शून्य र अनन्तता

दर्शन र गणित दुवैको जराको रूपमा वैदिक अवधारणामा शून्य र अनन्तताको अस्तित्व देखिन्छ। शून्य र अनन्तता वास्तविकताको विभिन्न पक्षहरूलाई प्रतिनिधित्व गर्ने अत्यन्त अन्तर सम्बन्धित अवधारणा हो। वैदिक ज्ञानको आधारको रूपमा रहेको अनन्तताको अस्तित्व बिना शून्यको कुनै प्रयोजन देखिँदैन। न त शून्य बिनाको अनन्तताको खासै भूमिका देखिन्छ।


आधुनिक विज्ञानले हाम्रो मनस्थितिमा छोडेको प्रभावका कारण मानिसलाई सामान्य रूपमा बुझ्दा शून्य मात्र खाली पनको रूपमा अनुभूति हुन्छ। जब कुनै चिजको अस्तित्व हुँदैन त्यसलाई शून्य भनिन्छ भन्ने शून्य वादको परिभाषाले आधुनिक विज्ञानको गणित अन्तर्गत जरुरत हुने सामान्य आवश्यकताको समेत पूर्ति गर्न सकिरहेको छैन। 


जस्तै आधुनिक विज्ञान अन्तर्गतको गणितमा शून्य लाई शून्यले भाग गर्दा कति हुन्छ भन्ने सामान्य प्रश्नको उत्तर उपलब्ध छैन। त्यसो त आधुनिक विज्ञानसंग अनन्त लाई अनन्तताले भाग गर्दा कति हुन्छ भन्ने समेतको उत्तर छैन। यथार्थमा कुनैपनि अङ्क लाई शून्य वा अनन्तताले भाग गर्दा उत्तर कति भन्ने समस्याको हल आधुनिक विज्ञानअन्तर्गत हाल सम्म विकसित कुनै पनि गणितले दिन सकेको छैन।

यदि शून्य मात्र शून्यता हुन्थ्यो भने यति सहज प्रश्नको उत्तर दिन गणितलाई त्यति ठुलो असहजता पर्ने थिएन। यी कुराहरूको सहज हल वैदिक ज्ञानमा भेटिने गर्छ। वैदिक उत्तरलाई विज्ञानले समेत काट्न सकिरहेको अवस्था छैन। उल्टो आधुनिक विज्ञानले समेत आफूले हल गर्न नसकेको गणितको त्यो समस्या हल गर्न अल्पकालीन उपाय भन्दै हु-बहुवैदिक अवधारणा सापट लिएर ‘शून्य लाई शून्यले भाग गर्दा’ तथा ‘अनन्त लाई अनन्तताले भागगर्दाअनन्त हुने भन्दै आफ्नो गणितको समस्या समाधान गर्न उपायकोजोहो गरेको छ।


वैदिक दर्शन र अवधारणाको गहिराईमा शून्यले शून्य-वादको भन्दा निकै गहिरो अवस्था संकेत गर्दछ। शून्यले खालीपन भन्दा निकै परको गम्भीर स्थिति र गुणको प्रतिनिधित्व गर्दछ। एक पक्षवाट हेर्दा शून्यले निश्चित काल र परिस्थितिमा भएको अव्यक्तता तथा अनुपस्थिति जनाउने गर्दछ। अव्यक्त गुण तथा नदेखिएका सबै सम्भावनाहरूको सङ्केत गर्नेअवस्था वा रूप व्यक्त गर्न शून्य वा शून्यता उपयोगमा आउँछ।


अर्को पक्ष वाट हेर्दा शून्यता लाई मानिसले आफ्नो अनन्त तर्फको यात्रा तय गर्न माध्यमको रूपमा लिने गरिन्छ। वैदिक ज्ञान अनुसार शून्य परम सम्भाव्यमात्र होइन यसै वाट सबै कुराको उत्पत्ति भएको छ।


अव्यक्त अवस्थामा रहेको सबै खाले विशेषताहरूको अभाव बिच अवस्थित रहेको सबै खाले  सम्भावनाहरूको स्रोतको प्रतिनिधित्व गर्ने शून्यलाई वैदिक दर्शनमा सम्पूर्ण अस्तित्वमा अन्तर्निहित हुने चिज अर्थात् सब्सट्रेटमको रूपमा बुझ्ने गरिन्छ। त्यही सब्सट्रेटम (Substratum)को अनन्त: निर्माणको सम्भावना बाट सम्पूर्ण ब्रह्माण्डको प्रकट सम्भव भएको निश्चय गरिन्छ।


प्रकृतिमा अस्तित्वमा रहेका सबै चीजहरू जसलाई पहिचान गर्नर नाम दिन सकिन्छ त्यसलाई वैशेषिक-सूत्रले पदार्थ (Substratum)भन्दछ। तिनै पदार्थहरूको गुण र अस्तित्वको आधारमा सम्पूर्ण ब्रह्माण्ड, प्रकृति र प्रकृति अन्तर्गतका सचेत र अचेत बस्तुहरूको अस्तित्व वारेको यथार्थको व्याख्या गर्ने प्रयास गरिन्छ। बौद्धिक विश्लेषणको आधारमा जान्न र नाम राख्न सकिने वैशेषिक-सूत्रको पदार्थको परिभाषाको नजिकको अङ्ग्रेजी शब्द बस्तुको चरित्रको क्याटागोरी (Catagory) हुने गर्दछ। पदार्थलाई अङ्ग्रेजीमा भनिने शब्द सबसस्टान्स (Substance) को परिभाषा संग मिल्दैन।


वैशेषिक-सूत्र अनुसार अनुभवका आधारमा जान्न सकिने द्रव्य(पदार्थ), गुण, कर्म (क्रियाकलाप), सामान्यता(जेनेरालिटि), विशेष (विशेषता), समवाय (अन्तरनिहितता) र अभाव (अस्तित्व विहीनता) जस्ता बस्तुहरूको सात चरित्र पदार्थको मूल चरित्र हुने गर्दछ। हरेक चिजमा अन्तर्निहित हुने अनन्त र अविभाज्य पक्षलाई त्यस चिजको द्रव्यगुण भनिन्छ। सीमित र विभाजित हुने पक्षलाई द्रव्य (चिज) भनिन्छ।  द्रव्य गुण भित्र पृथ्वी तत्त्व, जल तत्त्व, वायु तत्त्व, अग्नि तत्त्व, आकाश तत्त्व, काल (समय), दिशा, आत्मा तथा  मन गरी नौ गुण संलग्न हुने गर्दछ।


हामीमा हुने जागरूकता, चेतना, चेतन आत्म, चेतन बुद्धि वा शुद्ध चेतना आदिलाई संस्कृतमा चैतन्य भनिन्छ। चैतन्यको अर्थ सचेत ऊर्जा वा सचेत उत्साह हो। जसलाई हामी अङ्ग्रेजीमा कन्ससनेस (Conciousness) भन्ने गर्दछौ। प्रकृतिको आफ्नै चेतना हुने गर्दछ। त्यसलाई सामूहिक चेतना (Universal or Collective Conciousness) पनि भन्न सकिन्छ। जब सामूहिक चेतनाको केही अंश एक व्यक्ति अचेत वाट सचेत हुने क्रममा उसमा अन्तर्निहित भएको पाइन्छ त्यसलाई व्यक्तिको चेतना (Individual Conciousness) भन्ने गरिन्छ। 


वैदिक अवधारणा अनुसार व्यक्तिको चेतना संग मिलेर यी नौ गुणहरूले संसारको निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्। यिनीहरूले नै आफ्नै स्वतन्त्र अस्तित्व रहेको तत्त्वहरू निर्माणका कारक हुन्। ती मध्ये कुनै व्यक्त छन् त कुनै अव्यक्त। व्यक्त  तत्त्वहरूलाई अङ्ग्रेजीमा सबसस्टान्स (Substances) भन्ने गरिन्छ। प्रकट भएका (व्यक्त) तत्त्व र ती तत्त्व निर्माण गर्ने व्यक्त क्वान्टम वेब-पार्टिकल (फ्लेभर, क्वार्क, न्युट्रीनोज, ग्लुओन, टाउ, फर्मिनोजआदि) आदि वाट अङ्ग्रेजीमा भनिने सब-सस्टान्स (सीमित र विभाजित हुने द्रव्य) को निर्माण भएको छ।


वैदिक अवधारणा अनुसार क्वान्टम वेब-पार्टिकल, पृथ्वी तत्त्व, जल तत्त्व, वायु तत्त्व, अग्नि तत्त्व, आकाश तत्त्व, काल (समय), दिशा, आत्मा, मन तथा चेतनाआदि जस्ता समग्र निर्माणका आधार पदार्थ तथा तिनीहरूको समग्र गुणहरूलाई समुच्चयमा सबसट्राटम (Substratum) अर्थात् वैदिक पदार्थ भन्ने गरिन्छ।


अनन्तता लाई इन्फिनिटी अर्थात् अनन्त भन्ने गरिन्छ। अनन्तले अस्तित्वको असीमितताको अर्थ दिन्छ। वस्तुको सीमितता असीमितताको विपरीत अर्थ होइन। सीमितता निश्चित दायराको परिधिमा राख्न सकिने चिज हो। जुन इन्फिनिटी अर्थात् अनन्त भित्रकै भाग हुन सम्भव हुन्छ।


शून्य आफैमा केही पनि नभएको अवस्था जस्तो देखिने भएता पनि त्यो न त आकाश तत्व नै हो, न त  सीमितता वा असीमितता वा कुनै अर्को सङ्केत वा अङ्कको विपरीत अर्थ दिने कुनै चिज हो। शून्य समेत इन्फिनिटी अर्थात् अनन्त भित्र कै एक अंशको रूपमा रहन सम्भव हुन्छ।


वैदिक अवधारणामा अनन्त आफैमा एक अनन्तको अवधारणा हो जसले सबै सीमा र बाधाहरूलाई पार गर्दछ। अनन्तताले ब्रह्माण्ड (Cosmos), प्राकृतिक चेतना (Universal Conciousness) र प्रकृतिको असीम अस्तित्व (Natural Existence) आदि जस्ता कुराहरूको विशालतालाई चित्रित गर्दछ।


वैदिक दर्शनमा, शून्य र अनन्तता अत्यन्त घनिष्ठ रूपमा जोडिएको छ। शून्य अस्तित्वको यस्तो एउटा मोड हो जसले हरेक कुराको उत्पत्ति हुने बीजको भूमिका खेल्दछ। एउटा बिन्दु जहाँबाट अनन्तताको विस्तार हुने गर्दछ। हरेक प्रकारको शुद्ध सम्भाव्यता (Pure Potentiality) को आदिम अवस्था (Primordial State) को रूपमा रहेर शून्यले असीम ब्रह्माण्ड प्रकट हुने सारा सम्भावनाहरूको जन्म दिने गर्दछ। अव्यक्त शून्य बाट व्यक्त ब्रह्माण्डको विशालता र असीमित विस्तार गरिदिन्छ।

शून्य अव्यक्तता लाई व्यक्ततामा परिवर्तन गर्ने रूपान्तरण (Transformation) को चुरो बिन्दु (Point of Transition) बनिदिन्छ। त्यसैले त शून्य लाई शून्यले भाग गर्दा अनन्त हुनपुग्दछ, जसरी अनन्तलाई अनन्तले भाग गर्दा अनन्त नै रहन्छ। जुनसुकै अङ्क लाई पनि शून्यले भाग गर्दा त्यसकोफल त्यसैले अनन्त नै हुने गर्दछ।


आधुनिक विज्ञान अलमलिएको क्षेत्रमा वैदिक अवधारणाले उसको अलमल हटाइ दिएर गणितलाई समेत अर्थपूर्ण गरिदिन सकेको छ। अव्यक्तता लाई व्यक्ततामा रूपान्तरण गर्ने चुरो बिन्दु (Point of Transition) व्यक्तता लाई अव्यक्ततामा पुर्‍याउने मुक्ति मार्ग समेत बन्नसक्ने भएकोले तपस्या, योग र ध्यानजस्ता विषय तथा समाधिको उत्तम विकल्पमा शून्यको नै उपयोग गर्ने गरिन्छ।

शून्य र अनन्तता बिचको सम्बन्ध लाई अर्को सन्दर्भमा समेत व्याख्या गर्न सकिन्छ। शून्यले अव्यक्त र अद्वैत वास्तविकता लाई प्रतिनिधित्व गर्दछ। अनन्तताले विविध वास्तविकताको प्रकट गरिदिने गर्दछ। यी दुई चरम विपरीत सीमाहरू मिलेर क्रमिक प्रगति र नियमित अस्तित्वको अभिव्यक्त गरिरहेको हुन्छ। जसले गर्दा विभिन्न तहका चेतनाका स्तरहरू समाविष्ट वास्तविकता र आयामहरूको निर्माण सम्भव भएको छ। हरेक सूक्ष्म किरणहरूको संयुक्त गठ जोडले सारा ब्रह्माण्ड चहकिलो बनाउने सूर्यको प्रकाशको निर्माणगरे जस्तै सम्बन्ध शून्य र अनन्तता बिच रहेको देखिन्छ।


माथि उल्लेखित कुराहरूलाई अत्यन्त सरल तरिका बाट समेत प्रस्टगर्न सकिन्छ। मानव शरीर विभिन्न कोशिका तथा अङ्ग प्रत्यङ्ग मिलेर बनेको हुन्छ। त्यसले समग्र मानिसको पहिचान दिन्छ। म, मेरो भन्दै आफ्नो पहिचान खोज्ने क्रममा मानिस अहङ्कारी बनी दिन्छ। मानिस भनेको के हो? मानिस हुन के हुनु अनिवार्य छ ? त्यसलाई एकचोटि मनन गरेर हेरौँ।


के मानिस हुन उ संग उसको हात हुन जरुरी छदुवै हात नभएको व्यक्ति लाई पनि त मानिस नै भनिन्छ। दुवै गोडा नभए पनि मानिस मानिस नै हुन्छ। दिमाग रहेनछ भने पनि उ मानिस नै रहन्छ। मुटु वा फोक्सो कृत्रिम राखेकै भए पनि मानिस मानिस नै हुन्छ। पुरै टाउको नभएको होला र पनि जीवित छ भने मानिस मानिस नै हुने छ।


हामीले निश्चित नामकरण गरेको जुन सुकै अङ्ग नहुँदा पनि मानिस मानिस नै गनिने रहेछ। केवल उ जीवित रहेको हुनु पर्‍यो।  मानिस लासमा परिवर्तन भएको हुनु भएन। यसको अर्थ तपाइको शरीरको हरेक भाग पदार्थको गठ जोडले बनेको एक अङ्ग हो।  सम्पूर्ण अङ्ग प्रत्यङ्गहरूको संयुक्तताले तपाइको पहिचान निर्माण गरेको छ। तपाइको पहिचान पुरा गर्ने जुन सुकै अङ्ग नहुँदा समेत तपाईँको मानिसको रूपको अस्तित्व सम्भव हुने रहेछ।


यदि तपाइको शरीर वाट ती सबै अङ्ग हटाइ दियो भने पक्कै तपाईँले मानिसको रूपको पहिचान गुमाउनु हुने छ। त्यो बेलामा तपाइको जीवित शरीर भित्र रहेको चेतना वा आत्मा तपाइको शरीर वाट मुक्त हुने छ। सामूहिक चेतना वा परमात्मामा विलीन हुने छ। तपाइको शरीरलाई मानिसको रूपको पहिचान दिलाउन तपाइको एक एक अङ्गको खासै अर्थ छैन। अर्थ शून्य जस्तै छ। तर समग्रमा सबै शून्य शून्य अर्थको लाग्ने अङ्गहरू मिलेर नै तपाइको आफ्नो समग्रमा मानव शरीरको अनन्त कोशिका निर्मित संरचनाको पहिचान बनाएको छ।


मानिसको रूपमा पहिचान दिलाउन तपाइको शरीरको एक एक अङ्गको अर्थ शून्य जस्तै भएता पनि तपाइको शरीर जीवित रहन त्यसको भूमिका शून्य भने छैन। शून्य भन्दा फरक छ।


समग्रमा त्यसले तपाइको भौतिक शरीर निर्माण गरिरहेको छ भने चेतना वा चेतन शरीर सँगको गठ जोडमा तपाइको शरीर जीवित शरीरको रूपमा अस्तित्वमा रहेको तपाइले महसुस गरी रहनु भएको छ। लगभग शून्यताको बिन्दु रुपी तपाइको हरेक चेतन शक्ति मिलेर बनेको असीमित चैतन्य शक्ति अन्ततः अनन्त कोशिका निर्मित शारीरिक संरचना संग मिलेर तपाईँ लाई अनन्त अनुभव र अनुभूतिहरू दिलाउने सचेत जीवित संरचना दिने गर्दछ। स्थूल शरीरवाट तपाइको चेतना छुट्टिँदै गर्दा तपाइको निजी चेतना अनन्त सामूहिक चेतनामा मिसिने गर्दछ। लगभग शून्यताको बिन्दुको रूपमा रहेको चेतनाको दीपले सामूहिक चेतना वा परमात्मामा विलीन हुने र अनन्तताको प्राप्ति गर्ने अवसर प्राप्त गर्दछ।


उल्लेखित यथार्थको ज्ञानले शून्य अर्थात् जिरो र अनन्त अर्थात् इन्फिनिटी बिचको अन्तर सम्बन्ध र तिनीहरू बिचको सम्बन्धको तपाइको निजी जीवनमा रहेकोभूमिका बारे केही कुरा अनुभूति गर्न तपाईँलाई पक्कै सघाउने छ।

 

 

आत्मबल विना आरोग्य प्राप्ति सम्भव छैन


मानव जीवन निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने कतिपय पक्ष सिधै मानव इन्द्रियहरूको मापनको दायरामा आउने गर्दछन भने कतिपय विभिन्न वैज्ञानिक उपकरणको सहयोग वाट मानव इन्द्रियहरूको मापनको दायरामा ल्याएर अनुभूति गर्न सम्भव बन्दछ। वैज्ञानिक मापनको क्षेत्रमा हाल कायमै रहेको प्राविधिक असक्षमताका कारण हामीले पहिचानगर्न र महसुस गर्न सकिरहेको जीवन जीवित राख्न अहम् भूमिका खेली रहेका विभिन्न निर्माण शक्तिका महत्त्वपूर्ण स्पेक्ट्रमहरु विज्ञानको मापनको दायरा भित्र आउन सकेको छैन।


वैज्ञानिक मापन क्षमताको असक्षमताका कारण हामीले अनुभूति गर्ने तर वैज्ञानिक रूपमा प्रमाणित गर्न नसकिएको त्यस्ता तत्त्व हरूमा मूलतः अव्यक्त अभौतिक शक्ति निर्मित अवयवहरू पर्ने गर्दछन्।


मानव इन्द्रियहरूको मापनको दायरामा ल्याउन सकिएको ब्रह्माण्डको पदार्थहरु भौतिक पदार्थहरु हुन्। ब्रह्माण्डको सम्पूर्ण संरचनाको विशालताको तुलनामामानव इन्द्रियहरूको मापनको दायरामा आउने भौतिक पदार्थहरु अत्यन्त न्यून हुने गरेकोछ।


पदार्थको सुक्ष्म भौतिक रूप बारे अवलोकन गर्दा निश्चित बिन्दुमा पुगेर हरेक पदार्थमा मानव इन्द्रियहरूको मापनको दायरामा नआउने अद्भुत शक्ति निर्मित तत्वको सर्बाधिक शुक्ष्म अभौतिक रुप भेटिन्छ। पदार्थको सर्बाधिक शुक्ष्म अभौतिक रुप ब्रह्माण्ड निर्मित सम्पूर्ण भौतिक गुणका तत्वहरुको निर्माणको आधार बनेर अस्तित्वमा रहेको भेटिन्छ। हरेक प्राकृतिक पदार्थ भौतिक र अभौतिक व्यक्त तथा अव्यक्त गुणका तत्वहरुको सारको गठ-जोड वाट बनेको हुन्छ।


पदार्थको सर्बाधिक शुक्ष्म अभौतिक रुप हामीले हेरेर वा छोएर महसुश गर्न सक्दैनौ। सर्वाधिक सूक्ष्म अभौतिक रूप निर्माणको ऊर्जा समेत हामीले हेरेरवा छोएर महसुस गर्न सक्ने दायरा भित्र पर्दैन। जसलाई चेतनाको शक्ति वाट अनुभूति गर्नसम्भव हुन सक्दछ।


चेतन शक्तिको उपयोग वाट अभौतिक पक्ष बारे अनुभूति लिने प्रक्रियालाई चिन्तन, मनन, मेडिटेसनवा ध्यान आदि भन्ने गरिन्छ।

मेटाफिजिक्सले हरेक जीवन जीवित राख्ने जैविक शक्ति बारे चर्चा गर्ने गर्दछ। निश्चित प्रकृतिको जीवन ज्युँदो राख्ने प्राकृतिक ऊर्जा लाई हामी आत्मा अर्थात् प्राण भन्ने गर्दछौ। आत्मा अर्थात् प्राण अव्यक्त अभौतिक चिज मात्र नरहेर शरीरजीवित राख्ने जिउँदो शरीरको अभिन्न मेटाफिजिकल पक्ष रहेको वैदिक अवधारणा भेटिन्छ।


मेटाफिजिकल पक्ष मेटाफिजिकल गुण निर्मित छ। कम्पन अर्थात स्पन्दनको (पल्स) रूपमा प्रकृतिमा अस्तित्वमा भेटिने मेटाफिजिकल गुण सम्पूर्ण ब्रह्माण्डको सार र जीवित बस्तुमा अन्तर्निहित हुने अव्यक्त क्षमताको मूल श्रोतको रूपमा रहने ठानिन्छ।

जब हामी मेटाफिजिक्समा गहन चासो राखी त्यसको अध्ययन सुरु गर्दछौ तब हामी आफैले देखि रहेको र महसुस गरिरहेको भन्दा पृथक प्रकृतिको जीवनका विविध पक्षहरू अनुभूति गर्न थाल्दछौ। हामीले अनुभूति गरिरहेको चिज मात्र नभएर अनुभूति गर्नेपक्ष, अनुभूतिले पैदागर्ने आफ्नै अनुभवहरू समेत आफैमा मेटाफिजिकल चिज रहेको ज्ञान प्राप्त हुन्छ।


मेटाफिजिकल गुण तथा ऊर्जाको मापन गर्ने विज्ञानको उपकरण विकसितन बनिरहेको र त्यसलाई समर्थन हुने गरी आएको वैज्ञानिक सिद्धान्तहरू समेत विज्ञानको स्थापित मुख्य अवधारणा अन्तर्गत नराखिएको कारण हिजोको अवस्थामा आफूलाई वैज्ञानिक पक्षधर ठान्ने कतिपय मानिसहरू चेतन शक्ति वाट आधि-भौतिक अर्थात् मेटाफिजिकल कुराहरूको अनुभूति लिन सकिँदैन भन्ने मान्यता राख्दथे। उनीहरूको विश्वास वैदिक अवधारणा र विश्वास सँग बाझिने गरेको भेटिन्थ्यो।


क्वान्टम फिजिक्सले भौतिक विज्ञानको सूक्ष्मतम क्षेत्रको मापन क्षमतामा विस्तार गरी विभिन्न तथ्यहरू उजागर गर्न सक्षम बनेको तथा क्वान्टम बायोकेमेस्ट्रीका वैज्ञानिक सिद्धान्तहरू समेत विज्ञानको मुख्य अवधारणाको रूपमा स्थापित बनेका कारण वैदिक अवधारणा सत्यताको नजिक रहेको रहस्य दिन प्रतिदिन उजागर हुन थाल्यो। त्यसले आधि-भौतिक पक्षको अस्तित्व रहने कुरा सुन्न समेत नचाहने अधिकांश मानिसहरूको अवधारणामा समेत परिवर्तन ल्याउन थाल्यो। वैदिक अवधारणा तर्फ उल्लेखनीय रूपमै विश्वको ध्यान खिचिन थालेको भेटियो। 


ध्वनि, स्पर्श, गन्ध, स्वाद र दृष्टि जस्ता सामान्य इन्द्रियहरू मार्फत सजिलैसँग अनुभव गर्न सकिने कुराहरू समेत वैज्ञानिक वास्तविकता नरहेको ठान्नु पर्ने विज्ञानको हिजोको बाध्यता बिच मेटाफिजिक्स वास्तविक होइन, हुन सक्दैन र त्यो मात्र सिउडो साइन्सको भ्रमको विविध पक्षरहेको अध्यापन सामग्री बनाएर दुनियाँलाई पढाउने गरेको विज्ञान आफै सामान्य इन्द्रियहरू मार्फत मेटाफिजिक्सको अनुभूति सम्भव हुने तथ्यहरू सत्यताको नजिक रहेको पुष्टि गर्न तर्फ लागेको भेटिन्छ।

अथर्ववेदको अवधारणा अनुरूप मानिस शारीरिक, मानसिक र आध्यात्मिक रूपमा स्वस्थ रहन जरुरी हुने अनिवार्य पूर्वाधारको रूपमा उसको आफ्नै शारीरिक, मानसिक र आध्यात्मिक स्व-उपचार क्षमता रहने गर्दछ। जुन उसको आफ्नै आत्मबल र आत्मा ज्ञान मार्फत परिचालित हुन्छ। 


जीवनको सहज निरन्तरता कायम गर्न आफ्नो समस्या आफैले आन्तरिक रूपमा समाधान गर्न प्रतिबद्ध शरीरको आन्तरिक गुण तथा ऊर्जाको फिल्ड (तागत) लाई  शरीरको हिलिङ्ग अर्थात् स्व-उपचार क्षमता भनिन्छ।जीवन यापनको क्रममा नियमित सञ्चालनमा रहने शारीरिक, मानसिक र आध्यात्मिक गतिविधिले नियमित रूपमा आन्तरिक  संरचनागत, प्रणालीगत, गुणगत तथा सोचगत प्रतिकुलता र असहजताहरू उत्पन्न गरिदिन्छ। जसलाई मानिसको आफ्नै स्व-उपचार क्षमताले नियमित नियन्त्रणमा लिएर सामान्य रूपमा फर्काउने गर्दछ। जसलाई शरीरको प्राकृतिक प्रतिरक्षा प्रणालीको भन्ने गरिन्छ।


प्राकृतिक प्रतिरक्षा प्रणालीले शरीरमा आइलागेका असहजताको समय, प्रकृति, हद र तत्काल उपचारको जरुरत अनुरूप अस्थायी वा स्थायी प्रकृतिको उपचारको उपायको अवलम्बन गर्ने गर्दछ। त्यसको लागि आन्तरिक हिलिङ्ग अर्थात् स्व-उपचार तागतको कुशलता पूर्वक उपयोग हुने गर्दछ। आफ्नो आन्तरिक समस्याको प्राकृतिक प्रतिरक्षा प्रणाली आफैले अल्पकालीन र दीर्घकालीन समाधान गर्न सक्रिय बन्दछ।


आन्तरिक ऊर्जा फिल्डले विद्यमान समस्याको समाधान गर्न सक्दा व्यक्तिले स्व-उपचार मार्फत सन्चो भएको महसुस गर्दछ। जीवन स्वस्थ रहने वा रोगी बन्नेबारे निर्धारण गर्ने आन्तरिक हिलिङ्ग ऊर्जा फिल्ड जीवन कल्याणको तथा रोगको उत्पत्ति दुवैको मुख्य कारक र स्रोत बन्ने गर्दछ। ऊर्जा फिल्ड सन्तुलित र शक्तिशाली राख्न खान पान, जीवन पद्धतिर आत्म ज्ञानको गहिरो भूमिका रहन्छ। आत्म ज्ञान र आध्यात्मिक सचेतनाले मन, आत्मा, उच्च-आत्मा लगायतका विषयको भित्री दिव्यता सम्म डोर्‍याउने गर्दछ।


हाम्रो परम्परागत मान्यतामा चेतनाको परीक्षण मार्फत विकसितर अनुभूतिको व्यावहारिकतामा प्रमाणित ज्ञानलाई चुरो ज्ञान अर्थात् ए-ज्ञान वा अध्यात्म विज्ञान भनिन्छ। चेतना मार्फत फुरेका सोच रुपी परिकल्पनाका सिद्धान्तहरू लाई वैज्ञानिक प्रयोगशालाको परीक्षण वाट मापन गरी सत्य रहे न रहेको यकिन गरी व्यावहारिक रुपमा प्रमाणित गरिने ज्ञानलाई वि-ज्ञान भन्ने गरिन्छ।


विज्ञानको अर्थ विशिष्ट ज्ञान हो। जुन अविद्या अन्तर्गत पर्दछ। विद्याको सार बुझ्न  र अनुभूति गर्न आधारभूत अविद्याको राम्रो ज्ञानको अनिवार्यता रहन्छ। अविद्या अन्तर्गतका विज्ञानले मापन गर्ने क्षमताको विकास बनेको हद सम्मको सम्पूर्ण पक्ष विज्ञान अन्तर्गत आउने हुँदा विज्ञान लाइ अविद्या भित्रको विशिष्ट ज्ञान भनिएको हो।  जसले अविद्याको प्रत्यक्ष र प्रमाणित महसुश गर्ने अवसर  दिने गर्दछ। अन्तर्मनमा त्यसको उपस्थिति र प्रभावको गहिरो विश्वास दिलाउन भूमिका खेल्ने गर्दछ।


विज्ञान निर्मित वैज्ञानिक प्रयोगशालाको सीमित क्षमता भित्र मापन हुन सक्ने ए-ज्ञानको सिद्धान्तहरू मात्र वैज्ञानिक प्रयोगशालाहरूमा परीक्षण गर्न सम्भव हुने हुँदा विज्ञानले परीक्षण गर्ने विधि पहिचान नगरेको क्षेत्रको ज्ञान अवैज्ञानिक हुने गर्दैन। न त त्यो असत्य रहेको नै प्रमाणित भएको हुन्छ। ती ज्ञानहरू यथार्थमा सही रहेको वा नरहेको भनी विज्ञानको उपलब्ध क्षमताले यकिन गर्न नसकिएको ज्ञानको रूपमा रहने गर्दछ। 


चलमल विहीन (तम गुण युक्त) प्रकाश रहित कालो अँधेरोको अवयव लाई वैदिक अवधारणाले आकाश भन्ने गर्दछ। आकाशको गर्वमा अव्यक्त रूपमा कैद रहेको अव्यक्त अवयवको (अव्यक्त प्राकृतिक इच्छा शक्ति)  व्यक्त हुने चाहनाले आकाशमा अप्रत्याशित चहलपहल (व्यक्त प्राकृतिक इच्छा शक्ति) प्रस्फुटित गरिदिन्छ। जुन चुलबुले प्रकृतिको रूपमा व्यक्त हुने गर्दछ। जसलाई हामी सामूहिक वा युनिभर्सलमन (Universal Mind) अर्थात् अव्यक्त प्राकृतिक  सम्भावना भन्ने गर्दछौ। त्यही अव्यक्त प्राकृतिक सम्भावना रुपी मन ऊर्जा सङ्कुचित तथा रूपान्तरित भएर निश्चित विन्दुमा केन्द्रित रहेर बाक्लो गाडा पन निर्माण गरी मौलिक ऊर्जाको सार (Energy Affinity Point) मा रूपान्तरण हुने गर्दछ। 


जसले व्यक्त “प्राकृतिक चेतना” को आधार तहको निर्माण गर्दछ। वायुमण्डलमा प्राकृतिक रुपमा सर्वत्र उपलब्ध हुने सबै प्रकारको प्राकृतिक चेतनालाई सामूहिक चेतना (युनिभर्सल कन्ससनेस) भन्ने गरिन्छ। सामूहिक चेतना रूपमा एक रूप वाट अर्को रूपमा नियमित परिवर्तन हुन सक्ने क्षमता तथा गुण हुने गर्दछ। एक निश्चित प्रकृतिको सामूहिक चेतना निर्जीव रूप वाट जीवित रूपमा परिवर्तन हुने क्षमता राख्दछ। जीवित रूपमा परिवर्तन हुने चेतनाको आफूले बोकेको सूचनाको अनुभूति गर्ने क्षमता रहन्छ। यस्तो संवेदनाको गुण समेत राख्ने क्षमताको चेतना निर्जीव चीजहरूले सजिलै अवशोषित गरी आफ्नो निर्जीव अस्तित्व लाई सजिव वा जीवित अस्तित्वमा बदल्न सक्दछ।


चेतना भौतिक ब्रह्माण्डको सृजनाको मूल तत्त्व हो। ब्रह्माण्डको संरचना निर्माण हुने क्रममा  ब्रह्माण्ड निर्माण गर्ने पदार्थ भन्दा पहिले बौद्धिकता अर्थात् इन्टेलिजेन्स (व्यक्त प्राकृतिक इच्छा शक्ति) निर्माण भएको थियो । बौद्धिकता अर्थात् इन्टेलिजेन्स (व्यक्त प्राकृतिक इच्छा शक्ति)  नै ब्रह्माण्डको संरचना निर्माण गर्ने पदार्थहरू निर्माण गर्ने एक कडीको रूपमा अस्तित्वमा आएको थियो।

मानिसहरूले आफ्नो शरीरलाई नै आफ्नो पहिचानको रूपमा लिने गर्दछ। ढिलो वा चाँडो आफ्नो शरीर नास हुने निश्चित रहेको बुझेको मानिसले आफ्नो शरीर नास हुने क्रममा उसको चेतना पनि लोप हुने विश्वास गर्दछ। पहिला शरीरले नै चेतना उत्पन्न गर्छ भन्ने विश्वास बोक्ने गरेको विज्ञान अनुरूप शरीर मर्दा चेतना पनि मर्छ भन्ने कुरा यकिन गर्नु स्वाभाविक नै थियो। तर यथार्थ त्यसो होइन। त्यो भ्रम पूर्ण मान्यताको जगमा विकसित विश्वास हो। चेतनाले शरीरको निर्माण गर्ने हुँदा शरीर मर्दैमा चेतना समेत मृत्यु हुनेकुरा सत्य होइन। यथार्थमा चेतनाको मृत्यु सम्भव छैन। शरीरको मृत्यु हुँदा चेतना एकविचारको रूपमा अस्तित्वमा रहन्छ।

हामीले सामान्य रुपमा बुझ्ने गरेको स्थान (लोकेसन- दिसा)आकाश (स्पेस) र समय (टाइम) कुनै निश्चित वस्तु वा चीजहरू होइनन्। संवेदनाको गुण र क्षमता बोकेको चेतना शरीर संग संयोजन गर्ने मुख्य आधार हुन्।


अथर्व वेदको बुझाइमा तिनीहरु जीवहरूको संसार अनुभूति गर्ने उपकरणहरू हुन्। जसरी एउटा कछुवाले आफू सँगै आफ्नो शरीरको खपेटा बोकेर हिँड्ने गर्दछ  त्यसरी नै खपेटा रुपी आवरणको रूपमा स्थान (लोकेसन-दिसा)आकाश (स्पेस) र समय (टाइम)  हरेक जीवको  जीवित अस्तित्व संग नियमित जोडिएर रहेको हुन्छ। जिबनको कुनै बिन्दुमा त्यो सन्तुलित त्रिकोण जीवको शरीर संग बिच्छेद हुन पुग्दछ। 

 

चेतना एक गैर-स्थानीय क्वान्टम कण निर्माण गर्ने सबै भन्दा सूक्ष्मतम ऊर्जा थैली हो जुन परा गुणको हुने गर्दछ। जसरी क्वान्टम वस्तुहरू फरक फरक समयमा फरक फरक स्थानमा रहने गैर-स्थानीय चरित्रका हुन्छन् चेतना पनि त्यस्तै गैर स्थानीय हुन्छ। केबल बक्सले स्याटलाइटको सिग्नलहरू प्राप्त गर्ने तरिका अनुरूप शरीरले चेतना प्राप्त गर्दछ।

 

केबल बक्स जस्तो भौतिक वाहनको रूपमा रहेको शरीरको मृत्युमा चेतना समाप्त हुन सम्भव छैन। त्यसैले  जीवको शरीर संग इलेक्ट्रिक सप्लाई सिस्टमको प्लगको पोजेटिव, नेगेटिब र न्युट्रल चार्ज बोकेको तिन पक्षीय तार जस्तै लाग्ने स्थान (लोकेसन-दिसा), आकाश (स्पेस) र समयको (टाइम)  सन्तुलित त्रिकोण छुट्टिए पनि जीवको चेतन अस्तित्व कायम नै रहन्छ।


चेतना यथार्थमा समय, दिसा र आकाशको परिधि भन्दा बाहिर अवस्थित हुने गर्दछ। त्यो मानव शरीर भित्र वा बाहिर जहाँ पनि रहन सक्दछ। संसारमा एकै साथ विभिन्न ब्रह्माण्डहरू एकै साथ अवस्थित हुन सक्ने सम्भावना रहेकोले एक ब्रह्माण्डमा मृत भएको शरीरको चेतना अर्को ब्रह्माण्डमा अस्तित्वमा रहन समेत सम्भव हुन्छ। उक्त समयमा चेतनालाई अर्को ब्रह्माण्डले अवशोषित गरेको हुन्छ।

त्यसको मतलब के हो भने मृत शरीर छाडेको चेतना सुरुङ यात्राको क्रममा नर्क वा स्वर्गमा पुगेर सकिने, आनन्द वा दुखमा फस्ने भन्ने हुँदैन। चेतना त्यही वा फरक ब्रह्माण्डमा असीमित समय सम्म जीवित अस्तित्वमा रहन सक्दछ। सामुहिक चेतना संग बिलिन भएर सामुहिक अस्तित्वको भागको रुपमा रहन पनि सक्दछ।


आफ्नो निर्जीव अस्तित्व लाई जीवित अस्तित्वमा परिवर्तन गरेको जिउँदो तत्त्वलाई नियमित रूपमा आफ्नो जीवित अस्तित्व कायम राख्न सामूहिक चेतनाको केही अंशको नियमित रूपमा जरुरत पर्दछ। जीवन जीवित राख्न जीवित अस्तित्वमा कैद हुने सामूहिक चेतनाको अंश लाई प्राण ऊर्जा (ची-ऊर्जा) भन्ने गरिन्छ।


वैदिक साहित्यले सामूहिक चेतना लाई परमात्मा (परम-आत्मा) र जिउँदो तत्त्व भित्र समाहित बनेको परमात्माको अंशलाई आत्मा भन्दछ। प्राय: शान्त रहन नसक्ने गुण बोकेको आत्मा निर्माणको अभिन्न पक्ष मनको चुलबुले पनलाई चित्त भन्ने गरिन्छ।


शरीर, मन र आत्माको गठ जोडवाट जीवन बन्दछ। भौतिक शरीरको स्नायु तथा मस्तिष्कका न्युरोनहरुले सामूहिक चेतनाको अवशोषित गरी सम्पन्न गर्ने विशेष प्रकारको परिवर्तनले सामूहिक चेतनाको निश्चित अंश प्राणको रूपमा परिवर्तित भएर भौतिक शरीरलाई जीवित तुल्याउने गर्दछ।


जसले स्नायु तथा मस्तिष्कका न्युरोनहरूमा विलक्षण प्रतिभा र क्षमता उपलब्ध गराउँदछ। जसलाई  बायो-नर्ब फोर्स भनिन्छ। त्यही बायो-नर्ब फोर्सको शक्ति लाई वैदिक साहित्यले चेतन शक्ति (कन्ससनेस) भन्ने गरेको छ।



शरीरले चेतन शक्तिको प्राप्ति मूलतः दुई उपाय वाट गर्ने गरेको देखिन्छ। पहिलोमा मस्तिष्कका न्युरोनहरुले सामूहिक चेतनालाई प्राण शक्तिको रूपमा परिवर्तन गरी आफूमा कैद गरी जीवनलाई जीवित राख्दछ। दोस्रोमा सामूहिक चेतना हामीले पिउने पानी, खाने खाना र फेर्ने श्वास-प्रश्वासले आफूमा कैद गरी शरीर भित्र पुर्‍याउने गर्दछ।


खान पान भन्दा श्वास-प्रश्वास मार्फत हाम्रो शरीरले वातावरणको सामूहिक चेतना शरीर भित्र अत्यधिक मात्रामा आपूर्ति गर्दछ।

वैदिक सिद्धान्तको निचोडको सार अनुरूप  खानपान भित्र कैद भएको सूर्यको ऊर्जा मार्फत ब्रह्माण्ड चेतनाले मानव चेतनामा ऊर्जा थपी रहेको हुन्छ। एक वैज्ञानिक अनुसन्धान अनुरूप शरीरको निर्माण र सञ्चालनमा उपयोग हुने सम्पूर्ण ऊर्जामा हावा अथवा अक्सिजन वाट ८३%, पानी वाट ११% र अन्य खाना वाट ६% आपूर्ति हुने गर्दछ।


ब्रह्माण्ड चेतनाले सूर्यको किरण रुपी फोटोन ऊर्जा मार्फत मानव चेतनालाई नियमित सचेतता उपलब्ध गराउने हुनाले त्यसलाई भर्गो ज्योतिको रूपमा चिनिन्छ। भर्गो ज्योतिलाई दैविक उज्यालो भनेर किन भनिएको हो भने त्यसले हाम्रो चेतना लाई दैविक चेतनामा रहेको ज्ञान अर्थात् सचेतताको उपलब्ध गराउने गर्दछ।


मनन चिन्तन जस्ता विषय वाट प्राप्त हुने अनुभूतिले महसुस गराउने गहिरो मननलाई  दैविक उज्यालो भनी बुझिन्छ। त्यसैले गायत्री मन्त्रमा हामी यही "भर्गो ज्योति" को "परम दिव्य शक्ति" र त्यसको महत्त्व बारे गहिरिएर चर्चा गर्ने गर्दछौ। आध्यात्मिक अथवा धार्मिक सन्दर्भमा प्रयोग हुने परमात्माको दिव्य ज्योति वा पवित्र उज्यालो भनेर यही "दैविक उज्यालो" को कुरामा केन्द्रित हुने गर्दछौ।


वेद र विज्ञान दुवैको सहयोगमा यो बारे विचरण गर्दा हरेक व्यक्तिले आफ्नो चेतनालाई सचेत राख्न हरेक पल उसलाई ब्रह्माण्ड चेतना मार्फत चैतन्य ऊर्जा आपूर्तिको जरुरी हुन्छ। ब्रह्माण्ड चेतनाको अंश निजी चेतनाको रूपमा रूपान्तरण हुने क्रममा त्यो भर्गो ज्योतिमा रूपान्तरण हुन्छ। यसरी रूपान्तरित भर्गो ज्योति हावा, पानी र खानामा अवशोषित रहेर  व्यक्तिको आत्मा बल निर्माण गर्दै आत्मा बल मार्फत चेतनामा पुग्दछ। जसले व्यक्तिको आत्मा बललाई बलियो टेवा दिने काम गर्दछ। आत्मबल चेतन क्षमता नियमित सञ्चालनमा राख्न सफल बन्दछ।


यसरी व्यक्तिको  आत्मबलले खाना मार्फत नियमित प्राप्त गर्ने कूल भर्गो ज्योति  रूपको  चैतन्य ऊर्जाको ८३% हावा वाट, ११% पानी वाट र ६% को हाराहारीमा खाना वाट प्राप्त गरेको हुन्छ। त्यो बाहेक व्यक्तिको चैतन्यले सूर्य र चन्द्रको प्रकाश वाट खान वाट भन्दा दुई गुणा अधिक भर्गो ज्योति ऊर्जा सिधै अवशोषित गर्ने गर्दछ।


वेद र विज्ञानको आधारमा यसरी मानव जीवनलाई हेर्दा  प्राणायाम, ध्यान जस्ता अक्सिजनको आपूर्ति गर्ने, शुद्ध हावा दिने गतिविधि, शुद्ध जल ग्रहणको समयमा र व्रतको समयमा ध्यान अधिक चिन्तन मननमा जाने र अधिक भर्गो ज्योति समेत उपलब्ध हुने गर्दा मानिसको जीवनको गुणस्तर वृद्धि र आफ्नो मनोवैज्ञानिक र वैचारिक क्षमतामा अधिक प्रभावकारिता थप्न मानिस सफल हुने गरेको देखिन्छ। भोको पेटले मानिसलाई अत्यधिक धेरै पाठ पढाउने समेत गर्दछ। 



यहि कारणले गर्दा शरीरको नियमित वृद्धि, मर्मत, संहार र परिचालनको क्रममा ध्वंस हुने तथा निर्माण हुने प्रक्रियामा पैदा हुने नयाँ संरचनाको लागि जरुरत पर्ने जीवन्त शक्तिको कमी हुन पाउँदैन। समग्र शरीर नियमित जीवित रहन सम्भव हुन्छ।


स्नायु प्रणालीको चेतना अथवा नर्ब-फोर्स (बायो-नर्ब फोर्स) लाई मानिसको आत्म बल (मनोवैज्ञानिक तागत) समेत भन्ने गरिन्छ। चेतनअवचेतन र अचेतन तिनै अवस्थामा जीवको व्यवस्थापन स्नायुकोतागत (बायोनर्भस) अथवा चेतनाको क्षमताको हदले गर्ने गर्दछ। जहाँ चेतनाको क्षमताको हदले समग्र मानव स्मरण (आनुवंशिक, शारीरिक, मस्तिष्क, प्रतिरक्षा प्रणाली आदिको रूपमा सञ्चित स्मरणहरू) लाई जनाउने गर्छ। 


शरीरमा स्नायु ऊर्जाले नियमित रूपमा विद्युतीय पल्सको (धड्कन) निर्माण गर्दछ। स्नायु तथा मस्तिष्कका न्युरोन हुँदै यात्रा गर्ने क्रममा विद्युतीयपल्सले चुम्बकीय क्षेत्रको (ह्युमन म्यागनेटिजम) विकास गर्दछ। शरीर भर पैदा भएका  विद्युतीय पल्स तथा चुम्बकीय ऊर्जाका संयुक्त फिल्डहरूकोसमग्रताले मानव इनर्जी फिल्डको निर्माण गर्दछ।


शरीरको अंश अंशमा, निश्चित भागमा र समग्र शरीरभर विकसित हुनजाने मानव इनर्जीफिल्डले व्यक्तिको शारीरिक, मानसिकमनोवैज्ञानिक तथा आध्यात्मिक पक्ष सबल राख्ने स्व-हिलिङ्ग प्रणालीकोनिर्माण गर्दछ। जसलाई हामी स्नायु प्रणालीको उत्कृष्ट तागत अर्थात् शरीरको स्व-हिलिङ्गशक्ति भन्ने गर्दछौ।


समग्रमा हेर्दा व्यक्तिको आत्मा सँगै जोल्टिएर रहने मनको शरीरको स्व-हिलिङ्ग शक्ति निर्माणमा निर्णायक भूमिका रहेको भेटिन्छ। मन र चित्तले पैदा गर्नेसकारात्मक वा नकारात्मक अपेक्षाको मानव समग्र स्वस्थमा प्रत्यक्ष हस्तक्षेपकारी भूमिकाहुने गर्दछ।


शरीरको हिलिङ्ग अर्थात् स्व-उपचार क्षमता बलिष्ठ हुँदा शरीर आफैले आफ्नो आन्तरिक समस्याको दीर्घकालीन समाधान तर्फ सक्रिय बन्छ। त्यसो हुन सक्दा तपाईँ लाई रोगले सङ्क्रमण गर्ने क्षमता राख्दैन। यसको लागि तपाइको शरीरलाई तपाइको आत्मबलको सहयोगको जरुरत पर्दछ। आत्मबलको सहयोगले मन लाई नियन्त्रित गरिदिने। आत्मबलको निर्माण गर्न शारीरिक स्वस्थता कायम गर्दै मानसिक र आध्यात्मिक रूपमा समेत आफूलाई स्वस्थ रउच्च मनोबल युक्त बनाउने।


चित्त अलि ठुलो गरेर गुनासो र ठुस्किने बानी छोड्ने। आफूलाई सन्तुष्ट राख्ने। आफू सँग जे छ आफू जस्तो अवस्थामा छ त्यसैलाई स्विकारेर त्यसलाई आफ्नो जीवनको परीक्षा ठानेर सामना गर्ने। सन्तुष्ट र धन्य बन्ने। त्यसो गर्न सक्दा मात्र तपाइमा सकारात्मक सोच आउने छ। त्यही सकारात्मक सोचले बढाएको तपाइको आत्मा बलले तपाईँलाई खुसी र सुखी मात्र हैन निरोगी राख्ने समेत अचुक औषधि बनिदिन्छ।


वैदिक ज्ञानको निचोड अनुसार तपाई सँग निरोगी रहने यो बाहेक अर्को कुनै विकल्प छैन। किनकि चकचके बाँदर जस्तो चली रहने तपाइको चित्तले तपाइमा सदैव अव्यवहारिक अपेक्षाहरू जन्माउने गर्दछ। क्षमता विहीन अव्यवहारिक अपेक्षा र मेहनत विनाको फल प्राप्तिको आशा र लालचले स्थायित्व विहीन  उपलब्धि चाहत जन्माउने गर्दछ।  त्यसले तपाइलाई पथ भ्रष्ट त पार्छ नै, तपाइको शरीरको स्व-उपचार क्षमतामा समेत रास ल्याउने र तपाइको सोचलाई विभिन्न मनोवैज्ञानिक रोगको घर बनाइ दिन्छ। यसरी विकसित मनोवैज्ञानिक रोग तपाइको भौतिक शरीरको अन्य रोगको रूपमा समेत विकसित हुन थाल्दछ।


जब तपाईँको मनले अव्यवहारिक अपेक्षाहरू गर्दछ, तपाई अत्यन्त सानो चित्त लिएर आफू पनि दु:ख पाउनु हुन्छ र आफ्ना वरपरका लाई पनि तपाइको व्यवहारले सताउने परिस्थिति बन्छ।  हिलिङ्ग अर्थात् स्व-उपचार क्षमता मार्फत तपाईँलाई स्वस्थ राख्ने तर्फ तपाइको शरीरले तपाइको वरपरको आफन्त र समाजको समेत सहयोग पाउँदैन। तपाइको आफ्नै को सहयोग नपाएको तपाइको शरीर तपाइका आन्तरिक समस्याको अल्पकालीन समाधान तर्फ लाग्दछ।


समस्याको अल्पकालीन समाधान अन्तर्गत उत्पत्ति भएका र लागेका रोगको उपचार प्रक्रिया आदि पर्दछ। शरीर स्वस्थ राख्ने होइन कि शरीरको दर्द पूर्ण जीवनको आयु लम्ब्याउने उपायहरूको विकल्प खोज्न थाल्छ। त्यस्ता समाधानको उपायहरुले मूर्त रूप पाउन समेत तपाइलाई उपचारात्मक ओखती, थेरापी तथा अप्रेसन आदिको जरुरत पर्दछ। ओखती खाएरै बाँकी जीवन कटाउनु पर्ने जोखिम जन्मन्छ।


हाम्रा ऋषिहरू जस्तोसुकै आपत् विपथ आउँदा समेत आफ्नो आत्मबल निर्माणको लागि आध्यात्मिक बने। आफ्नो मन र चित्त नियन्त्रण गरी आफ्नो शरीर लाई हिलिङ्ग मार्फत दीर्घकालीन उपचार गर्न सघाएर लामो सुखी र आनन्दित जीवन बिताउन सफल बने।


हाम्रा ऋषिहरूको पथ मनको भित्री कुना वाट चाहेमा तपाइले पनि अवलम्बन गर्न सक्नु हुन्छ। त्यसको लागि माथि वर्णन भएका वैदिक ज्ञानका चुरो वैज्ञानिक पक्षहरू वारेको ज्ञानले तपाईँलाई सहयोग पुर्‍याउन सक्दछ।


सु:ख - दु :ख र आनन्द


सुख, दुख र आनन्द लाई सांख्य सिद्धान्तको दृष्टिमा बुझ्न जरुरी छ। तपाइको इन्द्रिय पाँच वटा हुने गर्दछ। जब तपाइको पाँच इन्द्रिय मध्ये एकले सुखको अनुभूति गर्छ अनि त्यो सुखको आवृत्ति तपाइको तत्कालको अनुभूतिमा हाबी हुन पुग्दछ, त्यो समयमा तपाइले सुखको महसुस गर्नु हुन्छ।


सुखको अनुभूति गर्ने क्रममा तपाइको सुखको हद अनुभूतिको हद अनुरूप  फरक हुने गर्दछ। तपाइले गर्ने हरेक कर्मको समयमा तपाइका पाँच इन्द्रिय र त्यसको अनुभूति गर्ने छैटौँ पक्षले मनो-भौतिक केन्द्रमा दिने सुख वा दुखको सूचनाले त्यसको सुख वा दुखको हद निर्धारण गर्दछ। शास्त्रले उल्लेख गरे अनुरूप यसको लागि अत्यन्त सान्दर्भिक उदाहरण उमेर पुगेका जो कोही बिचको मनोरञ्जनको नियतमा हुने आपसी सहमतिको अहिंसा युक्त विशिष्ट यौन-लाप कर्म वा मनोवैज्ञानिक यज्ञ सम्भोगहुने गर्दछ। 


सम्भोगको बेला प्रियतमको स्वागत ध्वनी तपाइको कानले रङ्गिन रोमाञ्चको लागि तपाइको प्रियतमको सकारात्मक इच्छा वृत्तिको सूचनाको रूपमा  तपाइको मनो-भौतिक केन्द्रमा पुर्‍याउने गर्दछ। प्रियतमको शारीरिक आकर्षण र सहयोगी बडी ल्याङ्गुईज मार्फत दर्साइएको हार्दिकता, सहयोगी सहवासको तैयारीको दृश्य प्रियतमको शरीरमा सञ्चार यौन आतुरता र सन्तुष्टि प्राप्तिको तिर्खा भावको आवृत्तिको दृष्टि तपाइको आँखा मार्फत मनो-भौतिक केन्द्रमा पुग्दछ। बढ्दो रक्तप्रवाह बिचको चर्म मार्फत हुने विद्युतीय स्पर्श वा टचको आवृत्तिले दिने रोमाञ्चकता छाला मार्फत मनो-भौतिक केन्द्रमा पुग्दछ। पाटनरको जिब्रो र ओठ मार्फत तपाइको जिब्रोर ओठले प्राप्त गर्ने मनोरम क्रीडा स्वाद जिब्रो मार्फत मनो-भौतिक केन्द्रमा पुग्दछ। यौवन ग्रन्थिले उत्प्रेरित गरिदिने प्रियतमको यौन स्राव र फेरामोनको गन्ध तपाइको नाक मार्फत मनो-भौतिक केन्द्रमा नै पुगिरहेको हुन्छ।


यसरी हरेक जीवको जीवनको मनोवैज्ञानिक यज्ञ प्रकृतिको उत्कृष्ट मनो-भौतिक आशीर्वादको रूपमा रहेको छ। प्रकृतिमा अस्तित्वमा रहेको हरेक जीवले आफ्नो अस्तित्व प्रकृतिमा नियमित गर्न सहभागी हुन पर्ने प्रकृति प्रदत्त अनिवार्य जिम्मेवारी बहन गर्ने प्रक्रियामा सहभागी भए बापत प्रकृतिको अनुकम्पा वाट यो उच्च कोटीको पवित्र, सर्वत्र पूज्य तर गोप्य मन भौतिक आशीर्वादको रूपमा प्राप्त गर्ने क्षणिक आनन्द रुपी पुरस्कारको रूपमा यसलाई वेद र विज्ञान दुवैले लिने गर्दछ।


यौन यज्ञ रुपी उपहार ठानिने अहिंसा युक्त यौन लापको समयमा जीवको मनो-भौतिक केन्द्रले एकै चोटि आफ्ना सबै इन्द्रियहरू मार्फत फरक फरक किसिमको तर सबै नै सकारात्मक सन्देश पाइरहेको हुन्छ। मनो-भौतिक केन्द्रका सम्पूर्ण सूचना संयन्त्र मार्फत मनोभावले एकै प्रकारको सकारात्मक हार्दिकता प्राप्तिको सूचना पाइरहेको हुन्छ।


सबै इन्द्रियहरू मार्फत एकै प्रकारको हार्दिकता प्राप्तिको सूचना मिलिरहेको अवस्थामा सम्पन्न भइरहेको क्रीडा यज्ञ दुवै पक्षको चाहना, सहकार्य, आपसी सहमतिको सक्रिय सहभागिता अनुरूप अत्यन्त सुरक्षित वातावरण बिच सम्पन्न हुने क्रममा  अनुभूति हुने स्खलनमा भौतिक जीवनमा प्राप्त गर्न सकिने सबैभन्दा उच्च सुखको (आयुर्वेदिक तथा वैदिक यौन कर्मको चरम सुखको अवस्था) अनुभूति जीवको मनो-भौतिक केन्द्रले गर्ने सौभाग्य प्राप्ति गर्दछ।


यसको अर्थ के हो भने वैदिक र वैज्ञानिक अवधारणा अनुरूप तपाईँको मनो-भौतिक केन्द्रमा सूचना दिने पाँच इन्द्रिय र छैटौँ पक्ष मार्फत प्राप्त सूचनाको सकारात्मकता अनुरूप तपाइले अनुभूति गर्ने सुख, रोमाञ्च र रोमान्सको हदको निश्चय हुने गर्दछ।

आनुवंशिक डिजाइन (Design) अनुरूप मनो-भौतिक केन्द्रको लागि उपलब्ध रहेको सूचना प्राप्त हुने जति धेरै श्रोत मार्फत सुख, रोमाञ्च र रोमान्सको सूचना जीवको मनो-भौतिक केन्द्र लाइ प्राप्ति हुन्छ त्यति नै अधिक हदमा जीवले मनो-भौतिक सुखको अनुभूति गर्दछ।


उल्लेख क्रिडा अवस्थाको विपरीतको अबस्था भने असहजताको अबस्था हुने गर्दछ। असहजताको परिस्थिति बिच समान आत्म सम्मान स्थापित नभएकोहिंसा युक्त यौन संसर्ग कायम हुँदै गरेको जस्ता जीवको मनो-भौतिक केन्द्रमा सकारात्मक र नकारात्मक सूचनाहरू उपलब्ध हुँदै गरेको स्थिति रहन जान्छ। मनो-भौतिक केन्द्रमा प्राप्त नकारात्मक सूचनाको हद अनुरूप जीवले  सुख वा दुखको अनुभूति गर्ने गर्दछ।


जस्तै असहमतिको यौन सम्पर्क, अन्य कुनै फाइदाको स्वार्थमा बहकिएर भएको यौन कुकर्म, बलात्कार, वैवाहिक वा सामाजिक मान्यता प्राप्त असहमतिको यौनिक बलात्कार, समयको फाइदा उठाएर गरिएको हिंसा युक्त यौन दुष्कर्म आदिमा एक पक्षले सुख गुण हाबी रहेको सुखानुभूति गरिरहँदा अर्को पक्षले भने दुःखको अनुभूति लिई रहेको हुने सम्भावना अधिक हुन्छ।  


भौतिक सुख अन्तर्गतको सर्वोकृष्ट सुखानु भूति दिने आयुर्वेदिक तथा वैदिक यौन कर्मको चरम सुखको अवस्थाको व्यक्तिको क्षमता अनुरूपको आफ्नै सीमितता हुने गर्दछ। निश्चित सीमितता पार गरिसके पछि उक्त आयुर्वेदिक यौन सुखानुभूति समेत दर्दको अनुभूतिमा परिवर्तन हुने गर्दछ।  त्यो समयमा आपसी सहमति बिचको अहिंसा युक्त सम्भोगले समेत चरम स्खलन सुखलाई दर्दपूर्ण अनुभूतिमा पुर्‍याउने गर्दछ।


त्यसको अर्थ के हो भने हरेक दुख वा सुखको अधिकताको भविष्य दुखानुभूतिमा पुगेर टुङ्गिने गर्दछ। वैदिक दर्शनमा "आनन्द" शब्दले आनन्द वा परम आनन्दलाई प्रतिनिधित्व गर्दछ। शारीरिक वा भौतिक सुखभन्दा पर रहेको आध्यात्मिक पूर्णता र पूर्ण खुसीको अवस्था भनेर "आनन्द" शब्दको परिभाषित भएको छ। यसको अर्थ आनन्द केवल एक क्षणिक भावना होइन। मानव चेतनामा अनुभव गरिने आनन्दको अवधि फरक हुन सक्छ। तर आनन्दको अवधि बढ्दै जाँदा त्यो दुखमा परिवर्तन हुँदैन।


ब्रह्माण्ड र मानव अस्तित्वको एक मौलिक पक्षको रूपमा हेरिने आनन्द तसर्थ भौतिक रूपमा प्राप्त हुने चरम सुख वा चरम दुख आदि हुन सक्दैन। तर भौतिक सुख आनन्द प्राप्तिको लागि भने सहायक मात्र होइन अत्यन्त सहयोगी भने हुने गर्दछ। आनन्द के हो भन्ने कुरा गणितीय रूपमा प्रस्ट बुझ्ने कोसिसको लागि तलको केही गणितीय व्याख्या हेरौँ।


-, -, -, -, -, -, -, -, -, ,  +, +, +, +, +, +, +, +, +


माथिको नम्बरमा हरेक एक अङ्क छोडेर गरिएको घटाउले ऋणात्मकवा धनात्मक २ दिने गर्दछ। त्यो ऋणात्मक सङ्ख्या होस् वा धनात्मक सङ्ख्या। जस्तै तलहेरौँ। यो जायज पनि छ, किनकि त्यो बिचमा कुनै एक अङ्कको अस्तित्व र मापन हुने गर्दछ। त्यसको मापन अङ्क गणितको जोड वा घटाउमा देखा पर्दछ। अस्तित्वले शब्द ब्रह्मको भूमिका खेल्दछ।


-९ -(-७) = -२

-४ - (-२) = -२

+ ९ - (+७)= + २

+ ४ - (+२)= + २


सामान्य विज्ञान अनुरूप हामी शून्य लाई केही पनि नभएको अस्तित्व विहीन अवस्था वा बस्तु मान्दछौ। तर पनि जब तपाई शून्य को अघि पछि हुने ऋणात्मक १ र धनात्मक एकको अङ्क गणितको जोड वा घटाउमा गर्नु हुन्छ त्यहाँ समेत ऋणात्मक वा धनात्मक २ आउने गर्दछ।

जस्तै तल हेरौँ।


-१ - (+१) = -२

+१ - (-१) = +२


यसको अर्थ के हो भने अङ्क गणितको हिसाबमा समेत जोड वा घटाउमा शून्य लाई केही पनि नभएको अवस्था रहेको मानिएता पनि त्यो अस्तित्व विहीन चिज भने होइन। अन्य अङ्क जस्तै शून्यको पनि अस्तित्व छ। त्यसको अस्तित्वको बृहत् अर्थ छ। 


विज्ञानमा धेरै व्यवहारिकताको पक्ष गुणको पक्षको रूपमा लिने गरिन्छ।


शून्य एउटा यस्तो बिन्दु हो जसमा तपाईँ ऋणात्मक (तम गुण) र धनात्मक (सत्त्वगुण) दुवै तर्फ वाट पुगिन्छ। शून्य आफै गुण प्रदायक अङ्क समेत हो। वैदिक मान्यता अनुरूप ऋणात्मक तर्फबाट (निराशा युक्त अहङ्कार) शून्यमा पुगिने प्रवृत्तिगत भूमिकालाई इनर्सिया वा तम गुण भनिन्छ। धनात्मक तर्फबाट (अहङ्कार) शून्यमा पुगिने प्रवृत्तिगत भूमिकालाई सत्त्व गुण भनिन्छ।


धनात्मक तर्फबाट पुगिने शून्य यथार्थमा धनात्मक शून्य (+०)  हो भने ऋणात्मक तर्फबाट पुगिने शून्य यथार्थमा ऋणात्मक शून्य (-०) हो।


धनात्मक शून्य (+०)  अहङ्कार विहीनता (Egolessness) हो  भने ऋणात्मक शून्य (-०) निराश विहीनता (Frustrationlessness) को अवस्था हो। सासत्व सत्य ऋणात्मक शून्य (-०) र धनात्मक शून्य (+०) बिचमा रहन्छ। जसलाई इन्फिनिटी वा पूर्णता भनेर चिनिन्छ। गणितमा यसलाई मार्फत सङ्केत गरिन्छ।


० = || -,  -, +, +||


वैदिक अवधारणा अनुरूप सङ्केतले व्यवहारिक रूपमा पूर्णता लाई जनाउने गर्छ। जसलाई संस्कृतको शब्द आदि मार्फत व्यक्त गर्ने गरिन्छ।जसलाई शब्द ब्रह्म भनिन्छ। 


   = || -, , , , ई......., , का, कि ....., , खा, खि, खि......, ज्ञ, ज्ञा, ज्ञि, ज्ञी......., +||


ॐ पूर्णमदःपूर्णमिदं पूर्णात् पूर्णमुदच्यते।

पूर्णस्यपूर्णमादाय पूर्णमेवावशिष्यते॥

ॐ शान्तिःशान्तिः शान्तिः ॥ शान्ति पाठ, अथ ईशोपनिषत् ॥


अथ ईशोपनिषत् को शान्ति पाठ भन्दछ: ॐ । ब्रह्माण्ड चेतनाले भरिपूर्ण बाहिरी संसार आफैमा पूर्ण छ। ब्रह्माण्ड चेतनाको अंश रुपी भित्री संसार (आत्मा) पनि पूर्ण छ। ब्रह्माण्ड चेतना रुपी पूर्णबाट पूर्ण नै प्रकट हुन्छ। अद्वैत र अनन्त पूर्ण ब्रह्माण्ड चेतना बाट भित्री चेतना रुपी पूर्ण (आत्मा) निकाल्दा त्यहाँ पूर्णनै बाँकी रहन्छ। ॐ । शान्ति, शान्ति, शान्ति।


शान्ति र सम्पूर्णताको कामना गर्दा प्रयोग हुने यस मन्त्रले दिएको गणितीय सूत्र अनुरूप हामीले अनुभूति गर्ने बाहिरी संसार पूर्ण छ। आन्तरिक संसारपनि पूर्ण नै छ। पूर्ण वाट अर्थात् इन्फिनिटी वाट पूर्ण (अनन्त वा इन्फिनिटी) लिइए पछि पनि त्यहाँ पूर्ण नै बाँकी रहन्छ। दैवी चेतना अर्थात् ब्रह्माण्ड चेतनाको स्वरूप अद्वैत र असीमित हुने हुँदा यो जीवको आत्माको रूपमा रहँदा पनि र  ब्रह्माण्ड चेतनाको स्वरूपमा (परमेश्वर) रहे पनि अनन्त वा इन्फिनिटी कै हैसियतमा रहन्छ।


यहाँ निर ख्याल गर्नु पर्ने कुरा के छ भने, कुनै पनि अङ्क लाई शून्यले भाग गर्दा भाग फल अनन्त वा इन्फिनिटी नै आउँछ। रहन्छ। अद्वैत दैवी चेतना अर्थात् ब्रह्माण्ड चेतनाको स्वरूप तसर्थ शून्य यथार्थमा तपाई हामीले सोचे जस्तो साधारण गुणको हुँदैन। छैन। यसको चर्चा  शब्द ब्रह्म मार्फत मात्र दिन सकिन्छ।


कुनै पनि धनात्मक अङ्कले तपाइको अहङ्कार (Ego), चिन्ता र असुरक्षा (Anxiety) भावको प्रतिनिधित्व गर्दछ। ऋणात्मक अङ्कले तपाइको हीनता वा दोष भाव (Depression) तथा दर्दको (Sorrow or Sufferings) पक्षको प्रतिनिधित्व गर्दछ।

ऋणात्मक वा धनात्मक अवस्था लाई शून्यले भाग गर्नुको अर्थ  अहङ्कार (Ego), चिन्ता र असुरक्षा (Anxiety), हीनता वा दोष भाव (Depression) तथा दर्द (Sorrow   or  Sufferings) वाट ज्ञानको मध्यमले आत्मा ज्ञानको प्राप्ति मार्फत मुक्ति प्राप्त गर्नु नै हुनेछ। जसले  आनन्द अर्थात् परम आनन्द तर्फको मार्ग प्रशस्त गर्दछ।


यो अभिव्यक्तिमा एकदमै गहिरो विचार छ। वैदिक दृष्टिकोणमा ऋणात्मक वा धनात्मक अवस्थालाई शून्यले भाग गर्दा अहङ्कार, चिन्ता, असुरक्षा, हीनता र दुखका अनुभवहरूको रूपान्तरण हुन्छ। यी अवस्थाहरूको पहिचान गरेर र आत्मज्ञान प्राप्त गर्दा, व्यक्ति मुक्ति मार्गमा पुग्न सक्छ। आत्म ज्ञानले मनका भुलभुलैयामा सच्चा आनन्दको अनुभूति गराउँछ। यसले मानिसलाई बाह्य परिस्थितिहरूमा निर्भर नहुँदै आन्तरिक शान्ति र स्थिरता प्रदान गर्छ। अतः यो कुरा गर्न सकिन्छ कि आत्मज्ञानको माध्यमबाट प्राप्त मुक्ति, व्यक्ति भित्रको ऋणात्मक भावनाहरूलाई पार गर्दै साँचो आनन्दको मार्गमा अघि बढाउँछ। अर्को तर्फ व्यक्ति धनात्मक  भावनाहरू पुग्दै गर्दा समेत अहङ्कार विकास गर्न दिँदैन। यसरी शून्यले भाग गर्नुको अर्थ केवल एक गणितीय अभिव्यक्ति मात्र होइन, यसमा गहिरो आध्यात्मिक दर्शन समावेश छ।


यसरी हेर्दा सुख, दुख र आनन्दबिच अत्यन्त फराकिलो खाडल रहेको प्रस्ट बुझ्न सकिन्छ।


संस्कृको जिरो सोचे भन्दा फरक


गणितमा शून्य संस्कृतले दिएको हो। संस्कृतले नै गुणन गर्ने विधि गणित लाई दियो। आर्यभट, ब्रह्मगुप्त र भास्कर द्वितीय जस्ता गणितज्ञहरूले अङ्कगणित, बीज गणितर सङ्ख्या प्रणालीमा महत्त्वपूर्ण सिद्धान्तहरू विकास गरे।  जुन इस्लाम विद्वानहरू मार्फत पश्चिमी देशहरू पुगेको थियो। त्यही सिलसिलामा गुणन गर्ने तरिका पनि पश्चिमी देशहरूले संस्कृत श्रोत वाट लिए। गणितमा गुणनको परिभाषा बुझ्न चर्चित शब्दकोशहरूमा उपलब्ध गणितको परिभाषा हेर्न जरुरी हुन्छ। 


मेरियम-वेब्स्टर डिक्सनेरीको अनुसार गुणन भनेको कुनै सङ्ख्या लाई शून्यमा बारम्बार थप्ने प्रक्रिया हो। यो गणितीय नियमहरू अनुसार अन्य सङ्ख्याहरूमा (जस्तै, जटिल सङ्ख्याहरू, भेक्टरहरू, म्याट्रिक्सहरू) समेत लागु हुन्छ। अक्सफोर्ड लर्नर शब्द कोश अनुसार गुणन भनेको विभिन्न गणितीय सन्दर्भहरूमा आवश्यक हुने अङ्कगणितको आधारभूत कार्यहरू मध्ये एक प्रक्रिया हो जहाँ सङ्ख्याहरू लाई गुणन गरिन्छ


ब्रिटानिका शब्दकोश अनुरूप गुणन भनेको कुनै सङ्ख्यालाई बारम्बार आफैँमा थप्ने प्रक्रिया हो। यसले कुनै कुरा वा सङ्ख्यामा वृद्धि जनाउन पनि प्रयोग हुन्छ। जस्तै क्यान्सर कोशिकाको अनियन्त्रित वृद्धि। क्याम्ब्रिज शब्दकोशको गुणनको परिभाषा अनुसार कुनै सङ्ख्यालाई आफूमा निश्चित सङ्ख्यामा पटक-पटक थप्ने प्रक्रिया हो।


जस्तै ५ लाई ५ ले गुणन गर्नु भनेको ५ लाई ५ संग ५ पटक जोड्नुभनेको हो। त्यो भनेको २५ हुन्छ। अर्थात् -५ लाई - ५ ले गुणा गर्नु भनेको -५ मा -५ लाई ५ पटक जोड्नु हो। त्यो भनेको +२५ हुने विश्वास गरिन्छ। किन कि माइनस लाई माइनस ले गुणा गर्दा प्लस हुन्छ। त्यो कसरी प्लस हुन्छ भन्ने प्रश्नको उत्तर हालको गणितले दिने गर्दैन। कारण माइनसको माइनस संग गुणा गर्ने तरिका पश्चिमा मुलुकमा हाल व्याख्या गरिने गुणनको परिभाषा भित्र अटाएको छैन।


विज्ञानमा माइनस लाई माइनसले गुणा गर्दा प्लस कसरी हुन्छ भन्ने कुरा शब्दकोशको परिभाषाको अनुसार समेत मिल्दैन। किनकि -५ मा पाँच पटक -५ जोड्दा  -५ +(-५) + (-५)+(-५)+(-५) गर्दा त (- २५) हुन्छ । तर यहाँ त +२५ हुने मानिन्छ।


हिसाबको परिभाषा वाट सोझै यसको उत्तर नपाउने भएपछि पश्चिमी गणितिज्ञहरु केही आध्यात्मिक सहारामा यसको उत्तर यसरी दिन कोसिस गरेको भेटिन्छ। जसमा भनिन्छ कि, नकारात्मक सङ्ख्याहरू लाई गुणन गर्दा सकारात्मकहरूको गुणन गर्दाको अवस्थाको भन्दा फरक दिशात्मक परिवर्तनहरू हुने र त्यसमा बारम्बार सङ्ख्याहरू थपिने प्रक्रिया दोहरिने हुँदा त्यसको परिणाम नकारात्मकको सट्टा सकारात्मक आउँछ।


त्यसो हो भने -५ लाई -५ ले गुणा गर्दा पाँचको   दिशात्मक परिवर्तनहरू हुने कुरा गुणनको परिभाषा सङ्गत छैन। हिसाब जस्तो विषयमा सबै ठाउँमा परिभाषा मिल्ने परिभाषा आउँदैन भने त्यसलाई सही परिभाषा मान्न सकिन्न। यसको अर्थ हो हामीले आज पनि हाम्रो विद्यालयमा  गुणनको परिभाषा समेत सही पढाइ रहेका छैनौ। यो हबिगत हाम्रो मात्र  होइन संसारकै विद्यालयहरूको हविगत हो।


शून्य वा जिरो, इन्फिनिटी, गुणन जस्ता कुरा संस्कृतले गणितलाई दिएकाले गुणन बारे संस्कृतको अवधारणा के हो अव त्यो बुझ्ने कोसिस गरौँ।


ब्रह्मगुप्त द्वारा रचित ब्रह्मस्फुट सिद्धान्तमा शून्य र गुणा बारेको एक नियम उल्लेख गरिएको छ।


शून्यं शून्येन बहुना गुणकंशून्यमेव स्यात्।


जसको अनुवाद हुन्छ शून्यलाई शून्य वा कुनै पनि अन्य सङ्ख्या सँग गुणा गर्दा सधैँ शून्य नै रहन्छ। यो श्लोकले शून्यसँग सम्बन्धित गुणनको आधारभूत नियमलाई स्पष्ट पार्दछ।


जुन गणितको एक महत्त्वपूर्ण अवधारणाको रूपमा स्थापना भयो।


माण्डूक्य उपनिषद माण्डूक्य कारिका, श्लोक ३.४६ र ३.४७ मा भनिएको छ:


यदा न लीयतेचित्तं न च विक्षिप्यते पुनः।

अनिङ्गनमनाभासंनिष्पन्नं ब्रह्म तत्तदा॥ ४६॥

स्वस्थं शान्तंसनिर्वाणमकथ्यं सुखमुत्तमम्।

अजमजेन ज्ञेयेनसर्वज्ञं परिचक्षते॥ ४७॥


श्लोक ४६ अनुसार, जब मनको ध्यान सांसारिक गतिविधि वाट हट्दछ र आफ्नो इच्छाहरू बाट विचलित हुँदैन तव यो शान्त हुन्छ। त्यसले कुनै प्रकट स्वरूपको अनुभूति गरिरहेको हुँदैन। त्यो समयमा मन ब्रह्मसँग एकाकार भइरहेको हुन्छ। श्लोक ४७ अनुसार, यसरी ब्रह्मसँग एकाकार भइरहेको मनलाई नै आत्मको अनुभूति बाट प्राप्त हुने सर्वोच्च आनन्द ठानिन्छ। त्यसैलाई मुक्ति प्राप्ति भनिएको हो। त्यसको स्वरूप वर्णन गर्न नसकिने अजन्मा रुपी हुन्छ। त्यसैलाई सर्वज्ञ ब्रह्म भनिएको हो। किनकि यो कुनै अस्तित्वमा हुँदैन र आत्मा सँग एकाकार भएर मिलेको हुन्छ। त्यो ज्ञानको माध्यमबाट खोजिने र प्राप्त हुने वस्तु हो।


श्लोक ४६ अनुसार, मनलाई जब अनुशासनमा राख्न सकिन्छ त्यो न त गहिरो निद्राको जस्तो सबै कुरा बिर्सिने अवस्थामा पुग्दछ न त बाह्य वस्तुहरूबाट विचलित नै हुन्छ। त्यो भनेको मन शान्त हुनु हो। हावा नलागेको ठाउँमा राखिएको दियोको ज्वालाको प्रकाश जब कुनै बस्तुमा ठोकिएर परावर्तन हुन्छ, तव परावर्तित प्रकाशको कारण हाम्रो रेटिनामा बन्ने आकृतिको रूपमा हामी त्यो बस्तु लाई देख्ने गर्दछौ। यदि त्यहाँ रहेको बस्तु कालो छ र प्रकाश परावर्तन गर्दैन भने हामी त्यो बस्तु देख्न सक्दैनौ। त्यस्तै जब हाम्रो मन शान्त हुन्छ, तव बाह्य गतिविधि र इन्द्रिय मार्फत जागृत इच्छाहरूबाट विचलित हुन सक्दैन। त्यो समयमा मन ब्रह्मसँग एकाकार भएको हुन्छ।


श्लोक ४६ भन्छ, श्लोक ४६ अनुसार मन ब्रह्मसँग एकाकार हुनु नै आनन्दको सर्वोच्च वास्तविकता हो जसलाई आत्मा ज्ञानद्वारा मात्र अनुभूति गर्न र पहिचान गर्न सकिन्छ। त्यो पूर्ण शान्तिको अवस्था हो। जहाँ सबै दुःखहरूको अन्त्य भएको हुन्छ। त्यो नै मुक्ति हो। जसलाई शब्दमा वर्णन गर्न सकिँदैन। अजन्मा" (ajñamā) को अर्थ "जन्म नलिएको" वा "न जन्मेको" हुन्छ। भौतिक अस्तित्व र सांसारिक अनुभवहरू भन्दा पर रहनेआनन्दको सर्वोच्च वास्तविकता सबै वस्तुहरू बाट पूर्ण रूपमा फरक रहेकाले यसलाई अनुभूति मात्र गर्न सकिन्छ। अजन्माले आत्माको (आत्मन्) शाश्वत स्वभावलाई जनाउँछ। सर्वोच्च आनन्द इन्द्रिय मार्फत नभएर अनुभव जन्य धारणाहरू मार्फत प्राप्त हुने चीज रहेकोले यसलाई अजन्मा भनिएको हो।


उल्लेखित अवस्थाको व्याख्या गर्न शून्य र शून्यातिशून्य जस्ता अवधारणाहरू शैव ग्रन्थहरूमा प्रयोग भएको छ। विज्ञान भैरवतन्त्र अन्तर्गत शून्यताको परम वास्तविकताको विशेषता उल्लेख छ। शिव भगवानको परम शून्यता रुपी अवतार  भैरव जो इन्द्रिय र मन भन्दा पर, सबै इन्द्रियगत उपकरण हरूको प्रभाव बाहिर रहन्छन् त्यसलाई मनको दृष्टिकोणबाट शून्यताको स्थिति (शून्य)  र वास्तविकताको दृष्टिकोण बाट पूर्णताको स्थितिको (इन्फीनिटि) अवस्था भनेर विज्ञान भैरव तन्त्रमा चित्रित भएको छ।


वैदिक आध्यात्मिक र तत्व मीमांसा परम्पराहरूमा शून्यातिशून्य (Śūnyātiśūnya) एक यस्तो दार्शनिक अवधारणा हो जुन दुई शब्दहरूको संयोजन बाट बनेको छ। शून्य (Śūnya) जसको अर्थहुन्छ "रिक्तता," "खालीपन" वा "शून्यता"। अतिशून्य (Atiśūnya) जसको अर्थ हुन्छ  "शून्यता भन्दा पर" वा "सर्वोच्च शून्यता" जसलाई इन्फिनिटीको साक्षात्कारको अबस्था भन्न सकिन्छ। दुवैलाई मिलाएर बनेको शून्यातिशून्य शब्द लाई "शून्यता भन्दा परको अवस्था" वा "सर्वोच्च शून्यता"  को अर्थ दिन प्रयोग गरिन्छ। यो अवधारणाले साधारण रिक्तता, खालीपन वा शून्यको सामान्य बुझाइ भन्दा परको एउटा यस्तो पारलौकिक अवस्था लाई सङ्केत गर्दछ जहाँ शून्यताको अवधारणा समेत विलीन हुन्छ। अस्तित्व र गैर-अस्तित्व मात्र होइन शून्यता र पूर्णता सँग सम्बन्धित सबै भेदहरू अर्थहीन हुन्छन्। अद्वैत  बन्दछ।


लगभग ६२८ इस्वीको ब्रह्म गुप्तको प्रसिद्ध ग्रन्थ ब्रह्मस्फुट सिद्धान्तको १८ अध्यायमा बीज गणित सँग सम्बन्धित श्लोकहरू भेटिन्छ। जसमा भनिएको छ:

समैकं खं समखं खमेकं खं समैकंखं समं खं समम्।

खं समे खं समखं समैकं खं चाप्येकंखमथ खं खमेकम्॥


जहाँ समैकं खं को अर्थ कुनै धनात्मक सङ्ख्या शून्यमा जोड्दा त्यो सङ्ख्या जस्ताको तस्तै रहन्छ (उदाहरण a + 0 = a)। समखं खमेकंको अर्थ शून्यलाई शून्यमा जोड्दा परिणाम सधैँ शून्य नै हुन्छ (उदाहरण 0 + 0 = 0)। यसमा उनले यो कुरा स्थापित गरेका छन् कि कुनै सङ्ख्यामा शून्य थप्दा, उक्त सङ्ख्या अपरिवर्तित रहन्छ। शून्यमा शून्य थप्दा परिणाम सधैँ शून्य हुन्छ।


ब्रह्मस्फुटसिद्धान्त को १८ अध्यायमा यो पनि उल्लेख छ:


शून्यं शून्येनयुक्तं शून्यं – शून्यमा शून्यजोड्दा शून्य नै हुन्छ।

शून्यं शून्येनगुणितं शून्यं – शून्यलाई शून्यसँग गुणा गर्दा शून्य नै हुन्छ।

शून्यं शून्येनविभक्तं शून्यं – शून्यलाई शून्यबाट पृथक् गरिए शून्य नै रहन्छ।

शून्यं शून्येनहारितं शून्यं – शून्यलाई शून्यबाट घटाउँदा शून्य नै हुन्छ।


ब्राह्मस्फुटसिद्धान्तमा लेखिएको छ: 

धनयोर्धनम्ऋणमृणयोःधनर्णयोरन्तरं समैक्यं खम्

ऋणमैक्यंच धनमृणधनशून्ययोः शून्ययोः शून्यम्

जसको अर्थ हुन्छ:


धनयोर्धनम्: धनात्मकमा धनात्मक जोड्दा धनात्मक हुन्छ। 

ऋणमृणयोः ऋणात्मकमा ऋणात्मक जोड्दा ऋणात्मक हुन्छ।

धनर्णयोरन्तरं:  धनात्मक लाई ऋणात्मक संग जोड्दा धनात्मक र ऋणात्मक बिचको भिन्नता बराबर हुन्छ।

समैक्यंखम्: जब धनात्मक र ऋणात्मक (धन तथा ऋण) बराबर हुन्छ तब त्यो शून्य बराबर हुन्छ। 

ऋणमैक्यंच:   धनात्मकमा धनात्मक धनात्मक नै हुन्छ। 

धनमृणधनशून्ययोः  ऋणात्मकमा ऋणात्मकले ऋणात्मक नै दिन्छ।

शून्ययोःशून्यम्:   शून्यमा शून्य ले शून्य दिन्छ।


यसको अर्थ के लाग्दछ भने दुई समान तर विपरीत चिज अर्थात् धनात्मक (पक्ष) र ऋणात्मक (विपक्ष) को गठ जोड अर्थात् योगको अवस्था शून्य हो। जब तपाइको धन र ऋण बराबर हुन्छ तब त्यहाँ शून्यको उपस्थिति हुन्छ।


जसलाई गणितमा न्युटनको तेस्रो नियम भनी स्कुलहरूमा अध्यापन गराइने महाऋषि  कणादको वैशेशिका सिद्धान्तले दिएको हरेक क्रियाको समान र विपरीत प्रतिक्रिया हुन्छ भन्ने सिद्धान्त स्थापित गर्ने अस्तित्वको रूपमा व्याख्या भएको देखिन्छ।


यसको अर्थ जिरो केही पनि नभएको, अस्तित्व विहीन कुरा होइन। धन र ऋण, क्रिया र प्रतिक्रिया बिचको सन्तुलनको अवस्था हो। स्वास्थ्यमा कफ, पीत र वातको सन्तुलनको अवस्था हो। गणितको सन्दर्भमा हरेक अङ्कको धनात्मक र ऋणात्मक दुवै बराबरी सह-अस्तित्वमा रहेको अवस्था हो।


जसमा (+0 र -0), (+X र -X), (+Y र -Y), (+ र -) सबै अटेको हुन्छ। 


जब तपाई प्लस र माइनको कुरा गर्नु हुन्छ त्यो बेलामा तपाइले हरेक चोटि तपाइको अङ्क लाई जिरो संग जोडेर मात्र आपसमा गुणा गर्नु अनिवार्य हुन्छ। 


जब तपाईँ +५ र + ५ को गुणा गर्नु हुन्छ तव यथार्थमा तपाइले (०+५)  र (०+५) को गुणन गर्नु हुन्छ। जब तपाइले दुइटा +५ नै भेट्नु हुन्छ। ५ र ५ को गुणन गुणनको नियम अनुरूप २५ आउने गर्दछ। 


तर जब तपाई माइनसको गुणन गर्नु पर्ने क्षेत्रमा प्रवेश गर्नु हुन्छ तव तपाईँ पश्चिमा गुणनको परिभाषा अनुरूप काम गर्न सक्नु हुन्न। 

किन कि परिभाषामा नदिएको भए पनि पश्चिमा गणितिज्ञहरुको नयाँ दाबी अनुरूप माइनस को अर्थ डिरेक्सन चेन्ज भन्ने मान्दा समेत -५ वाट - ५ घटाउने क्रममा त्यहाँ फरक दिशाको कारण पहिलो घटाउ परिणाम जिरो आउँछ। दोस्रो -५, फेरी तेस्रो जिरो हुन्छ। यो शृङ्खला ५ पटक पुग्दा त -५ हुन जान्छ। तर  पश्चिमा गणितिज्ञ व्यवहारिक रूपमा २५ आउने हुँदा २५ मान्नु पर्दछ भन्ने तर्क राख्दछन्।


भनिन्छ माइन इन्टु माइनस प्लस हुन्छ त्यसैले । तर कसरी ? त्यसको उत्तर उनीहरू संग छैन। 


गुना जसले पहिचान गर्‍यो त्यही संस्कृत विज्ञहरू संग यसको उत्तर छ। माथि व्याख्या भएको गणितको सिद्धान्तको अनुरूप +५ को समयमा तपाईँ लाई कुनै समस्या रहेन। पश्चिमा गुणनको परिभाषा त्यहाँ लागु भएको जस्तो लाग्दछ।


चुरो तपाइले - ५ लाई -५ संग घटाउने कुरामा आउँछ।


संस्कृत विज्ञहरू अनुसार घटाउनु वा जोड्नु भनेको त्यो सङ्ख्या लाई जिरो संग जोडेर पुरा गरिने कार्य हो। परिभाषा अनुरूप जिरोमा +५ जोड्दा +५ नै हुन्छ। गुणनमा समस्या रहेन।  जिरो वाट कुनै चिज घटाउनु अर्थात् शून्यतामा नकारात्मकता घटाउने कार्यमा घटाउनु भनेको के होत्यसमा रहेको परिभाषाको फिलोसोपिकल वा अवधारणाको पक्ष बुझ्न जरुरी छ।  


५ को सन्दर्भमा जिरो (+५)(-५) मिलेर बनेको हुन्छ। त्यो जिरो वाट तपाइले -५ घटाउनु त्यो भनेको +५ र -५ वाट -५ हटाउनु हो। त्यसो हुँदा त्यहाँ +५ बाकी बस्दछ। त्यसैले जब तपाईँ ० - (-५) गर्नु हुन्छ त्यसले बाँकी रहन पुगेको +५ को फल दिन्छ। त्यसैले जब तपाई -५ लाई -५ ले गुणा गर्नु हुन्छ त्यहाँ अन्त त +५ र +५ कै गुणा जस्तै +२५ आउने गर्दछ।


यसरी संस्कृतको गुणनको परिभाषा प्लस र माइनस दुवै खाले गुणनमा लागु हुन्छ। 


यसले हामीलाई के कुराको स्पष्ट सङ्केत गर्दछ भने, जब पश्चिमाहरूले संस्कृतबाट जिरो र गुणाको अवधारणा लिए, त्यसलाई आफ्नो बनाउन हतार गर्दै गर्दा त्यसको प्रमुख तत्व बुझ्न सकेनन्। अरू कुरा त छोडौँ, सामान्य गणनामा समेत उनीहरूको परिभाषाले प्राप्त हुने नतिजा सम्हाल्न सकेन। व्यावहारिकतामा आउने नतिजालाई पनि पुष्टि गर्न सकेन।


त्यसलाई समावेश गरेर परिभाषा दिन पनि पश्चिमाहरू असफल भए। अलिकति लुकाइएको पक्षलाई संसारले पत्याउने गरी प्रस्तुत गर्न सक्ने कलाको अभाव रह्यो। यसको स्पष्ट उत्तर संस्कृत सँग थियो र छ। अब संसारले यो अवधारणा लिएर आफ्नो गणितीय कमजोरी हटाई विद्यार्थीहरूलाई सही गणितीय सिद्धान्त अध्यापन गराउन आवश्यक भएको छ। हाम्रो परम्परा र इतिहास कति गर्व गर्न लायक छ भन्ने कुरा पनि यसले हामीलाई महसुस गराउने गर्दछ।


शब्द गणितमा औँसी


वेद र विज्ञान बुझ्न वेद आधारित रहेको शब्द गणित बुझ्न जरुरी छ। तपाइले लेख्ने ०, , , , ...... ९ अङ्क मात्र गणित नभएर अ, आ .... अं, अ:, , , ................................... क्ष, त्र, ज्ञ। सबै नै गणितका अक्षर हुन् भन्ने बुझ्न जरुरी छ। विज्ञानमा ए वाट एपल वा स्याउ वाट सुरु हुने दर्शन जेड अर्थात् जेब्रामा पुगेर सकिन्छ। ए भनेको एलोन अर्थात् एक्लो पन समेत हुन्छ। जेड वाट जिरो अर्थात् शून्य पन समेत हुन्छ।


निक्खर काल रात्रिको एक्लो पन वाट शून्यता सम्म तपाई लाई विज्ञानले ल्याउन सक्ला। त्यस पछाडिको यात्राको लागि तपाईँलाई वैदिक दर्शनको जरुरी हुन्छ। व्यवहारिक ज्ञानको दृष्टिले ए अर्थात् एनीमल वाट सुरु गरेर जेड अर्थात् जू अर्थात् चिडिया खानामा लगेर बन्देज गरिदिने ज्ञान-विज्ञान अध्यात्म र जीवन सुखको लागि इञ्जिनियरिङ्ग गरिएको ज्ञान मार्ग बन्न सकेन।


वैदिक शब्द गणितमा भने अ अर्थात् अज्ञान वाट ज्ञ अर्थात् ज्ञान सम्मको यात्रा तय हुने गर्दछ। तपाईँ लाई तपाइको जीवनमा अ वाट ज्ञ सम्मको यात्राको मार्गमा लैजाने तपाइका जीवनका सम्पूर्ण पात्र तपाइको पिता सरह हुन्।

त्यसैले हामी पिताको गुनको स्मरण गर्न कुशे औँसीको दिन रोज्ने गर्दछौ। तपाईँ अ अर्थात् अज्ञान वाट ज्ञ अर्थात् ज्ञान सम्मको यात्रा पुरा गर्दा सम्म यथार्थमा शून्य र एक बिचमा कति वटा अङ्क हुन्छ भन्ने सम्म पत्ता लगाउने कुशलता प्राप्ति गरीसक्नु भएको हुन्न।


जस्तै तलको उदाहरणहरू हेर्नुहोस्


एक लाई एघारले भाग गर्नुस्

१/११ =०.०९०९०९०९०९०९०९ …


नौले भाग गर्नुस्

१/९ =०.१ १ १ १ १ १ १ १ १ १ १ १ १ १ १ …


एकसय एकले भाग गर्दा

१/१०१ = ०.००९९००९९००९९००९९ …


उनान्सयले भाग गर्दा

१/९९ = ०.०१०१०१०१०१०१०१०१ …


एक हजार एकले भाग गर्दा

१/१ ००१ =०.०००९ ९ ९ ०००९ ९ ९ ०००९ ९ ९ …


नौसय उनान्सयले भाग गर्दा

१/९९९ =०.००१००१००१००१००१००१ ..


यसरी हेर्दा जिरो र एक बिच कति वटा सङ्ख्या हुन्छ भन्ने प्रश्नको उत्तर हो अनन्त अर्थात् इन्फिनिटी। जिरो र इन्फिनिटी दुवै मानक वैदिक ज्ञान वाट विज्ञानले सापट लिएर काम चलाएको हो।


तपाई जति सुकै अध्ययन गर्नुस् वा घोत्लिनु तपाईँ सँग ब्रह्माण्ड र जीवनको बारे सीमित ज्ञान मात्र भएको पाउनु हुनेछ। मात्र शून्य र एक बिचमा कति वटा अङ्क हुन्छ भन्ने सम्म पत्ता लगाउने कुशलता तपाइमा विकास हुने छैन। यसको अर्थ हो सैद्धान्तिक वैज्ञानिक ज्ञान भन्दा विशाल व्यवहारिक वैदिक ज्ञान रहेको छ। व्यवहारिक वैदिक ज्ञानले तपाईँ लाई अर्कै अनन्त: को अस्तित्व रहेको तर्फ संकेत गर्छ।


उक्त अनन्त गणित र सिद्धान्त वाट हैन अनुभूतिले महसुस गराउने गर्दछ। जब तपाईँ यसमा विश्वास गर्नु हुन्छ तब मात्र आत्मा ज्ञानको प्रसङ्ग सान्दर्भिक हुन्छ। तर के आत्मा ज्ञान तपाइको जीवनको सम्पूर्ण यथार्थ हो त ? यसको समेत गणितीय रूपमा बुझ्न सम्भव छ।


यो कुरालाई केही समय थाती राखेर एक छिन लाई अरू दुई वटा गणितले बताउने शून्य र एक बिचका केही अचम्मका समीकरण हेरौँ।


जब तपाईँ गुगल सर्च गरी एक लाई (१० पावर १००+१) ले भाग गर्नु हुन्छ नतिजा यस्तो देखिन्छ:

१ /(१ ०^१०० + १ ) = ०.००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ ९ …


त्यस्तै जब तपाईँ गुगल सर्च गरी एक लाई (१० पावर १००-१) ले भाग गर्नु हुन्छ नतिजा यस्तो देखिन्छ:

१ /(१ ०^१०० - १ ) = ०.००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००१ ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००१ ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००० ००००१


सकारात्मकता जोडिएको प्लस एक र नकारात्मकता जोडिएको माइनस एक मात्र जोड्दा पछि आउने भागको नतिजा गणितीज्ञहरूको लागि चासो वर्द्धक हुन सक्दछ। वैदिक परम्परामा गणितको यो विशालता लाई सहजीकरण गरी व्यावहारिक बनाउनको लागि अक्षरहरूको विकास गरी प्रयोगमा आएको हो।


त्यसैले अक्षरहरू मिलेर बन्ने शब्द समेत लाई एक अनुशासित तवरले विभिन्न अर्थ दिने गरी व्याख्या गर्न मिल्ने र उच्चारण समेत गर्न सम्भव हुन पुग्यो। यही अनुशासनमा बाँधिएको शब्द युक्त भाषा रहेकोले संस्कृत मोर्डन कम्प्युटर ईराको कम्प्युटर कोडिङको उत्कृष्ट विकल्प मद्येको एक भाषा हुन सक्यो।


, आ .... अं , अ:, , ,................................... क्ष, त्र, ज्ञ आदिमा समेटिएको अक्षर हरूमा अ र आ बिचमा अनन्त: को ग्याप रहने गर्दछ। हरेक अक्षरको हकमा यो नियम लागु हुन्छ। त्यो शब्द गणितको यथार्थता हो। चुरो यथार्थ के हो भने अ र आ दुवै अनन्त छन्। अ आफै आ भन्दा ठुलो अनन्त हो। सबै अनन्त भएता पनि अक्षर हरूमा सबै भन्दा सानो अनन्त ज्ञ हो।


ज्ञ अर्थात् ज्ञानले ठुलो अनन्त अ अर्थात् अज्ञान वाट हाम्रो ग्रहण क्षमता अनुरूपको ज्ञ अर्थात् ज्ञानको यात्रा सम्म हामीलाई पुर्‍याउने गर्दछ। ग्रहण क्षमता अनुरूपको ज्ञ अर्थात् ज्ञानको यात्रा पुरा गर्दा सम्म हामीमा अनन्त: अज्ञानता कायम नै रहन्छ।


जसलाई जब हामी आत्मा ज्ञान मार्फत महसुस गर्दछौ त्यसैलाई हामी मुक्ति प्राप्तिको बिन्दु मान्दछौ। जहाँ भनिएका यी सूचनाहरू थाहा हुनुको कुनै अर्थ हुँदैन। अन्तर आत्मा वाट अनुभूतिको र स्वीकार्यताको जरुरत पर्दछ।


अन्तर्मनको यसै यात्रा बिच एक बिन्दुमा हामी आफूले आफूलाई आफू हुनुमा धन्य महसुस गर्न पुग्दछौ। लोभ, मोह, अहङ्कार र शारीरिक सुख जस्ता विषयहरू आपसे आफ गौण रहेको अनुभूति गर्न थाल्दछौ। त्यसलाई ब्लिस अर्थात् चरम आनन्दको बिन्दु भनिन्छ।


ब्लिस अर्थात् चरम आनन्दको बिन्दुमा मानिस आफूमा जे छ त्यसैमा पूर्ण सन्तुष्ट रहने क्षमता र प्रवृत्तिको विकास भएको हुन्छ। उक्त बिन्दु पार गरी आफ्नो जीवन यापन गरेको मानिसले आध्यात्मिक जीवन बिताइरहेको भनिन्छ।


मातातिर्थ औँसीमा आमाको मुख हेर्ने र कुशे औँसीमा पिताको मुख हेर्ने वैदिक चलनको मूल सार आफ्ना माता पिता लाई आफूलाई अ अर्थात् अज्ञान वाट ज्ञ अर्थात् ज्ञान सम्मको यात्रा पुरा गर्न तपाइहरूको सहयोग पाएकोले मैले आत्मा ज्ञान प्राप्त गरी आध्यात्मिक जीवन जिउने अवसर मलाइ मिल्यो भनी धन्य हुन् वहाँहरूको दर्शन गर्ने दिन हो। जसले आध्यात्मिक जीवनमा जीवन भर रमाउन आफूलाई प्रेरित गर्ने गर्दछ। हामी आफूले आफ्नो जीवनमा आफूलाई जिउँदै अनन्त: स्वर्गको अनुभूति दिलाउन सक्षम हुन्छौ।


वैदिक इञ्जिनियरिङ्ग


राम-सेतु ३० किलोमिटर लामो र ३ किलोमिटर चौडाइको देखिन्छ। रामेश्वरम मन्दिरको रेकर्ड अनुसार रामेश्वरममा भगवान् रामले  शिव भगवानको प्रार्थना गरेर पुलको निर्माण कार्य सुरु गरेका थिए। राम सेतुमा भगवान् रामको समयमा ४८ किलोमिटर लामो पुल बनाइएको थियो।


एडमको पुल भनी चिनिने उक्त पुल १४८० को तीव्र साइक्लोन अर्थात् भुमरीले नबिगार्दा सम्म समुद्र सतह माथि तैरिएको थियो। मूल तत्त्व चुनढुङ्गाको शृङ्खला रहेर निर्मित उक्त पुलले भारतको तमिलनाडुको दक्षिण-पूर्वी तटमा रहेको पम्बन (Pamban Island) टापु (रामेश्वरम) र श्रीलङ्काको मन्नार (Mannar Island) द्विपलाई जोड्दथ्यो।


मममातुर्वरोदत्तोमन्दरेविश्वकर्मणा ।

औरसस्तस्यपुत्रोऽहंसदृशोविश्वकर्मणा।।

।। वाल्मिकी रामायण ६.२२.४९।।

 

नचाप्यहमनुक्तोवःप्रब्रूयामात्मनोगुणान् ।

समर्थश्चाप्यहंसेतुंकर्तुंवैवरुणालये।।

।। वाल्मिकी रामायण ६.२२.५०।।

स्मारितोऽस्म्यहमेतेनतत्त्वमहामहोदधिः ।

काममद्वैवबध्नन्तुसेतुंवानरपुङ्गवाः।।

।। वाल्मिकी रामायण ६.२२.५१।।


नल भन्दछन्: मन्दार पर्वतमा विश्वकर्माले मेरी आमालाई वरदान दिनु भएको थियो कि म विश्वकर्माको छोराको रूपमा उहाँ संग भएको निर्माण क्षमता र कौशलता सहित जन्मने छु। म तिनै विश्वकर्माको छोरा हुँ।


मैले सागरको बारेको सबै यथार्थहरू मेरो स्मरणमा सुरक्षित राखेको छु। म समुन्द्रको सत्यता अर्थात् गुण, दोष बारेमा पूर्ण रूपमा सचेत छु। तत्कालीन अवस्थाको जरुरत बारे ज्ञान नहुँदा सम्म मैले त्यस कार्यलाई कसरी सिद्ध गर्ने भनी बताउन व्यवहारिक थिएन। मलाई हाम्रो जरुरतको बारे अवगत भयो।


म वरुण गुणको (हल्का हावाको तैरने गुण) संयोजन मार्फत चट्टान निर्मित पुल बनाउन सक्दछु। मलाइ वानर सेनाका नेताहरूले पुल निर्माणका लागि आवश्यक पर्ने सामग्रीहरू जुटाउन र मैले बताए अनुरूप जोडनको लागि सहयोग गरिदिनुहोस्।


ततोविसृष्टारामेणसर्वतोहरियूथपाः ।

अभिपेतुर्महारण्यंहृष्टाश्शतसहस्रशः।।

।। वाल्मिकी रामायण ६.२२.५२।।


त्यसपछि रामको द्वारा निर्देशित वानर सेनाका नेताहरू आफ्ना सयौँ र हजारौँको विशाल सङ्ख्यामा वनमा खुसीसाथ आवश्यक पर्ने सामग्रीहरू जुटाउन फैलिए।


तेनगान्नगसङ्काशाश्शाखामृगगणर्षभाः ।

बभञ्जुःवानरास्तत्रप्रचकर्षुश्चसागरम् ।।

।। वाल्मिकी रामायण ६.२२.५३।।



बलिष्ठ र ठुला वानरहरूले पहाडको उत्खनन गर्दै रुखको जराहरू निकालेर जम्मा गरी त्यसलाई समुन्द्र तट सम्म ल्याउने कार्य गरियो।

तेसालैश्चाश्वकर्णैश्चधवैशैश्चवानराः ।

कुटजैरर्जुनैस्तालैस्तिलकैस्न्तिशैरपि ।।

।। वाल्मिकी रामायण ६.२२.५४।।

 

बिल्वकैस्सप्तपर्णैश्चकर्णिकारैश्चसुपुष्पितैः ।

चूतैश्चाशोकवृक्षैश्चसागरंसमपूरयन् ।।

।। वाल्मिकी रामायण ६.२२.५५।।


वानरहरूले जम्मा गरेको साल, अश्व कर्ण, धव, बाँस, कुटज, अर्जुन, पाल मिरा, तिलक, त्रिशिरा, वेल्व, सप्तपर्णीका रूख, कर्णिका फूल, आँप र अशोकका रूख आदिको संयोजन निर्मित संरचना समुन्द्रमा स्थापित गरियो।


समूलांश्चविमूलांश्चपादपान् हरिसत्तमाः ।

इन्द्रकेतूनिवोद्यम्यप्रजह्रूर्वानरास्तरून् ।।

।। वाल्मिकी रामायण ६.२२.५६।।


वानरहरूले कुनै जरा सहितका र केही जराविहीन रुखहरू मिलाएर इन्द्रको त्रिकोण आकारको इन्द्र ध्वज झन्डा जस्तै आकार बनाएर लाठीको सहायताले तिनीहरूबिच सन्तुलन कायम राखी ठुलो फराकिलो डुगाको रूपमा बुनेर समुद्रमा मिलाएर राखे।



ताळानदाडिमगुल्मांश्चनारिकेळन्विभीतकान् ।

वकुलान्कदिरान्निम्बान्समाजह्रुस्समन्ततः ।।

।। वाल्मिकी रामायण ६.२२.५७।।


पाल्मिरा, दाडिम, नरिवल, करिरा, बकुला र निम्बका रुखहरू बुनेर उनीहरूले समुन्द्रमा फराकिलो डुगा माथिको तह निर्माण गरे।


हस्तिमतान्महाकायाःपाषाणांश्चमहाबलाः।

पर्वतांश्चसमुत्पाट्ययन्स्सरैःपरिवहन्तिच ।।

।। वाल्मिकी रामायण ६.२२.५८।।


त्यसमाथि हात्ती जस्तै बलिया शरीर भएका वानरहरूले वरुण गुणका ढुङ्गाहरू पहाड र समुन्द्र वाट जम्मा गरेर निर्माण स्थलमा पुर्‍याए।

प्रक्षिप्यमाणैरचलैस्सहसाजलमुद्दृतम् ।

समुत्ससर्पआकाशमवासर्पत्ततस्ततः ।।

।। वाल्मिकी रामायण ६.२२.५९।।


जब वरुण गुणका चट्टान लाई तलको दुई तहमा निर्मित संरचना संग जोडियो तब सम्पूर्ण संरचना एकै चोटि पानी माथि तैरिएर उठ्यो र पानीको माथिल्लो तहमा फैलियो।

समुद्रंक्षोभयामासुर्वानराश्चस्समन्ततः।
सूत्राण्यन्येप्रगृह्णान्तिव्यायतंशतयोजनम् ।।

।। वाल्मिकी रामायण ६.२२.६०।।


समुन्द्रमा यसरी तैरिएर जताततै फैलिएको संरचनाहरूलाई सबै मिलेर सय योजना चौडाइको हुने गरी डोरीले मिहिन रूपमा बुनेर कसिलो पारि छोटो समतल तैरिने संरचना निर्माण सम्भव बन्यो।


नलश्चक्रेमहासेतुंमध्येनदनदीपतेः।

सतदाक्रियतेसेतुर्वानरैर्घोरकर्मभिः।।

।। वाल्मिकी रामायण ६.२२.६१।।


यसरी इञ्जिनियरिङ्ग भएर ढुङ्गाको पुल बनाउने प्रविधिले सफलता पाए पश्चात् यही क्रमलाई पहिले बनेको संरचनामा त्यस्तै त्यसरी नै नयाँ छोटो छोटो भाग जोड्दै नियमित निर्माण कार्य अघि बढाउन नलले वानरहरू सँग मिलेर महासागरको बिचमा विशाल पुल निर्माण गर्ने कार्य सुरु गरे।

दण्डानन्येप्रगृह्णन्तिविचिन्वन्तितथापरे।।

।। वाल्मिकी रामायण ६.२२.६२।।

 

वानरैश्शतशस्तत्ररामस्याज्ञापुरस्सराः ।

मेघाभैःपर्वताग्रैश्चतृणैःकाष्ठैर्बबन्धिरे ।।

।। वाल्मिकी रामायण ६.२२.६३।।


प्रतिपादित मन्त्र अनुरूप कसैले लाठी, कोहीले काठ, कोहीले मूल संरचना आदि समातेर रामको आज्ञा अनुरूप कार्यमा (आफूलाई मानसिक र शारीरिक रूपमा तैयार गरी - तन्त्र) लामबद्ध सयौँ वानरहरूको रात दिनको सक्रिय सहभागीताकले पुल निर्माण (समुन्द्र पार गर्ने यन्त्र) कार्य सम्पन्न गरे।

 

यो कुरा जाग जाएरै हो कि पानीको भन्दा कम घनत्व भएको कुनै पनि ठोस पदार्थ  पानीमा तैरनेछ। आर्किमिडीज सिद्धान्तमा व्याख्या गरिए अनुसार हेर्दा डुङ्गाको आकारको भारी देखिने निश्चित तौल भएको भारी सामग्री समेत यदि त्यसको 

 

घनत्व  पानीको घनत्व भन्दा कम रहेछ भने  बोयन्सी (पानीले त्यसलाई माथि धकेल्ने चाप त्यसको तौल भन्दा कम भएमा) को कारणले तैरने गर्दछ। ज्वालामुखी विस्फोट हुने क्रममा  पृथ्वीको १६०० डिग्री सेल्सियसको तातो गर्भ वाट पृथ्वीको सतहको २५  डिग्री सेल्सियस  पग्लिएको तातो म्याग्मा  ग्यासहरू सँगै  उच्च प्रेसरमा आइपुग्दा पनि संग सम्पर्कमा आएर चिसो बनी लावा बन्ने क्रममा लावा हावाको थैलीले भरिन्छ र चिसो हुन्छ।


अत्यन्त तीव्र गतिमा उच्च प्रेसर वाट न्यून प्रेसरमा पुगी चिम्सिने क्रममा आफ्नो सम्पूर्ण भोल्युमको (आयतनको) ६४ देखि ८५% सम्म प्वाल युक्त कडा चट्टान बनेको यो लावाको प्युमिस (Pumice) यति हल्का हुन्छ कि यो अत्यन्त कडा तर हल्का ढुङ्गा बन्दछ। जुन अक्सर गरेर पानीमा तैरिन्छ।


ठुला ठुला हल्का प्युमिसको टुक्राहरूलाई एक आपसमा जोडेर फराकिलो बनाउने हो भने पानीमा तिरेको काठको डुङ्गामा हिँडेर पानीको सतह पार गरे जस्तै यसलाई अस्थायी पुलको रूपमा उपयोग गर्न सकिन्छ। लावाको प्युमिस यति कडा हुन्छ कि यो वर्षौँ वर्ष सम्म पानीमा तैरन्छ।


निकै लामो समयमा यसलाई पानीले भिजाए पछि जलमग्न बने पछि मात्र यो पानीमा डुब्दछ। यो सम्पूर्ण रूपमा खण्डित भएर पानीमा घुलिन हजारौँ हजार वर्ष लाग्न सक्छ।


लावाको प्युमिस जुन जुन स्थानमा ज्वालामुखी गयो त्यहाँ पाइन्छ।  पानीमा तैरने भएकोले यो खोला  नाला आदि मार्फत नदी हुँदै समुन्द्रमा पुग्दछ। समुन्द्रमा तैरिएर रहने यो ढुङ्गा समुन्द्र तट तथा ज्वालामुखी गएको स्थानमा भेटिन्छ। 


हाम्रो प्रकृतिमा जता ततै भेटिने प्युमिसको Pumice नाममा प्रख्यात प्राकृतिक रूपको "चट्टान"  बालुवा बन्ने सिलिका निर्मित ठोस बस्तु हो जुन ज्वालामुखी फुट्ने समय ठुलो धक्काका साथ पृथ्वीको सतहमा पृथ्वीको तातो गर्भ वाट आउँछ र त्यहाँको चिसो पनले हतार हतार सेलाउने क्रममा परम्परागत रूपमा पानीमा तैरने ढुङ्गाको रूपमा परिवर्तन हुन्छ।


प्युमिस (Pumice)  मुख्यतया सिलिकन डाइअक्साइड, केही एल्युमिनियम अक्साइड र ट्रेस मात्रामा अन्य अक्साइड हरू मिलेर बनेको ढुङ्गा हो।


राम सेतु बनाउने क्रममा सिमेन्ट विकसित भएको थिएन र त्यसको पानीमा तैरिने गुण पनि हुन्थेन।


त्यसैले तत्कालीन समयमा निर्माणको कम्पोजिट सामग्रीको संरचना बनाउने चलन थियो।


जसमा जडानको लागि धुलो पारिएको पोलिएको चुनढुङ्गा, चाकु, गाँजाको बोट, पराल, बाँस, ऊन, घाँस लगायत विभिन्न जडीबुटी, तेल, गेडागुडी आदिको प्रयोग हुने गर्दथ्यो।


राम सेतुको निर्माणमा त्यस्ता वातावरण मैत्री वैदिक उपायहरू समेत प्रयोग भएको देखिन्छ। तत्कालीन समयमा घर आदि निर्माण हुने वैदिक प्लास्टरको निर्माणमा लगभग ३० % गाईको गोबर, कागतीको रस, गौर गम, जिप्सम बालुवा, सिलिकन दाइ अक्साइड र अन्य हर्बल प्राकृतिक चोप, दुध, धुलो, रसायन सामग्रीहरू समावेश हुने गर्दथ्यो।


तत्कालीन समयमा पुल समुन्द्रमा हालिएकोले समुन्द्रको छालले तल, माथि, दायाँ, बायाँ सबै दिशामा लगातार पुललाई हाललाई दिने हुनाले पुल नबिग्रियोस् भनी निर्मित संरचना आफैमा सन्तुलित हुने गरी अङ्ग्रेजीको जेड अक्षरको आकारमा राम सेतुको पुल निर्माण भएको देखिन्छ।

 

जुन वैदिक कालिन ब्रिज इञ्जिनियरिङ्ग हो। यसरी तत्कालीन समयमा लामो पुल हाल्न सम्भव बनेको यथार्थ लाई हामीले नजर अन्दाज गर्नु हुँदैन।

 

वैदिक इनोभेसन।


वैदिक विद्याको (Vedic Knowhow) जगमा कसरी जन्मन्छ आधुनिक वैज्ञानिक इनोभेसनका (Scientific Innovation) अवधारणा ?


आयुर्वेदको सिद्धान्तमा भेटिने स्वस्थ व्यक्तिको परिभाषाले भन्दछ:

 

“समदोषः समाग्निश्च समधातु मलःक्रियाः। प्रसन्नात्मेन्द्रियमनः स्वस्थइतिअभिधीयते॥“


जसको अर्थ हुन्छ एक व्यक्ति जसको दोषहरू सन्तुलित छन्, जसको पाचन प्रक्रिया सन्तुलित छ, जसका तन्तुहरू सबल छन्, शरीरमा  उत्पन्न हुने विकारहरू विसर्जन प्रणाली सामान्य छन् तथा जसको इन्द्रियहरू तथा मनोविज्ञान (मन, चित्त, बुद्धि, अहङ्कार) आत्म केन्द्रित (आध्यात्मिक) रहन्छ उसलाई आनन्दले परिपूर्ण (Full  of  Bliss) स्वस्थ मानिस मानिन्छ।


आयुर्वेदको सिद्धान्तमा भएको स्वस्थ मानिसको अवधारणा लाई डब्ल्यूएचओले समेत स्विकार्न बाध्य छ। व्यक्तिको स्वस्थ अन्तर्गत डब्ल्यूएचओको मानसिक स्वास्थ्य अन्तर्गतको परिभाषा भन्दछ मानसिक रूपमा स्वास्थ्य  मानिसको अवस्था भनेको व्यक्तिको त्यो अवस्था हो जति बेला उसलाई आफ्नो क्षमता महसुस हुन्छ, विषय बस्तु बारे राम्रो जानकारी राख्न सक्ने, आफ्नो काम राम्रो संग गर्न सक्ने तथा आफ्ना जीवनको तनावहरूको सामना गर्दै  समुदायमा योगदान गर्न उसलाई सक्षम राख्ने अवस्थामा उसलाई राख्दछ।


हरेक व्यक्तिमा बलिष्ठ  तन (शरीर) उसलाई उपलब्ध मन्त्रको (मन = वैचारिक, त्र =उपयोग मार्फत लक्ष सम्पन्न गर्नु) सदुपयोग गर्ने क्षमता प्राप्तिको लागि अनिवार्य पूर्वाधार मध्येको सबै भन्दा महत्त्वपूर्ण पक्ष हो। शारीरिक बाहेक हामीलाई वैज्ञानिक रूपमा उपयोगी सिद्ध भएको शिल्प, कला, प्रविधिको आदिमा आधारित आफ्नो तन र मन् बाहेकको उपकरण समेत चाहिन्छ। जसलाई यन्त्र (यन = उपकरण, त्र = उपयोग मार्फत लक्ष सम्पन्न गर्नु) भनिन्छ।


यन्त्र र तन्त्र वेदको मन्त्रले देखाएको लक्ष प्राप्ति गर्ने उपाय हो। मन्त्र सैद्धान्तिक अवधारणा हो भने यन्त्र सैद्धान्तिक अवधारणा लाई व्यवहारमा उतार्ने विधि र प्रविधि हो। त्यसको लागि व्यक्तिको तन वा शरीर लाई समेत सक्रिय र बलशाली राख्नु जरुरी हुन्छ। त्यस प्रयोजनमा  तन्त्र विद्याको जरुरत हुन्छ। 


लगभग ६ देखि ८ औँ शताब्दी इस्वी देखि अस्तित्वमा रहेको शैव धर्म शास्त्रमा आधारित तान्त्रिक (तन्त्र : तन = शरीर, त्र = उपयोग मार्फत लक्ष सम्पन्न गर्नु) कुण्डलिनी एउटा जटिल अवधारणा हो जसले हाम्रो तनमा (शरीर) प्राकृतिक रूपमै रहेको अत्यन्त महत्त्वपूर्ण तर निष्क्रिय शक्तिलाई जनाउँछ।


त्यसलाई "उत्तेजित" वा सक्रिय गर्न सक्दा व्यक्ति आफू शारीरिक रूपमा बलियो बनेको रूपान्तरणात्मक अनुभवहरू प्राप्त गर्दछ। जुन मूलतः आन्तरिक कम्पन उत्पन्न गरी आफ्नो तनलाई बलिष्ठ गर्ने उपाय हो। 


शाब्दिक रूपमा संस्कृत शब्द ज्योतिषले "प्रकाश विज्ञान" भन्ने अर्थ दिन्छ। तारा र ग्रहहरू बाट आउने प्रकाशको विकिरण र तिनीहरू बिचको संयोजन आदिले व्यक्तिको स्वस्थ र कल्याणमा पुर्‍याउने प्रभाव बारे को प्रभाव बारे वैदिक ज्योतिष विज्ञानले कुरा गर्दछ। तारा र ग्रहहरूको गति र स्थानको आधारमा तिनीहरू बिचको प्रकाशको विकिरणको संयुक्त प्रभावको व्याख्या गर्दै ज्योतिष विज्ञानमा व्यवहारिक अनुमान गर्ने गरिन्छ। मानव शरीर पाँच तत्त्व मिलेर बनेको हुन्छ भन्ने आयुर्वेदको सिद्धान्तमा ज्योतिष विज्ञान आधारित छ।


वैदिक ज्योतिषले पन्च महाभूत भनिने ती पाँच तत्त्व निर्मित हुँदै गर्दा जन्मको समय र स्थानमा आधारित रहेर पाँच तत्त्व मद्ये कुन चाहिँ तत्त्व व्यक्तिको जीवनको शासक तत्त्व रहेर जन्मिएको छ त्यो यकिन गर्दछन्। त्यसैको आधारमा उनीहरूले मानिसको १२ राशि चिन्हहरू निर्माण गर्दछन्।


कुन व्यक्ति कुन राशिको हो त्यसको आधारमा उसको शासक तत्त्व यकिन हुन्छ। शासक तत्त्वले व्यक्तिमा विकास गर्ने गुणहरू प्रतिबिम्बित गरिदिन्छ। यकिन गर्ने गर्दछन्। व्यक्ति निश्चित उमेरमा रहँदा तारा र ग्रहहरूको गति र स्थान कहाँ थियो त्यस वारेको ज्ञानले प्रकाश विज्ञानले व्यक्तिमा पार्ने असर र त्यसको प्रभाव राशि चिन्ह अनुसार यकिन गर्न सकिन्छ। असर र त्यसको प्रभावको आधारमा त्यसले दिने फल निर्धारण गर्ने गरिन्छ। यसरी समग्र असर र प्राप्त फलको आधारले व्यक्तिको व्यक्तित्व, लक्षणहरू प्रतिबिम्बित गरिदिन्छ।


उदाहरणको लागी मेष र सिंह राशि दुवैको प्रमुख तत्त्व अग्नि (फायर) हो। यी व्यक्तिहरूको अग्नि (फायर) स्वभावमा व्यक्तिको निश्चित उमेरमा तारा र ग्रहहरूको गति र स्थान कहाँ रहेको थियो भन्ने आधारमा तिनीहरूको प्रकाशको विकिरणको संयुक्त प्रभाव त्यति बेला कस्तो रहेको थियो हेरिन्छ। व्यक्तिको भविष्य बताउन समेत उक्त समयमा तारा र ग्रहहरूको गति र स्थान अनुरूप प्रकाशको विकिरणको संयुक्त प्रभाव कस्तो रहने र त्यस प्रभावको निश्चित प्रमुख तत्त्व युक्त शरीर भएको व्यक्तिमा के असर गर्ने र के नतिजा आउने भन्ने कुरा मार्फत भविष्य वाणी तय हुन्छ। जस्तै मेष र सिंह राशिको अग्नि (फायर) तत्त्व संग त्यो प्रभावको अन्तरक्रियाको नतिजा अनुरूप जान्न मेष र सिंह राशिको व्यक्तिले जान्न चाहेको विषयको नतिजा यस्तो हुने छ भनी भविष्य वाणी गर्ने आधार ज्योतिषहरूलाई प्राप्त हुन्छ।


वैदिक ज्योतिषका अनुसार तौल बढ्ने र ग्रहहरूको प्रभाव बिचमा गहिरो सम्बन्ध छ। ग्रहहरूको प्रभावले व्यक्तिमा बोसो लाग्ने र अधिक तौल वृद्धि हुने गर्दछ। पाँचौँ स्थानमा रहेको निश्चित ग्रहको भूमिकाले व्यक्तिको तौल वृद्धिका साथै बाँझोपनको समेत पैदा गर्ने समस्या दिने गर्दछ। बृहस्पतिको प्रभाव मानव बौद्धिकता बुद्धिमा हुने गर्दछ। हाम्रो शरीरमा बोसो लाग्ने कार्यमा बृहस्पतिको प्रभावको भूमिका हुन्छ। पाँचौँ स्थानको बृहस्पति ग्रह वजन वृद्धिमा जिम्मेवार हुन्छ भने छैटौँ स्थानको बृहस्पतिको प्रभाव वजन घटाउन सहयोगी बन्दछ। बृहस्पतिको खराब स्थानको प्रभाव अधिक तौल, मोटोपन निम्त्याउन हर्मोन परिवर्तन मार्फत शरीरको मेटाबोलिजम लाई अनुभूति हुने गरी असर गर्दै अधिक भोजन ग्रहण गर्ने र व्यक्तिलाई अल्छी बनाउन भूमिका खेल्दछ।


चन्द्रमाको प्रभाव पनि चिल्लो बढाउन सहयोगी गर्छ। तर सकारात्मक रूपमा। किनकि  चन्द्रमाको प्रभावले विकसित गर्ने चिल्लो व्यक्ति लाई आकर्षक देखाउन भूमिका खेल्छ। व्यक्तिका परिपुष्ट गालाहरू मुलायम, नरम र चम्किलो छाला बनाएर थप आकर्षक र प्यारो बनाउने गर्दछन्। चन्द्रमा पहिलो, पाँचौँ र नवौँ स्थानमा रहँदा भने चन्द्रमाको नकारात्मक प्रभाव पर्दछ। हिँड्दा अलि ढिलो हिँड्ने, अल्छी पन बढाउने गर्दछ। अर्को तर्फ चन्द्रमा बलियो स्थानमा रहँदा मोटो भए पनि व्यक्तिले अधिक ऊर्जावान् र सक्रिय महसुस गर्दछ।


शरीरको मेटाबोलिज्म लाई असर गर्दै मोटोपना र अधिक तौल बढाउन जिम्मेवार रहेका ग्रहहरूको प्रतिकुल भूमिका न्यूनीकरणको लागि वजन घटाउने र जीवन स्वस्थ राख्ने केहि वैदिक ज्योतिषी उपायहरू यस प्रकारको छ।


हरेक ५ घण्टामा १ लिटर मनतातो पानी पिउने। बृहस्पतिलाई खराब बनाउन सक्ने पहेँलो नीलमणि रत्न नलगाउने। चन्द्रमा, शुक्र, बृहस्पति र मङ्गललाई सन्तुलित राख्न चिसो खानेकुरा नखाने।


बुध ग्रह लाई खुसी पार्न धेरै हरियो तरकारी अधिक खाने। शुक्र ग्रहलाई प्रसन्न पार्न अलिकति मेदोहर चूर्ण (गुगलु पाउडर) मनतातो पानीमा हालेर दिनको ३ पटक सेवन गर्ने।


बृहस्पतिको असर खराब गर्ने कुनै पनि प्रकारको सुनको गहना नलगाउने।

बृहस्पति बलवान गर्न सिल्भरको बेरुवा औँठी लगाउने।


गरिबलाई पहेँलो रङ्गको मिठाई दान गर्ने। हरेक खाना पछि ५  मिनेट "वज्रासन" मा बस्ने।


शरीरको वजन कम गर्न वैदिक मन्त्रमा मूलतः अग्नि गायत्री मन्त्र र दुर्गा मन्त्र जप गर्न सुझाइने गरिन्छ।

 

ऊँ महाज्वालाय विद्महे अग्नि मध्याय धीमहि |

तन्नो: अग्नि प्रचोदयात || अग्नि गायत्री मन्त्र ||


भावार्थ: ऊँ। मलाई महान् अग्निको ज्वालाको सान्निध्य ध्यान गर्न दिनुहोस्। हे अग्निको भगवान्, मलाई उच्च बुद्धिमत्ता  प्रदान गर्नुहोस्। हे तेजस्वी अग्निको भगवान् मेरो मनलाई ज्ञानको उज्यालो दिनुहोस्।


सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके ।

शरण्ये त्र्यम्बके गौरि नारायणि नमोऽस्तु ते ||

|| दुर्गा मन्त्र ||


भावार्थ: दुर्गा सारा संसारका जीवहरूको शुभ प्रदायक पवित्र र दैवी शक्ति  हुन्। उनी सम्पूर्ण चराचरहरूको उत्थानमा लाग्नेहरूको शुभ प्रदायक हुन्। उनको भूमिकामा तल्लीन रहेका (उनमा आत्मसमर्पण गरेका) हरूको उनले रक्षा गर्छिन्।

हिमाली राजाकी छोरी, त्रिलोककी माता गौरी माताको नामले समेत चिनिने दुर्गालाई मा बारम्बार नमन गर्दछु। पूजा  गर्दछु।

वैदिक अवधारणा अन्तर्गत पाचन क्रिया राम्रो राख्ने मन्त्र समेत उपलब्ध छ।


अगस्त्यं कुम्भकर्णं च शनिं च वडवानलम् ।

आहारपरिपाकार्थं स्मरेद् भीमं च पञ्चमम् ।।


भावार्थ: भोजन ग्रहण गरिसके पछि ग्रहण गरेको आहारको राम्रो संग पाचन होस् भन्नको लागि अगस्त्य, कुम्भकर्ण, शनि, बडवाग्नि (दावानल) र भीम गरी पाँच शक्तिको सदैव स्मरण गर्नु।

 

अङ्गारकमगस्तिं च पावकं सूर्यमश्विनौ ।

यश्चैतान् संस्मरेन्नित्यं भुक्तं तस्याशु जीर्यते ।।


भावार्थ: जो मानिसले खानको सन्दर्भमा मङ्गल, अगस्ति, अग्नि, सूर्य तथा अश्विनीकुमारको स्मरण गर्दछ उसले आफूले खाएको अन्न शीघ्र पचाउने तागत विकास गर्दछ।


माथि लेखिएको संस्कृत मन्त्रको नेपाली भाषामा गरिएको उल्था लाई शब्द कोषको शब्दार्थको ज्ञानको आधारमा प्राप्त हुने भाषाको ज्ञानले तथा अध्यात्म वा विद्याले तपाई हाम्रो जीवनमा यसलाई उपयोगी बनाउन सम्भव हुँदैन।


किनकि त्यो विद्याले हनुमान लाई "अलि ठुलो बाँदर" भन्ने मात्र उल्था गरिदिन्छ। जसले चिरञ्जीवी हनुमानको, कूटनीतिज्ञ हनुमानको, सैन्य कुशलता भएका हनुमानको तथा आयुर्वेद ज्ञाता हनुमानको समेत चरित्र बुझ्न समाजलाई सहयोग गर्दैन। बरु समाजमा यस्तो नचाहिने कुरो पनि गर्ने ? बाँदरले काहीँ उपचार गर्छ ? राजनीति गर्छ ? युद्ध लड्छ भन्ने प्रति प्रश्नको जन्म दिन्छ।

त्यस्तै वनार भनेको बाँदर भनिएको पनि होइन। '' अर्थात् वनमा बसोबास गर्ने 'नर' अर्थात् आदिम मानव भनिएको हो।


हाम्रा आजको पाराको सारतत्व बिर्सिएर हाम्रा विद्वान हरूबाट भएका वेदका ऋचा र मर्म बारेको व्याख्या सुनेर माथिको मन्त्र मार्फत न त वजन घट्ने छ न त पाचन प्रक्रिया नै घट्ने छ। 


यसको लागि उक्त मन्त्रमा भएको विज्ञान वा अविद्याको पक्ष जान्नु अनिवार्य छ। ऋचाले दिन खोजेको विद्याको सार बुझ्न जान्ने पर्ने प्रमुख आधारभूत अविद्या पक्षको ज्ञान हो। भौतिक पक्ष संग सम्बन्धित रहेको त्यो ज्ञान भौतिक विज्ञानको समझ वाट मात्र प्राप्त हुन्छ।


अविद्या पक्षको व्यवहारिक ज्ञानको डिकोडिङ्ग र अर्थ औषधि विज्ञानको ज्ञान र प्रविधिले प्रष्ट गरिदिने गर्दछ।


जब त्यो विधि र उपाय (मन्त्र) हामी उपयोग गर्न सक्दछौ तब हामीले आफ्नो शरीर (तन वा तन्त्र) लाई उपाय लगाएर (यन्त्र) ठिक गर्न सक्दछौ। यसरी सन्तुष्ट बनेको शरीर र मन अब बल्ल अर्थ पूर्ण अध्यात्म वा विद्या प्राप्त गर्न सक्षम बनाउन सक्छौ।


तिन तहमा हुने यही वेदको ज्ञानको डिकोडिङ्गले मार्फत हामीले वैदिक इनोभेसन के हो र विद्या के हो भन्ने बुझ्न सक्दछौ।


यस वाट वेद र विज्ञान कति बेस्सरी एक आपसमा टाँसिएर बसेको कुरो रहेछ भन्ने कुरो बुझ्न पनि हामीलाई सहज हुन्छ।