वेदमा विज्ञान किन ?
जब तपाईँ धर्म र अधर्मको कुरा
गर्नु हुन्छ तब तपाइ लाई यो कुरा त्यो मानिस आस्तिक कि नास्तिक भनेको भन्ने लाग्छ होला।
वेदको गहिराइमा पुगेर हेर्दा त्यो कुरा होइन। धर्म भनेको
प्रकृतिमैत्री रहेर, सबैलाई समान सम्झेर, यो संसार मेरो मात्र होइन सारा चराचरको हो भन्ने अनुभूति गरेर अहिंसा पूर्ण
नैतिक कार्यमा आफूलाई संलग्न गराउने कर्म गर्नु हो।
यथार्थमा भन्ने हो भने प्रकृतिको नियम सङ्गत आफ्नो कर्म गर्नु लाई धर्म भन्दछ। जसको तपाइले गरेको कार्य भन्दा उक्त कार्यको नियत प्रदान हुन्छ। दुर्घटना वाट चोट लागेको मानिसलाई निको गर्न डाक्टरले अप्रेसन गर्दा मान्छे लाई दुख्छ, बच्चा जन्माउने क्रममा स्त्री लाई पिडा हुन्छ। तर त्यसको नियत अहिंसा युक्त त छदै छ, तरिका समेत प्राकृतिक नियम मैत्री हुने गर्दछ। त्यसैले एक डाक्टर र एक आमाको त्यो कर्म साहसिक धर्म कर्म हो।
त्यसो भए यो आस्तिक - नास्तिक भनेको के
हो भन्ने प्रश्न फेरी आउँछ। आफ्नो घरको कागती, बेसार, अदुवार
तिते पाती चिया नचिन्ने आयातित चिया कफीको पारखी बनेको हामीलाई नास्तिक (Hertodox)
र आस्तिक (Orthodox) भनेर ईश्वर मान्ने
(Theist) र ईश्वर नमान्ने (Atheist) भन्ने पश्चिमा विचार भनेको भनी अनजानमै बोली
दिने गर्दछौ। अर्को तरीका वाट फरक तर्क
पेस गर्ने गर्दछन्। जुन अत्यन्त ठुलो भ्रम (Blunder)
हो। त्यसो हैन।
सिद्धान्त नबुझेर सामाजिक लेखक र वरिष्ठ
साहित्यकार बनेका हरूले जो यो लोक (This World) र परलोक
Trans-cendental World) हुन्छ भन्ने विश्वास गर्दछन् ति आस्तिक
र नगर्ने नास्तिक भनी लेखने गरेको भेटिन्छ। यस दुनियाँ बाहिर समेत केही छ भन्ने आस्तिक
र छैन भन्ने नास्तिक भन्ने गरेको भेटिन्छ। दुर्भाग्यवश त्यो पनि सही होइन।
यथार्थमा आस्तिक र नास्तिक शब्द वेद संग
सम्बन्धित छ। वैदिक समयमा वेदलाई शब्द प्रमाण मान्ने गरिन्थ्यो। अर्थात् वेदमा भएका
कुरा सत्य भनी फेरी प्रमाणित गरिरहन नपर्ने सत्य कुरा ठानिन्थ्यो। अकाट्य सत्य मानिन्थ्यो।
त्यसैको आधारमा कुनै कुरा सत्य रहेको नरहेको बारे वेद के भन्छ भनेर खोजिन्थ्यो।
जो व्यक्ति वेदको कुरालाई अन्तिम सत्य ठान्दछन्, वेदको कुरालाई शब्द
प्रमाण मान्न सकिनेमा विश्वास राख्दछन् उनीहरूलाई आस्तिक
भनिन्छ। जो वेद लाई अन्तिम सत्य मान्दैनन्, वेदको कुरालाई
शब्द प्रमाण मान्न सकिनेमा विश्वास राख्न सक्दैनन् उनीहरूलाई नास्तिक भनिन्छ।
वैदिककालको निकै लामो समय सम्म पृथ्वीमा
हाम्रो समाज आस्तिक रह्यो। कालान्तरमा समाजले वेदको मर्म विपरीत समान चिज कुनैको राक्षसी
करण र कुनैको देवत्व करण जस्ता व्याख्याले जन्माएको असहज परम्परा स्विकार्न सकेन। गरिएका
व्याख्या यदि वेदका सन्देश हुन् भने वेदको सबै कुराहरू लाई यथास्थितिमै हुबहु शब्द
प्रमाण मान्न सकिनेमा समाज विश्वस्तहुन सकेन। त्यसको विरोधमा मूलतः तिन विचार धारा
जन्मियो।
ऋषि बृहस्पतिको दर्शनमा आधारित चार्वाक
दर्शन, महापुरुष
महावीरको (जम्मा २४ त्रिशङ्करमा अन्तिम त्रिशङ्कर) जैन र महापुरुष बुद्धको बुद्ध दर्शन।
यी तिन दर्शनले तत्कालीन वेदका व्याख्या लाई यथा स्थितिमै हुबहु शब्द प्रमाणको रूपमा
स्विकार्दैन।
जैनदर्शन पछि दुई फक्लेटा भयो। श्वेतांबर र दिगम्बर। बौद्ध
समेत दुई ठुलो परम्परा हीनयान र महायानमा विभाजित भयो। त्यसपछि फेरी बुद्ध दर्शनमा १९५६ मा अर्को नयाँ तेस्रो
परम्परा (बिसौँ शताब्दीको डा.अंबेडकरको मध्यम वाट) जन्मियो। त्यो थियो पुनर्जीवित रूप
नवयान।
तत्कालीन समयमा विकल्पमा प्रस्तुत दर्शनहरूमा
तात्त्विक रूपमा धेरैमा अधिक समानता रहेता पनि चार्वाक दर्शन अलि फरक थियो। जस अन्तर्गत
जसरी हुन्छ आफ्नो जीवनलाई मोज मस्तीमा लिप्त गराऊ, जिऊ भन्ने दर्शनको विकास गरिएको छ। यसले
हाम्रो यो जीवन भन्दा पहिले पनि कुनै जीवन थिएन। मरेपछि पनि सबै सकियो भन्ने मान्दछ।
सुरुवाती चरण जैन र बुद्ध दर्शनमा प्रस्ट
अवधारणा आउन नसक्नु स्वाभाविकै थियो। सुरुवातमा जैन र बुद्ध दर्शनमा जीवन बारे अत्यन्त
विरोधाभास कुराहरू रहे। कति कुराहरूको गलत प्रयोग भयो। नयाँ मान्यता अनुरूप वेदको नजीकैको
तर सुधारिएको केही फरक दर्शन प्रतिपादन गरियो। तत्कालीन समयमा वैदिक संरचनागत मान्यताको
खिलाफमा नै फरक तिन दर्शन अघि आएकोले तिनीहरूले वेदलाई हुबहु शब्द प्रमाणको रूपमा स्विकार्न
सम्भव थिएन। वेदलाई हुबहु शब्द प्रमाण नमान्ने ती सबै दर्शनहरू नास्तिक मानिए।
कालान्तरमा वेदको गहिरो अध्ययन पश्चात्
नास्तिक दर्शनमा रहेका कतिपय कुराहरू वेदमा नै उल्लेख रहेको सङ्केतहरू मानिसहरूले भेट्टाउन
थाले। नयाँ व्याख्या हुन गयो। वेदका राम्ररी
उत्खनन नभएका पक्षलाई फरक फरक छ सिद्धान्तमा टुक्राएर हेर्न सकियो। जसले गर्दा वेदमा
भएका कुरा प्रमाणको रूपमा लिन सकिने तर त्यसको भनाइहरू जे भनिएको रहेछ त्यो अनुरूप
बुझ्न सक्नु पर्ने निष्कर्ष निक्लियो। जस अनुसार वेदलाई पुनः गहिराइमा पुगेर त्यसको
गहिरा पक्षमा चिन्तन गरियो।
जस अनुरूप सांख्य (Sāṅkhya) दर्शन र योग
(Yog) दर्शन, न्यायदर्शन (Episte-mology ज्ञान मीमांसा) र वैशेषिक दर्शन (Metaphysics तत्त्व
मीमांसा, अध्यात्मविज्ञान, आत्मतत्त्वज्ञान),
तथा मीमांसा (सामूहिक कार्यको वा यज्ञको विस्तृत विवेचना) र वेदान्त
(Vedanta उपनिषद, वेदको अन्तिम भाग,
वेदको सार) गरी आपसमा सम्बन्धित छ दर्शन मिलाएर वेदको गहिरो ज्ञान
समाजमा ल्याइयो। जस अन्तर्गत वास्तवमै वेदका कुरा प्रमाणको रूपमा लिन सकिने कुरा पुन:
पुष्टि गरियो।
उल्लेखित छ वटा दर्शनलाई जब तपाईँ एकै ठाउँमा जोड्नुहुन्छ त्यसलाई
षट् (छ वटा) दर्शन भनिन्छ। त्यही षट् दर्शनलाई श्रुति मानियो। सनातन संस्कृति वा दर्शन
भनियो। सनातन संस्कृति वा दर्शन अन्तर्गत हुने सनातन मैत्री कर्मलाई सनातन धर्म भनियो।
जसलाई पछि हिन्दु धर्म नाममा व्यापक प्रचार गरियो। सनातन धर्मको व्याख्या गर्ने नियतमा
विभिन्न स्मृतिहरूको समेत रचना गरी त्यसलाई समाजमा पुर्याइयो।
तिनै स्मृतिहरूमा कालान्तरमा सामाजिक स्वार्थ, अहङ्कार र प्रतिशोध
साध्ने अवसर अवसरको लागि, आफूलाई कुलीन वर्गमा परिवर्तन गर्ने
भित्री कुनियतले आफ्नो स्वार्थ सिद्धि गर्न सहज गर्ने सन्देशहरू असल सन्देशका पुरिया
भित्र समावेश गरी समाजमा सम्प्रेषण गर्ने काम भयो। वेदको मान्यता विपरीतको आपराधिक
पाखण्ड जस्तै: जातपात, कुल, घराना,
लिङ्ग, सानो ठुलो आदिको नाममा समाजमा फुट
गर्ने र राज गर्ने तथा सामाजिक शोषण संस्थागत गर्ने गर्ने उपायको रूपमा समेत दुरुपयोग
हुन थाल्यो।
यसो हुनुको पछाडि निकै गम्भीर कारणहरू छन्।
वैदिक कालमा अक्षरमा लेख्ने चलन थिएन। सबै कुराहरू मन्त्र वा सूत्रको रूपमा बनाएर पुस्तान्तरण
गरियो। घोकेर सम्झेर हस्तान्तरण गरिने सूत्र निकै कम शब्दमा बनाउनु जरुरी थियो। जसमा
गहिरो अर्थ दिने ऋचा उपयोग हुन्थ्यो। जुन सर्वधारणको ज्ञानले बुझ्न सहज भएन। त्यसलाई
डिकोड गरी व्याख्या जरुरी हुन्थ्यो।
ऋचाहरू तुलनात्मक रूपमा छोटो वाक्य वा वृत्ति
(टीका) हुने भएकाले टीकाको अर्थ स्पष्ट गर्नका लागि रचना गरिएका कथा वा व्याख्याहरूलाई
टिप्पणी लेख्नु (भाष्य) भनिन्छ। मन्त्र वा सूत्रको व्याख्या गर्न थप सरल भाष्य र टीकाहरू
उपयोग गर्न जरुरी थियो। त्यसै गरियो।
त्यसै अनुरूप जटिल रूपको उपनिषद्
(वेद व्यास), अलि सहज सूत्रको रूपको महर्षि बद्रयनको (वेद
व्यास) ब्रम्ह्सुत्र र सहज भाषाको गीता (वेद व्यासको) अस्तित्वमा देखिए। त्यस बाहेक
अन्य निकै विवादित बन्न पुगेका मनुस्मृति, गरुड पुराण प्रेत
कल्प आदि समेत रचना गरिए।
निकै विवादित बन्न पुगेका कतिपय ग्रन्थ
हाम्रो समाजमा अधिक वाचन हुने ग्रन्थ समेत बने। तिनीहरु सहज रूपमा बुझ्ने ग्रन्थ बन्यो।
भाषामा थिए। असली वैदिक ज्ञानका गीता र वेद भने सर्वसाधारणको लागि बुझ्न अलि असहज प्रकृतिका
थिएनन्। जसले गर्दा तिनीहरूको सन्देश समाजका अलि कम जाने परिस्थिति बन्यो।
मन्त्र वा सूत्रको रूपमा बनाएर पुस्तान्तरण
हुँदै आएको टीका तथा तिनको छोटो व्याख्या रुपी भाष्यको डिकोड चुनौती पूर्ण थियो। ठिक त्यही बिन्दुमा भएका
टिप्पणी गत व्याख्याहरूमा नियत खराब रहँदा
विवाद युक्त व्याख्याहरू गरिए। विषयको चुरो नबुझी सीमित संस्कृतको ज्ञानको आधारमा भएका
अनुमानित अर्थले दिने अनर्थ समाजमा सम्प्रेषण गरिए। फलतः त्यसका वास्तविक अर्थको व्याख्या
हुँदै गर्दाको समयमा समेत अर्थ सही लागे नलागेको बारे अधिक शङ्काको रूपमा हेरिने अवस्था
बन्यो। यस्ता परिस्थितिले एकै टीकाको फरक फरक व्याख्याहरू आउनुको कारक बन्यो।
यस कमजोरी लाई पश्चिमा मेसिनरिको संकेत अनुरुप आफ्नो
कलम घुमाइ दिने सामाजिक लेखक र वरिष्ठ साहित्यकार बनेकाहरूले सनातन विरुद्ध आगो उकेल्ने
अवसरको रूपमा सदुपयोग गरे। वेदको ‘व’ समेतको ज्ञान नभएकाहरूको अन्दाजमा वेद विपरीतका कुराहरू वेदको भनाइ भन्दै
समाजमा पुग्यो। एक अर्थमा समाज माइथोलोजि ग्रस्त बन्यो।
अनुमानको भरमा समाजमा चलेको माइथोलोजिको
अतिरञ्जना झन्डै ४० वर्ष नेपाली साहित्य,
शिक्षा र सामाजिक चेतना सम्प्रेषण गर्ने माध्यमहरूमा एकाधिकार अधिपत्व
जमाउन सफल रहेका प्रगतिवादी भनिएका भुईँफुट्टा वर्गको सनातन माथि निरन्तर गुलेली प्रहार
गर्ने मट्याङ्ग्रा बने।
सम्पूर्ण सनातनीहरूको मकैबारी एक्लैले फाँडी दिन सक्ने महिषासुर
अवतारमा आफूले आफूलाई अनुभूति गर्ने प्रगतिवादी गनिएको केही भुईँफुट्टा वर्गको अहङ्कारले
उनीहरू वैज्ञानिक तथ्यको ज्ञाता रहेको दाबी गरेको देखिन्थ्यो। पापी पेट र दाना पानीको जोहोको लागि आएको खराब नियतका माइथोलोजि युक्त अतिरञ्जनाहरू
वारेको भ्रम चिर्ने कार्य स्वयं वैदिक समुदाय वाट समेत खासै गरिएन।
त्यसैको नतिजाले वेदमा रहेका अविद्या र
विद्याका ज्ञानबाट हाम्रो समाजलाई वञ्चित मात्र गरेन आफ्नै रैथाने ज्ञान, सीप र उच्च उद्यमशीलताको
सम्भावनालाई समेत नेपाली युवा र उद्यमीको पहुँच वाट निकै पर धकेली दियो। विदेशी ज्ञान,
उत्पादन र प्रविधिको मुलुक एकाधिकार बजारमा रूपान्तरित हुन पुग्यो।
जिउँदो युवा वर्ग आफ्नै मुलुकमा निराश बनेर
अधिक सङ्ख्यामा विदेश पलायन हुने वातावरण जन्मियो।
वेदका कुराहरू यथार्थमा सत्य छन्। आजको
दिन सम्म आइपुग्दा समेत विज्ञानले वेदका कुराहरू
परीक्षण गरेर सत्य रहे नरहेको यकिन गर्न सक्ने क्षमता विकास गर्न सकेको छैन। विज्ञानले
आफ्नो क्षमता त्यो हद सम्म विकास नगर्दा सम्म हामी हाम्रो अनुभूति मार्फत सत्य रहेको
महसुस गरिरहेको वैदिक भनाइहरू आफ्नो अनुभवको आधारमा नै सत्य रहेको मान्न पर्ने अवस्थामा
छौ।
विज्ञानले बिस्तारै आफ्नो क्षमता विकास
गर्ने क्रममा विकसित भएको क्वान्टम मेकानिक्सले विज्ञानमा नयाँ मोड दिन सकेको छ। एक
पछि अर्को गर्दै, वैदिक सनातनीहरूले आशा गरे भन्दा तिव्र गतिमा वेदका
कुराहरू विज्ञानले सत्यको नजिक रहेको को प्रमाणित गरी दिन थालेको छ।
क्वान्टम मेकानिक्सले उजागर गरेका नयाँ
नयाँ तथ्यको ज्ञानले हामीलाई समेत वेदका मन्त्र
वा सूत्रले यथार्थमा यसो भनेको रहेछन् भनी नयाँ सिराबाट बुझ्न र व्याख्या गर्न थप सरल
बनाइ रहेको छ। भाष्य र टीकाहरूका अन्तर्यमा पुगेर उपयोग गरी नयाँ तरिकाले व्याख्या
गर्न अब हामी वेदमा विज्ञानको सहारा लिन सक्ने हदमा पुग्न सकेका छौ।
आदरणीय मित्रहरू,
मलाई मेरो वेदमा विज्ञानको यात्रा त्यति
सहज छैन। वेदमा विज्ञानको क्षेत्र र मार्गमा निकै धेरै समय, शक्ति, साधन र श्रोतको जरुरत पर्दछ। तपाईँहरूको आशीर्वादले मैले मेरो हालको आम्दानीको
मात्र २५% खर्च गरी आफ्नो गुजारा गरेर ७५% यस कार्यमा लगाएरै भए पनि मैले प्राप्त गरेको
कुराहरू निःशुल्क तपाईँहरू समक्ष ल्याउन कोसिस गरेको छु। त्यसमा म ईश्वर प्रति धन्य छु। आभारव्यक्त गर्दछु।
म यो काममा लागि निरन्तर लागि रहने प्रतिज्ञा समेत गर्दछु।
वेदमा विज्ञानको काममा भएको विरोधमा मलाई
कुनै आपत्ति छैन। मलाई निरुत्साहित गर्न आउने साथीहरू संग पनि म नाराज हैन। मात्र हैरान
छु। परमात्मा कै कृपाले होला,
मलाई मेरो अत्यन्त नजिकका मानवरुपी साक्षात् देवी तथा देवहरू,
यथार्थमा हाम्रा पनि र राम्रा पनि आफन्तहरुको नबोलेर नै निकै ठुलो
मनोवैज्ञानिक प्रेरणा दिई रहेका छन्।
निरुत्साहितगर्न आउने साथीहरूले दिने हैरानीले
कहिले कहीँ अनुसन्धान गर्न जरुरी हुने एकान्त र एकाग्रता लाई मार्ने रहेछ। त्यसैले
त्यस्तो प्रयास लाई रोक्न सामाजिक सञ्जालको प्रयास, फोनकल, इमेल बेवास्ता
गर्ने गर्दै मेरो काम अघि बढी रहेको छ। मेरो साधन र श्रोतले भ्याए सम्म म अवश्य यो
वेदमा विज्ञानको पाटोको थप उत्खननमा लाग्ने नै छु। जति सक्छु गर्ने छु। भेटेको कुराहरू
तपाईहरू सामु जस्तो भेटेँ त्यस्तै राखिदिने छु। यो क्रममा ईरर इन द जजमेन्टका करण मेरो
लेखाइ र बुझाइमा कुनै गल्ती वा कमजोरी भएको रहेछ भने तिनीहरू लाई हाम्रा नयाँ पुस्ताले
पक्कै पक्डिएर सुधार गर्ने नै छन्। त्यसैले त्यो बारे म अधिक चिन्तित रहेको छैन।
वेदमा विज्ञान अभियान
वेद र अन्य प्राचीन वैदिक ग्रन्थहरूले ज्ञानलाई
स्वतन्त्र रूपमा फैलाउने पर्ने जरुरी रहेको तथ्यलाई जोडदिएको भेटिन्छ। राज्यले आफ्नो आर्थिक अवस्था
जस्तो भए पनि शिक्षा सबैलाई निःशुल्क उपलब्ध गराउनु
पर्ने कुरा उल्लेख गरेको छ। तलका केही श्लोकहरूले ज्ञानलाई निःशुल्क रूपमा उपलब्ध होस्
र फैलाउने अवस्था सृजना गरियोस भन्ने विचारलाई समर्थन गर्छन्।
आ नो भद्राः क्रतवो यन्तु विश्वतः ।।
।। ऋग्वेद १.८९.१।।
सबैतिर वाट शुभ विचारहरू आउन दॆऊ।
यस श्लोकले ज्ञानमा सबैको सार्वभौमिक साझेदारी
र जरुरतको पक्ष पोषण गर्दछ। जसले समाजको हितका लागि सहज ज्ञान फैलाउन पर्ने जरुरत हुने
विचारधारा लाई प्रोत्साहन दिन्छ।
विद्यां चाविद्यां चयस्तद्वेदोभयं सह ।
अविद्यया मृत्युं तीर्त्वाविद्ययामृतमश्नुते।।
।। ईशोपनिषद्, मंत्र ११ ।।
भौतिक विज्ञानका (अविद्या) साथसाथै
अध्यात्म विज्ञान (विद्या) जान्ने व्यक्तिले शारीरिक, मानसिक तथा
आध्यात्मिक ऊर्जा मन (आत्म) शुद्धतामा प्रभावकारी रूपमा उपयोग गरी मृत्युको भयबाट
बाहिर निस्केर मुक्ति प्राप्त गर्न सक्दछ।
विद्यां चाविद्यां चयस्तद्वेदोभय सः ।।
।। तैत्तिरीय उपनिषद १.११.३ ।
ज्ञान र अज्ञान दुवैलाई जानेपछि अज्ञानताले
मृत्युको भयलाई पार गर्न र ज्ञान द्वारा अमरत्व प्राप्त गर्न सम्भव हुन्छ।
माथिको दुवै श्लोक एकै हुन्। यो
श्लोकले ज्ञानको महत्त्व र अज्ञानलाई परास्त गर्न ज्ञानको भूमिकामा जोड दिएको छ।
विज्ञानको ज्ञान विना ज्ञानको चुरोमा पुग्न नसकिने प्रस्ट गर्दै यो श्लोकले
प्रत्यक्ष रूपमा भौतिक विज्ञानका (अविद्या) साथसाथै अध्यात्म (विद्या) ज्ञानलाई
विस्तृत रूपमा फैलाउनुपर्ने अनिवार्यताको कुरालाई जनाउँछ।
अन्नदानं परं दानं विद्यादानमतःपरम् ।
अन्नेन क्षणिकातृप्तिर्यावज्जीवं च
विद्यया ॥
॥सुभाषितम्॥
भोजन दान उत्तम दान हो भने विद्या दान
सर्वोत्तम दान हो।
कारण: खानाले क्षणभरको लागि सन्तुष्टि मिल्छ।
विद्याले जीवन भर सन्तुष्ट हुने उपाय सिकाउने गर्दछ।
नोट: तलब र शुल्क लिएर गरिने सेवा दान होइन।
व्यापार हो। त्यो पनि उत्तम हो। विद्याको अर्थ
अविद्या (विज्ञान) र आत्म ज्ञान (अध्यात्म विद्या समेतको ज्ञान) जस्तै वैदिक ज्ञान
जस्ता ज्ञानको कुरा गर्दछ।
ज्ञानको दान सबैभन्दा ठुलो दान हो
भन्ने अवधारणा उही शब्दावलीमा नभेटिए पनि वैदिक र उत्तर वैदिक ग्रन्थहरूको धेरै ठाउँमा
यो कुराको उल्लेख भएको पाइने भएकोले यसलाई सुभाषितम् अर्थात् अत्यन्त गहन र सत्य
कुरा भनी प्रचलनमा आएको हितोपदेश मान्दछ। तलका यस्ता केही सन्दर्भहरूले माथि उल्लेखित
सुभाषितम् विचार प्रतिबिम्बित गर्छ।
मुण्डक उपनिषद् (१.१.३):
द्वे विद्ये वेदितव्ये परा चापरा च।
दुई प्रकारका विद्याहरू अनिवार्य छ।
उच्च आध्यात्मिक आत्मा ज्ञान (वैदिक / आध्यात्मिक विद्या) र अर्को व्यवहारिक
विज्ञान (सांसारिक अविद्या)।
यस श्लोकले भौतिक ज्ञान विनाको आध्यात्मिक
ज्ञानको नतिजा अनैतिक हुने प्रस्ट गर्छ। भौतिक ज्ञानले इन्द्रिय सुख देला तर
जीवनको उद्देश्य पहिल्याउन सक्दैन। अहिंसा र नैतिक मूल्य कायम गर्ला भन्ने निश्चित
गर्दैन। परोपकार र सामाजिक न्यायको पक्षमा हुने निश्चय हुँदैन।
अर्कोतर्फ आध्यात्मिक ज्ञान प्राप्तिको
अनिवार्य पुर्बधार भनेको भौतिक ज्ञान विज्ञान हो। भौतिक ज्ञान विज्ञान विनाको
अध्यात्म पाखण्ड हो। वेदको सन्देशले दिने मान्यता विपरीतको कार्यलाई पाखण्ड भनिछ।
पाखण्ड ज्ञानले ज्ञानीलाई समाजको परजीवी बनाउने गर्दछ। आफ्नो भौतिक जीविकोपार्जनको
लागि उ कि त परिवारको, कि समाजको वा कि राज्यको परजीवी बन्दछ।
जुन भ्रष्टाचारको पहिलो खुड्किलो
बन्दछ। त्यसले ज्ञानी भनिएका व्यक्तिलाई आफ्नो भौतिक सुखको लागि कि इमोसनल,
कि धार्मिक, कि आध्यात्मिक वा कि
सामाजिक र राजनैतिक बिचौलिया रूपको अत्याचारी; अर्काको हक,
अधिकार, रूप, यौवन
र सम्पत्तिको बलात्कारी व्यक्तित्वको रूपमा विकास गरिदिने उच्च सम्भावना रहन्छ।
यसको अर्थ हो व्यक्तिमा विज्ञान र वेद
दुवैको ज्ञान अनिवार्य छ। वैराग्य र विज्ञान लाई ‘वेदमा विज्ञान’ ले जोडदछ।
विज्ञानले भौतिक ज्ञान, सीप, प्रविधि र भौतिक संवृद्धि जस्ता अविद्या दिएर व्यक्तिलाई आत्मा निर्भर
गर्दछ। अध्यात्म र आत्मा ज्ञानले उद्देश्य उन्मुख जीवन, नैतिकता,
अहिंसा, धन्यता र करुणा जस्ता
अविद्यालाई विद्याको रूपमा परिवर्तन गरिदिने तत्त्व थपिदिन्छ। त्यसैले वेदमा
विज्ञानजस्ता ज्ञानको समाजमा सर्वत्र उपलब्धताको अनिवार्यता भएको हो।
छान्दोग्य उपनिषद् (७.१.२):
यदेव विद्यया करोति श्रद्धयोपनिषदा
तदेव वीर्यवत्तरंभवति।
जुन जुन कर्महरू ज्ञान, अनुभूति, विश्वास र ध्यान पूर्वक गरिन्छत्यो अधिक
प्रभावकारी मात्र होइन अत्यधिकअर्थपूर्ण समेत हुन्छ।
यस ऋचाले सबै प्रकारका कर्महरूमा उक्त
कर्मको विषय बस्तु वारेको गहिरो ज्ञान (विद्या) ले त्यसको उपयोगिता (मूल्य) र
प्रभावकारिता (शक्ति) थप्ने हुनाले विद्यालाई हरेक कर्मको रूपान्तरणकारी शक्ति भनी
पहिचान गरेको छ।
भगवद गीता (अध्याय ४, श्लोक ३३):
श्रेयान्द्रव्यमयाद्यज्ञाज्ज्ञानयज्ञः
परन्तप।
समाजमा भौतिक वस्तुको दानको भन्दा
ज्ञानको दानको सदैव उत्कृष्ट प्रभाव कारिता हुने गर्दछ।
यस श्लोकमा कृष्णले अर्जुनलाई भन्नु
हुन्छ कि ज्ञानको दान (ज्ञान यज्ञ) कुनै पनि भौतिक भन्दा अधिक श्रेष्ठ हुनेगर्दछ।
महाभारत (अनुशासन पर्व ९३.४६):
न विद्यया विद्यते किञ्चित्।
विद्या भन्दा उच्च जीवनमा अरूकेही
हुँदैन।
यस श्लोकले भनिरहेको छ कि ज्ञानसबै
उत्तम सम्पत्ति हो।
बृहदारण्यक उपनिषद् (४.४.२२):
तमोऽसि मा ज्योतिगमय।
अन्धकार अर्थात् अज्ञान (संस्कृतको
पहिलो अक्षर अ) वाट प्रकाश (भर्गो ज्योति) अर्थात् ज्ञानको (संस्कृतको अन्तिम
अक्षर ज्ञ) यात्रामा आफ्नो
जीवनसमर्पित गर।
यो ऋचाले मानिस आफ्नो सम्पूर्ण जीवन भर
अज्ञान (अन्धकार) बाट ज्ञान (प्रकाश) तर्फको यात्रामा रहनु पर्ने जरुरतको प्रस्ट
गर्दछ। यसले वेद र विज्ञान जस्ता ज्ञान मानिसको जीवनको हरेक क्षणमा अत्यन्त जरुरी
पर्ने ज्ञान रहेको कुराको पुष्टि गर्दछ।
यसरी समग्रमा वैदिक उपनिषद, उत्तर वैदिक
ग्रन्थहरू र वेदका विज्ञान र ज्ञान सबैकोअन्तिम निचोडको रूपमा देखिएको आधारभूत
विचारले ज्ञान हरेक लाई हरेक समयमा चाहिने सबैभन्दा मूल्यवान् सम्पत्ति रहेकाले
त्यसको उपहार यो संसारमा एक व्यक्तिले गर्नसक्ने कुनै पनि किसिमका भौतिक
सम्पत्तिहरू भन्दा उच्च मूल्यको रूपान्तरणकारी प्रभाव दिने विषय हो भनी यकिन
गर्दछ।
त्यसैले हरेकले वेदमा विज्ञान जस्ता
ज्ञान समाजमा निःशुल्क सर्वत्र व्याप्त गर्न सहयोग गर्न उपयुक्त हुने छ। सकिन्छ भने
त्यसमै आफ्नो दानको लागि उपलब्ध रहेको धन लगाउनु सर्वोच्च दान हुने छ भन्ने वेदले
मानेको छ। साथै वेदको चुरो मान्यतामा विद्याको उपलब्धता आर्थिक क्षमतामा निर्भर
नहुने बनाउन समेत सक्नेहरू लाई यो पुण्य कार्यमा आफ्नो क्षमता भित्र सीमित रहेर
आफूलाई उपयुक्त लागेको मात्रामा खर्चन र उदारता पूर्वक यस्ता ज्ञानलाई फैलाउन केही
जिम्मेवारी लिन समेत भद्र आग्रह गरेको देखिन्छ।
डिजिटल वेदमा विज्ञान पुस्तक यिनै सन्देशहरू वाट प्रभावित अभियानको
सानो रूप हो।
वेदमा विज्ञानको
औचित्य
ऋग्वेद, यजुर्वेद जस्ता वैदिक श्रुतिको हरेक
उल्था वा व्याख्या अत्यधिक विवादास्पद विषय बन्ने गर्छ। त्यसका आफ्नै कारण छन्।
प्राप्त सीमित अनुवादमा वेदमा उल्लिखित मन्त्रहरू सर्वसाधारणले बुझ्ने भाषामा
उल्था वा भावार्थ खुल्ने गरी जब व्याख्या गरिन्छ तब त्यस विषयमा ज्ञानराख्ने
विद्वान् वर्गको समीक्षाको क्रममा विवादको घेरामा तानिन्छन् ।
हरेक व्यक्तिमा वैदिक श्रुतिहरूको
बुझाइमा फरक फरक अवधारणा विकास हुनु र उनीहरूको धारणामा निजी मान्यताको भावनात्मक
तथा आध्यात्मिक पक्ष समेत समीक्षाका क्रममा मिसिन पुग्नुले अनुवाद वा व्याख्याको
पूर्णताको हदको सम्बन्धमा उक्त प्रकारका जटिलता निम्त्याउने गरेकोछ ।
पहिलो त ऋग्वेद जस्ता वैदिक
श्रुतिहरूको जोसुकैले जस्तोसुकै अनुवाद वा व्याख्या गरे पनि उक्त कृति पूर्ण हुन
नसक्ने धरातलको मनन गर्नु जरुरी देखिन्छ। दोस्रो अनुवादकले बुझ्न सकेको विषयको
गम्भीरताले यसमा भूमिका खेल्छ । तेस्रोमा ज्ञान र विज्ञानको कसीमा सम्बन्धित विषय वस्तु
बारे अनुवादकको समझ के छ त्यो महत्वपूर्ण हुन्छ । त्यसका साथै अनुवादकमा समय, काल, परिस्थिति जन्य विषय सन्दर्भ र आजको समयको सन्दर्भको समेत मूल्यांकन
गरी प्रस्तुत गर्ने बहुआयामिक ज्ञान र क्षमताले प्रचुर भूमिका खेल्ने छ। जब यी
वास्तविकता मनन गरी वैदिक श्रुतिहरूको अनुवाद वा व्याख्या गरिएका स्मृति तयार गर्न
सकिन्छ तब मात्र यसले पाठकमा धेरै न्याय गर्न सक्छ। पाठकको जिज्ञासा केही हद सम्म
शान्त गर्न सक्ने छ।
विगतमा ऋग्वेदलाई विभिन्न दृष्टिकोणबाट
अनुवाद गरिएको भेटिन्छ। औपचारिक दृष्टिकोण (Ritualistic Approach) बाट हुने गरेका
अनुवाद मध्य युगमा (Medieval) लोकप्रिय थियो जहाँ
संस्कृतको प्रत्येक शब्दलाई भावार्थ दिने गरी समग्र भावार्थ निकालेर अनुवाद गरिएको
छ। प्रत्येक शब्दको अर्थ लगाएर अनुवाद गरिएको हाल उपलब्ध मध्ययुगीन अनुवाद सयाना
एक कमेन्टरी हो । सयाना कमेन्टरीले हरेक शब्दको कतिपय अवस्थामा १० भन्दा बढी फरक
फरक अर्थ दिने गरी ऋग्वेदको उल्था गरिदिएको भेटिन्छ। जस्तै संस्कृतको ‘गो’ शब्दको
अर्थ पृथ्वी, गाई, प्रकाशको किरण,
सूर्य, बौद्धिकता आदि इत्यादि भाव
लाग्ने गरी अनुवाद गरिएको छ।
भाषा विज्ञान आफ्नो अनुभूति अर्कोमा
व्यक्त गर्ने सहज उपाय रहेकोले भाषाको ज्ञान भएकाले भाषिक दृष्टिकोण (Linguistic Approach) बाट ऋग्वेद जस्ता वैदिक श्रुतिहरूको अनुवाद भएको र तिनै अनुवाद बजारमा
पुगेको देखिन्छ। भाषिक दृष्टिकोणको अनुवाद हाल साल निकै धेरै प्रयोगमा आएको
देखिन्छ । तुलनात्मक भाषिक विधि जसमा शब्द शब्दहरूको समकक्षी अर्थ लगाएर अर्थको
समग्र अर्थ निकाल्ने र बुझ्न कोसिस हुने गर्दछ। तुलनात्मक भाषिक अनुवादका
आधारमा भाषा ज्ञान भएका अनुवादकले बारे ज्ञान नभएको भाषा विद्धलाई कोडेड भनाइको
अर्थ ठिक संग पहिचान गर्न सक्ने खुबीमा सीमितता दिने रहेछ। हैसियत अनुरूपको
अनुमानित अर्थ आउने गरी वेदको आंशिक वा अपूर्ण अर्थ दिने प्रकृतिको अनुवाद वा
व्याख्यारूपी स्मृति बजारमा पुग्न त्यसले योगदान दिने रहेछ।
फलतः फगत भाषा ज्ञान मात्र रहेको
आधारमा अल्पज्ञान र बुद्धिको प्रयोग मार्फत अनुवाद गरी बजारमा उपलब्ध भएका भावार्थ
पूर्ण रूपमै अनुमानका भरमा कोरिएका,
निजी विचार लादिएका लेखोटका रूपमा सीमित हुन पुग्ने रहेछ। यसरी
पूरा गरिएका कृतिहरूबाट एकातर्फ वेदका यथार्थ ज्ञानहरू पाउनबाट समाज वञ्चित बन्ने
रहेछ भने अर्को तर्फ संस्कृतमा लेखिएका वैदिक ज्ञानको गहिराइ बारे समाजमा यथार्थ
सूचना सम्प्रेषण हुन रोकिने रहेछ।
यो प्राविधिक असहजता हाम्रो समाजले
समयमै पहिचान गर्न नसक्दा वैदिक ज्ञानको चरम अवमूल्यन हुन पुग्यो । वेदका
स्मृतिहरू पाउन योग्य उचित न्याय पाउन बाट वञ्चित बन्यो । भाषिक दृष्टिकोण विधि
प्रयोग गरेर हाल उपलब्ध अनुवाद मध्ये अधिकतम पढिने कृतिहरूमा म्याक्स मुलर र राल्फ
ग्रिफिथद्वारा लिखित स्मृति हुन पुगे। म्याक्स मुलर र राल्फ ग्रिफिथ द्वारा लिखित
दुवै स्मृतिहरू वेदको गहन ज्ञानलाई अवमूल्यन गरी वेद बारे वैदिक समाजमा नकारात्मक
भावना विकास गर्ने नियतमा तत्कालीन खुफिया एजेन्सीहरूको नियोजित स्वार्थ अनुरूपको
अभियान रहेको कुरा कालान्तरमा खुलासा हुन पुग्यो। यस्ता कुरामा वैदिक ज्ञान बारे
चासो राख्ने व्यक्तिहरूको ध्यान पुग्न नसक्दा वेदका विद्याहरूले दिने वैज्ञानिक
पाटो वाट फाइदा लिन वैदिक समाज चुक्न पुगेको देखिन्छ।
विगतमा केही विद्वानले व्याकरणात्मक
दृष्टिकोण (Grammatical
Approach) बाट समेत वेदको भावार्थ वा सारतत्व निकाल्न प्रयास
गरे। पाणिनिको (Panini) व्याकरणको (Grammer) दृष्टिकोण र यसका (Yaska) द्वारा संश्लेषित
पारम्परिक संस्कृत शब्दकोश निरुक्तमा (Nirukta) उल्लिखित
शब्दहरूको व्युत्पत्ति (Etymologyof the words) समेतलाई
ख्याल गरी संस्कृत भाषामा लेखिएको वेदको मन्त्रहरूलाई अनुवाद गरी वेदको भावार्थ
प्रस्ट्याउने कोसिस समेत गरियो ।
व्याकरणात्मक दृष्टिकोण भाषिक
दृष्टिकोणभन्दा अत्यधिक परिष्कृत हुने भएकाले व्याकरणात्मक दृष्टिकोणको अनुवाद
ज्यादा यथार्थको नजिक पुगेर भावार्थ दिने गर्छ, दियो नै । व्याकरणात्मक दृष्टिकोणबाट
तयार भएको कृतिमा आर्य समाजले प्रकाशित गरेको स्वामी दयानन्दद्वारा तयार गरिएको
भावार्थलाई मुख्य मानिन्छ ।
संस्कृत व्याकरणको धेरै शास्त्रीय
शब्दको संलग्न रहेको छ। वैदिक श्रुतिहरूमा उल्लेखित शब्दहरूको लगभग शून्यकै
हाराहारीमा अन्य भाषामा हुबहु सम्पूर्ण भावार्थ दिन सक्ने शब्दहरू उपलब्ध रहेको
भेटिन्छ। जसले भाषाको ज्ञानको आधारमा हुने अनुवादको एक जटिलताको पक्ष उजागर गर्दछ।
दुर्भाग्यवश अन्य भाषाका जस्तै बिजुली,
टेलिग्राफ, एयरसिप, आणविक फ्युजन जस्ता कतिपय शब्दहरू गहिरो अर्थ राख्ने शास्त्रीय शब्दको
व्याकरणात्मक दृष्टिकोणको अनुवादले हैन, विषयवस्तुको
उत्पत्ति र अस्तित्वको ज्ञानको आधारको सन्दर्भलाई जोडेर निकाल्न सक्दा मात्र
जनजिब्रोको भाषामा वेदको भावार्थले दिन सम्भव हुने अवस्था थियो ।
विद्वत वर्गमा हाल सम्म स्थापित
विश्वास अनुरूप वेद कुनै ऐतिहासिक दस्तावेज मात्र नरहेर प्राकृतिक संरचनाको
निर्माणको र नियमित सञ्चालनको नियमहरू उल्लेखित प्राकृतिक विज्ञानको ज्ञान रहेको
ग्रन्थ हो। त्यहाँ उल्लेखित विषय वस्तुले
सृष्टिको सम्पूर्ण भौतिक (Physics)
कुराहरूको प्राकृतिक नियमहरू बारे कुरा गर्दछ। विज्ञानको
सम्पूर्ण क्षेत्रको ज्ञान र अवधारणाको सैद्धान्तिक व्याख्या गर्दछ। जसलाई अविद्या
भनिन्छ। अविद्याले भरपुर ऐतिहासिक श्रुतिहरूका गहिरा अर्थ बोकेका शास्त्रीय
शब्दहरू आधुनिक क्वान्टम फिजिक्सको अवधारणा बाहिरिए पछि आधुनिक विज्ञानको नयाँ
शब्दावलीले दिने व्याख्याहरू वेदका अविद्याका व्याख्याहरू संग मिल्न गएको भेटिएको
छ। पछिल्लो समयमा यसरी मिल्न पुगेका वेद र
विज्ञानका समकक्षी भावार्थको पहिले अनुवादित अनुवादहरूमा समेटिने स्थिति समेत
रहेन। ऐतिहासिक श्रुतिहरूका ऐतिहासिक अनुवादहरू आधुनिक विज्ञानको एजमा पुग्दै
गर्दा हाम्रा लागि पर्याप्त समेत रहेनन् ।
विज्ञानले विकास गरेका नयाँ आविष्कार
सँगै प्रयोगमा ल्याएको नयाँ - नयाँ शब्दावलीको वेदको समकक्षी शब्दावली पहिचान गर्न
र सम्बन्धित विषयवस्तुको सन्दर्भको त्यसको समभाव दिने आशयको मन्त्रमा
अन्तर्निहित रहेका ज्ञान समाजमा प्रस्ट संग राख्न पर्ने जरुरत समेत हुन पुग्यो।
जसका लागि वेदका मन्त्रको वैज्ञानिक अवधारणा र दृष्टिकोणको भावार्थ व्यवहारिक
रूपमै निकै गहिरो संग पहिल्याउन जरुरत
पर्दथ्यो। बौद्धिक दिवालिया पन लिएर वेद र आधुनिक विज्ञानका समकक्षी अर्थ दिने
शब्दको खोजी गरी वेदको अनुवाद गर्ने कार्य सम्भव थिएन। गरिएन । विगतमा यदि त्यसो
गरिएकै भए पनि आजको नयाँ सूचनाको समयमा त्यस त्यति ठुलो अर्थ समेत रहने अवस्था
रहने थिएन।
आधुनिक विज्ञानको नयाँ सूचनाको पहुँचमा
तत्कालमा रहेको सीमितताका कारण भाषिक दृष्टिकोण भन्दा अत्यधिक परिष्कृत रहेको
व्याकरणात्मक दृष्टिकोणको अनुवादले समेत वेदको अवधारणालाई आधुनिक विज्ञानको
सन्दर्भको बुझाइ समेतलाई जोडेर प्रमाण सहित समाजमाप्रस्ट सँग पस्कन सकेको भेटिएन।
जुन निकै चुनौती पूर्ण समेत देखियो।
वेदको गहन सार अर्थ मनोवैज्ञानिक तथा
आध्यात्मिक प्रकृतिको छ। श्रीअरबिन्दो द्वारा गरिएको अनुवादलाई वेदको मनोवैज्ञानिक
दृष्टिकोणको अनुवाद मान्न सकिन्छ। आफ्नो आफ्नो निजी चेतना स्तरमा कसैले वेदको कुनै
पक्षलाई महसुस गर्छन् भने कसैले आफ्नो समय परिस्थिति सान्दर्भिक रहने गरी वेदको
सही अनुवाद गर्न सक्छन्। निकै ठूलो संख्याका सामान्य व्यक्ति भने वेद केवल पढ्नका
लागि मात्र वेद बनिरहेको हुन सक्दछ।
हाम्रोमा केही कर्मकाण्डी गुरुबाले
वेदका श्लोक वाचन गरे सिधै स्वर्ग पुगिन्छ भनी छरेको भ्रममा भविष्यको उज्ज्वल
स्वर्गको आसमा धरै सनातनमा विश्वास गर्ने भक्तहरूले आफ्नो वर्तमानलाई नरक
बनाइरहेका भेटिन्छ।
वेदको श्लोक वचन गर्ने कुरा हैन।
त्यसको अर्थ बुझेर जसरी विज्ञानले साइकल देखि मोटर, जहाज, रकेटसम्म
बनाएर मानव जीवन सहज बनाउन सक्यो त्यसरी नै वेदमा रहेका तिनै सम्बन्धका ज्ञानको
सदुपयोग वाट विज्ञानले हाल गरे भन्दा अधिक विकास गर्ने सैद्धान्तिक कुराहरू वेदमा
रहेको बारे उनीहरू सचेत हुन् सकेका छैनन्। वेदमा कस्तो कस्तो विज्ञानका
सिद्धान्तहरू लेखिएका छन् त्यो बारे आज सम्म कुनै निकाय वाट समेत समाजमा सामान्य
सूचना दिने प्रयास समेत भएन। वेदको ज्ञान बुझ्ने,
मनन गर्ने र त्यसको सदुपयोगबाट नयाँ नयाँ आविष्कार गरी मानवसहित
सम्पूर्ण जगतको विकासगर्ने कडी थाहा पाउने र उपयोग गर्ने अवसर वाट आजसम्म पनि
हाम्रो समाज वञ्चित बनिरह्यो।
जसरी सुगाले मीठो भाषामा गोपी कृष्णको
भन्छ त्यसरी नै पण्डित र संस्कृतका गुरु कहलिएका ठूलो संख्याका हाम्रा कर्मकाण्डी
गुरुबाहरूले अर्थ नबुझे पनि वेदका श्लोकहरू भट्याउने र आफ्नो सीमित भाषा ज्ञानको सहजता भित्र
खेलेर सन्दर्भ बाहिरको एक–दुई मीठा कथा जोडेर वेदका आशय विपरीतका वेदका सार समाजमा
वाचन गर्दै हिँडी दिएकाले वेद अस्तित्वमा रहेको सूचना बचाउने काम भने गर्यो।
स्वघोषित महागुरु, ज्ञानी, युगद्रष्टा जस्ता पदवी सहित सवार रहने कतिपय ब्रह्म राक्षसको भूमिकाका व्यक्तिहरूको बदनियतपूर्ण आशय भरिएका कतिपय पुस्तक, रचना, लेख दर्शन वा ग्रन्थहरू हाम्रो आफ्नै
ज्ञान बजारमा वेदको ज्ञानको हुर्मत लिने काम गरिदियो। तिनै कुकृतिहरूको अध्ययनका
आधारमा कतिपय युवामा वेद माथिको सम्मानमा नै प्रश्न चिह्न खडा गरिदिने भूमिका खेली
दियो।
श्रीअरबिन्दो
(Sri Aurobindo) ले ऋग्वेदको मनोवैज्ञानिक दृष्टिकोणबाट गरेको
पूर्ण अनुवाद मात्र गरेका छैनन् समाजमा वेद अध्ययन
गर्ने नयाँ पुस्तालाई वेदमा रहेको एकै मन्त्रको समेत विभिन्न पक्षले फरक फरक अनुभूति
गर्न सक्ने प्रमाण प्रस्तुत गरिदिए। वेदको यथार्थ उजागर गर्न र वेदलाई न्याय गर्ने
नियत बोकेको श्री अरबिन्दोको ‘द हिम्स टु द कस्मिक फायर The Hymns to the
Mystic Fire’ नामक मनोवैज्ञानिक दृष्टिकोणको अनुवादमा समेत वैदिक
ज्ञान र आधुनिक क्वान्टम विज्ञानको भौतिक गहिराइका पक्ष लेखनका समयका कारण अटाउन
पाएन।
संसारका निकै धेरै मानिसले राम्रो भनी
सह्राउने वेदका अनुवादमा सुजाय घोषद्वारा लिखित ऋग्वेद फर ले म्यान (साधारण
मानिसका लागि ऋग्वेद) र पण्डित विद्यालंकारको होली वेद (पवित्र वेद) पर्छ।
संस्कृतमा केही शब्द थाहा भएको पाठकलाई यी दुई कृतिले वेदको ज्ञान प्राप्तिमा सहजता
थपिदिने छ।
परम्परागत रूपमा वेदको अध्ययन र यसबारे
आफ्नो धारणा बनाउन माथिका कृतिहरू सहयोगी रहे तापनि आजको दिनसम्म आइपुग्दा वेदका
हरेक मन्त्रहरू कुनै न कुनै रूपमा विज्ञानको प्रमाणित र अझै खोजिमा नियमित रहेका
बहुआयामिक सिद्धान्तहरूको संस्कृत भर्सन रहेको प्रतीत दिन वेद आज सम्म सफल
बनिरहेको छ। जुन निकै चाख लाग्दो विषय हो।
आजको युग कर्म युग हो। जबसम्म वेदका
सैद्धान्तिक अवधारणालाई भौतिक विषय वस्तु सँग जोडेर त्यसको चुरो ज्ञानलाई पैसामा
बदल्ने गरी उद्यमीकरण गरी इनोभेसनको हदसम्म पु¥याउन सकिँदैन तबसम्म यो ज्ञानतर्फ
संसारको ध्यान तानिने छैन। वेदको ज्ञानको उपयोगिताका लागि तथा सम्पूर्ण जगतको
उत्थानका लागि वेदमा रहेको विज्ञान, ज्ञान र वैराग्य एक आपसमा
जोड्न जरुरी छ। जसका लागि वैज्ञानिक दृष्टिकोणको वेदको अनुवादले ठूलो भूमिका खेल्न
सक्ने छ । त्यही सन्दर्भमा वेद र विज्ञानको प्रसंग खोतल्ने महत्वपूर्ण कडीका रूपमा
वेदमा विज्ञान अभियान देखापरेको हो । आउनुहोस् हामी सबै मिली हाम्रा नयाँ पुस्ताको
लाभको खातिर वेदमा विज्ञान अभियानमा सहकार्य गरौँ।
वेद र विज्ञान मनोविज्ञान
पहिले मानव, दानव, राक्षस र देवता बारे केही कुरा गरौँ। जन्म, मृत्यु
र पुनर्जन्मको चक्रको अधीनमा रहनु पर्ने जीव भएता पनि चेतनाको स्तर सबै जीवित
प्राणीभन्दा उच्च रहेको प्राणीलाई मानव भनिएको छ। प्राणी मध्येमा सबै भन्दा सुद्ध
चेतनशक्ति बोकेकोले प्रकृति द्वारा मानिसहरूलाई धर्म (धार्मिकता), अर्थ (धन र संवृद्धि), काम (इच्छा र यौन) र
मोक्षको (मुक्ति) न्याय सङ्गत रूपमा उपयोग गर्ने
जिम्मेवारी तोकिएको छ । मानिसमा उपलब्ध आध्यात्मिक ज्ञान र मुक्ति (मोक्ष) प्राप्त
गर्ने क्षमताको सदुपयोग वाट ब्रह्माण्ड लाई सम्पूर्ण चराचरहरूको लागि अनुकूल
राख्ने नैतिक जिम्मेवारी लिएर मानिस अस्तित्वमा रहेको छ। तपाइको शरीर र मन
मस्तिष्क चेतना (आत्मा) संग मिलेर सम्पूर्ण तपाइको निर्माण हुने गर्दछ। हामी मानव
भएकाले त्यो बारे अरू धेरै केही भन्नु परेन ।
वेद अनुसार, दानव, राक्षस र देवता आचरण र भूमिकामा भिन्नता भएका जीवित शक्तिहरू हुन्।
दैत्यहरूको समूहमा पर्ने असुरहरूको सन्तान दानवहरू सम्पत्ति र भौतिक सुखमा अति इच्छुक सांसारिक
मोह अधिक बोकेका शक्तिशाली जीवित शक्तिहरू हुन्। व्यवहारमा अत्यन्त ठुलो अहङ्कार,
महत्त्वाकाङ्क्षा र इन्द्रियको सुखको नियतले ग्रस्त दानवहरू आफूमा रहेको इन्द्रिय सुख र
अहङ्कारको नकारात्मकता प्राप्तिमा नियमित
ज्ञानको खोजीमा रहने तत्वको रूपमा वेदमा उल्लेख भएको छ। यो तथ्यले दानवहरू
मेरुदण्डमा रहने स्नायु प्रणाली वा मेरुदण्डको मस्तिष्क संग सम्बन्धित शक्ति भन्ने
बुझिन्छ।
राक्षसहरूलाई प्रायः क्रूर, हिंस्रक र
विध्वंसकारी शक्तिका रूपमा वेदमा चित्रण गरिएको छ। यिनीहरू अधर्ममा लिप्त, नियम विहीन र पापी क्रियाकलापमा संलग्न हुन्छन्। राक्षसहरूको उद्देश्य
भनेको देवताहरूको मार्गमा बाधा पुर्याउनु र समाजलाई नकारात्मक दिशामा धकेल्नु हो।
यिनीहरू दुष्ट प्रवृत्तिका कारण देवताहरूको शत्रु मानिन्छन्। प्राकृतिक नियमको
सिद्धान्त अनुरूप शरीरमा नियमित गतिशील रहने सञ्चालन ऊर्जाको विपरीत त्यसमा अवरोध
ल्याउने शक्ति लाई राक्षस भनेर वेदमा सङ्केत गरिएको छ। वेदका अनुसार यिनीहरू रोग
प्रतिरोधी शक्ति कमसल तुल्याउन सक्रिय रहने, रोग र
विषाक्तता निम्त्याउने मस्तिष्कको गतिविधिमा नियमित अवरोध निम्त्याउने शक्ति हो।
देवताहरूलाई वेदमा सकारात्मक र धर्मशील
शक्तिका रूपमा चित्रण गरिएको छ। यिनीहरू सृष्टिको पालन, संरक्षण र
मानिसहरूलाई धर्मको मार्गमा लैजानमा केन्द्रित हुन्छन्। देवताहरू सत्कर्म, सच्चाई र ईश्वरीय शक्तिको प्रतीक मानिन्छन्। यिनीहरू ऋतमा (सत्यको
नियम) चल्छन् । मानव सभ्यता र प्रकृतिको
संरक्षणका लागि जिम्मेवार हुन्छन्। वेदका अनुसार देवताहरू स्नायु प्रणाली र समग्र
स्वस्थ निर्माणका सकारात्मकऊर्जा र उत्साह
थप्ने सकारात्मक ऊर्जाको समग्र रूप हो जसमा रोग प्रतिरोधी क्षमता र समग्र सुखका
पक्ष समेत समावेश हुने गर्दछ।
देवताहरू जतिकै शक्तिशाली देवताहरूको
विरोधी शक्ति दानव हो।तिनीहरू प्रायः देवहरूलाई चुनौती दिन्छन्। दानवको कारण
देवताहरू पथ भ्रष्टहुन वाट रोकिन्छन्। त्यसैले ब्रह्माण्डीय सन्तुलनको विशेष भागको
रूपमा दानवहरू अस्तित्वमा छन् ।
मानव शरीरको पोषणको हकमा मानव पोषण र संवर्द्धनमा सहयोगी शक्ति देवताको रूपमा
चिनिन्छ। पोषण र संवर्द्धनको विपरीत शक्ति दानव हुन्। अधिक पोषण र सुविधाले विकास
गर्ने नैतिक विहीन मैमत्तता निर्माण गर्ने विषको नियन्त्रणमा उपयोगमा आउने औषधीय
ऊर्जा तत्त्व भने दानव ऊर्जा तत्त्व नै हुने गर्दछ।
जीवमा नकारात्मक मनोविज्ञान विकास
गर्ने, दुख
दिने, बिमार आदि मार्फत सताउने द्वेषपूर्ण आचरण लिएको,
आफ्नो आकार र रूप नियमित परिवर्तन गर्ने क्षमता बोक्ने अक्सर नर
भक्षी प्रवृत्तिका गुण भएको शक्तिलाई राक्षस भनिएको छ। दानव प्रायः देवताको विपरीत
शक्ति हुन् भने राक्षस जीवको जीवितता मैत्री शक्तिको विपरीत शक्ति हुन्।
राक्षसहरूलाई सामान्यतया उग्र र क्रूर प्राणीकोरूपमा चित्रण गरिने गरिन्छ।
उनीहरूले मानव कर्म तथा अनुष्ठानहरूमा बाधा पु¥याउने,
मानिसहरूलाई हानि गर्ने गर्दछ । मानव रक्षामा सकारात्मक भूमिका
खेल्ने देवताहरूको विरोधमा राक्षसहरू सक्रिय हुने हुँदा उनीहरूलाई देवताहरूको पनि विरोधीको रूपमा चित्रण गरिन्छ। अराजकता र दुष्टताको
प्रतीक मानिने राक्षसहरू मानव शरीरकोहकमा रोग प्रतिरोधात्मक शक्तिको विपरीत शक्ति
हुन्। हानिकारक कीटाणु, रोगाणु, इन्जाइम
हर्मोन अवरोधक आदि तथा दबिएको आत्मबल जस्ता चिजहरू वैदिक जीव विज्ञान अन्तर्गतका
राक्षसहरू हुन्। यिनीहरूले शरीरमा रोग प्रतिरोधात्मक शक्ति अत्यधिक हुनका कारण
शरीरमा हुने जोखिम नियन्त्रणमा सहयोग गर्दछन् भने न्यून रोग प्रतिरोधात्मक शक्तिको समयमा व्यक्तिको जीवन नै सकिदिने जोखिमको
समेत निर्माण गरिदिने गर्दछन्।
आधुनिक औषधि विज्ञानको हिसाबमा भूतलाई
डिप्रेसन र प्रेतलाई एञ्जाइटि सँग तुलना गर्न सकिन्छ। विज्ञानका अनुसार मानसिक
अवस्थाहरू व्यक्तिको सोच र आत्मा बलको अवस्था सँग सम्बन्धित हुने गर्दछ जहाँ
व्यक्तिको मूल खोज मानसिक शान्ति हुने गर्दछ। वेदले आफ्नो अलमलिएका अधुरा इच्छाका
कारण असन्तुष्ट रहेर संसारमा अड्किएका शान्ति नपाएका व्यक्तिका आत्माहरू लाई भूत
भनेको छ। मेडिकल विज्ञानको अनुसार डिप्रेसन यस्तो अवस्था हो जहाँ व्यक्ति मानसिक
रूपमा अड्किएको, असहाय र असन्तुष्ट महसुस गरेको हुन्छ। आफ्ना पुराना घटनाहरूको प्रभावमा
अड्किन पुगेर, पुराना अनुभूतिका पीडाहरूले थिचेका कारण
जीवनमा अग्रसर हुन कठिनाइ भोगिरहेको महसुस डिप्रेसनमा हुने गर्छन्। जसको
प्रयास एक प्रकारको प्राप्त गर्न नसकिएको
शान्तिको खोजी नै हुने गर्दछ।
अशान्त, अस्थिर र त्रासदायी अवस्थामा रहेर
आफूलाई र अरूलाई दुःख दिने प्रवृत्ति लाई वेदमा प्रेत भनिएको छ। एञ्जाइटिको
अवस्थामा व्यक्ति निरन्तर चिन्ता, त्रास र अशान्तिको
अवस्थामा हुन्छ। आफ्नो भविष्य प्रति अत्यधिक चिन्तित हुनको कारण विकसित भएको डरले
एञ्जाइटि देखिनुको कारण हुने गर्दछ। जसरी प्रेतहरू अशान्त र अशान्तिपूर्ण ऊर्जा
प्रवाह गर्छन् त्यसरी नै एञ्जाइटिको समयमा व्यक्ति अशान्त, डरले जकडिएको र अस्थिर मानसिक अवस्थामा रहन्छ।
भूतलाई आफ्नो मानस पटलमा रहेको पुराना
घटनाहरू, अधुरा इच्छाहरू वा अपूर्णता जनाउने शक्तिको रूपमा वेदमा परिचित गराइएको
छ। जुन आधुनिक मेडिकल साइन्सले परिभाषित
गरेको डिप्रेसनको समयमा देखा पर्ने लक्षण हो। डिप्रेसन आफैमा विगतमा अड्किन बाध्य
रहेर विकसित मानसिक कमजोरी हो। प्रेत भने अनिश्चित भविष्यको कारण विकसित डरका कारण
निरन्तर तनावमा रहेर बाँचिरहेको अवस्थामा हो, जसलाई
मेडीकल्ली एञ्जाइटिको रूपमा डाइग्नोस गर्ने गरिन्छ। एञ्जाइटिमा मानिसले निरन्तर
चिन्ता र डरको अनुभव गर्छ, जसले गर्दा उसले मानसिक
अशान्ति भोग्नु पर्दछ।
वैदिक दृष्टिकोणमा पिचास र डङ्गकिन
दुवैलाई नकारात्मक, अशुभ वा अधर्मी आत्माहरूको रूपको नकारात्मक मानसिक ऊर्जा पैदा गर्ने
शक्तिको रूपमा चित्रण भएको छ। वेदमा जब शरीरले चेत गुमाउन जान्छ त्यसलाई मृत सामान
शरीर मान्दछ। रातमा सक्रिय हुने र मानव शरीरमा वा जीवनमा त्रास फैलाउने अत्यन्त
घृणित, अति क्रूर र विध्वंसकारी आत्मबल शक्ति पिचासको
रूपमा वैदिक अवधारणामा चित्रण भएको पाइन्छ।
मानिसहरूको मन र शरीरलाई नियन्त्रण गर्न सक्षम भएर प्रायः राक्षसी वा अशुभ
कार्य गराउने भूत, प्रेत, वा
राक्षसहरूको सहयोगीका रूपमा काम गर्ने स्त्री गुणको शक्ति लाई डङ्गकिन (डाकिनी)
भनिएको छ। पिचास र डङ्गकिनको गुण सिजोफ्रेनिया वा सिभियर डिप्रेसन र बाइपोलार
डिसअर्डर वा हिस्ट्रोनिक पर्सनालिटी डिसअर्डर भनिने मानसिक रोगहरूको लक्षणहरू सँग
मिल्दछ।
सिजोफ्रेनिया (Schizophrenia) को
रोगमा व्यक्तिले वास्तविकता र भ्रम बिच फरक छुट्टाउन सक्दैन। अनावश्यक आवाजहरू
सुन्ने, अनौठो दृश्यहरू देख्ने आदि कारण वाट व्यक्ति
अनियन्त्रित डर र त्रासको सिकार हुन्छ। मानिसमा त्यस्तै प्रकारको नियन्त्रित डर,
अशान्ति र भ्रम पैदा भएको अवस्था लाई पिचासले दुख दिएको भनिन्छ। जुन सिजोफ्रेनियाको रोगीले
अनुभव गर्ने गुण हो। सिभियर डिप्रेसन (गम्भीर डिप्रेसन) हुँदा व्यक्ति निराश,
डरयुक्त र आफ्नो जीवनप्रति असन्तोष महसुस गर्छ। जसका कारण उसले
आफूलाई बाह्य संसारबाट टाढा राख्छ। पिचासहरूको आत्मालाई समेत संसारमा अलमलिएको
एक्लिएको आत्मा भन्ने गरिन्छ।
बाइपोलार डिसअर्डर (Bipolar Disorder) को
रोगमा व्यक्ति एकै चोटि धेरै उच्च ऊर्जा र जोसमा पुग्दछ अनि फेरी अचानक गहिरो
निराशा वा उदासीनताको अवस्थामा जान्छ। डङ्गकिनको शक्ति लाई मानिसको मानसिक र
भावनात्मक स्थितिमा ठुलो उतारचढाव ल्याउन भूमिका खेल्ने शक्तिको रूपमा चर्चा भएको
छ। जुन बाइपोलार रोगीको मनोवृत्ति हो। हिस्ट्रोनिक पर्सनालिटी डिसअर्डर (Histrionic
Personality Disorder) को समयमा व्यक्तिले अर्को व्यक्तिको
अत्यधिक ध्यानाकर्षण चाहन्छ। त्यसको लागि आफ्नो वरिपरि नाटक वा ड्रामा सिर्जना
गर्छ। डङ्गकिनले समेत मानिसलाई नियन्त्रणमा राखेर व्यक्तिको ध्यान आफूतर्फ खिच्ने
स्त्री शक्तिको रूपमा चित्रण गरिएको छ। हिस्ट्रोनिक पर्सनालिटी डिसअर्डर रोगमा
पीडितले अस्वाभाविक रूपमा आफूलाई प्रकट गर्न र नियन्त्रण गर्न खोज्ने गुण
डङ्गकिनको चरित्रको गुण संग मिल्दछ।
तपाइले जे खानु हुन्छ त्यस वाट तपाइको
भौतिक शरीर निर्माण हुन्छ। तपाइले जे सोच्नु हुन्छ त्यसले तपाइको आत्मबल निर्माण
गर्दछ। तपाइको चेतना निर्मित आत्मा बल तपाइको मनोविज्ञान निर्माण र सञ्चालन संग
सम्बन्धित हुने गर्दछ। देवता अर्थात् सकारात्मक शक्तिको श्रोत तपाइको भौतिक शरीर र
मनोविज्ञान निर्माण संग सम्बन्धित छन्। सकारात्मक मनोविज्ञान निर्माण र त्यसको
नियमितता कायम गर्ने शक्तिको ठिक विपरीत ध्रुवमा काम गर्ने शक्तिलाई पिशाच भनेर
चिनिन्छ।
साङ्केतिक रूपमा श्मशान स्थल र मानव बस्तीको
लागि परित्याग गरिएका ठाउँहरूमा मानिसलाई सताउने शक्तिको रूपमा चित्रण गरिने पिशाच
शब्द मानव फिजियोलोजीमा मनोविज्ञान सम्बन्धका रोगका कारक को रूपमा जोडेर हेर्ने गरिन्छ।
मनोविज्ञान सम्बन्धका गडबडीहरू र कमजोर आत्मबलले दिने रोगहरू निम्त्याउन पिशाचहरू
जिम्मेवार त हुन्छ नै । मानिसको मनोविज्ञानले सिर्जित गर्ने भूत, प्रेतजस्ता काल्पनिक अनुभूतिका कारण तथा मनोवैज्ञानिक रोग आदिले दिने
प्रकृतिको रोगमा समेत पिचासको भूमिका रहने गर्दछ। औषधि विज्ञानको विना औषधि औषधि
गर्ने अल्पकालीन उपचाररुपी प्लेसिबो इफेक्टको लागि परम्परागत रूपमा पिचास मन्छाउन
धामी, झाँक्रीर मन्त्र पाठ, पूजा,
मन्तर्ने आदि गर्ने गरिन्छ। दीर्घकालीन उपचारमा भने अध्यात्म,
ध्यान र आयुर्वेदिक उपचारको सहारा लिने गरिन्छ ।
दैवीप्राणी वा देवताहरू प्रकृति, संसार र
ब्रह्माण्डीय संरचना सन्तुलनको क्रमका विभिन्नपक्षहरू सँग सम्बन्धित शक्ति हुन् ।
ब्रह्माण्डमा प्राकृतिक नियमको सिद्धान्त निर्माणगर्ने (वेद लेखन) र त्यसलाई पालन
गराउने (धर्म) व्यवस्थापन गर्ने शक्ति नै देवताको रूपमा चिनिन्छ। देवतालाई
प्राणीहरूको कल्याणकारी शक्ति मानिएता पनि समग्र चराचरहरूको अस्तित्व कायम गर्दै
ब्रह्माण्डको कल्याणमा लाग्ने देव शक्तिको भूमिकामा मानव कल्याण र अस्तित्वको
रक्षा जस्ता विषयहरू समेत पर्दछन् । मानव परम्परामा विभिन्न संस्कार, अनुष्ठानर बलिदानहरू आदिमा पूजा सम्मान मार्फत साङ्केतिक पहिचान गर्ने
र देव शक्तिको भूमिकाको लागि धन्यता व्यक्त गर्ने गरिन्छ। जम्मा ३३ कोटी अर्थात्
३३ प्रकारमा रहेको हरेक प्रकारको देवताको विशिष्ट कार्यहरू रहेको ठानिन्छ। मानव
फिजियोलोजीको सन्दर्भमा मानिस लाई जीवित राख्न, समग्र स्वस्थ
सन्तुलित राख्न र नियमित रूपमा सुचारु गर्न देव शक्तिको प्रमुख भूमिका रहने गर्दछ।
मेरो गोत्र कश्यप हो । कश्यप ऋषिले
दक्षका १३ छोरीहरूसँग विवाह गरे। जसमध्ये अदिति, दितिर दनु मुख्य चर्चामा आउँछन्।
कश्यपका दनु तर्फका छोराहरूलाई दानव भनिन्छ। दिति तर्फका छोराहरू दैत्य भए । अदिति
तिरका छोराहरू आदित्य अर्थात् आदित्य–देवदेवता भनिए । मानव मुख्य बीज छोराको
शुक्राणु रहेकाले त्यो बीजको विस्तारको पहिचानका लागि परम्परागत रूपमा छोराहरू बारे
चर्चा भेटिन्छ । यसको अर्थ छोरीहरूको मान्यता नरहेको होइन । यो सन्दर्भमा चर्चा
जरुरी नभएको मात्र हो। त्यति बेला डिएनए परीक्षण गर्ने विधि थिएन। नारीले भनिदिएको
भरमा बाबुको यकिन गर्नु जरुरी हुन्थ्यो ।
त्यो सन्दर्भमा समेत बीजको फैलावटको
यकिन गरिने गोत्र प्रविधि वैज्ञानिक नै मान्नुपर्छ। दानव र दैत्य सदैव उनीहरूका
सौतेनी भाइ देवहरू सँग युद्धमा होमिए। देवहरू सदैव सत्यको पक्षमा उभिएकाले सुर
मानियो। विपरीत पक्षमा रहनेलाई असुर मार्गी भनियो ।
त्यसैले दानव र दैत्यलाई असुरहरू भनेर
चिनिन थालियो । दानव र दैत्यहरूमा रहेको असुर प्रवृत्तिले मुक्त सत्यमार्गी
प्रवृत्ति बोकेका देवहरू सुरका रूपमा चिनिए। वास्तवमा सुरहरू असुरहरूका दाजु भाइ
नै हुन्, सौतेनी नालका।
असुर प्रवृत्तिको अर्को पक्ष हो दैत्य
नालको राक्षस। सुकेश नामका दैत्यले गन्धर्व छोरी देववती सँग विवाह गरे। तिनीहरूका
तीन उत्कृष्ट बच्चा जन्मिए। तीमध्येको एक सुमाली थिए। सुमालीले यक्ष राजकुमारी
थाटकासँग विवाह गरे । उनीहरूका धेरै छोरीमध्येकी एक छोरी हुन् कैकसी।
कैकसीको विवाह पुलस्त्य मुनि (ऋषि) को
छोरो विश्रवासँग भयो। कैकेसी र विश्रवाबाट रावण, कुम्भकर्ण, विभीषण,
खर, शूर्पणखा जन्मे । ती सबै असुर
प्रवृत्तिका थिए ।
उनीहरू राक्षसको नामले संसारभर चिनिए।
प्रवृत्तिगत रूपमा राक्षसलाई अधर्मीका रूपमा वर्णन गरिएकोछ। अर्कालाई यातना दिन
पाउँदा यिनीहरूलाई अति रमाइलो लाग्छ।
राक्षसशब्द संस्कृतको चुरो शब्द
संरक्षणबाट आएको हो। यसले अभिप्राय विपक्षीको प्रतिरोध शक्ति माथि संक्रमण गरी
उनीहरूलाई नियन्त्रणमा लिने अनि विजय प्राप्त गर्ने युद्ध नीति पर्छ।
यिनीहरूसँग आफ्नो विपक्षीलाई वशमा
पार्ने जादु, भ्रममा पार्ने कला र सुन्दर सपना देखाएर फसाउन सक्ने कला हुन्छ। तिनै
गुणका कारण यिनीहरूले आफ्नो विपक्षीलाई आफ्नो पक्षमा पार्न सम्भव हुन्छन्।
कतिपय राक्षसहरू नियतगत रूपमा नै
दुष्टता युक्त हुने गर्दैनन्। जस्तै राक्षस भए तापनि यक्ष / यकास (Nature
Sprit & Bhuta) नैतिक रूपमा सही, न्यायसंगतनै
थिए ।
बैगुनी दानवहरू र दैत्यहरू प्रवृत्तिगत
रूपमा असुरहरू सदैव शक्तिको भोका,
भौतिकवादी, आकारको हिसाबमा तुलनात्मक
रूपमा ठूलो आकारका, प्रभावको हिसाबमा प्रभावशाली, विशेष सामर्थ्य युक्त र बृहत् रूपमा आफ्नो शक्ति फैलाउन सक्ने क्षमता
बोकेको हुन्छन् । यिनीहरू हमेसा हानिकारक रूपमा प्रस्तुत हुँदैनन् । अवसर कुरेर
बस्ने, शक्ति प्राप्तिको अवसर र मौका पर्दा सक्रिय रहने
स्वभाव बोकेका अवसरवादी हुन्छन्।
असुर नियतगत रूपमा नै दुष्ट हुने
गर्दैनन् । जस्तै असुर राजा भए तापनि महाबली नैतिकरूपमा सही, न्यायसंगत र
सद्गुणयुक्त धर्मी राजा थिए ।
प्रत्येक मिर्गौलाको माथिपट्टि एउटा सानो संरचना टाँसिएर बसेको हुन्छ । जसलाई एड्रेनल ग्रन्थि भनिन्छ। सामान्यतः तिनै दुई एड्रेनल ग्रन्थिहरूले हार्मोन नामका रसायन निकाली नसामा बगेको रगतमा छोड्छ । पाचन जस्तै शरीरका विभिन्न भागमा हुने कार्यमा सहयोगी हुने अर्को प्रकृतिको रसायनलाई इन्जाइम भनिन्छ ।
पाचनका इन्जाइमहरू प्यान्क्रियाज, आमाशय र सानो
आन्द्रामा उत्पादन हुन्छन्। मुखमा सेलिबरी ग्रन्थिले निकाल्ने ¥याल पनि पाचन इन्जाइम नै हुन् । जसले खाना मुखमा चपाउने क्रमदेखि
त्यसलाई पचाउन सजिलो हुने गरी टुक्रा पार्न सुरु गर्छ । हार्मोन र इन्जाइम दुवै
निश्चित प्रकारका प्रोटिन नै हो ।
वेदले हाम्रो शरीरमा शरीरका गतिविधि सञ्चालनमा
सहयोग गर्ने जस्तैः पाचन रसहरूका रूपमा रहेको अम्लीय पदार्थ र क्षारीय पदार्थ, इन्जाइम, हार्मोन, माइक्रोबायोम शक्ति र अन्य शरीरले
उत्पादन गर्ने ऊर्जा तत्व लाई अग्नि भन्ने गर्छ । उक्त अग्निको सहयोग बाट नै खानको
सारतत्वहरू शरीरलाई चाहिने स्थानमा चाहिने समयमा चाहिने रूपमा आपूर्ति हुने गर्छ ।
इन्जाइमहरूले मानव शरीरमा रासायनिक प्रतिक्रियाको गति बढाउन मद्दत गर्छ । इन्जाइम जैविक उत्प्रेरक हुन् । तिनीहरूले उत्प्रेरणा दिएर जैविक प्रतिक्रिया नियमित पार्छन्।हर्मोनहरू उत्प्रेरक होइनन् । तिनीहरू केवल जैविक रासायनिक प्रतिक्रिया आरम्भ गरिदिने काम गर्छन्।
इन्जाइमहरूले शरीरमा जैविक
प्रतिक्रियाहरूलाई तीव्र बनाउँछन्,
जस्तै पाचन प्रक्रियामा। हर्मोनहरू रासायनिक सन्देश वाहकका रूपमा
कार्य गर्छन्, जस्तै कुनै अङ्गको वृद्धि, मेटाबोलिज्म, तथा मनोभावनाको नियन्त्रणमा
खेलिने भूमिका। वैदिक बुझाइमा, शरीर विभिन्न ऊर्जाहरू तथा
तत्त्वहरूको संयोजनको समग्र रूप हो, जसलाई प्राण र
सूक्ष्म शक्तिहरूले नियन्त्रण गर्छन्। आधुनिक वैज्ञानिक अवधारणामा, हर्मोन मस्तिष्क नियन्त्रित प्रोटिनले बनेका रासायनिक सन्देशवाहक भएकाले वैदिक अवधारणा अनुसार शरीरको आन्तरिक
प्रणालीलाई नियन्त्रण गर्न प्राणले उत्पन्न गर्ने
अग्नि शक्तिलाई हर्मोन भनिएको स्पष्ट हुन्छ।
आधुनिक वैज्ञानिक अवधारणा अनुसार, शरीरभित्र भौतिक
पदार्थहरूलाई एक रूपबाट अर्को भौतिक रूपमा परिवर्तन गर्न सक्रिय रहने जैविक
प्रतिक्रियाहरूलाई तीव्र बनाउने प्रोटिनले बनेका रासायनिक पदार्थहरू इन्जाइम हुन्।
जस्तै पाचन प्रक्रियामा पाचन कार्यलाई सक्षम बनाउन सक्रिय रहने पेप्सिन। वैदिक
अवधारणामा, तिनीहरूलाई अग्नि, अर्थात्
शरीरको आन्तरिक प्रणाली (जस्तै: पाचन) निर्मित गर्ने ऊर्जा भनिन्छ।
पाचन अग्निले भोजनलाई सानो-सानो भौतिक
रूपको पोषण कणमा रूपान्तरण गर्ने कार्यलाई तीव्र बनाउँछ। जैविक प्रतिक्रियाहरूलाई
उत्प्रेरित गरेर पोषक तत्त्वहरूको विघटन र अवशोषणलाई सहजीकरण गर्दछ। मस्तिष्क
नियन्त्रित रासायनिक सन्देश वाहक भए तापनि,
पदार्थहरूको भौतिक रूपान्तरण र शरीरका कार्यहरूलाई सक्षम बनाउने
अग्नि शक्ति शरीरको आन्तरिक प्रणाली निर्मित ऊर्जा
रहेकोले यिनीहरु आधुनिक विज्ञानको इन्जाइम भनिएको
स्पष्ट हुन्छ।
सारमा, हर्मोनलाई प्राणको अग्निको रूपमा बुझ्न
सकिन्छ, जसले शरीरको आन्तरिक प्रणालीलाई नियन्त्रण गर्दछ।
इन्जाइम भने शरीरको आन्तरिक प्रणाली निर्मित शरीरका विभिन्न कार्य प्रणालीहरूमा
सक्रिय अग्निको रूपमा बुझ्न सकिन्छ, जसले पदार्थहरूको
रूपान्तरण र शरीरका आन्तरिक प्रणाली कार्यहरूलाई सक्षम बनाउँछ।
इन्जाइमहरू वा हर्मोनहरू आवश्यकता
भन्दा धेरै वा थोरै हुँदा,
त्यसले शारीरिक कार्यहरूमा अवरोध निम्त्याउँछ। इन्जाइमहरू धेरै
हुँदा अत्यधिक वा तीव्र जैविक प्रतिक्रिया हुन्छ, जसले
असन्तुलन निम्त्याउँछ, जस्तै अत्यधिक पाचन क्रियाले
कोषहरूमा क्षति पुर्याउँछ। इन्जाइमहरू थोरै हुँदा महत्त्वपूर्ण प्रक्रियाहरू,
जस्तै पाचन वा मेटाबोलिज्म, सुस्त
हुन्छन्, जसले पोषणको अभाव वा विकृति वा रोगहरू
निम्त्याउँछ, जस्तै ल्याक्टेज एन्जाइमको कमीले ल्याक्टोज
असहिष्णुता उत्पन्न हुन्छ।
हर्मोनहरू धेरै हुँदा अंगहरू अत्यधिक
उत्तेजनामा आउँछन्, जस्तै अत्यधिक थाइराइड हर्मोनले हाइपरथाइराइडिज्मको विकास गर्दछ।
हर्मोनहरू थोरै हुँदा कार्य सक्रियता कम हुन्छ, जस्तै कम
थाइराइड हर्मोनका कारण हाइपोथाइराइडिज्म हुन्छ। इन्सुलिनले रगतमा चिनीको मात्रा
नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। अपर्याप्त इन्सुलिन उत्पादन वा
इन्सुलिन प्रतिरोधले मधुमेह निम्त्याउँछ, जसले थकान,
तौल वृद्धि, तिर्खा लाग्ने, र संवेदनशील अंगहरूको कार्य विफलता जस्ता समस्याहरू निम्त्याउन सक्छ।
एस्ट्रोजेनको हार्मोन उच्चस्तरमा हुँदा रगत जम्ने र हृदयाघात हुने गर्छ।
एस्ट्रोजेनको अधिकतामा थाइरोइड डिस-फङ्गसन समेत हुन सक्छ।
एन्जाइमहरू वा हर्मोनहरूको असन्तुलनले
गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ,
जसलाई पुन: सन्तुलन गर्न औषधीय हस्तक्षेप आवश्यक हुन सक्छ। आफ्नो
नियन्त्रणमा रहँदा सम्म, शरीरले आफ्नो उपचार आफै गर्दछ।
चाहिने मात्राको हार्मोनलाई हामी आफ्नो
आफ्ना आदरणीय पात्र गुरुवर वा प्रिय ज्ञात अज्ञात पात्रहरूबाट प्राप्त आशिष र शुभ कामनाको
फलका रूपमा लिन्छौँ। ठिक्क मात्राको इन्जाइम सत्कर्मबापत धर्ममा रहेबापत मिलेको
ईश्वरको वरदान सम्झन्छौँ।
वैदिक चुरो मान्यतामा हार्मोनको कमी
सेवा भावको अभाव तथा हार्मोनको अधिकता अर्कालाई हानि पु¥याए बापतको चित्त
दुखाइको परिणाम हुने गर्दछ। जुन मनोवैज्ञानिक छ। सत्कर्म संग सम्बन्धित हुने
गर्दछ। इन्जाइमको कमी धर्म भावको अभाव तथा इन्जाइमको अधिकता अधर्म बापतको श्रापको
फल मान्छौँ। जुन प्रकृति मैत्री खानपान र जीवन शैली संग सम्बन्धित हुने गर्दछ।
आज नेपाल लगायत विश्वका धेरै देशले
लागू गरेको शिक्षा प्रणालीले मानिसको जीवनको अस्तित्व शरीर मृत हुनासाथ सकिने
विश्वास गर्छ। शरीर भित्रको आत्माको अस्तित्व नै स्विकार्दैन। वैदिक दर्शन र वैदिक
सिद्धान्तमा आधारित प्रणालीको विश्वासमा कुनै प्राणीको शरीरको विनाशले उस भित्रको
जीवित प्राणी अथवा जीवात्मा नष्ट नहुने कुरा स्विकार्दछ। मान्दछ।
कुनै जीवित आत्माले नयाँ शरीर प्राप्त
गर्नु भनेको त्यो आत्माको नयाँ जीवन सुरु भएको हुँदैन । वैदिक दर्शनको
मान्यतामा हाम्रो हालको शिक्षा प्रणाली
जुन तत्व ज्ञानको आधारमा विकास भएको छ त्यसको जगको रूपमा रहेको तत्व ज्ञानको मूल तत्व नै भ्रमपूर्ण छ। शिक्षा
प्रणालीको जग नै नक्कली विश्वास माथि उभिएको छ।
जति वेला हाम्रो छिमेकी मुलुक भारतमा बेलायती
सरकारको उपनिवेश थियो, त्यसबेला लर्ड मकाउले भारतका लागि नियन्त्रण बोर्डको आयुक्तमा नियुक्त
पाए। उनले भारतवर्षको ज्ञानको जग, संस्कृति, अर्थ व्यवस्था र राजनीति मामिलाको गहिरो अध्ययन गरे। चीनका जनतालाई
लागू पदार्थको दुव्र्यसनमा फसाएर आफ्नो काबुमा राखे जस्तो गरी भारतमा लामो समय राज
गर्न त्यहाँ वेदको प्रभावले विकास गरेको सचेत नागरिकका कारण सम्भव हुने छैन भन्ने
निष्कर्ष निकाले।
वेदले शिक्षित समाजलाई फुटाऊ र राज
गरको अवस्थामा पुग्न नसकिने गहिरो तथ्य बुझेका उनले भारतको वैदिक शिक्षा
प्रणालीलाई जसरी पनि जतिसक्दो चाँडो धराशायी पार्न जरुरी भएको निचोड निकाले ।
सोही योजना अन्तर्गत भारत वर्षको वैदिक
ज्ञानको जग र सभ्यता जसरी पनि धराशायी गर्ने जिम्मेवारीका साथ १९३४ देखि उनी
भारतको सर्वोच्च परिषद्को सदस्य भएर भारत आए। मात्र चार वर्षको बसाइमा उनले भारतमा
नयाँ राष्ट्रिय शिक्षा प्रणाली विकास गर्न र लागू गर्न सफल भए। भारतीय शिक्षा
प्रणालीमा आपराधिक संहिता समावेश गरिएको नयाँ राष्ट्रिय शिक्षा प्रणालीलागू गर्न
उनी सफल बने ।
संक्षिप्तमा उसको नीतिमा जम्मा जम्मीपाँच
वटा कुरा राखिए । त्यसको लागी अंग्रेजी वर्णमालाको ए, बी र सी शब्द चयन
गरियो। जसमा तेस्रो अक्षर ‘सी’ लाई उनी सी–सी–सी गरी तीन पटक भन्थे। पहिलो ‘सी’को
अर्थ वर्ग र सहशिक्षा (caste & co–education), दोस्रोक्लब
(Club) र तेस्रो अदालत (Court)भन्ने
थियो । तीन ‘सी’ को सहारामा उनको भारतीय शिक्षा प्रणालीलाई नष्ट गर्ने योजना लागु
गरियो।
भारत वर्षमा ब्रिटिस औपनिवेशिक नीतिको
सन्दर्भमा A – प्रशासन (Administration) नीति अन्तर्गत
भारतको विशाल र विविध जनसङ्ख्यालाई शासित गर्न अत्यधिक केन्द्रीकृत ब्रिटिस प्रशासनिक संरचना स्थापना गरियो। ब्रिटिस
अधिकारीहरू प्रमुख राखेर भारतीय सिभिल सेवाको निर्माण गरियो। स्थानीय शासनका
महत्त्वपूर्ण पदहरूमा ब्रिटिस अधिकारीहरू राखियो। B – नोकर
शाही (Bureaucracy) नीति अन्तर्गत भारतीय क्षेत्रहरूमा
ब्रिटिस नियन्त्रण सुनिश्चित गर्न एक बलियो नोकर शाही संरचना परिचालित गरियो। जसको
सिभिल सेवामा अधिकांश ब्रिटिसहरू थिए।
सबैतिर ब्रिटिस प्रभुत्व कायम हुने गरी नीतिहरू निर्माण गरी लागू गरिए।
C
– व्यापार (Commerce) नीति अन्तर्गत
ब्रिटिसको फाइदाको लागि भारतलाई ब्रिटिस उद्योगहरूको कच्चा पदार्थको स्रोत र
ब्रिटिस वस्तुको बजारको रूपमा विकास गरियो। यी नीतिहरूले भारतको सम्पत्तिमा
ब्रिटिस अर्थतन्त्रको विकास सुनिश्चित हुने होम चार्जेज (Home Charges) जस्ता लुट प्रणाली लागु गरियो। C – संस्कृति
(शिक्षा) अन्तर्गत "रगत र रङ्गमा भारतीय, तर विचार,
नैतिकता र बौद्धिकतामा अङ्ग्रेज" भन्ने वर्ग सिर्जना गर्ने
उद्देश्य राखियो। अङ्ग्रेजी शिक्षा उत्तम भन्ने भ्रम अन्तर्गत पश्चिमी करण गरिएको
अभिजात वर्ग उत्पादन गरियो। जसले ब्रिटिस शासनलाई सहयोग गर्ने र परम्परागत गुरुकुल
शिक्षा प्रणालीलाई घृणा गर्ने गर्दथ्यो। C – नियन्त्रण (Control
by Divide and Rule) अन्तर्गत ब्रिटिसहरूले भारतीयहरू बिच
"फुट हाल र शासन गर" भन्ने रणनीति अपनाए। भारतीयहरू बिच एकता कायम हुन
नदिन भारतको धार्मिक, भाषिक र सामाजिक पृष्ठभूमिको
विविधताको फाइदा उठाएर आपसी तनाव र विभाजन सिर्जना गरियो। विशेष गरी हिन्दु र
मुसलमानहरू बिचको विभाजनमा अधिक चासो राखियो। जसले पछि १९४७ मा भारतलाई विभाजनको
हद सम्म पुर्यायो।
धनीर गरिब वर्गमा विभक्त रहेको शिक्षा
प्रणाली जसले जातपातका आधारमा समाजमा चरम अत्याचार लाद्न सकियोस्, उनीहरूको शासन गर्न
लाखौँ जना बीच पुग्न सक्ने गरी पद र पैसामा बिक्ने र आफ्नो चरम शोषणमा
सहजीकरणगर्ने दोभासेको विकास गर्न सकियोस्। भारतीय रगत भएको तर विचार, नैतिकतामार बौद्धिक रूप अंग्रेजी शासकको होमा हो मिलाउने लठैत वर्गको
विकास गर्न सकियोस्। अंग्रेजीलाईसरकारी तथा अदालतहरूको आधिकारिक भाषा बनाइयो।
शिक्षाको आधिकारिक माध्यमका रूपमा अंग्रेजी लागू गरियो। वेदको विरुद्धको शिक्षा
जबरजस्त लादियो।
सजाय हुने पुलिस थाना, अन्य कचहरी र
अदालतमा उनैका लठैतहरू अनिवार्य अनुवादक रहने गरी न्याय सम्पादन गरियो। मुलुकको
ज्ञानको आधार र शिक्षा प्रणालीलाई उनीहरूको राजकाज कालमा सम्पूर्ण रूपमा नष्ट
गरियो।