वेदमा सूक्ष्म कण
ऋग्वेद र शुक्ल यजुर्वेद:
सूक्ष्म जीव / कण विज्ञान
नेपाली परम्पराको रैथाने ज्ञान तथा
प्रविधिको चुरो ज्ञान संकलित वेद र विज्ञानबारे संसारभर खुलेर चर्चा मात्र हुँदैन
प्रशंसा समेत हुने गर्छ । इनोभेसन र नयाँ आविष्कारमा लागेकाको एउटा रिफरेन्स गाइड
बनेको छ नेपाली परम्पराको रैथाने ज्ञान तथा प्रविधि। त्यही रैथाने वेद र विज्ञानका
गहन ज्ञानबाट भने बत्तीमुनिको अँधेरो बनेर नेपाली समाज फाइदा प्राप्त गर्न र
व्यावहारिक इनोभेसनमार्फत आफ्नो आध्यात्मिक मात्र हैन, कर्मिक जीवनसमेत सहज बनाउनबाट वञ्चित छ
। पश्चिमा धर्म प्रचारकको विभिन्न ज्ञात अज्ञात शीर्षकमा चन्दा र सहयोग प्राप्त
सामाजिक अभियन्ता,
सामाजिक
विकासका अगुवा,
दातृ निकाय, पत्रकारिता र राजनीतिक गतिविधिको
संयुक्त प्रयासको ग्रान्ड डिजाइन बत्तीमुनिको अँधेरो पैदा गर्ने प्रमुख कारक बनेकै
छ।
त्यसमाथि नेपाली परम्पराको रैथाने
ज्ञान तथा प्रविधिको चुरो ज्ञान समाजमा लैजाने नाममा मात्र आफूलाई देवत्व गराउन
सक्रिय कतिपय समूह हलुवामा बालुवा भएर समाजको हरेक तप्कामा सक्रिय देखिन्छ । आजको
युग कर्म युग हो । त्यो भनेको सबै कुरा व्यापारीकरण भएको समय मात्र हैन, मानिसले आफूलाई फाइदा हुने हरेक कुरा
जसरी पनि प्राप्त गरी छाड्ने युग हो । जसरी एक मुर्दामा परेका किराहरू मुर्दाको रस
सकिएपछि मुर्दा सहित आफू पनि अस्तित्वहीन हुन्छन् र माटोमा मिल्छ त्यस्तै
अप्राकृतिक कुरालाई आफ्नो क्षणिक लाभमा लैजाने शक्ति पनि त्यो असत्यको पर्दा
उत्रनासाथ विलीन हुने युग हो यो । जसमा हाल निकै नाम चलेका मान्यगन्य र चुनिएका
निकै प्रख्यात बनिरहेका व्यक्ति र तिनका प्रवृत्तिसमेत पर्छ। खैर त्यो कुरा समयलाई
छाडिदिएर भावनात्मक कुरातर्फ लागौँ जुन यथार्थपरक रहने गर्छ।
एकछिनलाई सोचौँ, यदि हाम्रा समाजका अलिकति संस्कृत
भट्याउन जान्ने वर्गमा समाजबाटै संस्कृत लोप हुँदै गएको समयमा संस्कृत भाषा जानेको
भरमै वेदका गहिरा वैज्ञानिक यथार्थ सम्पूर्ण रूपमै जान्छु बुझ्छु भन्ने अहम्
हाम्रा संस्कृत बुझेका अगुवामा नभएर सम्बन्धित विषयमा विज्ञता हासिल गरी वेदको
भावार्थ समाजमा ल्याउने कष्ट गरेको भए आज हामी वेदको सार पढ्दै गर्दा सायद तल गरी
जस्तो भावार्थ प्राप्त गरी रहेको हुन्थे म होला । इनोभेसन र समृद्धि नेताको
मलद्वारलाई स्वर्गद्वार देख्ने न त आजको राजनीतिसँग आबद्ध विज्ञ न त हाम्रा
विश्वविद्यालय जस्ता विभाजनकारी संस्थामा कार्यरत प्राज्ञको पहुँचको विषय हो भन्ने
वेदका कुरा कक्षा ५ मै सिकिन्थ्यो होला ।
आजका जस्ता नेपाली बापका अंग्रेजी औलाद
हुने पश्चिमा संस्कार देखाउन पाउँदा आफू सहरिया बन्ने भुइँफुट्टा वादले हाम्रा
भर्खरभर्खर कलेज पढ्दै गरेका बच्चाहरूको दिमाग प्रदूषित बन्थेन होला । आज हाम्रो
विशिष्ट ज्ञान उद्यमशीलतामा परिवर्तित बनिसकेको अवस्था हुन्थ्यो होला । जे होस्
त्यसैलाई ध्यानमा राखी सूक्ष्म जीव विज्ञानको वैज्ञानिक भावार्थमा ऋग्वेद र शुक्ल
यजुर्वेदको अक्षर अक्षरले के भन्छ भन्ने अनुत्पादक परम्परागत प्रयासविपरीत भावार्थ
वा चुरो कुरो के भन्न खोजिरहेछ त्योबारे चर्चा गरौँ ।
मुण्डकोपनिषद: अद्वैत
संस्कृतमा प्रणवको अर्थ “ब्रह्माण्डीय
ध्वनि“ ॐ हुन्छ। ब्रह्माण्डीय ध्वनिको कम्पन पैदा गर्ने ॐकार जप गरी गरिने गहिरो
ध्यानले व्यक्तिलाई उसको चेतनाको अधिकतम उपयोग गरी आफू र संसारलाई जान्ने, आफू संसारमा अस्तित्वमा रहनुको कारण
पहिल्याउने जस्ता आत्मा ज्ञान प्राप्त गर्न सहयोग पुग्दछ।
विज्ञान वा अविद्याको सहायताले संसारको
हरेक रहस्य जान्न सक्ने विद्याको खोजमा प्रणव जप सहयोगी बन्दछ । व्यक्तिमा भएको
आत्मा आफैमा परमात्मा वा प्रकृति चेतनाको अंश हो।
आत्माको स्वरूपमा ढालिएको परमात्मा वा
प्रकृति चेतनाको अंश व्यक्तिको शरीर संग सहकार्यमा रहेका कारण व्यक्तिमा चेतनाको निर्माण हुने गर्दछ । जसरी
पानी भित्र छिरेको प्रकाशको किरणको प्रभावले शुद्ध पानीलाई पारदर्शी पार्न सहयोग
गर्दछ त्यसै गरी भौतिक शरीर सँग हुने आत्माको मिलनको प्रभावले शुद्ध मनोविज्ञान
भएको ज्ञानी व्यक्तिमा प्रभावशाली चेतनाको निर्माण गर्ने गर्दछ । जसलाई आत्मा
शुद्धि भनिन्छ।
आत्मा शुद्धि व्यक्तिले आफ्नो मुक्तिको मार्गको तय गर्न जरुरी पर्दछ । मुण्डकोपनिषद को २.४.४ मा धनुष बाणको उदाहरण दिएर व्यक्तिले आफ्नो मुक्तिको मार्गको कसरी तय गर्न सम्भव रहन्छ भन्ने चर्चा भएको छ।
प्रणवो धनुः शारो ह्यात्मा ब्रह्म
तल्लक्ष्यमुच्यते।
अप्रमत्तेन वेद्धव्यं शरवत्तन्मयो
भवेत् ।।
।। मुण्डकोपनिषद् २.४.४।।
भावार्थः ॐ धनुष हो । आत्मा धनुषको बाण हो । ब्राह्मण
आत्माको वास्तविक लक्ष्य वा तिर–विन्दु हो । जुन हरेक जीवित व्यक्तिको मुक्तिको
अटल उद्देश्य हो। जसरी एउटा तीरले अचुक रूपमा आफ्नो निशानामा गएर मिल्दछ त्यसरी नै
आत्मा ब्राह्मणमा लीन भएर मुक्ति प्राप्त गर्दछ ।
व्याख्याः मुण्डकोपनिषदको श्लोक २.२.४ अनुसार प्रणव जप र
एकाग्रता रुपी ध्यानको माध्यम वाट आफ्नो मनलाई परम यथार्थ ब्रह्ममा केन्द्रित गरी
त्यसैमा विलीन हुने गरी अद्वैत अवस्थामा
पुग्नु नै आत्माको मुक्तिको अवस्था हो । जहाँ प्रणव जप र एकाग्रताले व्यक्तिमा
गहिरो अनुभूति र आत्मा ज्ञान उपलब्ध गराउने गर्दछ ।
वेदान्तमा आध्यात्मिकताको सम्पूर्ण
उद्देश्य आत्मा र ब्रह्मको एकता स्थापना
गर्नुमा रहेको छ । जसको लागि व्यक्तिलाई आत्मा र अहङ्कार बिचको भिन्नता पहिल्याउन
सहयोग गरिन्छ । शरीर भित्र रहेको आत्मा लाई अहङ्कारको केन्द्रको जालोले घेरेर
आत्मा जीवात्मा बन्ने गर्दछ ।
जसरी डाक्टरले मोती बिन्दु भएको आँखाको
बाहिरी पर्दा अप्रेसन गरेर हटाए पछि मोतीबिन्दुको रोगीले फेरी आँखा देख्न सुरु
गर्दछ त्यस्तै अविद्या र विद्याको सहारा लिएर गरिने आत्मा ज्ञान रुपी मनोवैज्ञानिक
शल्यक्रियाको मध्यम वाट जीवात्मामा रहेको अहङ्कारको जालो हटाएर जीवात्मा बाट आत्मालाई मुक्त गर्न प्रणव जप र एकाग्र ध्यानले
सम्भव गरिदिन्छ । वेदान्तको आध्यात्मिकताको शिक्षाको अनुभूतिले आत्मा र ब्रह्म एकै
चिज रहेको अनुभूतिको ज्ञान मार्फत आफ्नो चेतनालाई अद्वैत आत्माको मुक्तिको अवस्थामा
पु¥याउने गर्दछ ।
मुण्डकोपनिषद् श्लोक २.२.५ यसरी लेख्छः
यस्मिन्द्यौः पृथिवी चान्तरिक्षमोतं
मनः सह प्राणैश्च सर्वैः।
तमेवैकं जानथ आत्मानमन्या वाचो
विमुञ्चथामृतस्यैष सेतुः।।
।। मुण्डकोपनिषद् २.२.५।।
भावार्थः आकाश, पृथ्वी, र अन्तरिक्ष सबै एउटै तत्वले बुनिएर
सन्तुलित अस्तित्वमा एकबद्ध भएर रहेका छन्, जसमा मन र सबै प्राणहरू समेत समाहित
छन्। सम्पूर्ण जगत लाई एकतामा लिने त्यो एक मात्र परमात्मालाई चिन्नुहोस्। अन्य
सबै शब्दहरू वा खोजहरू (वा कामहरू) त्याग्नुहोस्। सांसारिक ज्ञानको व्याकुलतालाई
पार गर्दै अमरत्व प्राप्त गर्ने पुल भनेकै आत्माको अनुभूतिमा मात्र केन्द्रित रहने
कर्म हो।
व्याख्याः मुण्डकोपनिषद् श्लोक २.२.५ ले उपनिषद्हरूमा ’ब्रह्म’ वा ’आत्मा’ भनिने सर्वोच्च सत्य प्राप्त गर्ने उपायको बारेमा ज्ञान दिन्छ। श्लोकको प्रत्येक भागको भावार्थ यसरी बुझ्न सकिन्छः
“यस्मिन्द्यौः पृथिवी
चान्तरिक्षमोतं" यसको अर्थ हो, आकाश
(द्यौः), पृथ्वी (पृथिवी), र अन्तरिक्ष (अन्तरिक्ष) सबै एउटै
सर्वोच्च सत्यद्वारा पूर्ण रूपमा बुनेका छन् र सम्पूर्ण ब्रह्माण्डमा समाहित भएका
छन्।
“मनः सह प्राणैश्च सर्वैः“ यसको अर्थ हो, मन (मनः) र सबै जीवन शक्तिहरू (प्राण)
पनि सर्वोच्च सत्यबाट उत्पन्न भएका छन् र तिनैमा समाहित छन्।
“तमेवैकं जानथ आत्मानमः“ यसको अर्थ हो, त्यसैले एक मात्र सर्वोच्च सत्यलाई, अर्थात् आत्मालाई, चिन्न र बुझ्न प्रयास गर्नुहोस्।
अन्तिम सत्य केवल एक (अद्वैत) छ।
“अन्या वाचो विमुञ्चथः“ यसको अर्थ हो, भौतिक संसारका अन्य कुराहरूबाट आफ्नो
ध्यान हटाई केवल आत्म–ज्ञानमा केन्द्रित हुनुहोस्।
“अमृतस्यैष सेतुः“ यसको अर्थ हो, आत्म–ज्ञान नै “अमरत्वको पुल“ हो, जसले जन्म र मृत्युको चक्रबाट
व्यक्तिलाई मुक्त गराउँछ ।
सारांशमा मुण्डकोपनिषद् श्लोक २.२.५ ले
साधकहरूलाई मुख्य रूपमा यो उपदेश दिन्छ कि सम्पूर्ण सृष्टि, मन र जीवन शक्तिहरू सबै सर्वोच्च
आत्माबाट उत्पन्न भएका हुन् र तिनैमा समाहित भएर सदैव रहन्छन्। तसर्थ, एक मात्र अन्तिम सत्य रूपी आत्मालाई
चिन्दै जीवनमा भ्रम उत्पन्न गर्ने र ध्यान अन्यत्र मोड्न भूमिका खेल्ने मायावी
संसारसँगको मोह पूर्ण रूपमा त्यागेर मात्र अमरत्व प्राप्ति (मुक्ति वा मोक्ष)
सम्भव हुन्छ।
वैज्ञानिक भावार्थमा ऋग्वेद
मरुत
वेदमा नयाँ निर्माणको लागि ध्वंस गर्ने
नियतमा वा भएकै अवस्थामा सुधारात्मक वा नियन्त्रणात्मक हस्तक्षेप मार्फत समग्र
सकारात्मकता तर्फ लैजान प्रकृतिले व्यवस्थित गर्ने सकारात्मक प्राकृतिक शक्तिलाई
मरुत भन्ने गरिन्छ । वैदिक पौराणिक कथामा
उल्लेख हुने सप्तगण मरुत शब्दले सात समूहका मरुतहरूलाई जनाउँछ । मरुतहरू
आँधी, हावा, चट्याङ, भूकम्प आदि सँग सम्बन्धित शक्तिशाली
देवताहरू मानिन्छ।
तिनीहरूलाई प्रायः शक्तिशाली, उग्र र विचलित गराउने खुबीको हुने
गर्दछ । वैदिक इन्द्र देवता मैत्री
शक्तिको रूपमा चिनिने मरुतहरू शक्तिशाली परिवर्तनका बाहक हुन्। जस्तै सामान्य खाना
पकाउने, पाचन गर्ने, सारतत्व निकाल्ने शक्ति अग्नि हुने
गर्दछ । सामान्य आगो पनि अग्नि नै मानिन्छ। जब आगोले डँडेलो लाग्दछ, मानिस, घर जलाउने, विनाश गर्ने अग्नि भने वरुण रूपको वा
रौद्र रूपको मानिन्छ।
सप्तगण मरुतका अर्थ “सात समूह“ वा “सात
वर्ग“ समूहमा विभाजित शक्ति हो । प्रत्येक समूहमा विभिन्न सङ्ख्याका देवताहरू
(शक्तिको श्रोतहरू) समावेश हुन्छ। शास्त्रहरूमा रथमा चढेर आँधी वर्षा आदि ल्याउने
तथा इन्द्रलाई राक्षसहरू (असुरहरू) विरुद्धको युद्धमा सहयोग गर्ने किसिमका भनी
प्रायः दुई प्रकारका मरुतहरुको चर्चा हुने गर्दछ।
नियमित प्रकृतिको ऊर्जा जुन बादल
बनाउने, पानी पर्ने, गड्याङगुडुङ हुने, बर्साद गर्ने, सामान्य हावा, हुरी, आँधी हुने, उमेर अनुरूपको सामान्य रोग, जीर्ण रोग आदि जस्ता कार्यमा संलग्न हुन मरुत लाई रथमा
चढेर वितण्डा ल्याउने प्रकृतिको मरुत मानिन्छ।
कहिले काहीँ मात्र देखिने महामारी, जीवन नै जोखिममा पार्ने रोग, भूकम्प, सुनामी, ठुलो आँधी बेरी, ठुला ठुला घटना आदि लाई इन्द्रलाई
राक्षसहरू (असुरहरू) विरुद्धको युद्धमा सहयोग गर्ने मरुतहरू भनेर चिनिन्छ। वैदिक
अवधारणामा हरेक प्राकृतिक घटनाको कुनै निश्चित कारण हुने गर्दछ। त्यसको कारण मूलतः
नयाँ निर्माणको लागि ध्वंस गर्ने नियतको वा भएकै अवस्थामा सुधारात्मक वा
नियन्त्रणात्मक हस्तक्षेप जरुरी देखिएकोले घटेको ठानिन्छ ।
वैदिक पौराणिक कथाहरू अनुसार मरुतहरू
रुद्र (शिव वा नयाँ निर्माणको लागि ध्वंस गर्ने शक्तिको उग्र रूप; पृष्णिका (गाई वा पृथ्वी अर्थात्
उर्वरा शक्तिको प्रतीक) छोराहरू हुन् । प्राकृतिक न्याय स्थापनाको लागि सक्रिय
रहने मरुतहरू विशेष गरी आँधी र हावा सँग सम्बन्धित रहेको प्रकृतिका उग्र र
विनाशकारी पक्षहरूको प्रतीक हुन्। इन्द्र सँग (मन–मनोविज्ञान, मस्तिष्क–बुद्धि र चित्त–अहङ्कार)
विशेष सम्बन्धमा रहने मरुतहरू इन्द्र वा
बुद्धिमता सँग अधिक सम्बन्धित रहने अर्थमा ऋग्वेदका धेरै स्तोत्रहरूमा प्रकृतिको
गहन ज्ञान मार्फत प्रकृति मैत्री उपाय वाट त्यसको सदुपयोग गर्ने उपाय निर्देशित
गर्न समर्पित रहेको देखिन्छ।
समाजमा मानवताको स्थापना गर्नका खातिर
सामना गर्नु पर्ने चुनौती र अवरोधहरू लाई वैदिक शब्दावलीले सर्प वृत्रासुर वा वृत्रासुर भन्ने गर्दछ । मृत्यु र विकार माथि
विजय गरेर सन्तुलित स्वस्थ जीवन र दैनिकी व्यवस्थापन गर्न सहयोगी शक्तिलाई
वेदले इन्द्र वा आत्मबल भन्ने गर्दछ ।
सर्प वृत्रासुर जसले जीवको शरीर र
पृथ्वी वा प्रकृतिमा सुख्खा र अराजकता ल्याउन प्रमुख भूमिका खेल्दछ त्यसको विरुद्ध
लड्नको लागि इन्द्र लाई सघाउने शक्ति मरुत हो । इन्द्र र मरुतको संयुक्त गतिविधि
सदैव सुख्खा पन विरुद्ध वर्षा वा चिस्यान ल्याउने, वायुमा आधारित समस्याको समाधान गर्ने
तथा मनोवैज्ञानिक र ब्रह्माण्ड सन्तुलन कायम राख्न अधिक सक्रिय हुने गर्दछ ।
प्रकृतिका मौलिक तर अनियन्त्रित
शक्तिहरूको प्रतीकको रूपमा सक्रिय रहने मरुतहरू आक्रामक सक्रिय ऊर्जा युक्त
चलायमान तरल तथा वायु तत्त्वहरूको रूपमा रहने ठानिन्छ ।
संक्षेपमा आँधी, हुरी, विनाशसँग सम्बन्धित रुद्र; आत्मबल वा मन, बुद्धि र अहङ्कार संग सम्बन्धित इन्द्र; तथा
हावा संग सम्बन्धित पवन मैत्री रहेर सात समूहमा काम गर्ने मरुतहरू लाई सप्तगण मरुत भनेर चिनिन्छ । सप्तगण मरुत सप्त मातृका अर्थात्
संसारलाई दुष्ट शक्तिहरूबाट जोगाउने रक्षक देवीहरूका रूपमा रहने सात दिव्य शक्तिको
ऊर्जा संग इन्द्रको निकट सम्बन्ध विकास गरी शरीर र ब्रह्माण्डको सन्तुलन कायम
राख्न नियमित सक्रिय रहने गर्दछन् ।
यज्ञ, अनुष्ठान
मानवीय रूपमा प्राकृतिक नियमको पालन
गर्नु लाई वेदले वैदिक धर्म मान्दछ। वेदमा प्राकृतिक नियमको पालन कसरी हुन्छ भन्ने
बारेका सन्देशहरू छन्। त्यसलाई अनुसरण गर्नु वैदिक धर्म कर्म मानिन्छ। अनुसरण
नगर्नु अधर्म हुने गर्दछ। अविद्या र विद्यामार्फत वेदको ज्ञान लिने, अनुभूति गर्ने र व्यवहारमा अपनाउने
कार्य आध्यात्मिक ज्ञान र अभ्यास भित्र पर्दछ। आध्यात्मिक ज्ञान र अभ्यासको
केन्द्रीय तत्वको रूपमा वेदमा यज्ञलाई पवित्र अनुष्ठान तथा बलिको प्रतीक ठानिन्छ।
बलिको अर्थ यज्ञमा होम गर्नु र व्यवहारमा कर्म अन्तर्गतको गतिविधि सम्पन्न गर्नु
हो। व्यक्तिले आफ्नो जिम्मेवारी पूर्ति
गर्न गरेको हरेक उसको व्यवहारिक जीवनको यज्ञ हो। अनुष्ठान आदिमा हुने यज्ञमा घिउ
(शुद्ध घ्यू),
अन्न, र सोम (एक पवित्र पेय) जस्ता विभिन्न
सामग्रीहरू लाई पवित्र आगोमा समर्पित गरिन्छ। त्यस क्रममा वैदिक मन्त्रहरूको
उच्चारण गरिन्छ।
यज्ञको उद्देश्य बहुपक्षीय हुने गर्दछ।
अनुष्ठान बलि अन्तर्गत मुख्य रूपमा देवताहरूप्रति श्रद्धा र धन्य भाव अर्पण गरिन्छ । देवताहरूको कृपा र आशीर्वाद प्राप्त
गर्न खोजिन्छ । यज्ञ,
अनुष्ठानले
ब्रह्माण्डीय व्यवस्था (ऋत) कायम राख्ने र व्यक्तिको साथै समुदायको कल्याण
सुनिश्चित गर्ने विश्वासमा गरिन्छ। आध्यात्मिक शुद्धीकरणको उपाय र दिव्य ज्ञान
प्राप्तिको उद्देश्यले यज्ञमा विविध आध्यात्मिक अभ्यासहरू गरिन्छ । साधकहरूले
आफूलाई ब्रह्माण्डीय सिद्धान्तहरू मैत्री राख्ने र उच्च आध्यात्मिक अवस्थाहरू
प्राप्त गर्ने लक्ष्य राख्छन् । सामाजिक र नैतिक व्यवस्था कायम राख्नको लागि
समाजमा सामाजिक र नैतिक कर्तव्य बारे (धर्म)
चेतना जगाउने यज्ञको उपयोग गरिन्छ। पुरोहितहरू, संरक्षकहरू र समुदायको सबै पक्षको
व्यापक सहभागिता जुटाउने,
सामाजिक धर्म, नैतिक कर्तव्य, व्यवहारिक ज्ञान र आध्यात्मिक ज्ञानका
कुराकानीहरू गर्ने गतिविधिहरू यज्ञको नियमित उद्देश्य भित्र पर्दछ। यज्ञ मार्फत
सामाजिक कल्याणको लागि दान र निस्वार्थ सेवा भाव जगाउने कार्य हुन्छ । समर्पण
भावको विकास गर्ने,अहङ्कार, इच्छा र भौतिक आशक्तिहरूको त्याग गर्ने
र उच्च आध्यात्मिक लक्ष्यहरू प्राप्त गर्न आफूलाई तैयारी राख्न यज्ञको सदुपयोग
गरिन्छ ।
वेदमा विभिन्न प्रकारका यज्ञहरूको
वर्णन गरिएको छ,
जसको आफ्नै
विशिष्ट उद्देश्यहरू हुने गर्दछ । अग्निहोत्र यज्ञ अन्तर्गत दैनिक अनुष्ठान गरिन्छ
जसमा दूध, अन्न, र घिउलाई सूर्योदय र सूर्यास्तमा आगोमा
अर्पण गरिन्छ । अश्वमेध यज्ञ सार्वभौमिकताको अनुभूति गर्नका लागि हुने राजसी बलि
हो । सोम यज्ञ अमरत्व र दिव्य आध्यात्मिक अनुभूति लिने सोम रस समर्पण गरिने
अनुष्ठान हो। समग्रमा यज्ञ तिनै प्रकारका वैदिक अनुष्ठानहरूको एक महत्व पूर्र्ण
पक्ष हो जसले बलिदान,
भक्ति र
ब्रह्माण्डीय समन्वय आदिको अवधारणा सांसारिक जीवनमा अत्यन्त महत्त्वपूर्ण रहेको
अनुभूति दिने कार्यलाई मूर्त रूप दिन उपयोग गरिन्छ।
अग्निहोत्र एउटा वैदिक अनुष्ठान हो
जसमा सूर्योदय र सूर्यास्तमा घिउ,
अन्न, र अन्य प्राकृतिक पदार्थहरू पवित्र
आगोमा अर्पण गरिन्छ । अग्निहोत्र अनुष्ठानले वातावरण शुद्ध गर्ने र शारीरिक तथा
मानसिक स्वास्थ्यलाई प्रवर्द्धन गर्ने गर्दछ। अग्निहोत्रका क्रममा उत्पन्न हुने
औषधीय धूवाँ र वासना ब्याक्टेरिया र भाइरसको विरोधी गुण युक्त हुने हुँदा
तिनीहरूले वातावरणलाई सफा गर्ने,
श्वासप्रश्वासको
स्वास्थ्यमा सुधार गर्न मद्दत पु¥याउँछ। वरपरको वातावरणमा
प्राण (जीवन शक्ति) बढाउने,
मनोवैज्ञानिक
सबलता बढाउने,
एन्टीएलर्जी
क्षमता बढाउने काम समेत अग्निहोत्र यज्ञले गर्दछ। जसले व्यक्तिको समग्र मानसिक, शारीरिक, मनोवैज्ञानिक र आध्यात्मिक स्वास्थ्य
सबल गर्न र उसलाई ऊर्जाशील राख्ने कार्य गर्दछ। पर्यावरणीय स्वच्छताको दृष्टिकोणमा अग्निहोत्रको हावा शुद्ध गर्ने, प्रदूषकहरू लाई निस्तेज गरिदिने आदि
क्रिया मार्फत वातावरणीय स्वच्छता बढाउने भूमिका महत्त्वपूर्ण छ। घिउ र जडीबुटी
जस्ता जैविक पदार्थहरू जलाउँदा उत्पन्न हुने लाभदायक धूवाँले हानिकारक
प्रदूषकहरूलाई प्रतिरोध गर्न र वातावरणमा विषाक्त पदार्थहरूको उपस्थिति घटाउन
सहयोगी हुन्छ। अग्निहोत्रको अभ्यासले स्वस्थ वातावरण निर्माणमा योगदान दिने, पर्यावरणीय सन्तुलन प्रवर्द्धन गर्ने र
लाभकारी जीवहरूको कल्याण गर्ने गर्दछ ।
परम्परागत रूपमा शासक वा राजाहरूले
आफ्नो सार्वभौमिकताको प्रमाणित गर्नका सम्पन्न गर्ने अश्वमेध यज्ञमा अनुष्ठानको
मूल उद्देश्य सम्पूर्ण राज्यको शान्ति र समृद्धिमा केन्द्रित हुने भएकाले यसले
जनताको सुरक्षाको अनुभूति दिन र मनोवैज्ञानिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव
दिने गर्दछ । अश्वमेधमा प्रयोग हुने घिउ, अन्न, र जडीबुटी जस्ता पदार्थहरूलाई औषधीय
गुण भएका मानिन्छ,
जसले
अनुष्ठानमा सहभागी हुने र त्यस वरपर हुनेहरूको स्वास्थ्य सुधार्न मद्दत पु¥याउँछ। पर्यावरणीय स्वच्छताको
दृष्टिकोण अश्वमेध यज्ञ ठुलो स्तरमा हुने हुँदा
ठुलो जमघट र प्राकृतिक स्रोतहरूको प्रयोग गर्दै गर्दा यसले ठुलो भूभागको
पर्यावरणीय स्वच्छता कायम गर्ने गर्दछ। यज्ञका क्रममा अर्पण गरिने जैविक र
प्राकृतिक पदार्थहरूल माटोलाई मलिलो बनाउने, हावा शुद्ध गर्ने र पर्यावरणीय सन्तुलन
प्रवर्द्धन गर्ने गर्दछ। साथै यज्ञले वातावरणप्रति जिम्मेवारीको दिगो अभ्यासलाई
प्रवर्द्धन गर्छ ।
सोम यज्ञमा पवित्र औषधीय वनस्पति तिनको
सारतत्व, रसको अर्पण गरिन्छ। वैदिक र
आयुर्वेदिक परम्परामा उच्च महत्त्व पाउने त्यस्ता
सारतत्व र रसहरू दीर्घायु गुणका, तागत
प्रवर्धन गर्ने,
मानसिक
स्पष्टता विकास गर्ने,
तन्देरी पन
कायम गर्ने, कायाकल्प गर्ने, यौन शक्ति वृद्धि गर्ने, हिलिङ्ग, औषधीय र आध्यात्मिक सबलता दिने आदि गुण
हुन्छ। सोमको अनुष्ठानिक सेवनले शरीर र मनलाई छरितो राख्ने, प्रतिरक्षा प्रणाली बलिष्ठ गर्ने समग्र
स्वास्थ्यलाई प्रवर्द्धन र सन्तुलित गर्ने गर्दछ।
सोम यज्ञले शरीरका दोषहरू (जैविक
ऊर्जा) सन्तुलनमा राख्न पनि मद्दत गर्छ, जसले
शारीरिक, मानसिक, मनोवैज्ञानिक र आध्यात्मिक स्वास्थ्यमा
सुधार गर्छ। पर्यावरणीय स्वच्छताको दृष्टिकोणमा सोम यज्ञको पर्यावरणीय स्वच्छतामा
योगदान दिने, सोम वनस्पति र अन्य
प्राकृतिक स्रोतहरूको संरक्षण र दिगो प्रयोगलाई प्रोत्साहन गर्ने, अनुष्ठानले प्रकृतिको पवित्रता र जैव
विविधताको संरक्षणको महत्त्वलाई जोड दिने गर्दछ।
यज्ञमा प्रयोग हुने प्राकृतिक, जैविक पदार्थहरूले पारिस्थितिक सन्तुलन
कायम गर्न र औषधीय वनस्पतिहरूको संरक्षणलाई टेवा पु¥याउने गर्दछ। सोम अनुष्ठानले मानव र
वातावरण बिचको सह–जीवी सम्बन्ध बारे समाजलाई सचेत गर्न र आपसी लाभदायक अभ्यास कायम
गर्न प्रोत्साहन दिन्छ ।
ऋग्वेद मन्त्र १.१९.१
परति तयं चारुमध्वरं गोपीथाय पर हूयसे |
मरुद्भिरग्न आ गहि ||
भावार्थः विशिष्ट सुन्दर यज्ञ स्थल वा
कार्यस्थलको रूपमा प्राप्त पृथ्वी रूपी वासस्थानको प्रकृति मैत्री संरक्षणको लागि, जीवहरूको रक्षाको लागि अग्नि (ताप, प्रकाश, परिवर्तनशील ऊर्जा, किरण तथा गति) र मरुत (वायु र जलको
उच्च दबाब शक्ति तथा सूक्ष्म जीवको निर्माण, ध्वंस र प्रतिस्थापनका विशिष्ट तागत)
जस्ता प्रकृतिमा उपलब्ध प्राकृतिक शक्ति र ऊर्जाको व्यवहारिक उपयोगको तरिका
(मन्त्र) अत्यन्त प्रभावशाली हुने छ ।
सामान्य अर्थः परति (parati) - प्रतीत (Towards, in honor of); तयं (tayaṁ): त्यो (That); चारुमध्वरं (chaarumadhvaraṁ): सुन्दर यज्ञ स्थल (Assigned beautiful sacrificial ground or activities
or duty workplace) कार्य स्थलका गतिविधिहरू; गोपीथाय (gopiithaaya): पृथ्वी (गाई शब्द पृथ्वी
जनाउन समेत प्रयोग हुन्छ) रुपी वासस्थानको प्रकृति मैत्री संरक्षणको लागि (For the protection of
jiva); पर (para): आह्वान (Invocation or calling
upon); हूयसे
(huuyase): गरिन्छ कि (Are being invoked); मरुद्भिः (marudbhih): मरुतहरूको साथ (Along with the Maruts –
the storm gods); अग्ने (agne): हे अग्नि (Fire Energy) ।
व्याख्याः जीव तथा भौतिक ऊर्जा
क्षेत्रको पण्डित,
सन्त जस्ता विषय विज्ञको अनुसन्धान तथा खोज कार्य
अनुभव अनुरूप जैविक तथा अजैविक भौतिक पदार्थको पदार्थ प्राकृतिक मैत्री प्राकृतिक
दहनको (अग्नि) क्रममा हुने विखण्डन जस्तैः
प्राकृतिक प्रोकोपको कारण जल्दा,
ज्वालामुखी
फुट्दा आउने अग्नि,
राप, ताप र विविध प्राकृतिक ऊर्जा, जीवको मृत्यु हुँदा एक रूपबाट अर्को
रूपमा परिवर्तन हुने क्रममा पैदा हुने शक्ति, भौतिक परिवर्तनको क्रममा पैदा हुने
वायु (हावा, बाफ) आदि वाट प्राप्त हुने
ऊर्जा आदि (मरुत,
वरुण) दिगो
पर्यावरणीय ऊर्जाको स्रोत हुने गर्दछ।
ऋग्वेद मन्त्र १.१९.२
नहि देवो न मर्त्यो महस्तव करतुं परः|
मरुद्भिरग्न आ गहि ||
भावार्थः न कुनै त्यस्तो प्रकृति शक्ति
भनिने अर्को देवता नै अस्तित्वमा छ, न
कुनै नश्वर (जन्मे पछि मर्ने पर्ने सर्तमा जीवित रहेका व्यक्ति वा अवतार) व्यक्ति
र शक्ति नै अस्तित्वमा छ,
जसले अग्निले
सम्पन्न गर्न सक्ने अद्भुत र अतुलनीय कार्य सम्पन्न गर्न सक्दछ। अग्नि समान
चमत्कारिक कार्य अरू कुनै शक्तिले गर्न सक्दैन।
संयुक्त समूहमा रहेर कार्य गर्ने मरुतहरूको (जस्तै: वायु र जलको उच्च दबाब
शक्ति, क्रायोजेनिक ग्यास, तरल पदार्थ, सूक्ष्म जीव र क्वान्टम कणको निर्माण, ध्वंस र प्रतिस्थापनको विशिष्ट तागत)
तागत पहिचान गरि जसले अग्नि ऊर्जा मैत्री शक्तिको सदुपयोग गर्ने तरिका सिक्दछ
(ध्यान वा विज्ञान मार्फत मन्त्र प्राप्त गर्दछ) उसले प्रकृति मैत्री अजेय महान्
उपायहरू पहिचान गर्न र उपयोग गर्न सक्ने छ।
सामान्य अर्थः नहि (nahi): छैन (There is not); देवः (Devaḥ): प्रकृति शक्ति देवता (God or deity); न (na): न (Nor); मर्त्यः (Martyaḥ): नश्वर व्यक्ति (Mortal Human); महः (mahaḥ): ठुलो ( Great or mighty); तव (Tava): तिम्रो (Your); कर्तुं (Kartum): गर्न (To do); परः (Parah): अरू (Another or beyond); मरुद्भिः (marudbhih), संयुक्त समूहमा रहेर
मरुतहरूले गर्ने कार्यको साथ (With
the Maruts storm gods); अग्ने
(agne): हे अग्नि (Fire god); आ (aa): आऊ (Come); गहि (gahi): आफ्नो भूमिकामा प्रवेश गर (Enter or come in)।
ऋग्वेद मन्त्र १.१९.३
ये महो रजसो विदुर्विश्वे देवासो
अद्रुहः |
मरुद्भिरग्न आ गहि ||
भावार्थः नैतिकता, शुद्धता र विषय बस्तु वारेको विशेष
ज्ञानको जीवनमा ठुलो महत्त्व छ। नैतिकता र उच्च आदर्शयुक्त विषय विज्ञ र ऋषिहरूले
छल, दुष्टता र पक्षपात बिना
उपलब्ध समग्र शक्ति र ऊर्जाको समय अनुकूल एकीकृत प्राकृतिक मैत्री उपयोग गर्ने
नीतिले मात्र मरुतहरूको (जस्तै वायु र जलको उच्च दबाब शक्ति, क्रायोजेनिक ग्यास, तरल पदार्थ, सूक्ष्म जीव र क्वान्टम कणको निर्माण, ध्वंस र प्रतिस्थापनको विशिष्ट तागत)
साथ लिएर अग्निको शक्ति र शुद्धतालाई (ताप, प्रकाश, परिवर्तनशील ऊर्जा, किरण तथा गति) जीव तथा ब्रह्माण्ड
कल्याणमा उपयोग गर्न र अकल्पनीय अभूतपूर्व लाभ र समृद्धि स्थापना गर्न सम्भव हुने
छ।
सामान्य अर्थः यो ऋचा (मन्त्र) भित्रका शब्दहरूले गहिरो दार्शनिक अर्थ र सन्देश छ ।
ये (Ye – Those) ले तिनलाई जनाउँछ जो कुनै विशेष
मार्गमा छन्, विशेष उद्देश्यका साथ। महो
(maho –
Great, mighty, power, light) शब्दले
दिव्य प्राकृतिक घटनाको शक्तिशाली, विशाल, फैलावट र भव्यतालाई जनाउँछ। सम्झाउँछ
कि प्रकृति शक्ति र प्रकाशले हामीलाई मार्गदर्शन गर्न सक्छ। रजस (rajasah– Expanse,
impurity, activity, dust) ले
आकाश र पृथ्वीको बिचको वायुमण्डललाई जनाउँछ, जहाँ एक साथ विस्तार, धूलो, रजो गुण (चञ्चलता, उत्साह) र क्लेश अनुभव गर्न सकिन्छ।
यसले बताउँछ कि हामी संसारको मलिनता र अस्थिरताबाट मुक्त हुनुपर्छ। विदु (vidu– Knower) शब्दले तिनलाई जनाउँछ जसले
कुनै विशेष क्षेत्र वा विषयमा गहिरो ज्ञान, बुद्धि, र विशेषज्ञता राख्छन्। विश्वे (vishve – All gods,
inclusiveness) शब्दले
सबै देवता वा विश्वेदेवाहरू समग्रतामा प्रभाव देखाउने हुँदा सबै शक्ति र ऊर्जाको
समय अनुकूल संयुक्त उपयोगको महत्त्व हुने कुरा बुझाउँछ। देवास (devaasah – Divine powers) शब्दले सम्बन्धित कार्यको
लागि उपलब्ध शक्तिहरू वा देवताहरू भन्ने जनाउँदछ।
हरेक उद्देश्यमा निश्चित दिव्य शक्ति
अर्थात् विषय विज्ञताको विशेष सहयोग आवश्यक हुने प्रस्ट गर्दछ। अद्रुह (adruhaḥ – Without deceit,
purity) शब्दले
शुद्धता, सत्यता र नैतिकता विषय
विज्ञ र ऋषिहरू बन्ने अनिवार्य पूर्वाधार हो भन्ने जनाउँछ। कुनै छल र दुष्टता बिना
मात्र विषय विज्ञ र ऋषिहरूले जीवनको सत्य
मार्ग देखाउन सक्ने प्रस्ट गर्दछ। जसले जीवनमा नैतिकता र सत्यताको महत्त्व बारे
प्रस्ट गर्दछ। मरुद्भिः (marudbhih
– With the Maruts) ले
शक्ति र पराक्रमका प्रतीक मरुतहरूको साथलाई लिनुपर्ने दृढता व्यक्त गर्दछ। अग्ने (agne – Fire god), आ (aa – Come), गहि (Gahi – Enter) शब्दहरूले समग्रमा अग्नि
शक्ति र शुद्धताको जरुरत बारे बोल्दछ। जसले कर्म क्षेत्रमा अनिवार्य रूपमा प्रवेश
पाउँदा मात्र जीवन सही मार्गमा अगाडि बढ्न सम्भव रहने प्रस्ट पार्दछ।
ऋग्वेद मन्त्र १.१९.४
य उग्रा अर्कमान्र्चुरनाध्र्ष्टास ओजसा
|
मरुद्भिरग्न आ गहि ||
भावार्थः जो (ये) तीव्र वेगको (उग्राः)
बाहिर वातावरणले नियन्त्रणमा लिन नसक्ने
गुण निर्वाण गरिएको (अनाधृष्टासः)
तरल वा ग्यासलाई (ओजसा) जस्तैः क्रायोजेनिक टेक्नोलोजीहरू प्रयोग गरी वा
समय अनुकूलको माइक्रोबायोलोजिकल प्रविधिको प्रयोग गरी उच्च दबाबमा राख्न सकिने
विधि आदि जस्ता प्राकृतिक तरिकाको संयुक्त
विधि (अर्कम) को प्रयोग मार्फत विद्युतीय तथा (अग्ने) दहन (जलाउने अग्नि तत्व)
ऊर्जा उत्पादन (आनृचुः) सम्भव हुने छ । असीमित राप, ताप र प्रकाश प्रदान गर्न सक्ने
क्षमताको स्रोतका रूपमा (मरुद्भिः) रहेका यस्ता सूक्ष्म कणको शक्तिमा पहुँच
अभिवृद्धि मार्फत प्रकृति मैत्री उपभोग तर्फ प्रयास सुचारु राख्न जरुरी छ (आ गहि)।
नोटः यहाँ निर के कुरा मनन गर्न जरुरी
छ भने मरुतहरूको गुणलाई हाम्रो शरीरमा रहेका लाभदायक सूक्ष्म जीवहरूसँग समेत तुलना
गर्न सकिन्छ। हाम्रो शरीरको आफूले आफूलाई उपचार गर्ने हिलिङ्ग गर्ने खुबीको
व्याख्या गर्ने क्रममा शरीर र वातावरणको लाभदायक माइक्रोबायोमहरुलाई समेत मरुत
अन्तर्गत राखिएर वेदका सिद्धान्त रुपी ऋचाहरू निर्मित भएको छ। हानिकारक रोगाणु
जस्तै प्याथोजन र विषाक्त कणहरूलाई तिनीहरूले शरीरको विभिन्न भागमा दिने जोखिम
अनुरूप भूत, प्रेत, पिचास, दानव, राक्षस, दैत्य, अप्सरा, डङ्गकन, छौँडा आदि शब्द अन्तर्गत समेटिएको
भेटिन्छ।
संस्कृतमा शक्तिशाली र प्रबल गुण
जनाउन “उग्रा“ शब्द प्रयोग हुन्छ।
मरुतहरूलाई शक्तिशाली र प्रबल रूपमा वर्णन गरिएको छ। जुन हाम्रो शरीरमा रहेका
लाभदायक सूक्ष्म जीवहरूले हानिकारक जीवाणुहरूको विरुद्ध रक्षा गर्न खेल्ने महत्त्वपूर्ण
भूमिकासँग मिल्दछ। सूक्ष्म जीवहरूले
हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई मजबुत बनाउने काम गर्छन्।
वेदहरूमा मरुतहरू शक्तिशाली रक्षकको रूपमा रहने वर्णन भएको छ।
अजेय (कहिल्यै हिक्मत नहार्ने वा असफल
भएमा समेत पटक पटक बौरिएर लड्ने र जित्ने) र अपराजेय (कहिल्यै पराजित नहुने वा
नहार्ने) जस्ता गुण लाई संस्कृतमा
“अनाधृष्टास“ भनिन्छ। मरुतहरू लाई वेदले अजेय र अपराजेय गुणको हुने भन्दछ। लाभदायक
सूक्ष्म जीवहरू हाम्रो जीवितता कायम राख्नको लागि तिनीहरूको अजेय र अपराजेय गुणका कारण अत्यावश्यक भएका
हुन्। ती सूक्ष्म जीवहरूले हानिकारक जीवाणुहरूको प्रवेशलाई रोक्ने, सुरक्षा पर्खालको रूपमा काम गर्ने र
शरीरको सन्तुलनलाई कायम गरी शरीरको रक्षा गर्ने गर्दछन्।
सहयोगी र सामञ्जस्यपूर्ण भूमिकालाई
संस्कृतमा “मरुद्भिरग्न आ गहि“ भन्ने गरिन्छ। मरुतहरू अन्य देवताहरू (शक्तिको
श्रोत) त्यसमा पनि विशेष गरी अग्नि सँग मिलेर काम गर्ने गर्दछन् भनिएको छ। वेदले ¥याल, हर्मोन, एञ्जाइम, एसिड, बेस जस्ता पाचन रस आदि सबै अग्नि कै
विभिन्न रूप मान्दछ। लाभदायक सूक्ष्म जीवहरू समेत विभिन्न शारीरिक कार्यहरू जस्तै
पाचन, भिटामिन उत्पादन र रोग
प्रतिरोधात्मक प्रतिक्रियाहरूको लागि अग्नि सँगै सहयोगी समुदायको रूपमा काम
गर्छन्।
मरुतहरू वायु देवता भएकाले, प्राकृतिक र शारीरिक सन्तुलन कायम गर्न
अत्यावश्यक हुने गर्दछ। लाभदायक सूक्ष्म जीवहरू समेत शरीरको आन्तरिक वातावरणको
(माइक्रोबायोम) सन्तुलन कायम गर्न अत्यावश्यक छन्। बाहिरी वातावरण सन्तुलनमा, बादल लाग्न, पानी पार्न, उर्वरता निर्माण गर्न, विषाक्तता निस्तेज गर्न आदि धेरै काममा
सूक्ष्म जीवी हरुको ठुलो भूमिका छ। शरीरमा सन्तुलनमा विघटन भएमा रोगहरू उत्पन्न
हुन्छन् भने प्रकृतिको सन्तुलनमा गडबडी हुँदा अराजकता फैलिन्छ।
यस्ता प्रकारका विविध पारस्परिक
सम्बन्धले मरुतहरू भनेर शास्त्रले सूक्ष्म जीवहरू समेतलाई समावेश गरेको पुष्टि
हुन्छ। मरुतहरू वैदिक ब्रह्माण्ड शास्त्र अनुसार महत्त्वपूर्ण तरल र वायु शक्तिहरू
मात्र होइनन् लाभदायक सूक्ष्म जीवहरू समेत हुन्। शरीरको स्वास्थ्य, भित्र र बाहिरको समग्र सन्तुलन कायम राख्न, शरीर र वातावरणको रक्षा गर्न मरुत
महत्वपूर्ण भूमिका खेल्ने प्रभावकारी र आक्रामक शक्ति रहेको वैदिक मान्यता रहेको
बुझ्नु अत्यन्त जरुरी छ।
ऋग्वेद मन्त्र १.१९.५
ये शुभ्रा घोरवर्पसः सुक्षत्रासो
रिशादसः |
मरुद्भिरग्न आ गहि ||
भावार्थः सूक्ष्म जीवहरू (सूक्ष्म जीव
र सूक्ष्म कणहरू) जरुरत फरक फरक अनुभूति अर्थात् आकार वा आकृति (जस्तैः पार्टिकल, न्यानो पार्टिकल, क्वान्टम पार्टिकल र वेब–फङ्गसन रूप) र
रङ धारण गर्ने क्षमता राख्छन् । सूक्ष्म जीव र सूक्ष्म कणहरूको रोगहरू नष्ट गर्ने
(रोगाणु र कीटाणु नाशक) शक्ति,
एक रूपको
शक्तिलाई अर्को रूपमा परिवर्तन गर्ने शक्ति, नियमित प्रक्रियाहरू बाट शरीर, अन्तरिक्ष, वायुमण्डल आदि लाई शुद्ध र स्वच्छ
गर्ने शक्ति आदि हुने गर्दछ । सूक्ष्म जीव र सूक्ष्म कणहरू मार्फत सम्भव हुने
शुद्ध र स्वच्छ वातावरण भित्र जीवन र पर्यावरण मैत्री भौतिक परिवर्तन वा विखण्डन
जस्ता प्रक्रियाहरू सृजित गर्न अग्नि र मरुत जस्ता ऊर्जाको उपयोगमा सोच विचार र
अक्कल पु¥याउनु मानव कर्तव्य हो।
भूमिकाः संस्कृत शब्द ये शुभ्रा (Ye Shubhra) को अर्थ जुन शुभ्र वा
उज्यालो गुण युक्त (those
who are bright or luminous) रहेको
भन्ने हुन्छ । घोरवर्पस (Ghoravarpasah)
को अर्थ जुन
घोर वा भयानक रूपमा क्रोधित र आक्रामक हुने (with fierce forms) गुण बोकेको हुन्छ । जस संग
सुक्षत्रासो (Sukshatraaso)
अर्थात्
उत्कृष्ट क्षत्र वा शक्ति (possessing
excellent power) रहन्छ।
जसको रिशादसः (Rishaadasah)
मतलब दुष्ट र
अधर्मी रोगाणु र जीवाणु जस्ता शक्ति मुक्त (free from harm or evil) गर्ने क्षमता हुन्छ।
मरुद्भिरग्न आ गहि (Marudbhir
Agni Aa Gahi) त्यस्तो
शक्ति युक्त अग्नि र मरुतको सहयोगी र सामञ्जस्यपूर्ण भूमिकालाई सदुपयोग गर्ने तर्फ
सोच विचार पु¥याउनु भन्ने भावको सन्देश
ऋचाले दिन्छ ।
थप व्याख्याः वैदिक दर्शनमा
ब्रह्माण्डमा ऊर्जाको एक रूप वाट अर्को रूपमा परिवर्तन गर्ने कारकको भूमिका
अग्निले खेल्ने हुँदा मानव र दैवी शक्ति बिचको मध्यस्थताको भूमिकामा अग्निको
प्रयोग हुन्छ । समाजमा त्यही यथार्थ गहिरो गरी महसुस होस् भन्नको लागि होम, यज्ञ र अनुष्ठानहरू अग्नि विना सम्भव
नहुने मान्यता स्थापित गरिएको छ ।
आयुर्वेदमा समेत खानालाई एक रूप वाट
अर्को रूपमा लैजाने पाचन रस,
इन्जाइम आदि, शारीरिक गतिविधि सञ्चालन गर्न
सन्देशहरू लाई एक रूप वाट अर्को रूपमा सम्प्रेषण गर्ने सूचनाहरू जस्तै इन्सुलिन, हर्मोन आदि तथा शरीर सुद्ध करणका रोग
प्रतिरोधी कण तथा विषादी आदि निर्मलीकरण गर्ने शक्ति सबैलाई अग्नि भनिन्छ जुन
समग्र स्वास्थ्य र कल्याणमा केन्द्रित हुने गर्दछ । स्वास्थ्य र कल्याणमा
केन्द्रित उच्च प्रेसरको तरल वा ग्यास शक्तिलाई मरुत भन्ने गरिन्छ ।
यसरी अग्निले शरीर भित्र र वातावरणको
सन्दर्भमा समेत ऊर्जा,
मध्यस्थ कर्ता, शुद्धि कारक र रक्षकको भूमिका खेल्दछ।
भौतिक र आध्यात्मिक पक्ष,
भौतिक तत्त्व
र आध्यात्मिक अभौतिकता बिचको सम्बन्ध जोड्न चाहिने परा लाई अपरा अस्तित्व र विपरीत
अस्तित्व कायम गर्ने भूमिकामा समेत अग्नि र मरुतको भूमिका रहन्छ।
देवताहरूको लागि चढाएको हरेक प्रसाद
देवताहरूको लागि स्वीकार्य सुद्ध रूपमा अग्निले परिवर्तन गर्ने मान्यता लिइन्छ ।
जीवन र बालीहरूमा आवश्यक चिस्यान तथा ऊर्जा निर्भरता पूर्ति गर्ने, वृद्धि र पालनपोषणको लागि अनिवार्य
हुने ताप र प्रकाशको श्रोतको नियन्त्रकको रूपमा वैदिक अनुष्ठानहरूको अपरिहार्य
तत्वको रूपमा अग्नि र मरुतलाइ लिने गरिन्छ ।
ऋग्वेद मन्त्र १.१९.६
ये नाकस्याधि रोचने दिवि देवास आसते|
मरुद्भिरग्न आ गहि ||
भावार्थः सौर्य ऊर्जा अर्थात् सौर्यको
प्रकाश, तापमान, चमक तथा किरण (जस्तै भर्गो ज्योति)
ब्रह्माण्डको समस्त ऊर्जाको स्रोत रहेकोले सूर्यको तापमान ऊर्जा, किरण (रेडिएसन), गति तथा प्रकाश रुपी शक्तिलाई
माइक्रोबायोलोजीको तागत सँग (मरुतहरु अर्थात् सूक्ष्म जीव तथा क्वान्टम कणहरू)
संयोजन गरी अथाह लाभकारी परिस्थिति निर्माण सहज गर्न सकिने छ।
भूमिकाः जो (ये ye) स्वर्ग वा आकाश (नाकस्य
naakasya
– above the sky) माथि (अधि adhi) चम्किने (रोचने rochane) चम्किलो चिज (दिवि divi) समस्त ऊर्जाको (देवास devaasa – देवताहरू) श्रोत हो (आसते aasate)। मरुतहरूको साथ (मरुद्भिः marudbhih) अग्नि (अग्ने agne) समेत (आ aa) उपयोग
(गहि gahi) गर्नु।
व्याख्याः जो स्वर्ग वा आकाशमाथि
चम्किने चम्किलो चिज (रोशनी) छ,
त्यो समस्त
ऊर्जाको स्रोत हो । समस्त ऊर्जाको स्रोत लाई देवताहरूको शक्ति भनिन्छ। मरुतहरूको साथसाथै अग्निको समेत
ऊर्जाको स्रोतको रूपमा उचित उपयोग गर्नुहोस् ।
थप व्याख्याः वैदिक अवधारणा अन्तर्गत
मारुतहरूले सूक्ष्म जीवहरूको समेत प्रतिनिधित्व गर्दछन् । किनकि उनीहरूको अदृश्य
तर शक्तिशाली उपस्थिति हुन्छ । उनीहरू एक गतिशील परिवर्तनको एजेन्टको रूपमा भूमिका
खेलिरहेको हुन्छन् । मुख्य कुरा के भने सूक्ष्म जीवहरू जस्तै मरुतहरु सामूहिक
रूपमा निर्माण र विनाशको दुई ध्रुवीय प्रकृतिको चरित्र युक्त हुन्छन्। यी गुणहरूले
वैदिक विज्ञानमा उल्लेख भएका मरुतहरु मात्र चलायमान तरल र वायु शक्ति मात्र होइन
सूक्ष्म जीवहरू समेतको भूमिकामा भएको पुष्टि हुन्छ ।
वैदिक अवधारणामा सबै चिजमा सूचना हुने
हुँदा सबै कुरा जीवित हुने मानिन्छ। तिनीहरूले जीवमा, पृथ्वीमा र ब्रह्माण्डमा जीवन निर्माण
गर्ने र पारिस्थितिक सन्तुलन कायम राख्न भूमिका खेल्ने गर्दछन। त्यसैले वेदमा
सूक्ष्म जीव भनेर (जीव,
कण, रोगाणु र विषाणु) सबै पर्दछ । जुन जीव
आफूमा सूचना रहेको ज्ञान राख्दछ त्यसलाई चेतनशील जीव र जसले आफूमा चेतना रहेको
अनुभूति राख्दैन त्यसलाई अचेतन जीव भनिन्छ। जुन हाल सामान्य रूपमा बुझिने सजीव र
निर्जीवको अवधारणा भन्दा केही फरक अवस्थाको छ ।
ऋग्वेद मन्त्र १.१९.७
य ईङखयन्ति पर्वतान तिरः समुद्रमर्णवम |
मरुद्भिरग्न आ गहि ||
भावार्थः प्राकृतिक तत्वहरू जस्तै
पहाडहरू, समुद्रहरू, तरङ्गहरू, मरुत (हावा, वाष्प, तरल तत्त्व) र अग्नि (राप, ताप र प्रकाश) सबै एक ब्रह्माण्डीय
चक्रमा आपसमा जडित छन् । जसले ब्रह्माण्डका सबै तत्वहरूको एकता र आपसी निर्भरताको
सुनिश्चितता गर्दछ । महासागरमा रहेका पानीलाई वाष्पका रूपमा बादलसम्म पु¥याउन, बादललाई विद्युतीय र अग्नि ऊर्जासँग
विच्छेद गरी उच्च शिखरहरूमा बर्सात गराएर तिनलाई पुनः जलले भरिपूर्ण गर्न सूक्ष्म
जीवहरू तथा तापक्रमको प्रमुख भूमिका हुन्छ ।
साधारण अर्थः य (ya) who (जो); ईङखयन्ति (īṅkhayanti): move or shake (हल्लाउँछन्, कम्पन गर्छन्, हलचल ल्याउँछ); पर्वतान (parvatān): mountains (पहाडहरू); तिरः (tiraḥ): across (माथि वा पर), End or Limit (अन्त्य या सीमा); समुद्रम् (samudram): ocean (समुद्र); अर्णवम् (arṇavam): Cloud (मेघ), Wave (तरङ्ग), Flood (बाढी); मरुद्भिः (marudbhiḥ): with winds (हवाहरूले); अग्न (agna): fire (अग्नि); आ (aa): towards, come (तर्फ, आ); गहि (gahi): approach or come (आउनुहोस)।
ऋग्वेद मन्त्र १.१९. ८
आ ये तन्वन्ति रश्मिभिस्तिरः
समुद्रमोजसा |
मरुद्भिरग्न आ गहि ||
भावार्थ: प्रकाशका किरणहरू सूक्ष्म वेभ
फङ्सनको लहर रूपी शक्तिहरूबाट निर्मित छन्। तिनमा निहित सूक्ष्म शक्ति यति
शक्तिशाली हुन्छ कि तिनकासामर्थ्यको उपयोग मार्फत विशाल सागर र त्यससँग जोडिएका
सम्पूर्ण अद्भुत संरचनाहरूआफ्ना दिव्य हितकारी गुणहरू उपलब्ध गराउन सम्भव बनेको छ।
त्यसको सदुपयोगको लागिमरुत र अग्निको संयुक्त शक्तिको पहिचान र उपयोग गर्न सिक।
सामान्य अर्थ: आ (ā): towards, come(तर्फ), From (बाट); ये (ye): who (जो); तन्वन्ति (tanvanti): extend, spread, stretch (फैलाउँछन्, फैलाउँछन्, तन्काउँछन्), Propagate (प्रसार गर्छन्), Develop (विकसित गर्छन्); Unfold (खोल्छन्); रश्मिभिः (raśmibhiḥ): with rays, with beams (किरणहरू द्वारा, प्रकाशले), Streams or Currents (वेब फङ्गसनको लहर), तिरः (tiraḥ): across,beyond (माथि वा पर); समुद्रम् (samudram): ocean (समुद्र); ओजसा (ojasā): withstrength, with vigor (शक्तिले, बलका साथ); मरुद्भिः (marudbhiḥ): with winds (वायु र जलको छालको लहरको
दबाब); अग्न (agna): fire (अग्नि); आ (ā): towards (तर्फ), Again (फेरि); गहि (gahi): approachor come (आउनुहोस्, सदुपयोग गर्नुहोस्)।
ऋग्वेद मन्त्र १.१९. ९
अभि तवा पूर्वपीतये सर्जामि सोम्यं मधु
|
मरुद्भिरग्न आ गहि ||
भावार्थ: सूक्ष्म जीव (मरुत) र सौर्य
ऊर्जा (अग्नि)को संयुक्त प्रभावले आनन्द प्राप्तिका लागि आवश्यक हुने सबै प्रकारका
मधुर तत्त्वज्ञान,
पोषण तथा
औषधीय पदार्थहरू,
र सत्कर्म
ऊर्जा प्राप्त गर्नअवसर जुटाउन सकिन्छ। सम्पूर्ण जगतको कल्याण, प्रगति, र समृद्धि मार्फत आनन्दप्राप्तिका लागि
दूरदर्शी ऋषि,
मुनि, तथा ज्ञानीहरू (विज्ञ) सूक्ष्म जीव र
प्रकाशकाकिरणहरूबाट मधुर तत्त्व ज्ञान, पोषण
तथा औषधीय पदार्थहरू,
र सत्कर्म
ऊर्जा प्राप्त गर्नेअवसरहरूको बारेमा गहिरो खोज र अनुसन्धानमा संलग्न हुनु आवश्यक
छ।
सामान्य अर्थ: अभि (abhi): towards, for (तर्फ, को लागि) ; तवा (tavā): for you (तिम्रो लागि) ; पूर्वपीतये (pūrvapītaye): For prior consumption (पहिलेको पिउनका लागि, आनन्द प्राप्ति पहिलेको माहौल
निर्माणको लागि);
For ancient ritualistic use (प्राचीन
अनुष्ठानका लागि),
For previous offering (चढाउने
रप्रसादको रूपमा
सेवन गर्ने उद्देश्यले); सर्जामि (sarjāmi): I prepare (म बनाउँछु), Initiate or Begin (आरम्भ गर्छु, सुरु गर्छु), ispatch or Send Forth (पठाउँछु); सोम्यं (somyam): Soma, the divine
drink and knowledge (सोम,
दिव्य रस, पेय तथा ज्ञान), Gentle or Pleasant (कोमल, मनमोहक), Healing or Nourishing (औषधीय, पोषक); मधु (madhu): sweet, nectar (मधुर, अमृत), Pleasure or Delight (आनन्द), Love or Affection (प्रेम), Spring Season (वसन्त ऋतु); मरुद्भिः (marudbhiḥ): with winds (हावा र तरलाको झोक्का) , अग्न (agna): fire (अग्नि); आ (ā): towards (तर्फ); गहि (gahi): approach or come (आउनुहोस् वासदुपयोग
गर्नुहोस्, अपनाउनु होस्)।