपयोगी हुनेछ ।


ट्रान्सस्टेटमा तर्क संगत सचेत दिमागलाई बाइपास गरी अचेत दिमागसँग प्रत्यक्ष सम्पर्क गरी कुरा गर्नसकिने स्थित मनोवैज्ञानिक दृष्टिकोणबाट समेत तर्क संगत देखिन्छ । तर पनि विना अवरोध अचेत दिमागसँग कुरा गरेर कसरी अहंकारलाई चेतनाको दायराभित्र ल्याउन र त्यो हदको मनोवैज्ञानिक जटिलतामा पुगेको मानिसलाई सामान्य दिनचर्यामा फर्काउन सकिन्छ भन्ने भन्ने सम्बन्धकाअसंख्य सिद्धान्त प्रतिपादन गरिएको भेटिन्छन् । जसमध्ये प्रसिद्ध मनोवैज्ञानिक कार्लजङको अवधारणा सत्यताको धेरै नजिक रहेको ठानिन्छ ।


मनोवैज्ञानिक कार्ल जङको अनुसार अचेतन दिमाग सामूहिक अचेतन वा कलेक्टिभ अनकन्सेन्ससको ठूलो दायराको सञ्जालसँग प्रत्यक्ष सम्पर्कमा रहने गर्छ। सामूहिक अचेतनलाई युनिभर्सल अथवा डिप माइन्ड समेत भन्ने गरिन्छ । पुरातन समयमा देवीदेवताको शक्ति भनेर चिनिने सामूहिक अचेतनता विश्वव्यापी गहिरो स्मृतिको ऊर्जा निर्मित प्राकृतिक आवरण हो। संसारमा अस्तित्वमा आएका सबै जीवनको अनुभूतिको ऊर्जा समावेश भएर उक्त प्राकृतिक आवरणको निर्माण भएको हुन्छ ।


नियमित सचेत दिमागको सम्पर्कमा रहेर जिद्दीयुक्त अहंकार पक्डेर बसेको अचेत दिमागलाई ट्रान्सस्टेटमा पु¥याएर गरिने संवादले कलेक्टिभ अनकन्सेन्सस सँग को सम्पर्कमा पु¥याउँछ । अचेत दिमाग र कलेक्टिभ अनकन्सेन्सस बीच हुने सम्पर्कमा जिद्दीयुक्त अहंकार समेत कलेक्टिभ अनकन्सेन्सस तर्फ विलीन हुँदै जाने प्रक्रिया सुरु हुन्छ ।


ट्रान्स स्टेटको संवाद प्रक्रिया केही समय सुचारु राख्न सक्दा अचेत दिमागमा गढेर रहेको गहिरो उदासी, क्रोध वा निराशा, प्रतिस्पर्धा–बदलाको भावना आदि क्रमशः कलेक्टिभ अनकन्सेन्सस तर्फ फ्याँकिन पुग्छ । मतलब आफ्नो जिद्दीयुक्त अहंकार त्याग्न सहयोगी बन्छ। मस्तिष्ककोअनकन्सियस ब्रेनको भागमा भित्र बीजका रूपमा गढेर बसेको पीडा, दर्द, मनोरोग र समाधान नगरिएका आघातका अधिकांश चोट सबै सामूहिक अचेतनको भण्डारमा थन्काइ दिए पछि मौकापर्न साथ बारम्बार बल्झिने बीजको अभावमा मानिस समस्यामुक्त बन्न सक्छ ।


परम्परागतरूपमा हुने हाम्रा देवी देवताको भाकल, पूजाआज आदिबाट हाम्रा पुर्खाले आफूलाई मनोरोग (भूत, प्रेत, मसान, पिचास, डर, चिन्ता आदि) बाट मुक्त पाएको महसुस हुनुमा परम्परागत कर्म काण्डी प्रक्रियामा अचेत दिमागलाई ट्रान्सस्टेटमा पु¥याएर गरिने परम्परागत हिप्नोटिजम नै कारक रहेको यकिन गर्न सकिन्छ। मानव चेतना (Individual  Conciousness) लाई सार्वभौमिक चेतना (universal consciousness) सँग संसर्ग हुने वातावरण मिलाएर गरिने आधुनिक उपचार प्रणालीको रूपमा हिप्नोसिसलाई लिन सकिन्छ जसमा व्यक्तिको मस्तिष्कको पहुँच चेतनाको गहिरो तह सम्म पुर्‍याएर परिवर्तन गर्ने विधिको अनुसरण गरिन्छ। हिप्नोसिस गर्ने धेरै तरिकाहरू छन्।  पहिलो उदाहरणमा, धूम्रपान छोड्ने चाहनाले व्यक्ति  हिप्नोसिसको लागि एक चिकित्सकलाई भेट्दछ भने चिकित्सकले सुरुमा उनलाई आराम गर्न र आँखा बन्द गर्न भन्छ। चिकित्सकले शान्त स्वरमा उसलाई गहिरो सास लिन र आफ्नो शरीरको प्रत्येक भागलाई क्रमशः आराम गर्न निर्देशन दिन्छ। व्यक्ति एकदमै शान्त अवस्थामा पुगिरहेको समयमा चिकित्सकले उसलाई यस्तो सुझाव दिन्छ कि सुर्ती संग उसमा घृणा भाव जागृत हुन्छ। त्यो सल्लाह उसको मनमा यति गढेर रहन्छ कि जब उसमा धूम्रपान गर्ने इच्छा जागृत हुन्छ तेतीवेला उसलाई सुर्ती संग घृणा भाव जागृत हुन्छ। त्यसले बिस्तारै उसमा धूम्रपान प्रति अलगाव विकास हुन थाल्छ।  त्यस किसिमको हिप्नोसिसले व्यक्तिलाई पुरानो बानी तोड्न मद्दत पुर्‍याउन सक्छ।


दोस्रो उदाहरणमा, जब एक व्यक्तिलाई तनाव कम गर्न मद्दत खोज्दै हिप्नोसिस लिन चाहन्छ तव चिकित्सकले व्यक्ति लाई शान्त ठाउँमा बसेर आँखा बन्द गर्न भन्छन्। व्यक्तिलाई आफू समुद्र किनारमा रहेको कल्पना गर्न लगाउँछन्। उसले त्यहाँको हावाको मिठास र पानीको शीतलता महसुस गर्छ। यो कल्पना गर्दै गर्दा व्यक्ति गहिरो विश्रामको अवस्थामा पुग्छ। त्यसपछि चिकित्सकले सुझाव दिन्छ कि जब उनी व्यस्त जीवनमा फर्किन्छन्, तव उनी तनाव मुक्त रहन र ध्यानमा केन्द्रित रहन सक्षम हुने छन्। यसरी हिप्नोसिसले व्यक्तिलाई मानसिक शान्ति र आत्म-संयम हासिल गर्न मद्दत पुर्‍याउँछ।


मस्तिष्कमा फरक प्रकारका तरङ्गहरू उत्पादन हुँदै गर्दा त्यसको आफ्नै आवृत्ति र मानसिक अवस्थाहरू हुन्छ। गामा तरङ्गहरू (γ) को आवृत्ति ३० हर्ज भन्दा माथि हुन्छ।  यो उच्च स्तरको मानसिक कार्य हुँदै गर्दाको अवस्था हो। बिटा तरङ्गहरू (β) को आवृत्ति १२-३० हर्ज हुन्छ। त्यति बेला सक्रिय सोच र ध्यानमा रहन्छ। अल्फा तरङ्गहरू (α) को आवृत्ति ८-१२ हर्ज (Hz) हुन्छ। यति बेला मस्तिष्क आराम र सजग अवस्थामा रहन्छ।  थेटा तरङ्गहरू (θ) को आवृत्ति ४-८ हर्ज हुन्छ। त्यो गहिरो विश्राम, रचनात्मकता र हल्का निद्रासँग सम्बन्धित हुन्छ। डेल्टा तरङ्गहरू (δ) को आवृत्ति ०.५- ४ हर्ज हुन्छ। जुन गहिरो निद्राको समयमा देखा पर्छ।

दिइने सल्लाह तर्फ व्यक्तिको लगाव विकास गरी दिइएको सुझाव सजिलै ग्रहण गर्ने मानसिक अवस्थामा व्यक्ति लाई पुर्‍याउने अनि मस्तिष्कको गहिरो विश्रामको अवस्था व्यक्तिको मनमा निश्चित सूचना गहिरो संग बस्ने गरी सुझाव हाली दिने विधि हिप्नोसिस हो। मस्तिष्क यस अवस्थामा ट्रान्स-अवस्थाहरूमा प्रवेश गरेको हुन्छ। व्यक्ति सामान्य विश्रामको अवस्था वाट गहिरो विश्रामको अवस्था सम्म पुग्दै गर्दा उसको मस्तिष्कको तरङ्गहरू (brainwaves) मा परिवर्तन भएका कारण चेतनाको परिवर्तन भएको हुन्छ।  उक्त प्रक्रियामा व्यक्तिको चेतनाको सामान्य अवस्था (beta waves) बाट अल्फा (γ: more than 30 Hz, β : 12-30 Hz and α : 8-12 Hz), थेटा (θ: 4-8 Hz) र कहिलेकाहीँ डेल्टा (δ: 0.5-4 Hz) तरङ्गहरूमा सम्म परिवर्तन हुन्छ। विशेष गरी थेटा तरङ्गहरू रचनात्मकता, अन्तर्ज्ञान दिने र गहिरो अचेतन सँग जोडिन पुग्दछ। हिप्नोटिक अवस्थामा जब व्यक्तिको चेतना रचनात्मकता, अन्तर्ज्ञान दिने र गहिरो अचेतन मन सँग जोडिन पुगेको मौका छोपी उसले जे परिवर्तन चाहेको हो त्यो नै गर्नु पर्ने सन्देश उसको अवचेतन वा अचेतन मनमा दर्ता गरिने कार्य गरिन्छ। जुन उसको अत्यन्त गहिरो विश्वासको रूपमा उसमा गाडेर बस्न सम्भव हुन्छ।


सार्वभौमिक चेतनाको (Universal Consciousness) अवधारणा आध्यात्मिक, दार्शनिक, र पारलौकिक सन्दर्भमा आएकोले वैज्ञानिक रूपमा यसको मापन योग्य आवृत्ति यकिन हुन सकेको छैन। वैदिक आध्यात्मिक परम्पराहरू र आयुर्वेदिक चिकित्सा अभ्यासको अवधारणा अनुसार गहिरो ध्यान, अन्तर्ज्ञान र उच्च चेतनाका वेला सार्वभौमिक चेतना महसुस हुने भनिए बाट गामा तरङ्गहरू (γ: ३० हर्ज भन्दा माथि) वा थेटा तरङ्गहरू (θ: ४-८ हर्ज) रहँदा व्यक्तिको चेतना सार्वभौमिक चेतना संग जोडिने वैदिक अवधारणाको रहेको बुझिन्छ।


ॐ जपको आवृत्ति पृथ्वी सूर्यको वरिपरि घुम्ने आवृत्तिको (कस्मिक ॐ) अनुरूप १३६.१ हर्ज मानिन्छ। कतिपय सन्दर्भमा जुन प्रकृतिका कम्पनहरूसँग मेल खाने ब्रह्माण्ड सँगको  सामञ्जस्यपूर्ण आवृत्ति ४३२ हर्ज आवृत्ति लाई समेत ॐ जप  सँग जोडेर हेरिन्छ।फरक फरक तरिका वाट हुने जपमा फरक फरक आवृत्तिहरू सम्भव हुन्छ। फरक-फरक दायरामा फरक आवृत्तिहरू क्रियाशील हुन्छन्। आ-आफ्ना फरक कार्यहरू पूरा गर्छन्। १३६.१ हर्ज, ४३२ हर्ज र थेटा तरङ्गहरू (४-८ हर्ज) बिचमा विश्राम, आध्यात्मिक सम्बन्ध र भावनात्मक सन्तुलनलाई प्रोत्साहित गर्ने समनजन्य पूर्ण सम्बन्ध पाइन्छ। त्यस्तै ३० हज माथिका गामा तरङ्गहरू धेरै उच्च आवृत्तिमा हुने भएता पनि ध्यान वा गहिरो ध्यानका क्रममा १३६.१ हर्ज, ४३२ हर्ज संग मानसिक स्पष्टता लिन चेतनाको हद बढाउन सहकार्य गर्ने देखिन्छ। यसरी सामूहिक रूपमा सबै मिलेर मस्तिष्क-शरीरको चेतनाको विस्तार तथा  भावनात्मक कल्याण र आपसी सन्तुलनमा भूमिका रहेको देखिन्छ।


सार्वभौमिक चेतना (Universal Consciousness) प्रकृतिमा अवस्थित एउटा साझा चेतनाको क्षेत्र हो, जसमा सबै प्राणीहरू आपसमा जोडिएका हुन्छन्। यो अवधारणा विभिन्न आध्यात्मिक वेदान्तका परम्पराहरूमा  रहेको दर्शनहरू वाट आएको छ। मन्दिर हरूमा देव देवताहरूको पूजा गरेर आशिष माग्दा माथि उल्लेखित प्रकारकै मनोवैज्ञानिक सूचना दर्ता हुने र व्यक्तिको आचरणमा परिवर्तन गरी व्यक्तिले आफूलाई सुधार गरी आफ्नो शरीरले नै आफ्नो उपचार गर्ने आयुर्वेदिक स्व-उपचार विधिमा भाग लिएको हुन्छ। हिप्नोसिस मार्फत हुने उपचारमा चेतनालाई बाइपास गरेर, अचेतन मनमा पहुँच पुर्‍याउन सक्छ र सार्वभौमिक चेतनासँग पनि जोडिन सक्छ। त्यसले व्यक्तिलाई अन्तर्ज्ञान बढाउन, गहिरो ज्ञान प्राप्त गर्न र चेतनाको बृहत् क्षेत्रमा एकताको अनुभूति गराउन सक्छ। अनि यसलाई उपचारको लागि उपयोग गरिन्छ। त्यही तरिका परम्परागत पूजा आजा मार्फत व्यक्तिले आफूलाई मनोवैज्ञानिक रूपमा सबल राख्ने तरिका हो।


आधुनिक मस्तिष्क विज्ञान र मनोविज्ञानका सिद्धान्तहरूले हिप्नोटिक अवस्थामा मस्तिष्कमा नयाँ जानकारी, व्यवहार र विश्वासहरू ग्रहण गर्न थप सजिलो हुने विश्वास व्यक्त गरेको भेटिन्छ। हिप्नोसिसले गहिरो अचेतन मनलाई अधिक पहुँच योग्य बनाउँछ, जहाँ लामो समयसम्म भएका विश्वासहरू, डरहरू र स्मृतिहरू हुन्छन्। यसलाई वैदिक अनुभवमा सार्वभौमिक विचार र ऊर्जासँग समेत जोडेर हेरिन्छ। पूजा आजा गर्दा हुने जस्तै हिप्नोसिसले व्यक्तिगत अचेतन र  सार्वभौमिक चेतन अवस्था बिच अन्तर सम्बद्ध कायम गर्ने चेतनाको पुलको रूपमा काम गर्दछ।


आफ्नो जरो किलो र चुरो ज्ञान नबुझेको नेपाली समाजले आफ्नो पुर्खाले आदि कालदेखि मान्दै आएको देवीदेवताको पूजा आराधना गरिने चलनलाई अवैज्ञानिक भन्दै अचेत दिमागलाई ट्रान्सस्टेटमा पु¥याएर गरिने अन्य मनोवैज्ञानिक उपचारतर्फ लम्केको महसुस गर्न सकिन्छ । हाम्रा परम्परागत पूजा, आराधना, योग, भजन, किर्तन र मेडिटेसनले जे प्रतिफल दिन्छ, सैद्धान्तिक रूपमा र विधि तथा प्रक्रियामा समेत ठ्याक्कै त्यही नतिजा दिने हिप्नोसिस उपचारतर्फ संसार लम्केको छ ।


देवी देवताको पूजा आराधना मार्फत परम्परागत रूपमा हामीले आफ्नो अचेत दिमागलाई ट्रान्सस्टेटमा पु¥याएर आफैँले गरिने मनोवैज्ञानिक उपचारको नतिजा प्राप्त गर्न आज संसारभर विभिन्न उपाय अवलम्बन गरिएको यथार्थ माथिका तथ्यहरूले हामीलाई महसुस गर्न बाध्य गर्ने छ। हाल सम्म अवलम्बन गरिएका उक्त उपायमा एक बिन्दुमा नियन्त्रित भएर गरिने ध्यान, आत्म सम्मोहन, सोमलता–गाँजा–भाङ–काँचो सुपारी जस्ता स्वास्थकर तर हेलुसिनेटिङ जडीबुटी सेवन पश्चात् सम्मोहन, प्राणायाम र कपाल भाँती जस्ता श्वासप्रश्वास प्रक्रिया, मन्त्र पूजा र तपस्या, संगीत–बिट्स र ध्वनिहरू, पेन्डुलमको आवाज र गतिमा ध्यान केन्द्रितगर्न ध्यानपूर्वक रेकर्ड गरिएको गतिशील दृश्य हेरी गरिने ध्यान, बास्नादार अगरबत्ती र जडीबुटी मार्फत गरिने सम्मोहन, धर्म कार्य र सामाजिक कार्य नाचआदिमा भाग लिएर प्राप्त गरिने शारीरिक र भावनात्मक सन्तुष्टि आदि पर्छन् ।


हाम्रा रैथाने प्रविधि र दर्शनमा आधारित रहेर विकसित बनेका उल्लिखित मनोवैज्ञानिक उपचारका उपायहरू आज संसारभर पुगेका मात्र हैनन्, तिनीहरूको माग एकाएक ह्वातै बढेकाले अत्यन्त प्रख्यात समेत बनेका छन्।


सपना किन र कसरी


मस्तिष्कको विभिन्न कार्य सुचारु राख्न सुत्नु अनिवार्य हुन्छ । स्नायुका विभिन्न कोषिका (न्युरोन) एकापसमा सम्पर्कमा रहेर विभिन्न काम सम्पन्न गर्दैगर्दा त्यहाँ विभिन्न फोहोर उत्पन्न हुन्छन् । फोहोर समयमै थान्को लगाउन नसक्दा मस्तिष्कका लागि विषाक्त बन्छ । निदाएका बेला मस्तिष्कको सफाइ प्रक्रिया सम्पन्न हुने हुँदा त्यहाँ रहेको विषाक्त पदार्थ सफा हुन्छ । जसले गर्दा दिमाग र शरीर उल्लेखनीय रूपमा सक्रिय, सन्तुलित र जागरुक बन्न सम्भव देखिन्छ ।


सुतेको अवस्थामा जब मस्तिष्क आराम गरिरहेको हुन्छ त्यहाँ ग्लिमप्याथिक प्रणाली (Glymphatic system) नामक फोहोरसफा गर्ने चक्र सञ्चालन हुने गर्छ । मस्तिष्क र मेरुदण्डमा हुने सेरेब्रोस्पिनलफ्लुइड नामक तरल पदार्थ दिमागमा स्वतन्त्र रूपले बग्ने र मस्तिष्कको फोहर भनेर चिनिने बिटा–एमाइलोइड नामक हानिकारक प्रोटिनलाई दिमागबाट सफा गरी पखाल्छ। राम्रोसँग निद्रा नपर्दा बिटा–एमाइलोइड राम्ररी सफा हुन नसक्दा समयको अन्तरालमा जमेको लेउ बाक्लो हुँदै जाने र विभिन्न मनोवैज्ञानिक समस्या देखिने र अन्ततःअल्जाइमर जस्तो घातक रोग सम्म लग्न सक्ने सम्मको परिस्थिति पैदा गरिदिन्छ।


सुत्नु मानिसलाई अरू कुन कुन कारणबाट अनिवार्य छ भन्नेबारे वैज्ञानिक अनुसन्धान जारी रहँदै गर्दा मानिसलाई निद्रा कसरी पर्छ भन्नेबारे धेरै कुरा थाहा हुन सकेको छ । हरेक रात मानिसको दिमाग र निद्राको चक्र विभिन्न चरणमा सम्पन्न हुने गर्छ। हल्का निद्रा त्यसको पहिलो चरण हो, जुन प्रायः पाँच देखि १० मिनेट समयको रहन्छ। यदि तपार्ईं उक्त समयभित्र उठ्नुभयो भने तपार्ईंलाई आफू सुतेको छैन भन्ने महसुस हुन्छ। पहिलो स्टेजमा मस्तिष्कका तरंगहरू ढिला हुन्छन् । मुटुको धड्कनको दर घट्छ। सम्भवतः मुटुको मांसपेशीले केही आराम गरिरहेको हुन्छ। रक्तचाप पनि कम हुन्छ। सास फेर्ने गतिमा सुस्तता आउने र श्वासप्रश्वासको प्रकृति परिवर्तनहुने हुन्छ। शरीरको मांसपेशीले आराम गर्छ। निदाएको महसुस दिन्छ।


निदाउँदै गर्दा ७० प्रतिशतसम्म मानिसमा अनैच्छिक रूपमा मांसपेशी तन्कने क्रममा काम्ने वा ट्विच हुने गर्छ, जसलाई हाइपनिक जर्क भनिन्छ। मानिसमा अनैच्छिक मांसपेशी झड्कने वा हाइपनिक जर्क किन हुन्छ भन्ने हाल सम्म थाहा हुन सकेको छैन। अनुमान अनुसार कि त सुतेको समयमा झक-झकाउँदै गर्दा मांसपेशीको गतिको प्रकृति परिवर्तन गर्ने क्रममा नभए मष्तिसकले आराम गर्दा तपार्ईं ढल्न लागेको अन्दाजमा तपाईंलाई ब्युँझाउन सो कार्य गरेको हुनुपर्छ। नवजात शिशु सुत्ने बेला पहिलो चरणमा प्रवेश गर्दैन। सिधै दोस्रो स्टेजमा प्रवेश गरेको देखिन्छ।


रातको धेरै समय मानिसले दोस्रो तहको सुताइमा बिताउने गर्छ । यो स्थितिमा मानिस गहिरो निद्रामा नपुगेको हुन सक्छ तर पनि यो समयमा आफ्नो वरपरको वातावरण बारे मानिस खासै जानकार रहँदैन। यो समयमा मुटुको धड्कनको दर र श्वास प्रश्वास क्रम झन् घट्दै जान्छ। मांसपेशी झन् आरामको अवस्थामा पुग्छ। आँखाको गतिविधि रोकिन्छ। शरीरको तापक्रम समेत घट्छ। दिमागको तरंग बीच बीचमा  फ्लसिङ्ग गरे जस्तो धड्कन देखिने गरी तरंग झन् धिमा गतिमा प्रवाह हुने गर्छ। जसलाई स्लिप-स्पिनडल भनिन्छ। विज्ञहरू स्लिप स्पिनडल गतिविधि मस्तिष्कले आफ्नो सूचना स्मरणमा परिवर्तन गरी मौजाद राख्ने मा हुने ठान्दछन्। कुनै पनि नयाँ कुरा सिक्दा वा अचम्म लागेको घटना भएको समयको रातमा सुत्ने क्रममा मानिसको निन्द्रामा धेरै स्लिप स्पिनडल हुने विश्वास गरिन्छ।


मानिसले आफ्नो एक तिहाइ भाग सुतेर बिताउने गर्छ। जब मानिस बुढो हुँदै जान्छ तब उसले दोस्रो स्टेजको सुताइमा आफ्नो धेरै निद्रा गुजार्ने गर्छ। रातको सबैभन्दा गहिरो निद्रामा पुगिने चरण तेस्रो चरणको निद्रा हो। यो चरण पार गर्दा सबै भन्दा स्फूर्तिदायी अनुभव प्राप्त हुन्छ। तेस्रो चरणको निद्राको चक्रको पहिलो गहिरो निद्रामा मानिसले प्राय २०–४० मिनेट व्यतीत गर्छ । त्यसपछि गहिरो निद्रा कि त छोटो रहन्छ, कि पूर्ण रूपमा गायब हुन्छ। यो चरणमा मुटुको धड्कन र सास फेर्ने क्रम सबै भन्दा न्यून वा सुस्त तहमा पुग्छ। यसै वेला शरीरले आफ्नो हड्डी निर्माणको प्रक्रिया सुरु गर्छ। मांसपेशी सबैभन्दा आरामको अवस्थामा पुग्छ। ग्रोथ हर्मोनहरूले मांसपेशीको निर्माणमा सहयोग गरिरहेको हुन्छ।


तन्तुहरू आफैँ बढ्ने र बिग्रेको तन्तुहरूको मर्मत सम्भार गरिरहेको हुन्छन। प्रतिरक्षा प्रणाली बलियो बनाउने कार्य भइरहेको हुन्छ। दिमागका तरंगहरू स्टेज एक र दुई भन्दा कम कम्पनमा रहन्छन्। तसर्थ यो स्टेजलाई सबैभन्दा कम दिमागको कम्पन रहने निद्राका रूपमा लिइन्छ। यो अवस्थामा उठ्नु मानिसका लागि अत्यन्त गाह्रो हुने गर्छ। हरेक दिन सात देखि नौ घण्टा सुत्ने वयस्क मानिसले लगभग दुई घण्टा स्टेज ३ मा बिताउने गर्छ। ६५ नाघेका वृद्धमा यो समय ३० मिनेट मात्रको हाराहारीमा देखिन्छ ।


स्टेज ३ को पहिलो घण्टामा प्रवेश गर्दैगर्दा कतिपय मानिस डराउने गर्दछन। रातमा हिँड्ने बानी भएकाहरू हिँड्ने गरेको भेटिन्छ । यो समयमा हुने कुनै प्रकारले श्वास-प्रश्वासमा अवरोध पैदा भयो भने उक्त बेला अचेत अवस्थामै दिमागमा हुने सोचाइका प्रकृतिका कारण मानिसमा उकुस-मुकुसको अनुभूति दिने सपना आउने विश्वास गरिन्छ। मस्त निद्राको चरणमा प्रवेश गर्दै गर्दा मानिसको आँखा द्रुत गतिमा पछाडि र अगाडि घुम्नेगर्छ। सपना देख्दै गरेका बेला पनि यस्तै गतिविधि देखिन्छ।


भुसुक्क निदाएको लगभग ९० मिनेटपश्चात् धेरै मानिसको आँखा यसरी पछाडि र अगाडि डुलेको देखिन्छ। जुन मात्र पाँच–दस मिनेट हुने गर्छ। तर, रात छिप्पिँदै जाँदा यो अवस्था पुनः दोहोरिने र यसको चक्र लामो हुँदै जाने गर्छ। कहिलेकाहीँ यो एक घण्टा सम्मको हुनसक्छ ।


जब मानिसले सपना देख्छ, सपना एकदम जीवन्त लाग्छ। यो समयमा मानिसको मस्तिष्कको लिम्बिक प्रणालीमा अधिक रगत बगिरहेको हुन्छ। त्यो तिनै अंगहरू हुन् जसले मानिसको दृष्टि र भावनालाई नियन्त्रण गरिरहेको हुन्छ। अध्ययनका अनुसार उक्त समयमा आँखाको चाललाई मस्तिष्कले भीषण गतिविधिका रूपमा बुझिरहेको हुन्छ। जस लाई मानिसले आफ्नो सपनाका रूपमा हेरिरहेको हुन सक्छ। हुन पनि भुसुक्क निदाएको चरणमा आँखाहरू पछाडि अगाडि गरिरहेका बेला मांसपेशीलाई अस्थायी रूपमा हाम्रो दिमागले निष्क्रिय पारिदिएको हुन्छ। जसले गर्दा सपना देखिरहँदा समेत शरीर हिँड्न चलबलाउन सक्दैन।


केही विज्ञको मान्यतामा सपनाको समयमा मानिसको स्मरणमा रहेका ताजा वा पुराना सोच वा अनुभवका अंशहरू पुनः प्ले हुन पुग्दा अनायास सपना देखिने गर्छ। यसरी देखिने सपनाले मानिसलाई आफ्नो स्मरणहरू दिगो भण्डार गर्न र मानिसको स्मरण शक्तिलाई मजबुत पार्न महत्वपूर्ण हुने विश्वास गर्छन्। अनुसन्धानले देखाए अनुसार चिन्ता, तनाव र केही नशालु औषधी सेवन आदिले सपनामा भावनात्मक रूपले सकारात्मक वा नकारात्मक दृश्य देखिने गर्छन्। एउटा अध्ययनले निर्क्योल गरे अनुसार सुतेका बेला मानिसले महसुस गर्ने राम्रो र नराम्रो गन्ध तथा बाह्य उत्तेजनाले सपना सकारात्मक वा नकारात्मक प्रकृतिको हुने कुरामा धेरै भूमिका खेल्ने गर्छ।


वैदिक दृष्टिकोणमा डरलाग्दा सपनाहरू मानिसको मानसिक असन्तुलन, नकारात्मक ऊर्जा वा पुरानो कर्मको प्रभावको कारणले आउने गर्दछ। जब दिमागमा तनावमा हुन्छ वा कुनै कारणले मनमा डर बसिरहेको हुन्छ, त्यो हाम्रो सपनामा डरलाग्दो रूपमा देखिने गर्दछ। आयुर्वेदको अनुसार शरीरको दोषको (वात, पित्त, कफ) असन्तुलन लाई सपना संग जोडिएको छ। विशेष गरी वात दोषको असन्तुलन डरलाग्दा सपना ल्याउने गर्दछ। सुखद सपना तब आउँछन् जब हाम्रो दिमाग शान्त, सन्तुलित र सकारात्मक ऊर्जाले भरिएको हुन्छ। खुसी, सन्तुलन र राम्रो कर्मले भरिएको जीवनमा सपना पनि सुखद र आनन्ददायक हुन्छ। आयुर्वेदले  शरीरका दोषहरू (वात, पित्त, कफ) सन्तुलित हुँदा त्यसले सुखद र आनन्ददायक सपना ल्याउने गर्दछ।


वैज्ञानिक दृष्टिले दुखद सपना तब आउँछ जब हामी तनाव, चिन्ता वा डरको अनुभव गरिरहेका हुन्छौ। खास गरी हाम्रो सुत्ने समयमा तीव्र रूपमा आँखाका नानीहरू घुम्दै गर्दा (Rapid Eye Movement) मस्तिष्कले हाम्रो भावनाहरू र सम्झनाहरू लाई मिलाउँदै गरेको हुन्छ। वैदिक अवधारणा संग सहमत हुँदै वैज्ञानिक दृष्टिकोणले पनि यो नै भन्दछ कि तनाव र चिन्ता कम गरेर प्राप्त हुने शान्त दिमागको अवस्था मार्फत निद्रा लाई मिठो गर्ने तथा डरलाग्दा सपना हटाउन सम्भव हुन्छ। वैज्ञानिक दृष्टि अनुरूप सुखद सपना तब देखिन्छ जब हामी आफूलाई आरामदायी, खुसी वा सन्तुष्ट राख्न सक्दछौ। तीव्र रूपमा आँखाका नानीहरू घुम्दै गर्दा आएका सूचनाहरूलाई मस्तिष्कले सकारात्मक भावनाहरू र अनुभवहरूको रूपमा राम्रो सपनाको चित्र स्मरणमा ल्याउने गर्दछ। वैदिक र वैज्ञानिक दुवै दृष्टिकोणले राम्रो मानसिक अवस्था र शान्त मन नै सुखद सपनाको कारक बन्ने देखिन्छ।


राइट ब्रेनलेफ्ट ब्रेन


सन्सारको तथ्यांक अनुसार झन्डै ९० प्रतिशत व्यक्ति देब्रे भन्दा दाहिने हात धेरै चलाउने भेटिन्छन्। यसको मुख्य कारण जेनेटिक वा आनुवंशिक रहेको छ। आनुवंशिक विकासका क्रममा देब्रे हातभन्दा उल्लेखनीय रूपमै अधिक संख्याका मानिसमा दाहिने हात सबल रहने परिस्थिति कसरी विकास भयो भन्ने विषय आजसम्म पनि विज्ञानले यकिनका साथ उत्तर पाउन सकेको छैन।


हाम्रो दैनिकीमा कतिपय अवस्थामा दायाँ हात राम्रो चलाउने व्यक्तिलाई बायाँ हात राम्रो चलाउने गरी तालिम दिन सकिन्छ । उदाहरणका लागि कतिपय कोचहरूले दाहिने हातले टेबलटेनिस, गल्फ, भलिबल आदि खेल्ने बच्चालाई देब्रे हातले खेल्न सिकाएर अधिक सफल सर्ट हान्न सक्ने बनाउने गरेका छन्।


उनीहरूलाई कस्तो तालिम दिएर यस्ता काममा पोख्त पर्न सकिन्छ भन्ने विषयको आफ्नै महत्व रहँदा रहँदै यो प्राक्टिसमा देखिएको सफलताले आनुवंशिक रूपमा एक हात राम्रो चल्ने गरी जन्मेका मानिसलाई जरुरत अनुरूप अर्को हात कुशल चल्ने प्राथमिकताका साथ हार्ड–वायरिङ सम्भव रहेकोतर्फ संकेत गर्छ। हालसालै गरिएको एक अनुसन्धानबाट मानिसको बायाँ–ब्रेन वा दायाँ–ब्रेनको क्षमताको सन्दर्भमा भने माथि बताइए जस्तो सजिलै एउटाले गर्ने काम अर्कोले गर्ने गरी हेरफेर वा हार्ड–वायरिङ गर्न सम्भव देखिएन।


स्नायु विज्ञान अन्तर्गतको मेडिकल क्षेत्रमा काम गर्ने मानिसले प्रत्यक्ष अनुभव गरेको कुरा के हो भने मानिसको मस्तिष्कको एक भागले गर्ने काम अर्को भागले गर्ने कामभन्दा फरक हुने गर्छ । जब दिमागको कुनै निश्चित भागमा रगतको आपूर्तिमा अवरोध आउँछ वा कम हुन्छ, तब मस्तिष्कका तन्तुमा अक्सिजन र पोषक तत्वहरू प्राप्त हुनबाट रोकिन्छ । उक्त समयमा ब्रेनका सेलहरू मिनेटमै मर्न थाल्छ जसलाई हामी स्ट्रोक भन्ने गर्छौ। स्ट्रोक एक चिकित्सकीय आपतकाल हो ।


उक्त समयमा जति छिट्टै उपचार गर्न सक्यो त्यति दिमागमा हुने क्षति र अन्य जटिलतालाई कम गर्न सकिन्छ। स्ट्रोकले मस्तिष्कको जुन भागलाई असर गर्छ त्यसका आधारमा शरीरको कुन कुन अंगमा कस्तो प्रभाव पर्छ भनी यकिन गर्न सकिन्छ। उदाहरणका लागि मस्तिष्कको दायाँ तर्फको भागमा पुगेको असरले बायाँ तर्फका हात र खुट्टाको गतिमा असर गर्ने र बायाँ तर्फको भागमा असर पुग्दा दायाँ तर्फको हात र खुट्टाको नियन्त्रणमा समस्या देखिन्छ।


दायाँ–ब्रेनमा हुने स्ट्रोकमा मस्तिष्कको दाहिने आधा गोलार्धमा कमजोरी पैदा हुने गर्छ। फलतः दायाँ–ब्रेनले नियन्त्रण गर्ने शरीरको बायाँ पट्टिको भाग दिमागको नियन्त्रण बाहिर जान सक्छ । जसले गर्दा कुनै वस्तु आफूबाट कति टाढा वा नजिक छ भन्ने जान्न अप्ठ्यारो पर्छ । मस्तिष्कले आफ्नो बायाँ भागको सन्देश पाउन नसक्ने हुँदा बायाँ भागको उपेक्षा गर्ने, निर्णय क्षमता गुम्ने र अन्तर्दृष्टि क्षमतामा परिवर्तन वा कमसलता आउने अवस्था बन्छ।


निर्णय क्षमतामा ह्रास आउने हुँदा शरीरको सुरक्षामै गम्भीर चिन्ता आइलाग्छ। छिटै आवेगमा आउने, कुनै पनि कुरामा छोटो समय मात्र ध्यान जाने र नयाँ कुरा सिक्न निकै ढिलो हुने लक्षण देखिन्छ। अनुहारमा कमजोर पन देखिने, बोली अस्पष्ट हुने र खाना निल्न समस्या देखिने जस्ता विकृति आइलाग्छ ।


बायाँ–ब्रेनमा हुने स्ट्रोकमा भने मस्तिष्कको बायाँ गोलार्ध कमजोर हुने हुँदा शरीरको दायाँ भाग मस्तिष्कको नियन्त्रण बाहिर पुग्छ । जस अन्तर्गत बोल्न समस्या हुने, लेखिएको वा भनिएको शब्द बुझ्ने क्षमतामा ह्रास आउने, बिस्तारै अत्यन्त सचेत बनेर मात्र हिँड्न सक्ने, दायाँ भागको सन्देश पाउन नसक्ने, दायाँ तर्फका वस्तुहरू देख्न नसक्ने, आफ्नो दायाँ भागको भए-नभएको महसुस नहुने, अनुहारमा कमजोरपन देखिने, बोली अस्पष्ट हुने र खाना निल्न समस्या हुने आदि समस्या आइलाग्छ।


मस्तिष्कको अर्को सबै भन्दा ठूलो दुई गोलाकार भागमा विभक्त सेरेब्रमले शरीरको मांसपेशीका साथै बोली, विचार, भावना, पढ्ने, लेख्ने र सिक्ने क्षमतामा नियन्त्रण गर्छ। सेरिबेलमले शरीरको सन्तुलन कायम गर्न ठूलो भूमिका खेल्ने हुँदा सेरेबेल र स्ट्रोकको समयमा चक्कर लाग्ने, शरीरले ब्यालेन्स गुमाएर अस्थिर बन्ने, पाखुरा, हात, खुट्टा अनियन्त्रित रूपमा चल्ने, बोली अस्पष्ट लर्बराउने, वाकवाकी लाग्ने, बान्ता आउने, आँखा छिटोछिटो चल्ने जस्ता समस्या देखिन्छ।


मस्तिष्कको तल्लो भागलाई ब्रेन स्टिम भनिन्छ जुन मेरुदण्डसँग जोडिएर मेरुदण्डको न्युरोनहरूलाई मस्तिष्क वा केन्द्रीय स्नायु प्रणालीसँग जोड्ने काम गर्छ। मस्तिष्कको ब्रेन स्टिमले मुटुको दर, श्वास र रगतको चापको नियन्त्रण गर्छ। त्यसको अलावा ब्रेन स्टिमले आँखाको चाल, सुन्ने शक्ति, बोली र निल्ने गतिविधिको समेत नियन्त्रण गर्न मद्दत गर्छ। ब्रेन स्टिम स्ट्रोकको प्रभावले डबल भिजन हुने, धमिलो दृष्टि देखिने, चक्कर लाग्ने, निल्न समस्या आउने, बोली अस्पष्ट हुने, सास फेर्न समस्या देखिने, पाखुरामा र गोडामा कमजोरी हुँदै पक्षाघात निम्तने र सतर्कताको स्तर न्यून गरिदिने गर्छ ।


परम्परागत मान्यतामा विश्वास गर्ने धेरै व्यक्ति हरेक मानिसको व्यक्तित्व, सोच, कार्यशैली तथा कार्य गर्ने तरिकामा उसको दाहिने दिमाग वा देब्रे दिमाग उपयोग गर्ने आनी बानीमा धेरै भर पर्ने ठान्छन्। परम्परागत विचार धारा अनुरूप दाहिने दिमाग प्रयोग गर्ने मानिस सहज, रचनात्मक र स्वतन्त्र रहेर सोच विचार गर्ने प्रवृत्तिका हुने गर्छन्।


उनीहरू गुणात्मक, बृहत वैचारिक अवधारणा युक्त विचारकका रूपमा रहन्छन् । उनीहरू सँग विश्वलाई वर्णनात्मक र व्यक्ति वा वस्तु परक हिसाबले अनुभूति गर्ने चरित्रको विकास भएको हुन्छ। जस्तै, आज बिहानै आकाश उघ्रिएको छ, तापक्रम समेत धेरै छ सायद साँझ पख कालो बादल उठ्ने र भारी वर्षा हुने त हैन भन्ने जस्ता तार्किक प्रकृतिको व्यावहारिक सोच उनीहरूमा पैदा हुने गर्छ ।


बायाँ दिमागको उपयोग गर्ने मानिस भने अधिक मात्रात्मक र विश्लेषणात्मक खुबीका रहने विश्वास गरिन्छ। तिनीहरू मूलतः विषयवस्तुको विस्तृत विवरणमा गहिरिएर ध्यान पु¥याउने र तर्कका आधारमा निष्कर्षमा पुग्ने प्रवृत्ति युक्त भेटिन्छन्। उनीहरूमा तर्कका आधारमा यस्तो हुन्छ होला भनी पूर्व अनुमान गर्ने बानी देखिन्छ । जस्तै मौसम बारेको पूर्वानुमान, आज २५ प्रतिशत अनुमानमा वर्षाको सम्भावना छ भनियो भने आकाशमा देखिएको बादलले वर्षा मेघ गर्जन समेत आउने अनुमान निकाल्छ्न।

सन् १९७९ मा पहिलो पटक मानिसमा बायाँ–ब्रेन र दायाँ–ब्रेन रहने अवधारणालाई प्रकाशित गर्ने लोकप्रिय पुस्तक ड्रोइङ अन द राइट साइड अफ ब्रेनमा उल्लेख भए अनुरूप दिमागको हार्ड–वायरिङ जसरी सुकै गरिएको होस्, दाहिने दिमागको सम्पर्कमा रहेर गरिने हरेक गतिविधिले कुनै पनि विषय वस्तुलाई भिन्न तरिकाबाट देख्न, बुझ्न र महसुस गर्न मद्दत पु¥याउने गर्छ।


ऊथाह विश्वविद्यालयका अन्वेषकहरूले सात र २९ वर्षबीचका एक हजारभन्दा बढी युवाको मस्तिष्कको स्क्यान गरी हेरेर फरक फरक व्यक्तित्व रहेको मानिसको दिमागको सञ्चालनको गतिविधिमा फरक रहने नरहने यकिन गर्ने योजना गरे । मानिसको व्यक्तित्व अनुरूप मस्तिष्कको एक पक्ष अर्को पक्षभन्दा बढी सक्रिय रहने वा एक आपसमा दरिलो संयोजनमा रहेर गतिविधि सञ्चालन हुने / नहुने मापन गर्ने विधि विकास गरियो । जस अन्तर्गत दिमागलाई जति क्षेत्रमा विभक्त गरी हरेक भागमा हुने गतिविधि मापन गर्ने व्यवस्था गरियो।


अनुसन्धानको प्रोटोकल अनुरूप जब सहभागी व्यक्तिहरूमा उनीहरूको व्यक्तित्व अनुरूप फरक फरक गतिविधि हुने-नहुने परीक्षण गरियो, त्यहाँ हुने गतिविधिमा व्यक्तिको व्यक्तित्व अनुरूप खासै कुनै फरक प्रकृतिको पक्षपाती गतिविधि सञ्चालित हुँदै गरेको प्रमाण फेला परेन । अनुसन्धानबाट आफ्नो व्यक्तित्व अनुरूप रचनात्मक व्यक्ति फरक व्यक्तित्वको मानिस भन्दा बढी आफ्नो बायाँ–दिमाग वा दायाँ–दिमागको उपयोग गर्ने भन्ने अवधारणा वैज्ञानिक रूपमा पुष्ट हुन सकेन।


सन् २०१३ मा उथाह विश्वविद्यालयले मस्तिष्कको स्क्यान गरी गरेको अध्ययनमा फरक फरक व्यक्तित्व भएका व्यक्तिको बायाँ वा दायाँ दिमागको गतिविधिमा फरक गतिविधि हुने कुराको त्यस्तो कुनै खासै उल्लेखनीय फरक पहिचान गर्न सकेन। वैज्ञानिक परीक्षणमा फरक फरक व्यक्तित्व रहेको मानिसको दिमाग सञ्चालनको गतिविधि समान प्रकृतिको भेटिएकाले मानिसमा बायाँ–ब्रेन र दायाँ–ब्रेन फरक फरक तरिकाबाट सञ्चालन हुने अवधारणा वैज्ञानिक रूपमा पुष्टि हुन नसकी अप्रमाणित सिद्धान्तमा सीमित रहेको निष्कर्ष नै न्युरो–वैज्ञानिकहरुको निष्कर्ष बन्यो। 


उपनिषद् र भागवत गीताको मान्यता अनुरूपको दिमाग वा मस्तिष्कबारे वैदिक अवधारणा व्याख्या गर्न रथको एक प्रख्यात उदाहरणको सहयोग लिइन्छ। जहाँ व्यक्तिको भौतिक शरीरलाई रथ मान्ने हो भने रथलाई विभिन्न दिशामा तान्ने घोडालाई व्यक्तिको इन्द्रिय ठानिन्छ। घोडाको लगाम हातमा लिएर रथ चलाउने चालकलाई दिमाग ठानिन्छ। पछिल्लो भाग मुख्य रथमा बसेर सवार गरिरहेको रथको मालिक उक्त यात्राको वास्तविक पर्यवेक्षक वा साक्षी हो । जो स्वयम उक्त यात्राको अवलोकन र अनुभूति दुवै गरिरहेको हुन्छ । त्यसलाई सबैले ‘म’ आफू भनेर सम्बोधन गर्ने गर्छन् । त्यो वास्तवमा आत्मा हो।


तैत्तिरीय उपनिषद् २.७ अनुसार ‘म’ भनेर आफूलाई चिनाउने हरेक व्यक्ति पाँच अलग अलग आवरण वा पञ्चकोश निर्मित रहन्छ। भौतिक शरीर (अन्नमय कोश), ऊर्जाको आवरण (प्राणमय कोश), मानसिक आवरण (मनोमय कोश), बौद्धिक आवरण (विज्ञानमय कोश) र आनन्द आवरण (आनन्दमय कोश)। हरेक आवरण (तह) को  पत्रपत्रलाई मिहिन रूपमा केलाउँदा आत्मा सबैभन्दा उच्च तहमा रहेर आनन्दमय आवरणको सम्पर्कमा बस्छ। आत्माको संयोजनमा आत्मासँग प्रत्यक्ष सम्पर्कमा रहने आनन्दले (ब्लिस) मानिसको सबैभन्दा बाहिरी आवरण बनाउने गर्छ।


आनन्दको तह भित्र बुद्धिमत्ताको तह (इन्टलेक्ट) रहन्छ। सम्पूर्ण शारीरिक र मानसिक प्रक्रियाहरू सञ्चालनका लागि ऊर्जाको अनिवार्यता रहन्छ। जसलाई प्राण भनिएको हो। बुद्धिमत्ता (इन्टलेक्ट) र आनन्दको (ब्लिस) तहमा समेत ऊर्जाको खपत हुन्छ। तसर्थ प्राणलाई बुद्धिमत्ता भन्दा भित्री तहका रूपमा लिइन्छ । प्राणभन्दा भित्रको तहका रूपमा हाम्रो भौतिक शरीर रहन्छ ।

आवरणगत रूपमा सबैभन्दा भित्री भौतिक शरीरको तह, त्यस बाहिरको ऊर्जाको तह र त्यो भन्दा बाहिर रहेको विचार समेतका तह मानव शरीरको मुख्यः तीन तहका रूपमा देखिन्छ। मानव शरीरको यी तीन तह अत्यन्त जटिल रूपमा एक अर्कासित जोडिएर शरीरको निर्माण भएको भेटिन्छ।


तीन तह बीचको जटिल अन्याँन्याँश्रित सम्बन्धका कारण फरक फरक प्रकृतिको ऊर्जा आपूर्तिले मानिसमा फरक फरक शारीरिक या मानसिक हबिगत पैदा गरिदिन्छ। शरीरको ऊर्जालाई शरीरको प्राण भनिन्छ। प्राणले भौतिक शरीर र मनोवैज्ञानिक प्रणाली (विचार) बीच नियमित संसर्गका लागि जरुरत पर्ने विनिमयको माध्यम वा मुद्राको काम गर्छ। मनोवैज्ञानिक प्रणाली भित्र बुद्धिमत्ता (इन्टलेक्ट), आनन्द (ब्लिस) र आत्मा (चेतना वा कन्ससनेस) गरी तीन उच्च आवरण पर्छ। उक्त तीन उच्च आवरणलाई संयुक्त रूपमा दिमाग वा मस्तिष्कको नामकरण दिइएको छ ।


मस्तिष्कमा जरुरत भए जति ठिक्क तरङ्ग युक्त ऊर्जाको आपूर्तिले शरीरको सन्तुलन कायम गर्छ। त्यो अवस्थालाई सत्वगुण भनिन्छ। जरुरत भन्दा अधिक रूपमा तरङ्गित ऊर्जाले उत्तेजना र बेचैनी पैदा गरिदिन्छ। जसलाई रजगुण भनिन्छ । जरुरत भन्दा कम तरङ्गित ऊर्जाले सुस्तता र अल्छीपन निम्ताउँछ। जसलाई तमगुण भनिन्छ।


संरचनागत रूपमा दिमाग पाँच वटा आधारभूत तत्व मिलेर बनेको हुन्छ । जसमा मन, अहंकार, चित्त, बुद्धि र आत्मा पर्छ । दिमाग यी पाँच तत्वलाई आकाश, वायु (हावा), अग्नि (आगो), जल (पानी) र पृथ्वी जस्ता पञ्चतत्वमा पुनः विभक्त गर्न नसकिने हुँदा मन, अहंकार, चित्त, बुद्धि र आत्मालाई दिमागका आधारभूत तत्व भनिएको हो। मन दिमागको पहिलो तह हो। मनले इन्द्रियहरू जस्तै श्रवण (कानमार्फत), स्पर्श (छालामार्फत), दृश्य (आँखामार्फत), स्वाद (जिब्रोमार्फत) र गन्ध (नाकमार्फत) ले हरेक क्षणमा प्राप्त गरेका अनुभूतिलाई सूचनाको प्राप्तिको (इन–पुट) रूपमा ग्रहण गरी अनुभूति (महसुस वा बोध) गर्छ। मानिसका हरेक इन्द्रिय फरक फरक प्रक्रिया मार्फत शासित र सञ्चालित हुने गर्छन्।


न्युरोनहरू मार्फत इन्द्रियहरूले फरक क्षणमा फरक प्रकारको परिवर्तित सूचना सम्प्रेषण गरिरहने हुँदा मनले नियमित रूपमा आफूलाई प्राप्त परिवर्तित सूचना जस्तो रूपमा प्राप्त भएको हो, त्यस्तै रूपमा अनुभूति वा बोध गर्ने कार्य गर्छ। हरेक व्यक्तिले आफूले आफूलाई ‘म’ भन्ने पहिचान बाट बुझ्छ। त्यसलाई अहंकार भनिन्छ ।


अहंकार मानिसले आफूले आफ्नो पहिचानबारे बनाएको व्यक्तिगत अवधारणा र अनुभवको मनोवैज्ञानिक रूप हो। म वा आफ्नै पहिचान जस्तो अहंकार बारेको संवेगात्मक निचोड निकाल्ने काम बुद्धिले गर्छ। बुद्धिले निर्णयमा बौद्धिकता वा इन्टलेक्टको विकास गर्न भूमिका खेल्छ। मन, अहंकार र बुद्धिलाई सामूहिक रूपमा मनका आन्तरिक उपकरण वा छोटकरीमा अन्तःस्करण भन्ने गरिन्छ। आधुनिक विज्ञानले भन्ने मस्तिष्क लाई वैदिक अवधारणाले मन (अनुभूति Mind), अहङ्कार (अनुभव Ego) र बुद्धि (बौद्धिकता Cognition) गरी तिन भागमा विभक्त गरेर अध्ययन गर्दछ।


चित्त (स्मरण Memory) लाई भने दिमागको स्मरणहरूको मौजाद राख्ने मेमोरी बैंक (Mental Memory) ठानिन्छ। दिमागमा रहने सम्झनाले दिमागलाई नियमित रूपमा काम गर्ने आधार तयार गरिदिन्छ। चित्त केवल स्मरणको मौजाद राख्ने एक निष्क्रिय मेमोरी बैंकका रूपमा नरहेर आफूले प्राप्त गरेको अनुभूति, पैदा भएका मनोभाव (गट–फिलिङ), इच्छा वा चाहना आदिको संयोजनबाट सृजित सक्रिय मेमोरी बैंकका रूपमा अस्तित्वमा रहन्छ। चित्त आफ्नो जीवनका विगतका वास्तविक अनुभूतिको आधारमा निर्माण भएको नितान्त निजी मान्यता र प्राप्त सूचनाहरूको भण्डारको रूपमा रहन्छ। जसलाई चित्त वृति पनि भनिन्छ।  


मानसिक जटिलताको सम्पूर्ण संरचना चेतनाको आवरण बाट घेरिएर रहेको हुन्छ। चेतनाको उक्त आवरणलाई आत्मा नामकरण गरिएको छ। आत्मा आफैँ ब्रह्माण्डको मूल तत्वको एउटा टुक्रा हो। जसले ब्रह्माण्डमा रहेको पर को– मूल आत्मा वा परमात्माको नियमित संसर्गमा रहेर मानवको जटिल मानसिक संरचना र ब्रह्माण्ड बीच नियमित संसर्ग स्थापित गराउँछ।


समग्रमा वैदिक तथ्यको मान्यता अनुरूप मानिसमा रहने बुद्धिमत्ता (इन्टलेक्ट) उसको आनन्दमय आवरण (ब्लिस) र बौद्धिक आवरणको (विज्ञानमय) संयोजनको हद र प्रभावकारिताले निश्चय गर्छ। चेतनाका रूपमा रहेको आत्माको बाह्य–आत्माको (परम – आत्मा / परमात्मा) नियमित सम्पर्क / सञ्चारमा रहेर उक्त बुद्धिमत्ता (इन्टलेक्ट) निर्मित हुने गर्छ। यो सन्दर्भमा मानिसमा बायाँ – ब्रेन र दायाँ – ब्रेन फरक फरक तरिकाबाट सञ्चालन हुने तथा दाहिने दिमाग प्रयोग गर्ने मानिस देब्रे दिमाग उपयोग गर्ने भन्दा अधिक संज्ञानात्मक कुशलतायुक्त हुने भनाइ वेदको अवधारणाका आधारमा समेत पुष्टि हुँदैन।


उक्त मान्यतामा हालसम्म विज्ञान वा वेद दुवैको एकै प्रकारको निचोड भेटिन्छ ।


गोलो आकारको बायाँ र दायाँ मस्तिष्क एकापसमा सेतो खरानी रङको स्नायु तन्तुको मोटो बन्डलले जोडिएको हुन्छ जसलाई कर्पस क्यालोसम भनिन्छ। बायाँ र दायाँ मस्तिष्क बीच कर्पस क्यालोसम मार्फत सूचना आदानप्रदान हुने र दैनिक मनोवैज्ञानिक कार्यहरू सुचारु हुने सुनिश्चित हुने गर्छ। सन् १९८१ मा स्प्लिट – ब्रेन (Split Brain) अनुसन्धानमा नोबेल पुरस्कार विजयी रोजर स्पाइरीको परीक्षणको निर्क्योल बाट व्यक्तिको उच्च सिर्जनात्मकता विकासमा राइट ब्रेन मात्रको होइन कि राइट–लेफ्ट सम्पूर्ण दिमाग बीचको प्रभावकारी संयोजन क्षमताले निश्चय गर्छ भन्ने प्रस्ट गर्दछ।


लगभग २०० मिलियन नर्व फाइबर युक्त कर्पस क्यालोसमले जति मजबुत रूपमा राइट र लेफ्ट ब्रेन बीचको सम्पर्क मजबुत बनाउन सक्छ, त्यति धेरै मानिसमा सिर्जनात्मकताको विकास हुने गर्छ । सन २०१३ मा रचनात्मक प्रतिभा युक्त महान् भौतिक शास्त्री अल्बर्ट आइन्स्टाइनको मस्तिष्कको विस्तृत तस्बिर जब बाहिरियो त्यसमा समेत न्युरो साइन्टिस्टले खैरो खरानी रङको बाक्लो दरिलो कर्पस क्यालोसम मार्फत नितान्त बलियो सँग राइट–लेफ्ट ब्रेनलाई अविश्वसनीय रूपमा जोडिएको फेला पारे ।


सन् २०१२ मा कोलजाटो एट अल लगायतका डच मनोवैज्ञानिकको एउटा टोलीको अध्ययनले मेडिटेसनले मानिसमा रचनात्मकताको विकास गर्न महत्वपूर्ण ठानिएका उत्प्रेरकलाई सक्रिय पार्ने निचोड निकाल्यो । मेडिटेसनले मूलतः बहुआयमिक संज्ञानात्मक क्षमता वृद्धि गर्ने, नयाँँ विचार र अनुभवमा खुलापन ल्याउने, स्मरण शक्ति बढाउने र सकारात्मक निर्णय गर्ने क्षमता वृद्धिमा सहयोग पु¥याएको भन्ने निचोड निक्लिएको थियो।


वर्षौं वर्ष लगाएर स्मरण प्रशिक्षणका रूपमा ४० हजार देखि एक लाख शब्द सम्मका संस्कृतका पाठहरू मौखिक रूपमै कण्ठस्थ गर्ने वैदिक संस्कृत पण्डितमा सन् २०११ मा इटालीको ट्रेन्टो विश्वविद्यालयले उनीहरूको दिमागको एमआरआई स्क्यान प्रविधि मार्फत भौतिक संरचनामा आएको असरबारे उन्नत अनुसन्धान ग¥यो ।


उक्त अनुसन्धानले पण्डितको दिमागको धेरै भागको भौतिक संरचना उल्लेखनीय रूपमा विकसित बनेको, दुवै गोलाकार सेरेब्रल भागमा खरानी रङको ग्रे म्याटर १० प्रतिशत भन्दा धेरै भेटिएको र कर्पस क्यालोसमको मोटाइमा समेत पर्याप्त वृद्धि भएको भेटेको थियो।


निचोडमा राइट ब्रेन र लेफ्ट ब्रेनबारे विज्ञान र वेदको समधारणा देखिन्छ। कुनै पनि व्यक्तिको उच्च सिर्जनात्मकता विकासमा उसको राइट ब्रेनको भूमिका हुने विषय आजसम्म न त विज्ञान न त तर्क न वेदको अवधारणा बाट नै प्रमाणित हुन सकेको छ। हालसम्म उपलब्ध प्रमाणित तथ्यहरूका अनुसार राइट र लेफ्ट लगायत समग्र दिमागबीचको प्रभावकारी संयोजन क्षमताले मानिसको सिर्जनशीलताको हदको निश्चय गर्छ ।


योग तथा मेडिटेसन गर्दा अथवा आफूलाई मनपर्ने कार्यमा लगातार अनुशासित रूपमा लागि रहँदा मस्तिष्क आफैँ ब्लिस जोनमा पुगी मस्तिष्कका सबै भाग एकापसमा उच्च संयोजनमा रहेर काम गर्ने अकल्पनीय हार्मोनीको विकास हुने हुँदा उनीहरूमा उच्च सिर्जनात्मकता विकास हुने यथार्थ नै आज सम्मको तथ्य र तर्कसंगत रूपमै प्रमाणित चुरो यथार्थ हो।


वेदमा मस्तिष्क ज्ञान


मानव विकाससँगै मानिसको दिमागको पनि विकास भएको छ। सामान्यतया, हाम्रो दिमागका विभिन्न भागहरू छन्: मेरुदण्ड र शरीरमा रहेको दिमाग (Spinal Cord), मेरुदण्डको डाँठ (Brain Stem), भित्री दिमाग (Limbic System) र बाह्य दिमाग (Neocortex)। हरेक दिमागको विकास क्रमिक रूपमा हजारौँ हजार वर्ष लागेर धेरै चरणहरू भएको मानिन्छ। तिनीहरू आफ्नो उत्पत्ति देखि नै आफूलाई सक्षम बनाउने गतिविधिमा सक्रिय हुँदै आएका छन्, जसले गर्दा प्रत्येकले आफ्ना दक्षता र विशेषता विकास गरेका छन्। तिनीहरूले बाँच्नका लागि विभिन्न तरिकाहरू अपनाएका भेटिन्छन्। यसरी, हाम्रो दिमागमा मुख्यतः चार तह देखिन्छन्। तिनीहरू आपसमा मिलेर काम गर्दा पनि सबैले आफू हाबी हुन चाहने स्वभाव राखेका देखिन्छन्। एक भागले अर्को भाग माथि आफ्नो विशेष क्षमता प्रयोग गरेर हरेक कार्यलाई आफ्ना अनुकूल बनाउन खोज्छ।


तिनीहरूको कार्यमा द्वन्द्वात्मक सहकार्य हुन्छ। दिमागको जुन भाग कुनै विशेष कामको लागि बढी दक्ष छ, त्यसले सो कामको नेतृत्व लिने गर्छ। जहाँ फरक-फरक कार्यहरूमा दिमागका विभिन्न भागहरूले नेतृत्व लिन्छन्। कुनै पनि कार्य हुँदा, सो क्षेत्रको काममा दिमागको जुन भाग अधिक दक्ष छ सोही भागले अन्य भागलाई पनि संयोजन गर्दै नेतृत्व गर्छ। हाम्रो चेतनाले जुन भागको नेतृत्वमा कार्य हुँदै छ, त्यही भागमा केन्द्रित भएर त्यहाँ भएका गतिविधि र घटनाबारे ज्ञान लिन्छ। यसरी मानिसको चेतना मस्तिष्कको जुन जुन क्षेत्र सक्रिय रहेको छ त्यही अवस्थित रहन्छ। जुन फरक फरक स्थानमा एकै चोटि पनि केन्द्रित हुन् सम्भव रहन्छ।


मस्तिष्कको स्पाइनल कर्ड (Spinal Cord) भाग शरीरको इन्द्रियहरू वाट र विभिन्न तन्तुहरू वाट प्राप्त जानकारी दिमागमा पठाउने, मांसपेशीका स्वचालित क्रियाहरू जस्तै चल्ने, खुम्चने, तन्किने आदि नियन्त्रण गर्ने, हातमा तातो वस्तु परेमा तुरुन्तै खिच्ने जस्ता रिफ्लेक्स एक्सन सञ्चालन गर्ने आदिमा दक्ष हुने हुँदा तिनै कार्यको नेतृत्व गर्दछ। ब्रेन स्टिमको  (Brain Stem) श्वासप्रश्वास (श्वास लिन र फाल्ने प्रक्रिया नियन्त्रण गर्ने), मुटुको गति नियन्त्रण गर्ने, निन्द्राको प्रक्रिया नियन्त्रण गर्ने, रक्तचापको नियन्त्रण गर्ने जस्ता कार्य दक्षताको क्षेत्र भएकोले त्यही कुराहरू सञ्चालनमा नेतृत्व लिन्छ। लिम्बिक सिस्टम (Limbic System) भने भावनात्मक प्रतिक्रियाहरू (आनन्द, दुख, डर), स्मृतिको निर्माण र संरक्षण तथा प्रेरणा र प्राथमिकता तय गर्ने कार्यमा दक्ष हुन्छ र त्यही जिम्मेवारीको नेतृत्व लिन्छ। नियोकोर्टेक्स (Neocortex) विचार र तर्क गर्ने क्षमताहरू, भाषाको समझ र विकास, जटिल निर्णय लिन र योजना बनाउने तथा संवेदनाहरू (छालाले स्पर्श गर्ने, आवाज सुन्ने, दृश्य देख्ने) जस्ता कुरा सम्पन्न गर्न दक्ष हुने गर्दछ। त्यसैले तिनै कुराको सञ्चालनमा नेतृत्व लिने गर्दछ।


मस्तिष्कको बारेमा जान्न न्युरो प्लास्टिसिटि बारे पनि जान्न जरुरी हुन्छ। मस्तिष्कले आफ्नो न्युरोनको सञ्जाल वृद्धि गरेर आपसमा सहकार्य गर्दै नयाँ नयाँ प्रविधि सिक्दै नयाँ नयाँ कग्निसन विकास गर्दै आफ्नो काम सुचारु गर्दछ। त्यो क्रममा त्यसले हरेक समय चारै तिर न्युरोनको सञ्जाल विकास गर्न जरुरी हुन्छ। कुनै कुरा सिक्ने क्रममा विकास भएको न्युरोनको त्यो सञ्जाल उक्त कुरा सिके पछि वा प्रयास उपयोगी नहुँदा जरुरी नहुने स्थिति आउँछ। त्यसो हुँदा तिनीहरूलाई हटाउनु पनि पर्ने हुन्छ। हामीले नर्सरीमा बिरुवाको गोडे जस्तो एकातर्फ चाहिएको तिर बिरुवा बढ्न दिने र नचाहिएको तिर पुर्निङ्ग गरेर काट छाँट गरेर त्यसलाई सुन्दर बनाउने गरिन्छ। मस्तिष्कको विकासको क्रममा चाहिएको स्थानमा न्युरोनहरू बिच नयाँ सञ्जाल बनाउने र नचाहिएको तिर काटेर फाल्ने काम जरुरी हुन्छ। जसलाई लर्निङ्ग र अँनलर्निङ्ग प्रक्रिया भनिन्छ। मस्तिष्कको त्यो लर्निङ्ग (Learning) र अँनलर्निङ्ग  (Unlearning) कार्य नै न्युरो प्लास्टिसिटि हो।  जसले गर्दा हाम्रो मस्तिष्क चुस्त मात्र हुँदैन, नयाँ कुरा सिक्ने, जरुरत भएको सूचना लामो समय सम्म राख्ने र अत्यन्त कम महत्त्व पूर्ण  नचाहिने सूचना स्मरण वाट हटाएर अधिक सूचनाका कारण दिमाग ह्याङ्ग हुन वाट जोगाउने गर्दछ।


न्युरोसाइन्सको हिसाबले हेर्दा हामीले हाम्रो दैनिक जीवनमा नयाँ बानी निर्माण गर्न दिमागका चार वटा मुख्य भागको विशेषताहरूको उपयोग गर्दा त्यसलाई जीवनमा प्रभावकारी रूपमा लागु गर्न सम्भव हुने छ। हामीले विकास गर्न खोजेको बानी वा चेतना (ज्ञान) सर्वप्रथम नियोकोर्टेक्सको चेतनामा आधारित सिकाइ मार्फत योजना बनाउँछ। आफ्नो मन पर्ने वा नपर्ने विषय अनुरूप १८ देखि २५४ दिन सम्म  निरन्तर अभ्यास गर्दा त्यसलाई लिम्बिक सिस्टमले आफ्नो नियमित बानीको रूपमा स्वीकार गर्दछ।


कार्य लिम्बिक सिस्टमको नियमित बानीको रूपमा स्वीकार भए पछि उक्त कार्य गर्दा मस्तिष्क आनन्द वा सफलता प्राप्तिको महसुस गराउने डोपामाइन मार्फत पुरस्कृत हुन थाल्दछ। जसले त्यसमा हाम्रो लगावको विकास हुन्छ। अभ्यासको निरन्तरता गर्ने बानीहरू केही समय पछि स्वचालित बन्दछ र बेसल ग्याङ्ग्लियाले यसलाई आफ्नो नियन्त्रणमा लिन्छ।  जसले गर्दा दिमागले कम ऊर्जा खर्च गरी ती कार्यहरूलाई स्वतः सम्पन्न गर्न थाल्दछ। त्यो हाम्रो दैनिकीमा परिवर्तन हुन्छ।


ब्रेन स्टिम र स्पाइनल कर्ड जस्ता मस्तिष्कका भागहरू प्रत्यक्ष रूपमा नयाँ  बानी निर्माण र त्यसलाई संस्थागत गर्न संलग्न हुँदैनन्। तिनीहरू जीवनका अन्य स्वचालित कार्यहरू जस्तै: सास फेर्ने, हृदय गति नियन्त्रण आदिमा भूमिका खेल्न व्यस्त रहेता पनि स्थापित बनिसकेको नयाँ बानीलाई निरन्तरता दिन जरुरी हुने शरीरको सामान्य क्रियाकलाप लाई नयाँ बानी मैत्री बनाउन उनीहरू सहज बन्दछन्। यसरी हरेक बानी बनाउन चरणबद्ध अभ्यास मार्फत इनाम प्रणाली सक्रिय गर्न र स्वचालित प्रक्रियाको उपयोग मार्फत दीर्घकालीन सफलता हासिल गर्न जरुरी हुने गर्दछ।


वैदिक दृष्टिकोणमा चाहिने कुरा सिक्ने, नचाहिने बिर्सने र नयाँ बानीको विकास गर्ने प्रक्रियामा आत्मज्ञान, अभ्यास र विवेक जरुरी हुने कुरा उल्लेख छ। वैदिक शास्त्रहरू विशेषतः उपनिषद् र भगवद्गीतामा सिकाइलाई दुई मुख्य भागमा बाँडेर हेरिन्छ। विद्या र अविद्या। विद्या भनेको आत्मज्ञान र आध्यात्मिक ज्ञान हो जसले मानिसलाई जीवनको परम सत्य बुझ्न, आफ्नो वास्तविक उद्देश्य पत्ता लगाउन र आफूलाई आत्मानुभूतिको मार्गमा लैजान मद्दत गर्दछ।


अविद्या भनेको भौतिक संसार सँग सम्बन्धित ज्ञान हो। विज्ञान र व्यवहारिक  विज्ञान दुवै अविद्यामा पर्दछ। जसलाई सिक्न अनिवार्य छ। त्यसको सिकाई वाट आफू आफ्नो खुट्टामा उभिने, समाजको परजीवी नबन्ने र सक्षम बन्ने गरिन्छ। तर त्यसको प्राप्ति पछि अन्ततः आत्मज्ञान प्राप्त गर्न अनिवार्य हुने छ। आत्मज्ञान विनाको विज्ञान उपयोगिता विनाको धन हुने छ।


वैदिक शिक्षामा नियमित प्रयास अर्थात् अभ्यास र वैराग्य अर्थात् त्यसमा असम्बद्धता (detachment) महत्त्वपूर्ण मानिन्छ। नयाँ बानीहरू सिक्न नियमित अभ्यासको आवश्यक हुन्छ। जब एक पटक कुनै बानी आत्मसाथ हुन्छ त्यो जीवन पद्धति बन्ने गर्दछ। जीवन पद्धति बनिसकेको बानीहरू नियमित रहला वा नरहला भनेर त्यसमा लागी रहनुले त्यसमा आफ्नो सम्बद्धता (attachment) पैदा गरिदिन्छ। तसर्थ त्यसमा वैराग्य अर्थात् असम्बद्धता (detachment) अभ्यास गरिनु पर्छ। जसले त्यो बानीलाई सहज रूपमा ग्रहण गरी सके पछि त्यसले विकास गर्ने अनावश्यक चाहनाहरू जीवन वाट हटाउन मद्दत गर्छ।


वैदिक प्रकृतिको सिकाइ प्रक्रियामा ध्यान र योग महत्त्वपूर्ण हुन्छन्। योगको माध्यमबाट मानसिक र शारीरिक अनुशासन सिकेर मानिसले आफ्ना अनावश्यक र अवाञ्छित बानी (Non-value added steps or operations) वाट मुक्ति पाउने गर्दछ। नयाँ सिकेका सकारात्मक बानी (Value added steps or operations) आत्मसात् गर्न सक्दछ। कुनै प्रोसेसको कुरा गर्दा योग भनेको नियमित सुधारमा लिन हुनु हो। जसमा भ्यालु एड पक्ष नरहेको (Non-value added) प्रोसेसका अंशहरू प्रोसेस वाट हटाएर त्यसलाई प्रभावकारी बनाइन्छ। त्यसैलाई स्थापित गरिन्छ।  वैदिक शिक्षाले सांसारिक मोह र आशक्ति त्यागेर आफूभित्रको ज्ञान (विद्या) र सत्य (आत्मा) लाई पहिचान गर्न प्रेरित गर्दछ। नयाँ सिकाइ संस्थागत (Institutionalizations) तथा दिगो (आन्तरिकीकरण - Internalization) गर्दै पुराना बानी वा प्रक्रियाका मूल्यहीन पक्ष त्यागिने गरिन्छ। यस प्रकारले वैदिक मार्गले त्यस्तो प्रकृतिको आत्म चिन्तन, अनुशासन र ज्ञानको महत्त्वमा जोड दिन्छ जसले मानिसलाई सही तर प्रभावकारी मार्ग तर्फ नियमित अग्रसर गर्ने गर्दछ।


ज्योतिष विद्या र आधुनिक चिकित्साको नेक्सस


मानव मस्तिष्कलाई इलेक्ट्रिकल इन्जिनियरिङ अन्तर्गतको कम्प्युटरको विभिन्न पार्टपुर्जा सँग तुलना गर्ने हो भने मेरुदण्डमा रहेका स्नायुले हाम्रो दिमागको केन्द्रीय सूचना प्रशोधन निकाय वा सीपीयूको भूमिका खेल्ने गर्छ। मानिसको सोच उसको टाउकोमा रहेको दिमाग नियन्त्रित हुन्छ भन्ने मान्यता झन्डै दशकअघि गलत प्रमाणित भएको हो। मेरुदण्ड र दिमागले शरीर भित्र फरक फरक एकाइका रूपमा नभई एकल एकाइका रूपमा मनोवैज्ञानिक काम गर्ने अवधारणा स्थापित भएपछि मनोवैज्ञानिक क्षेत्रमा निकै ठूला उपलब्धि हासिल हुन सम्भव बन्यो।


कालान्तरमा साइकोसोमाटिक सिस्टमको अभिन्न अंगका रूपमा रहेर शरीर र दिमागले संयुक्त रूपमा काम गर्नेतथ्य उजागर बने । जसले गर्दा साइको -बायोलोजी र साइको – न्युरो – इम्युनोलोजी जस्ता नयाँ विषयहरूले मनोवैज्ञानिक क्षेत्रको नेतृत्व लिन सम्भव बन्यो। प्रतिफलमा वैदिक अवधारणाबारे समेत गहिरिएर बुझ्ने अवसर विज्ञानलाई प्राप्त भयो।


मस्तिष्कको एउटा क्षेत्रले दिमागले गर्ने धेरै कार्य गर्न सक्ने हुँदा यसको एउटा भागको क्षतिको भर्पाई अर्को भागले सजिलै गर्न सक्ने यथार्थ आधुनिक चिकित्साले अनुसन्धान र भौतिक प्रयोग मार्फत प्रमाणित गरिदियो। जसले गर्दा शल्यक्रियाको माध्यमबाट मस्तिष्कको पर्याप्त भाग हटाइ दिँदा समेत एक व्यक्ति उचित मानसिक क्षमतामा सक्रिय रहेर आफ्नो सामान्य जीवन बिताउन सम्भव बन्यो। सो सम्भव हुनुमा मस्तिष्क–मेरुदण्ड प्रणालीले आपसमा मिलेर गर्न सहकार्यको मूल भूमिका भेटियो ।

यसको विपरीत शल्यचिकित्साको मध्यमबाट महिलाको गर्भबाट महिलाको सामान्य जीवन याँपनको दृष्टिबाट सुरक्षित देखिने केही भाग हटाउँदा भने महिलामा डिमेन्सिया जस्ता दिमागी समस्याले गाँजेको भेटिएको छ । आधुनिक शल्यचिकित्साको यस्ता धेरै अनुभवबाट मानव शरीरमा साइकोसोमाटिक सिस्टम ले उसको मस्तिष्कको अभिन्न अंगका रूपमा रहेर शरीर भित्र सक्रिय रहने तथ्य उजागर गर्न सक्यो।


मस्तिष्क–मेरुदण्ड प्रणाली एकल एकाइका रूपमा कार्यरत हुने यकिन भए तापनि मेरुदण्डको कुनै पनि भागमा सोच्ने कार्य भने सम्पन्न नहुने आधुनिक चिकित्साको आज सम्मको बुझाइ छ । वैदिक परम्परामा तर्क संगत सचेत दिमागलाई मन भनिन्छ भने अनुभूतिको आधारमा निर्मित अचेत दिमागलाई चित्त ।


पुरातन वैदिक अवधारणा अनुरूप दिमागका विभिन्न घटक मध्ये अहंकार एक हो । म भन्ने आत्मभाव वा पहिचान बोकेको अहंकार मस्तिष्कमा मैले म आफैँले सैद्धान्तिक रूपमा तय गरेको मेरो हैसियतमा बाँच्नै पर्छ भन्ने भावनाको बीजारोपण गर्ने गर्छ। मानिस बाँच्ने क्रममा भोग्नु पर्ने कथित खतराबाट जोगाउनु अहंकारको मुख्य भूमिका हो । जसमा मूलतः भौतिक सुरक्षा र सुरक्षित भविष्यको प्रत्याभूति दिलाउने गतिविधि पर्छन् ।


मानिसले नाक मार्फत प्राप्त गर्ने गन्धको अनुभूति दिमागको अहंकारको भाग सँग जोडिएको हुन्छ । दिमागका विभिन्न भागहरूले प्राप्त गर्न ऊर्जा मध्ये गन्धका रूपमा अहंकारको केन्द्रले प्राप्तगर्ने कम्पन सबै भन्दा न्यून हुन्छ । ज्योतिष शास्त्र अनुसार मस्तिष्कमा अहंकार विकास गर्ने लक्षण बुध ग्रहले ब्रह्माण्डमा दिने प्रभाव जस्तै हुने गर्छ। बुधबार मानिसकोअहंकारको केन्द्र धेरै प्रभावशाली वा शक्तिशाली रहने विश्वास गरिन्छ ।


चित्त वा भावनाले दिमागमा प्राप्त सूचनाको अनुभूति गर्छ। भोक लागेको, तिर्खा लागेको, निद्रा लागेको विषय होस् वा रति रागमा लाडिने इच्छा सबै नै चित्तले अनुभूति गर्छ। मूलतः बाह्य चेतना सँग सम्बन्धित नरहेको, आन्तरिक तर आफ्नो पूर्ण नियन्त्रणमा समेत नरहेको अवचेतन (अचेतन) प्रवृत्तिको अनुभूति गर्ने मस्तिष्कको भाग हो चित्त। चित्त केन्द्रमा भावनात्मक विचार जस्तै कल्पना, कलात्मक प्रेरणा, जैविक आवश्यकता सँग जोडिएका विषय वस्तुको सम्पर्क रहन्छ।


जिब्रो मार्फत दिमागमा प्राप्त हुने स्वादका सूचनाहरू चित्त केन्द्रमा जोडिएको हुन्छ। स्वादको सूचना बोक्ने ऊर्जाको कम्पन अहंकार केन्द्रमा प्राप्त हुने गन्धको कम्पन भन्दा अधिक हुने गर्छ। ज्योतिष मान्यता अनुसार चित्त केन्द्रका लक्षण शुक्र ग्रहका प्रभावसँग मिल्दो जुल्दो रहन्छ। मानिसको चित्त केन्द्र शुक्रबार धेरै प्रभावशाली वा शक्तिशाली रहने विश्वास गरिन्छ।


विभिन्न तर्क संगत कारणका आधारमा मैले यो गर्नुपर्छ वा म यो गर्न चाहन्न वा म यो सहन गर्न सक्दिनँ जस्ता आफ्ना सचेत शक्ति वा सचेत विचारको स्रोतका रूपमा मन लाई लिइन्छ। उपलब्ध तर्क संगत सोचलाई आन्तरिक मानसिक अन्तरकृया सँग जोडिएर दिमागले लिने निर्णयमा मनको भूमिका रहन्छ। मस्तिष्कको एक भागका रूपमा रहने मन–केन्द्र परम्परा र सामाजिक आवश्यकता सँग गहिरो सँग जोडिएको हुन्छ ।


विचाराधीन अवस्थामा रहेका विषय वस्तुबारे सकारात्मक र नकारात्मक पक्षको पहिचान गरी व्यावहारिक सम्भावना बारे मनले मूर्त सुझाव उपलब्ध गराउँछ। छाला मार्फत दिमागमा प्राप्त हुने स्पर्शको सूचना मनको केन्द्रसँग जोडिएको हुन्छ। स्पर्शको सूचना बोक्ने ऊर्जाको कम्पन चित्तकेन्द्रमा प्राप्त हुने स्वादको कम्पन भन्दा अधिक रहने गर्छ। ज्योतिष मान्यता अनुसार मन केन्द्रका लक्षण बुध ग्रहका प्रभावसँग मिल्दो जुल्दो रहन्छ। मानिसमा बुधबार मन केन्द्र धेरै प्रभावशाली वा शक्तिशाली रहने विश्वास गरिन्छ।

बुद्धि मानिसको मस्तिष्कको बौद्धिकताको केन्द्र हो। बुद्धिले हरेक विषयलाई विभिन्न मापदण्डका आधारमा विश्लेषण गरी त्यसबारे आलोचनात्मकता अवधारणा निर्माण गर्छ। कुन कुन कुरा भावनात्मक पक्ष हो र कुन कुन विषय तर्क, न्याय र व्यवहार संगत छ भन्ने तर्क संगत निर्णय लिने काम बुद्धिले गर्छ। बुद्धिले व्यक्तिको वैचारिक क्षमताको पहिचान दिलाउँछ।


यस परिस्थितिलाई सामना गर्न म सँग पर्याप्त स्रोत र अनुकूलता उपलब्ध छैन, यो कुरा मलाई राम्ररी थाहा छैन, म यो यो विषयमा निर्णय लिन सक्षम छु, म यो सजिलै प्रबन्ध मिलाउन सक्छु या यो कुरा गर्न मैले अझै पर्ख र हेरको नीति लिनुपर्छ जस्ता विचार सोच्ने र निर्णय लिने काम बुद्धिको हो ।


बुद्धि केन्द्रले दिमागको अन्य भागलाई समेत सन्तुलित र नियन्त्रण गर्न क्षमता राख्छ। आँखा मार्फत दिमागमा प्राप्त हुने दृष्टि सम्बन्धका सूचनाहरू बुद्धि केन्द्रसँग जोडिएको हुन्छ। दृष्टिको सूचना बुद्धि केन्द्र सम्म ल्याउने ऊर्जाको कम्पन मन केन्द्रमा प्राप्त हुने स्पर्शको सूचनाको कम्पन भन्दा अधिक रहने गर्छ। ज्योतिष मान्यता अनुसार बुद्धि केन्द्रका लक्षणहरू बृहस्पति  ग्रहका प्रभावसँग मिल्दो जुल्दो रहन्छ। मानिसमा बृहस्पति बार (बिहीबार) बुद्धि केन्द्र धेरै प्रभावशाली वा शक्तिशाली रहने विश्वास गरिन्छ ।


मस्तिष्कको मानसिक जागरूकताको केन्द्रलाई व्यक्तिको एक अतिरिक्त असाधारण क्षमताका रूपमा लिइन्छ। शरीर भित्रको वा यसको पहुँचको कुनै पनि क्षेत्र भित्र के भइरहेको छ भन्नेबारे जानकारी राख्ने काम मानसिक जागरुकताको केन्द्रको हो । मानसिक जागरुकता केन्द्रको हरेक क्षण अस्थिर र बेचैनी रहेर आफ्नो सम्पर्कको क्षेत्र भित्र के के भइरहेको छ भन्ने जानकारी लिने विशेषता रहन्छ। शारीरिक सचेत कार्यहरू गर्नका लागि जरुरत अनुरूपको आदेश मानसिक जागरुकता केन्द्रले दिने गर्छ ।


कान मार्फत दिमागमा प्राप्त हुने ध्वनि वा सुनाइ भाव मानसिक जागरुकता केन्द्रमा पुग्ने गर्छ। बुद्धि केन्द्रमा प्राप्त हुने दृष्टिको ऊर्जाको कम्पन भन्दा जागरुकता केन्द्रमा पुग्ने ऊर्जा ध्वनिको बढी कम्पन हुने गर्छ। ज्योतिष मान्यता अनुसार जागरुकता केन्द्रको विशेषता मंगल ग्रहको प्रभावसँग मिल्दो जुल्दो रहन्छ । मानिसमा मंगलबार जागरुकता केन्द्र धेरै प्रभावशाली वा शक्तिशाली रहने विश्वास गरिन्छ। अन्य दिनमा भन्दा हरेक हप्ताको मंगलबार घर झगडा अलि धेरै हुने कारण यसैलाई मानिन्छ।


मस्तिष्कको मुख्य सूचना केन्द्रका रूपमा यसको ज्ञान केन्द्र रहने गर्छ। सर्जरीका क्रममा अपरेटिङ टेबलमा पूर्ण सचेत रूपमा बसिरहेको बिरामीको दिमागको सतह (कर्टेक्स) लाई सिधै उत्तेजित गर्न क्रममा उसले आफूले बिर्सेका पुराना अनुभव पुनः सम्झने गरेको भेटिन्छ। मस्तिष्कको स्मरण रहेका खास अंशहरू अप्रेसन मार्फत जब हटाइन्छ, त्यो भागमा रहेका उसका विशिष्ट स्मृतिका अनुभव समेत हराउने गर्छ ।


मस्तिष्कमा रहने पिनियल ग्रन्थिलाई दिमागको ज्ञान सक्रिय गराउने केन्द्र वा थर्ड आई (तेस्रो आँखा) भन्ने गरिन्छ। पिनियल ग्रन्थिले मानिसको स्मरण तथा ज्ञानको संयोजन गरी दिमागलाई शान्त र धन्य राख्न सहयोग पु¥याउँछ। हरेक व्यक्तिको व्यक्तित्वको आसन ठानिने पिनियल ग्ल्यान्ड छैटौँ इन्द्रियसँग जोडिएको विश्वास गरिन्छ ।


छैटौँ इन्द्रिय मार्फत प्राप्त सूचना समेतको आधारमा मस्तिष्कको सूचना केन्द्रलाई सक्रिय तुल्याउने पिनियल ग्रन्थिले प्राप्त गर्न ऊर्जाको कम्पन मानसिक जागरुकता केन्द्रमा पुग्ने ध्वनिको कम्पन भन्दा उच्च रहन्छ । ज्योतिष मान्यता अनुसार मस्तिष्कको सूचना केन्द्रको विशेषता चन्द्रमाको प्रभावसँग मिल्दोजुल्दो रहन्छ। मानिसमा सोमबार (चन्द्रबार) मस्तिष्कको सूचना केन्द्र धेरै प्रभावशाली वा शक्तिशाली रहने विश्वास गरिन्छ ।


मस्तिष्कमा भण्डारण भएको स्मरण, ज्ञान जस्ता सूचनामा जरुरतका बेला प्रशोधन मार्फत दिमागले आफ्नो पहुँचमा स्थापना गर्छ। आधुनिक चिकित्साको अनुसन्धानको बुझाइ अनुरूप सूचनाहरू प्रशोधन टाउकोमा रहेको दिमागको भाग भन्दा मेरुदण्डमा अवस्थित दिमागका भागको मूल भूमिका रहने गर्छ। सूचना प्रशोधनमा मेरुदण्डका विभिन्न भागमा फरक फरक प्रकृतिका सूचना जागरुक गराउने भर्चुअल विन्दुहरू अवस्थित रहेको देखिन्छ ।


अहंकार–केन्द्र मेरुदण्डको आधार भागमा अवस्थित देखिन्छ भने चित्त–केन्द्र निजी गुप्तांगको पछाडिको भागको मेरुदण्डभित्र अवस्थित रहन्छ। मन – केन्द्र घाँटी र मुटु बीचमा रहेको थाइमस ग्रन्थिको पछाडिको भागको मेरुदण्ड भित्र अवस्थित देखिन्छ भने बुद्धि–केन्द्र नाइटो पछाडिको भागको मेरुदण्ड भित्र केन्द्रित रहेर कार्य सञ्चालन गरिरहेको बुझिन्छ। जागरुकताको केन्द्र घाँटीको पछाडिको भागमा रहेको मेरुदण्ड भित्र हुन्छ भने पिनियल ग्रन्थिको केन्द्र भने टाउकोमा बीच निधारको काल्पनिक थर्ड आईको भित्री भागमा रहन्छ। मस्तिष्कको मुख्य सूचना केन्द्र भने जसरी सूर्यको परावर्तित प्रकाशले चन्द्रमा चम्कन्छ, त्यस्तै पिनियल ग्रन्थिको केन्द्रमार्फत सञ्चालित रहन्छ ।


उदाहरणका लागि चित्त–केन्द्र निजी गुप्तांगको पछाडिको भागको मेरुदण्डभित्र भागमा अवस्थित रहने हुँदा यसको प्रभावको चक्रभित्र मानिसको यौन अंग सहजै पर्ने गर्छ। ओहियो स्टेट युनिभर्सिटीको टेरी फिसरको अनुसन्धानको टिमले हरेक पुरुषमा दिनमा औसत १९ पटक र महिलामा दिनमा १० पटक मैथुनबारे सोच विचार आउने कुरा वैज्ञानिक रूपमै प्रमाणित गर्न सफल बने। उक्त रिपोर्टले दिएको तथ्यले चित्त केन्द्रमा अधिक कामुकता कैद रहने ज्योतिष विचारधाराको मान्यतामा तुक रहेको सङ्केत गर्दछ। 


प्राचीन मान्यता अनुरूप चन्द्रमा र यसले लिने विभिन्न स्थानले हाम्रो शरीर, स्वास्थ्य र प्रकृतिसँगको हाम्रो सम्बन्धमा गहिरो प्रभाव पार्छ। चन्द्रमा र लुनर फेज भनिने औँसी–पूर्णिमाको चक्र अन्तर्गत चन्द्रमा फरक फरक स्थानमा रहँदा मानिसको शारीरिक र मानसिक स्वास्थ्यमा पर्ने असर बारे गरिएका फरकफरक आधुनिक वैज्ञानिक अनुसन्धानले औँसी–पूर्णिमाको चक्रले मानिसको शारीरिक र मनोवैज्ञानिक स्वस्थ र सबलतामा असर पु¥याउने धेरै प्रमाण  उपलब्ध गराउने गर्दछ। 


जर्मनीको अग्सबर्गको सेन्ट्रल अस्पतालका अन्वेषकहरूले १६ हजार हार्ट-अट्याक पीडितको सम्बन्धमा गरेको अध्ययनले औँसी र औँसी पछिको तीन दिन सबैभन्दा कम हृदयाघात हुने गरेको तथ्य उजागर ग¥यो । डाक्टरलाई लक्षित गरी प्रकाशित हुने अखबार पल्समा चिकित्सक डा. पिटर पेर्किंसले ७९ जना सामान्य चिकित्सकको अन्तर्वार्ता लिएर गरेको अर्को एक महत्वपूर्ण विस्तृत अनुसन्धानमा अस्पतालले इमर्जेन्सी सर्भिसका लागि प्राप्त गर्ने कल सामान्य दिनको तुलनामा पूर्णिमाको दिनमा तीन प्रतिशतले बढ्ने तर औँसीको दिनमा भने छ प्रतिशतले गिरावट आउने गरेको तथ्य भेटिएको समाचार प्रकाशित गर्यो।


सन् २००८ मा रोयल लिभरपुल युनिभर्सिटी अस्पतालले गरेको अनुसन्धानले युरोलोजी वार्डमा हुने इमर्जेन्सी एडमिसन पूर्णिमाको दिनमा अधिक र औँसीको दिनमा न्यून रहने निष्कर्ष निकाल्यो। युरोलोजी जर्नलले सन् २०११ मा अर्को फरक अनुसन्धान बारे प्रकाशित गरेको अध्ययनको रिपोर्टले मिर्गौलाको पत्थरीका कारण पीडामा रहेका लगभग १५ सय बिरामीको दुखाइ बारे अध्ययनमा अन्वेषकले पूर्णिमाको दिनमा दुखाइ वृद्धि भएको बिरामीले अनुभव गरेको भेटिएको उल्लेख गरेको छ।


सन् २०११ मा निजमेगेन स्थित रडबोन्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले पाँच हजार चार सय भन्दाधेरै बिरामीमा गरेको अध्ययनले पूर्णिमाको अवधिमा मनोवैज्ञानिक बिरामीको आपत्कालीन भर्ना बढेको रिपोर्ट सार्वजनिक ग¥यो। रिपोर्टमा उल्लिखित सुझावमा चन्द्रमाको गुरुत्वाकर्षणले मस्तिष्क कोषहरूमा रहेको दिमागको तरलताको प्रवाहलाई असर गर्ने र त्यसले मानिसको मुड र व्यवहारमा बदलाव ल्याउने तर्फ संकेत गरेको छ ।


ज्योतिष शास्त्रको मान्यतामा सूर्यले ताप र प्रकाश दिन्छ। हाम्रो शरीरमा परेको सूर्यको परावर्तित प्रकाशका कारण हामीलाई अरूले देख्न सक्छ। सूर्यबाट प्राप्त ध्वनि, ताप र प्रकाश हाम्रो शरीरको प्राण धान्ने जीवन्त शक्तिको प्रमुख स्रोत हो।


समग्रमा सूर्यको ताप र प्रकाश हाम्रो आफ्नो भौतिक शारीरको व्यक्तित्वको निर्माणमा प्रमुख भूमिका खेल्ने गर्छ। चन्द्रमाको चमक मार्फत हामीले प्राप्त गर्ने सूर्यको परावर्तित प्रकाशले भने हाम्रो भित्री रूप जस्तै व्यक्तित्व, सोच, भावना र स्मरणको निर्माणमा प्रमुख भूमिका खेल्ने गर्छ। चन्द्रमा जस्तै पृथ्वीमा आफ्नो प्रभाव राख्ने अन्य ग्रहको समेत हाम्रो भित्री रूप निर्माणमा प्रत्यक्ष–अप्रत्यक्ष भूमिका खेलि रहेका हुन्छन्।


चन्द्रमा र अन्य ग्रहमा ठोकिएर पृथ्वीतिर फर्किएको सूर्यको प्रकाशले हाम्रो निजी आन्तरिक विचार र भावनालाई त्यसमा रहने ऊर्जाको कम्पनका आधारमा फरक फरक तरिका बाट महसुस गर्न उत्प्रेरित गर्ने गर्छ। हाम्रो आफ्नै भित्री भावना समेत हामीले गर्ने अनुभूति अनुरूप अभिव्यक्तिका रूपमा फरक फरक टोन वा कम्पन युक्त ऊर्जाका रूपमा (जस्तै: बोली, हाउभाउ र नियत) व्यक्त हुने गर्छ। हाम्रो शरीरले आफ्नो ऊर्जा नियमित रेडिएसनका रूपमा समेत फालेर बाह्य वातावरणमा आफ्नो नियमित प्रभाव जमाइरहेको हुन्छ ।


जब हामीले प्राप्त गर्ने शक्ति शान्त वा गाढा अभिव्यक्ति युक्त रहन्छ, यसले हामी आफैँलाई नकारात्मक प्रभावबाट सम्पर्क विच्छेद गरी आनन्द र धन्यको भावनामा विकास गराउँछ। सूर्यको अलावा चन्द्रमा तथा अन्तरिक्षमा रहेर हाम्रो जीवनमा प्रभाव पार्ने दूरीमा रहेका ग्रहर अन्य वस्तु (जस्तैः प्रकृति) मार्फत आउने प्रकाश, विकिरण, ध्वनि र अन्य ऊर्जाको (जस्तैः चेतना) हामीमा पर्ने प्रभाव जस्तो किसिमको रहन्छ, त्यसै अनुरूप हामीले दिने सचेत तथा अचेत प्रतिक्रिया निर्माण हुन पुग्छ। हाम्रो जीवनमा आउने परिवर्तन, शारीरिक र मनोवैज्ञानिक स्वस्थ तथा सबलता आदि समेत हामीले हाम्रो वातावरण बाट प्राप्त गर्ने ऊर्जाको प्रकृतिले निर्धारण गरिदिन्छ।


ज्योतिषशास्त्रको मान्यता यिनै यथार्थको जगमा उभिएको देखिन्छ। उल्लेखित र त्यसै अनुरूपका अन्य धेरै विषय वस्तुको बहुआयामिक लेखाजोखा मार्फत ज्योतिष विद्याको विकास गरिएको छ। जस अन्तर्गत शरीरका विभिन्न शक्ति केन्द्र, उक्त शक्ति केन्द्र वरपर रहने चक्र र चक्रको गतिलाई हेरफेर गरी शरीरमा गरिने शक्तिको प्रवाह गर्ने कुशलता आदिमा समेत ध्यान दिएर विभिन्न ध्यान, मेडिटेसन, योग, तपस्या विधि आदिको विकास भएको छ।


अर्कै ग्रहबाट पृथ्वीमा आए हाम्रा पुर्खा


पृथ्वीको उमेर करिब ४.५४ अर्ब वर्ष अनुमान गरिएको छ। यो अनुमान उल्कापिण्ड सामग्री र पृथ्वीका सबैभन्दा पुराना चट्टानहरूको रेडियो मेट्रिक उमेर मापनको प्रमाणका साथै सौर्य मण्डलको निर्माणको प्रमाणमा आधारित छ। होमो सेपियन्स मानव जीवन पृथ्वीमा करिब ३ लाख वर्ष पहिले देखापरेको अनुमान गरिएको छ। होमो इरेक्टस करिब १९ लाख वर्ष पहिले र होमो हाबिलिस करिब २.१ मिलियन वर्ष पहिले देखा परेको विज्ञानको अनुमान छ। हामीले बुझे अनुसर पृथ्वीमा आधुनिक मानव सभ्यताको विकास भएको त केवल २ लाख बर्ष मात्र भयो ।


मानव सभ्यता औद्योगिकीकरणको युगमा करिब सन्  १७६० मा मात्र प्रवेश ग¥यो । जब मानव सभ्यता औद्योगिकीकरणको युगमा प्रवेश ग¥यो, हामी एकमाथि अर्को उत्कृष्टता प्राप्त गर्न सुरु ग¥यौ । बिसौँ शताब्दीको दोस्रो दशक चुम्दै गर्दा निकै छोटो समयमा हामीले धेरै उपलब्धि गरिसकेका छौँ । अहिले हामी आफू मात्र हैन आफू बसेको ग्रह पृथ्वी र पूरा ब्रह्माण्डको नै हेरचाह कर्ताका रूपमा हाम्रो जिम्मेवारी र चासो देखाउन सक्ने अवस्थामा पुगिसकेका छौँ । यदि पृथ्वीलाई आणविक युद्ध आदिबाट बचाउन सकियो, यसमा अन्तरिक्षबाट आउने उल्का, स्टेरोइड आदि ठोकिएर वा अन्य कुनै अकल्पनिक विपत्तिले हस्तक्षेप गरेन भने अझै कम्तीमा १७५ करोड वर्ष पृथ्वीले मानव जीवन थेगेर हाम्रो अस्तित्व कायम राखि राख्ने छ ।


पृथ्वी मात्र हैन अन्य ग्रह समेत कुनै जमानामा जीवन यापन योग्य थिए। हाल पनि कतिपय ग्रह जीवन यापन योग्य हुनुपर्छ भन्ने अनुमान छ । वैज्ञानिकहरूले अनुमान गरेका छन् कि सूर्यको चमक बढ्दै गएको आधारमा समयसँगै, सूर्य झन् तातो हुँदै जाने छ। जसले पृथ्वीमा तापक्रम नियमित बढ्नेछ। अन्ततः महासागरहरू वाष्पीकरण भएर ग्रहलाई जीवनका लागि बस्न योग्य बनाउने छैन।


यो अनुमान अनुरूप पृथ्वी अर्को ५० करोड देखि १ अर्ब वर्षसम्म मानवहरूको लागि बस्न योग्य रहनेछ।


पृथ्वी मानवहरूको लागि बस्न अयोग्य भएको दिन सौर्य मण्डल भित्रको मङ्गल ग्रह हालको अवस्थामा मानिसको लागि उपयुक्त बसाइ सराई गर्ने ग्रह हुन् सक्दछ।  मङ्गल ग्रहको गुरुत्वाकर्षण पृथ्वीको करिब ३८% छ। जसले गर्दा त्यहाँ काम गर्न मानिस लाई सहज हुनेछ। मङ्गल ग्रहको एक दिन करिब २४.६ घण्टाको। यसको सतह मुनि जमेको पानी पिउन, खेती गर्न र अक्सिजन उत्पादन प्रयोग गर्न सकिन्छ। कार्बन डाइअक्साइडले बनेको वायुमण्डल पातलो भए पनि अन्तरिक्षको विकिरणबाट त्यसले केही सुरक्षा दिने हुँदा मानवीय बसोबासका लागि उपयुक्त हुने सम्भावना रहेको हो। अन्य विकल्पमा बृहस्पति र शनि ग्रह हुन् सक्दछन्, तर ती अत्यधिक टाढा उपयुक्त वायुमण्डलको अभावका कारण धेरै चुनौतीपूर्ण कठोर वातावरण युक्त छन्। आवास निर्माण, अक्सिजन उत्पादन, खाद्य उत्पादन र विकिरणबाट सुरक्षा गर्न सक्दा हाल सम्म हामीलाई प्राप्त सूचना अनुसार मङ्गल ग्रहलाई पूर्ण रूपमा मानिसको पहुँच पुर्‍याउन र बस्न योग्य बनाउन सम्भव देखिन्छ।


अनुमानित हिसाबकिताब अनुसार मानिसले लगभग ६०० करोड वर्ष वर्षभित्रै पृथ्वीलाई पूर्ण रूपमा छोडेर आफू बाँच्न सकिने नयाँ ग्रहमा बसाइँ सरिसकेको हुनुपर्ने छ। सम्पूर्ण मानव जातिको जीवन रक्षाका लागि नयाँ ग्रहको बसाइँ सराइमा मात्र सीमित मानिस र उनीहरूसँग नयाँ ग्रहमा जीवनयापनका लागि सहज हुने अत्यन्त लाभदायी विषयवस्तु मात्र लैजाने परिस्थितिको विकास हुनेछ ।


पृथ्वीमा रहेका पैसा, जुहारत, घर, गाडी नयाँ ग्रहमा उपयोगी रहने छैनन्।


जीवन यापनका लागि जरुरी गाँस, बास र कपास लैजान उपलब्ध यात्राको साधन पर्याप्त रहने छैन । त्यो अवस्थामा मानिसले पृथ्वीमा रहँदा गरेका उपलब्ध गरेका ज्ञान र प्रविधिको सँगालो उसको नयाँ ग्रहमा लिएर जाने सबैभन्दा उत्तम र लाभकारी विषय हुनेछ । जुन नयाँ ग्रहमा नयाँ जीविका सुरु गर्ने अद्यावधिक गरिएको चार खण्डमा बाँडिएको ज्ञानको माइक्रो चिप्स हुनेछ। त्यो नयाँ र परिष्कृत ज्ञानको भण्डार नयाँ वेदका रूपमा नयाँ ग्रहमा अस्तित्वमा रहनेछ ।


नयाँ ग्रहमा मानिस बसाइँसराइ हुने क्रममा भविष्यमा अस्तित्वमा आउने भनी अनुमान गरिएको ज्ञानको माइक्रोचिप्स समग्रमा अद्यावधिक गरिएको चार खण्डमा बाँडिएको वेदका रूपमा नै अस्तित्वमा रहने भनी यहाँ अनुमान गरिनुको पछाडि निकै अहम् कारण रहेको छ। उक्त कारण बुझ्न वेदको चुरो यथार्थबारे जान्नु जरुरी हुन्छ ।


संस्कृतमा वेद शब्दको अर्थ ज्ञान भन्ने हुन्छ । परम्परागत रूपमा द्रष्टा, सन्त तथा ऋषिहरूले सिधै ब्रह्मबाट प्राप्त ज्ञान लिपिबद्ध गरी सञ्चारित गरिएको शास्त्रलाई श्रुति भनियाँ । ऋग्वेद, सामवेद, यजुर्वेद र अथर्ववेद गरी चार वटा श्रुति कालान्तरमा वेद र उपनिषद् रूपमा अस्तित्वमा रहे । वेद जस्ता अलौकिक ज्ञानको अध्ययनपश्चात् मानवमा विकसित अन्तरज्ञानको उपयोग गरिँदै तयार गरिएको शास्त्रलाई स्मृति भनियो। जस्तै, वेदांग, उपवेद, उपांग, धर्मसूत्र, पुराण, रामायण, महाभारत आदि सबै स्मृति हुन् ।


लगभग लगभग तीन चार  लाख वर्ष पहिले आफू बसिरहेको ग्रह जब जीवनयापन योग्य रहेन र ब्रह्माण्डबाट उक्त ग्रह नष्ट हुँदै गरेको अनुभूति प्राप्त ग¥यो तब मानिसले आफ्नो जीवनयापन योग्य ग्रहको खोजीमा लग्यो। तत्कालीन उपलब्ध ज्ञानको उपयोगले मानिसले आफ्नो जीवनयापन योग्य ग्रह पृथ्वी रहेको पत्ता लगायो । उक्त समयमा पृथ्वीमा अन्य जीवसमेत अस्तित्वमा रहेको जानकारी प्राप्त गरेको मानिसले अन्तिम समयमा हाल अस्तित्वमा नरहेको ग्रहबाट पृथ्वीमा बसाइँ स¥यो ।


नयाँ ग्रहको बसाइँसराइमा मात्र सीमित मानिस र उनीहरूको नयाँ ग्रहमा जीवनयापन सहज पर्न लाभदायी हुनेमध्ये सबैभन्दा मूल्यवान् तत्कालीन अवस्थामा मानिसले विकास गरेका ज्ञान र प्रविधिका रूपमा चार वेद आफू सँगै लिएर आए । सुरुमा नयाँ ग्रहमा आफ्नो जीविका अनुकूलन बनाउन महत्वपूर्ण समय खर्च हुन गयो। पृथ्वी भित्रकै आन्तरिक बसाइँसराइले भिन्नभिन्न झुन्डमा बस्तीहरू विकास भयो। विभिन्न वैज्ञानिक परीक्षण हुँदै मानिसले आफ्नो जीविका दिनदिनै सहज गर्दै लाने र प्रगति पथमा लम्किरह्यो ।


कालान्तरमा एकातर्फ आफूसँग लिएर आएको चार वेदको अध्ययनमा रहेका मानिसले वेदलाई परम्परागत रूपमा द्रष्टा, सन्त तथा ऋषिहरूले सिधै ब्रह्मबाट प्राप्त गरी लिपिबद्ध गरिएको ज्ञान वा श्रुति ठानी ग्रहण गरे । समय र परिस्थिति अनुरूप कालान्तरमा मानिसद्वारा वेद लिपिबद्ध गर्ने क्रममा पृथ्वी सम्बन्धका र धर्मका कतिपय तथ्यहरूसमेत वेदमै संलग्न हुने गरी पुनर्लेखन गरियो । नयाँ स्मृति तथा विविध धर्मका सिद्धान्तसमेत प्रतिपादित गरिए। अन्ततोगत्वा वेदको व्यावहारिक पक्ष पछाडि प¥यो। सैद्धान्तिक पक्ष त्यसमा पनि वैराग्यको पक्ष धेरै खोतलियो।


अर्कातर्फ वैज्ञानिक परीक्षण एकमाथि अर्को सफल बन्दै गयो । आश्चर्यजनक उपलब्धिसमेत हात लागे । देखिएको र सुनिएकोमा विश्वास गर्ने, अनुभूति गरिएकोमा अविश्वास गर्ने प्रवृत्तिले धेरै नै प्रश्रय पायो। विज्ञानको एक छत्र वाहवाही बीच जीव विकासको सिद्धान्त जस्ता सैद्धान्तिक चुरोसम्म नपुगेका वैज्ञानिक सिद्धान्तले समेत सामाजिक स्वीकार्यता पाए ।


जब विज्ञान आणविक र क्वान्टम युगमा प्रवेश ग¥यो तब मानिसले पृथ्वीमा आएर विज्ञानमार्फत निक्र्योल गरेका कतिपय कुरा आफ्ना चार वेदमा बताइएका महसुस मात्र गरेन, त्योभन्दा निकै परसम्मको विषयवस्तुबारे इंगित गरेको अनुभूति गर्न थाल्यो । मानिस बाहिरी ग्रह वाट पृथ्वीमा आएको कुरा वेद र विज्ञान दुबैमा उल्लेख भएको मैले देखिन। वेद र विज्ञानको अनुसार यो कुरा लेखकको अनुमानको हो। यो पुष्टि भएको विषय समेत रहेन।


पृथ्वीमा सयौँ वर्षदेखि वैज्ञानिक ग्रहणले लुकाइदिएको वैदिक यथार्थता बिस्तारै प्रस्ट हुँदै गर्दा आजको दिनसम्म आइपुग्दा  नयाँ अनुमान गर्ने अवसर हामीलाई मिलेको छ। वैदिक यथार्थ ज्ञानको धेरै कुरा प्रस्टिँदै गएर समाजमा नयाँ सूचना पुगिरहेको छ। आगामी दिनमा वेद र विज्ञानको सबल पक्षको संयोजनमार्फत मानव जीवनलाई अझ सहज बनाई मानवीय उत्कृष्टताको प्राप्तिको दिशामा गतिविधि अघि बढेको देखिनु वास्तवमै अत्यन्त स्वागतयोग्य क्षण वा समय रहने छ।


वैज्ञानिक दृष्टिमा नागमणि


नागमणिबारे वैज्ञानिक लेख सबैभन्दा पहिले प्रोफेसर हेन्सोल्डट, पीएचडीले सन् १८९० मा हार्पर नामक मासिक पत्रिकामा प्रकाशित गरेको भेटिन्छ। उनको उक्त लेखपश्चात् वैज्ञानिक समुदायमा यथार्थमा नागमणि रहने तर त्यो सर्पको शरीरभित्र बन्ने जैविक प्रकृतिको नभएर सर्पले बाहिरबाट संकलन गरिराख्ने एक प्रकारको प्राकृतिक रेयर अर्थयुक्त मूल्यवान् खनिज रत्न वा पत्थर भएको खुलासा भयो। उक्त वैज्ञानिक खुलासापश्चात् यसबारे वैज्ञानिक समुदायमा समेत धेरै चासो बढेको र यस्तै प्रकृतिको मूल्यवान् खनिज रत्नहरूबारे खोजी व्यापक बनेको देखिन्छ ।


प्रोफेसर हेन्सोल्डटले लेखे अनुसार अनुसार उनले कोब्रा मोती भनेर चिनिने प्राकृतिक रूपको नागमणि श्रीलंकामा उनकै आँखाले देखे । सिलोन छोड्नुपहिले उक्त मोतीका केही टुक्रा उनले किनेर आफूसँगै ल्याए । त्यसको परीक्षणबाट उनलाई उक्त मणि क्लोरोफेन नामक अत्यन्त दुर्लभ खनिज रहेको थाहा भयो ।


विविधतायुक्त रातो–गुलाबी (पिंक), रातो, रातो–खैरो, पर्पल (बैजनी) र हरियो रङमा पाइने क्लोरोफेन आफैँमा एक दुर्लभ क्याल्सियम फ्लोराइडयुक्त फ्लुओरस्पर हो । कुनैकुनै प्रकारका क्लोरोफेनहरू अत्यन्त संवेदनशील प्रकृतिका हुन्छन्। केही समय मानिसको हातले च्याप्प समातेर लिँदा मात्र पनि हातको छिनभरको हल्का तातोले मात्र पनि अन्धकारमा घण्टौँ इलेक्ट्रोम्याग्नेटिक रेडिएसन निकाली प्रकाश निकाल्न अर्थात् फास्फोरेन्सका लागि पर्याप्त हुने गर्छ ।


जस्तै: बर्लिनका प्रख्यात खनिजविज्ञ गुस्तभ रोजले साइबेरियाको अल्ताई पर्वतहरूमा पाइने प्रख्यात क्लोरोफेनका गिट्टी वा टुक्राहरू मात्र दिनभर सूर्यको किरण प्राप्त गरेका भरमा अन्यत्रबाट कुनै तातोपन नलिई रातभर तीव्र रूपमा आफैँले निकालेको प्रकाशको चमकले चम्कने गरेको पाएका थिए ।


फ्लोराइट सामान्यतया छोटो तथा लामो तरंगको पराबैजनी प्रकाशका अन्तर्गतको निलो–बैजनी रङको प्रकाश उत्पादन गरी चम्कने गर्छ । कुनैकुनै भने क्रिम वा सेतो रङको प्रकाश निकालेरसमेत चम्किएको भेटिन्छ । यथार्थमा क्याल्सियम फ्लोराइट निर्मित धेरै क्लोरोफेन फ्लोरोसेन्स गुणयुक्त हुने गर्दैनन् । जब उक्त फ्लोराइटमा युट्रिएम, युरोपियन, समारिएम वा तिनका अन्य तत्वहरू क्याल्सियम फ्लोराइटयुक्त खनिजमा न्यून मात्रामा अर्थात् ट्रेस मात्रामा मिसिन्छ तब फ्लोरोसेन्स अर्थात् प्रतिदीप्ति सम्भव रहने अनुमान गरिन्छ ।


दिनभर सूर्यको किरणबाट विशेष प्रकारका क्लोरोफेनको इलेक्ट्रोनहरू इनर्जी खिची लिएर उत्साहित बनी माथिल्लो अर्बिटमा गएर घुम्ने गर्छ । बेलुकीको समयमा सूर्यको किरणबाट शक्ति प्राप्त नहुने हुँदा आफ्नै नियमित स्थानको कम इनर्जीको अर्बिटलमा फर्कने क्रममा दिउँसो खिचेर राखेको शक्ति ओकल्ने गर्छ । यसरी ओकलिएको वा फालिएको शक्ति प्रकाशको किरणका रूपमा बाहिर निस्कने हुँदा रातको समयमा क्लोरोफेन चम्कने गर्छ।


जुनकीरीले रातिको समयमा प्रकाश निकाल्छ । जुनकीरी मानिसले मन पराउने कारण के हो भने तिनीहरूले आफैँले हरियो र पहेँलो रङको अत्यन्त सुन्दर प्रकाश उत्पादन गर्ने गर्छन् । जुनकीरी आफैँमा बायोलुमिनिसेन्ट गुणयुक्त हुन्छ। जुनकीरीको शरीरमा रहेको जैविक प्रकाश उत्पादन गर्ने दुई प्रमुख मलिकुल लुसी–फिरिन र लुसी–फिरेज निकै लामो समयदेखि औषधी विज्ञानमा प्रयोग हुँदै आएको छ। जुनकीरीको पछाडिको भागको फोटिक अंगले प्रकाश उत्पादन गर्ने दुवै मलिकुललाई एक्लैएक्लै नियन्त्रणमा लिने गर्छ । फोटिक अंगमा जुनकीरीले लुसी–फिरिन र लुसी–फिरेजलाई एकापसमा मिसिन दिन्छ तब त्यहाँ प्रकाशको किरण निस्कन्छ ।

जीवविज्ञान र चिकित्सा प्रणालीको अनुसन्धानमा प्रायः गरेर जैविक अणुहरू पत्ता लगाउन आवश्यक पर्छ। उदाहरणका लागि क्यान्सरको उपचार गर्नका लागि डाक्टरहरूलाई के बिरामीको शरीरमा क्यान्सरको ट्युमरका कोषिकाहरूको उपस्थिति छ वा छैन भनी यकिन गर्ने अत्यन्त छिटो र भरपर्दो तरिकाको आवश्यकता पर्छ। हालसम्म उक्त कुराहरू पत्ता लगाउने विभिन्न परीक्षणका विधि उपलब्ध भए तापनि तिनीहरू प्रायः धेरै समय लिने र अधिक खर्चिला छन्।


यसै सन्दर्भमा वैज्ञानिकहरूले जुनकीरीमा प्रकाश निकाल्ने खुबी राख्ने इन्जाइमलाई रासायनिक रूपमा टुइक्स वा फरक प्रकृतिको इन्जिनियरिङ गरी आफूले पहिचान गर्न चाहेको जैविक अणुका प्रकारहरू बिरामीमा रहेको नरहेको यकिन गर्नका लागि संकेत दिने प्रयोजनमा उपयोग गर्न सफल बने।


जुन अत्यन्त सस्तो, सरल र लक्षित गरिएको जैविक अणुहरू छिटो पत्ता लगाउन सक्ने उपाय बन्न सक्यो । फलतः आज जुनकीरीको फोटिक अंगबाट प्राप्त गरिने लुसी–फिरिन र लुसी–ज्ञफिरेज क्यान्सर, स्ट्रोक, एड्स, स्वतः प्रतिरक्षाका विकार, रगतका विभिन्न रोग, हृदयाघातको क्षति यकिन गर्न उपयोगमा आउँछ। त्यसमा पनि अति महत्वपूर्ण प्रकृतिको स्नायुहरूको क्षति हुने अल्जाइमर जस्ता रोग तथा कोषलाई मार्न वा बढ्न नदिनका लागि औषधीको प्रयोग गर्न आवश्यक पर्ने अन्य विकारबारे परीक्षणमा समेत लुसी–फिरिन र लुसी–फिरेज उपयोगमा आउने गरेको छ।


बायोलुमिनिसेन्ट रासायनिक प्रतिक्रियामा संलग्न हुने लुसी–फिरिन एक फोटो–प्रोटिन हो जसले प्रकाश निकाल्छ। लुसी–फिरिनले पहेँलो वा हरियो प्रकाश बनाउनका लागि चार्ज आयोनको आवश्यकता पर्छ। जुनकीरीको शरीरको मनोवैज्ञानिक, भौतिक र रासायनिक प्रतिक्रिया तथा अझै राम्रोसँग बुझी नसकिएको प्रतिक्रिया मार्फत लुसी–फिरेज नामक इन्जाइमको सहजीकरणमा प्रकाश बन्ने प्रक्रियाहरू ट्रिगर हुने गरेको भेटिएको छ ।


समग्रमा रासायनिक उत्प्रेरक इन्जाइम लुसी–फिरेज अक्सिजनसँगै जोडिएर सब्सट्रेट प्रोटिन लुसी–फिरिनसँगको रासायनिक प्रतिक्रिया सम्पन्न गराएर प्रकाश उत्पादन सम्भव पार्छ । अक्सि–लुसी–फिरिन र पानी सहउत्पादनका रूपमा पैदा हुन्छ ।

भाले–पोथीको मिलन र मौसमी सम्भोगमा रमाउने जुनकीरी एक सम्भोगको मौसमदेखि अर्को सम्भोगको मौसमसम्म एक–दुई वर्ष मात्र बाँच्ने गर्छ। सम्भोगको मौसममा तसर्थ प्रायः पुरुष जुनकीरीहरू आफ्नो सिकारीबाट बच्न र सम्भोगका लागि विपरीत लिंगी साथीलाई आफूतर्फ आकर्षण गर्न प्रकाश निकाल्ने अनुमान गरिन्छ ।


समुद्रमा हुने ऐङलर फिस नामक एक प्रकारको माछाले समेत प्रकाश उत्पादन गर्छ । गहिरो समुद्रमा एकातर्फ सूर्यको प्रकाश पुग्दैन भने अर्कोतर्फ पानीको उच्च दबाब र धेरै कम तापक्रम हुने गर्छ । उक्त स्थानमा जीविकोपार्जन गर्ने ऐङलर फिस नामक जातिको पोथी माछा जैविक रूपमै प्रकाश उत्पादन गर्ने बायोलुमिनिसेन्ट गुणयुक्त हुन्छन् ।


आफ्नो शरीरको माथिल्लो भागमा रहेको एन्टेना जस्तो भागमा बस्ने ब्याक्टेरिया र आफू दुवैलाई फाइदा पुग्ने गरी जीवित रहेको सिमबायोन्ट ब्याक्टेरियाको सहयोगमा ऐङलर फिसको जुँगा जस्तो भागमा प्रकाश उत्पन्न हुन्छ ।


ठूलो मुख भएको पोथी ऐङलर फिसको मुखमाथि रहेको प्रकाशको कारण आकर्षित हुने जीवहरू ऐङलर फिसको मुखमा आफैँ पर्न जाने हुँदा कम परिश्रम गरेर नै खान र आफ्नो जीविका गर्न उक्त प्रकाशले ऐङलर नामक माछालाई सहयोग गर्छ ।


तुलनात्मक रूपमा हर्दा भाले जुनकीरीले उत्पादन गर्ने प्रकाश जुनकीरी आफैँले उत्पादन गर्ने जैविक प्रकाश हो। ऐङलर फिस नामक पोथी माछाको जुँगामा उत्पादन हुने प्रकाश भने त्यहाँ टाँसिएर रहने माछामा आश्रित रहने ब्याक्टेरियाहरूको जैविक प्रकाश हो । जबकि नाग–मणिबाट प्राप्त हुने प्रकाश भने पृथ्वीमा पाइने एक रेयर–अर्थका रूपमा रहेको सूर्यको किरणसँग संवेदनशील रहने विशेष प्रकारका क्लोरोफेन नामक पत्थर वा मिनरलबाट प्राप्त हुने अजैविक मणिको प्रकाश हो ।


सर्पहरूको राजासमेत भनिने नाग राजा वा कोब्रालाई कैदमा उत्तम पालन पोषण गरिराख्दा २० देखि ३० वर्षसम्म मात्र बाँचेको रेकर्ड छ। जंगलको संघर्षपूर्ण जीवन उजाड स्थान, अभाव र अन्य परिस्थितिसँगको नियमित जुधाइको अवस्थामा तिनीहरूमा हुने धेरै संख्याको शिशु मृत्युदर, रोगहरू, सिकारीहरू, खराब मौसम, दुर्घटना वा खानाका लागि प्रतिस्पर्धाले निम्त्याउने मृत्युदरका कारण तिनीहरू लामो समय बाच्ने सम्भावना रहँदैन। त्यसैले तिनीहरू कैदको पूर्ण पालनपोषणको अवस्थाभन्दा धेरै बाँच्ने स्थिति देखिँदैन र भेटिएकोसमेत छैन ।


कुनै जमनामा रेयर अर्थको खानी भएको स्थान हुँदै बहने नदी जब अर्कै बाटो बग्छ वा सुक्छ त्यहाँ नदीको बगेको डोब तथा जमिनमाथि र भित्र सुक्खा ढुंगाका बगरहरू भेटिने गर्छ। उक्त बगरहरू क्लोरोफेनका चामलका गेडा जस्तै अन्दाजी दुई सेन्टिमिटर लम्बाइ र दुई सेन्टिमिटर चौडाइका चार–पाँच ग्राम जति तौलका ससाना गेगरहरूसमेत मिसिएका हुन्छन्। त्योभन्दा ठूला गिट्टी वा साना बालुवाका रूपमा समेत उक्त विशेष प्रकारका क्लोरोफेन मणिहरू रहने गर्छन्। यस्ता स्थानहरू श्रीलंका, बर्मा, उराल (साइबेरिया) आदि जस्ता ठाउँमा धेरै पाइने बताइन्छ ।


श्रीलंका, भारत, नेपाल आदि स्थानमा उक्त क्लोरोफेन मणिहरूलाई सरपेन्ट स्टोन, नागढुंगा, कोब्रामणि वा नागमणिसमेत भनिन्छ। साइबेरियामा भेटिएको उक्त प्रकारको क्लोरोफेन हातको तातोको प्रभावबाट सेतो चमक, उम्लेको पानीको प्रभावले हरियो प्रकाश र जलेको कोइलाको तातोको प्रभावले पन्ना जस्तो हरियो प्रकाश दिने गरेको भेटिएको छ । भर्जिनियाको अमिलिया कोर्ट हाउसमा रहेको क्लोरोफेनलाई लामो समयदेखि थर्मोलुमिनिसेन्टका रूपमा मान्यता प्राप्त छ ।


किनकि यो बायोलुमिनिसेन्ट जस्तो जीवले उत्पादन गर्ने प्राकृतिक किरण नभएर तातोको कारण निर्जीव पदार्थले उत्पादन गर्ने थर्मोलुमिनिसेन्ट हो । उक्त क्लोरोफेनमा युभी–रे अर्थात् पराबैजनी किरणहरूको सम्पर्कमा ल्याउँदा निलो प्रकाशसहित चम्कने गर्छ। त्यो तातोसँग यति संवेदनशील छ कि मानव हातको तातोबाट समेत हरियो चमक वा प्रतिदीप्ति दिने गर्छ।


सर्पको जातिहरूमा सम्भवतः कोब्रा एक मात्र सर्पको जाति हो जसले किराहरू खाने गर्छ । कोब्राहरू कमिला, फट्यांग्रा, विभिन्न प्रकारका बिटल वा किरा आदि खाने गर्छ। यो मध्ये कोब्राको प्राथमिकतामा राति सजिलै पकड्न सक्ने जुनकीरीहरू तथा प्रकाशमा आकर्षित हुने किराहरू खाएर बाँच्ने पर्छ । अत्यन्त साना किराहरू, फट्यांग्रा, कमिला आदि पकडिएर दैनिक पेट भर्ने काम कोब्राका लागि अत्यन्त झन्झटपूर्ण र थकाइलाग्दो कार्य हो ।


कीटविज्ञहरूका अनुसार उड्ने र प्रकाश निकाल्ने जुनकीरीहरू भाले प्रजातिको हुने गर्छ । पोथी जातका जुनकीरीहरू भालेभन्दा कम हुने, धेरै ठूला हुने र उड्न प्रायः नसक्ने प्रकृतिका हुन्छन् किनकि तिनीहरूसँग प्राथमिक प्वाँख मात्र रहने गर्छ । तसर्थ तिनीहरू भुइँमा घाँसमा चुपचाप शान्तसँग बस्छन्। पोथी जातका जुनकीरीले रातमा हरियो बत्ती उत्सर्जन गर्छन् जुन भाले जुनकीरीको तुलनामा धेरै चहकिलो हुन्छ । कहिले फिका हुने र कहिले चम्किने गरी नियमित अन्तरालहरूमा उत्सर्जन हुने पोथी जुनकीरीको प्रकाशले आकाशमा उडेका भाले जुनकीरीहरू पोथी जुनकीरीतर्फ आकर्षित हुने गर्छन्। पोथीको खोजीमा उक्त प्रकाशको निकटतामा पुग्छन्।


क्लोरोफेनले समेत अँध्यारोमा गाढा हरियो रङको प्रकाश उत्सर्जन गर्ने गर्छ जुन पोथी जुनकीरीले उत्सर्जन गर्ने प्रकाश जस्तै देखिन्छ। क्लोरोफेनले दिने प्रकाशलाई देखेर भाले जुनकीरीलाई पोथी जुनकीरी रहेको भ्रम दिन सम्भव तुल्याएर सजिलै आफ्नो सिकार पार्न सकिने कुरा कोब्राहरूले जेनेटिक वा परम्परागत रूपमै सिकेका हुन्छन्। हरियो रङको प्रकाश देख्यो कि पोथी जुनकीरी भेटिएको भ्रममा पर्ने भाले जुनकीरीले गल्ती गर्ने कमजोरीलाई कोब्राले उपयोग गर्ने गर्छ। अनुभवबाट कोब्रा जति धेरै उमेरको भयो त्यति क्लोरोफेनको जम्मा गर्ने, सुरक्षा गर्ने र उपयोग गरी जुनकीरीलगायत कमिला, फट्यांग्रा, विभिन्न प्रकारका बिटल आदिको सजिलै सिकार गर्ने काइदा सिक्ने गर्छन् ।


सुरुमा सिकारको खोजीमा सुक्खा नदीको तट आदिमा घुम्दै गर्दा त्यहाँ रहेको चम्किलो क्लोरोफेनको टुक्राको चमकमा आकर्षित भएर जम्मा भएका किरा, लार्भा आदि खाने गर्छ । दैनिक सिकार खोज्ने क्रममा चम्किलो क्लोरोफेनको टुक्राको वरपर सजिलै सिकार भेटिने अनुभवले कोब्रालाई भोक लग्यो कि त्यहाँ पु¥याउने बानी विकास गरिदिन्छ र त्यहाँ दैनिक फर्किने गर्छ । केही समयमा उक्त स्थानमा क्रमशः अन्य धेरै कोब्रासमेत आउने र खानका लागि प्रतिस्पर्धा हुने गर्छ ।


आन्तरिक प्रतिस्पर्धाले कोब्राले आफ्नो लागि छुट्टै क्लोरोफेनको व्यवस्था गर्न र एकाधिकार जमाउन उक्त क्लोरोफेन आफैँसँग बोकेर हिँड्छ र यसलाई आफ्नो महत्वपूर्ण खजानाका रूपमा जोगाएर राख्न सिक्छ । जसलाई आफ्नो निश्चित स्थानमा लुकाउने र चाहिँदा प्रयोग गर्ने गरी क्लोरोफेनको उपयोग गर्न कोब्राले सिक्छ । जुन उसको खाने मूल आधारमा परिवर्तन हुन्छ । हुन पनि क्लोरोफेन कोब्राका लागि खाना प्राप्ति गर्ने सजिलो साधन बनिदिन्छ ।


नियमित खानाको जगेडा गर्न अब कोब्राले क्लोरोफेनको टुक्राहरू रातको समयमा घाँसमा जम्मा गर्ने गर्छ र त्यही आरामसँग बस्छ । उक्त प्रकाशसँग आकर्षण भएका किराहरू जब प्रकाशतर्फ जान्छन् तब कोब्राको मुखमा पर्न बाध्य हुन्छन्। कोब्राले सजिलै किराहरू समात्न र खान सक्छ ।


अनुसन्धानमा जब भर्खरको सानो कोब्राले क्लोरोफेनको टुक्राहरू भेट्छ, त्यसले उक्त टुक्राहरू आफूसँगै लिएर जाने गरेको भेटिन्छ । यसले कोब्राहरूले क्लोरोफेनको टुक्राहरू आफूलाई खाना खोज्न सजिलो हुने गर्छ भन्ने ज्ञान विरासतबाट अथवा परम्परागत स्मरणबाट प्राप्त गर्ने कुरातर्फ इंगित गर्छ ।


कोब्रा जब धेरै बूढो हुन्छ तब उसको खानका लागि सिकार खेल्ने तागत क्षीण बनेको हुन्छ । धेरै उमेरको कोब्राले धेरै क्लोरोफेनको टुक्राहरू जम्मा गर्ने र धेरै प्रकाशले सिकार सजिलो पारिदिने गर्छ । यदि कसैले कोब्राले जीवनभर लगाएर जम्मा गरेको उक्त क्लोरोफेनको टुक्राहरू देखेर लगिदिएमा धेरै उमेरको कोब्रा खानाको अभावमा मर्ने स्थितिसम्म आउने गर्छ।