वेदमा बायोटेक्नोलोजी
सहज कृमि शब्द साना तथा सूक्ष्म जीवलाई जनाउन वेदमा प्रयोग भएको देखिन्छ । जस अनुसार भाइरस, ब्याक्टेरिया, कीटक (लामखुट्टे, बिच्छी, उडुस जस्ता विषालु किरा) तथा पतंग (रातिको बेला सक्रिय हुने उड्ने उपियाँ, मोथ जस्ता साना हानिकारक किरा फट्यांग्रा), परजीवी आदि सबैलाई कृमिको साथमा व्याख्या गरिएको भेटिन्छ। वेदमा कृमिलाई दुई प्रकारमा विभाजन गरिएको छ। आँखाले देख्न सकिने म्याक्रोसकोपिक कृमि जसलाई दृश्य कृमि (द्रिष्ट) र आँखाले देख्न सकिने अथवा माइक्रोसकोपिक कृमिलाई अदृश्य कृमि (अद्रिष्ट) भनिएको छ। सामान्य रूपमा वेदको अवधारणाले अदृश्य तथा दृश्य सबै कीटाणु, जीवाणुहरूलाईकृमि अन्तर्गत समाहित गर्ने र रोगजनक कृमिहरूबारे उपचार पद्धतिमा समावेश गरेको बुझिन्छ।
जीवाणु, कृमि, कीट, पतंग आदि सबै स्थूल सूक्ष्म प्राणीलाई
कृमि शब्द दिइएको वेदमा उत्पत्ति र स्थितिका आधारमा शरीरमा वा शरीरभित्र रहने
प्रणाश्रयी र शरीरबाहिर विभिन्न स्थानमा रहने अन्य स्थानाश्रयीका रूपमा समेत
विभाजन गरेको छ । कृमिको संक्रमणका कारण मानिसले शारीरिक, मानसिक, आध्यात्मिक र भौतिक व्याधि भोग्नुपर्ने
भेटिएको उल्लेख गर्ने वेदमा मानिसमा रोग व्याधि उत्पन्न गर्ने कृमिलाई उपद्रोजन्य
कृमिको नामकरण गरिएको छ । मानिसका लागि हानिकारक र पोषणतत्वनाशक उपद्रोजन्य कृमिको
उपचार पद्धतिलाई कृमि चिकित्सा भनिएको छ । कृमि चिकित्साका लागि सबैभन्दा उपयोगी
अनन्त स्रोतका रूपमा सूर्य,
अग्निहोत्र
(यज्ञ, हवन), मनोबल (मन्त्र, फुकफाक), ज्ञान बल, शरीर बल, औषधीय वनस्पति आदि उपाय सुझाइएको छ ।
वेदमा विस्तृत रूपमा दैवी शक्ति (सूर्य, अग्नि, इन्द्र, मेघ, मरुत, सोम, जल चिकित्सा), वानस्पतिक द्रव्य, खनिज द्रव्य, मणिबन्धादि, धूपनादि, मन्त्र चिकित्सा, प्राकृतिक चिकित्सा, खानपान आदिको कृमि चिकित्सामा हुने
प्रयोगबारे लेखिएको छ । उक्त उपायबारे यथेष्ट प्रमाणित वैज्ञानिक आधारसमेत हाल
उपलब्ध छन्। विभिन्न प्रकारका कृमि तथा तिनका कारणबाट हुने रोग वा विकृतिको उपचार
विधिको सम्बन्धमा वेदमा गरिएको चर्चा परिचर्चाका लागि ऋषि कण्वको मुख्य भूमिका
देखिएकाले वैदिक माइक्रोबायोलोजीको पिताका रूपमा ऋषि कण्वलाई लिनु उपयुक्त देखिन्छ
।
वैदिक विज्ञानको बुझाइमा प्रकृतिको तीन
गुण हुन्छ। सत गुण,
रज गुण र तम
गुण । जब विज्ञानले परमाणुलाई तीन भागमा विभाजन गर्न सक्यो त्यतिबेला उसले
इलेक्ट्रोन, प्रोटोन र न्युट्रोन गरी
तीन गुणयुक्त तत्व फेला पा¥यो, जसमा यी तिनै सत गुण, रज गुण र तम गुण भेटियो । यी तीन
गुणविना परमाणुको अस्तित्व सम्भव नहुने र परमाणुविना जीवन वा कुनै भौतिक
पदार्थसमेत सम्भव नहुने यकिन ग¥यो ।
तम भनेको इनार्सिया वा अवरोधको मतलब
स्थिरताको तत्व हो । आफू स्थिर रहन हरेक तत्वलाई स्थिरताको जरुरत पर्छ । जस्तै: पृथ्वीमा रहँदा हामीलाई आफूतिर तान्ने
पृथ्वीको ग्य्राभिटी एक अवरोधक तत्व छ, जसले
हामीलाई रोक्न वा स्थिर रहन सहयोग गर्छ । शक्ति गतिशीलताको तागत हो। जसलाई रज गुण
भनिन्छ । गतिशीलता र स्थिरताबीचको सन्तुलन कायम गर्ने गुण हो सत गुण अथवा यथार्थता
। दुवैको संयोजनबाट जे बन्छ,
त्यो हरेक
वस्तुको यथार्थ गुणका रूपमा हामीले अनुभूति गर्छौं ।
जब गतिशील शक्ति पनि छ, त्यसलाई रोक्ने शक्ति पनि छ तर ती
दुईबीच सन्तुलन कायम गर्ने शक्ति छैन भने त्यहाँ सन्तुलन सम्भव बन्दैन । गतिशील
गुण र स्थिर गुणबीच सन्तुलन कायम राख्ने गुणको उपस्थितिमा सन्तुलन कायम हुन
नसक्दासम्म उक्त शक्तिद्वारा निर्मित हुने पदार्थको वास्तविक गुण मतलब स्थिरतामा
देखिने यथार्थ गुणबारे यकिन हुन सक्दैन । एउटा कार जसमा चल्नका लागि इन्धन पनि छ, गति नियन्त्रण गर्न ब्रेक पनि छ तर
दुबैलाई सन्तुलन गर्ने खुबी रहेको चालक छैन भने त्यसबाट सोचिएको यात्रा सम्भव
रहँदैन । कारको यात्रा सम्भव तुल्याउन गतिशीलता दिने शक्ति पेट्रोल वा डिजेल, रोक्ने वा गति नियन्त्रण गर्ने ब्रेक
तथा गतिशीलता र स्थिरताबीच सन्तुलन कायम गर्ने चालकको जरुरत हुन्छ ।
हाम्रो जीवनको यात्रामा समेत तीनै
पक्षको निकै ठूलो भूमिका रहन्छ । कार चल्न निश्चित बाटो चाहिन्छ भने हाम्रो जीवनका
लागि समेत निश्चित ज्ञान मार्गको जरुरत छ । कारचालकमा चलाउने ज्ञान र अनुभवको
जरुरत रहे जस्तै हाम्रो जीवन पनि ज्ञान र अनुभवबाट प्राप्त बुद्धि र विवेकको
सहारामा अघि बढ्ने गर्छ ।
वैदिक ज्ञानलाई विज्ञानका रूपमा सोच्ने
व्यक्तिले बताउने रज गुण,
तम गुण र सत
गुणलाई आधुनिक विज्ञानमा इलेक्ट्रोन, प्रोट्रोन
र न्युट्रोनको नामकरण गरियो । त्यही ज्ञानलाई काव्यात्मक रूपमा अर्थात्
विषयवस्तुलाई कुनै उपमा दिएर कुरा प्रस्ट गर्न चाहने काव्यका पारखीहरूले ब्रह्मा, विष्णु र महेश्वरको नाम दिए । जहाँ
ब्रह्मा सर्जक शक्ति अथवा निर्माणकर्ता हो । विष्णु परम्परा कायम गर्ने वा
नियमितता प्रदान गर्ने सुरक्षादाता शक्ति हो भने महेश्वर (वा शिव) एक विनाश गर्ने
शक्तिका रूपमा चर्चा गरिएको भेटिन्छ ।
विज्ञान मार्फत चर्चामा रहेको
इलेक्ट्रोन एक नेगेटिभ (नकारात्मक) चार्जयुक्त पदार्थ हो । इलेक्ट्रोनले परमाणु
बिगार्ने वा भत्काउने कार्य गर्छ जसलाई महेश्वरको उपमा लिइयो । प्रोट्रोन पोजेटिभ
(सकारात्मक) चार्जयुक्त हुन्छ । जब इलेक्ट्रोन आफ्नो चार्ज गुमाएर परमाणुलाई
ध्वस्त पार्ने प्रक्रियामा लाग्छ,
प्रोट्रोनले
जरुरतको अन्य नेगेटिभ चार्जलाई आफूतर्फ खिचेर परमाणुलाई नियमितता प्रदान गर्ने काम
गर्छ । जसलाई विष्णुको उपमा दिइयो ।
परमाणुको केन्द्र भाग अथवा
न्युक्लियसमा सकारात्मक वा पोजेटिभ चार्जमा रहेका प्रोटोन एकअर्कासँग हुने नियमित
विकर्षण हुने क्रममा भत्कनबाट जोगाउन न त नेगेटिभ न त पोजेटिभ अथवा चार्जविहीन
स्वतन्त्र न्युट्रनहरूले न्युक्लियसमा रहेका पोजेटिभ चार्जयुक्त प्रोटोनलाई एकापसमा
जोडेर राख्न मद्दत गर्छ । न्युट्रनका कारण संयुक्त पोजेटिभ चार्जमा रहन सम्भव
बनेको तिनै प्रोटोनले आफू सन्तुलित हुन खिचेर लिने नेगेटिभ चार्जका कारण अन्ततः
पूरै परमाणु सन्तुलित बन्न सफल रहेर स्वतन्त्र अस्तित्वमा रहन सम्भव बनेको हुन्छ ।
यसरी परमाणुको केन्द्र भागमा रहेको न त नेगेटिभ न त पोजेटिभ स्वतन्त्र वा न्युट्रल
न्युट्रोनलाई परमाणुको असली निर्माणकर्ता शक्तिको उपमा दिएर ब्रह्मालाई सर्जक
शक्ति भनियो ।
इलेक्ट्रोन हमेसा आफैँ नियमित कम्पनमा
कुनै गतिमा सवार रहन्छ । प्रोटोन र न्युट्रोनलाइ जब सानो भागमा टुक्राइन्छ, तिनीहरू ससाना सबएटमिक पार्टिकलहरू
जस्तै: मुवोन,
न्युट्रिनो, क्वाक्र्स आदि निर्मित रहेको भेटिन्छ ।
मुवोन, न्युट्रिनो, क्वाक्र्स जस्ता सबएटमिक पार्टिकलसमेत
इलेक्ट्रोन जस्तै कम्पनको अवस्थामा रहने यथार्थता वैज्ञानिक रूपमै प्रमाणित बनेको
छ । नियमित कम्पनमा रहने उक्त सबै क्वान्टम पार्टिकलको गुण नियमित कम्पनमा घुमेर
गतिशील रहनुहुन्छ ।
नियमित कम्पनमा रहेर लिइने गतिशीलताको
गुण अथवा दुवै पोजेटिभ र नेगेटिभ शक्तिबीचको द्वन्द्वात्मक सम्बन्धलाई सन्तुलित
पारि अस्तित्वमा रहन सम्भव बनेको डान्सिङ पार्टिकलको गुणलाई उपमा दिन काव्यका
पारखीले शिवशक्ति भन्ने शब्द चयन गरे । क्वान्टम मेकानिक्सले भने त्यसलाई युनिफाइड
फिल्ड भन्ने नामकरण ग¥यो ।
ब्रह्मा, विष्णु र महेश्वरको समेत अन्तिम असली
रूप शिवशक्ति रहेको र पदार्थको अस्तित्वको वास्तविक संयोजनको विन्दु एकै रहेको भनी
स्विकारिएको वैज्ञानिक पुष्टि बनेको सन्तुलित विन्दुलाई विज्ञानले आफ्नै पाराको
क्वान्टम युनिफाइड फिल्ड भन्ने नाम दियो । जब तपार्ईं क्वान्टम पार्टिकललाई त्यो
भन्दा पनि सानोमा टुक्राउन खोज्नुहुन्छ, तपार्ईंलाई
केही पनि हाता पर्दैन । यसको अर्थ हो सारा अस्तित्व अन्ततः शून्यबाट आएको छ ।
शून्यमै गएर सकिन्छ । हरेक अस्तित्वको सबैभन्दा सूक्ष्म रूप हो शिवशक्ति यानेकि
कम्पन । कम्पन शून्यताबाट आएको हुन्छ । अन्ततः शून्यतामै विलीन हुन्छ ।
वैदिक कालका अवधारणा मानव स्वस्थ रहनका
लागि तम गुण, रज गुण र सत गुणको सन्तुलित
संयोजनको आवश्यकताको अनिवार्यता महसुस गरी अथवा तीन गुणप्रदायक शक्तिहरूको
सन्तुलनको आवश्यकता रहने विचारधारामा आधारित रहेर विकसित भएको भेटिन्छ । वैदिक
कालका अधिकांश ग्रन्थ जस्तै वेद,
पुराण, चरक तथा सुश्रुतसंहिता आदिमा
रोगव्याधिबारे चर्चा भएको भेटिन्छ । रोगव्याधिबारे रोगजनक कृमिहरूको भूमिका समेतमा
तम, रज र सत गुणप्रदायक
शक्तिहरूको सन्तुलनमा खलल पु¥याएर नै अन्ततः शरीरमा
रोगव्याधि पैदा हुने निचोडमा आवश्यक उपचार पद्धतिको विकास गरिएको अनुभूति हुन्छ ।
वैदिक कालका ग्रन्थहरूमा विभिन्न रोग
विभिन्न नामबाट उल्लिखित गरिएको पाइन्छ । वेदमा कृमिको वर्णन विभिन्न स्थानमा
गरेको भेटिन्छ । दृश्य तथा अदृश्य जीवबारे अथर्व वेदमा क्रिमि र कृमि गरी दुई
प्रस्ट शब्दको प्रयोग भएको भेटिन्छ । कृमि शब्दले किरा र क्रिमि शब्द जुका, परजीवी (Worms) र रोगाणु (Germs) को सन्दर्भमा व्याख्या गर्दा प्रायः
प्रयोग भएको भेटिन्छ (अथर्व वेद २३.३, ६)।
प्राचीन वेदको आयुर्वेदिक टेक्स्टहरूमा
आजभन्दा हजारौँहजार वर्षअगाडि नै कृमिको नाममा सूक्ष्म जीवबारे वर्णन गरिनु र
उपचार पद्धतिबारे उल्लेख गरिनु अत्यन्त चाखलाग्दो विषय हो। भाइरस, ब्याक्टेरिया जस्ता सूक्ष्म जीव देख्ने
सुविधायुक्त माइक्रोस्कोपहरू विना वैदिक कालका ग्रन्थहरूमा सूक्ष्म जीवहरूको केही
हदसम्म विस्तृत वर्णन भेटिन्छ। हामीले खाने खाना (जस्तै दुध, नौनी र अन्य), भाँडाकुँडा, पानी, माटो र शरीरमा पाइने आँखाले देखिने
दृश्य र अदृश्य सबै जीवाणुलाई त्यहाँ कृमि भनिएको छ।
सङ्क्रमित चरा तथा जनावर असंख्य
सूक्ष्म जीवहरू मतलब कृमिहरूको बासस्थान हुने उल्लेख गरिएको छ । पर्याप्त सरसफाइ
हुन नसक्दा त्यस स्थानलाई हानिकारक ब्याक्टेरिया अथवा कृमिहरूले आफ्नो बासस्थानका
रूपमा उपयोग गरी फैलने अवधारणा हजारौँ वर्षअगाडिका वैदिक ग्रन्थहरूमा उल्लेख
गरिएको छ। कृमिबारे वैदिक ग्रन्थहरूको सबैभन्दा पुरानो ग्रन्थ ऋग्वेद लेख्छ कृमि
रोगजनक र गैररोगजनक प्रकृतिको हुने गर्छ । ऋग्वेदले सुझाए अनुसार केही कृमि (भाइरस, ब्याक्टेरिया, सूक्ष्म जीव) सङ्क्रामक प्रकृतिको हुने
गर्छन् । अरू कृमि भने गैरहानिकारक प्रकृतिका रहन्छन्।
आयुर्वेद्को प्रमुख ग्रन्थ मानिने
चरकसंहिता ऋग्वेदभन्दा अझै १५०० वर्षपछि लेखिएको मानिने आयुर्वेदिक संहिता हो। चरक
संहितामा समेत कृमिहरूको रोगजनक र गैररोगजनक गुणहरूको वर्णन गरिएको छ । यो निश्चित
हो कि चरकसंहितामा आज हामीले आधुनिक विज्ञानमा प्रोबियोटिकहरूबारे बताउने गरिए
जस्तो गरी कृमिहरू (ब्याक्टेरियाहरू) सम्भावित रूपमा लाभदायक हुने गर्छन् भनेर
प्रस्ट उल्लेख भएको भेटिँदैन। यसको सट्टामा ग्रन्थहरूमा गैरहानिकारक वा गैररोगजनक
कृमिलाई समेत रहन्छन् भनी यकिन हुनु निकै चाखलाग्दो विषय रहेको छ ।
हुन त विज्ञानले राम्रो र नराम्रो भनी
ब्याक्टेरियाको वर्गीकरण गर्दै गर्दा तथाकथित राम्रो भनिएको ब्याक्टेरियाले एक
व्यक्तिका लागि राम्रो गर्दैगर्दा अर्को व्यक्तिका लागि राम्रो गर्ने निश्चित
रहँदैन । कतिपय स्थितिमा हानिकारक ब्याक्टेरियाको भूमिकासमेत खेलिदिन सक्छ । हाल
राम्रो गनिएको ब्याक्टेरियाहरू भविष्यमा अनुभवबाट विषाक्त गनिने पनि सम्भावना
देखिन्छ । त्यो तर्कबाट हेर्दा कृमिहरूबारेको वैदिक ग्रन्थको अवधारणालाई पूर्ण
सत्य नरहेकोसमेत भन्न सकिने स्थिति छैन । किनकि आज पनि एक संस्कृतिका मानिसमा
राम्रो गरिरहेको प्रोबियटिक्स अर्को फुड हेबिटको समुदायमा विषाक्त बनेका धेरै
अनुभव हामीसँग छ ।
वैदिक ऋचाहरूमा कृमिहरूबारे उल्लेख
गरेको भेटिन्छ । जबकि आयुर्वेदिक ग्रन्थहरूमा भने कृमि रोग अन्तर्गत सूक्ष्म जीव
कृमिहरूका (भाइरस,
ब्याक्टेरिया
र अन्य) कारण हुने गरेका बिमारहरू र तिनको उपचारहरूबारे जोड दिने गरेको देखिन्छ।
बाहिरी छालामा हुने कृमिहरूलाई वक्भा, पाचन
प्रणालीको कृमिहरूलाई अभ्यंतरा,
दाँतको
कृमिहरूलाई दन्त र अन्य भागमा भेटिने कृमिहरूलाई अन्यस्थानाश्रयी आदि भनेको
भेटिन्छ ।
यजुर्वेदमा रोगाणुलाई विभिन्न उपमा तथा
समानार्थी शब्दसमेत दिइएर उल्लेख गरिएका छन्। जस्तै सबैभन्दा खतरनाक रूप रुद्रको
उपमा दिएरसमेत रोगाणु नियन्त्रणको वर्णन गरिएको छ । जस्तै: मानव शरीरमा गम्भीर
संक्रमण गराउन जिम्मेवार रोगाणु
नियन्त्रणक रुद्रका कारण मानिसलाई अत्यन्त धेरै रुवाउने गर्छ (यजुर्वेद १६/५४)
चर्चा भेटिन्छ। जसरी ड्रेसिङ गर्दा घाउ दुख्छ त्यस्तै विषाणु र रोगाणुको प्रभाव
क्षेत्र वाट तिनीहरूलाई हटाउने प्राकृतिक रोक प्रतिरोधी शक्ति रुद्र शक्ति सक्रिय
रहँदा पिडा बोध हुने गर्दछ। आफ्नै शरीरका काम नलाग्ने भागहरू निकालेर फाल्ने
क्रममा समेत कहिलेकाहीँ इन्फ्ल्यामेसन लगायतका पीडाहरू हुने गर्दछ।रुद्र शक्ति लाई
वरुण र मरुत शक्तिले आफ्नो कर्म गर्न नियमित अविचलित सहयोग गर्ने गरेको सन्देश र
व्याख्या वेदमा भेटिन्छ।
एकापसमा सम्बन्धित तर विभिन्न प्रकारका
हानिकारक रोगाणु नियन्त्रण भूमिकामा रहने गरि मरुतलाई खतरनाक रोग निम्ताउने
रोगाणुको प्रतिरोधी शक्तिको उपमा दिएर अदृश्य प्रकृतिका विभिन्न संक्रामक
रोगाणुहरू बारे वर्णन गरिएको छ । यजुर्वेदमा विभिन्न सन्दर्भमा, विविध सांकेतिक उपमा सहित मरुत, वरुण र रुद्र शब्दको पटकपटक प्रयोग प्रयोग गरी
वैदिककालमा माइक्रोबायोलीजी र बायोटेक्नोलोजीबारे प्रचुर ज्ञान रहेको तथ्य पुष्टि
भएको छ।
माइक्रोबायोलोजिस्ट हरुले भर्खरै मात्रै महसुस गर्दै गरेको केही निश्चित
रोगहरू जुन शरीरको बाहिरी,
भित्री र
दाँतमा रहने कृमिहरूको गतिविधिसँग सम्बन्धित रहने गर्छन्, तीबारे आयुर्वेदमा प्रस्ट उल्लेख भएको
छ। वास्तवमा पूरै मानव शरीर एक सेलयुक्त
कृमिको उत्पत्तिबाट विकसित भएर बनेको विज्ञानको हालको मान्यता समेत वैदिक
टेकस्टहरूमा यकिनका साथ प्रस्ट लेखिएको भेटिनु सबैका लागि आश्चर्यलाग्दो अवस्था हो
। यथार्थमा वेद र आयुर्वेदिक ग्रन्थमा उल्लिखित कृमि तथा कृमि रोगबारे विस्तृत
वर्णनहरूले जीव विज्ञान र चिकित्सा विज्ञानको क्षेत्रमा उल्लेखनीय योगदान गरेको
कुरा चिकित्सा विज्ञानको इतिहासले स्पष्ट पार्छ।
कृमि तथा कृमिजन्य रोगको ज्ञानका
अतिरिक्त आन्तरिक जडीबुटी र खनिज पदार्थयुक्त उपचार पद्धतिका ग्रन्थहरूले
प्रतिपादन गरेका वैदिक तीन मौलिक सिद्धान्त आयुर्वेदिक तथा आधुनिक चिकित्सा
विज्ञानले फड्को मार्ने गरी प्रगति गर्नका लागि अहम् कोसेढुंगा बनेको यथार्थसँग आज
कुनै विवाद रहेको छैन।
चिकित्सा विज्ञानको राडारमा एक मनमोहक
अन्तर्दृष्टिका रूपमा स्थापित मौलिक तीन वैदिक सिद्धान्त छन्: १) कृमि अपकर्सना
मतलबः कृमिहरूलाई भौतिक रूपमै हटाउने । २) निदान परिभरजना मतलब कृमिहरूको
संक्रमणलाई सम्भव तुल्याउने कारकको नै उन्मूलन गर्ने । ३) प्रकृति विघटन मतलब
प्रकृति र शरीरको प्रकारमै परिवर्तन गर्ने ताकि कृमिजन्य संक्रमण र रोगको सम्भावना
मुक्त परिस्थितिको पैदा होस् ।
जस अन्तर्गत एकातर्फ कृमिहरूको (परजीवी
र जीवाणु) बासस्थान तिनीहरूलाई प्रतिकूल हुने गरी बासस्थानको प्रकृतिमा नै
परिवर्तन गरिदिने उपाय अपनाउने गरिन्छ। जस्तै: जडीबुटी र खनिज पदार्थयुक्त औषध
उपचार विधिको उपयोग गरेर। त्यसका साथै होस्टका रूपमा रहेको मानव पाचन प्रणालीको
प्रकृति र प्रकारमा नै परिमार्जन गरिदिने विधि प्रयोगमा ल्याइन्छ। जस्तै:
आयुर्वेदिक र हिलिङ खानपान तथा जीवन पद्धतिबाट।
आज विज्ञान वा आयुर्विज्ञानले ड्रग र
कठोर जडिबुटीको प्रयोगबाट पहिलो त कृमिहरूलाई मार्नको सट्टा भौतिक रूपमै
तिनीहरूलाई शरीरको संक्रमण रहेको भागबाट हटाउने उपाय लिइन्छ। दोस्रोमा संक्रमणका
कारणहरू पत्ता लगाएर लक्षणको भन्दा मूल कारकको उपचार खोजिन्छ। ताकि कारणकै निवारण
सम्भव बनोस् । जस्तैः कृमिनाशकको उपयोग, सूर्यको
किरण, वातावरण सरसफाइ, मनोवैज्ञानिक सबलताका विधि, होम, मन्त्र आदि । तेस्रोमा कृमिहरूको
प्रकृति अनुरूपको आवश्यकता पूर्ति हुने वातावरण हटाउने र प्रतिकुल परिस्थितिको
सिर्जना हुने गरी अनुकूल प्रकृतिको विगठन गरिदिने नीति अपनाइन्छ। जस अन्तर्गत
संक्रमित भागमा जडीबुटी र खनिज पदार्थयुक्त औषध उपचार प्रयोग, पाचन प्रणालीमा आयुर्वेदिक र हिलिङ
खानपानको उपलब्धता तथा योग,
मेडिटेसन आदि
जस्ता उपाय अपनाउन सकिन्छ । जस अन्तर्गत मानव प्रतिरक्षा क्षमताको अभिवृद्धि गर्ने
आयुर्वेदिक काइदाहरू संसारकै प्रिय उपायका रूपमा विश्वभर चर्चित बनेको छ।