ऊर्जामा आधारित औषधीय प्रणाली

परम्परागत वैदिक विज्ञानबारे केही प्रस्ट हुन आयुर्वेदिक चिकित्सा र आध्यात्मिकतामा क्वान्टम फिजिक्स कसरी जोडिएको छ भन्ने जानकारी राख्न जरुरि हुन्छ। तीन प्रमुख विषय आयुर्वेदिक चिकित्सा, आध्यात्मिकता र क्वान्टम फिजिक्स सरसर्ती हेर्दा एकापसमा निकै टाढाका विषय जस्तो लाग्छ । जब तपार्ईं यिनीहरूबारे निकै गहिरिएर अध्ययन गर्नुहुन्छ तब तिनै पक्ष मानवीय इलेक्ट्रोम्याग्नेटिक फिल्डको माध्यमबाट गैररेखीय रूपमा प्रस्टसँग जोडिएको अनुभूति गर्न सक्नुहुन्छ ।


जब तपार्ईं संवेदनशील बन्नुहुन्छ, तपाईंले यसको अनुभूतिसमेत गर्न सक्नुहुन्छ । सरल रूपमा बताउँदा आयुर्वेदिक चिकित्सा, आध्यात्मिकता र क्वान्टम फिजिक्स तीनै क्वान्टम युनिफाइड फिल्डमार्फत जोड्ने गर्छ । व्यक्तिको क्वान्टम युनिफाइड फिल्डले गैररेखीय अर्थात् ननलिनियर मानवीय रेडिएसन (औरा) निकाल्छ। मानव औँराको उच्च फ्रिक्वेन्सीको इलेक्ट्रिक फिल्ड प्रयोग गरी सबैले देख्ने गरी फोटोसमेत खिच्न सकिन्छ । किर्लियन फोटोग्राफी भनिने उच्च फ्रिक्वेन्सीको इलेक्ट्रिक फिल्ड प्रयोग गरी फोटो खिच्दा मानव शरीरबाट नियमित रूपमा प्रसारण हुने औराको फोटनहरूलाई धेरै गुणा वृद्धि गरी सबैले देख्न सक्ने गरी फोटो खिच्न सम्भव बनाउँछ।


शरीरका लगभग ९९ प्रतिशत एटमहरू हाइड्रोजन, कार्बोन, नाइट्रोजन र अक्सिजनका एटमले बनेका हुन्छ। हामीले खाने खाना, पेय पदार्थ र श्वासमा समेत पोटासियम – ४० र कार्बन – १४ जस्ता रेडियोन्युक्लाइडस हुन्छ । जुन शरीरका मलिकुलसँग मिल्छ र विखण्डन भई रेडिएसन निकाल्छ । जस्तै पोटासियम–४० विखण्डन हुँदा यसले इलेक्ट्रोनको एन्टिमेटर्स ‘पोजिट्रोन’ बनाउँछ। एटमको इलेक्ट्रोनसँग जबरजस्त ठोक्किन गई गामा–रेको फर्ममा रेडिएसन निकाल्छ । यसरी हाम्रो शरीरले आन्तरिक रूपमा रेडिएसन (औरा) निकाल्छ।


कुनै पनि निर्जीव वा सजीव वस्तुको वरिपरिको हावा इलेक्ट्रिफाइड गरिन्छ (वा हुन्छ) अर्थात् विद्युतीय विकिरणमार्फत इलेक्ट्रिफाइड बन्छ, उक्त वस्तुको वरिपरिको इलेक्ट्रिफाइड हावा अथवा विद्युतीय विकिरणमा रहेका प्रकाशका प्याटर्नहरू किर्लियन फोटोग्राफीको माध्यमबाट क्याप्चर गरी फोटो खिच्न सकिन्छ । मानवको शरीरले नियमित निकाल्ने प्रकाशको किरण (औरा) लाई समेत यो प्रविधिबाट फोटो खिच्न सम्भव बनेको हो।

एलोपेथिक औषधी विज्ञानका हालको अभ्यासमा मानव शरीरका विभिन्न प्रकारका ऊर्जालाई आणविक चिकित्सा, रेडियोलोजी र इमेजिङ जस्ता डायग्नोस्टिक्स विधिहरूमा उपयोग हुने क्वान्टम फिल्ड डाइनामिक्सको उपयोग गरेर मापन गरिन्छ। उक्त डायग्नोस्टिक प्रक्रियाले दिने बिरामीको स्वास्थ्यसँग सम्बन्धका धेरै जानकारी प्राप्त गरेपश्चात् बिरामीको रोगको पहिचान वा अनुमान गरिन्छ ।


क्वान्टम फिल्ड डाइनामिक्स विधिबाट रोगको पहिचान भएपश्चात् बायोफिजिक्स थेरापीहरूको उपयोगबाट सूक्ष्म ऊर्जामा रहेका गडबडीको निदानका उपाय अपनाउनु कतिपय अवस्थामा अत्यन्त सान्दर्भिक देखिन्छ । तर पनि एलोपेथिक औषधी विज्ञानमा उपचारका लागि बायोफिजिक्स थेरापीको सट्टा पुनः जैविक रसायन मतलब बायोकेमेस्ट्रीमा नै फर्किने गरिन्छ । जसले गर्दा विश्वव्यापी रूपमै ठूलो संख्यामा बिरामीहरू आफ्नो रोगको उपचारमा एलोपेथिक औषधी विज्ञानमा भन्दा इनर्जी मेडिसिनको विकल्पतर्फ अधिक आकर्षित भएको भेटिने गर्छ ।


क्वान्टम फिजिक्सले हामीलाई ऊर्जा र पदार्थबीच कुनै भिन्नता नरहेको सिकाउँछ । मानव शरीरका सबै प्रणालीमा परमाणुको (एटम) स्तर देखि अणुको (मलिकुल) स्तरसम्म सबै नै नियमित निश्चित गतिशीलतामा रहेर शरीरको सन्तुलन कायम गर्ने गरिन्छ । मानिसको स्वास्थ्य र स्फूर्तता कसरी कायम राख्छ सकिन्छ भनेर बुझ्नका लागि निश्चित गतिशीलतामा रहने सूक्ष्म ऊर्जाको कसरी सन्तुलन वा रिजोनेन्स कायम गराउन सकिन्छ भन्ने जानकारी प्राप्त गर्नु अनिवार्य हुन्छ ।


इनर्जी मेडिसिन अर्थात् ऊर्जामा आधारित औषधीय प्रणालीमा भने शरीरका प्रणालीलाई होमियोस्टेसिस वा सन्तुलनमा फिर्ता ल्याउन ज्ञात सूक्ष्म ऊर्जाको फिल्डको उपयोग गरी प्रणालीहरूमा भइरहेको ऊर्जाबारे सूचना संकलन गरी असन्तुलनको आकलन गरिन्छ । रोगको पहिचानपश्चात् मानव स्पर्श वा कुनै उपकरणको सहयोगमा सूक्ष्म ऊर्जामा रहेका गडबडीको उपचार गर्ने विधि अवलम्बन गरिन्छ । यसरी गरिने इनर्जी मेडिसिनको भविष्य एलोपेथिक औषधी विज्ञानले आफ्नो चिकित्सकीय उपचार पद्धतिमा बायोकेमिस्ट्री र भौतिक विज्ञानलाई कुन हदसम्म जोडेर संयुक्त उपचार विधि विकास गर्ने क्षमतामा राख्छ त्यसैमा निर्भर रहनेछ।


मानवसहित सबै जीवित प्राणीले अत्यन्त मलिनो प्रकाशको उत्सर्जन गर्ने गर्छन् । जसलाई बायोफोटन उत्सर्जन भनिने गर्छ । मानव बायोफोटन उत्सर्जनको पहिचान गर्ने रोबस्ट तरिका, तिनीहरूको सामान्य लक्षण, फरकफरक अवस्थामा तिनीहरूमा हुने परिवर्तन, उत्सर्जन प्रणालीमा देखिने विविधता आदिबारे गहिरो अध्ययन गर्न सक्दा भविष्यमा मानव बायोफोटन उत्सर्जनका लक्षणहरूको मापनमार्फत मानव शरीरको रोगका कारण पहिचान गर्न, चिकित्सकीय उपचार विधि विकास गर्न सम्भव हुन सक्ने बलियो आधार देखिएको छ ।


मानव सेलहरूमा एक निश्चित प्रकारका विशिष्ट रिसेप्टर्स हुने गर्छ। सेलको उक्त रिसेप्टर्समा प्राप्त हुने संकेतका आधारमा सेलहरू विभिन्न तरिकाले सक्रिय हुने गुण देखाउँछन् । जस्तै: उदाहरणका लागि इन्सुलिन हर्मोनको संकेत प्राप्त गर्नासाथ मांसपेशीका कोषिकाहरू हतारहतार रगतबाट ग्लुकोज लिने र भण्डार गर्ने काममा लाग्छन्। त्यही इन्सुलिन हर्मोनको संकेत प्राप्त गर्दा कलेजोको कोषहरू भने ग्लुकोजको उत्पादन रोक्ने गर्छन् । जसले गर्दा हाम्रो शरीरले रगतमा ग्लुकोजको मात्राको नियमन र नियन्त्रण हुने गर्छ । शरीरको यस्तो प्रकारको बायोलोजिकल प्रक्रिया जसमा एक सेलले सेलबाहिरको पदार्थसँग आफ्नो सतहभित्र र सतहमा पाइने अणुहरूमार्फत पठाउने संकेतहरूलाई सिग्नल ट्रान्सडक्सन भनिन्छ ।


सेलहरू सामान्यतया रासायनिक पदार्थको प्रयोग गरी संकेतहरूको सञ्चार गर्ने गर्छन् । संकेत पठाउने सेलले प्रोटिन वा अन्य अणुहरू उत्पादन गरी आफ्नो सतहबाट सेलबाहिर द्रवित गर्छ । उक्त केमिकल सेलबाहिरको तरल पदार्थमा तैरिएर छिमेकी सेलको विशिष्ट रिसेप्टर्समा पुग्छ। जब पठाएको संकेत वा लिगान्ड्स लक्ष्य गरिएको सेलको रिसेप्टरमा बाँधिन्छ, यसले सेलभित्र आन्तरिक परिवर्तन गरी रिसेप्टरको आकार र गतिविधि परिवर्तन गरी उक्त संकेत वा लिगान्ड्सलाई सेलभित्र पु¥याउँछ । छिमेकी सेलभित्र उक्त लिगान्ड्स आन्तरिक संकेतका रूपमा परावर्तन भई लक्षित प्रतिक्रिया उत्पन्न गराउँछ ।


क्वान्टम फिल्ड डाइनामिक्स विधिहरूमा मानव बायोफोटन उत्सर्जन, कोषिकाहरूको सिग्नल ट्रान्सडक्सन तथा र कोषिकाहरूबीच हुने आन्तरिक संकेतको सञ्चार प्रणालीका आधारमा मानव स्वास्थ्य र स्फूर्तिको पहिचान तथा उपचारमा सहयोगी हुने व्यापक रूपमा स्विकार्ने गरिन्छ। भविष्यको परिप्रेक्ष्यमा विभिन्न सेलको भोल्टेज क्षमता, तिनीहरूबीचको सञ्चार आदिले स्वास्थ्य र स्वास्थ्यसँग सम्बन्धित सन्तुलन तथा विकृतहरूसँग कसरीकस्तो साइनो राख्छन् भन्ने बुझ्न सक्दा अत्यन्त लाभदायी हुनेछ।


मानव बायोफोटन उत्सर्जन लगायतका उल्लिखित विधिको सैद्धान्तिक पक्षबारे जानकारी राखी व्यवहारमा विस्तार गर्न अझै धेरै अध्ययन अनुसन्धानको जरुरतको आवश्यकता रहेको देखिन्छ। मानिसमा हुने सामान्य गडबडी, कुनै रोग देखिँदाको अवस्था तथा नियमित बुढ्यौलीले छोप्दै जाँदा उसको शरीरमा रहने ऊर्जाको प्याटर्नमा देखिने फरकपन आदिको अध्ययनमार्फत उचित सुधारात्मक तथा उपचारात्मक सुधार पद्धतिको विकास गर्नसमेत मानव बायोफिल्डमा (वा मानव ऊर्जाको क्षेत्र) आधारित इनर्जी मेडिसिन उपचार पद्धतिको ठूलो भूमिका हुने निश्चित छ ।

आयुर्वेदको सन्दर्भमा भने कुनै निश्चित सेल वा अत्यन्त सूक्ष्म निकायको एक्लो कार्यभन्दा तिनीहरूले समूहमा गर्ने कार्यको सामूहिक प्रतिफल मानिसले महसुस गर्ने गरी ऊर्जा सन्तुलन राखी स्वस्थ राख्न वा ऊर्जाको सन्तुलन खस्कन गई विभिन्न दोष अर्थात् विकृति उत्पन्न गर्न जिम्मेवार हुने गर्छ। उक्त सैद्धान्तिक आधारलाई दैनिक जीवन पद्धति र स्वास्थ्य उपचारमा व्यावहारिक रूपमा सम्भव तुल्याउन प्रतिरोधात्मक, सुधारात्मक तथा उपचारात्मक साइको – न्युरो –इम्युनोलजी (दिमाग तथा शरीर) जीवन पद्धति, हिलिङ खाद्य, आयुर्वेदिक उपचार तथा औषधीय पद्धति विकास गरिएको छ ।


जस अन्तर्गत स्नायु तथा ऊर्जाका चक्र प्रणाली मात्र नभएर विचार, आहार, हर्बल वा प्राकृतिक उपचार, ध्यान वा मेडिटेसन, योग तथा यौगिक श्वासप्रश्वास विधि आदिको संयोजन मार्फत ऊर्जाको सन्तुलन गरिने विधिको उपयोग गरिने गर्छ ।


क्वान्टम युनिफाइड फिल्डको अवधारणालाई कम्पन शक्ति भन्ने आयुर्वेदमा कम्पन शक्ति तथा त्यसको सहउत्पादन शक्तिहरूको गठजोड बाट बन्ने पञ्च तत्वद्वारा नै संसारका हरेक पदार्थ निर्मित रहेको मान्यता लिइन्छ। तिनै पञ्चतत्वको संयोजनबाट कफ, पित्त र बात दोष निर्माण भएर बन्ने शरीरमा चेतन शक्ति र जीवन्त शक्ति जोडिएर सम्पूर्ण रूपमा मानव अस्तित्व सम्भव बनेको छ। एक मानव कफ, पित्त र बात नाम गरिएका त्रिदोषको सन्तुलित संयोजनले स्वस्थ रहने र सन्तुलन गुमाउँदा विकृतिको सिकार बन्ने अवधारणा आयुर्वेदको अवधारणा हो ।


आयुर को अर्थ जीवन र वेदको अर्थ ज्ञान रहेको आयुर्विज्ञानको आयुर्वेदमा ब्रह्माण्डसँग हार्मोनीमा रहेर अधिकतम स्वास्थ्य प्राप्त गर्ने दृष्टिकोण र कार्यविधि उल्लेख छ। जसको आधारभूत सिद्धान्तमा इनर्जी मेडिसिन अर्थात् ऊर्जामा आधारित औषधीय प्रणाली समेत समावेश रहेको प्रस्टसँग अनुभूति गर्न सकिन्छ। त्यसैले त आयुर्वेदलाई नयाँ पुस्ताको मुख्य रोजाइको उपचार तथा जीवन पद्धति ठान्ने गरिन्छ ।


महामारी र चरक संहिता


महामारीको संक्रमणका कारण बसिने आइसोलेसको समयलाई चरक संहिताले आफू आफैँभित्र गएर आफ्नो जरुरतको पहिचान गर्ने, जरुरत अनुभूति गर्ने र दैनिक तालिका बनाएर जरुरत पूर्ति गर्ने उपायको अनुसरण गर्ने समय मान्दा उत्तम हुनेछ। घरमा रहेर जीवन र जगत्बारे गहिरिएर बुझ्ने अवसर हो आइसोलेसनको समय। जतिबेला कुनै व्यक्तिलाई विफलता हात लागिरहेको हुन्छ त्यतिबेला उसलाई दिइने एक मात्र प्रोत्साहनको शब्द उसको सफलता पछि दिइने कुनै पनि हदको प्रशंसा र उत्सवभन्दा बढी प्रभावकारी हुन्छ।तसर्थ विफलतामा साथ दिने कार्य समाजको धर्म ठानिने र स्वागतयोग्य कदम हुनुपर्ने भएतापनि तपार्ईं हाम्रो परिस्थिति आज त्यस्तो छैन। किन होला? त्यसमा तपार्ईं र मेरो के भूमिका होला? समाजको के भूमिका होला? अनि के तपार्ईं, म र समाज बाहेकअन्य पक्ष पनि होलान्, जसको यसमा भूमिका रहला? यो र यस्ता सामान्य प्रश्नबारे घोत्लिने समय ।


मानवता के हो र मानिसमा रहेको करुणाको उपयोग कहाँ गर्ने भन्नेपाठ हाम्रो स्कुलका नैतिक शिक्षाको पाठ्यपुस्तकमा कहिल्यै अटाउन सकेन। आफ्नै जीवनमा भोगिएको सामान्य भन्दा सामान्य परिस्थिति र घटनाक्रमका कारक, कारण र परिणामको महसुस गरी कसरी जीवनकै लागि उपयोगी हुने पाठ सिक्ने भन्ने कलामा पनि हामीले समाजलाई कहिल्यै अभ्यस्त पार्न भ्याएनौँ। यो क्षेत्रमा काम गर्न चाहँदा पूरा मैदान खाली देखिँदा पनि हामी यो सुवर्ण अवसरलाई सदुपयोग गर्न उत्साहित बन्न सकेनौँ।


विगतबाट सिकेर भविष्यमा आइलाग्ने गतिविधि विरुद्ध बुद्धिमत्ता पूर्वक जाइलाग्ने रणनीति बनाउनुपर्ने मानव चरित्र विपरीत ‘हिँड्दै छ अनि पाइला मेट्दै छ’ को हालतमा हामी पुगिरहेका छौँ । जस्तै कोभिड–१९ कै हालतका पहिले कहिल्यै नसुनिएको नजानिएको प्रकृतिको महामारी मानव इतिहासमा मानिसले धेरैचोटि भोग्दै आएकै हो। महामारीका विगतका त्यस्ता शृंखलाहरू उपलब्ध ज्ञान, स्रोत, साधन र परिस्थिति अनुरूप भोगेर, त्यसविरुद्ध डटेरै पृथ्वीमा मानव अस्तित्व सुचारु गर्न सफल बनिएकै हो।


महामारीका सम्बन्धका हाम्रा विगतको सबै अनुभवका साझा अनुभव के रह्यो भने वास्तविक रोगले भन्दा रोगको डरले सिर्जना गरेको त्रासका कारण धेरै मानिसमर्ने क्रम पहिला हरेक पटक भए । यस पटक पनि त्यही दोहोरिँदै छ । यसको अर्थ भोलि पनित्यसै हुने लगभग बुझियो । यो अवस्थामा यसको चुरो कारण के र समाधानको उपाय के भन्नेबारे विमर्श गर्नु जरुरी देखियो।


मानिसहरू जतिबेला सबै कुरा आफ्नो नियन्त्रणमा छ भन्ने भ्रममा पुग्छन् तब मानव मानव बीचकै घिनलाग्दो प्रतिस्पर्धामा उत्रने गर्छन् । एकातर्फ प्रकृति दोहन कार्यमा लिप्त हुने, अर्का तर्फ संसारमा आफ्नै अस्तित्व कायम राख्न अनिवार्य रहनुपर्ने आधारभूत संरचनाका रूपमा रहेको मानवताको कखरा समेत भुलिदिन्छ । मानव चोला जस्तै सञ्चालनका लागि अमूक चिजहरू सञ्चालनगर्ने अमूक तौरतरिका र नियम रहन्छन् भन्ने होस गुमाउन पुग्छ। प्राकृतिक नियमको अनदेखा गर्दै जब मानिस जबरजस्ती अगाडि बढ्छ, प्रकृतिलेआफ्नै तरिकाले केही न केही सबक सिकाएर मानव हैसियत प्रस्टइदिन्छ। हरेक मानव ज्यादतीमा गतिलो सबक सिकाएर प्रकृतिले मानिसलाई आफ्नो खुट्टा दरिलोसँग जमिनमा टेक्न सिकाएको देखिन्छ।

प्रकृतिमा ऊर्जा न उत्पन्न हुन्छ न नष्ट नै । मात्र एक रूपबाटअर्को रूपमा परिवर्तन हुने गर्छ । प्रकृतिमा संकलित ऊर्जा प्रकृतिमा रहेका हरेक प्राणी, वनस्पति रअन्य निर्जीव वस्तुले शक्तिको स्रोत हुने गर्छ । प्रकृतिको ऊर्जा प्रकृति र त्यहाँरहेका जीव वा निर्जीव वस्तुबीच शक्ति एक रूपबाट अर्को रूपमा परिवर्तन हुँदै लिने दिनेक्रम चल्ने गर्छ । प्रकृतिका रहेका सजीव र निर्जीव एवं अभौतिक पदार्थबीच समेत एक रूपबाट अर्को रूपमा शक्तिको परिवर्तन हुने विधिबाटै शक्तिको लेनदेन हुने गरेको छ ।


प्रकृतिमा सन्तुलित रूपमा रहेका दुई वस्तु आफ्नो आन्तरिक शक्तिमा आएको विचलनका कारण जब ध्रुवीकरण गर्न कोसिस गर्छ तब प्राकृतिक ऊर्जाले तिनीहरूलाई पुनः संयोजन गर्न कोसिस गर्छ। पुनः संयोजनगरी नयाँ सन्तुलन कायम गराउँछ। प्रकृति आफैँमा विशाल रहेकाले यसका सबै चिजलाई सन्तुलनमा राख्ने आफ्नै विशेष तरिका रहने गर्छ। प्रकृतिको ऊर्जाले जुन हदमा ध्रुवीकरण हुँदै गरेको विभिन्न वस्तुबीच पुनः नयाँ सन्तुलनमा फर्कन फर्काउने हैसियत राख्छ, त्यो क्षमता मानिसले राख्दैन।


ब्रह्माण्डमा विभिन्न स्तरका चेतना मतलब कन्ससनेस अस्तित्वमा रहने गर्छ। विभिन्न स्तरका चेतन एकापसमा सन्तुलित रूपमा शान्त र निश्चल रहेर मिलेर बस्न सक्ने प्रकृतिको हुँदैन । एक स्तरको चेतना अर्को स्तरको चेतनासँग फरकफरक अस्तित्वमा एकले अर्कोलाई प्रभाव पार्ने गरी जोल्टिएर रहने गर्छन् । किनकि तिनीहरू सबै ब्रह्माण्डभित्र एकापसमा सम्पर्कमा रहेरै समान शैलीमा विकसित बनिरहेका हुन्छन्।

प्रकृतिको आफूले आफूलाई जसरी पनि सन्तुलनमा फर्काउने प्रवृत्ति रहन्छ। जसका कारण विभिन्न स्तरका चेतनाबीच असन्तुलन भित्र सन्तुलन कायम गर्न चेतनाहरू जकडिएर (इनट्यांगलमेन्ट) एकापसमा अनुबन्धित भएर रहन अनिवार्य हुन्छ । यो पक्षबाट विश्लेषण गर्दा चेतना आफैँ प्रकृतिमा असन्तुलन उत्पन्न गराउन सक्षम रहने गर्छ। चेतनाको कारणबाट प्रकृतिमा हुने असन्तुलनका लागि मानिस जिम्मेवार रहने बुझिन्छ ।

आज जो कोहीले पनि भन्ने गरेको कुरा हो मानव जातिले पृथ्वीमा रहेको जंगल, प्राकृतिक सम्पदा माथिको दोहन र पृथ्वी निवासी मानिस मानिस बीचमै समेत शक्तिको बाँडफाँट, स्रोत साधनको बाँडफाँट असमान गरिदिएर धनी र गरिबको स्थिति सिर्जनागरी ब्रह्माण्डलाई असन्तुलित बनाइरहेका छन्। ती कुरामा आंशिक सत्यता छ ।


यो सँगै केही अति महत्वपूर्ण र गहिरो कुराहरू हाम्रो बुझाइको दायरामा आउन सकेको देखिँदैन। कतिपय अवस्थामा आएर पनि छुटेका वा नजरअन्दाज गरिएका भेटिन्छन्। जस्तै मानिसले आफ्नो असावधानी वा नियोजित स्वार्थका कारण पैदा गर्ने भोक, रोग, डर, आतंक, असहायता र असहज मृत्यु जस्ता परिस्थिति, त्यस्ता परिस्थितिका कारण जन्मिन पुगेका नकारात्मक ऊर्जाको प्रसारण र पुनः प्रसारण मार्फत ब्रह्माण्डलाई नै पूर्ण असन्तुलित दिशातर्फ धकेलिदिन सक्ने हैसियत। मानिसका कारण प्रकृतिलाई असन्तुलित दिशातर्फ धकेलिदिने कारक तत्वको निवारणका लागि आशा, भरोसा, आफ्नो क्षमता र आफ्नो स्वास्थ्य माथि आत्मविश्वास जगाउन सक्ने दर्शनको जरुरत। जसले मानिसको दिमाग र चेतनाको पुनः प्रोग्राम गरी मानिसमा मानवता पुनःस्थापित गराउन सकोस् ।


परिवर्तित समय अनुसार मानिसले भोग्नुपर्ने नयाँ प्रकृतिका रोगतथा मनोरोग मानिसको प्रकृतिप्रतिको व्यवहारको प्रतिफलसँग सम्बन्धित रहन्छ । ऐतिहासिक कालखण्डमा हामीले बेहोर्नु परिरहेको विभिन्न रोगका प्रकार उक्त कालखण्ड सम्म पुग्नेक्रममा प्रकृति माथिको मानव दोहनका कारण आएका परिवर्तन नै जिम्मेवार रहेको प्रमाणित भएको छ । जुन मानव निर्मित भौतिक असन्तुलनको प्रतिक्रियात्मक नतिजा हो ।

अर्को तर्फ मनोवैज्ञानिक रूपमा हेर्दा समाजमा मानिसहरू आफूलाई जे रोग लाग्छ भन्ने आन्तरिक मनोविज्ञान ग्रस्त बनेको भेटिएको छ, तिनीहरू प्रायः तिनै रोगको सिकार बनेको भेटिन्छ। एउटा बिरामीमा बिरामी अवस्थाबाट मुक्त हुन्छु भन्ने दह्रो आत्मविश्वास रहँदा अस्वास्थ्य अवस्थाबाट साँच्चिकै स्वस्थ भएको धेरै अनुभव हामी सँग छ । रोग लागेकै अवस्थामा पनि म यो रोगबाट निश्चित रूपमा पार पाउँछु भन्ने आत्मविश्वास रहेका बिरामी सहजै बाँच्ने गरेको भेटिन्छ । म अब मर्छु भनी आत्मविश्वास गुमाएको बिरामी मर्ने सम्भावना प्रबल देखिएको तथ्य विज्ञानले उजागर गरिदिएको छ । यस प्रकारका मानिसको आफ्नै आत्म विश्वास अनुरूपको नतिजा प्राप्त हुने घटनाहरू मानव चेतनाको स्तरको असन्तुलनको प्रतिफलको परिणाम ठानिन्छ ।


आज विभिन्न कारणबाट मानिसमा आपसी युद्धका लागि तुरुन्त आमनेसामने बनिदिने प्रवृत्ति अचाक्ली बढिरहेको देखिन्छ। त्यसबाहेक विभिन्न बाधा अवरोध सिर्जना गर्ने, भौतिक विरोध प्रदर्शनका गतिविधि सञ्चालन गरी समाजमा सहजै असन्तुलन भित्र्याउने गतिविधि भइरहेका भेटिन्छन् । यस्ता प्रकारका युद्ध वा आन्तरिक कलह ले मानवजीवनको गुणस्तरलाई अनिश्चयमा मात्र धकेल्ने हैन, डरलाग्दो गरी स्खलित पारिदिएको देखिन्छ।

मानिस एक सचेत सामाजिक प्राणी रहेकाले सामाजिक स्मरणमा स्थापित विश्वासको चेतना बिरामीको चेतनासँग जकडिएर बस्ने गर्छ। यो अवस्थामा एक बिरामीको आत्मबल वृद्धि गर्न जरुरी हुने चेतनालाई बिरामीको पहुँचको समाजको सामाजिक स्मरणमा कैद बनेको चेतनाले प्रत्यक्ष प्रभाव पारिदिने हैसियत राख्छ । सकारात्मक सामाजिक मनोविज्ञान नबोकेको सामाजिक चेतनाले बिरामीमा नकारात्मक चेतना भरिदिन्छ । जुन उसका लागि प्राणघातक समेत बन्ने हुन सक्छ । यो अर्थमा समाजको सामूहिक सबलताका लागि मात्र नभएर समाजमा रहेका हरेक सदस्य शारीरिक र मनोवैज्ञानिक तवरमा स्वस्थ रहन हरेक व्यक्तिको पहुँच रहेको समाजको सामाजिक स्मरणमा विश्वासको चेतना स्थापित गराउन अनिवार्य हुन्छ । अन्यथा समाज आफैँ निराशावादी बनिदिन्छ।


एक अमूक व्यक्तिको नियन्त्रणमा नरहने सामाजिक गतिविधिले जन्माएको असन्तुलनले पृथ्वीका हरेक मानिस विभिन्न हदमा प्रभावित बनिरहेका हुन्छन्। असन्तुलनको हदले सीमा नाघिदिँदा जीवनको गुणस्तर मै सम्झौता गर्नुपर्ने हदमा मानिस पुगेको देखिन्छ। दैनिक जीविकाको गुणस्तर निश्चित स्तरभन्दा तल ओर्लिदिँदा मानिस न त स्वस्थ रहन सक्छन त उसको मानवीय व्यक्तित्वमा नै सन्तुलन कायम गरी अघि बढ्न सक्छ। नकारात्मक सामाजिक गतिविधिका कारण जीवनको गुणस्तरमा अकल्पनीय क्षय हुनबाट न्यून गर्न मानिसलाई प्रकृतिकोआशीर्वादका रूपमा आध्यात्मिक, मानसिक र मनोवैज्ञानिक जैविक क्षमता उपलब्ध छ। पृथ्वीमा मानव बाहेक अन्य प्राणीमा यो सुविधा उपलब्ध छ / छैन हालसम्म यकिन हुन सकेको छैन । तर, आफ्नै नाभिको बास्ना नचिन्ने कस्तुरी जस्तै भोलिको सुख खोज्ने क्रममा आज आफूमा निहित विशाल क्षमताको पहिचान र महसुस गर्न नसकेर मानिसहरू मानवीय व्यक्तित्वको सन्तुलन गुमाउन पुगिरहेका देखिन्छ । मानिसले आफूलाई उपलब्ध आध्यात्मिक, मानसिक र मनोवैज्ञानिक जैविक क्षमताको सही उपयोग गरी आफूलाई निर्धारित नैतिक र मानवीय गुणबाट स्खलित हुनबाट बचाउन, आफूले आफूलाई स्वस्थ र सन्तुलित राखी अन्यलाई समेत सहयोग गर्नसक्ने हैसियतमा पु¥याउनेतर्फ सचेत रहन जरुरी देखिन्छ।


कोभिड–१९ जस्ता भाइरसको संक्रमणका कारण आइसोलेसनमा रहँदा मानिसको शरीरभित्र रहेका भाइरसका गतिविधिका कारण शरीरको नियमित सञ्चालनमा असन्तुलन निम्तिन्छ। उता संक्रमणको सिकार बनेको शरीर स्वयम् संक्रमण विरुद्ध प्रतिक्रियात्मक गतिविधि सञ्चालनगरी भिडिरहेको हुन्छ । शरीरका दैनिक नियमित गतिविधि सन्तुलित र स्वास्थ कायम गर्नेकोसिस अनुरूप शरीरका ती प्रतिक्रिया आन्तरिक रूपमा सञ्चालन हुँदै गर्दा मानिसलाई हरहालमा जिउँदो राख्न आफ्ना नियमित गतिविधि समेत सञ्चालन गरिरहेको हुन्छ।


रामवाण ओखती पहिचान नभएको महामारीको संक्रमणमा बिरामीमा जस्ता जस्ता लक्षण देखिन्छ त्यो लक्षण घटाउने उपाय गरेर नियमित सन्तुलनमा फर्काउन कोसिस गरिन्छ। जस्तै ज्वरो भए ज्वरोको ओखती खाने, दम भए दमकोओखती खाने, स्वाद गुमेमा स्वाद फर्कने उपाय लगाउने, अक्सिजनको हदैसम्म कमी देखिए भेन्टिलेटरमा बसेरै भए पनि अक्सिजन पूर्ति गर्ने र शरीरले आफूलेआफूलाई गर्ने स्वउपचार प्रक्रियामा बाहिरबाट चिकित्सकीय सहयोग पु¥याउने आदि।


त्यस बाहेक तपाईंको शरीरको नियमित गतिविधि सञ्चालनका लागि जरुरी हुने पोषण र औषधीय तत्व उपलब्ध गराउन भाइरस विरुद्ध लड्न समेत सजिलो हुने गरी नियमित तातो तुलसी पानी, तातो सुप, रसिला भिटामिन सी हुने फलफूल र जुस, मुङको दालर बासमती चामलको मसलेदार खिचडी, घरकै औषधीय मूल्यका बेसार, मसला रहेका सँगसब्जी र तरकारी खाने, सकभर चिसो खाना नखाने आदि ।

बिहान वा साँझ पर्याप्त सूर्यको प्रकाश पाउँदा शरीरलाई प्रतिरक्षाको स्तर बढाउनकालागि मद्दत गर्ने भिटामिन डी प्राप्त हुन्छ । प्रतिरक्षा प्रणालीको गति द्रुत गर्नेटी–सेलहरू बन्ने प्रक्रियामा सहयोग गर्छ। हाम्रो दिमाग, मृगौला, मुटु र फोक्सोजस्ता संवेदनशील अंग ७५ देखि ८५ प्रतिशतसम्म पानीबाट निर्मित हुन्छन्। हामी पानीको सहायताले जति सजिलै र छिट्टै हाम्रो संवेदनशील अंगका गुणहरू परिवर्तन गर्न सक्छौँ, अन्य उपाय बाट सायद कम व्यावहारिक होला ।


सामान्य स्तरमा हाम्रो रगतको पीएच ७.३५ देखि ७.४५ हुने गर्छ। संसारभर भएका निकै धेरै अनुसन्धान तथा अध्ययनको निचोडको आशय के देखिन्छ भने भाइरस, ब्याक्टेरिया र क्यान्सरका कोषसमेत शरीरमा रगतको पीएच सामान्य वा सामान्य स्तरभन्दा माथि हुँदाको अवस्थामा सक्रिय रहन असहज हुन्छ। रगत एसिडिक रहँदा संक्रमण उच्च हुने निश्चित हुन्छ।


पटक पटक तातोपानी पिएर, पाँच–दस मिनेट पानीको बाफ लिएर हामीले हाम्रो रगतलाई एसिडिक हुनबाट रोक्न सक्छौँ । त्यसमा पानी अल्कलाइन पानी वा रगतको पीएच घटन नदिने खाना, हाम्रै भान्साका औषधीय मरमसला र झोलिलो चिजबिज समावेश गर्दा संक्रमणबाट मुक्त हुन सकिने सम्भावना अधिक हुन्छ। दैनिक खानामा पर्याप्त जिंक, बिटा क्यारोटिन, भिटामिन ए, सी, डी, ई र बी समावेशहुने गरी खान कोसिस गर्नु उत्तम विकल्प बन्न सक्दछ।


तपाईंको स्वास्थ्यमा सुधार आउने वा बिग्रँदै जाने वा यथावतरहने भन्ने कुरा तपाईंको आफ्नै चेतनाको अवस्थाले धेरै हदसम्म निर्धारण गरिरहेको हुन्छ। तपाईंका आफ्नै इच्छा, मनमा उठ्ने भावना र तिनले उत्पन्न गर्ने विचार तपाईंको चेतनाको अवस्था निर्धारण गर्न प्रमुख कडी हुन्। आफ्नो आत्मबल सुदृढ तुल्याएर तपार्ईं आफैँ आफ्नो चेतना शक्तिमा उल्लेखनीय सुधार गरी आफ्नो मानसिक स्वास्थ्य र जीवन्त शक्तिको प्रवद्र्धन गर्न सक्नुहुन्छ ।


तपार्ईं जति धेरै रोग, फ्लु अथवा कोरोना भाइरस तपाईंको जीवन नै लिन सक्ने जोखिमपूर्ण वस्तु हो भन्नेबारे चर्चा गर्नथाल्नुहुन्छ, त्यति नै त्यो बारे तपाईंमा डरलाग्दो छाप पर्ने गर्छ । भयावह रोग वा संक्रमण रहेको भन्ने सूचना तपार्ईं जति धेरै सुन्दै वा पढ्दै जानुहुन्छ, ती सूचना तपाईंको चेतनामा अनुभवका रूपमा दर्ज भएर बसिदिन्छ। परिणाम, यो रोग वास्तवमै अत्यधिक खतरा रोग हो, यो लागि हाल्यो भने त म पक्कै बाँच्न सक्दिनँ भन्ने गहिरो छाप तपाईंको मनमै गढेर बसिदिन्छ ।


तपाईंको मनमै गढेर बसेको गलत विश्वास जब तपार्ईं उक्त भाइरसको धेरै नजिक पुग्नुहुन्छ र सङ्क्रमित बन्नुहुन्छ त्यो बेला तपाईंको बाँच्न सक्ने आत्मबल गुमाउन निर्णायक बनिदिन्छ। ओखतीको अभावमा आफ्नै अन्तर्मनमा रहेको एक अचुक ओखती, आफ्नै चेतन शक्तिको प्रभावमा आफूलाई खराब स्वस्थबाट मुक्त हुने सुवर्ण अवसर उपयोग गरी आफ्नै इहलीला समाप्त हुन बाट रोक्ने अर्को सुवर्ण अवसर तपाईंले गुमाउन पुग्ने सम्भावना बढेर जान्छ ।


यो कुरा पढ्दै जाँदा तपाईंलाइ ताजुब लाग्ला। संरचनागत रूपमैयो ब्रह्माण्डको भित्री इन्जिनियरिङ यसरी भएको छ कि तपाईंको मानव चोलामा तपार्ईं भित्री मनबाट जे माग्नु हुन्छ वा बन्न चाहनुहुन्छ अन्ततोगत्वा त्यही तपाईंलाई प्राप्त हुन्छवा तपार्ईं त्यही बन्नुहुन्छ। तपार्ईं जति कुनै कुराबाट आफूमा पुग्ने भयको जोखिम तिर आफ्नो दिमाग घुमाउनु हुन्छ त्यति धेरै तपाईंका चेतनामा रहेका ऊर्जाका कम्पन सक्रिय बनिदिन्छ। जसमा डर एउटा अत्यन्त शक्तिशाली कम्पन हो। अधिक डरले कुनै पनि महामारी भन्दा निकैछिटो तपाईंलाई आक्रमण गर्न सक्छ।


तपार्ईं आफूले आफ्नो चेतनालाई जति धेरै डरका भावना उपलब्ध गराई विषपान गराउनु हुन्छ, यो त्यति धेरै तपाईंको चेतन शक्तिमा गहिरोसँग गढेर बसिदिन्छ। विज्ञान र वेद दुवैको आँखामा अधिक डरले कुनै पानी व्यक्तिलाई दिने सक्ने खती संसारमा सम्भव हुने कुनै पनि महामारीको भन्दा बलिष्ठ हुन्छ।


किनकि महामारीको समयमा समेत वास्तविक महामारीबाट भन्दा महामारीका कारण पैदा भएको अधिक डरका कारण धेरै मानिसको इहलीला समाप्त हुने गर्छ । यो अर्थमा तपाईंको चेतनामा डेरा गरी बस्ने तपाईंको डर तपाईं आफ्नै लागि संसारमा सम्भव हुने कुनै पनि संक्रमणले दिने हानि भन्दा धेरै हानिकारक हुने बनिदिन सक्छ। तसर्थ तपार्ईं जुन कुराहरू आफ्नो जीवनमा चाहनुहुन्न, जुन विषय वस्तुमा भाग लिनु तपाईंको उज्ज्वल भविष्य निर्माणमा सहयोगी हुँदैन, ती चिजहरूको बेवास्ता गर्नुहोस्। अथवा जरुरी भन्दा धेरै चासो नलिनूस्।


यो रोगसँग नियमित डराएर आफ्नो सोचका कम्पनहरू सक्रिय राखी आफ्नो चेतनामा आफूलाई फाइदा नगर्ने अनुभव संकलन गरी आफ्नो आत्मबल घटाउने काम बन्द गरिदिनूस्। यसबारे परिवार र साथीसँग छलफल गरी उनीहरूको समेत आत्मबल घटाउने काम बन्द गरिदिनूस्। कुनै पनि प्रकारको रोग होस् वा फ्लु वा कोरोना भाइरस त्योसँग दुवै भौतिक र मनोवैज्ञानिक रूपमै सीमित दूरी बनाएर कसरी रहन सकिन्छ, त्यसबारे उपयुक्त तरिका सिक्नूस् । जब तपार्ईं भाइरसका कारण जीवनमा बढ्न जाने चिन्ताका प्रमुख कारक सँग दुरी कायम गर्न सक्नु हुन्छ तब यसले तपाईंको कुनै हानि गर्न सक्ने छैन।


मानव शरीरका प्रत्येक कोषिका डीएनए आदिबाट बने पनि सूक्ष्म रूपमा हेर्दा ती सबै बिलियनस एटम बाटै निर्मित छन्। हरेक एटम क्वार्क, ग्लुबोन लगायतका विभिन्न अति सूक्ष्म पार्टिकलले बनेका, प्रोटोन र न्युट्रोनबाट बनेका हुन्छन्। इलेक्ट्रोन र क्वार्ज, ग्लुबोन लगायतका सूक्ष्म पार्टिकल निकै सानो सानो इनर्जीका संयोजनले बनेका विन्दु हुन्। यस्ता विन्दुह रूजसले हाम्रो शरीरभित्र इन्फरमेसनको जालोको संयन्त्र बनाउँछ । एक जीवित व्यक्ति आफैँ भौतिक पदार्थ (शरीर), अभौतिक जीवन्त शक्ति (कन्सियसनेस / चेतना / विवेक) र अभौतिक पदार्थ प्राणशक्ति (आत्मशक्ति) को अजिब संयोजन हो । जसरी मुटु एउटा रक्तसञ्चारको भौतिक आधार अंग हो, त्यस्तै दिमाग समेत जीवन्त शक्ति (कन्सियसनेस / चेतना / विवेक) को आधार अंग हो। जसरी रगतको आधार अंग हुँदैमा रगत मुटुभित्र मात्र सीमित रहँदैन त्यस्तै जीवन्त शक्ति पनि मस्तिष्कसँग जोडिएर रहेको भए तापनि दिमाग भित्र मात्र सीमित रहँदैन।


आयुर्वेदमा जीवन्त शक्तिलाई (वायु वा प्राण वा लाइट) पनि भनिन्छ। क्वान्टम फिजिक्सले भने इन्फरमेसन भन्ने गरेको छ । बोलीचालीको भाषामा इन्टेलिजेन्स वा जैविक चेतना भनिने इन्फरमेसन वेबले इलेक्ट्रोम्याग्नेटिक संसर्गको प्रक्रियाबाट शरीरको न्युरोन आदिलाई सञ्चालित गरी मानिसलाई जीवन्त राख्ने काम गर्छ। मूलतः सूर्यको किरणमार्फत प्राप्त हुने ऊर्जाद्वारा निर्मित अभौतिक पदार्थ (आत्मा) सँग समेत इन्फरमेसन वेबको प्रत्यक्ष संसर्ग रहन्छ ।


भौतिक शरीरले आफ्नो पुर्खाबाट प्राप्त स्मरणहरू र इन्द्रियहरू मार्फत प्राप्त भई मस्तिष्कमा दर्ता हुन पुगेको अनुभव र ज्ञानका कारण हाम्रो सोच, भावना तथा इच्छाको उत्पत्ति भएको हुन्छ। तिनै विकसित सोच, भावना तथा इच्छा चैतन्य मार्फत पातलो शक्तिको थैलीका रूपमा रहेको मानव आत्मासँग जोडिने गर्छ। यसरी हाम्रो भौतिक शरीरका अनुभव र ज्ञान चैतन्यसँग र चैतन्य मार्फत हाम्रो सोच, भावना, मान्यता तथा इच्छा आत्मासँग एकले अर्कोलाई प्रभाव पार्न सक्ने गरी जोल्टिन पुगेको देखिन्छ।


जसरी थोपा थोपा पानी मिलेर समुद्र बन्छ, त्यसरी नै आत्मा आत्मा मिलेर ब्रह्माण्डको चेतनाको निर्माण हुन्छ । जसलाई ईश्वरीय आत्मा अथवा प्रकृतिको चैतन्य समेत भनिने गरिन्छ। मानव चैतन्य ब्रह्माण्डको चेतनासँग एक आपसमा जोल्टिएर अस्तित्वमा रहेको अनुमान गर्न सकिन्छ। मानव चैतन्य र ब्रमाण्डको चेतना बीच हुने नियमित संसर्गबाट मानव आत्मा र ईश्वरीय आत्माबीच नियमित प्रत्यक्ष सम्पर्क कायम रहन्छ। चमत्कारपूर्ण भौतिक तथा अभौतिक पदार्थहरू बीचको अजिब त्रिकोणात्मक संयोजन मार्फत निर्मित सन्तुलन कायम रहँदा सम्म एक व्यक्ति जीवित रहन्छ। उक्त सन्तुलन भत्कँदाको अवस्थामा भने व्यक्तिको इहलीला नै समाप्त हुन्छ।


प्राकृतिक नियम अनुसार हरेक वस्तुका अणुहरूको आफ्नै फरक फरक गतिशीलता हुने गर्छ। अणुहरूको फरक फरक गतिशीलता अनुसार वस्तु ठोस, तरल, वा ग्यासकोरूप लिने गर्छ। मानव शरीरका प्रत्येक अंग आफ्नै प्रकृतिको गतिशील सूक्ष्म अणुहरूबाट निर्मित छ। आफ्नै पाराको नियमित तर फरक फरक गतिमा रहने शक्तिको पोकाका रूपमा रहेका क्वार्ज, ग्लुबोन लगायतका सूक्ष्म परमाणुको संयोजनबाट अणुहरू बन्छ । परमाणु आफैँ गतिशील रहने, परमाणुबाट गतिशील अणु बन्ने, अणुबाट गतिशील कोषिकाहरू बन्ने प्रक्रियाले शरीरभित्र इन्फरमेसनको जालो निर्मित गरिदिन्छ ।


शरीरभित्र निर्माण हुने उक्त आन्तरिक सूचनाको जालोले निश्चित ध्वनि उत्पन्न गर्छ। ध्वनि एक प्रकारको कम्पन हो। हाम्रो शरीरमा नियमित उत्पन्न हुने कम्पन ब्रह्माण्डको कम्पनसँग नियमित जोल्टिने प्रक्रियामार्फत भौतिक र अभौतिक पदार्थबीच संयोजन हुँदै हाम्रो जीवनलाई जीवित राख्ने उपाय सुझिएको छ। हाम्रा जीवन्त सहकार्यहरू नियमित राख्न हाम्रो भौतिक शरीरका अनुभव र ज्ञानहरू आफ्नै प्रकृतिका कम्पनमा परिवर्तन भएर अभौतिक विचार, भावना र चाहनाका रूपमा उत्पन्न हुने गर्छन्। जसलाई हामीले अनुभूति समेत गर्न सकिन्छ।

अन्य भाइरस जस्तै कोभिड–१९ भाइरसको कम्पनात्मक इलेक्ट्रोम्याग्नेटिक बायोफिल्ड ५.५ हर्ट्जबाट १४.५ हर्ट्ज सम्म भेटिएको थियो। जब इलेक्ट्रोम्याग्नेटिक बायो फिल्ड २५.५ हर्ट्ज नाघ्छ तब यो भाइरस निष्क्रिय बन्छ। भाइरस मानिसको शरीरभन्दा बाहिर बाँच्न नसक्नुको प्रमुख कारण हो पृथ्वीको आजको इलेक्ट्रोम्याग्नेटिक बायोफिल्ड लगभग २७.४ हर्ट्ज रहनु ।


जहाज, गाडी, घना बस्ती, अस्पताल, सपिङ मल, अफिस, रेस्टुरेन्ट तथा बार आदिमा मानव तथा अन्य गतिविधिका कारण इलेक्ट्रोम्याग्नेटिक बायोफिल्ड सात हर्ट्ज वा तल देखिएकाले कोभिड–१९ भाइरस ती स्थानमा निष्क्रिय नभएको हुन सक्ने धेरै जोखिमपूर्ण बनेको बुझिन्छ। प्राकृतिक वातावरणमा र गाउँघर, सहरभन्दा तुलनात्मक रूपमा सुरक्षित भेटिनुको एउटा कारण यो पनि हो ।


जब मानिस उच्च मनोबलमा रहन्छ तब उसमा उच्च कम्पनको इलेक्ट्रोम्याग्नेटिक बायोफिल्ड हुने गर्छ । जुन कोभिड–१९ को संक्रमणमा समेत धेरै हानिकारक लक्षणको सिकार बन्दैन । जस्तै उदार भावनायुक्त रहँदा (९५), धन्य महसुस गर्दा (४५), दिलैदेखि धन्य महसुस गरिरहँदा (१४० वा माथि), आफन्त व्यक्तिको साथ र एकात्मकताको भावना जागृत हुँदा (१४४ वा धेरै), अनुकम्पा (१५० वा माथि), दयामायाको महसुस हुँदा (१५०), प्रेमको अनुभूति (१५० वा माथि), निःस्वार्थ प्रेमको अनुभूति (२०५ वा माथि) हर्ट्ज । यो अवस्थामा कोभिड–१९ संक्रमण हुँदाको अवस्थामा समेत मानिसलाई खासै प्रभाव पर्दैन। प्रायः थाहानै नलाग्ने वा सामान्य रूपमै निको हुने स्थिति पैदा हुने गर्छ ।


जब तपाईंको अत्माबल दह्रो छैन तब तपाईंको शरीर कमसल कम्पनको इलेक्ट्रोम्याग्नेटिक बायोफिल्ड उत्पन्न गर्न थाल्छ । यस्तो बेला तपार्ईं कोभिड–१९ भाइरसको संक्रमण रहँदा खतरनाक जोखिमको सिकार बन्ने सम्भावना रहन्छ। जस्तै: जेमा पनि जति बेला पनि चित्त दुखाउने (०.१ देखि २), डर (०.२ देखि २.२), असन्तुष्ट रहने र आफूलाई सधैँ रक्षात्मक स्थितिमा राख्ने बानी (०.६ देखि ३.३), जलन (०.९), बेचैनी (०.६ देखि १.९), रिस (१.४), गरम स्वभाव (०.९), घमण्ड (०.८), हेलत्व (१.५), श्रेष्ठताकोअभिमान (१.९) हर्ट्ज आदि।


स्वस्थ र सन्तुलित मस्तिष्क भएका प्रायः सबै मानिसको इलेक्ट्रोम्याग्नेटिक बायोफिल्ड फ्रिक्वेन्सी आठ हर्ट्ज हुने भेटिएको छ। आफ्नो नित्य गतिविधि मार्फत पैदा हुने बानी व्यहोरा एवं अन्य परिस्थितिका कारण मानिसको इलेक्ट्रोम्याग्नेटिक बायोफिल्ड फ्रिक्वेन्सीमा सुधार आउने वा स्खलन हुने गर्छ । योग तथा मेडिटेसन जस्ता उपाय, खाली चौरमा नांगो खुट्टा हिँडी शरीरलाई प्राकृतिक रूपमा अर्थिंङ गरी इलेक्ट्रोम्याग्नेटिक सन्तुलन कायम गर्ने जस्ता गतिविधि संक्रमणको भयको बेला अत्यन्त लाभकारी हुने गर्छ। समग्रमा धनी, चर्चित वा ठूलो मान्छे बनेर हैन मात्र असल मानवता भएको, आफूले आफू माथि भर पर्न सक्ने अत्माबल भएको मान्छे बनेर जीवनमा आइलाग्न सक्ने हरेक प्रकृतिका संक्रमणबाटआफूलाई सुरक्षित राख्न सकिने वेदको चुरो मन्त्र यथार्थ परक रहेको समयक्रमले प्रमाणित गरिदिएको छ।


महामारीमा वेद


महामारीको समय मानव जातिका लागि एक नयाँ प्रकारको मनोवैज्ञानिक सहनशीलता र धैर्यको प्रयोगका लागि प्रकृति सृजित परीक्षणका रूपमा रहन्छ। महामारीको अन्तिम परिणाम कस्तो हुने, किन र कसरी उत्पत्ति भयो र कहिले र कसरी अन्त्य हुनेछ, त्यो तत्कालको समझ बाहिरको विषय बन्दछ। प्रकृति सृजित परीक्षणको घडीमा धेरै लाई ईश्वर हुनुहुन्छ भने कहाँ हुनुहुन्छ र के गर्दै हुनुहुन्छ भन्ने गम्भीर प्रश्न दिमागको कुनै कुनामा गडिएर रहेको देखिन्छ। हुनुहुन्न भने यसको पनि पक्कै प्राकृतिक नियम त होला। त्यो के होला भन्ने खुल्दुलीले मनभित्र डेरा जमाउने गर्दछ।

मानव मात्रका लागि प्राकृतिक विपद्का रूपमा आइलागेको महामारीवेदको भावनाको अनुभवमा भने नियमित रूपमा मानव निर्णयमा रहेको त्रुटिपूर्ण अन्दाज ले विकास गरेको मानवीयतामा स्खलन, प्राकृतिक दोहन तथा नैतिकहीनताको ज्यादतीलाई सुधारका खातिर अनिवार्य बनेको निर्मम प्रहारको विन्दुका रूपमा बुझ्न सकिन्छ । वेदको आशय अनुरूप हरेक निर्मम नियतिको एक मात्र उपचार सहनशीलता र सकारात्मक आत्मबल हुने गर्छ ।


कोभिड–१९ को महामारीको समयमा नेपाली मिट्टी तनहुँको देवघाटमा जन्मिएका महर्षि सुश्रुत र अर्का आयुर्वेदका ज्ञाता आचार्य चरक उपस्थिति रहेको भए कोभिड–१९ को रोगहरूको उपचारमा आयुर्वेदको कस्तो भूमिका हुन्थ्यो होला भन्ने काल्पनिक प्रश्नको उत्तर खोज्ने प्रयासले हामीलाई केही खुराक उपलब्ध गराउन सक्छ ।


आयुर्वेद शास्त्रका अग्रगामी चिन्तक यदि महामारीको समयमा जीवित नै थिए भने उनीहरूले पक्कै पनि कोभिड–१९ प्रतिरोधी जीवन शैलीको प्रोटोकल, कोभिड–१९ को संक्रमण विरुद्ध लड्ने प्रतिरोधी क्षमता वृद्धि गर्ने जडीबुटी र प्राकृतिक सामग्री निर्मित विविध खाद्य पदार्थको तैयारी विधि सहितको सुची, रोगबाट बच्न भौतिक दुरी कायम गर्ने तरिका, आइसोलेसनमा रहने उपाय तथा कोभिड–१९ को संक्रमण हुँदा त्यसले पैदा गर्ने रोगविरुद्ध काम गर्ने सफल आयुर्वेदिक फर्मुलेसन, रगतमा अक्सिजनको मात्रा वृद्धि गर्ने ओखतीय खाद्य तथा सुधारिएको दैनिक दिनचर्याका उपायको संग्रह वा संहिता हामी माझ राखिदिने निश्चित थियो।


नेपालको सन्दर्भमा यी दुई हस्तीले निश्चय नै आधुनिक चिकित्साका डाक्टर र आयुर्वेदको गहिरो समझ राख्ने स्वस्थ कर्मीहरू बिच सहकार्य गर्दै सफल हस्तीहरूको समय र घटनाक्रमको रियल टाइम अनुभव धैर्यता पूर्वक सुनेर निकै भित्र पुग्न विचार विमर्श गर्दथे होलान्। विचार विमर्श र छलफल बाट प्राप्त ज्ञान, समुदायमा देखिएको रोगको प्रतिरोधी क्षमताको हद, अन्य कार्यगत स्तरको व्यावहारिक अनुभव, उपलब्ध स्रोत साधन, नेपालको आफ्नै परिस्थितिमा मिल्ने गरी शास्त्रमा दिइएको ज्ञानको कार्यगत स्तरको परिस्थितिजन्य व्यावहारिक ट्रान्सलेसन मार्फत संक्रमणबाट बच्ने, सामाजिक दुष्प्रचार, मनोवैज्ञानिक डर आदिबाट मुक्ति लिने र उपचारका विधिहरू विकास गरी त्यसको सहजीकरण मार्फत समाजलाई प्रभावकारी उपचार पद्धति उपलब्ध गराएर सोचिएभन्दा निकै छिटो महामारीको चपेटामुक्त पार्न भूमिका खेल्ने थिए होलान् ।


वेदका ऋचाहरूमा उल्लिखित दैनिक जीवनमा अँगाल्नुपर्ने अभ्यास घातक भाइरसको फैलावट कम गर्न सहयोगी हुने कुरा वैज्ञानिक रूपमा समेत प्रमाणित छन्। महामारीको समयमा विश्वका मानिसहरू जो जो यस सँग परिचित हुने अवसर पाए, उनीहरू मध्ये धेरैले उक्त अभ्यासलाई अनुसरण गरिरहेको बुझिन्छ । आज नमस्ते (नमस्कारम) विश्वव्यापीअभिवादनको माध्यम बन्दै छ। विश्वव्यापी रूपमा राजनीतिक नेताहरूले हात मिलाउने, चुम्बन गर्ने, अँगालो हाल्ने ठाउँमा झुकेर अभिवादन गर्ने नमस्तेले स्थान पाएको देखिन्छ। विश्वका शीर्ष नेतामा गनिएका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प, प्रिन्स चाल्र्स, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याँहूको अरू लाई नमस्ते गर्दै गरेका फोटोहरू महामारीको समयमा सामाजिक सञ्जालमा भाइरल भएको भेटिएको थियो ।


संस्कृतको नमस्कारम बाट आएको ‘नमस्कार’ र ‘ते’ शब्दको संयोजन बाट बनेको नमस्तेको अर्थ हो ‘म तपार्ईंमा अन्तर्निहित ईश्वरीय शक्तिको अघि श्रद्धाका साथआफूलाई झुकाउँछु।’ वैदिक संस्कृतिमा मानसिक र शारीरिक रूपमा स्वस्थ रहनु र भौतिक दूरी कायम राख्ने तथा आइसोलेसनमा रहने पद्धति आफ्नो दिन चर्याको दैनिकीका रूपमै स्थापित चलन हो । वैदिक युग देखिनै मर्दा र पर्दा हुने सामाजिक गतिविधिमा सहभागी हुनुपर्दा व्यक्तिगत स्वच्छता र क्वारेन्टाइन हाम्रो परम्परागत जीवन शैलीको अभिन्न र महत्वपूर्ण पक्ष थियो। अनिवार्य भौतिक दूरी र स्वच्छता कायम गरी वैदिक कार्यमा सहभागी हुने हाम्रा परम्परागत व्यावहारिक अभ्यासहरू वेदमा उल्लिखित ज्ञानमा आधारित छन्। वेदमा जब कुनै कार्य अनिवार्य गरिन्छ, त्यसको कारण समेत उल्लेख हुने गर्छ।


वेदभूमि नेपालले शताब्दीयौँ देखि अनुसरण गरिआएको हाम्रो परम्परागत उत्कृष्ट चलन मात्र कर्म काण्डी चलनका रूपमा सीमित हुँदै गर्दा वर्तमान महामारीले पुनःआफ्नो ट्रयाकमा  फर्काउन भूमिका खेलेको छ। हामी भान्सा गर्नु अघि सफासुग्घर रहनुको मूल्य, नमस्तेको मूल्य, भौतिक दूरीको मूल्य, आइसोलेसनको मूल्य, मानसिक र शारीरिक रूपमा तन्दुरुस्त रहनु पर्ने कुराको मूल्य मात्र हैन, पिसाब वा शौचपछि एन्टिसेप्टिक्स कीटाणुनाशकले हात धुनुपर्ने बानीमा समेत आफूलाई पुनः अभ्यस्त गराउन महामारीले सिकायो।


हाम्रा परम्परागतरूपमा हुने एन्टिसेप्टिक्समा जीवन बर्बादीतिर लैजाने ठर्रा हैन बेसार (हलेदो), नीम, पाती, गाइको गहुँतको अर्घ आदि हुने गर्दथ्यो। इम्युन बुस्टरमा भान्सामै प्रयोग हुने जडीबुटी, आयुर्वेदिक ओखती, बेसार पानी, क्यामुनु–जामुनु, पातीको झोल, अर्घ, चिराइतो, जेठीमधु, ल्वाङ, अलैँची, जिरा, ज्वानो, दालचिनी, कागती, अमला, हर्रो, बर्रो जस्ता मिश्रण हुने गर्दथे । हरेक बिहान नुहाउने, खाना पकाउनुअघि गाईको गोबर र खरानी पानीले सेनिटाइज गर्ने, खानुअघि र पछि हाम्रोसँग हातखुट्टा धुने हाम्रो नित्य कर्मको अभिन्न अंग थियो।


खराउ, चप्पल घरबाहिर पट्टि नै रहन्थ्यो। लागेको लुगाफाटा समेत फेरेर मेडिटेसन वा जप पश्चात् शुद्ध भएर खाना खाने गरिन्थ्यो। घर परिवारमा कोही मरे भने सम्पूर्ण परिवार नै क्वारेन्टाइनमा बसिन्थ्यो । मलामी र गाउँलेका लागि आफ्नै प्रकारको चोखो रहने, भौतिक दूरी कायम गरी आफ्नो मानसिक र भौतिक शुद्धता र सरसफाइ कायम गर्ने आफ्नै प्रकृतिको प्रोटोकल बनेको हुन्थ्यो। सबैले त्यसैलाई पछ्याइने चलन थियो।

रुघाखोकी, टिबी जस्ता थाहा भएका सरुवा रोगको समय र पहिले नदेखिएको कुनै नयाँ रोग देखिएका परिदृश्यमा पूरै परिवार वा सङ्क्रमित व्यक्ति क्वारेन्टाइन रहने, कम्तीमा भौतिक दूरीको सिद्धान्त पछ्याउन अनिवार्य मानिन्थ्यो। क्वारेन्टाइन वा भौतिक दूरीमा रहँदा अनिवार्य आत्मसुरक्षित र स्वच्छ राख्ने योग अभ्यासहरू गर्ने, मेडिटेसन गर्ने, शरीरलाई अर्थिङ गर्ने, शरीरलाई सफा, ओभानो र न्याँनो राख्ने, घाम ताप्ने जस्ता अनिवार्य गतिविधिमा सहभागी हुने गरिन्थ्यो।


आज हाम्रो जीवनशैलीमा निकै ठूलो परिवर्तन आएको छ। हाम्रा जैविक र मनोवैज्ञानिक शत्रुमा समेत हाम्रो परिवर्तित जीवनशैली अनुरूप परिवर्तन आएको देखिन्छ। हामी नयाँ प्रविधि, कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स, आईओटीको संसारमा प्रवेश गर्दै नयाँ जीवन शैली र दैनिक अभ्यास अनुसरण गरिरहेका छौँ। तर पनि हजारौँ वर्ष पहिलेदेखि हाम्रो परम्परागत संस्कृतिका रूपमा रहेको हाम्रो जीवनशैलीको मूल्य भने हामीलाई हामी जति आधुनिक बन्दै छौँ त्यति धेरै खड्कने गरेको छ। संसार आफ्नो खानपान, ओखतीमुलो, मनोरञ्जन, जीवनशैलीर जीवनको मूल्यको सार पक्ष सम्भव भएसम्म हालको परिवर्तित जीवनशैली भित्रै अन्तरग्रहण गरी पुराना उत्कृष्ट पद्धतिका लाभकारी पक्षबाट आफूलाई लाभान्वित गराउन प्रयत्नशील गरिरहेकोअनुभूति हुन्छ।


कोरोना भाइरसको प्रकोप पश्चात् विश्वभर मृत्यु भएका मानिसको मृत्यु पछि गरिने अनुष्ठान प्रविधिमा समेत व्यापक परिवर्तन आएको महसुस गर्न सकिन्छ । मृत्युमा गरिने दाहसंस्कारमा लास जलाउने तरिका क्रिमे–सन विधिको मूल्य समाजले बुझेको छ। शव जलाएर गरिने दाहसंस्कार वैदिक परम्परागत प्रचलन हो । वैदिक मान्यतामा दाहसंस्कारका लागि लगिने मृत शरीरहरू मृत्यु हुनेको अत्यन्त नजिकको मानिस बाहेकअन्यले छुनुसमेत नैतिक मानिँदैन । दाहसंस्कारमा संलग्न वा मलामीमा सहभागी हुने हरेक व्यक्तिले अनिवार्य नुहाउनु पर्ने र चोखिनुपर्ने जस्ता प्रोटोकल छन् वैदिक परम्पराका। दाहसंस्कारलाई वैदिक मान्यतामा अन्त्येष्टि भनिन्छ । जुन अन्त्यः र इस्ति शब्द मिलीबनेको छ । जसको अर्थ अन्तिम बलिदान अर्थात् अन्तिम संस्कार मतलब वैदिक मान्यतामा भौतिक शरीरको अन्तिम विदाइको पवित्र समारोह।


निकै छोटो समयमा भएका १० हानिकारक संक्रमणमध्ये छ वटा सङ्क्रामकरोगहरू एच–१ एन–१, स्वाइन फ्लु, एच–५ एन–१, बर्डफ्लु, इबोला, सार्स, कोभिड सबै पशुबाट नै मानिसमा सरेको भेटिएको छ । शताब्दीयौँ देखि स्थापित वैदिक मान्यतामा शाकाहारी खानपान रोजिने प्रचलन जनावरबाट मानिसमा सर्ने घातक रोगको सिकार हुनबाट जोगिने दरिलो कारक बन्न सक्ने छ। विज्ञानको विकास क्रम जतिसुकै भएको होस् अझै तरकारी र फलफूल नै मानव प्रतिरक्षा–बढावा गर्ने भिटामिन, खनिज, एन्टीअक्सिडन्ट, फोक्सोमा हावाबाट अक्सिजनको मात्र रगतमा घुलाउने क्षमता वृद्धि गर्ने, रगतमा अक्सिजनको घुलनशीलता बढाएर तन्तु तन्तुको कोषिकासम्म पु¥याउने औषधीय सारतत्वको उत्कृष्ट स्रोत रहेको छ। वैदिक खानपान र ओखती विज्ञान अन्तर्गतको आयुर्वेदमा उल्लेख भएका बेसार, जिरा, धनियाँ, लसुन, तेजपत्ता, अदुवा, कागती, खुर्सानी, मरिच, ल्वाङ, सुकमेल, मेथी, अलैँची, जाइफल, ज्वानो, सिन्कौली, जेठीमधु, पिप्ला, बोझो, गुर्जो, अमला आदि आज पनि खानालाई रोग प्रतिरोधात्मक क्षमता प्रदायक बनाएर हिलिङ खानामा परिवर्तन गर्ने कडी बनिरहेका छन्।


वैदिक विधाको पुनर्ताजगी प्रकृतिको श्वासप्रश्वासको काइदा, नाचगान, संगीत, जप, सामूहिक आराधना, मेडिटेसनर योग ऊर्जाको पुनर्संयोजनमार्फत शरीर स्फूर्त र चुस्त राख्ने सबैभन्दा प्रभावकारी प्राकृतिक उपायका रूपमा स्थापित छन्। शरीरको भौतिक र मनोवैज्ञानिक सन्तुलन कायम राख्ने प्रयास स्वरूप हामी हर समय शान्त र आराम रहेर बस्ने कोसिसमा भेटिन्छौँ। महामारीको समयमा जीवनशैली, व्यवसाय, रोजगार, स्वास्थ्य र वित्तीय अवस्थामा समेत पुग्ने असरले हाम्रो तनावको स्तर उच्च पारिदिएको छ। विश्वनै सम्पूर्ण रूपमा चिन्तित रहेको दैनिकको सूचनाबाट हाम्रो सामाजिक चेतना स्तरमा समेत भय र आतंकको माहौल पैदा गरिदिने गर्छ। आफ्नो तनाव नियन्त्रणमा राख्न भएका अधिक तरिकामध्ये वैदिक ध्यानको निकै ठूलो योगदान हुने भेटिएको छ।


शाब्दिक रूपमा मेडिटेसन भनिने ध्यानको मतलब स्वअनुभूति वा आत्मज्ञान भन्ने हुन्छ । आफूले आफ्नै उपस्थितिको महसुस गरेर आफ्नै अनुभवका आधारमा ज्ञान प्राप्त गर्ने र आफूमा लीन हुने कला हो आत्मज्ञान। जसमा मात्र आफ्नो अनुभवले, एकाग्रताले आफैँ सँगबाट धेरै कुरा सिक्ने र अनुभूति गर्ने अवसर प्राप्त हुन्छ। वेदमा सुरुवात देखि अन्तसम्म पटकपटक उल्लेख भएको पाइने ध्यान ऊर्जाको पुनर्संयोजन मार्फत ज्ञानको गहिराइमा पुग्ने उपाय हो। ध्यानको माध्यमबाट निर्माण हुँदै गरेको सामाजिक चेतनाको भय र आतंकको घेरा समेत छिचोलेर ज्ञान प्राप्त गर्न तथा भौतिक र मनोवैज्ञानिक सन्तुलन कायम गर्न सम्भव बन्छ। त्यसैका कारण महामारीको समयमा वैदिक ध्यान तर्फ धेरै मानिसको आकर्षण बढ्ने गर्दछ।

महामारीको समयमा डाक्टरहरूलाई सही उपचार विकल्प के हो भन्ने तरिका समेत फेला नपरिरहेको अवस्था निकै हुन्छ। कुनै विकल्प कम प्रभावकारी हुने र कुनै विकल्प विकल्प रोगले विकास गरेको लक्षण अनुरूप सही नहुन सक्छ । डाक्टरलाई उपलब्ध विकल्पको अवस्था जस्तो सुकै होस्, जब एक व्यक्ति बिरामी पर्छ, घरमा निको हुने अवस्था नदेखिँदा डाक्टरको खोजीमा अस्पताल पुग्छ । डाक्टरसँग उपलब्ध विकल्प र कर्तव्य भनेको आफ्नो सम्पूर्ण अनुभव र उपलब्ध विकल्प अन्तर्गत रहेर उसको उपचार गर्नु नै हुने गर्दछ।


महामारीको समयमा कतिपय वातावरणीय पक्ष सम्पूर्ण रूपमा नियन्त्रणमा लिन नसक्ने रहेकाले नै महामारी फैलने गर्छ। उक्त समयमा प्रकृति यति निर्मम बनिदिन्छ कि रोगको प्रकृति, उपचार पद्धति र समय समेतको अलिकति सूचना समेत दिने गर्दैन। आचार्य चरक र सुश्रुतको समयमा समेत विभिन्न संक्रमण रोगको नियन्त्रणमा सावधानीलाई नै मुख्य उपायका रूपमा उपयोग गरिन्थ्यो । जस अन्तर्गत रोगको सम्पर्कबाट बाहिर रहेर रोगको संक्रमणबाट बच्ने उपाय नै प्रमुख थियो । जब व्यक्ति रोगबाट संक्रमित बन्छ, तब तुरुन्त लक्षणको उपचार विधिसुरु गरिन्थ्यो ।

आयुर्वेदले तत्कालीन महाऋषिहरूलाई समेत जडीबुटीको शक्तिको विवेक तथा हिट एन्ड ट्रायल प्रणाली अपनाएर परीक्षण गरी महामारीको उपचार गर्नुपर्ने बाध्यता थियो। जसलेगर्दा जडीबुटीको प्रयोगमा त्रुटि हुने प्रशस्त सम्भावना रहन्थ्यो। उपचारका क्रममा देखिएका हरेक क्रिया र प्रतिक्रियामा अत्यन्त मिहिन र सूक्ष्म रूपमा ध्यान पु¥याएर उपचार पद्धतिमा परिमार्जन गर्दै उपचार सम्पन्न गरिन्थे। त्यसबाट प्राप्त अनुभवको आधारमा संहिताहरू विकास गरिन्थ्यो। आजको महामारीको समयमा समेत उपलब्ध विधि र तरिका लगभग त्यस्तै रहेको छ । संक्रमणको प्रकृति अनुरूप परिस्थिति जुन तरिकाबाट जुन दिशामा अगाडि बढ्छ, त्यसको उपचार पद्धति समेत त्यही रूपमा अघि बढाउन जरुरी हुन्छ । यो तरिका आयुर्वेदिक जडीबुटीको सन्दर्भमा मात्र हैन आधुनिक चिकित्सामा समेत लागू भइरहेको छ।


कोरोना कहरले संसारलाई दिएको पाठ एउटै छ, त्यो हो रोगको रोकथाम नियन्त्रण भन्दा सदैव उत्तम रहने गर्छ। सायद यसै कुरालाई मनन गरेर आचार्य चरकले आयुर्वेदका दुई मुख्य उद्देश्य चरक संहितामा उल्लेख गरे। पहिलो व्यक्तिको स्वास्थ्यलाई सन्तुलित कायम राख्ने निवारक प्रकृतिको उपचारमा सदैव ध्यान दिने। दोस्रो बिरामी व्यक्तिको उपचार गर्नका लागि उपचारात्मक प्रकृतिको उपचार सम्पन्न गर्ने ।


संहितामा आचार्य चरक लेख्छन्, ‘महामारी जस्ता संकटमा समेत आयुर्वेदको विकल्प सर्वप्रथम रोगको रोकथाममा नै ध्यान दिनु हुनेछ। त्यसपछि उपचारमा जोड दिइनुपर्छ।’ आचार्य महामारीको समयमा देखिने शारीरिक, मानसिक र सामाजिक समस्याको रोकथामका लागि विभिन्न प्रकारका ऋतु अनुसारको आयुर्वेदिक खाना र जीवन पद्धति (रीतचर्या) तथा दैनिकी (दिनचर्या) आदिको ठूलो भूमिका रहने बताउँछन्।


घरेलु रूपमा गरिने आयुर्वेदिक उपचारमा अत्यन्त धेरै चर्चामा हुने औषधीय मूल्यको हिलिङ पेय पदार्थको नाममा काँडा पानी सेवन एक हो। प्रायः आफ्नो भान्सामै उपलब्ध र रोगको समस्या अनुरूप आयुर्वेदिक पसलबाट किनि ल्याएका केही जडीबुटी सहित विभिन्न जडीबुटी र मसला पानीमा उमाल्दा जब झोल ५० प्रतिशत घट्न पुग्छ तब छानेर झोल पिउने वा झाम्टा सबै चपाएर खाने र झोल सबै नै पिउने पेय हो काँडापानी। नेपाली भान्साका प्रायः धेरै मसलाका सामग्री र जडीबुटी काँडा पानीका रूपमा पिउँदा शरीरको प्रतिरक्षा प्रणालीमा उल्लेखनीय सुधार गर्ने र रोगको संक्रमण विरुद्ध लड्न शरीरको क्षमता वृद्धिमा मद्दत गर्न प्रमाणित बनेकाले यसको चलन अधिक बढ्न गएको छ ।


शास्त्र मार्फत उपलब्ध हरेक ज्ञानलाई बदलिँदो परिस्थिति अनुरूपको अनुभवका आधारमा कार्यक्षेत्रको व्यावहारिकता अनुरूप परिमार्जन गरी प्रभावकारी नतिजादिने जडीबुटी, भस्म र तिनीहरूको सारतत्वको संयोजन कसरी गर्न सकिन्छ भन्ने प्रस्ट वैज्ञानिक आधार सहितको आयुर्वेदिक कौशल आज हाम्रो सामु उपलब्ध छ । सञ्जीवनी जडी बुटी जस्ता प्रस्ट बुझ्न नसकिएको केही अपवाद छोडेर प्रायः सबै नै आयुर्वेदिक जडीबुटीको प्रशस्त वैज्ञानिक आधारसहित उपचार प्रभावकारी गराउने गरी औषधीय फर्मुलेसन गर्न सकिने ज्ञान, अनुभव र उपचार गरेर प्रमाणित गरेको प्रमाण आयुर्वेद क्षेत्रसँग छ। आयुर्वेद क्षेत्रका विज्ञहरू आधुनिक भनिने चिकित्सा प्रणालीका चुरो मर्म सँग नियमित रूपमा परिचित रहने गरेका हुन्छन् भने औँलामा गन्न सकिने आधुनिक चिकित्साका डाक्टरहरू आयुर्वेद र प्राकृतिक चिकित्साबारे जानकार देखिन्छन्। जुन आयुर्वेद क्षेत्रको अत्यन्त ठूलो काबिलता हो।


सहरका अत्यन्त चर्चित नाम बनाएका र दाम कमाएका आधुनिक चिकित्सक गनिने अधिक डाक्टर साब रोगको रोकथाम उपायका रूपमा रहेको रोग प्रतिरोधक क्षमता विकास बिषयको जरासम्म पुग्न नसकेकाले यसको वास्तविक भ्यालु एडको ज्ञानबारे लगभग अनविज्ञ छन्। उनीहरू मध्ये धेरैले बुझेको ओखतीले एउटा रोगको उपचार गर्दा कम्तीमा तीन वटा अन्य रोग जन्माइ रहेका छन्। उनका बिरामी जीवन भर स्थायी बिरामी रहेर उसको आजीवन ग्राहकमा परिवर्तन भइरहेका छन्।


अर्कोतर्फ, ठुलो सङ्ख्याका आधुनिक चिकित्सक हरूका आफ्नै जहान र परिवार आधुनिक चिकित्सा पद्धतिले दिने गरेको ओखती माथिको अविश्वासकाकारण प्राकृतिक र आयुर्वेदिक ओखती मुलोको सल्लाह लिन बाध्य भइरहेको घटना हरेक गल्ली गल्लीमा भेटिन्छ। यो यथार्थ मात्र नेपाल, भारत र चीनको कथामा सीमित छैन, अमेरिका, बेलायत, क्यानडा, जर्मनी रइजरायल जस्ता विकसित भनिएका मुलुकमा समेतको वास्तविक यथार्थता बनेको छ ।


महामारीले चिनिएको आयुर्वेद


कोभिड–१९ महामारीको भुक्तभोगी संसारका २४ देशका १२ हजार मानिसमा उनीहरूको स्वास्थ्य र पोषणप्रतिको चासोको सन्दर्भमा परिवर्तित अवस्थाले विकास गरेको दृष्टिकोणबारे एक विश्वव्यापी सर्वेक्षण गरियो । सर्वेक्षणका अनुसार ६५ प्रतिशत व्यक्तिको आफ्नो स्वास्थ्य र पोषण सम्बन्धका धेरै चिन्ता मध्ये शीर्ष तीन स्थानमा रहेको चिन्तामा आफ्नो शरीरको प्रतिरक्षा क्षमता बनेको बताए। सबै उमेर समूहका मानिसमा आफ्नो प्रतिरक्षा क्षमताबारे चिन्ता समान देखिन्थ्यो । ३० वर्ष उमेर समूह माथिका मानिस भने तुलनात्मक रूपमा रोग र बिरामीको जोखिमबारे अन्य उमेर समूहका मानिस भन्दा धेरै चिन्तित रहेको सर्वेक्षणले देखायो ।


विश्वव्यापी सर्वेक्षणमा सहभागी प्रायः सबै नै मानिसले आफूले हाल आफ्नो खाना वा पेयमा प्रतिरक्षा प्रणाली अभिवृद्धि गर्ने पोषण तत्व समावेश हुनेगरी खान कोसिस गरेको बताए। संसारभरका मानिसको हालको गतिविधि अनुरूप कोभिड–१९ पछाडि उनीहरूको खानपान र व्यवहारमा आएको गहिरो र दिगो प्रभावले बजारमा रोग प्रतिरोधी क्षमता अभिवृद्धि गर्ने जडीबुटी र वैकल्पिक हिलिङ पेय र खाद्यको माग अत्यधिक बढाइदियो। कोभिड–१९ को महामारीले मानिसको जीवनका धेरै गतिविधिमा परिवर्तन गरिदिएको छ। असाध्यै ठूलो जनसंख्याको खानपान र जीवनशैलीमा अत्यन्त सावधानी पूर्वक स्वास्थ्य र स्वास्थ्य स्थितिमा सुधार पुगोस् भन्ने स्वकेन्द्रित दृष्टिकोण सहित जीवन जिउने क्रम बढिरहेको छ ।

मानिसहरू शरीरको प्रतिरक्षा क्षमता विषयमा आफ्नो चेतना अभिवृद्धि गर्न लालायित भेटिने गर्छन् । उनीहरूले बिस्तारै कमसल रोग प्रतिरक्षा क्षमता नै आफूमा विकास हुने पाचनका समस्या, निर्बलता, अल्छीपन, एलर्जी, मानसिक रोग, सरुवा रोग आदिको प्रमुख कारक हुने महसुस गरिरहेका भेटिन्छन्। खाना वा पेय वा सप्लिमेन्ट वा ओखतीका उपभोक्तामा पैसा महँगो हुँदैमा र प्रभावकारी विज्ञापन देखिँदैमा तिनीहरू आफ्नो शरीरको स्वस्थको जरुरत अनुरूपको प्रभावकारी नरहने गहिरो अनुभूति गरिरहेको भेटिन्छ। पश्चिमा इन्जिनियरिङको जडीबुटीको सारतत्व निकाली बनाएको सप्लिमेन्ट वा भिटामिन, मिनिरल आदिका क्याप्सुल होस् वा चक्की सबै सँग निराश बन्दै गएको देखिन्छ ग्राहकहरू।


आज आएर प्रमाणित भएको तथ्य के हो भने पश्चिमा इन्जिनियरिङ भएका खाद्य सप्लिमेन्टका क्याप्सुल वा चक्की सैद्धान्तिक रूपमा मात्र उपयोगी तत्व युक्त भेटिन्छ। ल्याबका टेस्टमा तिनीहरूमा शरीरका लागि जरुरत हुने भनिएका पदार्थ देखिने पनि गर्छन्। तर, तिनीहरू मानिसको आफ्नो पाचन प्रणाली मैत्री नरहेकाले शरीरको वास्तविक प्रयोजनमा भने आउने अत्यन्त झिनो सम्भावना रहन्छ। शरीरले खाना मार्फत आफूलाई जरुरत हुने प्राकृतिक सारतत्व (अर्थात पोषण तत्व, औषधीय तत्व र ओज तत्व) उक्त खाना प्राकृतिक पाचन प्रक्रियाबाट गुज्रेर मात्र प्राप्त गर्ने गर्छ। पश्चिमाहरूले विकास गरेको हालका भिटामिन, मिनिरल र अन्य तागत दिने पदार्थ एवं खाद्य सप्लिमेन्टमा रहेका सारतत्व शरीरको आवश्यकताको जरुरत पूर्ति गर्न सक्ने हैसियत च्युत बनेको यथार्थ संसारले भर्खरै बुझ्दै छ।


त्यो सन्दर्भमा आफूलाई चाहिने तत्व पाइने आसमा ठूलो धनराशि खर्चेर आफूले खरिद गरेर उपभोग गरेको वस्तुमा बताइए अनुरूपको क्षमता स्खलित भएको र प्रभावकारी नतिजा पाउन नसकेको बाट उपभोक्ता निराश देखिन्छन् । तोकिए अनुरूपको गुणस्तर पुगेको भनि वैज्ञानिक नामकरण गरिएको तर पूर्ण अवैज्ञानिक कानुनी र गुणस्तरीय मापदण्ड पु¥याएका भरमा बजारमा पुगेका यस्ता पदार्थ भनिएका र दाबी गरिएका नतिजा ल्याब परीक्षण वाट देखाउन सकिने तर वास्तविक प्रयोगमा भनिए जस्तो प्रभावकारी रहनेमा निश्चिन्त हुन सकिने देखिएन। प्रडक्ट डेभलपमेन्टका क्रममा अत्यन्त साँघुरो घेरा भित्र अपनाएको नियन्त्रित अनुसन्धानमा आएको नतिजाका भरमा बजारमा जाने अनुमति दिइएका त्यस्ता फर्मुलेसनहरु आयुर्वेदिक औषधी र सप्लिमेन्टहरू जस्तो परम्परागत रूपमा पुस्तौँ पुस्ता मानिसले सेवन गरी अब्बल प्रमाणित भएका देखिएनन्।

सबैभन्दा चाखलाग्दो विषय के रहेको छ भने बजारमा आज उपभोक्ता आफ्नो शरीरको माग पूर्ति गर्ने पोषण तत्व, औषधीय तत्वर ओज तत्व युक्त खानाहरू खोजिरहेका छन्। कोषिकाका झिल्लीहरू पार गरी माइकोकोन्ड्रिया नामक ससाना कोषिकाका इन्जिनहरूमा जब श्वासप्रश्वास प्रक्रियाबाट आउने अक्सिजन र पाचन प्रक्रियाबाट आउने खाना पुग्छ, ती सूक्ष्म इन्जिनहरूले चिनी लाई कार्बनडाइअक्साइड र ऊर्जामा परिणत गरिदिन्छन्। उक्त क्रममा प्राप्त हुने ऊर्जाले नै जीवनलाई जरुरी हुने इन्धन दिन्छ। शरीरमा खाना टुक्रने, अवशोषण हुने, पाचन हुनेर त्यस बापत प्राप्त शक्तिबाट शरीरका गतिविधि सञ्चालित बनी शरीर जीवित रहने गर्छ । जुनकुरा यहाँ उल्लेख गरिए जस्तो सहज र सरल नरहेर नितान्त जटिल संयन्त्रर बहुआयमिक प्रक्रियाको संलग्नता जरुरी हुने प्रकृतिको हुन्छ।


पाचन प्रक्रियाका लागि खाना र अक्सिजनको अतिरिक्त नकारात्मक चार्जका कणहरू अथवा इलेक्ट्रोनहरूको प्रवाह अनिवार्य हुन्छ। जसको जोहो शरीरले गर्ने गर्छ। माइकोकोन्ड्रियाको आन्तरिक झिल्ली भित्र रहने चार वटा प्रोटिनमा प्रवाह गरिने इलेक्ट्रोनको (Electron transport chain) सहयोगबाट माइकोकोन्ड्रिया भित्र खानाबाट ऊर्जा उत्पन्न गर्न चाहिने ऊर्जाको पूर्ति हुन्छ। खानाको वास्तविक पाचन प्रक्रिया ठानिने शक्ति उत्पादनको यो प्रक्रियाबाट प्राप्त हुने ऊर्जाले शरीर सञ्चालनको तागतको काम गर्छ। माइकोकोन्ड्रिया भित्रको सेलुलर प्रोटिन निर्मित पानी मिललाई खाना पचाउन उपलब्ध गराइएको सबै इलेक्ट्रोनको पाचनको क्रममा खपत हुदैन। इलेक्ट्रोन ट्रान्सपोर्ट चेनबाट चुहावट भएको इलेक्ट्रोनहरू अक्सिजन सँग समय भन्दा अगाडि संयोजन हुन जाँदा रिएक्टिभ अक्सिजन वा फ्री रेडिकलहरू उत्पन्न हुन्छन्। जस्तै सुपर अक्साइड आयनहरू। यसरी उत्पन्न भएको अत्यन्तै रियाक्टिभ फ्री रेडिकलहरू लाई उचित रूपमा एन्टिऑक्सिडेन्टहरूले निष्क्रिय गर्न सकेन भने तिनीहरूले सेलका अंशहरू लाई नोक्सान पुर्‍याउने गर्दछ।


यसरी उत्पन्न भएका फ्री रेडिकलहरूले आफूलाई सन्तुलनमा ल्याउन वरपरको संरचनामा रहेको डीएनए र प्रोटिनका अणुहरू बाट इलेक्ट्रोनहरू जबरजस्ती खिचेर लिइदिन्छ। यो क्रम शरीरको सबै भागमा नियमित रहन्छ । फ्री रेडिकलहरूले डीएनए र प्रोटिनका अणुहरू बाट आफूलाई जरुरत हुने इलेक्ट्रोनहरू जबरजस्ती खिचेर लिइदिने क्रम लामो समयमा जारी रहँदा शरीर छिटै बुढेसकाल निम्तने, उमेर सम्बन्धित रोगहरू विकास हुने, इलेक्ट्रोनहरूको चुहावट अधिक हुने क्रमले हद नाघेमा म्युटेसनका कारण हुने क्यान्सर जस्ता दुर्भाग्य समेत निम्त्याउन सक्छ। जीवनलाई हृष्टपुष्ट राखी पलपल जीवित राख्ने अक्सिजन खाना पचाउने क्रममा लिक भएको बिजुली नियन्त्रण गरी संवेदनशील अंगहरूलाई हानि गर्न नदिने क्रममा आफैँ फ्री रेडिकल बनाउने कारक बन्न पुगी शरीरलाई बूढो बनाउने, कमजोर तुल्याउने, क्यान्सरपैदा गराउने र इहलीला समेत समाप्त पार्ने कारक बनिदिने गर्छ। यो अर्थमा अक्सिजनले हाम्रो स्वास्थ्यका लागि दुवैतर्फ धार बोकेको खुकुरी जस्तो फाइदा र बेफाइदाको भूमिका निभाउँछ।


सिद्धान्तगत रूपमा उल्लेख गर्दा शरीरमा फ्री रेडिकल्स पैदा हुने स्थितिमा कमी ल्याएर तथा उत्पन्न हुने फ्री रेडिकल्सबाट शरीरलाई पुग्ने हानि न्यूनगर्न सक्दा हामीले आशा गरिए अनुरूप पूरा उमेर स्वस्थ जीवन जिउन, स्फूर्त रहेर छिटै बुढ्यौलीपन लाग्न नदिन र लामो समय आफ्नो आयु बढाउन सक्छौँ। आयुर्वेदको सिद्धान्त अनुरूप खानपान र जीवन पद्धतिमा सुधार गरेर शरीरमा फ्री रेडिकल्स पैदा हुने स्थितिमा कमी ल्याउन तथा उत्पन्न हुने फ्री रेडिकल्सबाट शरीरलाई पुग्ने हानि न्यून गर्न सम्भव बन्छ। यो अर्थमा आयुर्वेदमा खाना बाट पोषण, ओजस्वी तागत र औषधीय क्षमताको पूर्तिको समेत परिकल्पना गरिएको हो।


आयुर्वेदिक मान्यतामा ओजस्वी तागत वृद्धि गर्न सक्दा पाचन प्रक्रियामा हुने इलेक्ट्रोनको चुहावट घटाउन मद्दत पुग्छ। त्यस्तै योग तथा मेडिटेसन जस्ता उपायबाट समेत फ्री रेडिकल्स उत्पन्न हुने स्थितिमा कमी ल्याउन सकिन्छ। चुहावट भएको इलेक्ट्रोनका कारण बनेको फ्री रेडिकललाई खानामा एन्टिअक्सिडेन्ट उपलब्ध गराएर शान्त बनाउन सकिन्छ। जब खानामा एन्टिअक्सिडेन्ट उपलब्ध हुन्छ तब फ्री रेडिकल्सहरू पैदा हुनासाथ एन्टिअक्सिडेन्टहरूले रेडिकल आयोनलाई सन्तुलनमा ल्याएर कुनै हानि नोक्सानी पु¥याउन नसक्ने बनाइ दिन्छ। रेडिकल्स आयोनले शरीरका लागि अत्यन्त संवेदनशील मानिने डीएनए र प्रोटिनका अणुहरूबाट जबरजस्ती इलेक्ट्रोनहरू खिचेर लिन पर्ने अवस्थाको अन्त्य हुन्छ । आयुर्वेदिक खानपान, जडीबुटी र अन्य उपाय प्राकृतिक रूपमा खानामा एन्टिअक्सिडेन्ट उपलब्ध गराउने एक उत्कृष्ट विधि हो ।


एक पटक पश्चिमा इन्जिनियरिङ भएका खाद्य सप्लिमेन्टका क्याप्सुल वा चक्कीको प्रभावकारिताको बारे भएको अनुसन्धान वारेका केही तथ्यगत नतिजाहरूको पुनरावलोकन गरौँ। १९७० देखि १९८० सम्म मुसामा एन्टिअक्सिडेन्टको प्रभावबारे धेरै अनुसन्धान गरियो। जसमा टेस्टगर्न चाहेको एन्टिअक्सिडेन्टहरू वैज्ञानिक प्रोटोकल अनुरूप मुसालाई खानामा दिने, जेनेटिकल्ली मोडिफाई गरिदिने गरियो। कुनै टेस्टमा सुई लगाएर सिधै रगतमा पनि दिइयो। अधिकांश अनुसन्धानमा जीवनको स्फूर्ति बढाउने, रोग नलगाउने वा उमेर तन्काउने काममा उक्त एन्टिअक्सिडेन्टका सप्लिमेन्टको प्रभावकारी भूमिका खेलेको भेटिएन। मान्छेमा चाहिँ यसको प्रभाव होला कि त भन्ने परीक्षण गर्न १९९४ मा ५० वर्ष समूहका २९ हजार १३३ फिनल्यान्डका नागरिकमा बिटा–क्यारोटिन सप्लिमेन्ट दिइयो। बिटा–क्यारोटिन सप्लिमेन्ट खाने १६ प्रतिशतमा उल्टो फोक्सोको क्यान्सरको जोखिम बढेको देखायो। १० वर्ष लगाएर अमेरिकामा फोलिक एसिड नामको एक प्रकारको भिटामिन ‘बी’ सेवन गराइएका महिलामा स्तनको क्यान्सरको जोखिम झन् २० प्रतिशतले बढेको देखायो। १९९६ मा एक हजार जना अधिक धूमपान गर्ने मानिसमा भिटामिन ‘ए’ र बिटा–क्यारोटिन सप्लिमेन्टदिई गरिएको परीक्षणमा २८ प्रतिशतमा क्यान्सरको जोखिम बढाएको र १७ प्रतिशतले मृत्युदरबढेको दुर्भाग्य बेहोर्नुप¥यो। सन् २००७ मा अमेरिकन नेसनल क्यान्सर इन्स्टिच्युटले मल्टिभिटामिन लिने मानिसको नलिनेको भन्दा दुई गुना बढी मृत्युदर भेटिएको कुरा सार्वजनिक ग¥यो । २०११ मा ३५ हजार ५३३ स्वस्थ मानिसमा दिइएको भिटामिन ‘ई’ र ‘सेलेनियम’ सप्लिमेन्टले उनीहरूमा १७ प्रतिशतले प्रोस्टेट क्यान्सरको जोखिम बढाएको भेटायो। भिटामिन ‘सी’ सप्लिमेन्टको हकमा ठिक्क मात्रामा हुँदा त्यसले एन्टिअक्सिडेन्टको केही भूमिका निभाएको भेटिएको हो। तर, फ्री इलेक्ट्रोनलिने क्रममा भिटामिन ‘सी’ आफैँ रेडिकलाइज भइदिने र त्यसलाई नियन्त्रण गर्न कि त अस्वाभाविक रूपमा धेरै भिटामिन ‘सी’ खानुपर्ने कि त्यसको खती शरीरले बेहोर्नुपर्ने अवस्था सिर्जना हुने देखियो ।


सन् २०१२ मा गरिएको २७ क्लिनिकल ट्रायलको विविध प्रकारको निष्कर्षको मुख्य निष्कर्ष के रह्यो भने एन्टिअक्सिडेन्टको प्रभावकारिता सप्लिमेन्टमा रहेका तत्वहरू शरीरको पाचन प्रक्रियामैत्री नरहेकाले प्रभावकारी नभएको बरु धेरै अवस्थामा प्रत्युत्पादक बन्ने गरेको निष्कर्ष निक्लियो। यस्ता सबै प्रकारका वैज्ञानिक परीक्षणका निचोड के हो भने खानामा शरीरका लागि चाहिने तत्व शरीरलाई उपलब्ध हुने अवस्थामा हुनुपर्छ। हाम्रो नियमित खानामा पाइने तत्वहरू हाम्रो पाचन प्रक्रियामैत्री रूपमा रहन्छन्। जब हामी शरीरको कुनै विशेषअवस्थाको समस्या निवारणमा विशेष तत्वहरू शरीरलाई उपलब्ध गराउन चाहन्छौँ भने त्यो खानाकै प्रकृतिको रहँदा चाहिने तत्व शरीरलाई उपलब्ध हुने अवस्थामा हुने निश्चित गर्न सकिन्छ। हाम्रा आयुर्वेदिक फर्मुलेसनहरूको अत्यन्त शक्तिशाली र प्रभावकारी तागत भनेकै शरीरको कुनै विशेष अवस्थाको समस्या निवारणमा विशेष तत्वहरू शरीरलाई उपलब्ध गराउन खानाकै प्रकृतिको औषधीय पदार्थको विकास गरिनु हो । जहाँ जुन जुन तत्वहरूको खाँचो शरीरलाई परिरहेको छ त्यो शरीरलाई उपलब्ध हुने अवस्थामा रहने निश्चित हुने गरी डिजाइनकोअवस्था मै इन्जिनियरिङ गरिएको हुन सक्नु हो।

समग्रमा सर्वेक्षणहरूले उजागर गरेको चुरो कुरा के हो भने स्वस्थ जीवन याँपनका लागि आयुर्वेदिक जीवन शैलीले दिने प्रकृति मैत्री जीविका, खानपान र औषधीमुलोको फाइदा र प्रभावकारिता अधिक छ। आयुर्वेदिक प्रणालीको स्वास्थ्यका लागि समग्र दृष्टिकोणको प्रमुख विशेषताको महत्व संसारले महसुस गरिसकेको छ ।


खोप विकासमा आयुर्वेदिक दृष्टिकोण


आधुनिक विज्ञान अन्तर्गत भईरहेको रोग प्रतिरोधी शक्ति निर्माणगर्ने विभिन्न प्रकृतिको खोप विकासका प्रयासहरू लाई आधुनिक औषधिमा आयुर्वेदिक दृष्टिकोणको फ्युजन हो। प्रयोगशालामा खोप विकास गर्ने प्रयासहरू कुनै सफल हुन्छन् भने कुनै विफल। तर समग्रमा त्यसको रोग प्रतिरोधी क्षमता विकास गर्ने रणनीति आफैमा भने आयुर्वेदिक रणनीतिलाई नै आधुनिकीकरण भएको भनी मान्नु पर्ने हुन्छ।


मानव स्वास्थ्यको सन्दर्भमा राखिने आयुर्वेदिक दृष्टिकोणअन्तर्गत जीवनशैलीका अभ्यासहरू, आहार, र जडीबुटी उपचारहरू मार्फत रोगको रोकथाममा जोड दिने गरिन्छ जसकोउद्देश्य बलियो प्रतिरक्षा निर्माण गर्दै शरीरको निश्चित स्थानमा भएको त्रुटि युक्त सञ्चालन प्रक्रियाको मर्मत मार्फत सच्चाउनु, सुधार गर्नु र समग्र सन्तुलनको पुनर्स्थापना गर्नु हो। यस्तैगरी, खोपहरू रोगहरू रोक्नका लागि विकास गरिन्छ। शरीरको प्रतिरक्षा प्रतिक्रियालाई वास्तविक रोग निम्त्याउने बाहकहरूको सामना गर्नु भन्दा पहिले नै रोग निम्त्याउने बाहकहरू विरुद्ध लड्ने तालिम दिएर त्यसलाई परास्त गर्ने क्षमता विकास गरिन्छ।


आयुर्वेदमा जस्तै खोप विकासको क्रममा समग्र स्वास्थ्य निर्माणमा अधिक ध्यान दिने गरिन्छ।  आयुर्वेदमा शरीरका ऊर्जा र शरीरका प्रणालीहरूको समग्र सन्तुलन हेरिँदै गर्दा त्यस अन्तर्गत समेत खोपले गर्ने जस्तै विशिष्ट खतराहरूको विरुद्ध प्रतिरक्षा प्रणालीलाई चुस्त बनाउने तयारी समावेश हुन्छ । आयुर्वेदमा जस्तै सबै खोप चिकित्साका अभ्यासहरूले स्वीकार गर्ने गर्दछ कि सबै उपचारहरू सबैका लागि काम गर्दैनन्। तर निरन्तर प्रयास र समायोजन अनिश्चित बनिरहेको उपचार विहीनता र समग्र स्वस्थको पुनर्स्थापना हुन नसकिरहेको अवस्थामा सम्भावित उपचारको विधि वा प्रक्रिया विकास गर्न महत्त्वपूर्ण ठानिन्छ।


जस्तै खोपको विकासको क्रममा निकै दिक्दार लाग्दो कडा परीक्षण, असफलताहरूबाट सिक्ने र सफल खोप विकास नभए सम्म पुरानो खोप विकास गर्दै गर्दा प्राप्त भएको अनुभववाट सिक्ने र त्यसको समेत सदुपयोग गरेर आफूले लक्षित गरेको उद्देश्य प्राप्त नहुँदा सम्म फेरी अनि फेरी खोपको विकास गर्ने प्रयास जारी राख्ने दृष्टिकोण अवलम्बन गरिन्छ। परम्परागत आयुर्वेदिक उपायहरू यही विधि वाट लामो समयमा विकास भएका हुन्। 


समग्रमा खोप विकासको प्रक्रिया, यसको समग्र स्वस्थ निर्माण र रोकथाममा केन्द्रित उपचार पद्धति आयुर्वेदिक सिद्धान्तहरू लाई वैज्ञानिक सन्दर्भमा अलि छिटो खोजेको लक्ष भेटिने गरी अवलम्बन गरिने आधुनिक वैज्ञानिक उपायको रूप हो। आयुर्वेदमा आधारित ओखती र खोपमा आधारित उपचार पद्धति दुवैले अवलम्बन गर्ने  साझा  दृष्टिकोण तथा लक्ष्य मानव समग्र स्वास्थ्यलाई अहिंसा युक्त मार्ग मार्फत  सुरक्षित राख्नु, सुधार गर्नुमा नै केन्द्रित हुने गर्दछ। यद्यपि तिनीहरूको विकास हुने विधिहरू र सन्दर्भहरूमा निकै भिन्नता हुने गर्दछ।


आयुर्वेद अन्तर्गत शरीरमा प्रतिरक्षा प्रणाली विकासको अवधारणा "ओजस" सँग सम्बन्धित छ। आयुर्वेदले जीवन्तताको सार र प्रतिरक्षाको आधारका रूपमा ओजसको परिभाषा दिने गर्दछ। जीवनलाई धान्ने र शरीरको बल, ऊर्जा र प्रतिरक्षा प्रणालीलाई कायम राख्ने सूक्ष्म सार ओजस हो भन्ने आयुर्वेदको ठम्याइ छ। ओजसलाई आयुर्वेदिक ग्रन्थहरूमा खानाको अवशोषण, पाचन र मेटाबोलीजम प्रक्रिया पछि प्राप्त हुने अन्तिम उत्पादनको रूपमा चित्रित हुने गर्दछ। जहाँ खानाका सबै पोषक तत्त्वहरू शरीरद्वारा पूर्ण रूपमा अवशोषित र रूपान्तरण गरिएर एउटा सारतत्वको निर्माण भएको हुन्छ। आयुर्वेदमा त्यही सारतत्व वा ओजस शारीरिक बल, मानसिक स्पष्टता, भावनात्मक स्थिरता, अध्यात्म र समग्र कल्याणको ऊर्जाको स्रोत रहेको ठानिन्छ।


बलियो ओजस भएका व्यक्तिहरूको शरीरमा बलिष्ठ प्रतिरक्षा, मानसिक स्पष्टता र समग्र स्वास्थ्यको स्थापना मार्फत सन्तुलित स्वस्थ निर्माण हुने विश्वास गरिन्छ। शरीर तथा प्रकृति मैत्री सोच, आहार, जडीबुटीहरूको सेवन र जीवनशैली समायोजन भएका अभ्यासहरू लाई आयुर्वेदिक जीवन शैली भन्दै ओजस आयुर्वेदिक जीवन शैली भित्र व्यक्तिलाई भौतिक, मानसिक र आध्यात्मिक रूपमा बलिष्ठ बनाउन जरुरी हुने शरीरको प्राकृतिक रक्षा संयन्त्रहरू सुदृढपार्नमा अधिक केन्द्रित हुने विश्वास गरिन्छ।


आधुनिक खोपहरू जस्तै कोभिड-१९ को लागि विकसित गरिएका खोपहरू समेत  शरीरको प्राकृतिक रक्षा संयन्त्रहरू सुदृढपार्नमा अधिक केन्द्रित हुने आशयमा विकसित गरिएको खोप थियो। कोभिड-१९ को शरीरमा सङ्क्रमण गर्ने रोगजनक रोगाणु भाइरसको निष्क्रिय वा कमजोर भाग लाई खोपको रूपमा शरीरमा पठाएर त्यस बारे शरीरको प्रति-रक्षा प्रणाली लाई जानकारी उपलब्ध गराएर रोगको सङ्क्रमण विरुद्ध लड्ने शरीरका संयन्त्रहरू लाई त्यसको विरुद्ध लड्न तालिम दिएर सक्षम गर्नु थियो।


जसले गर्दा प्रतिरक्षा प्रणालीले भविष्यमा वास्तविक रोगजनक रोगाणु भाइरसको सामना गर्नु पर्दा त्यसलाई मौकामै चिनेर लड्न र त्यसको सङ्क्रमणलाई विफल पार्न तयार बनाउनु थियो। यस प्रकारले प्रतिरक्षा प्रणालीलाई अहिंसा रुपी प्रशिक्षण दिने र समग्र स्वास्थ्यको सुरक्षा र सन्तुलनको कायमको लागि प्राकृतिक रूपमै शरीरको रक्षा प्रणालीहरूलाई क्रमिक रूपमा बलियो बनाउने रक्षात्मक  विधि आयुर्वेदिक अवधारणाको आधुनिक वैज्ञानिक रूपान्तरणको रूप नै हो।


आयुर्वेदिक अवधारणा र वैज्ञानिक खोप विकास बिचको निवारक दृष्टिकोणमा समानता अन्तर्गत आयुर्वेद र आधुनिक खोप दुवैले उपचारको सट्टा रोकथाममा जोड दिन्छन्। आयुर्वेदले प्रतिदिनका अभ्यासहरूलाई सिफारिस गर्छ जसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । जबकि खोपले भविष्यको सङ्क्रमणहरू रोक्नका लागि प्रतिरक्षा प्रणालीलाई तयारपार्छ। शरीरलाई प्रशिक्षण दिने सन्दर्भमा आयुर्वेदमा विभिन्न जडीबुटी र अभ्यासहरूले शरीरलाई तनावका कारकहरू सँग राम्रोसँग सामना गर्न "प्रशिक्षण" दिन्छ। वैज्ञानिकरूपमा विकसित खोपले प्रतिरक्षा प्रणालीलाई विशिष्ट रोगजनक रोगाणुहरू (कीटाणु तथा विषाणु) लाई चिनेर लड्न प्रशिक्षण दिने गर्दछ। दुवै विधिमा केही हद सम्म उपचारको समान अवधारणा भेटिन्छ।


खोप र आयुर्वेदिक उपचार प्रणालीहरू दुवै को उद्देश्य समग्र कल्याण हो। आयुर्वेदमा भलै शरीर, मन र आत्माको सन्तुलन द्वारा समग्र स्वस्थ खोजिन्छ। खोपले आयुर्वेदकै मान्यता भित्र पर्ने रोगको कारक लाई रोक्ने, दीर्घकालीन स्वास्थ्यलाई बढवा दिने प्राकृतिक प्रतिरक्षा द्वारा प्रणालीको विकास गर्ने अहिंसा युक्त उपाय आधुनिक वैज्ञानिक ज्ञान वा अविद्याको उपयोग गर्दछ।


आधुनिक खोपहरू निर्माणमा भलै  प्रत्यक्ष रूपमा आयुर्वेदिक सिद्धान्तहरू पालना हुने गर्दैन तर तिनीहरूले शरीरको प्राकृतिक रक्षा प्रणालीलाई सुदृढ पार्ने व्यापक आयुर्वेदिक अवधारणासँग मेल खाने अवधारणा अवलम्बन गरेको हुन्छन्।  खोपहरूले कार्य गर्ने अवधारणा र दृष्टिकोण लाई आयुर्वेदिक प्रतिरक्षा वृद्धिको सिद्धान्तको आधुनिकीकरण नै हो। मानवता र मानव सेवामा लाग्ने समान उद्देश्य बोकेकाहरू आयुर्वेदिक अभ्यासकर्ता र आधुनिक वैज्ञानिकहरू बिच खोपको उपचार पद्धतिको अवधारणाले आपसी  अनुसन्धानात्मक संवाद मार्फत  अनुसन्धान र सह-कार्य गर्ने मजबुत जग निर्माण गर्ने सहायक हुने छ। जुन आशयको लागि वेदमा विज्ञान समर्पित छ। 


संक्षेपमा, खोपहरू र आयुर्वेदिक अभ्यासहरूका फरक फरक विधिहरू भए पनि, तिनीहरूको साझा लक्ष्य प्रतिरक्षा प्रणालीलाई सुदृढ पार्नु हो। खोपको उपचार विधिहरूलाई आयुर्वेदिक अवधारणाको पूरकको रूपमा लिन सक्दा परम्परागत र आधुनिक स्वास्थ्य दृष्टिकोणलाई जोड्ने सेतु बन्ने छ।