मन्त्रको शक्ति
मन्त्रको अद्भुत शक्ति
तपार्ईं बाटोमा हिँड्दै जाँदा नयाँ
कुरा देख्नुभयो भने सायद त्यसको फोटो वा भिडियो खिचेर अन्यलाई देखाउन सक्नुहुन्छ ।
नयाँ चिज बारेको जानकारी समाजमा ल्याउने पहिलो व्यक्ति बन्न सक्नुहुन्छ । तर, तपार्ईं त्यो
कुराको निर्माणकर्ता मानिनुहुन्न । किनकि तपार्ईं त्यो वस्तु पहिलो पटक देख्ने
मानिस हो, निर्माणकर्ता होइन । संयोगले तपार्ईंको नाम
उक्त नयाँ चिजबारेको ज्ञान समाजमा पु¥याउने पहिलो
व्यक्तिमा दर्ज हुन सक्छ। वैदिक मान्यता अनुरूप वेदको सवालमा ज्ञान मानव
समुदायसम्म ल्याउन सहयोग गर्ने ऋषिहरूलाई त्यही रूपमा ग्रहण गरिन्छ। स्थापित
मान्यतामा ध्यान र तपस्यामा एकाग्र भएर लामो समयसम्म मेडिटेसनमा रहन सक्ने व्यक्ति
आफू रहेको वातावरणबाट विभिन्न सूचना प्राप्त गर्ने र त्यसलाई गहिरो अर्थ दिन सक्ने
मन्त्ररूपी श्लोकमा व्यक्त गर्न सक्षम बन्न सक्छ। विगतमा हाम्रा ऋषिहरूले त्यही
मार्ग अवलम्बन गरी दैविक ज्ञान प्राप्त गरी ती ज्ञानलाई मन्त्रका रूपमा संश्लेषण
गरी समाजमा पु¥याउन सफल बने।
हाम्रा चार वेद हाम्रा ऋषिहरूले आफ्नो
ध्यानको मध्यमबाट दिव्य शक्तिमार्फत महसुस गरे। त्यसैलाई अर्थपूर्ण मन्त्रका रूपमा
परिवर्तन गरी एक सन्ततिबाट अर्को सन्ततिमा हुबहु पु¥याउन सफल बने। अक्षर र लेख्ने पद्धति
विकास भएपछि लिपिबद्ध गरियो। त्यसैले हाम्रो मान्यतामा हाम्रा वेदको कुनै सर्जक वा
लेखक छैनन्। तसर्थ यसलाई श्रुति अन्तर्गत राखियो
ज जसले वेदको अध्ययन गरे र त्यसका आधारमा आफ्नो अवधारणा विकास गरी
आफ्नोसमेत विचार मिसाएर अन्य सहायक ग्रन्थ तयार गरे त्यसलाई स्मृति भनियो । हाम्रो
परम्परागत मान्यतामा तसर्थ ऋषिहरू तपस्या वा अन्य उपयुक्त साधनामार्फत दिव्य ज्ञान
प्राप्त गरी त्यसको उपादेयताको महसुस गरेर समाजमा आफूले भेटेको ब्रम्हज्ञान आफ्नो
सन्ततिलाई हस्तान्तरण गर्ने अलौकिक पात्र हुन् ।
ऋषि जस्तै समाजमा प्रयोग हुने अर्को
शब्द छ ‘गुरु’। हाल हाम्रो समाजमा आध्यात्मिक अनुभव प्राप्त गरेका व्यक्तिका लागि
गुरु शब्द प्रयोग गरिने गरेको भेटिन्छ। शाब्दिक रूपमा ‘गुरु’ शब्दको अर्थ ज्ञान
प्राप्ति गर्न सहयोग गरी आफ्नो जीवनमा रहेको अज्ञानताको अँध्यारोलाई हटाउन सहयोग
गर्ने व्यक्ति हो। जहाँ गुरु शब्दको ‘गु’ ले ज्ञानमा रहेको अन्धकारपन लाई जनाउँछ, ‘रु’ शब्दले
अन्धकार बाट छुटकारा दिलाउने वा मुक्ति भन्ने अर्थ दिन्छ । हाम्रो परम्परामा गुरु
शब्द मात्र आध्यात्मिकमा सीमित नभएर आफ्नो जीवनमा रहेको कुनै पनि आध्यात्मिक वा
व्यावहारिक पक्षसँग सम्बन्धित अज्ञानता हटाएर ज्ञान दिलाउन सहयोग गर्न मुख्य
भूमिकामा रहेको व्यक्तिलाई जनाउँछ। आफ्नो जीवनको अन्धकार बाट उज्यालो तर्फको
यात्रामा अघि बढ्न प्रभावकारी भूमिका खेल्ने मुख्य पात्रलाई गुरु भावको आदर दिन
सुझाइन्छ।
आफ्नो जीवनकालमा विज्ञानको गहिरो खोज र
अनुसन्धानमा कहिल्यै नघुसेका,
अर्काले लेखेको विज्ञानका सतही कुरो पढेका भरमा अवधारणा बनाएर
व्यापक बुद्धि विलास गर्न सिपालु बनेको हाम्रो समाजको एउटा निकै ठूलो भुइँफुट्टा
बुद्धिजीवी वर्ग वैदिक मन्त्रहरूमा निकै ठूलो शक्ति रहन्छ भन्यो भने अरिंगाले
शैलीमा झम्टन आइपुग्छन्। मन्त्रहरूले बिरामीका रोग निको पार्ने, वर्षा नभइरहेको अवस्थामा बर्सात समेत गराउन सम्भव गराउने बनाउने भन्यो
भने त त्यसो भन्नेहरूलाई अवैज्ञानिक र पागल करार गर्न साइबर भेडाको समूहमै
सक्रियता बढ्छ ।
अथर्व वैदिक मन्त्रले टाउको तथा आँखाको
दुखाइ, छालाको
रोग, ज्वरो, कुष्ठरोग, क्षयरोग जस्ता माइक्रोबियल रोग, स्नायु
सम्बन्धी रोग आदिलाई निको पार्न प्रभावकारी भूमिका खेल्छ भन्ने मान्यतामा आफूलाई
वैज्ञानिक विचारधाराको सामाजिक अभियन्ता बताउनेको व्यापक तिरस्कारको विषय बनिरहँदा
स्वयम् विज्ञानको भने उनीहरूबाट व्यक्त विचारमा कुनै सहमति रहेको भेटिँदैन।
एकातर्फ वेदका मन्त्रहरूको शक्ति र तिनीहरूको रोगको उपचारलाई प्रभावकारी बनाउने
गुणलाई वेदमा उच्च प्रविधियुक्त पद्धति ठानिएको छ। आयुर्वेदले समेत यस्ता उपचार
प्रणालीको सराहना गरेको धेरै प्रसंग भेटिन्छ। अर्कोतर्फ विज्ञानले समेत यसलाई गलत
प्रमाणित गर्न सकेको छैन। उल्टो एक पछि अर्को गर्दै गरिएका वैज्ञानिक
परीक्षणमार्फत मन्त्रको अद्भुत शक्ति हुने यथार्थ वैज्ञानिक रूपमै प्रमाणित हुने
क्रम बढिरहेको देखिन्छ।
सन् १७८५ मा एन्टोइन लाभोइजरले आफ्नो
खोजका आधारमा ल अफ कन्जर्भेसन अफ मास भन्दै एउटा वैज्ञानिक नियमको प्रतिपादन गरे।
संक्षिप्त रूपमा यसले भन्छ,
‘पदार्थ न त सिर्जना गरिएको कुरा हो न त नष्ट नै हुने ।’ सन्
१८४२ मा जुलियस रोबर्ट मेयरले ल अफ इनर्जी कन्जर्भेसनको नाममा पहिलो ऊर्जा
संरक्षणको सिद्धान्त पत्ता लगाए र संक्षिप्त रूपमा थर्मोडिनामिक्को अर्को नियम
लेखे ‘ऊर्जा न त सिर्जना गरिएको हो न त नष्ट नै हुने गर्छ।’
सन् १९०५ तिर अल्बर्ट आइन्स्टाइनले जब E = mc² समीकरणको
घोषणा गरे, नतिजास्वरूप दुवै वैज्ञानिक सिद्धान्तको मिलन
गरी भनियो, ‘ब्रह्माण्डमा पिण्ड (द्रव्यमान) र ऊर्जाको
कुल मात्रा स्थिर रहन्छ।’ त्यसपछि नै हालको वैज्ञानिक अवधारणा ‘शक्ति न त पैदा
गर्न सकिन्छ न त नष्ट नै । सकिन्छ त मात्र एक रूपबाट अर्को रूपमा परिवर्तन गर्न’
भन्ने सम्पूर्ण अवधारणा प्रस्ट गर्न सकियो। हाम्रा बुद्धिविलासी महाबौद्धिक
वर्गलाई माथि उल्लिखित विज्ञानका कथा प्रायः कण्ठस्थ रहेको भेटिन्छ। उनीहरूको चुरो
समस्या उनीहरूले थाहा पाएर पनि थाहा नपाएको जस्तो अभिनय गर्ने, सुनेर पनि नसुनेको जस्तो बहानामा स्वीकार्न नचाहने दसौँ शताब्दीको
आसपासका वेदका रूपमा संश्लेषण गरिएको वैज्ञानिक यथार्थता मात्र हो।
वेदका अनुसार ब्रह्माण्डमा पुगेका कुनै
पनि कुरा हराउने गर्दैनन्। आज भन्दा लाखौँ वर्षपहिले भएको कुरा नै किन नहोस्
तिनीहरू अझै ब्रह्माण्डमा रहने हुँदा कुनै उपयुक्त तरिकाबाट तिनीहरूबारे थाहा
लाग्न सक्नेछ किनभने तिनीहरूको आवाज अझै यही ब्रह्माण्ड मानै छ। हामीले सुन्ने
ध्वनि जुन कम्पन र तरंगहरूको शृंखला हो,
त्यो विभिन्न तरिकाबाट ब्रह्माण्डमा प्रसारित हुने गर्छ। जस्तै:
प्रकाशले आवाज बोक्न सक्छ। यसको इलेक्ट्रोम्याग्नेटिक ऊर्जा रहन्छ। जुन आज आधुनिक
विज्ञानले समेत प्रमाणित गरिसकेको छ।
वेद भन्छ, ‘तरंगित हावाको
अणुहरूको घर्षण मार्फत उत्पन्न हुने ध्वनि मार्फत अर्को वस्तु, जनावर वा व्यक्तिबाट उत्पन्न भएको आवाज वा शब्द सामान्य अवस्थामा
मानिसले महसुस गर्छ। त्यसलाई आफ्नो अनुभवका आधारमा संस्लेष्ण गरी त्योबारे आफ्नो
मान्यता विकास गर्छ । जसमा आफ्नै प्रकारको कम्पन हुन्छ। प्रकाशको किरणको सन्दर्भमा
भने प्रकाशको आफ्नो आफ्नै प्रकृतिको कम्पन हुन्छ। प्रकाशको ध्वनिको कम्पनको
प्रकृति हाम्रो सामान्य कानले सुन्न सक्ने भन्दा सूक्ष्म र फरक ढंगको हुने गर्छ।
मानिस जब उक्त तरंगहरू सुन्न सक्ने गरी आफूलाई अभ्यस्त गराउन सक्छ तब उसले त्यहाँ
रहेका सूक्ष्म आवाजमा समेत पहुँच वृद्धि गर्न सक्छ। उक्त ध्वनिबारे आफूलाई अभ्यस्त
गराउन सक्दा ध्वनिका आधारमा प्राप्त शब्दलाई संश्लेषण गरी मानिसले त्यसमा रहेका
विषयवस्तुबारे आफ्नो धारणा बनाउन मतलब सुन्न र बुझ्न सक्षम बनाउन सक्छ।
ब्रह्माण्डमा रहेका प्रायः सबै नै पदार्थले ध्वनि वा तरंग उत्पन्न गर्ने हुँदा
ध्यान र उपासनामार्फत उक्त आवाज सुन्ने गरी आफ्नो क्षमता विकास गरेका तपस्वी
हाम्रा पूर्वजले आफूलाई ऋषिका रूपमा आफ्नो इतिहास निर्माण गर्न सम्भव बनाएको
देखिन्छ।’
वेदको ब्रह्माण्डमा रहेका कुनै पनि
कुरा हराउने गर्दैनन् भन्ने अवधारणा होस वा प्रकाशको किरणसँगै विभिन्न ध्वनि
हिँड्ने यथार्थ आधुनिक विज्ञानले वैज्ञानिक परीक्षण मार्फत पुष्टि गरी स्विकारेका
कुरा हुन्। तपार्ईं तनहुँको बोके खोलाबाट साइकलमा गुल्मीको मालिका गाउँ जमपोखरामा
घुम्ती हाटबजारतिर लाग्नुभएको पाँच घण्टापछि यदि मैले भटभटे लिएर तपाईंको पछिपछि
आएँ भने तपाईंलाई मैले कविलास गाविसको जुगेडीतिर भेट्न सम्भव हुन्छ । जसले मलाई
तपाईंको भौतिक शरीरको नजर गर्ने,
तपार्ईंसँग बातचित गर्ने मौका उपलब्ध हुन सक्छ।
हालसम्म सबैभन्दा तीव्र गतिमा हिँड्ने
भौतिक पदार्थमा प्रकाशको किरण रहेको अनुमान गर्ने विज्ञानले यदि आफूले प्रकाशको
किरणभन्दा तीव्र हिँड्ने तरिका पत्ता लगाउन सकियो भने ब्रह्माण्डमा प्रसारित
भइरहेका ती ध्वनि सुनेर हाम्रो इतिहासमा भएका घटनाक्रम पत्ता लगाउन सकिने विश्वास
गर्छ। त्यही सिद्धान्तका आधारमा टाइम मेसिन बनाउन सकियो भने हामीले आफ्नो बूढो
उमेरलाई तन्नेरी उमेरको समयमा पु¥याउन सकिन्छ भन्ने आधारमा निकै धेरै गहिरो वैज्ञानिक अनुसन्धान भइरहेका
छन्।
३८० न्यानोमिटरको तरंग हुने प्रकाशको
अल्ट्राभायोलेट किरणको उज्यालो छर्किदिँदा डीएनएमा रहेको थाइमाइनको दुई अणुबीचको
सन्तुलन भत्काइदिएर बिग्रिएको डीएनएको पी–५३ नामक थुप्रो बनाइदिएर कीटाणुको
कोषिकाको नष्ट गरिदिने हुँदा आज खानामा रहेको हानिकारक ब्याक्टेरिया मार्न यूभी
प्रविधिको व्यापक प्रयोग भएको छ। त्यस्तै माइक्रोवेब, लेजर प्रविधि
आजभोलि व्यापक प्रयोगमा छ । यहाँ रमाइलो के छ भने विशेष प्रकृतिको ध्वनिको प्रयोग
गरी आफ्नो खानाबाट विषाक्त जीवाणु माइक्रोवेब, लेजर
प्रविधिले मार्दै ब्रेकफास्ट, लन्च र डिनर हसुर्ने हाम्रा
विद्वत् वर्ग आफैँ भने वेदले ध्वनिले माइक्रोबियल रोग निको पार्ने क्षमताको गहिरो
अर्थ बुझ्न नसकी वेदका उक्त विचारधाराको निन्दा गर्ने पंक्तिमा खडा भएको देख्न
पाइन्छ।
लेजर प्रविधिको आँखाको उपचार लगायतको
विभिन्न उपचार सम्भव बन्नुको पछाडिको पहिलो ज्ञानको स्रोत के थियो त्यसलाई मुक्त
कण्ठले जस दिन सक्ने हैसियतमा आफूलाई उभ्याउन सकिरहेका छैनन् ।
स्वस्थ मानिसको रगतमा नुनको मात्रा
करिब ०.१५३ मोल प्रतिलिटरको हाराहारीमा,
चिनी १४० मिलिग्राम प्रति डेसिलिटर भन्दा कम अपेक्षा गरिन्छ। ३७
डिग्री सेल्सियसको तापक्रम भएको मानिसको रगतको औसत अस्मोटिक प्रेसर ७.८ बारको
हाराहारी रहने आशा गरिन्छ। हाम्रो वातावरणमा रहने धेरै जसो ई.कोली नामक
ब्याक्टेरिया तुलनात्मक रूपमा खासै हानिकारक हुँदैनन्। कतिपयले कहिले काहीँ हल्का
पखाला लगाउने गर्छन्। ई.कोलीको ओ–१५७:एच–७ जातको स्ट्रेनले भने हामीमा गम्भीर पेट
काट्ने, दिसामा रगत देखिने प्रकृतिको पखाला लगाउने,
बान्ता हुने रोग लगाउँछ ।
वेदका अनुसार हाम्रो ब्रह्माण्डमा
हामीले पहिचान गर्न सक्ने र नसक्ने श्रव्य ध्वनिहरू व्यापक रूपमा अवस्थित छ।
विज्ञानले आजको मितिसम्म श्रव्य ध्वनिको जैविक जीवाणुमा हुने प्रभावबारे अत्यन्त
न्यून जैविक अनुसन्धान गरेको छ। तर पनि जीव र श्रव्य ध्वनिबीचको सम्बन्धबारे केही
अध्ययन भएका छन्।
सन् २००९ डिसेम्बरमा चाइनाको हेनान
विश्वविद्यालय, झेजियाङ विश्वविद्यालय र वुहान विश्वविद्यालयले श्रव्य ध्वनिले सामान्य
अवस्था र वातावरणीय तनावको अवस्था अन्तर्गत ई.कोलीको कोषिकामा कस्तो प्रभाव पार्छ
भनी व्यापक अध्ययन अनुसन्धान ग¥यो। अनुसन्धानको नतिजा
अनुसार सामान्य स्थितिमा राखिएको ई.कोलीमा पु¥याइएको
श्रव्य ध्वनिका कारण ई. कोलीको कोलोनी वा झुप्पाको वृद्धिमा उल्लेखनीय रूपमा
वृद्धि भएको भेटियो ।
जब तिनै ई.कोली ब्याक्टेरियालाई चिनी र
नुनयुक्त ओस्मोटिक तनावको वातावरणमा राखेर श्रव्य ध्वनि सुनाएर र सो विना परीक्षण
गरियो, तब
ओस्मोटिक तनावको अवस्थामा भने श्रव्य ध्वनिले ई.कोलीको वृद्धिमा अत्यन्त धेरै
निषेधात्मक प्रभाव बढाएको पाइयो। सामान्य तया ३० ग्रामप्रति लिटरको नुनको मात्राले
ई.कोली ब्याक्टेरियाको गतिविधि पूर्ण रूपमा निषेधित हुने गर्छ। तर, जब आवाजको तरंग र ध्वनिको उपस्थिति रह्यो, त्यो
समयमा २० ग्राम प्रतिलिटर नुन भएको वातावरणमा नै ई.कोली ब्याक्टेरियाको गतिविधि
रोक्न सम्भव देखियो ।
संसारमै प्रतिष्ठित विश्वविद्यालयको
ध्वनिको रोग निम्त्याउने परजीवीहरू नियन्त्रण गर्न सहयोग हुने २०१० मार्चमा
एल्सेभिएर साइन्स डिरेक्टमा प्रकाशित अनुसन्धानको विवरण निष्कर्ष सहित नेसनल
लाइब्रेरी अफ मेडिसिन, नेसनल सेन्टर फर बायोटेक्नोलोजी इन्फरमेसनले संग्रहमा राख्यो ।
अनुसन्धानको यो नतिजामा वेदमा उल्लेख
भए अनुरूप मन्त्रको ध्वनि स्वतन्त्र रहँदा मानव मात्र नभएर जीवजन्तुका लागि समेत
उत्थान गर्ने प्रकृतिको रहन्छ। जब उक्त जीव अर्को जीवमा हानि गर्ने उद्देश्यमा
पुग्छ, उसले
प्रतिकूलता व्यहोर्नुपर्छ । किनकि हानि गर्ने उद्देश्यमा एकापसमा तनावको अवस्था
पैदा हुन्छ। तनावको अवस्थामा मन्त्रको ध्वनि तनावकारी पक्षका लागि प्रत्युत्पादक
बनिदिन्छ । वैज्ञानिक परीक्षणको यो नतिजालाई वेदको अवधारणा पुष्टि गर्न सहयोग
गर्ने नतिजाका रूपमा लिन सकिन्छ।
धार्मिक जप, मन्त्र, विभिन्न प्रकारका ध्यान आदिको मानिसको न्युरल सहसम्बन्धबारे थोरै भए
तापनि केही अत्यन्त गुणस्तरयुक्त र विस्तृत वैज्ञानिक अनुसन्धान भएकोबारे
वैज्ञानिक समुदाय परिचित छ। मार्च २०१९ मा नेचरको साइन्टिफिकमा प्रकाशित बहुमोडल
इलेक्ट्रोफिजिकल र न्युरो-इमिजिङ विधिको प्रयोग गरेर
गरिएको अनुसन्धानको रिपोर्टले जपका कारण मानिसको मस्तिष्कको पोस्टरियोर सिन्गुलेट
कर्टेक्सको इजिनभेक्टर सेन्ट्रालिटीमा ठूलो गिरावट हुने पुष्टि गरेको देखिन्छ।
अनुसन्धान कर्ता को अनुमानमा जपका कारण मस्तिष्क क्षेत्रमा हुन पुगेको आन्तरिक
डेल्टा ओसिलेसन यसका लागि जिम्मेवार छ । समग्रमा यो अनुसन्धान ले अथर्व वैदिक
मन्त्रले एक प्रभावकारी मनोवैज्ञानिक थेरापीको काम गर्ने हुँदा दिमाग र शरीरको
अन्तरसम्बन्धमा सुधार ल्याई भौतिक शरीर र ऊर्जाको व्यवस्थापन मार्फत सोचाइ र गराइ
बीचको सामञ्जस्यता पैदा गर्न र मानसिक स्वास्थ्यको अभिवृद्धि गर्ने सहयोग पु¥याउने अवधारणाको पुष्टि गर्न बल पु¥याउँछ ।
बर्सात को ध्वनि सामान्यतया शून्यदेखि
२० किलो हर्ज हुने गर्छ । स्वाभाविक प्राकृतिक क्रिया रहेको बर्सातको ध्वनिले
झट्टै निराश हुने मानिसको मस्तिष्कमा संगीतले जस्तै आरामको महसुस गराउँछ। बर्सातको
बीचको मेघको गर्जनले भने मानिसमा तनाव उत्पन्न गर्छ। किनकि गड्याङ गुडुङको आवाजले
मानिसमा चिन्ता लगाउने हार्मोन कोर्टिसोलको मात्रा उच्च गरिदिन्छ।
आरामको अवस्था भनेको मानिस अत्यन्तै
कडा ध्यानमा केन्द्रित रहनुपर्ने वा विशेष कार्यमा संलग्न बनिरहन नपरिरहेको
अवस्थालाई जनाउँछ। उक्त अवस्थामा मानिसको दिमागले आठदेखि १२ हर्जको तरंग उत्पादन
गर्ने गर्छ। तिनै तरंगका कारण मानिसले अपेक्षाकृत शान्त र आरामको महसुस गर्छ।
जसलाई अल्फा तरंगको नाम दिइएको छ ।
अध्ययनहरूले पत्ता लगाए अनुसार वर्षाको
आवाज मानिसको दिमागमा प्रवेश गर्दैगर्दा दिमागले अन्जानमै विश्राम लिने गर्छ।
फलस्वरूप त्यहाँ अल्फा तरंगहरू उत्पादन हुन पुग्छ । जुन मानव निद्रामा पर्दा हुने
दिमागको नजिकैको अवस्था हो। सामान्य भाषामा भन्दा बर्सातको टिकटिकको आवाजलाई
मस्तिष्कले अद्भुत लय बद्ध लोरीका रूपमा महसुस गर्ने हुँदा यसले मानिसलाई चाँडै
निदाउन मद्दत गर्छ।
तिब्बती सुक्खा पहाडी भूभागमा चीनको
सिंघुवा विश्वविद्यालयको स्टेट की लेबोरेटरी अफ हाइड्रो साइन्स एन्ड इन्जिनियरिङका
प्राध्यापक वाङ गुआङकियानको नेतृत्वमा सन् २०२० मा आवाजको प्रयोगमार्फत मौसमको
हेरफेर गर्न सकिने / नसकिने विषयमा एक अनुसन्धान गरियो।
अनुसन्धानकर्ताले आकाशतर्फ विशाल लाउड
स्पिकर फर्काएर कम–फ्रिक्योयन्सिको ध्वनिको तरंग छाड्दा फराकिलो तिब्बती सुक्खा
पहाडी भूभागमा उनीहरूले १७ प्रतिशतसम्म वर्षा बढेको भेट्टाए।
उनीहरू ध्वनि शक्तिले बादलको फिजिक्समा
परिवर्तन ल्याउन सम्भव हुने निचोडमा पुगे। सफल अनुसन्धान पश्चात् सावधानी पूर्वक
पिएर–रिभ्युसमेत पूरा गरी प्रतिष्ठित जर्नल साइन्टिया सिनिका टेक्नोलोजीले जनवरी
२०२१ मा प्रकाशित गरेको उक्त अनुसन्धानको निचोडले कम फ्रिक्योयन्सीको ध्वनिको
तरंगको प्रयोग गरी सुक्खाग्रस्त क्षेत्रमा वर्षा गराउन सकिने भएको समाचार विश्वभर
पु¥यायो।
बेइजिङस्थित सिंघुवा विश्वविद्यालयका
अन्वेषकहरूले गरेको उक्त अध्ययनको नतिजाले वेदले उल्लेख गरेको मन्त्रमार्फत बर्सात
गराउन सकिने विषयको वैज्ञानिक पुष्टि गरिदिएको छ।
दुबईले आफ्नो शुष्क जलवायुमा वर्षा
बढाउन क्लाउड सीडिङ प्रविधिको प्रयोग गरेको छ। यो विधिमा विमानहरूबाट सिल्भर
आयोडाइड वा सोडियम क्लोराइड जस्ता कणहरू बादलमा छरिन्छन्, जसले सघनता
केन्द्रको रूपमा काम गर्छन्। यी कणहरूले बादलभित्रको चिस्यानलाई जम्मा हुन मद्दत
गर्छन्, जसले गर्दा ठुला थोपा बन्छन् र अन्ततः पानीको
रूपमा खस्छ।
पछिल्लो समयमा, दुबईले ड्रोनको
प्रयोग गरेर पनि बादलहरूमा विद्युतीय चार्ज छोड्ने प्रविधि अपनाएको छ। जस अन्तर्गत
विद्युतीय उत्तेजनाबाट पानीका थोपाहरूलाई ठुलो बनाउन मद्दत गर्दछ। यो विधिमा
प्राकृतिक रूपमा बादलमा हुने विद्युतीकरणको नक्कल गरिन्छ जसमा रसायनको प्रयोग बिना
नै कृत्रिम वर्षा सम्भव हुन्छ। यी प्रविधिहरू पानीको अभाव भएको क्षेत्रमा वर्षा
बढाउन प्रभावकारी भएको प्रमाणित भएको छ।
मन्त्र ध्वनि ऊर्जा हो। ध्वनि ऊर्जाको
प्रयोग गरेर क्लाउड सीडिङ वा वर्षा गराउन सकिने सिद्धान्तहरू आज पनि सैद्धान्तिक
रूपमा सम्भव हुने सिद्धान्तको रूपमा
स्थापित छ। केही अनुसन्धान कर्ताहरूले तल्लो आवृत्तिका ध्वनि तरङ्गहरू
(इन्फ्रासाउन्ड) प्रयोग गरेर बादलमा रहेका पानीका कणहरूलाई उत्तेजित गरी थोपामा
परिवर्तन गरी वर्षा गराउन सकिन्छ भन्ने कुरा सैद्धान्तिक रूपमा ठिक रहेकोले त्यो
दिसामा अन्वेषण गर्ने क्रममा रहेको देखिन्छ।
निकोला टेस्लाले एक पटक अनुनाद ध्वनि
आवृत्तिहरूको (Resonating
sound frequencies) प्रयोग गरी मौसमलाई प्रभावित गर्न सक्ने
प्रस्ताव गरेका थिए। यद्यपि उनको यो प्रस्ताव वैज्ञानिक रूपमा उनी जीवित रहँदा
परीक्षण गरिएन। चीनमा भएको परीक्षणले भने यसको पुष्टि गर्यो। आधुनिक समयमा,
केही वैज्ञानिकहरूले उच्च तीव्रताका ध्वनि तरङ्गहरू प्रयोग गरेर
बादलहरू लाई प्रभाव पार्नका लागि परीक्षण गरेका छन्। त्यसलाई पूर्ण प्रभावकारी
गर्ने दिसामा अनुसन्धानहरू नियमित चलेको छ।
यद्यपि संस्कृत मन्त्रको जप जस्ता
ध्वनि तरङ्गहरूले बादलहरूमा प्रभाव पारेर वर्षा गराउन सक्छ भन्ने हदमा पुगेर हाल
सम्म ध्वनिमा आधारित मौसम परिवर्तन मार्फत को
वर्षा गराउने हदको क्षमता विज्ञानले विकास गरिरहेको छैन तर क्वान्टम
फिजिक्सको हाल सम्म बुझी भन्दा गहिरो ज्ञान लिन सक्दा भविष्यमा यसो हुन सक्ने तर्फ
वैज्ञानिक परीक्षण हरुको नतिजाले औँल्याएको छ। हाल त्यो भन्दा अलि तल्लो स्तर मै
रासायनिक र विद्युतीय विधि युक्त
प्रविधिहरू सहज सफल बनेकाले त्यो उपयोग भइरहेको छ।
मन्त्रै मन्त्रभित्र
जकडेको जिन्दगी
मानिसको जीवनमा विभिन्न मोड आइपर्छन्।
ती प्रत्येक मोडलाई सफलता वा सन्तुष्टिका साथ निकास दिन कुनै निश्चित मन्त्रको
अनुसरण गर्न सक्दा जीवन सजिलो हुन जान्छ। ती मन्त्रहरू यो या यस्तो नै हुनुपर्छ
भन्ने हुदैन। तर, कतिपय अवस्थामा मन्त्र के चाहिँ सही होइन भन्न सकिने अवस्था रहन्छ। जब
मानिस आफ्नो मनको कुरा सुन्न छोड्छ वा आफूलाई भन्दा अर्का लाई बढी विश्वास गरी
अरूको निर्देशनमा आफ्नो निजी जीवनमा के गर्ने के नगर्ने भन्ने बाटो समात्छ तब
मानिस मूल मन्त्रबाट विचलन बन्छ र कम्तीमा आत्म सन्तुष्टिको दिगो फल लिनबाट भने
वञ्चित हुन्छ।
मात्र सिद्धान्तवादी भएर न त व्यवहार
चल्छ न विज्ञानमा आधारित कुनै यन्त्र वा मेसिन नै । कुनै पनि परियोजना चल्न होस्
वा व्यवसायलाई सफलतापूर्ण टुंगोमा पु¥याउन होस्, त्यसको आधारभूत सैद्धान्तिक पक्ष
जति जरुरी छ, उत्तिकै महत्वपूर्ण त्यसका व्यावहारिक पक्ष
हुन्छ। त्यो मात्र विज्ञान र दर्शनमा हैन, प्रेम, मनोविज्ञान र अध्यात्ममा पनि उत्तिकै लागू हुन्छ। जब कुनै पनि देशका
जनताको दैनिक जीविका र उत्थानका लागि जरुरी हुने रैथाने संस्कृति र व्यावहारिक
पक्षलाई पन्छाएर आयातित संस्कृति, रहन सहन र विचारधारा
लाई समाजले अवलम्बन गर्छ समाज पिछडिन सुरु हुन्छ। अथाह स्रोत साधन बीच मुलुक चरम
गरिबी, निराशा र शक्ति असन्तुलनको चपेटामा पर्छ।
मानिसको मनोवैज्ञानिक मान्यता विकास
हुन आफ्ना सम्पर्कका वातावरणले गराउने अनुभूति र अध्ययनबाट प्राप्त सामाजिक
समृद्धिबारे अवधारणा, प्रेम सम्बन्ध बारे छाप र अध्यात्मिक चेतनाबारे अनुमान मुख्य पर्छ।
कुनै पनि व्यवसाय आजका नामुद कमर्सका
विश्वविद्यालयहरूले सिकाउने गरे अनुरूपको बजारको सम्भाव्यता अध्ययन गर्ने, योजना तर्जुमा
गर्ने, नाफाघाटाको यकिन गर्ने, स्रोतसाधनको
व्यवस्था गर्ने अनि व्यवसाय सुरु गर्ने अनि रातारात पैसा छाप्दै अमीर बन्ने मोडलले
चल्दैन ।
यो विषय यति सजिलै भएको भए सायद ती
विश्वविद्यालयका प्राध्यापकहरू नै त्यतै धेरै पहिले लागि सक्थे होला। संसारको
दुर्भाग्य आजसम्म यो नै व्यवसायले मान्छेलाई निश्चित अमीर बनाउँछ भन्न सक्ने एउटा
मात्र पनि न त सिद्धान्त न त विधि नै कोही कसैले यकिन गरी भन्न सकेको छ।
आजको दिनसम्म आइपुग्दा सफल व्यवसाय
भनेको त्यो हो जसले तपार्ईंलाई आनन्द दिन्छ र सफल व्यवसायको मन्त्र हो। तपाईंलाई
जे मन पर्छ त्यही गर्नुस् । जे गर्दा तपाईंको अन्तरात्मा खुसी हुँदैन, त्यो जतिसुकै प्रिय
वा जरुरी देखियोस्, त्यो नगर्नूस्।
जुन कुरा तपार्ईंलाई मन पर्छ त्यो काम
तपाईंको सौख हुनेछ । जब तपाईंको सौख नै तपाईंको काम बन्नेछ, तपार्ईं सन्तुष्ट
हुनु हुनेछ। जब तपार्ईं सन्तुष्ट हुनुहुनेछ, तपार्ईं सफल
व्यवसायी बन्नुहुनेछ ।
यहाँनिर अलिकति सफलता भनेको के हो
भन्ने जान्न र महसुस गर्न जरुरी छ। सफलता भनेको अरूले बनाएको तपार्ईंबारे धारणा
हैन वा तपार्ईंबाट अरू मानिस कति असन्तुष्ट वा सन्तुष्ट छन् भन्ने हुँदै होइन।
सफलता भनेको तपार्ईं जहाँ हुनुहुन्छ र जे गरिरहनु भएको छ, त्यसमा के तपार्ईं
आफैँ सन्तुष्ट हुनुहुन्छ, त्यसले निर्धारण गर्नेछ ।
सफल प्रेमीको मन्त्र
मानिसको जीवनमा यौन अर्को अति
महत्वपूर्ण पाटो हो। भौतिक,
मानसिक र मनोवैज्ञानिक रूपमा स्वस्थ रहन गाँस, बास र यौनसन्तुष्टि मानिसका आधारभूत आवश्यकता हुन् । तीन आधारभूत
आवश्यकता पूर्ति भएपछि मात्र मानिसको मनोवैज्ञानिक र आध्यात्मिक सन्तुष्टिले दिने
आत्म स्वाभिमानको बृहत् अर्थ रहन्छ ।
आत्मस्वाभिमान तपार्ईं सम्मान योग्य
हुनुहुन्छ भनी अर्काको दिमागमा परेको प्रभाव र अर्काले तपाईंलाई गर्ने मान वा
सम्मानले निर्धारण गर्दैन। स्वयम् तपाईंको नजरमा तपार्ईं आफैँ लाई कति असल
ठान्नुहुन्छ र हुनुहुन्छ,
त्यसले निर्धारण गर्नेछ।
तपाईंलाई अर्काले गर्ने सम्मानमा न
तपाईंको कुनै नियन्त्रण रहन्छ न समयक्रमले यसलाई दिगो राख्ने कुनै ग्यारेन्टी
हुन्छ।
तपार्ईंसँग भएको कुनै विशेष खुबी, क्षमता, पद, पैसा, शक्ति वा
अन्य मानिसलाई तपाईंले पारेको प्रभावले तपार्ईं असल मानिस बनाउने छैन। न त तपाईंले
कसैका लागि कुनै असल काम नै गरेको हुनु जरुरी छ। मात्र खराब नियतले वा आफ्नो वा
आफूले चाहेको विषयको फाइदाका खातिर तपाईंले अर्काको दुरुपयोग गर्नु भएको छैन,
दुःख दिनुभएको छैन र त्यस्तो नियत वा चाहना तपार्ईंमा छैन भने
तपार्ईं वास्तवमै असल मनिस मानिनुहुन्छ।
प्रेम आफैँ मानिसको यौनरूपी प्राथमिक
आधारभूत आवश्यकता पूर्ति गर्ने माध्यम हुनु पर्छ भन्ने माथि उल्लेख गरियो। सफल
प्रेमी हुन तपार्ईं कसैसँग प्रेममा पर्न जरुरी छ। सफल प्रेमी बन्नका लागि दुई
आधारभूत आवश्यकता छ। एक तपार्ईंको प्रेमीले समेत तपार्ईंसँग स्वेच्छाले प्रेम
गरेको हुनु। अर्को तपार्ईं तपाईंको प्रेमीप्रति असल रहनु ।
तपार्ईं कसैसँग प्रेममा पर्नुभएको छ कि
छैन त्यो तपार्ईं आफैँले अनुभूति गर्न सक्नुहुन्छ। तपाईंको प्रेमी तपार्ईंसँग के
वास्तवमै प्रेममा छन् वा छिन् भन्ने कुरा
हलिउड, बलिउडका
फिल्ममा देखाइने र बजारमा बिक्रीमा भेटिएका किताबहरूमा वा कथाहरूमा लेखिने जस्तो
पहिलो नजरमै इलु इलु हुने, देख्दै मायामा पर्ने वा एक–दुई
कुरा गरेपछि जालमा पर्ने भन्ने मात्र भन्ने वा भनिने कुरा हुन्, धेरै बनावटी कथन। अक्सर गरी प्रेमभन्दा आसक्तिका अनुभवलाई प्रेम नै हो
भनी समाजमा भ्रम छर्न गरिने खेती ।
प्रेमको मन्त्रले भन्छ; “मैले उस लाई देखेँ
। उसले मलाई देख्यो। हामी एक अर्कालाई नै बनेका हौँ भन्ने भित्री अन्तरात्माको
आवाज सुनियो अनि प्रेम भयो।“ भने जसरी प्रेम हुँदैन। न त सँगै घुम्यो, मीठो मीठो खाइयो, मनोरञ्जन गरियो भन्दैमा
प्रेम बस्छ वा बसिसक्छ।
प्रेम एउटाले गरेको मीठो कुरा सुनेर
अर्को दंग हुँदा वा एउटाको जोकमा अर्कोलाई मुस्कान उठ्दा बसि सकेको नहुन सक्छ। “जब
एउटाले पादेको पादमा अर्काले छिः त भन्छ र पनि गलल्ल हासी मनोरञ्जन लिन सक्ने
अवस्थामा पुगिन्छ” तब भने वास्तविक प्रेम बसेको हो कि भन्ने विश्वास गर्ने स्तरमा
पुग्ने गर्छ।
प्रेम वा प्रेमी ठूलो र सानो बीचमा
हुने कुरा हैन। एक पति परमेश्वर अर्को दासी वा सेवक रहँदा सम्म प्रेम, प्रेम हैन फाइदाका
लागि गरिएको सम्झौता हुन्छ। त्यो संस्कार बोकेको विवाह सामाजिक र स्व–स्वीकृतिमा
चाहेको अवस्थामा गरिन सकिने बलात्कारका लागि दिइएको लाइसेन्समा परिवर्तन हुन्छ।
एकले अर्काको सबै वा उचितभन्दा धेरै
जिम्मेवारी बोकिनुपर्ने वा बोकिने सम्बन्ध पनि प्रेम भन्दा फाइदा कै सौदा हुन
पुग्छ। प्रेममा एकको अर्का प्रति माया,
जिम्मेवारी, मान, सम्मान, इज्जत सबै बराबरी हुन जरुरी छ ।
वास्तविक प्रेममा दुई प्रेमी बीच न त कोही ठूलो कोही सानो भन्ने भावना रहन्छ,
न त स्वार्थ। स्वार्थ हुन्छ त दुवैको जीवन एक अर्कोको भरोसामा र जिम्मेवारीमा
दुवैलाई समान फाइदा पुग्ने गरी स्वेच्छाले सँगै रहने र बाँच्ने सम्झौता। यस्तो
सम्झौता जहाँ असमझदारीका विषयमा आफूले चाहे अनुसार गरी स्वतन्त्र रूपमा अघि बढ्ने
समझदारी सर्त राखेर होइन, नभनेर, लिखित वा मौखिक रूपमा सम्झौता नगरीकन, व्यवहारिक
रूपमा नै स्थापित हुन पुग्दछ।
मेडिटेसनको मन्त्र
मेडिटेसन आफूलाई वा आफ्नो प्रभावमा
रहेका जोकोहीलाई दर्द वा सफरिङबाट छुटकारा दिलाउने आध्यात्मिक र मनोवैज्ञानिक
पद्धति हो । जसलाई आज संसारमा उपलब्ध विकल्पमध्ये सबैभन्दा शक्तिशाली र प्रभावकारी
मानिएको छ ।
अर्काले भनेको वा बताएको कुरा
विनाप्रतिरोध पूर्ण करुणाका साथ मनन गरेर सुन्नुलाई अंग्रेजीमा डिप वा कम्प्यासनेट
लिसनिङ भन्ने गरिन्छ । जुन,
जेसुकै कारणले किन नहोस्, मन अशान्त हुन
गई प्रतिक्रियात्मक हुन पुगेको व्यक्तिको सबैभन्दा उत्तम ‘प्रथम चरणको’ उपचार वा
कम्प्यासनेट लिसनिङ थेरापी हो ।
पोखिएको असन्तुष्टि जायज हो वा हैन, त्यो पछि उचित
समयमा सम्बोधन गरिनुपर्ने कुरा हो भन्ने ठानी यो चरणमा व्यक्त कुराहरू पूर्ण
करुणाका साथ गम्भीर भएर सुन्ने काम गरिन्छ ।
कम्प्यासनेट लिसनिङले असन्तुष्ट भई
मनबाट रिसको आगो ओकलिरहेको मानव होस् वा दर्दले छियाछिया पारेको मनबाट निक्लेको
वेदना पोखिरहेको पीडितको वा निर्धक्क बेलगाम आफूले भोगे अनुभव गरेका कुरा
बताइरहेको बिन्दास मान्छेको,
आफ्ना कुरा बताउन पाउँदा मन हल्का हुन गई प्रथम अति प्रभावकारी
दिमागी उपचार शरीरलाई प्राप्त हुन्छ ।
मात्र एक–दुई घण्टा करुणाका साथ
पीडितको कुरा सुनिदिँदा उसलाई उसको मन हल्का भएको बोध भई पीडा कम भएको महसुस हुन्छ
। जीवन सकारात्मक परिवर्तनतर्फ उन्मुख बन्छ ।
डिप वा कम्प्यासनेट लिसनिङले लिसनिङमा
सहभागी भएका भन्ने र सुन्नेबीच गहिरो सुझबुझको विकास गराउँछ । एकापसमा विश्वासको
वातावरण अरू गाढा बनाई मेडिटेसनमार्फत पूर्ण उपचार गर्न चाहिने पूर्वाधारको तयारी
गरिदिन्छ ।
मानिसको जीवनको प्रमुख उद्देश्य मोक्ष
प्राप्ति नै हो। मोक्ष प्राप्तिका लागि मानिसलाई कन्सियसनेसको जरुरी पर्छ। मानिसमा
कन्सियसनेस (सचेतना वा जागरण) जगाउन मेडिटेसन (ध्यान वा साधना) ले निकै ठूलो सहयोग
पु¥याउँछ
।
अन्य कुराको जस्तै मेडिटेसनको पनि
आफ्नै मन्त्र हुन्छ।
थिच नहटसँग ओप्रा विन्फ्रेको वार्ताबाट
साभार प्रतिलिपि दिइएको छ ।
(Copied
from Oprah Winfrey talks with Thich Nhat)
First
Mantra: Darling, I am here for you. (When you love someone. It is the best you
can offer). You look into his or her eye and say, “Darling, do you know
something? I am here for you”.
पहिलो मन्त्र: प्रिय, म तिम्रो लागि यहाँ
छु। (जब तिमी कसैलाई माया गर्छौ, यो नै तिमीले दिन सक्ने
सबैभन्दा राम्रो चीज हो)। उसको आँखा हेरेर भन, "प्रिय,
के तिमीलाई थाहा छ? म तिम्रो लागि यहाँ
तिम्रो सामुन्ने तिमि सँगै छु।
Second
Mantra: “Darling, you are here. I am happy you are truly here.” Recognizing the
present moment, even if your beloved one is not in front of you, you can tell
her or him through the telephone or the means you have.
दोस्रो मन्त्र: "प्रिय, तिमी यहाँ छौ। म
खुसी छु कि तिमी साँच्चै यहाँ मेरो सामुन्ने म सँगै छौ।" (वर्तमान क्षणलाई स्वीकार गर्दै, चाहे तिम्रो
प्रियजन तिम्रो अगाडि नभए पनि, तिमी उनलाई फोनमार्फत वा
तिमीले पाएको कुनै पनि माध्यमबाट यो कुरा भन्न सक्छौ।)
Third
Mantra: Darling, I know you are suffering. That is why I am here for you. (The
third Mantra is needed if your loved one is suffering)
तेस्रो मन्त्र: प्रिय, म जान्दछु कि तिमी
पीडामा छौ। त्यसैले म तिम्रो लागि यहाँ छु। (तेस्रो मन्त्र तब आवश्यक हुन्छ जब
तिम्रो प्रियजन दुःखमा हुन्छन)।
Fourth
Mantra: Darling I am suffering. I am trying my best to practice. Please! help
me. (Then go to her or him and practice meditation. It is needed when you
suffer. The meditation does not advise you to go into the room, close the door
and you suffer alone. It rather tells you. you are punishing your loved one
later at the time when he or she knows you were suffering but you did not
believe in her or that she or he deserved to know what was going into you in
real-time)
चौथो मन्त्र: प्रिय, म दुःखमा छु। दर्द
वाट छिटै मुक्ति मिलोस् भनी कामना गर्दै म नियमित सम्पूर्ण शक्ति लगाएर ध्यान
गरिरहेको छु। कृपया ! मलाई सहयोग गर।
(त्यस पछि तिमी उसको नजिक जाऊ र उनको नजिक रहेर ध्यान अभ्यास गर। यो तब
आवश्यक हुन्छ जब तिमी पीडामा हुन्छौ। ध्यानले तिमीलाई एक्लै कोठामा गएर, ढोका बन्द गरेर एक्लै मौन पीडा सहेर रहनु भन्दैन। बरु यसले तिमीलाई
भन्छ कि, त्यसो गरी रहँदा तिमी आफ्नो प्रियजनलाई सजाय
दिइरहेका हुने छौ। जब पछि उन वा उनीले थाहा पाउने छन् कि तिमी दुःखमा थियौ तर
तिमीले उसलाई विश्वास गरेनौ। तिमीले यो सोचेनौ कि उनलाई तिमि दुःखमा रहेको थाहा
पाउने अधिकार थियो। त्यसले उनलाई वास्तवमै निकै दुखित अनुभव गराउने छ)।
मन्त्रहरू धेरैजसो तपाईंले नबुझेको वा
नजानेको भाषा वा कोडमा लेखिएका हुन सक्छन्। जसलाई तपाईंले आफूले बुझ्ने भाषामा
ट्रान्सलेसन गरी पूरा बुझी मनन गरी व्यवहारमा लागू गरे मात्र त्यसले दिन सक्ने फल
प्राप्ति हुन्छ ।
नबुझेको भाषाको मन्त्र नबुझी सुगाले
जस्तो रटेर वा अर्काले लेखिदिएको पढेर फल पाइने हैन, बरु ‘अर्थ न बर्थ गोविन्द दाइ, टाउको दुखेको औषधी नाइटामा लाई’ मात्र हुने हुन्छ।
गायत्री मन्त्रको कखरा
गायत्री मन्त्रलाई वेदको जन्मदाता र
वेदको सार भनिन्छ । गायत्री मन्त्रको उल्लेख वैदिक ग्रन्थ ऋग्वेदको ३.६२.१० पदमा
भएको पाइन्छ । उक्त पदमा उल्लिखित मन्त्र पूर्ण संस्करणको मन्त्र नरहेकाले
तैत्तिरीय आरण्यका २.११.१–८ को वर्णन अनुरूप केही शब्द थप गरी बनेको ब्रह्मसंहिता
(५.२७–२८) विस्तारित ब्रह्म–गायत्री मन्त्र आजभोलि सर्वत्र गायत्री मन्त्र पाठका
रूपमा वाचन हुने गरेको छ।
गायत्रीका तीन नाम छन्। गायत्री, सावित्री र
सरस्वती। गायत्रीले इन्द्र अर्थात् केन्द्रीय मस्तिष्क प्रणालीको प्रतिनिधित्व
गर्छ। जुन अन्ततोगत्वा सम्पूर्ण मानव इन्द्रियको सञ्चालक हो। सावित्रीले प्राण
अथवा जीवन्त शक्ति जनाउँछ। तसर्थ सावित्री परमसत्यको प्रतीक हो। सरस्वती विद्याकी
देवी हुन्।
शुद्ध विचार तथा नैतिक निष्ठाले
सात्विक आचरण सम्भव बन्छ। त्रिकरण शुद्धि अन्तर्गत विचार (मन), वचन (वाणी) र
कर्ममा शुद्धता पर्छ । गायत्रीका समग्र तीन रूप, इन्द्रियको
शक्ति (गायत्री), ज्ञानको शक्ति (सरस्वती) र जीवन्त शक्ति
(सावित्री) शुद्धीकरण अर्थात् त्रिकरण शुद्धिमार्फत मात्र मानव आचरण सात्विक बन्न
सक्छ ।
गायत्रीको पाँच पहेलीमा (गम्भीर
रहस्यमा) मानव जीवनका पाँच आधारभूत गतिविधि जन्म, धर्म, कर्म,
अर्थ र मोक्ष पर्छ । वैदिक परम्परामा जीवनको अन्तिम श्वाससम्म
शुद्ध विचार तथा नैतिक निष्ठाले ओतप्रोत रहेर जिउने प्रेरणा र असीम तागत प्राप्त
होस् भनी दैनिक गायत्री मन्त्र जप्न सुझाइन्छ ।
गायत्री मन्त्रलाई योगमा तन्त्र योग
भनेर चिनिन्छ । तन्त्रको अर्थ प्रविधि हो । जब तपार्ईं योग गर्दा कुनै बाहिरी
वस्तु मतलब प्रविधिको सहारा लिनुहुन्छ त्यसलाई तन्त्रयोग भनिन्छ। जब कुनै पनि
बाहिरी टेक्नोलोजी वा वस्तुको सहारा नलिई सम्पूर्ण रूपमा शरीरभित्र नै आन्तरिकीकरण
गरी सम्पन्न हुने योग जस्तै ध्यान योग हो। पूजा, आरती, अभिषेक
(जप, मन्त्र) आदि तन्त्र हो ।
तन्त्रयोगको मध्यमबाट मानव जीवन जिउने
कला र मान्यतामा केही निश्चित सकारात्मक असर पु¥याउन सकिन्छ। मानव जीवनमा मानिस आफू
आफैँले शरीरभित्र नै आन्तरिकीकरण गरी गर्न सकिने योग तथा मेडिटेसन जस्ता
उपायमार्फत आफूमा उल्लेखनीय परिवर्तन गर्ने चाहना नदेखाउँदा वा गुञ्जायस नरहँदा
सामान्य जीवनयापनमा विकल्पका रूपमा तन्त्रयोग उपलब्ध गराइन्छ ।
हरेक अनुच्छेदमा आठ शब्दांश उच्चारण
गरिने गरी चार अनुच्छेदमा जम्मा २४ शब्दांशको उपयोग गरी वनेको गायत्री मन्त्र
आजभन्दा २५०० देखि ३५०० वर्षपहिले ऋग्वेदमा रेकर्ड भएको देखिन्छ ।
गायत्री मन्त्रको जप पाठ गर्ने गर्दा
पाठ गर्ने वाचक र सुन्ने स्रोतालाई समेत त्रिकरण शुद्धि गर्न प्रेरणा र तागत
उपलब्ध गराउने वैदिक मान्यता छ।
ॐ भूर् भुवः स्वः।
तत्सवितुर्वरेण्यं।
भर्गो देवस्य धीमहि।
धियो योनः प्रचोदयात्।
Om
bhūr bhuvaḥ suvaḥ
tatsaviturvareṇyaṃ
bhargo
devasyadhīmahi
dhiyo
yo naḥ prachodayāt
प्रचलित शब्दार्थः
ॐ: आदिम ध्वनि
भूर्: भौतिक शरीर / भौतिक पक्ष
भुवः: जीवन शक्ति / मानसिक क्षमता
स्वः: आत्मा / आध्यात्म
तत्: त्यो
सवितुर: सूर्य, सम्पूर्ण जीवको
सृष्टिकर्ता–जीवन सिर्जनाको शक्ति वा स्रोत (आदिम शक्ति)
र्वरेण्यं: पूजा – धन्य बन्नु÷सराहना व्यक्त गर्नु
भर्गो : दिव्य प्रकाश – ज्ञानको ज्योति
देवस्य: सम्पूर्ण सिर्जनाको सर्वोच्च
शक्ति (प्रकृति)
धीमहि: ध्यान गर्नु
धियो : बुद्धिमत्तापूर्वक
यो : ज्ञानको ज्योति (प्रकाश) प्राप्त
होस्
न : हाम्रो
प्रचोदयात् : ज्ञान प्राप्तिको (दिव्य
प्रकाशको उदयका लागि) प्रेरणा मिलोस् ।
सामान्य शब्दार्थमा बताउँदा गायत्री
मन्त्रका पहिला नौ शब्दमा जीवनको सृष्टिकर्ता(आदिम शक्ति) तथा सम्पूर्ण
ब्रह्माण्डको सिर्जनाको सर्वोच्च शक्तिको स्रोत प्रकृतिको महिमा अथवा देनको वर्णन
गरिएको छ। अन्तिम अनुच्छेद धियो योनः प्रचोदयात् भनी ब्रह्माण्ड तथा जीवनको
सृष्टिकर्ताका रूपमा प्रकृतिले सम्पूर्ण व्यवस्थापनमा पु¥याइरहेको देनको उच्च
मूल्यांकन गर्दै हार्दिक सराहना तथा कृतज्ञता व्यक्त गर्दै आफूलाई सो प्राप्तिको
अवसर मिलेकामा कृतज्ञता व्यक्त गर्दै सो प्राप्तिमा धन्य महसुस गरिएको छ ।
ॐ शब्द भौतिक, सूक्ष्म र सांसारिक
दुनियाँ अस्तित्वमा रहनुको कारणहरूको परम वास्तविकतालाई संकेत गर्न प्रयोग गर्ने
गरिन्छ । ब्रम्हाण्डको भौतिक रूपमा अस्तित्वमा आउनुअघि केही पनि नरहेको अन्धकार वा
डार्क स्पेस (Dark Space) बाट सिर्जनाका क्रममा उत्पन्न
पहिलो युनिभर्सल क्वान्टम फिल्ड (Universal Quantum Field) अथवा कम्पनको (शिवशक्ति) रूपमा पैदा भएको आवाज ॐ हुनुपर्ने अनुमान
वास्तविकताको निकै नजिक रहेको महसुस हुन्छ ।
ॐ संस्कृतको प्रथम ध्वनि हो । किनकि
संस्कृतको ॐ ध्वनि ‘अ’, ‘ऊ’ र ‘म’ गरी तीन महत्वपूर्ण सूक्ष्म ध्वनिहरूको संयुक्त रूप हो । जननी
ध्वनि ‘अ’, ‘ऊ’ र ‘म’ मध्ये कम्तीमा कुनै एकको प्रयोगविना
अन्य ध्वनिको उच्चारण लगभग सम्भव हुँदैन।
माण्डूक्य उपनिषद् लगायतमा अ, ऊ, र म (अव्, ऊठ्, मन्
गरी तिन गुणहरू) मिलेर ॐ शब्द बन्ने व्याख्या छ । जसले उत्पत्ति, स्थिति र लयलाई व्यक्त गर्छ। अ–कार सृष्टिकर्ता (Generator) ब्रह्माको प्रतीक, ऊ–कारलाई सञ्चालक (Operator)
वा विष्णुको प्रतीक र म–कार संहारकर्ता (Destroyer) वा शिवको प्रतीक भनी व्याख्या गरिएको हुन्छ।
जीवनको सृष्टिकर्ता अथवा सिर्जनाको अलगअलग तीन परमशक्तिको संयुक्त स्वरूप दर्साउने ॐ सम्पूर्ण सिर्जनाको सर्वोच्च शक्तिको (प्रकृति) रहेको वैदिक मान्यता छ । छान्दोग्य उपनिषद्मा उल्लेख गरिए अनुरूप सम्पूर्ण चराचर जगत्को (विश्वको) सार पृथ्वी, पृथ्वीको सार जल, जलको सार अन्न, अन्नको सार मानव देह, मानव देहको सार वाणी, वाणीको सार ऋग्वेद, ऋग्वेदको सार सामवेद र सामवेदको सार उद्गीथ (ॐ) हो ।
प्रचलित भावार्थ:
सम्पूर्ण ऊर्जाको स्रोत, सर्वोच्च
प्रतिभायुक्त सामूहिक चेतनाको खानीका रूपमा रहनुभएको हाम्रो प्रेरणा र
अन्तरात्माको अनन्त आनन्दको स्रोतका रूपमा रहनुहुने अत्यन्त प्रिय, मनमोहक तथा जादुमय दिव्य चमकयुक्त आवरणमा रहनुहुने सम्पूर्ण सृष्टिको
सृष्टिकर्तामा मेरो कृतज्ञता व्यक्त गर्दै म ध्यान गर्छु कि तपाईंको न्यानो र
मायालु ज्ञानको दिव्य चमक मेरो जीवनयापनको प्रेरणा र पथप्रदर्शक बन्न सकोस् । मेरो
ज्ञान र सतबुद्धिको द्वार खोल्न कारक बनोस् ।
वैज्ञानिक खोज र दृष्टिकोणको पाटो
ॐ भूर् भुवः स्वः।
OM
BHUR BHUVAH SWAH
ॐ
भूर् – पृथ्वी
भुवः – ग्रहहरू (सौर परिवार)
स्वः – आकाश गंगा (गुरुत्वाकर्षणद्वारा
अस्तित्वमा रहने पृथ्वीलगायतको सौर परिवार,
तारा आदि सबै ब्रह्माण्डका चिज)
जब कुनै वस्तु (जस्तै पंखा) घुम्छ वा
निकै ठूलो गतिमा तलमाथि गर्छ (जस्तै मौरी उड्दा) त्यहाँ आवाज निस्कन्छ । गौर गरेर
हेर्नु हुन्छ भने झन्डै मिनेटमा नौ हजार पटक घुम्ने पंखाको दर्बिलो आवाज निकालेर
निकालेर घुमिरहेको हुन्छ । घण्टामा २० माइलसम्म उड्न सक्ने मौरीले उसको प्वाँख एक
सेकेन्डमा २०० पटक तलमाथि गर्ने गर्छ। अत्यन्त छिटो चल्ने प्वाँखहरूको आवाज
अत्यन्त दर्बिलो हुने गर्छ। सूर्यको वरपर आकाश गंगा औसत १३० माइलप्रति सेकेन्डको
(२१० किमी/सेकेन्ड) गतिमा घुम्ने हिसाब निस्कन्छ । पृथ्वी आफैँ ३० किलोमिटरप्रति
सेकेन्ड अथवा ६७ हजार माइल प्रतिघण्टाको दरमा सुईलाई घुमिरहेको हुन्छ। पृथ्वीलगायत
आकाश गंगामा रहेर घुम्ने सबै पदार्थले घुम्ने क्रममा अत्यन्त ठूलो आवाज निकाल्ने
गर्छन्। आकाश गंगामा तीव्र गतिमा गतिशील रहेका पृथ्वी, ग्रहहरूलगायतका
सम्पूर्ण पदार्थको गतिको कारणबाट उत्पन्न हुने ध्वनि ॐ हो जुन यो मन्त्रको
सुरुवातको भागका रूपमा प्रयोग भएको छ। जसलाई आकाशीय आवाज वा आदिम ध्वनि (Celestial
Sounds) भन्ने गरिन्छ।
यो आवाज पहिलो पटक गहिरो ध्यानमा रहेका
बेला ऋषि विश्वामित्रले अनुभूति गर्नुभयो। विश्वामित्रले आफ्ना अन्य सहकर्मीलाई
समेत आफ्नो अनुभूति सुनाउनुभयो। उक्त आवाज पहिचान तथा यकिन गर्न अनुरोध गर्नुभयो ।
गहिरो ध्यानपश्चात् उक्त आवाज पहिचान गरेको यकिन भएका सबैको राय मिलेपछि उनीहरूले
सुनेको यकिन भएको आवाज सर्वसम्मतिले ॐ रहेको निष्कर्ष निक्लियो । ॐ लाई आकाशीय
आवाज अर्थात् प्रकृतिको आवाजको नाम दिने निश्चय बन्यो।
ध्यानमा रहेका बेला आवाजतर्फ आफ्नो
ध्यान केन्द्रित गर्दा ॐ को आवाज जुनसुकै समयमा पनि स्थायी रूपमै सुनिन्थ्यो। तर, त्यहाँ न त कुनै
रूप नै देख्न सकिन्थ्यो न त ध्वनिबाहेक अन्य कुनै चिजको उपस्थितिको अनुभूति नै
प्राप्त हुने गर्दथ्यो। उक्त परिस्थितिजन्य यथार्थको गहिरो चिन्तन मननबाट एक
निराकार आकाशीय आवाज ॐ लाई विशिष्ट शीर्षकको रूप वा उपाधि दिन भगवान्को आवाज
अर्थात् प्रकृतिप्रदत्त अद्भुत ध्वनि भनी ॐ लाई पहिचान गरियो। जुन वैदिक ज्ञान
प्राप्तिको पहिलो निकै क्रान्तिकारी विचार र मान्यताको स्थापनाका रूपमा मनन
गरिन्छ।
उक्त समयबाट निराकार प्राकृतिक शक्ति
जसबाट दुनियाँको निर्माण,
सञ्चालन र नियमितता चलिरहेको छ, त्यसलाई
ईश्वरको अनुकम्पा भनियो।
गीतामा यकिनका साथ ओमित्येकाक्षरं
ब्रह्म लेखियो। जसको अर्थ हुन्छ ब्रह्म अर्थात् सर्वोच्च शक्तिलाई जनाउने नामको
संकेतसमेत हो ॐ। समाधिको समयमा सुनिने मात्र एक अक्षरको ॐलाई ऋषिहरूले
नाडा–ब्रह्मा (शुद्ध ब्रह्म ध्वनि) अथवा अद्भुत तर नितान्त प्राकृतिक ध्वनिको संज्ञा
दिए। अद्भुत ध्वनि भनिनुको कारण थियो उक्त प्राकृतिक ध्वनि ॐ अत्यन्त विशाल
ध्वनियुक्त रहे तापनि हाम्रो कानले सुन्न सक्ने तरंगको (फ्रिक्वेन्सी) लम्बाइ
युक्त ध्वनिभित्र नै पर्दथ्यो। त्यसलाई समेत प्रकृतिको अनुकम्पाका रूपमा ग्रहण
गरियो ।
नियमित ध्यानमार्फत प्रकृतिको
विषयवस्तुको गहिरो ज्ञान प्राप्त गर्ने ऋषिहरूले ॐ ध्वनिलाई उद्गीथ अर्थात्
अन्तरिक्ष (स्वर्ग) को संगीत अथवा ध्वनिका रूपमा लिए । ॐ ध्वनि अर्थात् ओमकारी जप
गरिने उद्गीथ प्राणायाममार्फत उनीहरूले सूर्यको वरपर (औसत १३० माइलप्रति सेकेन्डको–२१०
किमी/सेकेन्ड) तीव्र गतिमा घुम्ने आकाश गंगाको अनन्त पिण्डहरू नियमित गतिशील
कम्पनमा (जसलाई काइनेटिक इनर्जी–ईके EK)
भनिन्छ।
ईके (एमभी स्क्वायरको आधा हुने गर्छ)
रहेका कारण नै ब्रह्माण्डको कुल ऊर्जा खपतमा सन्तुलन कायम गर्न सम्भव बनेको (जस्तै
मात्र दुई पांग्रा हुँदासमेत गतिशील रहँदा साइकल सन्तुलनमा गुड्न सक्छ) अनुभूति
गर्न सके ।
उक्त प्रकारको गतिशील पिण्डहरूबीच कायम
हुन पुगेको सन्तुलन जनाउन प्रणव शब्दको प्रयोग गरियो। जसको अर्थ हुन्छ शरीर (भौतिक
शरीर –वपु) तथा गतिशील ऊर्जाको भण्डार (प्राण) युक्त सन्तुलित घर । शब्दगत रूपमा
प्र – प्रपञ्च, ण – अर्कै कुनै नयाँ तथा व – तिम्रा लागि हुने हुँदा शाब्दिक अर्थमा
भने प्रणव शब्दलाई संसाररूपी प्रकृतिको नाटकको सागरबाट मुक्त गराउने अथवा तार्ने
डुंगाको अर्थमा प्रयोग गरियो।
तत्सवितुर्वरेण्यं ।
TAT SAVITUR VARENYAM
तत् – त्यो (प्राकृतिक शक्ति–ईश्वरीय
शक्ति)
सवितुर – सूर्यलगायतका तारा
र्वरेण्यम –सम्मानका दिन आदरका साथ शिर
झुकाउनयोग्य
कुनै पनि नवीन खोज वा अनुसन्धानमा जब
अनुसन्धान गर्न लगिएको चिजको प्रकृति र पहिचान खुल्ने अस्तित्वबारे सूचना प्राप्त
गर्न सकिन्छ तब उक्त विशिष्ट चिजबारे थप यथार्थ पत्ता लगाउन सजिलो पर्ने गर्छ । ॐ
ध्वनिमार्फत अनुभूत गरिएको निराकार अद्भुत प्रकृतिप्रदत्त ईश्वरीय शक्तिको
चरित्रको प्रकृति र अस्तित्वको पहिचान दिने / खुल्ने कम्तीमा दुई उपाधि पहिचान
गर्न सक्दा त्यसबारे थप विस्तृत विवरण प्राप्त गर्ने ठोस आधार उपलब्ध हुने
विश्वामित्रको ठम्याइ रह्यो।
त्यो सन्दर्भमा विश्वामित्रले आफ्ना
सहकर्मीहरूलाई भन्नुभयो कि हामीलाई हालसम्म प्रस्ट रूपमा ज्ञात हुन नसकेको
प्राकृतिक (ईश्वरीय) शक्तिबारे हालसम्म हामीलाई ज्ञात हुन सकेका सूचकहरू ॐ ध्वनि, सूर्यको (तारा)
प्रकाश र अज्ञात निराकार स्वरूपको प्रकृतिको माध्यमबाट उक्त अज्ञात निराकार
प्राकृतिक शक्ति (ईश्वरीय शक्ति) बारे धेरै थप तथ्य जान्न, महसुस गर्न र हाम्रा जिज्ञासाको निवारण गर्न सक्नेछौँ।
जसरी एक गणितज्ञले जब X को मापन पत्ता
लगाएपछि एक समीकरण X² + Y² = 4 को प्रयोग गरी सहजै Y
को मापन निकाल्न सक्छन्, जसरी एक
इन्जिनियरले एक नदीको चौडाइ मापन गर्नका लागि केवल एक त्रिकोण कोर्दै नदीको
किनारमा उभिएर त्यसका केही सूचना प्राप्त गरेका आधारमा सम्भव बन्छ त्यसरी नै
विश्वामित्रले सबैको सहयोगमा तलको मन्त्रबाट प्रकृति (ईश्वर) बारे थप तथ्य जानकारी
गर्न सकिने उपाय सुझाए ।
भर्गो देवस्य धीमहि।
BHARGO
DEVASYA DHEEMAHI
भर्गो – प्रकाश (चमक) र चेतनाको ज्योति
देवस्य – ईश्वरीय शक्तिको
धीमहि – हामीले ध्यान गर्नुपर्छ ।
निराकार देखिएका सृष्टिकर्ता अर्थात्
प्रकृति (ईश्वर) बारे खोज तथा पहिचान कार्य सिद्धिका लागि सूर्यको प्रकाशको चमक र
चेतनाको ज्योतिबारे गहिरो ध्यान (मेडिटेसन) गरी अनुसन्धान तथा अनुभूति गर्न ऋषिले
सुझाएका छन्।
प्रकाशको चमक र चेतनाको ज्योतिको
ध्यानमार्फत गरिने प्रकृति (ईश्वर) बारे थप तथ्यको खोजी कार्यमा ओमकारी जप अथवा ॐ
ध्वनिको उच्चारण गरी गरिने उद्गीथ प्राणायामले ध्यानीको गहिरो ज्ञान प्राप्ति तथा
अनुभूति गर्ने क्षमतालाई संवृद्ध गर्ने गुह्यसमेत ऋषिले खोलेका छन्।
ऋषिले सुझाएका माथिको ध्यानको उपायमा
एउटा निकै ठूलो समस्या महसुस गर्न अनिवार्य छ । मानव मन हरसमय अत्यन्त अस्थिर र
बेचैन रहने गर्छ । एक सर्वोच्च चेतन शक्तिको (ब्रह्मा) उपयोग वा कृपाविना मानव
मनलाई नियन्त्रणमा लिएर आफूले चाहेको दिशामा आफ्नो ध्यान केन्द्रित गर्न सकिँदैन ।
त्यसको निवारणका लागि विश्वामित्रले तलको प्रार्थना गर्ने तरिका सुझावका रूपमा अघि
सारेका छन्।
धियो योनः प्रचोदयात्।
DHIYO YO NAH
PRACHODAYAT
धियो: बुद्धि
यो: जो
नः : हामी सबै
प्रचोदयात् : सही दिशामा निर्देशन
गरिदिनु ।
हे प्रकृति माता अथवा ईश्वर ! आफूलाई
सही मार्गमा लगाउन आफ्नो बुद्धिको उपयोग गर्ने तागत हामी सबैलाई दिनुहोस् ।
वैदिक कालमा सांसारिक यथार्थको खोजको सुरुवातको वैज्ञानिक चरणको खोज र दृष्टिकोण विकासको चरणमा गायत्री मन्त्रको पहिचान र विकास भएको देखिन्छ। यस चरणमा गायत्री मन्त्रले समग्रमा तलका कुराहरू बताएको बुझाइ रहेको देखिन्छ ।
वैदिक विज्ञानको भावार्थ:
अनन्त पिण्ड (mass) रूपी पृथ्वी (bhur-Earth), ग्रहहरू (bhuvah-Planets) र आकाश गंगाहरू (swah-Planets) नियमित ठूलो वेगमा (velocity) गतिशील रहेर ब्रह्माण्डको कुल ऊर्जा खपत सन्तुलन कायम गर्दै सन्तुलित ब्रह्माण्डको निर्माण गरेका छन्। उक्त क्रममा समग्र कम्पनद्वारा निर्मित ध्वनिको आवाज ॐ (OM) हो । ॐलाई निराकार प्रकृति वा ईश्वरको संज्ञाका रूपमा समेत लिन सकिन्छ । उक्त प्रकृति वा ईश्वर (tat) आफैँ सूर्यको प्रकाशको ज्योतिको (savitur – चमक र चेतना) रूपमा प्रकट भएर हामीसामु प्रकट हुने गर्छ ।
उक्त सूर्यको प्रकाशका रूपमा हामीसामु
प्रकट हुने प्रकृति वा ईश्वरीय रूप (devasya)
आदरका साथ शिर झुकाएर हाम्रो सम्मान पाउन (varenyam) योग्य छ। तसर्थ हामी सबैले प्रकृति (ईश्वर–devesaya) बारेको खोज तथा पहिचान कार्य सिद्धिका लागि सूर्यको प्रकाशको चमक र
चेतनाको ज्योतिमा (bhargo jyoti) आफ्नो ध्यान केन्द्रित
गर्दै गहिरो ध्यानमा (dheemah) लिन हुन जरुरी छ । त्यसको
लागि ॐ ध्वनिको उच्चारण गरी गरिने ॐ कारी जपले तपाइको ध्यान विषय वस्तुमा
केन्द्रित गर्न र त्यस वाट जरुरतको सन्देश लिन ब्रह्माण्ड कम्पन लाई निर्मलीकरण (Constant)
गर्न सहज गर्ने छ।
त्यसो हुँदा ध्यान कार्य वाट आफ्नो
मनलाई विचलित हुन् वाट रोकेर हामी सबैलाई
ज्ञान मार्गमा prachodayat)
केन्द्रित हुन् र त्यसैमा आफ्नो (nah) बुद्धिको
(dhiyo)उपयोग गर्ने तागत प्रकृति (ईश्वर, yo) बाट प्राप्त हुनेछ।
उल्लिखित प्रचलित भावार्थ, वैदिक विज्ञानको
भावार्थ, वैज्ञानिक दृष्टिकोणको शब्दार्थ र नयाँ बुझाइ
अनुरूपको व्याख्या आदिको आधारमा गायत्री मन्त्रलाई वैदिक तथा आधुनिक विज्ञानको
समकक्षी भावार्थको दिने गरी तलको व्याख्यामार्फत अत्यन्त सरल रूपमा प्रस्तुत गर्न
सकिन्छ ।
वैदिक तथा वैज्ञानिक दृष्टिकोणको
समकक्षी भाव:
सारांशमा गायत्री मन्त्रमा नियमित
गतिशीलता हुने विविध पक्षहरू रहेको सन्तुलित ब्रह्माण्डको प्राकृतिक कम्पनबाट
उत्पन्न ध्वनि ॐ ध्वनि लाई ओम कार जप मार्फत आफ्नो शरीरको ध्वनी संग समन्वय गरी
आपसी हार्मोनीको सन्तुलन निर्माण गर्न सकिने गोप्यता उजागर गरिएको छ। प्रकृतिमा
सूर्यको अत्यन्त ठुलो प्रभाव रहेको कुरा समेत गायत्री मन्त्रले भन्ने गर्दछ। जस
अनुसार प्रकृतिमा निर्णायक भूमिका खेल्ने सूर्यको गुण बारे बुझ्न हामीलाई त्यसैको
अंशको रूपमा प्रकाशको किरण उपलब्ध छ। त्यही प्रकाशको किरणमा आपसी कम्पनको
हार्मोनिको अवस्थामा जब हामी हाम्रो ध्यान
त्यसको गुण जान्नमा केन्द्रित गर्न सक्ने छौ तब हामीलाई सूर्यको निकै धेरै गुणहरू
पहिचान गर्न सहज हुने छ। यसरी पहिचान भएको गुणको आधारमा हामीले ब्रह्माण्डको समग्र
गुणको पहिचान गर्न सक्ने छौ। जसले गर्दा हामीले हाम्रो अस्तित्वको लागि जिम्मेवार
मूल प्राकृतिक ऊर्जाको पहिचान गर्न सक्ने छौ। जसले गर्दा हामीले आफूलाई पहिचान
गर्न र आफ्नो जीवन अस्तित्वमा आउनुको उद्देश्य बारे ज्ञान प्राप्त हुने छ। यसरी
प्रकृति वा ईश्वरको महत्त्वपूर्ण गोप्यताहरूको उजागर गर्न सक्दा हामीलाई हाम्रो
चेतना मार्फत परा तथा अपरा प्रकृतिको सम्पूर्ण दिव्य ज्ञान प्राप्त गर्न मद्दत
पुग्ने छ।
तसर्थ गायत्री मन्त्रले यस संसारको
रहस्य खोजीको ध्यान प्रक्रियामा संलग्न
हुन ॐ ध्वनिको जप उच्चारण गरी ध्यानको वातावरण निर्माण गर्न, आफ्नो मन लाई
अन्यत्र विचलित हुन वाट रोक्न तथा आफ्नो बुद्धिमता र ध्यान कुशलता लाई समयोचित
रूपमा पर्याप्त प्रकृति गुण र सिद्धान्त बुझ्न
केन्द्रित गर्न र संसारको रहस्यको दिव्य ज्ञान प्राप्त गर्न एक व्यवहारिक
उपाय वा मन्त्र सुझाएको छ।
सृष्टिको सिर्जना, संरक्षण र विनाशको
समयमा समेत निराकार शक्ति प्रकृति अस्तित्वमा रहने गर्दछ। त्यही प्रकृतिमा रहेको
पृथ्वी, पृथ्वी र अन्तरिक्षको बिचको आकाश तथा अन्तरिक्ष
लोकमा हुने हरेक गतिविधिले हाम्रो जीवनमा प्रत्यक्ष प्रभाव छोड्ने गर्दछ। नियमित
कम्पनमा रहेर निश्चित गतिको यात्रामा रहने
सम्पूर्ण ब्रह्माण्ड सन्तुलित रहेर सञ्चालनमा रहन सूर्यको ठुलो भूमिका रहने गर्दछ।
उक्त सूर्यको गुणको बारेमा जान्न सक्दा हामीले सम्पूर्ण ब्रह्माण्डको गुण पहिचान
गरी आफूलाई समेत पहिचान गर्न सक्ने छौ। त्यसको बारे ज्ञान लिनको लागि हामी लाई
सूर्यको गुणको सारको रूपमा त्यसको अत्यन्त मनमोहक दिव्य ज्योति उपलब्ध हुने गर्दछ।
सर्वशक्तिमान् सर्वोच्च शक्ति सूर्यको त्यही दिव्य चमकको गुणको पहिचान मार्फत
हामीले सांसारिक यथार्थको नजिक पुग्न सकिने छ। त्यसैले हामीले आफ्नो आध्यात्मिक
अर्ध चेतनशीलता तथा बौद्धिकता लाई प्रबुद्ध गरी आफ्नो मन लाई आफ्नो काबुमा लिई
गहिरो ध्यान मार्फत संसारको अद्भुत रहस्य
बारे जान्न नियमित ध्यानमा रहन जरुरी छ। उक्त कार्यको लागि नियमित ॐ कारी जप गर्ने
गर्दा त्यसको कम्पन प्रकृतिको कम्पन संग हार्मोनिमा बसिदिने हुँदा हामीले आफ्नो
ध्यानलाई पूर्ण रूपमा भर्गो ज्योतिको गुण पहिचानमा केन्द्रित गर्न सक्ने छौँ।
वैज्ञानिक दृष्टिमा
दसैँ
(A
person whom you respect, often your parents or elders by blood relation,
marriage, or other formal bonds, chants this mantra as a blessing for you and
places tika on your forehead as a symbol of victory during the holy Dashain
festival. In Hindu tradition, Dashain signifies the victory of truth over
falsehood. The mantra for each gender is assigned differently, based on the
unique qualities, specialties, and competitive advantages that nature has
allocated to each gender, aimed at building perfect societies with social
harmony.)
विजया दशमीको नवरात्रिको १० दिनलाई
नेपालीको प्रमुख चाड दसैँ वा विजया दशमी भन्ने गरिन्छ । नवरात्र भर हुने शक्तिको
आराधना पछि दसौँ दिन बिहान दशमीका दिन आफू भन्दा ठूला मान्यजनको हात बाट टीका
लगाएर आशीर्वाद लिने र प्रसाद ग्रहण गरी आफू धन्य बन्ने यो पर्वको विशेषता हो।
वैदिक परम्परा अनुरूप विजया दशमीको दिन
समाजमा तेस्रो लिंगी, नारी र पुरुषको लैंगिक अवतारमा रहेका हरेक वर्गको संसारको सृष्टि गर्न
र सञ्चालनमा खेलिरहेको विशिष्ट भूमिकाको उच्च सम्मान गर्दै टीका लगाउने र आशीर्वाद
दिने चलन थियो ।
हाम्रो वैदिक परम्परामा व्यक्तिको लिंग अनुरूप फरक फरक आशिष दिने गरी मन्त्र र टीका विधि स्थापना समेत भएको छ । कालान्तरमा समाजमा तेस्रो लिंगीको संख्या निकै कम रहेकाले त्यसको चर्चा कम हुन थालेको देखिन्छ। हालको समय सम्म आइपुग्दा नारी र पुरुषका लागि निर्मित टीकाको आशिष / मन्त्र र विधिबारे मात्र चर्चा हुने र व्यवहारमा लागू हुने गरेको देखिन्छ ।
रगतको नाता वा विवाह वा अन्य औपचारिक भावनात्मक श्रद्धा अनुरूप आफूले सम्मान गर्ने व्यक्ति बाट लिइने दसैँको टीकामा प्रायः आफ्ना आमा बुवा र ठूला मान्यजन हरेक व्यक्तिको प्राथमिकतामा पर्ने गर्छन् । हिन्दु परम्परामा दसैँ असत्य माथि सत्यको विजयको क्षण हो ।
फरक फरक लिंगको व्यक्तिमा प्रकृतिले
विनियोजन गरेको विशिष्टता,
विशेषता र विशेष क्षमताको सदुपयोग गरी नैतिक मूल्य र मान्यता
स्थापित समुन्नत समाजको निर्माण गर्ने र सामाजिक सद्भाव नियमित कायम राख्ने कडीका
रूपमा दसैँ पर्व मान्ने परम्परा चलेको जो कोहीले सहजै अनुमान लगाउन सक्छ ।
वैदिक अवधारणामा प्रकृतिको शक्तिलाई
ईश्वर भनिन्छ। ईश्वरको शक्ति प्राप्त गरी निश्चित विषयमा दक्ष हुने तथा आफूमा
निहित क्षमता र दक्षतालाई समग्र चराचरको हितमा खर्च गर्ने मानवता युक्त मानव लाई
पुरुष रहे देव, नारी रहे देवी र तेस्रो लिंगी भए शिव शक्तिको प्रति मूर्तिका रूपमा
चित्रित गर्ने गरिन्छ ।
हरेक नारीमा रहेको मातृत्वको क्षमतालाई
ईश्वरको चामत्कारिक उपहारका रूपमा लिइन्छ। साक्षात् ईश्वरको प्रतिनिधित्वका रूपमा
नारीको मातृत्वको क्षमता हरेक व्यक्तिले उसको आमा बाट प्राप्त गर्छ भन्ने वैदिक
स्वीकारोक्ति छ। नारीमा निहित उक्त शक्तिलाई सुन्दर र अद्भुत देवी शक्ति भन्दै
आमाको नाम दिने गरिन्छ। आमालाई देवीको प्रति मूर्ति पनि मानिन्छ ।
देवी रूपी आमाका तीन रूप भेटिन्छ ।
काली, लक्ष्मी
र सरस्वती। मानिसको दिमागबाट सबै खराब प्रवृत्ति र सोच हटाउने शक्तिलाई कालीको नाम
दिइएको छ। जब मानिसमा सकारात्मकता हाबी हुन्छ, उसमा
विस्तारै सबैलाई सकारात्मक आँखाले हेर्न सुरु गर्छ। प्रकृतिका हरेक चिज निश्चित
कारणले अस्तित्वमा रहेको र तिनीहरूको आफ्नै महत्व भएको अवधारणा विकास हुन थाल्छ।
मानिसको मन र विचारमा सद्भावको अवधारणा रोपिदिने शक्तिलाई लक्ष्मी भनिन्छ। जुन
जीवनको सबैभन्दा मूल्यवान् सम्पत्ति हुने गर्छ।
प्रकृतिर अन्तर्गतका सम्पूर्ण चराचरको
हित हुने कार्यलाई वेदले पुण्य कार्य भन्ने गर्छ। प्राकृतिक नियमको सिद्धान्त
अनुकूलको कार्यलाई धर्म र प्राकृतिक नियमको सिद्धान्तको प्रतिकूलको कार्यलाई अधर्म
कार्य भन्छ।
सद्भावको अवधारणाले भरिएको सोच तथा
मनले सबैको जीवनमा भलाइको बिउ रोप्न उद्यत रहन्छ। पुण्य कार्यतर्फ उसको मन, वचन र कर्म उद्यत
हुने गर्छ। त्यसका लागि उसमा सबैभन्दा पहिले प्राकृतिक नियमको सिद्धान्त अनुकूल र
प्रतिकूल कार्यबारे गहिरो ज्ञान लिने चासो पैदा हुन्छ। धर्म र अधर्मको ज्ञान
प्राप्त भएपछि उक्त मानव स्वभावले नै पुण्य कार्यमा लाग्छ। मानिसमा धर्म र अधर्मको
बोध दिलाएर पुण्य कार्य बारे ज्ञान उपलब्ध गराउने शक्तिलाई सरस्वतीको नामकरण
गरिएको छ । एक मानवलाई मानवीयता युक्त मानवमा विकास गर्न जरुरी हुने सम्पूर्ण
ज्ञानको उपलब्धता गराउने शक्तिलाई सरस्वती देवी भनिएको छ ।
Why
Dashain: Navaratri means nine consecutive nights, and it is celebrated for nine
days. The motherhood ability of every female is considered a god-gifted miracle
and is accepted as a representation of the divine. Therefore, she is named the
Divine Mother. The Divine Mother is also called Devi. Devi has three forms:
Kali, Laxmi, and Saraswati. During the first three days of Navaratri, we
worship Kali, who removes all evil tendencies from our minds. For the next
three days, we worship Laxmi, who plants goodness in our lives. During the last
three days, we worship Saraswati, who bestows knowledge.
कथाको सन्दर्भमा नवरात्रि भनेर
लगातारको नौ दिनसम्म मनाइने नौ रातलाई बुझिन्छ। नवरात्रिको पहिलो तीन दिन हामी
कालीको पूजा गर्छौं। आफ्नो जीवनमा गाँसिएर रहेका सम्पूर्ण नकारात्मकताको पहिचान
गर्ने, त्यसलाई
आफ्नो जीवनबाट हटाउने र पुनः त्यसलाई नअँगाल्ने वाचा वा प्रण गर्छौं।
अर्को तीन दिन हामी लक्ष्मीको पूजा
गर्छौं। आफ्नो जीवनमा रहेको सकारात्मकताको पहिचान गरी त्यसलाई जोगाउन कटिबद्ध
बन्छौँ। आफ्ना जीवनका कर्ममा देखिएका नकारात्मक पक्षका कारण अन्यायमा परेकामा पर्न
गएको असुविधा र हानिका लागि आत्म आलोचना गर्दै आफ्नो मनमा सबै प्रति सद्भावको
विकास गर्छौ। आफूलाई सत्कर्ममा रहने र पुण्य युक्त कार्यमा समर्पण गर्ने वाचा वा
प्रण गर्छौं।
बाँकी तीन दिनसम्म हामी ज्ञान दिने
सरस्वतीको पूजा गर्छौं। आफूलाई पुण्य कार्यमा संलग्न हुनजरुरी हुने धर्म के हो? र अधर्म के हो?
भन्ने बोधका लागि सुरुवाती व्यावहारिक ज्ञान लिन आफूलाई समर्पित
गर्छौं। आफू को हो? र आफ्नो जीवनको मानवीय जिम्मेवारीके
के हुन्? ती कुराबारे गहिरो चिन्तन गर्छौं। सृष्टिको नियम
के हो ? आफ्नो अस्तित्वको कारण के हो? जीवनको उद्देश्य के हो? आदि जस्ता कुराको
गहिरो चिन्तन मार्फत अनुभूति लिने कोसिस गर्छौं ।
दसैँ मुख्य रूपमा आफूमा निहित असुर
चरित्रको मधु, कैटभ, महिषासुर, शुम्भ
र निशुम्भ प्रवृत्तिबाट मुक्ति लिने उत्सव हो।
During
Dashain, Hindus primarily celebrate the defeat of demons (asuras) Madhu (मधु) & Kaitabha (कैटभ),
Mahishasura (महिषासुर), and Sumbha (शुम्भ)
& Nishumbha (निशुम्भ) as symbols of victory.
The
twin demons, Madhu and Kaitabha, thrive on impurities (mental waste) and work
towards harming good health while obstructing the ability to acquire knowledge.
Madhu and Kaitabha were rightly slain by Madhusudan (मधुसूदन),
another name for Vishnu (विष्णु).
Vishnu
is considered the preserver and protector, providing nourishment and medicine,
and works to restore energy, harmony, and balance between good and evil.
Mahishasura
is an evil force, often depicted as a buffalo-like amphibious demon, capable of
changing shape and size over time. He attacks the immune system, damaging
physical, mental, and spiritual health. Devi Durga rightly killed Mahishasura.
Durga represents the power of immunity, protection, strength, motherhood, and
destructive force during times of war. The two brothers, Sumbha and Nishumbha,
are evil forces that actively work against mutual love, respect, ethics, law,
positive vibes, and harmony, always disrupting family and social relationships.
Sumbha and Nishumbha were rightly slain by Devi Saraswati.
कथाले भगवान् विष्णुको कानको
कानेगुजीबाट उत्पन्न भएको असुर चरित्रको जुम्ल्याहाका रूपमा मधु र कैटभको उल्लेख
गर्छ। विष्णु शक्तिले प्रकृति नियमको सिद्धान्त अनुरूप सम्पूर्ण ब्रह्माण्ड र
चराचरको सुव्यवस्था, धार्मिकता र सत्यको सिद्धान्तको स्थापना लाई प्रतिनिधित्व गर्छ।
ब्रह्मालाई संसारको निर्माण कर्ताका रूपमा बुझिन्छ।
मधुर कैटभलाई विष्णुको (विष्णु) अर्को
नाम मधुसूदन (मधुसूदन) द्वारा मारिएको भनिन्छ। विष्णुको वेदको (ज्ञानको भण्डार)
पुनः प्राप्तिको लडाइँमा पैदा भएको मधुसूदन अवतार संसारको नियमित सञ्चालन, रक्षक र संरक्षकका
रूपमा लिइन्छ। उनको मुख्य काम ज्ञान प्रदायक (वेद) खाना र औषधी तत्व उपलब्ध गराउने
र त्यसको सारतत्व मार्फत प्राप्त हुने तागत, पोषणशक्ति र
रोग प्रतिरोधी क्षमता मार्फत स्वस्थ विचार र मनोवैज्ञानिक सबलताको पुनःस्थापना
गर्ने र खराब विचार आनीबानीमा सुधार गरी मनोवैज्ञानिक सबलता पुनः सन्तुलनमा
ल्याउने काम पर्छ ।
मधुर कैटभले अन्ततः ब्रह्माविरुद्ध
जाइलाग्नुले प्राकृतिक नियमको सिद्धान्त विपरीत संरचनाको सञ्चालन विधि लैजाने
नियतलाई जनाउँछ । मधु रकैटभले मन र मस्तिष्कको लोभ र अधर्मी सोचले जन्माएको
पाप–पूर्ण कर्मतर्फ उद्यत गर्ने प्रवृत्तिलाई जनाएको छ ।
अज्ञानता र अधर्मी सोच (काम, लोभ, क्रोध, घृणा) आफैँमा मानिसमा दम्भ र अहंकार
पैदा गरी दुष्कर्म तर्फ लैजाने, ज्ञान तथा आत्मा ज्ञान
प्राप्तिमा अवरोध पु¥याउने चरित्र हो।
महिषासुर भैँसीले जन्माएको एक असुर
शक्ति हो। आफ्नो आकृति र रूप नियमित परिवर्तन गर्न सक्षम महिषासुर नियमित रूपमा
शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई हानि पु¥याउने
र प्रतिरक्षा प्रणाली विरुद्धकाम गर्ने शक्तिका रूपमा चित्रित छ।
दुर्गालाई सुरक्षा, बल, मातृत्व, शारीरिक प्रणालीको संरक्षक (असुर
शक्ति विरुद्ध लड्ने र विनाश गर्ने) गर्ने प्रतिरक्षा शक्तिका रूपमा लिने गरिन्छ ।
देवी दुर्गा बाट महिषासुर नष्ट हुनुलाई हाम्रो प्रतिरक्षा प्रणालीको सबलता र
तन्दुरुस्तीका कारण हामीले प्राप्त गर्ने स्वस्थ जीवनलाई लिन सकिन्छ ।
शुम्भर निशुम्भ नाम गरेका दुई दाजुभाइ
आपसी प्रेम, सम्मान, नैतिकता, विधिको
शासन, सकारात्मक भावना र सद्भाव विरुद्ध बल पूर्वक काम
गर्ने असुरी शक्तिको प्रतिनिधित्व गरेको देखिन्छ। अज्ञानता र हठ वादी दुई दाजु
भाइको चरित्रले सदैव पारिवारिक सम्बन्ध सुदृढ गर्ने तथा सामाजिक सद्भाव र अमन
चैनको निर्माण गर्ने कार्यमा अवरोधका रूपमा चरम निराशावादी शक्तिका रूपमा देखिने
गर्छन्। अज्ञानता र हठवादी ती दुई दाजुभाइ बिचको अज्ञानको कारण उत्पन्न आशङ्का लाई
ज्ञानकी देवी सरस्वतीले नष्ट पारेको कथा छ।
The
tenth day is celebrated as Victory Day and is called Vijaya Dashami. After
going through those nine days, psychologically, we have overcome all negative
vibes and have already embraced positive ones.
By
observing Navaratri, we can celebrate a happy, healthy life that generates
eternal joy, satisfaction, and safety. We celebrate this victory to recognize
and honor our positive energy.
मुख्य दिन दसौँ दिनलाई विजयादशमी
अर्थात् असत्य माथि सत्यले विजय प्राप्त गरेको दिन मानिन्छ। उल्लेखित आन्तरिक
अनुभूति वा मेडिटेसनका नौ दिन पार गर्दैगर्दा मानिस मनोवैज्ञानिक रूपमा आफ्ना
सम्पूर्ण नकारात्मक भाइब (Vibes)
लाई जितेर सकारात्मक भाइब प्राप्त गरिसकेको दिनका रूपमा लिने
गरिन्छ।
दसौँ दिनसम्मको यो ध्यान रूपी
मेडिटेसनले शरीरमा सकारात्मकता मात्र विकसित गराएको हुँदैन सम्पूर्ण रूपमा
सकारात्मकताको अनुभूति नै गराएको हुन्छ । त्यसलाई मानिसले ब्लिस वा धन्यताको
विन्दुमा पुगेको ठानिन्छ। सकारात्मकताको अनुभूतिले दिएको ब्लिसको (Bliss) क्षणमा हामी
पहिलेको आफूभन्दा उत्कृष्ट आफूका रूपमा जन्मेका हुन्छौँ । तसर्थ सो बापत आफ्नो
मान्यजनको टीका र आशीर्वाद थाप्नपुग्छौँ ।
पहिलेको आफूभन्दा उत्कृष्ट आफैँको
पुनर्जन्मको समयमा असत्यमाथि सत्यको विजय भइरहेको हुन्छ। उक्त अवसरमा आफन्त र
मान्यजन सँग टीका र आशीर्वाद थाप्न जानेलाई उनीहरूको लिंग अनुसार फरक फरक
मन्त्रोच्चारण गरी आशीर्वाद र शुभकामना दिने गरिन्छ।
दसैँ र दसैँको मन्त्र
TIKA
& BLESSING
तेस्रो लिंगीका लागि दसैँको टीकाको
मन्त्र र त्यसको अर्थ
DASHAIN
& MANTRA DECODING
MANTRA
FOR TRANSGENDER
Jaya
Tvam Devi Chamunde
Jaya
Bhutartiharini
Jaya
Sarvagate Devi
KaaL
Ratri Namostute
जय त्वं देवि चामुण्डे जय
भूतापहारिणि।।
जय सर्वगते देवि कालरात्रि नमोऽस्तुते॥
Word's
Meaning: To the Divine Mother Chamunde (Devi Chamunde, another name for
Parvati, the primordial transgender Shakti who fights against health, natural,
and evil disasters), the destroyer of evil forces (Jaya Bhutartiharini),
present for us everywhere (Jaya Sarvagate Devi) at all times, including during
the night (i.e., during difficult times beyond time and periods of ignorance —
Kaalratri, referring to the primordial Shakti, the third gender Shiva-Shakti),
you, as the living representative of Aadim Shakti, deserve to be praised
publicly (Jaya Tvam) with prostrations (Sasthang Dandawat Pranam, i.e.,
Namostute).
भावार्थः महामारी, रोग, अनिकाल लगायत वातावरणीय
भवितव्य प्रकोपहरू विरुद्ध लड्ने, अत्यन्त आपत (विपत
युक्त काल रात्रिमा (सृष्टिको ठिक अगाडीको आदिम समय र अज्ञानताको समय) सर्वत्र
उपलब्ध भएर जगतका सम्पूर्ण मानवहरू लाई घोर अन्धकार वाट उज्यालो तिर लगी उद्धार
गर्ने दैविक अथवा प्राकृतिक शक्तिको प्रतिरूपको रूपमा मृत्यु लोकमा (जहाँ जीवन
मृत्युको चक्र चल्दछ) आदिम शक्तिको प्रतिमूर्तिको भूमिकामा जीवितै उपस्थित रहनु
भएको तपाई चामुण्डे अर्थात तेस्रो लिङ्गीको अत्यन्त कदर योग्य रहेको भूमिका वापत
विशिष्ट आदर भाव प्रकट गरी प्रकृतिकी देवीलाई साष्टाङ्ग दण्डवत प्रणाम सहित
हार्दिक नमन गर्दै तिमीलाई उच्च आदरको साथ शुभ दसैँको आशीर्वाद अर्पण गर्दछु।
(जलवायु परिवर्तन, प्राकृतिक र वातावरणीय
प्रकोप, विश्वव्यापी द्वेषपूर्ण गतिविधिहरू विरुद्धको
लडाइ र लडाइँको मूल ट्रान्सजेन्डर शक्तिको प्रतिनिधित्व देवी चामुण्डेले गर्छिन्। अन्धकारले
सामान्य परिस्थिति र मानव समझको स्तर भन्दा बाहिरका चुनौती पूर्ण क्षणहरू लाई समेत
सङ्केत गर्दछ। कालरात्रिले असत्य माथि सत्यको विजयको क्षणलाई जनाउँदछ। अन्धकार तथा
अज्ञात समयमा प्रकट हुने दुष्टशक्तिहरू (जया भुर्ति हारिणी) लाई सधैँ सर्वव्यापी दिव्य माता चामुण्डेले (जया सर्वगते
देवी) पराजित गरिदिनु हुन्छ।
दिव्य माता चामुण्डेको जीवित
प्रतिनिधिको हैसियतमा, सार्वजनिक रूपमा प्रशंसा र कदरको लागि योग्य प्रकृतिकी देवीलाई
साष्टाङ्ग दण्डवत् प्रणाम सहित आदिम शक्तिको जीवित अवतार (जय त्वम्) तिमि लाई म
मेरो मेरो (नमोस्तुते) हार्दिक नमस्कार अर्पण गर्दछु।)
नारीका लागि दसैँको टीकाको मन्त्रर त्यसको अर्थ
MANTRA
FOR FEMALE:
Om
Jayanti Mangala KaaliBhadra Kali Kapalini
Durga
Kshyamashiva dhatri swaha swadha namostute.
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा
नमोस्तुते ।।
Word's
Meaning: Divine Mother, you are Jayanti (Ever Victorious), Mangala (Provider of
Success), Kali (Who is beyond time and removes evil tendencies from the mind),
Bhadrakali (Who controls Life and Death), Kapalini (Who wears a garland of
skulls, representing the continuous cycle of birth and death), Durga (Mother of
Goodness), Shiva (Source of All Success), Kshama (Source of love and
forgiveness), Dhatri (Supporter of all living beings), Swaha (Final receiver of
sacrificial offerings to the gods), and Swadha (Final receiver of sacrificial
duties to the Manes, i.e., spirits or souls of dead ancestors). Namostute – My
prostrations (Sasthang Dandawat Pranam) to you as a symbol of the beloved
Divine Mother.
भावार्थः मृत्यु लोकमा (जहाँ जीवन
मृत्युको चक्र चल्दछ) ईश्वरको प्रतिनिधिको रूपमा अस्तित्वमा रहने गुण युक्त आदरणीय
देवीको (आमा अथवा माताको) रूपमा तपाई मृत्यु लोकमा मानवताको विजय, सफलता, जीवन (मृत्यु, जीवन-मृत्युको चक्र), सकारात्मकताको प्रतीक, जगतको सफलतामा जस दिन
योग्य, माया, दयार करुणाको खानि
मात्र नभएर सम्पूर्ण जगतको वास्तविक उद्धार गर्ने ईश्वरको (प्रकृतिको) प्रतीक
हुनुहुन्छ। विजया दशमीको अवसरमा आफ्नो जीवनकालमा कसैले कहिल्यै तिर्न नसक्ने
प्रकृतिको यो ऋणको स्मरण गर्दै आफ्नो पुर्खा, सन्ततिर
जगतको कल्याणको खातिर मैले मेरो तर्फबाट र्पुयाउन सम्भव हुने हरेक योगदानमा
तपाईँको मार्गदर्शन मिलोस् भनी प्रकृतिकि
देवीलाई साष्टाङ्ग दण्डवत् प्रणाम सहित हार्दिक नमन गर्दै प्रकृतिकी देवीको
साक्षात् प्रतिनिधि तपाईँलाई उच्च आदरको साथ शुभ दसैँको आशीर्वाद अर्पण गर्दछु।
(सदैव विजयी हुने दिव्य माता जयन्ती हुन्। मङ्गला सफलता प्रदान गर्ने
देवी हुन्। मनबाट नकारात्मक विचारहरू हटाउने काली सबैभन्दा श्रेष्ठ छिन।
भद्रकालीले जीवन र मृत्युको नियन्त्रण गर्दछिन्। जन्म र मृत्युको निरन्तर चक्रको
प्रतिनिधित्व गर्ने खप्परको मालाले सजाइएको
कपालिनी जीवन चक्रको सञ्चालक हुन्।
दुर्गा सबैको भलाइकी आमा हुन्। सम्पूर्ण उपलब्धिको स्रोत शिव हुनुहुन्छ। क्षमा
प्रेम कि श्रोत हुन् जसले अपार करुणाका
साथ माफी प्रदान गर्दछिन्।
धात्रीले सबै प्राणीहरूको सहयोगी छिन।
अनुष्ठानहरूमा हुने समर्पणहरूको अन्तिम प्राप्त कर्ता देवताहरू स्वाहा हुन्।
अनुष्ठान हरूको प्रस्तावहरूको अन्तिम प्राप्ति कर्ताको रूपमा लिइने पूर्वज वा आत्माहरू भनेर स्वधा लाई भनिएको हो।
म प्राकृतिक शक्ति (ईश्वर) लाई साष्टाङ्ग दण्डवत्प्रणाम गर्दै सृष्टि, जन्म, सृष्टिको सञ्चालन, सफलता र क्षमा, जीवन चक्र र मृत्युका हरेक चरणमा अपरिहार्य रहेको सबै दिव्य शक्तिहरूको
जीवित अवतारको रूपमा, तिमीलाई प्रशंसा गर्दै मेरो
(नमोस्तुते) हार्दिक नमस्कार अर्पण गर्दछु।
पुरुषका लागि दसैँको टीकाको मन्त्र र
त्यसको अर्थ
TIKA & BLESSING
DASHAIN
& MANTRA DECODING
MANTRA
FOR MALE:
Ayu
Drona sute, Sriyem Dasarathae, Satru Chheyam Raghabe
Aishoryei
Nahushe Gatischa pawane Manancha Duryodhane
Sourya
Shanta nabe, Balam Haldhare, Satyanta KuntiSute
Bigyani
Bidure Bhawati Bhabatam, KritischhaNarayane
आयुद्र्रोणसुतेश्रियोदशरथेशत्रुक्षयंराघवे।
ऐश्वर्यनहुषेगतिश्चपवनेमानञ्चदुर्योधने॥
शौर्यशान्तनवेबलंहलधरेसत्यञ्चकुन्तीसुते॥
बिज्ञानेबिदुरेभवतिभवतामकिर्तिस्चनारायणे॥
Word’s
Meaning:
I
pray for your long life like Dronaputra Ashwathama (Ayu Drona Sute):
Dronaputra
Ashwathama (द्रोणपुत्र अश्वथामा) had a very strong
body, willpower, and immune power to survive forever (चिरञ्जीवि).
Dronacharya (द्रोणाचार्य) refers to the master
trainer—just like highly effective vaccines that train our immune system to
protect us from highly contagious and infectious diseases by activating it.
Be
rich like King Dasharatha (Sriyem Dasarathae):
सूर्यवंशी दशरथ (Dasharatha) represents sunlight, the
pure source of life, synergy, and materials to construct the physical body.
Let
your enemies be destroyed like those of Lord Rama (Satru Chheyam Raghabe):
Lord
Rama (भगवान राम) always displayed perfect moral and
social behavior and represents the embodiment of truth and morality,
symbolizing the victory of right over evil.
Be
famous and praised like King Nahus (Aishorya Nahushe):
Aishwarya
(ऐश्वर्य) means sovereignty and prosperity. चंद्रवंशी नहुष (Nahus) was a fearless king, blessed to marry
Ashokasundari (अशोकसुन्दरी), who had the power to
remove sorrow and loneliness. Ashokasundari was created by Kalpavriksha (कल्पवृक्ष), the wish-giving tree admired by Devi Parvati.
Nahus fought against sorrow, loneliness, and social disharmony by eliminating
distrust and misunderstanding, thus rehabilitating social sovereignty and
prosperity. His ability to unite and restore harmony among family and societal
members made him enjoy a heavenly life, much like स्वर्ग (Swarga)
in the absence of Indra. Just like the moon reflects sunlight at night, Indra
controls the central nervous system, and Nahus represents the controller of the
lymph nodes.
Be
dynamic like the wind, like Hanuman (Gatischa Pawane):
पवन पुत्र हनुमान (Hanuman), praised for his wisdom,
strength, courage, devotion, and self-discipline.
Receive
respect like Duryodhana (Manancha Duryodhane):
दुर्योधन (Duryodhana) was highly skilled in
fighting and defeating opponents. Though his greed and arrogance ultimately led
to his downfall, he was respected for his exceptional warrior skills and
courage.
Be
generous like Karna, the son of Surya (Sourya Shanta Nabe):
सूर्य पुत्र कर्ण (Karna) was a handsome, powerful
archer with exceptional intelligence and moral ethics. Despite facing struggles
and repeated insults, he remained committed to generosity.
Be
strong like Balarama (Balam Haldhare):
बलराम (Balarama) represents the unlimited potential of power in
both the spiritual and material realms. He is the shelter of both material and
spiritual worlds. The spiritual energy that creates the spiritual world (वैकुण्ठ, Vaikuntha) is attributed to Balarama's boundless
strength, making Vaikuntha a blissful realm, much like a mother’s nurturing
lap.
Be
truthful like Kunti’s son, Yudhishthira (Satyanta Kunti Sute):
युधिष्ठिर (Yudhishthira), Kunti’s son, was a
polyglot, known for his honesty, justice, wisdom, tolerance, good behavior, and
discernment. He was virtuous and brave, never engaging in shameful deeds.
Be
knowledgeable like Vidura (Bigyane Bidure):
विदुर (Vidura) narrated Vidura Niti, a treatise on ethical
philosophy, discussing the principles of life, death, war, and nature’s desire
for rulers. It remains a timeless source of wisdom for modern-day life
situations.
Be
respectful while maintaining the fame of Lord Narayan (Bhawati Bhabatam
Kritischha Narayane):
नारायण (Narayan) represents the supreme force
in the creation of the human foundation. Praying for Bhawati Bhabatam
Kritischha Narayane is a wish for your value to be as essential as Narayan, a
fundamental ingredient in constructing the foundation of humanity.
भावार्थः म ईश्वर वा प्रकृति सँग
प्रार्थना गर्दछु की तिम्रो इच्छा शक्ति सदैव पवित्र र दृढ रहोस्। रोग र अधैर्य
प्रतिरोधी क्षमता बलिष्ठ होस। अमृत तुल्य सुद्ध ऊर्जाले शरीर भरिपूर्ण बनोस।
सत्कर्म वाट विचलित गराउन खोज्ने हरेक नकारात्मक विचारलाई सकारात्मकताले विस्थापित
गरोस। आफ्नो लगातारको सत्कर्म,
परिश्रम, मेहनत, त्याग र ज्ञानको अभिवृद्धि वाट प्राप्त कौशलताले जीवन विवेकी, ज्ञानी, सद्गुणी र सहिष्णु बनोस। असत्य माथि
सत्यको विजय स्थापित गराउन सदैव न्यायको पक्षमा वकालत गर्ने क्षमताको विकास गरोस।
आफ्नो क्षमताहरूको पहिचान गरी त्यसको समयोचित उपयोग गर्ने क्षमताको विकास भई
प्रकृति प्रदत्त सम्भावनाका सम्पूर्ण ज्ञान, प्रतिष्ठा,
वैभव, उदारता, सद्गुण
तथा सन्तुष्टि प्राप्त होस भनी प्रकृतिकि देवीलाई साष्टाङ्ग दण्डवत् प्रणाम सहित
हार्दिक नमन गर्दै तिमीलाई उच्च आदरको साथ शुभ दसैँको हार्दिक आशीर्वाद अर्पण
गर्दछु।
(द्रोण पुत्र अश्वत्थामाको जस्तै
दृढ सङ्कल्प, स्थायी जीवन शक्ति र दीर्घायु
होस् होस् । सामञ्जस्यपूर्ण ऊर्जाशील जीवनको प्रचुर स्रोतका प्रतीक राजा दशरथको
जस्तै ख्याति प्राप्त होस्।
दुष्ट, अधर्म कर्म र असत्य माथि सत्य र
धार्मिकताको विजय प्राप्त गर्ने भगवान् रामका जस्तै विरोधीहरू परास्त हुन्।
सामाजिक सद्भाव र समृद्धि बढाउने राजा नहुसको जस्ती लोकले सम्झना र प्रशंसा गरुन्।
हनुमानको जस्तै होस, बुद्धि, बल,
साहस, भक्ति र अनुशासन मार्फत कार्यहरू
गतिशील बनुन्। जीवनको असाधारण लडाइँमा अहङ्कार र लोभका पीडाहरूबाट जोगिएर कौशल र शासनको लागि दुर्योधनले पाएको जस्तै
सम्मान प्राप्त होस्।
सूर्य पुत्र कर्णको जस्तै बुद्धिमत्ता, असीमित उदारता
नैतिक सिद्धान्तहरूको ग्रहण गर्ने क्षमता प्राप्ति होस। बलरामको जस्तै आध्यात्मिक
र भौतिक दुवै क्षेत्रमा रचनात्मक ऊर्जा र प्रचुरता प्रदान गर्ने शक्ति र सामर्थ्य
प्राप्त होस्। इमानदारिता, न्याय र बुद्धिका लागि चिनिने
युधिष्ठिरको जस्तै सत्यलाई अवलम्बन गर्ने वृत्ति प्राप्त होस्। समकालीन जीवनको
दर्शन प्राप्त गर्न विदुरको जस्तै ज्ञान र नैतिक बुद्धि प्राप्ति होस्। मानवताको
आधारशिला निर्माण गर्ने भगवान् नारायणको जस्तै महिमा र सम्मान कायम रहोस्।)
बीज मन्त्र कोडिङको
पहिलो आइडिया
परापूर्व कालमा समस्या समाधानका गहिरा
उपाय वा सिद्धान्त वा मन्त्र आफ्नो स्मरणमा राख्न त्यसलाई कोड वर्डको रूपमा ढालेर
कण्ठस्थ गर्ने र त्यही कोड आफ्नो शिष्यहरू लाई सिकाएर एक पुस्ता वाट अर्को
पुस्तामा हस्तान्तरण गर्ने विधि लिइएको थियो। वैदिक विद्याहरूको स्मरण गर्ने र
हस्तान्तरण गर्ने नियतमा बनेका त्यस्ता मन्त्र हरूलाई वीज मन्त्र भनियो। जस्तै
रुखको बीजको सही सदुपयोग भयो भने विशाल वृक्ष बन्न सम्भव हुने गर्दछ। बीज मन्त्रको
समेत सही डिकोड गरी त्यसको सदुपयोग भयो भने त्यसले दिने उपाय मार्फत आफ्ना दैनिक
समस्याहरू समाधान सम्भव हुन्छ। त्यो बीज मन्त्र वास्तवमा कस्तो थियो र त्यसको अर्थ
र चुरो पक्ष के हो भन्ने बारे एक चोटि पुनरावलोकन गरौँ।
सामान्य रूपमा बीज मन्त्र तीन प्रकारले
कोडिङ हुन्छ। एक अक्षरको एकाक्षर वा आधारभूत,
दुई अक्षरको बिजाक्षर वा कम्पाउन्ड र दुई भन्दा बढी अक्षरको
घनाक्षर वा कोड।
ऐं, यं, रं,
लं, वं, क्षं आदि जस्ता एकाक्षर बीजलाई मौलिक बीज मन्त्र
मानिन्छ। त्यो मूल बीज हो।
दुई अक्षरको संयोजन बाट निर्मित यौगिक अक्षर ह्रीं, क्लीं, श्रीं, स्त्रीं, क्ष्रौं आदि बिजाक्षर हो। त्यसै गरी तीन वा सोभन्दा बढी अक्षरहरू मिलेर बनेको घनाक्षर बीज वा कोड रुपी बीज मन्त्र ह्रीं, क्लीं, श्रीं, स्त्रीं, क्ष्रौं आदि हुन्।
मन्त्रको कोड लाई कूट बीज भनिन्छ।
वैदिक मन्त्रको कूट बीजको अवधारणा नै
कम्प्युटर निर्माण पूर्व कोडिङ आदिको अवधारणा विकास गर्न, अल्गोरिदम आदिको
विकास र परीक्षण गर्ने अवधारणा विकास गर्न मूल उत्प्रेरक खुराक बनेको देखिन्छ।
मन्त्र साधनाको रहस्य भन्दछ
‘‘अमन्त्रमक्षरं नास्ति नास्तिमूलमनौषधम्’’। अर्थात् कोही यस्तो अक्षर हुँदैन जुन
मन्त्र न होस। त्यस्तै कोही यस्तो वनस्पति हुँदैन जुन औषधि न होस। औषधि बिग्रिएको
स्वस्थ सुधार गर्ने व्यवहारिक विकल्प हो।
आफूले लक्ष गरेको उद्देश्य प्राप्ति
गर्नको लागि जरुरी हुने प्रकृति नियमको सिद्धान्त मैत्री व्यवहारिक उपाय, तौर तरिका र
सिद्धान्त जसले आफ्नो लक्ष प्राप्तिको मार्ग सहज गर्ने विकल्प दिन्छ त्यसलाई
मन्त्र भनिन्छ। हरेक कार्य सम्पन्न गर्नको लागि निश्चित प्रकारको शक्तिको जरुरत
हुने हुँदा बीज मन्त्रलाई समग्र प्रकृतिमा उपलब्ध शक्तिहरू बारे सङ्केत गर्नको
लागि प्रयोग गरिन्छ। जस्तै केही महत्त्वपूर्ण बीज मन्त्रको अर्थ हेरौँ।
प्रसिद्ध बीज मन्त्र तथा त्यसको परम्परागत वैदिक मन्त्रको अर्थ:
ॐ
शब्द ईश्वर वा समग्र प्रकृतिको निर्माण गर्ने शक्ति। ॐ ले सम्पूर्ण शक्तिको
श्रोत र सर्वत्र नियमित रहने अवलोकन कर्ता लाई जनाउने गर्दछ। जुन ब्रह्माण्ड चेतना
हो। व्यक्तिको चेतना वा आत्मा समेत ब्रह्माण्ड चेतनाको सीमित अंश मानिन्छ जुन ब्रह्माण्ड चेतना संग नियमित संसर्गमा
रहन्छ।
ह्रीं शब्द माया बीज हो। जसमा रहेको
"ह" ले शिव,
"र" ले प्रकृति, "नाद"
ले ब्रह्माण्ड चेतना रुपी विश्व माता शक्ति तथा त्यहाँ लेखिने सङ्केत
"बिन्दु" ले दुःखको उन्मूलनको सङ्केत गर्दछ। माया वीज शब्द ह्रीं ले
तसर्थ समग्रमा विशिष्ट निर्माणको हेतुले ध्वंस गर्ने देव शिवकी आद्याशक्ति आदि
माता शिवयुक्त जननी आद्या शक्ति (पार्वती) मलाइ यो मायावी आशक्ति तथा
एट्याचमेन्टका कारण उत्पन्न भएको दुःख र हैरानी वाट मुक्त गरिदिनु भन्ने अर्थ
दिन्छ।
श्रीं शब्द लक्ष्मी बीज हो। श्री बीज
अर्थात् लक्ष्मी बीजको शब्द श्रीं को "श" ले महालक्ष्मीको अर्थ दिन्छ। धन को अर्थ दिने
"र", महामाया को अर्थ दिने "ई", विश्व
माताको अर्थ दिने " नाद" तथा
दुःख वाट पार लगाइदिनु भन्ने सङ्केत "बिन्दु" को हुने गर्दछ। यस
अर्थमा धन कि अधिष्ठात्री जगत जननी देवी लक्ष्मी कृपया मेरो दुःख हटाई दिनुहोस्
भनेको हुन्छ।
क्रीं लाई काली बीज भनिन्छ। शब्द
"क्रीं" बनेको अक्षर क् = काली, र् = प्रकृति, ई = महामाया,
नाद = विश्व माता र बिन्दु = दुःखको उन्मूलन अर्थ दिने छ। तसर्थ
काली बीज या कर्पूर बीज समेत भनिने क्रीं बीज शब्दले माता देवी महाकाली मेरो
दुःखहरू नष्ट गरिदिनु भन्ने अर्थ दिन्छ।
ऐं सरस्वती बीज मन्त्र हो। वागभवबीज
समेत भनिने सरस्वती बीज मन्त्र "ऐं" बनेको अक्षर ऐ = सरस्वती, नाद = विश्व माता र
बिन्दु = दुख हरण हुन्छ। तसर्थ यस बीजको अर्थ हुन्छ 'माता
देवी सरस्वती मेरो दुःख हटाइदिनु।
क्लीं कृष्ण बीज मन्त्र हो। काम बीज
समेत भनिने कृष्ण बीज मन्त्र "क्लीं"
क = योगस्त श्री कृष्ण,
ल = दिव्य तेज, ई = योगीश्वरी या
योगेश्वर तथा बिन्दु सङ्केत = दुःखको उन्मूलन हो। तसर्थ यस काम बीजको समेत मानिने
कृष्ण बीज आशय अनुरूप दैनिक काम बीजको सन्दर्भमा " हे राज राजेश्वरी योगमाया
मेरो दुःख हटाइदेऊ।’ भन्ने लाग्दछ। त्यसको साथै कृष्ण बीजको सर्वश्रेष्ठता प्राप्तिको
सन्दर्भमा " हे योगेश्वर श्रीकृष्ण मेरो लक्ष अप्राप्तिको पिडा वाट मलाइ
मुक्त दिनु" भनेको हुन्छ।
दूं शब्द लाई दुर्गा बीज भनिन्छ। जसमा
द् = दुर्गति नाशिनी दुर्गा,
सङ्केत ¬ ( “~” वा “¬”) = संरक्षण र बिन्दु = दुःख उन्मूलन भन्ने लाग्दछ। तसर्थ दुर्गा बीजको दूं
शब्दको अर्थ 'दुर्गति नाशिनी दुर्गा मेरो दुर्गति वा
दुर्गतिमा पर्न सक्ने जोखिम वाट मलाइ रक्षा गर भन्ने नै हो।’
स्त्रीं शब्द वधू बीज या तारा बीज हो।
बधू वीज वा तारा बीजमा स् = दुर्गा, त् = तारा, र् = प्रकृति, ई = महामाया, नाद = विश्व माता र बिन्दु सङ्केत = दुःखको हरण भन्ने लाग्दछ। तसर्थ
वधू बीज बीजको अर्थ ‘जगत माता महामाया तारा मेरो दुःख हटाइदेऊ’ भन्ने हो।
हौँ शब्द प्रसाद बीज वा शिव बीज हो।
जसमा ह्= शिव, औ = सदाशिव र बिन्दु सङ्केत = दुख हरण हुन्छ। तसर्थ शिव बीज बीजको अर्थ
'भगवान् शिव र सदाशिवले मेरो दुःख हरण गरुन् भन्दछ।
हुँ शब्द वर्म बीज या कूर्च बीज हो।
जसमा ह् = शिव, ¬ = भैरव, नाद = सर्वोच्च (विश्व माता) तथा बिन्दु सङ्केत = दुःखको उन्मूलन हुने गर्दछ। तसर्थ वर्म बीज या
कूर्च बीजले "भयङ्कर असुर एवं सर्वश्रेष्ठ भगवान् शिवले मेरो दुःख हटाउन
सहयोग गर्नुहोस्।" भन्ने अर्थ दिन्छ।
हं शब्द हनुमद् बीज हो। जुन ह् = अनुमान, अ्= सङ्कट मोचन र
बिन्दु सङ्केत = दुःख निवारण हुन्छ। तसर्थ हनुमद्
बीज "हं" ले "सङ्कट मोचन कर्ता हनुमान मेरा दुःखहरू
हटाउनुहोस्" भन्ने अर्थ दिन्छ।
गं शब्द गणपति बीज हो। जुन ग् = गणेश, अ् = विघ्न बाधाहरू
नाश गर्ने र बिन्दु सङ्केत = दुःख हटाउने हुन्छ। तसर्थ गणपति बीज "गं"
शब्दको अर्थ "विघ्न बाधाहरू नाश
गर्ने भगवान् गणेश मेरा दुःखहरू हटाइदिनुहोस्" भन्ने अर्थ दिन्छ।
क्ष्रौं शब्द नृसिंह बीज हो। जुन क्ष्
= नृसिंह, र् = ब्रह्म, औ = दिव्य र तेजस्वी र बिन्दु
सङ्केत = दुख हरणको अर्थ दिने गर्दछ।
यसैले
नृसिंह बीजको अर्थ "दिव्य र तेजस्वी ब्रह्म स्वरूपको श्री नरसिंह मेरा
दुःखहरू हटाइदिनुहोस्" भन्ने अर्थ दिन्छ।
बीज मन्त्रको भावनाले सङ्केत गर्ने
ईश्वर वा समग्र प्रकृति शब्दले ब्रह्माण्ड चेतनाले नियमित कम्पनमा रहने आदिम ऊर्जा
रूप अर्थात् परमात्माको सङ्केत गर्दछ। ब्रह्माण्ड चेतना कन्सन्ट्रेटेड हुँदै सानो
बाक्लो कम्पनयुक्त नाडी विकास गर्ने बिन्दुको रूपमा परिवर्तन भएर जीवको शरीर लाई
कैद गरी राख्ने शक्ति बन्दछ। जसलाई आत्मा भनिन्छ।
योनिमन्ये प्रपद्यन्ते शरीरत्वाय
देहिनः ।
स्थाणुमन्येऽनुसंयन्ति यथाकर्म
यथाश्रुतम् ॥
॥ कठ उपनिषद् ७॥
कठ उपनिषद् ७ अनुसार आफ्नो कर्म र
ज्ञान अनुसार कुनै आत्मा जीव गर्भ गृहमा प्रवेश गरेर जीवको रूपमा व्याप्त रहन्छन्
भने कुनै अचल बीज गर्भ गृहमा प्रवेश गरी वनस्पतिको रूपमा (स्थाणुमन्येऽनुसंयन्ति =
वृक्षादीस्थावरभावम्) व्याप्त हुन पुग्दछन्।
आत्मा व्यक्तिको चेतन शक्ति हो। चेतन
शक्ति नियमित अवलोकन कर्ताको रूपमा अस्तित्वमा रहन्छ। चेतन शक्तिले अवलोकन गरेको
स्मरणको सँगालोलाई चित्त भनिन्छ।
चित्तको स्मरणको आधारमा व्यक्तिले
अवलोकन कर्ताको अस्तित्वको सट्टा आफ्नो भौतिक अस्तित्वलाई आफू र मेरो आफ्नो भन्ने
अवधारणा निर्माण गर्दछ। जसलाई आफ्नो भन्ने पहिचानको जरुरत पर्दछ। जसबाट व्यक्तिको
इगो अर्थात् अहङ्कारको विकास हुन्छ। अवलोकन कर्ता र चित्त वृत्तिले विकास गरेको
अहङ्कारको नियमनको लागि त्यहाँ अर्को
शक्तिको जरुरत हुन पुग्दछ। जसलाई मन भनिन्छ।
स्मरणको सँगालो वाट बन्ने चित्त
वृत्तिको अनुभूतिले विकास गर्ने अतृप्त चरित्रको मन शक्तिलाई सन्तुलनको जरुरत
पर्दछ। जसको लागी आफ्नो विवेक वा बुद्धिमत्ताले नियन्त्रण गर्न मनस अर्थात् बुद्धि
शक्ति सक्रिय बन्दछ।
अत्यन्त चुलबुले चित्त र चञ्चल मनको
वृत्तिको अर्थात् मनोवृत्तिको प्रभावलाई यन्त्रित रूपमा नियन्त्रणमा लिई तौलिएर
उपयुक्त निर्णय लिने र आफ्ना पाँच कर्मेन्द्रिय र पाँच ज्ञानेन्द्रिय परिचालन गरी
व्यक्तिको बुद्धिमत्ताले जीवको कर्म सम्पन्न हुने गर्दछ।
मनमा व्यक्तिको बुद्धिमत्ता अर्थात् बुद्धि प्रभावशाली सल्लाहकारको भूमिकामा र चित्त अर्थात् दिल आन्तरिक हठ युक्त दबाब शक्तिको भूमिकामा जोडिएर रहेको भेटिन्छ। मन, बुद्धि, चित्त र अहंकार अंतःकरणको चार विभागको रूपमा पारस्परिक रूपमा काम गरिरहेको हुन्छ।
मन्त्रहरूमा प्राय आउने शब्दहरू ॐ
समग्र प्रकृति निर्माण शक्ति हो। व्यक्तिको स्वस्थको हकमा यसलाई आत्मबल भनिन्छ। दुस्मनीको
हकमा चुरो विवाद उत्पन्न हुने कारकको समाधानको उपाय यसलाई मानिन्छ। खगोलमा ॐ ले
मूल शक्ति जसमा सम्पूर्ण गतिशील ब्रह्माण्डीय पिण्ड हरुको शक्ति सन्तुलनको मुख्य
आधारको अस्तित्व लाई सङ्केत गर्दछ। यसैलाई तपाइले औषधि उपचारको मन्त्रमा देख्नुभयो
भने रोग उत्पन्न हुने, निको नहुने र बढ्दै जाने लक्षणको मूल कारकमा खोज्नु पर्ने समाधान भन्ने
अर्थ दिन्छ।
मन्त्रहरूको निचोडले दिने अन्य शब्दहरू
जस्तै शिव, शिवकी आद्याशक्ति पार्वती, महालक्ष्मी,
महाकाली, सरस्वती, श्रीकृष्ण, दुर्गा, महामाया
तारा, असुर, भगवान्, हनुमान, गणेश, श्री
नरसिंह, सूर्य, चन्द्र, मङ्गल, बृहस्पति, बुध,
शनि, यम आदि जस्ता शब्द चयन भएको
देखिन्छ। जीवनका हरेक पक्षको समस्याको समाधान वा अवसरको खोजीमा सफलता प्राप्त गर्न
उपयोग हुने यी शब्दको परिस्थिति विशेष अर्थहरू कोडिङ भएर बनेको छन्।
तिनै कोडिंगहरु लाई मन्त्र मार्फत
स्मरण गरेर हरेक कुराको ज्ञान प्राप्त गर्न वा समस्या समाधानको उपायको ज्ञान
पुस्तौँ पुस्ता हस्तान्तरण गर्न हाम्रा पुर्खाले उपयोग गरेको देखिन्छ। हाम्रा
वैदिक परम्पराका कोडिङको तरिकाको अवधारणा कम्प्युटर निर्माण पूर्व मात्र अँन र
अफको बाइनरी कोडिङको अवधारणा विकास गर्न
उदाहरण बनेको र आजको क्वान्टम युगमा त्यसमा गति, लोकेसन र अन्य रिफरेन्स समेतको उपयोग
गर्ने तर्फ कम्प्युटर प्रविधि अघि बढिरहेको हामी सबैलाई अवगत नै छ।
यसरी समग्रमा हेर्दा वैदिक बीज
मन्त्रको अवधारणा वाट कम्प्युटर निर्माण पूर्व कोडिङको अवधारणा विकास भएको प्रस्ट
हुन्छ। यसरी मानव इतिहासको हरेक पलमा आधुनिक वैज्ञानिक समाजको विकास गर्न तथा
प्रविधि विकास र इनोभेसन गर्न वैदिक कालिन
विज्ञानको अवधारणा अत्यन्त सहयोगी बन्दै आएको छ। जुन आजको क्वान्टम युगमा विज्ञान
प्रवेश गर्दै गर्दा झन् अधिक उपयोगी बनिरहेको छ।
यो सन्दर्भमा बीज मन्त्रहरू वाट बनेको
शरीरको वजन कम गर्न वैदिक मन्त्रको रूपमा चर्चित अग्नि गायत्री मन्त्र र दुर्गा
मन्त्र जपको अर्थ यस्तो लाग्ने गर्दछ।
ऊँ महाज्वालाय विद्महे अग्नि मध्यमय
धीमहि |
तन्नो: अग्नि प्रचोदयात ||
|| अग्नि गायत्री
मन्त्र ||
अग्नि गायत्री मन्त्रको चलन चल्तीको
भावार्थ: ऊँ। मलाई महान् अग्निको ज्वालाको सान्निध्य ध्यान गर्न दिनुहोस्। हे
अग्निको भगवान्, मलाई उच्च बुद्धिमत्ता प्रदान
गर्नुहोस्। हे तेजस्वी अग्निको भगवान् मेरो मनलाई ज्ञानको उज्यालो दिनुहोस्।
सर्वमङ्गलमाङ्गल्ये शिवे
सर्वार्थसाधिके ।
शरण्ये त्र्यम्बके गौरि नारायणि
नमोऽस्तु ते ||
|| दुर्गा मन्त्र ||
दुर्गा मन्त्रको चलन चल्तीको भावार्थ:
दुर्गा सारा संसारका जीवहरूको शुभ प्रदायक पवित्र र दैवी शक्ति हुन्। उनी सम्पूर्ण चराचरहरूको उत्थानमा
लाग्नेहरूको शुभ प्रदायक हुन्। उनको भूमिकामा तल्लीन रहेका (उनमा आत्म समर्पण
गरेका) हरूको उनले रक्षा गर्छिन्। हिमाली राजाकी छोरी, त्रिलोककी माता
गौरी माताको नामले समेत चिनिने दुर्गालाई मा बारम्बार नमन गर्दछु। पूजा गर्दछु।
मोटो पन उत्पन्न हुने कारकको समाधानको
उपाय (ऊँ) अन्तर्गत अग्नि गायत्री मन्त्रले मिठो स्वाद हुने र तुरुन्त पच्ने र
शरीरमा पोषण दिने अन्नमा आफ्नो आशक्ति घटाउने सल्लाह दिन्छ। तर पनि मानिस जीवित
रहन, दैनिक
कार्य गर्न उसलाई न्यूनतम शक्तिको जरुरत पर्दछ।
त्यस परिस्थितिको समाधानको लागि दुर्गा
मन्त्र समेत जोडिएर आउँदछ। त्यसमा वाचन हुने मोटो पन नियन्त्रणको सन्दर्भमा वाचन
गरिने दुर्गा मन्त्रको आशय यस्तो हुने गर्दछ।
यो दुई मन्त्रले वेदका ज्ञाताहरूलाई
यस्तो सेन्स दिने गर्दछ।
अग्नि गायत्री मन्त्रको यो सन्दर्भको
चुरो अर्थ यस प्रकार लाग्दछ। "मोटो पन उत्पन्न हुने कारकको समाधानको उपाय
(ऊँ) खोज्नको लागि पाचन रस र त्यसको सान्निध्यमा घटित हुने पोषणको प्राप्ति बारे
(अग्निको भूमिका) सचेत बन।
पाचन पछि शरीरमा प्रचुर शक्ति वा बोसिय
तत्त्व दिने अन्न ( हे अग्नि भगवान् - ३३ कोटी भगवानमा अन्न समेत पर्दछ र अग्नि
मैत्री अन्न भनेर बोसिय तत्त्व निर्माण गर्ने कर्बोहाईड्रेड अधिक भएका अन्नहरू
पर्दछन्) कम खाने बानीको विकास (उच्च बुद्धिमत्ता
प्रदान - मिठो प्रतिको आशक्ति घटाउने शक्ति) गर्ने व्यवहारिक क्षमता विकास
(मनलाई ज्ञानको उज्यालो) गर्नु होस्।" यहाँ मन शब्दले तपाइको आफ्नै आत्मा बल
भन्ने तर्फ सङ्केत गर्दछ।
"मोटो पन कम गरि शरीर लाई स्फूर्त राख्न (सारा संसारका जीवहरूको शुभ
प्रदायक पवित्र र दैवी शक्ति) शारीरिक वजन कम गर्ने तर मानसिक गतिविधि कायम गर्न
सहायक हुने (पवित्र र दैवी शक्ति दुर्गा) तत्त्व तपाइको खान, पान र आचरणमा (दुर्गा शक्तिमा आत्मसमर्पणको) जरुरत हुने छ।
प्रकृति मैत्री फलफूल र सागपातको
(हिमाली राजाकी छोरी) मनोवैज्ञानिक सबलता तथा शारीरिक परिचालनको हार्मोनी दिने
तत्त्व, यथार्थमा फाइटोकेमिकल जसले पहिलो अन्नको कम ग्रहण गराउन भूमिका खेल्छ,
दोस्रो मनोवैज्ञानिक सबलता थपेर स्वस्थ वृद्धि गर्दछ र तेस्रो
शरीरमा उत्पन्न विकार शरीर वाट हटाउन
सहयोग गर्छ (त्रिलोककी गौरी माता)। तिमीले त्यही विनि नियमित अपनाउनु (पूजा गर्दछु)। यस बानी लाई आफ्नो नियमित खाद्य आहार
लिने बानीको रूपमा विकास (दुर्गालाई बारम्बार नमन) गर्नु।”
वीज मन्त्र बारे अथर्व वैदिक ज्ञान र
विज्ञान
अथर्व वैदिक ज्ञानको अभावमा तन्त्र
क्षेत्रमा लागेका तान्त्रिकहरू वीज मन्त्रले खास कुनै अर्थ नहुने कुरा गर्छन्। वीज
मन्त्र लाई मात्र ध्यान केन्द्रित गर्ने यान्त्रिक उपायको रूपमा प्रयोग गर्छन्।
यथार्थमा वीज मन्त्रहरू ब्रह्माण्ड चेतना सँगको संसर्गमा हुने मानव चेतना तथा
भौतिक शरीर निर्माण गर्ने सूक्ष्म क्वान्टम वेभ फङ्क्सनहरूलाई आपसी समन्वय गर्ने
ध्वनि आवृत्तिका साना साना टुक्राहरु हुन्।
संगीतको क्षेत्रमा मेलोडी भनेको
संगीतका नोटहरूको एउटा शृंखला हो। संगीतका नोटहरूको शृंखलाबद्ध धुनहरू क्रमैसँग
बजाएर वा गाएर संगीतको एउटा वाक्यांश वा थिम सिर्जना गरिन्छ। तिनै लाइ विशेष लय
तथा स्वरको संयोजनले मेलोडीको रूप र चरित्र दिइन्छ।
मेलोडीले व्यक्त गर्ने संगीतको भावनात्मक सार र विषय वस्तुले भावनात्मक केन्द्रलाई
छोएर व्यक्तिलाई मन्त्रमुग्ध पार्दछ।
जसरी संगीतको मेलोडीले भावनात्मक
केन्द्रलाई छोएर व्यक्तिलाई मन्त्रमुग्ध पार्दछ, त्यसरीनै तन्त्र विद्यामा वीज मन्त्र
मनोविज्ञानको आधार चेतना र भौतिक शरीरको मूल आधार क्वान्टम वेभ फङ्क्सनहरू लाई
आपसी समन्वय गर्ने साना-साना कम्पन रूपी नोटहरू भावनात्मक केन्द्रलाई विश्राम,
ध्यान र आनन्द (bliss) को अवस्थामा
लैजान उपयोगी हुन्छ।
भौतिक र मनोवैज्ञानिक कम्पनहरू बीच वीज
मन्त्रका साना-साना नोटहरू प्रयोग गरेर तन्त्र विद्यामा शरीरको कम्पनलाई त्यसका
चक्र र नाडी मैत्री लयमा क्रमबद्ध गरी संयोजन गर्दा शरीरको स्व-उपचार तागत उत्प्रेरित गरि क्वान्टम हिलिङ
सम्भव तुल्याइन्छ। यस्तो समयमा व्यक्तिले आनन्द र धन्यताको महसुस गर्दछ। भित्रि
शक्ति तथा आत्मबल जागृत भएको अनुभूति गर्दछ।
यथार्थमा वीज मन्त्रहरू मानव शरीरका
विशिष्ट ऊर्जा केन्द्रहरू (चक्रहरू) सँग प्रतिध्वनि गर्ने कोर ध्वनिका कम्पनहरू
हुन्, जसले
उपचार, शान्ति, र उच्च
ब्रह्माण्ड चेतनासँगको मानव चेतनाको सम्बन्ध लाई सुगम र सुमधुर बनाउँछन्।
आधुनिक वैज्ञानिक बुझाइ अनुसार शरीर
वेभ फङ्क्सनहरू बाट निर्मित छ। वीज मन्त्रहरूको प्रयोजन क्वान्टम भौतिकी र चेतना
बीचको क्वान्टम मेलोडी विकासको अवधारणा सँग सम्बन्धित छ। क्वान्टम मेकानिक्सले
शरीरका कणहरूलाई सम्भावनाको वेभ-आधारित अस्तित्व मान्दछ, जुन वेभ फङ्क्सन द्वारा
सञ्चालित हुन्छ।
अवलोकनकर्ताको उपस्थितिमा कणको गुण
देखाउने त्यो ऊर्जा, अवलोकन कर्ताको अनुपस्थितिमा वेभ फङ्क्सनको गुणमा आउँछ। यसरी पदार्थलाई
ऊर्जा कम्पनको रूपमा बुझ्न सक्दा प्राचीन वैदिक वीज मन्त्रको प्रयोजनको दर्शन सँग
आधुनिक वैज्ञानिक बुझाइ फरक देखिँदैन। जहाँ ध्वनि लाई (नाद) ब्रह्माण्डको सिर्जना
र निर्माणको आधार भूत शक्ति मानिएको छ।
क्वान्टम बायोलोजी र न्युरोसाइन्स
जस्ता क्षेत्रहरूमा वीज मन्त्र कै कम्पन हुने जस्ता ध्वनि आवृत्तिहरूको उपचारमा
उपयोगिताको अनुसन्धान गर्दा,
शरीर र मस्तिष्कमा ध्वनि आवृत्तिहरूले प्रतक्ष प्रभाव पार्ने देखिन्छ।
वीज मन्त्रहरूको विशिष्ट ध्वनि आवृत्तिहरूले तान्त्रिक क्षेत्रमा शरीर र
मस्तिष्कका क्वान्टम तहका वेभ फङ्क्सनहरूमा असर गर्ने कुरा यो
हिसाबमा असम्भव भने देखिँदैन। वीज मन्त्रहरूले स्व-उपचार प्रक्रियाहरूलाई
सक्रिय पार्न र चेतनाका अवस्थाहरूलाई सुगम बनाइ आनन्दको अनुभूति गराउँछ भन्ने तान्त्रिक
हरुको अनुभव समेत वैज्ञानिक तर्क सङ्गत नै रहेको अनुभूति हुन्छ।
उदाहरणका लागि, हामीलाई थाहा भएकै
कुरा हो कि आँखाले देख्न सकिने साइमाटिक्स (Cymatics) ध्वनि
तरङ्गहरूले पदार्थमा प्रत्यक्ष प्रभाव पार्न सक्छ। त्यस्तै, वीज मन्त्रहरूले शरीरभित्रको सूक्ष्म ऊर्जा र वेभ ढाँचासँग अन्तरक्रिया
गर्न सक्छन्।
वैज्ञानिक परीक्षणमा विशेष आवृत्तिमा
मन्त्रहरूको जपले मस्तिष्कको तरङ्ग ढाँचामा प्रभाव पारेर मस्तिष्कलाई गहिरो
विश्राम, ध्यान, र आनन्द (bliss) को अवस्थामा पुर्याएको देखिएको छ।
यस सन्दर्भमा वीज मन्त्रहरूको विशिष्ट
ध्वनि आवृत्तिको उपयुक्त प्रयोगले मस्तिष्कको न्युरल गतिविधिलाई गहिरो चेतनाको
अवस्था सम्म पुर्याउन सहयोग गर्छ भन्ने दाबीलाई अस्वीकार गर्न सकिँदैन।
आणविक वा क्वान्टम तहमा वीज
मन्त्रहरूले उत्पन्न गर्ने कम्पनका ढाँचाहरूले शरीरको प्राकृतिक उपचार प्रक्रियालाई
वैज्ञानिक रूपमा नकार्न सकिँदैन। किनकि ध्वनि कम्पनहरूले कोषहरूको मर्मत, ऊर्जा प्रवाहमा
सन्तुलन मात्र होइन, आनुवंशिक अभिव्यक्तिलाई परिवर्तन
गर्ने एपिजेनेटिक (Epigenetic) प्रभाव दिने संकेत
वैज्ञानिक परीक्षणहरूबाट प्राप्त भएका छन्।
वीज मन्त्रहरू मार्फत तान्त्रिकहरूले
पाएका अनुभवहरू वैज्ञानिक सिद्धान्तहरू विरुद्धका अनुभवहरू भने होइनन्।
वीज मन्त्रहरूको क्षमता र
तान्त्रिकहरूले सुनाएका अनुभवहरू बारे वैज्ञानिक रूपमा अझ धेरै कुरा पुष्टि भएर
आउन बाँकी भए तापनि, वीज मन्त्रहरूले शरीरका क्वान्टम वेभ फङ्क्सनहरूको मेलोडी निर्माण गरेर
चेतनाको अवस्था सुगम बनाउन र स्व-उपचारमा भूमिका खेल्छ भन्ने अथर्व वैदिक प्राचीन
बुझाइ वैज्ञानिक सिद्धान्त अनुरूप नै रहेको विज्ञानले संकेत गर्दछ।
वेदमा रहेछ सिमुलेशन
हाइपोथेसिस
विज्ञानको आधारमा अन्वेषण मार्फत हाम्रो ब्रह्माण्ड लाई गहिरिएर बुझ्ने प्रयास
गर्दै गर्दा हालका विज्ञानका लगभग सबै प्रयासहरूले अन्वेषक र वैज्ञानिकहरू लाई
प्रविधि (टेक्नोलोजी) र दर्शनको दोबाटोमा लगेर उभाइदिने गरेको छ। यौटा यस्तो
दोबाटो जहाँ एक तर्फ वाट उन्नत भनिएका सैद्धान्तिक भौतिकीका पक्षको बाटो र अर्को
तर्फ वाट गहिरो मेटाफिजिकल जिज्ञासा युक्त बाटाहरू आएको एकल बाटो निर्माण गरिदिएको
हुन्छ।
व्यवहारिक प्रकृतिको उच्च वैज्ञानिक
अनुसन्धानको चरणमा काम गरिरहेका हरेक वैज्ञानिकले अनिवार्य रूपमा साक्षात्कार
गर्ने त्यो दोबाटोको विन्दुमा पुग्दै गर्दा उ आफै संग उसको आफ्नै मनको गहिरो
प्रश्न ठोकिन आउँछ।
के हामी वास्तव मै सिमुलेशनमा त
बाँचिरहेका छैनौ? अर्थात् हामी वास्तविक यथार्थता भन्दा फरक चिजलाई यथार्थ मानी सोही
भ्रममा त बाँची रहेका छैनौ?
विज्ञानमा सिमुलेशन मोडेलहरूको प्रयोग
गरि वास्तविक विश्व प्रक्रियाहरू वा प्रणालीहरूको सञ्चालनको विधिको नक्कल गरिन्छ।
तिनीहरु कसरी सञ्चालन भइरहेको छ भनी व्याख्या वा प्रस्तुत गर्ने कोसिस गरिन्छ।
सिमुलेशन हाइपोथिसिस आफैमा एउटा यस्तो
अवधारणा हो जसले वैज्ञानिक र दार्शनिक दुवै पक्षलाई समान रूपान्तरण गरी कुनै वस्तु, प्रक्रिया वा
प्रणालीको वास्तविकता बारे प्रस्टता थप्न एक कृत्रिम भौतिक वा डिजिटल निर्माण
सम्भव पार्दछ।
उन्नत डिजिटल सिमुलेशन जुन यथार्थमा
प्राप्ति भइसकेको छैन तर प्राप्ति हुँदाको समयमा त्यसको मोडल वा प्रकृति कस्तो
हुनेछ भन्ने एक कृत्रिम भौतिक वा डिजिटल अवधारणा प्रस्तुत गर्नु, कतिपय सन्दर्भमा
प्रोटोटाइप बनाउनु, भर्चुयल रियालिटी आदिमा सिमुलेशन
मोडेलहरू उपयोग हुन सक्दछ।
सिमुलेटेड रियालिटीको एकरूप रहेको
भर्चुअल रियालिटी (VR) अन्तर्गत भर्चुअल वास्तविकतामा एक सिमुलेटेड वातावरण सिर्जना गर्न
कम्प्युटर टेक्नोलोजीको प्रयोग गरिन्छ। सिमुलेटेड रियालिटीको कम्प्युटर
टेक्नोलोजीले प्रयोगकर्ताको संवेदी अङ्ग (Sensory Organ) सित
अन्तरक्रिया गरी भर्चुअल रूपमा डिजाइन गरिएको अनुभव, अनुभूति,
भावना र चेतनाहरू उपलब्ध गराउने गर्दछ।
संसारका वास्तविक वातावरणका पक्षहरूको
अनुभूति दिलाउन वा पूर्णतया काल्पनिक संसारहरू सिर्जना गर्न डिजाइन गरी इच्छाइएको
अनुभूति दिने नियतले सिमुलेटेड वातावरण पैदा गर्न प्रयोगकर्ताहरूलाई विशेष भर्चुअल
रियालिटी उपकरणहरू जस्तै: हेडसेट र गति नियन्त्रकहरू आदि उपलब्ध गराइने गरिन्छ।
भर्चुअल रियालिटीको अनुभवमा
व्यक्तिहरूले कम्प्युटरले उत्पन्न गरेको वातावरणमा डुबेको महसुस गर्न सक्छन्। जसमा दृश्य, श्रवण, र
कहिलेकाहीँ स्पर्शात्मक संवेदनाहरू पनि समावेश गरिएको हुन्छ। मूलतः मनोरञ्जन,
शिक्षा, प्रशिक्षण वा अन्य उद्देश्यका
लागि सिर्जना गरिएको भर्चुअल रियालिटी नियत बस डिजाइन गरिएको नियन्त्रित सिमुलेशन
विधि हुने गर्दछ।
विज्ञानमा अत्यन्त धेरै प्रयोग हुने
डिजिटल सिमुलेशनमा प्रकृतिका चाख लाग्दा सिमुलेटेड प्रोटोटाइप वा अवधारणाहरूको
विकास गर्ने गरिन्छ। जसको आधार वा जराको रूपमा निश्चित वैज्ञानिक दर्शन वा
सैद्धान्तिक आदर्श रहने गर्दछ। त्यस्ता वैज्ञानिक हाइपोथेसिसहरुले परिकल्पना गरेको
सिमुलेटेड वातावरणको प्राप्ति आधुनिक वैज्ञानिक खोजहरूमा आधारित उन्नत प्रविधिको
उपयोग मार्फत सम्भव तुल्याइने नीति अवलम्बन गरिन्छ।
डिजिटल सिमुलेशनको क्रममा विकास गरिने
वैज्ञानिक हाइपोथेसिसहरुले गरेका परिकल्पना हरूको ठोस वैज्ञानिक आधारमा पुष्टि
गर्न सकिन्छ भन्ने निश्चित नरहेता पनि सिमुलेशनको प्रयोजनको लागि परिकल्पना गरिने
मोडेलहरू वैज्ञानिक रूपमा अधिक प्रशंसनीय हुने गर्दछन्।
यथार्थमा आज हामी निकै फरक प्रकृतिको
वैज्ञानिक दुनियाँमा रहेका छौ। जहाँ विशेष
गरी एलोन मस्क जस्ता विज्ञानका ज्ञाता,
सफल अन्वेषक तथा इनोभेटरको रूपमा अत्यन्त उच्च-प्रोफाइलमा रहेका प्रसिद्ध
व्यक्तिहरू लगायतका केही मानिसहरूले हाम्रो दैनिक वास्तविकता "साँचो"
वास्तविकता हुने सम्भावना धेरै उच्च देखिँदैन भन्ने विचारहरू फरक फरक सन्दर्भमा
पटक पटक दोहराई रहेको भेटिने गर्दछ।
हामीले हाम्रो आधारभूत वास्तविकताको
भनि विश्वास गरिरहेको वैज्ञानिक वास्तविकताहरू समेत "साँचो" वास्तविकता
हुने सम्भावना एकदम कम रहेको भन्ने जस्ता विचारहरू स्थापित सफल वैज्ञानिकहरू वाट
नियमित खुलासा हुने गरेको भेटिन्छ।
कम्प्युटरको कोडिङ विकास गर्ने क्रममा
सैद्धान्तिक भौतिक शास्त्री डा. जेम्स गेट्सले सुपर सिमेट्रीको समीकरणको विशेष
कोडहरू बनाउन सफल वने। यी कोडहरू कम्प्युटर प्रणाली मार्फत हुने सूचना सम्प्रेषणको
क्रममा हुने त्रुटिहरू सच्याउने कोडहरू रहेकाले कम्प्युटर प्रणालीहरू मार्फत
प्राप्त हुने सूचना प्रणालीको विश्वसनीयतामा सुदृढ गरी कम्प्युटर लाई राम्रो सँग
काम गर्न यसले सक्षम बनायो।
उक्त कोडहरूको विकास गरिसके पछि डा.
जेम्स गेट्सले निकै गहकिलो भनाइ बाहिर ल्याए। जसमा उनले उल्लेख गरे कि हाम्रो
ब्रह्माण्डको आधारभूत संरचनाले काम गर्ने समीकरणहरू अर्थात् तरिकाहरू लाई वर्णन
गर्ने अनौठा 'कम्प्युटर कोडहरू' फेला परेका छन्। यो एउटा
यस्तो खोज हो जसले मलाई हरेक कुराको यथार्थ वास्तविकता बारे प्रश्न गर्न बाध्य
तुल्याएको छ। किनकि यसले एउटा यस्तो संसारको रहस्य उजागर गरेको छ जहाँ जीवविज्ञान,
भौतिक विज्ञान, गणित र सूचना
सिद्धान्तहरू एकै विन्दुमा मिलन हुन्छ। जुन मैले यो भन्दा पहिले कहिल्यै कल्पना
समेत गर्न सकेको थिइनँ।
डा. जेम्स गेट्सको यो भनाइले
ब्रह्माण्डमा लुकेको कोड रहन्छन् भन्ने धारणा तर्फ सङ्केत गर्दछ। यसले मानिसहरूलाई
हामीले देखिरहेको हाम्रो ब्रह्माण्ड समेत एक सिमुलेशन ब्रह्माण्ड हुने अधिक
सम्भावना रहेको बारेमा सचेत हुन र त्यस दिसामा आफ्नो अनुसन्धान र अन्वेषण गर्न
समेत गर्न अन्य वैज्ञानिकहरूलाई प्रेरित गरेको छ।
आज विशेष गरी भर्चुअल वास्तविकता र
कृत्रिम बुद्धिमत्ताले हामीले सोचे भन्दा र वैज्ञानिकहरूले यकिन गरे भन्दा पनि
अत्यन्त तीव्र गतिमा प्रगति गरिरहेको छ। यो परिपेक्षमा भविष्यमा विज्ञानले विकास
गर्ने सिमुलेशनहरू वास्तविकताको यति नजिक हुने छन् कि तिनीहरू वास्तवमै वास्तविक
हुन् वा सिमुलेटेड हुन् भनेर वैज्ञानिक आफैले बताउन सक्षम हुने छैनौँ भन्ने कुरामा
निकै ठुलो वैज्ञानिक समुदायले विश्वास गर्दछ।
विज्ञानको धर्म अनुरूप वैज्ञानिक
विधिले विचारहरू प्रमाणित हुनको लागि पहिलो सर्तको रूपमा तिनीहरू विज्ञानको
परीक्षणको खुबीको दायरा भित्र
परीक्षणयोग्य हुन आवश्यक पर्दछ। त्यसो हुन नसक्दा तिनीहरू सत्य छन् वा
छैनन् भनी विज्ञानको विश्वास योग्य परीक्षण विधि वाट प्रमाणित भएको मानिँदैन।
जस्तै: प्रकाशको गति नाप्न यसको समय हेर्ने
घडीको आवश्यकता पर्छ। जसमा एउटा बिन्दुको घडी अर्को बिन्दुको घडीसँग पनि समय
समकालिक (synchronization) भएको हुनुपर्छ। त्यसो गर्न,
पहिले दुवै घडीहरू कसरी सिङ्क्रोनाइज गर्ने भन्ने कुरा परिभाषित
गर्न अनिवार्य हुन्छ। त्यो गर्न नसकिएको कारणले हामीले प्रयोगशालामा प्रकाशको
एकतर्फी गतिलाई प्रत्यक्ष रूपमा मापन गर्न सक्दैनौं। यसको कारण के हो भने घडीको
सिङ्क्रोनाइजेसन प्रक्रिया प्रकाशको गतिको बारेमा गरिने अनुमानमा आधारित हुन्छ,
जुन आफैँमा सम्भव छैन।
तसर्थ, प्रयोगशालामा प्रकाशको गति मापन गर्न A
बिन्दुबाट B बिन्दुसम्म पठाएर फेरि A
बिन्दुमा फर्काइन्छ। यसमा A बिन्दुको
एउटै घडी मात्र प्रयोग गरिन्छ ताकि सिङ्क्रोनाइजेसनको समस्या नआओस्।
यही विधि अपनाएर जब आइन्स्टाइनले
प्रकाशको गति नाप्ने प्रयास गरे,
तब उनी सँग प्रकाशलाई A बिन्दुबाट B
बिन्दु सम्म पठाएर फेरि A बिन्दुमा
फर्काएर त्यसको समय हेर्नुपर्ने बाध्यता आयो। उनले त्यही गरे।
तर, यहाँ पनि प्रकाशलाई A बिन्दुबाट B बिन्दुसम्म पुग्न र त्यहाँ ऐनामा
ठोकिएर B बिन्दुबाट A बिन्दुसम्म
फर्कन बराबर समय लाग्छ भन्ने अनुमान गर्न जरुरी भयो। उनले यो प्रमाणित गर्न भने
सकेनन्, जुन आजसम्म प्रमाणित हुन सकेको छैन। यसलाई Einstein’s
Synchronization Convention भनिन्छ। यो प्रमाणित भएको होइन,
मात्र आइंस्टाइनले आफ्नो अनुमानमा आधारित भएर दाबी गरिएको कुरा
हो।
आइन्स्टाइनले दाबी गरेको प्रकाशको गति
जुन विज्ञानको परीक्षणको खुबीको दायरा भित्र रहेको विश्वास गरिए पनि योग्य
वैज्ञानिक परीक्षण विधिवाट आज सम्म पनि पूर्ण रुपमा प्रमाणित हुन सकेको छैन।
अनुमान र जबरजस्त समेत मिसिएको वैज्ञानिक घटनाले विज्ञानमा मान्य भएको हो।
विज्ञानमा विश्वास योग्य परीक्षण विधि
वाट प्रमाणित हुन नसकेको विषयहरू लाई विज्ञान वाट सत्य रहेको वा नरहेको भनी
प्रमाणित नभएका सिद्धान्तको रूपमा लिँदै “वैज्ञानिक रूपमा साबित हुन नसकेको” सिद्धान्त
वा अवधारणा वा हाइपोथेसिस कन्भेन्सन अन्तर्गत उल्लेखित गरिन्छ। प्रकाशको गति यति
हुने भनी विज्ञानमा भनिने आइन्स्टाइनको अङ्क समेत विज्ञबाट प्रमाणित नभएर उनको
कन्भेन्सनको हैसियतको हो।
विज्ञानमा एउटा भनाइ छ ‘ब्रेन इन ए भ्याट’। "ब्रेन इन ए भ्याट" अन्तर्गत तपाईँ लाइ कुनै वैज्ञानिक
ल्याबमा कुनै सम्भाव्यता बारे कल्पना गर्न भनिन्छ। उक्त समयमा तपाईँको मस्तिष्क विशेष प्रकारको कम्प्युटर प्रोग्राममा
जोडिएको हुन्छ। जसले बाहिरी संसारका सम्पूर्ण अनुभवहरूलाई पूर्ण रूपमा अनुकरण
(सिमुलेशन) गर्न सक्छ।
उपलब्ध सिमुलेशटेड वातावरण भित्र छिरे
पछि तपाईँलाई जुन सम्भाव्यता बारे कल्पना गर्न भनिएको हो त्यो यथार्थमा नै सम्भव
बनिरहेको तपाइले अनुभूति गर्न थाल्नु हुन्छ।
उक्त सिमुलेशटेड वातावरणको कम्प्युटर
प्रोग्रामले तपाईँको दिमागलाई नै ह्याक गरी वास्तवमै तपाईँको कल्पना यथार्थमा
परिणत भइरहेको अनुभूति तपाईँलाई गराई दिन्छ।
वैज्ञानिक क्षेत्रमा अत्यन्त ठुलो
प्रशंसा पाएको यस प्रकारको अनुभूति निर्माण गर्ने सिमुलेशन हाइपोथेसिसले आजको समयको
विज्ञान लाइ निकै ठुलो चुनौतीको सामना गर्दै अघि बढ्नु पर्ने टिठ लाग्दो अवस्थामा
पुर्याई दिएको छ। किनभने सिमुलेशन "ब्रेन इन ए भ्याट" विचारको अर्को
आकर्षक संस्करण बनिदिएको छ।
पुरानो वैदिक दर्शनका कतिपय सूचनाहरू
जुन आज सम्म पनि विज्ञानको परीक्षण क्षमता बाहिर रहेकोले प्रमाणित हुन नसकेको तर
मानिसले अनुभूति गर्न सक्ने भए जस्तै सिमुलेशन हाइपोथेसिस विज्ञानको परीक्षण
क्षमता बाहिरको विषय बनिदिएकोले उक्त परिकल्पनालाई परीक्षण गर्ने कुनै वास्तविक
प्रमाण वा तरिका नभएकोले त्यो अनुमानको श्रेणीमा मात्र रहन पुगेको छ।
सिमुलेशन विधिलाई मानिसले प्रस्ट संग
अनुभूति गर्न सक्ने भएकोले वैज्ञानिक क्षेत्रमा विज्ञानले प्रमाणित गरेको होस् वा
नहोस् त्यसको बेवास्ता गर्दै वैज्ञानिक समुदायकै अत्यन्त ठुलो प्रशंसा प्राप्त गरी
त्यसका नियमित सुधारका कामहरू तीव्र गतिमा अघि बढिरहेको छ। सिमुलेशन प्रविधिले
आश्चर्यजनक प्रगति समेत गरिरहेको छ।
स्विडिस दार्शनिक तथा अक्सफोर्ड
विश्वविद्यालयको फ्यूचर अफ ह्युमनिटी इन्स्टिच्युटका संस्थापक निर्देशक निक बोस्ट्रम उनको अस्तित्वको जोखिम, मानव शास्त्रीय
सिद्धान्त, मानव
नैतिकता वृद्धि, सम्पूर्ण मस्तिष्कको अनुकरण वा
सिमुलेसन, सुपरइन्टेलिजेन्सका जोखिम तथा रिभर्सल परीक्षण
जस्ता अत्यन्त गहिरा विषयको सन्दर्भमा उनले गरेको काम र उपलब्धिका कारण विश्वभरका
वैज्ञानिक समुदायहरू बिच चर्चित र परिचित छन्।
निक बोस्ट्रमले अनुमान गरे अनुसार आजको
सिमुलेशनको ट्रेन्डको सङ्केत अनुरूप भोलिको उन्नत समाजले अत्यन्त धेरै सिमुलेशनहरू
सिर्जना गर्नसक्ने सम्भावना प्रबल छ। यदि त्यो सम्भव भयो भने त्यहाँ व्यक्तिहरूका
वास्तविक दिमागको तुलनामा अत्यधिक धेरै सिमुलेटेड दिमागहरू अस्तित्वमा रहने छन्।
त्यसो हुँदै गर्दा सांख्यिकीय रूपमा (Statistically)
हामी आफै आफ्नो वास्तविक दिमागी रूपमा रहन सम्भव हुने छैन। आफ्नै
दिमाग र सिमुलेशन दिमाग मिली बनेको सम्पूर्ण दिमागी परिवेश भित्रको सानो, सीमित तर अर्थपूर्ण अंश मात्र रहेको दिमागधारी मूलतः सिमुलेटेड दिमाग
वा बौद्धिकताले भरिएको मानिसको हैसियतमै हामी आफै परिवर्तित हुन जाने सम्भावना
यसले थप गरिदिएको छ।
निक बोस्ट्रमको शब्दमा भन्दा भोलिका
मानिसहरूले (पोस्टह्युमनस) यदि आफ्नो विकासको इतिहासका आफ्नै प्राकृतिक बौद्धिकता
(Intellect) र अनुभूति (Cognition) प्रक्रियाहरु
महत्त्वपूर्ण सङ्ख्यामा समावेश गरी भविष्यका सिमुलेशनहरूको विकास गर्न सकेनन् भने सम्भवतः
हामी सिमुलेटेड बौद्धिकता युक्त दिमागी वातावरणमा बाँचिरहेको प्राणीमा सीमित हुने
छौ।
क्वान्टम मेकानिक्समा भइरहेको
अन्वेषणहरूले हामीलाई एउटा यस्तो संसार देखाइसकेको छ जहाँ आपसमा इनट्याङ्गल रहेका
कणहरू अत्यन्त लामो असीमित दूरीहरूमा रहेर पनि आपसमा अल्झेर वा कुनै सम्पर्क मध्यम
विना नै जोडिएर रहने सुपरपोजिसनमा रहन सक्दछ।
ब्रह्माण्डका कणहरू अवलोकन कर्ताको
उपस्थितिमा मात्र कणको रूप देखाउने तर अवलोकन कर्ता अनुपस्थित रहँदा तिनीहरू वेब
वा तरङ्गको रूपमा रहने जस्ता क्वान्टम विषमता र जटिल अन्तरसम्बन्धका वैज्ञानिक
गुणहरू सामान्य विज्ञानका म्याक्रोस्कोपिक ज्ञान, सुझाव र मान्यता आदि भन्दा पृथक् रहेको
खुलासा भएको छ। उल्लेखित नयाँ वैज्ञानिक तथ्यहरूले चेतना के हो? यथार्थमा वास्तविकता के हो? भन्ने जस्ता गहन
प्रश्नहरू हाम्रो दिमागमा जन्माई दिने गर्दछ।
आणविक विखण्डनको आधारभूत
सिद्धान्तहरूको व्याख्या गर्न निल्स बोहर सँग क्वान्टम मेकानिक्समा काम गरेका
अमेरिकन फिजिसिष्ट जोन आर्किबाल्ड व्हीलर बिसौँ शताब्दीको चर्चित सैद्धान्तिक
भौतिक शास्त्रीको रूपमा रिलेटीभिटी (सामान्य सापेक्षता), गुरुत्वाकर्षण आदि
क्षेत्रमा समेत उल्लेखनीय योगदान पुर्याएका व्यक्ति हुन्। व्हीलर ब्ल्याक होल र
खगोलीय घटनाहरूको अध्ययनमा समेत अत्यन्त अग्रणी
मानिन्थे।
जोन आर्किबाल्ड व्हीलरको अवधारणा
अनुरूप ब्रह्माण्ड निर्माणको सबैभन्दा आधारभूत मुख्य निर्माण ब्लक (Sbstratum) कुनै
पदार्थ र ऊर्जा जस्ता चीजहरू नभएर सूचनाहरू (Informations) हुन।
व्हीलरको सोच अनुरूप हाम्रो वरिपरि
हामीले देख्ने प्रकृतिका सबै चीजहरू त्यसमा मूलतः ब्रह्माण्डका प्राकृतिक चीजहरू र
ती चीजहरूले आपसमा कसरी काम गर्दछ भन्ने प्राकृतिक नियमहरू सबै तिनै सूचनाहरू (Informations) निर्मित
छन्।
सूचनाहरू निर्मित प्राकृतिक ती चीजहरू
र प्राकृतिक नियमका सिद्धान्तहरू आपसमा संयोजित भएर आधारभूत कम्प्यूटेशनल
सब्सट्रेट निर्माणगरी ब्रह्माण्डका चीजहरूमा भौतिक गुणहरूको निर्माण गर्दछ। जसले
गर्दा सम्पूर्ण ब्रह्माण्डले एक विशाल कम्प्युटरको जस्तै काम गर्दछ। ब्रह्माण्डमा
हामीले अवलोकन गर्ने चीजहरू,
घटना र परिघटनाहरू त्यहाँ रहेका सूचनाहरूको प्रशोधनको उपजको
परिणाम हुने गर्दछ।
ब्रह्माण्ड एक विशाल कम्प्युटर
सिमुलेशन जस्तै हुन सक्ने सम्भावना अधिक रहेको डिजिटल फिजिक्सको यो तर्कहरूले
सिमुलेशन परिकल्पनाको तैयार गर्ने निक बोस्ट्रम जस्ता दार्शनिकहरू गहिरो रूपमा प्रभावित
बने पछि यो तर्क डिजिटल फिजिक्सको विशेष मान्यताको पक्षको रूपमा सबैको ध्यान खिच्न
सफल लोकप्रिय विचारको रूपमा स्थापित बन्न पुग्यो।
प्रमाणित गर्ने विज्ञानको क्षमताको
अभावमा आज सम्म पनि प्रमाणित वैज्ञानिक तरिकावाट प्रमाणित भई नसकेको व्हीलरको यो
विचार हाल अत्यन्त चाख लाग्दो अप्रमाणित हाइपोथेसीसको रूपमा सूचीकृत रहेको छ।
व्हीलरको अवधारणा अनुरुप यदि सम्पूर्ण
ब्रह्माण्डले उल्लेखित कम्प्युटेसनको सिद्धान्तहरूमा आधारित रहेर एक विशाल
कम्प्युटर जस्तै काम गर्दछ भने कम्प्युटेसनको क्षेत्रमा एल्गोरिदमहरू मार्फत लेख्न
सकिने विशेष नियमका निर्देशन लेख्ने विधिहरू पछ्याएर भौतिक ब्रह्माण्ड (वास्तविक
ब्रह्माण्ड) र सिमुलेट गरिएको क्षेत्र (बनाइएको ब्रह्माण्ड) बिचमा हाल देखिएको
भिन्नता निकै हदसम्म हटाउन सम्भव हुन गइ दुवै बिच सहज सहकार्य हुने बिन्दु प्राप्त
गर्न सम्भव हुन सक्दछ। त्यसो हुन सक्दा कम्प्युटर सिमुलेशनले (बनाइएको ब्रह्माण्ड)
काम गर्ने तरिका वास्तविक ब्रह्माण्डले कार्य गर्ने तरिका जस्तै हुन सक्दछ।
तपाईँलाई तल उल्लेखित वेद वारेको सूचना
पड्दा आश्चर्य लाग्न सक्दछ। किनकि यो संसारको सृष्टि बारे वैदिक विज्ञान अन्तर्गत
निकै धेरै समय खर्च गरिएको छ। त्यसको चुरो कुराहरू निकालेर बुझ्दा तपाइले माथि
लेखिएका विज्ञानका डिजिटल सिमुलेशन र कम्प्युटेसनको सिद्धान्तहरू वारेका विवरणहरू
वेदका सूचना हरुको सार पढिरहेको अनुभूति हुन सक्दछ।
जस्तै: ऋग्वेदको नासदीय सूक्तमा १०:१२९ मा उल्लेख भएका ब्रह्माण्ड र ब्रह्माण्डको
उत्पत्ति बारे चर्चामा माथिका कतिपय कुराहरूको उल्लेख छ। उक्त सूक्तका ७
मन्त्रहरूको संक्षिप्त व्याख्या एक पटक यहाँ हेरौँ।
नासदासीन्नो सदासीत्तदानीं नासीद्रजो
नो व्योमा परो यत् ।
किमावरीवः कुह कस्य शर्मन्नम्भः
किमासीद्गहनं गभीरम् ॥ १॥
यो संसारको उत्पत्ति हुनुभन्दा पहिले न
केही न कसैको अस्तित्व थियो। न केही,
न कसैको अनस्तित्व नै थियो। शून्य (Nothings) बाट यो संसारको सुरु भएको हो। संसारको सुरुवातमा न आकाश, न हावा, न त्यो भन्दा परका अन्य केही कुरा हरू
नै थिए। सर्वत्र सागरजस्तै गहिरो र गम्भीर अन्धकार बाहेक केही थिएन।
न मृत्युरासीदमृतं न तर्हि न रात्र्या
अह्न आसीत्प्रकेतः।
आनीदवातं स्वधया तदेकं तस्माद्धान्यन्न
परः किञ्चनास ॥२॥
त्यस बेला न त मृत्यु थियो। न अमरता नै
थियो। न त अनादि पदार्थमा (पृथ्वी तत्त्व) जीवन थियो। न अमर मानिसहरू (स्वर्गमा
रहने भनी व्याख्या गरिने)
नै थिए। त्यो बेला न त दिन थियो। न त रात। त्यहाँ मात्र एउटा शाश्वत पदार्थ (जसलाई प्रकृति
भनिन्छ) थियो। जसको न कुनै आरम्भ वा प्रारम्भको विन्दु थियो। त्यो सदैव नियमित
चल्दै आएको छ।
तम आसीत्तमसा गूहळमग्रे प्रकेतं सलिलं
सर्वाऽइदम्।
तुच्छ्येनाभ्वपिहितं
यदासीत्तपसस्तन्महिनाजायतैकम् ॥३॥
प्रारम्भमा घना अन्धकार गुणी
अँध्यारोले लपेटेको पानी जस्तै अनन्त पदार्थको (तम गुणी Dark Matters) कुनै
रूप थिएन। आफ्नो स्वरूप (शाश्वत सत्य रूप) परिवर्तन नगरी आफ्नो गुणमा परिवर्तन
गर्न सक्ने शाश्वत पदार्थ (प्रकृति) थियो। सृष्टिकर्ताको रूपमा रहेको उक्त अनन्त
अखण्ड शाश्वत पदार्थको तपस्याले (अव्यक्तको व्यक्त हुने प्राकृतिक आत्मा बल)
सृष्टिको आधारभूत मुख्य निर्माण ब्लक (Substratum) अर्थात्
सृष्टि निर्माणको सबैभन्दा सूक्ष्म कण तत्त्व ब्रह्माण्ड चेतनाको (परम आत्मा /
परमात्मा अर्थात् युनिभर्सल कन्ससनेस) उत्पत्ति (प्रकट) भयो।
कामस्तदग्रे समवर्तताधि मनसो रेतः
प्रथमं यदासीत्।
सतो बन्धुमसति निरविन्दन्हृदि
प्रतीष्या कवयो मनीषा ॥४॥
सृष्टिकर्तामा सर्वप्रथम ब्रह्माण्ड
सिर्जना गर्ने इच्छा शक्ति (चाहना / विचार / भावना / इरादा) देखियो। जुन सृष्टिको
पहिलो बीज (ब्रह्माण्डीय आत्मबल वा पुरुष) थियो। जसको कारण सृष्टिकर्ताको अव्यक्त
अस्तित्व र व्यक्त अस्तित्व बिचको खाडल पूर्ति गर्ने चाहना पुरा भयो। अव्यक्त
अस्तित्व व्यक्त अस्तित्वमा प्रकट हुन् सम्भव बन्यो।
(नोट: वैदिक अवधारणामा प्रकृतिले आधारभूत ब्रह्माण्ड सामग्रीहरू लाई
जनाउने गर्दछ। जुन जुन तम गुणी अन्धकार हो। सृष्टि कर्ता हो। सम्पूर्ण व्यक्त,
अव्यक्त निर्माण ब्लक (Substratum)
तथा सबै सजीव र निर्जीव चिजहरूको मुख्य उत्पत्तिको श्रोत हो।
पुरुषले सम्पूर्ण व्यक्त,अव्यक्त तथा सबै सजीव र निर्जीव
चिजहरूको जीवन र वास्तविकता लाई नियन्त्रण गर्ने ब्रह्माण्ड
चेतनाको (ब्रह्माण्ड आत्मा वा परमात्मा) रुपी ऊर्जालाई जनाउँछ। ब्रह्माण्डीय
अस्तित्वमा रहने पुरुष समेत प्रकृति जस्तै समय र स्थान दायरा भन्दा बाहिर गुणको
रूपमा रहन्छ। प्रकृति निर्मित पुरुष सँग मिलेर प्रकृतिले आफ्नो अव्यक्तता लाई
व्यक्त गर्ने इच्छा अनुरूप व्यक्त संसारको सृष्टि गर्दछ।)
तिरश्चीनो विततो रश्मिरेषामधः
स्विदासीदुपरि स्विदासीत् ।
रेतोधा आसन्महिमान आसन्त्स्वधा
अवस्तात्प्रयतिः परस्तात् ॥५॥
अव्यक्त प्रकृतिको व्यक्त रूपमा प्रकट
हुने इच्छाले (ब्रह्माण्ड चेतना वा ब्रह्माण्डको आत्मा वा परमात्मा) शाश्वत पदार्थ
(प्रकृति) र पुरुष निर्मित सृष्टिको आरम्भ गर्ने बीजको भूमिका खेल्यो। जसले गर्दा
प्रकृति गुण र पुरुष गुण संयोजित भएर प्राकृतिक नियमको सिद्धान्त र सृष्टि
निर्माणको सूचनाको (ब्रह्माण्डीय आधारभूत कम्प्यूटेशनल सब्सट्रेट) गुण निर्माण
सम्भव बन्यो। अव्यक्तता व्यक्त गर्ने क्षमता बोकेको उक्त आधारभूत ब्रह्माण्डीय
सूचना सञ्जालको ब्रह्माण्डीय बुद्धिमत्ता बाट सूर्यको किरण आदि लगायतका ऊर्जाका लहरहरू
सर्वत्र प्रकट हुन् सम्भव बन्यो। यसरी प्रकृति र पुरुष निर्मित अ व्यक्तता व्यक्त
भएर सृष्टिको आरम्भ हुने कार्य सम्भव हुन गयो।
को अद्धा वेद क इह प्र वोचत्कुत आजाता
कुत इयं विसृष्टिः ।
अर्वाग्देवा अस्य विसर्जनेनाथा को वेद
यत आबभूव ॥६॥
आजको वर्तमानमा यो विविध प्रकारको
सृष्टिको उत्पत्ति कहिले र कसरी भयो भन्ने यकिनका साथ सम्पूर्ण सत्यता ठ्याक्कै
मिल्ने गरी कसैले पनि भन्न असम्भव प्राय छ। किनकि विद्वानहरू आफैँ संसारको सृष्टि
पछि संसारमा आएका हुन्। तसर्थ सृष्टि हुनुभन्दा पहिले के थियो र सृष्टिको कारण
यकिनका साथ यही थियो भनेर अहिले कसैले दाबी त गर्न सक्लान् तर त्यो वर्णन यथार्थ
वास्तविकता भएको निश्चय हुन सक्दैन।
इयं विसृष्टिर्यत आबभूव यदि वा दधे यदि
वा न ।
यो अस्याध्यक्षः परमे व्योमन्त्सो अङ्ग
वेद यदि वा न वेद ॥७॥
त्यसैले हे सम्पूर्ण विद्वानहरू हो, सृष्टिको स्रोत के
हो? यसको निर्माता को हो? ब्रह्माण्डको
नियन्त्रक (प्रमुख शक्ति वा देवता) को हुनु हुन्छ, उहाँ
कहाँ के गर्दै हुनुहुन्छ जस्ता
कुराहरू तपाइले पहिचान गर्ने कोसिस गर्नुहोस्। तपाईँले तपाइको आफ्नै चेतनाको
सहयोगले यसलाई पहिचान गर्न सक्नु भएन भने अरूले तपाईँलाई वहाँसँग कसरी परिचित
गराउन सक्छ र?
हाम्रो लागी अत्यन्त चाखलाग्दो पक्ष के
छ भने उल्लेखित बाहेकका अन्य धेरै सन्दर्भहरूमा समेत जब हामी वेद तथा वेदमा आधारित
कथाहरूमा उल्लेख भएका विभिन्न दर्शन,
ऋचा, भजन, कविता,
सङ्गीत आदिमा रहेको वैज्ञानिक दृष्टिकोण बारे गहिरिएर अनुभूति
गर्ने प्रयास गर्दछौ तब हामीले त्यहाँ आधुनिक सैद्धान्तिक भौतिकी तथा सिमुलेशन
वारेका परिकल्पनाहरूको प्रस्ट सङ्केत रहेको, हालको आधुनिक
विज्ञानका चिन्तनहरूको समकक्षी चिन्तनहरू समेत प्रस्तुत भएको भेटिन्छ।
वेद तथा वेदमा आधारित कथाहरूमा हाम्रो
अगाडी देखिने वास्तविकताहरूका विभिन्न स्तर र तहहरूसँग तुलना गरिएको छ। हामीले
देखिरहेको संसार वास्तविक संसार हो वा
त्यो एक सिमुलेशन हो (लामो सपना) हो?
के हामी सिमुलेशन (लामो सपना ठानिने जाग्रत् अवस्था) लाई जीवनको
वास्तविकता मानी बाँची रहेका त छैनौ ? हामीले देखेको
संसार वा वास्तविकता यथार्थ नरहेर सिमुलेशन (लामो सपना) त होइन?
सिमुलेशन (लामो सपना) हुने सम्भावना
कस्तो छ भन्ने जस्ता क्षेत्रको आधुनिक विज्ञानको सांसारिक वास्तविकता र सिमुलेशन विषयमा भई रहेका खोजी उन्मुख दर्शन, हाइपोथेसिस र
डिजिटल सिमुलेशन कार्यमा हुँदै गरेका चर्चाहरूको समानान्तर चित्रणहरू समेत वेद तथा
वेदमा आधारित कथाहरूमा भेटिने गर्दछ।
त्यसको केही पक्ष बुझ्न अथर्व वेदीय
माण्डूक्यो -पनिषदमा उल्लेख भएको हाम्रो चेतनाले कसरी काम गर्छ भन्ने कुराको
संक्षिप्त व्याख्या एक पटक हेरौँ।
ओमित्येतदक्षरमिदं सर्वं
तस्योपव्याख्यानं भूतं भवद्भविष्यदिति सर्वमोङ्कार एव।
यच्चान्यत्त्रिकालातीतं तदप्योङ्कार
एव ॥
॥ माण्डूक्योपनिषद १॥
व्यक्त अव्यक्त अविनाशी ब्रह्माण्डलाई
समग्रमा ॐ शब्दले व्यक्त गर्दछ। भूत,
वर्तमान र भविष्यमा जे थियो, जे छ,
जे हुनेछ तथा भूत, वर्तमान र भविष्यमा
विभक्त भएको समयको सीमाभन्दा बाहिर रहेको सम्पूर्ण अस्तित्व समेतको
समग्रतालाई सङ्केत गर्ने शब्द ॐ हो।
[नोट: यी पङ्क्तिहरूले आदिम ध्वनिको रूपमा ॐ रहेको अवधारणा दिएको छ। ॐ
ध्वनि वास्तवमै अस्तित्वमा समेत रहेको छ। ॐ ध्वनिले समग्रताको प्रतिबिम्बित गर्ने अवधारणा यहाँ प्रस्तुत छ। ॐ ध्वनिले
ब्रह्माण्डमा अन्तर्निहित एकल वास्तविकतालाई सङ्केत गर्ने कुरा
समेत प्रस्ट गरिएको छ। जसलाई सिमुलेशनको आधारभूत कोड सँग तुलना गर्न सकिन्।
सिमुलेशनको आधारभूत कोडहरू प्रयोग गरी विज्ञानमा सीमित डिजिटल सिमुलेशन सम्भव
बनिरहेको हालको परिप्रेक्ष्यमा ॐ ध्वनिले सङ्केत गरेको आधारभूत कोडहरू विकास गर्न
सक्दा हाल विज्ञानले गर्न सकेको सीमित डिजिटल सिमुलेशनलाइ प्रकृतिको वास्तविक
यथार्थ नजिकको हदको सम्पूर्ण अनुभवहरू उत्पन्न गर्न सक्ने डिजिटल सिमुलेशन सम्भव
रहने हाइपोथेसिस माण्डूक्योपनिषद-१ मा रहेको देखिन्छ।]
सर्वं ह्येतद्ब्रह्मायमात्मा ब्रह्म
सोऽयमात्मा चतुष्पात् ॥ ॥ माण्डूक्योपनिषद २ ॥
सम्पूर्ण ब्रह्माण्ड एक अनन्त-ब्रह्म
हो। आत्मा ब्रह्म हो। आत्मा चतुष्पति
(चार पक्षको) छ। यसको भावार्थ हुन्छ: ब्रह्माण्ड शाश्वत ब्रह्म हो। स्वयम् सनातन हो। आत्मा ब्रह्म सर्वत्र
रहने ब्रह्म सत्य र पूर्ण वास्तविकता हो। आत्मा स्वयम् पनि ब्रह्म हो। परम यथार्थ
हो। आत्मा र आत्मा ब्रह्म सबैको चार पक्षहरू छन् । जस द्वारा आत्मा र आत्मा ब्रह्म
सञ्चालित हुन्छन्।
[नोट: माण्डूक्योपनिषदको दोस्रो मन्त्रले आत्मालाई चतुष्पति वा चार चौथाइ पदको रूपमा वर्णन गर्दछ। पहिलो
तीन चौथाइलाई जागृत, स्वप्न र सुषुप्ति (गहिरो निद्रामा
पुगेको र सपना समेत नदेखेको) तीन अवस्थाहरूको रूपमा परिचित गराउने गर्दछ। जसलाई
क्रमशः विश्व, तैजस र प्रज्ञा अवस्था भनिएको छ। विश्व,
तैजस र प्रज्ञा तीन अवस्थालाई पार गर्ने (Transcends) चौथो अवस्थालाई तुरिया अवस्था भनिएको छ। तुरियाको अर्थ चतुर्थ अर्थात्
चौथो भन्ने लाग्दछ।
तुरिया अवस्था आत्मा वा चेतनाको वास्तविक प्रकृति हो। आत्मा वा चेतनाको
वास्तविक प्रकृति तुरिया अवस्था जागृत,
सपना र सुषुप्तिको अवस्थाहरूमा संलग्न हुने विविध प्रकृतिका
लगावहरूले (Attachments - एट्याचमेन्टहरू) पैदा गर्ने सीमितता हरूको कारण दर्द युक्त (सफर गर्नु
पर्ने- Suffering) अवस्थामा पुग्दछ। जीवन दर्द युक्त
(सफरिङ्गका विषय वस्तुहरू थोपरिदिने) पारिदिने एट्याचमेन्टको पक्षहरू वाट आत्मालाई
मुक्त गर्न सक्दा मात्र परम आनन्द वा आत्माको तुरिया अवस्था प्राप्त गरी जीवनमा
मुक्ति प्राप्त गर्न सकिन्छ।]
जागरितस्थानो बहिःप्रज्ञः सप्ताङ्ग
एकोनविंशतिमुखः स्थूलभुग्वैश्वानरः प्रथमः पादः ॥
॥ माण्डूक्योपनिषद ३ ॥
पहिलो पक्ष वैश्वानर अर्थात्
संसार-पुरुष भनिने जाग्रत् अवस्था हो। जुन बाह्य जगतको बारे जानकारी राख्दछ।
त्यसको लागि ऊसँग सात अङ्गहरू र उन्नाइस उपायहरू (ढोका) छन्। त्यसले स्थूल वस्तुको
(भौतिक संसार) भोग गर्दछ। भौतिक संसारको भोगको अनुभूति र आनन्द लिन्छ।
[व्याख्या: जब आत्माले जागृत अवस्थाको अनुभव गर्छ र स्थूल अर्थात्
देखिने बाह्य वस्तुहरूमा आफूलाई जोड्दछ तव त्यसलाई वैश्वानर भनिन्छ। वैश्वानर शब्द
अर्थ “त्यो प्राणी हो जसले जागृत संसारको अनुभव गर्छ र
सबैले अनुभव गरेको समानतामा भाग लिन्छ” भन्ने लाग्दछ।
वैश्वानर शब्द मानव अवतारमा मात्र सीमित नभई संसारलाई कुनै पनि अर्थमा देख्ने सबै
मूर्त प्राणीहरूका लागि प्रयोग गरिन्छ। वैश्वानरले व्यक्तिलाई सम्पूर्ण विश्व वा
जागृत अवस्थाको ब्रह्माण्डको अनुभव गराउन नेतृत्व दिन्छ। किनभने यो अवस्थामा
आत्माले आफैँलाई गलत पहिचान गरी जागृत वस्तुहरूसँग गहिरो लगाव (Attachment
- एट्याचमेन्ट) गाँस्न पुग्दछ। त्यस्तो परिस्थितिले आत्मालाई
पूर्ण रूपमा बाह्यता तर्फ वा सांसारिक वस्तुहरूमा उन्मुख पारिदिन्छ। भौतिक जीवन,
विज्ञानमा र अविद्यामा रमाउने गर्दछ। आत्माले आफूलाई थाहा पाउने
अवसर गुमाउँछ। भौतिक जीवन, विज्ञानमा र अविद्याको क्षेत्र
वाट अघि बढेर आत्मा ज्ञान र विद्याको क्षेत्रमा आफूलाई पुर्याउन मेसो
पाउँदैन। यसलाई उपनिषदिक मन्त्र ३ ले
बहिष्प्रज्ञाको रूपमा वर्णन गरेको छ। जसको अर्थ यो बाह्य वस्तुहरूसँग बाँधिएको छ।
आत्माको संसारसँगको यो सम्पूर्ण लगाव युक्त सम्बन्धले बन्धन निम्त्याउने
गर्दछ। देखेको र अनुभव र अनुभूति गरेको
चीजहरू लाई आत्माले गलत रूपमा बुझेर तिनै संग बलिष्ठ रूपमा बाँधिएको देखिन्छ। यद्यपि
आत्माले ती बस्तुहरूलाई गरेको पहिचान वास्तविक नरहेर अल्पकालीन तर अनिवार्य भ्रम
वा मायावी खेल हुने गर्दछ। स्वयं वारेको ज्ञानको अभाव वा आत्म अज्ञानताको कारणले
वैश्वानर अवस्थामा आत्मा आफैँलाई बाह्य वस्तुहरूसँग पहिचान, गर्ने, तिनै संग भुतुक्कै हुने गरी आफ्नो लगाव (Obsession) विकास गरी आफ्नो जीवनकाल व्यतीत गर्न पुग्दछ।]
[वैश्वानरका स्थूल वस्तु अनुभूति गर्ने उन्नाइस वटा उपायहरू (मार्गहरू)
रहेको भनिन्छ। त्यसमा पर्ने पाँच
ज्ञानेन्द्रियहरूमा (बुद्धि इन्द्रियहरू) नाक, कान,
जिब्रो, आँखा, छाला;
पाँच कर्मेन्द्रियमा मुख (वाणी), हात
(ग्रहण), गोडा (गति), गुदद्वार
(उत्सर्जन) र उपस्थ (गुह्यद्वारा - उत्पत्ति) पर्दछ। त्यस्तै पाँच श्वास अन्तर्गत बाहिर फालिएको श्वास (प्राण), भित्र लिइने आगमन श्वास (अपान), वितरणात्मक
श्वास (व्यान), तरल पदार्थमा घुलिएर फैलिने श्वास (उदान)
र डकार आदि जस्ता स्वतन्त्र शरीर वाट बाहिरिने वायु (समान) पर्दछ। अन्त करणमा समावेश हुने मन (Mind), बुद्धि (Brain i.e., Intellect), अहङ्कार (Ego)
र चित्त (स्मरण, स्मृति वा Memmory)
समेत स्थूल शरीरको भाग अन्तर्गत पर्दछ। पाँच ज्ञानेन्द्रिय, पाँच
कर्मेन्द्रिय, पाँच श्वास अर्थात् प्राण तथा चार अन्त करण
गरी उन्नाइस तरिकालाई स्थूल शरीरको स्थूल संसारको भोग गर्ने उपाय वा उन्नाइस
द्वारहरू भनिन्छ।
त्यसको लागि शरीरले मूलतः सात विशिष्ट
अङ्गहरू (सप्ताङ्ग) नाक, कान,
जिब्रो, आँखा, छाला
(यौन अङ्ग), मस्तिष्क (मन,बुद्धि,
अहङ्कार र चित्त) तथा तिनीहरूको व्यवस्थापन संयोजन गर्ने अभौतिक
अवलोकन कर्ता आत्मा गरी सात अङ्गहरू मानिन्छ। मात्र अवलोकन कर्ताको रूपमा रहने
आत्मा द्वारा संयोजन नहुँदा जीव जीवित नरहने हुँदा पहिलो तह वैश्वानरको स्थूल वा भौतिक संसारको भोग गर्न उपयोग हुने
अङ्गहरूमा अप्रत्यक्ष अङ्गको रूपमा आत्माको पनि समावेश जरुरी भएको हो।
वैश्वानरलाई आत्मा ब्रह्मको चार
पक्षहरू मध्येको पहिलो एक चौथाइ तह किन मानिएको हो भने विराट स्थूल शरीरको
समग्रताबाट यो पक्ष भिन्न छैन। पहिले वैश्वानरको प्राप्ति पछि मात्र अन्य तिन तहको
प्राप्ति सम्भव रहने हुँदा वैश्वानर लाई प्रथम चतुर्थांश (प्रथम पद) भनिन्छ।
विज्ञानको दृष्टिमा सात इन्द्रियमा नाक (Smell), कान
(Hearing), जिब्रो (Taste), आँखा
(Sight) र छाला (Touch) को पाँच चेतना,
भेस्टीभुलरको (Vestibular) बाह्य चेतन
(गुरुत्वाकर्षण, चाल र सन्तुलनको अनुभूति) र प्रोप्रियोसेप्शनको
(Proprioception) बाह्य चेतन (शरीरको भागहरूको सापेक्ष स्थितिको
र तिनीहरू लाई चलाउन पर्दा प्रयोग गरिने उचित दबाब वा शक्तिको अनुमान) लाई
मानिन्छ। जुन औषधि विज्ञान गहिरिएर पूर्ण यथार्थको ज्ञान लिन नसक्दाको अवस्थाको
आंशिक सत्यता हो।]
[ब्रह्माण्डको हकमा सात अङ्गको अवधारणा छान्दोग्योपनिषद् ५.१८.२ मा
भेटिन्छ। ब्रह्माण्डको शिर उसको स्वर्ग हो। सूर्य उसको आँखा हो। वायु उसको सास हो। आगो उसको हृदय हो। पानी उसको
पेट हो। पृथ्वी उसको खुट्टा हो। आकाश (अन्तरिक्ष) उसको शरीर हो। वैदिक सामाजिक
कार्यहरूमा अग्निहोत्र यज्ञको तीन अग्नि मध्येको एक आहवानी अग्नि अर्थात् बलिदानको
रूपमा अर्पण गरिने यज्ञको अग्निलाई ब्रह्माण्डको मुखको रूपमा लिने गरिन्छ।]
स्वप्रस्थानोऽन्तःप्रज्ञः सप्ताङ्ग
एकोनविंशतिमुखः प्रविविक्तभुक्तैजसो द्वितीयः पादः॥
॥ माण्डूक्योपनिषद ४ ॥
दोस्रो पक्ष सपनाको अवस्था हो।
स्वप्नले भित्री जगत र अन्तर्मनको ज्ञानीको सम्बन्धको सूचना वा जानकारी दिन्छ।
सूक्ष्म वस्तुको अनुभूति मार्फत सपनाले आनन्दको अनुभूति गराउने गर्दछ। स्वप्नको
अनुभूति गर्ने सात अङ्गहरू छन् । जसले उन्नाइस उपायहरू (द्वार वा पथहरू) वाट सूक्ष्म जगत बारेको
जानकारी राख्दछ। सपना मानिसको उज्ज्वल अर्थात् तेजोमय मनमा निवास गर्दछ।
[व्याख्या: माण्डूक्य उपनिषदको मन्त्र ४ ले तैजसको बारेमा विस्तृत
अवधारणा दिन्छ। तैजसको अर्थ स्वयंको सपनाको संसार भन्ने रूपमा यहाँ लिइएको छ। चार
भागमा विभक्त आत्माको दोस्रो भाग मानिने स्वप्नमा जागृत अवस्थामा सङ्कलन भएका भौतिक संसारका छापहरू वास्तविकता मै मूर्त भएको
अनुभव सपनामा हुने गर्दछ। सपनाले कुनै अभौतिक छाप वा कल्पना आदि लाई वास्तविक
वस्तुहरूको भौतिक रूपमै आत्मालाई अनुभूति गर्ने अवसर उपलब्ध गराउने गर्दछ। अभौतिक
छाप वा कल्पना आदि लाई सपनामा भौतिक वस्तुको रूपमा अनुभव गर्ने आत्मालाई तैजस
भनिन्छ।
जागृत अवस्था जागृत अवस्थाको अवलोकन
कर्ता अर्थात् ज्ञानी र जागृत संसार बिच विभिन्न अन्तरक्रिया हुन्छ। हाम्रो
दिमागले वरपरको संसारसँग अन्तरक्रिया गर्छ। हामीलाई ती चीजहरू, व्यक्तिहरू र
विचारहरूसँग जोडिदिन्छ। हाम्रो मस्तिष्कले वास्तविकता मै संसारसँग भइरहेको
अन्तरक्रिया अनुरूप काम गरी त्यसको अनुभूति कसरी लिने र दिने, ती चीजहरू कसरी गर्न सकिन्छ र उपकरणहरू कसरी प्रयोग गर्न सक्छौँ भन्ने
बारे सोच्दछ।
त्यसको प्रभाव आदिको हामीमा अभौतिक छाप
वा कल्पना विकास गरिदिने गर्दछ। जब हामी सपना देख्छौँ, त्यहाँ विशेष
तरिकाको केही त्यस्तै समान अनुभूति हामीलाई हुन्छ। हाम्रा सपनाहरूले एउटा संसार
सिर्जना गर्दछ, जुन हामीलाई वास्तविक लाग्दछ। यद्यपि ती
वास्तविक होइनन्। तर स्वप्न अवस्थामा हाम्रो मस्तिष्कले संसारको एक अद्वितीय
संस्करण बनाउँछ जुन हामीले हामी जागृत अवस्थामा रहेको जस्तै त्यसलाई देख्न र छुन र
यथार्थ मै प्राप्ति गरेको अनुभूति लिन सक्छौँ।सपनाको अवस्थामा केही अनौठो तरिकामा
पुनः उत्पादन गरिएका बाहिरी मूर्त देखिने संसारको सिर्जना हुन्छ।
जब हाम्रो दिमाग चल्दछ (स्पन्दन)
तिनीहरूले हामीलाई चीजहरू देखाउँछन्। यी चीजहरू भौतिक रूपमै त्यहाँ छन् जस्तो
देखिन्छ, तर तिनीहरू वास्तवमा केवल दिमागका गतिविधिहरू मात्र हुने गर्दछ। तर पनि
भौतिक रूपमै आफूले तिनीहरूको अनुभूति लिएको छापहरू हाम्रा दिमागमा रहिदिन्छन्।
हाम्रो दिमागले सपनामा अज्ञानता बस
आफ्नो अविद्या (भौतिक ज्ञान),
त्यसको प्राप्तिको चाहना
वा इच्छा (काम तथा लगाव) र कर्म (सिमुलेसन कार्य) मार्फत हामीलाई वास्तविक रूपमै
आफूले प्राप्ति गरेको लाग्ने चीजहरूको सिर्जना गर्दछ। यहाँ कार्यले हामी ब्युँझँदा
देखिने वा स्मरणमा रहने छापहरू बनाउनेलाई जनाउने गर्दछ। हामी सपनाको अवस्थामा
रहेको दिमागको अज्ञानताले हाम्रो आफ्नै इच्छा लाई प्रबल गर्दछ। उक्त इच्छा
प्राप्तिको चाहनाले इच्छाएको कार्य पुरा गर्न
तर्फ हामीलाई डोर्याउँछ, र उक्त कर्मले हामीमा
उक्त कार्य प्राप्ति भएको छाप छोड्न भूमिका खेल्दछ।
हामी ब्युँझिएकै अवस्थाको प्रभावहरूका
कारण हाम्रा दिमागहरूले सपना देख्छन् मानौँ तिनीहरू जागा अवस्थामा नै छन्। एउटा
क्यानभासमा काम गर्ने कलाकारले जस्तै जागृत संसारको सानो टुक्रा सपनाहरूमा
देखिन्छ। यथार्थमा हाम्रो दिमागले जागृत अवस्थाको प्रभावलाई सपनाहरूमा पुनः प्ले
गर्दछ, जसले
गर्दा हामी सपना देख्दा पनि हामी जागा छौँ जस्तो महसुस गराउँछ। फलतः सपनीमा हामी
सिमुलेटेड जागृत अवस्थाको अनुभूति
लिइरहेका हुन्छौ।
जागृत अवस्थामा हामी संग मन थियो।
सपनाको अवस्थामा जागृत अवस्थामा मनले बनाएको अनुभवको स्मरण (चित्त) निर्मित छापबाट
उत्पन्न चित्त वृत्तिले सपनीमा सिमुलेटेड बिपनी स्थापित गर्ने अवधारणा माण्डूक्य
उपनिषदको मन्त्र ४ मा उद्धृत छ।]
यत्र सुप्तो न कञ्चन कामं कामयते न
कञ्चन स्वप्नं पश्यति तत्सुषुप्तम् ।
सुषुप्तस्थान एकीभूतः प्रज्ञानघन
एवान्दमयो ह्यानन्दभुक्चेतोमुखः प्राज्ञः तृतीयः पादः ॥
॥ माण्डूक्योपनिषद ५ ॥
गहिरो निद्राको सुषुप्तिको अवस्थामा
सुत्नेले न कुनै सुखद कुराको चाहना राख्दछ न कुनै दुखको नै अनुभूति गरिरहेको
हुन्छ। आत्माको जम्मा चार तहको तेस्रो अंश (पद) प्रज्ञा हो। सुषुप्त अवस्थामा
अवलोकन कर्ता भेद भाव विहीन द्रष्टाको रूपमा एकीभूत: (पूर्ण रूपमा एकमात्र
अस्तित्वमा) रहन्छ।
[व्याख्या: न कुनै कामना, न कुनै इच्छाको लालसा,
न कुनै सपना देखेको अबस्थामा सुतेको अबस्था पूर्ण निद्राको
अवस्था हो। पूर्ण निन्द्राको अवस्थालाई सुषुप्तिको अबस्था भनिन्छ। सुषुप्तिको
अबस्थामा प्रज्ञाघन अर्थात् ज्ञान समेत
संकुचित भएर अविच्छिन्न चेतना संग एकीकृत
हुन पुग्दछ। जसले गर्दा त्यहा मात्र निर्मम शान्ति र केवल परम आनन्द (Just
Bliss) मात्र बाँकी रहन्छ।
प्रज्ञा चेतना सङ्कुचित भएर बनेको
अत्यन्त गाडा घनत्वको उक्त प्रज्ञानघनः (Prajñānaghanaḥ) सुषुप्त अवस्थामा आनन्दको अनुभूति गर्दै (ānandabhuk) आनन्दमय (Blissful - ānandamayaḥ) अवस्थामा
पुग्दछ। सपना र जागृत अवस्थाको अनुभव गर्ने द्वार (cetomukhaḥ) सुषुप्ति हुने गर्दछ। ]
[माण्डूक्य उपनिषद्ले सुषुप्तिको अवस्थालाई जाग्रत् र स्वप्नको दुवै
अवस्थाहरू भन्दा फरक मान्दछ। किन भने सुषुप्तिको
अवस्थामा न त सपना अवस्थाको सपनाका संसार र वस्तुहरूको अनुभूति हुन्छ न त जाग्रत्
अवस्थामा हुने जस्तै सांसारिक भोगको अनुभूति हुने गर्दछ। जाग्रत् समयमा बाहिरी
स्थूल वस्तुहरूको भोगको अनुभूति हुन्छ। सपनाको समयमा स्मरणले पैदा गर्ने
कल्पनाको संसारको उत्पादनको भित्री सूक्ष्मताको अनुभवका
अनुभूतिहरू प्राप्त हुन्छ।
न त बाहिरी संसारको भोग, न त भित्री संसारको
अनुभूति गर्दै गरेको सुषुप्त अवस्था एउटा यस्तो विशेष अवस्था हुने गर्दछ जसमा
विभेद रहित एकीकृत चेतनाको मात्र उपस्थिति रहन्छ। स्वप्नको
अवस्था वाट गुज्रिएको समय र सुषुप्तिको अवस्था वाट गुज्रिएको समय जाग्रत् अवस्थामा
आउँदा समेत अनुभूतिको रूपमा बस्दछ। सपना देखेको र भुसुक्कै निदाएको दुवै
अनुभूतिहरू हाम्रो सूचनामा रहने गर्दछ। यो परिघटनाहरूले सुषुप्तिको अवस्थामा
भुसुक्कै निदाएको सूचना राख्ने तथा सपना देखेको समेत सूचना राख्ने कुनै
अवलोकनकर्ता अस्तित्वमा रहेको पुष्टि गर्दछ।
सुषुप्ति अवस्थाको चेतनालाई प्रज्ञा
भनिएकोले प्रज्ञालाई विभेद रहित रूपमा आनन्द संग रहने अवलोकन कर्ता मानिन्छ। त्यसको प्रकृति
शान्त र मौन हुन्छ। त्यसैले अवलोकन कर्ताले समेत आनन्दमय अवस्थामा गुज्रिएको
अनुभूतिको सूचना राख्दछ।
जागृत अवस्थाको तुलनामा गहिरो निद्राको
सुषुप्त अवस्था अत्यन्त छोटो र अस्थायी हुने
व्यवहारिक छाप व्यक्तिमा परेको हुन्छ। त्यो जीवित अवस्थाको अनुभवमा आधारित अनुभूति हो। वैदिक अवधारणा अनुसार
आत्मा परम सत्य रूपको हुने र त्यसको वास्तविक स्वरूप आनन्दमय सुषुप्त अवस्थाको
रहने हुँदा सुषुप्त अवस्थाको आत्माको लगाव जब बाहिरी संसारका स्थूल बस्तुहरूको
भोगमा लिप्त हुन्छ तव त्यहाँ जागृत अवस्था उत्पन्न हुन्छ। जब आत्मा आन्तरिक कल्पनाको संसारको उत्पादन
रुपी भित्री दुनियाँको सूक्ष्मताको अनुभूति गर्न अल्पकालीन रूपमा पुग्दछ तव त्यहाँ स्वपन
अवस्था उत्पन्न हुन्छ।]
एषः सर्वेश्वर एष सर्वज्ञ
एषोऽन्तर्याम्येष योनिः सर्वस्य प्रभवाप्ययौ हि भूतानाम् ॥
॥ माण्डूक्योपनिषद ६॥
प्रज्ञा नै सर्वज्ञानी सबैको अवलोकन
कर्ता हो। सबै जीवको जीवितताको कारण र अन्तिम सत्य पनिहो। सर्वत्र सबै भित्र वास
गर्ने सम्पूर्ण जगतको पालन कर्ता अर्थात् मालिक हो।
नान्तःप्रज्ञं न बहिःप्रज्ञं
नोभयतःप्रज्ञं न प्रज्ञानघनं न प्रज्ञं नाप्रज्ञम् ।
अदृष्टमव्यवहार्यमग्राह्यमलक्षणमचिन्त्यमव्यपदेश्यमेकात्मप्रत्ययसारं
प्रपञ्चोपशमं शान्तं शिवमद्वैतं चतुर्थं मन्यन्ते।
स आत्मा स विज्ञेयः ॥
॥ माण्डूक्योपनिषद ७ ॥
चेतनाको वास्तविक अवस्था बाह्य अनुभव (External World) वा
आन्तरिक विचार र भावनाहरू (बाह्य संसार वा भित्री छापहरू Inward
Impressions) दुबैमा निर्भर हुँदैन। चेतना हामीले दैनिक जीवनमा
अनुभव गर्ने सामान्य चेतनशीलता (शुद्ध चेतना Pure Consciousness) होइन। न त यो हामीले गर्ने पूर्ण बेहोशी को अनुभवको (अचेतनको Unconsciousness)
अवस्था नै हो। हामीले अनुभूति समेत गर्न नसकिने (Imper-ceptible),
हाम्रा कुनै कुरा संग समेत सम्बन्धित नरहेको (Unrelated),
कुनै तरिका वाट समेत प्राप्त गर्न नसकिने (Unachievable
Through Any Action) चेतना; सामान्य
कारण र प्रभावका सम्बन्ध भन्दा पनि बाहिर (beyond the usual
cause-and-effect relationships ) छ। यसलाई कुनै चिन्ह वा विशेषताहरू वाट (Devoid of
Any Insignia) समेत परिभाषित गर्न सकिँदैन। हाम्रो भाषाको दायरा
र विचारको दायराको उपयोग गरेर (Beyond Contemplation, In-describable) यसलाई बुझ्न वा वर्णन गर्न समेत (Transcends the limits of
conceptualization ) सकिँदैन।
हामीले बुझ्नको लागि प्रयोग गर्ने
सापेक्ष तुलनाहरूको कुनै परिभाषामा समेत (Beyond
All Relative Definitions) यसको व्याख्या हुन सक्दैन। चौथो चरण
वा खण्डको विशुद्ध अद्वैत चैतन्य स्वरूपको आत्म-चेतन (Purely
self-conscious) अर्थात् आत्मा (Atman) आनन्दमय
र शान्त अवस्थामा (Blissful Stillness) अवस्थित हुन्छ।
आनन्दमय शान्त अवस्थामा अवस्थित आत्म-प्राप्ति (Achieving a deep and
profound level of self-awareness, beyond the usual bounds of conscious and
unconscious experiences) नै हाम्रो जीवनको अन्तिम (Ultimate
goal of self-realization) लक्ष्य हुने गर्दछ।
सरल शब्दहरूमा उल्लेख गर्दा
आत्म-जागरूकताको गहिरो र अद्भुत स्तर (Achieving a deep and profound level
of self-awareness) सचेत र अचेतन दुवै अनुभवको सीमाभन्दा बाहिरको
(Beyond the usual bounds of conscious and unconscious experiences) सन्तुष्टि र तृप्तिको स्थिति (Leads to a state of contentment
and fulfillment) उन्मुख हुन्छ।
सोऽयमात्माध्यक्षरमोंकारः।
अधिमात्रं पादा मात्रा मात्राश्च पादा
अकार उकारो मकार इति ॥
॥ माण्डूक्योपनिषद ८॥
मौखिक रूपमा व्यक्त गरिने अ, उ र म तीन वटा
ध्वनिहरू मिलेर बनेको शब्द ॐ (ओम्) कार अर्थात् ओमकार (Om-maker) ध्वनी लाई आत्माको प्रतीकको रूपमा लिने गरिन्छ।
जागरितस्थानो वैश्वानरः अकारः प्रथमा
मात्राप्तेरादिमत्त्वाद्वा ।
आप्नोति ह वै सर्वान् कामानादिश्च भवति
य एवं वेद ॥ माण्डूक्योपनिषद ९॥
मानिसको आत्म वा आत्म-अस्तित्वको सार (The Self or self-existent essence
of human beings) लाई वैश्वानर (Vaishvanar) भनिन्छ। वैश्वानर एक विश्वव्यापी प्राकृतिक ऊर्जा (Universal
Aspect or Universal Energy) प्रतिनिधित्व गर्ने शब्द हो।
आध्यात्मिक परम्पराहरूमा ॐ लाई एक पवित्र ध्वनिको रूपमा लिने गरिन्छ। ॐ को पहिलो
ध्वनी 'अ' ले वैश्वानरको
प्रतिनिधित्व गर्दछ। जुन विश्वव्यापी रूपमा (Universal or Divine) कम्पनको रूपमा (Vibrational Mode) सदा सर्वदा
सर्वत्र (Omnipresent)
रहन्छ।
पूर्णरूपमा जागा र सचेत (Fully Awake and Aware) रहँदाको (जाग्रत् अवस्थामा - State of Wakefulness) हरेक व्यक्ति विश्वव्यापी प्राकृतिक वा ईश्वरीय शक्ति सँग जोडिन खोजिरहेको हुन्छ। जाग्रत्
अवस्थामा विश्वव्यापी कम्पन संग (Universal Being) नियमित
जोडिएर आफ्नो जीवन यापन सम्पन्न गर्न सफल बन्ने (प्राकृतिक नियम मैत्री जीवनयापन
रोज्ने) व्यक्तिहरू आफ्ना जीवनका लक्ष्यहरू प्राप्त गर्दै आध्यात्मिक क्षेत्रमा
महत्त्वपूर्ण स्थान प्राप्त गर्न सफल बन्ने (Fulfill their desires and
attain a high or significant position in their spiritual journey or life) गर्दछन्।
स्वप्नस्थानस्तैजस उकारो द्वितीया
मात्रोत्कर्षादुभयत्वाद्वा ।
उत्कर्षति ह वै ज्ञानसंततिम् ।
समानश्च भवति ।
नास्याब्रह्मवित्कुले भवति य एवं वेद ॥
॥ माण्डूक्योपनिषद १०॥
आफूलाई ईश्वरीय वा आध्यात्मिक
उपस्थितिसँग जडान गर्न खोजिरहेका व्यक्तिहरू आफ्नो उज्ज्वल भविष्य उन्मुख हुने
गर्दछन्। ॐ को मध्य ध्वनी 'उ' ले
उज्ज्वल (Radiant) वा भित्री ऊर्जा (Inner
Energy) को प्रतिनिधित्व गर्दछ। भित्री उज्ज्वल ऊर्जा (Inner
Radiant Energy) अधिक शक्तिशाली र उत्कृष्ट तेजस (Taijasa)
शक्ति हो।
भित्री उज्ज्वल ऊर्जाको खोजी गर्नेहरू
परम आध्यात्मिक वास्तविकता (Ultimate
Spiritual Reality) बाट अनभिज्ञ वा विच्छेदन (Ignorant of
or disconnected) रहने स्थिति हुँदैन। उत्कृष्ट भित्री ऊर्जाको
सँगको नियमित सक्रियताको कारण व्यक्तिले जीवनलाई सन्तुलित र संयोजित तरीकामा
सञ्चालन गर्ने (Attain Equanimity of Conduct) कुशल
बुद्धि (Achieve Increased inflow of Wisdom or Knowledge) तथा ज्ञान प्राप्त गर्दछ।
बुद्धि प्राप्त गर्न, सन्तुलित जीवन
बिताउन र आफ्नो परिवारमा आध्यात्मिक समझको स्थापनाको सुनिश्चितता गर्न व्यक्तिलाई
भित्री उज्ज्वल ऊर्जा (Inner radiant energy) अर्थात्
तेजसको (Taijasa) जरुरत पर्दछ। जुन आत्मा ज्ञानवाट प्राप्त हुन्छ।
सुषुप्तस्थानः प्राज्ञो मकारः तृतीया
मात्रा मितेरपीतेर्वा।
मिनोति ह वा इदं सर्वमपीतिश्च भवति य
एवं वेद॥
॥ माण्डूक्योपनिषद ११॥
ॐ को अन्तिम ध्वनि 'म' ले प्रज्ञालाई जनाउने गर्दछ। आफूलाई चेतनाको शुद्ध अवस्था (Undiluted
Pure Consciousness) सँग निरन्तर रूपमा जोड्न चाहने गुण र
चरित्रलाई प्रज्ञा (Prajna) भनिन्छ। प्रज्ञा अवस्थाले
आध्यात्मिक ज्ञान प्राप्तिको उच्चतम स्तर (Highest level of Spiritual
Attainment) को प्रतिनिधित्व गर्दछ। प्रज्ञा अवस्थाले अविच्छिन्न
चेतना (प्रज्ञा) को खोजी (Seeks Uninterrupted Undiluted Pure
Consciousness) गर्दछ। अविच्छिन्न चेतनाको खोजी पूर्ण ज्ञान
प्राप्त (Gain complete Wisdom) भएर मात्र रोकिन सक्छ।
जसले व्यक्तिको समझलाई सर्वव्यापी (All - encompassing) वा
समावेशी (All Inclusive) बनाउने गर्दछ।
अमात्रश्चतुर्थोऽव्यवहार्यः
प्रपञ्चोपशमः शिवोऽद्वैतः।
एवमोंकार आत्मैव ।
संविशत्यात्मनात्मानं य एवं वेद ॥
॥ माण्डूक्योपनिषद १२॥
चेतनाको गहन अवस्था लाई "चौथो
राज्य" भनेर चिनिन्छ। चौथो राज्य ध्वनि भन्दा निकै परको (Not limited to sound) एकात्मक क्षेत्र हो। एउटा अद्वैत राज्य जहाँ हाम्रो आफ्नै व्यवहारहरू
सामान्य व्यवहारहरू भन्दा परको (Beyond the grasp of conduct) फरक चरित्रमा परिवर्तन (Transcends normal behavior) भइरहेको हुन्छ।
संसारका अभूतपूर्व मापदण्डहरू रहितको (Devoid of all phenomenal parameters) अवस्था जति वेला "ॐ"
ध्वनि आनन्दमा विलय (Union of Bliss and ॐ) बनिरहेको हुन्छ। जहाँ आफ्नो अस्तित्व (Ego)
समेत परम अस्तित्वमा (Ultimate Being) विलय
(Merged) हुन्छ।
त्यसको अनुभूतिमा हामीले हाम्रो आफ्नो
अस्तित्व समेत बिर्सेर परम आनन्दको अनुभूति गरिरहेको हुन्छौ। जसले यो परम अनन्दको
अवधारणालाई गहन रूपमा अनुभूति
(Truly Comprehends It) गरिरहेका हुन्छन् (Who Knows) तिनीहरूले नै त्यस्तो परम आनन्दको अनुभूति वास्तवमै गरिरहेका हुन्छन्।
अथर्व वेदीय माण्डूक्योपनिषदमा उल्लेख
भएको हाम्रो चेतनाले कसरी काम गर्छ भन्ने संक्षिप्त व्याख्यामा मानिस आफ्नो भौतिक
जगत रुपी सिमुलेटेड जगत वाट तथा सिमुलेटेड स्वप्नको अवस्था वाट सांसारिक यथार्थ वा
अन्तिम सत्यको कसरी पहिचान गरी अनुभूति गर्न सक्दछ भन्ने विधि उल्लेख छ।
वेदमा रहेको उक्त सिमुलेशन हाइपोथेसिस
विधिलाई रिभर्स इञ्जिनियरिङ्ग गर्न सक्दा आधुनिक विज्ञानका अन्वेषक र
वैज्ञानिकहरूलाई वास्तविक यथार्थता लाई
फरक यथार्थ मानिरहेको हालको विज्ञानको समस्या समाधान तर्फ जान र वास्तविक विश्व
प्रक्रियाहरू वा प्रणालीहरूको सञ्चालनको विधिको नक्कल गरी निर्माण गर्न खोजिएको
कृत्रिम भौतिक वा डिजिटल निर्माण रुपी उन्नत डिजिटल सिमुलेशन लाई वास्तविक
यथार्थको सिमुलेशनको हदमा पुर्याउन सम्भव हुने बलियो आधार दिन्छ।
मायां तु प्रकृतिं विद्यान्मायिनं च
महेश्वरम्।
तस्यावयवभूतैस्तु व्याप्तं सर्वमिदं
जगत्॥ श्वेताश्वतरोपनिषद ४.१०॥
श्वेताश्वतरोपनिषदको यो मन्त्र भन्दछ
तपाईँ यो जान्नुहोस् कि माया प्रकृति हो। महान् भगवान् मायन (मन्त्रिक) हुन्।
तिनीहरू वाट निर्मित संसार र समग्र संसार सृष्टिकर्ता (उनका) अङ्गहरू र सम्पूर्ण
शरीर हो। यसको भावार्थ हुन्छ माया (सिमुलेशन) प्रकृतिको उपज हो। ब्रह्माण्डमा सबै
प्रकारका प्राकृतिक शक्तिहरू (शक्तिशाली ३३-कोटी भगवानहरू) मन्त्रिक (व्यवस्थित र
व्यापक रूपमा लागू भएको सिद्धान्त,
प्रणाली, विधि, प्रविधि र अभ्यास रुपी मन्त्र मार्ग) जादुगरको भूमिकामा रहेका छन्।
तिनीहरूले सृजना गरेको सम्पूर्ण मायावी अवयवहरूको समग्र संसार (सिमुलेशन भएको
दुनियाँ) वाट मायावी ब्रह्माण्ड रुपी विराट शरीर (समयको सीमितताको बन्धनमा रहेको
सिमुलेटेड अस्थायी शरीर) देखा परेको हो।
समग्रमा वेदले हामीलाई हाम्रो र
संसारको अस्तित्व वारेको अत्यन्त फराकिलो दृष्टिकोण वारेको प्रस्ट अवधारणा
प्रस्तुत गरेको छ। वेदमा प्रस्तुत भएका अवधारणाहरू लाई आफ्नो क्षमता र व्यावहारिकताको दायरामा परीक्षण गरी अनुभूति गरेर
र विश्वस्त रहेर मात्र अँगाल्न सबै वैज्ञानिक, दार्शनिक र बौद्धिक समुदायलाई वेदले
प्रोत्साहन गर्दछ। वेदका ऋचा तथा कथाहरूमा उल्लेख गरिएको प्रकृति, चेतना र सांसारिक वास्तविकताहरू हाम्रो इन्द्रिय मार्फत हामीले
बारम्बार गर्ने अनुभूतिका तथ्यमा आधारित भएर पुष्टि भएर आएका विषय रहेको कुरा
सबैमा अवगत रहेकै हो।
आधुनिक विज्ञानले समेत प्रकृति, चेतना र सांसारिक
वास्तविकता सम्बन्धका दैनिक जस्तो उजागर गर्दै गरेको धेरै जटिल र रहस्यमय
वास्तविकताहरू समेत वेदमा प्रस्तुत हाइपोथेसिसहरु संग लगभग समान रूपका देखिन
थालेको वर्तमान परिवेशमा वेदमा उल्लेखित ऋचाहरू वैदिक कालिन विज्ञानका प्रमाणित
हाइपोथेसिसका सङ्ग्रह रहेको पुष्टि गर्ने दिसा उन्मुख बनेको छ। जुन संसारकै लागि
अत्यन्त चाख लादो र उत्साहवर्धक परिस्थिति हो।