कर्मको फल

तपार्ईंलाई थाहा छ ? हाम्रो परम्परागत खानपानको नियममा मुख्य खानाको सुरुवात मसलादार खानेकुराबाट हुने गर्दथ्यो। अन्तिम मुख्य खाना गुलियो परिकार हुने गर्दथ्यो। अन्तिम खानापछि सौफ आदि मुख सफा गर्ने खाना हुन्थ्यो। बिहानै सबेरै उठेर नित्यकर्म पश्चात् हामी पहिले पूजा गर्ने, निधारमा टीका लगाउने, थोरै गुलियो पञ्चामृत पिउने र प्रसाद खाने काम हुन्थ्यो।


त्यसपछि बिहानीको तितो वा टर्रो पेय पदार्थ जस्तै, हर्बल पानी, तुलसी पानी, शीतल पानी, बेसार पानी आदि पिउने गरिन्थ्यो। बिहानको पेयसँग मालपुवा, जेरी पुरी आदि जस्ता हल्का केही खाने पनि गरिन्थ्यो। त्यसपछिको पालो मुख्य खानाको हुन्थ्यो। मुख्य खानामा पहिला मसलादार खाना खाने त्यसपछि अन्त्यमा गुलियो खाना खाने परम्परा थियो। यो क्रम तय हुनुमा हाम्रो पुर्खाको वैदिक अनुसन्धान मुख्य आधार थियो।


बिहानको नित्यकर्म सकी पूजा गर्ने समय पुग्दा बिहानको नित्य कर्म आदिका लागि जरुरत हुने तागतका लागि लागि भनी शरीरले कलेजोमा जगेडा गरी राखेको खानाको सारतत्व खर्च हुन्थ्यो। त्यसलगत्तै तनाव दिने प्रकृतिको इन्जाइम बन्ने हुँदा कोर्टिसोलको बढेको मात्राले बिहानै दिने तनाव दिन भरको समय लोदर लगाइदिने सम्मको जोखिम युक्त हुन्थ्यो ।


पूजाका क्रममा हुने छोटो मेडिटेसन तनाव दिने कोर्टिसोल उत्पन्न हुनबाट रोक्न र मन्त्र पाठ गर्दा टाउकोको क्षेत्रमा ध्वनिले दिने कम्पन हाम्रो नाकको नोसट्रिलमा नाइट्रिक अक्साइड उत्पादन गर्न दिन उत्प्रेरक बन्थ्यो । त्यसरी उत्पादन हुन पाएको नाइट्रिक अक्साइडलाई श्वासले फोक्सोमा पु¥याउने काम गर्दथ्यो।


फोक्सोमा पुगेको नाइट्रिक अक्साइडले शिराहरू फुलाउने मात्र हैन, रगतमा अक्सिजन घुलाउन सहयोग गर्दथ्यो। एल्भिओलाइहरूको बढेको सर्फेस एरियाले रगतमा कचराका रूपमा रहेको कार्बनडाइअक्साइड रगत बाहिर फाली रगतमा घुलनशील अक्सिजनको मात्रा बढाउन भूमिका खेल्थ्यो ।


नाइट्रिक अक्साइडकै कारण चिन्ता कम गर्ने, डर घटाउने र जीवन प्रति आफ्नो धारणा सकारात्मकता बढाउने सेरोटोनिन, डोपामाइन, अक्सिटोसिन र एन्डोर्फिन जस्ता आनन्ददायी हार्मोन उत्पादन हुन सहयोग पुग्दथ्यो । बिहान पख शरीर स्फूर्त राख्न, मुड नियन्त्रण गरी विषय वस्तुमा ध्यान केन्द्रित गराउन र मानिसलाई रचनात्मक बनाउन यसले धेरै सहयोग पु¥याउने गर्दथ्यो। सकारात्मक सोचको बिहानीले दिउँसो र बेलुकीसम्म सकारात्मक प्रभाव जमाउने गर्दथ्यो। जीवन आनन्दित हुने धेरै सम्भावना बढाउने गर्दथ्यो।


पूजा पछि निधारमा टाँसेको टीकाले तपाईंको ध्यान निदार तिर घरी घरी तान्दथ्यो। जब तपाईंको ध्यान निधारमा केन्द्रित हुन्थ्यो, केन्द्रीय मस्तिष्क प्रणालीको चुरो चासो दुई आँखा बीचको केन्द्रको भित्री भागमा पटक पटक केन्द्रित बन्दथ्यो। मस्तिष्क केन्द्रित उक्त विन्दु पिनियल ग्ल्यान्ड वा तेस्रो नेत्रको विन्दु हुने गर्दथ्यो। पिनियल ग्ल्यान्डमा केन्द्रीकृत हुने ध्यानले मानिसमा सदैव धन्य वा ब्लिसको अनुभूति दिलाउने गर्छ। हाम्रा पुर्खा ब्लिसको सहज अनुभूति गर्थे।


त्यसले लोभ, घृणा, निन्दा आदिको पक्ष घटाउनेर उपकारी ऋषिमनको अधिक विकास गर्दथ्यो। समाजमा सकारात्मकता धेरै नकारात्मकता थोरै देखिन्थ्यो। नियमित हुने दिनचर्याको ध्यान र मेडिटेसनले ब्लिसको मात्रा हद झन् उच्च बनाउने गर्दथ्यो। फलतः हाम्रा पुर्खाले सत्य युगको संस्कृतिको स्वाद चाख्न पाउँथे ।


त्यस पछिको परम्परागत खानपानको तरिकामा मुख्य खानाको समय आउँथ्यो। जसको सुरुवात मसलादार खानेकुराबाट हुने गर्दथ्यो।जब तपार्ईं खाना खान मसलादार खाना छान्नुहुन्छ, मसलाले तपाईंको भोक जगाउने (एपेरिफको) काम गर्छ । पाचन प्रणालीलाई पाचन जुस पैदा गर्नसमेत प्रोत्साहित गर्छ। तपार्ईंकोपाचन प्रणाली सक्रिय र तयारी अवस्थामा आउँछ।


मसलादार चिजहरूले पाचन रसका रूपमा रहेको एसिड र बेसलाई मात्र सक्रिय पार्ने होइन, त्यसको सारतत्व प्रशोधन गर्ने र ती सारतत्व र खानाबाट आउने ऊर्जाको संयोजनबाट विभिन्न अंग प्रत्यंग बनाउने र शरीरले आफ्नो निर्माण र वृद्धिका क्रममा हुने त्रुटिको आफैँले सच्चाएर स्वउपचार समेत गर्दथ्यो। सम्पूर्ण पाचन र निर्माण क्रिया नै जागरुक बन्थ्यो ।


तपार्ईंले मीठो गुलियो खाने बेलासम्म मसलादार चिजहरूले पाचन प्रक्रिया सहज र प्रभावकारी बनाइसक्ने हुँदा मिठाई वा कार्बोहाइड्रेटको तत्काल पाचन बाट बिहानीको तत्कालको शक्तिको जरुरत पूर्ति गरी दिन्थ्यो। पच्न बाँकी रहेको प्रोटिन, चिल्लो, मिनिरल, भिटामिन र फ्लेभोनोइड आदि लामो समय लिएर चतुरता पूर्वक पूर्ण रूपमा पचाउन र शरीरमा सोस्न प्रभावकारी भूमिका खेलिदिन्थ्यो ।


जब तत्कालको जरुरतको इनर्जी अल्पकालीन रूपमा पूर्ति हुन्थ्यो तब हाम्रा पुर्खाले खाना खाएर अघाएको समेत तुरुन्तै महसुस गर्न पाउँथे। उनीहरू शरीरलाई हानि हुने गरी थाहा नै नपाई आजको जस्तो धेरै खाने सम्भावना कम रहन्थ्यो । जे सुकै कुरा पनि धेरै खाँदा विषाक्त हुने, बरु केही कम हुँदा जेनतेन शरीर आफैँले आफू लाई कमी भएका तत्वहरू निर्माण गरी वा जोगाड बाट तानतुन पारी व्यवस्थित गर्न सक्दथ्यो । कम्तीमा शरीर कम रोगी हुने गर्दथ्यो। कम आहार ओखती तुल्य बन्दथ्यो। शरीरको नियमलाई वैज्ञानिक रूपमा व्यवस्थापन गर्न कम आहारले निकै हदको सहयोग पु¥याएको थियो ।


यथार्थमा वैदिक परम्पराको देनका रूपमा आजको आधुनिक जीवनको टिकुली (टिका) लाउने, टोपी लाउने, बिहान तितो टर्रो चिया वा कफी बाट दैनिकी सुरु गर्ने चलन बसेको प्रस्ट छ। दिमागको एकाग्रता बढाउने, स्फूर्ति बढाउने बिहानको तितो टर्रो चिया वा कफीको ज्ञानको स्रोत हाम्रो परम्परागत वैदिक रस ज्ञान नै थियो। आज क्लासिक भनिने भोजन गृहका खानाको मेनुमा पहिले भोक जगाउने एपेरिफ राख्ने, बीचमा स्न्याक्स वा चमेना चल्ने, लगत्तै मुख्य खाना दिने र त्यस पछि अन्त्यमा डाईजेस्टिव पेय, सौफ, जेठीमधु, पिप्ला र बोजो टोक्ने काम बाट खाना पचाउने आदिको ज्ञानको स्रोत परम्परागत वैदिक रस ज्ञान नै थियो ।


आधुनिक खानाको मेनुको इन्जिनियरिङ परम्परागत खानपानको प्रमाणित अनुभूतिको आधारमा भएको देखिए तापनि खानाको मेनुको महत्वपूर्ण इन्जिनियरिङ गर्ने कार्यको लागि परम्परागत खानपानको भूमिका देखिन्छ। पछिल्लो समयमा इन्द्रिय सुख प्रधान स्वाद केन्द्रित खानपान परम्परागत खानपानको औषधीय खानपानको अवधारणा सँग संयोजित हुन नसकेकाले हाम्रो शरीरको इनर–इन्जिनियरिङ अमैत्री खानपानमा रूपान्तरित भएको देखिन्छ। जसका कारण आजका अत्यन्त आधुनिक क्लासिक रेस्टुरेन्ट भनिएका स्थानका खानाहरू समेत हाम्रो शरीरका लागि परम्परागत खाना र दिनचर्याको हदको प्रभावकारिता दिन बाट चुक्ने गरेको भेटिन्छ।

 

हाम्रो खानपान हाम्रो इनर–इन्जिनियरिङ मैत्री बनि नसक्दा सम्म हाम्रो शारीरिक, मनोवैज्ञानिक र आध्यात्मिक विकासका लागि अत्यन्त प्रभावकारी खानको पूर्तिका लागि हाम्रा परम्परागत खाना नै पहिल्याएर आफैँले बनाएर खानुको अन्य विकल्प उपलब्ध भएको देखिँदैन ।


अध्यात्म जान्नम’ लाई चिन्नुहोस्


वैदिक अवधारणामा भाग्यमानी भनेको के हो भन्ने व्याख्या गर्न एउटा चर्चित हिन्दी गीतको सहारा लिँदा सजिलो पर्छ। किस्मत वालों को मिलता है प्यार के बदले प्यार। मतलब जो भाग्यमानी छ उसलाई मात्र आफूले गरेको प्यारको बदलामा प्यार मिल्छ।

तपाईंले गर्ने प्यार तपाईंको निजी अधिकार हो। तपाईंले प्यार गर्नु हुन्छ भन्दैमा अर्काले पनि तपाईंलाई प्यार गर्नुपर्छ भन्ने मान्यता कपट पूर्ण हो। किनकि अर्को व्यक्तिले कसलाई प्यार गर्ने वा नफरत गर्ने त्यो उसको नितान्त निजी विषय हो। कसैलाई प्यार गर्नु तपाईंको कर्म हो। तपाईंले प्यारको बदलामा प्यार पाउनु भयो वा घृणा नै पाउनु भयो भने पनि त्यो तपाईंकै कर्मको फल हो। जुन तपाइको नियन्त्रणको विषय होइन।


कुनै पनि कर्म वा लगानी विना अथवा थोरै लगानीबाट धेरै प्रतिफल पाउने घटनालाई भाग्यमानी सम्झने मान्यता वैदिक मान्यता होइन । तपार्ईं घरमा लोग्ने स्वास्नी हुनुहुन्छ र घरको निर्णयमा तपाईंको ५० प्रतिशत चल्छ भने तपार्ईं शत प्रतिशत आफ्नो अधिकारको उपयोग गरिरहनु भएको छ। ५० भन्दा माथि जति तपाईंको चल्छ, त्यो तपाईंको बल मिच्याइँ रहेको शास्त्रीय मान्यता छ ।


जब तपाईं कुनै कर्म गर्नु हुन्छ र त्यस बापत फल वा प्रतिफल प्राप्त गर्नुहुन्छ भने तपार्ईं वास्तवमै भाग्यमानी मानिस हो। यो व्यावहारिक यथार्थता हो। यति सानो सामान्य कुरा नबुझेरआज हामी हाम्रै परिवारलाई आफ्नो परिवार आफ्नो रहेको अनुभूति लिन सकिरहेका छैनौँ । आफ्नो निवासलाई आफ्नो मन बस्ने आरामदायी घर बनाउन सकिरहेका छैनौँ। हामी आफ्नै घरमा बिरानो बनेर सामाजिक सञ्जालमा आफन्त खोज्न भड्किएको आत्मा सहित उपस्थित हुन्छौँ। हामी आफ्नै घरका हाम्रा र राम्रा मोतीहरू सँग बोलचाल नै बन्द गरी बसेका छौँ । सामाजिक सञ्जालमा दसौँ हजार साथी बनाएर कसले लाइक गर्ला, कसले कमेन्ट गर्ला भन्दै जोखना हेरेर जीवन कटाइ रहन्छौँ ।


प्रवासी जीवन आफैँमा अत्यधिक कष्टकर चरम सम्झौताको जीवन हो। आफ्नो भएको कमाएको साथीभाइ, समाज, प्रतिष्ठा र विश्वसनीयता सबैलाई तिलाञ्जली दिएर घर्केको उमेरमा राम्रो मेसो पाइनसकेको विदेशी परिवेशमा ग्राउन्ड जिरोबाट जीवनको पुनः सुरुवात गर्न पर्दा आइपर्ने संवेदनशील परिस्थितिको मुकाबिला गर्न वैदिक अध्यात्मको सहारा अत्यन्त प्रभावकारी बनेको भुक्तभोगीहरूले बताएको मैले धेरै सुनेको छु । मेरो भोगाइ पनि त्यस्तै रह्यो ।


वैदिक संस्कृत शब्द आत्मनलाई मानिसहरू आत्मा भनेर अनुवाद गरिदिन्छन् । आत्मन सम्बन्धको ज्ञान तथा विज्ञानलाई समेत अध्यात्म, आध्यात्मिकता वा स्प्रीचुयालिटि भनेर अनुवाद गरिदिएको भेटिन्छ । यो अनुवाद कत्तिको सही हो, त्यो आफैँमा विवादास्पद छ । आज पनि धेरै मानिस यो तथ्यबाट अनभिज्ञ छन् कि ऋग्वेदभित्र आत्माको कुनै पनि अवधारणा अघि सारिएको छैन। ऋग्वेदका पदहरू पञ्च–महाभूत, पञ्च–कर्मेन्द्रिय (हात, खुट्टा, मुख, गुद्वार र प्रजनन अंग), पञ्च–ज्ञानेन्द्रिय (आँखा, कान, नाक, जिब्रो र छाला), इन्द्र र मनको चर्चा छ । पञ्च–महाभूतले प्रकृतिका मुख्य पाँच तत्व अग्नि (आगो), पृथ्वी, वायु (हावा), आकाश (ईथर) र जल (पानी) लाई जनाउँछ। मन, बुद्धि, चित्त र अहंकारलाई भने अन्तःकरण भनिन्छ । अङ्ग्रेजीको बुद्धि लाई वैदिक ज्ञानमा  मन, बुद्धि र  चित्त वृति भनी ३ भागमा बाँडिएको छ। अनुभव र अनुभूति लाई अहंकार भन्ने गरिएको छ। 

जीवविज्ञानको आँखाबाट मानव शरीरलाई नजिकबाट नियाँल्दा नियमित बाँच्न जरुरी हुने तापमान तथा अन्य ऊर्जालाई अग्नि वा आगो शब्दले अभिव्यक्त गर्छ। विभिन्न पदार्थबाट संयोजित शरीरको आकार दिने तत्व पृथ्वी तत्व हो । पृथ्वी तत्वमा अनगिन्ती तत्व समावेश हुन्छन्। सास फेर्न चाहिने हावा वायु तत्व हो। तरलता दिने तत्व जल वा पानी तत्व मानिन्छ। खाली स्थान जहाँ यी चार तत्व आफैँ अटाउँछन् र आपसमा मिलेर काम गर्ने स्थान उपलब्ध हुन्छ, त्यो आकाश वा इथर हो ।


वैदिक चलन अनुसार पञ्च–महाभूत भनेर चिनिने पाँच तत्वको मानव जीवनमा रहेको महत्वलाई मनन गरी सम्मान स्वरूप देवी वा देवको प्रतीकका रूपमा पूजा गरिन्छ। पृथ्वी तत्त्व लाई पृथ्वी देवी वा भूमि देवीको रूपमा पुजेर आराधना गरिन्छ। आराधनाको समयमा भूमि देवीले हामीलाई उपलब्ध गराउनु भएको स्थिरता, पोषण, जीवनको आधार र उत्पादकत्व बापत धन्यता व्यक्त गरिन्छ। जल तत्त्व लाई वरुण देवको रूपमा पुजिन्छ। जीवनदायी र शुद्धीकरणको उपलब्धता बापत जल देवता वरुण देव संग धन्य बनिन्छ। अग्नि देवतालाई अग्नि देवको रूपमा पुजिन्छ। ऊर्जा, शक्ति, रूपान्तरण र शुद्धीकरण जस्ता वैदिक यज्ञमा अग्नि देवले खेल्ने प्रमुख भूमिका बापत धन्य बनिन्छ। वायु देव हनुमान हुन्। जीवनको श्वास, गति तथा मरुतको भूमिकाको लागि वायु देवता संग धन्य बनिन्छ। आकाश कुनै विशिष्ट देव नभए पनि शिव वा विष्णुको सम्बन्ध आकाश सँग रहने मानिन्छ। आकाश तत्त्वलाई सम्पूर्ण ब्रह्माण्डलाई समेट्ने स्थानको रूपमा लिइन्छ। जहाँ बाँकी चार तत्त्वहरू रहने गर्दछन्। दैनिक कर्ममा मात्र नभएर वैदिक धर्म र अनुष्ठानमा यी पञ्च तत्वलाई सृष्टिको मूल आधार मानिन्छ। तिनको सन्तुलन नै सम्पूर्ण जीवन र ब्रह्माण्डको अस्तित्वका लागि महत्त्वपूर्ण भूमिका खेल्ने महसुस गरी वैदिक पूजा र यज्ञहरूमा यी तत्त्वहरूसँग सम्बन्धित देवताहरूलाई सम्मान दिइन्छ। उनीहरू प्रति धन्य बनिन्छ।


पूजा गर्नुको अर्थ उनीहरूले आफूलाई लगाएको गुनको प्रशंसा गर्नु हो। उनीहरूको देनले आफ्नो जीवनमा आएको सहजता बापत उनीहरू प्रति धन्य बन्नु हो। आफ्नो जीवनलाई सहज पु¥याउनेहरूसँग आफ्ना अन्य दुःखका कुरा समेत थुपार्ने वा अन्य माग राखी यो लेऊ वा ऊ देऊ भनी पुकार्नु वैदिक मान्यताको पूजा हुन सक्दैन। त्यो पूजाको नामको विकृति हुन जान्छ।

जीवनमा आफूले प्राप्त गर्ने हरेक फलको पछाडि आफ्नो संस्कार र कर्मको देन हुन्छ न कि पूजा आजाको। वैदिक मान्यतामा पूजा आजा कुनै फल प्राप्त गर्न अथवा आफ्ना अभावको पूर्तिका लागि गरिने कार्य होइन । त्यस विपरीत आफूसँग जे छ त्यसको महत्व महसुस गर्न र त्यसबापत आफैँलाई धन्य सम्झन आयोजना गरिने औपचारिक शुभकार्य हो । पञ्च–महाभूत अन्तर्गतको हरेक तत्वको प्राकृतिक संरचना तथा हाम्रो शरीरमा उनीहरूको देनको प्रकृति अनुरूप अग्नि र वायुलाई देव (पुलिंग) मानिन्छ। जल र पृथ्वीलाई देवी (स्त्रीलिंग) ठानिन्छ। आकाश (ईथर) भने नेगेटिभ वा पोजेटिभ दुवै गुण नभएको न्युट्रल तेस्रो लिंगी अर्थात् आदिम शक्ति शिव–पार्वती मानिन्छ।


तपार्ईं वाल्मीकि रामायण वा व्यासको महाभारत गौण गरी हेर्नुहोस् । सतहीमा नरही गहिरिनूहोस् । त्यहाँ देवी र देव जस्ता शब्द आज हामीले अंग्रेजीमा महोदया र महोदय भन्न प्रयोग गर्ने मिस वा म्याडम वा सर जस्तै विशेषणका रूपमा उपयोग भएको महसुस गर्नु हुनेछ । सारमा देवी र देव जस्ता शब्द कुनै पनि सन्दर्भमा ईश्वर वा ईश्वरको प्रतिनिधि वा सर्वोच्च शक्ति संकेत गर्न प्रयोग भएको पाउनु हुने छैन।


मानौँ, तपार्ईं कुनै काम गर्ने गर्नुहुन्छ। त्यो कामबाट तपार्ईं र तपाईंका नजिकका आफ्ना र प्रियतमको जीवन सहज बनेको छ । तपाईंकोजीवन सहज बनेको तपार्ईंसमेत विश्वास गर्नुहुन्छ । उक्त कामलाई तपार्ईं अत्यन्त मायासमेतगर्नुहुन्छ । उक्त परिस्थितिबीच तपाईंले नियमित पूरा गर्ने तपाईंको काम पूजा कर्म हो। जुन विन्दुमा तपाईंको काम पूजा कर्ममा परिवर्तन हुन्छ, त्योविन्दुबाट त्यो काम फगत कामका रूपमा नरहेर तपाईंको सोखमा परिवर्तित बनिसकेको हुन्छ। तपाईंको सोख पूरा गर्न तपाईंले पूरा गर्नुपर्ने तपाईंको जिम्मेवारीलाई तपाईंको धर्मभनिन्छ । धर्म भनेको कुनै व्यक्ति वा समुदाय वा विचार समूहको अमूक पथ होइन, आफ्नो जिम्मेवारीलाई हरेक क्षण पूरागर्ने प्रतिबद्धतामा कायम रहनु हो भन्ने विचारले सुसज्जित हुनु अध्यात्म हो।


हरेक व्यक्तिको आत्मा परमात्माको एक अंश हो। जुन अनुभूति गर्न नसकिने निर्गुण हुन्छ। कसौडिमा पकाएको भात पाके नपाकेको त्यस वाट एउटा भातको सिता स्याम्पल निकालेर परीक्षण गरेर जसरी यकिन गर्न सकिन्छ त्यसरी नै परमात्माको एक अंश रहेको तपाइको आफ्नै आत्मा वारेको ज्ञान लिन त्यसलाई अर्थात् "म" को गुण पहिचान गर्ने आत्मा ज्ञान बुझेर अद्वैत निर्गुण परमात्माको वास्तविकता वोध गर्न सकिन्छ। त्यही परमात्माको अंश धारी तपाईँ जब आफ्नै आत्मा स्वरूपलाई आत्मा ज्ञान मार्फत चिन्नु हुन्छ तव तपाईँलाई तपाइको लिङ्ग अनुसार पहिचान गर्न वैदिक संस्कृतिमा देवी र देव शब्दले सम्बोधन गरिन्छ। वैदिक ग्रन्थहरूले शरीरका इन्द्रियहरूको सञ्चालकका रूपमा केन्द्रीय भूमिकामा रहेको सेन्ट्रल नर्वस सिस्टम वा केन्द्रीय मस्तिष्क प्रणालीलाई इन्द्र देवका रूपमा उल्लेख गरेका छन्। पञ्च–महाभूतलाई आफ्नो नियन्त्रणमा लिएर शरीरका विशिष्ट कार्य सम्पन्न गर्ने जिम्मेवारी प्राप्त इन्द्रदेवलाई देवहरूको (देवी र देव) पनि देवको संज्ञा दिन देवाधिदेव भनिने गर्छ ।


हाम्रो ‘मन’ के हो भन्ने चर्चा भने यजुर्वेद र उपनिषद्मा भेटिन्छ । शरीरमा सास वा प्राण रहनुलाई शरीर जिउँदो रहेको वा शरीरमा जीवन रहेको संकेतका रूपमा लिइन्छ । जति बेला व्यक्ति गहिरो निद्रामा पर्छ तर सपना देखेको हुँदैन त्यो अवस्थालाई सुषुप्त अवस्था भनिन्छ । सुषुप्त अवस्थामा मानिस जीवित रहेको हुन्छ। उसको आफ्नै शरीरमा रहेको मस्तिष्क भने प्रभाव हीन रहेर दिमागको अनुपस्थिति बिच जीवन रहेको अनुभूति दिन्छ। निद्राबाट ब्युझिँदा आफू भुसुक्कै निदाएको, सुषुप्त अवस्थाबाट आफू गुज्रेको जानकारी दिमागलाई अनुभूति हुन्छ । त्यो चिज वा शक्ति केन्द्र जुन दिमाग सँग मिलेर काम गर्छ तर दिमाग भन्दा फरक देखिन्छ त्यसलाई ‘मन’ भनिएको छ।


शरीरमा सबै कुरा हुँदा हुँदै एउटा विन्दुमा शरीर मृत हुन्छ। मृत्युको विन्दु भन्दा केही क्षणअघि शरीरमा के थियो र शरीर जीवित रह्यो? मृत्युको केही क्षण पछि के कुरा शरीरले गुमायो र भौतिक रुपमा उस्तै रहँदा पनि शरीरले मृत्युवरण गर्नुप¥यो ? त्यो अर्को अचम्मको विषय छ । गहिरिएर विश्लेषण गर्दा तपाईंलाई यो महसुस हुन्छ कि जुन चिजलाई तपार्ईं आफू भनेर चिनाउनुहुन्छ त्यो तपाईंको पञ्च–महाभूत निर्मित शरीरभन्दा फरक छ। त्यो मस्तिष्क वा मन समेत होइन । शरीरमा सास रहनुलाई प्राण रहनु भनिने हुँदा शरीर जिउँदो रहँदा शरीरमा रहने प्राण अर्कै फरक चिज वा शक्ति केन्द्र रहेको अनुभूति हुन्छ। त्यो अनुभूति गरिएको फरक चिज वा शक्ति केन्द्रलाई वैदिक मान्यतामा आत्मा भनेर पहिचान गरिन्छ।


हामी देख्छौँ कि यो संसारमा कोही पनि अजम्मरी छैन। सबैको शरीर एक दिन मृत हुने र प्रकृतिमै विलीन भएर नष्ट हुने गर्छ । ती सबै यथार्थको समीक्षा गर्दा आत्मा भनिएको जिनिस नै यथार्थमा हामीले आफूले आफूलाई ‘म’ भनी संकेत गर्ने चिज हो भन्ने अनुभूति हुन जान्छ । त्यो अजिबको ‘म’ भन्ने जिनिसबारे ज्ञान लिने प्रक्रियालाई आत्माबोध (ज्ञान) भनिन्छ ।


वैदिक संस्कृत शब्द अध्यात्म दुई फरक शब्दबाट बनेको ठानिन्छ । अध्ययन वा शिक्षा लिनु र आत्मन वा आफ्नो साँचो रूपको पहिचान गर्नु । चुरो अर्थमा बताउँदा उल्लेखितम’ भन्ने अजिबको जिनिसबारे साँचो रूपको पहिचान वा जानकारी उपलब्ध गराउने ज्ञान तथा विज्ञान नै वैदिक मान्यताको अध्यात्म हो ।


वैदिक मान्यतामा पुरुषार्थ प्राप्तिलाई जीवनको मुख्य उद्देश्य मानिन्छ । जब जीवनका चार उद्देश्य प्राप्त हुन्छ तब पुरुषार्थ प्राप्ति भएको ठानिन्छ। पुरुषार्थ प्राप्ति अन्तर्गत निर्धारित चार उद्देश्यहरु धर्म, कर्म, अर्थ र मोक्ष हुन् । निर्धारित चार उद्देश्यले जीवन भर उच्च नैतिक आचरणमा रहन र स्वधर्ममा रहेर आफ्नो कर्म सम्पन्न गर्ने अतुलनीय आत्मबल उपलब्ध गराउँछ।


समय र परिस्थिति अनुरूप आफ्नो जिम्मेवारी पूरा गर्ने क्रममा आफ्नो अन्तर आत्माले नैतिक रूपमा सही ठह¥याएको कर्ममा सहभागी हुने कार्य व्यावहारिक धर्म कार्य हो । कर्म एक संस्कृत शब्द हो। कर्मले प्रेम, इच्छा र आनन्द प्राप्तिको सोख परिपूर्ति गर्ने नियतले गरिने गतिविधिलाई जनाउँछ।


नैतिक बन्धनमा बाँधिएर आफ्नो इच्छा र आनन्द प्राप्तिको सोख पूरा गर्ने कार्य कर्म हो । वैदिक मान्यतामा यौन व्यक्तिको प्रकृति प्रदत्त स्वतन्त्र र नैसर्गिक अधिकार हो। यौन कर्म अनिवार्य रूपमा हिंसा विहीन हुनुपर्छ। संलग्न व्यक्तिको आपसी इच्छा, चाहना र सहमतिमा यौन संसर्ग कायम रहनु पर्ने वैदिक मान्यताको आधारभूत अनिवार्यता हो। यौनलाई मानिसको काम–इच्छा र आनन्द प्राप्तिको सोख पूर्ति गर्ने साधनका अलावा प्रकृतिद्वारा निर्देशित आफ्नो सन्ततिको बीज सुचारुगर्ने जिम्मेवारी पूरा गर्न बच्चा जन्माउन समयोचित उपयोगमा ल्याउनुपर्ने विषयका रूपमा समेत लिने गरिन्छ।


जीवनको महत्वपूर्ण लक्ष्य मोक्ष प्राप्तिलाई ठानिन्छ। मोक्ष प्राप्तिको प्रयास साकार गर्न मानिसलाई भौतिक धन सम्पत्तिको आवश्यकता पर्छ। नैतिक धर्ममा रहेर जीवनको नियमित गुजारा गर्न आफ्नै खुट्टामा आफैँ उभिनु व्यावहारिक अनिवार्यता हो । तसर्थ जीवनमा नैतिक सीमामा रहेर आफ्नो जीवनका जरुरत पूर्ति गर्न पर्याप्त धन प्राप्ति अनिवार्य ठानिन्छ। नैतिक जीवन जिउनका लागि पर्याप्त धन प्राप्ति अनिवार्य रहेको अवस्थामा धन प्राप्तिलाई आफ्नो जीवन सञ्चालन गर्ने जरुरत हुने माध्यमका रूपमा लिनुपर्ने तर धन प्राप्ति जीवनको अन्तिम उद्देश्यसँगै जोडिएको भने हुन नहुने वैदिक मान्यता छ ।


मोक्षलाई जीवनको परम लक्ष्य भनिन्छ। यसको अर्थ मुक्ति पाउनु भन्ने लाग्छ। लामो जीवनकालमा जीवन जिउने चक्र अनुरूप धर्म, कर्म, अर्थ जस्ता उद्देश्य पूर्ति गर्दै गर्दा वा गरिसक्दा सक्रिय सांसारिक जीवनबाट उन्मुक्ति अथवा रिटायरमेन्ट लिएर जीवनको अन्तिम वर्षहरूमा आफ्नो क्षमता र हैसियत अनुकूल आफूलाई आत्म सन्तुष्टिदिने प्रकृतिको धर्म कर्म–उपकार वा सन्न्यास लिने आदि जस्ता कार्यहरू मोक्षकार्य अन्तर्गत राख्न सकिन्छ।


सांसारिक भौतिक बन्धनबाट आफूलाई मुक्त गर्दै आफ्नो विगत आफैँले पुनरवलोकन गर्ने, गल्ती कमजोरी आदि देखिएमा त्यसबापतको क्षतिपूर्तिका लागि प्रयास गर्ने, भएका गल्तीमा क्षमा माग्ने, जीवन र जगत लाई बुझ्ने र सकेको सामाजिक सहयोग गर्ने, समय आए पछि हाँसी खुसी सांसारिक जीवनबाट बिदा लिन मानसिक रूपमा तयार रहने कार्य आफ्नो शरीर जीवित रहँदाका मोक्ष प्राप्ति अन्तर्गतका गतिविधिहरू हुन् ।


सात्विक दिनचर्यामा रहने, इच्छुक व्यक्तिलाई आफूसँग भएका ज्ञान बाँड्ने, आफ्नो कारणले अर्काको जीवनमा खुसीदिन प्रयत्न गर्ने, आफ्ना कारण कुनै प्रकारको हिंसाहुन नदिने, आफ्नो कारणले अर्कालाई दुःख हुन नदिने, सत्कार्य र स्वधर्ममा हाँसी खुसी रहने जस्ता कुरा पनि मोक्ष अन्तर्गत पर्छ ।


जीवनलाई सात्विक मार्ग मार्फत खुसी र सुविधा पूर्ण बनाउने कार्य सत्कार्य कर्म हो। मोक्षको अर्थ आफ्नो अन्तरात्माको माध्यमबाट आफू र आफ्नो अस्तित्वको कारक लाई देख्नु हो। मानिससँग उसको आत्मा ऊ सँगै रहुन्जेल मात्र मानिस जीवित रहन्छ। हरेक मानिसको कर्मको साक्षीका रूपमा हुने उसको आत्माको जानकारीमा हुने कर्महरू सात्विक बनाएर मात्र आत्माले मुक्ति पाउने विश्वास गरिन्छ । वैदिक मान्यतामा आत्माले पटकपटक जन्मने र मर्ने जीवन चक्रबाट गुज्रन नपर्ने अवसरको प्राप्तिलाई जीवनको अन्तिम उद्देश्य प्राप्तिको लागि लक्षित मुक्तिको प्राप्ति हो।


कर्म गर्नुस्, फलको आशा नगर्नुस्


भागवत गीताको अध्याय–२, पद ४८ मा श्रीकृष्णको एउटा महत्वपूर्ण वाणी भेटिन्छ। कर्म गर तर फलको आशा नगर। आफैँलाई तत्काल कुनै निश्चित फाइदा प्राप्त हुने अपेक्षा त्यागेर तपार्ईं आफ्नो तत्कालीन कर्तव्य पूरा गर्दै अघि बढ्नुहोस् भन्ने नै यसको मूल भावार्थ हो। पूरै होस हवासमा आफ्नो दिमागको पूर्ण रूपमा सन्तुलित उपयोग गर्दै आफ्नो कर्तव्यमा नियमित रूपमा लीन हुनुलाई त्यागको भावनाको रूपमा गीतामा प्रस्तुत गरिएको भेटिन्छ।


‘कर्म’ शब्द सुन्ने बित्तिकै मानिसले सामान्य रूपमा लिने अर्थ सबैमा अवगत नै छ। यसको आध्यात्मिक अवधारणाबारे गहिरिएर हेर्दा तपार्ईं अलिकति फरक निचोडमा पुग्न सक्ने अवस्थामा पुग्नु हुनेछ । जीवनमा आइपर्ने केही महत्वपूर्ण विषयमा निर्णय लिनुपर्दा वैज्ञानिक रूपमा समेत प्रमाणित बनेका केही आध्यात्मिक अवधारणा तपार्ईंंका लागि मूल्यवान् बन्न सक्छ ।


पहिलो कुरा कर्म भनेको कुनै पनि वस्तु वा सेवा वा पैसा जस्तो अन्य वस्तु वा सेवासँग आदानप्रदान गरिने एक्सचेन्जको विषय होइन। तपार्ईंका असल कार्यले तपार्ईंको जीवनको गुणस्तरमा कसरी असर पारिरहेको हुन्छ र यसमा तपाईंको भाग्यले कसरी काम गरिरहेको हुन्छ भन्ने यथार्थ अत्यन्त सूक्ष्म, धेरै जटिल र अधिक धेरै अर्थ पूर्ण रहने गर्दछ। यो अवधारणा केवल मानिसमा मात्र हैन, हाम्रो वातावरण वरिपरि रहेको सम्पूर्ण जीवजन्तुमा समेत लागू हुन्छ ।


हाम्रा वरिपरि रहेका बोट बिरुवा, जनावर, पानी, हावा, आगो र अन्य तत्व हरेकका आफ्नै धर्म हुने गर्दछ। जस अनुसार तिनीहरूको गुण निर्माण हुने र तिनीहरूले आफ्नो कर्म गर्ने गर्दछन्। सबै तत्व मिलेर संयोजित रूपमा गर्ने समग्र सहकार्य कर्मले हाम्रो वातावरणको निर्माण भइरहेको हुन्छ । यस्तै आपसी सहकार्यमा सम्पादन भएका कर्मका फलका रूपमा फूल फुल्न पाउँछन् । चराहरू गाउने वातावरण बन्छ। तपार्ईं आफ्नो नजिकको आफ्नैलाई मेरी प्रिय वा प्यारे भनी पूर्ण सुरक्षित वातावरणको सदुपयोग गर्दै मायालु नजरले सम्मोहित भएर हेर्न, भावना साटासाट गर्न र लाडिन पाउनुहुन्छ। तपाईंको जीवनको हरेक पाइला सामान्य लाग्ने गरी असामान्य र रोमाञ्चक पूर्ण बनिदिन्छ। जीवन जिउनुको सार अनुभूति गर्ने अवसर मिल्छ ।


सजिलोका लागि कर्मलाई तीन प्रकारको कर्ममा विभाजन गरेर व्याख्या गर्न सकिन्छ ।


पहिलो हो तत्कालको क्षणिक फलदिने कर्म। कर्म शब्दको मुख्य अर्थका रूपमा हामीले प्रायः बुझ्ने कर्म तत्कालको कर्म हो। तपाईंका आफ्नै निश्चित उद्देश्य वा लक्ष्य पूर्ति गर्ने आशयले प्रेरित रहेका नियोजित कार्यहरू जसको फल स्वरूप तपार्ईं निश्चित परिणामको आशा गरिरहनु भएको हुन्छ। यो जरुरी छैन कि ती अभिलाषा पूरा हुन्छन्। तर, उक्त कार्य बापत कार्य गरिरहेकै समय आसपास तपाईंले प्रतिक्रियाको महसुस गरिरहनु भएको हुन्छ। सम्भवतः परिणामको समेत तत्काल वा छोटो समय भित्रै महसुस गर्न पाउने सम्भावना देख्नुहुन्छ।


तत्कालको कर्म अन्तर्गत तुलनात्मक रूपमा नियोजित कर्म गर्ने, नगर्ने वा कसरी गर्ने आदि सम्बन्धका केही विकल्प तपार्ईं सँग रहने गर्छ । विकल्पमा तपार्ईंको आंशिक वा पूर्ण नियन्त्रण रहने स्थिति रहन सक्दछ। जस्तै, तपार्ईं आफ्नो बलेसीको सुर्कामा तुलसीको बिउ छर्दै हुनुहुन्छ । केही महिनामा तुलसीको बोट उम्रिएको र त्यही तुलसीको बोट आँगनको मठमा सार्ने क्रममा सारिएको तुलसी सहितको मठलाई साक्षी राखी आफ्नो प्रेमी रिडी–रुद्रवेणीकी भक्तिनी भनेर चर्चित कार्किनी आमाकी कान्छी छोरी रुसबिना सँगै विवाहको प्रस्ताव राख्दा रुसबिनाले प्रस्ताव स्विकारेको कल्पना गर्नुहुन्छ।


यहाँ तपाईंको कर्म तुलसी छर्ने हो। तपाईंको नियत ईश्वरमाथि धेरै भरोसा गर्ने तपाईंको प्रेमी रुसबिनालाई गरिने प्रेम प्रस्तावको साथी आफ्नै दैलामा रहेको तुलसीलाई बनाउनु रहेको छ। प्रस्ताव रुसबिनाले औपचारिक मात्र नभएर मनै देखिको इमानदार प्रस्ताव सम्झिएर स्विकारून भन्ने तपाईंको उद्देश्य छ। भित्री चुरो आशय तुलसीलाई ईश्वरको रूप मान्ने रुसबिना तुलसीको बोटको उपस्थितिमा हुने प्रस्तावलाई ईश्वरकै इच्छा मानी स्विकार्ने छिन् । ईश्वरको अघि गरिएको वाचा पछि परिवर्तन हुँदैन भनी ठान्ने रुसबिनालाई पट्याउन यो उपयुक्त तरिका रहेको तपाइले सोच्नु भएको छ।


तपाईं तुलसीको मठ छेउको बलेसीको सुर्कामा तुलसीको गेडा छर्नुहुन्छ भने पक्कै तुलसी नै उम्रने आशा गर्न सकिन्छ । सम्भवतः महिना दिनमा तुलसी उम्रिएको पनि देख्न पाइन्छ। त्यहाँ कण्टकारी रोप्नुभयो भने कण्टकारी नै उम्रिने छ। जहाँसम्म तुलसी रोप्ने सुर्कामा रोपेको तुलसी उम्रने कुरा छ, त्यो तटस्थ छ। हरेक साल तुलसी रोपिने सुर्कामा अन्य साल जस्तै यो साल पनि पक्कै उम्रने छ भनी भरोसा राख्न सकिन्छ।


तपार्ईं के रोप्नुहुन्छ, कसरी त्यसको स्याहार सुसार गर्नुहुन्छ, त्यो तपार्ईंमाथि निर्भर गर्छ। तपाईंको गतिविधिले तुलसीमा पार्ने सकारात्मक वा नकारात्मक असरमा तपाईंको आंशिक नियन्त्रण छ। रोपेको बिउ उम्रन्छ वा उम्रँदैन जस्ता पक्ष तपाईंको नियन्त्रण बाहिर छ । तर, मकै भुटे जस्तो तुलसीको बिउ पहिला भुट्नु हुन्छ र रोप्नुहुन्छ भने पक्कै त्यो भुटेको तुलसीको गेडा भने उम्रने छैन ।

यहाँ तपाईंले गरेको तत्कालको कर्म तुलसी छर्ने रहेको छ । तत्काल आशा गरिएको प्रतिफलमा छरेको तुलसी उम्रन प¥यो। हलक्क बढेपछिको शुभमुहूर्तमा रुसबिना तपाईंको दैलाअगाडि आइपुग्नु प¥यो । उनी खुसी अवस्थामा रहेको हुनुप¥यो । प्रस्ताव गर्ने मौका मिल्नु प¥यो। उनले स्विकार्नुप¥यो। स्विकारेपछि उनको घर, आफन्त र तपाईंको पक्षको पनि सहमति चाहिने होला। सो नभए पनि कम्तीमा दुवै एक हुने निश्चयमा पुग्नुप¥यो। सोचिएको फलको वास्तविक प्राप्तिका लागि भने यस्ता धेरैकुरा मिल्नुपर्ने होला । थोरै पक्ष तपाईंको नियन्त्रणमा रहला । धेरै पक्ष भने निश्चयनै तपाईंको नियन्त्रण भित्रको पक्कै रहने छैन ।


कर्मको दोस्रो प्रकारमा सञ्चित कर्मलाई लिने गरिन्छ। यो पहिले नै बीजका रूपमा रहने कर्मका रूपमा हुन्छ। यसको फल अहिलेसम्म तपाईंले फलाउन वा महसुस गर्न सक्नुभएको छैन । मतलब त्यहाँ उपस्थित छ । त्यो तपाईंको चाहना वा इच्छा अनुकूल वा प्रतिकूल जेसुकै पनि हुनसक्छ । तर, तपार्ईंले यसलाई हालसम्म अनुभव गर्न पाउनु भएको छैन। सञ्चित कर्मको सबै फल जीवनकालमा एकैचोटि आउने वा महसुस गर्ने प्रकृतिको हुने गर्दैन।


निर्जला एकादशी भनिने ज्येष्ठ शुक्ल एकादशीमा तपाईंले छर्दै गर्नुभएको तुलसीको बिउको बिरुवा परम्परागत मान्यता अनुरूप देवशयनी एकादशी भनिने हरिशयनी एकादशीका दिन तुलसीको मठमा रोप्ने तपाईंको औपचारिक योजना छ। तुलसी रोप्ने दिन देखि चार महिना चतुर्मास अवधि आरम्भ हुन्छ। धार्मिक एवं ज्योतिषी मान्यताका आधारमा चतुर्मास भर विवाह, व्रतबन्ध, प्रतिष्ठा जस्ता मांगलिक कार्य गर्नुहुँदैन । यो अवधिभर तुलसीको पूजा गर्ने, भागवत आदि विष्णु माहात्म्यका ग्रन्थपाठ गर्ने परम्परा छ । यद्यपि सूर्य दक्षिणायन रहँदा सामान्यतया मांगलिक कार्य गरिँदैनन् । तर आँगनको मठमा रोपिएको तुलसीलाई भगवान् विष्णुको प्रियाका रूपमा पूजा गर्ने परम्परा छ।


रुसबिना तपार्ईंकी भाउजू निर्जलाकी फुपूको मामाकी नातिनी हुन्। हरिशयनी एकादशीमा जन्मिएकाले ईश्वरले निर्जला एकादशीमा बिउ राखेकी अप्सरा ठानी तपाईंको भाउजूकी हजुरआमाले तपाईंको भाउजूको नाम निर्जला राखिन्। रुसबिनाको आमालाई दुःख पर्दा निर्जलाको हजुर बुबाले लगाएको गुणका कारण तपार्ईंको भाउजूको जन्मदिन हरिशयनी एकादशीमा हरेक वर्ष रुसबिना तपाईंको भाउजूलाई भेट्न आउँछिन्। आफ्नो ममीले तपार्ईंको भाउजूलाई पठाएको कुराउनी छोडेर जाने गर्दछिन्।


यस वर्षको देवशयनी एकादशीको दिन तपार्ईं भगवान् विष्णुको प्रिया तुलसी र तपाईंको प्रिया रुसबिनाको एकैसाथ पूजा गर्ने इरादामा हुनुहुन्छ । प्रेम प्रस्ताव मांगलिक कार्यमा समावेश हुने औपचारिक आमन्त्रण रहेकाले यो तिथि रुसबिनाले प्रेम प्रस्तावको गर्ने उत्तम तिथि मान्नेछिन् भन्ने तपाईंको यकिन छ। भाउजू निर्जलाले तपाईंको छिमेकी काकी मञ्जुसँग रुसबिनाका बुवाले रुसबिनाकी आमालाई आषाढ शुक्ल एकादशी वा देवशयनी एकादशीमा अर्जुन डाँडामा प्रेम प्रस्ताव गरेको रे भनेको तपाईंले सुन्नुभएको थियो।


करिब दुई हजार मिटर उचाइमा रहेको गुल्मीको एक डाँडामा बसेर पाँच पाण्डव मध्येका अर्जुनले शिवजीले ध्यान गरेर गीताको तत्व ज्ञान लिएकाले गुल्मीको लेकमा रहेको डाँडाको नाम अर्जुन डाँडाराखिएको रे। अर्जुनडाँडामा स्वच्छ हृदयले मागेको वरदान पुग्ने जनविश्वास भएकाले रुसबिनाकीआमा अर्जुनडाँडामा पूजा गर्न गएको मौका छोपी रुसबिनाका बुवाले हात समातेर मलाई स्वीकार भन्दाअनायास रुसबिनाकी आमाले रुसबिनाको बुवालाई अँगालो हाल्न पुगे पछि दुवैबीच विवाह हुने तय भएको रे भनेर भाउजूले भनेको घुइरो घुइरो रूपमा तपाईंले सुन्नुभएको थियो।


फलफूलको राजा ठानिने आँप प्राकृतिक रूपमा असार–साउनमा पाक्ने गर्छ । पाल्पा जिल्लाको गोठादी–५ को तपाईंको हात्तील्हुङ (हात्तीढुंगा) नामक मगर गाउँमा डल्ले, सिन्दुरे, चिउरी, सबुजा, मालदह, दशहरी, बम्बै र सरिह जातका आँप फल्छन्। तपाईंको करेसाको विशाल कलकतिया आँप तपाईंका हजुर बुवाले आफू ३२ वर्षको हुँदा कोलकाता बाट ल्याएर रोप्नुभएको रे। पूरा पाल्पा जिल्लामै फलेको कलकतिया आँप भएको घर तपाईंको घरमात्र हो रे। तपाईंका हजुर बुवा बितेको आठ वर्षपछि मात्र कलकतिया आँप फाल्न सुरु गरेको थियो रे । तपाईंका बुवा आँप फलेकै साल फलेको आँपसमेत चाख्न नपाई बित्नु भएछ। अहिले आँपको बोटमा भर्खर चिचिला लागेको छ।


हरेक साल भाउजू निर्जलाको जन्मदिन हरिशयनी एकादशी रहेको हप्ताबाट तपाईंको घरको आँप पाक्नसुरु गर्छ। भाउजूको जन्मदिनबाट मात्र पाकेको आँप टिप्न सुरु गरिन्छ। यो तपाईंको घरकोआफ्नै मौलिक चलन हो। बजारमा व्यापारीले आँप किन्न मागे पनि तपार्ईंको घरमा आँप बेच्ने चलन छैन। मात्र एक बोट आँप सबै गाउँलेलाई चाख्न पुग्छ । तपाईंले अत्यन्त मन पराउने रुसबिना तपाईंको घरमा फल्ने कलकतिया आँपको स्वाद भनेपछि हुरुक्क हुन्छिन्। हरेक साल तपाईंको भाउजूलाई कुराउनी लिएर आउने रुसबिनालाई पेटभर दूधमा मुछेको आँप खुवाएर झोला भरिआँप भरेर आमालाई दिनू भनी रुसबिनासँग पठाउने गर्दछिन् तपाईंकी भाउजू ।


यो साल तपार्ईं त्यही दिनको प्रतीक्षामा व्यग्र भएर बसिरहनु भएको छ । पहिले तपाईंले न त कहिल्यै तुलसी छर्नु भयो । न तपाईंलाई धर्म कर्मका यस्ता कुरामा कुनै विश्वास र चाख नै थियो । गत साल मात्रै गाउँ आएका एक साधुलाई तेरो ईश्वर देखा, झुटो बोल्ने, ठगी खाने भनी तपाईँले ठुलो दुर्व्यवहार गर्नुभएको थियो । पल्लाघरे रातेले नछेकेको भए साधुले तपाईंको हातको रामधुलाइ भेट्ने थिए ।


आज तपाईंको घरभन्दा तीन गरा तल रहेको सार्वजनिक पिउने पानीको धारा बनाइदिने संस्थाका प्रमुख चन्दा दाता थिए ती साधु । तिनको नाम चक्रवर्ती श्री अमोद रहेको, उनी सर्वाधिक धनी मध्येका एक चर्चित वैज्ञानिक, युनिभर्सिटी अफ बृक्ले क्यालिफोर्निया, अमेरिकाका रिटायर्ड प्रोफेसर, वेद र अध्यात्मका गुरु रहेको समेत तपाईंले हाल सम्म मेसो पाउन सक्नुभएको छैन। यो साल तपाईंको प्यारी रुसबिनालाई प्रेम प्रस्ताव गर्ने क्रममा त्यही धाराबाट अम्खोरामा शुद्ध जल ल्याएर तुलसी र रुसबिनालाई छर्कने तपाईंको आफ्नो उद्देश्य प्राप्ति गर्ने योजना अन्तर्गतको गतिविधिमा परेको छ।


तपार्ईंको कर्मले ब्रह्माण्डमा विभिन्न किसिमका बिउ रोप्ने गर्छ। त्यसको प्रतिफल कुनै तत्काल प्राप्त हुन्छ। कुनै वर्षौंपछि, कुनै दसौँ वर्षपछि फसल लाग्ने हुनसक्छ । कुनै कुनै पाँच सय वर्ष पछाडि नतिजा दिने वा फसल उपलब्ध गराउने हुन पनि सक्छ। तपाईंका हजुरबुवाको राम्रो कर्मको डोरीले जोडिएको चिनजान र सम्बन्धले एकातर्फ तपाईं लाई आफ्नो प्रेयसीसँग भेट गर्ने बहाना दिएको छ। अर्कातर्फ उनलाई खुसी पार्ने फलका रूपमा तपाईंलाई आँप उपलब्ध भएको छ।


त्यो आँप, जुन न त रोप्ने तपाईंको हजुरबुवा न स्याहार सुसार गर्ने तपाईंको पिताजीले चाख्न पाउनु भयो। तपाईंकी भाउजूको कर्मले तपाईंले तपाईंको प्रियका के के अवधारणा छ, पारिवारिक पृष्ठभूमि के छ र के केपूर्वाधार पूरा गर्दा तपाईंको आफ्नो उद्देश्य प्राप्ति सहज बन्ने दिसामा अघि बढ्ने धेरै सम्भावना छ भन्ने ज्ञान तपाईंलाई सित्तैमा प्राप्त भइरहेको छ।


विगतमा नास्तिक तपार्ईं, आफ्नो मान्यता नमिल्ने आस्तिक रिटायर्ड प्रोफेसर माथि दुष्कर्ममा उत्रेको दुर्भाग्य पूर्ण इतिहास रहँदा रहँदै समाजको शुभ कर्मको फलका रूपमा त्यही सन्न्याँसीले बनाइदिएको धाराको पानी तपाईंको महत्वपूर्ण काममा प्रयोजनमा आउन सम्भव भएको छ। तपाईंको विगत जे सुकै होस् तर अन्तिम समयमा आफ्नो मुटुमै बसेकी प्रियतमको प्रियवस्तुलाई आफ्नो समेत प्रियबनाउने तपाईंको चाहनाको प्रभावमा तपाईंले आफूमा ल्याउन सक्नुभएको परिवर्तन हेर्दा तपार्ईं कम्तीमा आफ्नो पक्षबाट आफूले चाहेको सुन्दर र आत्मीय भविष्यतर्फ उन्मुख बनिरहने कर्ममा भिडिरहेको आभास दिन्छ ।


भलै यसको पछाडि विविध पारिवारिक, सामाजिक र वातावरणीय पक्षका कर्महरू रहेका छन्, थिए र हुने छन्। तर, तपाईंका कर्महरू र तपाईंको आसपासको विषयवस्तुको कर्मको संयुक्त फल कुनै दिन पक्कै देखिने छ। मात्र समयको कुरा हो । फलको प्रकृति कस्तो हुने छ त्यो फरक कुरा हो । जुन वास्तवमा तटस्थ रहने गर्छ । तपाईंले टाउको फुटाए पनि नतिजा निष्पक्ष हुनेछ। फल तपाईंको चाहना अनुकूल हुन सक्छ वा प्रतिकूल पनि हुन सक्छ । अनुकूलता वा प्रतिकूलता तपाईंको पूर्ण नियन्त्रणमा छैन । फल प्राप्तिको अनुभूतिको अवसर कहिले निश्चय हुने भन्ने समेत टुंगो छैन, हुन पनि सक्दैन।


कर्मको तेस्रो कर्मका रूपमा तपार्ईंंको भाग्यलाई लिइन्छ । जब कुनै पनि तत्कालको कर्म वा सञ्चितकर्मको फल प्राप्तिको समयमा त्यसको उपभोग गर्न पाउने पात्र तपार्ईं बन्न पाउनुहुन्छ, त्यसलाई तपार्ईंको भाग्यको प्रतीकका रूपमा लिइन्छ । त्यो समयमा तपार्ईं आफ्नो गन्तव्यमा पुग्नु भएको महसुस समेत गर्न सक्नुहुन्छ। तपार्ईं कर्मको फल प्राप्त गर्ने भाग्यमानी बनिरहँदा तत्कालको कर्मको फल, सञ्चित कर्मको फल र भाग्य तिनै एकसाथ संयोजित रहन जरुरी हुन्छ। एकातर्फ तपार्ईंका विचारहरू, भावनाहरू, अनुभवहरू, हृदयको बुद्धिमत्ता आदि तपाईंको कर्म गर्न चाहने इच्छा पैदा गर्न, त्यसमा नियमित र अडिग रहन जिम्मेवार रहन्छन् । अर्कातर्फ एक निश्चित व्यक्ति र प्रवृत्तिका रूपमा तपार्ईं आफैँ र तत्कालीन समयको समग्रताको प्रतिफलका रूपमा तपाईं वरपरको हाल र विगतका गतिविधि वा वातावरण तपाईंले प्राप्त गरिरहेको फलको उपलब्धिको मुख्य कारक बनि रहेका हुन्छन्।


कर्मको सामान्य अर्थ हो कार्य । हरेक कार्यको परिणाम हुन्छ । विभिन्न कार्यले विभिन्न परिणाम दिने गर्छन् । विभिन्न परिणामको समग्र प्रभावका रूपमा प्रतिफलको अनुभूति गर्न सकिन्छ। नियमित र सुचारु रूपमा भएका कार्यले दिने विविध प्रतिफलको समग्र रूपलाई मुख्य फलप्राप्ति ठानिन्छ। जुन आफैँ एक नियमित सुचारु प्रक्रियाको एक पक्ष हो । जुन आफैँमा दिगो प्रकृतिको रहन सक्दैन।


संस्कृतको आधारभूत परिभाषा अनुसार कर्मको सार–अर्थ ‘क्रिया’ हुन्छ । हाम्रो हरेक क्रिया ऊर्जाको एउटा रूप हो । जब तपार्ईं कुनै क्रिया गर्नुहुन्छ तपार्ईंमा रहेको शक्ति कुनै न कुनै रूपमा अर्को व्यक्ति वा वस्तुमा सर्छ । त्यसको प्रतिक्रिया बापत केही तपार्ईं तर्फ आउला, केही जता सहज हुन्छ उतै लाग्छ । अंग्रेजीमा एउटा सामान्य वाक्यांश छ– ह्वाट गोज अराउन्ड, कम्स अराउन्ड । अर्थात् तपाईंले जस्तो व्यवहार गर्नुहुन्छ, तपाईंलाई त्यस्तै प्रतिफल आइलाग्छ।


न्युटनको तेस्रो सिद्धान्तले पनि हरेक कार्यका लागि त्यहाँ एक समान तर विपरीत प्रतिक्रिया हुन्छ भनी गीताको सारलाई स्विकारेको छ । विज्ञानले स्विकारे अनुरूपको वेदको अवधारणा जब तपार्ईं शारीरिक बलको प्रयोग गर्नु हुन्छ तब त्यहाँ प्रतिक्रिया उत्पन्न हुन्छ । पैदा भएको शक्ति वा ऊर्जा कही पनि गायब हुन सक्दैन । मात्र एक रूपबाट अर्को रूपमा परिवर्तन भएको हुन्छ। यो कुरामा अब कुनै बहस हुने गर्दैन। सर्व स्वीकार्य बनिसक्यो । किनकि यसलाई विज्ञानलेआफ्नो सिद्धान्त भनेर स्वामित्व लिइसकेको छ । जीवात्माको बल, चेतनाको बल, सोच वा विचारको बल, अहंकारको बल, प्रेमको बल, घृणाको बल आदि व्यवस्थापनको नियमबारे विज्ञान अझै अत्यन्त ठूलो निराशाजनक चरणमै छ। न फेद न पुच्छर केही पनि पहिल्याउन नसकेरअलमलिइरहेको छ। जे होस् विज्ञानले आजसम्म आफैँले पत्ता लगाएको नाममा स्विकार्न बाध्यभएको माथि उल्लिखित दुई वैज्ञानिक सिद्धान्तको प्रतिपादन पश्चात् वैदिक नियमको अवधारणामा विश्वव्यापी सहमति जुटेको मान्न सकिन्छ ।


सामान्य भाषामा बताउँदा हाम्रो जीवन एउटा निरन्तर संघर्षको गाथा हो। जसरी विगतमा एक राज्यले अर्को राज्य जित्ने उद्देश्यमा ठूला साना धेरै लडाइँ हुने गर्दथ्यो। ब्याटल भनिने विभिन्न रणनीतिक आक्रमणमा कहिले सफलता हात लाग्दथ्यो त कहिले असफलता । जसले चातुर्य पूर्वक शक्तिआर्जन गर्दै अर्को राज्यसँग भएका असफल ससाना ब्याटलहरू बाट उठ्दै अघि बढ्न सफल बन्थ्यो, मुख्यमुख्य सामरिक महत्वका युद्ध आफ्नो पक्षमा पार्न सक्दथ्यो, विजयको माला पहिराउने अवसर उसैलाई मिल्दथ्यो । यथार्थमा युद्ध वा वार उसैले जितेको हुन्थ्यो। जितेको राज्य उसैले कब्जा गर्दथ्यो।


तपाईंको जीवनको मूल उद्देश्य समेत कुनै निश्चित ब्याटल जित्ने प्रकृतिको रहँदैन । अत्यन्त मूल्यवान् ब्याटलका नतिजा आफ्नो पक्षमा पार्दै सफलताको सिँढी उक्लनु तपाईंका तत्कालीन कर्तव्यहुन आउँछ। तपाईंको दैनिक जीवन, व्यवहार, कारोबार र जीवनका सम्बन्धको हरेक पक्षमा यी कुरा लागू हुन्छन्। आफ्नो दैनिकीको ब्याटल तपाईंको पक्षमा रहनु/नरहनुमा तपाईंको समग्र सफलता प्राप्तिमा महत्वपूर्ण भूमिका रहन्छ। तर, निर्णायक भूमिका रहन्छ भनी सोच्नु वैदिक अवधारणा विपरीत ठानिन्छ। तपाईंले गर्ने दैनिक कर्ममा सफलता हात लागोस्न / लागोस् समग्रमा वार जित्ने तपाईंको जीवनको उद्देश्य सुचारु रहन जरुरी रहन्छ ।

किनकि असफलताबाट सिक्दै र सफलता बाट अनुभव सँगाल्दै तपाईं आफूलाई जीवनको उद्देश्य प्राप्तिको मार्गतर्फ उन्मुख गराउन सक्नुहुन्छ। आफ्नो दैनिक कर्मले सफलता प्राप्ति गरोस् वा नगरोस् तपाईंको धर्म आफ्नो युद्धकलालाई आफ्नो पूर्ण क्षमतामा सदुपयोग गर्दै अघि बढ्नु हो। कर्म गर तर फलको आशा नगर भन्ने गीताको भनाइले तपाईंलाई आफ्नो जीवनलाई यही मार्गमा समर्पित गराउन प्रेरणा दिन्छ । जसलाई सफल व्यक्तिमा अनिवार्य रहने चरित्रका रूपमा समेत चित्रित गरिने गरिन्छ ।


शिवजीको रूपको भावार्थ


हिजो विज्ञानले पदार्थलाई ठोस, तरल र ग्यासमा वर्गीकृत गरेर हेर्दथ्यो। विज्ञानमा ठोस, तरल, र ग्यासबाट फरक चौथो अद्वितीय विशेषताको पदार्थ प्लाज्मा पनि अस्तित्वमा रहेको थाहा भएको थियो। एक आयनित ग्यास जसमा स्वतन्त्र इलेक्ट्रोन र आयनहरू हुन्छन्। त्यसले विद्युत् प्रवाह समेत गर्न सक्छ र चुम्बकीय क्षेत्रहरू सँग समेत प्रतिक्रिया गर्न सक्छ। प्रायः उच्च-ऊर्जा वातावरणमा भेटिने त्यो प्लाज्मा रूप तारा (सूर्य सहित), बिजुलीको चमक मानव निर्मित नियोन साइन र प्लाज्मा टिभीमा भेटिन्छ। अग्निको परिवर्तनशील गुण प्लाज्मा हो।


वैदिक पञ्च तत्वले पदार्थ र ऊर्जालाई सम्पूर्ण रूपमा त्यसको गुण तत्त्व बोधको तह सम्म पुगेर हेर्छ। त्यसलाई भौतिक र आध्यात्मिक पक्षहरू संग समेत जोल्टाएर मिसाएर कुरा गर्दछ। भौतिक तह सम्म मात्र सीमित रहेर कुरा गर्दा आधुनिक विज्ञानको ठोस पदार्थ सँग सम्बन्धित तम गुणको निश्चित आकार र आयतन हुने खनिजहरू, भौतिक वस्तुहरूको विशेषता वैदिक प्रणालीको पृथ्वी तत्वको विशेषता हो। तरल पदार्थ जसले आफू जस्तो भाँडामा रह्यो त्यसैको आकार ग्रहण गर्छ, तर जस्तो भाँडामा रहे पनि त्यसको आयतन स्थिर रहन्छ त्यो गुण वैदिक तत्त्व "जल" को स्वभाव सँग मेल खान्छ। वैदिक अग्नि तत्वको अवधारणा नियमित रूपान्तरण हुने सक्रिय अवस्थामा रहेको ऊर्जा सँग सम्बन्धित छ। विज्ञानको अनुसार तातो आगोको ऊर्जाको रूपको गुण वैदिक परिप्रेक्ष्यमा अग्नि तत्त्व हो। अग्निले रासायनिक प्रतिक्रिया, ताप, विद्युत् र चुम्बकीय ऊर्जाको तत्त्व गुण समेतको कुरा गर्दछ। निश्चित आकार र आयतन नभएका आधुनिक विज्ञानका ग्यास तत्वहरू, बाफहरू वायु तत्त्व हुन् जसका अणुहरू निरन्तर गतिमा र कम्पनमा रहन्छन्।

आकाश तत्त्व आफैमा निकै चासोको विषय हो। सामान्य रूपमा आकाश तत्त्व गुण पन्च तत्वका आकाश बाहेकका चार तत्त्व आपसमा सहकार्य गर्न चाहिने स्थान वा माध्यमको रूपमा व्याख्या गरिन्छ। जहाँ सबै चीजहरू रहन सम्भव हुन्छ। यो भौतिक शास्त्रको स्थान र समयको अवधारणा सँग मिल्दछ। स्थान भित्र त्यसको दिशा (लोकेसन र डिरेक्सन) समेत समावेश हुने हुँदा आकाश आफैले भौतिक शास्त्रको स्थान - समय - दिशाको मान्यताको प्रतिनिधित्व गरेको प्रस्ट हुन्छ। वैदिक दृष्टिकोणमा, आकाश सबैलाई समेट्ने तत्त्व हो। माथि भनिएको पन्च तत्वका समग्र गुण यसको मुख्य गुण हो। वैदिक मान्यतामा आकाश तत्त्व नै दिव्य गुण तत्त्व हो। जसले पन्च तत्वलाइ आध्यात्मिक र मनोवैज्ञानिक गुण संग समेत जोड्ने काम गर्दछ। आध्यात्मिक र मनोवैज्ञानिक गुण विना आत्मा ज्ञानको लागि जरुरी हुने अन्तर्मनको यात्रा सम्भव रहँदैन। हरेक पदार्थ र ऊर्जाको तत्त्व गुणमा आकाश तत्त्व साझा तत्वको रूपमा रहने गर्दछ। आकाश तत्त्व गुण बिना स्वयम ईश्वर अर्थात् प्रकृतिको नियमको समेत अस्तित्वमा रहन सम्भव नहुने वैदिक मान्यता छ।


वैदिक मान्यतामा रहेको आकाश तत्त्व गुणको मान्यता व्यवहारिक रूपमा सत्यको नजिक रहेको क्वान्टम विज्ञानको डबल स्लिट प्रयोगले पुष्टि गर्दछ। डबल स्लिट एक्सपेरिमेन्टको नतिजाले देखाउँछ कि इलेक्ट्रोन हरू कुनै अवलोकन कर्ताको उपस्थितिमा कणहरूको रूपमा देखिने गर्दछ। अवलोकन नगरिएको अवस्थामा तिनीहरूले तरङ्गको व्यवहार देखाउने गर्दछन्। तिनीहरूको तरङ्ग जस्तो व्यवहार आध्यात्मिक र मनोवैज्ञानिक गुण प्रदान व्यवहार हुन् भने कण रुपी व्यवहार भौतिक अस्तित्वको गुण गुण प्रदान व्यवहार हुन्। जसले यो दुई रूप जोड्ने सेतुको काम गर्दछ। आध्यात्मिक र मनोवैज्ञानिक तत्त्व गुण रूपमा बोकेको दुई आकाश तत्त्व जस्तै आत्मा र आत्मा बिचको माया, प्रेम, घृणा वा स्मरण होस् वा आत्मा र परमात्मा बिचको बिचमा कुनै सम्पर्क सूत्र विनाको जोडाई आदि क्वान्टम इनट्यांङ्गलमेन्टको स्पुकीएक्सन जस्ता प्रक्रियाको सफल प्रयोगले अर्थ पूर्ण र सत्यको नजिक रहेको प्रस्ट गर्दछ। आकाशले सम्पूर्ण अस्तित्वलाई सम्भावनामा समेटेर राखेको अवधारणाको समेत यसले पुष्टि गर्दछ।


परा र अपराको संयोगबाट संसार बनेको छ । परा भनेको जैविक चेतना हो। जुन प्राणी र वनस्पति दुवैमा हुन्छ। अपरामा पञ्चतत्व पृथ्वी, जल, आकाश, अग्नि र वायु तथा तीन सूक्ष्म तत्व मन, बुद्धि र अहंकार पर्छ । भौतिक शरीर अपरा प्रकृतिको पृथ्वी, जल, आकाश, अग्नि र वायु तत्व गुण बाट बनेको छ । तीन सूक्ष्म तत्व मन, बुद्धि र अहंकारलाई चेतनाले भौतिक शरीरसँग संयोजन गरेपश्चात् जीवित मानवको अस्तित्व सम्भव बन्छ। परा र अपराको संयोजनमाका लागि मूलतः परा वा जैविक चेतनाकै भूमिका रहने गर्छ । तसर्थ चेतनालाई ईश्वरीय तत्व वा शिव तत्वको नामकरण दिइएको छ।


पाँच प्रकारका साइकोएकटिव पदार्थ (mind-altering or psychoactive substances) ले मस्तिष्कलाई मनोवैज्ञानिक रूपमा गर्ने परिवर्तन बुझ्न सक्दा शिव तत्वको मनोवैज्ञानिक महत्त्व बारे जान सहज हुन्छ। रक्सी जस्ता डिप्रेसेन्ट (Depressants, Sedatives) मस्तिष्कको गतिविधिलाई ढिलो बनाउने गर्दछ जसले गर्दा व्यक्ति लाई आराम, शान्त, वा निन्द्राको महसुस गराउने गर्दछ। बढी रक्सी पिएपछि निर्णय क्षमता कमजोर हुने, सामाजिक चिन्ता मुक्त महसुस गराउने गर्दछ। सुर्ती जस्ता स्टिम्युलन्टले (Stimulants) मस्तिष्कको गतिविधिलाई बढाउँछ जसले गर्दा तपाई आफू झन् सतर्क, जागृत, र ऊर्जा वान बनेको महसुस गर्नु हुन्छ। अस्थायी रूपमा तनाव समेत कम गर्ने सुर्ती सेवनले छिटै लत लाग्ने र दीर्घकालमा हानि दिने गर्दछ।


क्यानाबिनोइड्सले (Cannabinoids, गाँजा जस्ता) मस्तिष्कलाई अनौठो तरिकाले शान्त महसुस गराउने र अनुभूतिहरू परिवर्तन गर्ने गर्दछ। समय ढिलो भएको जस्तो लाग्ने, देखेको सुनेको चीजहरू वास्तविकता भन्दा फरक हुने र कहिलेकाहीँ भने अझै बढी सिर्जनात्मक सोचमा मग्न बनाउने गर्दछ। एलएसडी (Lysergic Acid Diethylamide), साइलोसाइबिन (Magic Mushroom), गाँजा (THC) जस्ता साइकेडेलिक्सले (Psychedelics, Hallu-cinogens) दृश्य र श्रवणमा तीव्र भ्रम वा हलुसिनेसन गर्ने, गहिरो सोचाइ जन्माउने र वास्तविकता सँगको धारणामा परिवर्तन गरिदिने गर्दछ। जसले गर्दा संसारसँगको गहिरो सम्बन्धको अनुभूति हुने वा अनौठो सपना जस्तो अनुभव हुने समेत हुन् सक्दछ। उच्च मात्राको गाँजा (THC) जस्ता डिसोसिएटिभ्सले (Dissociatives) तपाईँलाई वास्तविकता वा आफैँबाट निकै टाढा रहेको अनुभूति गराउँछ। तपाई आफ्नै शरीर वा वरपरको वातावरण सँग छुट्टिएको महसुस गर्न सक्नु सक्छ। त्यसको पदार्थ जस्तै टिएचसी (THC) र टिएचसीको मात्रा अनुरूप हल्का देखि धेरै असहज अनुभूतिहरू गराउन सक्छ।


सबै साइकेडेलिक्स हरूले (Psychedelics, Hallucinogens) मस्तिष्कका न्यूरोट्रान्समिटर प्रणालीहरूमा परिवर्तन ल्याएर मानिसको धारणा, संज्ञान र भावनाहरूमा गहिरो असर पार्छन्। साइकेडेलिक्सहरूले मस्तिष्कलाई गर्ने असर अनुरूप यिनीहरूलाई पनि यहाँ पाँच प्रकारका विभाजन गरेर हेर्न सकिन्छ। सेरोटोनर्जिक साइकेडेलिक्समा (Serotonergic Psyche-delics, Classical Psychedelics) पर्ने एलएसडि, साइलोसाइबिन (म्याजिक मसरुम), डिएमटि (Dimethyltryptamine) र मेस्कालिन (Mescaline क्याक्टसमा पाइने) जस्ता मस्तिष्कको सेरोटोनिन 5-HT2A रिसेप्टर्स लाई सक्रिय गरेर धारणा र सोचमा परिवर्तन ल्याउने तत्त्व हुन्। जसले मानिसको दृष्टि, भावना र वास्तविकतामा परिवर्तन आएको अनुभव गराउने गर्दछ। डिसोसिएटिभ साइकेडेलिक्स (Dissociative Psychedelics) अन्तर्गत पर्ने केटामाइन (Ketamine), पीसीपी (Phencyclidine) र डिएक्सएम (Dextro-methorphan) मा NMDA रिसेप्टर्स अवरुद्ध गरेर मस्तिष्कका भागहरू बिचको आपसी सञ्चारलाई रोक्ने तत्त्व हुन्छ। एम्पाथोजेन्स / एन्टाक्टोजेन्समा (Empathogens / Entac-togens) पर्ने एमडिएमए (Ecstasy, MDMA - 3, 4 -Methylene - dioxy - methamp - hetamine) , एमडिए (MDA - 3, 4 - Methylene - dioxyam - phetamine) ले सेरोटोनिन, डोपामाइन र नोरेपिनेफ्रिन स्तर बढाएर गहिरो भावनात्मक सम्बन्ध, खुलापन, र उत्साहको अनुभूति गराउने गर्दछ।


एन्टिकोलिनर्जिक डिलिरियन्टसमा (Anti-cholinergic Deliriants) पर्ने एट्रोपिन (Atropine) र स्कोपोलामाइनले (Scopo-lamine, धतुरोमा हुने) एसिटाइलकोलिन रिसेप्टर्स ब्लक गरेर भ्रम, स्मृति समस्याहरू र तीव्र भय उत्पन्न गराउँछ। त्यस्तै कप्पा-ओपिओइड रिसेप्टर एगोनिस्ट्समा पर्ने साल्भिनोरिन- ए ले कप्पा-ओपिओइड रिसेप्टर्स सक्रिय गरेर तीव्र रूपमा असामान्य हेलूसीनेसन् (unpleasant hallucinations) मार्फत दृष्टि र आफ्नो वारेको अवधारणामा परिवर्तन ल्याउँछ।


डिसोसिएटिभ साइकेडेलिक सेवनको कारण कतिपय अवस्थामा मानिसहरूले नियर-डेथ अनुभवहरू (NDEs) पनि गर्दछन्। डिसोसिएटिभ साइकेडेलिक पदार्थहरू जस्तै केटामाइन, उच्च टिएचसीको मात्रा भएको गाँजा आदि पर्दछ। जसको सेवनमा आफ्नो वास्तविकता वाट आफू निकै पर रहेको, आफ्नै शरीर वाट आफ्नो आत्म टाढा भएको डिसोसिएट रहेको अनुभव गराउँछ। नियर-डेथ अनुभवहरूमा मानिसहरू आफू आफ्नो शरीरबाट अलग भएको र कहिलेकाहीँ बाहिरबाट आफैँलाई हेरेको, सुनेको र त्यहाँ भइरहेको गतिविधि देखिरहेको अनुभव हुनु लाई डिसोसिएटिभ असर भनिन्छ।


डिसोसिएटिभ साइकेडेलिक सेवनका केही साइकेडेलिक्स क्रियाकलापहरू समेत हुने गर्दछन्। जस्तै नियर-डेथ अनुभवहरूको बेला गहिरो शान्ति, कसै संग सम्बन्धितताको अनुभूति (जस्तै बितेका आफ्नै प्रिय आफन्त सँगको मिलन), अलौकिक दिव्य दृश्यहरूको अनुभव आदि हुने गर्दछ। उदाहरणका लागि डाइमिथाइलट्रिप्टामाइन (DMT) जस्ता पदार्थहरूले नियर डेथ अवस्थाको अनुभूति सँग मिल्दोजुल्दो अनुभवहरू गराउन सक्छन्। जसमा देखिने अद्भुत दृश्यहरू र गहिरो भावनात्मक अन्तर्दृष्टि अचम्म लाग्दो हुन्छ। जस्तै: आफू शरीर बाहिर गएको अनुभव (डिसोसिएटिभ) हुने। उज्यालो प्रकाशका दृश्य वा सुरुङहरू (साइकेडेलिक) देखेको अनुभूति हुने। गहिरो शान्ति वा डरको तीव्र भावना विकास भएको अनुभव गर्ने। आफू रहेको भन्दा नितान्त फरक समय र स्थानमा रहेको अनुभूति गर्ने।


यसरी डिसोसिएटिभ्स (अलगावका कारण) वा साइकेडेलिक्स (जीवित, रहस्यमय अनुभवहरूका कारण) उत्पन्न हुने कतिपय अनुभवहरूमा कतिपय आध्यात्मिक सुख अनुभवहरू दिने प्रकृतिको समेत रहने गर्दछ। बाहिरी साइकोएक्टिव पदार्थको प्रयोग नगरी शरीर आफैले आफ्नो लागि नियमित रूपमा निर्माण गर्नेको आनन्द र आराम संग सम्बन्धित केमिकलहरू निर्माण गर्ने प्रक्रियालाई सहयोग पुर्‍याएर पनि जीवनमा मानिसले सुखी, खुसी, शान्त र आराम महसुस गर्न सक्दछ। त्यस्ता रसायनहरू बढाउने सजिला तरिकाहरूमा दौडिनु, पौडी खेल्नु, बाहिर खेल्न निस्कनु, हिँडडुल गर्नु, हल्का व्यायाम गर्नु आदि पर्दछ। यस्ता गतिविधि गर्दा निर्माण हुने एन्डोर्फिनले सहजताको महसुस गराउने गर्दछ। हाँस्नु, साथीहरू वा परिवारसँग समय बिताउनु, अङ्कमाल गर्नु आदिले पनि यसमा सहयोग गर्छ। केरा, नट्स जस्ता स्वस्थ खाना खाँदा मस्तिष्कमा डोपामिन र सेरोटोनिन जस्ता रसायनहरू बन्ने गर्दछ। जसले हामीलाई खुसी राख्दछ। केही समय घाममा समय बिताउनु, दुबोमा हिँड्नु, अरूको लागि राम्रो काम गर्नु, आफू संग के छैन होइन कि के छ त्यसमा गर्व गर्न सक्नु, खुसी हुनु, त्यसैमा धन्य बन्नु, गहिरो सास लिने, ध्यान गर्ने, आराधनामा बस्ने, पूजा गर्ने, हवन गर्ने जस्ता अभ्यासले ह्यापी केमिकलहरू निर्माण हुने गर्दछ। पर्याप्त सुत्नु र तनाव घटाउनुले शरीरमा स्वाभाविक रूपमा खुसीका रसायनहरूलाई राम्रोसँग काम गर्न मद्दत गर्ने गतिविधिहरू हुन्। उल्लेखित समग्र गतिविधिहरू लाई वैदिक मान्यतामा आध्यात्मिक जीवन शैली मानिन्छ।


वैदिक दर्शनमा विनाशकका रूपमा चिनिने शिवको अवधारणा मस्तिष्क गतिविधि र मानव मनोविज्ञान सँग निकै गहिरो संग जोडिएको छ। मानिस कहिल्यै मर्दैन। उसको चेतना एक स्वरूप वाट अर्को स्वरूप बसाइ सर्दछ। तर पनि हरेक मानिस हरेक समय आफूलाई असुरक्षा महसुस गर्दछ। विशेष गरी मृत्युको डर र त्यसै संग सम्बन्धित चिन्ता डरको मूल कारक बन्दछ। कारण त्यसले उसको तत्कालीन भौतिक जीवनको अन्त्यको समेत प्रतिनिधित्व गर्छ। डर वारेको सूचना मस्तिष्कको एमिग्डालामा (amygdala) प्रशोधन हुने गर्दछ। विशेष गरी अस्तित्वगतको जोखिम सम्बन्धका डरहरू जस्तै: मृत्युको डर, निरन्तरताको डर, सक्रियताको डर ।

शिवको विनाश सम्बन्धको नृत्य जीवन, मृत्यु र पुनर्निर्माणको निरन्तर प्रक्रिया संग सम्बन्धित छ। चलिरहेको जीवन विनाश गरेर नयाँ जीवनको सुरुवात गर्ने प्रक्रिया मात्र होइन मस्तिष्कमा रहेका पुराना विचारहरू विनाश गरेर नयाँ अनुभवहरू निर्माण प्रक्रिया पनि त्यसै संग सम्बन्धित पक्ष हो। शिवको ताण्डव नृत्य ब्रह्माण्डको गतिशील प्रवाह हो जहाँ सबै कुरा निरन्तर परिवर्तन भइरहेका हुन्छन् र नियमित सिर्जना, संरक्षण र विनाश हुने गर्दछ।


क्वान्टम फिल्डमा कणहरू निरन्तर परिवर्तनमा हुन्छन्, अस्तित्वमा आउँछन् र हराउँछन्। क्वान्टम मेकानिक्समा ब्रह्माण्डलाई विशाल ऊर्जाको क्षेत्रका रूपमा वर्णन गरिन्छ। जहाँ पदार्थ र ऊर्जा निरन्तर अन्तरक्रिया गरिरहेका हुन्छन्। शिव नृत्य त्यही क्वान्टम वास्तविकताको निरन्तर गति र परिवर्तनको सङ्केत हो जहाँ ब्रह्माण्डका वेब फङ्गसनका सम्भावनाहरू कणका कम्पनहरू संग जडान भएका हुन्छन्। जसरी क्वान्टम कणहरू अवलोकन गर्दा कण अवस्थाहरूमा र नगर्दा वेब फङ्गसनका अवस्थाहरूमा रहन्छन् त्यसरी नै ब्रह्माण्डको निरन्तर रूपान्तरणलाई मस्तिष्कले नयाँ अनुभवहरू र पुनर्संरचनाहरू संग निरन्तर समायोजन गरिरहेको हुन्छ।


मस्तिष्कका न्युरोनहरू आपसमा जोडिने र तोडिने क्रम निरन्तर चलिरहन्छ। जसलाई न्यूरोप्लास्टिसिटी भनिन्छ। न्युरोन न्युरोन बिचको जोडाइको विनाश र सिर्जनाको प्रक्रिया शिवको विनाशक भूमिका सँग मेल खान्छ। न्यूरोप्लास्टिसिटीको क्रममा न्युरोनले पुरानो वा अप्रासङ्गिक जानकारी नष्ट गरेर नयाँ कनेक्सन (neural pathways) निर्माण गर्दछ। जसको मूल उद्देश्य मस्तिष्कले नयाँ शिक्षा र कार्य पद्धति विकास गर्नु हुन्छ। स्मृतिहरू हिप्पोक्याम्पसमा (hippocampus) रहने गर्दछ। जहाँ मस्तिष्कको अनावश्यक स्मृतिहरू हटाएर महत्त्वपूर्ण स्मृतिहरू एकीकृत गरी सुरक्षित राख्ने गरिन्छ। विनाश र सिर्जनाको चक्रमा भएको स्मृतिहरूको विनाश गरी नयाँ स्मृतिहरूको सिर्जना गर्ने कार्य शिवको विनाशको नृत्यसँग मेल खान्छ।


ध्यानले मनलाई मृत्युको डरबाट शान्त गर्न मद्दत गर्छ। ध्यान गर्दा मस्तिष्क गहिरो आरामको अवस्थामा प्रवेश गर्छ। डरको लागि जिम्मेवार हुने एमिग्डालाको गतिविधि ध्यानले सुस्त र संयम राख्ने हुँदा अहङ्कार र मृत्युको डर समाप्त हुने गर्दछ। शिवको नृत्यप्रति आफूलाई समर्पण गर्दाको समयमा समेत त्यही स्थिति पैदा हुने गर्दछ। क्वान्टम अवधारणामा, ध्यानले मस्तिष्कको गतिविधिलाई एक सम्यक् अवस्थामा (deep relaxation coherent state) ल्याउन मद्दत गर्न सक्छ। जसलाई ब्रह्माण्डको लय सँग मेल खाएको भनिन्छ।


जसरी शिवको भूमिका पुरानो लाई समाप्त गरेर नयाँ सिर्जना गर्नमा हुन्छ, मस्तिष्क समेत निरन्तर पुराना वा अप्रासङ्गिक विचारहरू, भावनाहरू र इन्द्रिय जानकारीको विनाश गरी नयाँले प्रतिस्थापन गरिरहेको हुन्छ। निर्णय र भावनात्मक नियमनको जिम्मा लिने प्रिफ्रन्टल कोर्टेक्सले (prefrontal cortex) यस चक्रलाई ठिक त्यसरी नै नियन्त्रण गर्छ जसरी शिवको विनाश शक्तिले गर्दछ।

क्वान्टम मेकानिक्समा, शिवको विनाश लाई क्वान्टम वेभ फङ्गसनको कोल्याप्स सँग तुलना गर्न सकिन्छ, जहाँ वेभ फङ्गसन रुपी सम्भावित वास्तविकताहरू नष्ट हुन्छन् र कणरूपी विशेष वास्तविकता प्रकट हुन्छ। मस्तिष्कले समेत चेतनशीलता र अवलोकन मार्फत अनगिन्ती विचार र सम्भावनाहरू तर्फ प्रिफ्रन्टल कोर्टेक्स लाई केन्द्रित गरी विभिन्न सम्भावनाको जालो लाई निश्चित निर्णयमा रूपान्तरण गर्छ। निर्णय अनुरूप कर्म सञ्चालन हुने गर्दछ। जुन शिवको नृत्यले दिने सङ्केत संग हु-बहु मिल्दछ।

शिव तत्वबारे समाजलाई जानकारी दिन ऋषिहरूले हाम्रा लागि संकेतका रूपमा शिवको बृस्तृत चित्र कोरेका भेटिन्छ । उक्त चित्रमा रहेका विभिन्न संकेत मध्ये केही बारे यहाँ उल्लेख गर्ने प्रयास गरिएको छ।


तेस्रो आँखा


शिवको निधारको तेस्रो आँखालाई भित्री आँखाका रूपमा दिमागकोआँखासमेत भन्ने गरिन्छ । बाहिरी संसार हेर्नका लागि मानिससँग आँखा हुँदै गर्दा आफूले देखेको, बुझेको, महसुस गरेका आधारमा कुनै पनि विषय वस्तुबारे निश्चयमा पुग्न हामीलाई विवेक वा अदृश्य आँखा उपलब्ध छ । शिवको निदारको तेस्रो आँखालाई त्यसैको प्रतीकका रूपमा लिने गरिन्छ। मस्तिष्कको बीचमा पछाडि पट्टि पिट्युटरी ग्रन्थि भन्दा माथि अत्यधिक चार्जयुक्त सेरेब्रोस्पाइनल फ्लुइड (दिमागको तरल पदार्थ) डुबेर बसेको एउटा अंग जहाँ अन्य अंगको तुलनामा प्रति घन भोल्युममा अधिक रक्त–रस प्रवाहित हुनेगर्छ, त्यसलाई पिनियल ग्रन्थि भनिन्छ । पिनियल ग्रन्थिलाई शिवको तेस्रो अदृश्य आँखाको प्रतीक मानिएकाले तेस्रो आँखालाई शिवको निधारको बीचमा राखिएको हो। पिनियल ग्रन्थिमा हुने पर्याप्त मात्राको रक्त प्रवाह मार्फत अक्सिजन र पोषण पुग्दछ। मूलतः शरीरको निद्रा- जाग्रत् चक्रलाई नियन्त्रण गर्ने मेलाटोनिन हर्मोनको उत्पादन गरी रगतमा दिने पिनियल ग्रन्थि वरपर सेरेब्रो स्पीनलफ्लुड (मेरुदण्डको मस्तिष्कको द्रव) बग्दछ जसले त्यसको सिरानीको काम गर्दै सुरक्षा दिने र मेटाबोलिक कार्य हुँदा निस्कने फोहोर पिनियल ग्रन्थिबाट हटाउने काम गर्दछ। पिनियल ग्रन्थि शरीरमा सर्काडियन रिदम र हर्मोनल सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छ।


सेरोटोनिन मेलाटोनिनको प्रारम्भिक रूप वा प्रिकरसर हो। एमिनो एसिड ट्रिप्टोफान बाट पिनियल ग्रन्थीमा सेरोटोनिन उत्पादन हुन्छ। पाइनियल ग्रन्थीले ईन्जाइमहरू एन-एसीटाईल ट्रान्सफरेज र हाइड्रोक्सिइनडोल - ओ - मीथाइल ट्रान्सफरेजको सहयोगमा जैव - रासायनिक प्रक्रियाबाट अँध्यारोको समयमा सेरोटोनिन लाई मेलाटोनिनमा रूपान्तरण गर्छ। पाइनियल ग्रन्थीमा मेलाटोनिनमा परिवर्तन भएको मेलाटोनिन फेरि सेरोटोनिन भने परिवर्तन हुँदैन।


जब हामी आफ्नो विचार, भावना र कार्य एकसाथ उच्चतम सहकार्यको विन्दुमा पंक्तिबद्ध गर्न सक्छौँ तब हामी आफूलाई उत्सुकता, उद्देश्य प्राप्ति र अर्थयुक्त जीवनले भरिपूर्ण गर्न सक्छौँ । उक्त कार्यमा हामीलाई सफल पार्न सहयोग गर्ने पिनियल ग्रन्थिलाई आत्माको केन्द्र वा सिट आफ सोल मानिन्छ। पिनियल ग्रन्थिका पिनेलोसाइट सेलहरूले सेरोटोनिनको उत्पादन गर्छ । अँध्यारो हुँदैगर्दा तथा मानिस निद्रामा रहँदा पिनियल ग्रन्थिले अधिक मात्रामा मेलाटोनिनको उत्पादन गर्छ । तपार्ईं आत्मीय सम्बन्धमा लीन हुँदा, धन्य महसुस गर्नुहुँदा, मेडिटेसन वा ध्यानमा रहँदा मेलाटोनिन सेरोटोनिनमा परिवर्तनहुन्छ।


वैदिक ध्यानमा पाइनियल ग्रन्थिलाई आज्ञा चक्रको अवधारणासँग जोडेर "तेस्रो आँखा" मानिन्छ। आज्ञा चक्र आध्यात्मिक दृष्टि, अन्तर्ज्ञान, र आत्मज्ञानको केन्द्र ठानिने वैदिक र यौगिक परम्परामा ध्यानमार्फत यस ग्रन्थिलाई सक्रिय गर्दा व्यक्तिको चेतना, अन्तर्ज्ञान र उच्च स्तरको चेतना निर्माण हुने विश्वास गरिन्छ। पाइनियल ग्रन्थिले उत्पादन गर्ने मेलाटोनिनले निद्रा-जागरण चक्रलाई नियन्त्रण गर्न र सर्काडियन रिदमलाई कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने हुँदा व्यक्तिको समग्र स्वास्थ्य, तनाव घटाउने र मनोभाव स्थिर राख्ने कार्यमा यसको प्रत्यक्ष प्रभाव हुने स्वाभाविक नै देखिन्छ। कतिपय अनुसन्धानले मेलाटोनिन ध्यानका अनुभवलाई अप्रत्यक्ष रूपमा सुधार गर्न, मानसिक स्पष्टता र भावनात्मक सन्तुलन वृद्धि गर्न सहयोगी बनेको देखाएको छ। पाइनियल ग्रन्थिले डाइ - मिथाइल - ट्रिप्टामाइन (Dimethyl-tryptamine,  DMT) निर्माण गर्ने र त्यसले व्यक्तिलाई हेलोसीनेटिङ्ग, रोमाञ्चकारी, सपनाका र मृत्युको निकट अनुभवहरू गर्न भूमिका खेल्ने गरेको अनुभव सुनाउने गर्दछन्।


मेलाटोनिनले निद्रा लगाउँछ भने सेरोटोनिनले तपार्ईंलाई खुसी, खुसी र धन्य बनाउँछ । जुन ब्लिसफुल अवस्था हो । वेदले बताएको र आधुनिक विज्ञानको क्वान्टम सिद्धान्तले प्रमाणित गरे अनुरूप सबै जीवको संरचनाको सबैभन्दा सूक्ष्म रूप नियमित गतिशीलतामा रहेको इलेक्ट्रोम्याग्नेटिक तरंगहो।


सबैभन्दा सूक्ष्म इलेक्ट्रोम्याग्नेटिक तरंगयुक्त पदार्थलाई टुक्य्राउँदा केही पनि भेटिँदैन वा मात्र आकाश रहन्छ। अर्थात् शून्य हाता लाग्छ। यसरी हाम्रो जीवन शून्यबाट उत्पन्न भएर शून्यमा नै टुंगिने यथार्थको गहिरो ज्ञानदिने उद्देश्यले शिवको निधारमा संकेत स्वरूप तेस्रो आँखा राखिएको छ।


डमरु


ब्रह्माण्ड सुस्त गतिमा विस्तार हुने र खुम्चिँदै जाने नियमित प्रक्रियाबाट अस्तित्वमा रहने गर्छ। नियमित विस्तार हुने प्रक्रियाबाट ब्रह्माण्डको अन्त्य हुन्छ । फेरि संश्लेषण र विस्तार प्रक्रियाबाट ब्रह्माण्डको पुन निर्माण प्रक्रिया सुचारु हुन्छ । प्रकृतिको नियमित सिर्जना प्रक्रिया चलिरहन्छ। हाम्रो शरीरको मुटुको धड्कन एक सिधा रेखामा सीमित नरही कुनै निश्चित ताल वा रिदममा कहिले तल र कहिले माथि गर्दै शरीरको नियमित सञ्चालन हुने गर्छ । संसारका हरेक जीवित र निर्जीव पदार्थहरूको निश्चित परिणाम र संरचनामा बाँधिएको ऊर्जाको उतार चढावबाट निर्माण, विगठन र पुनर्निर्माण सम्भव बनेको हुन्छ । द्वन्द्वात्मक चरित्रको मतलब पोजिटिभ र नेगेटिभ चार्जयुक्त सबैभन्दा सूक्ष्म संरचनाको उतार चढावबाट निर्माण र पुनर्निर्माणका लागि हुने विगठनको निर्माण प्रक्रियाको प्रतीकका रूपमा डमरुलाई लिइएको हो । डमरुको आकार नियाँलेर हेर्दा एक छेउमा फुकेको हुन्छ, बीचमा पुनः खुम्चिएको हुन्छ र फेरि अर्को छेउमा पुनः फुकेको हुन्छ । निर्माण, विगठन र पुनर्निर्माणको नियमित क्रमको संकेत गर्ने डमरुले यथार्थमा ब्रह्माण्डको संरचना निर्माणको प्रतीकको संकेत दिन्छ।


डमरुलाई ध्वनिको प्रतीकका रूपमा समेत लिइन्छ । ध्वनिको संरचना निश्चित तरंग निर्मित ऊर्जाबाट हुने गर्छ । संरचनागत रूपमा सम्पूर्ण ब्रह्माण्ड विभिन्न तरंगको संयुक्त सहकार्य बाट अस्तित्वमा रहेको हुन्छ । क्वान्टम भौतिक विज्ञानले समेत स्विकारेको यो तथ्यले सम्पूर्ण ब्रह्माण्ड संरचनागत रूपमा अन्ततः एकै प्रकारको अद्वैत तरंगका रूपमा पुगेर सकिन्छ । डमरुलाई ब्रह्माण्डको अद्वैत विचारधाराको प्रतीकका रूपमा समेत लिइन्छ ।


घाँटीमा बेरिएको सर्प


निधन वा समाधिको अवस्थामा हामीसँग आफ्नै भन्ने केही रहँदैन। विभिन्न निर्माणको चरणमा ब्रह्माण्डबाट प्राप्त गरेको कच्चा पदार्थहरू लिएर जम्मा भएको पदार्थ थुपारिएर निर्मित हाम्रो भौतिक शरीर समाधिको विन्दु पार गरेपछि औपचारिक विखण्डन उन्मुख हुने गर्छ । उक्त क्रममा शरीरमा थुपारिएर रहेका ब्रह्माण्डबाट प्राप्त सबै पदार्थ ब्रह्माण्डमै फिर्ता पठाउने प्रक्रियाको सुरुवात हुन्छ । चेतनाको भित्री आकाश भने समाधिको विन्दु पश्चात् पनि हामी सँगै रहन्छ। वास्तवमा समाधिको विन्दु पछि हामी चेतनाको भित्री आकाशमा मात्र सीमित हुन पुग्छौँ। जसलाई हामी कन्ससनेस वा चेतन शक्ति भन्छौँ। उक्त चेतन शक्तिको रूपलाई हामी शिवको असली रूपका रूपमा बुझ्ने गर्छौं । कुनै पनि भौतिक कार्य, क्रिया वा प्रतिक्रिया नरहने पूर्ण चेतनशीलताको अवस्थामा हामीमा आफ्नो सम्पूर्ण क्षमताको सतर्कताको उपस्थिति रहन्छ । शिवको घाँटी वरिपरि सतर्क रहेर बेरिएको सर्प त्यही पूर्ण चेतन अवस्थाको सतर्कताको सम्झना गराउन राखिएको प्रतीक वा चिह्न हो ।


ध्यानको अवस्थामा मानिसले आँखा बन्द गरेको हुन्छ। ध्यान गरिरहेको मानिसलाई हेर्दा यस्तो भान पर्छ कि व्यक्ति सुतिरहेको छ । तर, ऊ निद्रामा हैन, उच्च सचेत अवस्थामै रहेको हुन्छ। मानिसमा ध्यानको समयमा अन्य समयमा भन्दा चेतनाको हदनिकै उच्च रहने यथार्थ अभिव्यक्त गर्नसमेत शिवको घाँटी वरिपरि बेरिएको चनाखोसर्पको उपस्थिति देखाइने गरिएको हो।


त्रिशूल


जीवित अवस्थामा मानवको चेतनाको तीन अवस्था रहने गर्छ ।जाग्रत, सपना रनिद्रा (सुषुप्ति)। सत्व, रज र तमगुणको प्रतिनिधित्व गर्ने यो तीनै अवस्था भन्दा ईश्वरत्व उच्च स्थानमा रहन्छ।ईश्वरत्वलाई शिवका रूपमा बुझिने अवस्थामा शिवले त्रिशूल समातेको चित्रबाट ईश्वरत्व जाग्रत, सपना र सुषुप्तिको तीन गुणभन्दा फरक र उच्च चेतन अवस्थामा रहने संकेत दिन खोजिएको हो।

त्रिशूलमा त्रि शब्दको अर्थ तीनै अवस्थाको भन्ने लाग्छ। शूल शब्दले समस्या वा दुःख भन्ने अर्थ दिन्छ। समग्रमा त्रिशूल शब्दको अर्थ सबै किसिमका कष्टलाई नष्ट गर्ने तागत राख्ने अर्थमा सुझाइन्छ । मानव जीवनसँग मूलतः तीन प्रकारका पीडा ठोकिन आइपुग्ने गर्छ । स्थूल शरीरको आधी–भौतिक (फिजिकल) पीडा, आध्यात्मिक (स्प्रिचुयल) तथा दैव, प्रकृति (भाग्य), भूतप्रेत (मनोवैज्ञानिक) आदि प्रकृतिको आधी–दैविक (इथरियल) पीडा । शिवको हातमा रहेको त्रिशूलले ईश्वरत्व तीनै प्रकारका सम्पूर्ण दुःखबाट मुक्ति दिने हैसियत राख्ने क्षमताको प्रतीकका रूपमा लिइन्छ।


चन्द्रमा


शिव मूर्तिको अर्ध चन्द्र शिवले समयलाई नियन्त्रण गर्ने सन्दर्भ संग जोडिएको छ। चन्द्रमाले आफ्नो आकार दिनदिनै परिवर्तन गर्छ, त्यसैले यसले समयको प्रवाहलाई जनाउँछ। चन्द्रमा लगाएर देखाउनुको अभिप्राय हो शिव समय भन्दा पर हुनु हुन्छ। समय बाट प्रभावित हुनुहुन्न। चन्द्रमाले नयाँ सुरुवात र नवीकरणलाई पनि जनाउँछ। जसरी चन्द्रमा बढ्छ र घट्छ, जीवनमा पनि परिवर्तनको चक्र त्यस्तै हुन्छ। शिवले पुरानो नष्ट गरेर नयाँको लागि ठाउँ बनाउनु हुन्छ। चन्द्रमाले हामीलाई यस कुराको सम्झना दिलाउने गर्दछ। चन्द्रमाले शान्ति र स्थिरताको प्रतीक हो। चन्द्रमा मन र भावना सँग जोडिएको मानिन्छ। शिवको शिरमा रहेको अर्ध चन्द्रले मन र भावनाहरूमा नियन्त्रणको प्रतिनिधित्व गर्छ। शिव सधैँ शान्त र नियन्त्रणमा रहनु हुन्छ। शिवको मन र भावनाहरूमा पूर्ण नियन्त्रण छ।


नदी


शिर अथवा टाउकोलाई ज्ञानको भण्डारको प्रतीक मानिन्छ । हृदय वा मुटुलाई प्रेमको प्रतीक । नदीलाई प्रेमको प्रतीकका रूपमा इंगित गर्न मुटुबाटआएको देखाउने गरिन्छ । शिवको आकृतिको सन्दर्भको नदीलाई शिवको टाउकोबाट बाहिर आउँदैगरेको देखाएर ज्ञानको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ। नदीको प्रवाहलाई ज्ञान प्राप्तिको नियमित चरणका रूपमा ग्रहण गरिन्छ। नदीलाई समेत ज्ञानको प्रतीक ठानिन्छ। ज्ञानले मानिसको आत्मालाई शुद्ध पार्छ ।


सूर्यको तापको कारण समुद्रबाट बाफ उठेर बादल बनी पृथ्वीको उच्च भागमा बर्सिन पुगेको पानी आफ्नो मूल बासस्थान समुद्रमा मिसिने अभिप्रायले माथिबाट तलतल बहने गर्छ । भीमकाय ब्रह्माण्डको स्वरूपलाई सानो सानो गर्दै सबैभन्दा सूक्ष्म रूपसम्म पुगेर बुझ्न सक्दा मानिसले ब्रह्माण्डको निर्माण भएको सूक्ष्म पदार्थबारे अनुभूति लिन सक्छ । ब्रह्माण्डको सम्पूर्ण पदार्थ एकै सूक्ष्म पदार्थद्वारा निर्मित रहेकाले त्यसको जानकारीले मानिसलाई आफ्नो गन्तव्य र जीवनको उद्देश्य पत्ता लगाउने बाटो पहिचान गर्न सहज हुन्छ । आफ्नो उद्देश्य प्राप्तिमाअविरल बहने नदी जस्तै ज्ञान प्राप्तिको अविरल यात्राबाट मानिसले आफ्नो अन्तरात्माको समेत ज्ञान प्राप्त गर्न सक्छ । निकै गहिरोमा पुगेर जीवनको यथार्थता महसुस गर्न सक्छ। शिवको टाउकोबाट बाहिर आउँदै गरेको नदीलाई त्यही ज्ञान प्राप्तिको उपायको प्रतीकका रूपमा राखिएको छ। मानव जीवनमा ज्ञान प्राप्तिको सिलसिला गतिशील र नियमित रहन्छ। ज्ञानको प्राप्तिले मात्र मानिसले स्वतन्त्र शुद्धता युक्त जीवन प्राप्त गर्न सम्भव हुन्छ। शिवको शिरलाई ज्ञान वा ईश्वरत्व युक्त ठानिएकाले ज्ञानको प्रतीकका रूपमा नदीलाई राखिएको छ ।


निलो शरीर


निलो भनेको सफा आकाशको रङ हो । आकाशलाई केही पनि नरहेको शून्यताको अवस्थामा लिइन्छ। शिवको असली रूप आकाश र रङ निलो दर्साउने अभिप्रायले शिवजीको शरीर निलो रङले पोतने गरिन्छ। आकाशले व्यापकता र अनन्तताको संकेत गर्छ ।किनकि आकाशको कुनै सीमा रहँदैन । सम्पूर्ण पदार्थ भित्र र बाहिर पनि खाली भाग वा आकाश रहने गर्छ। यसको कुनै आकार समेत रहँदैन। वास्तविक रूपमा शिवको कुनै शरीर हुँदैन। न शिव कहिल्यै कुनै व्यक्तिका रूपमा सीमित रहेर अस्तित्वमा रहे। शिव एक अथाह, असीम देवत्वको प्रतीकका रूपमा रहेको दिव्यता हो भन्ने मानिसलाई बुझ्न सजिलो होस् भन्ने उद्देश्यले ऋषिहरूले एक कुशल चित्रकारले आफ्नो चित्रबाट भावना प्रकट गरे जस्तै शिवको रूप बनाएको देखिन्छ । गहिरिएर हेर्दा ज्ञानको समेत न त कुनै आकार हुने गर्छन न सीमितता। यसले ब्रह्माण्डको प्रत्येक र सबै कणभित्र खालीपन हुन्छ। उक्त खालीपनलाई संकेत गर्दै सारा संसार शिवले भरिएको छ, सम्पूर्ण ब्रह्माण्डमा शिवको उपस्थिति छ भनिन्छ।


शिवलिंग


लिंग शब्दको अर्थ पहिचान हो । एक प्रतीक जसको माध्यमबाट सत्य, तथ्य र वास्तविकताको पहिचान गर्न सकिन्छ । कुनै पनि वस्तुको छोपिएको वा नदेखिएको यथार्थ मूल्यवान् गुण बुझ्न र पहिचान गर्न सहयोग गर्ने चिह्नलाई लिंग भनिन्छ। जस्तै जब बच्चा जन्मन्छ तब त्यो आफ्नो सन्तति पृथ्वीमा नियमित राख्ने गुणको सन्दर्भमा वीर्यदान गर्ने क्षमता युक्तको हो वा वीर्यको पालनपोषण गरी मानव रूपमा विकसित गर्ने खुबी युक्त डिम्बदान गर्ने खुबीको हो भन्ने पहिचान उसको शरीरको मात्र एउटा गुप्त अंशमार्फत पत्ता लाग्छ । जन्मने बित्तिकै पुलिंग वा स्त्रीलिंग पहिचान गरी बच्चा केटा हो वा केटी भनी यकिन लिइन्छ । त्यही कारणले जननेन्द्रियलाई लिंग भनिन्छ ।कपडा लगाएर छोपेरसमेत राखिन्छ ।


सृष्टिको संरचनाको मुख्य पदार्थ शिवलाई चिन्न पनि कुनै लिंगको सहायता लिन सक्दा सजिलो पर्छ । शिवको आफ्नै न त कुनै रूप हुने गर्छ न आकार। एउटा चिह्न जसले पुरुष र महिलाको मिश्रणको अनुभूति वा पहिचान दिन्छ, त्यो नै शिवको लिंग हुनुपर्ने यथार्थ आफ्नो ठाउँमा छ । यो अर्थमा ऋषिहरूले महिला र पुरुषको दुवै अंग संयोजन गरेर शिवलिंगको परिकल्पना गरे। सूक्ष्मजीवको स्तरमा माइटोसिस, मियोसिस जस्ता प्रक्रिया पार गरी फरकफरक आनुवंशिक गुणको संयोजन गरी र विकसित जीवहरूमा सम्भोगपश्चात् जीवन सुरु हुने यथार्थलाई मनन गरी योनि माथि ठडिएको लिंग प्रतीककारूपमा शिवलिंग तयार भएको बुझिन्छ ।

शिवलिंगको संकेतमा पुरुष जननेन्द्रियको आसनका रूपमा स्त्री जननेन्द्रियको व्यवस्था गरिदिएर संसारमा आफ्नो सन्तति नियमित कायम गर्नु जीवमात्रको अन्य कर्तव्य जस्तै एक अनिवार्य कर्तव्य रहेको समेत सूचना दिन खोजिएको छ।ब्रह्माण्डको मौन, प्रकट नहुने निराकार, गतिशील तर सृष्टिका लागि जरुरी हुने दुवै स्त्री र पुरुष गुणको संयोजन रहेको संयुक्त शिवशक्तिको रूपको अभिव्यक्ति दिने प्रयोजनले शिव लिंगको आकृति बनाइएको छ।ब्रह्माण्डको सृष्टिकर्ताको मूल सूक्ष्मस्वरूप मात्र एउटा रहेको संकेत गर्दैस्त्री–पुरुष दुवै गुण मिसिएर एकै भएको शिवलिंग निर्मित गरिएको हो । यो अर्थमा शिव कुनै अमूक वस्तु वा पदार्थ होइनन्, बरुपूर्ण सर्वोच्च चेतनाको समापनको प्रतीक हुन् भन्ने सूचना व्यक्त गर्न खोजिएको छ।


साँढे


शिवको अगाडि रहेको साँढे एक अनन्त प्रतीक्षाको प्रतीक हो। हरेक मानिसको जीवनमा अनन्तः प्रतीक्षा गर्न सक्ने क्षमतालाई सबैभन्दा ठूलो सद्गुण मानिन्छ । मन्दिरमा प्रतीक्षामा बसेको साढे प्राकृतिक ध्यान वा मेडिटेसनको कुनैआसनमा बस्न र कुर्नु मात्र जान्ने तर प्रतीक्षा वा कर्मको फल भोलि नै आउँछ भन्ने हतारोमा रहेको देखिँदैन । उसको शरीरको हाउभाउले उसमा कुनै प्रतिफलको आशा वा अपेक्षा समेत रहेको आभास आउँदैन । ऊ मात्र कुर्दै छ । लाग्छ सम्पूर्ण जीवन भर पर्खिरहनका लागि तयार छ । अनन्तः कालसम्मका लागि पर्खिन सक्ने साँढेको गुणलाई ग्रहणशीलताको सारका रूपमा लिइन्छ । हरेक मन्दिरमा जाने शिव भक्तमा मन्दिर जानुभन्दा पहिले साँढेको जस्तो ग्रहणशीलताको सारगुण हुनुपर्छ । अटल प्रतीक्षा गर्ने सामर्थ अनिवार्य छ। कर्म गर्ने तर फलको आस नगर्ने ग्रहणशीलता अनिवार्य रूपमा हुनुपर्छ।


पूजा र ध्यानबीचमा आधारभूत रूपमै निकै गहिरो फरक रहन्छ । प्रार्थना अथवा पूजा गर्दैगर्दा तपार्ईं परमेश्वरसँग आफ्ना मनका कुरा गर्न वा व्यक्त गर्न कोसिस गर्नुहुन्छ। ध्यान अथवा मेडिटेसन भने तपार्ईं ईश्वर वा शिव वा प्रकृतिलाई सुन्न इच्छुक बन्नुभएको अवस्था हो। ध्यान गर्दै गर्दा तपार्ईं मात्र तपाईंको अस्तित्वको कारण, उपस्थितिको प्रयोजन र उद्देश्यबारे कुरा सुन्न तयार हुनुहुन्छ । सृष्टिको उत्पत्तिको कारण, प्रकृति र उद्देश्यलाई सुन्न चाहनुहुन्छ ।


त्यहाँ तपार्ईंको आफ्नो भन्नु वा सुनाउन पर्ने केही हुँदैन, तपार्ईं मात्र सुन्न चाहनुहुन्छ। त्यसका लागि अटल प्रतीक्षा गर्ने ग्रहणशीलताको सार गुण बोकेको साँढे जस्तो मात्र सतर्कता सहित ध्यानमा बसिरहने गुण तपाईंले विकास गर्नु जरुरी छ । चित्रमा साँढे सचेत छ, निद्रामा छैन, निष्क्रिय तरिकामा बसिरहेको देखिन्छ। लाग्छ, मात्र बसिरहेको छ । शिवको सामुन्ने ढुकेर रहेको साँढेको चित्रबाट ऋषिहरूले शिवभक्तमा शिवको ध्यान कसरी बस्नु अनिवार्य छ भन्ने ज्ञान दिन खोजेको देखिन्छ ।


हिमालय पर्वत


शिवजीको प्रिय बासस्थानका रूपमा हिमालयको मानसरोवरको शिखरलाई लिइन्छ। शिवजीको वास्तविक घर तथा समाधि स्थान समेत कैलाश पर्वतलाई नै मानिन्छ। कैलाशको भावार्थमा ‘त्यो स्थान जहाँ मात्र उत्सवहरू हुने गर्छ’ लाई बुझ्ने गरिन्छ। श्मशान वा समाधि स्थलको भावार्थमा रिक्तता वा शून्यता महसुस गराउने एकान्तको शान्त स्थानलाई ग्रहण गरिन्छ । देवत्व वा दिव्यता दुवै शून्यता र उत्सवकोअवसरमा हामीसँगै रहन्छ । हरेक व्यक्ति आफैँमा सदैव शून्यता वा रिक्तता र उत्सव वा भरिपूर्णताको दुवै पक्ष युक्त रहने गर्छ ।


चित्रमा शिवजीसँगै कैलाश पर्वतलाई देखाएर शिवतत्वलाई ब्रह्माण्डको सम्पूर्ण उच्चताको केन्द्र वा अन्तिम गन्तव्य रहेको सूचना दिने प्रयास गरिएको हो । अत्यन्त विवेकी, चतुर र निष्पक्ष शिवतत्व सर्वाधिक शक्तिवान् अथवा अग्निमय रहने ठानिन्छ। हिमालको चिसो, शान्त वातावरणले दिने एकाग्रता, हिमालबाट बग्ने काली, मस्र्याङ्दी जस्ता नदीका कारण पैदा हुने कोमल भाव, सर्वोच्च उचाइमा महसुस गर्न सकिने आरामदायी चिसोपन बीचको ग्रहणशीलता आदि ब्रह्माण्डको संरचनाको सर्वोच्च स्वामीबारे महसुस गर्न चाहिने आधारभूत मनोवैज्ञानिक गुणहरू हुन् भन्ने यथार्थ कैलाश पर्वतको चिह्न मार्फत सम्प्रेषण गर्न खोजिएको छ ।


ओम नमः शिवाय


ओम नमः शिवाय भनी उच्चारण गरिने मन्त्रलाई संसारमै रहेका मन्त्रहरू मध्ये एक अत्यन्त शक्तिशाली मन्त्र ठानिन्छ। यो मन्त्रले शरीरमा आन्तरिक ऊर्जा बनाउन र खाली स्थान वा आकाश तत्व बढाउन मद्दत गर्ने ठानिन्छ। ओम नमः शिवाय लगायतका तमाम मन्त्रको तीव्र आवाज अर्थात् तरंगहरूले मानिसमा चेतनाकोअभिवृद्धिमा प्रभावकारी मद्दत पु¥याउँछ । ओम नमः शिवायमा रहेको ‘ओम’ ब्रह्माण्डको आवाज हो। ओमको अर्थ शान्ति र प्रेम हो। अन्य शब्दका अक्षर ‘न’, ‘म’, ‘शि’, ‘वा’, ‘य’ लेक्रमशः पृथ्वी, पानी, आगो, हावा रआकाश गरी पाँच वटा तत्व वा पञ्चतत्वलाई संकेत गर्छ। ब्रह्माण्डको सम्पूर्ण तत्व पञ्चतत्व निर्मित रहन्छन्।

जब तपार्ईं एकाग्र भएर ओमः जप गर्न थाल्नुहुन्छ, तपार्ईंले सबै कुराको अस्तित्व हराएको महसुस गर्न पाउनु हुन्छ। न सोच न सपना न कुनै अनुमान न कुनै धारणा न कुनै अपेक्षा तपाईंको मनमा उब्जन पाउँछ। एकान्तको कलकल पानी बगिरहेको खोला किनारको संगीतको भित्री रूपमा आफैँ हराए जस्तै अन्य कसैले सुन्न नसक्ने तर आफैँले भने सद्भाव, आनन्द र धन्यताले भरिएको अनुभूति प्राप्त गर्न पाउनुहुन्छ।


जब तपार्ईं ओम नमः शिवायको हरेक पदलाई फरक फरक रूपमा उच्चारण गर्नुहुन्छ, हरेक शब्दको सह-अस्तित्वको रहस्यमा प्रवेश गर्नुहुन्छ, त्यसमा अन्तर्निहित मौनताका खाली ठाउँहरूको अनुभव लिनुहुन्छ तब तपाईंमा फरक शक्तिको सञ्चारको अनुभूति हुन्छ । ध्वनिहरू बीच लयबद्ध रूपमा दोहोरिने खाली ठाउँ मिश्रित ध्वनिहरूको समग्र संयोजनले तपाईंलाई साँचो अर्थको भित्री संगीतको महसुस गर्ने अवसर प्राप्त गराउँछ । तपाईंले अनुभवकर्ताका रूपमा आफ्नो भित्री स्वयम लाई अनुभूति गर्न सक्नुहुन्छ ।


६ वटा अक्षरको अंश मिलेर बनेको यो मन्त्रले जुन प्रकारको कम्पन उत्पन्न गर्छ त्यसले शरीरको कोषिकाको स्तरसम्म कम्पन पैदा गर्ने गर्छ ।शरीरका हरेक तन्तु समग्र रूपमा एकापसमा जोडिएर एकै लयको धुनमा कम्पन भइरहेकोअनुभूति गराउँछ। जब मन्त्रले पूरा वाक्य दोह¥याएर पटक पटक जप गरिन्छ, त्यसबेला जप गर्ने व्यक्तिले यसलाई संगीतभन्दा चर्को रूपमा सुन्न सक्छ। किनकि दोहो¥याई तेह¥याई जप गर्दैगर्दा दिमागले जपको वाक्यको कम्पन रफ्रिक्वेन्सी सँगै आफूलाई पूर्ण रूपमा सिंक्रोनाइज गरिसकेको हुन्छ।


पृथ्वीको कम्पन ७.८३ हर्ज हुने गर्छ । उक्त कम्पनसँगै हाम्रो जैविक प्रणालीको कम्पन समेत प्राकृतिक रूपमै ट्युन भएको हुन्छ। ओमलाई ब्रह्माण्डको आधारभूत आवाज मानिन्छ। ओम जप गर्दा हाम्रो शरीरबाट निस्कने ध्वनिको फ्रिक्वेन्सी ११०.७६, १७०.६६र २८९.१३ हर्ज हुने गर्छ। ११०.७६ हर्ज गामा–किरणको फ्रिक्वेन्सीको भाग रहेकालेयसले दिमागमा पुगेको गामा–ब्रेन–वेब पैदा गर्छ । गामा–ब्रेन–वेब अन्य भन्दा तेज गतिको फ्रिक्वेन्सीयुक्त २५ देखि १०० हर्जमा अस्सिलेट हुने गर्छ। फलतः यसलेदिमागको मानसिक गतिविधिमा सुधार ल्याउने, संज्ञानात्मक  वृद्धि गर्ने, मानसिक विकृतिबाट मुक्ति दिलाउने, विषयवस्तुमा केन्द्रित हुने शक्ति बढाउने, सिक्ने क्षमता र सूचनाको प्रशोधन गर्ने क्षमता बढाउने गर्छ। साथै छोटो अवधिको स्मरण शक्तिको क्षमता अभिवृद्धि गर्ने र टाउको दुख्ने आदि रोगको रोकथाममा समेत सहयोग पु¥याउँछ ।


१७०.६६ हर्ज फ्रिक्वेन्सी १७४ हर्ज फ्रिक्वेन्सीको ज्यादै नजिक देखिन्छ । जुन प्राकृतिक एनेस्थेटिकका रूपमा काम गर्ने हुँदा शारीरिक र ऊर्जागत रूपमा शक्तिको कायाकल्प गराउने र दुखाइ कम गर्न सहयोगी बन्ने बलियो आधार भेटिन्छ । १७४ हर्ज फ्रिक्वेन्सी शरीरका अंगहरूलाई सुरक्षाको अनुभूति दिलाउने गुणका लागि समेत परिचित रहेकाले यसले चेतनाको हद वृद्धि गर्न आधारको विकास गर्ने परिस्थितिको पनि सिर्जना गर्छ। २८९ हर्ज फ्रिक्वेन्सी २५५ हर्ज फ्रिक्वेन्सीको नजिक देखिन्छ। २५५ हर्ज फ्रिक्वेन्सी बहुआयामिक क्षेत्रहरूमा जागरुकताको तहलाई सन्तुलित गराई चेतनाको विस्तारमा सहयोग पु¥याउने गर्छ। शरीरको ऊर्जाको वृद्धि गरी शरीरमा ऊर्जाको पुनःउपलब्धता मार्फत कायाकल्प गराउन सहयोग पु¥याउँछ ।


ओम नमः शिवाय मन्त्र एकैसाथ जप्ने क्रममा हाम्रो जैविक प्रणाली कम्पन पृथ्वीको कम्पन ७.८३ हर्ज सँगै पूर्ण रूपमा सिंक्रोनाइज हुने गर्छ।उक्त समयमा पृथ्वी र ब्रह्माण्डका सम्पूर्ण पदार्थसँग सिधा सम्पर्क कायम हुने गरीहाम्रो जैविक कम्पन संयोजित हुन सक्छ। जसले गर्दा ब्रह्माण्डका कम्पनमार्फत हामीब्रह्माण्ड सँगै सिधै जोडिन सम्भव हुन्छ। केही समयसम्मको लयबद्ध ओम नमः शिवायकोमन्त्र उच्चारणले हाम्रो शरीरको कम्पन र ब्रह्माण्डको कम्पनबीच हुने अन्तरघुलनका कारण हाम्रो स्नायु प्रणालीमा सकारात्मक ऊर्जासञ्चार गरिदिन्छ । जसले गर्दा रक्तचाप कम गर्न, मुटुको स्वास्थ्यमा सुधार ल्याउने देखि मनोवैज्ञानिक उपचारसम्म सम्भव बनिरहेको भेटिन्छ । यो अर्थमा शिवको आकृतिमा अंकित ॐचिह्नले मानव जीवनमा मन्त्रोच्चारण र ध्यानको महत्वको विशेषता सम्झाउने प्रयत्नस्वरूप राखिएको बुझ्न सकिन्छ।


नटराज वा नाचिरहेको शिव


पार्टिकल फिजिक्सले प्रमाणित गरे अनुरूप शरीरका सेलहरू एटम निर्मित छन्। एटमहरू आफूभन्दा एक लाख गुणा सानो प्रोटोन र न्युट्रोन रहेको न्युक्लिअस वरिपरी समय र स्थानका आधारमा गतिशील रहने इलेक्ट्रोन निर्मित छन्। प्रोटोन, न्युट्रोन, ग्लुवोनबाट बनेका छन्। जहाँ ग्लुवोन आफैँ लगभग तीन वटा क्वार्क निर्मित छ। गतिशील क्वार्कलाई टुक्य्राउने हो भने तपार्ईं केही पनि भेट्नुहुन्न वा शून्य हाता लाग्नेगर्छ। पदार्थको संरचनाको सबै भन्दा सूक्ष्म अस्तित्वमा मात्र निश्चित वेबनाचिरहेको देख्नुहुन्छ । त्यही तरंगहरूको विविधताको खेलबाट संरचना बन्दै भीमकायसंरचना बन्ने र नष्ट हुने प्रक्रिया हालसम्म गतिशील रहेको छ ।


वास्तवमा नथिङ वा शून्यबाट प्रारम्भ भएर एभ्रिथिङ वासम्पूर्णताको निर्माण हुने क्रमबीच हाम्रो जीवनको समेत निर्माण भएको छ । उक्तएभ्रिथिङ वा सम्पूर्णता जस्तै हाम्रो जीवनसमेत नथिङ वा शून्यमै पुगेर अन्ततः सकिनेनिश्चित रहेको भेटिएको छ । शून्यबाट गतिशीलताका रूपमा पैदा भएको हाम्रो जीवनअन्ततः शून्यमै सकिन्छ । जबसम्म अस्तित्वमा रहन्छ त नियमित गतिशीलताको अनिवार्यतारहन्छ । शिवको नटराज वा नाचिरहेको स्वरूप यही यथार्थबोध होस् भन्नका लागि संकेतकारूपमा प्रस्तुत भएको छ । जुन यथार्थ आजको आधुनिक क्वान्टम विज्ञानले समेत एकपछिअर्को परीक्षणबाट यथार्थतायुक्त रहेको स्थापित गर्दै गएको छ ।


गतिशील तरंगहरू अस्तित्वमा रहन दुई विपरीत गुणका चार्जकोसहअस्तित्वको अनिवार्यता रहन्छ । जसलाई पुरुष तथा स्त्रीलिंग संयोजित शिव तत्वका रूपमा बुझ्ने गरिन्छ । आपसी द्वन्द्वात्मक सम्बन्ध प्राकृतिक सम्बन्ध हो। प्राकृतिक द्वन्द्वात्मक सम्बन्ध बीचको आपसी प्राकृतिक मिलन मार्फत अत्यन्त सूक्ष्म देखि भीमकाय र शक्तिशाली संरचनाको सम्पूर्ण निर्माण सम्भव रहन्छ भन्ने प्रमाण सहित मर्मस्पर्शी सूचना शिवतत्वले संसारलाई दिएको छ।


संसारका हरेक वस्तु निर्मित सबैभन्दा सानो कण ऊर्जायुक्त नृत्यको प्रदर्शनको गठजोड हो। जसलाई वेदले सारांशमा सम्पूर्ण ब्रह्माण्डमा समावेश रहेका पदार्थको निर्माण र विनाशको आधार नृत्यको प्रदर्शनको गठजोडको प्राकृतिक सुचारुपनमा आधारित रहेको भनी स्पष्ट पारेको छ।