वेदमा पर्यावरणीय सूक्ष्म जीव विज्ञान

परीक्षण बाट प्राप्त गरेको नतिजाका आधारमा विज्ञानमा वैज्ञानिकहरूले सिद्धान्त प्रतिपादन गर्दछन। विज्ञानमा जुन कुराहरू प्राकृतिक नियमको सिद्धान्त भनिएको छ वेदमा त्यसलाई धर्म भनी व्याख्या भएको भेटिन्छ।


जब तपार्ईं गहिरो सोचमा पुगेर विषयवस्तुको गहिरो अनुभूतिमार्फत कुनै सिद्धान्तको प्रतिपादन गर्नुहुन्छ, त्यसलाई संख्या तथा सैद्धान्तिक रूपमा सत्य रहेको प्रमाणित गर्नुहुन्छ, तब त्यो तपाईंको हाइपोथेसिस वा परिकल्पना बन्छ। जब उक्त हाइपोथेसिस परीक्षणबाट प्रमाणित गर्नुहुन्छ तब त्यो प्रमाणित वैज्ञानिक तथ्यका रूपमा स्विकारिन्छ । समयक्रममा जब उक्त हाइपोथेसिस आंशिक सत्य रहेको अनुभूति हुन्छ पुन नयाँ सिद्धान्त बन्छ । पुनः प्रमाणित गरिन्छ। सत्य भनिएको पुरानो कुरालाई नयाँ सत्यले प्रतिस्थापन गर्छ । मतलब हामी सत्य होइन, आंशिक सत्यको पहिचान गर्दै पूर्ण सत्यको बाटोमा विज्ञानमार्फत अत्यन्त धीमा गतिमा अघि बढिरहेका हुन्छौ। 


वैदिक ज्ञानको सन्दर्भमा गहिरो अनुभूतिमार्फत गहिरो सोचमा पुगेर प्राप्त गरिएको ज्ञानका आधारमा बनेको विषयवस्तुको परिकल्पनालाई प्राकृतिक नियमको सिद्धान्तसँग तौलिएर प्रतिपादित भएका ज्ञानलाई श्रुति भनिन्छ । श्रुतिहरू वास्तविक यथार्थको निचोड रहेको सन्दर्भको कसीमा सत्य साबित भएका सिद्धान्तका संग्रह हुन्। आजको विज्ञानको भाषामा भन्दा वेदका हरेक श्रुति परम्परागत रूपमा पुष्टि भएर संग्रह गरिएका प्राकृतिक सिद्धान्तका संग्रह हुन् । मानिसको परम्परागत क्षमता, उपलब्ध स्रोतसाधन र ज्ञान प्रवाहको तरिका आधुनिक वैज्ञानिक समयको काइदासँग नितान्त फरक रहेकाले आज परम्परागत विषय विज्ञताका प्राकृतिक सिद्धान्तका वैज्ञानिक संग्रहहरू पुनः व्याख्या वा उल्थाको जरुरत बनेको छ। जसका लागि वेदमा भनिए जस्तै सम्बन्धित क्षेत्रका विषयविज्ञ तथा अनुभवी, बहुआयामिक समग्रतामा बुझ्ने क्षमतावान् व्यक्तिहरूले अनुसन्धान, प्रयोगात्मक परीक्षण र यकिनको जरुरत पर्छ ।


कुनै पनि समाज त्यतिबेला छिन्नभिन्न र अस्तव्यस्त हुने गर्छ जब त्यहाँका रैथाने ज्ञान, विधि, प्रविधि, साधन र स्रोतको उपयोगको सम्भावनालाई निमिट्यान्न पार्न सकिन्छ। जसका लागि एकातर्फ मुलुकको संस्कृतिलाई समाजमा सम्भव नहुने आकर्षक नारा सहितको राजनीतिक मुद्दा लैजाने क्रममा ध्वस्त गर्ने र मिडियाबाजी मार्फत आयातित संस्कृति तर्फ जनआकर्षण बढाउन भूमिका खेल्ने तरिका अँगालिन्छ । जुन नेपालको हालको मौजुदा अवस्था हो ।


आज हाम्रो समाज दुवैतर्फ धारिलो धार रहेको खुकुरीको चपेटामा परेका छ। आफ्नै परम्परा र रैथाने ज्ञान प्रविधिको सामान्य सुझबुझ र अध्ययन विना आफ्नै परम्परा र रैथाने ज्ञान प्रविधिको नाममा हाम्रा युवामा पुगेको सन्देशले युवामा चरम घृणा पैदा गरिदिने अबस्था विकाश गरिदिएको छ। 

अर्को तर्फ राज्य शक्ति द्वारा अप्रत्यक्ष रूपमा पालित पोषित सङ्गठित भूमिगत गिरोह वेद र विज्ञानका यथार्थ विद्या समाजको शिक्षित वर्गसम्म समेत जानबाट रोक्न परिचालित देखिन्छ ।


यस्तो परिस्थितिमा देशभक्त र मुलुकको हितका लागि आफ्नो समय खर्चनु आफ्नो कर्तव्य ठान्ने वर्गहरू संगठित बनी वेदमा विज्ञानका जस्ता अवधारणा समाजको हरेक कित्तामा पु¥याउन निकै ढिलो भएको छ।


त्यसै सन्दर्भमा वेदमा विज्ञान  नेपाली समुदायका हरेक व्यक्तित्व सम्म पुगोस् भनी यसको लेखन कार्य गरिएको हो। 

 

शुक्ल यजुर्वेद मन्त्र १७.१

अश्म॒न्नूर्जं॒ पर्व॑ते शिश्रिया॒णाम॒द्भ्यऽओष॑धीभ्यो॒वन॒स्पति॑भ्यो॒ऽअधि॒ सम्भृ॑तं॒ पयः॑।

तां न॒ऽइष॒मूर्जं॑ धत्त मरुतः सꣳररा॒णाऽअश्म॑ꣳस्ते॒ क्षुन् मयि॑ त॒ऽऊर्ग्यं॑ द्वि॒ष्मस्तं ते॒ शुगृ॑च्छतु॥१॥


पदपाठ: अश्म॑न्। ऊर्ज॑म्।पर्व॑ते। शि॒श्रि॒या॒णाम्। अ॒द्भय इत्य॒त्ऽभ्यः। ओष॑धीभ्यः। वन॒स्पति॑भ्य इति॒वन॒स्पति॑ऽभ्यः अधि॑। सम्भृ॑त॒मिति॒ सम्ऽभृ॑तम्। पयः॑। ताम्। नः॒। इष॑म्। ऊर्ज॑म्।ध॒त्त॒। म॒रु॒तः॒। स॒ꣳर॒रा॒णा इति॑सम्ऽरराणाः। अश्म॑न्। ते॒। क्षुत्। मयि॑। ते॒। ऊर्क्। यम्। द्वि॒ष्मः। तम्। ते॒।शुक्। ऋ॒च्छ॒तु॒॥१॥

 

भावार्थ: जमिन र पत्थरमा रहेको सूक्ष्म ऊर्जा (क्वान्टमइनर्जी) सूचना र चेतनाको रूपमा पानीमा सुरक्षित भएर वनस्पति तथा सूक्ष्म  तत्वमा (जस्तै: मिनिरल्स, फाईटो केमिकल्स, फ्लेभोनोइड आदि) औषधीय गुणको (प्रकृति र शरीरका चलायमान भागहरूलाई प्रकृति मैत्री गरेर आपसी सहज सन्तुलन कायम गर्ने गुण) रूपमा सुरक्षित हुने गर्दछ। वनस्पतिमा यसरी सङ्कलित सूचना र ऊर्जा त्यसको रस, दूध, गन्ध वा अन्य अंश रूपको सार तत्त्व मार्फत आत्मबलरुपी ऊर्जा निर्माणमा भूमिका खेल्दछ। मरुत अर्थात् वायु, हावा, जल, वाष्प बादल आदि जस्ता प्राकृतिकदिव्य शक्तिले जमिन र पत्थरमा रहेको सूक्ष्म ऊर्जालाई भोक निवारण, रोग निवारण र शारीरिक तागत निर्माणको आवश्यकता पूर्ति गर्ने औषधीय र पोषण गुण (सुचना र इन्टेलीजेन्स) पानी, श्वास, बिरुवा आदि मार्फत खानाको रूपमा सञ्चय गर्न मद्दत गर्दछ। यसरी निर्मित आत्म बल (जुन रोग प्रतिरोधी क्षमता संग समेत सम्बन्धित छ), श्वास र पोषण ऊर्जाजव हाम्रो शरीरमा पुग्दछ, त्यसको सार तत्त्व बाट शरीर निर्माण र सञ्चालन हुन्छ।हावा, पानी र खाना प्रशोधनको क्रममा उपयोग हुन नसकेको र शरीरको लागि अनुपयोगी  तत्त्व (मल, मूत्र, पसिना, हावा, मिनिरल्स, केमिकल आदिको रूपमा) शरीरले त्याग गर्दछ। 


सामान्य शब्द अर्थ: अश्मन् (ashman) - stone, rock | पत्थर ; ऊर्जम् (ūrjam) - energy, strength | ऊर्जा; पर्वते (parvate)- in the mountains | पर्वतमा; शिश्रिया॒णाम (śiśriyāṇām) - protecting, sheltering | सुरक्षा गर्ने; अद्भ्यः (adbhyah)- from waters| पानीबाट; ओष॑धीभ्यः (oṣadhibhyah) - from herbs| औषधिबाट; वनस्पति॑भ्यः (vanaspatibhyah) - from trees, plants| वनस्पतिबाट; अधि (adhi) - above, over | माथि; सम्भृतम् (sambhṛtam) - collected, gathered | सङ्कलित; पयः (payaḥ) - milk, essence | दूध, सार (सार तत्त्व); ताम् (tām) - that | त्यो; नः (naḥ) - to us, for us | हामीलाई; इषम् (iṣam) - desire, wish| इच्छा; ऊर्जम् (ūrjam) - energy, strength| ऊर्जा; धत्त (dhatta) - give, grant | दिनुहोस्; मरुतः (marutah)- winds, Maruts (Vedic gods of wind)| मरुतहरू (हावा / जल वाष्प); संरराणाः (saṃrarāṇāḥ) - aiding, assisting| मद्दत गर्ने; अश्म॑न् (ashman) - stone, rock | पत्थर; ते (te) - your | तिम्रो; क्षुन् (kṣun) - hunger | भोक; मयि (mayi)- in me,for me | म मा; ऊर्ग्यम् (ūrgyam) - great strength | ठुलो शक्ति; द्विष्मः (dviṣmaḥ) - to hate, we hate | हामी घृणा गर्छौँ; तं (tam) - that | त्यो | ते (te) - your| तिम्रो; शुगृच्छतु (śugṛcchatu) - may heaccept| स्वीकार गरुन् |


थप व्याख्या: मरुतहरू हावाका कणको गुणरूपी (क्वान्टम वेब फङ्क्शनरूपी वेब र कण दुवैको चित्रित देखाउने सूक्ष्म जीव तथा परा कण) जलिरहेको धूपकोसुगन्धजस्तै सर्वत्र व्यापक रूपमा फैलन सक्षम, गुणयुक्त सूक्ष्म कण र सूक्ष्मजीव रूपी शक्ति हुन्। परोपकारी (इनर्जीको थैली - Energy Quanta) मरुतहरूबाटहामीलाई पहरा जस्ता कठोर लाग्ने चट्टान, पहाड, र जमिनहरू समेत नियमित गतिमाचलायमान विद्युतीय ऊर्जा र चुम्बकीय ऊर्जा निर्मित कम्पन शक्तिको स्रोतको रूपकासंरचना बन्न सकेका हुन्। तिनीहरूले जम्मा गरेको प्राकृतिक चेतना (इन्टेलिजेन्स) कम्पन मार्फत सूचनाको रूपमा हामीलाई उपलब्ध हुन्छ। तिनै पहाडहरूलाई विखण्डन गरी निस्किएका खनिज लगायत विविध जैविक सार तत्व युक्त तरल पदार्थ माटोमा उपलब्ध गराउनेकार्य पनि समूहमा निरन्तर कार्यरत रहने मरुतले गर्ने गर्दछ।


चट्टानहरूमा अन्तर्निहित प्राकृतिक चेतना (इन्टेलिजेन्स) दैवी मरुत शक्तिको कारण जैविक यौगिकहरूको रूपमा माटो र पानीमा चुहिन सम्भव भएकोले माटो र पानीमा रहेको प्राकृतिक (इन्टेलिजेन्स) चेतनाले उर्वरशक्ति निर्माण गर्न सम्भव तुल्याउँछ। माटो र पानीको उक्त उर्वर शक्तिको उपयोग बाट वनस्पति पोषण तथा औषधीय गुण तत्वले समृद्ध द्रव्यहरू (खाद्य तथा औषधी) निर्माण रसञ्चय गर्न सक्षम बन्दछन्। प्राकृतिक चेतना (इन्टेलिजेन्स) र सूचना हाम्रो शरीरमा सहज उपलब्ध हुने अवस्थामा पोषण तत्त्व र औषधीय गुणले समृद्ध जल तथा खाना बन्ने गर्छन्। बोट बिरुवाले प्रकाश, हावा, पानी, र जमिनको सारतत्वको संयोजन गरी निर्माण गरी, आफू र सम्पूर्ण चराचरहरूको लागि निर्माण गरिदिएको उक्त हिलिङ्ग खाद्यको सार तत्त्व खाना, जनावरको दूध, अण्डा, मासु आदिको पोषण द्रव्य (खाद्य तथा औषधी) बन्छन्। यसरी सम्भव बनेका द्रव्यहरू (खाद्य तथा औषधी) बाट प्राणीका शरीरले उपयोगी सारतत्व लिने र अनुपयोगी पदार्थहरू मलका रूपमा फोहोरमा छुट्टाएर शरीर बाहिर त्याग गर्ने गर्छन्। यो चक्र वातावरण मैत्री बन्न सक्दा समग्रब्रह्माण्डको लागि पनि मैत्री चक्रको रूपमा स्थापित हुन सक्छ।


शुक्ल यजुर्वेद मन्त्र १७.२


इ॒मा मे॑ऽअग्न॒ऽइष्ट॑का धे॒नवः॑स॒न्त्वेका॑ च॒ दश॑ च॒ दश॑ च श॒तं च॑ श॒तं च॑ स॒हस्रं॑ च स॒हस्रं॑ चा॒युतं॑चा॒युतं॑ च नि॒युतं॑ च नि॒युतं॑ च प्र॒युतं॒ चार्बु॑दं च॒ न्य᳖र्बुदं चसमु॒द्रश्च॒ मध्यं॒ चान्त॑श्च परा॒र्द्धश्चै॒ता मे॑ऽअग्न॒ऽइष्ट॑का धे॒नवः॑सन्त्व॒मु॒त्रा॒मुष्मिँ॑ल्लो॒के॥२॥


पदपाठ: इ॒माः। मे॒। अ॒ग्ने॒।इष्ट॑काः। धेनवः॑। स॒न्तु॒। एका॑। च॒। दश॑। च॒। दश॑। च॒। श॒तम्। च॒। श॒तम्। च॒।स॒हस्र॑म्। च॒। स॒हस्र॑म्। च॒। अ॒युत॑म्। च॒। अ॒युत॑म्। च॒। नि॒युत॒मिति॑नि॒ऽयुत॑म्। च॒। नि॒युत॒मिति॑ नि॒ऽयुत॑म्। च॒। प्र॒युत॒मिति॑ प्र॒ऽयुत॑म्। च॒। अर्बु॑दम्।च॒। न्य॑र्बुद॒मिति॒ निऽअ॑र्बुदम्। च॒। स॒मु॒द्रः। च॒। मध्य॑म्। च॒। अन्तः॑। च॒।प॒रा॒र्द्धः। च॒। ए॒ताः। मे॒। अ॒ग्ने॒। इष्ट॑काः। धे॒नवः॑। स॒न्तु॒। अ॒मुत्र॑।अमुष्मि॑न्। लो॒के॥२॥


भावार्थः जसरी पृथ्वीमा (धे॒नवः) अन्तर्निहित प्राकृतिक चेतना  समृद्ध द्रव्यहरू (खाद्य तथा औषधी) को रूपमा परिवर्तन हुन्छ त्यस्तै तिनै प्राकृतिक चेतनशक्ति अग्निको (प्रकाश, किरण, ताप, इलेक्ट्रो म्याग्नेटिक गुण, क्वान्टम वेब फङ्गसन आदि) शक्तिलाई एक रूप वाट अर्को रूपमा परिवर्तन गर्ने खुबीका कारण चिसो, तातो, वर्षा र हावा आदिवाट मानिसको जीवको रक्षा गर्न सक्षम परिस्थिति युक्त लोकको निर्माण भएको छ। त्यसकोलागि  भू-लोकमा गन्न नै नसकिने असङ्ख्यसूक्ष्म कण निर्मित सञ्जाल (क्वान्टम वेब फङ्गसन) सक्रिय रहेको छ। 


सामान्य अर्थ: इमा (imaa):These यी; मे (me): My मेरा; अग्ने (agne): O Agni (fire god) हे अग्नि; इष्टका (ishtikaa):Desired, cherished प्रिय, चाहेको; धे॒नवः (dhenavah):Cows गाईहरू, Earth (पृथ्वी), Wealth धन,Nourishment or sustenance पोषण वा खाद्य पदार्थ; सन्तु (santu):May they be हुन् ; एका (eka): One एक; च (cha): And ; दश (dasha):Ten दस; दश (dasha):Ten दस; च (cha): And ; शतम् (shatam): Hundred सय; च (cha): And ; सहस्रम् (sahasram):Thousand हजार; च (cha): And ; अयुतम् (ayutam): Ten thousand दस हजार; च (cha): And ; नियुतम् (niyutam): Hundred thousand एक लाख; च (cha): And ; प्रयुतम् (prayutam): Million दस लाख, च (cha): And ; अर्बुदम् (arbudam): Ten million एक करोड; च (cha): And ; न्यर्बुदम् (nyarbudam): Hundred million दस करोड; च (cha): And ; समुद्र (samudra): Ocean समुद्र; च (cha): And ; मध्य (madhya): Middle बीचमा; च (cha): And ; अन्तः (antah): End अन्त; च (cha): And ; परार्ध (paraardha): Beyond half आधाभन्दा पर; च (cha): And , एता (etaa): These यी; मे (me): My मेरा; अग्ने (agne): O Agni हे अग्नि; इष्टका (ishtikaa):Desired, cherished प्रिय, चाहेको; धे॒नवः (dhenavah):Cows गाईहरू; सन्तु (santu):May they be हुन्; अमत्र (amutra):There, in that world; त्यहाँ, त्यो लोकमा ; अमुष्मिन (amushmin): In that त्यसमा; लोके (loke): World लोकमा ।


व्यख्या: सूक्ष्म कणहरूमा अन्तर्निहित अग्नि ऊर्जाकाकारण (Quantum Mechanical Energy) सूक्ष्म कणहरू सक्रिय रहने गर्छन् । सूक्ष्म कणहरूजीवन मैत्री वातावरण निर्माणकाआधारभूत इश्तक अर्थात् इँटहरू (QuantumParticles) हुन् । एकविशाल समुद्रमा हुने पानीको थोपाको संख्या जस्तै सूक्ष्म कणहरू चायुतम (चायुतमगुणा चायुतमै) गुणा नियुतम (नियुतम गुणा नियुतमै) गुणा प्रयुतम (प्रयुतम गुणाअर्भुधमै) गुणा अर्भुधम (अर्भुधम गुणा अर्भुधमै) अर्थात् असंख्य संख्यामा रहन्छन्।यी सूक्ष्म कणहरूले समग्र देखिने अदृश्य ब्रह्माण्ड तथा जीवको रक्षा गर्ने (Energy to Sustain) सक्षम लोकको रुपमा (धे॒नवः) परिवर्तन गरिदिएका छन्। जसरि गाईको दूधले (धे॒नवः) हामीलाई स्व-हिलिङ्गको तागत दिने गर्दछ त्यसरी नै सम्पूर्ण ब्रह्माण्ड लाइप्राकृतिक नियमको सिधान्त अनुरुप परिचालन गर्ने ब्रहमाण्डिय आत्मा बल अर्थात् आधार शक्ति (Universal Quantum FieldEnergy) तिनै सदैव सक्रिय तरंगको रुपमा चलायमान रहने सूक्ष्म कणहरूले उपलब्ध गराइरहेका छन्।


(Vedic Calculation: Ten tens ieshatams=100. Shatam shatams to sahasram makes a sahasra 100 times hundred ie10000. 10000 times 10000 is called an Ayutam equals 100000000 i.e.108. Ayutam times Ayutams became 1016 called Niyutam. Niyutam timesNiyutam becomes Prayutam 1032 . Then Arbudam is 1064 .Then Nyarbudam is 10128 . Then Nyarbudam times Nyarbudam becomesSamudrashch i.e. 10256. Vedic rishi is counting up to 256 zeros after unity to suggest the infinite, which is the enormity of numbers of micro-energy and organisms involved.)


शुक्ल यजुर्वेद मन्त्र १७.३

ऋ॒तव॑ स्थऽऋता॒वृध॑ऽऋतु॒ष्ठा स्थ॑ऽऋता॒वृधः॑।

घृ॒त॒श्च्युतो॑ मधु॒श्च्युतो॑ वि॒राजो॒ नाम॑काम॒दुघा॒ऽअक्षी॑यमाणाः॥३॥


पदपाठ: ऋ॒तवः॑। स्थ॒।ऋ॒ता॒वृधः॑। ऋ॒त॒वृध॒ इत्यृ॑त॒ऽवृधः॑। ऋ॒तु॒ष्ठाः। ऋ॒तु॒स्था इत्यृ॑तु॒ऽस्थाः।स्थ॒। ऋ॒ता॒वृधः॑। ऋ॒त॒वृध॒ इत्यृ॑त॒ऽवृधः॑। घृ॒त॒श्च्युत॒ इति॑ घृत॒ऽश्च्युतः॑।म॒धु॒श्च्युत॒ इति॑ मधु॒ऽश्च्युतः॑। वि॒राज॒ इति॑ वि॒ऽराजः॑। नाम॑। का॒म॒दुघा॒इति॑ काम॒दुघा॑। अक्षी॑यमाणाः॥३॥

भावार्थ: (वरुण र अग्निको समग्र भूमिका बारे प्रस्ट गर्ने क्रममा ऋचा भन्दछ) प्राकृतिक वा ब्रह्माण्डीय क्रम व्यवस्थाको अवधिहरू, ऋतुहरू, चक्रहरूलाई निश्चित रूपमा स्थिर तथा अटल कायम राख्दै प्राकृतिक गुण मैत्री  ऋतु चक्रहरू स्थापित गर्न तथा वर्तमानको स्थापित अवस्थाको व्यवस्थापन र प्रवर्द्धक गर्न थोपा थोपामा चुहिरहेको घ्यु जस्तै शुद्धउज्ज्वल अनि चुहिरहेको महले बनाउने जस्तो वेब फङ्गसन रुपी दिव्य किरणको नियमितको चलाय मान डोरो युक्त सदैव नियमित गतिमा रहने  परा कणहरूले अविचलरूपमा सदैव प्रकट र उर्वर अस्तित्वमा रहन चाहने प्रकृतिको निरन्तरको इच्छा पूरा गर्नेगर्दछ।

 

सामान्य अर्थ: ऋ॒तव॑ - Seasons, Cycles, Periods of Order प्राकृतिक वा ब्रह्माण्डीय व्यवस्था वा क्रमको अवधिहरू, चक्रहरू, ऋतुहरू ; स्थ – Situated, Stable, Fixed, Standing, स्थित, स्थिर, अटल, उभिएको; ऋता॒वृध॑ - ऋतु वृद्धि, व्यवस्था Enhances or Increase the order of seasons; ऋतु॒ष्ठा - प्राकृतिक क्रमसँग मिल्दो जुल्दो चक्रहरूमा स्थापित ऋतु Establishedseasons cycles aligning with natural order; स्थ॑ – वर्तमानको अबस्थामा – Present Standing; ऋता॒वृधः॑  व्यवस्थाको प्रवर्द्धक Promoter of the order of seasons; घृ॒त॒श्च्युतो॑ - बगेर थोपा थोपामा चुहिरहेको घिउजस्तै  Alike a flowing and dripping ghee drops; मधु॒श्च्युतो॑ - चुहिरहेको महले थोपा जस्तो वेब फङ्गसन रुपी A web functions structure like a flowing ofdripping honey; वि॒राजो॒–दिप्तिमान, शुद्ध र उज्ज्वल Radiant, Pure and Brilliant; नाम॑ - नाम Named; काम॒दुघा॒ -इच्छा पूरा गर्ने Fulfilling desires;अक्षी॑यमाणाः - क्षीण नहुने Never diminishing.


व्याख्या: मरुत वा सूक्ष्म जीवहरू कार्बोहाइड्रेट, चिल्लो आदि जस्ता पोषण तत्व लगायतका अन्य सारतत्व प्राकृतिक रूपमा प्रचुर मात्रामा उपलब्ध गराउने संस्थागत दिगो स्रोतका रूपमा रहेका हुन्छन्। मौसम अनुरूप केही परिवर्तन हुने गरी नियमित तथा स्थायी रूपमा विभिन्न वनस्पति तथा जडीबुटीको सारतत्वयुक्त पदार्थ वाजैविक अवयवहरू उपलब्ध गराउने संस्थागत स्रोतका रूपमा मरुत शक्तिको उपस्थिति रहन्छ।


संज्ञानात्मक रूपमा बताउँदा एक कामधेनु नामक ईश्वरीय गुणको प्रतीकका रूपमा लिइने गाई जसले आफ्नो नित्य जीविकाका लागि जरुरत पर्ने विषयवस्तु फलका रूपमा प्राप्तगर्न जब कर्म मार्फत प्रार्थना गरिन्छ तब पूरा गरिदिन्छ। उदाहरणको लागि प्रकृति अर्थात कामधेनु गाई (वेदमा प्रकृति लाई काम धेनु गाई भनिएको छ। मृत्यु लोकमा कामधेनु गाईको भूमिका पृथ्वीले खेल्ने वेदको मान्यता छ।) जस्तै सम्पूर्ण जीव र निर्जीव अस्तित्व (ब्रह्माण्डको, पृथ्वीको र सम्पूर्ण जीवहरूको) नित्य अस्तित्व कायम गर्न र जीविकाका लागि जरुरत पर्ने समग्र उर्जाको चेतन शक्ति लाई परा शक्तिमा परिवर्तन गर्दै आपूर्ति गर्ने स्थिर र संस्थागत स्रोतका रूपमा मरुत र सूक्ष्म जीवहरू अस्तित्वमा रहेर सक्रिय रहनेगर्दछन। उक्त अव्यक्त पराशक्ति व्यक्त अपरा शक्तिमा परिवर्तन हुन समेत अग्नि र मरुतको संयुक्त भूमिका हुने गर्दछ।


शुक्ल यजुर्वेद मन्त्र १७.४

स॒मु॒द्रस्य॒ त्वाव॑क॒याग्ने॒ परि॑व्ययामसि।

पा॒व॒कोऽअ॒स्मभ्य॑ꣳ शि॒वो भ॑व॥४॥


पदपाठ: स॒मु॒द्रस्य॑। त्वा॒। अव॑कया। अग्ने॑। परि॑।व्य॒या॒म॒सि॒। पा॒व॒कः। अ॒स्मभ्य॑म्। शि॒वः। भ॒व॒॥४॥


भावार्थ: अत्यन्त विशाल र गहिरो जल तथा वाष्पभागमा समेत निवास गर्ने कल्याणकारी शिवको सेना रुपी तपाईँ सूक्ष्म जीव तथा परा कणरुपी मरुतगण  तथा कोमल चमक वा उज्यालो भएको (भर्गो ज्योति युक्त)  तेजस्वी प्रकाशको किरण उत्पन्न गर्ने अग्निको सहकार्य मार्फत हामी वरपर हामीलाई अँगालेर राखेको हाम्रो समग्र पर्यावरण र वासस्थानको संवर्द्धन र सुरक्षा सम्भव भएको छ।


शब्द अर्थ: समुद्रस्य (samudrasya) - of theocean समुद्रको, Of the vast expanse with deep depth अत्यन्त विशाल र गहिरो जल र वाष्प भाग; त्वा (tvā) –you तपाइँ; अवकय (avakaya) – kindling अर्पण, Guarding or Shelter वासस्थान र सुरक्षा; अग्ने (agne) - O Agni (Fire God) हे अग्नि; परिव्ययामसि (parivyayāmasi) – Encircle to us हामी वरपर, Surround (orembrace) us  हामीलाई अँगालेर; पावकः (pāvakaḥ) Fire आगो as the purifier पवित्र गर्ने, Radiant तेजस्वी प्रकाशकोकिरण उत्पन्न गर्ने, Lustrous कोमल चमक वा उज्यालो भएको, Bright चम्किरहेको; अस्मभ्यं (asmabhyam) - On Behalf of to us, तर्फ वाट हामीलाई; शिवः (śivaḥ) कल्याणकारी शिवको (अर्थ - तपाइँ सूक्ष्म जीव तथा परा कण रुपी मरुतगण तर्फ संकेत भएको); भव (bhava) - be हुनु हुन्छ।


व्याख्या: सूक्ष्मजीव र परा कणरूपी मरुतहरू संसारको हितका लागि सक्रिय  हुने गर्छन् । यी सूक्ष्म जीव मरुतहरूले महासागरमा रहेका प्रदूषक पदार्थहरूलाई साना साना टुक्रामा विभाजन गरी पानीको स्रोतलाई सफा र शुद्ध पार्छन्। ब्रह्माण्डको शुद्धताका लागि, यी मरुतहरूको कामले प्रदूषक पदार्थहरू  लाई सफा गर्ने र शुद्ध पानीलाई बादलमा परिवर्तन गर्ने कार्य गर्छ, जसले जमिन र पानीमा बस्ने सम्पूर्ण जीवनलाई सहज बनाउँछ। महासागरको दबाबका कारण खनिजमा परिवर्तन भएका मुगाजस्ता जीवबाट बनेका कोरल कार्बोनेटले हाम्रो भोजनमा एन्टिअक्सिडेन्ट, पोषण, र खनिज पूरकको निर्माणमा सहयोग गर्छन्। खाना र औषधीय सारतत्त्वयुक्त भूमिगत जीव र वनस्पतिहरूले खाना रऔषधिको स्रोतलाई सारतत्त्वमा परिवर्तन गर्दा पर्यावरणीय व्यवस्थापनमा समेत योगदान पुर्‍याउँछन्।


शुक्लयजुर्वेद मन्त्र १७.५

हि॒मस्य॑त्वा ज॒रायु॒णाग्ने॒ परि॑व्ययामसि।

पा॒व॒कोऽअ॒स्मभ्य॑ꣳ शि॒वो भ॑व॥५॥


पदपाठ: हि॒मस्य॑। त्वा॒। ज॒रायु॑णा। अग्ने॑। परि॑। व्य॒या॒म॒सि॒। पा॒व॒कः। अ॒स्मभ्य॑म्।शि॒वः। भ॒व॒॥५॥


भावार्थ: हिमालयको बरफ, हिउँको शीत, बरफको चिसो ऒस आदिमा निवास गर्ने कल्याणकारी शिवको सेना रुपी तपाईँ सूक्ष्म जीव तथा परा कण रुपी मरुतगण  तथा कोमल चमक वा उज्यालो भएको (भर्गो ज्योतियुक्त) तेजस्वी प्रकाशको किरण उत्पन्न गर्ने अग्निको सहकार्य मार्फत हामी वरपर हामीलाई अँगालेर राखेको हाम्रो समग्र पर्यावरण र वासस्थानको (पृथ्वीको रक्षा गर्न) सम्पूर्ण पर्यावरणको गर्भको आवरण वा झिल्लीको भूमिका खेल्ने गर्दछन्। जसले उक्त पर्यावरणीय गर्भ विकासमा आवश्यक हुने ऊर्जाको पोषण र सुरक्षा गर्दै वातावरणको स्वास्थ्य तथादीर्घकालीन संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्दछन्।


शब्द अर्थ: हिमस्य (himasya) – हिमालयको हिउँको शीत बरफ को चिसो ऒस Cold dew and frost from the snow; त्वा (tvā)you तपाइँ; जरायुणा (jarāyuṇā) – गर्भपात्र (गर्भको रक्षा गर्ने आवरणवा झिल्ली, जसले गर्भको विकासको लागि आवश्यक पोषण र सुरक्षा दिन्छ।) by the membrane (placenta-like covering); अग्ने (agne) - O Agni(Fire God) हे अग्नि; परिव्ययामसि (parivyayāmasi) – Encircle to us हामी वरपर, Surround (orembrace) us  हामीलाई अँगालेर; पावकः (pāvakaḥ) Fire आगो as the purifier पवित्र गर्ने, Radiant तेजस्वी प्रकाशको किरण उत्पन्न गर्ने, Lustrous कोमल चमक वाउज्यालो भएको, Bright चम्किरहेको; अस्मभ्यं (asmabhyam) - On Behalf of to us, तर्फ वाट हामीलाई; शिवः (śivaḥ) कल्याणकारी शिवको (अर्थ - तपाइँ सूक्ष्मजीव तथा परा कण रुपी मरुतगण तर्फ संकेत भएको); भव (bhava) - be हुनु हुन्छ।


व्याख्या: हिमालयको बरफले पृथ्वीको वरिपरिको वातावरणलाई नियमित गर्न, पारिस्थितिकी तन्त्रलाईसमर्थन गर्न, ताजा पानीको स्रोत प्रदान गर्न, र प्राकृतिक प्रकोपहरूको न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। यी सबै कार्यहरू पृथ्वीको पारिस्थितिक सन्तुलन कायम राख्न र वातावरणको संरक्षण गर्न अत्यावश्यक छन्। हिमालयका हिमनदीहरू र हिउँको पग्लिएको पानीले पृथ्वीका सबैभन्दा महत्त्वपूर्ण नदी प्रणालीहरू लाई पोषण दिन्छ, जसले करोडौं मानिसहरूको जीवन यापन, कृषि र उद्योगलाई समर्थन गर्छ। यसले प्रदूषित पानीको सफाई, माटोको उर्वरता कायम राख्न, र जैविक विविधताको संरक्षणमा सहयोग पुर्‍याउँछ। हिमालयको बरफ र हिम नदीहरूले खनिज र पोषक तत्वहरू पनि प्रदान गर्छन्, जसले कृषि भूमि र प्राकृतिक वनस्पतिलाई पोषण दिन्छ। यी पोषक तत्वहरू माटोको स्वास्थ्य र उत्पादन क्षमतालाई कायम राख्न अत्यावश्यक छन्।


यसकारण, हिमालयको बरफ र हिमनदीहरू पृथ्वीको रक्षा गर्ने सम्पूर्ण पर्यावरणको गर्भको आवरण वा झिल्लीको भूमिकामा रहेका छन्, जसले उक्त पर्यावरणीय गर्भको विकासका लागि आवश्यक पोषण र सुरक्षा दिन्छन् र वातावरणको स्वास्थ्य तथा दीर्घ कालीन संरक्षणका लागि महत्त्वपूर्ण भूमिका खेल्छन्। समग्र प्राणीको कल्याणका लागि सूक्ष्म जीव तथा परा कण रुपी मरुतगणहरूले फोहोर पदार्थलाई विखण्डन गर्ने, प्रदूषणमा रहने प्रदूषकहरू कायम रहन जरुरी हुने तत्वहरूको उपलब्धता निषेध गरी दूषितता हटाउन र लामो समयमा नष्ट गरिदिने गर्छन्। जस्तै: लामो समयमा हिउँ भित्र गहिरो गरी गाडिएर रहँदा विभिन्न बिखालु प्रदूषणको बिखालुपन निर्मलीकरण हुन र विषाक्तता नष्ट हुनसम्भव बन्छ।


शुक्ल यजुर्वेद मन्त्र १७. ६

उप॒ ज्मन्नुप॑ वेत॒सेऽव॑तर न॒दीष्वा।

अग्ने॑ पि॒त्तम॒पाम॑सि॒ मण्डू॑कि॒ ताभि॒राग॑हि॒ सेमं नो॑ य॒ज्ञं पा॑व॒कव॑र्णꣳ शि॒वं कृ॑धि॥६॥

 

पदपाठ: उप॑। ज्मन्। उप॑। वे॒त॒से। अव॑। त॒र॒। न॒दीषु॑। आ। अग्ने॑। पी॒त्तम्। अ॒पाम्। अ॒सी॒। मण्डू॑कि। ताभिः॑। आ। ग॒हि॒। सा। इ॒मम्। नः॒। य॒ज्ञम्। पा॒व॒कव॑र्ण॒मिति॑ पाव॒कऽव॑र्णम्। शि॒वम्। कृ॒धि॒॥६॥


भावार्थ: संसारको नियमित सञ्चालन प्रकृतिको दिव्य योजना मुताबिक हिमालहरू वाट जमिन र पानी हुँदै नदी र पानीको किनारमा फस्टाउने औषधीय र आध्यात्मिक क्षमताका वेतस बिरुवाहरू (जस्तै सोम, तुलसी, गाँजा लगायतका जडीबुटी) मार्फत हामी सम्म प्रकृतिमैत्री  मरुत जस्ता शक्तिशाली ऊर्जाहरू आइपुग्ने गर्दछ। भ्यागुता जस्तो जमिन र पानी दुबैमा रहन सक्ने यस्ता सूक्ष्म जीव तथा सूक्ष्म कण अग्नि ऊर्जाको समेत उपयोग मार्फत नियमित वर्षा गराउने, उर्वरता निर्माण गर्ने र प्रकृतिमा पर्यावरण रजीवन चक्रको सन्तुलन कायम गर्ने गर्दछन्। अत्यन्त दुरगामी महत्वको यस्ता प्राकृतिक तत्त्वहरू मार्फत पृथ्वी, वायु मण्डल, पानी र जीवको उर्वरता र नियमित अस्तित्व कायम राख्ने प्रकृतिको दिव्य योजना पुरा हुने गर्दछ। वास्तविक समयमा (On real time) प्रकृतिले यसरी आफ्नो सम्पूर्ण कर्तव्यहरू अविचल रहेर पूरा गर्ने गर्दछ। जुन अत्यन्त पवित्र र मङ्गलमय यज्ञहरू मार्फत सम्पन्न हुने गर्दछ। जसले गर्दा सबैको हित र अस्तित्व सुरक्षाको सुनिश्चित गर्दै रूपान्तरणको पवित्र शक्तिबाट प्रकृतिले सबैको कल्याण गर्ने सुन्दर उद्देश्य पुरा गर्दछ।


शब्दअर्थ: उप॒ज्मन्नुप॑ वेत॒सेऽव॑तर न॒दीष्वा उप (Upa)– आफ्नै नजिक सामुन्नेमा (हिमालको सार तत्वको रूपमा मरुतहरुको सन्दर्भ जोडेर कुरा हुँदै )

ज्मन्न (Jmann) – उत्पत्तिहुने, जन्मिने, उदाउने र निश्चित रूप लिने  

उप (Upa)–   र त्यसको साथमा  

वेतसे (Vetase)–  पानीको वरपर तथा नदी किनारमा सहज उम्रने औषधीय तथा आध्यात्मिकक्षमताको वेतस वृक्ष (सोम रस दिने विरुवा, तुलसी वृक्ष, अमृत विरुवा, गाँजा जस्ता औषधीय आयुर्वेदिक विरुवा, लेउ, झ्याउआदि)

अवत (Avata) – त्योस्थानमा उपलब्ध हुने गर्दछ 

नदीष्व (Nadeeshu)– नदीहरू भित्र (पानी भित्रको जमिन, पानी भित्र र पानीकोमाथि समेत सर्वत्र)  

अग्ने॑पी॒त्तम॒पाम॑सी

अग्ने (Agne)–  अग्नि शक्ति 

पित्तम (Pittam) – राप र ताप भएको अत्यन्त शक्तिशाली ऊर्जा शक्तिको गुण युक्त 

अपाम (Apam) – पानीजस्तै तरल पदार्थको गुणको

असि (Asi) – अस्तित्वमारहेको भेटिने 

मण्डू॑कि॒ताभि॒राग॑हि

मण्डूकि (Manduki)– वर्षा गराउने र पृथ्वीमा उर्वरता दिने भ्यागुताहरू जस्तै जमिन र पानीमादुबैमा रहने क्षमताको जलचर प्राणी

ताभि (Tabhi) – जसकोप्रयोग गरेर  

रागहि (Ragahi) –प्रकृतिले यो काम सम्पन्न गर्ने आफ्नो योजना अघि बढाउने गर्दछ 

सेमं नो॑य॒ज्ञं पा॑व॒कव॑र्णꣳ

सेमं (Semam) – वास्तविकसमयमा (On real  time ) यही र यस्तै 

नो (No) – हामीहरूको

यज्ञं (Yajnam) –प्रकृतिले आफूले पालन गर्नु पर्ने धर्मको रित 

पावकवर्णं (Pavaka-varnam)– सुन्दर, पवित्र तथा उत्तम रूपमा सम्पन्न गर्दछ  

शि॒वंकृ॑धि

शिवं (Shivam) –सबैको लागि हितकारी पवित्र धार्मिक सत्कर्म  

कृधि (Kridhhi)– रूपान्तरणको विधि मार्फत सम्पन्न हुने गर्दछ 


शुक्ल यजुर्वेद मन्त्र १७. ७

अ॒पामि॒दं न्यय॑नꣳ समु॒द्रस्य॑ नि॒वेश॑नम्।

अ॒न्याँस्ते॑ऽअ॒स्मत्त॑पन्तु हे॒तयः॑ पाव॒कोऽअ॒स्मभ्य॑ꣳ शि॒वोभ॑व॥७॥


पदपाठ: अ॒पाम्। इ॒दम्। न्यय॑न॒मिति॑ नि॒ऽअय॑नम्। स॒मु॒द्रस्य॑।नि॒वेश॑न॒मिति॑ नि॒ऽवेश॑नम्। अ॒न्यान्। ते॒। अ॒स्मत्। त॒प॒न्तु॒। हे॒तयः॑।पा॒व॒कः। अ॒स्मभ्य॑म्। शि॒वः। भ॒व॒॥७॥


भावार्थ: पहाडबाट समुद्रतर्फ जमिन मार्फत बग्ने क्रममा निर्माण हुनेछिप-छिपे पानी (Wetland) जस्ता क्षेत्रमा निवास गर्ने कल्याणकारी शिवको सेना समान तपाईँ सूक्ष्म जीव तथा परा कण रुपी मरुतगण, र कोमल चमक वा उज्यालो भएको (भर्गो ज्योति युक्त) तेजस्वी प्रकाशको किरण उत्पन्न गर्ने अग्निको सह-कार्यमा आगो हुरी मार्फत हुने आगजनी आदि कारणले हुने जलन र पोल्ने कार्य, तथा त्यहाँ रहेका रोगाणु र विषाणुहरू बाट हुने जैविक हानि, पीडा, र जलन जस्ता हानिकारक गुणको निर्मलीकरण गरी, हामीलाई प्राकृतिक सुरक्षा कवच रूपी हतियारको रूपमा सक्रिय रहँदै सुरक्षाको प्रत्याभूति दिने कार्य गर्छन्।


शब्द अर्थ: अपाम् (apām)- of waters पानीहरूको; इदं (idam) - this यो; न्ययनम् (nyayanam) - guidance, channel मार्गनिर्देशन, मार्ग (WetLand); समुद्रस्य (samudrasya) – toward the ocean  समुद्रतर्फको; निवेशनम् (niveśanam) residence, dwelling, Wet Land बासस्थानरुपी छिप-छिपे पानी रुपी जमिन; अन्यान् (anyān)– others अरू; ते (te) – your तपाइँहरुको; अस्मत् (asmat)– to us हामी लाई; तपन्तु (tapantu) may they burn, torment, inactivation from theirharmful properties पोल्ने, जलन गर्ने, जैविक हानी र पिडा आदि दिने जस्ता हानिकारक गुण निर्मलीकरण गरि सुरक्षाको प्रत्याभूति दिने; हेतयः (hetayaḥ) naturally build weapons and causes of protection प्राकृतिक सुरक्षा कवच रुपी हतियारहरू; पावकः (pāvakaḥ) Fire आगो as the purifier पवित्र गर्ने, Radiant तेजस्वी प्रकाशकोकिरण उत्पन्न गर्ने, Lustrous कोमल चमक वा उज्यालो भएको, Bright चम्किरहेको; अस्मभ्यं (asmabhyam) - On Behalf of to us, तर्फ वाट हामीलाई; शिवः (śivaḥ) कल्याणकारी शिवको(अर्थ - तपाइँ सूक्ष्म जीव तथा परा कण रुपी मरुतगण तर्फ संकेत भएको); भव (bhava) - be हुनु हुन्छ।


व्याख्या: पहाडबाट समुद्रतर्फ जमिनको माध्यमबाट बग्ने क्रममा, विभिन्न छिप-छिपे पानी (जस्तै: दलदल, नदी किनाराका आद्रभूमि) निर्माण हुन्छन्। यी छिप-छिपे पानीमा रहने जीवहरू, जस्तै सूक्ष्म जीव र पराकण, मरुतगण (हावाका देवता) का प्रतिनिधि हुन्, जसले वातावरण लाई सफा र शुद्ध राख्न महत्त्वपूर्ण भूमिका खेल्छन्।


उदाहरणका लागि, जब पहाडको हिउँ पग्लेर तलतिर बग्छ, त्यो पानीले जमिनको विभिन्न तहमा पुगेर छिप-छिपे पानी क्षेत्र बनाउँछ। यस क्षेत्रमा, सूक्ष्म जीवहरू, जस्तै ब्याक्टेरिया र फ‌ङ्गस, पानीमा रहेका हानिकारक रासायनिक पदार्थहरूलाई तोडफोड गरी वातावरणलाई शुद्ध राख्छन्।


यस्तै, पानी ज्वरो पैदा गर्ने जल, अर्थात् प्रदूषित पानीलाई पनि शुद्ध पार्न, पानीमा जीवन गुजारा गर्ने जलचर, जीव तथा वनस्पतिले नियमित रूपमा शुद्धीकरण गरिरहेका हुन्छन्। जब यो पानी ओसिलो जमिनको क्षेत्र (Wetland) छिचोलेर जमिन भित्र भित्र बग्न थाल्छ, तब त्यसमा जम्मा भएका वा घुलेका प्रदूषकहरू विभिन्न भौतिक, रासायनिक, र जैविक प्रक्रियाहरू जस्तै थिग्रने, अवशोषण हुने, नाइट्रिफिकेशन हुनुका साथै भिजेको ढाप जस्ता ओसिला जमिनमा उम्रने बोट बिरुवाले विषादी निर्मलीकरण गर्ने क्षमताद्वारा हटाएर शुद्ध पारिदिन्छन्।


अर्को उदाहरणका रूपमा, अग्निको सहकार्यमा हुने प्राकृतिक प्रक्रिया, जस्तै आगो हुरी (fire whirl) मार्फतहुने आगलागी, वातावरणमा रहेका रोगाणु र विषाणुहरू लाई नष्ट गर्छ। यसरी, आगोले उत्पन्न गरेको तेजस्वी प्रकाशको किरण (जस्तो कि सूर्यको प्रकाशले पातको माथिल्लो सतहलाई सुकाएर कीटाणुहरू मर्दा) मार्फत, हानिकारक तत्वहरूको निर्मलीकरण (शुद्धीकरण) गर्छ।


त्यसरी, यी प्राकृतिक प्रक्रियाहरूले हाम्रो वातावरणलाई सफा र स्वस्थराख्छन्। ओसिला जमिनमा उम्रने सूक्ष्म वनस्पतिहरूले ठूला वनस्पतिका लागि उर्वर हुने वातावरण बनाउने काम पनि गर्छन्, जसले गर्दा बालीको उत्पादन बढ्न मद्दत गर्छ।


यस प्रक्रिया मार्फत, यी जीवहरू र तत्वहरू हाम्रो प्राकृतिक सुरक्षा कवचको रूपमा कार्य गर्छन्। उदाहरणका लागि, सूक्ष्म जीवहरूले माटोमा विषाक्त तत्वहरूको मात्रा घटाउँछन्, जसले बालीको उत्पादन बढ्नमद्दत गर्छ। त्यस्तै, मरुत गणले हावामा भएका प्रदूषकलाई हटाउँछन्, जसले गर्दा हामी शुद्धहावा सास फेर्न सक्छौं।


यसरी, यी सूक्ष्म जीवहरू, वनस्पतिहरू, र प्राकृतिक तत्वहरू हामीलाई सुरक्षाको प्रत्याभूति दिन सक्रियरूपले काम गर्छन्, जस्तै कि कल्याणकारी शिवका सेना जसले पृथ्वीको सुरक्षा गर्छन्। वातावरणको संरक्षण र शुद्धता कायम राख्न यी सबै प्रक्रियाहरू अत्यन्त महत्वपूर्ण छन्।


वैदिक परम्परामा कम्तीमा १८० मरुत पहिचान क्वान्टम फिजिक्स र मेटा फिजिक्सको दृष्टि वाट वेदमा भएको मरुत शक्ति निकै चाख लाग्दो देखिन्छ। सनातन ज्ञानको गहिराइ बारेको केही अन्दाज तपाईँलाई मरुत शक्ति को ज्ञानले दिने छ। हाम्रो शरीरको कुरा गर्दा शरीर र मस्तिष्कको सम्बन्ध बारे बुझ्नु पर्ने हुन्छ।  शरीर एउटा मिसिनको भूमिकामा हुँदै गर्दा मस्तिष्क त्यसको इन्जिनको भूमिकामा हुने गर्दछ। इन्जिन ठिक भए मात्र तपाइको यन्त्र यानेकि  मिसिन राम्रो चल्दछ। तर त्यो इन्जिन चल्नको लागि तपाईँलाई इन्धन चाहिन्छ।


न्युरो साइन्सको हिसाबमा त्यो इन्धन भनेको डोपामिन हो। तपाइको मनमा  प्रेम जगाउने करुणा जगाउने केमिकल। जब तपाई कुनै कर्म गर्नु हुन्छ र त्यो कर्ममा तपाइको ध्यान पुरा लागिरहेको छ भने तपाईँलाई विगतको बारे सोच्ने र चिन्तित हुने स्थिति (डिप्रेसन) पनि हुँदैन। भविष्यको असुरक्षाको चिन्ता (एनजाइटि) पानी आउँदैन। तपाईँको कर्म आनन्द संग चलेको हुन्छ। किनकि तपाइको दिमागले त्यति बेला त्यहाँ डोपामिन बनाइ रहेको हुन्छ। त्यो तपाइको कर्म बापतको पुरस्कारको रूपमा हुन्छ। तपाइको इन्जिन आनन्द नयाँ जस्तै चलेको अनुभूति हुन्छ।


जसरी इन्धन नभएर मिसिन चल्दैन त्यस्तै उचित डोपामिन  बिना तपाई केही गर्न सक्नु हुन्न।  काममा न त ध्यान हुन्छ। काम गर्न खोज्दा पनि तपाईँलाई बेचैनी आउँछ। तपाइको शरीरमा डोपामिन धरै भयो भने पनि तपाइले काममा फोकस भएर आफ्नो कर्म पुरा गर्न सक्नु हुन्न। काम सक्ने हतारो र हतासो मनस्थितिले काम बिग्रन्छ। त्यो बेला तपाइको अधिक भएको डोपामिन लाई नियन्त्रण गर्नु पर्ने हुन्छ। 

 

तपाइको दिमागमा अधिक डोपामिन लाई नियन्त्रण गर्ने काम अर्को केमिकल सेराटोनिनले गर्ने गर्दछ।  सेराटोनिनले तपाइको मिसिन इन्जिनमा जरुरत अनुरूप इन्धन दिएर तपाइलाई नियन्त्रित कर्म गर्न सहयोग गर्छ। यदि तपाइमा सेराटोनिनको कमी भयो भने तपाई तपाइको मन जे मा गइरहेको छ त्यसैमा अत्यधिक लगाव विकास भएर त्यो बिना जिउनै नसक्ने जस्तो बेचैनी हुने र त्यसैको एडिक्सन विकास गरि दिन्छ। तपाई अत्यन्त भद्दा र जङ्गली बन्नु हुन्छ।


तपाई अत्यन्त  बेचैनी हुने स्थिति आउँदा तपाइको त्यो बेचैनी गतिलाई इमर्जेन्सी ब्रेक लगाउने र रोक्ने काम तपाइको दिमागमा रहेको गाबा र  अमिगडेला जस्ता मस्तिकका न्युरोनहरुले मिलेर तपाइमा तत्काल डर उत्पन्न गर्दछ। त्यसलाई प्यानिक अट्याक भन्ने गरिन्छ।  जसले गर्दा तपाइको ध्यान अन्यत्र जान्छ।


त्यो बाहेक अक्सिटोसिन, कोर्टिसोल, र टेस्टोस्टेरोन हर्मोनहरूले हाम्रो शरीरका भावनात्मक, शारीरिक र प्रजनन स्वास्थ्यमा ठुलो भूमिका खेलेको भेटिन्छ।


हाइपोथालामसमा उत्पादन हुने  हुन्छ र पिट्यूटरी ग्रन्थिबाट बाहिर निस्कने अक्सिटोसिनले सामाजिक सम्बन्ध, आपसी विश्वास जगाउने, सुत्केरी हुन् सहयोग गर्ने र स्तनपान लाई सहज पार्दछ। एड्रिनल ग्रन्थिबाट उत्पादन  तनावको वेला तनाव नियन्त्रण गर्न पैदा हुने कोर्टिसोलले  शरीरको मेटाबोलिज्म, रगतमा चिनीको मात्रा, रोग प्रतिरोधात्मक क्षमता तथा जलनको नियन्त्रण गर्छ।


पुरुषको अण्डकोष र नारीको डिम्बाशयमा बन्ने टेस्टोस्टेरोन  कामेच्छा लाई प्रोत्साहन गर्ने, मांसपेशीको वृद्धि गर्ने यौन तागत बढाउने काम गर्दछ। हाम्रो शरीरका हर्मोनहरूले शरीरमा गर्ने व्यवहारको लागि तिनीहरूलाई नियमित ऊर्जा चाहिन्छ।


हाम्रो शरीरमा जम्मा नौ वटा दुलाहरू हुन्छन्। ती दुलाहरू शरीरको प्रकृति संग फरक फरक सम्पर्क स्थापना गर्ने केन्द्रको रूपमा काम गर्दछ।


हामीले खाने खाना, लिने हावा, सोच्ने सोचले दिने आत्मा बल आदिले मात्र नभएर प्रकृति वाट तिनै नौ दुला केन्द्रित फरक फरक प्रकृतिको नव दुर्गा रुपी नौ शक्ति शरीरले नियमित प्राप्त गर्दछ। दुवै सूक्ष्म जीव र सूक्ष्म अणु निर्मित त्यो शक्ति नौको समूहमा एकत्रित भएको फरक फरक सेनाको रूपमा हुन्छ। जसलाई वेदमा मरुत गण भनिएको छ।


तिनै मरुत गण प्रकृतिको प्रतिनिधिको रूपमा शरीर लाई नियमित रूपमा जीवित राख्न सक्रिय हुने गर्दछ। यिनीहरू को काम  शरीरको इन्जिन र इन्जिनको इन्धन तथा अन्य पाट पुर्जा रुपी इन्जाइम, हार्मोन र प्रतिरक्षा प्रणालीहरू अग्नि अर्थात् उपयुक्त ऊर्जाको साथमा स्वतन्त्र रहेर काम गर्दै गर्दा आउने अवरोध लाई हटाउने र स्वतन्त्र काम गर्न दिने सेनाको भूमिका खेल्नु रहेको कुरा वेदमा उल्लेख छ।


जसको गहिरो ज्ञान राख्न सक्दा यसले स्नायु प्रणाली, मनोविज्ञान र आर्टिफिसियल  इन्टेलीजेंसको क्षेत्रमा काम गर्न ठुलो सहयोग पुर्‍याउने छ।


वैदिक परम्पराका वैदिक ज्ञानमा कम्तीमा १८० मरुत पहिचान भएको छ। हरेक मरुत भनेको ९ फरक फरक देवी शक्ति फरक फरक रेसियोमा मिलेर बनेको एउटा गण रहेको वेदको भनाइ छ। त्यसको अर्थ हावा र बाष्प रूपको सवटल शक्ति। जुन हाम्रो शरीर लाई नियमित प्रकृति मैत्री गरेर चलाउन सक्रिय छ।  शिवको रुद्र शक्तिको रुद्र सेनाको रूपमा तसर्थ कम्तीमा १८० X ९ पारा सूक्ष्म शक्ति वाट हामी नियमित जीवित रहेको वेदको भनाइ छ।


मानिसलाई आनन्दमा लान नदिने कुरो हाम्रो मनको डर हो। भय हो। असुरक्षा हो। असुरक्षाको डर। खान नपाए मारिने डर। सान देखाउन नपाए साथी भाइको हेलत्वमा परिने डर। मरिएला भन्ने डर। समस्या पर्ला भन्ने डर। रोग, भोक, आवास र क्रीडा पाइन्न कि भन्ने डर। आफन्त मर्लान् भन्ने डर। आफन्तले नै मार्लान् भन्ने डर। सबै तिर डर। समग्रमा शरीरमा डरको नियन्त्रण गर्ने कोर सिद्धान्त वाट मस्तिष्कको फाउन्डेसनको ईनर इञ्जिनियरिङ्ग भएको कुरा वेदले मान्दछ। आधुनिक न्युरो साइन्सको पनि अव त्यही अवधारणा बनेको छ। मस्तिष्कलाई इन्द्र भनिँदै गर्दा, डरको नियन्त्रण पनि गर्नेउत्पादन पनि गर्ने शक्ति रुद्र-शिव भनेको छ।


प्राकृतिक नियम सङ्गत विरुद्ध काम गर्ने तागत लाई कारबाही गरेरै लाइनमा ल्याउने काम गर्ने शिवको भूमिका लाई रुद्र भनेको छ। रुद्रको सहयोगी मरुत गण हो भन्दछ शास्त्र। जुन परा subtle शक्ति हो भनिएको छ।


विज्ञान क्वान्टम सम्म पुगेको छ। क्वान्टम पार्टिकल बन्ने शक्ति मरुत जस्तो देखिन्छ। मरुत विचार भन्दा ठुलो तर  क्वान्टम पार्टिकल भन्दा सवटल सानो इनर्जीको पोको वा वेब मानिएको छ। न्युरो साइन्सका कतिपय कुराहरू यता छिटै पुग्न सक्छ।


वैदिक ज्ञानमा पहिचान भएको १८० मरुत गणको नाम यसप्रकार छ।

प्राण, वायु, पवन, अनिल, मारुत, समीर, सूत, वात, अनील, वातव्रज, वायुवेग, श्वास, वातप्रवाह, पवनानन्द, हव, गन्धवह, वातप्रीत, अह्नस, चञ्चल, अक्षीय, धारानिल, धुलिधूम, मृदुस्पर्श, वीणालय, श्वासवाहक, प्रचण्डवायु, दर्शनानन्द, जलवायु, हविन्त्र, वातगति, हविक, महापवन, आकाशवाहक, पवनराज, वायुवीर, पुष्पवाहक, वायुपुत्र, वातवीर, मारुतानन्द, वातराज, हर्षवायु, गजवायु, कायवाय, तरंगवह, वायुदास, शीतवायु, आशुकेतु, मुक्तवायु, क्लेशहारी, ध्वजवाहक, जलमीत, संध्यावायु, गगनवायु, महारुद्र, अमृतवाहक, वातविक्रम, विराटवायु, भ्रमणशील, सत्यवायु, उद्धारवायु, भुजंगवात, वातायन, वायुपालक, सत्यप्रकाश, आकाशवर्मा, तरलप्राण, सुषमा, मुक्तसञ्चार, त्रिवेणीवायु, शब्दवाहक, उर्जावाय, ध्वनिप्रवाह, वातरण, महावाय, गौरववायु, अनिलानन्द, अश्वगति, अशोकवात, गजगामी, वीरमारुत, सौरवायु, अनुपमवायु, महासागरवायु, वातचेतन, मुक्तिदायक, वायुस्पर्श, जलमारुत, हवपुष्प, संध्यावात, महाधारक, तरलध्वनि, ब्रह्मवायु, निश्चलवायु, प्रकाशवाहक, वातपुरुष, सर्ववायु, वायुगति, महाकाश, वायुज्योति, हविधर, अमृतप्रवाह, प्रलयवायु, वातानन्द, गजप्रवाह, महासंचारी, तरलवायु, वीरमारुत, अग्निवात, वीरवाहक, अमृतवाहक, वायुगामी, गङ्गावायु, तरलवात, जलमारुत, वीरतरंग, वायुधारक, उदारवायु, वातदेव, अनुपमवात, शीतमारुत, मुक्तमारुत, सद्गति, वीरवात, तरलगति, शीतपवन, वायुपाल, वायुसेन, मुक्तप्रवाह, जलवाय, वातविनाशक, अग्निप्रवाह, महातेजस, सूर्यवायु, वायुपुष्प, मुक्तवात, वीरचेतन, सप्तप्रवाह, तरलप्रवाह, महाशक्तिवात, धवलवायु, वातमुक्त, उत्तमवात, महाव्यक्त, अनिलमुक्ति, अशोकप्राण, गुह्यवायु, वातमूर्त, वायुधिर, महाश्वास, शीतप्रवाह, अतिवायु, वातचेतन, गुरुश्वास, सूर्यमारुत, अग्निमारुत, वातेश्वर, पवनवीर, अनिलेश, महाभुजंग, उत्तममारुत, शिखामारुत, जलपुष्प, वायुपुष्प, उत्तमारुत, मुक्तधारक, वीरभ्रमण, वायुधर, अनिलमुक्त, प्रचण्डवात, अनुपमप्रवाह, वाततुल्य, शीतवीर, वायुशक्ति, वायुप्राण, जलवीर, सत्यमारुत, महादेववायु, प्राणवाहक, उत्तमप्राण, महावातप्रवाह।


प्रकृतिको विविधतामा आध्यात्मिक शक्ति र ऊर्जा प्रवाहित गरिरहेका मरुतहरू प्राकृतिक शक्तिहरूसँग सम्बन्धित विभिन्न गुणहरूको प्रतिनिधित्व गर्छन्। वेदमा उल्लेख गरिए अनुसार वायुमण्डलका शक्तिशाली देवता रूपमा मरुतहरु प्रायः रुद्र र अग्नि सँग निकट रहेर वायु देवताको भूमिकामा रहन्छन्। फरक फरक सन्दर्भमा फरक फरक नाममा उल्लेखित भएको भेटिने गर्दछ।


१८० मरुतगणका नामहरू र तिनका नेपालीमा अर्थ  यस प्रकारको भेटिन्छ।

प्राण - जीवनशक्ति

वायु - हावा

पवन - शुद्ध हावा

अनिल - शान्त हावा

मारुत - पवनका पुत्र

समीर - चञ्चल हावा

सूत - चराचरमा सञ्चार हुने हावा

वात - हावाको प्रवाह

अनील - बलियो हावा

वातव्रज - शक्तिशाली हावाको समूह

वायुवेग - वायुप्रवाहको गति

श्वास - श्वासप्रश्वास

वातप्रवाह - वायुप्रवाह

पवनानन्द - पवनबाट आनन्द प्राप्त गर्ने

हव - यज्ञमा चढाइएको वायु

गन्धवह - सुवासित वायु

वातप्रीत - वातको प्रेमी

अह्नस - दिनभर चल्ने वायु

चञ्चल - चञ्चल हावा

अक्षीय - अनन्त हावा

धारानिल - धैर्यशाली वायु

धुलिधूम - धूलो र धुवाँले भरिएको हावा

मृदुस्पर्श - कोमल हावाको स्पर्श

वीणालय - संगीतमा समाहित हावा

श्वासवाहक - श्वासको वहन गर्ने

प्रचण्डवायु - अत्यन्त तीव्र वायु

दर्शनानन्द - देख्दा नै आनन्द प्राप्त हुने वायु

जलवायु - पानीको वायु

हविन्त्र - यज्ञको वायु

वातगति - वायुको गति

हविक - यज्ञ गर्ने वायु

महापवन - महान हावा

आकाशवाहक - आकाशमा चल्ने वायु

पवनराज - पवनका राजा

वायुवीर - वायुमण्डलका वीर

पुष्पवाहक - फूलहरूको सुवास बोक्ने वायु

वायुपुत्र - वायुपुत्र हनुमान

वातवीर - वातको वीर योद्धा

मारुतानन्द - मारुतबाट आनन्द पाउने

वातराज - वायुप्रवाहका राजा

हर्षवायु - खुशी दिने हावा

गजवायु - हात्तीको चाल जस्तै हावा

कायवाय - शरीरमा सञ्चार हुने वायु

तरंगवह - तरङ्गलाई बोकेर ल्याउने वायु

वायुदास - वायुसँगको सेवक

शीतवायु - चिसो हावा

आशुकेतु - तीव्र गतिमा चल्ने

मुक्तवायु - स्वतन्त्र वायु

क्लेशहारी - पीडाबाट मुक्ति दिने हावा

ध्वजवाहक - ध्वज बोकेको वायु

जलमीत - जलसँग मित्रता गर्ने वायु

संध्यावायु - साँझको वायु

गगनवायु - आकाशमा बहने वायु

महारुद्र - महान रुद्र

अमृतवाहक - अमृत ल्याउने वायु

वातविक्रम - बलियो वायु

विराटवायु - विशाल वायु

भ्रमणशील - घुमिरहने वायु

सत्यवायु - सत्यको प्रतीक वायु

उद्धारवायु - मुक्ति दिने वायु

भुजंगवात - सर्पको चालजस्तो वायु

वातायन - वातको स्थान

वायुपालक - वायुको रक्षा गर्ने

सत्यप्रकाश - सत्यको प्रकाश दिने वायु

आकाशवर्मा - आकाशमा चल्ने वायु

तरलप्राण - तरल जीवनशक्ति

सुषमा - सजीवता दिने वायु

मुक्तसञ्चार - स्वतन्त्र चल्ने वायु

त्रिवेणीवायु - त्रिवेणीको संगममा चल्ने वायु

शब्दवाहक - ध्वनि बोक्ने वायु

उर्जावाय - ऊर्जा दिने वायु

ध्वनिप्रवाह - ध्वनिको प्रवाह गर्ने

वातारण - वातको स्रोत

महावाय - महान वायु

गौरववायु - गर्व दिनेम वायु

अनिलानन्द - आनन्द दिने वायु

अश्वगति - घोडाजस्तो तीव्र गतिमा चल्ने

अशोकवात - अशोकको प्रसन्नताले चल्ने वायु

गजगामी - हात्तीको चालजस्तो चल्ने वायु

वीरमारुत - वीरताका प्रतीक मरुत

सौरवायु - सूर्यको शक्ति बोक्ने वायु

अनुपमवायु - अनुपम, अतुलनीय वायु

महासागरवायु - महासागरको वायु

वातचेतन - वायुले सजग गराउने

मुक्तिदायक - मुक्ति दिने वायु

वायुस्पर्श - वायुको स्पर्श

जलमारुत - पानी र वायुमण्डलको मिलन

हवपुष्प - पुष्पजस्तो हावा

संध्यावात - साँझको वायुप्रवाह

महाधारक - महान धारण गर्ने वायु

तरलध्वनि - तरल ध्वनि ल्याउने वायु

ब्रह्मवायु - ब्रह्मसँग सम्बन्धित वायु

निश्चलवायु - स्थिर वायु

प्रकाशवाहक - प्रकाश बोक्ने वायु

वातपुरुष - वायुलाई मानवीय स्वरूप दिने

सर्ववायु - सम्पूर्ण वायुमण्डलको प्रतीक

वायुगति - वायुको गति

महाकाश - विशाल आकाशको वायु

वायुज्योति - वायुसँगको प्रकाश

हविधर - हवको धारक वायु

अमृतप्रवाह - अमृतको प्रवाह

प्रलयवायु - प्रलय ल्याउने वायु

वातानन्द - वातबाट प्राप्त आनन्द

गजप्रवाह - हात्तीको प्रवाह जस्तो वायु

महासंचारी - महान रूपले सञ्चार हुने वायु

तरलवायु - तरलता ल्याउने वायु

वीरमारुत - वीर मरुत

अग्निवात - आगो जस्तो तीव्र हावा

वीरवाहक - वीरलाई बोक्ने वायु

अमृतवाहक - अमृत बोक्ने वायु

वायुगामी - वायु जस्तो गति भएको

गङ्गावायु - गंगा नदीको वायु

तरलवात - तरल वायु

जलमारुत - जलमार्गमा बहने वायु

वीरतरंग - वीर तरंग बोक्ने वायु

वायुधारक - वायु बोक्ने

उदारवायु - उदारताले भरिएको वायु

वातदेव - वातका देवता

अनुपमवात - अनुपम वात

शीतमारुत - चिसो मरुत

मुक्तमारुत - स्वतन्त्र मरुत

सद्गति - सही मार्ग दिने वायु

वीरवात - वीर वायु

तरलगति - तरल गतिमा चल्ने वायु

शीतपवन - चिसो हावा

वायुपाल - वायुपालक

वायुसेन - वायुको सेना

मुक्तप्रवाह - स्वतन्त्र प्रवाह

जलवाय - पानीसँग मिलेको वायु

वातविनाशक - वातलाई नाश गर्ने

अग्निप्रवाह - आगोको प्रवाह गर्ने वायु

महातेजस - महान तेजको वायु

सूर्यवायु - सूर्यको शक्ति बोक्ने वायु

वायुपुष्प - वायुपुष्प

मुक्तवात - स्वतन्त्र वात

वीरचेतन - वीरता जागृत गर्ने वायु

सप्तप्रवाह - सात प्रवाह भएको वायु

तरलप्रवाह - तरल प्रवाह भएको वायु

महाशक्तिवात - महान शक्ति सम्पन्न वायु

धवलवायु - शुद्ध र उज्यालो वायु

वातमुक्त - वातबाट मुक्त भएको

उत्तमवात - उत्कृष्ट वायु

महाव्यक्त - महान रूपमा प्रकट वायु

अनिलमुक्ति - अनिलबाट प्राप्त मुक्ति

अशोकप्राण - अशोकको जीवन शक्ति

गुह्यवायु - गोप्य वायु

वातमूर्त - वातको रूप

वायुधिर - वायुको धारण गर्ने

महाश्वास - महान श्वास

शीतप्रवाह - चिसो प्रवाह

अतिवायु - अत्यधिक वायु

वातचेतन - वातबाट चेतना प्राप्त गर्ने

गुरुश्वास - गुरुजस्तो श्वासप्रश्वास

सूर्यमारुत - सूर्यबाट प्रेरित मरुत

अग्निमारुत - अग्निजस्तो मरुत

वातेश्वर - वातका ईश्वर

पवनवीर - पवनका वीर

अनिलेश - अनिलका अधिपति

महाभुजंग - विशाल सर्पको चालमा चल्ने वायु

उत्तममारुत - उत्कृष्ट मरुत

शिखामारुत - शिखरमा चल्ने मरुत

जलपुष्प - जलसँग फुलेको पुष्प

वायुपुष्प - वायुको पुष्प

उत्तमारुत - उत्कृष्ट मरुत

मुक्तधारक - स्वतन्त्र धारण गर्ने वायु

वीरभ्रमण - वीरताका साथ घुम्ने वायु

वायुधर - वायुलाई धारण गर्ने

अनिलमुक्त - अनिलबाट मुक्त

प्रचण्डवात - अत्यन्त शक्तिशाली वात

अनुपमप्रवाह - अनुपम प्रवाह भएको

वाततुल्य - वातजस्तै

शीतवीर - चिसो हावाका वीर

वायुशक्ति - वायुको शक्ति

वायुप्राण - वायुबाट प्राप्त प्राणशक्ति

जलवीर - पानीका वीर

सत्यमारुत - सत्यको मरुत

महादेववायु - महादेवसँग सम्बन्धित वायु

प्राणवाहक - प्राण बोक्ने वायु

उत्तमप्राण - उत्कृष्ट प्राणशक्ति

महावातप्रवाह - महान वायुप्रवाह

 

प्राचीन वैदिक दर्शनमा महत्वपूर्ण स्थान राख्ने यी सबै नामहरूले हावा, वायुप्रवाह र जीवनशक्तिका विभिन्न पक्षहरूको वर्णन गर्छन्। वेदमा आधारित कथा लेख्ने क्रममा तुलसीदासले सुन्दरकाण्डमा बनमा बस्ने वानर प्रजातिका मानव हनुमानलाई वायुदेवले आफ्नो कम्तिमा १८० मरुत गणमध्ये ४९ मरुतहरूको गणसहितको अद्भुत शक्ति प्रदान गरेका कारण हनुमान वायुपुत्र भनेर चिनिने कुरा प्रष्ट गरे। सुन्दरकाण्डमा तुलसीदासले  लेखेका छन्:


हरि प्रेरित तेहि अवसर चले मरुत उनचास।।

अट्टहास करि गर्जा कपि बढ़ि लाग अकाश।।२५।।


त्यतिखेर हरि भगवानको प्रेरणाले उनन-पचास तिष्ण वायु सक्रिय वने।


हनुमानजी ! हाँ सो र गर्जन सहित आकाशमा विचरण गरे (उडे)। जब हनुमानको पुच्छरमा आगो लगाइयो, भगवान विष्णु (पवित्र आत्मा हरि) बाट उपयुक्त समयमा उपयुक्त अवसरको उत्तम उपयोग गर्न प्राप्त प्रेरणालाई शिरोधार्य गर्दै ४९ गण मरुतहरू एकाएक सक्रिय भए। त्यही क्षण हनुमानले ठूलो आवाजमा गर्जिंदै आकाशमा सल्बलाउन थाले। त्यसपछि, लंकाको हरेक घरको छानामा उफ्रिँदै आगो लगाउँदै, सारा सहर सकेपछि पानीमा छिरेर पुच्छरको आगो निभाए। रावणको तेल, रावणको कपडाको झुम्रोले रावणकै सहर जलाए । रावणकै नदीले पुच्छरको आगो निभाएर सकुशल सीता माताको हालचाल बुझेर, सीता मातालाई सन्देश दिएर, रावणलाई युद्धको मिठो सुपारी दिएर सकुशल रामको पास फर्किएको कथा छ।


वास्तवमा वायु धेरै प्रकारका हुन्छन्। वेदको प्रमुख ७ शाखामा कम्तिमा १८० मरुत गणको विस्तृत वर्णन छ। जल (पानी र तरल वस्तु) भित्रको हावाको फरक नाम, आकाशको हावाको फरक नाम र तिनीहरूको छुट्टै महत्व रहेको उल्लेख छ। यसरी अन्तरिक्ष (आकाश), जमिनको सतह, पानी र पाताल आदि स्थानमा रहेको हावाको गुण र व्यवहार फरक फरक रहेको व्याख्या छ। हनुमानलाई आफ्नै शारीरिक क्षमताका प्रवह (बग्ने वा प्रवाह गर्ने), आवह (पक्डेर साथमा ल्याउने), उद्वह (माथि उठाउने), संवह (एउटा स्थानमा संकलन गर्ने), विवह (विभाजित गर्ने), परिवह (फन्को लगाएर घुमाउने, फैलाउने) र परावह (टाढा लगेर फाल्ने) गरी मुख्य ७ प्रकारका वायु शक्ति मरुतहरू प्राप्त भएका थिए।


समय र परिस्थिति अनुसार विशेष शक्तिको प्रयोग गर्न उनलाई ब्रह्मलोक, इन्द्रलोक, अन्तरिक्ष, भूलोकको पूर्व, पश्चिम, उत्तर र दक्षिण दिशामा स्थानअनुसारको अनन्त तागत विकास गर्न सक्षम ७ थरिका वायु शक्ति मरुत गणको व्यवस्था रहेको कुरा गरिएको छ। ती सबै सक्रिय हुँदा ७ गुणा ७ बराबर ४९ वायु शक्तिले हनुमान सुसज्जित रहेको


कुरा सुन्दर काण्डमा  उल्लेख गरिएको छ। सुन्दर काण्डमा ४९ मरुत शक्ति सहितका हनुमानको चर्चा गरिएको देखिन्छ, जसले गर्दा धेरै मानिसहरूमा मरुत देवता मात्र ४९ छन् भन्ने भ्रम पूर्ण विश्वास विकास भएको देखिन्छ।