वर्ण प्रणाली र ब्रह्म राक्षस !
वैज्ञानिक ढङ्गले प्रस्ट गर्दा फरक फरक
मात्रामा सत्वगुण, रजोगुण र तमोगुणको संयोजन गरी प्रकृतिले आफ्नो विशेष सिर्जनाको रूपमा
फरक फरक व्यक्तिको सिर्जना गर्दछ।
त्यो क्रममा हरेक व्यक्तिले अन्य भन्दा
भिन्न निश्चित अति विशिष्ट गुण लिएर संसारमा जन्मेको हुन्छ। जस अनुसार सत्त्वगुण
हाबी भएको व्यक्ति ब्राह्मण पेसामा सफल बन्दछ। तिनीहरू विद्या, अध्यात्म, पूजा, पाठ, आराधना
आदिमा अधिक झुकाव राख्दछन्। रजोगुणको अधिक प्रभुत्व हुने गरी सत्वगुण मिश्रित
व्यक्तिहरू शासक तथा योद्धाको गुणको हुने गर्दछन्।
यस्ता व्यक्तिको प्रशासन र व्यवस्थापन सँग सम्बन्धित काममा अधिक रुचि हुने हुँदा
उनीहरू क्षेत्रीय पेसामा सफल रहने अधिक सम्भावना हुन्छ।
रजोगुण र तमोगुण समान रूपमा मिश्रित
व्यक्ति कृषि र व्यावसायिक काममा अधिक चासो लिने हुँदा उनीहरूको लागि वैश्य पेसामा
सफल पेसा रहने सम्भावना रहन्छ। तमोगुण अधिकता रहने गरी तमोगुण र रजोगुण व्याप्त
व्यक्ति नोकरी र मजदुरीमा अधिक निपुण हुन्छन्। तमोगुणको अधिकता रहेको वर्ग समाजमा
उपलब्ध शूद्र व्यवसायमा अधिक सफल हुने सम्भावना रहन्छ।
व्यक्तिको गुण नियमित अध्ययन, तालिम र कामको
अनुभवले समेत परिवर्तन गर्ने सकिने हुँदा प्राकृतिक रूपमा फरक प्रकृतिको गुण रहेको
व्यक्तिसमेत अन्य व्यवसायमा पनि सफल हुन सम्भव रहन्छ।तर सर्व श्रेष्ठ बन्न सक्दैन।
वर्ण प्रणाली अन्तर्गत भएको वर्गीकरण
कुन परिवारमा जन्म भएको हो भन्ने कुरामा नभएर जन्मगत रूपमा उसले जुन गुणको संरचना,
चासो र प्रकृति लिएर जन्म लिएको छ उसलाई उसको चासो र खुबीको
क्षेत्रमा हुर्कने वातावरण दिन सक्दा ब्रह्माण्डले उसलाई उक्त क्षेत्रको उत्कृष्ट
योग्य मानवको रूपमा पाउन सक्ने छ भन्ने सिद्धान्तमा आधारित थियो।
जुन ब्रह्माण्ड लाई सम्पूर्ण चराचर
हरुको लागि उपयुक्त वासस्थान बनाउन अत्यधिक उपयोगी हुन सक्दथ्यो। त्यसको आधारमा
वर्ण व्यवस्था उसलाई कर्म गर्नकोलागि निश्चित पेसा छान्न सहयोग गर्ने उद्देश्यमा
निर्मित थियो।
गीतमा कृष्णद्वारा मानिसहरूमा
अन्तर्निहित हुने प्राकृतिक
गुणहरू र चासोले निर्माण गर्ने क्षमताको आधारमा उचित कर्म पहिचान
गर्न वर्ण प्रणाली अन्तर्गत सृष्टिको सुचारु गर्नाका खातिर चार वर्णको समेत व्यवस्था भएको कुरा
उल्लेख छ।
प्रत्येक वर्णको जिम्मेवारी र
कर्तव्यहरू निरन्तर रूपमा सुचारु हुन सक्दा मात्र समाजमा एकै साथ नियमित सम्पन्न
हुनुपर्ने सबै कार्यहरू सम्पूर्णरूपमा सहज सम्पन्न गर्न सम्भव रहने सुनिश्चितताको
लागि प्रकृतिले डिजाइन मार्फत नै फरक फरक विशेष गुण भएका व्यक्तिहरूको जन्म दिने
कुरा उल्लेख छ।
जस अन्तर्गत ब्राह्मणहरूलाई वेदहरूको
विद्या र विज्ञानकोअविद्या अध्ययन गराउने,
सिकाउने र दक्ष बनेपछि धार्मिक अनुष्ठानहरू गर्ने र
समाजलाईआध्यात्मिक रूपमा मार्गदर्शन गर्ने जिम्मेवारी दिने चलन थियो।
भूमिको रक्षा र शासन गर्ने जिम्मेवारी
क्षत्रियहरूको थियो। वैश्यहरू कृषि,
व्यापार र व्यापारमा संलग्न हुन्थे। जबकि शूद्रहरूले विभिन्न
प्रकारका श्रमहरू द्वारा अन्यतीन वर्णहरू वा स्व-रोजगारीले विकास गर्ने रोजगारीको अवसरमा आफूलाई समाहित गरी आफ्नो खुबी अनुरूप
सेवा उपलब्ध गराउन सम्भव बन्दथ्यो।
कसैको कोखमा जन्मेर हैन कर्मले मात्र
मानिस ब्राह्मण गुणी बन्न सक्छ।
जन्मले मानिस जो सुकेको कोखमा जन्मेको
किन नहोस्, जन्मँदा हरेक व्यक्ति शूद्र चेतनाको हदमा रहेर शूद्र जन्मन्छ।जब उसले (जुन सुकै क्षेत्रको हुन सक्छ) अध्ययन
आरम्भ गर्दछ त्यसलाई महान् संस्कार सिके पछिको उसको दोस्रो जन्म मानिन्छ। दोस्रो
जन्ममा आफ्नो खुबी र क्षमता विस्तार गरी जब उ आफ्नो इलममा लाग्दैन वा समाज र
राष्ट्र सेवाको राजकाजमा लाग्दैन, सामान्य मजदुरीको
क्षेत्रमा नै रमाएर आफ्नो चेतना सामान्य काम चलाऊ कै अवस्थामा राख्दछ, कम सिप र ज्ञानभए पुग्ने शूद्र चेतना पर्याप्त हुने पेसा रोज्दछ भने
उसको पेसा शूद्र हुन्छ। जब मानिस आफ्नो खुबी र क्षमताले आफूलाई व्यापारमा
संलग्नगर्छ उ वैश्य गुणी हुन्छ। समाज र राष्ट्रको सुरक्षा र सञ्चालनमा कुशल पार्दछ
उ क्षेत्रीयगुणी बन्दछ।
उसले ती कुनै पनि क्षेत्रमा जाँदैन, आफूलाई वेद,
विज्ञान जस्ता विषयमा पारङ्गत गरी
ज्ञानी र विद्वान बन्छ, परम र परम ब्रह्मालाई जान्दछ,
ब्रह्मरूप लिन्छ र आफ्नो ज्ञान अनुरूप अध्यापन, सल्लाह, हितोपदेश आदि जस्ता ज्ञान गुनको
क्षेत्रमा संलग्न हुन आफूलाई दक्ष गर्दछ तब ऊ ब्राह्मण गुणी बन्छ। यथार्थमा 'सत्य ज्ञानको ज्ञाता" वा
ब्राह्मणत्व प्राप्त गर्नेकुरा ज्ञानको विभिन्न चरणहरूको रूपको एक चरण हो। कुनै
कसैको जातवा परिवारमा जन्म भएर त्यो ब्राह्मण हुने होइन। ब्राह्मण हुन् ब्राह्मणकै
नस्ल अनिवार्य हुने बिचार बोकेको मानिस उ अझै शूद्रकै तहमा रहेको तर आफूलाई
ब्राह्मण कोखमा जन्मिएको ले ब्राह्मण रहेको मनोवैज्ञानिक भ्रममा बाँचेको मान्नु
पर्छ। उनीहरूलाई गाली नगर्नुस्। माया गरेर वेदको ज्ञान लिन सल्लाह दिनु उपयुक्त
हुन्छ।
जसरी शरीरमा रोग लाग्दछ मनमा पनि त
लाग्दछ। शरीरको ओखतीमुलो र उपचार भए जस्तै मनको पनि ओखती मुलो र उपचार हुन्छ। यहाँ
कुरा पेसाको हो। मानिसको हैन। मानिस त सबैको एकै श्रोतको आत्मा निर्मित हुने हुँदा
प्रकृतिकोलागि आफ्नो सन्तान सबै
बराबर र जो झन् कमजोरछ उ त झन् प्यारो, मायालु
र सधैँ उसैको माया मनमा उठ्ने हुन्छ। वेदको जात पातको सम्बन्धको निचोड यही हो।
कर्म, आचरण, र संस्कारले
व्यक्तिलाई साँचो ब्राह्मणत्व प्राप्त गर्न सक्षम बनाउँछ। चाहे उसको जन्म कुनै पनि जात वा परिवारमा किन नहोस्। यसलाई पुष्टि गर्न
ऐतरेयऋषि, ऐलूषऋषि, सत्यकामजाबाल,
राजापृषध, रथोतर, विश्वामित्र लगायतकाधेरै उदाहरणहरू लिन सकिन्छ। जसले कर्म र आचरणको
आधारमा ब्राह्मणत्व प्राप्त गरेका थिए। यसले यो देखाउँछ कि जन्मले होइन, बरु कर्म,आचरण, र
संस्कारले व्यक्तिको असली पहिचान निर्धारण गर्दछ। साथैव्यक्ति आचरण र कर्मको आधार
उच्च वर्णबाट व्यक्तिको निम्न वर्णमा समेत पुग्दछ।
मानिस कर्मले काबिल बन्ने र त्यसै
अनुरूप उसमा विभिन्न गुणहरूको विकास हुने प्राकृतिक नियमको सिद्धान्त हो। कुनै
व्यक्ति सामन्त वा विशेष परिवारमा जन्मेको मात्र कारणले पूज्य वा ज्ञानी हुँदैन, न त कुनै सो-काल्ड
ब्राह्मण भनिएको परिवारमा जन्मेकै आधारमा ब्राह्मण हुन्छ। हाम्रो समाज आज सनातनी
दम्भले कसरी स्वयं सनातन संस्कृतिलाई नष्ट गर्ने दिशामा अग्रसर छ। कुनै बाहुनको
जात र थरमा जन्मेको मात्र आधारमा कोही ब्राह्मण हुँदैन। जति सत्य यो हो, त्यत्ति नै सत्यके हो भने आफ्नो कर्म, आचरण,
र संस्कारले जो कोही पनि ब्राह्मण बन्न सक्छ।
ऐतरेय ऋषि, एक जना अपराधी
दासका पुत्र भए पनि कर्म, आचरण र संस्कारबाटउच्च कोटीको
ब्राह्मण बने र ऐतरेय ब्राह्मण र ऐतरेय उपनिषादको रचना गरे। यसैगरी, ऐलूष ऋषि, जो दासीका पुत्र थिए, चरित्रहीन जुआरी थिए, तर पछि गुरुको शरणमा
बसेर गहिरो अध्ययन गरे र ऋग्वेदका ज्ञाता बने (ऐतरेय ब्राह्मण २.१९)। सत्यकाम नाम
राखेकी जाबालको पितृत्वको ठेगान थिएन। यौवनावस्थामा जाबालले धेरै पुरुषसँग यौन
सम्बन्ध राखिन् । उनले पनि कर्म र आचरणको माध्यमबाट ब्राह्मणत्व प्राप्त गरिन (छान्दोग्य
उपनिषद)। त्रिशङ्कु राजा हुन् तर कर्म, आचरणबाटै चाण्डाल
बने भने विश्वामित्र, जो स्वयं क्षत्रिय थिए, ब्राह्मणत्व प्राप्त गरे। कबीरजीले जातको ठेगान नभए पनि रामानन्द
गुरुलाई गुरु माने र पछि गुरुलाई पनि जातको कुनै महत्व नभएको बोध भयो। यी सबै
उदाहरणहरूले कर्म, आचरण र संस्कारले व्यक्तिको वास्तविक
पहिचान निर्धारण गर्छ भन्ने कुरा पुष्टि गर्छ।
राजा दक्षका पुत्र पृषधले आफ्नो आचरण, कर्म, र चरित्रको कारणशूद्रको रूपमा चिनिएका थिए, तर
तपस्याबाट परिवर्तन भई मोक्ष प्राप्त गरे (विष्णु पुराण४.१.१४) । राजा नेदिष्टका
पुत्र नाभाग कर्म र आचरणले वैश्य भए, तर उनका सन्तानहरू
क्षत्रिय नै रहे (विष्णु पुराण ४.१.१३) । नाभागका पुत्र धृष्टले पनि कर्म, आचरण, र संस्कारबाट ब्राह्मणत्व प्राप्त गरे,
यद्यपि उनका छोराहरू क्षत्रिय कर्ममा रहिरहे (विष्णु पुराण
४.२.२)।
श्रीमद्भागवत महापुराणमा राजपुत्र
अग्निवेश्यको पनि कर्म, आचरण, र संस्कारको माध्यमबाट ब्राह्मणत्व
प्राप्त भएको उल्लेख छ। रथोतर र हारित जस्ता क्षत्रिय पुत्रहरूले पनि कर्म,
आचरण, र संस्कारबाट ब्राह्मणत्व प्राप्त
गरे (विष्णुपुराण ४.३.५)। शौनक ऋषिका पुत्रहरू आचरण र संस्कारको भिन्नताका कारण
ब्राह्मण, क्षत्रिय, वैश्य र
शूद्र बने (वायु पुराण, विष्णुपुराण र हरिवंश पुराण)।
मातङ्ग, जो चाण्डाल पुत्र थिए, उनले पनि कर्म, आचरण, र संस्कारबाट ब्राह्मणत्व प्राप्त गरे। यस्तै, ऋषि पुलस्त्यका नाति रावण तथा राजा रघुका पुत्र प्रवृद्ध कर्म र आचरणका
कारण राक्षस बने। यी सबै उदाहरणहरूले कर्म, आचरण, र संस्कारको महत्त्वलाई उजागर गर्छन्, जसले
जन्मको आधारमा नभएर व्यक्तिको वास्तविक पहिचान र सामाजिक स्थान निर्धारण गर्छ। वेद
ब्यास,वशिष्ठ ऋषि,आजका स्वामी
प्रपन्नाचार्य, योगी नरहरिनाथ कोहीपनि ब्राह्मण जातमा
जन्मेका थिएनन्।
पहिलो व्यक्ति जो मानिसको रूपमा जन्मे
उनी विश्वकर्मा पेसा कर्मी थिए। विश्वकर्मा देवलाई सृष्टि निर्माण गर्ने देवता
मानिन्छ। जसले सम्पूर्ण ब्रह्माण्डको निर्माण गरेको विश्वास गरिन्छ। यस
परिप्रेक्ष्यमा, सबै मानव जातिलाई विश्वकर्माका सन्तानको रूपमा हेर्ने सकिन्छ। यदि
जन्मले सबै आफ्नो जात हुने भए सबै मानव एकै जातका हुन् जरुरी छ। अर्को कुरा आफ्नै
मानस पुत्री सरस्वती संग प्रेममा पर्ने विवाह गर्ने
ब्रह्मा ज्ञानमा उत्तम रहे। काममा उत्तम रहेपनि नैतिक धरातलमा विधानमा रहन
नसकेकोले विष्णु र महेश्वर, स्वयम सरस्वतीको पूजा हुने
गर्दा, ब्रह्मा संसारको सृष्टिकर्ता भए पनि धार्मिक
परम्पराहरूमा उनको पूजा सीमित मात्रामा हुन्छ। स्वयम्भुव र विश्वकर्माको भने
व्यापक पूजा हुन्छ।
सामाजिक यथार्थता स्वीकार्य सक्ने
क्षमता मात्र सनातनमा छ। त्यसैले सनातन उत्कृष्ट छ। अर्को कुरा शान्ति, सुरक्षा, न्याय आदि भगवानका कार्य क्षेत्र मानिन्छ। आत्मा ज्ञान विना स्वयम
भगवान समेत आफ्नो जीवन वाट मुक्त हुन सम्भव हुँदैन। मुक्ति प्राप्तिको स्वयम भगवान
समेत मानव चोला लिएर जन्मिएर, उत्तम पुण्य कर्म गरी आत्मा
ज्ञानी भए पछि मात्र मुक्ति प्राप्त गर्न सक्ने अवधारणा देखिन्छ।मानिसलाई आफ्नो
पिडा वाट मुक्त गर्ने नियतमा विकसित रहेको वेदमा त्यही अवधारणा अनुरूप मन्दिर
पूजाको खासै उल्लेख रहेको छैन। मन्दिर पूजा मार्फत छूत अछुतको मानव मानव बिचमा
उँचो निचोको अवधारणा लाध्ने अपराधको कहीँ कतै वेद अनुरूप स्वीकार्य रहेको
देखिँदैन। वेदमा भेटिने यज्ञमा छूत अछुतको अवधारणा कहीँ कतै भेटिँदैन।
यज्ञ भनेको शरीरको साङ्केतिक कर्म
स्थलको साङ्केतिक पूजन प्रक्रिया हो। यज्ञ आत्मा ज्ञान लिन आफ्नै अन्तर्मनको
यात्रा तर्फ लाग्न हरेक व्यक्ति लाई प्रेरित गर्ने सामूहिक सामाजिक कार्य हो। यज्ञ जीवनको
अनुभूति लिने धेरै उपाय मद्येको एक उपाय हो। कुनै पनि पवित्र कार्य वा कर्तव्यको
पुरा गर्ने कर्म लाई यज्ञ भनिन्छ। जसले अरूलाई लाभ पुर्याउँछ। समाज कल्याणका लागि
समर्पित हुन्छ। गीताले पनि यज्ञलाई कर्म (कर्तव्य) र निस्वार्थ सेवाको रूपमा
परिभाषित गरेको छ। कुनै पनि कार्य जुन निस्वार्थ, समाज वा
मानवताका लागि समर्पित हुन्छ, त्यो यज्ञ हो। उदाहरणको
रूपमा विद्या यज्ञ (ज्ञानको प्रसार गर्ने कार्य), प्राण
यज्ञ (जीवन रक्षा गर्ने वा परोपकारका कार्यहरू) र तपस्याको रूपमा गरिने तप,
उपवास आदि यज्ञ हुन्।
वेदको मान्यतामा हरेक मानिस जन्मँदा
शूद्र हुन्छ। जीवनको सिकाइ,भोगाइ, अनुभूतिर ज्ञानले उसलाई बिस्तारै वैश्य,
क्षत्रिय,र ब्राह्मण तहमा पुग्न योग्य,
ज्ञानी मानव बनाउँदै जान्छ। उसको पेसा अर्थात् करियर भने उसको
ज्ञानको स्तर र कर्मको रोजाइमा निर्भर गर्दछ। यसै अनुसार,आफ्नो
जीवनमा ऊ शूद्र, वैश्य, क्षत्रिय,वा ब्राह्मण पेसामा आफूलाई समाहित गर्न पुग्दछ।
परम्परागत रूपले मानिसका फरक-फरक
पेशाको वर्गीकरणलाई समाजमा "फुटाएर राज गर" भन्ने नियतले पछि जातपातको
रूपमा छूत-अछूतको वर्ण व्यवस्था लाद्ने पाखण्ड भयो। वेदको मान्यता विपरीतका
कुरालाई वेदको कुरा भनेर समाजमा भ्रम छरिने कार्यलाई वेदले पाखण्ड भनेर परिभाषित
गरेको छ। वेद विरोधी कार्यलाई पनि पाखण्ड भनेर नै परिभाषित गरिन्छ।
स्कन्द पुराण र मनुस्मृतिमा रहेको
संस्कृतको भनाइ:
जन्मना जायते शूद्रः
संस्काराद् द्विज उच्यते।
वेदपाठाद् भवेद् विप्रः
ब्रह्म जानाति ब्राह्मणः।।
नेपालीमा यसको अर्थ:
जन्मले सबै शूद्र हुन्छन्,
संस्कारले द्विज (वैश्य) बन्दछन्।
वेदको अध्ययनले विप्र (क्षत्रिय)
हुन्छन्,
र ब्रह्म ज्ञानले ब्राह्मण बन्दछन्।
अर्थ:
जन्मले शूद्र: सबै मानिस कम ज्ञान भए
पनि अपार सम्भावनासहितजन्मन्छ।
संस्कारले वैश्य: विज्ञान, सीप, रप्रविधिको ज्ञाता बन्छ।
वेदको अध्ययनले क्षत्रिय: विज्ञान र
अध्यात्मको ज्ञाता,सुरक्षा विशेषज्ञ बन्दछन्।
ब्रह्म ज्ञानले ब्राह्मण: आत्मज्ञान
प्राप्त गरेका मार्गदर्शकबन्दछन्।
प्रश्न: के विप्र भनेको क्षत्रिय हो?
विप्रको प्रस्ट अर्थ क्षेत्रीय /
क्षत्रिय हुँदैन। त्यो अर्ध सत्य अनुवाद हुने छ। अव प्रश्न उठ्छ कि ! माथि अनुवादमा किन त्यसरी भनिएको होला ?
वैदिक साहित्यमा मैले विप्र शब्दका
विभिन्न अर्थहरू पाइरहेँ। विप्रलाई कुनै पनि गहिरो ज्ञान राख्ने विद्वान व्यक्तिको
रूपमा पनि लिइन्छ। जसले आध्यात्मिक वा शास्त्रीय ज्ञानमा प्रवीणता हासिल गरेको छ, त्यस्तो व्यक्तिलाई
पनि विप्र भनिन्छ। त्यसै गरी, कुनै पनि विषयमा गहिरो
ज्ञान राख्ने ज्ञानी व्यक्तिलाई पनि विप्र भनिन्छ। धार्मिक कार्यहरूमा संलग्न भएका
ब्राह्मण पुरोहितलाई पनि विप्र भनिन्छ। समग्रमा, विप्र
शब्दले ज्ञानी, विद्वान, र
धार्मिक तथा शास्त्रीय ज्ञान भएका व्यक्तिलाई जनाउँछ। वेद र शास्त्रहरूको ज्ञानमा
पारङ्गत ब्राह्मणलाई विप्र भनिन्छ।
त्यस्ता ब्राह्मण जो व्यवहारिकतामा बढी
केन्द्रित छन्, विशेष गरी विज्ञान, कला, इञ्जिनियरिङ्ग, सङ्गीत, युद्ध र प्रशासनिक कौशलमा दक्ष छन् र वैराग्यबाट केही टाढा रहेका छन्,
तिनलाई विप्र भनिन्छ। तिनीहरू विद्या र अविद्याको क्षेत्रमा
व्यवहारिक रूपमा समर्पित छन् र आत्मज्ञान प्राप्त गरेपछि पनि वैराग्यमा नलागेर
आफ्नै दैनिक व्यवसायमा संलग्न रहेका छन्।
वैदिक वर्ण प्रणाली भित्र आएपछि
क्षत्रिय भन्नाले योद्धा र शासक वर्गलाई जनाउँन थालेको देखिन्छ। उनीहरूको
जिम्मेवारी समाजमा सुरक्षा,
शासन र न्याय कायम राख्नमा सीमित भएको देखिन्छ। सुरक्षा भनेको
केवल भौतिक, सामाजिक, राजनैतिक,
मानसिक र मनोवैज्ञानिक मात्र नभएर धार्मिक र आध्यात्मिक पक्षसँग
पनि सम्बन्धित हुन्छ। त्यसको लागि ब्राह्मण तहको ज्ञान भएका व्यक्तिको पनि
आवश्यकता हुन्छ, तर वैराग्यमा नभई।
त्यसैले, केही सन्दर्भहरूमा, विशेष गरी क्षेत्रीय परम्परा उल्लेख गर्दा, कुनै
व्यक्तिले उच्च स्तरको आध्यात्मिक ज्ञान र नैतिक आचरण प्राप्त गरेको छ भने,
चाहे तिनीहरू जुनसुकै वर्णका हुन्, तिनीहरूलाई
पनि "विप्र" भनिएको पाइन्छ।
परम्परागत रूपमा क्षत्रिय रहेका राजा र
शासकहरू, जो ज्ञानी र आध्यात्मिक झुकाव राख्थे, तिनीहरूलाई
पनि विप्र भनेर चिनिन थालेको देखिन्छ। यस अर्थमा, ऋचामा
विप्र क्षेत्रीय सन्दर्भमा प्रयोग भएको हो। शब्दको शाब्दिक अर्थ भन्दा प्रयोग भएको
सन्दर्भको भावार्थ उल्लेख गरिएको हो।
ब्रह्म राक्षसबाट सचेत
रहन आग्रह
ऋग्वेद ८/३३/१९ मा लेखिएको छ:
अ॒धः प॑श्यस्व॒ मोपरि॑ संत॒रां पा॑द॒कौ
ह॑र ।
मा ते॑ कशप्ल॒कौ दृ॑श॒न्त्स्त्री हि
ब्र॒ह्मा ब॒भूवि॑थ ॥
॥ ऋग्वेद ८/३३/१९ ॥
तिजको अवसरमा वेदका प्रकाण्ड विद्वान
भनी चिनिने केही व्यक्तिहरू वाट प्रवचनको रूपमा आएको उक्त ऋचाको व्याख्या यस
प्रकार छ।
“हे नारी तिमीले ठाडो शिर गरेर उँभोतिर हेर्ने होइन। शिर नुहाएर तल हेर।
नारीले ठाडो शिर गरेर अभिमान गरेको सुहाउदैन। तिमीले तिम्रो अनुहार र साप्राहरु
तिम्रा पति बाहेक अरुलाई देखाउनु उचित होइन। तिमी घरकी कोठीमा सिमित स्वामिनी हौँ। त्यसैले
अभिमान नराखी तिमीलाई जस्तो गरि रखिएको छ त्यसरी नै चुपचाप जीवन यापन गर।“
सोही प्रवचन पश्चात् गुरुजीहरूको
व्याख्या यस प्रकारले सार्वजनिक रूपमा आएको छ।
“यो अत्यन्त महत्त्वपूर्ण मन्त्र मार्फत वैदिक ऋषिहरूले घरको कोठरीको
स्वामीमा सिमित हुने कर्म लिएर आएको नारि शालीनता रहित तथा अभिमानी रहित जीवनमा
रहनु पर्दछ भन्दै नारीहरू लाइ सरल र नोकर रहेर जीवन यापन गर्न सल्लाह दिएका छन्। नारी
हरु खुसी मनाउंदै गर्दा वैदिक ऋचाहरुले हाम्रो धर्म, संस्कृति,
परम्पराहरूको मर्यादा ननाघ्न आदेश गरेको छ। आनन्द प्राप्ति पुरुष
मात्रको साझा लक्ष हो। घृणावादीका लागि भने यो ऋचाको कुराले निकै पोल्छ। तर
धार्मिक गृहस्थी जीवनमा विश्वास गर्ने स्वास्नी मान्छेका लागि यो अत्यन्त
महत्वपूर्ण संदेश हो।“
ऋग्वेद ८/३३/१९ ऋचाको अर्थ बुझ्न ऋचा
कुन सन्दर्भको कुरा बताउन लेखिएको हो भन्ने बुझ्न जरुरि हुन्छ। ऋग्वेद ८/३३/१९ को
देवता इन्द्र हुन्। यो मन्त्रको ऋषि मेधातिथि काण्व हुन्। वैदिक ऋषि वा सन्तको नाम
कण्वलाई वैदिक साहित्यमा चलायमान सुन्दर रथहरू गुड्ने प्रक्रियाको रूपमा प्रयोग
गरिन्छ, जसले विभिन्न देवताहरूको कार्यलाई जनाउँछ।
यसमा मुख्यत: इन्द्र (आत्मबलका देवता), अग्नि (निर्माणका
लागि आवश्यक शक्तिको स्रोत, जस्तै: पाचन क्रिया मार्फत
शक्ति उत्पादन गर्नु, ठूलो अणुहरूलाई साना अणुहरूमा
तोड्ने प्रक्रिया अर्थात् क्याटाबोलिजम, साना अणुहरूबाट
ठूलो अणुहरू निर्माण गर्ने प्रक्रिया अर्थात् एनाबोलिजम, प्रतिरक्षा
प्रणाली निर्माण आदि), र मरुतहरू (विनाशको शक्ति, जस्तै: म्याक्रोफेज र न्युट्रोफिल्स जस्ता प्रतिरक्षा कोषहरू मार्फत
अवाञ्छित कणहरू, ब्याक्टेरिया, मरेका
वा क्षतिग्रस्त कोषहरू, र अन्य बाहिरी अनावश्यक
पदार्थहरूलाई घेरेर बाहिर फाल्ने फागोसाइटोसिस प्रक्रिया; आफ्नै क्षतिग्रस्त वा अनावश्यक घटकहरूलाई विघटन गरी पुन: उपयोग गर्ने
ऑटोफ्याजी प्रक्रिया; क्यान्सर बन्न सक्ने क्षतिग्रस्त वा
खतरनाक कोषहरूलाई हटाउन कोषहरूले आफैँलाई नष्ट गर्ने एक व्यवस्थित र नियन्त्रित
एपोप्टोसिस प्रक्रिया; कोषहरूले अनावश्यक सामग्री वा
फोहोर उत्पादनहरूलाई कोषको झिल्ली बाहिर निकाल्ने एक्सोसाइटोसिस प्रक्रिया आदि) को
क्रमबद्ध सामूहिक कार्यलाई जनाउँछ।
यस ऋचाको छन्द अनुष्टुप हो। ऋचामा ३२
अक्षरको छन्द जसमा चार पद र प्रत्येक पदमा ८ अक्षर हुन्छ त्यसलाई अनुष्टुप् छन्द
भनिन्छ। ऋचाको अर्थ बुझ्ने क्रममा अनुष्टुप छन्दले एक भन्दा धेरै शक्तिको
संयुक्त सहकार्य वारे बोलिएको सन्देस तर्फ इंकित गर्दछ।
जप गर्दा यो मन्त्रको स्वर गान्धार हो।
जप भनेको कुनै पनि सिदान्त कसरि व्यवहारमा लागु गर्ने भन्ने निर्देशिका हो।
व्यवहारमा गान्धार शब्द सात स्वर
(सप्तक) संगीत स्केलको तेस्रो स्वरलाई जनाउँछ। मतलब सात स्वरहरू - सा, रे, गा, म, प, ध, नी मध्येमा गान्धार "गा" स्वर हो
जसको आफ्नै विशेष ध्वनि, आवृत्ति र भावनात्मक अभिव्यक्ति
हुन्छ। त्यसैले संगीत लाइ गाना भनिएको हो। यो संगीतको चुरो हो।
व्यवहारिकतामा ऋचाको मूल सन्देशले
व्यक्तिको व्यक्तित्वमा आफ्नो सांस्कृतिक,
आध्यात्मिक परम्परागत सिप, कला र
क्षमताको धरोहर अभिवृद्दी गर्ने आन्तरिक क्षमताको प्रस्फुटन हुने कार्य तर्फ संकेत
गर्दछ।
ऋग्वेद ८/३३/१९ को शब्द शब्दको सामान्य
अर्थ यस्तो हुन्छ:
अ॒धः (adho) - अन्तर्मुखी भएर तल आफु भित्र
प॑श्यस्व (pashyassva) - ध्यान
पुर्वक हेर
मोपरि॑ (mopari) - माथिको
बाहिरी संसार, शरीरको बाहिरी आवरणमा
संत॒रां (santarām) - तल,
माथि, वोरी परि, अगाडी, पछाडी
पा॑द॒कौ (pādakau) - हिँड डुल
गर्ने (मन चलाउने समेतको अर्थमा)
ह॑र (hara) - स्थिर राख (चञ्चल हुन् छोडेर
ध्यान स्थिर राख भन्ने अर्थमा)
मा (mā) - त्यसो नगर (अनुशासित बन भन्ने
अर्थमा)
ते॑ (te) - तिम्रो लागि
कशप्ल॒कौ (kashaplako) - तप
अर्थात् तपस्या रुपी स्व-अनुशासनमा बाँध्ने
दृढ सङ्कल्प रुपी वस्त्र
दृ॑श॒न्त्स्त्री (drishantsstrī) - प्रकृति
वा नारी रुपी उत्पादकत्व युक्त क्षमताले परिपूर्ण शक्तिको रूपमा प्रकट हुने
हि (hi) - अवस्थाको को निस्सन्देह निश्चितता
दिन्छ।
ब्र॒ह्मा (brahma) - ब्रह्माण्डको
सृजनात्मक शक्तिको प्रदायक शारीरिक, मानसिक, मनोवैज्ञानिक तथा आध्यात्मिक
ज्ञान तथा अनुभूति मार्फत मुक्ति प्राप्तिको अवसर
ब॒भूवि॑थ (babhuvitha) - तिमीलाई
प्राप्ति हुन्छ।
ऋग्वेद ८/३३/१९ को भावार्थ: “जब तिमी आफ्नो ध्यान
पूर्ण रूपमा आफू भित्रको अन्तरआत्मामा केन्द्रित गरेर ध्यानको गहिराइमा पुग्न
सक्छौ, तब तिम्रो बाहिरी संसार र आवरणले (इन्द्रियगत
अनुभूति) तिमीलाई विचलित गर्न सक्दैन। अविचलित ध्यानले तिम्रो सोच र मनलाई
स्व-नियन्त्रणमा राखेर तिमीले आफूलाई आफ्नो स्व-अनुशासनमा बाँध्न सक्छौ। यसो गर्न
सक्दा तिम्रो आफ्नै आत्मबल, अग्निशक्ति र मरुतगण शक्तिको
आपसी सहकार्यले तिमीलाई मुक्ति प्राप्तिको लागि अनिवार्य पूर्वाधारको रूपमा जरुरि
हुने शारीरिक, मानसिक, मनोवैज्ञानिक
तथा आध्यात्मिक ज्ञानको प्राप्ति तथा त्यसको अनुभूति गर्न आवश्यक पर्ने
सृजनात्मकताले (जसलाई प्रकृति शक्ति वा नारी रूपी उत्पादकत्व क्षमताको शक्ति
भनिन्छ) तिमीलाई भरिपूर्ण बनाइदिनेछ। सो अवसरको क्रमिक, क्रमबद्ध, व्यवहारिक सदुपयोग मार्फत तिमी आफ्नो जीवनको उद्देश्य प्राप्तिको
सत्मार्गमा सहज अघि बढ्न सक्नेछौ।“
पवित्र वेदको सन्देस मनखुसी गलत रुपमा गलत
व्यख्या गर्नुले समाजमा वेद प्रति घृणा फैलाएको छ। वेदले भन्दै नभनेको र वेदले वर्जित
गरेका कुराहरू वेदको भनाइ भनेर समाजमा पुगेको छ। जुन वेद प्रति घृणा फैलाउने सामाजिक
अपराध हो। वैदिक सनातन धर्मको सुरक्षा चुनौती यस्ता प्रकारका कच्चा व्याख्याहरूले थपिदिने
हुँदा यस्ता ब्रह्म राक्षसी कार्यहरू रोकिन जरुरी छ।
नयाँ पुस्ता र वेद
जव सम्म हामी संसारमै प्रतिस्पर्धा
गर्न सक्ने ज्ञान, सीप र प्रविधिको पहुँच गाउँघरमै रहेर अध्ययन अध्यापन गर्ने नेपालका
भविष्यका कर्णधार हाम्रा बालबच्चा सम्म पु¥याउन सक्दैनौँ
तब सम्म मुलुक सर्वांगीण विकास सहित अघि बढ्ने छैन ।
दुनियाँमा विज्ञानले मारेको आश्चर्यजनक
फड्कोसहित धनी र गरिब राष्ट्रबीच विज्ञान र प्रविधिमा रहेको पहुँच र ज्ञानको
दूरीले कुनै एक मुलुकमा रहेका बालकलाई अर्को मुलुकमा रहेका बालकको भन्दा ज्ञान र
सीपमा सहज पहुँच मिलिरहेको छ । ज्ञान र सीपमा सहज पहुँच पुग्दैमा विकसित मुलुकमा
हुर्केका बच्चाहरू अविकसित मुलुकमा हुर्केबढेका बच्चाभन्दा धेरै तिक्ष्ण र कामयाबी
बनिरहेको अवस्था भने छैन ।
विकसित मुलुकमा स्कुल स्तरको दस जोड
दुई शिक्षा प्राप्त गरिसकेपछि रोजगारीको अभाव रहेमा मात्र उच्च शिक्षा
विद्यार्थीको रोजाइमा पर्ने गरेको छ। नेपाल जस्ता अविकसित र अल्प विकसित मुलुकमा
रोजगारी प्राप्तिका लागि उच्च शिक्षामा होमिने प्रवृत्ति देखिन्छ सबै विकसित, अर्धविकसित र अविकसित मुलुकमा रहेका
सैद्धान्तिक प्रकृतिका उच्च शिक्षा, प्राविधिक शिक्षा र
प्राविधिक तालिम दिने संस्थाहरू अबको नयाँ पुस्ताको अत्यन्त जरुरी स्वरोजगारको
अवसर जुटाउनका लागि जरुरी रहेको प्राविधिक ज्ञान र सीप उपलब्ध गराउन असमर्थ
बनिरहेका छन्।
आजविश्वकै उत्कृष्ट दाबी गरिने तालिम
केन्द्रहरू पश्चिमी मोडलका छन्। ज्ञान (Knowledge)
सिकाउने ती केन्द्रहरू बजार प्रतिस्पर्धाले व्यवसाय उत्कृष्ट
बन्छ भन्ने अवधारणा आत्मसात गरेका छन्। स्वरोजगार योजना सुरु गर्न बुद्धिको (Wisdom)
आवश्यकता हुन्छ । तालिम केन्द्रमा धेरै थरीका ज्ञान प्राप्त
गरिरहेका विद्यार्थी अनुभवकोअवसरबाट प्राप्त हुने बुद्धिको विकास हुने अवसरबाट भने
प्रायः वञ्चित बनिरहेका भेटिन्छन्।
आजको बजार हेरेर शिक्षण संस्थाहरूले
उपलब्ध गराउँदै आएको रोजगारमूलक जनशक्ति उत्पादन कार्यक्रमका उपजहरू बजारमा उपलब्ध
कृत्रिम बुद्धिमत्ता (Artificial
Intelligence) युक्त रोबोटसँग प्रतिस्पर्धामा उत्रन नसकेर
बेरोजगार बनिरहेका छन्। एआई, बिगडाटा र रोबोटका कारण आज
उपलब्ध धेरै काम भविष्यमा मेसिनले गर्ने छन्। विकसित नयाँटेक्नोलोजीले धेरै सफल
व्यक्ति, चाखलाग्दा रोजगारीका अवसर सिर्जना हुने छन्।
वल्ड इकोनोमिक फोरमले सन् २०१७ तिर
सार्वजनिक गरेको प्रतिवेदनले हाल संसारभर प्राथमिक तहमा पढिरहेका बालबालिकामध्ये
६५ प्रतिशतले हाल बजारमा उपलब्ध नै नभएका क्षेत्रमा रोजगारी गर्नेछन् भनी यकिन
गरिदिएको छ । आजको १० वर्ष पछाडि हामीले हाल स्कुलमा पढाइरहेका बच्चाहरू के काम
गर्नेछन् भन्ने संसारलाई नै अन्दाज नभइसकेको अवस्थामा कस्तो शिक्षा उनीहरूका लागि
जरुरी छ भन्ने उत्तर विज्ञानसँग छैन। स्कुलहरूसँग ‘यो शिक्षा त कसो काम नलाग्ला र!’ भनी हचुवाको
पाठ्यक्रम पढाउनुको विकल्प छैन ।
एकातर्फ हार्वर्ड विश्वविद्यालय जस्ता
तालिम केन्द्र छन्। विशाल तथा बृहत् वस्तु वा सेवाको उत्पादनको काममा आउने
प्रकृतिका बृहत्तर ज्ञान भएका जनशक्ति पैदा गरिरहेको छ । परिवर्तित बजार माग
पूर्ति गर्न सक्षम बजारमा उपलब्ध रहने भोलिका इनोभेटिब उद्योगहरू कस्टम डिजाइनमा
आधारित उच्च प्रभावकारिता दिने ससाना उद्यमका क्लस्टरका रूपमा रहने छन् । जसरी
रकेटको इन्जिन जडित ट्याक्टरले निश्चित दुर्घटना निम्ताउँछ, त्यस्तै बृहत्तर
ज्ञान भएका जनशक्तिबाट ससाना उद्यमका क्लस्टर सञ्चालन हुने अवस्था रहन्न।
अन्य विश्वविद्यालय र तालिम केन्द्रका
उत्पादनहरू बजारका हिजोका सीप,
ज्ञान र प्रविधिबारे जानकार त हुने छन् तर तत्कालीन बजारको माग
पूर्ति गर्ने व्यावसायिक बुद्धिमत्ता समेतमा निपुण रहनेमा शंका गर्ने ठाउँ छ।
हार्वर्ड, येल जस्ता
युनिभर्सिटीले धेरै मानिसको सफलताको कथा देखाएर आफ्ना विद्यार्थीलाई कसरी सफल हुने
भन्ने तालिम दिन थालेको निकै धेरै भयो। अर्काको सफलताको कथाबाट विद्यार्थी सजिलै
सफल हुने अनुमान उद्यमशील जीवनका आधारभूत कठिन भन्दा कठिन चुनौती पार गर्ने कडी
बन्न सकेन। अर्काको असफलता र असफलताले सिकाएको अनुभूति न सँगालिएको शिक्षण
प्याकेजले संसारमा उथलपुथल दिने शिष्यहरू दिन सकेन।
कुनै पनि काम जब सुरु गर्नु हुन्छ तब
पहिलो दिनको पहिलो चोटि बाटै त्रुटिरहित पूर्णता सहित गर भन्नेहरू सिद्धान्तमा
मात्र आकर्षक बने । गल्ती गर्ने भएर नै हामी मानिस भएका हौँ। जीवनमा गरिएका
गल्तीबाट सफल हुने तरिका र आत्मविश्वास प्राप्त हुन्छ । गल्ती गर्न हैन, गल्तीबाट सिक्न
नसकेर पुनः त्यही गल्ती दोह¥याउने मूर्खताबाट बच भन्ने
मन्त्र बोकेकाले बजारमा खलबलीपूर्ण सफलताको नतिजा दिन सफल बने।
परम्परागतरूपका वस्तु वा सेवाको
बिक्रीको नियतले स्थापित गरिएका व्यवसाय बदलिँदो बजार माग अनुरूप आफूलाई बदल्दै
स्थायी रूपमा व्यवसाय सञ्चालन गर्ने नियतमा व्यवसायबाट विस्थापित बने। बिक्री
प्रवद्र्धन मार्फत वस्तु वा सेवाको बजारीकरण सिकाउने शिक्षा पद्धति व्यवसाय
प्रवद्र्धनका लागि आपसी विश्वास,
आत्मीयता र भावनात्मक सम्बन्ध विकासमा गर्नुपर्ने विचारको स्कुल
बोकेका शिक्षा पद्धति सामु पुड्को साबित भए।
भनिन्छ बिहानीले दिनको संकेत गर्छ ।
भोलिको हाम्रो पुस्ताको रोजाइ यकिन नै गरिरहन नसक्दा पनि के हुनेछ भन्ने लगभग
संकेत भने हामीलाई प्राप्त छ। स्कुलमा रमाउने हाम्रो आउँदो पुस्ताआजको कागज र
सिद्धान्तमा सीमित हुने ज्ञानमा जकडिएको तालिम प्रविधिमा अल्झिने र रमाउने छैनन्।
आफ्नो मन, वचनर कर्म आफूले छानेको व्यवसायको सफलताका लागि एकीकृत र समर्पित बन्ने
छन् ।
नयाँ युग कृत्रिम बुद्धिमत्ताको (Artificial Intelligence) युग हुँदै छ । त्यो युग जहाँ मानिसको पहुँचमा पुगेका सम्पूर्ण गुणबाट
प्राप्त गर्न सकिने फाइदाहरू मेसिनको प्रयोग बाट समाजले लिन सक्नेछ । नयाँ युग
जहाँ कसैले अर्का ले भन्दा चाँड़ो नयाँ सिद्धान्त वा प्रविधि पढ्ने वा हेर्ने अवसर
पाएकै भरमा अर्को भन्दा बुद्धिमान वा ज्ञानी कहलिने अवस्था रहने छैन ।
न कुनै विद्यालय वा विश्वविद्यालयमा
पुगेर अध्ययन गर्ने अनुकूलता मिलेकै भरमा पढेको मानिस विद्वान् वा बौद्धिक र
अनुकूलता नमिलेको व्यक्ति अज्ञानी वा अबुझ हुने अवस्था कायमनै रहिरहने छ । पब्लिक
डोमेनमा रहेका किताबी, कागजी, इन्टरनेट र विज्ञानको ज्ञानलाई मेसिनको
सहयोगमा सजिलै मानिसको दिमाग र जरुरत हुने स्मार्ट डिभाइसलाई सहजै उपलब्ध हुने युग
हुने छ भोलिको आर्टिफिसियल इन्टेलिजेन्सको (एआई) नयाँ युग ।
प्रत्येक नयाँ प्रविधिले नयाँ सामाजिक
समस्या र अरू बढी मानवीय गुणको जरुरत हुने प्रकृतिका मानव जनशक्तिको माग गर्नेछ ।
एआई युगको मानिसको जीवनशैली कम समय काम गर्ने र धेरै समय हिँडडुलर भ्रमणमा खर्चिने
प्रकारको हुनेछ ।
सबैको हित, स्वस्थ प्रतिस्पर्धाको संस्कृति र स्वअस्तित्वको स्वीकार्य समेटिएको नीतिगत अवधारणाभित्र रहेरअर्काको असफलताबाट सिकेर दीर्घकालीन सफलताको सिद्धान्त पहिल्याइने छ । सुरुमा नौलोक्षेत्रमा असफलता हात लाग्नेछ । हरेक असफलता नयाँ उद्यमहरूसिर्जना गर्ने व्यावसायिक उत्कृष्टता भित्र्याउने कडी बन्नेछ। विज्ञानका ज्ञानका (Knowledge) उपलब्धिहरू एआईभित्र अटाउने छन्। रोजगारीमूलक मानवीय बुद्धिको (Wisdom) लागि वेद जस्ता ज्ञानको सहयोग लिइने छ ।
वेदमा विज्ञानको भूमिका
प्राकृतिक विज्ञानमा भौतिक शास्त्र
भनेर चिनिने फिजिक्स पदार्थ,
ऊर्जा र प्रकृतिको आधारभूत शक्तिहरूको अध्ययन गर्ने विधा हो।
फिजिक्सले ब्रह्माण्डका सानो कण देखि ठुला आकाशगङ्गाहरू आदिको निर्माण र सह
अस्तित्व माथि आधारभूत शक्तिहरूले व्यवहार कस्तो हुने गर्दछ भनी चासो लिने गर्दछ।
जस्तै: न्युटनको गतिको नियमको आधारमा खट्टाले किक हानिएको फुटबलको प्रक्षेपण बारे
भविष्यवाणी गर्न न्युटनको गतिको नियम सहयोगी बन्दछ।
प्राकृतिक विज्ञान अन्तर्गत कै भौतिक
विज्ञानको एक शाखाको रूपमा रहेको क्वान्टम भौतिकी भनेर चिनिने क्वान्टम फिजिक्स
भने पदार्थको परमाणु र उप-पारमाणविक स्तरहरूका निर्माण सामग्रीहरूको रूपमा भेटिने
फोटोन, इलेकट्रोनर
सूक्ष्म शक्तिहरू (क्वार्क, लेप्टोन, ग्लुवोन, फ़ेर्मिओन बोसोन, फ्लेभर आदि) को व्यवहार र अन्तरक्रिया वारेको ज्ञान लिनमा केन्द्रित हुन्छ। उदाहरणको
लागि क्वान्टम फिजिक्सले डबल-स्लिट प्रयोग मार्फत इलेकट्रोन जस्ता कणहरूले एकै
समयमा तरङ्ग र कण दुवैको विशेषताहरू प्रदर्शन गर्न सक्ने खुबी राख्दछ भन्ने ज्ञान
दिन्छ। जस्तै: इलेकट्रोनहरू डबल-स्लिट मार्फत यात्रा गर्ने क्रममा अवलोकन कर्ताको
लागि त्यसले आफ्नो कणको रूप प्रदर्शनगर्दछ र अवलोकन कर्ता नहुँदा त्यसले आफूलाई
तरङ्गको रूपमा देखाउने व्यवहार गर्दछ भन्नेक्वान्टम फिजिक्सले यकिन गर्न सकेको छ।
विज्ञानमा चासो राख्ने हरूलाई क्वान्टम
फिजिक्स मेटाफिजिक्सको दर्शनको ज्ञान विना अपुरो र अधुरो बनिदिन्छ। दर्शनको एक
शाखाको रूपमा रहेको
मेटाफिजिक्सलाई अध्यात्म संग तुलना गर्न सकिन्छ। अध्यात्म लाई
फिजिक्स संग जोडी हेर्दा त्यसलाई क्वान्टम
मेटाफिजिक्स भन्न सकिन्छ। जसले प्राकृतिक विज्ञानको अस्तित्व, आधारभूत प्रकृति बारे अन्वेषण गरी त्यसको बारे अन्तिम सत्यको उजागर
गर्न प्रयास गर्दछ। भौतिक विज्ञानको आजको दायरा भन्दा बाहिरका जिज्ञासाहरू जस्तै
ब्रह्माण्डको उद्देश्य, चेतनाको प्रकृति आदि जस्ता
मेटाफिजिकल पक्ष क्वान्टम मेटाफिजिक्सको सन्दर्भ हो। जस अन्तर्गत मेटाफिजिकल
पक्षहरू जस्तै: स्थान, दिशार समयको प्रकृति; ईश्वरको (परमात्मा) अस्तित्व, आत्माको
अस्तित्व, चेतना, माया, अहङ्कारर जीवनको सम्भावना जस्ता विषयहरूमा चासो लिएर खोजी गर्ने
गरिन्छ।
समग्रमा भौतिक शास्त्रले अवलोकन योग्य
घटना र भौतिक ब्रह्माण्ड (जस्तै,
गुरुत्वाकर्षण) लाई नियन्त्रित गर्ने नियमहरूको अध्ययन गर्दछ।
क्वान्टम फिजिक्सले माइक्रोस्कोपिक स्तरहरूमा कणहरूको व्यवहारको अन्वेषण गर्दछ। जस
अन्तर्गत गैर-सहज प्रकृतिका कणहरूको भौतिक वास्तविकताको प्रकृतिको चरित्र वारेका
(जस्तै, कणतथा तरङ्गका द्वैत चरित्र) नियमहरूको अध्ययन
हुने गर्दछ। मेटाफिजिक्स अन्तर्गत भने अनुभवजन्य विज्ञान जस्तै: भौतिक
वास्तविकताको प्रकृति भन्दा बाहिरको अस्तित्व र वास्तविकताको
(अद्वैत) बारेका आधारभूत प्रश्नहरूकोअनुसन्धान गर्दछ। त्यसका सिद्धान्तहरूको
नियमहरूको अध्ययन गर्दछ।
वेद र विज्ञान बारे चर्चा गर्दा आजका
हाम्रा नयाँ पीढी सम्म पुग्न नसकेको सदियौँ देखि नियमित चलिरहेको सांसारिक यथार्थ
बारे चर्चा गर्नु अनिवार्य हुन्छ। जुन कुरा हाम्रा विज्ञानका विज्ञ भनिएका ठुलो
सङ्ख्यामा रहेका वर्गको दिमागमा त घुस्न सकेको देखिँदैन नै, स्वयम आफूलाई वेदका
गुरु ठानिरहेकाहरूमा पनि त्यो बारे कुनै महसुस भइरहेको भेटिँदैन। आज सम्मको
इतिहासमा जब जब कुनै वैज्ञानिकले वेद वा वेदमा आधारित
स्मृतिहरूको गहिराइमा भनिएका ज्ञानहरूको नियतको
जानकारी प्राप्त गरे तव वेदको ज्ञानले उक्त
वैज्ञानिकको विज्ञानको यात्रालाई सहज गर्ने पथ प्रदर्शन गरेको अनुभूति दियो।
उक्त वैज्ञानिक परीक्षण शालामा रहेर
आफ्नो नयाँ खोज बारे अनुसन्धानमा एकाग्र रहँदा उसले पहिचान गरेको हाइपोथेसीस सत्य हुने
सम्भावनाको रहेको वा नरहेको भन्ने मानसिक स्तरमा यकिन गर्न अर्थात् मनोवैज्ञानिक
भेलिडेसन गर्न वेदको ज्ञानले अत्यधिक सहयोग गरेको अनुभूति गर्यो। वेदले दिएको
सङ्केत वाट उत्साहित बनेको वैज्ञानिक परीक्षणको आफ्नो प्रारम्भिक हाइपोथेसिसको
मान्यता र प्रोटोटाइपलाई रियल टाइम भनिने व्यवहारिक यथार्थ जब उसले परीक्षण गर्यो
तव उसले आफ्नो अनुसन्धानले सकारात्मक नतिजा पाउन
सकेको अनुभूति र विश्वासमा भेटियो। वेदको समेत
ज्ञान बारे सचेत रहेर हाइपोथेसिसको र प्रोटोटाइप
परीक्षणको चक्र वाट गुज्रिएर सफल बनेपछि मात्र वैज्ञानिकको अनुसन्धान प्रमाणित
वैज्ञानिक सिद्धान्त सिद्धान्तको रूपमा प्रतिपादन
भएको विज्ञानमा नयाँ सिद्धान्तको रूपमा दर्ज गर्न विज्ञान सफल बनेको देखिन्छ।
यसरी सांसारिक यथार्थमा आज बजारमा
भन्ने र सुनिने गरिएको जस्तो गरी विज्ञानले बेदलाइ होइन बरु वेदले विज्ञानलाई जन्म
दिन र त्यसको मान्यता लाई प्रमाणित गर्न ठुलो भूमिका खेलिरहेको छ। आजको दिन सम्म
समेत मानव अस्तित्व र ब्रह्माण्डको परम वास्तविकताको मेटाफिजिकल प्रश्नमाआफ्नो
क्षमता विस्तार गर्न नसकेको विज्ञानको खोजमा लागेका निकै धेरै वैज्ञानिकहरू यही यथार्थ संग परिचित रहेकाले
मानव अस्तित्व र ब्रह्माण्डको परम वास्तविकताको पक्ष उजागर गर्ने सम्भावना बोकेको
क्वान्टम मेटाफिजिकल पक्ष बारे अत्यन्त धेरै चासो लिने गरेको भेटिन्छ।
२० औँ शताब्दीको सुरुतिर उप-पारमाणविक
कणहरूको (क्वान्टम मेकानिक्स) खोजी गर्ने क्रममा विज्ञानले भेट्टाएको ठोस निचोडहरूले कुनै पनि
पदार्थको कणहरू न्युटनले बताए जस्तो समय र स्थानमा निश्चित स्वरूपमा रहने बस्तु होइन रहेछ भनी प्रमाणित गरिदिएर भौतिक विज्ञानको जग नै गलत
आधारमा उभिएको प्रस्ट गरिदियो। पदार्थको कणहरू निश्चित समय र स्थानमा निश्चित
अवलोकन कर्ताको लागि भौतिक रूपमा देखिने तर अवलोकन कर्ताको अनुपस्थितिमा एक
तरङ्गको स्वरूपमा हुने वैज्ञानिकहरूले भेटे। यस प्रकारको नयाँ तथ्य बुझ्न सकेका
वैज्ञानिकहरू र भौतिक विद्हरू विज्ञानको प्रयोग गरी वा नगरी आफूले नियमित देख्ने
गरेको संसारको भौतिक रूप उक्त संसारको वास्तविकता होइन रहेछ भन्ने प्रस्ट बने।
कारण त्यो त जीवको चेतनाले प्रक्षेपण गरेको निश्चित स्वरूपमा देखिने कृत्रिम
वास्तविकता रहेछ भन्ने विज्ञानले नै उनीहरूलाई प्रमाणित गरेर देखाई दियो।
अवलोकन कर्ताको रूपमा रहेको मानिसको
चेतना कुनै पनि पदार्थको परम वास्तविकता बुझ्न नसक्ने हदमा रहेकोले भौतिक संसारको
दायरा भित्र मात्र त्यसले आफ्नो अनुभूतिमा एक कृत्रिम वास्तविकता तैयार गर्ने रहेछ
भन्ने वैज्ञानिकहरू र भौतिक विद्हरू लाई प्रस्ट गरिदियो। जुन विचारधारा वैदिक ग्रन्थहरूमा उल्लेख भएको दर्शन र अवधारणा संग हुबहु मिल्दछ।
जसले भन्दछ कि माया रुपी संसारको
स्वरूप इन्द्रियको सीमित दायरा भित्रको अपूर्णता भित्र सीमित रहने गर्दछ। परम वास्तविकता
समय र स्थान भन्दा बाहिर रहने गर्दछ।
परम वास्तविकता संसारको भौतिक दायरा
भन्दा बाहिर अवस्थित छ। इन्द्रियको क्षमतामा आधारित रहने बुद्धिको शक्तिले संसारको
रूप प्रदर्शन गर्दछ। संसारको भौतिक रूप अनुभूति गराउने बुद्धि शक्तिको उपयोगमा भर
पर्ने वैज्ञानिक प्रयोगहरूको क्षमता संसारको भौतिक दायराबाहिर जान सक्दैन।
निश्चितसमय, स्थान
र इन्द्रियको दायरा भन्दा बाहिरको
परम वास्तविकता बुझ्नको लागि बुद्धिमत्ताको वैज्ञानिक उपयोग गरी चेतनाले भौतिक
दायरा भन्दा बाहिर अवस्थित वास्तविकताको पहिचान गर्न जरुरी छ। जुन वैदिकज्ञान
मार्फत सम्भव छ। क्वान्टम फिजिक्स पछिको क्वान्टम
मेटाफिजिक्सको यात्रा समेत अव त्यही दिशामा मोडिई रहेको छ। परम वास्तविकताको
अनुभूतिको क्षणमा मानिसले सत, चित र आनन्दको अनुभूति
गर्दछ। यथार्थमा वेद ले विज्ञानको जन्म दिन र
वैज्ञानिकले पहिचान गरेको हाइपोथेसिसलाई मनोवैज्ञानिक भेलिडेसनगर्न ठुलो भूमिका
खेलिरहेको छ।
क्वान्टम फिजिक्सको डबल-स्लिट
एक्सपेरिमेन्टले तपाई हामीलाई भनेको एउटा गहिरो पक्ष के हो भनेकुनै पनि बस्तु
निर्माण गर्ने सूक्ष्मतम कणको अस्तित्व सम्भावनाहरूको बादलमा फैलिएररहेको हुन्छ।
जुन यहाँ, त्यहाँ र सर्वत्र अवस्थित हुन सक्छ। जब त्यसलाई अवलोकन गर्ने प्रयास
हुन्छ, अवलोकन कर्ताको प्रक्षेपणमा त्यो भौतिक रूपमा देखा
पर्दछ। भौतिक रूपमा देखा परेता पनि त्यसको स्वभाव द्वैत चरित्रको हुन्छ। हरेक
बस्तुको परम वास्तविकता भने अद्वैत रहन्छ। जसको अन्तिमरूपलाई शक्तिको नामकरण
गरिएको छ। जुन एक रूप वाट अर्कोमा सहज परिवर्तन हुन सक्दछ। परिचालित पनि रहन
सक्दछ। अपचालित समेत रहन सक्दछ।
ईशोपनिषदमा ईश्वरीय कण भनिने ब्रह्माण्डको आधारभूत ऊर्जाको प्रकृति वारेको व्याख्या भेटिन्छ। यसले जीव र प्रकृति, कर्म वा कर्मको प्रकृति, पाप, पुण्य, मुक्ति, कर्तव्य, निष्काम कर्म, ज्ञान, अज्ञान, तिनीहरूको सम्बन्धको मात्र कुरा गर्दैन तिनीहरूले समग्रतामा मानव अनुभूतिमा दिने पीडा र दुःखबाट बच्ने उपायको बारेमा समेत चर्चा गर्दछ। यस उपनिषद्लाई "इसा" नाम दिनुको पछाडि यसको पहिलो श्लोक "इसा" शब्दबाट सुरु हुनुको कारणले हो। "इसा" को अर्थ ईश्वरीय कण अर्थात चेतना हो। ईश्वरीय कण ब्रह्माण्डमा ब्रह्माण्ड चेतनाको रूपमा अवस्थित छ। ईशोपनिषदमा ईश्वरको कणको पहिचान गर्ने र त्यस बारेमा आफूलाई सुसूचित गरी आफूलाई ज्ञानी र सन्तुष्ट राख्ने धेरै तरिकाहरूको बारेमा चर्चा भेटिन्छ।
The
Ishopanishad explains the nature of God's particle, called Ishwar, which is the
fundamental energy of the universe. It talks about Jiv and Prakriti, the nature
of karmas or actions, pap, punya, mukti, duties, nishkaam karmas, knowledge,
ignorance, their correlation, and the method to avoid pains and sorrows. This
Upanishad is named"Isha" because its first verse starts with the word
"Isha" meaning God's particle. Just as God's particle is present
throughout the universe, this Upanishad discusses God's particle in many ways.
ईशोपनिषद् - १
ईशा वास्यमिदं सर्वं यत्किञ्च जगत्यां
जगत्।
तेन त्यक्तेन भुञ्जीथा मा गृधः
कस्यस्विद्धनम्॥
Everything
in the universe is changing and moving. Energy (God's particle) is present in
everything. Utilise what the universe offers with a sense of detachment. Be
content and avoid greed. Remember, money, power and property never stick to
anyone forever.
ब्रह्माण्डका हरेक चीजहरू नियमित रूपमा
परिवर्तनशील र गतिशील छन्। ऊर्जा (ईश्वरीय कण वा तत्त्व) वाट सबै चीजहरू निर्मित
छन्। ब्रह्माण्डले तपाइलाई प्रदान गरेको कुरा वा अवसर लाई अ-लगावको भावनाका साथ
उपयोग वा ग्रहण गर्नुहोस्। जे प्राप्त भइरहेको छ त्यसलाई स्विकार्न
सिक्नुहोस्।लोभबाट टाढा रहनुहोस्। याद राख्नुहोस् कि पैसा, सम्पत्ति र शक्ति
सदैव कसैसँग टाँसिएर रहिरहँदैन।
ऋग्वेदकोनासदीय सूक्त:ले संसारको
सृष्टिको वर्णन गर्दछ।
नास॑दासी॒न्नो
सदा॑सीत्त॒दानी॒म्
नासी॒द्रजो॒ नो व्यो॑माप॒रो
यत्।
किमाव॑रीव॒: कुह॒ कस्य॒
शर्म॒न्नंभ॒: किमा॑सी॒द्गह॑नंगभी॒रम्॥१॥
There
was nothing, neither existence nor non-existence, no matter or space. What
covered it? Where did it come from? What was its purpose? What protected it?
What created the dense, deep cosmic liquidity (space plasma), and how?
सृष्टिको पहिले त्यहाँ न त कुनै
अस्तित्व थियो। न त त्यो अस्तित्व विहीनको अवस्थाको नै थियो।त्यहाँ न त पदार्थ
थियो। न कुनै पदार्थ रहन जरुरी हुने खाली स्थान आकाश नै थियो। त्यो एका एक कसरी
ढाकियो वा भरियो? त्यसरी भरिने र ढाकिने चिज कहाँ थियो र त्यहाँ कहाँ वाट आयो ? त्यसको उद्देश्य के थियो? त्यसलाई के ले
संरक्षण गर्यो? त्यहाँ भरिएको बाक्लो र गहिरो
ब्रह्माण्डीय तरलता (स्पेस प्लाज्मा) को निर्माण के वाट कसरीसम्भव भयो?
न मृ॒त्युरा॑सीद॒मृतं॒ न तर्हि॒ न
रात्र्या॒ अह्न॑ आसीत्प्रके॒तः।
आनी॑दवा॒तं स्व॒धया॒ तदेकं॒
तस्मा॑द्धा॒न्यन्न प॒रः किञ्च॒नास॑॥२॥
There
was neither death nor immortality (lifelessness) and nothing to separate night
from day (timelessness). That One existed enclosed in nothingness
(formlessness); it came from nothing (void). There was only "that One
(consciousness)"and no other.
त्यहाँ न त मृत्यु थियो। न अमरता नै
(जीवन विहीनता) निर्जीवता। रातलाई दिनबाट अलग गर्ने
केही पनि थिएन (समय विहीनता)। त्यो एक शून्यतामा (आकार विहीनता) रहेको अस्तित्व
थियो। जुन शून्यमा (अस्तित्व विहीनता) अवस्थित थियो। त्यहाँ केवल "त्यो एक
चिज (चेतना)" थियो। अरू केही थिएन।
तम॑ आसी॒त्तम॑सा गू॒ळ्हमग्रे॑ऽप्रके॒तं
स॑लि॒लं सर्व॑माइ॒दं।
तु॒च्छ्येना॒भ्वपि॑हितं॒
यदासी॒त्तप॑स॒स्तन्म॑हि॒ना जा॑य॒तैकं॑॥३॥
Darkness-lessness
(space-lessness) was covered bydarkness (time-lessness). All this
darkness-lessness was hidden intelligence inthe form-lessness of cosmic
liquidity (universal consciousness). And ‘that One’was enclosed in nothing. The
power of expression (the willingness of expressionfrom non-existence to
existence form) arose from 'that One'.
अन्धकार-विहीनता (आकाश विहीनता) लाई
अन्धकार (समय-विहीनता) द्वारा ढाकिएको थियो। सबै अन्धकार-विहीनता ब्रह्माण्डीय
तरलताको (विश्वव्यापी ब्रह्माण्ड चेतना) रूप विहीनता रुपी बुद्धिमत्ता थियो। 'त्यो एक चिज (चेतना)' केहीमा बन्द थिएन।
स्वतन्त्र सर्वत्र थियो। अव्यक्तको व्यक्त हुने चाहनाको शक्ति (अस्तित्व विहीनता
बाट अस्तित्वमा अभिव्यक्त हुने इच्छा शक्ति) 'त्यो एक चिज
(चेतना)' बाट प्रकट भयो।
काम॒स्तदग्रे॒ सम॑वर्त॒ताधि॒ मन॑सो॒
रेत॑: प्रथ॒मं यदासी॑त्।
स॒तो बन्धु॒मस॑ति॒ निर॑विन्दन् हृ॒दि
प्र॒तीष्या॑ क॒वयो॑मनी॒षा॥४॥
A
desire arose from thecosmic mind, and the first seed of existence appeared. In
this mind, filledwith desires, the primal seed emerged. Looking deeply into
their hearts, the wisecould see the connection between what exists and what
does not.
विश्वव्यापी ब्रह्माण्ड चेतना बाट एउटा
उत्पन्न भएको इच्छा शक्तिको कारण ब्रह्माण्डको अस्तित्वको निर्माण गर्ने पहिलो बीज
देखा पर्यो। असीमित चाहना र मनोकामनाले भरिएको उक्त बीजले सामूहिक मनको रूप लियो।
बुद्धिमानहरूले प्राकृतिक हृदयको गहिराइमा के अवस्थित छ र के छैन र तिनीहरूको
बिचको सम्बन्ध के छ भनी अनुभूतिगर्न सक्दछ।
ति॒र॒श्चीनो॒ वित॑तो र॒श्मिरे॑षाम॒धः
स्वि॑दा॒सी दु॒परि॑स्विदासी त्।
रे॒तो॒धा आ॑सन्महि॒मान॑ आसन्त्स्व॒धा
आ॒वस्ता॒त्प्रय॑तिःप॒रस्ता॑त्॥५॥
The
emergence of powerful forces from the primal seed spread out in a network of
lines crossing each other, connecting and holding together all energies above
and below. The strong powers combined with the fertile troops create a dynamic
interaction where strength operates below and impulse works above. This network
of interconnected lines, or grid, holds all seeds and powerful energies,
encompassing the small(microcosmic) forces within and the large (macro) above.
असीमित चाहना र मनोकामनाले भरिएको आदिम मूल बीजबाट एकले अर्कालाई क्रस गर्ने रेखाहरूको नेटवर्कको रूपमा शक्तिशाली ऊर्जाहरूको निर्माण भयो। यसरी निर्मित नजिकैका माथि र तल रहेका सबै ऊर्जाहरूलाई सामूहिक रूपमा जोड्दै आपसी अन्तरक्रिया गर्ने नियमित रूपमा परिवर्तनशील र गतिशील शक्तिको सञ्जालको सिर्जना भयो। जसले आपसमा अन्तर सम्बन्धित रेखाहरू र ग्रिडहरूको शक्तिशाली शक्तिशाली नेटवर्कको निर्माण गर्यो।
नेटवर्ककोरूपमा विकसित शक्तिशाली उक्त
नेटवर्कले चेतनाको बीज समाहित ठुला (म्याक्रो-कस्मिक)र साना (माइक्रो-कस्मिक)
ब्रह्माण्डीय संयन्त्रको निर्माण गरिदियो।
को अ॒द्धा वे॑द॒ क इ॒ह प्र वो॑च॒त्कुत॒
आजा॑ता॒ कुत॑ इ॒यंविसृ॑ष्टिः।
अ॒र्वाग्दे॒वा अ॒स्य वि॒सर्ज॑ने॒नाथा॒
को वे॑द॒ यत॑ आब॒भूव॑॥६॥
No
one could say or know when and where the creationof the prominent
(macro-cosmic) and small (micro-cosmic) cosmic mechanismsbegan or where the
creation would end. After the creation of the macro-cosmicand micro-cosmic
mechanisms came the creation of Shaktis (gods) associated withthe origin of
living beings.
ठुला (म्याक्रो-कस्मिक) र साना
(माइक्रो-कस्मिक) ब्रह्माण्डीय संयन्त्रहरूको निर्माण कहिले र कहाँबाट सुरु भयो
तथा सृष्टि कहाँ पुगेर समाप्त हुन्छ भनेर कसैले भन्न वा जान्न सक्नेअवस्था थिएन।
म्याक्रो-कस्मिक र माइक्रो-कस्मिक संयन्त्रहरूको निर्माण भएपछि जीवको अस्तित्वको
उत्पत्ति संग सम्बन्धित रहेका शक्तिहरूको (देवताहरू) निर्माण भयो।
इ॒यं विसृ॑ष्टि॒र्यत॑ आब॒भूव॒ यदि॑ वा
द॒धे यदि॑ वा॒ न।
यो अ॒स्याध्य॑क्षः पर॒मे व्यो॑म॒न्त्सो
अ॒ङ्ग वे॑द॒ यदि॑वा॒ न वेद॑॥ ७॥
The
Shaktis (gods) connectedto the origin of living beings has perfected creation.
Whether or not and howthe Conscious Shakti (God's Particles) will function to
maintain the universedepends on its role. Consciousness (God's Particles) is
the supreme power thatcreates, operates, and destroys the universe.
जीवको अस्तित्वको उत्पत्ति संग
सम्बन्धित शक्तिहरूले (देवताहरू) सृष्टि निर्माणलाई पूर्णता दिएको छ। चेतन शक्ति
(वा ईश्वर) जसबाट यो सृष्टि भएको हो। यसको नियमित रूपमा कसरी सञ्चालन हुने वा
नहुने त्यो कुरा अन्ततः चेतन शक्तिको भूमिकाले नै निश्चय गर्ने गर्दछ। ब्रह्माण्ड
निर्माणको सर्वोच्च शक्ति चेतना (वा ईश्वर) नै यसको मूल सञ्चालन कर्ता र विनाश
कर्ताको भूमिकामा रहेको छ।
बुद्धिविलास र क्रिएटिभिटी
बुद्धिविलास मात्र गरेको भरमा आफूलाई
संसारकै अब्बल सम्झने कतिपय भुइँफुट्टा वर्ग रचनात्मकता सिकाउन सकिने कुराहैन
भन्ने गरेको भेटिन्छ। आफूमा क्रिएटिभिटीका लागि जन्मजात प्राकृतिक देनका
रूपमारहेको दुनियाँलाई बताउँदै हिँड्ने त्यो वर्ग न त वेद न त विज्ञानले नै
पुष्टिगर्ने गरी अप्रत्यक्ष रूपमा समाजको आफू अब्बल रचनात्मक व्यक्ति भएको पुष्टि
गर्नलागेको देख्दा भने धेरैलाई भित्रभित्र हाँसो उठ्छ होला ।
आजको प्रमाणित यथार्थता के होभने
रचनात्मकता सीपहरू सिक्न सकिन्छ र सिकाउनसमेत सकिन्छ। यथार्थमा मानिसले सिकेरर
सिकाइएर नै प्राप्त गर्छ।
के व्यक्तिले क्रिएटिभिटी सिक्ने र
सिकाइने कुरो हो भनी गरिएको ७० भन्दा धेरै अध्ययनले निकालेको एकै प्रकारको निचोडले
भन्छ कि व्यावहारिक रूपमा राम्रोसँग डिजाइन गरिएको प्रशिक्षण कार्यक्रमले लक्षित
जनसंख्यामा रचनात्मकता पैदा गर्न सक्छ । यथार्थमा रचनात्मकता एक सीप हो ।
जसलाई विकसित गर्न र निश्चित प्रक्रिया
मार्फत व्यवस्थित समेत गर्न सकिन्छ । पहिला ज्ञानको आधार तयार गर्ने, तयारी ज्ञानको आधार
मिहिन रूपमा सिक्नका लागि जरुरत हुने अनुशासन सिक्ने र सोच्ने तरिकामा विशिष्टता
हासिल गर्ने तरिका सिकेर आफ्नो सम्बन्धित विषय वस्तुमा रचनात्मकता विकास गर्न
सकिन्छ ।
हामी प्रयोग गरेर, अन्वेषण गरेर,
अनुमान गरेर, सोधेर, कल्पनाशक्ति प्रयोग गरेर र जानकारी संश्लेषण गरेर रचनात्मक हुन सिक्छौँ
। चुरो कुरो के हो भने रचनात्मकता सीपहरू सिक्न सकिन्छ। तर, हालको स्कुल र विश्वविद्यालयको सोली जस्तो सबैलाई एकैडोकोमा हाली
पढाउने लेक्चर वा बुद्धिविलास गरिएका भरमा आएको लेख, रचना,
किताब वा आख्यान वा व्याख्यानबाट होइन ।
बुद्धिविलासी भनेको विभिन्न किताब
पढेको, अर्काले
बताएको कुरा सुनेको, ब्रिफिङ लिएको, लिटरेचर रिभ्यु गरेको, छलफल गरेको वा पत्रिका
आदि सम्पादन गरेको तथा गुगलसर्च गरेका भरमा छाँटिने दर्शन आदि कुरा नै
हुन्।रचनात्मक सीपका लागि रचनात्मक रप्रभावकारी प्रशिक्षण त रहन वा नरहन सक्छ तर
व्यक्तिले रचनात्मक सोच प्रक्रियाहरूसिकेर त्यसको लागू गर्न अनिवार्य हुन्छ। त्यो
पनि निश्चित अनुशासनको दायरामा रहेर।
आज संसारले महसुस गरेको यथार्थ के हो
भने बुद्धिविलास गरिएका भरमा आएको लेख,
रचना, किताब, आख्यान
वा व्याख्यान अध्ययन गरी तपाईंको दिमागले बनाउने अवधारणा तपाईंको दिमागका लागि
प्रदूषित फोहर हो। भारतीय सिरियल क्राइम पेट्रोल वा भूतको मुभीले दिमागमा थपिदिने
नकारात्मकताको हैसियतकै नकारात्मकता बुद्धिविलासका भरमा आएका लेख, रचना र पुस्तक वा ग्रन्थले व्यक्तिमा थपिदिने हुँदा तिनीहरू आजको
विश्वविद्यालय जस्तै एक व्यक्तिमा जन्मजात रहेको रचनात्मकता नष्टगर्न उद्यत
रहन्छन।
रचनात्मकता, वृद्धि र
परिवर्तनका सिद्धान्तलाई एकीकृत गर्ने रूपान्तरणको प्राकृतिक प्रक्रियाको
सिद्धान्त प्रतिपादन गर्ने जर्ज ल्यान्डले सन् १९६८ मा तीन देखि पाँच वर्षसम्मका
हेड स्टार्ट कार्यक्रममा भर्ना भएका एक हजार ६०० बालबालिकामा रचनात्मकताको परीक्षण
गरे ।
नासाले आफ्नो नयाँ इनोभेटिब इन्जिनियर
र वैज्ञानिक छनोट गर्दा उपयोग गर्ने क्रिएटिभिटीको परीक्षण गर्ने विधि प्रयोग गरेर
जर्ज ल्यान्डले बच्चाहरूको रचनात्मकताको परीक्षण गरेका थिए । उनले तिनै बच्चा १०
वर्ष र १५ वर्षको उमेरमा पुग्दा उनीहरूमा पुनः रचनात्मकताको परीक्षण गरेका थिए ।
त्यसको परिणाम अचम्मलाग्दो आयो ।
पाँच वर्षको उमेरमा
परीक्षणको नतिजाः ९८ प्रतिशत
१० वर्ष उमेरका बीचको
परीक्षणको परिणामः ३० प्रतिशत
१५ वर्ष उमेरका बीचको
परीक्षणको परिणामः १२ प्रतिशत
त्यसपछि विश्वविद्यालयको
स्तरसम्म पुगेर दुई लाख ८० हजार वयस्कमा समान परीक्षण गरियो।
वयस्कको परीक्षणको नतिजा
दुई प्रतिशत मात्र थियो।
यो परीक्षण र यसपछि विश्वविद्यालयको
स्तर सम्म पुगेर गरिएका धेरै समकक्षी मापनले हाम्रा स्कुल र विश्वविद्यालयमा शिक्षक
वा प्रोफेसरहरूले हाम्रा बच्चाहरूमा रचनात्मकता थपिरहेका छैनन्। उल्टो त्यस्ता
संरचना हाम्रा बच्चाहरूको रचनात्मकताको हत्या गर्ने स्थल बनिरहेको यथार्थ प्रमाण
सहित बाहिरिएको हो।
जब हामी रचनात्मकताको कुरा गर्छौं तब
हामीले हाम्रो गुरुकुल शिक्षाको शक्तिको सदुपयोग गर्न सिक्नु पर्छ । जब हामी
स्वअध्ययनबाट केही रचनात्मक हुन चाहन्छौँ भने बुद्धि विलासका भरमा आएको संगीत, साहित्य र गीत वा
कविताबाहेकका लेख, रचना, किताब,
आख्यान वा व्याख्यान आदिबाट आफूलाई पृथक् राख्न जरुरीहुन्छ । वेद
र विज्ञानमा आधारित व्यावहारिक विज्ञानका विषयवस्तुतर्फ ध्यान दिनुजरुरी हुनेछ ।
हाम्रो आफ्नो सन्दर्भको प्रयोजनमा कुरा
गर्दा वैज्ञानिक रूपमै पुष्टि भएको माथिको अनुसन्धान र अवधारणाकोचुरो कुरो के हो
भने मुलुकको विकासका लागि चाहिने इनोभेसन आज मुलुकमा च्याउसरि खुलेका
विश्वविद्यालय जस्ता संरचना न त कहिल्यै सक्षम थिए न भविष्यमा हुने छन्। त्यसका
लागि रैथाने सक्षमता, वैज्ञानिक रूपमा आधुनिकीकरण गरिएको परम्परागत ज्ञान, सीप र प्रविधिमा आधारित इनोभेटिब आइडिया इन्कुवेसनकोअवधारणायुक्त
इनोभेसन केन्द्रहरू जरुरी पर्नेछ। मुलुकको शिक्षा प्रणाली रचनात्मक पार्न भने
हाम्रो परम्परागत गुरुकुल शिक्षाको चुरो मर्म, वेद र
विज्ञान जस्ता रचनात्मक कृति तथा पहिचान भएका तथ्यको सहयोगको जरुरत हुने छ।
वेद र विज्ञान बारे चर्चा गर्दा आजका
हाम्रा नयाँ पीढी सम्म पुग्न नसकेको सदियौँ देखि नियमित चलिरहेको सांसारिक यथार्थ
बारे चर्चा गर्नु अनिवार्य हुन्छ। जुन कुरा हाम्रा विज्ञानका विज्ञ भनिएका ठुलो
सङ्ख्यामा रहेका वर्गको दिमागमा त घुस्न सकेको देखिँदैन नै, स्वयम आफूलाई वेदका
गुरु ठानिरहेकाहरूमा पनि त्यो बारे कुनै महसुस भइरहेको भेटिँदैन।
आज सम्मको इतिहासमा जब जब कुनै
वैज्ञानिकले वेद वा वेदमा आधारित स्मृतिहरूको गहिराइमा भनिएका ज्ञानहरूको नियतको
जानकारी प्राप्त गरे तव वेदको ज्ञानले उक्त वैज्ञानिकको विज्ञानको यात्रालाई सहज
गर्ने पथ प्रदर्शन गरेको अनुभूति दियो।
उक्त वैज्ञानिक परीक्षण शालामा रहेर
आफ्नो नयाँ खोज बारे अनुसन्धानमा एकाग्र रहँदा उसले पहिचान गरेको हाइपोथेसीस सत्य
हुने सम्भावना रहेको वा नरहेको भन्ने मानसिक स्तरमा यकिन गर्न अर्थात्
मनोवैज्ञानिक भेलिडेसन गर्न वेदको ज्ञानले अत्यधिक सहयोग गरेको अनुभूति गर्यो।
वेदले दिएको सङ्केत वाट उत्साहित बनेको
वैज्ञानिक परीक्षणको आफ्नो प्रारम्भिक हाइपोथेसिसको मान्यता र प्रोटोटाइप लाई रियल
टाइम भनिने व्यवहारिक यथार्थ जब उसले परीक्षण गर्यो तव उसले आफ्नो अनुसन्धानले
सकारात्मक नतिजा पाउन सकेको अनुभूति र विश्वासमा भेटियो।
वेदको समेत ज्ञान बारे सचेत रहेर हाइपोथेसिसको
र प्रोटोटाइप परीक्षणको चक्र वाट गुज्रिएर सफल बनेपछि मात्र वैज्ञानिकको अनुसन्धान
प्रमाणित वैज्ञानिक सिद्धान्त सिद्धान्तको रूपमा प्रतिपादन भएको विज्ञानमा नयाँ
सिद्धान्तको रूपमा दर्ज गर्न विज्ञान सफल बनेको देखिन्छ।
यसरी सांसारिक यथार्थमा आज बजारमा
भन्ने र सुनिने गरिएको जस्तो गरी विज्ञानले बेदलाइ होइन बरु वेदले विज्ञानलाई जन्म
दिन र त्यसको मान्यता लाई प्रमाणित गर्न ठुलो भूमिका खेलिरहेको छ।
आजको दिन सम्म समेत मानव अस्तित्व र
ब्रह्माण्डको परम वास्तविकताको मेटाफिजिकल प्रश्नमा आफ्नो क्षमता विस्तार गर्न
नसकेको विज्ञानको खोजमा लागेका निकै धेरै वैज्ञानिकहरू यही यथार्थ संग परिचित
रहेकाले मानव अस्तित्व र ब्रह्माण्डको परम वास्तविकताको पक्ष उजागर गर्ने सम्भावना
बोकेको क्वान्टम मेटाफिजिकल पक्ष बारे अत्यन्त धेरै चासो लिने गरेको भेटिन्छ।
वैज्ञानिक ज्ञान र वैदिक
ज्ञान
जब हामी कुनै वस्तुलाई हेर्छौँ, त्यसको लेखाजोखा
लम्बाइ, चौडाइ, उचाइ, तौल, शक्ति, गति,
तातोपनलगायतका कुराबाट राख्ने गर्छौँ । महसुस भने वस्तुको रङ,
स्वाद, गन्ध, ध्वनि,
छुँदा प्राप्त हुने अनुभव आदिबाट हुने गर्छ ।विज्ञानले
विषयवस्तुलाई भौतिक मापदण्डका आधारमा बुझ्ने गर्छ ।
विज्ञानमा व्यक्तिले महसुस गर्ने
वस्तुको प्रकृति परीक्षणका बखत प्रतिपादित सिद्धान्तको स्वीकार्यको मूल्याङ्कनमा
उपयोग भइरहेको हुन्छ। सिद्धान्त प्रतिपादन र परीक्षणपश्चात् स्थापित हुने
निष्कर्षमा भने अटाउने गर्दैन । फलतः भौतिक मापदण्डभन्दा अनुभव र महसुस मार्फत
ज्यादा स्वीकार्य हुने उत्कृष्ट वैज्ञानिक विधाहरू जस्तै ज्ञान, प्रतिभा, साहित्य, कला र सङ्गीत आदिलाई स्वयम्
विज्ञानले कला भनेर सीमित परिभाषाको दायरामा कोचिदिएको छ ।
वैज्ञानिक ज्ञान परीक्षणमा खरो उत्रेको
प्रमाणित ज्ञान हो। विचारलाई प्रयोगात्मक परीक्षणद्वारा प्रमाणित गरिएपछि विचार
वैज्ञानिक ज्ञान बन्छ । सर्वस्वीकार्य हुने गर्छ। विचारको उत्पत्ति कसरी हुन्छ, विचार वैज्ञानिक
बनिसकेपछि सर्व स्वीकार्यताको अनुभूति मानिसमा कसरी हुन्छ आदिबारे ज्ञान भने
राख्दैन विज्ञान।
संस्कृतमा वेद शब्दको अर्थ ज्ञान भन्ने
हुन्छ। वैदिक ज्ञानलाई आध्यात्मिक प्रकृतिको ज्ञान मानिन्छ । जुन अनुभव र
अनुभूतिबाट प्राप्त हुन्छ। वैज्ञानिक रूपमा पुष्टि नहुँदा नहुँदै पनि आध्यात्मिक
ज्ञान व्यक्ति र समाज दुवैको जीवन्त अनुभवको माध्यमबाट मानिसले अनुभूति गर्छ।
विज्ञानले वस्तुको वास्तविक उपस्थितिको
बोध गराउँछ। वैदिक ज्ञानले वस्तुको उपस्थितिले दिने अनुभूतिको अनुभवबारे सचेतना
दिलाउँछ । वस्तुको मापन गर्न सकिने सूचनाको अध्ययन गर्ने गर्छ विज्ञान। वैज्ञानिक
सूचनालगायत वस्तुको उक्त समयमा अर्को वस्तुको सन्दर्भको सूचना, सूचनाको प्रकृति र
तत्कालीन सन्दर्भको अर्थ र प्रभावबारे जानकारीको समेत हेक्का राख्ने गर्छ वैदिक
ज्ञानले ।
पाकेको आँपको वास्तविकता भनेर
विज्ञानले त्यसको कडापन, नरमपन, तौल, सङ्ख्या,
लम्बाइ, चौडाइ, रसिलो पन जस्ता गुण आदि मापन गर्छ । मापनका लागि भौतिक औजारको प्रयोग
गर्छ । वैदिक ज्ञानले आँपको रङ, स्वाद, छाम्दा महसुस हुने नरमपन, बास्ना आदिबारे
हामीलाई अनुभूति गराउँछ । जसका लागि हाम्रा इन्द्रियहरू र चेतना उपयोगमा आउँछन्।
वैदिक सूचनामा उक्त समयमा आँपको रङ, रसिलोपन तपाईँको
आँखाअगाडि घुमेको चित्र, तपाईँले महसुस गर्नुभएको बास्ना,
आँप खाने इच्छा र चाखिहेर्दा अनुभूति भएको गुलियो, अमिलोपन आदिले तपाईँमा छाडेको असरको अनुभूतिबाट प्राप्त अनुभवको समेत
लेखाजोखा राख्ने गर्छ ।
मानिसले अनुभूतिबाट प्राप्त गर्ने
अनुभवलाई मानिस कुन अवस्था र सन्दर्भबाट गुज्रिरहेछ त्यसको निकै ठुलो असर हुने
गर्छ । उदाहरणका लागि, यदि उक्त समयमा तपाईँ भर पेट आँप खाइसकेर बस्नुभएको अवस्था छ भने
तपाईँलाई त्यो आँपको न त बास्नाले लोभ्याइरहेको न त खाने इच्छा नै जागेको
अवस्थासमेत हुन सक्छ। यस अर्थमा अनुभूतिका साथसाथ सन्दर्भसमेत महत्त्वपूर्ण हुने
ठानी तिनीहरूको सूचना राख्ने गर्छ वैदिक ज्ञान। सबैलाई समग्रमा कन्ससनेस वा चेतना
भनिएको छ।
विज्ञानले कुनै पनि वस्तुबारे हामीलाई
पहिचान गराउन निकै ठुलो सहयोग गर्छ । वैदिक ज्ञानले उक्त वस्तुले हाम्रो निजी र
सामाजिक जीवनमा पु¥याउन सक्ने प्रभाव, विभिन्न सन्दर्भको महत्त्व,
मूल्य तथा अर्थको जटिलतम सूचनाबारे हामीलाई सचेत पारिदिन्छ ।
आजको कटिङ ऐज दुनियाँको सैद्धान्तिक र
व्यावहारिक अनुसन्धान विज्ञान र वैदिक ज्ञान नियमित जरुरतका विषय बनेका छन्। जब
अनुसन्धान निकै गहिरो र जटिल मोडमा पुग्छ,
वैदिक ज्ञानले राख्ने सूचनाको लेखाजोखा बाट अनुसन्धानकर्ता
तुलनात्मक रूपमा निकै चाँडो अनुसन्धानको निचोडमा पुग्ने गरेको भेटिन्छ । विज्ञानको
क्षेत्रमा लागेका नयाँ पुस्ताका लागि वैदिक ज्ञान नयाँ सुवर्ण अवसर हो। जुन कुरा
आजको हाम्रो नयाँ पुस्तासँग पुग्न सकिरहेको छैन, पु¥याउन जरुरी छ।
वेद, उपनिषद् र पुराण आदिबारे जान्न पहिले
श्रुति र स्मृतिबारे जान्नु जरुरी छ। शास्त्रको सुरुवात बिन्दुबारे जानकारी नरहेको
परम्परागत रूपमा सुन्दै वा सञ्चारित हुँदै आएको शास्त्रलाई श्रुति भन्ने गरिन्छ।
जस्तै वेद र उपनिषद्हरू श्रुति हुन्। यो विश्वास गरिन्छ कि वेदको ज्ञान अलौकिक हो।
वेद कुनै व्यक्तिको सम्झना वा
लेखनद्वारा तयार गरिएको नभई द्रष्टा सन्त तथा ऋषिहरूले समय क्रममा सिधै ब्रह्मबाट
प्राप्त ज्ञान परम्परागत रूपमा लिपिबद्ध हुँदै शास्त्रको स्वरूपमा विकसित बनेको
हो। ऋग्वेद, सामवेद, यजुर्वेद र अथर्ववेद गरी चार वटा वेद
अस्तित्वमा छन् । वेद जस्ता अलौकिक ज्ञान अध्ययनबाट विकसित मानव अन्तर ज्ञानको
उपयोग गरिँदै व्यक्तिको सम्झना वा लेखनद्वारा तयार गरिएको शास्त्रलाई स्मृति
भनिन्छ। जस्तै वेदाङ्ग, उपवेद, उपाङ्ग,
धर्म सूत्र, पुराण, रामायण, महाभारत आदि सबै स्मृति हुन् ।
वेदमा कुनै पनि संस्कृति विरोधी, समाज विरोधी,
दर्शन वा धर्म विरोधी कुण्ठा, ईर्ष्या,
कुटिलता, घृणा वा तिरस्कार छैनन्। छ त
व्यक्तिगत र समाजको समेत लाभ पुग्ने जीवनको अर्थ, अस्तित्व
लगायतका व्यावहारिक ज्ञानको विषय। अर्को मुख्य चुरो कुरा वेद कुनै अमुक संस्कृतिको
वा धर्मको ग्रन्थ हैन। यथार्थमा हिन्दु, जैन र बुद्ध
जस्ता संस्कृति र दर्शनमा वैदिक ज्ञानको निकै प्रगाढ प्रभाव भेटिन्छ ।
वेदको आधिकारिक प्रयोगात्मक ज्ञान र
अवधारणा जान्न र मनन गर्नका लागि वेदको अध्ययन जरुरी छ। वेदको न त अध्ययन न त मनन
गरेका कतिपय धर्मगुरुले वेदका व्यावहारिक,
आधिकारिक र प्रमाणिक ज्ञानबाट विचलित गलत सूचना सञ्चार गरिदिँदा
अक्सर वेद विवादास्पद बन्दै सामाजिक सर्व स्वीकार्यता गुमाउँदै गएको भेटिन्छ।
वेदपश्चात् प्रचलनमा ल्याइएका स्मृति
शास्त्रमा वेदको मर्मको निरन्तरता रहेको भनी वेदका बारे जिज्ञासा राखिँदा, स्मृति
शास्त्रहरूको उद्धरण गरी जवाफ फर्काउने हाम्रो गलत प्राक्टिसले वेदलाई विवादास्पद
बनाइदिएको छ।
धार्मिक भक्तिको नाममा गुरु आशक्ति
अभिवृद्धि गर्ने नियतमा वेदमा उल्लेख गरिएको भन्ने दुहाइ दिँदै नियमित उपाङ्ग, धर्म सूत्र,
रामायण, महाभारत, पुराणहरू पाखण्डी पूर्ण वाचन गरिने, वाचन
गर्ने धर्मगुरुहरू अद्वितीय, अभिजात, ईश्वरको दूत हुने धारणाले सामाजिक स्वीकार्यता प्राप्ति वेदप्रति नयाँ
पुस्ताको विकर्षण हुनुको प्रमुख कारक बनिदिएको छ।
वैदिक ज्ञान यथार्थमा मानिसको दैनिक
सोच र कर्मलाई व्यक्तिगत तथा सामाजिक उत्थानको दिशानिर्देशका खातिर उपलब्ध
उत्कृष्ट व्यावहारिक ज्ञान हो । व्यक्ति र समाजको लाभ पुग्ने गरी निजी तथा सामाजिक
गतिविधि कार्यान्वयनमा नभई नहुने व्यावहारिक सोचको विकास गर्न जरुरी हुने
पूर्वाधार उपलब्ध गराउँछ वैदिक ज्ञानले भन्ने यथार्थता आजसम्म पनि हाम्रो समाजमा
पुगिरहेको भेटिन्न।
वेदको यथार्थता हाम्रो समाजमा वाचन
गरिने र सुनाइनेभन्दा निकै भिन्न भेटिन्छ। नितान्त निजी र सामाजिक जीवनका
व्यावहारिक पक्ष र सुदृढ मानव जीवन याँपनमा अर्थ राख्ने स्वस्थता, खानपान, तन्दुरुस्ती, अर्थशास्त्र, राजनीति, संस्कृति आदि सबै पक्षको व्यावहारिक
ज्ञान समावेश छ वैदिक ज्ञानमा।
आजको दिनमा मानिसको जीवनयापनलाई
उल्लेखनीय रूपमै सरलीकृत पार्न सफल बनेको विज्ञान, आगामी पुस्ताको रोजाइ र आवश्यकताको
पूर्ति गर्न जरुरी पर्न गएको सीप, ज्ञान र प्रविधि
पहिल्याउन वैदिक ज्ञानको सहारा लिँदै छ। यसै प्रयोजनका लागि विज्ञानले मानवीय
बुद्धि, मन र सचेतनाको भौतिक वस्तुसँगको सम्बन्धको
सिद्धान्त प्रतिपादन गर्नेतर्फ समय खर्चिरहेको छ। प्रकृति, समय र भौतिक वस्तुको चेतनासँगको सान्दर्भिकता विकास गर्न अब वैदिक
ज्ञानको उपयोग गरिनुपर्ने बेला आएको छ । जुन हाम्रो रैथाने परम्परागत कुशलता र
कार्यशैलीको ग्लोबल समृद्धिका लागि उच्च जरुरत महसुस गरिएको अवस्था हो।
वेद र सामाजिक कुरीति
सामान्य भाषामा वेदको अर्थ ज्ञान हो ।
वेदलाई पुरातन ज्ञान विज्ञानको अथाह भण्डार मानिन्छ। वेदलाई श्रुति मानिन्छ।
हाम्रो समाजमा वेदसँगै अन्य स्मृतिबारे पनि पटकपटक चर्चा हुने गर्छ। जानकारहरू
श्रुति र स्मृतिका सम्बन्ध बुझ्न रुखको उदाहरण दिने गर्छन्। एउटा रुखलाई तपार्ईं
उल्टो गरेर हेर्दा देखिने आकृतिले श्रुति र स्मृतिका सम्बन्धको
प्रतिविम्बझल्काउँछ। एउटा जरा माथि र टुप्पो तल रहेको पिपलको रुख जहाँ जरालाई
रुखको एक मात्रस्रोत मानिन्छ त्यो ब्रमाण्ड,
ज्ञान र चेतनाको मूल शरीर हो। उक्त जरामा चारहाँगाहरू ऋग्वेद,
यजुर्वेद, सामवेद र अथर्ववेद छन्। ती
चारहाँगा र जरा सम्पूर्णलाई वेद वा श्रुति मानिन्छ।
चार भागका रहेको वेदमा मान्छेका हरेक
समस्याको समाधान छ। ब्रह्मा,
देवता, ब्रह्माण्ड, ज्योतिष, रीतिरिवाज, तर्क,
कानुन, चिकित्सा, शल्यचिकित्सा, प्रविधि, गणित, रसायन, औषधी,
प्रकृति, खगोल, भूगोल, सामाजिक नियम, इतिहास, मिलिटरी, मार्सल
आर्ट, सैन्य रणनीति र राजनीति आदि सबै विषय संगृहीत छ।
द्रष्टा सन्त तथा ऋषिहरूले
ब्रह्माण्डबाट प्राप्त ज्ञान लिपिबद्ध हुँदै वेद जन्मिएको हो। ऋग्वेद, सामवेद, यजुर्वेद र अथर्ववेद गरी चार वटा वेद श्रुतिका रूपमा
अस्तित्वमाभेटिन्छ। वेद जस्ता अलौकिक ज्ञानको अध्ययनबाट मानिसमा विकसित
अन्तरज्ञानको उपयोग गरिँदैलेखनद्वारा स्मृतिहरू जस्तै वेदांग, उपवेद, उपांग, धर्मसूत्र,
पुराण, रामायण, महाभारत आदि तयार गरिए।
लेखिएका स्मृतिहरू कतिपय वेदको मर्म
अनुरूपका छन्। तर, कतिपय भनेकसैको निहित चासो पूर्ति गर्ने नियतले बाहिर आए। कुनै शासक,
वर्ग वा पेसेवरसमुदायको प्रायोजित रूपमा निहित स्वार्थ पूर्ति
गर्ने प्रयोजनमा स्मृतिहरू समाजमा वितरण गरिएर वेदको भावना विपरीतका सामाजिक
कुरीतिहरू वेदमाथि नै सामाजिक विकर्षण पैदा गर्नेकारक बनेको देखिन्छ।
वैदिक ज्ञान र व्यावसायिक
उत्कृष्टता
वैदिक ज्ञान हाम्रा हाम्रो रैथाने
परम्परागत कौशल र कार्यशैली हो। वैदिक ज्ञानले दिने कौशल हाम्रो आगामी पुस्ताको
आवश्यकता पूर्ति गर्न सक्षम व्यावसायिक उत्कृष्टता प्राप्त गर्न अनिवार्य जस्तै
बनिसकेको खबर नेपाली व्यवसायीबीच एउटा नयाँ आश्चर्यको विषय बन्न सक्छ। संस्था वा
निकायको संस्थागत स्मृतिमा रहेका उत्कृष्ट ज्ञान, विज्ञान र प्रविधिको सहयोगमा संसारमै
आफ्नो लोभलाग्दोसंस्थागत कुशलता स्थापित गरिरहेका अन्तर्राष्ट्रिय जगतका हालका
व्यावसायिक घरानाका लागि यो खबर न त कुनै आश्चर्यको न पुनः प्रमाणित गरिरहनुपर्ने
विषय बनेको दशकौँ बनिसकेकोछ।
मानव सभ्यताको विकास सँगै मानिसले
नियमित नयाँ नयाँ कुशलताको प्राप्तिबाट विकास कार्य सुचारुगरी समयसापेक्ष
व्यावसायिक उत्कृष्टता हासिल गर्दै आएको हो। या त स्वसंवेदनामा या निजी तथा
सामाजिक इच्छाको पूर्तिको माध्यमबाट आनन्द प्राप्त गर्न जरुरी हुने ज्ञान, वस्तु वा सेवाको
उत्पादन र पूर्तिमा सहयोगी हुने सक्षम व्यवसाय पहिचान, छनोट
र सञ्चालन गरी व्यावसायिक घरानाले मानिस र समाजलाई उत्कृष्ट ज्ञान, वस्तु वा सेवा पूर्ति गर्ने गरेको वर्षौं भइसक्यो।
हजारौँ वर्षदेखि आफ्ना व्यावसायिक
कुशलताले तत्कालीन विकासशील इच्छा पूरा गर्दै आजको अवस्थामा आइपुगेको हो मानिस ।
आउने हजारौँ वर्षका लागि जरुरी हुने व्यावसायिक उत्कृष्टताको खोजी अभियानमा पनि
मानिस सुचारु रूपमै लागिपरेको छ ।
कुनै पनि कार्यमा उत्कृष्टता पाउनु
भनेको त्यस कार्यमा सिद्धता प्राप्ति हो । आफ्नो काम वा कर्मप्रति लगनशील र
प्रतिबद्धरहेर मानिसले उत्कृष्टता वा पूर्णता हासिल गर्न सक्छ भन्ने मान्यता निकै
पुरानो हो। विज्ञानको सहयोगमा मानिस आफ्नो काम वा कर्मप्रति कसरी लगनशील र
प्रतिबद्ध बन्न सक्छ भनी विभिन्न समयमा विभिन्न व्यावहारिक सिद्धान्त र मान्यता
विकास भएको छ। वैदिक ज्ञानमा उत्कृष्टता वा सिद्धता प्राप्तिलाई ईश्वरको प्राप्ति
मानिएको छ । उदाहरणका लागि भागवत गीताका अनुसार परमेश्वर प्राप्त गर्ने सरल तरिका
भनेको आफ्ना सबै काममा उत्कृष्टता ल्याउनु हो।
विज्ञानले उपलब्ध मध्ये उच्चतम
सम्भावना बोकेको क्षमताको स्तरलाई उत्कृष्टता मान्ने गर्छ । स्वधर्ममा रहनु र आत्म
आचारमा विचलन हुन नदिई व्यवसायको मूल्य र मान्यताको परिधिभित्र रहनुलाई गुणस्तर
युक्त समीकरण भनिन्छ। तत्कालीन परिस्थितिको व्यवाहारिकतामा सम्भव हुने उच्चतम
विन्दुको गुणस्तर युक्त समीकरणलाई उत्कृष्टता मान्ने गर्छ वैदिक मान्यता ।
ऋग्वेदका अनुसार उत्कृष्टताको
प्राप्तिका लागि व्यवसायमा संलग्न व्यक्ति बीच साझा दृष्टि, सार्वभौम भाइचारा,
समुचित समृद्धिको नियतबोकेको व्यावसायिक तथा नैतिक नियमहरू
अवलम्बन गरिनुपर्छ । व्यावसायिक उद्देश्य प्राप्तिका लागि गरिने हरेक प्रयासलाई
व्यवसायले अनिवार्य मानवताको प्रतीकका रूपमा ग्रहण गर्नुपर्छ। व्यवसाय सञ्चालनबाट
प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रभाव पु¥याउने कर्मचारी,
ग्राहक, आपूर्तिकर्ता, सेयर धारक, छिमेक, समाज
र अन्य सबै हित धारकपक्षको उचित र प्रासंगिक आवश्यकता र चासोको सन्तोषजनक र
सन्तुलित समाधान खोज्न सक्षम नीति अवलम्बन गर्नु जरुरी छ ।
उत्कृष्ट व्यवसायले आफ्नो मानव
संसाधनको सम्भावित दक्षताको पूर्ण सदुपयोगमा सदैव ध्यान केन्द्रित गरेको हुन्छ।
मानव संसाधनको सशक्तीकरण,
सीप मानकीकरण, साझा मूल्य विकास,
आपसी भाइचारा र विश्वासको प्रवद्र्धनको माध्यमबाट मानव संसाधनको
दक्षताको अधिकतम सदुपयोग गर्न सकिने स्थिति रहन्छ। व्यवसायभित्र क्षमतावान्,
मेहनती र कर्मनिष्ठ मानव संसाधनको उच्च कदर हुने तथा कामचोर
प्रवृत्ति पूर्ण निरुत्साही हुने प्रणाली स्थापित हुनु जरुरी हुन्छ। गुणस्तरयुक्त
समीकरण तथा दक्ष र नैतिक मानव संसाधनविना व्यवसायबाट दूरगामी लाभ, आनन्द र समृद्धिको आसगर्नु अचम्मलाग्दो अप्राकृतिक महत्वाकांक्षा हो।
अनुसन्धानलाई विज्ञानले विभिन्न तहमा
राखेर हेर्छ। एकेडेमिक वा सैद्धान्तिक खोज,
जसमा आउने सम्भावित निष्कर्ष के मा सदुपयोग गर्ने भन्ने सोचाइ
हुँदैन । अर्को पहिचान गरिएको समस्या सुल्झाउने उद्देश्यले गरिने एप्लाइड वा
व्यावहारिक खोज । सफलता प्राप्त गरेका सबै व्यावहारिक अनुसन्धानका नतिजा हाताहाती
प्रतिफल दिने प्रकृतिका वा तत्काल व्यवसायीकरण गर्न सकिने अवस्थाका रहन्नन् ।
कतिपय अवस्थामा व्यावहारिकअनुसन्धानका नतिजा व्यवसायीकरण गर्न त सकिने तर इच्छाएको स्तरका प्रतिफल दिने अवस्थाका भेटिन्नन् । नेपालमा एकेडेमिसिएन र टेक्नोक्र्याटले अब्बल भनी दाबी गर्ने पब्लिक–प्राइभेटपार्टनरसिप मोडलको लगभग एक हजार डलर मूल्य बराबरको व्यावहारिक अनुसन्धानको निष्कर्षलाई व्यवसायीकरण गर्न एकदेखि १० मिलियन डलरसम्म लाग्छ । तैपनि त्यो व्यवसायीकरणले लगानी उठाउँछ भन्ने निश्चितता दिँदैन । उक्त परिमाणको खर्च न आजको दैनिक परिवर्तनशील बजार प्रणालीले धान्न सक्छ न त विश्वमै व्यावहारिक छ ।
विज्ञानले बौद्धिक ज्ञानको प्रगाढ
प्रभावमा विकसित गरेको को–क्रिएसन अथवा स्वअस्तित्वको मोडलबाट एक हजार डलर मूल्य
बराबरको व्यावहारिक अनुसन्धानको निष्कर्षलाई एक हजार डलर मूल्य हाराहारीकै लगानीमा
व्यवसायीकरण गर्न सक्षम अवस्थाको सिर्जना गर्न सकेको छ। त्यसरी सक्षम बनेका
संस्थालाई इन्नोभेटिभ कम्पनीका नाममा चिन्न सकिन्छ। विज्ञानले यो अवधारणालाई
लिन–सिक्स–सिग्माकल्चर भनी चित्रण गर्ने गर्छ। जुन उत्कृष्ट व्यावसायिक घरानाका
लागि जरुरी हुने गुणस्तरयुक्त समीकरणका लागि बौद्धिक ज्ञानले सुझाएको व्यावहारिक
निचोड नै हो।
गुणस्तर युक्त समीकरणमा सुझाए जस्तै
लिन–सिक्स–सिग्मा कल्चरमा क्रस फङ्गसनल टिमको सहभागितामूलक स्वअस्तित्वको मोडलले
तत्कालीन अवस्थामा उपलब्ध मध्ये सबैभन्दा सस्तो तर सबै भन्दा उच्च गुणस्तरमा
अनुसन्धान कानिष्कर्षलाई व्यवसायीकरण गर्ने ग्यारेन्टी गर्छ। कुनै पनि प्रोसेसको
नन–भ्यालुएडेड अथवा गुणस्तरीय सेवा वा उत्पादन दिने नियतमा कुनै महत्व नरहेको
गतिविधि वा व्यक्तिलाई प्रोसेसबाट बिदा गर्ने प्रविधिलाई ‘लिन’ भनिने गर्छ। वस्तु
वा सेवाको डिफेक्टिभ (कमसल) उत्पादन नै पैदा हुन नसक्ने गरी व्यवसायको गतिविधिलाई
गुणस्तरीय डिजाइन बाट नै नियन्त्रण गर्ने काइदालाई सिक्स–सिग्मा भनेको छ ।
एक अनुमानमा आज नेपालमा उत्कृष्ट
पब्लिक–प्राइभेट पार्टनरसिप मोडल लागू गरी सञ्चालनमा रहिरहेको विश्वास गर्ने
व्यावसायिक घरानाको प्रत्येक एक मिलियन सञ्चालन खर्चमा कम्तीमा दुई लाख
नन–भ्यालुएडेड दायित्व वा जरुरी नै नरहेको गतिविधिमा खर्च रहिरहेको छ । भनिन्छ सरकारी
र अर्धसरकारी स्वमित्वको व्यवसायमा उक्त खर्च आधा मिलियनभन्दा माथि छ । व्यवसायलाई
तथ्यमा आधारित रहेर आउँदो पुस्ताको आवश्यकता अन्दाज गर्न सक्षम बनाउने र नयाँ
पुस्ताको मागले परिवर्तनगर्ने बजार मागकै परिधिमा आफ्नो सेवा र उत्पादनको
परिवर्तनमा रहनुपर्ने हाम्रा व्यावसायिक घरानाहरू हालकै सञ्चालन खर्चमा रहेका
नन–भ्यालुएडेड गतिविधि र प्रणालीले थपेको अनावश्यक दायित्वका कारण अन्तर्राष्ट्रिय
बजार प्रतिस्पर्धामा खरो उत्रन सकिरहेका छैनन् ।
आफ्नो कारोबार सञ्चालनमा रहेका
नन–भ्यालुएडेड दायित्वको पहिचान गरी त्यसबाट छुटकारा लिन र बदलिँदो बजार मागअनुसार
आफ्ना व्यवसायका सेवा तथा उत्पादनलाई परिवर्तन गर्न सक्षम बनाउन हाम्रा ठूला
व्यावसायिक घरानाले संसारमै लोभलाग्दो संस्थागत कुशलता स्थापना गर्न सकिरहेका
अन्तर्राष्ट्रिय व्यावसायिक घरानाहरूले जस्तै वैदिक ज्ञान र कुशलताबाट प्राप्त
गर्न सकिने व्यावसायिक उत्कृष्टतातर्फ ध्यान पु¥याउन सान्दर्भिक बनेको छ।
अध्यात्मको सामुन्ने
पुड्को बनेको छ विज्ञान
आज आफ्नो वास्तविकता सँग हामी आफै
हजारौ हजार कोस टाढा रहनुमा विज्ञानको निकै ठूलो हात छ । जब विज्ञानले प्रतिपादित
गरेको सामान्य सिद्धान्तबाट भौतिक कुराहरू हामीले जे देख्छौँ, त्यसेरी नै चल्ने
गरेको प्रमाणित हुँदै गयो, मानिस विज्ञानप्रति मोहित
बनेको भेटिन्छ । जब जब विज्ञानका नयाँ सूत्रहरू प्रतिपादित हुँदै गए, संसारले नयाँ नयाँ विकासका फड्काहरू लिँदै गयो । मानिस विज्ञानप्रति
झन् मोहित हुने क्रम बढ्दै गयो । विज्ञानले प्रतिपादित गर्दै गरेको नयाँ नयाँ
सिद्धान्तबाट आएका नयाँ नयाँ यथार्थ मानिस माझ आउँदै गर्दा बिस्तारै हाम्रो
आदिकालदेखि मानिसले स्वीकार्दै आएका तथ्यहरू सही रहेको प्रमाणित हुने क्रम अघि
बढ्दै जाँदा विज्ञान अध्यात्मको सँघारमा पुगेर भने पूरै अलमलमा परेको प्रस्ट महसुस
गर्न सकिन्छ ।
तर्कका आधारमा सिद्धान्त बनाउने र
सिद्धान्तको व्यावहारिक परीक्षण गरी हेर्दा सफल भेटिए त्यही सफलतालाई व्यवसायीकरण
गर्दै विकासको नयाँ उचाइमा पुग्ने विज्ञानको तरिका विज्ञानको पहिचान भएदेखि आजसम्म
बदलिन सकेको छैन। वैज्ञानिक विचारधाराको नयाँ तथ्यको खोजी गर्ने संसारमा स्थापित
प्रक्रिया सुरुमा जुन बिन्दुमा सुरु भएको थियो आज पनि त्यही छ। जसमा मानिसले
तर्कका आधारमा सिद्धान्त बनाउछ। ती सिद्धान्तहरूलाई व्यावहारिक परीक्षण गर्छ । ती
परीक्षणहरूबाट प्राप्त नयाँ सूचनाका आधारमा फेरि तर्कहरू विकास गर्छ। नयाँ
तर्कहरूका आधारमा पुनः सिद्धान्त बनाई व्यावहारिक परीक्षण गर्छ । ती परीक्षणबाट
प्राप्त नयाँ सूचना फेरि तर्कबाट नयाँ सिद्धान्त बनाएर परीक्षण गर्ने काम सुचारु
गरिरहन्छ । तबसम्म गरिरहन्छ जबसम्म उसको मनमा आएका जिज्ञासाको उसले उत्तर भेट्दैन।
आज चाहे एक से एक वैज्ञानिक गनिएकाहरू
हुन् वा संसारका ठूला कहलिएका रिसर्च वा इनोभेसनका अखडा नै किन नहुन्, उनीहरूको काम
गराइको पारा, प्रकृति वा तर्क गर्ने क्षमतामा १९–२० फरक
होला । तर, ती सबैले आज सम्म जानेको, बुझेको र गरिरहेको नयाँ तथ्यको खोजी गर्ने प्रक्रिया मात्र यही नै
रहिआएको छ।
सुन्दा अचम्म लाग्ला तर तपार्ईं हामी
सबैले जानेको र महसुस गरेको कुरा के हो भने हुबहु त्यही तरिकाबाट प्रत्येक बच्चाले
जन्मेपछि हातखुट्टा चलाउन,
घस्रिन, हिँड्न र दौडन सिक्छ। संसारलाई
पलपल अवलोकन गरी संसारबारे आफ्नो अनुभूति र मान्यता विकास गर्छ। यसको मतलब के हो
भने आजको वैज्ञानिक अनुसन्धान भनेको आफ्नो मनमा जिज्ञासा पैदा हुँदा त्यसको उत्तर
खोज्न हामीले जुन प्रक्रियाबाट हिँड्न सिक्यौँ वा जुन प्रक्रियाबाट साइकल चलाउन
सिक्यौँ अथवा जुन प्रक्रियाबाट कपुरी क लेख्न सिक्यौँ, त्यही
प्रक्रिया अपनाउनु हो । फरक मात्र यति हो, जतिबेला हामी
बालक हुन्छौँ र हिँड्न खोज्छौँ त्यतिबेला हामी संसारलाई वास्ता गर्दैनौँ । काम
गर्दै सिक्दै गर्छौं । प्राकृतिक सफलताको व्यावहारिक भ¥याङ
उक्लन्छौँ। प्रायः सफल बन्छौँ ।
उमेर पुगेपछि आफ्नो अनुभव भन्दा
अर्काको कुरामा ज्यादा भर पर्छौं । काम गर्दै हैन, मात्र पढेर सिक्न खोज्छौँ। काममा लगन
कम दिँदै अप्राकृतिक प्रगतिको अपेक्षा गर्छौं । नतिजा, प्रायः
असफल बन्छौँ। असफलतामा निराश बन्छौँ । त्यसको अपजस आफ्नो आत्मा रतिका लागि
अर्कालाई थोपरेर अर्को नयाँ पेसा खोज्छौँ । फेरि फरक सन्दर्भमा उही यात्रा पुनः
दोहो¥याउँछौँ । सबैभन्दा चुरो कुरो हाम्रो हालका स्कुल र
विश्वविद्यालयले हामीलाई त्यसै गर्न अभिप्रेरित गरिरहन्छन् ।
आज हाम्रा सम्पूर्ण शैक्षिक संस्था, स्कुल र
विश्वविद्यालय हाम्रा विद्यार्थीलाई खानाबाट मानिसले शरीरका लागि चाहिने इनर्जी
प्राप्त हुन्छ भन्ने शिक्षा दिइरहेका छन् । विज्ञानले पहिचान गरे अनुरूप हामीले
श्वासप्रस्वासबाट लिने अक्सिजन मानिसको पहिलो र मुख्य इनर्जीको स्रोत हो । मानिसको
शरीरको सम्पूर्ण प्रणाली सञ्चालन गर्न र तन्दुरुस्त राख्न अक्सिजनले मुख्य इन्धनको
भूमिका निभाउने गर्छ । विज्ञानका अनुसार शरीरको निर्माण र सञ्चालनका लागि जरुरी
हुने दैनिक ऊर्जामा हावा (अक्सिजन) वाट ८३%, पानी वाट ११%
र खाना वाट ६% ऊर्जा शरीरले प्राप्त गर्ने गर्दछ। वेदमा रहेको विज्ञान जब बुझियो
त्यस पछि मात्र विज्ञानले यो गहिराइको ज्ञान प्राप्त गरी प्रमाणित गर्न सक्यो।
अक्सिजनले हाम्रो शरीरलाई आफ्नै वृद्धि गर्ने क्षमता प्रधान गर्छ। शरीरको तन्तुमा
विकास हुने हानिकारक रेडिकल्स हटाउने, वातावरणबाट
शरीरभित्र पुग्ने बिखालु पदार्थलाई निष्क्रिय तुलाउने, एनेरोबिक
ब्याक्टेरिया, परजीवी र भाइरस आदिलाई मार्ने र शरीरबाहिर
पठाउन अक्सिजनको भूमिका रहन्छ । त्यसैले अक्सिजनले हाम्रो रगतलाई डिटक्सिफाई गर्छ
भनिएको हो ।
हाम्रो शरीरले हामीले खाएको खानालाई
पचाएर ग्लुकोज बनाउँछ। उक्त ग्लुकोजलाई रगतले तन्तुतन्तुमा रहेको कोषिकामा पु¥याउने गर्छ ।
कोषिकामा रहेको माइकोकोन्ड्रियामा उक्त ग्लुकोजले एडिपीलाई एटिपीमा परिवर्तन गर्दै
शरीरका लागि चाहिने इनर्जी उत्पादन गर्छ। दैनिक रूपमा सामान्यतया वयस्क पुरुषलाई
जरुरी हुने १५०० क्यालोरी र वयस्क महिलालाई १२०० क्यालोरी इनर्जी जरुरत हुन्छ ।
विज्ञानका अनुसार सामान्यतया शरीरलाई आफ्नो तीन प्रकृतिका गतिविधिका लागि शक्तिको
जरुरी पर्छ । शरीरको तापक्रम व्यवस्थापन गर्न र जीवित राख्ने जस्ता आधारभूत कार्य
सञ्चालन (बीएमआर द्यःच्) गर्न लगभग ७० प्रतिशत इनर्जी खर्च हुन्छ। जसमा रक्तसञ्चार,
श्वासप्रश्वास, मुटु, फोक्सो, कलेजो, मिर्गौला,
दिमाग आदि स्वचालित गतिविधि पर्छन् । शरीरको अन्य भौतिक
गतिविधिमा लगभग २० प्रतिशत र ५ देखि १० प्रतिशत पाचन प्रक्रियामा खर्च हुने
मानिन्छ ।
शरीरलाई दैनिक चाहिने इनर्जी पूरा
भइसकेपछि कोषिकामा पुग्ने अनावश्यक ग्लुकोज नपचाई कि त बोसोका रूपमा परिवर्तन गरी
सञ्चय गर्नुपर्ने हुन्छ कि त बाहिर कुनै तरिकाबाट फाल्नु जरुरी हुन्छ। कोषिकामा
हुने मेटाबोलिजममा अक्सिजनबाट ९० प्रतिशत इनर्जी आउने हुँदा शरीरको दैनिकीलाई
जरुरीभन्दा बढी हुन जाने कोषिकामा पुगेको मात्र एक ग्राम ग्लुकोज खर्च गर्न
मानिसले लगभग १५ मिनेट हिँड्नुपर्ने हुन्छ।
विज्ञानले आजसम्म औपचारिक रूपमा
मानिसको भौतिक शरीरलाई मात्र चिनेको छ वा पहिचान गर्छ। भौतिक शरीर सम्पूर्ण रूपमै
प्रकृतिबाटै आउँछ र अन्ततः सबै प्रकृतिमै फर्कन्छ।
पिताले प्रकृतिबाट लिएको हावा, पानी, खाद्य अखाद्य आदिबाट बनेको वीर्य र माता श्रोतले सोही स्रोतबाट लिएको
पदार्थबाट गर्भाशयमा बनाएको डिम्बको गर्भाधानबाट बनेको भ्रूण प्रकृतिबाट प्राप्त
पदार्थहरूको संकलित थुप्रोका रूपमा मानवलगायत जीवहरूको भौतिक शरीर बन्ने र हुर्कने
गर्छ। जीवित रहँदा प्रकृतिबाट विभिन्न तत्व जस्तै, मिनरल,
पानी, लवण, खाना,
हावा आदि जोगाड गरी शरीरको सञ्चालन र वृद्धि हुने गर्छ ।
त्यस्तै मुख्यतः पाँच अंग ठूलो आन्द्रा
(गुदद्वार), मृगौला (पिसाब), फोक्सो (श्वास), कलेजो (विषादी) र छाला (पसिना) मार्फत प्रकृतिबाट जम्मा गरेको तत्व
भिन्न रूपमा शरीरले प्रकृतिमा फिर्ता गर्ने गर्छ । जीवित रहँदासम्म मूर्त शरीर र
प्रकृतिबीच यस्तो किसिमको लेनदेन चलिरहन्छ । जसका लागि इनर्जी जरुरी हुन्छ ।
शरीरको मृत्युपश्चात् शरीरमा
ब्याक्टेरिया आदिको संक्रमणबाट शरीरको फ्रमेन्टेसन हुने र पानी तथा
कार्बनडाइअक्साइड बन्दै प्रकृतिमै फर्कने र बचे खुचेको शरीरमा ब्याक्टेरिया पछि
मोल्ड, इस्ट
अनि सुलसुले किरा आदिको संक्रमणमार्फत मांश पदार्थ र हड्डी आदि कुहिने र
डी–मिनीरलाइजेसनमार्फत मिनिरलहरू प्रकृतिमै फर्कन्छ।
अन्ततः शरीरले प्रकृतिबाट जम्मा गरेको
कुराहरू प्रकृतिमै बिस्तारै सबै नै फिर्ता गर्ने गर्छ । इनर्जी न त पैदा नै हुनेछ
न त नष्ट नै । यो त मात्र एक रूपबाट अर्को रूपमा परिवर्तन हुने गर्छ भन्ने
सिद्धान्त यहाँ पूर्ण रूपमै लागू हुने गर्छ ।
तर्कका आधारमा सिद्धान्त बनाउने र
सिद्धान्तको भौतिक रूपमै व्यावहारिक परीक्षण गरिहेर्दा सफल भेटिए मात्र त्यसलाई
सही ठम्याउने विज्ञानले हाम्रो भौतिक शरीरको प्रकृतिसँगको लेनदेनमा आधारित जन्म, जीवन र मृत्यु आदि
तथ्यहरू केही हदसम्म बनेको छ । शरीरमा सन्तान वृद्धिको क्षमता राख्ने वीर्य बन्दै
गर्दा अभौतिक पदार्थ (आत्माको) भौतिक पदार्थमा हालसम्म बुझ्न नसकिएको प्रक्रियाबाट
संयोजन भई भौतिक पदार्थमा जीवन दिने तर उक्त जीवन भौतिक पदार्थ निर्मित स्थूल शरीर
नमर्दा सम्मको विन्दुसम्म मात्र जोडिइरहने अनि मृत्युको विन्दुमा पुनः हालसम्म
बुझ्न नसकिएको प्रक्रियाबाट वियोजन हुनेबारे विज्ञानले कुनै भेउ पाउन सकिरहेको छैन
।
मस्तिष्कमा आउने तर्क र तर्कले पैदा
गर्ने सिद्धान्तलाई विचार भनी नामकरण गर्दै गर्दा आत्मा, चेतना र मन जस्तै
विचार पनि अभौतिक तत्व हो भनी मान्ने विज्ञानले यी अभौतिक तत्वका उपजहरू कसरी
भौतिक प्रकृतिको वचन, कर्म, गति,
ध्वनि, प्रकाश र अन्य शक्ति उत्पादन
गर्न सक्षम बनिरहेका छन् भन्ने पहिचान गर्नसमेत सकिरहेको छैन ।
तर्कका आधारमा सिद्धान्त बनाउने र
सिद्धान्तको भौतिक परीक्षण गरी अघि बढ्नुलाई आफ्नो सम्पूर्ण चरित्र बनाएको
विज्ञानले आफ्नो मस्तिष्कमा आउने ती तर्क कहाँबाट कसरी आयो त भन्ने यकिन गर्न
सकिरहेको छैन । बोल्ने तालिम प्राप्त सुगाले ‘गोपी किष्णको’ भन्दै गर्दा मीठो
स्वरले स्रोतालाई रोमाञ्चित गराइरहँदा त्सभित्रको अन्तर वस्तुको विशाल अर्थ र मर्म
नबुझे पनि सुगाको जिन्दगी चले जस्तो सीमित दायरामा जकडिन पुगेको विज्ञानले विशाल
जन समुदायलाई धेरै हदसम्म रोमाञ्चित गर्न भने सकिरहेको अवस्था हो ।
‘इनर्जी न त पैदा नै गर्न सकिन्छ न त नष्ट नै, सकिन्छ
त मात्र एक रूपबाट अर्को रूपमा परिवर्तन गर्न’ भन्ने सिद्धान्त बोकेको विज्ञानले
आफ्नो दैनिकीको न त उत्पत्तिको मुहान पहिचान गर्न सकेको छ न त अन्तिम गन्तव्य।
भौतिक शरीर कहाँबाट आयो र कहाँ गयो भनी सम्पूर्ण चित्रण गर्न सकेको विज्ञान
आध्यात्मिक प्रकृतिका आत्मा, चेतना, मन, विचार, अहंकार,
अनुभूति, रिस, माया,
घृणा आदि कहाँबाट आउछ र कहाँ गएर समाप्त हुन्छ भन्ने सन्दर्भमा
वास्तवमै अलमलमा जाकिएको छ।
अँध्यारो उज्यालोको विपरीत हैन, बरु अँध्यारो रहनु
भनेको उज्यालोको अनुपस्थितिको अवस्था हो भन्ने अनुभूति लिन नसकेको विज्ञानले
प्रकृतिमा इनर्जी कहाँबाट आयो र कहाँ जान्छ भन्ने उत्तर कहिल्यै भेटेन। तेसैले
निचोड निकाल्यो ‘इनर्जी न त पैदा नै गर्न सकिन्छ न त नष्ट नै । सकिन्छ त मात्र एक
रूपबाट अर्को रूपमा परिवर्तन गर्न ।’
अनुसन्धानबाट प्राप्त भौतिक तथ्यमा
आधारित भएर निचोड निकाल्ने माध्यमबाट विषयको समग्र अन्तरवस्तु पहिचान गरी निचोडमा
पुग्ने विज्ञानको तरिका वास्तवमै अपूर्ण छ। अध्यात्मको पूर्ण पहिचान र अनुभूति
गर्नका लागि विज्ञानले आफूलाई यसको परम्परागत अनुसन्धानको घेराबाट माथि उठाउन
जरुरी हुनेछ । किनकि आध्यात्मिक ज्ञान भनेको विज्ञानको विपरीतको अवस्था बारेको
विद्या हैन । बरु आध्यात्मिक ज्ञान अन्तर्गतका धेरै विद्या मध्येको एक अविद्या
मात्र हो विज्ञान। आध्यात्मिक ज्ञानमा संसारिक अस्तित्वदेखि सिर्जना सम्मको ज्ञान, ब्रह्माण्डको उत्पति
र ब्रह्माण्डभित्रका गतिविधिको र तिनीहरूको संसारिक अस्तित्व, सिर्जना र ब्रह्माण्डसँगको संयोजनबारे ज्ञानहरू समेटिएका छन्।
अध्यात्मका अनुसार संसारिक अस्तित्व र
तपार्ईं लगायत सम्पूर्ण विषयवस्तुको संसारिक अस्तित्वको मुख्य र एक मात्र स्रोत
भनेको कस्मिक कन्सियसनेस (Cosmic
Conciousness) हो। जसलाई तत्पुरुष (वीर्य वा भ्रूण शक्ति) र
नारीत्व (अण्ड) शक्ति भनिन्छ) । शिवशक्ति बनेको
वास्तवमा पुरुष र नारी शक्ति भनिएको हो । प्रकृति भन्ने शब्द कालान्तरमा नारीका
नाममा प्रचलनमा आएको देखिन्छ । जब पुरुष (male formless, colorless,
choiceless, beyond attributes energy of passive awarness) प्रकृति
(Productive female energy of active attributes of awarness with form,
color and choice) सँग मिल्छ ब्रह्माण्डको (Conciousness)
सिर्जना हुन्छ। जसरी पुरुषको वीर्य महिलाको डिम्बसँग गर्भाशयमा
मिल्न पुग्दा प्रकृतिको आज सम्मकै उत्कृष्ट उपहार जीवनको अस्तित्व सम्भव बनेको छ,
त्यसरी नै प्रकृतिको गर्भबाट ब्रह्माण्डको जन्म हुन्छ । कस्मिक
कन्सियसनेस संसारको एक मात्र इनर्जीको स्रोत रहेकाले अस्तित्वमा रहेको जीवन,
पृथ्वी, ब्रह्माण्ड र शिवशक्तिबीच
कन्सियसनेस (Conciousness) मार्फत जीवनभर सम्पर्क स्थापित
हुन्छ ।
धेरै सूक्ष्म रूपमा हेर्दा हाम्रो सानो
परिवारमा लोग्ने–स्वास्नीबीच माया,
प्रेम, मोह, अहंकार,
तिष्णा र घृणाको अन्तर सम्बन्ध हुन्छ। त्यति हुँदा हुँदै हाम्रो
सन्तान, दरसन्तानको अस्तित्व सम्भव बनिरहेको छ । माया,
मोह, अपेक्षा, उपेक्षा
आदिको त्यान्द्रोमा पूर्ण रूपमा जोडिएर पारिवारिक साम्राज्य निरन्तर चलिरहेको छ ।
बृहत् सन्दर्भमा समेत शिवशक्ति, पुरुष, प्रकृति, ब्रह्माण्डको र ब्रह्माण्डका
प्रत्येक जीवत्माबीच कन्सियसनेस मार्फत सञ्चार स्थापित हुँदै सहअस्तित्व सम्भव
बनेको छ ।
नेपालमा बोलिएका "जब विज्ञानको
अन्त्य हुन्छ तब अध्यात्मको सुरु हुन्छ" भने गम्भीर भन्ने गम्भीर जाल साँची
युक्त पाखण्डलाई ब्रह्मराक्षस रुपी सन्देशको रूपमा पहिचान गर्न नसक्दा विना अध्ययन
प्रस्तुत गरिएको र स्थापित गर्न खोजिएको यस्ता फगत बकवास समाजको लागि वेद र
विज्ञान दुवैको प्रगति रोक्ने जहरको खानि बनिरहने छ। वैदिक मान्यता अनुसार
‘महिला–पुरुष सचेतन शक्ति’ मार्फत ‘प्रकृति’ को कोखबाट ‘ब्रह्माण्ड’ को सिर्जना
हुन गयो। ब्रह्माण्डभित्र रहेको पृथ्वीमा रहेका मानव जातिले अनुसन्धानबाट प्राप्त
भौतिक तथ्यमा आधारित भएर निचोड निकाल्ने र व्यावहारिक मार्गबाट सत्यको नजिक पुग्ने
प्रयास गर्दैगर्दा विज्ञान क्षणिक रूपमा सीमित खण्ड भित्रको सीमित ज्ञानमा
सुरुवातमा जकडिन पुग्यो। कालान्तरमा वेदमा रहेको विज्ञान बुझेको विज्ञानले
सम्पूर्ण सांसारिक सहअस्तित्व तर्फ आफ्नो माटो मोड्यो। त्यो मार्गले विज्ञानलाई
जीवात्मा उत्पत्ति र गन्तव्यको विन्दु र त्यो बाहिर समेतको विज्ञान प्रयोजन विहीन
बनेर बिलाइरहेको तत्त्व ज्ञान दियो। जसले विज्ञानलाई नियमित सुधार मार्फत आफ्नो
क्षमता बिस्तारमा लाग्ने पथ प्रदर्शन गरिदियो।
विज्ञानको आजसम्मको प्रगति र अलमललाई
नियाल्दा उत्पत्ति देखि उत्पत्तिकै विन्दुसम्म आफ्नो प्रयोजन स्थापित गर्ने
विज्ञानको हालको प्रयास पूरा हुन भने निकै लामो समय कुर्नुपर्ने देखिन्छ । जबसम्म
विज्ञान उक्त दुई विन्दुबाट आफूलाई बाहिर सम्म आफ्नो प्रयोजन स्थापित गर्न सक्ने
छैन तबसम्म अध्यात्मको सामुन्ने विज्ञान धेरै पुड्को साबित भइरहने कुरामा संसारमा
खासै कुनै विवाद भेटिन्न ।
भौतिकतामा जीवन
फगत जिउनको लागि हुन्छ ।
उकाली ओरालीहरू जीवनका
दिन काटिदिने बहाना बन्दछ॥
अध्यात्मको दुनियाँमा जीवन
अनुभूतिको प्रयोगशाला हुन्छ ।
जीवनका प्रेम, करुणार अनुभूति
जीवन जिउने सहारा बन्दछ ॥
दाना मकैको भौतिकतामा
भुटिखाने अन्न बन्दछ ।
अनुभूतिमा अध्यात्मको
वीज भित्रको बोट बन्दछ॥
असत्य छ भौतिकता
अनुभव पनि असत्य हो।
जीवन मिथ्या, जगतमिथ्या
माया, प्रेम, करुणामिथ्या
॥
अविद्याको गहिराइमा
भेटिनेछ विद्याको जग ।
आवरण भित्र असत्यको
भेटिनेछ सत्यको भव:॥