आर्थिक, सांस्कृतिक र सामाजिक अतिक्रमणको कथा
आज भन्दा मात्र १००० वर्ष अघि ३० प्रतिशत हिस्सा ओगट्ने भारत वर्षको सबै भन्दा सम्पन्न मुलुक थियो। एङ्गस म्याडिसनको अनुमान (Angus Maddison's Estimate) अनुसार १ सिई (CE) देखि २००३ सिई (CE) सम्मका प्रमुख विश्व अर्थतन्त्रहरूको विश्वको जिडिपीमा रहेको विश्वव्यापी योगदानको डाटा अनुसार १८ औँ शताब्दीको प्रारम्भसम्म, चीन र भारत कुल जिडिपी (GDP) उत्पादनको आधारमा दुई ठुला अर्थतन्त्रहरू थिए।
Source: https://commons.wikimedia.org/wiki/File:Share_of_Global_GDP.gif#
माथिको ग्राफको एक्स एक्सिसमा रहेको गैर-रैखिक स्केलमा
देखिएको तथ्याङ्कले भारत र चीनको तत्कालीन प्रभुत्वलाई देखाउने गर्दछ। अक्सफोर्ड
विश्वविद्यालयको प्रेस, विश्व अर्थव्यवस्था आइ - २०३० एडि (AD) को
रूपरेखा, २६१, म्याडिसन ए (२००७)
मा प्रकाशित डाटा तालिका अनुरूप हामीले एक हाम्रो आफ्नै परम्परागत संवृद्धि बारे
अत्यन्त महत्त्व पूर्ण सूचना लिन सक्दछौ।
त्यो के हो भने तत्कालीन भारत वर्ष भित्रको मानिने नेपाल खण्डको स्वतन्त्र मुलुक नेपालको आज भन्दा मात्र १००० वर्ष अघि ३० प्रतिशत हिस्सा ओगट्ने भारत वर्षको सबै भन्दा सम्पन्न मुलुक थियो।
जिडिपीले (GDP)
कुनै पनि देशको कुल उत्पादन र बिक्री वारेको जानकारी
दिन्छ। उदाहरणको लागि यदि कुनै देशको कुल उत्पादन (GDP) १००
मूल्य रुपियाँ छ। यदि त्यो मुलुकको कुल उत्पादन १०० रुपियाँमा ७० रुपियाँ आफ्नै
दैनिकीको लागि खर्च गर्दछ भने त्यो मुलुकको आफ्नो जिडिपी १०० हुन्छ भने आफ्नो
जिडिपीको ७० प्रतिशत उसले आफ्नै उपभोगमा खर्च गरेको हुन्छ। कुल उत्पादन र कुल
खर्चको फरक ३०% वाट त्यो मुलुकको अन्य खर्च, लगानी र बचत
आदिको जोहो हुने गर्दछ।
आज भन्दा मात्र १००० वर्ष अघि विश्वको
कुल उत्पादनको ३० प्रतिशत हिस्सा ओगट्ने भारत वर्षको सबै भन्दा सम्पन्न मुलुक थियो
नेपाल। नेपालमा प्रशस्त विज्ञान,
प्रविधि, सिप, ज्ञान
र उद्यमशीलता विना पक्कै सम्भव थिएन।
समय क्रममा हामीले हाम्रा पुस्ताको
मात्र एक हजार वर्ष पहिलेको परम्परागत ज्ञान,
सिप र प्रविधि लाई नियमित गर्न नसक्नु र हामी अर्काको नक्कलमा
भुलेर आफ्नो लोभलाग्दो संवृद्धि लाई नियमित गर्न चुकेको प्रस्ट हुन्छ।
यो आधारमा हामीले के यकिनका साथ भन्न
सक्दछौ भने मात्र एक हजार वर्ष पहिले नेपालमा प्रशस्त विज्ञान, प्रविधि, सिप, ज्ञान र उद्यमशीलता विकसित भएर
अस्तित्वमा थियो।
समय क्रममा हामीले हाम्रा पुस्ताको
मात्र एक हजार वर्ष पहिले सम्म अविच्छिन्न रहेको परम्परागत ज्ञान, सिप र प्रविधि लाई
समेत नियमित गर्न सकेनौ। हामी अर्काको नक्कलमा भुलेर आफ्नो लोभलाग्दो संवृद्धि लाई
नियमित गर्न चुकेको यसले प्रस्ट गर्दछ।
यो किन र कसरी भयो ? यसको उत्तर खोज्न हाम्रो लागि अत्यन्त जरुरी छ। हामीले हाम्रा पुर्खाले वैदिक काल देखि आजको दिन सम्म विकसित गरेको विज्ञान र प्रविधि तथा तिनको उपयोग वाट भएको औद्योगीकरणको विनाश विगतमा कसरी सम्भव पारियो भन्ने बारे बुझ्न लर्ड म्याकाउलेको २ फेब्रुअरी १८३५ मा बेलायती संसद्मा प्रस्तुत भारत वर्षको आफ्नो भ्रमण वारेको बयानले (नेपालीमा उल्था सहित) प्रस्ट गर्दछ।
लर्ड म्याकाउलेको बेलायती संसद्ममा
बयान (२
फेब्रुअरी १८३५)
“हालै मैले भारतको लम्बाइ र चौडाइको सम्पूर्ण यात्रा पुरा गरेँ। मेरो
भ्रमणको क्रममा मैले त्यो देशमा एउटा पनि भिखारी र चोर भेटिन।
असाधारण गुणहरू र उच्च नैतिक मूल्य
बोकेका उक्त मुलुकका मानिसहरू देखेर मलाई यो विश्वास भयो कि; जब सम्म त्यहाँ स्थापित रहेको आध्यात्मिक र सांस्कृतिक सम्पदालाई हामीले
ध्वस्त पार्न सक्ने छैनौ, तव सम्म हामीले त्यो देशलाई
आफ्नो कब्जामा लिन सक्ने छैनौ।
त्यसैले म यो प्रस्ताव गर्दछु कि त्यस
मुलुकमा स्थापित आध्यात्मिक र सांस्कृतिक सम्पदाको अधारलाई पूर्ण रूपमा ध्वस्त
गर्न त्यस राष्ट्रको बलिष्ठ मेरुदण्ड बनेर रहेको त्यहाँको पुरानो शिक्षा प्रणाली, आध्यात्मिक र
सामाजिक संस्कृतिलाई हाम्रोले प्रतिस्थापन
गरौँ। भारतीयहरूले यो सोचूँन कि विदेशी
सबै कुरा र अङ्ग्रेजी भाषा उनीहरूको भन्दा उत्कृष्ट छ। त्यसो हुन् सक्दाको
विश्वासले तिनीहरूले आफ्नो आत्मसम्मान गुमाउने छन्।
उनीहरूलाई आफ्नो परम्परागत मूल
संस्कृतिवाट निकै पर धकेल्न सकिने छ। आत्मा सम्मान गुमाएका उनीहरूको देश हाल
हामीले चाहेजस्तै, हाम्रो वास्तविक गुलाममा परिवर्तित बनिसकेको हाम्रो नियन्त्रणको
राष्ट्र बन्ने छ।
२ फेब्रुअरी १८३५ मा
लर्ड म्याकाउले गरेको ब्रिटिस संसद्को सम्बोधन।
मात्र ८०० वर्ष अघि अक्फोर्डले अघि
सारेको आधुनिक अर्थशास्त्र र समाज शास्त्रको विषाक्त जहरको इन्जेक्सन भारत हुँदै
हाम्रो समाजमा समेत यत्र तत्र छरियो।
गुरु बाट शिक्षकको पदवी भिरेकाहरु
मार्फत यसको निकै ठुलो दुरुपयोग गरियो। परम्परागत ज्ञान, संस्कृति र
अध्यात्मको पक्षधरलाई हाम्रै पाठशाला, स्कुल, कलेजका गुरुबाट शिक्षकमा परिवर्तन बनेका सचेत वर्ग मार्फत जङ्गली,
अज्ञानी, पाखे र रुढीवादीको ट्याग लगाउन
थालियो।
यो थियो भारतको कुरा।
नेपालभने कहिल्यै कसैको उपनिवेश भएन।
तर, यहाँका
शासक भने विदेशीको सदैव प्यादा वने। उपनिवेश नबनेरैपारिको काउली खाएर वारि शासन
गर्नेले यता पनि नयाँ शिक्षा लागू गरे। वर्ग, जात,
राज्यसञ्चालनमा समूह स्वार्थ लादने लठैत समूहमार्फत राज्य
सञ्चालन भयो ।
बिकुवा शिक्षा र न्याय प्रणाली
परिचालित बने । वैदिक ज्ञान,
हाम्रा रैथाने सीप, ज्ञानर प्रविधिको
जरादेखि उखेल्ने काम गरिए। कृषि र व्यापारमा परनिर्भरता विकास गरी मुलुकलाईविदेशी
उत्पादनको एकाधिकार भएको बजार र उपभोक्ताका रूपमा परिवर्तन गरियो। पछि भारत बाट अंग्रेज
हटे ।
हाम्रा शासकमा विदेशीहरूको जति ठूलो
हनुमान बन्न सक्यो त्यति लामो समय शासनमा रहने प्रतिस्पर्धा बन्यो। आजको दिनमा
आइपुग्दा न हाम्रो शिक्षा प्रणाली हामीलाई सहयोगी रह्यो न हाम्रोआफैँले कर तिरेर
जनताको नोकर हुनुपर्ने कर्मचारीतन्त्र हाम्रो रह्यो न न्यायका लागिअदालत नै हाम्रो
आफ्नो बन्न सक्यो।
जनताको नोकर रहनुपर्ने कर्मचारीतन्त्र
मालिक बनेर जनता तर्साउने घुसखोर बने । अफिस जागिर खानजाने थलो, कामगर्दा त
पावरवालाको भए ओभरटाइम, तागतहीन जनताको काम भए घुस चाहिने
अघोषित संस्कार बन्यो।
ज्ञान वा अविद्या रहेको तर नैतिकता
च्युत पाठ्यक्रम मार्फत हाम्रो समाजमा आजको दिन सम्म नियमित भइरहेको विष वमनले
हाम्रा आफ्नै धेरै सन्ततिहरू नेपाली बाउँका अङ्ग्रेजी औलाद बने।
तिनै संस्थाका सो कल्ड आधुनिक, वैज्ञानिक भनिएका
सचेत वर्ग भनिएका हरुको हातमा हाम्रो राजनीति पुग्यो, शासन
व्यवस्था पुग्यो, पत्रिका र सम्पूर्ण सामाजिक वितृष्णा
मार्फत मुलुकलाई धराशायी गरेर मुलुकलाई विदेशी उत्पादन, बिचार
र रणसङ्ग्रामको कठपुतली मुलुकमा परिवर्तन गरियो।
समय क्रममा भारत भने बिस्तारै उपनिवेश
वादको घन चक्कर वाट आफूलाई मुक्त गर्दै विकसित मुलुक बन्ने प्रतिस्पर्धामा पुग्दै
गर्दा हाम्रोमा जान युद्धको नाममा निम्तिए विद्रोहको तारो समेत त्यसका नेताहरूले
सनातन संस्कार लाई धुलोमा मटाउनेमा रहन पुग्यो। जसलाई अगस्त १४,
२००७ मा तत्कालीन नेकपा माओवादीका विदेश विभाग हेर्ने केन्द्रीय
समिति सदस्य कृष्ण बहादुर महराले अमेरिकी दूतावासका राजदूत न्यान्सी पावेल लाई
माओवादीको तर्फबाट लेखेको पत्रले पुष्टि गर्दछ।
अगस्त १४, २००७ मा तत्कालीन
नेकपा माओवादीका विदेश विभाग हेर्ने केन्द्रीय समिति सदस्य कृष्ण बहादुर महराले
अमेरिकी दूतावासका राजदूत न्यान्सी पावेललाइ नेपाल मामला बारे उल्लेख गर्दै
अमेरिकी सरकारलाई नेपाली माओवादीको तर्फवाट नयाँ सम्बन्ध विकासका लागि आह्वान गरी
लेखेको पत्रले धेरै कुरा सङ्केत गर्ने छ।
पाठकको सुविधाको लागि अङ्ग्रेजीमा
लेखेको पत्रको अनौपचारिक नेपालीमा अनुवाद यस्तो छ।
Ambassador
Nancy Powell
U.S.
Embassy
Kathmandu,
Nepal
राजदूत न्यान्सी पावेल
अमेरिकी दूतावास
काठमाडौँ, नेपाल
August
14, 2007
अगस्त १४, २००७
Dear
Ambassador Powell,
प्रिय राजदूत पावेल,
Namaste,
and welcome to Nepal.
नमस्ते, नेपालमा स्वागत छ।
It
is our sincere desire that your tenure in Nepal will be satisfying and productive. We hope that during your time of service here
you will see substantial changes towards peace and justice across our land.
नेपालमा तपाईको कार्यकाल सन्तोषजनक र
फलदायी होस् भन्ने हाम्रो हार्दिक इच्छा छ। हामी आशा गर्दछौं कि तपाईको सेवा
अवधिमा तपाईले हाम्रो देशमा शान्ति र न्यायको दिशामा उल्लेखनीय परिवर्तनहरू
देख्नुहुनेछ।
We
are very hopeful that with your arrival there will be a new beginning in the
relationship between the U.S. Government
and CPN-M. We feel that it was
unfortunate that a dialogue between us was not obtained with your predecessor.
तपाईँको आगमन अमेरिकी सरकार र नेकपा
माओवादीबिचको सम्बन्धमा नयाँ सुरुवात हुनेछ भन्नेमा हामी पूर्ण आशावादी छौँ।
तपाईँका पूर्ववर्तीसँग हामी बिचको वार्ता हुन नसकेकोमा हामी दुर्भाग्यपूर्ण महसुस
गरिरहेको छौ।
As
for the past, on February 13, 1996, after we had exhausted every avenue, we
knew of to bring about a substantial change to the Nepal Government, we
organized a revolution against a corrupt Monarchy.
नेपालको शासन व्यवस्थामा ठुलो परिवर्तन
ल्याउन हामीले जाने बुझेको सबै उपायहरू समाप्त भएको अनुभूति गरेपछि विगतको १३
फेब्रुअरी, १९९६ वाट हामीले भ्रष्ट
राजतन्त्र विरुद्ध क्रान्ति गर्यौँ।
The
Brahmin Hindu politicians and government leaders had been uncaring of the
plight of the common people.
ब्राह्मण हिन्दु राजनीतिज्ञ र सरकारमा
रहेका नेताहरूले आम जनताको दुर्दशाप्रति बेवास्ता गरिरहे।
An
understanding of the fate of the common Nepali people has been clearly pointed
out by Professor Dor Bahadur Bista in his book "Fatalism &
Development".
आम नेपाली जनताको भाग्यको बुझाइलाई
प्राध्यापक डोरबहादुर विष्टले आफ्नो पुस्तक ‘नियतिवाद र विकास’ मा स्पष्ट
रूपमा औँल्याएका छन्।
He
shows how Nepal has little future while it is ruled by Brahmin Hindu teaching.
उनले नेपालमा ब्राह्मण हिन्दु शिक्षाले
शासन गर्दा सम्म नेपालको भविष्य कसरी सीमित हुने छ भनी प्रस्ट पारेका छन्।
Incidentally,
for writing and saying such things, he paid for it when in 1995 he disappeared
from a bus coming from West Nepal in the middle of the night.
संयोगवश, त्यस्ता कुराहरू लेखे र बोले बापत सन् १९९५ मा मध्यरातमा पश्चिम नेपालबाट आउँदै
गरेको बसबाट मध्य रातमा बेपत्ता हुनु पर्ने मूल्य उनले चुकाउनु पर्यो।
I
would like to point out that even though the revolution is substantially over,
still the Congress Party and others refused to change the constitution to allow
individuals to freely choose their own religion.
म उल्लेख के गर्न चाहन्छु भने क्रान्ति
पर्याप्त मात्रामा सकिए पछि पनि व्यक्तिले आफ्नो धर्म स्वतन्त्र रूपमा रोज्न पाउने
अधिकार दिनको लागि काँग्रेस पार्टी र अरूले संविधानमा संशोधन गर्न अस्वीकार गरे।
This
is just one point that indicates that we must continue to be vigilant and
strong.
यो एक मुख्य सन्दर्भ हो जसले सङ्केत
गर्दछ कि हामी अझै नियमित सतर्क र बलियो हुन आवश्यक छ।
Our
goal is to see the Monarchy completely removed from Nepal.
हाम्रो लक्ष्य राजतन्त्रलाई नेपालबाट
पूरै हटाएर बिदा गर्नु हो।
Otherwise,
our country will continue to be governed by corrupt politicians, who according
to their Hindu teaching, are deserving of all the fruits of the land.
अन्यथा, हाम्रो देशमा भ्रष्ट राजनीतिज्ञहरूले
नियमित शासन गरिरहने छन्। हिन्दु शिक्षाको विशिष्ट व्याख्या मार्फत आफ्नो भ्रष्ट
राजनीतिक कार्यहरूलाई जायज करार गरिरहनेछन्।
May
I mention that we are aware that we have not been able to meet all of the
expectations that your predecessor had.
म यो पनि उल्लेख गर्न चाहन्छु, हामी यो कुरामा
सचेत छौँ कि, तपाईँका पूर्ववर्ती समकक्षीहरूले गरेका सबै
अपेक्षाहरू हामीले पूरा गर्न सकेनौँ।
However,
after 10 years of warfare to change everything and everyone in such a diverse
and widespread organization is not easy and takes time.
यथार्थमा, १० वर्षको युद्धले
विकास गरेको विविध र फराकिलो सङ्गठनमा संलग्न रहेका सबै व्यक्ति र सबै कुरामा
परिवर्तन गर्न सजिलो थिएन। समय लाग्यो।
For
instance, not long ago, a few YCL cadres took it upon themselves to pelt
Ambassador Moriarty's vehicle with rocks.
उदाहरणका लागि, केही समय अघि
वाईसीएलका केही कार्यकर्ताहरूले राजदूत मोरियार्टीको गाडीलाई ढुङ्गाले हानेका थिए।
This
was an embarrassing event for our organization.
यो हाम्रो पार्टीको लागि एक लज्जास्पद
घटना थियो।
These
cadres were neither instructed to do so, nor did we expect this action to come
from our people. Nevertheless, it did.
Please accept our apologies.
ती कार्यकर्ताहरूलाई न त त्यसो गर्न
निर्देशन दिइएको थियो। न त हामीमा हाम्रा कार्यकर्ताहरू बाट यस्तो कर्म हुने
अपेक्षा नै थियो। तैपनि, त्यसो गरियो। त्यस कार्यको लागि कृपया हाम्रो तर्फबाट माफी स्वीकार
गर्नुहोस्।
During
the Revolution we found ourselves faced with many difficult situations.
क्रान्तिको क्रममा हामीले धेरै जटिल
परिस्थितिहरूको सामना गर्नु पर्यो।
One
of them was when we discovered that two U.S. Embassy employees were seeking to
collect information about the CPN-M leadership.
ती मध्ये एक त्यो घटना थियो जसमा
हामीले अमेरिकी दूतावासका दुई कर्मचारीले नेकपा-माओवादीको नेतृत्व बारेका
जानकारीहरू सङ्कलन गर्न खोजिरहेको कुरा पत्ता लगायौँ।
Whether
they were doing this of their own accord, or whether it was at the instigation
of pro-Monarchy forces we do not know.
उनीहरूले यो आफ्नो स्वेच्छाले गरिरहेका
थिए वा राजतन्त्रका समर्थक शक्तिहरूको उक्साहटमा यो काम भइरहेको थियो, त्यो हाम्रो
जानकारीमा थिएन।
However,
since we were at war, the situation seemed to be very serious.
कारण जे सुकै रहेता पनि, तत्कालीन समयमा
युद्धमा रहेको हामीहरूको लागि यो परिस्थिति निकै गम्भीर देखिन्थ्यो।
At
the time, we felt that their spying on the Maoist leadership had to be
curtailed and they were killed by the CPNM cadres.
हामीले त्यति बेला माओवादी
नेतृत्वमाथिको जासुसी गरिएको महसुस गरेका
थियौँ । त्यसै बिच उल्लेखित प्रकृतिका जासुसी गतिविधिहरू रोक्न वा सीमित गर्न
आवश्यक रहेको एक निर्णय लिइयो। जसको आधारमा जासुसीमा संलग्न व्यक्ति वा समूहलाई
नेपाल कम्युनिस्ट पार्टी माओवादीका सदस्यहरूले मारेका थिए।
Perhaps
this incident was seen to be an attack on the U.S. Government, but that was not
the case.
सायद यो घटनालाई अमेरिकी सरकार माथिको
आक्रमणको रूपमा हेरिएको हुन सक्दछ,
तर वास्तविक यथार्थ त्यस्तो थिएन।
We
are sorry that you lost two of your employees in such a manner and I wanted to
enlighten you on the circumstances that led to it.
हामी दुःखी छौँ कि तपाईँहरूले आफ्नो
दुई कर्मचारीहरू त्यसरी गुमाउनु भयो। त्यस्तो परिस्थितिहरू कसरी उत्पन्न हुन पुगे
भन्ने बारे म तपाईँलाई प्रस्टीकरण दिँदै
छु।
Let
me assure you that such an incident will not be repeated in the future.
म तपाईँलाई भविष्यमा यस्तो घटना
दोहोरिने छैन भन्ने विश्वास दिलाउन चाहन्छु ।
We
have very strictly instructed out cadres that under no circumstances are any
U.S. citizens or Nepalese working at the U.S. Embassy to be targeted.
हामीले कुनै पनि परिस्थितिमा अमेरिकी
दूतावासमा काम गर्ने अमेरिकी नागरिक वा नेपालीलाई लक्षित नगर्नका लागि हाम्रा
कार्यकर्ताहरूलाई कडा निर्देशन दिएका छौँ।
Consequently,
I was greatly alarmed this Spring when our party received information from a
reliable intelligence source.
त्यसको लगतै, यही वसन्तमा
(स्प्रिङ सिजन) भरपर्दो खुफिया स्रोतबाट
हाम्रो पार्टीले प्राप्त गरेको सूचनाले म धेरै चिन्तित बने।
We
were informed of a Palace plan to kill high level U.S. Embassy officials and
have it blamed on CPN-M cadres.
अमेरिकी दूतावासका उच्च तहका
अधिकारीहरूलाई मार्ने र नेपाल कम्युनिस्ट पार्टी माओवादीका कार्यकर्ताहरूलाई दोष
थोपर्ने दरबारको योजनाको बारेमा हामीलाई जानकारी दिइएको छ।
The
Palace is adept at disseminating false stories about CPN-M and I knew that if
this plot were successfully carried out it would be impossible for us (to)
prove that we were not involved.
दरबार नेकपा-माओवादीको बारेमा झूटा
कथाहरू फैलाउन माहिर छ। मलाई यो थाहा छ कि,
यदि यो षड्यन्त्र सफलतापूर्वक सम्पन्न भएको खण्डमा त्यसमा हामी
संलग्न छैनौँ भनेर प्रमाणित गर्न हाम्रा लागि असम्भव हुनेछ।
Such
an event would have greatly strengthened the pro-Monarchy forces and, not to
mention the tragic loss of life, could have been a great set-back for the
revolution.
यस्तो घटनाले राजतन्त्र समर्थक
शक्तिहरूलाई धेरै बलियो बनाउने छ। त्यसले निम्त्याउने जीवनको दुःखद क्षतिको उल्लेख
नगरी भन्नु पर्दा क्रान्तिको लागि अत्यन्त
ठुलो धक्का पुग्न सक्छ।
It
is difficult for us to give more precise information about the incident without
disclosing the identity of our intelligence source.
यो सन्दर्भमा हाम्रो गुप्तचर स्रोतको
पहिचानको खुलासा नगरी घटनाको बारेका थप र सटीक जानकारी दिन हामीलाई कठिन छ।
To
doubly insure that such a tragedy did not occur, we immediately gave strict
instructions to our cadres not to harm any U.S. citizens or U.S. Embassy
officials.
त्यस्तो सूचनाको प्राप्ति सँगै यस्तो
दुःखद घटना नदोहोरियोस् भनी हामीले हाम्रा कार्यकर्ताहरूलाई कुनै पनि अमेरिकी
नागरिक तथा अमेरिकी दूतावासका कर्मचारीहरूलाई कुनै पनि हानि नोक्सानी नपुर्याउन
पुनः कडा निर्देशन दिएका छौ।
In
closing, may I say that the CPN-M Party goals remain committed to multiparty
democracy, human rights and full religious freedom.
अन्त्यमा, म नेकपा-माओवादी
पार्टीका लक्ष्यहरू बहुदलीय प्रजातन्त्र, मानव अधिकार र
पूर्ण धार्मिक स्वतन्त्रता प्रति प्रतिबद्ध छन् भनी भन्न चाहन्छु।
As
we proceed towards that goal, we want to
develop a good diplomatic relationship with the US.
हामी हाम्रो त्यो लक्ष्यमा अघि बढ्दै
जाँदा हामी अमेरिकासँग राम्रो कूटनीतिक सम्बन्धको विकास गर्न चाहन्छौँ।
In
that regards, the CPN-M is always willing to talk to U.S. government officials
at any level and in any place.
यस सन्दर्भमा, नेकपा माओवादी
जहिले पनि अमेरिकी सरकारका अधिकारीहरूसँग जुनसुकै तह र स्थानमा वार्ता गर्न इच्छुक
छ।
Again,
Ambassador Powell, a warm welcome to Nepal.
पुनः राजदूत पावेल, तपाईँलाई नेपालमा
हार्दिक स्वागत छ।
Sincerely
Yours,
तपाईको भवदीय,
Mr.
Krishna Bahadur Mahara
Member
of Central Committee, CPN-M
Kathmandu,
Nepal.
श्री कृष्ण बहादुर महरा
केन्द्रीय समिति सदस्य, नेकपा माओवादी
काठमाडौं, नेपाल ।
स्रोत: विकिलिक्स - २०२३-१०-१० मा वेब
मार्फत प्राप्त अभिलेख।
https://wikileaks.org/plusd/cables/07KATHMANDU1572_a.html
(नेपाल मामला: अमेरिकी राजदूतलाई नेपाली माओवादीको पत्र: नयाँ सम्बन्धका
लागि आह्वान।)
फलतः आज हामी लगातार तेस्रो पटक
सबैभन्दा नकारात्मक भावना अधिक भेटिने मुलुकमा दर्ज हुन पुगी रहेको छौ। आफ्नै
परम्परागत मूल संस्कृतिबाट निकै पर धकेलिएका हामी बिच आफ्नो आत्मा सम्मान नष्ट
भएको छ। विदेशी चाकरहरुको शासन अन्तर्गत उनीहरूले चाहेजस्तै हाम्रा शासकहरू उनीहरूको वास्तविक गुलाममा परिवर्तित बनिसकेका
छन्। हाम्रो मुलुक सम्पूर्ण रूपमा विदेशीको नियन्त्रणको राष्ट्र बनेको छ।
हाम्रा अमूल्य वेद र परम्परागत विज्ञान
जसको आडमा आज संसारले चमत्कार गर्न सकिरहेछ,
त्योहाम्रो आफ्नै बौद्धिक र समाजको चेतनशील वर्ग र जनताको सेवक
गनिएका वर्गको चरम उपेक्षार दमनमा प¥यो। हामी सङ्गठित
जालसाजीमा पारियो ।
आज तपार्ईं हाम्रो घर भाँडिएको छ ।
हाम्री हजुरआमा चार वर्षकी नातिनीलाई मन्दिर लिएर जानुहुन्छ। वैदिक परम्परा अनुसार
झुटो नबोल्नू, आफ्नो अन्तरात्माको आवाज सुन्नू, सत्यको जहिले
जित हुन्छ, सम्पूर्णप्राणीको शरीरमा ईश्वरको अंश आत्मा छ।
कसैलाई अन्याय अत्याचार नगर। मन नदुखाऊ । अर्काको कमाइ नखानू । आफ्नो कमाइको केही
भाग अनिवार्य समाज सेवामा लगाउनू अनि ठूलो ज्ञानी मान्छे बन्नू भनेर दिनहुँ
भन्नुहुन्छ।
पारिको काउली खाएर वारिको शासन गर्नेको
निर्देशनमा चलेको शिक्षा प्रणालीले विज्ञानले ईश्वरनहुने कुरा भन्छ, तिम्रीआमा र हजुर आमा
ज्ञानबुद्धि केही नभएका अज्ञानी हुन् भन्ने पाठ घोकाउँछ। साधनको जोहोगर्न
सिकाउँदैन, मात्रखर्च गर्न सिकाउँछ। सीप सिकाउँदैन,
खर्च गर्ने उपाय र आकांक्षा बढाउँछ।
प्राविधिकज्ञान सिकाउँदैन, सैद्धान्तिक दर्शन
थोपर्छ । सम्पूर्ण शक्ति लगाएर वैदिक ज्ञान र वैदिक विज्ञानमा भरोसा गर्ने उनैको आमा
र हजुरआमा विरुद्ध जति विद्रोह गर्न सक्यो त्यति क्रान्तिकारी र जति क्रान्तिकारी बन्यो
त्यति समाजको ठूलो मान्छे हुने गहिरो छाप छोडिदिन्छ।
हाम्रा वेद र उपनिषद्हरूमा धर्मशास्त्र, कामशास्त्र,
मोक्षशास्त्र, खाना, लत्ताकपडा, आवास, शिक्षा,
स्वास्थ्य, यात्रा, चाडपर्व, रक्षा, कानुन,
सेवा, विवाह, व्यापार
इत्यादिबारे अथाह ज्ञानको खजाना छ। नाति, हाम्री
नातिनीलाई क्रान्तिकारीबन भन्ने तपार्ईं हाम्रो शिक्षा प्रणालीले स्कुल र कलेजमा
व्यवस्था गरेको शिक्षा प्रणालीमा बिरलै विद्या र अविद्याको ज्ञान भएका शिक्षक र
शिक्षिका भेटिन्छ ।
हाम्रो समाज सुधारक, हाम्रा बालबच्चाको
भविष्य उज्ज्वल बनाउने जिम्मा पाएका हाम्रा स्कुल र कलेजका गुरुबा – गुरुआमाहरू शिक्षक
पदवीमा विभूषित हुँदै गर्दा ‘अँध्यारोबाट उज्यालोको यात्रामा’ हाम्रा मुलुकका कर्णधारलाई
डो¥याउने गुरुबा–गुरुआमा बन्नुपर्नेमा उनीहरूको भूमिका
परिस्थितिले ‘सिल्ली क्षेत्रको कर्मचारी’अर्थ दिने शिक्षकको रुपमा सीमित पारिदिएको
छ ।
तपार्ईं हामीले सोच्नुपर्ने बेला भएको
छ कि किन हाम्रा वैदिक ज्ञानका ३२ वटा विज्ञानका विभाग र ६४ प्रकारका कलाका ज्ञान
हाम्रा आजका हाम्रै शैक्षिक संस्थानका पाठ्यक्रममा अटाउन सकिरहेको छैन ।
हाम्रो समाजलाई विभेदकारी भनी आरोप
लगाउने अंग्रेजी नयाँ शिक्षाका हाम्रा आफ्नै उत्पादनलाई सुदामा जस्ता अत्यन्त गरिब
ब्राह्मण र श्रीकृष्ण दुवै उज्जैनको सान्दीपानीजीको आश्रममा एउटै गुरुकुलका
उत्पादन हुन् भन्ने ज्ञान छैन। त्यो कसरी सम्भव बन्यो त्योबारे सोच्ने किन कोही
देखिएन।
वेदले महिलाको चरम अन्याय गर्छ भन्ने
हाम्रा समाजका विद्वतम वर्गलाई यो यथार्थ थाहा छैन कि वेदका श्रुतिहरू अस्तित्वमा
ल्याउन भूमिका खेल्ने २३० जति ऋषि मात्र हैन २४ ऋषिका समेतछन्। वेद बाहेक अन्यत्र
कुनै पनि पवित्र धार्मिक ग्रन्थको निर्माणमा यति ठूलो संख्यामा नारीहरू सहभागी
भेटिँदैन। अन्तको हकमा त एकै जना मात्र समेत भेटिन मुस्किल पर्छ ।
जातपात बारे विचार गर्दा पुरातन
संस्कृत ऋग्वेदको ‘पुरुष सुक्तम पद’ मा पहिलो पटक ‘वर्ण’को उल्लेखभएको पाइन्छ।
पुरुषको अर्थ आदिम प्राणी हो। आदिम प्राणी आफैँमा केटा वा केटी के हो भनी
नछुट्टिने तेस्रो लिंगी (दुवै शक्ति नेगेटिभ र पोजिटिभ यथार्थमा न्युट्रल पनि) एक
आदिम मानव (शिव शक्ति) लाई जनाउँछ।
वैदिक विज्ञानमा नृत्यरूपी कम्पन अथवा
शिवशक्ति रूपी कम्पन शक्ति लाइ विज्ञानमा भौतिक निर्माणको नियमित कम्पनमा रहने
सूक्ष्म तत्त्व क्वान्टम पार्टिकल भनेर चिनिन्छ। क्वान्टम पार्टिकल निर्माण हुने
कम्पन शक्तिको सार तत्त्वलाई वैदिक विज्ञानले चेतना भनेको छ । कसैले व्यक्तिको
चेतना लाई आत्मा र ब्रह्माण्ड चेतनालाई परमात्मा भन्ने गर्दछन्। चेतना बाट सारा
ब्रह्माण्डको निर्माण भएको छ। तेस्रो लिंगी आदिम मानवको आत्मबलिदान मार्फत नर वा
छोरो मानिसको गुण अधिक भएको (जीवन्त शक्ति बीजयुक्त) र नारी वा छोरी मान्छेको अधिक
गुण भएको (ग्रहण र उत्पादनशील डिम्ब शक्तियुक्त) मानवको विकास भएको बताएको छ।
वेदान्त दर्शनमा परा र अपरा विद्याको
सन्दर्भ आउँछ। जहाँ अपरा विद्या भौतिक संसारलाई बाँच्न र बुझ्नको लागि आवश्यक
विद्या हो। परा विद्या भनेको त्यस्तो ज्ञान हो जसले व्यक्तिलाई उच्चतम आध्यात्मिक
सत्य र मुक्ति मार्ग तर्फ लैजान्छ। मुण्डका उपनिषद्मा उल्लेख भए अनुरूप साँचो
ज्ञान अर्थात् ब्रह्मको ज्ञानपरा विद्या हो। ब्रह्म ज्ञान बाहेकको अन्य सबै ज्ञानहरू
अपरा विद्या अन्तर्गत पर्दछ। अस्तित्वको अस्थायी, परिवर्तनशील
पक्षहरूका विषय अपरा विद्या हुने गर्दछ।
अपरा विद्या अन्तर्गत विज्ञान, कला, शिल्प, अनुष्ठान र वेदको अध्ययन आदि विभिन्न
विषयहरू समावेश हुनेगर्दछ। अपरा विद्याको लक्ष्य सांसारिक मामिलामा ज्ञान र दक्षता प्राप्त गर्नु, अनुष्ठानहरू
सञ्चालन गर्नु र भौतिक र सामाजिक कर्तव्यहरू पूरा गर्नु हो। अपरा विद्या चक्रीय
जीवन पद्धति भित्र जीविको पार्जन गर्ने कर्म गर्नकोलागी महत्त्वपूर्ण हुन्छ तर
त्यसमा आध्यात्मिक मुक्तिको पथबारेको ज्ञान समावेश हुँदैन।
पराविद्या आत्माको प्रकृति र ब्रह्म
सँगको आत्माको एकरूपता तथा परम अपरिवर्तनीय वास्तविकतावारेको सत्य ज्ञान लिन
उपयोगमा आउँछ। परा विद्यामा मुक्ति (मोक्ष) प्राप्तिको आध्यात्मिकज्ञान समावेश छ।
आत्मको परमात्मासँग मिलन मार्फत एकता प्राप्त गर्न भौतिक जीवनको दायरा बाहिरको पक्षहरू परा विद्यामा समावेश छ । परा विद्या वारेको ज्ञान मुख्यतया
उपनिषादहरूमा पाइन्छ। उपनिषादहरू वास्तविक सत्य र मुक्ति मार्ग तथा आत्मको प्रकृतिको अन्वेषण गर्ने दार्शनिक ग्रन्थहरू हुन्।
अन्नमयकोष (भौतिक शरीर), प्राणमयकोष (जीवन्त
शक्ति आत्मा), मनोमय कोष (वैचारिक वा मस्तिष्क), विज्ञानमयकोष (चेतनशीलता वा कन्ससनेस) र आनन्दमय कोष (धन्यपन वा
ब्लिसफुल) गरी पाँच प्रकारकोकोष निर्मित शरीरको अपरा र परा प्रकृति शक्तिबीच पुलका
रूपमा रहेर संयोजन गर्ने काम ‘पुरुषशक्ति’ ले गर्दछ। जहाँ पुरुष भनेर लोग्ने
मान्छे भनेको हैन। पुरुषको अर्थ “व्यक्तिगत आत्मा“ अथवा जीवको चेतना भन्ने हुन्छ।
ब्रह्माण्डमा व्याप्त सम्पूर्ण चेतना
वा ब्रह्माण्डको आत्मालाई पुरुष भनिन्छ। ब्रह्माण्ड अस्तित्वमा आउनुको परम कारण र सामग्री जसबाट
सबैकुरा उत्पन्न हुन्छ र तिनीहरू अन्ततः विघटन भएर त्यसैमा मिलन हुन्छ त्यो शक्ति
ब्राह्मण हो। ब्राह्मण कुनै गुण र रूप नहुने एक अपरिवर्तनीय वास्तविक अस्तित्व हो
जुन अनन्त, शाश्वतर सर्वव्यापी रहन्छ । अद्वैत वेदान्तले
व्यक्तिको आत्मा र ब्रह्माण्डको आत्मा बिचको भेद एक भ्रम अर्थात् मायाको कारण हुने
कुरा गर्दछ। व्यक्तिको आत्मा ब्रह्माण्डको आत्माको सानो अंश हो। जुन ब्रह्माण्ड
आत्माको अटुट संसर्गमा रहने गर्दछ । व्यक्तिको आत्मा अन्ततः ब्रह्माण्ड आत्मामा
गएर मिल्दछ । वर्ण प्रणालीको जातपात बारे वेदको प्रस्ट अवधारणा भेटिन्छ ।
ऋग्वेद र भगवद गीता जस्ता पवित्र
ग्रन्थहरूमा पेसा र गुणको आधारमा समाजमा उपलब्ध व्यक्तिको व्यवसाय लाई निश्चित
समूहहरूमा वर्गीकृत गरी वर्ण प्रणालीको निर्माण भएको छ । उक्तवर्ण प्रणाली
अन्तर्गत समाजमा उपलब्ध पुजारीहरू र विद्वान पेसालाई ब्राह्मण, योद्धा र शासक
पेसालाई क्षेत्रीय, कृषि र व्यापार पेसालाई वैश्य,
श्रमिकर सेवा प्रदायक पेसालाई शूद्र गरी चार भिन्न समूहहरूमा
वर्गीकृत भएको थियो ।
वर्ण प्रणाली अन्तर्गत व्यक्तिको
व्यवसाय लाई सैद्धान्तिक रूपमा विभाजन गर्न व्यक्ति कुनपरिवारमा जन्मेको हो त्यो
नभएर व्यक्तिले आफ्नो स्वभाव र क्षमताको आधारमा कुन समूहको पेसामा आफूलाई संलग्न
गर्दछ भन्ने उल्लेख गर्न भएको थियो।
भगवदगीतामा कृष्ण भन्नु हुन्छ:
चातुर्वर्यं मया सृष्टं
गुणकर्मविभागशः।
तस्य कर्तारमपि मां
विद्धयकर्तारमव्ययम्॥
॥भगवद गीता अध्याय ४, श्लोक १३॥
Based
on qualities and actions, nature has created four varnas of man. Prakriti, the
creator of the varna system, is pure and ever lasting (immutable non-doer).
गुण र कर्मका आधारमा प्रकृतिले
मनुष्यको चार वर्ण बनाएको छ। वर्ण व्यवस्थाको रचयिता प्रकृति अकर्ता र अविनाशी
हुने गर्दछ ।
ऋग्वेद संहिताको पुरुष सूक्त११ र १२ मा
तलका कुराहरू उल्लेख छः
ब्राह्मणोऽस्य मुखमासीद्बाहू राजन्यः
कृतः ।
ऊरू तदस्य यद्वैश्यः पद्भ्यां शूद्रो
अजायत॥११॥
The
Brahmana (spiritual wisdom ability) is like His mouth; the Kshatriya (military
and administrative skills) are like His arms; the Vaisya (business and trade
skills) are like His thighs; and the Sudra (work and support skills) are like
His feet.
ब्रह्माण्डपुरुषको अस्तित्व बारेमा
चर्चा गर्दा आध्यात्मिक ज्ञानको कुशलता युक्त ब्राह्मणले उहाँको मुखको, सैन्यर प्रशासनिक
सीप युक्त क्षेत्रीयले उहाँको हातको, व्यवसाय र व्यापार
कुशलता युक्त वैश्यले उहाँको तिघ्राको र कर्म र सेवामा कुशलता युक्त शूद्रले
उहाँको मुख्य आधारको (खुट्टाको)
भूमिकाको प्रतिनिधित्व गर्दछ।
चन्द्रमा मनसो जातश्चक्षोः सूर्यो
अजायत ।
श्रोत्राद्वायुश्च प्राणश्च
मुखादग्निरजायत ॥ १२ ॥
॥ ऋग्वेद १०.९०.१२ पुरुष सूक्त॥
यजुर्वेद ३१.११॥
The
Moon represents his mind, showing the cosmic mind. The Sun represents self and
awareness, showing his eyes. Indra describes the power to grasp and act, and
Agni, or cosmic willpower, stands for his mouth. Air represents his vital
energy.
चन्द्रमा ब्रह्माण्डीय मनको सङ्केत हो
। जसले उसको मनको प्रतिनिधित्व गर्दछ । सूर्य उसको आँखा हो, जसले आत्म र
जागरूकताको प्रतिनिधित्व गर्दछ । इन्द्रले आपसी सन्तुलन कायम गर्ने तथा कर्म गर्ने
शक्तिको प्रतिनिधित्व गर्दछ। ब्रह्माण्डीय इच्छा शक्तिको रूपमा जानिने अग्निले उसको
मुखको प्रतिनिधित्व गर्दछ। उसको जीवन्तताको ऊर्जा शक्तिको प्रतिनिधित्व भने वायुले
गर्दछ ।
वैदिक दर्शन अनुसार हरेक
व्यक्तिले जन्मँदैमा कुनै न कुनै विशेष खुबी लिएर जन्मेको हुन्छ। आफ्नो विशेष
खुबीको क्षेत्रमा उसलाई निकै चासो रहने हुँदा सम्बन्धित क्षेत्रको ज्ञान र अनुभवको
आधारमा उसले आफूलाई त्यस क्षेत्रमा विशिष्ट कुशलता प्राप्त गर्न सक्दछ।
वैज्ञानिक ढङ्गले प्रस्ट गर्दा फरक फरक
मात्रामा सत्व गुण, रजो गुण र तमो गुणको संयोजन गरी प्रकृतिले आफ्नो विशेष सिर्जनाको रूपमा
फरक फरक व्यक्तिको सिर्जना गर्दछ।
त्यो क्रममा हरेक व्यक्तिले अन्य भन्दा
भिन्न अति निश्चित विशिष्ट गुण लिएर संसारमा जन्मेको हुन्छ। जस अनुसार सत्त्व गुण
हाबी भएको व्यक्ति ब्राह्मण पेसामा सफल बन्दछ। तिनीहरू विद्या, अध्यात्म, पूजा, पाठ, आराधना आदिमा
अधिक झुकाव राख्दछन्। रजोगुणको अधिक प्रभुत्व हुने गरी सत्वगुण मिश्रित व्यक्तिहरू
शासक तथा योद्धाको गुणको हुने गर्दछन्। यस्ता व्यक्तिको प्रशासन
र व्यवस्थापन सँग सम्बन्धित काममा अधिक रुचि हुने हुँदा उनीहरू क्षेत्रीय पेसामा सफल
रहने अधिक सम्भावना हुन्छ।
रजो गुण र तमोगुण समान रूपमा मिश्रित
व्यक्ति कृषि र व्यावसायिक काममा अधिक चासो लिने हुँदा उनीहरूको लागि वैश्य पेसामा
सफल पेसा रहने सम्भावना रहन्छ। तमोगुण अधिकता रहने गरी तमो गुण र रजोगुण व्याप्त
व्यक्ति नोकरी र मजदुरीमा अधिक निपुण हुन्छन्। तमो गुणको अधिकता रहेको वर्ग समाजमा
उपलब्ध शूद्र व्यवसायमा अधिक सफल हुने सम्भावना रहन्छ।
व्यक्तिको गुण नियमित अध्ययन, तालिम र कामको
अनुभवले समेत परिवर्तन गर्ने सकिने हुँदा प्राकृतिक रूपमा फरक प्रकृतिको गुण रहेको
व्यक्ति समेत अन्य व्यवसायमा पनि सफल हुन सम्भव रहन्छ। तर सर्व श्रेष्ठ बन्न
सक्दैन।
वर्ण प्रणाली अन्तर्गत भएको वर्गीकरण
कुन परिवारमा जन्म भएको हो भन्ने कुरामा नभएर जन्मगत रूपमा उसले जुन गुणको संरचना,
चासो र प्रकृति लिएर जन्म लिएको छ उसलाई उसको चासो र खुबीको क्षेत्रमा
हुर्कने वातावरण दिन सक्दा ब्रह्माण्डले उसलाई उक्त क्षेत्रको उत्कृष्ट योग्य मानवको
रूपमा पाउन सक्ने छ भन्ने सिद्धान्तमा आधारित छ।
जुन ब्रह्माण्ड लाई सम्पूर्ण
चराचरहरुको लागि उपयुक्त वासस्थान बनाउन अत्यधिक उपयोगी हुन सक्दछ। त्यसको आधारमा
वर्ण व्यवस्था उसलाई कर्म गर्नको लागि निश्चित पेसा छान्न सहयोग गर्ने उद्देश्यमा
निर्मित छ।
गीतमा कृष्णद्वारा मानिसहरूमा
अन्तर्निहित हुने प्राकृतिक
गुणहरू र चासोले निर्माण गर्ने क्षमताको आधारमा उचित कर्म पहिचान
गर्न वर्ण प्रणाली अन्तर्गत सृष्टिको सुचारु गर्नाका खातिर चार वर्णको समेत व्यवस्था भएको कुरा
उल्लेख छ। प्रत्येक वर्णको जिम्मेवारी र कर्तव्यहरू निरन्तर रूपमा सुचारु हुन
सक्दा मात्र समाजमा एकै साथ नियमित सम्पन्न हुनुपर्ने सबै कार्यहरू सम्पूर्ण रूपमा
सहज सम्पन्न गर्न सम्भव रहने सुनिश्चितताको
लागि प्रकृतिले डिजाइन मार्फत नै फरक फरक विशेष गुण भएका व्यक्तिहरूको जन्म दिने
कुरा उल्लेख छ।
जस अन्तर्गत ब्राह्मणहरूलाई वेदहरूको
विद्या र विज्ञानको अविद्या अध्ययन गराउने,
सिकाउनेर दक्ष बनेपछि धार्मिक अनुष्ठानहरू गर्ने र समाजलाई
आध्यात्मिक रूपमा मार्गदर्शन गर्ने जिम्मेवारी दिने चलन थियो।
भूमिको रक्षा र शासन गर्ने जिम्मेवारी
क्षत्रियहरूको थियो । वैश्यहरू कृषि,
व्यापारर व्यापारमा संलग्न हुन्थे। जबकि शूद्रहरूले विभिन्न
प्रकारका श्रमहरू द्वारा अन्य तीन वर्णहरू वा स्वरोजगारीले विकास गर्ने रोजगारीको
अवसरमा आफूलाई समाहित गरी आफ्नो खुबी अनुरूप सेवा उपलब्ध गराउन सम्भव बन्दथ्यो।
हरेक समाजमा निजी वा सामूहिक कार्य
सञ्चालनका लागि निश्चित निश्चित गतिविधि सञ्चालन हुनु जरुरी छ। व्यक्तिको कुनै
विशेष क्षेत्रको दखल, अनुभव, विज्ञता र विगतमा कुशल कार्य सम्पादन
गरेको आधारमा विभिन्न पद सिर्जना गरिन्छ। एक व्यक्ति जो सँग अनुसन्धान र विकास
सम्बन्धमा अधिक चासो छ, नीतिगत अवधारणा र रणनीतिक योजना बन्न
दक्ष बन्दथ्यो त्यो पदलाई ब्राह्मण भनियो।
तत्कालीन समयमा आज सैद्धान्तिक
अनुसन्धान गर्ने वैज्ञानिक,
दार्शनिक, समाजमा जनचेतना फैलाउने गुरु
वा शिक्षक, योजना विद् तथा वेदका सैद्धान्तिक ज्ञानहरू
समाजमा पु¥याउने समाज सुधारकहरूको पद हो ब्राह्मण।
कार्यान्वयन र सञ्चालनका लागि मार्गनिर्देशन गर्ने नेतृत्व प्रधान गर्ने पद वा
वर्ण क्षेत्रीय थियो। राष्ट्र प्रमुख, सेना, प्रहरी, कानुनकर्मी, न्याय
सम्पादन कर्ता आदि जस्ता काम पर्दथे।
नाफा–घाटाको मूल्यांकन गर्ने, नाफा हुने बाटो तर्फ
गतिविधि लैजाने, धन सम्पत्ति व्यवस्था गर्ने, सर सापटी लिनेदिने, उद्योगधन्दाचलाउने र
नाफा–घाटाको उचित वितरण गर्ने राज्यको उच्च शासनमा, रक्षा,
शान्ति सुरक्षामा वा स्वरोजगार उद्यम व्यवसायमा संलग्न वर्ण थियो
वैश्य वर्ण।
साबिकका कार्य वा योजनामा कार्यक्षेत्रमा खटिएर काम गर्ने वर्ग जसलाई हाल कामदार वा फिल्डका कर्मचारी वर्ग भनिन्छ, तिनीहरूको वर्ण शूद्र भनेर उल्लेख गरिएको छ। जसमा सैद्धान्तिक अनुसन्धानका आधारमा इनोभेसनमा संलग्नरहने प्रयोगात्मक अनुसन्धानका वैज्ञानिक, विज्ञ, प्राविधिज्ञ, टेक्निसियन, डाक्टर, नर्स, प्राविधिक तथा अन्य क्षेत्रका कर्मचारी वा कामदार पर्छन् ।
वेद परम्परागत विज्ञान हो। यसमा संसारको संरचना र अस्तित्व बारे र त्यसको परिचालनको प्राकृतिक सिद्धान्त बारेमात्र कुराहरू भेटिन्छ। त्यहाँ तल्लो माथिल्लो स्तरको मानव भनी कुनै जात पात वा भेदभाव रहेको कल्पना गर्नु पनि वेदको सामान्य ज्ञान नभएको प्रमाण हो।
विज्ञानले जात पातको नाममा मानिसको
भेदभाव गर्दछ कसैले भने कस्तो सुनिएला। यथार्थमा वेदको कुरा पनि त्यही हो। वेदले न
त भेदभाव स्वीकार्छ न त्यस्तो कुनै भेदभावको संकेत वेदमा भेटिन्छ। वेदको सारतत्त्व
बारे फरक फरक विधामा फरक फरक तरिकाले प्रस्तुति गर्न सम्भव हुन्छ। किनकि प्राकृतिक
नियमको सिद्धान्त सबै विधामा लागू हुन्छ। तर त्यो कुन विधामा कसरी लागू भइरहेको छ
त्यसलाई बुझ्न त्यही विषय वस्तुको अवधारणा अर्थात् विज्ञानको ज्ञान लिएर मात्र वेद
पढ्नु पर्ने वेदको राय छ। वैदिक कालको अविद्या बारेको ज्ञान अथर्व वेदमा रहेको छ।
अनुसन्धानहरूले वेदमा उल्लेख भएका तथ्य
र सिद्धान्तहरू क्वान्टम विज्ञानले आफ्नो अनुसन्धानको क्षमताको दायरा सम्म गर्न
सकेको अनुसन्धानमा प्राय सबै नै सत्य रहेको तर्फ सङ्केत गरेको भेटिन्छ।
पुरातन संस्कृत भाषामा ऋग्वेदको उल्लेख
भएको पुरुष सूक्तमको पुरुषको अर्थ आदिम प्राणी हो। त्यसको अथर्ववेद अनुरूपको
व्याख्या अनुसार केटा वा केटी भनी प्रस्ट लिङ्ग नछुट्टिएको नेगेटिभ र पोजेटिभ दुवै
चरित्र नदिने न्युट्रल चार्ज भन्ने लाग्दछ। आदिम मानवलाई शिव शक्तिको रूपमा हेर्दा
यसलाई निष्पक्ष अवलोकन कर्ताको हदमा हेर्न सकिन्छ। एक अवलोकन कर्ता जो निष्पक्ष छ
तर त्यो विना कुनै अणु वा परमाणुको अस्तित्व सम्भव छैन। मानव अस्तित्वको तहमा
"आत्मा" ले उक्त आदिम मानवको भूमिका खेल्ने तथा आत्मबलिदान मार्फत
जीवन्त शक्ति "बीज" धारण गर्ने गुण भएको लाई छोरो वा पुरुष तथा बीजको
"ग्रहण र उत्पादन शील डिम्ब युक्त" उर्वरताको शक्ति ग्रहण गरी ‘छोरी’ नारीको रूपमा अस्तित्वमा रहेको व्याख्या गर्न सकिन्छ। अथर्ववेदको
अवधारणामा आदिम अस्तित्व सूक्ष्म कणहरूको (क्वान्टम पार्टिकल) नृत्य रूपी कम्पनको
अनगिन्ती वेभ (WEB) निर्मित संरचना हो। जसको सन्तुलित
कम्पनहरू निष्पक्ष अवलोकन कर्ताको परावर्तित भूमिकामा रहेको हुन्छ।
निष्पक्ष अवलोकन कर्ता रूपी वेभ (WEB) संरचनाको निर्माणमा
परमाणुहरूको समेत ब्राह्मण, क्षत्रिय, वैश्यर शूद्र रूपी भूमिका वा कार्य रहन्छ। जसलाई तिनीहरूको वर्ण भन्ने
गरिन्छ।
जस अनुसार खाली वा आकाश रूपी केन्द्रीय
बिन्दु जसलाई केन्द्र मानेर अन्य वर्ण आफ्नो वृत्ति अनुरूप कम्पनमा रहन्छन् त्यो
आवृत्तिलाई मुखार बिन्दु अर्थात् मुख भन्दै ब्राह्मण वृत्ति वा पेशा भनिएको छ।
जसबाट शब्दको उत्पत्ति हुन्छ। जसले न्युक्लियसको पोजेटिभ चार्ज युक्त न्युट्रोनलाई
केन्द्रित स्थानमा समग्र सन्तुलन कायम गर्न बाँधेर राख्ने शक्तिको भूमिका खेल्दछ।
नेगेटिव वृत्तिको इलेक्ट्रोनलाई
न्युक्लियस केन्द्रित रहेर घुम्न केन्द्रमा पोजेटिभ वृत्तिको प्रोटोनको जरुरत
पर्दछ। जसले केन्द्रको न्युट्रोन संग टासिएर आफु सन्तुलित हुने र बाहिर परिधिमा
घुम्ने नेगेटीव वृत्ति रूपी इलेक्ट्रोनलाई समेत अणुको दायरामा बाँधेर राख्ने काम
गर्दछ। जसले गर्दा समग्र अणुको सुरक्षा सम्भव हुन्छ। शरीरको पाखुराले जस्तो समग्र सुरक्षामा
काम गर्ने वृत्ति वा प्रोटोन वृत्तिलाई क्षेत्रीय वर्ण वा क्षेत्रीय पेशा भनिएको छ।
केन्द्रित ब्राह्मण वृत्ति, सुरक्षामा वा
प्रोटोन वृत्तिको क्षेत्रीय वर्णलाई इलेक्ट्रोन लाई घुम्नको लागि घुम्ने पथ वा
अर्बिटको निश्चय गर्ने वृत्ति लाई वैश्यको वृत्ति भनियो। शरीरको साँप्राको जस्तो
समय अनुरूप इलेक्ट्रोनको कर्म दिशा निश्चित गर्ने भूमिकामा वैश्य रहेको छ।
परमाणुको अस्तित्वमा रहँदा विभिन्न
अर्बिटमा घुमेर परमाणुको समग्रता पुरा गर्ने इलेक्ट्रोनले परमाणुबाट अणु बन्ने
क्रममा सहअस्तित्व, सहकार्य र कोक्रिएसन मार्फत आफ्नो घुम्ने पथ वा अर्बिटलाईपथ पुन:
क्यालिब्रेसन मार्फत सफल पार्ने सेवा वृत्तिलाई शूद्र वृत्ति वा शूद्र पेशा भनिएको
छ। सूक्ष्मतम परमाणुको सन्तुलित संरचनाको रूपमा रहेको अति सूक्ष्मतम क्वान्टम पार्टिकलहरूको
"क्वान्टम युनिफाइड फिल्ड" लाई संज्ञानात्मक रूपमा नाच्दै गरेको शिव
"नटराज" मार्फत अभिव्यक्त गरिएको छ।
वेदको अर्थमा शूद्र वृत्ति वा शूद्र
पेशा अन्तर्गत जन सेवाका पदहरू डाक्टर,
इन्जिनियर, प्राविधिक, वैज्ञानिक, नर्स, सम्पूर्ण
श्रमजीवी र जस्ता विशिष्टतम सेवा क्षमताका पेशाहरू पर्दछ। वेदले आफ्नो मेहनतको
कमाइमा मात्र बच्ने र अर्काको श्रमको कमाई खानु पर्दा आफैलाई धिक्कार्ने वर्ण वा
शूद्र वृत्ति वा शूद्र पेशाको उच्च मूल्याङ्कन गर्दछ।
त्यसैले वैदिक परम्परामा विश्वकर्माको
कथा भेटिन्छ। जहाँ शूद्र वृत्ति वा शूद्र पेशा अन्तर्गत दिव्य स्रष्टा र
नवप्रवर्तकको भूमिका रहेको उल्लेख छ। समाजका सिर्जनात्मकता, कौशल, र कुशलताको आत्मालाई शूद्र पेशाले मूर्त रूप दिन्छ। जसरी विश्वकर्माको
विरासतलाई हरेक वर्ष कारीगरहरू र शिल्पकारहरूले विश्वकर्मा पूजा गर्दछन। जसलाई
सेवा प्रदायकहरूको योगदानको उच्च सम्मान गर्ने, उनीहरूको कर्मका
कारण मानव जातिलाई प्राप्त सफलताको लागि धन्य बन्ने आशीष लिने उत्सवको रूपमा लिने
गरिन्छ। वेदले विश्वकर्मालाई सेवा प्रदायक पेशा रहेको र स्वयंभुव मनुलाई पहिलो मनु
अर्थात् मानवको रूपमा चिन्दछ। ब्रह्माण्डको संरक्षण र नियमित सञ्चालनमा यी दुबैको
परिपूरक भूमिका रहेको उल्लेख छ।
वेद परम्परागत विज्ञान हो। यसले
संसारको संरचना र अस्तित्व बारे प्राकृतिक सिद्धान्तबारे मात्र कुरा गर्छ। त्यहाँ
कुनै जातपात वा तल्लो माथिल्लो स्तरको मानव भनी न त भेदभाव छ न त्यसलाई स्विकार्छ
नै। हिन्दु देवता रामको प्रिय हनुमान,
महाभारत लेख्ने वेदव्यास आज तपाईंले जसलाई दलित भन्नुहुन्छ त्यो
वर्गको पेसामा संलग्न रहेको परिवारबाट आएको कुरा किन हाम्रो समाजले थाहा पाएन?
नत नारी र पुरुषबीच वेदमा कुनै भेदभाव
गरेको भेटिन्छ। यो हुँदै नभएको भाउतो कसले के प्रयोजनले वेद माथि खन्यायो? हामीले यो भ्रम
चिर्न किन प्रयास गरेनौँ ? योपनि सोच्नुपर्ने दिन आएको छ
।
वेदमा शिव र पार्वती बीच कुनै विभेद
छैन। शिवको प्यारी श्रीमतीका रूपमा रहेकी पार्वती र शिव दुवै मिलेर हिरण्य गर्भ
अथवा यो सारा ब्रह्माण्ड सिर्जना भयो। शिव र पार्वती एक आपसमा छुट्याउन सकिने कुरै
छैन। शिव–पार्वती दुवै हरेक चिज निर्वाण र नष्ट गर्ने सर्वोच्च शक्ति हुन्। जब
शिव–पार्वतीमा उँचोनिचो छैन भने श्रीमान्–श्रीमतीमा समेत विभेद छैन भन्ने
त्यहीँबाट पुष्टि हुन्छ।
वैदिक कालका २४ नारी जसले ऋषिकाका
रूपमा वेदका पदहरू बनाएका थिए । तिनीहरूको नाम रोमसा, लोपामुद्रा,
अपला, कद्रु, विस्ववारा,
घोसा, जुहू, वगाम्भ्रिनी,
पौलोमी, जरिता, श्रद्धाकामायानी, उर्वशी, सारंगा, यामी वा यमुना, इन्द्राणी, सावित्री, देवजामी, नोधा, अक्रिष्टभाषा,
सिकटानिवावरी, गौपायना, मैत्रेयी, गार्गी वाचक्नवी (वेदवती) थियो । वेद जस्ता श्रुतिका वाणीहरू
जम्मा गर्न र त्यसलाई ऋचाका रूपमा परिवर्तन गरीसार संग्रह गर्न अन्य कम्तीमा ३५
जना महान् नारी ऋषिका र देवीको देन छ। उनीहरू सबैको नाम र उनीहरूले गरेको काम
वेदमै उल्लेख छ ।
निरुक्त ४/२२ मा अदितिको नाम उल्लेख छ।
अदिति निकै गहन कामसमेत स्वतन्त्ररूपमा एक्लै सम्पन्न गरी सबैलाई छक्क पार्ने
क्षमताकी थिइन्। यजुर्वेद ८/४३ ले अघन्याँको नाम उल्लेख गरेको छ। यजुर्वेद ११६/४ ले
उल्लेख गर्ने बृहती अत्यन्त विशाल हृदयकी थिइन्। उनको सबैलाई समेटेर लैजाने गुण अत्यन्त
मूल्यवान् थियो ।
जसले जतिसुकै दुखित बनाउँदा पनि आफ्नो
उद्देश्य प्राप्ति गरि छाड्ने उनको बानीले महत्वपूर्ण कार्यहरू फत्ते गर्न तत्कालीन
समयमा सहज बन्यो। यजुर्वेद ११/६४ मा चन्द्राको नाम उल्लेख छ। उनको अत्यन्त नैतिक र
धार्मिक प्रवृत्ति वेदको ऋचाहरू सम्पादनमा अत्यन्त फलदायी बन्यो। अथर्ववेद १४/१/४७
मा उल्लेख भएकी देवकाम अत्यन्त धार्मिक र ज्ञानी थिइन् । अथर्ववेद १४/१/४७ र
यजुर्वेद ४/२३ ऋषिका देवीको नाम उल्लेख छ। उनमा रहेको विशाल दैविक ज्ञानले वेदका
ऋचाहरू संकलन सहज बन्यो।
यजुर्वेद ११/६४ ले ध्रुवाको नाम उल्लेख
गर्छ । अत्यन्त कर्मठ र लागेको काम जसरी पनि सम्पन्न गरी छाड्ने ध्रुवाको बानीले
श्रुतिका वाणीहरू लयबद्ध र क्रमबद्ध गर्न निकै ठूलो भूमिका खेल्यो। यजुर्वेद ८/४३
मा उल्लेख भएकी हव्य भेला तथा समारोह आह्वान गर्न र व्यवस्थापनमा पोख्त थिइन्।
यजुर्वेद ८/४३ ले इदाको नाम छ। उनी
सबैको प्रिय पात्र थिइन्। जसले सबैलाई एकापसमा नजिक ल्याउन सहयोग पुर्याउने गर्दथ्यो। ज्योताको
बारे पनि यजुर्वेद ८/४३ मा लेखिएको छ । उनीमा बृहत् ज्ञानको भण्डार रहँदा रहँदै
अत्यन्त प्रखर ज्ञान वाचक समेत थिइन्। सबैको प्रिय पात्र बन्न सक्ने काम्याको नाम समेत
यजुर्वेद ८/४३ मा उल्लेख छ।
अथर्ववेद १२/१/२९ मा नाम उल्लेख गरिएको
क्षमा आफैँमा अत्यन्त सहनशील,
करुणाकी धनी र धैर्यवान् नारी थिइन्। उक्त चरित्रले विशाल
ज्ञानको भण्डारणको संयोजनमा ठूलो भूमिका पुगेको थियो। यजुर्वेद ८/४३ मा माहीको नाम
उल्लेख गर्छ। माही अत्यन्त सहज रूपमा कामको संयोजन गर्ने क्षमता राख्दथिन्।
सबैले उच्च आदर तथा सम्मान गर्ने
मीनाको नाम निरुक्त ३/२१/२ मा देखिन्छ। अथर्ववेद १४/१/५९ मा कसैलाई पनि आफ्नो
प्रतिस्पर्धी वा दुष्मनका रूपमा नलिने भद्र र शालीन छोरी मान्छे लाई नारी भनी
सम्बोधन गरिएको छ। तिनै देवीरूपी ऋषिका नारीका कारण कालान्तरमा अब्बल चरित्रको
प्रतिमूर्तिका रूपमा छोरी मान्छेलाई वैदिक संस्कृतिमा ससम्मान नारी नामले सम्बोधन
हुन थालेको बुझिन्छ।
यजुर्वेद २२/२२ पुरणधिको नाम उल्लेख छ।
जरुरतभन्दा धेरै करुणा तथा उदारवादी चरित्र बोकेकी पुरणधिकोभूमिका महान्
कार्यसम्पन्न गर्न निकै सहजकारी बन्यो। यजुर्वेद ८/४३ मा उल्लिखित रत्नाको सबैको प्रिय
रहेर कार्यसम्पन्नगर्ने भूमिका रह्यो। ऋग्वेद २/४१/१८ले उल्लेख गरेको रतवारि वा
रतचित सत्यको महान् अन्वेषक तथा संग्रहकर्ता थिइन्। ऋग्वेद १०/१५९/३ ले उल्लेख
गरेको सन्जया जरुरतको पूर्ति गर्न सक्ने स्रोत साधनयुक्त हुनुका साथै उच्च नैतिक
सद्भाव र भावना प्रकट गर्ने गुणकी थिइन् । यजुर्वेद २०/८४ मा उल्लेख भएकी सरस्वती
उच्च प्राज्ञिक ज्ञानयुक्त थिइन् । यजुर्वेद ५/१२ ले संकेत गरेकी सिंही अत्यन्त
साहसी थिइन् ।
अथर्ववेद १४/१/६४ ले उल्लेख गरेका शिवा
अत्यन्त परोपकारी थिइन् । ऋग्वेदको ८/३३/९ र निरुक्तको ३/२१/२ ले उल्लेख गरेकी
स्त्री नामकी छोरी मान्छे अत्यन्त नम्र तथा भद्र थिइन्। उनको अब्बल शालीन गुणको
उपमा दिँदै कालान्तरमा वैदिक संस्कृतिमा छोरी मान्छेलाई स्त्रीसमेत भन्नेचलन चलेको
देखिन्छ।
ऋग्वेद १०/८५/३७ मा उल्लिखित शिवतमा
शब्दहरूको उत्तम चयन गरी प्रस्तुति दिन श्रेष्ठ थिइन् । यजुर्वेद ८/४३ ले उल्लेख
गरेकी सुभगा अत्यन्त मेहनती र भाग्यमानी समेत थिइन् । अथर्व वेद १४/२/७५ मा नाम
लिइएको शुभदा उत्कृष्ट ज्ञानको खानी थिइन्। अथर्ववेद १४/२/२६ मा उल्लेख भएकी
सुमंगली उत्तम आचरणकी थिइन्। अथर्ववेद १४/२/२६ कि सुशेवा स्वागत योग्य तथा
मैत्रीपूर्ण सुखद वातावरण निर्माण गर्न अभ्यस्त थिइन् ।
अथर्ववेद १४/४/४७ मा उल्लेखित सुवार्चा
भव्य तथा शानदार योजना निर्माणमा पोख्त थिइन् । अथर्ववेद १४/२/१८ ले उल्लेख गर्ने
सुयामा उच्च आत्मनुशासनमा लिप्त थिइन्। अथर्ववेदकै १४/२/२७ कि सयोना सुन्दर र
महान् विभूषण युक्त थिइन् । ऋग्वेद १०/८६/९–१० मा चर्चा गरिएकी विरिणी दुई अत्यन्त
बहादुर र चर्चित वीर पुत्रहरूकी माता थिइन् । यजुर्वेद ८/४३ ले चर्चा गरेको
विश्रुता अत्यन्त अध्ययनशील तथा बृहत् क्षेत्रको विषय बस्तुको ज्ञाता थिइन् ।
ऋग्वेद १/७९/१ मा उल्लेख गरिएकी यशस्वती गौरवशाली बौद्धिक इतिहास बनाएकी पात्र
थिइन्।
त्यस्तै निरुक्त ३/१५/१ मा उल्लेखित
योषा योगको माध्यमबाट शरीरको निर्माण शक्तिलाई समेत नियन्त्रणमा लिन सक्ने प्रसन्न
र श्रेष्ठ स्वभावकी जीवन र शाश्वत प्रकृतिको राम्रो ज्ञान राख्ने एक अध्ययनशील र
बौद्धिक विज्ञ थिइन् ।
उत्कृष्ट वैदिक ग्रन्थहरू निर्माणको क्रममा
अत्यन्त ठूलो संख्यामा नारीको सहभागिता भएको छ । त्यो हदको नारी सहभागिता
दुनियाँको कुनै अन्य समाज वा वर्गको ग्रन्थ निर्माणका क्रममा भएको भेटिँदैन।
अन्यत्र नारी सहभागिता मात्र एक दुई मात्र देख्नुभयो भने त्यो नै निकै ठूलो कुरा
हुने गर्छ। वैदिक परम्परामा नारी सदैव परिपूजित रहेको यथार्थ यसको इतिहासले पुष्टि
गर्छ।
शुसुर्त नेपालको देवघाटमा र गौतम बुद्ध
नेपालको लुम्बिनीमा जन्मिए। वेदव्यास तनहुँ कै व्यास गुफामा जन्मे। गुल्मी अर्घाखाँची
क्षेत्रका पाणिनिको धेरै समय नेपालमा बित्यो ।
वैदिक कालमा संगीत र नृत्यमा संलग्न
हुनेलाई गन्धर्व भन्ने गरिन्थ्यो । उनीहरूको शास्त्रीय संगीत राग, तालर लययुक्त
हुन्थे। उनीहरूका रचनाहरू त्यतिमा मात्र सीमित थिएनन् । वैदिक समाजमा एकातर्फ
सौन्दर्य शास्त्रमा पूरा ध्यान दिइने गरिन्थ्यो भने अर्कातर्फ तिनीहरू ध्वनिमा
अत्यधिक पारंगत रहन्थे। समग्र संरचनाको मूल आधार ध्वनि थियो। जब तपार्ईं राग,
ताल, लय, सौन्दर्य
र ध्वनिलाई एकै ठाउमा मिलाएर हेर्नुहुन्छ, त्यसले मानव
जीवन विज्ञानको समग्र वैज्ञानिक संरचनाको प्रतिनिधित्व गर्छ ।
आजको आधुनिक विज्ञानले समेत मान्न
बाध्य भएको वैदिक विज्ञानको निचोडमा मानव स्वास्थ्य कायम राख्न तथा सुधारका लागि
सहजीकरण गर्न संगीतले मनोवैज्ञानिक आरोग्य प्राप्त गराउँछ। सौन्दर्यताले खुसी र
धन्यता उपलब्ध गराउन सक्ने खुबी राख्छ। कर्णप्रिय ध्वनिको शारीरिक र मानसिक उपचार
गर्ने चामत्कारिक क्षमता रहन्छ।
पछिल्लो समयमा क्वान्टम
बायोकेमेस्ट्रीले मानव संरचनाका गहिरा पक्षहरू वैज्ञानिक समुदायलाई बुझ्न सहयोग
गरे पछि वैदिक कालका रचनाहरू मानवका लागि किन यति प्रिय हुन पुगेको रहेछ भन्ने
वैज्ञानिक आधार उपलब्ध गराएर विज्ञानले गहिरो अनुभूति दिलाउन सकेको छ।
जसरी घिउ–घिउसँग र पानी–पानीसँग मिहिन
भएर मिसिन्छ र मिसिए पछि बन्ने घोल सन्तुलित समेत रहन सक्छ त्यसरी नै हाम्रो
शरीरको संरचना समेत बनेको छ । हाम्रा परम्परागत संगीत र नृत्यले त्यही भाव, आकारर गति देखाउन
सक्दा हाम्रो सम्पूर्ण पाँच इन्द्रीय मात्र हैन, छैटौँ
इन्द्रिय पिनियल ग्ल्यान्ड (मतलब तेस्रो नेत्र) समेतले लिने अनुभूतिका कारण संगीत
र नृत्य मनोवैज्ञानिक र शारीरिक हिलिङ वा उपचारको मध्यम बनेको रहेछ।
विज्ञानको आँखाबाट हेर्दा यहाँ
सामान्यतया दुई प्रकारका ध्वनिको भूमिका देखिन्छ । जसमा पहिलो हो स्ट्रकसाउन्ड वा
आहत नाद। जब सिठी बजाइन्छ,
गीत गाइन्छ, कुरा गरिन्छ वा एउटा चिजले अर्को
चिजलाई ठोकिन्छ त्यहाँ घर्षणका कारण हुने कम्पनले ध्वनि उत्पन्न गर्छ। फरक फरक वस्तुको
टकरावले फरक फरक कम्पन हुने गर्छ। जसले गर्दा आवाज समेत फरक फरक हुन्छ। वाद्य यन्त्रहरू
(हाम्रा बाजाहरू) ले टकरावको माध्यमबाट आवाजहरू ‘आहत नाद’ निकाल्ने गर्छन्।
दोस्रो हो, अनस्ट्रक साउन्ड
अर्थात् अनाहत नाद। जुन प्रकृतिको ध्वनि हो । सजिलो गरी बुझ्नका लागि यसको उदाहरणमा
हाम्रो आफ्नै शरीरको भित्री आवाज हो। मुटुको धड्कन, सासको
आवाज। पाचन प्रक्रियाको आवाज हो। जसलाई हामी गट साउन्ड समेत भन्छौँ। जीवित मानव
प्रणालीका तीन मुख्य अनस्ट्रक साउन्डमा मुटुको आवाज, श्वासको
आवाज र पेटको आवाज पर्छन्।
तिनीहरूको आवाजमा भएको परिवर्तनको
पहिचान मार्फत मानिसका रोगको पहिचान हुन सक्ने बारे वेदमा चर्चा भेटिन्छ । आजको
औषधी विज्ञानले त्यस्ता विभिन्न प्रख्यात विधि विकास गरिसकेको पनि छ। हामी आफैँले
समेत अनुभूति गर्न सक्ने मुटु र श्वासको आवाज ढुकढुक, स्वाँ–फ्वाँ आदिको
सरल हर्मोनिक्समा रहन्छ।
हामीले अनुभूति गर्न सक्ने ढुकढुक र
स्वाँ–फ्वाँको मुटु र श्वास मिली बनेको आवाजको सरल हर्मोनिक्स प्रकृतिको
हार्मोनीसँग मिल्ने गर्छ। स्वस्थ र खुसी व्यक्तिमा मुटु र श्वासको आवाज नियमित र
लयबद्ध रूपमा तल र माथि गरि रहन्छन् । जब तपार्ईं यी दुई सरल आवाजको संयुक्त संयोजन
गरिदिनु हुन्छ, नियमित रूपमा लयबद्ध हुने गरी एउटा तरंग दिने सिनुसोइडल (लयबद्ध) ध्वनि
उत्पादन हुन पुग्छ। जुन वास्तवमा हाम्रो मुटु र श्वासको आधार ध्वनि हो।
स्वस्थ र सन्तुष्ट शरीरको
मस्तिष्क–दिमाग–आत्मा संयोजित आवाज त्यसैलाई भनिन्छ। शास्त्रीय संगीतमा बजाइने
तानपुराले सोही आवाज उत्पादन गरिरहेको हुन्छ। त्यसैले त त्यो मोहनी लाग्ने गरी
आनन्ददायक महसुस हुन्छ। हाम्रो पेटको आवाज भने त्यति सजिलो वा सरल रेखामा बताउन
मिल्ने प्रकृतिको रहन्न । यथार्थमा यो आन्द्राको गर्भमा लुकेको सोनिक प्रक्रियाको विभिन्न
ध्वनि मिलेर बनेका ध्वनिको संयुक्त एसेम्लीका रूपमा निर्माण प्रक्रिया मार्फत निर्मित
आवाज हो।
जब तपार्ईं आफ्नो मुखमा पञ्चामृत
हाल्नुहुन्छ, नैवेद्यका केरा, स्याउ, सुन्तलार बेलाउती ग्रहण गर्नुहुन्छ, तिनीहरू
पिउने, चपाउने र निल्ने जस्ता प्रक्रियापूरा गरेर आन्द्रा
भित्र पुग्छन्। त्यहाँ हुने अम्लीय र क्षारीय पाचन प्रक्रिया, ठूलो आन्द्रामा रहेका अत्यन्त ठूलो संख्याका गट माइक्रो-बायोम भनिने हामीलाई फाइदा गर्ने लाखौँ जीवाणुका सक्रिय गतिविधिले पाचन
प्रक्रिया चल्छ।
मुख देखि गुदद्वार सम्म पुग्दै गर्दा
त्यहाँका शरीरका विभिन्न अंग प्रत्यंगका गतिविधिका आवाज, रसायन, इन्जाइम, हर्मोन र विभिन्न सारतत्व निर्माण र
विखण्डनको कम्पन समेत संयोजित हुन पुग्छ। त्यहाँ हुने हरेक क्रिया तथा
प्रतिक्रियाको आफ्नै कम्पन हुने गर्छ । जुन एकापसमा मिलेर समग्र कम्पन निर्मित ध्वनि
पैदा हुने गर्छ। फरक फरक समय र अवस्थामा तिनीहरूको प्रकृति फरक रहन सक्छ।
मानव पेटमा आन्तरिक स्नायु प्रणाली (Enteric nervous system- ENS) हुन्छ, जसलाईप्रायः "दोस्रो
मस्तिष्क" भनिन्छ। पाचन प्रणालीको भित्तामा करिब ५० करोड सङ्ख्याको न्युरोनको
रूपमा हुने दोस्रो मस्तिष्कले मरुतहरुको निगरानीमा अग्नि तत्वको सहयोगमा
पाचन नियन्त्रण र सो सम्बन्धका जटिल गतिविधिहरू समन्वय गर्ने र
मस्तिष्कमा ऊर्जाको अभाव र उपलब्धता तथा सुरक्षा अवस्थाबारे सूचना पठाउने काम
गर्दछ। करिब ८६ अर्ब न्युरोनहरू हुने मस्तिष्कको तुलनामा निकै सानो हुने भएता पनि
पेटमा भएका न्युरोनहरूले आन्द्राहरूको गतिविधि, पाचन
गर्ने ईनजाइमहरूको स्राव र विभिन्न निर्देशन तथा तनाव आदिको सामना गर्ने गर्दछन्।
पाचन प्रक्रियालाई सहज पार्न १००
ट्रिलियन माइक्रोव अर्थात् शरीरको गतिविधि मैत्री माइक्रोबायोम भनिने
सूक्ष्मजीवीहरू सक्रिय रहन्छन्। तिनीहरूलाई उनीहरूको जरुरत अनुरूपको खानेकुराको
समेत हामीले हाम्रो खाना वाट नै आपूर्ति
गर्नु पर्ने हुन्छ। उनीहरूले आफ्नो खाना प्राप्त गर्न नसक्दा र वातावरण सहज
नहुँदा समेत निश्चित प्रकारका कम्पन निकाल्ने गर्छन्। हाम्रो पेटमा रहने हाम्रा
लागि लाभदायी ती ब्याक्टेरियाले सयौँ न्युरोकेमिकल हाम्रो आन्द्रामा उत्पादन गर्ने
गर्छन्।
आन्द्रामा हुने लाभदायक माइक्रोबायोमले
आन्द्रामा धेरै प्रकारका मेटाबोलाइटहरू उत्पादन गर्ने गर्दछ। जस्तै सर्ट-चेन
फ्याटी एसिड (एसीटेट, प्रोपीयोनेट, व्यूटाईरेट), ग्यासहरू (हाईट्रोजन, मिथेन, कार्बन डाईअक्साइड), मोडीफाइड पित्त रस
(सेकेण्डरी बाइल एसिड), एमिनो एसिडको डेरीभेटिबहरु
(इन्डोल र फिनाइल एसिटेट), भिटामिनहरू (भिटामिन के,
फोलेट, बायोटिन) र पोलिफेनोलका मेटाबोलाइटहरू
(युरोलिथिन) आदि। सर्ट-चेन फ्याटी एसिडको
जस्तै ब्यूट्रेटले आन्द्राको भित्तालाई बलियो बनाउने, दुखाइ
कम गर्ने र भत्किएका कोषहरू मर्मत गर्ने वा फेर्ने काममा मद्दत गर्छ। ग्यासहरू
जस्तै मिथेनले आन्द्राको गतिलाई प्रभाव पार्छ। सेकेण्डरी बाइल एसिडले बोसो पचाउन र
दर्द नियन्त्रणमा मद्दत गर्छ। एमिनो एसिडको डेरीभेटिब जस्तै इन्डोलले आन्द्राको
पर्खाललाई बलियो बनाउने र आन्द्राको मस्तिष्क स्वास्थ्यमा सुधार गर्ने काम गर्छ।
माइक्रोबायोमले बनाउने भिटामिन के जस्ता महत्त्वपूर्ण भिटामिनहरूले रगत जमाउन र
कोशिकाको मर्मत गर्न सहयोग पुर्याउँछ। पोलिफेनोल मेटाबोलाइटहरू जस्तै उरोलिथिन
एन्टिअक्सिडेन्ट र एन्टी इन्फ्लामेटरि प्रभावहरू दिने गुनको हुन्छ। जुन तन्तु
(टिस्युहरू) को मर्मत र हृदय सम्बन्धी स्वास्थ्यमा सुधारमा अनिवार्य हुन्छ।
यसरी आन्द्रामा हुने लाभदायक
माइक्रोबायोमले बनाउने मेटाबोलाइटहरूले आन्द्राको स्वास्थ्य, दर्द र पिडा
नियन्त्रण, रोग प्रतिरोधात्मक क्षमता निर्माण, आन्द्राको मस्तिष्क स्वास्थ्य सुधार लगायतका शरीरको पोषण, स्व-उपचार र स्वास्थ्य निर्माणमा सहयोग पुर्याउने गर्दछन्।
आन्द्राको मस्तिष्कको (गट ब्रेन)
स्वास्थ्य सुधार गरेर मात्र हाम्रो
मस्तिष्कले आधारभूत कुरा सिक्ने,
शारीरिक प्रक्रिया सञ्चालन गर्ने, आफ्नो
स्मरणमा विषयवस्तु कैद गर्ने र मुड अथवा मानसिक अवस्थाको निर्माण गर्ने जस्ता
नियमित कार्य सहज गर्ने वातावरण बन्ने गर्दछ।
आन्द्रामा पाइने ब्याक्टेरियाहरूले
मुडलाई नियन्त्रण गर्ने हर्मोनहरू र न्यूरोट्रान्समिटरहरूको उत्पादनमा समेत भूमिका
हुन्छ जसलाई गट-ब्रेन एक्सिस भनिन्छ। मुड र मानसिक स्वास्थ्यलाई प्रभाव पार्ने
त्यस्ता प्रमुख न्यूरोट्रान्समिटर र रसायनहरूमा सेरोटोनिन, डोपामिन, गामा-अमिनो-ब्युटिरिक एसिड (गाबा), एसेटाइलकोलाइन,
कोर्टिसोल आदि छन्। शरीरको करिब ९०% सेरोटोनिन (हेप्पी - खुसी
हर्मोन) आन्द्रामा उत्पादन हुन्छ। जसले मुड, चिन्ता,
खुसी र पाचन प्रक्रियालाई नियन्त्रण गर्छ।
आन्द्रामा पाइने ब्याक्टेरियाहरूले
डोपामिन उत्पादनमा समेत योगदान गर्छन् जसले प्रेरणा, इनाम (आहा- रिवार्ड) र आनन्द दिन्छ।
तिनीहरूले मस्तिष्कलाई शान्त बनाउन र
चिन्ता कम गर्न मद्दत गर्ने गामा-अमिनोब्युटिरिक एसिड (GABA) तथा सिकाइ, स्मरण शक्ति र मुड नियमनमा भूमिका
खेल्ने एसेटाइल कोलाइनको उत्पादनमा समेत भूमिका रहन्छ। तनावको वेला उत्पन्न हुने
कोर्टिसोल मुख्य रूपमा एड्रिनल ग्रन्थिमा उत्पादन हुन्छ।
तनावको समयमा तनाव क्रिया नियन्त्रण
गर्न कोर्टिसोलको मात्रा घटाउने प्रतिक्रिया विकास गरी मुड र तनावको स्तरलाई
अप्रत्यक्ष रूपमा असर गर्ने डिफेन्स सिस्टम नियमन गर्न समेत गट माइक्रोबायोमहरुको
भूमिका हुन्छ।
व्यक्तिको मुड नियमन गर्ने रसायनहरू
उत्पादन गर्न तथा उत्पादन प्रक्रिया वा नियमन प्रक्रिया प्रभावित गर्न आन्द्राका
ब्याक्टेरियाहरूको भूमिका हुने हुँदा आन्द्राको मस्तिष्क स्वास्थ्य
व्यवस्थापनमा गट माइक्रोबायोमहरुको महत्त्वपूर्ण
भूमिका हुने गर्दछ। जसले चिन्ता कम गर्न,
मुड सुधार गर्न, संज्ञानात्मक कार्यलाई
समर्थन गर्न मद्दत गर्छ।
यसरी समग्र रूपमा शारीरिक र भावनात्मक
स्वास्थ्यका लागि स्वस्थ आन्द्राको निर्माणमा गट माइक्रोबायोमहरुले भूमिका खेलेको
हुन्छ।
वैदिक दर्शन अनुरूप आन्द्रामा पाइने
माइक्रोबायोमको मेटाबोलाइटहरू र मुडलाई नियन्त्रण गर्ने हर्मोनहरू र
न्यूरोट्रान्समिटरहरूको उत्पादन शक्ति लाई मरुत अर्थात् क्वान्टम कण (वायु र
सूक्ष्म जीव परा ऊर्जा) सँग तुलना गर्न सकिन्छ जसले अग्निको परिवर्तनकारी पाचन कार्य
गर्ने क्षमतामा सहायता पुर्याउँछ। जसरी मरुतले अग्निलाई भोजन पचाउन र मेटाबोलिजम
प्रक्रियामा सहयोग पुर्याउँछ,
त्यसरी नै आन्द्राका माइक्रोबायोमका मेटाबोलाइटहरूले पाचन
प्रक्रियामा सहायता गर्छन्, भोजनलाई टुक्रा टुक्रा गरी
विघटन गर्छन्, पोषक तत्त्वहरूको अवशोषणमा सहयोग गर्छन् र
आन्द्राको समग्र स्वास्थ्य कायम राख्न भूमिका खेल्दछन्।
मरुतले माइक्रोबियल क्रियाहरूको समेत
किन प्रतिनिधित्व गर्छ भने यसले अग्निको क्षमतालाई बढवा दिन्छ र शरीरको पाचन
शक्तिलाई प्रभावकारी बनाउँछ। वैदिक परम्परामा मरुतले खेल्ने भूमिका जस्तै, माइक्रोबायोमले
व्यक्तिको मुड नियमन गर्ने रसायनहरू उत्पादन गर्न तथा उत्पादन प्रक्रिया वा नियमन
प्रक्रिया प्रभावित गर्न मद्दत गर्छ।
आन्द्राको मस्तिष्क र गट फिलिङ्ग
निर्माणमा मरुतको भूमिका आधुनिक वैज्ञानिक दृष्टिकोणअनुसारको आन्द्राको माइक्रो
बायोम सँग मिल्दोजुल्दो छ। त्यो भन्दा पनि
अत्यन्त चाख लाग्दो कुरा के छ भने गट माइक्रो बायोमहरु शरीरका होइनन्। प्रकृति वाट
आन्द्रा भित्र आएका सूक्ष्म जीव हुन् र तिनका मेटाबोलाइट समेत प्राकृतिक सूक्ष्म
कण हुन्। मरुत समेत प्रकृतिको नियम नियमन गर्ने रुद्र सेना भनिने प्रकृतिका
सूक्ष्म तर प्रभावशाली शक्ति हुन्। यसरी प्राचीन वैदिक बुझाइको मरुत भनेको आधुनिक सूक्ष्म जीव विज्ञानले पहिचान गरेको
शरीरको गट र अन्य माइक्रोबायोमहरु हुन् जुन अग्निको कार्य सहज गर्न नियमित
क्रियाशील रहन्छन् भन्न सकिन्छ।
बदलिँदो परिस्थिति र पर्यावरणीय
अवस्थाका कारण आज हामीले खाने खाना र हामी रहने वातावरण परिवर्तन भएको छ। यसले
हाम्रो गटको (GUT Health)
स्वस्थ र वातावरणमा समेत परिवर्तन ल्याएको छ।
जसले गर्दा हाम्रो पेटको आवाजमा समेत
नियमित तर बिस्तारै परिवर्तन हुने गरेको छ। लामो समयमा पेटको आवाजको प्रकृतिमा ठूलो परिवर्तन हुने र भिन्नता हुने निश्चित छ। जसले हाम्रो पेटको
मस्तिष्क भनिने दोस्रो मस्तिष्कको प्रकृतिमा परिवर्तन गरी हाम्रो गति विधि र बानी
ब्यहोरामा नियमित परिवर्तन हुने क्रम जारी राख्ने छ। जुन सकारात्मक हुन नसक्दा
सम्पूर्ण जगतको लागि अनिष्ट कर हुने हुँदा हामीले आफ्नो खानपान, जीवन शैली र सोचमा
प्रकृति मैत्री गुण र अहिंसाको नियत निर्माण गर्न अनिवार्य बनेको छ।
शरीर–दिमाग–मस्तिष्क–आत्मा चक्रमा
महसुस हुने आनन्दमा संगीतको मात्र ५–१० प्रतिशत भूमिका रहने गर्छ। जब हामी सङ्गीत
सुन्छौँ, मस्तिष्कले उत्पादन गर्ने न्यूरोट्रान्समिटरहरू र हर्मोनहरूका कारण
हामीले आराम र आनन्दको अनुभव गर्दछौ। सङ्गीतका कारण मस्तिष्कको रिवार्ड सिस्टममा
(इनाम प्रणाली) मस्तिष्कको भेन्ट्रल टेगमेंटल क्षेत्र (VTA) मा उत्पादन हुने डोपामिन रिलिज हुन् पुग्दा हामीले आनन्दको अनुभव
गर्दछौ।
त्यस्तै पिट्यूटरी ग्रन्थिबाट निस्कने
एन्डोर्फिनहरूले शारीरिक पीडा कम गर्दै
हामीलाई उत्साहको अनुभूति गराउने गर्दछ। आन्द्रा र मस्तिष्कमा उत्पादन हुने
सेरोटोनिनले हाम्रो मुडलाई नियन्त्रण गर्दै शान्तिको अनुभूति प्रदान गर्छ। यसरी
समग्रमा सबै रसायनहरूको भूमिकाले सङ्गीत सुन्दै गर्दा हामी आराम, आनन्द र
रोमाञ्चकारी भावको अनुभूति गर्ने गर्दछौ।
जब तपार्ईं सन्तुलित वैदिक आहार
खानुहुन्छ उक्त सन्तुलित वैदिक आहारले तपाईंका साथ साथै गट माइक्रोबायोमका लागि
जरुरी हुने आहार समेत उपलब्ध गराउँछ । आफूलाई मनपर्ने कुरा हुँदा ‘आहा’ को अनुभूति दिने डोपामिन समेत पेटमा उत्पादन हुन्छ। गट माइक्रोबायोमको आवश्यकता
पूर्ति भएर चाहिँदो मात्रामा हेप्पी बेली निर्माण गर्ने सार तत्त्वहरू उत्पादन हुन
सक्दा आन्द्राको मस्तिष्कलाई हामीले सन्तुष्ट राख्न सक्दछौ। जुन सन्तुष्टिको पहिलो
आधार खुट्किलो हुने गर्दछ।
हाम्रो शरीरको कुरा गर्दा शरीर र
मस्तिष्कको सम्बन्ध बारे बुझ्नु पर्ने हुन्छ। शरीर एउटा मिसिनको भूमिकामा हुँदै
गर्दा मस्तिष्क त्यसको इन्जिनको भूमिकामा हुने गर्दछ। इन्जिन ठिक भए मात्र तपाइको
यन्त्र यानेकि मिसिन राम्रो चल्दछ। तर त्यो इन्जिन
चल्नको लागि तपाईँलाई इन्धन चाहिन्छ।
न्युरोसाइन्सको हिसाबमा त्यो इन्धन
भनेको डोपामिन हो। तपाइको मनमा
प्रेम जगाउने करुणा जगाउने केमिकल। जब तपाई कुनैकर्म गर्नु हुन्छ
र त्यो कर्ममा तपाइको ध्यान पुरा लागिरहेको छ भने तपाईँलाई विगतको बारे सोच्ने र
चिन्तित हुने स्थिति (डिप्रेसन) पनि हुँदैन।भविष्यको असुरक्षाको चिन्ता (एनजाइटि)
पानी आउँदैन।
तपाईँको कर्म आनन्द संग चलेको हुन्छ।
किनकि तपाइको दिमागले त्यति बेला त्यहाँ डोपामिन
बनाइरहेको हुन्छ। डोपामिन तपाइको कर्म बापतको पुरस्कारको रूपमा हुन्छ। तपाइको
इन्जिन नयाँ जस्तै चलेको अनुभूति हुन्छ।
जसरीइन्धन नभएर मिसिन चल्दैन त्यस्तै
उचित डोपामिन बिना तपाई केही गर्न सक्नु हुन्न। काममा न त ध्यान हुन्छ। काम गर्न
खोज्दा पनि तपाईँलाई बेचैनी आउँछ।
तपाइको शरीरमा डोपामिन धरै भयो भने पनि
तपाइले काममा फोकस भएर आफ्नो कर्म पुरा गर्न सक्नुहुन्न। काम सक्ने हतारो र हतासो
मनस्थितिले काम बिग्रन्छ। त्यो बेला तपाइको अधिक भएको डोपामिन लाई नियन्त्रण गर्नु
पर्ने हुन्छ।
तपाइको दिमागमा अधिक डोपामिन लाई
नियन्त्रण गर्ने काम अर्को केमिकल सेराटोनिनले गर्ने गर्दछ। सेराटोनिनले तपाइको
मिसिन इन्जिनमा जरुरत अनुरूप इन्धनदिएर तपाइलाई नियन्त्रित कर्म गर्न सहयोग गर्छ।
यदि तपाइमा सेराटोनिनको कमी भयो भने
तपाई तपाइको मन जे मा गइरहेको छ त्यसैमा अत्यधिक लगावविकास भएर त्यो बिना जिउनै
नसक्ने जस्तो बेचैनी हुने र त्यसैको एडिक्सन विकास गरि दिन्छ। तपाई अत्यन्त भद्दा
र जङ्गली बन्नु हुन्छ।
तपाई अत्यन्त बेचैनी हुने
स्थिति आउँदा तपाइको त्योबेचैनी गतिलाई इमर्जेन्सी ब्रेक लगाउने र रोक्ने काम
तपाइको दिमागमा रहेको गाबा र अमिगडेला जस्ता
मस्तिकका न्युरोनहरुले मिलेर तपाइमा तत्काल डर उत्पन्न गर्दछ। त्यसलाई प्यानिक
अट्याक भन्ने गरिन्छ। जसले गर्दा तपाइको ध्यान
अन्यत्र जान्छ।
त्यो बाहेक अक्सिटोसिन, कोर्टिसोल, र टेस्टोस्टेरोन हर्मोनहरूले हाम्रो शरीरका भावनात्मक, शारीरिक र प्रजनन स्वास्थ्यमा ठुलो भूमिका खेलेको भेटिन्छ।
हाइपोथालामसमा उत्पादन हुने र
पिट्यूटरी ग्रन्थिबाट बाहिर निस्कने अक्सिटोसिनले सामाजिक सम्बन्ध, आपसीविश्वास जगाउने,
सुत्केरी हुन् सहयोग गर्ने र स्तनपान लाई सहज पार्दछ।
एड्रिनल ग्रन्थिबाट उत्पादन तनावको वेला
तनाव नियन्त्रणगर्न पैदा हुने कोर्टिसोलले शरीरको
मेटाबोलिज्म, रगतमा चिनीको मात्रा, रोग प्रतिरोधात्मक क्षमता तथा जलनको नियन्त्रण गर्छ।
पुरुषको अण्डकोष र नारीको डिम्बाशयमा
बन्ने टेस्टोस्टेरोन कामेच्छा लाई प्रोत्साहन गर्ने, मांसपेशीको
वृद्धि गर्ने यौनतागत बढाउने काम गर्दछ।
हाम्रो शरीरका हर्मोनहरूले शरीरमा
गर्ने व्यवहारको लागि तिनीहरूलाई नियमित ऊर्जा चाहिन्छ।
हाम्रो शरीरमा जम्मा नौ वटा दुलाहरू
हुन्छन्। ती दुलाहरू शरीरको प्रकृति संग फरक फरक सम्पर्क स्थापना गर्ने केन्द्रको
रूपमा काम गर्दछ।
हामीले खाने खाना, लिने हावा, सोच्ने सोचले दिने आत्मा बल आदिले मात्र नभएर प्रकृति वाट तिनै नौ दुला
केन्द्रित फरक फरक प्रकृतिको नव दुर्गारुपी नौ शक्ति शरीरले नियमित प्राप्त गर्दछ।
दुवै सूक्ष्म जीव र सूक्ष्म अणु
निर्मित त्यो शक्ति नौको समूहमा एकत्रित भएको फरक फरक सेनाको रूपमा हुन्छ। जसलाई
वेदमा मरुत गण भनिएको छ।
तिनै मरुत गण प्रकृतिको प्रतिनिधिको
रूपमा शरीर लाई नियमित रूपमा जीवित राख्न सक्रिय हुने गर्दछ। वेदमा १८० भन्दा अधिक
मरुत गणको पहिचान भएको छ।
यिनीहरूलाई रुद्र सेना भनिन्छ। यिनीहरूको
काम शरीरको इन्जिन र इन्जिनको इन्धन तथा अन्य पाट पुर्जा रुपी इन्जाइम,
हार्मोन र प्रतिरक्षा प्रणालीहरू अग्नि अर्थात् उपयुक्त ऊर्जाको
साथमा स्वतन्त्र रहेर काम गर्दैगर्दा आउने अवरोध लाई हटाउने र स्वतन्त्र काम गर्न
दिने सेनाको भूमिका खेल्नु रहेको कुरा वेदमा उल्लेख छ।
जसको गहिरो ज्ञान राख्न सक्दा स्नायु
प्रणाली, मनोविज्ञान र आर्टिफिसियल इन्टेलीजेंसको क्षेत्रमा काम गर्न हामीलाई
ठुलो सहयोग पुर्याउने छ।
हेप्पी बेली (Happy Belly) हामीलाई आनन्द अनुभूतिका लागि पहिलो मुख्य आधार बन्ने गर्छ। जब पेट भोको रहेको हुँदैन, स्वस्थ, वैदिक वा अर्गानिक, सन्तुलित भोजन आहार बनेको हुन्छ, मन र तन समेत स्वस्थ रहेको हुन्छ, त्यो बेलामा सुनेका संगीत, भजन, प्रार्थना, योग, ध्यान वा हितैषीसँग हुँदै गरेको भलाकुसारी सबैले तपाईंलाई आनन्द दिन्छ।
शरीर भित्र नै आन्तरिक रूपमा उत्पन्न
हुने र पिट्युटरी ग्रन्थीहरूमा भण्डार हुने पेन किलर
वा तनाव नियन्त्रण गर्ने न्युरोकेमिकल इन्डोरफिन जब तपार्ईं कमेडी कार्यक्रमहरू
हेर्ने, भिडियो हेर्ने, रातो खुर्सानी खाने, तितोडार्क चकलेट खाने, हाँस्ने, समूहमा योग गर्ने, अकुपन्चर गर्ने आदि
गतिविधिमा सामेल बन्नुहुन्छ तब पिट्युटरी ग्रन्थीबाट बाहिर निस्किएर तपाइका शरीरमा
भएका दर्द, मनमा भएका पिडा सबै मारेर, विर्साएर तपाइलाई आनन्द महसुस
गराउने गर्दछ। वैदिक अनुभवले त्यसो हुनुमा सक्रिय रहने शक्तिहरूलाई सोम रस तत्त्व
भन्ने गर्दछ। जुन भौतिक, मनोवैज्ञानिक र आध्यात्मिक
प्रकृतिको सबै प्रकारको सुखानुभूति को अनुभूति गराउन भूमिका खेल्ने आनन्द तत्त्व,
आनन्द ज्ञान र आनन्द अनुभूति सबै हो।
दिनभर दैनिक गतिविधिमा व्यस्त रहने
हाम्रो जीवन प्रकृतिमा भएको अन्य जीवित जीव जस्तै प्राकृतिक नियमसँग तालमेल सहित
कार्य गरिरहेको हुन्छ। रातको समयमा हाम्रो शरीर आन्तरिक मर्मत सम्भार, सफा सुग्घर तथा
आफूलाई पुनः जीवन दिने कार्यमा केन्द्रित रहन्छ।
कोषहरूको नियमित गतिविधिबाट पैदा भएका
शरीर भित्रका विषाक्त पदार्थ तन्तुहरूबाट बाहिर फाल्ने यही समय राम्रो समय बन्छ।
पाचन प्रणालीमा हुने मेटाबोलिजमका शरीरलाई जरुरी नहुने सहउत्पादन समेत यसै समयमा
सुरक्षित रूपमा बाहिर फाल्नका लागि तयार गरिन्छ। यी सबै गतिविधिले बिहान सबेरै पेट
खाली गर्ने नित्य कार्य सञ्चालन पूर्वको तैयारी समेत पुरा गरेको हुन्छ।
हामीले जडीबुटीका नाममा खाने त्रिफला
जुन हर्रो, बर्रो र अमलाको तीन फल मिश्रित चुर्ण हो, त्योहाम्रो
आन्द्राको गट माइक्रोबायोमको उत्कृष्ट खाना रहेको हालै अनुसन्धानले प्रमाणित गरिदिएको
छ। हाम्रा पूजा आजामा खाइने सबै नैवेद्यले समेत त्रिफला हाराहारीको भूमिका मात्र
खेल्दैन, शरीरमा अपुग भएको गट माइक्रोबायोमको आपूर्ति समेत
गर्ने विज्ञानबाटै प्रमाणित भएको छ ।
हामीले घरमा बनाएर खाने दहीमा
ल्याक्टोवेसिलसको विभिन्न प्रजातिका अत्यन्त फाइदाकारी फेर्मेन्टम, एसिडोफिलस, कन्फुसस र ल्याक्टिस स्ट्रेन भेटिएको छ। यसले पेटमा थपिदिने आश्चर्यजनक
माइक्रोबियल विविधताले शरीरको दर्द घटाउने, टाइप–२ मधुमेह
नियन्त्रण गर्ने र मोटापनको जोखिम समेत घटाउने गरेको प्रमाणित भएको छ। उच्च
रक्तचाप नियन्त्रण गर्न तिनै प्रोबायोटिक्सको महत्वपूर्ण भूमिका हुने गर्दछ।
जब पेटमा माइक्रोबायोमको कम विविधता
देखिन्छ, तब फर्मिक्युटस र ब्याकटेरियोडेट्स को रेसियो बढेको भेटिन्छ। एसिटेट र
ब्युटाइरेट बनाउने ब्याक्टेरियाको संख्या घटिरहेको हुन्छ। बढिरहेको हुन्छ। त्यसो
हुँदै गर्दा ल्याकटेट बनाउने ब्याक्टेरिया अनपेक्षित रूपमा बढेकोले मानिस कुनै न
कुनै पाचन संग सम्बन्धित र तिनका कारण उत्पन्न बनेका रोगको समस्यामा पर्ने गरेको
देखिन्छ ।
जस्तै अटिजम हुने बालकमा पेटमा
माइक्रोबायोमको कम विविधता रहेको भेटिन्छ। फाइलेम फिर्मिक्युटस चिन्ता जनक रूपमा
घटेको र ब्याकटेरियोडेट्स अधिक बढेको हुन्छ। त्यसमा पनि क्लसट्रिडियम परफ्रिन्जिन प्रायः
अधिक बढेको भेटिन्छ । मधुमेहको रोगीमा फिर्मिक्युटस चिन्ताजनक रूपमा घट्ने र
ब्युटाइरेटको कमी रहने गर्छ।
टाइप–२ मधुमेहमा फेकली–ब्याकटेरियम
प्रौसनिटिजी को अधिकता रहने गर्छ। कुपोषित बालकमा ब्याकटेरियोडेट्स र फिर्मिक्युटस
दुवै अधिक बढेको हुन्छ। महिला यौनाङ्गमा ल्याक्टोबेसिलस रामनोसस र ल्याक्टोबेसिलस
रिउटेरीको संख्या धेरै हुँदा दोजिया हुँदा दुःख दिने ब्याक्टेरिया भजिनिटिको
संक्रमण नियन्त्रण गर्न सहज हुने गर्दछ।
हरेक स्वस्थ नारीको यौनाङ्गमा हुने
ल्याक्टोबेसिलस ग्यासेरी र ल्याक्टोबेसिलस जेनसिनी नामक प्राकृतिक माइक्रोबायोमले
योनांगको सुरक्षा गरिरहेको हुन्छ । ग्रामीण तथा पहाडी भेगमा बसोबास गर्ने मानिसमा
प्रचुर मात्रामा ब्याकटेरोडिएट र न्यून प्रोटियोब्याक्टेरिया भेटिन्छ। सहरी भागमा
बस्नेमा अधिक फर्मिक्युटस र प्रोटियोब्याक्टेरिया रहने गर्छ।
अध्ययनले राम्ररी भिजेको कुश–पानीको
ब्याक्टेरिया र फंगस जीवाणुरोधी क्षमता हुने देखाउँछ। जुन उमालेर काटेको र घाउ
भएको ठाउँ सफा गर्न उपयोगी भेटिएको छ। परम्परागत रूपमा कुशको लेदोबाट बनाइने लेपन
घामको विकिरणले छालालाई पु¥याउने हानिविरुद्ध प्रयोग गरिएको प्रमाण पनि भेटिएका छन्। पूजा आजामा
हामीले प्रयोग गर्ने दुबो आँखाको समस्या, पिसाब पोल्ने,
जिउ बाँउडिने, घाउ निको पार्ने जस्ता
धेरै रोचक उपचारमा प्रयोग हुने जडीबुटीका रूपमा लिइन्छ ।
दुबोको पेस्ट बनाएर छालामा सिधै दल्दा
लुतो, दाद,
घमौरा र चिलाउने छालाको रोग निको हुने आयुर्वेदको मान्यता छ।
दुबोमा हुने हेक्जाडिकानोइक एसिड र इथरका इस्टरहरू पाल्मेटिक एसिडमा आधारित इस्टर हुन्।
जसको उत्कृष्ट एन्टिअक्सिडेन्ट क्षमताले आन्द्रामा क्यान्सर सेलको उत्पन्न हुन र
बढ्न रोक्ने गर्छ।
दुबोको जुस व्यावसायिक रूपमै बिक्री
हुने गर्छ। हरियो दुबो, दुबोको एक्सट्रेकका अलावा सुकेको दुबो र त्यसको धुलो पनि खाने गरिन्छ। दुबो
अन्य रोग जन्य समस्या जस्तै पायल्स, आँखाको संक्रमण,
छालाको बिबिरा, लुतो, घमौरा तथा डन्डीफोर आदि उपचारमा प्रयोग भइरहेको छ ।
शरीरको तन्तुहरूमा
रहने बोसोले तन्तुहरूले नियमित काम गर्ने क्रममा वा खाना पाचन हुने क्रममा पैदा भएका
तर नियमित प्रक्रिया मार्फत शरीरबाट बाहिर फाल्न नसकेका कचरा पदार्थ कैद गरी
राख्छ। त्यसले आफ्नो क्षमताले भ्याएसम्म ती कचराबाट शरीरका मुख्य अंगहरू हानि
हुनबाट जोगाउँछ। जब शरीरमा त्यस्ता कचरा धेरै जम्मा हुन्छ तब तिनै विभिन्न रोगका
चुरो कारण बनिदिन्छन्।
तन्तुहरूमा जमेका विषाक्त तत्व शरीर बाहिर
निकालेर शरीरलाई भित्रैबाट स्वस्थ बनाउने डिटोक्सिफिकेसन प्रक्रिया आयुर्वेदको
पञ्चकर्म विधिमा समेटिएको छ । यो विधिमा घिउयुक्त खाना खान दिइन्छ । छाला भित्रको
तन्तुहरूमा रहने बोसोले सोसेर राखेको विषाक्त पदार्थ दैनिक घिउले शरीरको मालिस गरी
तन्तु बाट सोसेर छाला सम्म पु¥याउने, मसाज पछि स्टिम थेरापी प्रविधिबाट पानीको
बाफले नुहाउने र छालाको सतहमा पुगेको विष शरीर बाहिर पु¥याउने
गरिन्छ।
गौमाताको गहुँतबारे अमेरिकामा धेरै वटा प्याटेन्ट
दर्ता छ (U.S.Patents No# 6410059 and 6896907)। गाईबाट
लिइएको पाँच प्रमुख पदार्थ गाईको मूत्रको डिस्टिल अर्क, दूध,
घिउ, दही र पास्चराइज गोबर सामेल
पञ्चगव्यमा धेरै विकार विरुद्धका औषधीय गुण छन्। औषधीय उद्देश्यका लागि जडीबुटीका
साथ हुने यसको प्रयोगले व्यक्तिलाई बुडौली हुन बाट रोक्ने कायाकल्प शक्ति निर्वाण
गर्ने विधिमा उपयोगी हुने गर्दछ।
काउप्याथी उपचारका नाममा पञ्चगव्यबाट
मानव चिकित्सा हुने गर्दछ। रोगाणु र विषाणु मुक्त गरी निर्माण भएको पञ्चगव्यको सारतत्व औषधीय मात्र छैन, मानव माइक्रोबयोमको
स्रोतका रूपमा समेत उपयोगमा आउँछ।
परम्परागत आयुर्वेदिक ग्रन्थ चरकसंहिता, सुश्रुतसंहिता र
गदनिग्रहमा पञ्चगव्यबाट प्राप्त पदार्थको औषधीय अनुप्रयोग बारे धेरै सुझाव
भेटिन्छ। तिनै सुझावका आधारमा वैज्ञानिक परीक्षण मार्फत आयुर्वेदमा र आधुनिक औषधी
विज्ञानमा मानव स्वस्थ विकारमा उपचार हुने धेरै औषधी बनेका छन्। जस्तै क्यान्सर,
ल्युकोडर्मा, हाइपर लिपिडेमिया, बाथरोग, रेनल डिसअर्डर, डाइटरी डिसअर्डर, गैस्ट्रोइन्टेस्टाइनल ट्र्याक
डिसअर्डर, एसिडिटी, दम र एड्स
जस्ता रोगको उपचारका लागि गौमूत्रको प्रयोग भइरहेको छ।
महाभारतका अनुसार पञ्चामृत क्षीर सागर
मन्थनको समयमा पैदा हुन गएको सामग्री थियो । पञ्च भनेको पाँच र अमृत भनेको बढौली
लाग्न नदिने सारतत्व युक्त भनिएको हो ।
यो स्थानीय गाईको दूध पाँच चिया चम्चा, स्थानीय गाईको घिउ
दुई चिया चम्चा, स्थानीय गाईको घरेलु दही एक चिया चम्चा,
स्थानीय मौरीको मह एक चिया चम्चा र शुद्ध मिश्री वा सखर एक चिया
चम्चाको अनुपातमा मिसाएर बनाइन्छ।
बढीमा एक–दुई चम्चा दैनिक पञ्चामृत
पिउँदा शरीरको प्रतिरक्षा शक्तिको सुधार गर्न, शारीरिक ऊर्जामा सुधार गर्ने टनिकका
रूपमा, भावनात्मक र मानसिक स्वास्थ्यलाई बढावा दिन,
छालाको औरा वा चमकपन बढाउन, कपालको रङ
सुधार गरी चिल्लो पार्न, ब्रेनटानिकका रूपमा बुद्धिमत्ता,
स्मरण शक्ति बढाउन, चनाखोपन वृद्धि र
रचनात्मक क्षमताहरू विकास गर्न सहयोग गर्ने गर्दछ।
भारत वर्षको आमाको दूधमा भएका तागतको
गुण बोकेको पञ्चामृत प्राकृतिक अमृतका तत्वहरू समावेश रहेका विभिन्न टनिक वा
पुष्टकारी वर्गका खाना तथा पेय हो। कतिपय अवस्थामा बास्नाका लागि इलायची (सुकुमेल)
र तुलसीसमेत हालिने पञ्चामृत मानव जातिको इतिहासमा आजसम्म थाहा भएकामा सबैभन्दा
पुरानो सिन्बायोटिक खाना हो। जसमा प्रिबायोटिक अथवा माइक्रोबयोमको खाना र
प्रोबायोटिक अथवा हाम्रो शरीरलाई चाहिने माइक्रोबयोमहरू हाम्रो शरीरको जरुरत
अनुरूप पूर्ति गर्ने उत्कृष्ट औषधीय क्षमता बोकेको प्रसाद वा पेय वा खाना हो।
वैकुण्ठ भनेको कुनै किसिमको भय, संशय, चिन्ता वा कुण्ठा नभएको ठाउँ, अकाल, अभाव र अपूर्णता नभएको ठाउँ हो।
एक व्यक्तिको लागि आमाको हृदय बाहेक अन्यत्र त्यस्तो ठाउँ पाउने सम्भावना
अत्यन्त न्यून हुन्छ।
सम्झनुस जतिबेला तपार्ईं सानो
हुनुहुन्थ्यो, तपार्ईं आमाको एका पट्टिको दूध चुसेर खाँदै गर्दा एउटा हात आमाको
चोलोको तुनामा र अर्को हातले आमाको लामो केशमा तान्दै बुबु पिउनु हुन्थ्यो।
त्यतिनै बेला तपाईंको एउटा गोडाले आमाको छाती र
अर्कोले आमाको अर्को स्तनमा लात हानिरहेको
हुन्थ्यो।
पटक पटक कुहेलिएर, छातीमा लात खाएर
त्यसैमा रमाएर तपाईंलाई माया गरी गरी एउटा दूधबाट अर्को दूधमा घरी घरी तपाइको
मुन्टो फेरी फेरी पुर्याएर तपाईंलाई पेटभरि दूध खुवाउने तागत बोकेकी तपाईंकी आमा
तपाईंको वैकुण्ठ हैन र?
दूधको महासागर जसलाई क्षीर सागर भनिन्छ
त्यसको सारतत्व संकेत गर्दा आमाको दूधरूपी पञ्चामृतको सम्झना गरिन्छ। विष्णुको
(मुक्तिनाथ) बासस्थान वा विष्णु लोकको पोषण सामग्रीको प्रतीकका रूपमा तपाईं हाम्रा
मन्दिरमा पोसिलो गुनिलो प्रसादका रूपमा हामी पञ्चामृत ग्रहण गर्छौं ।
आज हामी यहाँ पनि समस्यामा परेका छौँ।
हाम्रो आफ्नै बालक जसलाई हामीले दिनरात केही नभनेर पढायौँ, भएको गोरु, बाख्रा बेचेर उच्च शिक्षा दियौँ, उसले हाम्रो
परम्परागत ज्ञान न त कहिल्यै पढ्यो, न हाम्रो परम्परागत ज्ञानमा सामान्य रूपमा के रहेछ भन्ने
बुझ्ने समेत कोसिस गर्ने वातावरण नै पाइरहेको छ। जब देखि ऊ स्कुल जान थाल्यो उसलाई
हाम्रो परम्परागत ज्ञानमा सबै रूढिवादी कुरीति भनियो। त्यसलाई उसले त्यसभित्र के
रहेछ भन्ने समेत नहेरी, नसोधी रूढिवादी कुरीति नै भएको निचोडमा पुगेको छ। आज ऊ
ठूलो मान्छे भएको छ। चिल्लो कार चढेर पनि हिँड्छ।
उसकी हजुर आमा जब अपच भएर बिरामी
पर्नुहुन्छ, तब सुकेको अदुवा, पिपला, ज्वानो, शिधेनुन, जिरा,
हिङ बराबर मिसाएर पिस्नु हुन्छ । तीन ग्राम (तीन मासा) देखि छ
ग्राम (छ मासा वा ४८ लाल) सम्मको खुराक बनाएर खाँदा तंग्रिहाल्नु हुन्छ।
बडेहाकिम बनेको नाति घरमा हुँदा भने
हजुर आमालाई सो बिमारी लागिहाले सारै सकस पर्छ। घरको घरेलु ओखतीलाई नचाहिने
रूढिवादी ओखती भनेर बडेहाकिम बनेको नातिले खान दिँदैन। बजारबाट सेन्थेटिक ओखती र
पचाउने दबाइ भनी क्याप्सुल हालेको माइक्रोबायोम बोकेर ल्याउँछ । त्यो मात्र खान
भन्छ। प्यारो नाति बल्लबल्ल घर आएको छ,
केही भन्दा मन दुख्ला। हजुर आमा नातिलाई केही भन्न सक्दिनन्।
उसले औषधीले ठिक भएको छ भनी सोध्दा, ठिकै होला बाबु केही दिन लाग्ला नि भन्छिन्।
हालत बिग्रेको लुकाउँछिन्। जब नाति बाटो लाग्छ, आफ्नै
ओखती खाने बित्तिकै भने हजुर आमा तंग्रिहाल्छिन्। हजुर आमा तङ्ग्रिएको खबर पाउँदा
नाति केटो आफूले लगिदिएको ओखतीले सन्चो भएकोमा गर्व गर्दै खुसी मनाउन सहरको एक
भट्टीमा अनारको तीन पाने पिउन पुग्छ। यो
आज हाम्रो घरघरको कथा बनेको छ ।
महात्मा गान्धिले १९३० मा हिन्दी
नवजीवन पत्रिकामा राम राज्यबारे छापिएको लेख ‘स्वराज और रामराज्य’मा राज्यमा कस्तो
कर व्यवस्थामा हुनुपर्छ भनी लेख्ने गर्नु हुन्थ्यो। जस अनुसार सूर्यवंशी रामको कर
नीति पनि वेदको अवधारणाको सूर्यले अपनाउने नीति अनुरूप हुनुपर्ने गान्धिको राय
आउने गर्दथ्यो। जस अनुसार सेवा प्रदायकका रूपमा सरकार सूर्यको प्रकाश जस्तो होस्, बिना भेदभाव सबै
नागरिकको दैलोमा उसको सेवा पुगोस् भनिएको हुन्थ्यो। कर उठाउने सवालमा सूर्यको
तापबाट सञ्चालित बादल जस्तो बनोस्। धेरै पानी भएको समुद्रबाट धेरै बाफ र सुक्खा
रहेको ठाउँबाट नगण्य बाफ खिचोस्।
सूर्यले बाफका रूपमा लिएको पानी जस्तो
हुने गरी कर उठाउँदा कसैलाई थाहा नहोस्,
मतलब मर्का नपरोस्। धनी, महाजन, मनोरञ्जन र विलासीका हिरा, मोती, मदिरा, महँगा गाडी आदिमा धेरै कर लागोस्। उक्त
पैसाबाट मुलुकको विकास होस्। गरिब जनतामा कर हैन, अनुदान पुगोस्
। सरकारले दिने योजना वा अनुदान बादलले गर्ने बर्सात जस्तो रहोस्। सबैले थाहापाउने
र जनता खुसी हुने गरी अत्यन्त जरुरत रहेको जंगलमा अधिक र महासागरमा नगण्य
बर्सियोस्।
१९९४ मा मनमोहन अधिकारी सुनसरीको धरान
क्षेत्रबाट मेम्बर अफ पार्लियामेन्टमा उठ्दा चुनाव प्रचारका क्रममा विद्यार्थीका
रूपमा धरान रहेका बेला मलाई समेत भेट्न बोलाउनु भएको थियो। भेट हुँदा मैले उहाँलाई
तनहुँ तिर त कम्युनिस्टहरूले ६० वर्ष पुगेपछि जनतालाई गोलि ठोकी मार्छ भन्छन्।
मेरो स्कुलिङ नै यस्तो भयो कि झापाको कम्युनिस्ट भनेसी डर लाग्छ भनेँ।
उक्त कुरा उहाँले सिरियस्ली लिएर
माथिको बापुको कथा सुनाएर हामी तिनै कुरा बहुदलीय जनवादबाट पूरा गर्ने मिसनमा यो
राजनीतिमा छौँ भन्नु भयो। त्यसैले हाम्रो चिह्न हेर ‘सूर्य’ छ! भनेको हिजै जस्तो
लाग्छ । उक्त कुरा हामी संसदीय व्यवस्थाको उपयोग गरी बलपूर्ण फड्को मारी पूरा
गर्छौं समेत भन्नु भएको थियो। केहि पछि उहाँ नै प्रधानमन्त्री बन्नुभयो ।
केपीओली गृह र भरतमोहन अधिकारी
अर्थमन्त्री बन्नुभो । त्यस बेलाको ‘आफ्नो गाउँ, आफैँ बनाऊँ’ भन्ने र बूढाबूढीलाई भत्ता
दिने कार्यक्रम देखे पछि उहाँको ऊक्त कुरा चुनावी हैन, सिरियस
रहेको अनुभुति भएको थियो। मनमोहन अधिकारीले आफ्नो नीति पूरा लागू गर्न भ्याउनु भएन
। छिट्टै नौ महिनामै सरकारबाट बिदा गरियो ।
केपीओली प्रधानमन्त्री बनेको समयसम्म
आइपुग्दा परिस्थिति भने त्यता समेत धेरै पातलिएको छ। वेदान्तले चुरेको संरक्षण गर
भन्छ । हामी चुरे फुटाएर गिट्टी,
बालुवा बेच्ने नीति बनाउँछौँ। त्यो चुरेमा गाँजा, हेम्प, असुरो, धयेरी,
तितेपाती, सिउँड़ी, टिमुर, कन्टकारी, भलायो,
चरीअमिली जस्ता खेती गर्दा त्यहाँबाट आउने गिट्टी, बालुवा भन्दा लाखौँ धेरै आम्दानी मात्र हुन्न, पर्यावरण पनि जोगिन्छ भन्ने प्रस्ट छ। गाँजा, हेम्पले
भूक्षय हुन वाट रोकेर चुरेको संरक्षण गर्दछ। हामी गाँजा प्रतिबन्ध गरिरहेका छौ।
गाँजा कानुनी गर्न धरै उत्साही नहुन भन्ने प्रधानमन्त्रीको तह बाट उर्दी जारी
गरिरहेका छौ।
प्राकृतिक संरचना माथिको मानव दोहनले
मानव अस्तित्व नै सिध्याउने जोखिम दिनेछ भन्ने वेद र विज्ञानले यकिनका साथ
भनिरहेको छ। हाम्रो दिमागमा कालीगण्डकी डाइभर्सन जस्ता सानो फाइदामा मुलुक कंगाल
बनाउने विचार र योजना कसैले हालिदिन्छ। हामी क्षणिक लाभका लागि त्यसैको पछि
लाग्छौँ। यसको उपचार के ?
यसको उपचारमा वेद र विज्ञानको एकै निचोड भेटिन्छ। नदी नाला र
पर्यावरणले दिने फाइदा अतुलनीय हुन्छ।
महिला गर्भवती भएको सोह्रौँ दिन
आसपासमा एम्ब्रोइनिक तन्तुबाट न्युरल प्लेट बनी मानिसको स्नायु प्रणाली विकास हुन
थालेको भेटिने गरेको बताउँछ न्युरोसाइन्स । त्यसको दुई–चार दिनभित्रै न्युरल
ग्रोभको स्पष्ट स्केच विकास हुँदै एक्काइसौँ दिन पुग्दा नपुग्दा न्युरल ग्रोभ न्युरल
प्लेट सँग जोडिँदै न्युरल ट्युब बनिसक्छ। न्युरल ट्युबको अगाडिको भागबाट टाउकोमा हुने
अगाडिको, बीचको र पछाडिको मस्तिष्क बन्छ भने बाँकी मेरुदण्ड भित्रको स्पिनल कर्ड
बन्ने गर्छ। मात्र सात हप्ता पुग्दा नपुग्दा मस्तिष्कको तीनै भागको तीव्र विभाजन
हुने क्रम सुरु हुने र सशक्त स्नायु प्रणालीको विस्तारको अभियान सुरु हुने गर्छ।
एक अनुमानमा बालबालिकामा स्नायु
प्रणाली विकास हुने क्रममा प्रत्येक मिनेट कम्तीमा दुई लाख ५० हजार न्युरोनको
कोषिका बन्ने गर्छ। बच्चा जन्मेको दुई वर्ष सम्म यो तीव्र विकासक्रम जारी रहन्छ।
यही दुई वर्ष भित्र मानिसको जीवनभर हुने दिमागको वृद्धिको ८० प्रतिशत वृद्धिहुने
गर्छ। प्रत्येक सेकेन्ड सेकेन्डमा बन्ने न्युरोनको स्वस्थ र तन्दुरुस्ती त्यो
न्युरोनको विभाजन भएर बन्ने अन्य न्युरोनको सुरक्षित भविष्यको निर्णायक हुने गर्छ।
गर्भवती महिलाको मानसिक र शारीरिक स्वस्थ तथा तन्दुरुस्तीले उक्त न्युरोन
विभाजनलाई पूर्ण रूपमै प्रभावित गर्ने गर्छ । तीन वर्षको हुँदा ९० प्रतिशत बन्ने
दिमाग पाँच वर्षको हुँदा लगभग पूर्ण रूपमा बनिसकेको हुन्छ।
समाजबाट बालकले सिक्ने, आफ्नो अनुभूति र
अनुभवका आधारमा आधारभूत मान्यताको जग बसाल्ने काम पाँच देखि १८ वर्षको उमेरमा हुने
गर्छ। यही उमेरमा अनुशासन र नैतिक शिक्षाबारे मान्यता विकास गर्न मुख्य प्रभाव खेल्छ।
हाम्रो आजको वैज्ञानिक प्रविधि र
नैतिकता अनि करुणा विहीन भ्रष्ट शिक्षा र त्यसका विषय वस्तुले हाम्रा विद्यार्थीहरूमा
पथ भ्रष्ट मनोविज्ञान विकास गर्न सहयोग गरिरहेको छ। बच्चाले पाउनुपर्ने शिक्षाको
अवसर पाइरहेको छैन। हाम्रो हालको खाडल यति गहिरो बनेको छ कि हाम्रा परम्परागत
गुरुकुल पद्धतिको शिक्षा लागू नगरी उक्त खाडल पूरा हुन निकै कठिन पर्ने देखिएको छ।
मुलुकको हरेक शिक्षालयमा रोबोटिक गुरुकुल स्थापना र मुलुकवासीमा वेदमा विज्ञानको
अभियान मार्फत सचेत नगर्दा सम्म मुलुकको समृद्धि असम्भव प्रायः रहेको देखिएको छ।