वैदिक परम्परामा नारी

वैदिक परम्परामा नारी नै अब्बल


परम्परागत वैदिक दर्शन अनुसार नारीहरू पूर्ण स्वतन्त्रता मात्र हैन, घर र समाजमा उच्च सम्मानको आदर्श पात्र रहने गरेको देखिन्छ। नारीको सम्मान र सुरक्षामा अत्यधिक संवेदनशील रहेको परम्परामा जहाँ महिलाको सम्मान गरिन्छ, त्यहाँ ईश्वरको बास हुने मान्यता समाजले बोकेको हुन्थ्यो। वैदिक परम्पराको मूल मर्मले आमामा सर्वोच्च बौद्धिकता रहनेहुँदा परिवारमा आमालाई नेता र बुवालाई शिक्षकको दर्जा दिएको भेटिन्छ । वैदिक लेखोटमा लेखिए अनुरूप सत्य ज्ञान सिकाउने पितारूपी शिक्षक पाठशालामा ज्ञान सिकाउने १० दक्ष प्रशिक्षक भन्दा बढी महत्वपूर्ण हुन्छन्। आमा त्यस्ता १० बुबाभन्दा बढी महत्वपूर्ण हुन्छिन्।


परिवारका हरेक सदस्यका लागि आफ्नो आमाभन्दा ठूलो गुरु अरू कोही हुन सक्दैन। आफ्नो पिता भन्दा ठूलो शिक्षक अर्को कोही बन्न सक्दैन । जुन परिवारमा नारीको कदर हुँदैन, नारीलाई शोकमा बाँच्न बाध्य पारिन्छ, त्यो परिवारको उन्नति सम्भव रहँदैन। परिवारभित्र अन्य सदस्यसरहकै कदर र सम्मान प्राप्त नारी सदस्यको सहभागिताले चरम दुःखको परिस्थितिबाट गुज्रिरहेको पारिवारिक दुःखको सामना गर्न अत्यन्त सहज र सम्भव बनाउँछ।


आधुनिक जैविक विज्ञानको हिसाबबाट हेर्दासमेत हरेक परिवारमा बालकको भविष्य बालक अस्तित्वमा आउँदाको विन्दु देखिको परिस्थितिले निर्धारण गर्छ । महिला गर्भवती भएको सोह्रौँ दिनआसपासमा एम्ब्रोइनिक तन्तुबाट न्युरल प्लेट बनी मानिसको स्नायु प्रणाली विकास हुन थालेकोभेटिने गरेको बताउँछ न्युरो–साइन्स। त्यसको दुई–चार दिनभित्रै न्युरल ग्रोभको स्पष्टस्केच विकास हुँदै एक्काइसौँ दिन पुग्दानपुग्दा न्युरल ग्रोभ न्युरल प्लेटसँग जोडिँदैन्युरल ट्युब बनिसक्छ । न्युरल ट्युबको अगाडिको भागबाट टाउकोमा हुने अगाडिको, बीचको र पछाडिको मस्तिष्क बन्छ भने बाँकी मेरुदण्डभित्रको स्पिन कर्ड बन्ने गर्छ। मात्र सात हप्ता पुग्दा न पुग्दा मस्तिष्कको तिनै भागको तीव्र विभाजन हुने क्रम सुरु हुने र सशक्त स्नायु प्रणालीको विस्तारको अभियान सुरु हुने गर्छ ।


महिला गर्भवती हुनुअगाडि गर्भाशयमा रहेको डिम्बको स्वस्थ (मदर जिनेटिक कोड), पुरुष वीर्यको तन्दुरुस्ती (फादरजिनेटिक कोड), गर्भधारण हुने क्रमको महिला – पुरुषको मनोवैज्ञानिक हालत, गर्भवती हुँदै गरेकी महिलाको शारीरिक र मानसिक स्वास्थ्य अवस्था आदिले गर्भधारण पछि बसेको गर्भको हराभरापनलाई प्रभावित गर्छ। गर्भवती बनिसकेकी महिलाको कोखमा रहेको गर्भको सन्तुलित र सुरक्षित विकासमा भने गर्भवती महिलाले लिने चिन्ता, श्वास प्रश्वास, पानी, खाना, जीवन पद्धति, वरिपरिको वातावरण र त्यसले पु¥याएको मानसिक र शारीरिक स्वास्थ्य तथा तन्दुरुस्तीमा निर्भरगर्छ ।


एक अनुमानमा बालबालिकामा स्नायु प्रणाली विकास हुने क्रममा प्रत्येक मिनेट कम्तीमा दुईलाख ५० हजार न्युरोनको कोषिका (250,000 neurons per minute) बन्ने गर्छ । बच्चा जन्मेको दुई वर्षसम्म यो तीव्र विकास क्रम जारी रहन्छ। यही दुई वर्ष भित्र मानिसको जीवनभर हुने दिमागको वृद्धिको ८० प्रतिशत वृद्धि हुने गर्छ । प्रत्येक सेकेन्ड सेकेन्डमा बन्ने न्युरोनको स्वस्थ र तन्दुरुस्ती त्यो न्युरोन विभाजन भएर बन्ने अन्य न्युरोनको सुरक्षित भविष्यको निर्णायक हुने गर्छ। बच्चाको दिमागको ८० प्रतिशत सम्मको वृद्धिको समयमा बुवा, परिवारको सहयोगमा आमाको भूमिका अत्यन्त धेरै रहने गर्छ। औपचारिक विद्यालय जानुअघि प्रोग्रामिङ भइसक्ने अत्यन्त धेरै विषयवस्तु पारिवारिक वातावरणमै सम्पन्न हुन्छ। औपचारिक शिक्षाको समयमा समेत परिवारको प्रभावले बच्चाको मनोवैज्ञानिक र शारीरिक वृद्धिमा महत्वपूर्ण रहने हुँदा वैदिक निचोडलाई आधुनिक विज्ञानको अवधारणाले सहजै पुष्टि गरेको भेटिन्छ।


नारी र पुरुष बीचको वैवाहिक अनुकूलताको सम्बन्धमा मुख्य दुई तत्व प्रमुख रहन्छन्। त्यो हो शारीरिक परिपक्वता र मानसिक परिपक्वता। एक नारीले पुरुषले भन्दा कलिलो उमेरमा शारीरिकर मानसिक परिपक्वता प्राप्त गर्ने गर्छिन् । तीन वर्षकी एउटी बच्ची सँग उही उमेरको केटो भन्दा अधिक उन्नत भाषिक र मौखिक सञ्चार कौशल विकास भएको हुन्छ। त्यो उमेरको केटा भन्दा केटी आफ्नो आमा मा निर्भरता धेरै कम भएको भेटिन्छ। छोरीहरू छोरा भन्दा धेरै सजिलो, आत्मविश्वास र इच्छुकताका साथ प्रि-प्राइमरी स्कुलमा पढ्न जान र आफ्नो भूमिका देखाउन सक्षम र तयार बनेको भेटिन्छ । १२ देखि १४ वर्षको उमेरमा छोरीमा महिनावारी सुरु हुन्छ वा उनको यौवनावस्था सुरु हुने गर्छ । छोरा भने १४ देखि १७ वर्षमा यौवना वस्थामा पुगेको भेटिन्छ । टिनएजमा प्रवेश गरेका छोरा मानिसले भन्दा पहिले छोरी मानिसले विपरीत लिंगबारे सहज ज्ञान प्राप्त गरेको भेटिन्छ ।


शरीरका विशेष गरी छाला मुनि रहने कनेक्टिभ टिस्यु, रगतर लिम्फका नसा, स्नायु, फोक्सो तथा आन्द्रामा समेत प्रतिरक्षाको भूमिका खेल्ने विशेष प्रकारको सेतो रक्तकोष हुने गर्छ। जसलाई मास्ट सेल भनिन्छ । संक्रमणका बेला उक्त स्थानमा रासायनिक ‘अलार्महरू’ जस्तै हिस्टामाइन आदि निकालेर प्रतिरक्षा प्रणालीका अन्य प्रमुख खेलाडीलाई समेत ल्याएर मास्टसेलले संयुक्त रूपमा हानिकारक जीवाणु विरुद्ध लड्ने र घाउ समेत निको पार्ने कार्य सम्पन्न गर्छ। नारीमा रोग तथा एलर्जी प्रतिरोधी हिस्टामाइन, सेरोटोनिनर प्रोटिएज जस्ता पदार्थ बनाउने मास्ट सेलहरूको निर्माण तथा भण्डारण पुरुषकामा भन्दा अत्यन्त धेरै हुने गर्छ ।


आइमाई र पुरुषमा सेक्स क्रोमोजोम जिनको अपवाद बाहेक मास्ट सेलहरूको जिन समान प्रकृतिको रहने भए तापनि मास्ट सेलको जिनले खेल्ने गतिविधिमा भने नितान्त फरक गुण भेटिएको छ । अनुसन्धानमा नारीको मास्ट सेलमा पुरुषकोमा भन्दा चार हजार भन्दा धेरै सक्रिय जिन भेटिएको छ । जसले गर्दा नारीमा पुरुषको भन्दा धेरै रोग प्रतिरोधी क्षमता रहने गर्छ। ठूलो संख्यामा सक्रिय मास्ट कोषिकाहरूका कारण हानिकारक जीवाणुको संक्रमण तुरुन्त निष्क्रिय गर्न सकिने हुँदा त्यसले निम्त्याउने सहायक असरलाई समेत न्यून गर्न सकिने हुँदा आइमाईको प्रतिरक्षा प्रणालीहरू धेरै प्रभावकारी भेटिन्छ । मास्ट सेलको प्रतिरक्षा प्रणालीले क्यान्सर जस्ता कोषहरूको वृद्धिलाई समेत रोक्न महत्वपूर्ण भूमिका खेल्ने हुँदा पुरुषहरूको क्यान्सरबाट हुने मृत्युको दर नारीको भन्दा उच्च हुने, नारीहरू पुरुष भन्दा लामो उमेर बाँच्नु आदिको प्रमुख कारण हुन सक्छ ।

२१ वर्ष पुग्दै गर्दा एक युवतीमा संसार र आफ्नो वरिपरिको वातावरण, समाज र मानिसलाई अवलोकन गरी सहजज्ञान विकास गरिसकेको भेटिएको हुन्छ । सामाजिक न्याय, आफ्नो जीवन र आफैँमा आश्रित वा सम्बन्धित व्यक्ति तर्फ आफ्नो उत्तरदायित्व, आफ्ना आवश्यकता, चाहना, लक्ष्य, महत्वाकांक्षा आदिका बारेमा स्पष्ट विचार विकास गरिसकेको भेटिन्छ। अर्कोतर्फ २१ वर्षसम्म पनि छोरो मान्छे धेरै बच्चा जस्तो बानी नगएको र लापरबाह भेटिनु, हरेक चिजलाई हल्कासँग लिने, प्रतिबद्धता र जिम्मेवारी लिनबाट डराउने आदि हुनु सामान्य रहन्छ। उसको प्रतिबद्धता, जिम्मेवारी र प्रतिबद्ध विनाको बेलगाम अविवाहित जीवन पद्धति तर्फ धेरै आकर्षक रहेको भेटिन्छ। लगभग २६ वर्षको उमेरमा एक पुरुषले अनुशासित, पारिवारिक, जीवनका लागि आवश्यक मानसिक परिपक्वताको स्तर हासिल गरेको भेटिन्छ। २६ वर्षको उमेर पार गर्दै गर्दाको अवस्थामा मात्र एक मायालु पत्नीको प्रेम, स्नेह र पारिवारिक बन्धन शारीरिक सौन्दर्य र तृप्तिभन्दा अत्यन्त धेरै मूल्यवान् र अर्थपूर्ण रहन्छ भन्ने पुरुषले अनुभूति ग्रहण गरेको देखिन्छ ।


नारीको जिनमा माताबाट प्राप्त X र पिताबाट प्राप्त X समेत गरी XX क्रोमोजोम रहन्छ। पुरुषको जिनमा भने माता बाट X र पिताबाट Y पाएर XY क्रोमोजोम रहन्छ । नारीको शरीर संरचनागत रूपमा नै माइक्रोबियल संक्रमण विरुद्ध, आक्रमणकारी रोग विरुद्ध बलिष्ठ प्रतिरक्षा क्षमतायुक्त बन्छ । नारीको रगतमा धेरै एन्टिबडी रहने हुँदा धेरै खोपमा प्रतिकूल प्रतिक्रिया समेत देखिन्छ । नारीको यौन हर्मोन एस्ट्रोजिनले प्रतिरक्षा प्रणालीलाई सक्रिय पार्न सहयोग गर्छ। जबकि पुरुषको यौन हर्मोन टेस्टोस्टेरोनले शरीरको प्रतिरक्षा प्रणालीलाई दबाउने काम गर्छ ।


Y क्रोमोजोममा लगभग केवल ५०  देखि २०० जीनहरू रहन्छन्। तर Y क्रोमोजोममा लगभग १,०००  देखि १,५००  जीनहरू रहने गर्छन्। धेरै जिनले धेरै काम गर्ने गर्छ । X क्रोमोजोममा जिनहरू एकातर्फ मस्तिष्कको निर्माणमा भूमिका खेल्छन् भने अर्कातर्फ प्रतिरक्षा प्रणाली बनाउनमा सहयोग पु¥याउँछ । पुरुषमा X क्रोमोजोम महिलाको भन्दा आधा मात्ररहन्छ । आधा Y क्रोमोजोम रहन्छ । Y क्रोमोजोमले सामान्य प्रकृतिका कार्य जस्तै क्यान्सरको वृद्धिलाई रोक्ने, धमनीहरू लाई सफा गर्ने, धमनीमा चिल्लो आदिका कारण बन्द हुनबाट रोक्ने काम गर्छ। पुरुषको उमेर बढ्दै जाँदा Y क्रोमोजोम निष्क्रिय हुने समेत कारणबाट नारीको भन्दा पुरुषको उमेर कम हुने अनुमान गरिन्छ। नारीमा हुने सुझबुझपन, धैर्य, परिपक्वता र सहनशीलतामा उनको शरीरको संरचनाको निकै ठूलो देन रहेको भेटिन्छ ।


शारीरिक परिपक्वताको दृष्टिकोणबाट एक नारीले ३५ वर्ष पुग्दा बढीमा दोस्रो अन्तिम बच्चाको आमा बनिसक्नु उत्तम देखिन्छ । किनकि ३५ वर्ष हुनु भन्दा पहिले नारीमा सक्रिय यौन सम्बन्धमा चासो रहन्छ। ३५ वर्षपछि नारीले यौन सक्रियतामा बिस्तारै कमी आउँदै गरेको महसुस गर्छिन्। यौन सक्रियता घट्दै जाँदा ४५ देखि ५० वर्षको हुँदा नारीमा रजस्वला बन्द हुन जान्छ। रजनिवृत्ति पश्चात् नारीमा यौन हर्मोन एस्ट्रोजिनको मात्रा घट्दै जान थाल्छ। जसले गर्दा एकातर्फ कामइच्छा घट्ने, योनि सुक्खा हुने, शरीरमा तातोपन, चमक घट्ने, चिन्ता बढ्ने, तौल बढ्ने र निद्रा नलाग्ने जस्ता समस्याले नारीमा यौन मुडलाई कम गराउने गर्छ। व्यावहारिक यौन सक्रियता धेरै गुमेको भेटिन्छ। अर्कातर्फ पुरुषको शारीरिक संरचनाले करिब ४० वर्षको उमेरमा पुग्दै गर्दा फेरि नयाँ यौन जोस र चाहना विकसित गराउँछ। ६० वर्षको उमेर हुँदासम्म पुरुषमा सन्तान वृद्धिको खुबी सहितको यौन सक्रियता रहने गरेको भेटिन्छ ।


मानसिक परिपक्वताको हिसाबमा एक नारी उनी भन्दा लगभग आठ वर्ष जेठो पुरुषको स्तरको परिपक्वतामा पुगेको भेटिन्छ। शारीरिक परिपक्वताको हिसाबमा पनि कम्तीमा आफू भन्दा चार वर्ष जेठो पुरुषको स्तरमा देखिन्छिन्। विवाह समान मानसिक र शारीरिक परिपक्वताको स्तरमा रहेका नारी र पुरुषको समायोजन रहेकाले एक नारीले आफू भन्दा चार देखि आठ वर्ष जेठो पुरुष चुन्नु उपयुक्त देखिन्छ। वैदिक परम्परामा आमामा सर्वोच्च बौद्धिकता रहने र परिवारमा उनको भूमिका एक नेताका रूपमा रहने हुँदा शारीरिक रूपमा दक्ष रहेको भेटिएमा आफूभन्दा कम उमेरको पुरुषसँग विवाह गर्न खासै आपत्ति भने  रहन्न।



हाल सम्म यकिन भएको पुरुषको आधारभूत मनोवैज्ञानिक तथ्यले पुरुष आफूमा विपरीत लिंगीमा भन्दा शारीरिक र मानसिक श्रेष्ठता नरहँदा प्रायः खिन्न बन्छन्। एक लोग्ने मान्छेको भित्री मनमा आफूलाई आफ्नी श्रीमतीले एक समान साझेदार भन्दा बढी योग्य र आदरका भावले व्यवहार गरून् भन्नेअपेक्षा रहने गरेको भेटिन्छ। अर्का तर्फ आफू भन्दा धेरै उमेरको पतितर्फ महिलाको भित्री मन बाटै बढी आदर भाव पैदा हुने गरेको देखिन्छ। यस्ता मनोवैज्ञानिक कारणलाई समेत विशेषध्यान दिएर नारीहरूलाई आफूभन्दा चार–पाँच वर्ष जेठो पुरुष लोग्नेका रूपमा रोज्न सल्लाह दिने गरिएको बुझिन्छ ।

 

तिम्रो पोइ हुन पाऊँ


विवाहको उमेरमा पुगेकी तरुणी युवतीमा विवाह गर्ने अभिलाषा पैदा हुनु स्वाभाविकै हो। विवाह गर्ने सोच बनाएकी युवतीले आफ्नो मनले खाएको तरुनो भेट्दा उक्त तन्देरीसँग लगनगाँठोमा बाँधिने रहर विकास हुनु झन् स्वाभाविक मान्नु पर्छ । युवतीले भेटेको तन्देरी पनि युवतीले इच्छा गरे अनुरूप उनैसँग विवाह गरी घरजम गर्न पाए धन्य हुने थिए भन्ने सोचाइ पुगे भने त्यो अवस्थालाई मांगलिकता वा शुभलाभको अवस्था ठानिन्छ। शुभलाभको अवस्थामा एकको अर्को प्रति सम्मान र समर्पण भाव पैदा हुने हुँदा आफ्नो इच्छा अनुरूप एक तरुनी महिलाले तन्देरी पुरुषसँग विवाह बन्धनमा बाँधिन निश्चय गर्ने शुभ साइत जुरेको मानिनु पर्छ । युवतीले आफूले मन पराएको युवासँग विवाह बन्धनमा बाँधिने निश्चयमा पुगेको आफ्नो माता पिता, परिवार र आफन्तलाई जानकारी दिन स्वयंवर मतलब आफूले आफ्ना लागि आफैँ जीवन साथी चुन्ने औपचारिक कार्यक्रम गरिन्छ ।


स्वयंवर अगाडि महिलाको छनोटको भाग्यमानी पुरुष को रहेछ भनी स्वयम् तरुनी युवतीका मातापिता, नजिकका आफन्त र साथीभाइ समेतमा गोप्य रहने हाम्रो परम्परागत चलन हो । विवाह स्वयंवर पश्चात् समाजलाई साथी राखी उमेर पुगेका केटाकेटीले आफू दुवै एक अर्काको राजी खुसीले संयुक्त जीवन जिउने निश्चय गरेको भन्दै औपचारिक सम्झौतामा बाँधिने परम्परागत शुभकार्य हो। विवाहको क्षणबाट उमेर पुगेका केटाकेटी दुवैलाई आफूलाई चित्त बुझेको र आफैँले चुनेको जीवन साथी सँग संयुक्त जीवनयाँपन गर्न पारिवारिक, सामाजिक र कानुनी स्वीकार्यता र मान्यता प्राप्त भएको ठानिन्छ ।

तरुणी शब्दको अर्थ नवयुवती, तरुनी वा पठ्ठी भन्ने हुन्छ। तरुनो शब्दले तरुण वा जवान वा तन्नेरी भन्ने जनाउँछ। तरुणी वा तरुनो शब्द उमेर समूह भन्दा पनि शारीरिक, मनोवैज्ञानिक र यौनिक सबलताको अर्थमा बुझ्ने गरिन्छ। पुरुष शब्दले सामान्यतः लोग्ने मान्छे भन्ने बुझिने भए तापनि यसको चुरो अर्थ मानव जाति भन्ने लाग्छ। जुन भाले वा पोथी जुनसुकै लिंगको हुन सक्छ। विवाहका लागि सोच विचार गर्दै गर्दाको अवस्थामा वैवाहिक बन्धनमा बाँधिने निश्चय गर्ने जोडीका दुवै सदस्य मनोवैज्ञानिक र शारीरिक हिसाबमा वीर, आँटी तथा पुरुषार्थ पनको गुण र विशेषता युक्त चरणमा रहेको परिकल्पना गरिएको देखिन्छ। जहाँ पुरुषार्थ शब्दले सकारात्मक मानव ऊर्जा इंगित गर्छ।


वेदले विवाहलाई सुसंस्कृत मानव वंश सुचारु गर्ने सहयोग पु¥याउने मानव धर्म मान्छ। संस्कृतमा धर्मको अर्थ सद्भाव, स्थिरता, स्व-अनुशासन र लोक कल्याणमा सहयोग पु¥याउने महत्वपूर्ण गतिविधि भन्ने लाग्छ। सारमा विवाह लोक कल्याणकारी, राम्ररी संस्कार गरिएको शिक्षा दीक्षा, नैतिक–मर्यादा, सत्संग आदि प्राप्त सुसभ्य मानव जातिको नियमितता गर्न सहयोग पु¥याउने शुभ लगन हो। संस्कृतमा श्रीमती लाई सह-धारिणी शब्द दिइएको छ । सहधारिणीको अर्थ हो श्रीमान्  को समान हैसियतमा रहेकी धर्मधारा। धर्मधाराको अर्थ श्रीमान्  लाई सही मार्गमा हिँडाउने तागत राख्ने जीवन साथी । फलित ज्योतिष अनुसार अशुभ तथा अनिष्टकारी मानिने नवग्रह मध्ये सातौँ ग्रह हो शनि।


शनि सूर्य र पत्नी छायाको पुत्र ठानिन्छ। सूर्य लगातार सकारात्मक ऊर्जा उत्सर्जन गरिरहँदा सूर्यको निकै परको दूरीमा रहने, सूर्यको विपरीत गुण हुने शनि आफ्नै माता पिताको सकारात्मक ऊर्जाको अवशोषण गर्ने र नकारात्मक चेतनाको विस्तार गरिदिने चरित्रको मानिन्छ। संसारको हरेक प्रकारको दुर्गुण र दुस्मनीलाई जित्न सक्ने तागत माया, दया र करुणामा मात्र रहने गर्छ। हरेक स्त्री जाति शरीरको संरचनाको हिसाबबाट नै माया, दयार करुणाको खानी नै रहन्छिन्। उनमा रहेको सहनशीलता र हरेक हन्डर टक्कर विरुद्धको तागतिलो प्रतिरोधी क्षमताले उनीसँग शनि ग्रहको नकारात्मक पक्षलाई समेत शुभ गर्ने क्षमता ‘शुभाशनी’ रहन्छ। फलतः परिवार र समाजमा एकताको ‘सुवासना’ तथा सबै आ–आफ्नो स्थानमा आफ्नै परिधिमा राजी खुसी रहने ‘शुभ–आसन’ पैदा गर्न सम्भव बन्छ। शुभाशनी युक्त सुवासनी – सुभासनी स्वास्नीका रूपमा पुजिञ्छिन्।


हाम्रो परम्परामा विवाहको सबैभन्दा पहिलो साक्षी आगो राखी सामान्यतः वेदको मन्त्र उच्चारण गरी विवाह सम्पन्न हुन्छ। जहाँ यज्ञमा हुने आगो एक पवित्र सार्वभौम ऊर्जाको प्रतिमूर्तिको प्रतीक हो। हाम्रो परम्परा अनुरूप स्वविवेकले, आफ्नै चाहनाले, कसैको करकाप विना, कुनै लोभमा नपरी, पवित्र मनले जीवन भर समान हैसियतर सम्मानमा रहने सर्तमा मात्र विवाह गर्ने छुट मानव जातिलाई रहन्छ। अन्यथा आजीवन ब्रह्मचारीको जीवन चुन्ने विकल्प रोज्न सुझाइन्छ ।


एक अर्कोको सहयात्रा गर्ने कसम खाँदै जीव भर अनिवार्य समान हैसियत र सम्मानमा रहने अनुबन्ध रहने सर्तमा शुभ विवाहको पवित्र सम्झौतामा वा लगन गाँठोमा कसिन सम्भव ठानिन्छ । विवाहको पहिलो साक्षी जग्गेको आगो छान्नुको अर्थ आफूले भर्खरै गरेको औपचारिक वाचा, सम्झौता र प्रणको व्यावहारिक अनुभूति दिलाउने मनोवैज्ञानिक काइदा नै हो।


विवाहको प्रण र सम्झौताको मूल मर्मले हरेक विवाहित जोडीले गृहस्थाश्रमको नियम अनुसार आफ्नो घर चलाउन पर्ने बाध्यकारी व्यवस्था गरेको छ। उक्त बाध्यात्मक व्यवस्थाका कारण विवाहलाई विवाह बन्धनमा बाँधिनु भनिएको हो । गृहस्थाश्रमका लागि विवाहित जोडीले एकापसमा अनिवार्य सहिष्णुता, आत्म त्याग, उपकारी मनोवृत्ति जस्ता गुणयुक्त बन्नु जरुरी हुन्छ । विवाहले दुवैलाई आफ्नो जीवन साथी प्रति उच्च सम्मान गर्न, पूर्ण समर्पित रहेर सहयोग गर्ने चरित्रको निर्माण गर्न र त्यसलाई घर परिवारको संस्कारका रूपमा विकास गर्न सहयोग पु¥याउँछ। जुन चरित्र हरेक मानव भ्रूणमा रहँदा विकसित बनिसकेको हुन्छ। मात्र उक्त विकसित चरित्रलाई व्यवहारमा उतार्न विवाह बन्धनले प्रभावशाली भूमिका खेल्ने गर्छ ।


हाम्रो समाजको सचेत भनिएको वर्गले जब सामाजिक हित भन्दा आफ्नो निजी स्वार्थलाई उच्च स्थानमा राख्न सुरु ग¥यो तब हाम्रा परम्परागत उत्कृष्ट चलन, मान्यता र मूल्यलाई मानिसले आफूलाई जसरी सहज हुन्छ त्यसरी व्याख्या गर्ने धृष्टता गरेको भेटिन्छ । समयक्रममा मानिसका निजी स्वार्थहरू बिस्तारै समूहगत, धर्मगत, लिंगगत, जातिगत स्वार्थमा बदलियो । मानवता, इमान, जमान, व्यक्तिगत स्वच्छन्दता, सामाजिक न्याय सबै समूहगत मुनाफा, फाइदा, शक्तिप्राप्ति, वैभव प्राप्ति, सम्मान प्राप्ति आदिको निहित स्वार्थको चपेटामा पर्न गए।


गुटगत र पेसागत स्वार्थले जकडिएको समाजमा बदनियत पूर्ण रूपमा स्थापित चलन सामाजिक परम्परा, कानुन र धर्मको नाममा शोषण र उत्पीडनको मध्यम बने। विवाह पद्धति समेत त्यसको सिकार बन्यो। दुई आत्मीय मन स्वविवेकले मिलेर जीवन याँपन गर्ने जस्तो नितान्त निजी कार्य समेत आफन्त, समाज, पण्डित, नेतार शासक को श्री र संवृद्धि प्राप्तिका साधन बने। फगत सामाजिक, आर्थिक, मनोवैज्ञानिक, पारिवारिक, धर्मगत, जातगत लगायतका विभिन्न करकापमा सम्पन्न अत्यधिक विवाह विवाहकै विन्दुबाट एक पक्षले अर्को पक्षलाई राजी खुसीको ट्याग लगाइ दिएर बलात्कार गर्न स्वीकृति प्रदान गर्न योजना गरिएको कानुनी सामाजिक कार्यमा सीमित बनिदिन थाल्यो।


वेदका शब्दमा खेल्दै आफ्नो कलुषित नियत प्राप्ति गर्न ठूला ठूला धार्मिक गुरु कहलिएका अधर्मका महिषासुरहरूले अधार्मिक स्मृति छल पूर्ण लेखन मार्फत सफेद झुटलाई वैदिक कृतिका रूपमा समाजमा स्थापित गराएर हाम्रो निजी जीवन जिउने स्वच्छदता माथि समेत निर्मम बलात्कार गर्न पुगे । वेदको मर्मलाई नै उल्लंघन गर्दै नेपाली समाजमा विगतमा मूलतः आठ प्रकारका विकृत पूर्ण विवाह अस्तित्वमा देखिए। आज हुने विवाह समेत यिनै विकृतपूर्ण विवाहको गहिरो प्रभावबाट गुज्रिरहेको तपार्ईं हामीले अनुभूति गर्न सक्छौँ।


गुरुकुलमा स्नातक तह उत्तीर्ण गरी चार वेदको अध्ययन पूरा गरेको केटालाई केटीका आमाबुवाले बिहे गरी अन्माएर पठाउने विवाह लाई ब्रह्म विवाह भनियो। वेदको अध्ययन पूरा गरेको केटा प्रतिभाशाली हुने भन्दै छोरीको कन्यादान गर्ने विवाहको परम्परा भनियो। कन्या लाई गाईबस्तु जस्तो दान दिने विलासीको वस्तु ठान्ने नियत बोकेको समाजको बौद्धिक मानिने वर्गको स्वार्थ सिद्ध गर्न तिनै वर्गले धर्मको कलुषित व्याख्या गरी ब्रह्म विवाह उत्कृष्ट विवाह भन्ने धृष्टता गरियो। सूर्यको चन्द्रमासँग ब्रह्म विवाह भएको भन्ने भ्रम समेत तिनै वर्गबाट छरियो। जबकि वेदमा कन्यादान भन्ने आशय कतै प्रयोग भएको छैन। बरु कन्याको दान गर्न सक्ने हैसियत यो प्रकृतिमा कसैसँग रहँदैन भन्ने पक्षमा वेदले वकालत गर्छ।


सुन्दर कन्याका मातापिताले मन्दिरका पुजारी र पुरोहितलाई धन दौलत र सम्मान सहित सुम्पने विवाहलाई देव विवाह भनियो।

एक सामान्य परिवारमा खुसीको मौका होस् वा दुःखको, जुनसुकै कार्यमा पनि पुजारी र पुरोहितलाई धन दौलत सम्मान अनिवार्य मिल्ने सामाजिक रीतिको विकास गरियो। घरमा हुर्किएका सुन्दर बालिका समेत दानका लागि उनीहरू नै योग्यताको पहिलो सूचीमा पर्ने योग्य देव रहेको धारणा समाजको भित्री तह सम्म स्थापित गरियो।


राजाको वा तत्कालीन शासकको सुराकीको काम गर्ने यस्ता आफू देवको संरक्षण प्राप्त भनी समाजको सेवक र पथ प्रदर्शक भनी  दाबी गर्ने ब्रह्म-राक्षसहरू राजा महाराजा भगवान् विष्णुको असली रूप भन्दै समाजमा संगठित शोषण र उत्पीडनको सञ्जाल निर्माण गर्न सक्रिय भूमिकामा रहे। जुन वेदको अवधारणा विपरीतको पाखण्ड थियो। जसले वैदिक अवधारणा माथि नै ठुलो समुदायमा नकारात्मकता फैल्याउन भूमिका खेल्यो।


कुनै तपस्वी वा ऋषिले केटीका बाबु आमालाई एक वा दुई जोडी गाई वा गोरु तथा केही लुगा दिएर, उपहार दिएर केटीको बाबु आमाले गर्ने कन्या दान स्वीकार गर्ने विवाहलाई अर्श विवाह भनियो। अर्श विवाहमा दुलही अमूल्य हुने स्विकार्ने, दुलहीका रूपमा आफ्नी छोरी दिएर ऋषिको ‘गृहस्थ धर्म’ सफल पारिदिने व्यक्तिलाई कृतज्ञता स्वरूप उपहार दिने गरिए तापनि कन्याको आत्माधिकार, स्वतन्त्रता र महिला दानमा लिन दिन सकिने वस्तु होइनन् भन्ने धारणाको यो पद्धतिको विवाहले समेत उल्लंघन गरेको देखिन्छ।


विवाह जस्तो जबरजस्ती लादिएको रीति रिवाजको सन्दर्भमा कतिपय तपस्वी तथा ऋषि समेत भगवान् विष्णु देव कहलिने राजा–महाराजाका सुराकीका रूपमा गाउँगाउँमा आफूलाई देव दुत  घोषणा गर्दै पण्डित्याइँ र प्रवचन गर्ने उत्पीडक वर्गको संयन्त्रको स्थानीय क्षेत्रका मतियारको भूमिकामा उपस्थित रहने गरेको समेत देखिन्थ्यो।


समाजको बौद्धिक वर्ग नै कुनै न कुनै रूपमा मुलुकको शोषण मार्फत आफ्नो जीविका सहज गर्ने प्रवृत्ति नेपालमा हालसम्म निर्मूल हुन सकेको छैन।

धनी व्यक्तिको सम्पत्तिमा रजाइँ गरी छोरीले यस आरामको जीवन बिताउन सक्छिन् भन्ने लोभमा माता पिताले धनी केटालाई विवाह मार्फत मान सम्मान सहित दान दिने विवाह प्रजापत विवाह हो। यस्तो विवाहमा अर्काले जोडेको सम्पत्तिमा मोजमस्ती लिन सकिने र जीवन सुखी रहने नियत लुकेको हुन्छ। जुन न त वेदको नियमको अनुरूपको नै हो न उक्त प्रकारको विवाहले नारीको जीवन नारकीय हुनबाट रोक्न सक्ने कुनै आधार नै भेटिएको छ।


केटा र केटीबीच राजी खुसीले आफ्नै चाहना अनुरूप गरिने विवाह गन्धर्व विवाह हो। आज भोलिको प्रेम विवाह जस्तो विवाह हो गन्धर्व विवाह जहाँ स्वयंवर जस्ता कार्यक्रम हुन्थ्यो। तर, कलुषित कन्यादान भन्ने हुने गर्थेन। स्वयंवर पश्चात् हुने विवाहमा कन्यादान भन्ने कतै सुनिँदैनथ्यो। विवाह कार्यक्रम बीचमा कन्या दानको घुसाउन सक्दा विवाहमा थप आय गर्न सकिने रणनीति अन्तर्गत बीचमा पण्डितहरूले गन्धर्व विवाहमा समेत कन्यादान थपेको बुझिन्छ।

प्रेम विवाह नामकरण भएको गन्धर्व विवाहमा आज भोलि इन्गेजमेन्टको नाममा टिका टालो हुने र भागेर विवाह नहुने अवस्थामा कन्यादान हुने, दाइजो खोजिने कुप्रथा भित्रिएको भेटिन्छ।


केटीको रगतको नाता गाँसिएको आफन्तलाई मारी वा घाइते बनाएर जबर जस्ती उनका मातापिता बाट लुटी लगेर उनको कुमारीत्व नष्ट गरी गरिने विवाहलाई राक्षस विवाह भनियो। जुन पहिले पनि गैरकानुनी मानिन्थ्यो । तर, शक्ति र पहुँचमा रहेका, गुन्डागर्दीमा संलग्नबाट यस्तो दुष्कर्म पटक पटक हुने गरेको देखिन्थ्यो।


त्यस्तै केटीका माता पितालाई धन सम्पत्ति दिएर खरिद गरी हुने विवाहलाई असुर विवाह भनिन्थ्यो। सुतेको समयमा वा कुनै नशाको उन्मादमा रहँदा, मनोवैज्ञानिक हिप्नोटिजम गरी, मोहनी लगाई, मनोवैज्ञानिक समस्यामा रहँदा वा क्षणिक प्रभावमा पारेर करकापमा केटी मानिसको कुमारीत्व लुटी आफूसँग विवाह गर्न बाध्य पार्ने विवाहलाई पिचाश विवाह भनिन्थ्यो।


पीडित पक्षमा पुगेको अन्याय र अमानवीय व्यवहारका कारणबाट भन्दा चुरो कारणमा राक्षस विवाह, असुर विवाह र पिशाच विवाहमा पण्डित तथा पण्डितका रक्षक राजा–महाराजाको आम्दानीको स्रोत नहुने अवस्था रहने भएकाले गैरकानुनी भनिएको थियो। कतिपय धनी व्यक्ति, राजा महाराजाले यस्तो विवाह गर्दथे। पण्डित तथा राजा महाराजालाई उचित नजराना दिन सक्दा यस्ता विवाह पनि उनीहरूले अब उपरान्त कानुनी मानिने घोषणा गरिदिन्थे ।

संस्कृत भाषामा श्रीमान्लाई जनाउने विभिन्न शब्द छन्। जस्तैः पति, भर्त्ता, भर्त्तृ, स्वामी, स्वामिन्, वरः, वोढा, वोढृ, विवोढा, वरयिता,वरयितृ, कान्तः, परिणेता, परिणेतृ, परिणायकः, नाथः, इष्टः, दयितः, प्रियः, प्रियतमः,धवः, उपयन्ता, उपयन्तृ, परिग्रहीता, परिग्रहीतृ, क्षेत्रिकः, हृदयेशः, प्राणेशः, जीवितेशः, प्राणनाथः, प्राणाधिनाथः, वेत्ता, वेत्तृ आदि। त्यस्तै संस्कृतमा श्रीमतीलाई पनि धेरै शब्दबाट इंगित गरिन्छ। जस्तैः भार्य्या, वामाङ्गं, स्त्री, पत्नी, जाया, दारा, वधूः, बधूः, कलत्रं, गृहिणी, गेहिनी, पाणिगृहीता, सहधर्ममिमणी, प्रेष्ठा,वनिता, द्वितीया, सधर्ममिमणी, प्रेयसी, गृहं, अर्द्धाङ्गं, धूता, परिग्रहं, क्षेत्रं, दयिता, कान्ता, वल्लभा, प्रिया, प्रियतमा, रमणी, नायिका, प्राणेशा, प्राणसमा, प्राणसखी, विवाहिता आदि ।


हाम्रो आफ्नो परम्परागत रैथाने चलन चल्तीको जिब्रोमा बसेको मीठो भाषामा श्रीमान् लाई लोग्ने वा पोइ वा बुडो भन्ने गरिन्थ्यो। श्रीमतीलाई भने पत्नी, स्वास्नी वा बुढी। परिवारको छनौट बाट केटीले वरण गरेको पुरुष पति कहलिन्थे। केटीको आफ्नै छनोटको केटा भने पोइ कहलिन्थे । परिवारको छनोटका श्रीमान् परे वा केटीको रोजाइको परे भन्न नचाहँदा उनी लोग्ने कहलिन्थे। विवाह पश्चात् बच्चाबच्ची समेत जन्मिसकेको लोग्नेलाई भने बुढो भन्ने शब्द उपयोग हुन्थ्यो।

प्रजापत विवाह वा असुर विवाह भएका कन्याको कुनै मानव अधिकार नरहने हुँदा उनीहरूलाई अरबी भाषाबाट सापटी लिएको शब्द ‘महिला’ प्रयोग गरिन्थ्यो।


वेदको सार अनुरूप सम्पन्न गन्धर्व विवाह कानुनी थियो। स्वास्नी र पोइ राम्रो अर्थ दिने सम्मानित शब्द नै थिए। तर पनि गन्धर्व विवाहले पुजारी, पुरोहित र शासकलाई धनदौलत जोड्ने अवसरबाट विमुख पार्ने जोखिम रहेका ले विवाहित युवती र युवाले प्राप्त गर्न स्वास्नी र पोइ शब्द पुजारी, पुरोहित र शासकको हमेसा कटु आलोचना र निन्दाको शब्द बने । समाजले अन्ततः हो मा हो मिलायो।


यस्तो कहावत थियो कि केटा मानिस प्रायः सम्भोगका लागि प्रेमतर्फ आकर्षित बन्ने गर्छन्। केटी भने माया प्राप्तिका लागि सम्भोग तर्फ आकर्षित हुन्छिन्। हाम्रो मान्यतामा बिहे गर्ने उमेर पुगेको हरेक केटा मानिस हलक्क बढेको मस्त शरीरको जो सुकै युवती देख्दा आकर्षक हुने कमजोरी सहित जन्मेको प्रतीत हुन्थ्यो। त्यसैले विवाहमा केटाले मन पराएको केटी हो – हैन भन्दा पनि केटीको केटीले मन पराएको केटासँग विवाह भयो भएन भन्ने कुराको ठूलो अर्थ रहने गर्दथ्यो।


केटी स्वयंवरमा आफूले चुनेको केटाको श्रीमती बन्ने हुँदा स्वयंवर मार्फत बनेकी श्रीमतीलाई स्वास्नी भनिन्थ्यो। हक्की स्वभावको निडर तर ममतामयी, आफ्नो निर्णय आफैँ लिने चतुर केटी मान्छेलाई स्वास्नी मान्छे भनिन्थ्यो। नत्र आइमाईको संज्ञा पाउँथ्यो।

परिवारको छनोटको कन्यादान गरी दिइएकी श्रीमती पत्नी कहलिन्थिन्। झुक्याएर गरिएको वा लुटको विवाहको महिला दासी वा रखेल ठानिन्थिन्। स्वयंवर बाट चुनिएका वरले वेदको विधिपूर्वक बधुको हात औपचारिक रूपमा ग्रहण गर्ने पाणिग्रहण प्राप्त गृहिणीले मात्र स्वास्नीको दर्जा पाउँथिन्। त्यस्ता सौभाग्यशाली पुरुष ‘पोइ’ कहलिन्थे। पोइ सँग पोइको घर जाने कामलाई पोइला जाने भनिन्थ्यो। पोइलाई आफ्नै घरमा राख्दा श्रीमती लाई जोई भनिने र श्रीमान्  लाई जोइल गएको भनिन्थ्यो।


परिवारको छनोटको विवाहमा भने पतिसँग घरजम गर्न जाने कामलाई जन्मघर छोडेर कर्मघर घरजम गर्न गएको संज्ञा दिइन्थ्यो। पतिलाई आफ्नै घरमा राख्दा घरज्वाइँ बसेको भनिन्थ्यो।


धर्म वा संस्कारको नाममा वेदले स्वीकार्न नसक्ने दुराशय युक्त विवाहहरू लाई जानेर वा नजानेर नकार्न नसकी वा मौन स्वीकृतिमा पच्छाउँदै गर्दा हामी नेपाली समाजका निकै ठूलो तप्का आज नारी उत्पीडन र शोषण गर्ने प्रणालीको मौन संरक्षक बनिरहेका छौँ।

आफूबाट भइसकेका त्रुटिलाई विगतमा फर्केर सुधार्न सम्भव नहोला। तर, भविष्यमा यस्ता गल्ती अन्यत्र दोहरिन नदिन भूमिका खेल्न सकिन्छ । हालका लागि मैले भने एक प्रायश्चित गर्ने अठोट लिएको छु। आफ्नै कन्यादान मार्फत विवाह बन्धनमा बाँधिएको धर्मपत्नीसँग आफूलाई सकिन्छ आजैको मितिबाट सकिन्न अर्को जन्ममा आफूलाई पोइका रूपमा स्विकारिदिन अनुरोध गर्ने ।


मेरी प्रियतमा,

म तिम्रो पति, सम्भव हुन्छ भने आजैको मितिबाट हुँदैन भने अर्को जुनीमा तिम्रो पोइ हुन पाऊँ भन्ने ईश्वरसँग इच्छा जाहेर गर्न चाहन्छु । मेरो यो एकतर्फी अभिलाषा हुन सक्छ । तिम्रो सहमति बेगर मैले प्रकट गर्ने मागले तिम्रो अन्तरमनको स्वतन्त्रताको हिंसा गरिदिने छ। मानव अधिकार भन्दा ठूलो अन्तरमनबाट आफ्नो जीवन गन्तव्य आफ्नै इच्छा अनुरूप जिउन पाउने धर्माधिकार बृहत् रहन्छ।

हिंसाको माग लिएर ईश्वर सम्मुख पुग्ने मानवको इच्छा पूर्ति गर्ने अधिकार स्वयम् ईश्वर सँग समेत रहँदैन। प्रकृतिले तोकिदिएको अधिकार क्षेत्र अन्तर्गत हरेक हिंसा सजायको भागी हुनुपर्छ। तिमीलाई गुमाउन नपर्ने र सजायको भागी नबन्ने बाटो पकड्न मैले तिम्रो मन र मेरो मनबीचको एक साक्षात्कार भेटवार्ताको अपेक्षा गरेको छु । मेरो इच्छा ईश्वर सँग जाहेर गर्नु अघि तिमीसँग अनुरोध सहितको एक बिन्ती बिसाउने निश्चय गरेको छु।

मलाई आजैको मितिबाट तिम्रो पोइका रूपमा स्विकारिदिनू न है।

अर्को जुनीमा पनि तिमी मेरो स्वास्नी बन्दिनू नि है।

तिम्रो पोइ हुने मेरो इच्छा पूरा गरिदिनू न है।


आफैँलाई फर्केर हेर्दा


तपाईंले कहिल्यै तपाईंको शरीरको संरचना बारे गौर गरेर ख्याल नगर्नु भएको हुन सक्छ। गर्नु भएको भए पनि पुनरवलोकन नगरेको धेरै भएकाले यसको अत्यन्त सामान्य कुरा बिर्सि सक्नु भएको हुन सक्छ। पश्चिमा औषधी विज्ञानले मानव एनाटोमीको अध्ययन बाट मानिसको शरीरबारे अवधारणा बनाउने गरेको छ। पुरानो ग्रिक शब्द एनाटोमीको अर्थ हुन्छ ‘काट्नु’।


शरीरको संरचनालाई ससानो भागमा टुक्य्राएर अध्ययन गर्दा भेटिएको सत्यलाई सार तत्व सत्य मानी पश्चिमा औषधी विज्ञान अघि बढ्ने गर्छ। जस अनुसार मानिसको शरीरको सबैभन्दा जुझारु प्रणाली हो प्रतिरक्षा प्रणाली। अंग, तन्तु र कोषिकाहरूको संयुक्त संयोजनबाट शरीरलाई हानिकारक हुने ब्याक्टेरिया वा सम्बन्धित नभएको पदार्थबाट रक्षा गर्न काम प्रतिरक्षा प्रणालीले गर्छ ।


तपाईंको शरीरको आकार भने शरीरको कंकालले दिने गर्छ। कंकालको कडा तर लचिलो आसनले तपाईंलाई तपाईंको समग्र आकार दिलाउँछ। मांसपेशीलाई हड्डीसँग जकडिएर रहने स्थान उपलब्ध गराउँछ। शरीरका भित्री नरम अंगहरूलाई सुरक्षित राख्छ। कंकाल भित्रको मासीले निरन्तर नयाँ रक्तकोषहरूको निर्माण गर्छ। खोपडी, दिमाग र आँखा, कान, नाक र जिब्रोका लागि सुरक्षा कवच उपलब्ध गराउने घर शरीरको कंकाल हेर्दा एकल हड्डी जस्तो देखिए पनि वास्तवमा खप्पर एक्लै नजोडिएका २२ वटा हाडको संगठन हो। शिशुहरूमा झन्डै २७० हड्डी हुने गर्छन्। हड्डीहरू उमेर बढ्दै गर्दा कुनै एक अर्कासँग जोडिन्छ त दाँत लगायत पछि पलाउने पनि गर्छ। वयस्क बनि सक्दा मानिसमा लगभग २०६ हड्डी रहने गर्छन् ।


तपाईंको शरीरमा तीन सयभन्दा धेरै जोर्नी छन्। घाँटीमा हुने हाइओइड हड्डी (Hyoid Bone) बाहेक प्रत्येक हड्डी कम्तीमा अर्को एक हड्डीसँग जोडिएको हुन्छ । एउटा हड्डी अर्को हड्डीसँग जोडिने जोर्नीहरू तीन फरक प्रकारका हुने गर्छन् ।


पहिलोमा नसाले भरिएका जोर्नीमा हलचल नहुने स्थिर जोर्नीहरू हड्डीहरूलाई एकापसमा दरिलो रूपमा जोडी शरीरलाई सम्पूर्ण रूपमै सन्तुलन कायम राख्छ। जस्तै: जरासँग जोडिएको माथिल्ला र तल्ला दाँत, टिबिया र फिबुला जस्ता लामो हाड, खोपडीका हड्डीहरू आदि ।


दोस्रोमा कुरकुरे हड्डीमार्फत जोडिएर एकापसमा हल्का लचकता हुने जोर्नीहरू। हल्का लचिला जोर्नीहरूले शरीरलाई केही लचकता प्रदान गर्छन्। हड्डीहरूको बीचमा कुरकुरे हाड हुने गर्छ। कुरकुरे हाडले र हड्डीहरूलाई जोडेर राख्छ। जस्तै: कार्टिलेजका नसाहरू वा लिगामेन्ट बाट एकापसमा जोडिएका पहिलो करङ र घाटीको हड्डी बीचको जोर्नी, औँलाको बीचका जोर्नीहरू, करङका हड्डी बीचका जोर्नीहरू।


तेस्रोमा मोटो झिल्लीले घेरेर बनेको थैली भित्र हड्डीका जोर्नीहरू बन्छ । थैली भित्र शरीरको ग्रन्थिले बाक्लो तरल पदार्थ भरेर हड्डीहरूलाई पूर्ण रूपमा चलायमान गर्न सकिने गरी जोडेर राख्ने काम गर्छ । जस्तै पुठो, घुँडा, कुम, कुहिनो आदि हड्डीका जोर्नीहरू ।


बच्चाका रूपमा तपाईंले पृथ्वीमा पहिलो पाइलो राखे देखि वयस्क हुँदाको युद्धस्तरको गतिसम्म आफ्नो दैनिक गतिविधिमा सफल हुन तपार्ईंलाई जरुरी हुने हरेक किसिमका हलचल सम्भव तुल्याउन तपाईंको मांसपेशी प्रणालीको प्रमुख भूमिका रहन्छ। लगभग ७०० भन्दा बढी नामका कंकाल सँग जोडिएको मांसपेशीहरू रहने तपाईंको शरीरमा अनुहारको छाला भित्र मात्र ४० भन्दा बढी मांसपेशी रहेका हुन्छ। जसले तपाईंका खोपडीका हड्डीहरूलाई एकापसमा जोडेर राख्ने गर्छ ।


तपाईंका अनुहारका ती ४० भन्दा बढी मांसपेशी र खोपडीका २२ वटा हाड विभिन्न संयोजनमा यसरी मिलेर एकसाथ काम गर्छन् कि तपाईंको फरक फरक अनुभूतिमा लगभग १० हजार किसिमका फरक फरक अनुहारको अभिव्यक्ति उत्पादन गर्न सम्भव बन्ने गर्छ। उक्त अभिव्यक्ति तपार्ईं अरूसँग कुराकानी र सञ्चारका लागि प्रयोग गर्ने गर्नुहुन्छ ।


तपाईंको शरीरभित्र हुने अन्दाजी ३० देखि ४० ट्रिलियन कोषिकाहरू जीवित र स्वस्थ राख्न प्रत्येक दिन तपार्ईं अन्दाजी १० हजार लिटर हावा श्वासबाट लिने र फाल्ने गर्नुहुन्छ । हावा जब फोक्सोमा प्रवेश गर्छ तब ठूलो बाट सानो, झन् सानो गर्दै सूक्ष्म नलीको हाँगामा विभक्त जेलिएको नसाको जालो मार्फत फोक्सोको तन्तु भित्रको सूक्ष्म बन्द थैलीसम्म पुग्छ ।


फोक्सोमा रहेका ती सूक्ष्म बन्द थैलीलाई अल्भियोली भनिन्छ। वयस्कको फोक्सोमा सयौँ मिलियन एल्भियोली हुन्छ। एल्भियोलीमा पुग्दा हावाको विशाल सतहको क्षेत्रफलमा फैलिएको हुने हुँदा भित्रबाट आएको कार्बनडाइअक्साइड बाहिर पठाउन र त्यहाँ पुगेको अक्सिजन भित्र लिन छोटो समयमै सम्भव हुन्छ।


श्वासप्रश्वास र रक्तसञ्चार प्रणालीको महत्वपूर्ण भाग हो रक्तनली। फोक्सोको सूक्ष्म रक्तनली भित्रको रगतले कार्बनडाइ अक्साइड छोडी अक्सिजन लिएर बनेको सफा रगत सूक्ष्म नलीबाट ठूलो, अनि झन् ठूलो गरी ठूलो नसामा पुगी मुटुमा पुग्छ। मुटुको पिचकाले सफा रगतलाई ठूलोबाट सानो, सानोबाट झन् सानो गर्दै सूक्ष्म नलीको हाँगामा विभक्त जेलिएको निलो रगतको नसा, आर्टट्रिजको जालोमार्फत शरीरको प्रत्येक तन्तुभित्रको सूक्ष्म कोषिका सम्म पु¥याउँछ।

तपाईंको शरीरभित्र रहेको नसाको यो विशाल सञ्जालमार्फत शरीरको प्रत्येक भागमा रगत यात्रा गर्न सम्भव बन्छ। तपाईंको शरीरभित्र जाने अक्सिजन यात्राको सुरु देखि कार्बनडाइ अक्साइड हावामा फाल्ने यात्राको अन्त्य सम्म नसाको सञ्जाल लगभग एक लाख २० हजार किलोमिटर हुने गर्छ। जुन सम्पूर्ण पृथ्वीलाई नै तीन फेरो लगाउन पुग्ने लम्बाइ हो ।


यो सञ्जालभित्र रगतका धमनी, भेनहरूले शरीरको विभिन्न भागबाट रगत मुटुमा जम्मा गरी फोक्सोसम्म पु¥याउँछन्। निला रगतका नसा, आर्टट्रिजले फोक्सोबाट सफा रगत लिएर मुटुमा र मुटुबाट शरीरका विभिन्न अंगमा पु¥याउँछ । भेन र आर्टट्रिज दुवै फोक्सोको तन्तु भित्रको सूक्ष्म बन्द थैलीमा एकापसमा मिल्छ ।


तपाईंको शरीरको कलेजोभित्र रगतलाई सफा राख्ने र शरीरलाई स्वस्थ बनाउने सयौँ प्रक्रिया सुचारु रूपमा सञ्चालन हुने गर्छ । शरीर भित्रको सबभन्दा ठूलो अंगका रूपमा हुने त्रिकोणीय आकारको कलेजो पेटको नाइटोको सतह भन्दा माथि दाहिने भागमा डायाफ्राम भन्दा मुनि करङको खोक्रो ओढारमा रहन्छ।

कलेजोको लगभग समान आकारका चार अलग अलग भाग हुन्छ जसलाई लोव भनिन्छ । हरेक पल तपार्ईंको शरीरमा रहने सम्पूर्ण रगतको १० प्रतिशत भन्दा बढी रगत कलेजोमा प्रशोधन भइरहेको हुन्छ। तपाईंको कलेजोले आश्चर्यजनक रूपमा हरेक मिनेटमा १.५ लिटर रगत प्रशोधन गरिरहेको हुन्छ ।

साधारणभन्दा साधारण जनावरमा समेत भेटिने स्नायु प्रणाली मध्ये सबैभन्दा उन्नत हालसम्म मात्र मानिसमा भेटिएको छ । तपाईंको सम्पूर्ण शरीरको तौलको मात्र तीन प्रतिशत तौल हुने मस्तिष्क एक्लैले तपाईंको शरीरले खर्च गर्ने कुल मध्येको २० प्रतिशत ऊर्जा खपत गर्छ । जुन अरू कुनै पनि अंगले खर्च गर्ने ऊर्जाको तुलनामा अत्यधिक धेरै हो।


तपाईंको दिमागमा यति विशाल ऊर्जाको माग हुनुको कारण तपाईंको दिमागले तपाईंको शरीरको श्वासप्रश्वास, रक्तसञ्चार, विचार, भावना, सम्झना लगायतका सम्पूर्ण गतिविधिमा नियन्त्रण कायम गर्ने हुनाले नै हो।


इन्द्रियहरूले हामीलाई हामी वरिपरिको परिस्थितिबारे सूचना उपलब्ध गराउँछन् । सूचनाको उपयोगबाट चेतनाले अनुभूति र अनुभवको संश्लेषण गरी टिपोट राख्छ । विभिन्न टिपोटको निचोडका रूपमा हामीमा ज्ञान पैदा हुने गर्छ। जसलाई बुद्धि वा इन्टलेक्ट वा उइजडम (Wisdom) भनिन्छ। समग्र ज्ञानको निचोडका रूपमा मानिसमा आन्तरिक अनुभूति वा इन्टिउसन (Intutions) वा गट–फिलको विकास हुन्छ।


एक प्रकारको पदार्थ अर्को प्रकारको पदार्थमा रूपान्तरण गर्न रासायनिक प्रक्रिया वा केमेस्ट्री उपयोगमा आउँछ। एक प्रकारको ऊर्जालाई अर्को प्रकारको ऊर्जामा परिवर्तन गर्न भौतिक प्रविधि वा फिजिक्सको जरुरत पर्छ। यी गतिविधिहरू नियमित सुचारु हुन पदार्थलाई ऊर्जामा रूपान्तरण गर्न निश्चित प्रविधि वा ईनर-इन्जिनियरिङमा दख्खलता चाहिन्छ।


पुर्खाको जैविक स्मृति वा जेनेटिक कोड अभिभावक बाट आफूमा हस्तान्तरणका लागि जैविक अथवा बायोलोजिकल उपायको जरुरत पारिदिन्छ । हामी जीवहरू एकापसमा जैविक रूपमा, पृथ्वी सँग भौतिक रूपमा र बाकी ब्रह्माण्डसँग आत्मामार्फत जकडिएका छौँ ।

जब तपार्ईं खाना खानुहुन्छ, पाचन र अवशोषण प्रक्रियाबाट रगतको प्रवाहसँगै उक्त पोषणतत्व र श्वासप्रश्वासबाट प्राप्त रगतको हेमोग्लोबिनमा घुलेको अक्सिजन कोषिकाहरूको माइकोकोन्ड्रियामा अक्सीकरण हुँदा ऊर्जा उत्पन्न हुन्छ ।


अक्सीकरणका क्रममा उत्पन्न ऊर्जामध्ये ३० प्रतिशत सक्रिय ऊर्जा र तातोपनका रूपमा शरीरको नियमित भौतिक र शारीरिक गतिविधि सञ्चालनमा खर्च हुने गर्छ । अन्य ऊर्जा चेतना, प्राण, आत्मा र परमात्माको संयोजन र कार्य सञ्चालनमा खर्च भइरहेको हुन्छ ।

शरीर, इन्द्रिय, दिमाग र आत्माको संयोजनले हरेक क्षण जीवहरूले अद्वितीय अनुभव गर्ने गर्छन् । जसलाई हामीले जीवनको नामकरण दिएका छौँ । शरीर निर्माण हुन शरीरको जगका रूपमा पञ्चतत्व, इन्द्रियहरू, दिमाग र प्राण रहने गर्छन् ।


इन्द्रिय र दिमाग आफैँमा एक सक्रिय पञ्चतत्व निर्मित भौतिक अंगहरू हुन् । दुवैको आफ्नो विशेष क्षमता रहँदारहँदै आफ्नै चेतना भने हुँदैन । पञ्चतत्व, इन्द्रिय र दिमाग सबै निचोडमा क्वान्टम ऊर्जाबाट निर्मित क्वार्कस र ग्लुवोन्स लगायतका सब-एटमिक पार्टिकल निर्मित एटमबाट बनेका भौतिक संरचना हुन् ।

यिनै भौतिक संरचनाको आधार र संसर्गमा रहेर शरीरमा आफ्नो छुटै अस्तित्वको पूर्ण अभौतिक प्रकृतिको चेतना वा कन्ससनेसको निर्माण भएको हुन्छ ।

चेतना वा कन्ससनेस पनि आफैँमा क्वान्टम ऊर्जा नै हो । जीवित वस्तुमा चेतनाको क्वान्टम ऊर्जा, सबएटमिक पार्टिकलका क्वान्टम ऊर्जासँग हरेक पल स्मरणको बादल वा मेमोरी क्लाउडको स्थिर संयन्त्र बनाएर मिसिएर बसेको हुन्छ। उक्त मेमोरी क्लाउडको स्थिर संयन्त्रमार्फत दिमागको कार्यसँग सम्बन्धित सम्पूर्ण भाग र कन्ससनेस बीच तुरुन्त सञ्चार कायम रहन सम्भव बन्छ ।


मेमोरी क्लाउड वास्तवमा शरीरको सम्पूर्ण जीवित भाग सँग जोडिएर शरीरभर फैलिएको एक विशाल सञ्जालका रूपमा अस्तित्वमा रहन्छ । जसलाई हामी प्राण वा जीवन्तशक्ति वा आत्मा मान्छौँ ।


मानव शरीरको आफ्नै इलेक्ट्रोम्यागनेटिक विकिरण हुने गर्छ । जसले गर्दा मानिसको प्राणमा रहेको ऊर्जा शरीरमा र शरीरमा रहेको ऊर्जा प्राणमा साटफेर हुन सक्छ ।


प्राणमा रहेको ऊर्जा शरीरमा र शरीरमा रहेको ऊर्जा प्राणमा साटफेर गर्न सकिने प्रक्रियाको धेरै उपचारात्मक प्रयोग हुन सकेका कारण आज मेडिटेसन र योग दैनिक जीवन पद्धतिका अंग बनेका हुन्।


क्वान्टम लाइटले पदार्थहरूको अणु र परमाणुको स्तरमा धेरै परिवर्तन ल्याउन सक्छ । उक्त क्वान्टम ऊर्जाको शरीरमा भौतिक र मानसिक अवस्थामा समेत परिवर्तन गर्ने क्षमता रहन्छ ।


जस्तै: आँखाको रेटिनामा सोसिएको प्रकाशको फोटोनले रेतिनोलको मलिकुलर ट्रान्जिसन गरी स्नायु प्रणालीमा इम्पल्स वा धुकधुकी पैदा गरी जुन वस्तुबाट त्यो फोटोन आएको हो, त्यसलाई आँखाले देख्न सक्ने बनाउँछ ।


शरीर जीवित रहन प्राण शक्तिको क्वान्टम ऊर्जा र शरीरको भौतिक पदार्थबाट निस्कने क्वान्टम ऊर्जाबीचको सन्तुलन व्यवस्थापन नितान्त जरुरी रहन्छ ।

जब उक्त दुई प्रकारका क्वान्टम ऊर्जाको एकापसमा सन्तुलित प्रयोगमा ल्याउन सकिन्छ तब अभौतिक पदार्थसमेत भौतिक पदार्थमा परिवर्तन गर्न सम्भव बन्छ। शरीरले त्यसै गर्छ ।


तपाईंको जैविक अभिभावकबाट तपाईंले प्राप्त गर्ने स्मरण र जीवन्तता तपाईंको प्राण हो । तपाईंको जीवनकालका कर्म र अनुभवका आधारमा तपार्ईंमा रहेको स्मरणको हरेक पल अद्यावधिक हुने गर्छ । उक्त अद्यावधिक स्मरण र प्राणको संयुक्त रूप नै तपार्ईंको आत्मा हो ।


संसारमा रहेका हरेक वस्तुले अर्को वस्तुलाई आफ्नो केन्द्रतिर तान्छ । एकले अर्कालाई आफूतर्फ तान्ने बल जहाँ बराबरी हुन पुग्छ त्यहाँ एकापसबीच सन्तुलन कायम हुन्छ। एकै प्रकारका अणुहरू कोहेसन शक्तिबाट र फरकफरक प्रकारका अणुहरू भने एड्हेसनको शक्तिबाट एक अर्कोतर्फ तानिने गर्छन् ।

शरीर र ब्रह्माण्डबीच एन्टेना जस्तै भूमिकामा आत्माले हरेक पल शरीर र ब्रह्माण्डको सजीव सम्पर्क स्थापित गर्ने आधार उपलब्ध गराउँछ। आत्मबल वा आत्मशक्तिले प्राणीमा निहित कन्ससनेसलाई सदैव ब्रह्माण्डतर्फ उन्मुख रहने बनाइदिन्छ।


लेजरको किरणलाई एक निश्चित प्रकारको क्रिस्टलबाट छिर्न दिँदा लेजरको प्रत्येक किरण एकापसमा भावनात्मक रूपमा एकापसमा जोडिएका जोडी फोटोनमा विभाजित हुने गर्छ। उक्त जोडी फोटोनलाई जतिसुकै टाढाको दूरीमा छुट्टाएर राख्न सकिन्छ ।

पछिल्लो समय विज्ञानले ती फोटोनहरू एकापसमा भौतिक रूपमा जतिसुकै दूरीमा छुट्टिएर रहेको किन नहोस् सधैँ सम्पर्कमा रहेर एकापसमा जोडिएर रहने प्रमाणित गरिदिएको छ ।


हालै भएका धेरै परीक्षणमध्ये एकमा इनट्यांलड जोडी फोटोन मध्ये एउटालाई पृथ्वीमा र अर्कालाई पृथ्वीलाई परिक्रमा गरिरहेको पृथ्वीबाट ३१० माइल (५०० किलोमिटर) दूरीको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा राखी परीक्षण गरिएको थियो ।


परीक्षणमा एउटा इनट्यांल फोटोन अप–स्पिन हुँदा अर्को डाउन–स्पिनमा जान्थ्यो । डाउन–स्पिन लिँदा अर्कोले अप–स्पिनमा घुमिहाल्थ्यो । एकापसबीचको दूरी र स्थानको कुनै प्रभावविना इनट्यांलड जोडी फोटोन जोडिएर गतिविधि निर्धक्क सञ्चालन गर्ने गुण प्रदर्शन गरेका थिए ।

जसरी टाइप गर्दा तपार्ईंको दाहिने हात र देब्रे हात उस्तै देखिए पनि औँलाहरू फरक दिशामा फर्केर काम गर्छन् त्यस्तै दुई जोडी फोटोन एकापसमा भौतिक रूपमा जतिसुकै दूरीमा भए पनि एकले जे ग¥यो अर्कोले त्यही गरिहाल्थ्यो।


घुम्ने दिशा मात्र एउटाको क्लक वाइज हुँदा अर्काको एन्टिक्लकवाइज हुन्थ्यो। उक्त प्रयोगमा एउटा फोटोन अर्को फोटोन सँग प्रकाशको गतिभन्दा १० हजार गुणा चाँडो तत्काल सम्पर्क स्थापित गर्न र आफ्नो गुण देखाउन सकेको पाइएको थियो ।

जोडी फोटोन जस्ता पदार्थहरूको आफू भौतिक रूपमा जतिसुकै दूरीमा रहेर छुट्टिएको भए पनि एकापसमा आफ्नै रूपमा जोडिएर सूचना आदानप्रदान गर्ने चरित्र र क्षमता वास्तवमा भावनात्मक रूपमा एकापसमा जोडिएर रहने चरित्र हो। उक्त भावनात्मक रूपमा एकापसमा जोडिएर रहने चरित्रलाई क्वान्टम विज्ञानले इनट्यांलमेन्ट चरित्र भनेको छ ।


तपाईंको शरीरमा रहेको आत्मा वास्तवमा ब्रह्माण्डमा रहेको परमात्माको इनट्यांल रूप हो । जसको माध्यमबाट तपाईंको शरीरको ब्रह्माण्डसँगको नियमित संसर्ग सम्भव बन्छ ।


हालसम्म तपाईंको आफूभित्र अन्तर निहित र ब्रह्माण्डमा अवस्थित धेरैभन्दा धेरै सूचनाको अनुभूति लिने चाहना मात्र तपार्ईंमा रहेको कन्ससनेसको संयन्त्रको अधिकतम उपयोगले सम्भव रहने उपाय हामीले थाहा पाउन सकेका छौँ।


भेलेन्टाइन दिवस र आयुर्वेदिक प्रेम


भनिन्छ, अन्तरात्माबाट पैदा हुने रोमान्टिक प्रेम र आफूले मन पराएको मान्छे सँगको रासलीलाले दिने आनन्दभन्दा ठूलो अनुभूति अरू कुनै छैन। जब मानिस प्रेम विभोर बन्छ, उसका चेतना जीवन्त बन्छ।  वरिपरिका वातावरण सुखदायी बन्छ, रङहरू प्रकम्पित बनिदिन्छन्, सँगै खाएको खानेकुरा अत्यन्त मीठो र स्वादिलो बनिदिन्छ। सँगै बसेको प्रेमीको मुटुले सामीप्य दर्साएको, रौँ रौँ रोमाञ्चित बनेको, देखिएका र नदेखिएका सबै कुरा ठीकठाक रूपमा चल्दै वातावरण नै रंगीन बनेको अनुभव हुन्छ। सबैभन्दा सकारात्मक पाटो उक्त रोमान्टिक प्रेम वास्तवमै हानिरहित इलेक्ट्रोम्याग्नेटिक सम्मोहनको पल बनेको हुन्छ।


आयुर्विज्ञान वा आयुर्वेद भनिने संस्कृत शब्द ‘आयुर’ र ‘वेद’ भन्ने दुईवटा शब्दबाट बनेको छ। त्यसमा आयु र शब्दले जीवन र दीर्घायुलाई जनाउँछ भने वेदले ज्ञान र विज्ञान दुवै समेट्छ । मानिसको जीवनलाई दीर्घ आयुसम्म स्वस्थ र तन्दुरुस्त राख्न प्रेम र प्रियजनको निकै ठूलो भूमिका हुनेमा कुनै सन्देह छैन। हाम्रो परम्परागत मान्यता अनुरूप आफूले अर्कालाई प्रेम गर्नु वा आफू अर्कोसँग प्रेममा पर्नु, आफूलाई अर्काले प्रेम गर्नु वा अर्को आफूसँग प्रेममा पर्नु र दुवै एक अर्कासँग प्रेममा पर्नुको प्राकृतिक नियम हुने गर्छ ।


प्रेममा प्राकृतिक नियमको सिद्धान्त भन्ने सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । कुनै पनि कुरामा प्राकृतिक नियमको सिद्धान्त लागू हुनुपहिले त्यो विषयवस्तु परीक्षण गर्न सकिने विज्ञानको दायरामा पर्नु जरुरी हुन्छ। विज्ञानको दायरामा परेपछि उक्त विषय वस्तुको कुनै पनि सम्भावना प्रमाणित गर्न बनाइएको हाइपोथेसिसको परीक्षण मार्फत यकिन भए मात्र वैज्ञानिक रूपमा निक्र्योल भएको मानिन्छ।


हिजोसम्म संसार न्युटन र आइन्सटाइनको जमानामा थियो। तपार्ईं हामीलाई स्कुलमा पढाइँदै गरेको विज्ञानको पाठ्यक्रमले भन्छ (न्युटनको सिद्धान्त अनुसार यो ब्रह्माण्डका प्रत्येक चिज कुनै निश्चित तौलको कण–मास) बाट बनेको हुन्छ । जब त्यो कणले बाहिरी शक्ति (फोर्स) प्राप्त गर्छ, त्यो जुन दिशामा शक्ति लागेको हो, त्यही दिशामा सिधा रूपमा निश्चित गतिमा बहन्छ । जहाँ पदार्थको मास अपरिवर्तनीय हुन्छ ।


आइन्सटाइनको जमानामा पुग्दा लाइट, रेडियो वेब, लेजर जस्ता शक्ति इलेक्ट्रोम्याग्नेटिक पथ लिने भेटियो। परीक्षणबाट न त पदार्थको मास अपरिवर्तनीय भेटियो न जुन दिशामा शक्ति लागेको हो, त्यही दिशामै बहेको पाइयो न त पदार्थ सबै समयमा बताइए अनुरूप सोझो हिँडेकै देखियो । अर्को कुरा ब्रह्माण्डका प्रत्येक चिज कुनै निश्चित मासबाट बनेको हुन्छ भन्ने पनि गलत रहेछ । किनकि यो ब्रह्माण्डको लगभग ३० प्रतिशत भूभागमा मात्र यो लागू हुने रहेछ । बाँकी लगभग ७० प्रतिशत भाग त मास विहीन ‘डार्क स्पेस’ पो रहेछ ।


बेलले सन् १९६४ मै प्रतिपादित गरिदिएका यो ब्रह्माण्डमा रहेका सम्पूर्ण वस्तु एकापसमा जोडिएर रहेका मात्र हैनन्, नियमित सम्पर्कमा रही सूचना आदानप्रदान गर्छन् भन्ने भर्खरै पार्टिकल इन्ट्यांल्मेन्टको अवस्था परीक्षणबाटै प्रमाणित गरी स्थापित गरिदियो । फलतः आइन्सटाइनको सबैभन्दा तीव्र गतिमा हिँड्ने शक्ति प्रकाश हो भन्ने दाबी पनि सत्यताको नजिक नरहेको पुष्टि भयो ।


पछिल्लो समय अहम् वैज्ञानिक तथ्य बाहिरिए सँगै क्वान्टम सिद्धान्तले विश्वलाई आध्यात्मिक विषयवस्तुका पाटाको विज्ञानसँगको सम्बन्धबारे जानकारी पाउने अवसर दिलाएको छ। दिमागबाट निस्कने विशुद्ध विचारधारा कसरी वास्तविक पदार्थमा परिवर्तन हुन सक्छ र मानव सोचाइ, अनुभूति, आकांक्षा, सचेतना, चाहना र प्रतिक्रिया आदि अभौतिक पदार्थ कसरी भौतिक पदार्थमा परिणत हुन सक्छ भन्नेबारे क्वान्टम फिजिक्सले हामीलाई नयाँ शिराबाट सोच्न सम्भव तुलाएको छ।


हुन पनि यो भ्यालेन्टाइन दिवसको सँघारमा पुग्दानपुग्दै हामीलाई नयाँ तथ्यहरूले प्रेम सम्बन्ध, प्रेमालाप र प्रेम जस्ता विषय वस्तुबारे समेत अनुसन्धान र विश्लेषण सैद्धान्तिक सूत्र प्रतिपादन गर्ने अवसर जुटाइदिएको छ । हाम्रा भौतिक शरीर अणु (एटम) हरूको भण्डार हो भने बुद्धि (माइन्ड) सोचाइको भण्डार । दुई भण्डारलाई हामीमै रहेको चेतना (इन्टेलिजेन्स) नामक अभौतिक पदार्थले संयोजनको काम गरी जीवन निरन्तर चलिरहेको रहेछ भन्ने प्रस्ट स्वीकारोक्ति हो।


न्युटन र आइन्सटाइनको जमानामा विज्ञानलाई मात्र व्यावहारिक विज्ञानमा सीमित राखिएकाले प्रेम जस्ता भावनात्मक विषयवस्तु र आध्यात्मिक विषय वस्तु महसुस गर्ने गरे तापनि विज्ञानको दायरा बाहिरको भावनात्मक, हेलुसिनेसनको क्षेत्र भनी मिल्काइयो। आज नानो–टेक्नोलोजी र क्वान्टम सम्म पुगेको विज्ञानले सुझाए अनुरूप जीवित र निर्जीव रहँदा प्राणीको कोषिकामा पाइने अणु र अणुको फुट प्रिन्टमा खासै कुनै अन्तर भेटिँदैन । यथार्थमा भने जीवित कोषिकाले मृत कोषिका भन्दा सम्पूर्ण रूपमै फरक गतिविधि सम्पादन गर्ने गर्छ। यस सन्दर्भमा भावनात्मक विषयवस्तु र अध्यात्मलाई विज्ञानबाट छुटाउन सकिन्न भन्ने आदिकाल देखिको आयुर्विज्ञानको परिकल्पना सत्यताको धेरै नजिक देखिन्थ्यो।


आज जमाना फेरिएको छ । न्युटनका कतिपय सिद्धान्त नै त्रुटिपूर्ण रहेको र आइन्सटाइनको सिद्धान्त अपूर्ण भएको क्वान्टम विज्ञानले यकिन गरिदिएको छ। क्वान्टम विज्ञानले मारेको फड्कोले बायोटेक्नोलोजी मात्र हैन, प्रेम सम्बन्ध जस्ता भावनात्मक विषयवस्तु र अध्यात्म समेत वैज्ञानिक रहेको प्रचुर तथ्य भेटिएको दिन प्रतिदिन खुलासा हुँदै गएको छ । प्रमाण र तर्कका आधारमै विज्ञानको दशकौँको दाबी अदूरदर्शी रहेको स्वीकारोक्ति बाहिर आउन थालेका छन्।


मानव शरीर ३७.२ खर्बभन्दा बढी कोषिका मिली बनेको बताइन्छ। प्रत्येक कोषिका डीएनए आदिबाट बने पनि ती सबै सूक्ष्म रूपमा हेर्दा बिलियन्स एटम बाटै निर्मित हुन्। प्रत्येक एटम क्वार्ज, ग्लुवोन लगायतका विभिन्न अति सूक्ष्म पार्टिकलले बनेका, प्रोटोन र न्युट्रोनबाट बनेका हुन्छन्। इलेक्ट्रोन र क्वार्ज, ग्लुवोन लगायतका सूक्ष्म पार्टिकल निकै ससानो इनर्जीका संयोजनले बनेका विन्दु हुन् । यस्ता विन्दुहरू जसले हाम्रो शरीरभित्र इन्फर्मेसनको जालोको संयन्त्र बनाउँछन् ।


मृत र जीवित कोषिकामा रहने फरक भनेको जीवित कोषिकामा ती ससाना इनर्जीका विन्दुहरूलाई एक अनौठो प्रक्रियाबाट निश्चित हार्मोनीमा सञ्चालन गर्ने इनर्जीको उपस्थिति रहन्छ । यसलाई आयुर्वेदमा जीवन्त शक्ति (वायु वा प्राण वा लाइट) भनिन्छ । क्वान्टम फिजिक्सले यसलाई इन्फर्मेसन भन्ने गरेको छ। जीवन्त शक्ति गुमेपछि कोषिकाको जीवन अन्त्य हुन्छ।


क्वान्टम बडी मेकानिक्सका अनुसार प्राणीको शरीरको प्रत्येक कोषिका एउटा छुट्टै अस्तित्वको जीवन हो । साबुनका फोकाजस्ता लाग्ने यस्ता खर्बौं सूक्ष्म जीवनहरूको सग्लो रूप नै प्राणीको शरीर हो। शरीरका प्रत्येक सेलको अर्को सेलसँग भौतिक रूपमा जोडिएर सूचना र मेमोरी आदान प्रदान हुने संयन्त्र एवं न्युरोनको नेटवर्क बनाएको हुन्छ। न्युरोनले शरीर भित्र आपसमा जोडिएर रहेका जीवित पदार्थहरू बीच सूचनाको आदान प्रदान गर्ने गर्छ ।

शरीरसँग कुनै पनि रूपमा नजोडिएको सोचाइ, विचार, इमोसन, शारीरिक प्रतिक्रिया, डार्क म्याटर्स आदि निर्जीव तत्व, जसलाई न पदार्थ भन्न सकिन्छ न त शक्ति नै लाई शरीरमा जोडी निर्जीवलाई सजीव सँग जोडी जीवन्त गर्ने काम इन्फर्मेसन वेब (संयन्त्र) ले गर्छ । इन्फर्मेसन वेबले इलेक्ट्रोम्याग्नेटिक संसर्गको प्रक्रियाबाट न्युरोन आदिलाई सञ्चालित गरी मानिसलाई जीवन्त राख्ने कामसमेत गर्छ । यसलाई बोली चालीको भाषामा इन्टेलिजेन्स वा जैविक चेतना पनि भन्ने गरिन्छ।


वेदान्तका कुरा सरलीकृत भाषामा भन्दा संसार दुई प्रकृतिका चिज ‘परा र अपरा’ को संयोगबाट बनेको छ। परा भनेको जैविक चेतना हो । जुन प्राणी र वनस्पति दुवैमा हुन्छ । अपरामा पाँच स्थूल तत्व पृथ्वी, जल, आकाश, तेज र वायु तथा तीन सूक्ष्म तत्व मन, बुद्धि र अहंकार पर्छन्। स्थूल शरीर भनेको भौतिक शरीर हो जुन अपरा प्रकृतिको पृथ्वी, जल, आकाश, तेज र वायुबाट बनेको छ। हामीमा रहेको चेतनाको कारण नै हामीले पदार्थलाई देख्न वा महसुस गर्न सक्छौं। जुन चिजमा ईश्वरीय तत्व तथा चेतना छ, त्यो परा अर्थात् मेटाफिजिकल हो। परा भन्नाले वास्तवमा आत्मालाई नै भनिएको हो ।

संसारमा जीव र पदार्थ एक अर्को बिना अलग अलग अस्तित्वमा रहन सक्दैनन् । जीव र पदार्थसँग ईश्वरीय तत्व वा जैविक चेतना मिलेपछि प्राणी जीवित रहन्छ। आदिम कालमै वेदान्तले भनेका यी कुरा क्वान्टम मेकानिकल बडीका मान्यताले पुष्टि हुन आएका नयाँ तथ्य भनी दोहो¥याइरहेको छ।

मानव शरीरमा इन्टेलिजेन्स वास्तविक शरीरको न्युरोन आदि म्याटर्सभन्दा धेरै महत्वपूर्ण हुने गर्छ। किनकि इन्टेलिजेन्सले म्याटर्सलाई निश्चित हार्मोनीमा सञ्चालन गर्छ। जब उक्त हार्मोनी टुट्छ, मानिसको इहलीला समाप्त हुन्छ ।


हाम्रा खानामा रहेको फाइटो केमिकल्स, मिनिरल्स, भिटामिन आदि मार्फत नै शरीरभित्र सूचनाको आदान प्रदान हुने गर्छ । इन्टेलिजेन्सले वातावरणसँग नियमित सूचना आदानप्रदान गर्ने क्रममा दुई प्रेमी बीच शरीरबाट निक्लने विभिन्न किरण लगायत नन भर्वल बडी ल्याङ्वेज, आराम वा तनावका कारण उत्पन्न वेबको अनुभूति आदि समेतको निर्क्यॊल गरी आन्तरिक चेतन, अर्धचेतन र अचेतन अनुभूति गराउने क्षमता राख्छ । मानव शरीरको इन्टेलिजेन्सले आफ्नो वातावरणसँग नियमित सूचना आदानप्रदान गर्ने गर्छ।


आयुर्वेदको इन्टेलिजेन्स, मेमोरी र कन्ससनेस बारे आफ्नो प्रस्ट धारणा छ । इन्टेलिजेन्स र मेमोरी बारेको आयुर्वेदको अवधारणा र क्वान्टम बायोफिजिक्सले अघि सारेको तथ्यमा खासै फरक भेटिँदैन । कन्ससनेसबारे भने बायोफिजिक्सलाई निष्कर्षमा पुग्न निकै समय लाग्ने देखिन्छ । समय क्रममा आज आयुर्विज्ञान वा आयुर्वेद सत्यताको निकै करिब रहेको पुनर्पुष्टि भएको छ । क्वान्टम विज्ञानमा आधारित रहेर प्रेम सम्बन्ध, मनोविज्ञान र अध्यात्मबारे अध्ययन, अनुसन्धान, विश्लेषण र निचोडमा पुग्ने हदसम्म पुग्न हामी सफल बनेका छौँ।


भ्यालेन्टाइन डे आसपास विज्ञानले गरिदिएको व्याख्याका प्रभावमा परी बस्न जाने प्रेमलाई ‘प्रेम’ र आयुर्विज्ञानले व्याख्या गरिदिएको प्रेमको प्रभावमा परी बस्न जाने प्रेमलाई यहाँ ‘आयुर्वेदिक प्रेम’ को संज्ञा दिइएको छ ।


आयुर्वेदिक प्रेममा अन्तरात्माले कसैलाई माया गर्नु वा आफूले कसैको अन्तरात्मा देखिकै माया पाउने मानिसको आफ्नै ढर्राको मानवीय गुण हो भन्ने मान्यता रहेको छ ।


मानिसको आफ्नै प्रकारको अजिब प्राकृतिक गुण हुँदाहुँदै प्रेममा परेका आजका दुई तिहाइभन्दा धेरै मानिस भरपर्दो प्रेम सम्बन्धको खोजीमा रुमलिरहेका पाइन्छ। भनिन्छ, दुई तिहाइ भन्दा धेरै नै संख्यामा प्रेम सम्बन्धमा रहि रहेका मानिसहरू आफ्नै प्रेम वा प्रेमीसँग नियमित संघर्षबाट गुज्रिरहेका छन्।

प्रेम सम्बन्धले आफूलाई पासोमा पारेको, आफ्नो प्रेमीले आफूलाई विश्वास नगरेको, आफ्नो योगदान र भावनालाई टुक्य्राएको, आफ्ना सही र वास्तविक प्रस्तुतिमा समेत सहमति नजनाएको, तारिफ नगरेको र सम्बन्ध सुधार गर्ने पटक पटकको प्रयासलाई आफ्नो कमजोरीका रूपमा लिई दुरुपयोग गर्न चाहेको आदि इत्यादि महसुस गरिरहेका भेटिन्छन् प्रेमीहरू।


वैज्ञानिक प्रेम सम्बन्धको खोजीमा रहेका कतिपयमा वर्षौं बितिसक्दा पनि र निकै प्रयासका बाबजुद आफू सुहाउँदो योग्य प्रेमी नै मिल्न नसकी एकल जीवन बिताउनु परिरहेको महसुस भइरहेको पाइन्छ। आफूभन्दा कमसल र कम डिजर्भिङले लभिङ, केयरिङ र पूर्ण सहयोगी आकर्षक प्रेमी भेटी आनन्दित जीवन याँपन गरिरहेका छन्। तर, किन आफूलाई भने उक्त सन्दर्भमा अन्याय भएको छ भन्ने विश्वासले वैज्ञानिक प्रेमको निरन्तर खोजीमा रहेकाको मनमा डेरा जमाएको भेटिनु अब कुनै आश्चर्यको विषय नै रहेन।


आफूलाई सुहाउने योग्य प्रेमी भेट्नै धेरैभन्दा धेरै मानिसलाई निकै संघर्ष गर्नुपर्ने र कतिपय अवस्थामा राम्रो प्रेमी मिलेको अनुमानमा सुरु गरेको सम्बन्ध पनि लामो समयसम्म नटिक्नुका कारणमा माया, प्रेम, यौन सम्बन्ध र मनोविज्ञान विषयका ज्ञान लिएका विज्ञहरूको लगभग समान प्रकृतिको धारणा भेटिने गर्छ। प्रेम सम्बन्ध हुनु, गाँसिनु र टुट्नुबारे सोधपुछमा पछिल्तिर एकापसमा मिल्दोजुल्दो क्षेत्रमा काम गर्ने तर भिन्दा भिन्दै विषय विज्ञको लगभग उस्तैउस्तै धारणा आउनुलाई संयोग मात्र मान्न सकिन्न ।


विषय विज्ञका धारणा अनुसार, मानिस प्रायः आफ्नो निजी चाहना कस्तो छ, त्यसै अनुसार अमूक रूपमा आफू को हुँ र आफूले कस्तो प्रेमी डिजर्भ गर्छु भन्ने आफ्नो चुरो मान्यता विकास गर्छन् । यसरी आफूले आफूलाई नै बताएर, आफूले के चाहेको हो, त्यस अनुरूप विकास गरिएको मान्यतामा टेकेर म कस्तो प्रेमी डिजर्भ गर्छु भनी बनेको वैयक्तिक मापदण्डले धेरै हदसम्म प्रेम सम्बन्धको भविष्य निर्धारण गर्छ ।


केटाजति सबै मौका मिल्यो कि अर्को केटीको पछि लाग्ने र बदमासी गर्ने बानीका हुन्छन्’ वा ‘आइमाईको मनलाई कसैले पनि बुझ्न सक्दैन, यो जात विश्वास गर्न लायक जात नै हैन’ आदि इत्यादि नकारात्मक विचार मनमा खेलाइरहने बानीले मानिसको अर्धचेतन मस्तिष्कमा बिस्तारै बिस्तारै विपरीत लिंगीप्रति घृणा भावको जरा बसालिदिन्छ।


कतिपय सैद्धान्तिक कुरा मात्र बुझेका वा भारतीय र अंग्रेजी फिल्म हेरी आफ्नो धारणा बनाउने महिला–पुरुषमा साँचो प्रेमीले जादुको छडीले जस्तो सबै कुरा आफू अनुकूल गरिदिने चेतन, अर्धचेतन र अचेतन विश्वास र गहिरो प्रभावको विकास गरिदिएको भेटिन्छ।


परिणाम स्वरूप उनीहरूको प्रेम सम्बन्धको यात्रा सुरु के हुँदै छ, सोचेका वा आशा गरेका कुनै पनि कुरा आफ्नो कहानीमा वास्तवमै नभइरहेको महसुस गर्छन्। जब आफ्नो प्रेमीको आशा गरिएको मापदण्डको कसौटीमा भइरहेका कुनै पनि कुरा सन्तोषजनक भेटिन्नन् वा मात्र अल्प समय सम्म मात्र पूरा हुन्छ, तब उक्त प्रेम नै साँचो नरहेको र भविष्यमा उक्त प्रेमीबाट वास्तवमै डिजर्भ गर्ने माया पाउनबाट आफू वञ्चित रहने निश्चित भएको निष्कर्षमा पुग्छन्।


फलतः प्रेम कि त अघि नै बढ्दैन वा अलिअलि अघि बढिसकेको रहेछ भने पनि पूर्णविराम तर्फ लम्कन्छ। विषय विज्ञबाट विज्ञानका आधारमा निकालिएका माथिका निचोडलाई आयुर्वेदिक प्रेमको निष्कर्षले समेत स्विकार्ने गर्छ। आयुर्वेदिक प्रेमको हिसाबमा यी तर्क सही छन् तर पूर्ण छैनन्। जब तर्क सही हुन्छ तर पूर्ण हुँदैन, त्यसले अल्प ज्ञानं भयंकरं भने जस्तो उपचारका लागि सही मार्गमा डोहो¥याउन सक्दैन ।


क्वान्टम फिजिक्सका अनुसार मानव शरीर प्रत्येक क्षणमा भिन्दा भिन्दै गतिमा तरंगित हुने इनर्जी निर्मित गतिशील अणुबाट बनेको हुन्छ । फाइटो-केमिकल्स, मिनिरल्स, भिटामिन आदि सँगको कार्यगत हार्मोनीमा रहने खानाबाट प्राप्त हुने पोषण तत्व जस्तै, एमिनो एसिड निर्मित न्युरोपेप्टाइड नामक प्रोटिन र यसको न्युरो केमिकल्सहरूको प्रभावमा काम गर्ने तरिका यो सन्दर्भमा निकै अहम् भेटिएको छ। वातावरण सँग नियमित संवाद कायम राख्ने हेतुले कोषिकामा जोडिएर रहने न्युरोपेप्टाइडले हाम्रो शरीरभित्र इनर्जी पैदा गर्ने र इनर्जीका किरण शरीर बाहिर वातावरणमा वरिपरि पठाउन मुख्य भूमिका खेल्ने गर्छ। त्यसलाई बडी इनर्जी (शरीरको शक्ति) नाम दिइएको छ ।


मानिसले प्राप्त गरिरहेको भिन्ना भिन्नै प्रकृतिका अनुभूतिले विकास गरेको भावना अनुरूप न्युरोपेप्टाइडमा रहेको न्युरोकेमिकल्सको गतिविधिमा अन्तर आउने हुँदा फरक फरक अवस्थामा शरीरबाट निस्कने किरणलाई भिन्न भिन्न फ्रिक्वेन्सीमा परिवर्तन हुने गर्छ । फरक अनुभूति हुँदाका बखत फलतः शरीरमा फरक फरक इमोसन पैदा हुन्छ । फरक फ्रिक्वेन्सीका बडी इनर्जी रिलिज हुन्छ । फरक फरक फ्रिक्वेन्सीका बडी इनर्जीले फरक प्रकृतिको शरीरको औरा निर्माण गरिदिन्छ ।


तेल तेल सँगै घुल्छ भने जस्तै अचेतन रूपमै पैदा हुने बडी इनर्जी र सामीप्यमा रहेको प्रेमीको बडी इनर्जीसँग फ्रिक्वेन्सी मिलेको अवस्थामा एउटै ठूलो फ्रिक्वेन्सी बन्दाको समयमा शरीर वास्तविक रूपमा रोमाञ्चित बनेको दुवैलाई महसुस हुने र नमिल्दाका बखत वातावरण उत्साहजनक नहुने हुन सक्छ । त्यसलाई सामान्य बोलीचालीमा एक अर्का बीचको सम्बन्धमा हुने पोजेटिभ वा नेगेटिभ भाइवका रूपमा चित्रण गर्ने गरिन्छ ।

हामीले आफूलाई जुन इमोसनमा राखिन्छ, त्यसै अनुसार शरीरका रहेका न्युरोकेमिकल परिचालित भई बडी इनर्जी उत्पादन हुने आज क्वान्टम बडी मेकानिक्सले प्रमाणित गरिदिएको छ । आयुर्वेदिक प्रेमालापका लागि तपार्ईंले इच्छाए अनुरूपको सम्बन्धको विकास हुने गरी शरीरको एटमिक इनर्जी पैदा गर्न सकिने विकल्प उपलब्ध रहेको क्वान्टम फिजिक्सले इंगित गर्छ ।


यहाँ क्वान्टम फिजिक्सले इंगित गरेको चुरो कुरो के हो भने आफू सुहाउँदो योग्य प्रेमीको खोजीमा सफल हुन सकारात्मक सोच मार्फत आफू को हो र कस्तो प्रेमी डिजर्भ गर्छु भनी अन्तरात्मामा ज्ञात–अज्ञात रूपमा विकास गरेको अमूक मापदण्डमा पुनरवलोकन जरुरी छ। त्यस्तो पुनरवलोकन जसले आयुर्वेदिक प्रेमको आधारभूत मान्यतालाई पूरा गर्ने गरी ती मापदण्डलाई उन्नत सम्झौताको उचाइमा पु¥याउन सकोस् ।


आयुर्वेदमा क्रिडाकार्यलाई सम्भोग भनिन्छ । समग्रमा सम्भोग के हो त भन्नेबारे रहेको वैज्ञानिक दृष्टिकोण र आयुर्वेदिक दृष्टिकोणमा रहेको विशाल खाडलले प्रेम र प्रेमालाप बारेको दृष्टिकोणमा निकै ठूलो अन्तर निम्ताएको छ । सम्भोग प्राणी मात्रका लागि भगवान् को उत्कृष्ट उपहार हो भन्ने मान्यता राख्छ आयुर्वेदिक काम शास्त्र। वैज्ञानिक दृष्टिकोणमा भने सम्भोग मनोरञ्जनको जैविक जरुरत मानिएको छ।


वैज्ञानिक प्रेममा प्रेमालाप पूर्तिका लागि सेक्स टोय र सेक्स रोबोटको विकल्प समेत पर्याप्त हुने बुजिन्छ। आयुर्वेदिक दृष्टिकोणमा भने क्रिडाकार्यमा एकै वर्गका प्राणीको (जस्तै मानिस–मानिस बीच) दुई आत्माको शारीरिक र मनोवैज्ञानिक मिलनको अनिवार्य जरुरत पर्छ। सेक्स टोय र सेक्स रोबोट निर्जीव र सजीव बीचको विकल्प रहेकाले यो क्रीडा हुन सक्दछ, तर आयुर्वेदिक सम्भोग हुन सक्दैन। आयुर्वेदिक प्रेमालाप मानिँदैन।


आयुर्वेदले प्रेमालापलाई इन्द्रियगत आनन्दको अनुभूति गराउने, मनोवैज्ञानिक चरम सुख र भावनात्मक सामीप्यता दिने र आपसमा उत्कृष्ट सम्मान अभिवृद्धि गर्ने माध्यमका रूपमा ग्रहण गर्दछ। वैज्ञानिक प्रेमको निचोडले प्रेमालापलाई शारीरिक सम्भोग, सम्भोग पश्चात् परिकल्पना गरिएको स्खलनको चरम सुखानुभूति र स्खलनसम्म पुग्न सहयोगी हुने गतिविधि सम्ममा मात्र सीमित गरिदिएको छ। वैज्ञानिक प्रेमको बुझाइमा गीत गाउनु, नाच्नु, खेल्नुजस्तै अमूर्त सन्तुष्टि र मनोरञ्जनका लागि जरुरी हुने जैविक जरुरतको पूर्ति गर्ने माध्यम हो, रोमान्टिक प्रेम।


समग्र सन्तुष्टि सँग अमुर्त सन्तुष्टि र मनोरञ्जन समेत सम्बन्धित हुने हुँदा रोमान्टिक प्रेमले समग्र स्वास्थ्य र समृद्धिमा ठूलो भूमिका खेल्छ भन्ने मान्यता राख्छ वैज्ञानिक प्रेम।


आयुर्वेदका अनुसार ‘समयाका र भोग’ शब्द मिली सम्भोग (सम् + भोग, together + enjoyment)  बनेको हो। जसमा ‘समयाका’ को अर्थ ‘सन्तुलनको कायम (Timing appropriateness)’ हुन्छ भने ‘भोग’ को अर्थ इन्द्रिय मार्फत अनुभूति गरिने आनन्द र धन्यको अनुभूति हुन्छ। आयुर्वेदले सम्भोगलाई दीर्घकालीन रूपमा दिमागी अवस्था, भावना र समग्र स्वास्थ्य प्राप्तिका लागि उपलब्ध जादुयी क्रिया या कस्मिक दिव्यता वा आनन्द कस्तो हुन्छ भनी उपलब्ध नमुनाको अनुभूतिको प्राप्तिको अवसर र अहोभाग्य भन्दछ।  


पूर्ण आत्म सम्मान र स्वतन्त्रता सहित स्व-सन्तुलित हुँदै वैचारिक शून्यतामा पुगेर लिइने दीर्घकालीन आनन्द र धन्य अनुभूति लिने एक माध्यम भनी आयुर्वेदले सम्भोगलाई पहिचान र उच्च सम्मान   दिएको छ। आयुर्वेदिक सिद्धान्त अनुसार सम्भोगको अर्थ ‘एक्सटेनडेड एण्ड सस्टेनेबल’ वा दीर्घकालीन तथा सन्तुलित दिगो स्वर्गीय आनन्द लिने क्रिया हो। अनन्तकालका लागि दीर्घकालीन र सन्तुलित स्वर्गीय आनन्दको अनुभूतिको स्वाद लिने विकल्प भनेको छ। स्खलनको चरम सुखको अनुभूति चेतनाको मोक्ष अवस्थामा हुने अनुभूति नजिकको सुख रहने सङ्केत गर्दछ।


मोक्ष अवस्था नजिकको सुखको अनुभूतिको स्वाद सम्भोग मार्फत लिन अन्तरात्माले चाहेको, मृदु भाषी, मनै देखि मन पराउने, सम्मान गर्ने, नैतिक मूल्यमा अडेको, स्वस्थ प्रेमको दायरामा रहने निश्चित रहेको, सहवासको इच्छा मनै देखि जागृत भएकाले सो को लागि सहकार्यको स्वीकृति मागि रहेको प्रेमीसँग प्रेमीको मागको समयमा समान सहभागिता र सहकार्य हुने निश्चितताको बिच मात्र स्वस्थ साझेदारीको सम्भोगका लागि तयार हुन सुझाउँछ आयुर्वेद।


त्यो भनेको क्वान्टम बडी मेकानिक्सले सुझाए अनुरूपको प्रेमी सँगको संगतमा रहँदा चेतन–अचेतन रूपमै पैदा हुने बडी इनर्जी र सामीप्यमा रहेको प्रेमीको बडी इनर्जीको फ्रिक्वेन्सी पूर्ण रूपमा मिल्न पुगेको अवस्था हो। जसले आयुर्वेदिक प्रेमको सर्तलाई पूरा गर्ने लगभग निश्चित हुन्छ भन्ने मान्यता स्विकार्न सहज गर्दछ।


आयुर्वेदका अनुसार नैतिक र आपसी समझदारीको यौनजन्य क्रियाकलापले सुख, दीर्घायु, यौन शक्ति प्रवर्धन, अनुहारमा आकर्षण र छालामा चमक थप्नुका साथै शारीरिक सुगठन, मनोवैज्ञानिक दक्षता अभिवृद्धि गरी व्यक्तिको शारीरिक, मानसिक र व्यावहारिक जीवन पद्धतिलाई सन्तुलित गर्छ ।


सेतो प्रकाशको किरणलाई प्रिज्मबाट छिर्न दिँदा प्रकाश इन्द्रेणी रङका विभिन्न किरणमा परिवर्तित हुन्छन्। किनकि सेतो प्रकाश भिन्नाभिन्नै वेभलेन्थ र रङका प्रकाशहरूको मिश्रण हो । जसरी विभिन्न रङ देखिने भिन्नभिन्न वेभलेन्थका प्रकाशहरूको समसंयोजन हुँदा सेतो प्रकाश बन्छ, त्यसरी नै मनका विभिन्न इच्छा, चाहना र प्रतिक्रियाले पैदा गर्ने तरंगका कारण शरीरबाट विभिन्न वेभलेन्थका बडी इनर्जीका किरण निस्कने गर्छ ।


तपार्ईंको शरीरबाट तत्कालको आपसी मुड, चाहना, मान्यता र अनुभूतिको प्रभावमा निस्केका रंगीन बडी इनर्जीका किरण प्रेमीको रंगीन बडी इनर्जीका किरणसँगको संसर्गमा आउँदा एकापसमा राम्रो हार्मानी हुन गएमा एउटै ठूलो फ्रिक्वेन्सी बनिदिन्छ।


उल्लिखित सकारात्मक परिस्थितिमा प्रेमीतर्फका सबै सूचना तपार्ईंको शरीरले विनाअवरोध प्राप्त गरिरहेको हुन्छ। तपाईंले प्राप्त गरिरहेको प्रत्येक सूचना तपार्ईंको वेभलेन्थसँग मिलिरहेकाले अकल्पनीय सकारात्मक तरंग र रोमाञ्चित भाइव निर्माण गरी रहेको हुन्छ । संश्लेषित उच्च फ्रिक्वेन्सीको इनर्जीको किरणबाट दुवै प्रेमीबीच आदानप्रदान हुने प्रस्ट अन्तरसञ्चारबाट शरीरले प्राप्त गर्ने अनुभूतिले कस्मिक रोमान्सको अनुभूति दिलाउँछ ।


हालै परीक्षणका लागि भर्खरै बच्चा जन्माएका आमाहरूका दुई वटा समूह बनाइयो । प्रत्येक समूहका आमाहरूलाई बीचमा केही समयका लागि उनीहरूको बच्चा छोडी अन्यत्र जान भनियो। एक समूहका आमाहरूलाई बच्चासँग अलग भएको समयमा तनाव युक्त काम र वातावरणमा राखियो। अर्को समूहका आमाहरूलाई सामान्य काम सामान्य वातावरणमा गर्न भनियो। दिइएको काम एकै समयमा सम्पन्न गरिसकेका दुवै समूहका आमाहरूलाई एकै तरिकाबाट उनीहरूको बच्चा भएको ठाउँमा फर्काइयो र बच्चा नजिक जान भनियो।


तनावयुक्त वातावरण बाट फर्केका आमाहरू बच्चा नजिक पुगेर केही पनि नगरी सामान्य रूपमा बस्दासमेत उनीहरूको शरीरबाट निस्केको बडी इनर्जी तुरुन्तै तिनका नवजात शिशुमा सरेको भेटियो। आमाहरूले ती नवजात शिशुलाई न केही गरेका थिए न त केही भनेका नै थिए न त छोएकै थिए, तनाव युक्त वातावरण बाट फर्केका आमाहरूका बच्चाहरू आमा नजिक पुग्ने बित्तिकै रुन र च्याँठिन सुरु गरिहाले। सामान्य काम सामान्य वातावरणमा गरी फर्केका आमाहरूमा भने त्यस्तो केही भेटिएन। चेकअपका क्रममा जब ती बच्चाहरू आमाको नजिक परेका थिए, उनीहरूको मुटुको धड्कन आमाको मुटुको धड्कनसँगै मिल्ने गरी बढेको थियो। त्यसलाई तनावको संक्रमणको नाम दिइयो ।


यस्ता धेरै परीक्षणबाट के पुष्टि भएको छ भने हामी र हाम्रो नजिकै रहेको व्यक्तिसँग यस्तो इनर्जीको कनेक्सन (संक्रमण) हुने गर्छ। विशेषतः उनीहरूसँग, जो आफूसँग नजिक छन् र जोसँग हाम्रो नजिकको भावनात्मक सम्बन्ध बसेको छ। निजी जीवनका घटना न त तपार्ईंले चाहे अनुरूप अघि बढ्छन् न त तिनीहरू तपार्ईंको पूर्ण नियन्त्रणमै रहने सम्भावना रहन्छ । वातावरणबाट पलपल प्राप्त भएका सूचनाले तपार्ईंमा भिन्नाभिन्नै समयमा भिन्दाभिन्दै असर थुपारि दिन्छन्। यस कारण तपार्ईंका बडी इनर्जी र शरीरबाट प्रवाह हुने इनर्जीको पल पलमै फरक फरक बनिदिन्छ।


जब तपार्ईं तनावमा पर्नुहुन्छ, कसैको हेला, अन्याय, घृणा र उपहासको पात्र बनाइन्छ या आक्रोशमा हुनुहुन्छ, कुनै कुरो प्राप्त गर्ने इच्छाले भुतुक्कै बन्नुभएको छ तर त्यो तपार्ईंलाई मिलि रहेको हुँदैन, डरमा हुनुहुन्छ वा कुनै अप्रिय घटनाको सिकार हुनुभएको छ, यस्ता अवस्थामा तपार्ईंले नचाहँदा नचाहँदै पनि त्यसले पारेका नकारात्मक असर आंशिक रूपमा प्रियजनमा सरिसकेको हुन्छ। तपार्ईंको बिग्रेको मुडका कारण, यो समयमा बिना कुनै खराब इरादा तपार्ईं एकाएक तपार्ईंकै प्रेमीसँग किचकिच गर्ने, सानोसानो कुरामा असहमति जनाउने र आफ्नो उग्र असन्तुष्टि पोख्ने जस्ता उग्र व्यवहार प्रस्तुत गर्ने सम्भावना रहन्छ।

तपार्ईंको नकारात्मक बडी इनर्जीको संक्रमणका कारण नजानिँदो रूपमा मुड बिग्रिसकेको तपार्ईंको प्रेमीको तपाईंले बर्साउनु भएको थप तान्डव्यले तपार्ईं माथि सहानुभूति दर्साउन सक्ने क्षमता गुमाइसकेको हालतमा पुग्न सक्ने अधिक सम्भावनामा रहन्छ। फलतः दुईबीच असमझदारी आवश्यकता भन्दा निकै अघि बढ्छ। घटना पश्चात् परिस्थिति अलि साम्य बनिसक्दा समेत घटनाको निष्पक्ष पुनरवलोकन गर्दा एकले अर्को नै बढी जिम्मेवार रहेको भन्ने निचोडमा पुग्ने गरेको भेटिन्छ।


आजको सामाजिक परिस्थितिमा, कारण जोसुकै होस्; जुनकुनै समयमा तपार्ईं तनावमा पर्नु सामान्य मानिन्छ हिजो आज। आफूमा पर्ने तनावले प्रेमीलाई दिने नकारात्मक असर र त्यसले प्रेमीहरू बीच एक अर्को लाई मनै भाँचिनेसम्म पु¥याउने घटना प्रायः एकै दिनमा एउटै परिघटनाले तयार गरिहाल्ने हुँदैन। तर, यी र यस्तै प्रकृतिका ससाना परिघटनाको विशाल रूप नै जोडीबीचको प्रेम टुट्ने कारक हुने लगभग निश्चित रहन्छ। तसर्थ सफल दाम्पत्य जीवनको आशामा प्रेमीहरूको खोजीमा रहेका जो कोहीले यस्ता प्रत्येक घटनाको मूल जराकै पहिचान गरी उपयुक्त निदान खोज्नु जरुरी छ ।


क्वान्टम बडी मेकानिक्सका अनुसार जब तपार्ईं तनावमा पर्नुहुन्छ, त्यसको असर निजी जीवनमा पर्न नदिन तपार्ईंले हाई–फ्रिक्वेन्सी इनर्जीको सहायता लिन सक्नुहुन्छ। हाई–फ्रिक्वेन्सी इनर्जीलाई तपार्ईंको ‘होम इनर्जी’ भने पनि हुन्छ । अर्थात् बाहिरी तनावयुक्त वातावरणमा नपरिरहेका बेला तपार्ईंसँग रहने इनर्जी।

बाहिरी वातावरणले तपार्ईंमाथि पैदा गरेको तनावमा प्रेमीको कुनै भूमिका र नियन्त्रणमा छैन । कुनै पनि तनाव अल्पकालीन हो। तपार्ईंका लागि प्रेमीसँगको सम्बन्धले नै मुख्य महत्व राख्छ । उक्त महत्वका सामु तपार्ईं जुन कारणले चिन्तित हुनुहुन्छ, ती गौण हुन् । यस्तो महसुस गर्न सके तपार्ईं आफूलाई चिन्ता ग्रस्त अवस्थाबाट न्युट्रल अवस्थामा पु¥याउन सक्षम हुनुहुन्छ । यो तपार्ईंले तत्कालका तनावमाथि लगभग नियन्त्रण प्राप्त गरिसकेको अवस्था हो ।

जब तपार्ईं ‘यदि मलाई आजको यो बाहिरी तनाव नपरेको भए म के सोचिरहेको हुन्थेँ होला’ भनी आफैँलाई सोध्नुहुन्छ र त्योबारे कल्पन थाल्नुहुन्छ, तपार्ईंले वास्तवमै आफू नयाँ अनुभूतिमा प्रवेश गरिसकेको महसुस गर्न थाल्नु हुनेछ ।


यो अवस्थामा तपार्ईं बिस्तारै आनन्दित र सुखी बन्दै जानु हुनेछ । प्रेममा रहँदा प्रेमीसँगका आत्मीय क्षण र ती क्षणको निरन्तरताले पुनः दिन सक्ने सन्तुष्टिबारे सोचमग्न भई तपार्ईंले आफैँलाई होम इनर्जीको अवस्थामा पु¥याउन सक्नुहुन्छ । तपार्ईं इनर्जीको अवस्थामा पुग्दाका बखत परिणाम के आउँछ, त्यसले आफैँलाई अचम्मित पार्नेछ ।


तपार्ईं कुनै चिजको प्राप्तिका लागि वास्तवमै आकुल व्याकुल बनिसकेको र नियन्त्रणका लागि नै चुनौतीपूर्ण बनेको अवस्थामा ‘यदि मैले यो प्राप्त गर्न सकिनँ भने राम्रो हुने छैन’ भन्ने जस्ता सोचाइले नकारात्मक भाइव दिन्छ । त्यही कुरो यदि ‘अहिले म यो कुरो पाउनका लागि अत्यन्त आतुर छु’ भनी परिवर्तन गरे सोचाइले सकारात्मक भाइव दिने र प्रेमीसँगको सम्बन्धलाई तुलनात्मक रूपमा गाढा गरिदिने छ ।


समय परिस्थितिमा नितान्त अप्ठ्यारो सूचना नै दिनुपर्ने अवस्था आइलाग्दासमेत तपार्ईंले आफूलाई आमने सामने रहेर, सके सम्म सन्तुलित राखी, धन्याँनुभूति महसुस गर्दै गरिएको कुराकानीले तुलनात्मक रूपमा सकारात्मक परिणाम दिने देखिन्छ। किनकि क्वान्टम बडी मेकानिक्सका अनुसार समयले स्थिति त्योभन्दा पनि खराब हुनबाट रोकेको सम्झी सोका लागि आफू धन्य बन्नु जरुरी छ भनी आफूले आफूलाई सल्लाह दिँदै गर्दाको अवस्थामा तपार्ईं बनावटी रूपमा आफ्नो मुड ठीक गरिरहनुभएको छ वा वास्तवमै तपार्ईंको मुड ठीक छ भन्ने फरक तपार्ईंको दिमागले खुट्याउन सक्दैन । यसले निकै गाह्रोभन्दा गाह्रो कुराकानीलाई पनि सरलीकृत मात्र गर्ने छैन, उक्त समयलाई समेत अद्भुत आत्मीयताको क्षणमा परिवर्तन गरिदिने छ ।

आयुर्वेदिक मान्यतामा भने उल्लेखित बाहेक ध्यानको विकल्प समेत अघि सारिएको छ ।


पृथ्वीको गुरुत्वाकर्षण, चुम्बक आदि बारे अध्ययन गर्ने क्रममा हामीले बुझेको तथ्य के हो भने एकापसमा भौतिक रूपमा नजोडिई रहेका दुई भिन्नभिन्न वस्तुबीच आन्तरिक तथा अन्य इनर्जीका कारण आकर्षण तथा विकर्षण हुन सक्छ । यस अर्थमा दुई प्रेमीबीचको आकर्षण प्राकृतिक नियम अनुकूलको प्रकृतिले प्राणी मात्रलाई उपलब्ध गराएको सबैभन्दा उत्तम र सुन्दर उपहार हो । यसले तपार्ईंको मनलाई प्रेमीको मनसँग भौतिक रूपमा नजोल्टिँदाको बखतमा समेत मनोवैज्ञानिक र भावनात्मक संसर्ग मार्फत जोल्टिने, एकापसमा चिर परिचित गराउने, मिलनको विन्दुसम्मै पु¥याउने र फरकफरक शरीरमा रहेका दुई मुटु आपसमा जोडिएको अनुभूति दिई साझेदारीमा जीवनयाँपन गर्ने अवसर उपलब्ध गराउँछ ।


प्रकृतिको यो उपहार जति उत्कृष्ट छ, त्यसको सदुपयोग र जगेर्ना गर्ने तौरतरिका पनि आफ्नै ढर्राको मात्र छैन, अति नाजुक र संवेदनशील पनि छ। जे होस्, उपलब्ध आयुर्वेदिक प्रेमको मान्यतालाई आत्मसात् गर्दा प्रेम जीवन सार्थक रहने देखिएको सन्दर्भमा भ्यालेन्टाइनजस्ता दिवसमा प्रेमको गुलाफ सट्टापट्टा गर्ने क्रममा वैज्ञानिक विचारधाराको प्रेमभन्दा आयुर्वेदिक मान्यताको प्रेमीमा आफूलाई परिवर्तन गर्नेतर्फ सोच्ने कि ?


स्वर्गद्वारीको यात्रा


हरेक पुरुषको अण्डाशयमा रहेको शुक्राणु उत्पादन गर्ने कोषिकाहरूको संख्याका आधारमा उसको वीर्यमा हुने शुक्रकीटको संख्या र गुणस्तर व्यापक रूपमा फरक हुने गर्छ। सामान्यतया पुरुषको वीर्य स्खलन हुने समयमा प्रत्येक पटक दुई मिलिलिटर (एमएल) देखि पाँच एमएल वीर्य निस्कन्छ । प्रति एमएल वीर्यमा २० मिलियन देखि ३०० मिलियन शुक्रकीट हुने हुँदा हरेक चोटिको स्खलन कुल ४० मिलियनदेखि १८०० मिलियन शुक्रकीट स्खलन हुने गर्छ। सन्तान उत्पादन गर्ने क्षमता रहेको ठानिने स्वस्थ मानिसमा प्रति एमएल वीर्यमा औसत ४० देखि ६० मिलियन शुक्रकीट हुने हुँदा सम्भोगमा संलग्न नारीलाई हरेक चोटिको स्खलनमा पुरुषले ८० देखि ३०० मिलियन शुक्रकीटको शुक्रदान गर्ने गर्छन् ।


हरेक जोडीको प्रजनन क्रियामा हरेक चोटि हुने स्खलनका क्रममा पुरुषबाट कति धेरै वा थोरै संख्याको शुक्रकीट दान हुन सक्यो भन्ने गणनाले मात्र पुरुषको नारीलाई गर्भधारण गराउने क्षमताको निर्धारण गर्ने गर्दैन । सम्भोगका क्रममा गर्भधारण सफल बन्नु वा नबन्नु पछाडि अन्य धेरै जीव विज्ञानको प्रक्रियाहरू जिम्मेवार रहन्छ । जस्तै: शुक्राणुहरू कसरी उत्पादन हुन्छ, शुक्रकीट कसरी अण्डकोषबाट योनिसम्म पुग्छ, योनिबाट कसरी डिम्बसम्म पुग्न शुक्रकीटको बाटो तय गरिन्छ, योनि भित्र अण्डकोष खोज्दै अघि बढ्ने क्रममा बाटोमा आउने विभिन्न संघर्षका चरणहरूमा कसरी शुक्रकीट लड्छ, सम्पूर्ण समस्या पार गरी अन्तिम गन्तव्यमा आफूलाई पर्खिरहेको सक्रिय अण्डकोषभित्र कसरी सफलतापूर्वक शुक्रकीट छिर्न सक्छ आदि।


शुक्रकीटको पुच्छरले योनि रसमा वीर्य मिसाउँदा त्यहाँ पुग्ने शुक्रकीटलाई योनि रसमा पौडी खेल्दै अघि बढ्न सहयोग पु¥याउन भूमिका खेल्छ। शुक्रकीटको टाउकोको गोलो भागमा सानो ऊर्जा कारखानाका रूपमा रहेको मिटोकोन्ड्रिया, २३ वटा क्रोमोजोम रहेको सेलको डिएनए रहन्छ । शुक्रकीटको टाउकोको गोलो भागको टुप्पोमा इन्जाइम समेत रहन्छ जसले जब शुक्रकीटले डिम्ब फेला पर्छ तब त्यसको डिम्बको बाहिरी सुरक्षात्मक तह प्वाल पारी डिम्ब भित्र छिर्न सहयोग गर्छ । उक्त डिएनएले नै पुरुषको अनुवांशिक सूचना भ्रूणमा पु¥याउने हुँदा त्यसलाई मानिसको बीज वा बिउ भनिन्छ ।


मानिसमा हुने शुक्रकीट सबै एकै प्रकारको रहने गर्दैन। कुनैको दुई वटा टाउको भएको समेत हुन्छ भने कुनैको टाउको नै हुँदैन। सामान्यतः एउटा टाउको हुने शुक्रकीटमा कुनैको टाउको ठूलो हुने, कुनैको सानो हुने समेत हुन्छ । कुनैको पुच्छर सानो वा छोटो हुने, कुनैको पुच्छर नै नभएको समेत भेटिन्छ। कुनैको कोल्टो ठाममा पुच्छर आएको र कुनै भने घुमाउरो पुच्छर झुन्डिएको पनि भेटिन्छ। धेरै संख्यामा शुक्रकीट सामान्य संरचनामा भेटिने गर्छ। असामान्य प्रकृतिमा देखिने शुक्रकीटको गर्भधारणको क्षमता कम हुने विश्वास गरिन्छ ।


यहाँ एउटा चाखलाग्दो कुरा के छ भने जब महिलाहरू जन्मिन्छन् उनीहरूमा रहने सम्पूर्ण डिम्ब उनीहरू आफ्नो आमाको गर्भमा भ्रूणको अवस्थामा रहँदैमा राखिएको हुन्छ। महिलामा जस्तो पुरुषमा भने तयारी शुक्रकीट उनीहरूसँगै जन्मेको नभएर उनीहरूको अण्डकोष भित्र हुने सेमिनिफेरस ट्युबमा निर्माण गर्न जरुरत हुन्छ। जब पुरुष वयस्क हुने समयमा पुग्छ तब अण्डकोष भित्रको अत्यन्त लामो कोइलका रूपमा घुम्रिएर रहेको सेमिनिफेरस ट्युबभित्र शुक्रकीट बन्छ।


सेमिनिफेरस ट्युबभित्र उत्पादन भएका शुक्रकीट इपिडिडिमिस (Epididymis) र भास डिफरेन्स (Vas Deferens) भनिने गुजुल्टो परेको नलीभित्र परिपक्व बन्छन्। गुजुल्टो परेको उक्त नलीहरू अन्त्यमा मूत्र मार्गमा खुलेका हुन्छन्। सम्भोगको समयमा परिपक्व बनेर वीर्यमा रहेका शुक्रकीट वीर्यसँगै मूत्र मार्ग हुँदै युवतीको प्रजनन अंगमा कुशलता पूर्वक पु¥याइन्छ। पुरुषको शरीर भित्र शुक्रकीट उत्पादन भएर परिपक्व हुन लगभग ७४ दिन सम्म लाग्ने गर्छ । सामान्य औसतमा भने नौ हप्ताको आसपासमा उक्त प्रक्रिया पूरा हुने गर्छ।


अर्को चाखलाग्दो कुरा के हुन्छ भने शुक्रकीटलाई अत्यन्त शान्त वातावरण मन पर्छ। जब मानिस यौवन अवस्थामा पुग्छ तब उसको अण्डकोष शरीरबाट तल झरी दुई साँप्रोबीच तुर्लुंङ झोलिने गर्छ। यसले शुक्रकीट समेतको वीर्य बनाउने बायोमेसिनरीको तापमान दुई डिग्री सेल्सियसले कम कायम गर्न मद्दत गर्छ। जसले गर्दा वीर्यको उत्पादन, संकलन, संरक्षण गर्न र सक्रिय राख्न सम्भव बन्छ।


यौवनावस्थामा पुग्दा पुरुषको अण्डकोष कुनै कारणले शरीरभित्र नै रहेर झुन्डिन सकेन भने ऊ जीवनभर बाँझो रहने डर हुन्छ । एउटा अण्डकोष झ¥यो, अर्को झरेन भने उसले प्रजनन मार्फत युवतीलाई गर्भधारण गराउन सक्छ भन्ने निश्चितता कम हुन्छ । तातो पानी वा प्याडको प्रयोग गरी नियमित अण्डकोष तताउने गर्दा पुरुषको शुक्रकीट उत्पादनमा कमी आउने गर्छ।


यद्यपि पुरुषको अण्डकोष भित्र शुक्रकीट नियमित रूपमा बनिरहने गर्छ। यदि केही लामो समयका लागि पुरुषको वीर्य स्खलन भएन वा गरिएन भने पनि उसको अण्डकोष वीर्यले भरिएर विस्फोट हुने गर्दैन । कारण निश्चित समयमा स्खलन नभएको वीर्य तथा शुक्रकीट शरीरले पुनः टुक्य्राएर आफैँले अवशोषण गर्छ। जसलाई यौन ऊर्जा लाई ओज अथवा औरा तथा आध्यात्मिक शक्तिमा परिवर्तन गर्ने प्रक्रिया भनिन्छ। शरीरको उक्त प्रक्रियाका कारण वैज्ञानिक प्रविधिको भ्यासेक्टोमी जस्ता परिवार नियाँजनको उपाय सफल बनेको हो। किनकि भ्यासेक्टोमी हुँदै गर्दा पुरुषहरूको वीर्य आउने ट्युब काटिएको मात्र हुन्छ। शुक्रकीट मिसिएको वीर्यको उत्पादन प्रक्रिया रोकिएको हुँदैन। उनीहरूमा उत्पादन हुने अत्यधिक शुक्रकीट मिसिएको वीर्य शरीरले अवशोषित नगर्ने भएको भए उक्त कार्यले उनीहरूको अण्डकोष वीर्यले भरिएर विस्फोट हुने गर्दथ्यो।  तर त्यसो हुँदैन।  त्यो शरीरले अवशोषण गर्दछ।


आज कतिपय विवाहित जोडीहरू गर्भधारणमा जिम्मेवार रहने जीव विज्ञानको आधारभूत प्रक्रियाबारे नजर अन्दाज गरी आफूले चाहेका बेला गर्भधारण नभएर दिक्क बनिरहेका भेटिन्छन् । उनीहरूले ख्याल गर्नुपर्ने कुरा के छ भने सम्भोगका बेला जति सुरक्षित वीर्यलाई योनि भित्र उच्च गतिले हुत्याइदिन सकिन्छ त्यति धेरै गर्भाधानको सम्भावना रहन्छ। यसका लागि सम्भोगको समयमा लिंग कडा र उत्तेजित रहन जरुरी हुन्छ। हर्नी भनिने उत्तेजित तथा दरिलो लिंग निर्माणका लागि लिंगको संरचनामा रहेका शिरा तथा धमनीहरूमा एक जटिल प्रक्रियाको रक्तचाप वृद्धिको जरुरत पर्छ। जुन परिवर्तित रक्त प्रवाहमार्फत उत्पन्न हुने गर्छ। यसमा शारीरिक र भावनात्मक कारक हरूको विशेष भूमिका हुने गर्छ।


एक अर्काबीच सम्मानको अवस्था, यौन चाहना, यौन आसक्ति, एउटाले अर्कोलाई चरम सुखको अनुभव दिन आफूलाई सहज पारिदिने व्यवहार, पूरा समय दुवैको सकारात्मक सहभागिता, अर्कोलाई सम्भोगमा सक्रिय हुन उत्प्रेरित गर्ने संस्कारको विकास आदि अनिवार्य हुन्छ। त्यसमा मानिसको जीवन शैली र यौन कार्यको समयमा प्राप्त स्वतन्त्र वातावरणको समेत अत्यधिक भूमिका रहन्छ। धेरै थकित वा निराश रहेको, धेरै रक्सी पिएको वा डिप्रेस रहेको अवस्थामा हर्नि (Horny) अवस्था प्राप्ति सम्भव रहन्न।


सम्भोगको समयमा पुरुष साथीलाई चरम सुख प्राप्ति तर्फ उत्प्रेरणा दिन होइन, त्यस विपरीत नचाहिने खुद्रा मसिना नकारात्मक कुरा निकाली बखेडा गर्ने, नकारात्मक शारीरिक हाउभाउ प्रदर्शन गर्ने, गर्भधारण हुन नसक्नुमा पुरुष निकम्मा रहेको जस्ता वचन लगाउने आनीबानीले पुरुषमा मनोवैज्ञानिक हैरानी विकास हुन गई लिंग हर्नी नहुने समस्या जन्माएको घटना अधिक देखिएको छ। उक्त अवस्था लामो रहँदा पुरुष लिंग कडा नहुने रोगले लामो समय ग्रसित भएको समेत भेटिने गर्दछ।


जब लिङ्ग हर्नि (Horny) बन्दछ र सहभागिता मूलक यौन कार्यमा सम्पूर्ण रूपमा योनि भित्र छिरेको हुन्छ त्यसलाई ब्राभो – डेल्टा भनिन्छ (पुरै ल्वात्त छिर्नु)। आपसी सहमतिको सम्भोगमा सहभागी हुने युवक युवती दुवै सम्भोगले दिन सक्ने चरम आनन्द उठाउन सक्रिय सहभागिता मार्फत दुवैको सम्पूर्ण प्रयास ब्राभो–डेल्टा हुँदै चरम सुखको अवस्थामा दुवैलाई पु¥याउनु उनीहरूको आफ्नो स्वस्थ, मनोवैज्ञानिक सबलता र सम्भोगरत पक्षबीचको तत्कालीन समयको अनिवार्य धर्म कर्म मानिन्छ। प्रकृतिले मानिसलाई आफ्नो सन्तान उत्पादन गरी पृथ्वीमा आफ्नो वंशको बिउको नियमितता कायम राख्न दिएको जिम्मेवारी पूरा गर्न जरुरी हुने गर्भधारण सफल बनाउन उक्त धर्मको पालन अनिवार्य हुने गर्छ।


योनिभित्र वीर्यको स्खलन सम्भव हुँदै गर्दा वीर्यमा रहेको शुक्रकीटलाई आफूले गर्भाधान गराउनुपर्ने डिम्ब कहाँ छ भन्ने कुनै पत्तो हुँदैन। महिलाको योनिमा निर्मित विशिष्ट नलीको निकास गर्भाशय सम्म हुने गर्छ । उक्त नलीहरू पूर्ण रूपमा ¥यालयुक्त योनि रसले भरिएका हुन्छन्। उक्त नली हुँदै पाठे घरको आसनभित्र छिर्ने बिन्दुमा पाठेघरको द्वार अथवा भनिने स्वर्गद्वारीको मूल आगमन गेट रहने गर्छ। चिसो लागेर रुघा लाग्दा नाकबाट बग्ने पानी जस्तो पातलो सिँगान जस्तो देखिने उक्त योनि रस अत्यन्त जटिल संरचना युक्त हुने गर्छ ।


कसैको वीर्य अत्यन्त बाक्लो छ भन्दैमा यो जरुरी छैन कि उनीहरूको शुक्रकीट मोटो वा तागतिलो र गतिलो हुन्छ। सामान्यतया त्यसको मतलब त्यहाँ अनियमित आकारको शुक्रकीट उच्च संख्यामा रहेको भन्ने बुझिन्छ। शुक्रकीट योनिमा प्रवेश गर्न साथ तिनीहरू गर्भाशयको योनि रसको सम्पर्कमा आउँछन्। पाठेघरको द्वारमा रहेको गेटले योनि रससँग आएको शुक्रकीटलाई परिस्थिति अनुरूप कि योनिको अम्लता बाट बचाउँदै भित्र लगी डिम्बसम्म पुग्न अनुमति दिन्छ। अन्यथा भित्र छिर्न रोकी योनि रसको अम्लता बाट शुक्रकीट नष्ट गरी बाहिर फालि दिने गर्छ।


पुरुषको लिंगको जस्तो युवतीको योनिको बाहिरी दुनियाँ र गर्भाशय बीच दुरी कायम गर्ने शरीर बाहिर सम्म झुन्डिएको संरचना हुँदैन । खोँचमा अवस्थित रहेको योनि द्वार शरीरले नियमित मल त्याग गर्ने गुदद्वारको नजिकै मूत्र त्याग नलीसँगै जोडिएको हुन्छ। आफ्नै फोहोर विसर्जन गर्ने स्थानमा रहेका रोगका जीवाणुको संक्रमण बाट बच्नुपर्ने, बाहिरी वातावरण बाट समेत योनिद्वार हुँदै संक्रमण हुने सम्भावना न्यून गर्नु पर्ने अवस्थाबीच गर्भ र बाहिरी दुनियाँको रक्षा कवचको अन्तिम लाइन रूपमा योनि द्वार र स्वर्ग द्वारीको मूल आगमन गेट बीचको नली रहेको हुन्छ। उक्त कार्य सम्पन्न गर्न प्रकृतिले बाहिरी हानिकारक जीवाणु विरुद्ध सुरक्षा प्रदान गर्न जीवाणु प्रतिरोधी गुणले योनि रसलाई पूर्ण गराउँछ ।


गर्भाशयमा गर्भाधान हुने क्षमता गुमि सकेको डिम्ब रहँदा वा डिम्ब नै नरहँदाको अवस्थामा उक्त स्वर्गद्वारीको मूल आगमन गेट शुक्रकीटका लागि खुल्दैन। केही समयमा योनि रसको बिखालु गुणले नर्कको अनुभूति गर्दै शुक्रकीट निष्क्रिय बन्छ। वीर्य सँगै योनि रसमा मिलेको मृत शुक्रकीट मिति सकिएको योनि रस नियमित योनि बाहिर विसर्जन हुने क्रममै फोहोरका रूपमा बाहिर फालिन्छ ।


योनि रसको सम्पर्कमा आउँदा शुक्रकीटले योनि रसको बिखालु जीवाणु प्रतिरोधी गुण विरुद्ध नियमित लडाइँ कायम गरी आफूलाई सक्रिय र जीवित राख्दै अघि बढ्न जरुरी पर्छ। यथार्थमा ¥यालका रूपमा रहेका योनि रसहरू अत्यन्त मसिना फाइबरको नेट जस्तो जेलिएको हजारौँ हजार जटिल संरचना निर्मित पातलो टनेल रूपी बाटोका रूपमा रहन्छन्। निर्मित अनगिन्ती टनेलहरूले संरचनागत रूपमा शुक्रकीटलाई योनि रस सहित डिम्बसम्म पुग्ने नियन्त्रित बाटो निर्माण गर्छन्। योनिको भित्री भागमा रहेका चमचम गरी चम्कने गर्भाशयका भित्री तहका मांसपेशीले पैदा गर्ने गतिले योनि रसमा तैरिएका शुक्रकीट हरूलाई स्वर्गद्वारीको मूल आगमन गेटसम्म पु¥याउन मुख्य भूमिका खेल्छ।


पुच्छर रहेका कारण योनि रसमा तैरिएर आफ्नै गतिशीलता देखाउने सक्षम शुक्रकीटहरू मसिना फाइबरको नेट निर्मित टनेलहरूको संरचनाबाट छिर्न सक्ने हुन्छन् । आफ्नै गतिशीलता कम भएका ब्याक्टेरिया र आफ्नो कुनै पनि गतिशीलता नहुने भाइरस भने जेलिएको फाइबरको नेट निर्मित टनेलहरूबाट भित्र जान असम्भव बन्छ। कोरली युवतीको महिना वारीको चक्र सँगै भिन्न रासायनिक संरचनामा हुने योनि रसको गुणका कारण उत्पादनशील समयमा शुक्रकीटहरू सजिलै स्वर्गद्वारीको मूल आगमन गेटसम्म पुग्ने प्रबन्ध हुन्छ। गर्भाशयमा गर्भाधान हुने क्षमता युक्त सक्रिय डिम्ब रहेको अवस्थामा त्यहाँ पुगेका शुक्रकीटलाई स्वागत गर्दै स्वर्गद्वारीको मूल आगमन गेट खुल्छ।


योनिमा अवतरित शुक्रकीट कति समयमा डिम्बभित्र छिरी नारीलाई गर्भवती गराउन सफल बन्छ भन्ने कुरा विभिन्न कारकमा निर्भर हुने गर्छ। योनि तथा गर्भाशयको वातावरणमा आफू सक्रिय हुन सक्ने गरी आफूलाई परिवर्तन र सक्रिय राख्न सक्ने शुक्रकीट मात्र उक्त वातावरणमा लगभग पाँच दिन आफ्नो जीवित अस्तित्व कायम गर्न सक्छ। योनि भित्र सुरक्षित अवतरण गरेको शुक्रकीट योनि रसको सञ्जाल भित्र पाँच दिनसम्म जीवित रहन सक्ने हुँदा गर्भमा अण्डा नरहेको अवस्था सम्भोग गरिएको रहेछ भने पनि त्यसको पाँच दिनभित्र अण्डा पारेर एक नारी गर्भवती हुन सक्ने सम्भावना रहन्छ ।


डिम्ब भने पैदा भएको १२ देखि २४ घण्टाको बीचमा मात्र गर्भधारण हुन सक्ने अवस्थामा रहन्छ। त्यसपछि उक्त डिम्ब त्यसमा रहेको हर्मोनमा आउने हर्मोन सिफ्ट भनिने प्रक्रियामार्फत बिग्रन सुरु गर्ने र अन्ततः पूरै विखण्डन भएर रजस्वलामार्फत बाहिर फालिने र नयाँ रजस्वलाको चक्र सुरु हुन्छ।


चक्रीय पद्धतिको नियमित रजस्वला आफैँमा हर्मोनको नियन्त्रणमा रहेर सञ्चालित हुने गर्छ। तिनै हर्मोनको निर्देशनका कारण योनि रसमा पैदा गरिने केमिकलका कारण कुनै समयमा शुक्रकीट नष्ट नगरी स्वीकार हुने अनुकूल वातावरण पैदा हुन्छ। कुनै समय भने नितान्त प्रतिकूल। योनि रसमा शुक्रकीटलाई स्वीकार गर्ने वातावरण रहेका बेला शुक्रकीटले आफूमा रूपान्तरण गरी डिम्बसम्म पुगी त्यसको झिल्ली तोडी प्रवेश गर्न आफूलाई सक्रिय तुल्याउन सक्छ ।

योनिले आफ्नो भित्री तहमा रहेको नरम तन्तुहरूको कोषिकाहरूमा अधिक ग्लाइकोजिन भण्डार गरि राखेको हुन्छ। योनिमा हुने मानिसलाई फाइदा गर्ने भजेनल माइक्रोबायोमका रूपमा अक्सिजनको अनुपस्थितिमा सक्रिय हुने र बढ्ने ल्याक्टिक ब्याक्टेरियाहरूले उक्त ग्लाइकोजिन खाएर ल्याक्टिक एसिड उत्पादन गर्छ । जसको कारण योनि रस पाँच पीएच भन्दा कम हुने गरी अम्लीय बन्न सम्भव हुन्छ।


योनि रसको कम पीएच नारीको यौनांगमा जोखिमपूर्ण हानिकारक जीवाणुहरूको संक्रमणबाट बचाउन तथा यौन रोगजनक रोग ग्रस्त हुनबाट बचाउने महत्त्व पूर्ण सुरक्षा कवच बन्ने गर्छ ।


तरलीकृत वीर्य ७.२ देखि ८.० पीएचयुक्त क्षारीय पदार्थ हो। योनि रसको पाँचभन्दा कम पीएचको रस समागमको समयमा योनिमा थुपारिने वीर्यमा रहने शुक्रकीटका लागि भने प्रतिकूल हुने गर्छ। तसर्थ सम्भोगका बेला हुने चरम सुख र उत्तेजनामा हुने पिचकारी स्खलनले वीर्य गर्भाशयको सान्निध्य पुगोस् भनी योनिको माथिल्लो भागमा पु¥याउन भूमिका खेल्छ।


प्रत्यक्ष मापनले देखाए अनुसार वीर्य यौन रसमा मिसिन पुगेको मात्र आठ सेकेन्डमा योनि रसको पीएच ४.३ बाट ७.२ पीएचमा पुग्छ । बढेको पीएचले योनि भित्र वीर्यका लागि असहजता हद निकै कम गरे तापनि विकसित पीएचसमेत पूर्ण रूपमा वीर्यको सुविधाको स्तरको नरहेकाले योनि रसमा वीर्य मिसिएको एक मिनेटभित्र नै वीर्यले शुक्रकीट लाई घेरेर योनि रस बाट सुरक्षित गर्ने कार्य सुरु गर्छ।


जसमा टिनिक्क तन्किएको उत्तेजित लिंगले योनि भित्र हुत्याएर पु¥याइने शुक्रकीट तैरिएको झोलिलो च्याप च्याप लाग्ने प्रकृतिको वीर्यको थोपाहरूको मुख्य भूमिका रहन्छ। त्यसका लागि योनि भित्र आधा घण्टा देखि एक घण्टासम्मको समय वीर्यले शुक्रकीटलाई सबै तिरबाट घेरेर भौतिक अवरोध सिर्जना गरी योनि रसलाई शुक्रकीटको सम्पर्कमा आउनबाट रोकी सुरक्षित राख्छ ।


यथार्थमा योनि भित्र सुरक्षित स्खलन सम्भव बनेपछि डिम्बलाई गर्भधारण गराउन सफल हुन वीर्यले निकै लामो यात्रा तय गर्नु पर्ने हुन्छ। योनि रसको अत्यन्त अनुकूल वातावरण भेटमा सबैभन्दा छिटो एक घण्टा पछि नत्र धेरै घण्टा पश्चात् मात्र डिम्बको गर्भधारण हुन सम्भव बन्छ।

शुक्रकीटलाई घेरेर योनि रसबाट सुरक्षित गर्ने कार्यले शुक्रकीटलाई गलत दिशातर्फ अनियन्त्रित रूपमा भड्कन बाट समेत रोक्छ । लगभग आधा घण्टाको समय पछि प्रोस्टेट एन्टिजिन र प्रोटियोलाइटिक इन्जाइमले वीर्यलाई बिस्तारै पातलो पार्दै तरल गरी शुक्रकीटको वरिपरिको सुरक्षा कवच हटाउँछ । फलतः त्यहाँ वीर्य स्वतन्त्र रूपमा तैरिन सक्ने वातावरण पैदा हुन्छ ।


वीर्यका विभिन्न संरचना निर्माण गर्न प्रमुख भूमिकामा रहने सेमिनल ग्रन्थिले कुलको लगभग ७० प्रतिशत वीर्यको भाग निर्मित गरेको हुन्छ। वीर्य निर्माणका क्रममा वीर्यको गतिशीलताका लागि चाहिने शक्तिका लागि इन्धनका रूपमा फ्रुक्टोज व्यवस्था गरेको हुन्छ। उक्त फ्रुक्टोज बाट प्राप्त शक्तिको खर्च गरी शुक्रकीट आफैँ तरल पदार्थमा स्वतन्त्र पौडन सक्छ ।


वीर्यबाट स्वतन्त्र बनेको र योनि रसको बिखालुपन छल्न र सामना गर्न शुक्रकीट सक्रिय रहेर आफ्नो सम्पूर्ण तागत लगाएर हर सम्भव पौडने शक्ति र अघि बढ्ने गर्छ। यौन क्रियाकलापमा मस्तिष्कले पैदा गर्ने ओक्सिटोसिन हर्मोनका कारण एकातर्फ नारीले स्वर्गीय आनन्दको महसुस गर्छिन् भने त्यही ओक्सिटोसिन हर्मोनले दिने आनन्द योनिको भित्री तहलाई संकुचित गराउने र फुलाउने गरिदिँदा योनिभित्र आत्मा विभोरी धुन र कम्पन पैदा हुन जाँदा योनि चुमचुम चुम्किन थाल्छ ।


आफ्नो सम्पूर्ण तागत लगाएर पुच्छरको सहायतामा पौडेको शुक्रकीट चुमचुम चुम्किएको योनिको भित्ता खुम्चने र फुक्ने क्रममा अगाडि धकेलिन थाल्छ। फलतः शुक्रकीट गर्भाशयको द्वार अर्थात् स्वर्ग द्वारी सम्म पुग्न सफल बन्छ । स्वर्गद्वारी पुगेको शुक्रकीटको स्वर्गद्वारी छिचोल्ने यात्रा जीवन मरणको यात्रा बनिदिन्छ । भर्खरै रजस्वला भएको बेला रहेछ भने त्यहाँ पौडन चाहिने मात्रामा योनि रस नै रहँदैन । रजस्वला भएको देखि डिम्ब बन्ने समय नभइसकेको बेला रहेछ भने योनि रसमा एस्ट्रोजनको मात्रा अधिक रहेकाले त्यो धमिलो, लयालो तर बाक्लो हुने हुँदा शुक्रकीटले त्यसलाई छेड्न सक्दैन। छेड्न कोसिस गर्दा पासोमा पर्छ। डिम्ब बन्ने समयमा भने पाठेघरको सर्किभल म्युकस भनिने योनि ¥याल अक्सर अण्डा जस्तो पातलो, चिप्लो, तनक्क तनक्क तन्कने, सेतो, शुक्रकीट लाई पौडन सहज हुने प्रकृतिको हुन्छ।


स्वर्ग द्वारीको प्रवेशद्वार अत्यन्त साँघुरो रहने मात्र हैन, अत्यधिक दुष्ट आत्माहरू लाई भित्र छिर्न अवरोध गर्ने स्वर्ग द्वारीको पारदर्शी पासो ठानिने लयालो ¥यालको अवरोध युक्त हुने गर्छ । यात्राको क्रममा जुन जुन शुक्रकीट स्वर्गद्वारी सम्म पुग्न सक्दैन त्यसलाई अम्लीय प्रकृतिको कठोर योनि रसले नष्ट गरी दिन्छ। अथवा उनीहरूको यात्रा नारकीय बन्छ।


शुक्रकीटहरू स्वर्गद्वारीको मूल गेटभित्र छिर्न सफल हुनासाथ गर्भाशयमा (हस्तिनापुर) शुक्रकीटहरूका उपस्थितिका कारण प्रतिरक्षा प्रणाली (शकुनी) सक्रिय बनेर प्रतिरक्षाको प्रक्रिया (महाभारत युद्ध) ट्रिगर हुन पुग्छ। हरेक पाँच शुक्रकीट (पाण्डव) विरुद्ध सेतो रक्तको कोषिकाका सयभन्दा अधिक प्रतिरक्षा कणहरूको (कौरव सेनाहरू) सामना गर्नु पर्ने स्थित आइलाग्दछ। कमसल र युद्धमा सक्षम नदेखिएका शुक्रकीटहरू प्रतिरक्षा प्रणालीको आक्रमणबाट मर्न थाल्छन्। यद्यपि स्वस्थ शुक्र कीटहरू समेत आक्रमणमा परी मर्ने गर्छन्। तर, लडाइँमा सफल बनेकाहरू स्वर्ग वा डिम्बको खोजीमा फिलोपियन ट्युबतर्फ अघि बढ्छ।


स्वर्गद्वारीको मूल आगमन गेट पार गरी हस्तिनापुरको महाभारतको युद्धमा बचेका स्वस्थ र सबल शुक्रकीटले स्वर्गको सुन्दरीका रूपमा रहेकी डिम्ब कुन चाहिँ फिलोपियन ट्युबमा राज गरी बसेकी छिन् भनी कुनै सुइँको पाउने गर्दैन। गर्भाशय भित्र डिम्बको खोजीमा पुण्य कमाउन नसकेका अत्यधिक अभागी शुक्रकीटहरू गलत फिलोपियन ट्युब र स्थानमा पुग्छन्। पुण्य कमाएका निकै दुर्लभ भाग्यमानी शुक्रकीट मात्र सही मार्ग हुँदै लक्षित डिम्बाशयसम्म पुग्छन्। डिम्बाशय भेटाएको मध्ये एउटा मात्र सर्वाधिक पुण्य कमाएको शुक्रकीटले टाउकोको गोलो भागको टुप्पोमा रहेको इन्जाइमको सहयोगमा डिम्बको बाहिरी सुरक्षात्मक तह प्वाल पारी डिम्बभित्र छिर्ने अनुमति पाउँछ ।


तीन तहको बाहिरी आवरणमा घेरिएको डिम्बाशयको झिल्ली लाई छेडेर भित्र छिर्न अत्यन्त धर्मात्मा युक्त शुक्रकीट अर्जुनले आफ्नो टाउकोमा रहेको रसायन, आफ्नो पुच्छरको तागत र आफ्नो टाउकोको टुलुक्क परेको भागको सहयोग लिन्छ। गर्भधारण सम्भव बन्छ। गर्भधारण भएको डिम्ब स्वर्गको मूल आसन वा गर्भमा रहेर लगभग दस महिना पालित पोषित हुँदै नयाँ सन्तानको रुपमा जन्म लिन्छ।  


तीनै तह प्वाल पारिभित्र छिरेको (तम, सत र रज गुणी कृष्ण वा ॐ ज्ञान प्राप्त) शुक्रकीट लाई डिम्बले भित्र तानेर आफ्नो सारतत्व सँगै मिसाउँछ र गर्भधारण सम्पन्न हुन्छ। तीनै सुरक्षा तह पार गरी शुक्रकीटले डिम्बलाई गर्भधारण गर्ने बित्तिकै डिम्बले आफ्नो झिल्लीहरूमा रासायनिक सन्देश सम्प्रेषण गर्छ। जसका कारणबाट डिम्बको झिल्ली सँगै सम्पर्क बनाउँदै झिल्ली तोडेर भित्र छिर्ने कोसिसमा रहेका शुक्रकीटहरू लाई निषेध गरिन्छ।


लिंगले योनिमा शुक्र दान गरेको ४० देखि ३०० मिलियन मिलियन शुक्रकीटमध्ये एउटा शुक्रदेव अर्जुनलाई मात्र ४० हप्ताका  (९ महिना) लागि स्वर्ग आसन प्राप्ति हुन्छ।


स्वर्ग आसन प्राप्ति गरेको भ्रूणले पूर्ण मानवका रूपमा धर्ती वा मृत्युलोकमा जन्म लिई आफ्नो सत्कर्म मार्फत आफूलाई मुक्त पार्ने अवसर प्राप्त गर्छ। गर्भाशयको फिलोपियन ट्युबमा गर्भिणी बनेको डिम्बलाई युटेरस (जुन १५ देखि २० सेन्टिमिटरको हुन्छ) हुँदै गर्भाशय पुगी प्रत्यारोपण हुन (आफ्नो स्वर्गको आसनमा स्थिर रहेर स्थापित हुन) अर्को लगभग ६ देखि १२ दिनको समय लाग्छ।


गर्भधारण सम्पन्न बनेपछि उचित मात्राको पुण्य कमाउन नसकेका शुक्रकीटहरू डिम्बाशयको चारैतिरको गुफामा केही समय वा दिन सम्म स्वतन्त्र तैरन पाउँछ। पाठेघर भित्रको योनि रस र पाठेघरको ¥यालले निर्माण गर्ने नेट बाट निर्मित टनेलहरूको संरचनाले दिने सुरक्षाका कारण वीर्य स्खलनपछि पाठेघरभित्र पुग्न भ्याएको शुक्रकीट पाँच दिनसम्म बाँच्न सक्छ ।


सम्भोगका बेला योनिको संसर्गमा आउने वीर्यको सामान्य पीएच ७.१ बाट ८.० हुने गर्छ। स्वस्थ योनिले आफैँले पैदा गर्ने ३.८ देखि ४.५ पीएचको अम्लीय हल्का बाक्लो झोलिलो पदार्थ सम्भोगका बेला लुब्रिकेन्टको काम गर्ने, त्यसको अलावा वीर्य, रगत आदिका कारण यौनांगमा बढ्न जाने पीएच नियन्त्रण गरी संसर्गमा आएका ब्याक्टेरियाबाट योनिलाई संक्रमण हुनबाट बचाउँछ ।


समयको गति सँगै योनि रसमा रहेको कम पीएच र शुक्रकीटलाई बिखालु हुने रोग प्रतिरोधी क्षमताको संक्रमणबाट शुक्रकीटहरू बिस्तारै नष्ट हुन्छन्। जुन नियमित रूपमा पटकपटक योनिले बाहिर फाल्ने योनि रसमार्फत फोहोरका रूपमा बाहिर फ्याँकिने गर्छन्। योनि रसको जन्म जात प्रतिरक्षा प्रति क्रियाका रूपमा रहेको अम्लीयपन, योनिका माइक्रोबायोम, म्युकसमा रहने प्रतिरक्षा हर्मोनका कारण मरेका शुक्रकीटहरू मूलतः गुरुत्वाकर्षणका कारण योनिस्रावसँगै योनि बाहिर चुहिन्छन्।


वीर्य कोलेस्ट्रोलद्वारा निर्मित प्रोटिन, सोडियम, भिटामिन सी जस्ता पौष्टिक सामाग्रीबाट बनेको हुन्छ। तर पनि यो पोषण तत्व नभई जीवन्त शक्तिको स्रोत रहेकाले यसले खाद्य वा पेयका रूपमा ग्रहण गर्दा नगण्य मात्र पोषणतत्व उपलब्ध गराउने गर्छ। कतिपय मानिसलाई वीर्यको एलर्जीसमेत हुने गर्छ।


नैतिक चेतनायुक्त यौन अनुभवले तपार्ईंलाई दिने चरम सुखको अनुभूतिको समयलाई समेतलाई तपार्ईं ईश्वरमा लीन हुनुभएको समयका रूपमा लिने गरिन्छ। यौनिक प्रक्रियाबाट प्राप्त हुने आनन्द र चरम सुख, बलिदानको अनुभूतिको अनुभव आदिका लागि तपार्ईंलाई तपार्ईंको यौन शक्तिको परिपूर्ति गर्नु जरुरी हुन्छ। सम्भोगको समयमा पैदा हुने तथा उपयोग गरिने नारी तथा पुरुषको प्रजनन रसहरू खनिज, भिटामिन, तागत र सुरक्षा कवचका तत्वहरू हुने गर्छन्, जुन मस्तिष्कको सन्तुलन र कार्यसम्पादनका लागि महत्वपूर्ण हुन्छ।


शरीरले निर्माण गर्ने यौनको तरल पदार्थलाई निश्चित समयसम्म परिपक्व हुन दिँदा शरीरले यसलाई पुनः सोसी आफ्नै प्रयोजनका लागि उपयोगमा ल्याउने गर्छ। यसको सारशक्ति अथवा ओज (औरा तथा जीवन्त शक्ति) मेरुदण्डभित्र रहने स्पाइनल फ्लुड भनिने तरल पदार्थमा आपूर्ति हुने गर्छ । उक्त जीवन्त शक्ति विना तपार्ईंले आफ्नो मस्तिष्क सञ्चालन गर्नु भनेको विनाइन्धन गाडी चलाउनु भने जस्तै हुन्छ । तपार्ईं छिट्टै शिथिल बन्नुहुन्छ । तपार्ईंले खर्च नगर्नु भएको तपाईंको यौन ऊर्जाको झन्डै ९० प्रतिशत शरीरका अंगहरूको मर्मतसम्भार र पुनर्ताजकीकरण कार्यमा प्रयोग हुने गर्छ। उक्त क्रियाद्वारा तपाईंको यौन ऊर्जालाई तपाईंको जीवन्त ऊर्जा र शरीरले आफूले आफैँलाई उपचार गर्ने हिलिङ शक्तिमा परिवर्तन गर्न सकिन्छ ।


आयुर्वेद अनुसार खानाको पाचन प्रक्रियाले खानाबाट रगत बन्छ । रगतबाट मासु, मासुबाट बोसो, बोसोबाट हड्डीको मासी बन्छ । हड्डीको मासीले वीर्य निर्माण गर्छ । वीर्यले भौतिक शरीर, मुटु र बुद्धिको पोषण गर्छ। आफ्नो भौतिक शरीर मात्र उपयोग गर्ने मानिसको बुद्धि र हृदय अविकसित रहन्छ। उसमा मन र हृदयको शुद्धता सम्भव हुँदैन। उसको वीर्यको शक्ति जुन मुटु र दिमागसँग सम्बन्धित रहन्छ त्यो बाहिर प्रवाह हुन जरुरी हुन्छ। उसका लागि यौन अनिवार्य विषय रहन्छ।


एक साधक जो नियमित प्रार्थना, जप र ध्यान मात्र गर्छ तर यदि उसले हृदयको विकास गर्दैन, शारीरिक योग वा व्यायामको अभ्यास समेत गर्दैन भने ऊ मात्र दिमागी रूपमा ज्ञानी रहन्छ। वीर्यको त्यो पक्ष जुन मुटुको पोषण र शरीरको पोषण गर्छ त्यो खेर जाने गर्छ। शारीरिक तन्दुरुस्तीका लागि उसलाई समेत सम्भोग उपयुक्त र अनिवार्य कार्य हो।


एक योगी जो उच्च चेतनाको तहको गहिरो ध्यान गर्छ र उसको ध्यान मानसिक विकास, हृदयको विकास र शारीरिक नियन्त्रणमा पूर्ण लागेको हुन्छ उसको वीर्य मार्फत भौतिक शरीर, मुटु र बुद्धिको पोषण सम्भव हुन्छ। उसका लागि यौन ऊर्जालाई जीवन्त ऊर्जा र हिलिङ शक्तिमा परिवर्तन गर्नु उपयुक्त विकल्प हो। उसले जीवनमा सम्भोग खासै गरि रहनु पर्ने भन्ने हुँदैन।


सर्वसाधारण मानिस जीवनको उत्तरार्धमा प्रायः आफ्नो संस्कार र कर्मको नियन्त्रणमा रहन्छ। समयको क्रमसँगै बिस्तारै आफ्नो वास्तविकता, जीवन र शरीरको आवश्यकता, जीवनको प्रकृति आदि बुझेर ऊ बिस्तारै अध्यात्मतिर आकर्षण हुन्छ। केही आध्यात्मिक साधना मार्फत आफ्ना गलत कर्म, इच्छा र अहंकार हटाएर शान्ति पूर्ण जीवन जिउने शक्ति प्राप्त गर्छ । उसका लागि आफ्नो पारिवारिक सुख र सन्तुष्टिका लागि समेत सम्भोग अनिवार्य पक्ष रहेको मान्नुपर्छ।


मानवका रूपमा जन्मिएको भए तापनि मानवका रूपमा आफूलाई विकसित गर्न नसकेको मानिसको हकमा भने यो संसारमा सेक्स र अहङ्कार बाहेक अरू केही कुराको महत्व र अस्तित्व रहँदैन। उसको दिमागमा उसका लागि सबैभन्दा मुख्य र महत्वपूर्ण विषय अहङ्कार हुने गर्छ । अहङ्कारलाई मुख्य आधार मानेर सेक्स अहङ्कार माथि जकडिएर बसेको हुन्छ। उसका लागि भने सम्भोग र मोज मस्ती नै सम्पूर्ण जीवनको सार, आधार र गन्तव्य हो। उक्त व्यक्तिका लागि यौन ऊर्जालाई जीवन्त ऊर्जा र हिलिङ शक्तिमा हैन कि जीवन्त ऊर्जा र हिलिङ शक्तिलाई यौन ऊर्जामा परिवर्तन गर्ने विकल्प उपयुक्त हुने गर्छ।

अर्थ पूर्ण संयोग


सामान्यतया १२ देखि १६ वर्ष को उमेर पुगेको किशोरावस्थाको पुरुषमा शुक्राणु उत्पादन (स्पर्माटोजेनेसिस Puberty) सुरु हुन्छ। किशोरावस्थाको हार्मोन जस्तै टेस्टोस्टेरोन (testosterone) सक्रिय हुँदा अण्डकोष (testes) मा शुक्राणु उत्पादन सुरु हुन्छ।  अण्डकोष (testes) मा शुक्राणु उत्पादन सुरु हुन थाले पछि शुक्राणु निर्माणको सम्पूर्ण प्रक्रिया लगभग ६४ देखि ७२ दिन (झन्डै २ देखि ३ महिना) लाग्छ। त्यस पछि अण्डकोषमा आफ्नो जीवनभर निरन्तर रूपमा शुक्राणु उत्पादन गरिरहन्छन्। उमेर सँगै शुक्राणुको मात्रा र गुणस्तरमा गिरावट आए पनि ८० - ९० वर्ष वा सो भन्दा अधिक उमेरमा समेत शुक्राणु निर्माण भएको देखिन्छ।


कौरवहरू सँगको पासाको खेलमा हार बेहोरे पछि  जुवाको सर्तका रूपमा पाण्डवहरूले कुल १३ वर्षको वनवास बिताए। १२ वर्षको वनवासमा पाण्डवहरूले आफ्नो राज्य र राजसी जीवन बाट टाढा रही देशका विभिन्न स्थानहरूमा पहिलो १२ वर्ष जङ्गलमा बिताउनुपर्ने थियो (किशोरावस्थाको पुरुषमा जसको अण्डकोष शुक्राणु उत्पादनको लागि विकसित हुँदै गरेको अवस्था)। १२ वर्षको वनवास पूरा गरेपछि, पाण्डवहरूले थप १ वर्ष अज्ञात वासमा बिताउनु पर्थ्यो (अण्डकोषमा शुक्राणु उत्पादन सुरु हुन थाले पछिको यौन कार्यको लागि सम्पूर्ण  तैयारीमा सामान्यतया लिइने समय)। जहाँ उनीहरूले आफ्नो पहिचान लुकाएर बाँच्नु पर्ने हुन्थ्यो। यदि उनीहरू यो वर्षको अवधिमा पत्ता लागे भने फेरि १२ वर्षको वनवास दोहोर्‍याउनु पर्ने हुन्थ्यो। पाण्डवहरूले सफलता पूर्वक १३ वर्षको वनवास पूरा गरे र आफ्नो राज्य फिर्ता दाबी गर्न (सिंहासन वा डिम्ब प्राप्तिको लागि) फर्किए।  दुर्योधनले राज्यको पाँच गाऊ ( १  शुक्राणु = २३ क्रोमोजोम = २+३ = ५ पन्च तत्त्व । पन्च तत्त्व निर्मित शरीर विकास गर्ने डिम्ब ) समेत फिर्ता दिन अस्वीकार र राज्यमा प्रवेश निषेध गरेपछि (प्रतिरक्षा प्रणाली शकुनी वृति) अन्ततः  कुरु क्षेत्रको युद्ध (स्वर्गद्वारी यात्रा)  सुरु भयो। महाभारतमा वर्णन भएअनुसार कुरूँ क्षेत्रको युद्ध ५ पाण्डव र १०० कौरव ( हरेक पाँच शुक्रकीट / पाण्डव विरुद्ध सय  सेतो रक्तको कोशिकाका प्रतिरक्षा कणहरू / कौरवहरू ) संलग्न थिए। युद्ध लगातार १८ दिनसम्म चल्यो, प्रत्येक दिन प्रमुख युद्धहरू भए। १८ औँ दिनमा (समागमको कामिइच्छा विकास अर्थात् कृष्ण अभिमुखीकरण को १ दिन +  समागम पछि  महिलाको प्रजनन प्रणालीमा शुक्राणु सङ्घर्षरत रहने लगभग ५ दिन + युटेरसको नलीमा रहने अधिक १२ दिन गर्दाको कुल १८ दिनमा हस्तिनापुर राज्य प्राप्ति) पाण्डवहरू विजयी भए, जसले कौरव हरूको पराजय र दुवै पक्षबाट ठुलो सङ्ख्यामा ज्यानको क्षति गरायो।


सामान्यतया २८ दिनको महिनावारी चक्रको करिब १४ औँ दिन आसपासमा  अण्डोत्सर्जन (Ovulation)  हुने गर्दछ। महिलाको डिम्बाणुलाई अण्डोत्सर्जन (Ovulation) भएको समयको २४ घण्टा भित्र  पुरुषको शुक्राणुले निषेचन (Fertilization) गर्नु पर्ने हुन्छ। समागम पछि  महिलाको प्रजनन प्रणालीमा शुक्राणु  लगभग ५ दिनसम्म सङ्घर्षरत रहेर जीवित रहन सक्छ। त्यसैले अण्डोत्सर्ग भन्दा केही दिन अघि भएको यौन सम्पर्कमा समेत डिम्बाणुको निषेचन सम्भव हुन सक्छ।


जब निषेचित हुन्छ  निषेचित  डिम्ब युटेरसको नलीमा (Uterus) नै डिम्ब भित्र  करिब ६-१२ दिन रहन्छ। त्यस पछि मात्र त्यो मुख्य गर्भाशय (हस्तिनापुर) पुगेर राज गर्दछ। त्यस पछिको १२ हप्ता सम्म भ्रूण (Embryo) विकास हुने र अङ्गहरू निर्माण हुन सुरु गर्छ। १३-२६ हप्ता सम्म भ्रूणको वृद्धि जारी रहन्छ।  त्यो समयमा महत्त्वपूर्ण प्रणालीहरू जस्तै मस्तिष्क र फोक्सोहरू विकास हुन्छ।  २७-४० हप्ता पुग्दै गर्दा  भ्रूण पूर्ण रूपमा शरीरको रूपमा विकास भएको हुन्छ र जन्मको तयारी सुरु हुन्छ।