वेदमा भौतिक विज्ञान
वेदमा भौतिक विज्ञान
बिजुली तथा ब्याट्रीका आविष्कारक ऋषि
अगस्त्य
ऋषि अगस्त्य जसले प्रथम पटक बिजुली तथा
ब्याट्री आविष्कार गरी प्रयोगमा ल्याएका थिए।
हाम्रा परम्परागत अन्य आविष्कार जस्तै
यसको आविष्कारकको जस अरू कसैले आजको दिनसम्म पनि लिँदै छ।
ऋषि
अगस्त्यको बिजुलीको आविष्कार
संस्थाप्य मृण्मये पात्रे ताम्रपत्रं
सुसंस्कृतम्।
छादयेच्छि खिग्रीवेन चार्दाभि:
काष्ठापांसुभि:॥
दस्तालोष्टो निधात्वय:
पारदाच्छादितस्तत:।
संयोगाज्जायते तेजो
मित्रावरुणसंज्ञितम्॥
(अगस्त्य संहिता)
शब्दार्थ (Loose Translation)
ताम्रपत्रं = Copper Sheet
मित्रा = Cathode
वरुण = Anode
शिखिग्रीवा = Coppersulfate
दस्तलोष्ट = Zinc
मित्रावरुणशक्ति = Electricity
आच्छादित दस्त लोष्ट= Mercury -amalgamated zinc sheet
भावार्थ: एउटा माटोको भाँडा लिनु ।
त्यसमा राम्रो सँग सफा गरिएको ताम्रपत्र (कपर–प्लेट) लिनु। माटोको भाँडामा राखिएको
उक्त ताम्रपत्रलाई पहिला शिखिग्रीवा(अर्थात् कपर–सल्फेट) ले ढाक्नु। त्यो माथि
चिसो काठको धुलोले ढाक्नु। पोलराइजेसन हुनबाट रोक्न उक्त धुलोमाथि आच्छादित दस्त
लोस्ट अथवा मर्करी एमाल्गमेटेड जिंक सिट राख्नु। त्यसपछि जब उक्त दुई ताम्रपत्रलाई
संयोगमार्फत मतलब तारद्वारा जब जोडिन्छ,
त्यसले मित्रावरुण शक्ति मतलब बिजुलीको उत्पादन हुन्छ।
ऋषि अगस्त्यको ब्याट्रीको आविष्कार
अनेन जलभंगोस्ति प्राणो दानेषु वायुषु।
एवं शतानां
कुंभानांसंयोगकार्यकृत्स्मृतः।।
(अगस्त्य संहिता)
भावार्थ: जब हामी १०० वटा (सौ) माटोको
भाँडोको बिजुली (कुम्भों) को शक्ति पानीमा प्रयोग गर्छौं भने पानीले आफ्नो स्वरूप
परिवर्तन गरी प्राणवायु (अक्सिजन) र उदान वायुमा (हाइड्रोजन) परिवर्तन गर्छ।
ऋषि अगस्त्यको आविष्कार:
एयरोडायनामिक्स
(कुनै वस्तु वरिपरि कसरी हावा बहन्छ वा जहाज कसरी उड्न सक्छ)
वायुबन्धकवस्त्रेण निबद्धो यानमस्तके
उदान स्वलघुत्वे
बिभर्त्याकाशयानकम्।
(अगस्त्य संहिता
शिल्प शास्त्र)
भावार्थ: यदि उदानवायु (हाइड्रोजन) लाई
एयर टाइट (उच्च प्रेसरमा बन्द गर्नु) वस्त्र(कन्टेनर) भित्र कैद गरियो भने यसलाई
विमान विद्या अथवा एयरो–डायनामिक्समा उपयोग गर्न सकिन्छ।
व्याख्या: यो सूत्रले उच्च दबाबमा रहने ग्यासहरूलाई विमान विद्यामा उपयोग गर्न सकिने सूत्र दिएको छ। यो सूत्रले हाम्रा परम्परागत ज्ञानमा विमान सञ्चालनको प्रविधिको समावेश रहेको पुष्टि गर्छ।
ऋषि अगस्त्यको आविष्कार: शुक्र नीति
(इलेक्ट्रोप्लेटिङको आविष्कार)
कृत्रिमस्वर्णरजतलेपः सत्कृतिरुच्यते
(शुक्र नीति)
व्याख्या: शुक्र नीति अनुसार आज हामीले
इलेक्ट्रोप्लेटिङ भनिने शब्दलाई संस्कृतमा कृत्रिमस्वर्णरजतलेपः भनिएको छ ।
यवक्षारमयोधानौ सुशक्तजलसन्निधो।।
आच्छादयति तत्ताम्रं स्वर्णेन रजतेन
वा।
सुवर्णलिप्तं तत्ताम्रं शातकुंभमिति
स्मृतम्।।
(अगस्त्यसंहिता)
भावार्थ: फलामको भाँडामा रहेको कडा
एसिडको घोलको (सुशक्त जल) भित्र राखिएको तामाको सान्निध्य राखिएको सुन वा चाँदीको
नाइट्रेट (यवक्षार ताम्र) ले स्वर्ण (सुनौला) वा रजत (चाँदी) युक्त जलप (आच्छादित)
गरिदिन्छ।
आजभन्दा ४००० देखि ५००० वर्ष पहिले
वैदिक वैज्ञानिकका रूपमा ऋषि अगस्त्य जस्तै थुप्रै हाम्रा ऋषिले विज्ञानको
क्षेत्रका आविष्कारका विविध सिद्धान्त तथा उपलब्धि वेदका श्रुतिहरूमा भेटिन्छन्।
ऋषि कणादको गति र गुरुत्वाकर्षणको
सिद्धान्त
सर–आइज्याक न्युटन अत्यन्त प्रसिद्ध
नाम हो । संसारमा यो नाम नसुन्ने निकै कम होलान् । आधुनिक विज्ञानको
भौतिकशास्त्रको गतिका प्रमुख तीन नियम र गुरुत्वाकर्षणको प्राकृतिक सिद्धान्तको
प्रतिपादन गर्ने व्यक्तिका नाममा न्युटनले प्रसिद्धि पाएका हुन् ।
प्राचीन वैदिक विज्ञानलाई ओझेलमा पारेर
हेर्दा यी कुरा सत्य देखिन्छन् । तर,
जब तपार्ईं वैदिक ज्ञानका पुराना संग्रहहरू खोतल्नुहुन्छ र
तिनीहरूबारे गहन अध्ययन गर्नुहुन्छ, तपार्ईंलाई फरक तथ्य
हात लाग्नेछ।
वैदिक परम्परागत विज्ञानबारे संग्रह
गरिएका विभिन्न श्रुति वेद र उपनिषद्का रूपमा हालसम्म समेत संगृहीत छन्। जस
अन्तर्गत ऋषि कणादको केही प्राचीन सिद्धान्त उल्लेख छ । ती सिद्धान्तबारे जब
तपार्ईं पढ्नु हुनेछ, तपाईंलाई नयाँ वास्तविकता र यथार्थले चकित पार्ने निश्चित छ । यहाँ
त्यही कुराहरूबारे चर्चा गरिने छ ।
आजको सूचनाको युगमा पुग्दै गर्दा गतिको
सिद्धान्तको प्रतिपादकका रूपमा महान् वैदिक वैज्ञानिक कणाद र भौतिक विज्ञानका
वैज्ञानिक सर–आइजक न्युटन (१६४३ –१७२७) बारे सर्वत्र चर्च व्यापक भइरहेको छ।
विज्ञानको प्रभाव सर्वत्र व्यापक भएको
हालको अवस्थामा न्युटनका ल अफ मोसनका रूपमा प्रतिपादित सिद्धान्त उनको फिलोसोफी
उनीद्वारा ५ जुलाई १६८७ मा प्रकाशित नेचुरालिस प्रिन्सिपिया मैथेमेटिकामा अभिलेख
गर्दै संसार सामु प्रेषित गरिए।
पुरातन वैदिक विचारधारा मध्ये एक
वैज्ञानिक विचारधारा वैशेषिक दर्शन हो । जुन ऋषि कणादले प्रतिपादन गरेका थिए।
वैदिक कालका वैज्ञानिक सिद्धान्तको अन्वेषण र खोजी गर्ने क्रममा न्युटनभन्दा २५००
वर्षपहिले ईपू ६०० मा वैदिक वैज्ञानिक तथा दार्शनिक कणादको वैशेषिक सूत्रमा बल र
गति बीचको सम्बन्ध बारे वर्णन गर्दा उक्त कुराहरू उल्लेख भएको देखियो। यथार्थमा
कणादको वैशेषिक सूत्रहरूमा आणविक सिद्धान्त,
गतिको सिद्धान्त, गुरुत्वाकर्षणको
सिद्धान्त जस्ता सिद्धान्त सबै अटाएको देख्न पाइन्छ । उक्त कुराहरू प्रस्टसँग
बुझ्नका लागि ऋषि कणादको वैशेषिक सूत्रको अध्ययन र व्याख्याको जरुरी हुन्छ ।
गतिको सिद्धान्त (Law of Motion) बारे
कणादको वैशेषिक सूत्र
कणादद्वारा रचित वैशेषिक सूत्रहरू
अत्यन्त जटिल छन्। विषयको क्रममा समेत नियमितता नरहेको र प्रस्तुति संक्षेपमा
भएकाले त्यसको प्रस्ट विषयगत व्याख्याको जरुरत महसुस गरी प्रशस्तपादले प्रस्ट
व्याख्या सहित वैशेषिक सूत्रहरूको क्रमगत व्याख्या सहित ‘पदार्थ धर्मसंग्रह’ नामक
ग्रन्थ तयार गरे ।
प्रशस्तपादलाई वैशेषिक दर्शनको
प्रवक्ताको उपाधि दिँदै उनले तयार गरेको पदार्थ धर्मसंग्रहलाई वैशेषिक दर्शनको मूल
पाठका रूपमा मान्यता दिइयो ।
पदार्थ धर्मसंग्रहमा महर्षि
प्रशस्तपादले वैशेषिक दर्शनको उल्लेख गर्दै लेख्छन्:
वेगो पञ्चसु द्रव्येषु
निमित्त–विशेषापेक्षात्कर्मणो जायते
नियतदिक्क्रिया प्रबंध हेतुः
स्पर्शवद्द्रव्यसंयोग विशेष
विरोधी क्वचित्कारण गुण पूर्ण
क्रमेणोत्पद्यते ।
भावार्थ: ठोस, तरल वा ग्यास
अवस्थामा रहेको पञ्चतत्वको वेग अथवा मोसन त्यस माथि पर्ने निमित्त वा विशेष बलको
कारणले उत्पन्न हुने गर्छ। उक्त बल पदार्थको वेगको प्रतिकूल (संयोग विशेष) दिशामा
वा अनुकूल दिशामा हुने कारणबाट नष्ट हुने वा उत्पन्न हुने गर्छ।
[This
means that action on objects generates motion. The external action being
direction causes the motion to be directional. An equal and opposite action can
neutralize the motion.]
कणादद्वारा प्रतिपादित वैशेषिक
सूत्रहरू क्रमगत वैशेषिक दर्शनका रूपमा प्रशस्तपादले संयोजन गरेकोमाथिको भाष्य वा
व्याख्यालाई तलको तीन भागमा विभक्त गरी हेर्दा समान अर्थ र भाव लाग्ने गरी
न्युटनको गति सम्बन्धका चर्चित तीन नियमसँगै हुबहु मिल्ने देखिन्छ ।
। । वेगः निमित्तविशेषात कर्मणो जायते।
वेगः निमित्तापेक्षात कर्मणो जायते
नियतदिक क्रियाप्रबन्धहेतु।
वेगः संयोगविशेषविरोधी।।
वैशेषिक
दर्शन: प्रथम सूत्र
।। वेगः निमित्तविशेषात कर्मणो जायते।
[Vegah
Nimitta Visheshat Karmano Jayate].
अर्थः कुनै पनि वस्तुको गतिको
परिवर्तनका कारण त्यसलाई प्रभावित पार्ने शक्तिको हुने गर्छ ।
[Change
of motion is due to impressed force.]
भावार्थ: अन्य प्रभावशाली शक्तिको
उपस्थिति नहुँदासम्म स्थिर रहेको वस्तु स्थिर र कुनै दिशामा गतिशील रहेको वस्तु
त्यही दिशामा गतिशील नै रहन्छ।
वैशेषिक दर्शन: द्वितीय सूत्र
।। वेगः नियतदिक क्रियाप्रबन्धहेतु।
[Niyatdik
Kriya Prabandha Hetu].
अर्थः प्रभावशाली शक्तिको अनुपातमा
प्रभावी शक्तिकै दिशा उन्मुख हुने गरी कुनै पनि वस्तुको गतिमा परिवर्तन आउँछ।
[Change
of motion is proportional to the impressed force and is in the direction of the
force.]
भावार्थ: कुनै पनि वस्तुको गतिशीलता
त्यसमा पर्न गएको बाहिरी शक्तिको हदले निश्चय गर्छ। जुन दिशामा बाहिरी शक्तिको
प्रभाव पर्ने गर्छ, सोही दिशामा उक्त वस्तु गतिशील बन्ने गर्छ।
वैशेषिक
दर्शन: तृतीय सूत्र
।। वेगः संयोगविशेषविरोधी।
[Vegah
Sanyog Vishesh Virodhi].
अर्थः क्रिया तथा प्रतिक्रिया सदैव
बराबर तर विपरीत दिशामा हुने गर्छ ।
[Action
and reaction are equal and opposite.]
भावार्थ: हरेक क्रियाले उक्त क्रिया
बराबर कै तर विपरीत दिशामा प्रतिक्रिया पैदा गर्छ।
कणादको : गुरुत्वाकर्षणको नियम (Law of Gravity)
वैदिक वैज्ञानिक तथा दार्शनिक कणादको
वैशेषिक सूत्र दुई भाग (अहिकास) सहित १० अध्यायमा विभाजन गरिएको छ । वैशेषिक
सूत्रमा ३७३ श्लोक छन्। जसमध्ये पाँचौँ अध्यायको ५.१.७ श्लोकले गुरुत्वाकर्षणका
लागि संस्कृत शब्द गुरुत्वाबारे बोल्छ।
संयोग नै मान्नुपर्छ, न्युटनको
गुरुत्वाकर्षणको भनी दाबी गरिने नियम, जसले बयान
गर्छ कि ब्रह्माण्डमा रहेको पदार्थको कुनै पनि कणले अरूलाई आकर्षण गर्छ । उक्त
आकर्षणको हद पदार्थको पिण्डसँग प्रत्यक्ष र बीचको दूरीको वर्ग सँग व्युत्क्रम
(इन्भर्स) को सम्बन्धमा हुने गर्छ । उक्त नियमहरू समेत कणादको वैशेषिक सूत्रमा नै
वर्णन गरिएको भेटिन्छ।
वैशेषिक दर्शन: सूत्र ५.१.७
।। संयोगाभावे गुरुत्वात् पतनम्॥
saṃyogābhāve
gurutvāt patanam || 5 . 1.7 ||
गुरुत्वात् = गुरुत्वाकर्षणद्वारा
पतनम् = खस्ने गर्छ
भावार्थ: कुनै पनि वस्तुलाई समातेर
राख्ने अवरोधक शक्तिको अभावमा गुरुत्वाकर्षणको बलद्वारा त्यो वस्तु खस्ने गर्छ।
[In
theabsence of conjunction, falling (results) from gravity.]
व्याख्या: यस सूत्रमा प्रयोग भएको
संयोजन शब्दले हरेक प्रकारको बाधा अड्चनतर्फ संकेत गर्छ। अवरोधहरूको अभावमा
उत्पन्न हुने गैरसंयोजनात्मक परिस्थितिमा गुरुत्वाकर्षणको प्रभावले हरेक भौतिक
पदार्थ तल झर्ने गर्छ। जस्तै: रुखमा टाँसिएर रहेको फलमा गुरुत्वाकर्षणको साथसाथै
बाधाको समेत संयोजन रहन्छ । चरा आदि उड्ने क्रममा पखेटाले पैदा गर्ने हावाको माथि
तर्फको चापको कारण पैदा हुने प्रतिक्रिया पतनका लागि काम गर्ने गुरुत्वाकर्षणको
बाधाका रूपमा उपस्थित रहन्छ । उडान सम्भव हुन्छ।
वैशेषिक दर्शन: सूत्र ५.२.३
।। अपां संयोगाभावे गुरुत्वात् पतनम्।
।
apāṃ
saṃyogābhāve gurutvāt patanam || 5 . 2.3 ||
शब्दार्थ
अपां (अपाम)= पानी (बर्सातको पानीको
अर्थमा)
संयोगाभावे (संयोग अभावे) = संयोजनको
अभावमा
गुरुत्वात् = गुरुत्वाकर्षणद्वारा
पतनम् = खस्ने गर्छ
भावार्थ: समातेर राख्ने अवरोधक शक्तिको
अभावमा गुरुत्वाकर्षणको बलद्वारा बर्सातको पानी खस्ने गर्छ।
[The
falling of waters, in the absence of conjunction, is due to gravity.]
व्याख्या: यस सूत्रमा आकाशमा जरुरत
अनुरूपको अवरोधक शक्तिको अभावले पैदा गर्ने गैर संयोजनात्मक परिस्थिति बीच
गुरुत्वाकर्षणको प्रभावले पानी बर्सातको पानीका रूपमा तल झर्ने गर्छ भनिएको छ।
ऋषि कणादको वैशेषिक दर्शन अन्तर्गत
वेगको सूत्र वैदिक गणितिज्ञ आर्यभट्टले प्रतिपादन गरेको शून्य तथा अर्का वैदिक
गणितिज्ञ भास्कराचाइले प्रतिपादन गरेको असंख्य वा इन्फिनिटी भन्दा पनि पहिलेको
समयमा भएको देखिन्छ ।
त्यसको फरक पृष्ठ भूमिमा सर–आइज्याक
न्युटनको समय तुलनात्मक रूपमा धेरै आधुनिक बनिसकेको र प्रतिपादित सूत्रहरूलाई
गणितको फर्मुलामा व्याख्या वैदिक गणितिज्ञहरूले ऋषि कणादको जीवन काल पछि
प्रतिपादित गरिदिएका नम्बर र नम्बरबारेका शून्य र असंख्य (इन्फिनिटी) जस्ता
विशिष्ट तथा अचुक मान्यताहरू उपलब्ध थियो।
जसले गर्दा न्युटनका लागि ती कुराहरू
संयोजन गरी गणितको सूत्रमा समेत लिपिबद्ध गरी प्रस्तुति गर्ने अवसर प्राप्त भएको
सहजै अनुमान गर्न सकिन्छ ।
कणादको वैशेषिक सूत्रमा आणविक
सिद्धान्त
परमाणु बम भनेर सबैलाई अवगत भएको आणविक
बमका आविष्कारक जे रोबर्ट ओपेन हाइमर हुन। वैज्ञानिक जे रोबर्टको नेतृत्वमा धेरै
वैज्ञानिकले १९३९ देखि १९४५ सम्म काम गरे । सन् १६ जुलाई १९४५ एटम बमको पहिलो सफल
परीक्षण गरियो । यद्यपि जोन डाल्टन (६ सेप्टेम्बर १७६६ – २७ जुलाई १८४४) लाई
आधुनिक विज्ञानले परमाणु सिद्धान्त र हतियारको पिता मान्ने गर्छ । तर, वैदिक विज्ञानको
ज्ञाताहरू सबैलाई उनीभन्दा करिब ९१३ वर्षपहिले नै अगाडि ऋषि कणादको वेदमा लेखिएका
सूत्रको आधारमा परमाणु सिद्धान्तको प्रतिपादन गरेको कुरामा कुनै सन्देह देखिँदैन ।
ईसापूर्वक दोस्रो शताब्दीमा कणको अर्थ
सम्भव भएसम्मको सबै भन्दा सानो सूक्ष्म कण र कणादको शाब्दिक अर्थमा कणबारे विज्ञ।
त्यसैले उक्त समयमा सूक्ष्म कणका ज्ञाता ‘याटम–इटर’ भनेर चिनिन्थे ऋषि कणाद। आज
वैदिक विज्ञानका ज्ञाताले कणादलाई आणविक सिद्धान्तको पिता मान्ने गर्छन्।
कणादको वैशेषिक सूत्रहरूले परमाणुहरूको
सूक्ष्म रूपलाई समेट्ने काम मात्र नगरेर भौतिक ब्रह्माण्डमा रहेका सबै वस्तु
परमाणुको सूक्ष्म कणहरू निर्मित रहेको यथार्थतासमेत व्याख्या गर्छ। उनका अनुसार
ब्रह्माण्डमा रहेका सबै वस्तु अन्ततः परमाणुको सूक्ष्म कणमा सीमित रहने गर्छ। जुन
आधुनिक विज्ञानको आजको निचोड सँगै मिल्छ।
बहुलवादी यथार्थ स्विकार्ने वैशककषिक
मान्यतामा हरेक वस्तुको भित्री वास्तविक यथार्थ बाहिरी रूपमा देखिने यथार्थभन्दा
फरक रहने गर्छ। वैशेषिक विचारधारामा
आध्यात्मिक पदार्थ आत्मा,
ईश्वर (परमात्मा), कर्मको फल आदिलाई
स्वीकार गरिन्छ।
प्राकृतिक दर्शनमा परमाणुवाद भनेको यो
सिद्धान्त हो कि ब्रह्माण्डमा भएका सबै वस्तु अत्यन्त साना, अदृश्य, अविनाशी निर्माणका सूक्ष्म कण निर्मित परमाणु र परमाणु निर्मित अणुहरू
मिलेर बनेको हुन्छ।
परमाणु शब्द पुरानो ग्रीक शब्द
एटोमसबाट आएको हो। जसको अर्थ त्यो टुक्रा जसलाई त्योभन्दा सानो टुक्रा गर्न सकिन्न
भन्ने लाग्छ। आजको दिनसम्म विकसित विचारधारामा त्यसको अर्थ सबैभन्दा सूक्ष्म कण
क्वान्टम पार्टिकल (कणादि) भन्ने नै लाग्छ ।
वैशककषिका वैशेषिक दर्शन अन्तर्गतको
परमाणुवाद (कणादि सिद्धान्त) तसर्थ केवल भौतिकवाद नभई आध्यात्मिकता र भौतिकवादलाई
सहअस्तित्वमा राख्ने गरी जोड्ने सेतुबारे यथार्थको जानकारी गराउने ज्ञान हो।
जस अनुसार एकातर्फ सबैभन्दा सूक्ष्म कण
क्वान्टम पार्टिकलको (कणादि) संयोजनमार्फत भौतिक निर्माण सम्भव बन्छ । अर्कातर्फ
तिनै क्वान्टम पार्टिकलको गुण,
चरित्र, खुबी र संयोजन तथा विखण्डन
प्रणालीले समग्रमा आध्यात्मिकताको पाटोको परिपूर्णता गर्ने भूमिका खेल्छ ।
सबै भौतिक चिजहरू जो अस्तित्वमा छन् र
अनुभूतिसमेत गर्न सकिन्छ तिनीहरूलाई पदार्थको नाम दिइयो। पदार्थ शब्दको अर्थ
अनुभवका वस्तु भन्ने हुन्छ। सजिलोका लागि अनुभवका वस्तुहरूलाई कणादले द्रव्य
(पदार्थ), गुन (गुण), कर्म (गतिविधि), सामान्य (सामान्य), विशेष (विशिष्ट) र समवाय
(अन्तर्निहित वा जन्मजात) गरी छ रूपमा वर्गीकृत गरे। त्यसमा श्रीधर, उदयण र शिवदित्यले पछिल्लो समयमा अभाव (अनुपस्थिति) रूप थपी सात रूपमा
वर्गीकरण गरे।
कणादले पहिलो तीन रूप द्रव्य (पदार्थ), गुन (गुण), कर्म (गतिविधि) जसको निश्चित उद्देश्य रहने गर्छ साथै महसुससमेत गर्न
सकिने प्रकृतिको छ तिनीहरूलाई अर्थ अन्तर्गतका विषयवस्तुका रूपमा परिभाषित गरे।
अन्तिम तीन सामान्य (सामान्य), विशेष (विशिष्ट) र समवाय
(अन्तर्निहित वा जन्मजात) रूप जुन बौद्धिक विभेदको कारक रहने गर्छन्, तिनीहरू तार्किक अन्तर्गतका विषयवस्तुका रूपमा परिभाषित भयो।
द्रव्य अथवा पदार्थ अन्तर्गत पृथ्वी
(धर्ती), अप (पानी), तेज (आगो), वायु (हावा), आकाश (ईथर), काल (समय), स्पेस (अन्तरिक्ष वा स्थान),
आत्मा (स्वयम् वा म) र मानस (मन) गरी नौ चिज समावेश गरे ।
इन्द्रियहरूले महसुस गर्न सकिने गरी आफ्नो केही विशिष्ट गुण प्रदान गर्ने पहिलो
पञ्चतत्व पृथ्वी, जल, तेज,
वायु र आकाशलाई भूत भनियो। समग्रमा पाँच महाभूत नामकरण भयो। समय,
स्थान, आत्मा र मनलाई पाँच इन्द्रिय
(कान, आँखा, छाला, जिब्रो र नाक) भन्दा फरक रूपमा अनुभूति वा महसुस गर्न सकिने पदार्थ
अन्तर्गत राखियो।
गुण अन्तर्गत कणादले १७ गुण समावेश
गरे। कणादले उल्लेख गरेका १७ गुण अन्तर्गत (१) रूप (colour) (२) रस (taste) (३) गन्ध (smell) (४) स्पर्श (touch), (५) सङ्ख्या (number) (६) परिमाण - इकाई (size
/ dimension / quantity) (७) पृथकत्व (seprateness or
individuality) (८) संयोग (conjunction / accompaniments)
(९) विभाग (disconjunction) (१०) परत्व
(priority / largeness) (११) अपरत्व (posteriority
smallness) (१२) बुद्धि (cognition / knowledge) (१३) सुख (pleasure) (१४) दुःख (pain) (१५) इच्छा (desire) (१६) द्वेष (aversion)
(१७)प्रयत्न (efforts / voliation) पर्दछ
।
पछि प्रशस्तपादले अरू ७ गुण थपेर जम्मा
२४ गुणहरू बनाए।
जस अन्तरगत (१८) गुरुत्व (gravity / heaviness) (१९) द्रवत्व (cohesion / fludity) (२०)
स्नेहत्व (adhesion / viscosity) (२१) धर्म (merit
/ cosmic order) (२२) अधर्म (demerit / cosmic degeneracy
/ entropy) (२३) शब्द वृत्ति (sound / wave aspect) (२४) संस्कार (faculty) - [यान्त्रिक (mechanical),
स्थिति स्थापक (elastic), एवं वेगात्मक
(emotional) शक्ति (force)] पर्दछ।
पदार्थको आफ्नै छुट्टै स्वतन्त्र
अस्तित्व रहन सक्ने तर पदार्थ विना गुणको आफ्नै स्वतन्त्र अस्तित्व रहन नसक्ने
परिभाषा गरियो । कर्मको समेत पदार्थविना आफ्नो छुट्टै अस्तित्व रहन नसक्ने यकिन
बन्यो।
कर्म (activities / motion) अन्तर्गत (१)
उत्क्षेपण ( motion against gravity), (२) अव क्षेपण ( motion
along with gravity), (३) आकुञ्चन ( motion causing shear
stress), (४) प्रसारण (motion causing tensile stress), (५) गमन (linear motion) राखियो ।
आकाश, समय, स्पेस,
आत्मा भने पदार्थ रहे तापनि कर्मविहीन पृथक पदार्थ रहेको
परिभाषित गरियो। सामान्य (generality) अन्तर्गत (१) पर
सामान्य (universal set), (२) परापर सामान्य (subset),
(३) अपर सामान्य (element) परे। जब एकै
चिजहरू धेरै पदार्थमा रहेको फेला पर्छ तब त्यसलाई सामान्य भनिन्छ । सामान्य
पदार्थहरू प्रायः बहुलताको गुणयुक्त हुने भएकोले तिनीहरूको पदार्थसँग व्यापक
अन्तरसम्बन्ध कायम रहने गर्छ ।
विशेष (particualarity) अन्तर्गत (१) परमाणु (quantum;
finite) (२) विभु (continuum, intinite) उपश्रेणी बन्यो । विशेषको माध्यम एक पदार्थलाई अर्का पदार्थभन्दा फरक
महसुस गर्न सकिन्छ। हरेक पदार्थको अन्तिम रूप क्वान्टम कणयुक्त असंख्य परमाणु रहने
गर्छन्। जुन पदार्थको आफ्नै विशेषता हो।
एक पदार्थको एक वा सोभन्दा धेरै अन्य
पदार्थसँग अन्तरघुलित जटिल सम्बन्धलाई समवायको (inherence/concomitance) रूपमा चिनिन्छ ।
कणादले परिभाषित गरे अनुरूप समवाय कारण र उक्त कारणले पैदा गरेको प्रभाव बीचको
अन्तरसम्बन्ध हो । प्रशस्तपादले यसलाई एक निश्चित दायरामा एकअर्काको सामीप्यमा
रहेर अविभाज्य रूपमा रहने पदार्थबीचको अन्तरसम्बन्धका रूपमा परिभाषित गरेका छन्।
पदार्थबीचको समवाय सम्बन्ध प्रत्यक्ष अनुभूति गर्न नसकिने भए पनि उनीहरूबीचको
अविभाज्य संयोजन वा लगावका आधारमा अनुमान गर्न सम्भव बन्छ ।
चाख लाग्दो कथा अनुसार एक दिन कणाद
आफ्नो हातमा खाना लिएर हिँड्दै थिए । अनायास उनले आफ्नो हातमा भएको खानामा माडमुड
पारेर ससाना कणमा विभक्त गर्न पुगे । जब उनले त्यसलाई झन् सूक्ष्म कणमा विभक्त
गर्न खोजे निश्चित आकारभन्दा सानो हुने गरी उनले त्यसलाई विभाजित गर्न सकेनन्। यसरी
पदार्थलाई कुनै निश्चित कणको आकारभन्दा सानो हुने गरी विभाजित गर्न नसकिने
हुनुपर्छ भन्ने विचारले उनको दिमागमा डेरा जमायो ।
उनले गहन चिन्तन मनमार्फत उक्त
अविभाज्य पदार्थ सूक्ष्म कण क्वान्टम पार्टिकलको (कणादि) मार्फत परमाणु, परमाणुमार्फत अणु र
अणुमार्फत पदार्थ बनेको राज सम्म पुग्न सफल बने। त्यही समयमा उनले यो पनि भेउ पाए
कि कणादिहरू दुई गुणयुक्त हुन्छन्। एउटा पूर्ण आरामको स्थिर अवस्था र अर्को गतिशील
अवस्था । साथै उनले तिनै स्थिर र गतिशील कणादिका कारण भौतिक शरीर र आध्यात्मिक
अस्तित्वमा रहेकोसमेत निचोड निकाले।
कणाद आफूले सिद्धान्त प्रतिपादन गर्ने
क्रममा उदाहरणहरू मार्फत त्यसको औचित्य प्रमाणित गर्ने गर्दथे। जस्तै: उदाहरणका
लागि कणादका प्राचीन वैशेषिक ग्रन्थहरूमा पञ्च महाभूत अन्तर्गतका चार भूत पृथ्वी, जल, तेज र वायु अविभाज्य कणादि बाट बनेका छन् भनेर प्रमाणित गर्न
पाठ्यक्रममा निम्न सन्दर्भहरू उल्लेख / प्रस्तुत गरिएको छ ।
मान्नुहोस् कि यो ढुंगा अविभाज्य कणादि
निर्मित छैन र यो निरन्तर चलिरहेको छ । अब यो ढुंगा लिनुहोस्। कसैले यसलाई सीमित
रूपमा तर धेरै टुक्रामा विभाजन गर्न सक्छ। किनकि यसमा पदार्थहरू निरन्तर रहेको
हुन्छ। अब हेर्नुहोस् हिमालयका पहाड र शृंखलाहरूमा पनि धेरै यस्तै ढुंगाका सीमित
टुक्रा छन्। तसर्थ एक जनाले सीमित ढुंगाका यस्तै टुक्राहरू एक टुक्रालाई अर्को
टुक्रामा जोडेर अर्को हिमालयको पहाडको शृंखला बनाउन सम्भव हुन्छ। टुक्राको संख्या
अधिक रहे तापनि निश्चित संख्याको हुनेछ ।
उक्त पहाडको जत्रै पहरा निर्माण कार्य
एउटा सानो ढुंगाबाट सुरु हुँदै विशाल हिमालयको पहराका रूपमा परिवर्तन भएर समाप्त
हुन्छ । जुन एउटा व्यावहारिक रूपमा आफैँमा विरोधाभास व्याख्या जस्तो देखिने तर
आफैँमा राम्रोसँग स्थापित सत्य हो। यसले ढुंगा, टुक्रा आफैँमा समेत सीमित संख्याको
अविभाज्य कणादि निर्मित हुनुपर्छ भन्ने तर्क सही रहेको पुष्टि गर्छ।
प्राचीन वैशककषिका दर्शन अनुसार सानो
झ्यालको प्वालबाट आउँदै गरेको घामको किरणका सूक्ष्म कणहरू देख्न सकिन्छ । त्यो
सबैभन्दा सानो अनुभूत गर्न सकिने कण (महत) हो । उक्त कण आफैँमा तीन गुणयुक्त (तम, रज र सत गुणको – पोजेटिभ, नेगेटिभ र चार्जविहीन कणादि) सूक्ष्म कणबाट बनेका छ । हरेक त्र्यणुक (Trayanuk)
दुई गुण युक्त कणादि गुणहरू संकल्पित डायाड (म्याटर Matters
र एन्टिम्याटर्स Antimatters कणादि
गुणहरू) निर्मित छ ।
यहाँ त्र्यणुक (त्रि-अणु) शब्दले
त्रिगुण निर्मित त्रिगुणात्मक संरचना वा तीनवटा महत्वपूर्ण तत्वगुणहरू लाइ जनाउने
गर्दछ।त्रिगुण तीन दिव्य अलौकिक दैविक शक्तिको संयोजन मार्फत निर्माण हुने गर्दछ।
अव्यक्त प्रकृतिको अभिव्यक्त हुन चाहने इच्छा शक्तिका कारण अर्थात् सर्वशक्तिमान
ईश्वरको रचनात्मक इच्छाको कारण कणादिमा पहिलो पटक गति उत्पन्न हुन्छ।
दुई कणादिको संयोजनबाट डायाडको
(द्व्यणुकाय) सिर्जना हुन्छ । तीन डायाडको संयोजनको परिणामस्वरूप ट्रायडको
(त्र्यणुक) गठन हुन्छ । कणादिहरू अविभाज्य र अनन्त हुन्छन। प्रत्येक कणादिसँग आफ्नै विशिष्ट
चरित्र हुन्छ । ती न त सिर्जना गर्न सकिन्छ न त नष्ट नै गर्न सकिन्छ ।
अनुभूत गर्न नसकिने सबैभन्दा सानो
कणरूपी कणादिबाट नै समग्रमा अनुभूत गर्न सकिने सबैभन्दा सानो कण (महत) परमाणु
निर्मित हुने गर्छ। वैदिक अवधारणामा महत वा मह तत्त्व (Mahatattva) ब्रह्माण्डीय
बौद्धिकता हो। ब्रह्माण्ड चेतना वा समग्र चेतनाको प्राकृतिक भण्डार हो। जसलाई सिद्धान्त वा सृष्टिको आधार मानिन्छ। ब्रह्माण्ड चेतना वा समग्र
चेतनाले नै प्राकृतिक नियमको सिद्धान्तको तय गर्दछ। सम्पूर्ण रूपको शक्ति र कणको निर्माण समेत यसै वाट
भएको छ।
भाव (Feelings) अर्थात् भावनात्मक चेत
व्यक्तिको अनुभवहरू हुन्। चेतना (Conciousness, Self-awareness, चित्त) ले सामान्यतया व्यक्तिको त्यस्तो एक मानसिक अवस्था लाई जनाउने
गर्दछ जसमा व्यक्ति आफ्ना आन्तरिक अनुभवहरू प्रति सचेत हुन्छ। आफ्नो विचार,
भावना र क्रियाकलापहरूको पहिचान गर्दछ। आत्म चेतना भने त्यो
चेतना जुन व्यक्तिगत भावना र विचार भन्दा अलि पृथक
आत्म-चेतन (Awarness of the Self – Aatma Gyan, आत्मज्ञान)
को अवस्था हो।