शरीर मर्दैमा मानिस मर्दैन

वैज्ञानिक भन्छन् शरीर मर्दैमा मानिस मर्दैन


वैज्ञानिक क्वान्टम सिद्धान्त अनुरूप धरै वैज्ञानिकहरू मानिसको शरीर मर्दैमा उसको चेतना मर्दैन भन्ने क्वान्टम मेटाफिजिक्सको अवधारणा पुष्टि भएकोमा विश्वास गर्दछन्। क्वान्टम केमेस्ट्री र क्वान्टम मेटाफिजिक्स लाई नजिक वाट निहालेर कार्यरत रहेका वैज्ञानिकहरू त्यस मान्यता वाट एकदम अघि बढेर क्वान्टम सिद्धान्तले मानव चेतना मानिसको मृत्यु पश्चात् अर्को ब्रह्माण्डमा सर्छ भनेर प्रमाणित गर्ने छ भनी दाबी गरिरहेको भेटिन्छ।

द टाइम जस्ता विज्ञान कथा उपन्यासहरूका लागि सबैभन्दा प्रसिद्ध इङ्गल्यान्डका अङ्ग्रेजी उपन्यासकार, पत्रकार, समाज शास्त्री, र इतिहासकार एचजी वेल्सले आफ्ना लेख तथा रचनाहरूमा विमान, ट्याङ्क, अन्तरिक्ष यात्रा, परमाणु बम, स्याटलाइट टेलिभिजन, विश्वव्यापी वेबको वारेको भविष्यवाणी गरेको देख्न सकिन्छ। उनका ती उत्कृष्ट कथामा समय यात्रा (टाइम मिसिन), एलियनको आक्रमण, चन्द्रमाको उडान, देवताहरूको शक्ति, मानव कल्पना आदि बारे अर्थपूर्ण विषयहरू मानव रचित  कथाहरूको रूपमा पढ्न सकिन्छ। वेल्सको सन् १८९५ मा लेखिएको कथा "द डोर इन द वाल" मा  संसारमा त्यस्तो कुनै भौतिक नियमहरू स्थापित छैन जसले समानान्तर संसारहरूको अस्तित्वलाई सैद्धान्तिक रूपमा निषेध गर्दछ भनी उल्लेख गरेका छन्। जुन आज सम्मको यथार्थको समेत नजिक छ।


प्रिन्सटन विश्वविद्यालयको डा. ह्यूग एभरेटको जनवरी १९५६ को " क्वान्टम मेकानिक्स बाइ द मेथड अफ द युनिभर्सल वेब फङ्गसन" शीर्षकको डक्टरल थेसिसमा ब्रह्माण्ड कुनै पनि क्षणमा अनगिन्ती भागहरूमा आफूलाई विभाजित गरी "नवजात" ब्रह्माण्डहरू लाई अस्तित्वमा ल्याउन सक्छ भन्ने निचोड निकालेका थिए। उनको थेसिस अनुसार उक्त प्रक्रिया वाट जन्मेको मध्ये कुनै एक संसारमा तपाईँको उपस्थित रहेको हुन सक्ने निचोड छ। 

 

थेसिसका अनुसार नियमित रूपमा नव बन्ने ब्रह्माण्डहरू विभिन्न दायरा अनुरूप कुनै पनि क्षणमा पुन: विभाजन हुदै परिवर्तित हुन सक्ने हुँदा यो पनि सम्भावना हुन सक्दछ कि तपाई एउटा ब्रह्माण्डमा यो लेख पढ्दै हुनु हुन्छ र भोलि अर्को ब्रह्माण्डमा टिभी हेर्दै हुनु हुन्छ।

उनको सोध पत्र अनुसार हाम्रो आत्माहरू ब्रह्माण्डको सूचनाकै एक भागको रूपमा निर्मित चिज हो।  त्यो ब्रह्माण्डको  सुरुदेखिकै समय वाट अस्तित्वमा थियो र सधैँ अस्तित्वमा रहन्छ। हाम्रा मस्तिष्कहरू प्रोटो-चेतनाको (युनिभर्सल कन्ससनेस) को रिसिभरहरू र एम्पलीफायरहरू हुन्।  जुन स्पेस-टाइमको आवरण भित्रको सूचनाको सारतत्व अर्थात् निजी चेतनाको रूपमा रहेको हुन्छ। ब्रह्माण्डको सूचनाको एक अंशको रूपको तपाईँको भौतिक शरीरको अभौतिक अंशको रूपमा अस्तित्वमा रहेको तपाइको चेतना (कन्ससनेस - आत्मा) तपाइको शरीरको मृत्यु पछि पनि जीवित रहनेछ भन्ने निष्कर्ष निकालिएको छ।


आज जीवितै रहेका केही चर्चित र अनुभवी वैज्ञानिकहरू समेत क्वान्टम सिद्धान्तले मानिसको शरीर मर्दैमा मानिस मर्दैन, मानव चेतना वा आत्मा मानिसको मृत्यु पश्चात् अर्को ब्रह्माण्डमा समेत पुग्न सक्छ भन्ने कुरा सङ्केत गरेको दाबी गरिरहेका छन्। वैज्ञानिकहरूका यस्ता भनाइहरू सुन्दा हामीलाई भने त्यो कुरा त हाम्रो वैदिक ज्ञानको सामान्य कखरा रहेकोले कतै तिनीहरूको उक्त बिचार धारा हाम्रै वैदिक बिचारहरूको कपि एण्ड पेस्ट गरी प्रस्तुत गरिएको त हैन भन्ने भान हामीलाई पर्ने गर्दछ। यथार्थ त्यसो नभएर क्वान्टम सिद्धान्तले नयाँ शिरा वाट प्राप्त वैज्ञानिक पुष्टिको अनुभूति वाट ती वैज्ञानिकहरूका यस्ता भनाइहरू उनीहरूको अनुसन्धान, अनुभूति र बुझाइको चुरो यथार्थ वा सारतत्वको रूपमा बाहिर आएका हुन।


एक उदाहरणको रूपमा आज भोलि इन्टरनेटमा निकै भाइरल भइरहेको न्यु योर्क टाइम्सद्वारा गरिएको सर्वेक्षणमा जीवित  सबैभन्दा महत्त्वपूर्ण तेस्रो वैज्ञानिकको मत पाएका वैज्ञानिक डा. रोबर्ट लान्जा द्वारा लेखिएको "बायोसेन्ट्रिजम: हाउ लाइफ एन्ड कन्सियसनेस आर द कीज टु अन्डरस्ट्यान्डिङ द नेचर अफ द युनिभर्स" शीर्षकको पुस्तक का दाबीहरूलाई लिन सकिन्छ। यो किताबले मानिसको शरीरको मृत्यु भएता पनि उसको चेतनाको मृत्यु नहुने तथा उक्त चेतना सधैँभरि रहन सक्ने धारणा प्रस्तुत गरेको छ।


एक प्रतिष्ठित जीव वैज्ञानिक तथा अग्रणी खगोलविद् डा. रोबर्ट लान्जाको दृष्टिकोणमा पश्चिमी जीवन विज्ञानले परम्परागत रूपमा दाबी गर्ने गरे जस्तो कुनै भौतिक विज्ञानको नियमहरूको आकस्मिक उप-उत्पादनको रूपमा  हाम्रो जीवन अस्तित्वमा आएको हैन।

लान्जा आफै रिजेनेरेटिव अर्थात् स्टिम सेल थेरापीको औषधि विज्ञ मात्र होइनन् उनी उन्नत सेल टेक्नोलोजी नामक कम्पनीको वैज्ञानिक निर्देशक समेत हुन्। स्टेम कोशिकाहरू सम्बन्धित व्यापक अनुसन्धानका अनुभवी उनी लोपोन्मुख जनावरका प्रजातिहरूको क्लोनिङ कार्य अधिक सफल प्रयोग गर्ने  जीव वैज्ञानिकको रूपमा समेत प्रसिद्ध छन्।


पश्चिमी भौतिक तथा जीवविज्ञानको तत्कालीन निर्णयमा भएको त्रुटि पूर्ण बुझाइको कारण त्यस्ता बिचारहरू प्रमाणित वैज्ञानिक विचारका रूपमा स्थापित  बनेको  भएता  पनि ती भ्रमहरू विज्ञानको क्वान्टम सिद्धान्तले गलत सिद्ध गरिसकेको पुष्टि गर्न लान्जा सफल भएका छन्।

बायोसेन्ट्रिजम विचारधाराले मानिसको अधिकार र आवश्यकताहरू अन्य जीवित चीजहरूको अधिकार र आवश्यकताहरू भन्दा अधिक महत्त्वपूर्ण हुँदैन, सबै बराबरी रहने गर्दछ भन्ने दृष्टिकोणमा विश्वास राख्दछ। बायोसेन्ट्रिजम विचारधारामा आधारित रहेर लेखिएको लान्जाको "बायोसेन्ट्रिजम: हाउ लाइफ एन्ड कन्सियसनेस आर द कीज टु अन्डरस्ट्यान्डिङ द नेचर अफ द युनिभर्स" ले संसारको ध्यान तान्नु को पछाडि हिजोको विज्ञानले स्थापित गरेका कतिपय मान्यता सही नरहेको यथार्थ यसले उजागर गरिदिनु एक हो।


लान्जाको बायोसेन्ट्रिजम किताबमा उल्लेख भए अनुरूप जीवन र चेतना ब्रह्माण्डको आधारभूत पक्ष हुन्। चेतना भौतिक ब्रह्माण्डको सृजना गर्ने मूल तत्त्व हो। ब्रह्माण्डको संरचनाहरू हाल देखिएको रूपमा अस्तित्वमा आउनु भन्दा पहिले चेतना, त्यसपछि बौद्धिकता अर्थात् इन्टेलिजेन्स (इच्छा-शक्ति) अस्तित्वमा देखिए। चेतनाको उपयोग गर्दै बौद्धिकता अर्थात् इन्टेलिजेन्सले अनुभूति गर्न सकिने हालको ब्रह्माण्डको संरचना निर्माण गरिरहेको क्वान्टम पार्टिकल बने। तिनै क्वान्टम पार्टिकलहरूले अन्ततः भौतिक संरचना निर्माण गर्ने ईलेक्ट्रोन, प्रोट्रोन र न्युट्रोन आदि लगायतका भौतिक पदार्थहरू निर्माण गर्न भूमिका खेले।  


बायोसेन्ट्रिजम किताब अनुसार ब्रह्माण्ड निर्माण गर्ने भौतिक पदार्थहरू भन्दा पहिले चेतना र बौद्धिकता अर्थात् इन्टेलिजेन्स अस्तित्वमा थियो। चेतना र बौद्धिकता अर्थात् इन्टेलिजेन्स नै ब्रह्माण्डको संरचना निर्माण गर्ने भौतिक पदार्थहरू निर्माण गर्ने एक कडीको रूपमा अस्तित्वमा आधार भूमिकामा देखा परे।


लान्जाको अनुसार तत्कालीन विज्ञानको ब्रह्माण्डको अस्तित्वमा वारेको सैद्धान्तिक विश्लेषण तथा हालको ब्रह्माण्ड विज्ञानका नियमहरू मुताबिकको आकस्मिक उप-उत्पादनको रूपमा देखा पर्‍यो भन्ने मान्यता तथा जीवको उत्पत्ति वारेको दाबी पुष्टि हुने हाल सम्म कुनै पनि वैज्ञानिक आधारहरू उपलब्ध छैन। यथार्थमा ती विचार धाराहरू कहिल्यै पुष्टि नभएका अर्धसत्यमा आधारित त्रुटि पूर्ण बुझाइको नतिजा रहेको हाल आएर क्वान्टम सिद्धान्तले पुष्टि गरिदिएको छ।


मानिसहरूले आफ्नो शरीरलाई नै आफ्नो पहिचानको रूपमा लिने ठुलो भ्रम बोकेको हुन्छन्। हिजो साँचो ठानिएको वैज्ञानिक अवधारणाले पहिला जीवको शरीर बन्ने र निर्मित शरीरले आफै आफ्नो चेतना उत्पन्न गर्छ भन्ने विश्वास बोक्ने गर्दथ्यो। उक्त अवधारणामा विश्वास गर्ने व्यक्ति र विज्ञान दुवैमा शरीर मर्दा चेतना पनि मर्छ भन्ने कुरा यकिन हुनु स्वाभाविक नै थियो। ढिलो वा चाँडो आफ्नो शरीर नास हुने निश्चित रहेको बुझेको मानिसले आफ्नो शरीर नास हुने क्रममा उसको चेतना पनि लोप हुने विश्वास गर्नु स्वाभाविक थियो। त्यही भ्रममा संसार आज पनि चलिरहेको छ।

क्वान्टम फिजिक्सको नयाँ मान्यताले विज्ञानले लामो समय सम्म स्थापित गरेको वैज्ञानिक परम्परागत मान्यता सत्यताको नजिक नरहेको खुलासा गरे सँगै हिजोको विज्ञानको शरीर मर्दा चेतना पनि मर्छ भन्ने मान्यता त्रुटि पूर्ण बुझाइको जगमा विकसित भ्रम पूर्ण विश्वास रहेको नयाँ मान्यता स्थापित गरिदिएको छ।


लान्जाको व्याख्या अनुसार हामीले सामान्य रुपमा बुझ्ने गरेको स्थान (लोकेसन - दिसा), आकाश (स्पेस) र समय (टाइम) कुनै निश्चित वस्तु वा चीजहरू होइनन्। तिनीहरू जीवहरूको संसार अनुभूति गर्ने उपकरणहरू हुन्।

जसरी एउटा कछुवाले आफू सँगै आफ्नो शरीरको खपेटा बोकेर हिँड्ने गर्दछ  त्यसरी नै खपेटा रुपी आवरणको रूपमा स्थान (लोकेसन-दिसा), आकाश (स्पेस), र समय (टाइम) हरेक जीवको जीवित अस्तित्व संग नियमित जोडिएर रहेको हुन्छ।


केबल बक्सले स्याटलाइटको सिग्नलहरू प्राप्त गर्ने तरिका अनुरूप शरीरले चेतना प्राप्त गर्दछ। शरीरले त्यसरी प्राप्त गरेको चेतना शरीरका इन्द्रिय हरू बाट अनुभूति गराउने मुख्य भूमिकामा स्पेस-टाइम–डिरेक्सन(लोकेसन) को भूमिका रहन्छ। जिबनको कुनै बिन्दुमा स्पेस-टाइम–डिरेक्सन(लोकेसन) को सन्तुलित त्रिकोणको संसर्ग जब जीवको शरीर संग बिच्छेद हुन पुग्दछ जीवको जीवनको सन्दर्भमा मृत्यु त्यसको परिणाम बन्दछ। 


चेतना एक गैर-स्थानीय क्वान्टम वस्तु हो। जसरी क्वान्टम वस्तुहरू फरक फरक समयमा फरक फरक स्थानमा रहने गैर-स्थानीय चरित्रका हुन्छन् चेतना पनि त्यस्तै गैर-स्थानीय हुन्छ। केबल बक्स जस्तो भौतिक वाहनको रूपमा रहेको शरीरको मृत्युमा चेतना समाप्त हुन सम्भव छैन।


केवल बक्स बिग्रँदैमा स्याटलाइट बाट आउने सिग्नलहरू मरेका हुँदैनन्। मात्र ती सिग्नलहरू लाई अनुभूति गर्न सकिने सूचनामा परिवर्तन गरिदिने स्पेस-टाइम- डिरेक्सन (लोकेसन) को व्यवहार्यता र केवल बक्सको काम गर्ने सिंक्रोनाइजेसन र अनुकूलतामा असहजता निर्माण भएर  केवल बक्सको काम गर्ने क्षमता गुमेको हुन्छ। जसले गर्दा केबल बक्सले प्राप्त सूचना (चेतना) भिजुअल रिपोर्टहरूमा ट्रान्सक्राइब गर्न (सेन्सरि स्टिमुली अर्थात् संवेदी उत्तेजनाहरूमा ट्रान्सक्राइब गर्न) अक्षम बनेको हुन्छ। जसलाई जीवको तत्कालको जीवनको सन्दर्भमा जीवले मृत्यु वरण गरेको भन्ने गरिन्छ।


लान्जाको व्याख्या अनुसार जीवको शरीर संग इलेक्ट्रिक सप्लाई सिस्टमको प्लगको पोजेटिव, नेगेटिब र न्युट्रल चार्ज बोकेको तिन पक्षीय तार जस्तै लाग्ने स्थान (लोकेसन-डिरेक्सन), आकाश (स्पेस), र समय (टाइम)  को सन्तुलित त्रिकोण छुट्टिएर  केवल बक्स (मुढ शरीर) बिग्रँदैमा (मर्दैमा) जीवको अस्तित्व  (चेतना वा कन्ससनेस) समाप्त हुँदैन। जीवितै रहन्छ। 


चेतना यथार्थमा स्पेस-टाइम–डिरेक्सन(लोकेसन) परिधि भन्दा बाहिर अवस्थित हुने गर्दछ। त्यो मानव शरीर भित्र वा बाहिर जहाँ पनि रहन सक्दछ। संसारमा एकै साथ विभिन्न ब्रह्माण्डहरू एकैसाथ अवस्थित  हुन सक्ने सम्भावना रहेकोले एक ब्रह्माण्डमा मृत भएको शरीरको चेतना अर्को ब्रह्माण्डमा अस्तित्वमा रहन समेत सम्भव हुन्छ। उक्त समयमा चेतनालाई अर्को ब्रह्माण्डले अवशोषित गरेको हुन्छ।


त्यसको मतलब के हो भने मृत शरीर छाडेको चेतना सुरुङ यात्राको क्रममा नर्क वा स्वर्गमा पुगेर सकिने, आनन्द वा दुखमा फस्ने भन्ने हुँदैन। चेतना त्यही वा फरक ब्रह्माण्डमा असीमित समय सम्म जीवित अस्तित्वमा रहन सक्दछ। सामुहिक चेतना संग अन्तर घुलित बनेर भएर सामुहिक अस्तित्वको भागको रुपमा बसिदिन पनि सक्दछ।


आजको समयमा पुग्दै गर्दा आत्मा लाई क्वान्टम कन्ससनेस वा चेतनाको रूपमा लिएर कुरा गर्दा कति पय सन्दर्भहरूमा मानिसहरूले अनुभूति गर्ने मृत्युको निकै नजिक पुगेको समयका अनुभवहरू, सूक्ष्म प्रक्षेपण, शरीरबाट प्राण जस्तो कुनै शक्ति शरीर बाहिर गइरहेको अनुभूति भएको भनिएका अनुभवहरू लाई मात्र सिउडो साइन्सको रूपमा सीमित गर्ने अवधारणालाई अब विज्ञानले गलत भनी नकार्न थालेको प्रस्ट हुन्छ।

वैदिक अवधारणाहरू, प्राय सबै धर्मका अनुयायीहरूले मान्यता राख्ने जीवन विज्ञान सम्बन्धका धार्मिक विचारधाराहरू तथा पुनर्जन्म जस्ता चीजहरूको कुनै धार्मिक संलग्नता वा झुकाव बिना क्रमशः व्याख्या गर्न सक्ने स्तरमा विज्ञानले आफ्नो क्षमता बिस्तार गर्न सकिरहेको छ। त्यस्ता पक्षहरू देखिनुको पछाडि वैज्ञानिक सिद्धान्तहरू क्रमशः स्थापित गर्दै लगेको देखिन्छ।


मानव चेतना कुनै बिन्दुमा मानिसको शरीरबाट बिदा लिँदै गर्दा सम्भावित रूपमा फरक मानव वा जीवको सरिरमा पुनः प्रयोग हुन सक्ने, भौतिक शरीर बाहिरको अर्को  वास्तविकताको अर्को स्तरमा रहन सक्ने, फरक ब्रह्माण्डमा पुग्न सक्ने आदि वा यसै पृथ्वीमा मात्र मानव चेतनाको रूपमा अस्तित्वमा रहन सक्ने जस्ता सम्भावनाहरू हाल गरेको सम्म स्थापित वैज्ञानिक ज्ञानको आधारमा नकार्न सकिन्न भन्ने प्रस्ट विचारधारा समेत विज्ञानले विकास गरेको छ।


प्राणीमा आत्मा रहने वैज्ञानिक पुष्टि


कटिङ एज आजको दुनियाँमा हुँदै गरेका सैद्धान्तिक र व्यावहारिक अनुसन्धानहरू विज्ञान र वैदिक ज्ञानको संयोजनविना लगभग असम्भव हुने विन्दुबाट गुज्रिरहेको छ । जब वैज्ञानिकहरू अनुसन्धानको गहिरो र जटिल मोडमा पुग्छन्, विज्ञानको वस्तुको वास्तविक उपस्थितिको बोध गराउन सक्ने काइदा र वैदिक ज्ञानको एक वस्तुको उपस्थितिले अर्को वस्तुमा दिने अनुभव, प्रभाव, अनुभूति एवं सचेतना बुझ्न सक्ने खुबी जरुरी पर्ने गर्छ ।

वैदिक ज्ञानलाई आध्यात्मिक प्रकृतिको ज्ञान मानिन्छ। प्राणीको भौतिक शरीर जीवन्त रहन प्राणशक्ति (आत्मा) र चेतनशक्ति (कन्सियसनेस) जरुरी हुन्छ भन्ने वैदिक मान्यता विज्ञानले स्वीकार्न आनाकानी गरिरहँदा बन्न गएको विज्ञान र वैदिक ज्ञानको दूरी, बिस्तारै वैज्ञानिक आधारमा सही रहेको पुष्टि हुने अवस्था बन्दै जाँदा विज्ञान र वैदिक ज्ञानको संयोजनबाट प्राप्त ज्ञान सैद्धान्तिक र व्यावहारिक पक्षका समस्या समाधानमा प्रयोग हुन थालेको छ।


प्रजननमा संलग्न हुने डिम्ब र शुक्राणुको कोषिकाहरू बन्ने सेलहरूलाई जर्म सेल भनिन्छ। जर्म सेलबाट बनेको वीर्य र डिम्बको मिलनबाट जाइगोट बन्छ । जाइगोट कालान्तरमा इम्ब्रियो र सालनालमा विकास हुने गर्छ । इम्ब्रियो सेलहरू शरीरको सबै प्रकारका सेल बनाउने क्षमता राख्छन् ।

आफ्ना दुवै अभिभावकबाट प्राप्त जोडी–क्रोमोजोम रहेको कोषिकाहरू जसबाट डिम्ब र शुक्राणुका कोषिकाहरू बन्दैन त्यसलाई सोमेटिक सेल भनिन्छ। सोमेटिक सेलबाट शरीरका अंगहरू जस्तै छाला, हड्डी, रगत, मुटु आदि बन्ने गर्छ । सोमेटिक सेलबाट मानव शरीरमा सबैभन्दा पहिले बन्ने अंग मुटु हो ।


माइटोसिसमार्फत असीमित रूपमा विभाजन हुन सक्ने कोषिकाहरूलाई स्टिम सेल भनिन्छ । स्टिम सेलले शरीरका विभिन्न अंग जस्तै: मांसपेशी कोष, रक्तकोष वा न्युरल आदि सेलको नवीकरण तथा परिवर्तन गर्न सक्छ ।

बिरुवाले वातावरणबाट कार्बनडाइ-अक्साइड र जमिनबाट पानी लिएर क्लोरोफिलमा प्रकाशको किरणको उपयोग गर्दै ग्लुकोज बनाउने गर्छ। प्राणी मात्रको शरीरले बिरुवाबाट प्राप्त ग्लुकोज र अन्य शक्तिका कारण इम्ब्रियो सेल बनाउने क्षमता राख्छ। बिरुवाले वायुमण्डलीय कार्बन डाइ अक्साइडका अलावा जमिनबाट प्राप्त पानी, मल र अन्य पदार्थ समेतको उपयोगमा फोटोसेन्थेसिस प्रक्रियामा तीन टन कार्बनडाइअक्साइड लिएर २.१ टन ताजा अक्सिजन वातावरणलाई फिर्ता गर्ने गर्छ।


सूर्यको सेतो प्रकाश सात रङ मिलेर बनेको हुन्छ । बिरुवाको पातमा रहने क्लोरोफिलको मलिकुलले सात रङमध्ये निलो र रातो लाइट सोसी इनर्जीका लागि चाहिने खाना बनाउने गर्छ।


फोटोसिन्थेटिक प्रक्रियाका लागि औसत आठ वटा (निलो र रातो) फोटोन लाइटको जरुरी हुने मानिन्छ। आठ फोटोन प्रकाशको किरण भनेको लगभग ३८१ किलो क्यालोरी हुन आउँछ। एउटा कार्बनडाइअक्साइडलाई ग्लुकोजमा परिवर्तन गर्न मात्र ११४ किलो क्यालोरी जरुरी पर्छ । सूर्यबाट क्लोरोफिलले प्राप्त गर्ने इनर्जीले वनस्पतिको शक्तिको जरुरत पूर्ति गर्छ । जरुरतभन्दा धेरै ग्लुकोज वनस्पतिले सञ्चय गर्ने गर्छ । वनस्पतिले सञ्चय गर्ने ग्लुकोज जीवहरूका लागि जरुरी खाना बन्ने गर्छ ।


विज्ञानका अनुसार सैद्धान्तिक रूपमा मात्र ३० प्रतिशत इनर्जी बिरुवा र जीवका लागि प्रयोग हुने शक्तिबद्र्धक खानामा परिवर्तन भएको देखिन्छ । जुन प्रयोगशालामा उच्चतम मात्र २५ प्रतिशत मात्र सदुपयोग भएको पाइएको छ । यसरी प्राप्त शक्ति पनि बिरुवाको श्वासप्रश्वास र दैनिक गतिविधि सञ्चालनमा जरुरी हुने हुँदा सूर्यबाट प्राप्त प्रकाशको शक्तिको औसत एक प्रतिशत मात्र बायोमास अथवा शरीरको भाग बन्न प्रयोग हुने गरेको पाइन्छ।


सूर्यको किरणबाट लिएकोमध्ये मात्र ३० प्रतिशत इनर्जी कहाँ जान्छ भन्ने यकिन भएको दाबी गर्ने विज्ञानले बाकी लगभग ७० प्रतिशत इनर्जी कहाँ खपत भइरहेको छ भनी तथ्यगत व्याख्या गर्न सकिरहेको भेटिन्न।


वैज्ञानिक परीक्षणबाट प्राप्त नतिजा अनुसार एक जीवित सेल मर्ने क्रममा स्वीकार्य वैज्ञानिक सिद्धान्तले बताउनेभन्दा अत्यधिक शक्ति निस्किरहेको भेटिन्छ । जस्तै एक ग्राम इस्ट सेल मर्दा एक ग्राम सुक्खा इस्ट सेलले दिनुपर्ने जति क्यालोरी निस्कनुपर्नेमा दुई ग्राम सुक्खा इस्ट सेलले दिने जति क्यालोरी निस्कने गर्छ।


रगतको हेमोग्लोबिनको आणविक तौल कम्तीमा १६ हजार ७०० हुन्छ। एउटा अस्थिर जीवित प्रोटिन मर्ने क्रममा भत्कँदा ४० किलो क्यालोरी शक्ति निस्किएको भेटिन्छ। जबकि हाल सम्मकै अत्यन्त अस्थिर र विस्फोटक मानिने एक आणविक तौलको नाइट्रोजन क्लोराइड विस्फोट हुँदा मात्र ३८ किलो क्यालोरी शक्ति निस्कन्छ। एक जीवित अस्थिर प्रोटिन मर्दा आउने यति ठूलो शक्तिको स्रोत के हो भन्ने उत्तर विज्ञानले भेटाइरहेको छैन ।

पदार्थको केमिकल म्याटर अस्थिर रहेर हुने विस्फोटको नतिजा कि त चर्को आवाज कि तापशक्ति कि निकै चम्किलो प्रकाश वा तिनीहरूको मिश्रण हुने गर्छ । जीवनको अन्तिम पलमा जीवित अस्थिर प्रोटिन मर्दा आउने शक्ति आन्तरिक रूपमा प्रोटिन तथा चिल्लो पदार्थको एसिड, बेस, साल्ट, हेबी मेटलसँग केमिकल परिवर्तनमा शरीरले खर्च गर्ने र देहावसानको समयमा छिटोभन्दा छिटो जीवित सेललाई मृत्युदान दिन उपयोगमा आउने हुँदा सम्पूर्ण शरीरले आरामदायी मृत्युको बाटो समात्ने बुझाइ छ विज्ञानको।


सूक्ष्म रूपमा हेर्दा वीर्य र डिम्ब संयोजन भई गर्भ बन्दै गर्दा सूर्यको किरणबाट जर्म सेललाई प्राप्त हुने शक्ति गर्भलाई जीवन्त राख्न जरुरी जीवन्त शक्ति निर्वाणमा खर्च भइरहेको अनुमान लगाउन सकिन्छ। सोमेटिक सेलहरूबाट शरीरका अंगहरू छाला, हड्डी, रगत, मुटु आदि बन्ने क्रममा उक्त अंगहरू नियमित सञ्चालनमा जरुरी हुनेबाहेकको शक्ति शरीरको कन्सियसनेस क्षमता अथवा चेतना निर्वाणमा खर्च हुने गर्छ । जुन प्राणीमा भौतिक शरीरका अतिरिक्त आत्मा र चेतना रहने वैदिक मान्यताको पुष्टि हो। उक्त पुष्टिलाई विज्ञानको हिसाबमा तर्कगत पुष्टि रहेकाले पूर्ण स्वीकृतिका लागि गणितीय सिद्धान्तबाट समेत पुष्टिको जरुरत रहने मान्यतामा रहेको छ।


जीवको अस्तित्व निर्माणदेखि भौतिक पदार्थ निर्मित स्थूल शरीर नमर्दा सम्मको विन्दु सम्म जीवनलाई जीवन्त राख्ने आत्माशक्ति र चेतनशील राख्ने चेतनालाई अविच्छिन्न रूपमा भौतिक शरीरमा जोडिइराख्न समेत बिरुवाले सूर्यको किरणबाट प्राप्त शक्ति नै स्टिम सेलले उपयोग गरिरहेको देखिन्छ । मृत्युको विन्दुमा नियमित जीवन सञ्चालन शक्ति, कोषिकामा सञ्चय रहेको शक्ति, जीवन्त / प्राण शक्ति (आत्मा) र चेतनशक्ति (कन्सियसनेस) युक्त रहेको शरीरको सजीव भाग त्यही निर्जीव भागमा रहेको बचेखुचेको सञ्चालन र सञ्चय शक्तिभन्दा धेरै रहनु आश्चर्यजनक ठानिनुपर्ने अवस्था होइन ।

मरेको र जीवित जीवमा रहने फरक भनेको जीवित कोषिकामा ससाना इनर्जीका विन्दुहरूलाई एक अनौठो प्रक्रियाबाट निश्चित हार्मोनीमा सञ्चालन गर्ने शक्तिको उपस्थिति रहन्छ। यस लाई आयुर्वेदमा जीवन्त शक्ति (वायु वा प्राण वा लाइट) भनिन्छ ।


क्वान्टम फिजिक्सले जीवन्त शक्तिलाई इन्फर्मेसन भन्ने गरेको छ । जीवित रहँदा सम्म उक्त जीवमा चेतनाको अनुभूति दिलाउने चेतनशीलताको समेत संयोजन रहन्छ। जुन मृत्युको क्रममा शक्तिकै रूपमा शरीरबाट बाहिरिने गर्छ। मृत्यु प्रक्रियामा आत्माशक्ति वा प्राण र चेतन शक्ति ब्रह्माण्डमा नै फर्कनुको विकल्प देखिँदैन।


के रहेछ मृत्यु


भनिन्छ, संसारमा जन्मिए पछि मृत्यु अनिवार्य छ, जुन संसारको नियम हो । विज्ञानका अनुसार जुन जुन एकल कोष जीव आज पृथ्वीमा अस्तित्वमा भेटिन्छन्, तिनीहरूले आजभन्दा तीन अर्ब वर्ष पहिले आफ्नो जीवन सुरु गरेका थिए। विज्ञानकै अनुसार आज हाम्रो शरीरमा रहेका कोषहरू समेत आज भन्दा तीन अर्ब वर्ष पहिले देखि अस्तित्वमा थियो । साथै निकै लामो समय सम्म विभिन्न रूपमा अस्तित्वमा रहिरहने छन् । यही आधारमा कतिपय मानिस संसारमा जन्मिए पछि मृत्यु हैन, आफ्नो चोला परिवर्तन अनिवार्य छ भन्ने तर्कसँग सहमत हुने गर्छन् ।


मानिस र जनावर जस्ता बहुकोषमय जीवहरू जस्तो एकल कोष जीवहरू जन्मने र मर्ने गर्दैनन् भन्ने यथार्थ जीवन र मृत्युबारे आफ्नो धारणा बनाउँदै गर्दा मानिसले नजर अन्दाज गर्ने गरेको भेटिन्छ । एकल कोषिकाको स्तरमा एक कोषले अर्को कोषको जन्म दिने गर्दैन । बरु एक कोष विभाजन भएर दुई र दुईबाट चार गरी नयाँ कोषको निर्माण हुने क्रम लगातार अगाडि बढ्ने गर्छ। एउटा कोषिका विभक्त भएर दुई कोषिका बन्ने क्रममा एउटा तन्नेरी र अर्को बुढो पनि हुने गर्दैन । विभाजन पछिका दुवै सेल जवान ताजा सेल मानिन्छ । नयाँ सेल अस्तित्वमा आउँदा पुरानोको अस्तित्व सकिने हाम्रो पुरातनवादी मान्यताका कारण एक एकल कोष विभाजन भएर दुई एकल कोष बन्दासाथ पुरानो मरेको निष्कर्षमा हामी पुग्ने गर्छौं । जहाँ, नयाँ एकल कोष बन्ने क्रममा पुरानो एकल कोष मरेको भन्नु अपूर्ण हुन्छ। नयाँ बन्दै गरेका दुई सेलहरूले पूर्ण नयाँ जीवनको सुरुवात गरेको तर्कसमेत सम्पूर्ण सत्य मान्न सकिँदैन।


जीवन के हो ? मृत्यु के हो ? जीवन र मृत्युबीचको फरक खुट्टाउन सकिने पातलो धर्का के लाई मान्ने ? सायद यो विन्दु वरपर पुगेर गरिने गहिरो खोजीले मृत्युबारे गहिरिएर बुझ्न केही मद्दत पु¥याउन सक्छ।


त्यसो त एकल कोषीय जीवहरूमा मात्र हैन बहुकोषमय जीवहरूका समेत एउटा कोषिका विभक्त भएर दुई कोषिका बन्ने क्रममा विभाजन पछिका दुवै सेल विभाजित हुँदै गरेको सेलको तुलनामा झन् जवान र ताजा रहने गरेको भेटिन्छ । सेल विभाजनको क्रम अनन्तसम्म कायम राख्न सक्दा सेललाई जीवन्त राख्न सकिने आश्चर्य नयाँ पुस्ताको ठूलो चाखको विषय पनि रहेको छ ।


आफू बहुसेलुलर संरचनायुक्त अंग–प्रत्यंगबाट बनेको पत्तो पाएको मानिसले भविष्यमा आफूलाई दीर्घजीवी बनाउने प्रयास अन्तर्गत आफ्ना शरीरका विभिन्न भागमा सक्रिय रहेका ती सेलका कोलोनीलाई अनिश्चित कालसम्म सक्रिय कायम राख्नुभन्दा प्रजननमार्फत प्राप्त एकल सेल विभाजित गरी ती सेलबाट नयाँ सेलको कोलोनी सिर्जना गर्ने र पुरानो कोलोनीलाई नयाँ ताजा कोलोनीले प्रतिस्थापन गर्ने रणनीति बनाइरहेका छन्। जसको मुख्य कारण हो प्रजननमार्फत तयार गरिएको नयाँ संरचना, सम्भार मार्फत जोगाइएको पुरानो संरचना भन्दा अतुलनीय रूपमै धेरै लचिलो, बलियो र दीर्घजीवी बन्ने गर्छ ।


प्रजननमार्फत बनेका ताजा रूपमा स्टिम सेल विभाजनमार्फत बनेका सेलहरूबाट बनेका अंगहरू सफा स्लेटरूपी सेल निर्मित मात्र रहने छैनन् । ती स्लेटरूपी सेलहरूले थोरै फरक ताजा जिन बोकी लामो समयसम्म दिने सन्तोषजनक बायो-टेक्नोलोजिकल भूमिकाले मानिसलाई स्वस्थ र दीर्घजीवी बनाउने धेरै सम्भावना बोकेको छ।


प्रजननमार्फत बनेका नयाँ सेलहरू किन विभाजन मार्फत बनेका सेलका तुलनामा बढी लचिलो, बलियो र प्रभावकारी भूमिका दिन सक्ने हुन्छ भन्नेबारे विज्ञानको आफ्नै निचोड छ । जस अनुसार जटिल संरचनागत कोलोनीमा रहेर काम गरेका सेलहरूले जीवका अंगहरूमा रहेर काम गर्ने क्रममा आफ्नो जीवनकालमा अर्बौं त्रुटि गर्ने र समस्या पैदा गर्न पुग्छन्। त्यस्ता त्रुटिले पैदा गर्ने समस्या जब देखिन्छन्, शरीरले तुरुन्तै आफ्नो आन्तरिक सेल्फ हिलिङ प्रक्रियाबाट समाधान पनि गर्ने गर्छन्। सेलका त्रुटिहरूका कारण उत्पन्न समस्या निकै छिटो आन्तरिक सेल्फ हिलिङ प्रक्रियाबाट समाधान गरिने निश्चित रहँदा रहँदै कतिपय अवस्थामा भने समाधान विनै शरीरको गतिविधि अगाडि बढिदिन्छ ।


उक्त अवस्थामा सेलले आफ्नो स्मरणका रूपमा त्रुटियुक्त सूचनाहरू शरीरको गतिविधि सुचारु रूपमा अगाडि बढाउन जरुरी सूचनाकै रूपमा संकलन गर्ने गर्छन् । कतिपय अवस्थामा स्मरणमा रजिस्टर्ड रहेका त्रुटियुक्त सूचनाका कारण नियमित गतिविधि सञ्चालन रहेकै अवस्थामा समेत त्रुटिका सन्देश प्रवाह हुने र प्रणालीको प्रभावकारिताले नै सम्झौता गर्न पुग्ने अवस्था निम्ताइदिन्छ।


विभाजन मार्फत बनेका सेलहरूमा पुरानो बाट नयाँ सेलमा ती त्रुटियुक्त सन्देश सम्प्रेषण र प्रवाह गर्ने कोड समेत हस्तान्तरित हुन्छन् । प्रजनन मार्फत निर्माण हुने सेलहरूमा भने दुई भिन्न स्रोतका सेल मिसिने क्रममा त्रुटियुक्त कोड संवाहक सेलहरू पुनर्निर्माण वा नयाँ प्रतिस्थापन मार्फत हटाइने हुँदा विभाजन मार्फत बनेका सेलका तुलनामा बढी लचिलो, बलियो र प्रभावकारी बन्न पुग्छन् ।


वैज्ञानिकहरूले शारीरिक रूपमा मानिस किन बूढो हुन्छ र मृत्युको सँघारमा पुग्छ भन्ने प्रश्नमा मुख्य तय दुई आधार दिने गरेको भेटिन्छ। पहिलोमा कालान्तरमा सञ्चय गरेको जैविक दोषहरूको कारण नियमित कार्यका कारण सेलहरू थकित र जीर्ण बन्दै जाने। असुरक्षित र अस्वस्थ खानपान, श्वास-प्रश्वास र जीवन पद्धतिले दिने असर । सांसारिक थर्मोडायनामिक अवरोध, आणविक र यूभी जस्ता विकिरणका प्रतिकूलता। ब्याक्टेरिया, भाइरस जस्ता जीवाणुको संक्रमण । विविध रोग र तिनका उपचार पद्धतिले सेलमा पु¥याउने क्षति आदिले बिस्तारै तर अनिवार्य रूपमा डीएनए, प्रोटिन, सेलको संरचना र न्युरोनहरूमा पु¥याउने नोक्सानी मानेको छ ।


दोस्रोमा भने प्राकृतिक रूपमै शरीर आफैँ बूढो हुँदै जाने एजिङ प्रक्रिया भएको बताउँछ। जसरी एउटा व्यस्त सहरहरू यातायात, कारखाना, पावर प्लान्ट र फोहोर हटाउने ट्रक आदिको भीडभाडले भरिएको हुन्छ, हाम्रो शरीरको प्रत्येक कोषभित्र विभिन्न प्रोटिनबाट बनेका पेप्टाइड, एमिनो एसिड, इन्जाइम आदिको भीड भाड रहन्छ। जसले खानाको मेटाबोलिज गर्न, मेटाबोलिजमा उत्पन्न हुने फोहोर बाहिर निकाल्न र डीएनएको मर्मतसम्भार गर्न सघाउँछ। प्रोटिन–प्रोटिन मिलेर बनेको दरिलो डोरी शरीरलाई जरुरी हुने पदार्थहरू एक ठाउँबाट अर्को ठाउँमा लाने कार्गो जस्तो काम गरिरहेका हुन्छन् । निरन्तर आफ्नो व्यवसायमा तल्लीन हुने यी मेसिन वरिपरि हजारौँ पानीका अणु रहन्छन् । जससँग हरेक सेकेन्डमा एक ट्रिलियनभन्दा धेरै पटक यिनीहरू एक आपसमा ठोकिने गर्छन् ।


ठोकिने क्रममा अत्यन्त अराजक र भद्रगोल परिस्थिति बीच कोषिकाका प्रोटिनहरू पानीसँग पौठेजोरीमा उत्रन्छन् । ठोक्किँदा प्राप्त हुने ऊर्जाले कोषिकाहरूलाई नियन्त्रित रहेर काम गर्न जरुरी हुने शक्तिको पूर्ति गरिदिन्छ । शरीरमा कोषिकाहरूलाई जरुरी शक्तिको पूर्ति हुने क्रममा सेलले प्राप्त गर्ने पटक पटकको तनावको कारण लामो समयमा कोशिषका आफैँ कमजोर भई थोत्रन जान्छ । फलः बुढ्यौली लाग्ने गर्छ । जसमा बुढ्यौली हुनुको कारण बाइलोजिकलभन्दा पनि भौतिक देखिन्छ ।


शरीरले तन्तुहरूमा मरेका वा जीर्ण बनेका, काम नलाग्ने सेल विभाजन मार्फत पुनर्निर्माण वा नयाँ प्रतिस्थापन गर्ने गर्छ । जन्म जात बाइलोजिकल संवेदनाको हिसाबमा उक्त सेलमा सीमित विभाजनको क्षमता निर्धारित हुनुको विकल्प रहँदैन। जसले गर्दा हाम्रो शरीरभित्र काल्पनिक मास्टर घडी जडित हुन पुग्छ । सीमित क्षमताका कारण हरेक सेलको सक्रिय जीवनको घण्टा गणना भइदिने गर्छ ।


निकै विवादास्पद बनेको एक मान्यतामा डीएनएमा टेलोमरस नामकरण दिइएको एक टुक्रा रहने गर्छ। प्रत्येक चोटि जब सेल विभाजित हुन्छ, उक्त टेलोमरस निश्चित नापमा छोटो हुँदै जान्छ। यसरी यसले आयु मापन गर्ने मास्टर घडीको काम गर्ने गर्छ। जति जति टेलोमरस छोटो हुँदै जान्छ उति बुढेसकालले च्याप्दै लान्छ।


३० वर्षको उमेर काटेपछि प्रत्येक सात वर्षमा मृत्युको जोखिम दोब्बर हुने ठानिने मानिसको प्राकृतिक मृत्युवरणको मूल कारणमा नियमित एजिङ प्रक्रिया, कालान्तरमा सञ्चय गरेको जैविक दोषहरू, थर्मल तनावले कोषिकामा पु¥याउने क्षति, माइटोकन्ड्रियामा हुने मेटाबोलिजम गडबडीमा पैदा हुने रेडिकलबाट निम्तिने जोखिम, रेडिएसन आदिबाट डीएनएमा पुग्ने नोक्सानी आदिको पृष्ठभूमि पनि धेरै हदसम्म जिम्मेदार रहेको ठान्छ विज्ञान।

हुन त मृत्युको कारण पहिचान गर्दैमा मृत्यु के हो भन्ने प्रश्नको सहज उत्तर मिल्दैन। यसका लागि एउटा कोषिका विभक्त भएर दुई कोषिका बन्ने क्रममा विभाजन हुने क्रममा न त एकल कोष मरेको न त बन्दै गरेका दुई सेलहरूले नयाँ जीवनको नै सुरुवात गरेको हुन्छ भन्ने विन्दुमा फर्कन पर्ने हुन्छ।


बहु–सेलुलर जीवहरूमा समागम हुँदा जर्म सेलबाट बनेको वीर्य र डिम्बको मिलन बाट जाइगोट बन्छ। उक्त जाइगोट नै कालान्तरमा इम्ब्रियो र सालनालका रूपमा विकास हुने गर्छ। इम्ब्रियोका सेलहरू शरीरको सबै प्रकारका सेल बनाउन सक्ने क्षमता राख्छन्। प्रजननमा संलग्न हुने डिम्ब र शुक्राणुको कोषिकाहरू बन्ने सेलहरू लाई जर्म सेल भनिन्छ ।


आफ्ना दुवै अभिभावक बाट प्राप्त जोडी क्रोमोजोम रहेको कोषिकाहरू जसबाट डिम्ब र शुक्राणुको कोषिकाहरू बन्दैन त्यसलाई सोमेटिक सेल भनिन्छ। सोमेटिक सेलबाट शरीरका अंगहरू जस्तै: छाला, हड्डी, रगत, मुटु आदि बन्ने गर्छ। सोमेटिक सेलबाट मानव शरीरमा सबै भन्दा पहिले बन्ने अंग मुटु हो। माइटोसिस मार्फत असीमित रूपमा विभाजन हुन सक्ने कोषिकाहरू लाई स्टिम सेल भनिन्छ । स्टिम सेलले शरीरका विभिन्न अंग जस्तै मांसपेशी कोष, रक्तकोष वा न्युरल आदि सेलको नवीकरण तथा परिवर्तन गर्न सक्छ ।


पोषण युक्त खाना, हावा, पानी र स्वस्थ जीवन शैली मानिसका अनिवार्य आवश्यकता रहन्छन्। इम्ब्रियोका सेलहरू रसिला फलफूल, ताजा तरकारी, नपिनेको गेडागुडी, डेरी प्रडक्ट, मुङ दाल, बदाम, ओखर, छोकडा, फिग, किसमिस, कुरिलो, ब्रोकाउली, चामल, घिउ, ज्वानो, जिरा, कालो जिरा, बेसार, धानियाँ, उरद दाल, सोंफ, दालचिनी, सुकुमेल जस्ता मसला आदिको सेवनबाट बढ्ने गरेको भेटिन्छ । त्यस्तै कुरिलो, काउसोको गेडा, अश्वगन्धा, ढुंग्री फूल आदिको सेवनबाट इम्ब्रियोका सेलहरूमा तन्दुरुस्ती थपिएको भेटिन्छ ।


बिरुवाले वातावरणबाट कार्बनडाइअक्साइड र जमिनबाट पानी लिएर क्लोरोफिलमा प्रकाशको किरणबाट पर्याप्त शक्ति पाएर बनाउने ग्लुकोजबाट मानिसको शरीरले इम्ब्रियो सेल बनाउने क्षमता प्राप्त गर्छ । वायुमण्डलीय कार्बन-डाइ-अक्साइडका अलावा जमिनबाट प्राप्त पानी, मल र अन्य पदार्थसमेतको उपयोगमा फोटोसेन्थेसिस प्रक्रियामा तीन टन कार्बनडाइअक्साइडबाट २.१ टन ताजा अक्सिजन वातावरणलाई फिर्ता गर्ने गर्छ ।

सूर्यको सेतो प्रकाश हामीले देखिने सात रङ मिलेर बनेको हुन्छ । बिरुवाको पातमा रहने क्लोरोफिलको मलिकुलले सात रङमध्ये निलो र रातो लाइट सोसी इनर्जीका लागि चाहिने खाना बनाउने गर्छ । त्यस्तै कतिपय बिरुवाको फलमा हुने केरेटिनोइड पिगमेन्ट (जस्तै गोलभेँडाको लाइकोपिन, मकैको जियोजेन्थिन, सुन्तलाको फलको बोक्राको बिटाकेरोटिन आदि) ले सूर्यको किरणबाट भोइलेट (बैजनी) र निलो–हरियो लाइट लिएर आफूलाई आकर्षक रूपमा परिवर्तन गर्छन् ता कि किरा आदि आकर्षित हुन् । फल खाउन र बिउ अन्यत्र पुगोस् र आफ्नो वंश विस्तार कायम रहोस्।


फोटोसिन्थेटिक प्रक्रियाका लागि औसत आठ वोटा (निलो र रातो) फोटोन लाइटको जरुरी हुने मानिन्छ। आठ फोटोन प्रकाशको किरण भनेको लगभग ३८१ किलो क्यालोरी हुन आउँछ। एउटा कार्बन-डाइ-अक्साइडलाई ग्लुकोजमा परिवर्तन गर्न मात्र ११४ किलो क्यालोरी जरुरी पर्छ । सूर्यबाट क्लोरोफिलले प्राप्त गर्ने इनर्जीबाट वनस्पतिको शक्तिको जरुरत पर्छ। तिनै वनस्पतिबाट प्राप्त हुने खानाबाट क्लोरोफिलबाट शक्ति सञ्चय गर्न नसक्ने जीवहरूका लागि जरुरी शक्तिको पूर्ति हुने गर्छ।


विज्ञानका अनुसार सैद्धान्तिक रूपमा मात्र ३० प्रतिशत इनर्जी बिरुवा र जीवका लागि प्रयोग हुने शक्ति बर्धक खानामा परिवर्तन भएको देखिन्छ। जुन प्रयोगशालामा उच्चतम मात्र २५ प्रतिशत मात्र सदुपयोग भएको पाइएको छ । यसरी प्राप्त शक्ति पनि बिरुवाको श्वास प्रश्वास र दैनिक गतिविधि सञ्चालनमा जरुरी हुने हुँदा सूर्यबाट प्राप्त प्रकाशको शक्तिको औसत १ प्रतिशत मात्र बायोमास अथवा शरीरको भाग बन्न प्रयोग हुने गरेको पाइन्छ ।

सूर्यको किरणबाट लिएकोमध्ये मात्र ३० प्रतिशत इनर्जी कहाँ जान्छ भन्ने यकिन भएको दाबी गर्ने विज्ञानले विज्ञानले बाँकी लगभग ७० प्रतिशत इनर्जी कहाँ खपत भइरहेको छ भनी तथ्यगत व्याख्या गर्न सकिरहेको भेटिन्न। वायुमण्डलीय कार्बनडाइ - अक्साइडका मुख्य प्राकृतिक स्रोतहरू भने ज्वालामुखी फुट्दा निस्कने ग्यास, प्राकृतिक इन्धन, जैविक प्राणी तथा वनजन्य पदार्थ जल्नु, सडनु र जीवहरूको नियमित श्वासप्रश्वास प्रक्रिया आदि रहेको छ ।


एकल सेलीय जन्तु र बहुसेलीय जन्तु सबैको शरीर लगभग उस्तै प्रकृतिका सेलबाट नै बनेको हुन्छ । फरक भनेको मात्र तिनीहरूको शरीरमा रहेको बनावटमा जटिलता हो। एकल सेलीय जन्तुहरू जबसम्म वातावरण अनुकूल रहन्छ र प्रशस्त खाना उपलब्ध हुन्छ तब सम्म बाँचिरहन्छन्। विभाजनबाट आफ्नो संख्या वृद्धि गरि रहन्छन्। तिनीहरूमा न त समय क्रम अनुसार सेल थोत्रने प्रक्रिया नै लागू भएको देखिन्छ न मृत्यु नै आउँछ।

जब वातावरण थोरै दूषित बन्छ, तिनीहरूको सेलुलर गतिविधिमा अवरोध आउँछ। निकै विषाक्त अवस्थामा वा खानाको अभावमा तिनीहरूको मर्ने क्रम सुरु हुन्छ । जब वातावरणमा रहेको विषाक्त हटाइन्छ र उनीहरूको सेलमा रहेको विष पूर्ण सफा हुन्छ, उचित खानपान पश्चात् ती सेलहरू पूर्ण रूपमै पुनर्ताजगी र पुनर्जीवित हुने र पहिले जस्तै निरन्तर सम्म विभाजन मार्फत संख्या वृद्धि गर्ने क्षमता प्राप्त गर्छन्। बहुसेलीय जन्तुमा हामी तिनीहरूको कोषिका कोषिकाको स्तरमा पुगेर तिनीहरूको अंग र तन्तुहरू त्यसमा पनि मुख्य रूपमा स्नायु प्रणालीसँग सम्बन्धित भागहरू पुनर्ताजगी हुने गरी पुनर्जीवित र प्रतिस्थापन गर्न सक्दैनौँ ।


प्रोटिनको निकै ठूलो महत्व रहने जीवको सेलको स्तरमा पुगेर अनुसन्धान गर्दा जीवित प्रोटिनमा सायन ग्रुप रहेको देखिन्छ भने मृत प्रोटिनमा सक्रिय सायन ग्रुप मृत एमिनो ग्रुपको रेडिकलमा परिवर्तन भएको भेटिन्छ। विज्ञानको अनुमानमा अत्यन्त अस्थिर र नाजुक रहने प्रोटिनको सायन ग्रुप शरीरमा हुने नियमित मेटाबोलिजम जस्ता गतिविधिमा युरिया जस्ता नाइट्रोजन हुने र नाइट्रोजन नहुने उप–उत्पादनमा टुक्रिने क्रममा उक्त सेलहरूलाई थोत्राएर कालान्तरमा जीर्ण बनाउने भूमिका खेल्छ । जुन मानिस वृद्ध हुनुको मुख्य कारण ठानिन्छ ।


विज्ञानको हालसम्मको बुझाइमा जब शरीरका प्रोटिनमा रहेको सायन ग्रुप एमिनो ग्रुपको रेडिकलमा परिवर्तित बनिदिन्छ, उक्त प्रोटिन मर्छ । मरेको प्रोटिनका कारण सेल मर्न जान्छ । जब शरीरका सबै सेलका जीवित पदार्थ मर्छ तब उक्त प्राणी मरेको मानिन्छ। प्रोटिनको जीवित र सक्रिय भाग मानिने सायन ग्रुप अत्यन्त अस्थिर र नाजुक प्रकृतिको बायोजिन मानिन्छ। बायोकेमेस्ट्रीमा बायोजिन भनेको एक काल्पनिक प्रोटिन हो जसले शरीरका कोषिका र अंगहरूले एकापसमा मिलेर जीवित रहँदा गर्नुपर्ने कार्य गर्न चाहिने आधार बनाउँछ।


एउटा काल्पनिक प्रोटिन जसको एमिनो ग्रुपको रेडिकलमा परिवर्तनले सेलको कोलोइडल अवस्था भत्कन्छ । सेलको झिल्लीले डिफुजन र अस्मोसिस जस्ता प्रक्रियाबाट छानी छानी बोसो पोषण जस्ता पदार्थ सेल बाहिरबाट भित्र लिने खुबी गुमाउँछ । झिल्लीबाट पानीमा घुल्ने सबै पदार्थभित्र बाहिर गर्न सक्ने अवस्थामा आउँछ । सेलको झिल्लीमै छिद्र पर्ने गर्छ । अन्ततः विविध आन्तरिक केमिकल र भौतिक परिवर्तन द्वारा जम्न पुग्छ।


वैज्ञानिक परीक्षणबाट प्राप्त नतिजा अनुसार एक जीवित सेल मर्ने क्रममा वैज्ञानिक सिद्धान्तले बताउनेभन्दा अत्यधिक शक्ति निस्किरहेको भेटिन्छ। जस्तै: एक ग्राम इस्ट सेल मर्दा एक ग्राम सुक्खा इस्ट सेलले दिनुपर्ने जति क्यालोरी निस्कनुपर्नेमा दुई ग्राम सुक्खा इस्ट सेलले दिने जति क्यालोरी निस्कने गर्छ। रगतको हेमोग्लोबिनको आणविक तौल कम्तीमा १६ हजार ७०० हुन्छ। एउटा अस्थिर जीवित प्रोटिन मर्ने क्रममा भत्कँदा ४० किलो क्यालोरी शक्ति निस्किएको भेटिन्छ। जब कि हाल सम्मकै अत्यन्त अस्थिर र विस्फोटक मानिने एक आणविक तौलको नाइट्रोजन क्लोराईड विस्फोट हुँदा मात्र ३८ किलो क्यालोरी शक्ति निस्कन्छ। एक जीवित अस्थिर प्रोटिन मर्दा आउने यति ठूलो शक्तिको स्रोत के हो भन्ने उत्तर विज्ञानले भेटाइरहेको छैन।


पदार्थको केमिकल म्याटर अस्थिर रहेर हुने विस्फोटको नतिजा कि त चर्को आवाज कि ताप शक्ति कि निकै चम्किलो प्रकाश वा तिनीहरूको मिश्रण हुने गर्छ। जीवित अस्थिर प्रोटिन मर्दा आउने शक्ति भने आन्तरिक रूपमा प्रोटिन तथा चिल्लो पदार्थको एसिड, बेस, साल्ट, हेबी मेटल सँग केमिकल परिवर्तनमा खर्च हुने हुदा जीवित सेल मर्ने क्रममा सम्पूर्ण शरीरले नै निकै छिटो देहावसानको बाटो समात्ने बुझाइ छ विज्ञानको।

हाम्रो शरीरमा लगभग ३७.२ खर्ब (ट्रिलियन) कोषिका हुने भए तापनि लगभग एक सय खर्व बाहिरी माइक्रोबियल कोषिकालाई समेत बोकिरहेको हुन्छन्। हाम्रो पाचन नली (आमाशय, आन्द्रा र गुदद्वार) मा लगभग ०.९ देखि २.३ किलोग्राम (करिब २ देखि ५ पाउन्ड) ब्याक्टेरियाको घर हो। तिनीहरू हाम्रो पाचन नलीमा बस्ने मात्र हैन, हाम्रो प्रतिरक्षा प्रणालीलाई के गर्ने के नगर्ने भनी सल्लाह दिइरहेका हुन्छ। मानव कोषहरूका साथै शरीरमा धेरै संख्यामा सूक्ष्म जीवहरू पनि हुन्छन्। विशेष गरी आन्द्रामा रहेका ब्याक्टेरियाहरू मानव कोषहरूको संख्या भन्दा लगभग १० गुणा बढी हुन्छन्।


हाम्रा शरीरका सूक्ष्म जीवहरूले आवश्यकता अनुसार प्रतिरक्षा प्रतिक्रिया बढाउन वा घटाउन सेतो रगतको सेल (टी–सेल) हरूलाई परिचालन गर्छन्। यसरी हाम्रो प्रतिरक्षा प्रणालीले फाइदा हुने ब्याक्टेरियाको सहयोगमा आफूलाई उत्पादन मूलक वातावरण बनाउँछ ।


फ्री ¥याडिकल केमेस्ट्री बारे हालसालैको नयाँ तथ्य र ज्ञानका कारण आज खाद्य वैज्ञानिकहरू लाई स्वास्थ्य र रोग व्यवस्थापनमा समेत पूर्ण ध्यान पु¥याएर स्वस्थ र पोषणयुक्त खानपान प्रस्ताव गर्न सम्भव बनाएको छ ।


मानिस जीवित रहनका लागि नभई नहुने अक्सिजनले मेटाबोलिक प्रोसेस बाट शक्ति पैदा गर्छ । कतिपय अवस्थामा मेटाबोलिक प्रोसेस बाट र धेरै जसो हाम्रो शरीर एक्स–रे, चुरोट गाँजाको धुवाँ, प्रदूषित हावा, औद्योगिक केमिकल लगायतका प्रतिकूल वातावरणको लगातार संसर्गमा आउँदा इन्जाएमेटिक र ननइन्जाएमेटिक गतिविधिमा हुने अक्सिजन र प्रोटिनमा हुने नाइट्रोजनको अर्बिटको इलेक्ट्रोनलाई ¥याडिकलाइज गरी रियाक्टिभ बनाइदिन्छ ।


¥याडिकलाइज आयोनलाई तुरुन्तै नियन्त्रण नहुँदा यसले फ्याट, न्युक्लिक एसिड, प्रोटिन आदिलाई लक्ष्य गरी सेललाई बिगारिदिन्छ। यसलाई अक्सिडेटिभ स्ट्रेस भनिन्छ।


शरीरमा क्यान्सर लगायतका रोग तिनै अक्सिडेटिभ स्ट्रेसका कारण भित्रिन्छ। लगातारको रेडिएसन, प्रदूषण, चिन्ता र कुपोषण आदिका कारण हुने अक्सिडेटिभ स्ट्रेसबाट नै मानिसमा बुढ्यौली, छाला रोग, मधुमेह, हृदयाघात, क्यान्सर लगायत अन्य जटिल रोग पैदा हुन्छ।

शरीरमा फ्री ¥याडिकल पैदा हुँदाका बखत त्यसलाई आक्रमण गरी तुरुन्तै न्युट्रालाइज गर्न सक्ने क्षमता विकास गर्न सहयोगी हुने तत्व मानिसले प्रायः खानाबाट पूर्ति गर्नु जरुरी हुन्छ । जसलाई एन्टिअक्सिडेन्ट भनिन्छ । अक्सिडेटिभ स्ट्रेस धेरै हुँदा मानिस छिट्टै बूढो समेत देखिने हुँदा एन्टिअक्सिडेन्ट युक्त खानालाई एन्टिएजिङ खाना र पेयलाई एन्टि एजिङ पेय अथवा अमृत भनिएको हो।


पार्टिकल फिजिक्सले सुझाए अनुसार हाम्रो शरीरका सेलहरू एटमले बनेको हुन्छ। जुन इलेक्ट्रोन, प्रोटोन र न्युट्रोनले बनेको भनिए तापनि इलेक्ट्रोनको लोकेसनले देखिएको एटम भनेको यसको एक लाख गुणा सानो प्रोटोन र न्युट्रोन हुने न्युक्लियस हो । जुन ग्लुवोनको तागतले अठ्याएर राखेको तीन वटा क्वार्कबाट बनेको प्रोटोन र न्युट्रोनबाट बनेको हुन्छ।


यसरी वास्तवमा हाम्रो शरीरमा ९९.९९९९९९९९९ प्रतिशत खाली भाग हुन्छ ।


शरीरका लगभग ९९ प्रतिशत एटमहरू हाइड्रोजन, कार्बोन, नाइट्रोजन र अक्सिजनका एटमले बनेका हुन्छन्। हामीले खाने खाना, पेय पदार्थ र श्वासमा समेत पोटासियम–४० र कार्बन–१४ जस्ता रेडियोन्युक्लाइडस हुन्छ। जुन शरीरका मलिकुलसँग मिल्छ र विखण्डन भई रेडिएसन निकाल्छ । जस्तै पोटासियम–४० विखण्डन हुँदा यसले इलेक्ट्रोनको एन्टिमेटर्स ‘पोजिट्रोन’ बनाउँछ र एटमको इलेक्ट्रोनसँग जबरजस्त ठोक्किन गई गामा–रेको फर्ममा रेडिएसन निकाल्छ । यसरी हाम्रो शरीरले आन्तरिक रूपमा रेडिएसन निकाल्छ।


सामान्य रेडिएसन हामी बस्ने घर, हामीले खाने खाना र पृथ्वीले साथै हाम्रो शरीरले पनि निकाल्ने गर्छ । बाहिरी संसारबाट प्राप्त हुने कस्मिक रे हाम्रो शरीरसम्म लगातार पुगी एटमको न्युक्लियस सँग ठोक्किन गई मेसन्स (Mesons) बनाउँछ । जुन धेरै जसो खण्डित भएर मुवोन (Muons) र न्युट्रिनोज (Neutrinos) बन्छ। अन्ततः पृथ्वीतिर पुग्छ । कहिलेकाहीँ यिनीहरूले म्युटेसन (Mutation) पनि गराउँछन्। सूर्यबाट प्राप्त हुने फोटोन आदिले हामीलाई हाम्रो वरिपरि देख्न सहयोग गर्छ । यसमा हुने न्युट्रिनोज हाम्रो शरीर हुँदै पृथ्वीमै पुग्छ । शरीरमा यति धेरै रेडिएसन लगातार पुगिरहेको अवस्थामा पनि हामीलाई जोखिम युक्त रूपमा खासै असर नहुनुमा हाम्रो शरीरको धेरैभन्दा धेरै भाग खाली वा ‘डार्क स्पेस’ भएर नै हो ।

पार्टिकल फिजिक्सको निष्कर्षमा प्रत्येक जीवजन्तुको मूर्त शरीर इनर्जीको सिस्टमेटिक संयोजनबाट बनेको कुनै फिजिकल अब्जेक्ट मात्र हो। जसलाई सञ्चालनार्थ सूक्ष्म इनर्जीको जरुरत हुन्छ।


विज्ञानकै अनुसार निर्जीव र सजीव वस्तुमा रहेको फिजिकल अब्जेक्टको सञ्चालनार्थ निश्चित शक्तिको जरुरत हुन्छ। विज्ञान नै भन्छ, ‘सजीव फिजिकल अब्जेक्ट बन्ने क्रममा यकिन गर्न नसकिएको प्रक्रियाले त्यहाँ जरुरी हुनेभन्दा निकै धेरै शक्ति लिइरहेको पाइन्छ।’ विज्ञान यो पनि बताउँछ कि जीवित फिजिकल अब्जेक्ट बलपूर्वक नष्ट गर्दा त्यही नै अब्जेक्ट निर्जीव फिजिकल अब्जेक्ट रहँदा भन्दा बुझ्न नसकिएको प्रक्रियाबाट आश्चर्यजनक रूपमै निकै धेरै शक्ति पैदा गरिदिन्छ ।


धेरै सूक्ष्म रूपमा हेर्दा शरीरमा सन्तान वृद्धिको क्षमता राख्ने वीर्य र डिम्ब बन्दै गर्दा सूर्यको किरण मार्फत प्राप्त हुने अभौतिक पदार्थ (आत्मा) शक्ति, वीर्यको डिम्बमा संयोजन भई बनेको गर्भलाई जीवन्त राख्न जरुरी जीवन्त शक्ति (कन्सियसनेस) पूर्ति गर्न विज्ञानले हुनुपर्ने भनी अनुमान गरेको भन्दा निकै धेरै शक्ति खपत भएको अनुमान लगाउन सकिन्छ। जीवको भौतिक पदार्थ निर्मित स्थूल शरीर नमर्दा सम्मको बिन्दुसम्म मात्र जीवनलाई जीवन्त राख्ने आत्मा शक्ति र कन्सियसनेस भौतिक शरीरमा जोडिइरहने हुँदा मृत्युको बिन्दुमा पुनः त्यही नै अब्जेक्टले आफू निर्जीव फिजिकल अब्जेक्ट रहँदाभन्दा निकै धेरै शक्ति निकाल्ने गरेको हुनु पर्छ ।


मृत्यु प्रक्रियामा आत्मा शक्ति र कन्सियसनेस ब्रह्माण्डमा नै फर्कने गर्छ । मानव शरीरका प्रत्येक कोषिका डीएनए आदिबाट बने पनि ती सबै सूक्ष्म रूपमा हेर्दा बिलियन्स एटम बाटै निर्मित हुन्। प्रत्येक एटम क्वार्ज, ग्लुवोन लगायतका विभिन्न अति सूक्ष्म पार्टिकलले बनेका, प्रोटोन र न्युट्रोनबाट बनेका हुन्छन्। इलेक्ट्रोन र क्वार्ज, ग्लुवोन लगायतका सूक्ष्म पार्टिकल निकै स-सानो इनर्जीका संयोजनले बनेका विन्दु हुन्। यस्ता विन्दुहरू जसले हाम्रो शरीरभित्र इन्फर्मेसनको जालोको संयन्त्र बनाउँछन् ।


मरेको र जीवित कोषिकामा रहने फरक भनेको जीवित कोषिकामा ती ससाना इनर्जीका विन्दुहरूलाई एक अनौठो प्रक्रियाबाट निश्चित हार्मोनीमा सञ्चालन गर्ने इनर्जीको उपस्थिति रहन्छ। यसलाई आयुर्वेदमा जीवन्त शक्ति (वायु वा प्राण वा लाइट) भनिन्छ । क्वान्टम फिजिक्सले यसलाई इन्फर्मेसन भन्ने गरेको छ। जीवन्त शक्ति गुमेपछि कोषिकाको जीवन अन्त्य हुन्छ । मानिस र जनावर जस्ता बहुकोषमय जीवहरूमा पुरुषको वीर्य, महिलाको डिम्ब बन्ने, गर्भाशयमा दुवै मिल्न पुग्दा प्रकृतिको आज सम्मकै उत्कृष्ट तर निकै जटिल जीवन अस्तित्व आउने र त्यो विकसित भई उन्नत जीवन सञ्चालनको प्रक्रियामा निकै धेरै जटिलता रहने हुँदा मृत्यु निकै छिटो आउने गर्छ। एकल कोष जीवहरू सामान्य मात्र जटिलतामा रहेकाले प्रतिकूल वातावरण वा खानाको अभाव बाहेक अन्य कारणले त्यति छिटो जन्मने र मरि हाल्ने गर्दैनन्।


क्वान्टम बडी मेकानिक्सका अनुसार प्राणीको शरीरको प्रत्येक कोषिका एउटा छुट्टै अस्तित्वको जीवन हो । साबुनका फोकाजस्ता लाग्ने यस्ता खर्बौं सूक्ष्म जीवको सग्लो रूप नै प्राणीको शरीर हो। शरीरका प्रत्येक सेलको अर्को सेलसँग भौतिक रूपमा जोडिएर सूचना र मेमोरी आदान प्रदान हुने संयन्त्र एवं न्युरोनको नेटवर्क बनाएको हुन्छ। न्युरोनले शरीरभित्र आपसमा जोडिएर रहेका जीवित पदार्थ बीच सूचनाको आदान प्रदान गर्ने गर्छ।

शरीरसँग कुनै पनि रूपमा नजोडिएको सोचाइ, विचार, इमोसन, शारीरिक प्रतिक्रिया, डार्क म्याटर्स आदि निर्जीव तत्व (जसलाई न पदार्थ भन्न सकिन्छ न त शक्ति नै) लाई शरीरमा जोडी निर्जीवलाई सजीव सँग जोडी जीवन्त गर्ने काम इन्फर्मेसन वेब (संयन्त्र) ले गर्छ। इन्फर्मेसन वेबले इलेक्ट्रोम्याग्नेटिक संसर्गको प्रक्रिया बाट न्युरोन आदिलाई सञ्चालित गरी मानिसलाई जीवन्त राख्ने काम समेत गर्छ । यसलाई बोली चालीको भाषामा इन्टेलिजेन्स वा जैविक चेतना पनि भन्ने गरिन्छ।


सरलीकृत भाषामा भन्दा संसार दुई प्रकृतिका चिज ‘परा र अपरा’को संयोगबाट बनेको छ। परा भनेको जैविक चेतना हो । जुन प्राणी र वनस्पति दुवैमा हुन्छ। अपरामा पाँच स्थूल तत्व पृथ्वी, जल, आकाश, तेज र वायु तथा तीन सूक्ष्म तत्व मन, बुद्धि र अहंकार पर्छन्। स्थूल शरीर भनेको भौतिक शरीर हो जुन अपरा प्रकृतिको पृथ्वी, जल, आकाश, तेज र वायुबाट बनेको छ। हामीमा रहेको चेतनाको कारण नै हामीले पदार्थलाई देख्न वा महसुस गर्न सक्छौँ । जुन चिजमा ईश्वरीय तत्व (आत्मा) तथा चेतना (कन्सियसनेस) छ, त्यो परा अर्थात् मेटाफिजिकल हो। परा भन्नाले वास्तवमा आत्मालाई नै भनिएको हो ।


आदिम कालमै वेदमा लेखिए अनुसार प्राणी जीव र पदार्थको संयोजन विना अलग अस्तित्वमा रहन सक्दैनन् । पदार्थसँग ईश्वरीय तत्व (आत्मा) तथा चेतना (कन्सियसनेस) मिले पछि प्राणी जीवित रहन्छ। जब खानाको कुरा आउँछ, हामी ‘दिमाग समेतको’ हाम्रो मूर्त शरीर स्वस्थ राख्ने विधि बारे कुरा गर्छौं । हाम्रो मूर्त शरीरलाई सञ्चालन गर्ने ‘दिमागको सञ्चालकको’ स्वस्थको कुरामा भने अध्यात्मको सन्दर्भ जोडिन्छ ।

मानव शरीरको इन्टेलिजेन्स वास्तविक शरीरको न्युरोन आदि म्याटर्स भन्दा धेरै महत्वपूर्ण हुने गर्छ। किनकि इन्टेलिजेन्सले म्याटर्सलाई निश्चित हार्मोनीमा सञ्चालन गर्छ । जब उक्त हार्मोनी टुट्छ, ईश्वरीय तत्व (आत्मा) तथा चेतना (कन्सियसनेस) ब्रह्माण्डमा नै फर्कन्छ र मानिसको इहलीला समाप्त हुन्छ।


मृत्यु पछाडिको यात्रा (Unpoven Hypothesis)


सबै संस्कृतिका आफ्नै विश्वास र परम्परा हुन्छ। हाम्रो पनि छ। ओमकारमा विश्वास गर्ने सनातन धर्ममा आस्था राख्ने हिन्दुहरूको मान्यतामा मृत्यु वास्तवमै एक चाख लाग्दो प्रक्रिया हो । कुनै पनि मानिसको मृत्यु हुनु भन्दा झन्डै चारदेखि पाँच घण्टा अघि उसको शरीर मुनि रहने पृथ्वीका सम्पूर्ण चक्र मानिसको शरीर सँग विच्छेद हुने गर्छ। जुन मानिसको जीवन्त शक्ति र पृथ्वी बीचको आधिकारिक सम्बन्ध विच्छेद ठानिन्छ। मर्नु भन्दा केही घण्टा अघिबाट मानिसका खुट्टा चिसो हुन थाल्छ। प्रस्थान गर्ने निर्धारित समय पुग्दा यम नामका मृत्युका देवता देखा पर्छन्। आत्मालाई आत्माले तय गरेको दिशामा उसको स्मृति सहित लैजान मद्दत गर्छन्।


शरीर भन्दा बाहिरको अनुभवलाई राम्ररी बुझ्न चेतना र प्राण वा आत्माको अस्तित्व बारे बुझ्न जरुरी हुन्छ। शरीर जीवित रहन अनिवार्य हुने चेतना र प्राण वा आत्मालाई हामी ‘सूक्ष्म शरीर’ मान्छौँ । सूक्ष्म शरीर भौतिक शरीर भन्दा भिन्न रहन्छ । जब सूक्ष्म शरीरले भौतिक शरीरबाट अलग हुने सौभाग्य प्राप्त गर्छ तब त्यो ब्रह्माण्डको यात्रामा निस्कन सक्षम बन्छ। सूक्ष्म शरीर भौतिक शरीरबाट निस्किएर शरीर बाहिर ब्रह्माण्डको यात्रामा निस्कने प्रक्रियाको सुरुवातको निर्णायक विन्दुलाई हामी मृत्यु भन्छौँ ।


यदि आत्मा कुनै भावनात्मक कारण (चेतनाको जालो) बाट शारीरिक जीवन सँग जोडिएको कारणले चुडिन नसकिरहेको अवस्थामा आत्मा शरीर सजिलै छुट्टिन सक्दैन। शरीरको चक्र र पृथ्वीको चक्र बीचको सम्बन्ध विच्छेद बनिसकेको अवस्थामा शरीरको वृत्ति विकास रोकिएकाले भत्कने र जीर्ण हुने अन्तिम विन्दु समेत पार गरि सकेकाले आत्मा त्यहाँ रहन सक्ने सबै अवसरको ढोका बन्द भइसकेको हुन्छ। शरीर सँग जोल्टिएर रहेको चेतना वा कन्ससनेस आत्मा सँग समेत जोल्टिएर रहेकाले जब आत्मा शरीर छाडेर बाहिर निस्कने खोज्छ, चेतना द्वारा विकसित शरीर र आत्मा बीचको एट्याचमेन्टको पातलो डोरीले शरीरसँग बाधिएका कारण आत्मा शरीरबाट चुँडिएर बाहिर जान सकिरहेको हुँदैन।

चेतन शक्तिको एकातर्फको आजीवन मरिसकेको शरीरमा आत्मालाई राख्न चाहने क्रिया र आत्मा शरीर बाहिर निस्कन खोज्ने अर्को तर्फको प्रतिक्रिया बीचको द्वन्द्व विकसित हुन्छ। यो द्वन्द्व तबसम्म चलिरहन्छ जबसम्म आत्मा र शरीरबीचको एट्याचमेन्टको सूक्ष्म डोरी छिन्दैन । मानिसको भर्खरै मृत्यु भएको बखत एट्याचमेन्टका कारण शरीरसँग छुट्टिन नसकेको तर पृथ्वीको चक्र सँगको सम्बन्ध विच्छेदका कारण शरीर बाहिर तानिने क्रमको नियति भोगेको आत्माको तनावयुक्त गतिशीलताका कारण मृत्युको विन्दु पछाडिको समयमा समेत मृतकको अनुहार, हात, खुट्टा सूक्ष्म वा हल्का चालका रूपमा चलिरहेको देख्न सकिन्छ।


यस अवस्थामा कन्ससनेस र आत्मा दुवै अस्तित्वमा रहेकाले त्यहाँ भएका र बोलिएका सबै आवाज र सबै व्यक्तिका विचार समेत आत्माले सुनिरहेको हुन्छ। आत्मा आफू एट्याच रहेका आफ्ना सबै प्रियजनसँग कुरा गरिरहेको हुन्छ । उसले भनिरहेको हुन्छ, ‘हेर कम्तीमा तिमी त भ्रममा नपर, म मरेको छैन।’ आत्माका ती भनाइहरू त्यहाँ रहेका उसका आफन्तले बुझ्ने लवजमा परिवर्तन गरिदिने उसको शरीरका इन्द्रिय काम नगर्ने इन्जिनमा परिवर्तन भइसकेकाले प्रशोधन गरी उनीहरूले बुझ्ने भाषामा परिवर्तन हुने प्रक्रिया नै पूरा हुन सक्दैन । जसले गर्दा जीवित रहेका आत्माका आफन्तले मात्र हैन, कसैले पनि आत्माका ती अनुभूति सुन्न र महसुस गर्न सक्ने अवस्था रहँदैन ।


आफूले अनुभूति गरेका कुराहरू आफूले विश्वास गरेका आफन्तले समेत नसुनिरहेको, नबुझिरहेको तर आफ्नो मृत्यु भएकामा अत्यन्त चिन्तित देखिने क्रम जब दोहरिन थाल्छ, आफ्ना कुरा पटक पटक पुनः एकपछि अर्को कसैले सुनिरहेको हुँदैनन्, उसका भनाइमा ध्यान दिएको देखिँदैन, त्यस पछि बिस्तारै उसलाई आफू वास्तवमै मरिसकेको रहेछु भन्ने आत्मबोध हुन थाल्छ । जब आत्मालाई आफू मरेको आत्मबोध हुन्छ, आफू पुनः आफ्नो त्यही शरीरमा फर्कन सम्भव छैन भन्ने निश्चय हुन्छ तब आत्मा शरीरमा टाँसिन छोड्छ। आफ्नो शरीर, आफ्नो प्रिय वस्तु र आफन्त सँगको एट्याचमेन्टका कारण उक्त शरीरबाट लगभग १२ फिट वा छतको उचाइमा तैरिएर बस्छ। आफ्नो शरीरको केही दूरीमाथि तैरिएर शरीर वरिपरि भइरहेको सबै कुराको अनुभूति आत्माले निरन्तर लिइरहेको हुन्छ।


आफूले आफ्नो मुड शरीर त्यागि सकेको पूर्ण अनुभूति लिइसके पश्चात् शरीर वरिपरि तैरिरहने आत्मा जबसम्म शरीरको दाहसंस्कार हुँदैन तबसम्म त्यहाँ रहेको भीडभाड र गतिविधि नियाल्दै गरेको हुन्छ। शवयात्रा देखि दाहसंस्कार सम्मका सबै गतिविधिको समेत साक्षीका रूपमा रहने र सबै कुराको प्रत्यक्ष अनुभूति लिइरहेको हुन्छ। जब शरीरको दाहसंस्कार गरिन्छ तब आत्मालाई धेरै वर्षदेखि पृथ्वीमा आफूलाई आफ्नो पहिचान दिने र सार अस्तित्वको मूल पहिचान दिलाउने शरीर विलीन भएर पञ्चतत्वमा मिलन बनिसकेको एहसास दिलाउँछ । आफ्नो लामो लगाव रहेको आफ्नै शरीर आफैँ अगाडि बिलाएर ब्रह्माण्डमा मिलेको अनुभूति गरेको आत्माले दाहसंस्कारको सम्पन्नतामा पूर्ण स्वतन्त्रताको अनुभूति गर्छ। शरीर सँगको लगावमा रहँदा र हुँदाको सबै सीमा तोडिसकेको र आफू जहाँ चाह्यो त्यही यात्रा गर्न सफल बनेको फरक अनुभूति आत्माले प्राप्त गर्छ ।


आफ्नो स्वतन्त्रताको अनुभूति पाएको आत्माले पहिलो सात दिनसम्म आफूलाई मन पर्ने ठाउँ जस्तै आफू दैनिक साथीभाइ भेट्न जाने चिया पसल, आफूले माया गर्ने ठाउँ, वस्तु, व्यक्ति सँग समय बिताउने, आफ्नो धन सम्पत्ति राखेको दराज, छोरा नातिहरू खेल्ने हाँस्ने ठाउँ, आफ्नो प्रेमी, प्रेमिका वा आफूले भ्रमण गर्दा मान सम्मान पाउने आफन्तको वरिपरि रहेर उनीहरूको सुख दुःखमा सहभागी बनिरहेको हुन्छ। उनीहरू सँगै रमाइरहेको वा भुलिरहेको हुन्छ। सातौँ दिनको अन्त्यमा पुग्दा भने यो मायावी जालोबाट मुक्त हुँदै आत्माले आफ्नो परिवार, नजिकका र आफन्तहरू, आफ्ना प्रिय वस्तु, स्थान सबैलाई अलबिदा भन्दै पृथ्वीबाट ब्रह्माण्डको यात्रामा निस्कने तयारीमा जुट्न थाल्छ।


शरीर जिउँदो रहँदा र मरिसकेपछि आत्माको अनुभूतिमा आएको अनुभवहरू आत्मा आफैँ भित्र रहने गर्दैन। हामीले देख्न नसकिने प्रकृतिको सूचनाको चिप्स जस्तो पातलो स्मृतिमा आत्माको अनुभूतिमा आएको सम्पूर्ण अनुभव संकलन भएर रहेको हुन्छ। जसलाई गरुड (एक प्रकारको चरा) पुराणमा चित्र गुप्तको नाम दिइएको छ । उक्त पातलो स्मृतिको चिप्स आत्मा शरीरमा रहँदादेखि नै जोल्टिएर वा एट्याचमेन्ट रहेर गरेको हुन्छ। जुन वास्तवमा चेतना वा कन्ससनेस नै हो ।


चित्रगुप्त नाम दिइएको स्मृतिको चिप्सलाई आत्मा सँग जोल्टाएर एट्याचमेन्टका रूपमा आत्मा जता गयो उतै लैजान सहयोग गर्ने शक्तिलाई भने यमदूतको नाम दिइएको छ। जीवित शरीरमा रहँदा देखि मृत्यु पश्चात्को तत्कालीन समय सम्मका अनुभूतिमा आएका सन्दर्भहरू स्मृतिमा रूपमा उक्त पातलो स्मृतिको चिप्समा सुरक्षित रहन्छन्। यो अर्थमा आत्मालाई बायोआत्मा भन्ने गरिन्छ। मानिसको मृत्युको ११ औँ दिन वा मृत्युपछि १३ औँ दिन सम्म आत्मा र पातलो स्मृतिको चिप्स एकापसमा जोल्टिएर वा एट्याचमेन्टमा रहेर अस्तित्वमा रहने गर्छ।


मृत्यु भएको पितृको हिसाबमा उसका लागि पहिलो १२–१३ दिनको प्रार्थना र रीति रिवाज अत्यन्त संवेदनशील ठानिएकाले उसका सन्तति र आफन्तलाई कम्तीमा यो समयमा नियमित प्रार्थनामा लाग्न जोड दिने गरिन्छ। मृतात्माका लागि यो समय स्मृतिका चिप्सका सूचनाहरू पुनरवलोकन गर्ने अहम् समय मानिन्छ । जीवन जिउने क्रममा भएका धेरै भुलचुक भएका गल्ती र असावधानीका कारण बायोआत्माको धेरैप्रति गुनासा, असन्तुष्टि, आग्रह र आशा हुन सक्छन्। त्यसमा पनि आफन्त र आफ्ना निकै नजिकका सँगको गुनासा, असन्तुष्टिले आत्मा अतृप्त बनाउने गर्छ। उक्त समयमा आफन्तले पूजाआजा गरी आफ्नो अन्तरात्मा बाटै आफ्नो गतिविधिका कारण पुग्न गएको दुःख वा अपमान प्रति क्षमा माग्ने कार्यले जीवनका विभिन्न चरणमा पैदा भएका र स्मरणमा बसेका व्यक्त, अव्यक्त नकारात्मक भावना, दुःख, घृणा, क्रोध, आदि आग्रहले पैदा गर्ने अनुग्रहको मध्यमबाट क्षमादान हुने हुँदा स्मृतिको चिप्सबाट हट्ने गर्छ ।


बायोआत्मामा समर्पित रहेर गरिने सबै अनुष्ठान, प्रार्थना र सकारात्मक ऊर्जाहरू आत्माले आफ्नो यसपछिका लागि तय गर्ने यात्राका लागि जरुरत हुने शक्ति उपलब्ध गराउन सहयोगी बन्छ। आत्मा अतृप्त राख्दै भड्काउने गुनासा, असन्तुष्टि, दुःख, घृणा, क्रोध, आग्रह जस्ता कुराबाट आत्मा जति छिटो मुक्त हुन सक्छ त्यति छिटो यात्रा गर्नुपर्ने सुरुङ मार्ग र त्यसको अर्कोतर्फको प्रकाशको उज्यालो अनुभूति गर्न सक्छ । जब त्यतातर्फ ध्यान केन्द्रित बन्छ तब मात्र बायोआत्माको ब्रह्माण्डको यात्रा सुरु हुन सम्भव बन्छ।


आत्मालाई भड्काउने प्रकृतिका आफ्नो शारीरिक, भौतिक र मनोवैज्ञानिक लगाव मुक्त बनेको आत्माको ब्रह्माण्डको यात्राको सुरुवात स्मृतिको चिप्समा सुरक्षित आफ्नै विगतका कर्मको पुनरवलोकन बाट सुरु हुन्छ । स्मृतिको चिप्सको कर्मिक बोर्डमा सुरक्षित सूचनाको सहायतामा पृथ्वीमा भर्खरै पूरा भएको जीवनका हरेक गतिविधिभित्र आफूले गरेका कर्महरूको गहन स्वसमीक्षा गर्न सम्भव बन्छ । कुनै आग्रह, पूर्वाग्रह, अहंकार र कलुषित निर्णयको भावमुक्त बनेको आत्मा अब प्रकाशको विशुद्ध ज्योति मार्फत प्राप्त शक्तिको उपयोगले निष्पक्षमा रूपमा जीवनमा गरिएका र भएका विगतका सम्पूर्ण कर्मको स्वमूल्यांकन गर्न सक्षम बन्छ ।


जीवनको आत्म समीक्षाको संज्ञा दिइने उक्त समयमा कुनै न्यायाधीश वा ईश्वर हुने गर्दैन। त्यो आत्माले आफैँले आफ्नो अनुभूति र कर्मको पुनरवलोकन गरी न्याय दिने प्रक्रिया हो। यो यस्तो समय हो जुन समयमा आफ्नो जीवन कालमा आफूलाई अन्याय गरी व्याकुल पार्ने व्यक्तिहरू उनीहरूले गरेको कर्मका लागि उपयुक्त पाठ सिकाउन यो दण्ड भोग्न जरुरी रहेको भन्ने अनुभूति गर्ने गर्छ। आफ्नो सन्दर्भमा आफूले गरेका हरेक गल्तीको समेत महसुस गर्छ । आफूले गरेका सबै गल्तीमा आफैँलाई दोषी समेत करार गर्ने गर्छ। आफ्ना तर्फबाट भएका दोष र गल्तीबाट पाठ सिक्नका लागि आत्म सजायको मागसमेत गर्छ। यो समयमा शरीर र अहंकार दुवै आत्मासँग नजोडिएको हुँदा वास्तविक यथार्थको तथ्यगत मूल्यांकन पश्चात् गरिने महसुस निष्पक्ष र यथार्थ परक रहने ठानिन्छ। निष्पक्ष र यथार्थ परक रहने निश्चित ठानिने उक्त आत्मा अनुभूतिलाई नै आत्माको अर्को जीवनकाल हुने वा नहुने भन्ने तय गर्न निर्णायक बन्छ। आत्माको अर्को जीवन हुने तय भएमा कस्तो हुने भन्ने निश्चय गर्नसमेत तय गर्न तिनै आत्मानुभूति मुख्य आधार बन्ने गर्छ।


आफ्नो आत्मसमीक्षा पूरा गरेपछि आत्माको उक्त जीवनचक्र समापन भएको मानिन्छ। सम्पन्न आत्मसमीक्षाको आधारमा भर्खरै पार गरेको जीवनचक्र पश्चात् दर्द र मायायुक्त मायावी जीवनबाट नै मुक्त हुने वा अर्को जीवन चक्रमा पुनः फर्कने भन्ने आधारभूत संरचनाको खाकासमेत आत्माको आफ्नै अनुभूतिका आधारमा तय हुने गर्छ। आत्मसमीक्षाको निक्र्योलले आत्माको अर्को जीवन जरुरी रहेको देखाएमा अर्को जीवनमा कस्ता कस्ता मूल घटना, कस्ताकस्ता चुनौती सामना गर्नु पर्ने र कस्ताकस्ता घटना व्यहोर्नु पर्ने भन्ने पूर्ण सम्झौता सहितको ब्लुप्रिन्टको समेत आधारशिला तय हुन्छ ।


आत्माको आफ्नै सम्झौताको ब्लुप्रिन्टका आधारमा तत्कालीन समयको जरुरत अनुरूप आत्माको पुनर्जन्मको तय हुने गर्छ । जसमा आत्मा आफैँले आफ्नो नयाँ आमाबुवा छान्ने र आमाको गर्भमा प्रवेश गर्ने गर्छ। यो कहिले भर्खरै अण्डाको गर्भधारणको समयमा हुने गर्छ भने कहिले गर्भधारणको चार–पाँच महिनाको समयमा पनि हुन सक्छ। आवश्यकता अनुरूप कहिले काहीँ त जन्मनु भन्दा केही समय पहिलेको क्षणमा समेत प्रवेश गर्ने समय मिलाइएको हुन्छ ।


अति सुन्दर ढंगले पूर्णता सहित इन्जिनियरिङ भएको यो ब्रह्माण्डका विभिन्न ग्रह र तारा आदिको स्थान र जन्मको समय र जन्मको ठाउँले आत्माको नयाँ जीवन कस्तो हुनेछ भन्ने व्यवस्थित ब्लुप्रिन्ट वा कुण्डली बनाएर बुझ्न सकिने गरी संकेत गरेको हुन्छ। जब आत्माले मानिसकै रूपमा पुनर्जन्म पाउँछ त्यो परिस्थितिमा जन्मको पहिलो ४० दिन सम्म बच्चाले आफ्नो विगतको जीवनलाई सम्झेको हुन्छ। कसैलाई कुनै करकाप उत्पन्न नहुने गरी विगतको जीवनको अनुभूतिको विभिन्न क्षणको स्मृति अनुरूप बच्चा आफैँ हाँस्ने, शान्त रहने, रुने, चिच्याउने आदि गतिविधि देखाउँछ। त्यस पछि उसमा आफ्नो विगतका जीवनका स्मृतिहरू एकाएक हराउने गर्छ। यो समयमा आत्माको पहिलो जन्मको स्मरणको डोरी सम्पूर्ण रूपमा चुँडिएको हुन्छ। फलतः आफ्नो पहिले पनि एउटा जीवन थियो भनी अनुभव नै पूर्ण रूपमा बिर्सिएर सामान्य बालकका रूपमा नयाँ कुरा सिक्दै आफ्नो जीवन सुचारु गर्न सुरु गर्छ ।


गरुड पुराणका अनुसार एउटा जन्मदेखि अर्को जन्मसम्म स्मृतिको चिप्स मार्फत जानकारी पुग्ने स्थिति मानिसमा मात्र हुन्छ । मानिसले मानिसकै रूपमा पुनर्जन्म प्राप्त गर्दा मात्र एक जन्मबाट अर्को जन्म सम्म स्मृति पुग्न सक्छ। चरा, अन्य जनावर र बोट बिरुवा आदिमा स्मरणको चिप्स नहुने हुँदा यो सम्भव रहँदैन। जब आत्मा स्मृतिको चिप्ससँग जोडिन्छ यसलाई बायोआत्मा भनिन्छ। भर्खरै पार गरेको जीवन चक्रको आत्म समीक्षाको दौरानमा स्मृतिको चिप्ससँग पूर्ण रूपमा विच्छेद हुन सक्ने बायोआत्मा त्यहीबेला नै आत्मामा परिवर्तन हुन्छ। नसक्नेले पुनः नयाँ जीवनको सुरुवात गर्ने चक्रबाट गुज्रनुपर्छ। बायोआत्माबाट पछिल्ला जीवनका स्मरण पूर्ण रूपमा हट्न सक्दा सांसारिक माया, भोक, पीडा, अहंकार सबैबाट आत्मा मुक्त हुन सक्छ । त्यो भनेको मोक्ष प्राप्तिको अवस्था हो।


मोक्ष भनेको पुनः जन्म र मृत्युको चक्रमा गइरहन पर्ने सांसारिक दुःख र मोहको अवस्थाबाट सदाका लागि मुक्ति प्राप्ति गर्नु हो ।


हरेकको जीवन उसको आत्माले विगतमा भोगेको परिस्थिति अनुरूप आत्माले नै मागे अनुरूप तय भएको व्यवस्थित ब्लुप्रिन्ट वा कुण्डली अनुरूप उसलाई प्राप्त भएको हुन्छ। आफ्नो जीवन कालमा उसले भेट्ने हरेक साथी, आफन्त, मित्र, अमित्र, शत्रु, अभिभावक, जीवन साथी देखि नजिकका आफ्ना र पराइ समेत उसको आत्मा आफैँले निश्चय गरी सम्झौतामा पुगेको कुण्डलीको खाकाका आधारमा निश्चित कारणका लागि उसको जीवनसँग विभिन्न रूपमा जोडिन पुगेका हुन्। उनीसँग जोडिएका हरेक पात्रले आफ्नो भागमा परेको आफ्नो भूमिका लाए अराए अनुरूप पूरा गरिरहेका छन्। एउटा कुशल फिल्म वा नाटकका अभिनेता र कलाकारले आफ्नो भूमिका खेले जस्तै। एक कुशल रचनाकार बाट रचना गरिएको निर्माणाधीन चलचित्रमा निर्देशकले निर्देशित गरे अनुरूप नाटकमा भाग लिए जस्तै ।


तपार्ईं जसले आफ्नो नजिकको प्रियजन गुमाउनु भएको छ तपार्ईंका लागि आफ्नो प्रियजनको अभाव निश्चय नै अपूरणीय क्षतिको अनुभूति दिने प्रकृतिको रहन्छ नै । तर, यो पनि ख्याल गरौँ कि यो तपार्ईं दुःखित, चिन्तित नै हुनुपर्ने, आफ्नै जीवनलाई हानि गर्ने स्थितिमा पुग्नुपर्ने विषय होइन। जीवात्मा कहिल्यै मर्दैन। हामी आफ्नो निर्धारित जीवनको निर्धारित समय अवधिसम्म मात्र बाँच्ने गर्छौं। मृत्युले हाम्रो निर्धारित जीवनको निर्धारित समयमा मात्र अन्त्य गरेको हुन्छ। तपार्ईंको प्रियजनको आत्माको होइन।


मृत्युले तपार्ईंको प्रियजनको आत्मालाई केही समय थोरै विश्राम गर्ने अवसर दिएर, धेरै कुरा अनुभूति गर्ने सौभाग्य उपलब्ध गराएर सांसारिक दुःख र मोहको अवस्थाबाट सदाका लागि मुक्ति लिने अवसर उपलब्ध गराउन सक्छ । उहाँको भोग भाग बाँकि नै रहेछ भने र उहाँको इच्छा रहेमा उहाँलाई आफ्ना आफन्तसँग अर्को जुनीमा पुनः झन् प्रिय रूपमा भेट गर्ने र तृप्त भएर जिउने अवसर उपलब्ध गराएको हुन्छ।

प्रेम भनेको आफ्नो निःस्वार्थ माया हो। हाम्रो आफ्नै आफन्त जसलाई हामी निःस्वार्थ माया गर्छौं उहाँलाई मृत्युले आफ्नो जीवन झन् सुवर्ण बनाउने उत्तम अवसर उपलब्ध गराउँछ। जहाँ चरम मर्माहत तर चरम आनन्दित नतिजा दिने दुई विपरीत समय एकै विन्दुमा मिलेका हुन्छ। कत्ति पनि विचलित नभई त्यो क्षणलाई स्विकारेर साक्षात्कार गरी अघि बढ्ने जीवनको नाम नै जिन्दगी हो।


गरुड पुराण प्रेत् कल्पको व्याख्यामा चेतनाको स्थानान्तरण


वैदिक अवधारणा अनुरूप एक व्यक्तिको चेतना हालको शरीरबाट नयाँ जीवनमा लगभग स्मृति जस्तै मेमोरी चिप्स मार्फत कसरी जान्छ, र त्यो डिएनएको आदि मार्फत सूचना हबको रूपमा र प्राणको रूपमा भौतिक शरीरमा संयोजन हुन पुग्छ भन्ने मेटाफिजिकल प्रक्रियाको विस्तृत पक्ष गरुड पुराणको प्रेत कल्पको भागमा उल्लेख भएको देखिन्छ।


प्रेत कल्पमा उल्लेख भएको मृत्यु, परलोक, र आत्माको अर्को अस्तित्व जस्ता शब्दहरू मेटाफिजिकल तहमा कुन अर्थ, सन्दर्भ, र उद्देश्य (नियत) जनाउँछन् भन्ने डिकोड गर्न सक्दा, त्यहाँ उल्लेख भएको विभिन्न चरणहरूको यात्रा र ति यात्रामा भएका "के भयो भने कसो हुने" देखिन्छ भन्ने प्रकारका गहिरा वर्णनहरू, मृत्यु पछिको आत्माको यात्राको बारेमा रहेको वैदिक अवधारणाको अत्यन्त सूक्ष्म मिहिनता बुझ्न सहज हुने देखिन्छ।

प्रेत् कल्पको पारम्परिक व्याख्याहरूमा, चेतनाको स्थानान्तरणलाई कर्मको क्रमले अनुभव गरेको सूचनाको संग्रह, जन्म पूर्वको प्राप्त संस्कारजन्य चेतना तथा अविद्या र विद्याको अनुभूति मार्फत ग्रहण गरिएको चेतनाको संयोजनको समग्र स्वरूप मृत्यु पश्चात हुने मुक्ति वा पुनर्जन्मको द्विविधागत क्रमिकताको अस्तित्व रूपान्तरणको वर्णन भएको देखिन्छ।


पापले दुःख दिन्छ, पुण्यले सहजता दिन्छ, अपराधले सजायको भागी बनाउँछ। सत्कर्म र करुणा भावले मुक्ति मार्गमा लैजाने परिप्रेक्ष्यमा चर्चा भएको प्रेत कल्पको गहिरो निष्कर्षमा आत्मा (मुक्ति) र आसक्तिको अन्त्यमा केन्द्रित आध्यात्मिक दृष्टिकोणको व्याख्या गरिएको देखिन्छ।


आत्माको शान्तिपूर्ण र परिवर्तनकारी यात्राको वर्णनको रूपमा हेर्न सकिने प्रेत कल्पका सन्देशहरू हाल सम्म जे भएको हो त्यही रूपमा हाम्रो समाजमा नपुगेको तथा समाजमा पुगेका सन्देशहरू हास्यास्पद र सामाजिक मजाकको रूपमा रहेको स्पष्ट देखिन्छ।


व्यक्ति पापी होस् वा धर्मात्मा, अज्ञानी होस् वा ज्ञानी, अपराधी होस् वा करुणाको खानी, व्यक्तिले आफ्नो कर्मको फल जीवित रहँदाकै अवस्थामा भोग्ने कुरा प्रष्ट रहेको प्रेत कल्पमा हरेक व्यक्तिको मृत्युको क्षण अत्यन्त "शान्तिपूर्ण" चेतना स्थानान्तरणको प्रक्रिया अनुरूप हुने प्रेत कल्पको संस्कृत ऋचाहरूको डिकोड गर्दा आउने सन्देशले प्रष्ट गर्दछ।


व्यक्तिको मृत्युको क्षण पूर्व व्यक्तिले भोगेको वा उपभोग गरेको जीवनको गुणस्तरबारे प्रेत कल्पका केही पक्ष वा तत्त्वगुणहरू प्रेत कल्पमा देखिँदैनन्। त्यहाँ मात्र पाप-पुण्यको कसौटीमा सत्कर्म र दुष्कर्मले विकास गरेको व्यक्तिगत चेतनाको सम्पूर्ण रूपको समग्रता बारे चर्चा भएको छ।

प्रेत कल्पले केन्द्रित गर्ने मुख्य विषय भनेको व्यक्तिको चेतनाको शान्तिपूर्ण स्थानान्तरणको प्रक्रिया हो, जसलाई शान्तिपूर्ण संक्रमण सँग मेल खाने गरी यस अनुरूप विभाजित गरी प्रस्तुत गरिएको छ:


१. प्राण ऊर्जा भौतिक शरीरको आत्मबलबाट अलग हुनु (शरीरबाट प्रस्थान) तैयारी: आत्मा वा आत्मन् को शान्तिपूर्ण चेतनाको स्थानान्तरण यात्रा शरीरबाट अलग भएर सुरु गर्छ। भौतिक शरीरका लागि यो सामान्यतया भौतिक शरीरले अनुभव गर्ने सहज, राम्रा वा कठिन अनुभवसँग छुटिने क्रमको इन्द्रियहरूले अनुभव गर्ने डरयुक्त अनुभवको रूपमा व्याख्या गरिएको देखिन्छ। मृत्यु इन्द्रियहरूको अनुभवको विषय नरहेपछि इन्द्रियगत डरभाव आत्मा ज्ञानको अभावमा हुनु स्वाभाविक नै रहन्छ। उक्त समयमा पुगेको चेतनामा इन्द्रियगत अनुभवको वर्णन देखिन्छ। आत्मा ज्ञानमार्फत त्यस अवस्थामा पहिले नै सचेत नभएको र आफैंलाई मृत्युका लागि तयारी नगरी सकेको व्यक्तिको शरीरको अस्थायी प्रकृतिको बोधमा हुने आसक्तिले चेतनामा केही असहजता दिन सक्छ, तर त्यसले आत्माको सजिलै हुने यात्राको क्रमलाई तात्त्विक फरक पार्ने छैन भन्ने प्रष्ट गरिएको छ।


२. जीवनको संस्कार र कर्म अनुभूति (पाप पुण्य) पुनरावलोकन: शरीरसँग छुट्टिएको चेतनाले आफ्नो कर्महरूको स्मृतिहरूको झलक पुनरावलोकन गर्ने प्रक्रियाले मन, बुद्धि, चित्त, विवेक आदिमा वर्गीकृत चेतनाको समग्र सुद्ध संयोजनमा हुने चैतन्य परा उर्जाको केन्द्रित हुने प्रक्रिया बारे चर्चा गरेको छ। जहाँ उच्च चेतना मैत्री व्यक्तिको चेतना र उच्च चेतना अमैत्री चेतनाको ध्रुवीकरणको दृष्टिकोणबाट चेतनाको स्थानान्तरण यात्राको चरण शान्तिपूर्ण भए पनि कति सहज वा असहज रहने दिशामा आत्मा स्पष्टताको लागि आसक्ति आदि बाट अलग गराउने विधिको चर्चा रहेको छ। जसरी घैटोको धमिलो पानी घैटोमा शान्तसँग रहँदा थिग्रिएर सफा माथि र धुलो तल हुन्छ, त्यस्तै त्यहाँ मेटाफिजिकल तहको सुद्धीकरण प्रक्रियाको व्याख्या छ।


३. दिव्य प्राण उर्जाहरूको मार्गदर्शन अर्थात् चेतन ऊर्जा सुद्ध चेतन उर्जामा हुने सुद्धीकरण प्रक्रिया: थप व्याख्याहरूमा, आत्मामा रहेको ब्रह्माण्ड चेतना (दिव्य ऊर्जा) र संस्कारजन्य चेतना (पूर्वजहरूबाट प्राप्त चेतना) र आफ्नै कर्मअनुसार विकसित चेतना (पुण्य कार्य अनुभूति) को मिश्रणको तरिका बारे त्यहाँ उल्लेख छ। आत्मालाई परलोकमा सजिलै यात्रा गर्न मद्दत गर्ने शीर्षक अन्तर्गत शान्तिपूर्ण चेतनाको स्थानान्तरण यात्राको प्रक्रियाको चर्चा छ। ती प्रक्रियाहरू मूलतः आत्मालाई पीडकको रूपमा नरहेर यात्रा सहजताका लागि सहयोगी भूमिकाको ऊर्जा रूपी अवलोकन कर्ताको समेत जिम्मेवारी लिएको तत्वको रुपमा व्यक्त भएको छ।


४. वैतरणी नदी (सुद्ध चेतन उर्जाको आत्मबल सँगको बिछोड यात्रा अर्थात् परा मनोभौतिक चेतन ऊर्जा बाट सुद्ध चेतन उर्जाको वेव फङ्गसन रूपी परा उर्जामा हुने रूपान्तरण यात्रा पूरा हुने प्रक्रिया) पार गर्ने: परम्परागत रूपमा मनोभौतिक चेतन उर्जाको मिश्रण सुद्ध चेतन उर्जाको वेवफङ्गसन रूपी परा उर्जामा हुने रूपान्तरण यात्रा चुनौती पूर्ण रहेको भनी व्याख्या गरिएको छ। तर नदीको फोहोरको रूपमा चेतनालाई असुद्ध राख्ने आसक्तिको भावनात्मक उथल पुथललाई लिएकोले, त्यसले कर्मगत आसक्तिको नै प्रतिनिधित्व गर्ने गरेको देखिन्छ। आसक्ति बाट मुक्ति पाएको आत्मा मात्र ब्रह्माण्ड आत्मामा घुलनशील वा मिलनशील हुने अवधारणा अन्तर्गत, यहाँ कसरी व्यक्तिमा अन्तर्निहित आत्मा सजिलै र शान्तिपूर्ण रूपमा मुक्तिको पदमा बग्न सक्छ भन्ने चक्र र प्रक्रिया बारे चर्चा भएको छ।


५. यमको दरबारमा प्रवेश (न्यायोचित व्यवस्थापन): यमको दरबारलाई सामान्य यात्राको क्रममा हुने गुणदोष छिमलेर अभिलेखित गरी संस्कारगत र कर्मगत चेतनाको सुद्धताको हद अनुसार व्यवस्थापन हुने प्रक्रिया लाइ न्याय दिइने स्थानको रूपमा व्याख्या गरिएको छ। यो बिन्दु आत्माले कर्मको अन्तिम बोध गर्ने चरणको रूपमा प्रस्तुत भएको छ। जहाँ आत्माले गहिरो चिन्तन र बोध पाउँछ। त्यसको अर्थ यो हो कि आत्माको ब्रह्माण्ड आत्मामा घुलनशीलताको परीक्षण हुन्छ। घुलनशीलता रहँदा अन्तर घुलनको मुक्ति मिल्छ। नहुँदा, त्यसको सुद्धता अनुसार प्रारब्ध चेतना घुलित ब्रह्माण्ड चेतनाको त्यस अघिको व्यवस्थापन प्रक्रिया सुरु हुन्छ।


६. प्रारब्ध चेतना घुलित ब्रह्माण्ड चेतनाको अघुलन शील चैतन्यको व्यवस्थापन लाई पुनर्जन्म वा मुक्तिको चयन अन्तर्गत व्याख्या: जब आत्माले आफ्नो कर्म चक्र बुझ्छ, तब उसले कर्मगत यथार्थ अनुसार पुनर्जन्म (अधुरो कर्म पूरा गर्न) वा मुक्ति (मोक्ष) को मार्ग प्राकृतिक नियमको सिद्धान्त अनुसार अनुसरण वा छनौट गर्दछ। यो प्रक्रिया शान्तिपूर्ण निर्णय लिने रूपान्तरणको क्षणको रूपमा व्याख्या गरिएको छ, जहाँ आत्मा कार्मिक गुणदोषको आधारमा आगामी व्यवस्थापन प्रक्रिया पथमा पूर्ण ज्ञानको साथ स्थानान्तरित बन्ने प्रक्रिया बारे व्याख्या गरिएको छ।


यसरी समग्रमा गरुड पुराणको पारम्परिक टिप्पणीहरू डिकोड गरी अध्ययन गर्दा, आधुनिक वैदिक ज्ञानको आधारमा ब्रह्माण्ड चेतनामा अघुलनशील चैतन्यको जीवात्माको रूपमा हुने रूपान्तरण, त्यससँग संलग्न आत्माको बीजको (पुरुष) रूपमा रूपान्तरण, बीजको प्रकृति (अण्ड) प्राप्तिको प्रक्रिया र स्वर्ग द्वारको यात्रा, जीवन वा सिंहासन प्राप्ति वा भ्रूणको रूपमा रूपान्तरण, लामो तपस्या वा ध्यान वा पेट वा अण्डाभित्रको जीवन र अर्को जीवनको रूपमा प्राप्त हुने प्रक्रिया, भाग्य र जीवन चक्रको नियति आदि मार्फत मृत्यु पछि हुने पुनर्जन्म प्रक्रियाको रूपमा व्याख्या भएको छ।


चेतनाको मुक्ति वा शान्तिपूर्ण संक्रमण र पुनर्जन्मको गरुड पुराणको प्रेत् कल्पको दृष्टिकोण हाल समाजमा गरिएको व्याख्या भन्दा नितान्त फरक छ।


सूक्ष्मताभित्र लुकेको काबिलता


स्वरूपमा कुनै कुरा ठूलो वा भीमकाय रहँदैमा त्यो शक्तिशाली रहन्छ भन्ने सोचाइ प्रायः गलत साबित हुने गर्छ । विषय वस्तुमा गहिरिएर विचार पु¥याउने हरेकले यो बुझेकै कुरा हो कि पहराबाट खस्दै गरेको भीमकाय ढुंगोले अधिकमा त्यो तलको केही संरचना निमिट्यान्न गर्न सक्छ । तर, पृथ्वी नै ध्वस्त गर्न त एटमिक बमको जरुरत पर्छ । एटम बम अत्यन्त सूक्ष्म पदार्थ हो ।


मानव क्रोमोजोम यथार्थमा मानिसको सम्पूर्ण गुण सूत्र निर्धारण गर्ने जटिल संरचना हो जुन डीएनए, प्रोटिन र अन्य अणुहरूबाट बनेको छ। अणु गुण सूत्र बनाउने प्रत्येक डीएनए लाखौँ देखि अर्बौँ बेस पेयरहरू (जोडी) बाट बनेको हुन्छ। यो आधारमा हिसाब गर्दा एउटा गुण सूत्रमा कैयौँ अर्ब अणुहरू हुन सक्छन्। उदाहरणका लागि, १० करोड बेस पेयर भएको गुण सूत्रमा केवल डिएनएमा मात्र करिब ३ अर्ब अणुहरू हुन सक्छन्, र यसमा प्रोटिन र अन्य अणुहरू समावेश गरिएको छैन।


आज संसारमा अणु भन्दा निकै साना पदार्थ पहिचान भएका छन्। इलेक्ट्रोन, प्रोटोन र न्युट्रोन भन्दा ससाना सबएटमिक पार्टिकलहरू जस्तै मुवोन, न्युट्रिनो, क्वाक्र्स आदिबारे विज्ञानले हामीलाई प्रशस्त जानकारी गराएको छ । मुवोन, न्युट्रिनो, क्वाक्र्स जस्ता तत्वहरू सबएटमिक पार्टिकलहरू इलेक्ट्रोन जस्तै कम्पन अवस्थामा रहने गर्छन् भन्नेसमेत वैज्ञानिक प्रमाणसहितको जानकारी प्राप्त भएको छ ।


फोटोन, न्युट्रियोन, ग्रेभिटोन र इलेक्ट्रोन जस्ता क्वान्टम पार्टिकलहरूमा एउटा अचम्मको बानी भेटिएको छ । जस्तै: क्वान्टम पार्टिकल भनिने फोटोनको दुई पार्टिकल लिएर पोलोराइज गरिदिँदा ती दुई पार्टिकलले एकै पार्टिकल जस्तो व्यहोरा देखाउँछन् । पोलोराइज गरिदिए पछिको ती दुई पार्टिकललाई जब एकापसमा छुट्टयाइन्छ तब तिनीहरूले एउटाले अर्कोको ठीक विपरीत गतिविधि देखाउने जोडी बन्छन्। जस्तै एउटालाई घडीको दिशामा घुमायो भने अर्को एन्टिक्लक दिशामा घुम्छ। एउटालाई स्पिन–अप (टाउको माथि) गर्दा अर्को स्पिन–डाउन (टाउको तल) हुन्छ।


पोलोराइज गरेपछि यसरी एउटा अर्कोको प्रभावमा परेर एउटाले जे गर्छ अर्कोले त्यसको विपरीत काम गर्ने जोडीलाई विज्ञानमा इन्ट्यांगल अथवा एकापसमा जोल्टिएको पार्टिकल भनिन्छ । एउटाले अर्कोको विपरीतको व्यहोरा देखाउने बानीलाई स्पुकी एक्सन भनिन्छ।


सबैभन्दा अचम्मको कुरा के छ भने यस्ता क्वान्टम इन्ट्यांल भएर जोल्टिएका पार्टिकलहरू एकापसमा जतिसुकै टाढा लैजानुस्, मतलब एक ग्रहबाट अर्को ग्रहमै किन नलैजानुस् उनीहरूको स्पुकी एक्सन नियमित रूपमा देखाउँछन्। तिनीहरू एकापसमा न त कुनै तार न कुनै वाइफाई, न कुनै ताररहित सिग्नल र न कुनै कोडबाट नै जोडिएको भेटिन्छ । न कुनै तरिकाबाट त्यो सम्पर्क ह्याक गरी विच्छेद गर्न नै सकिएको छ ।


ऊनीहरू एकापसमा कसरी सम्पर्कमा रहेका हुन् हालसम्म बुझ्न नसकिएकाले त्यसलाई उनीहरूबीचको क्वान्टम सूचना प्रवाह भनिएको छ। पोलोराइज फोटोनले देखाउने क्वान्टम कम्युनिकेसन न्युट्रियोन, ग्रेभिटोन र इलेक्ट्रोन जस्ता क्वान्टम पार्टिकलहरूले समेत देखाउने गर्छन्।


संसारमा रहेका हरेक पदार्थ अत्यन्त सूक्ष्म रूपमा क्वान्टम मेकानिक्सले यकिन गरेको जस्तो एकापसको संयुक्त पल्स वा कम्पनका रूपमा रहेको बादलजस्तो लाग्ने वस्तुका रूपमा अस्तित्वमा रहेको ऊर्जा निर्मित छ। जसलाई क्वान्टम मेकानिक्सले क्वान्टम युनिफाईड फिल्ड भन्ने गर्छ । तपार्ईं हाम्रो अनुभव, विचार र सोचले पैदा गर्ने चेतना अथवा कन्ससनेस क्वान्टम पार्टिकलहरूभन्दा सूक्ष्म रूपमा रहे तापनि तिनीहरू पार्टिकलका रूपमा नरहेर एक पिण्डरहित ऊर्जाका रूपमा युनिफाईड फिल्ड सँगै सहसंयोजनमा रहेर नियमित सक्रिय रूपमा कार्यरत रहने चिज रहेको अनुमान गरिएको छ।


विज्ञान भने यो पिण्ड विहीन चिजको सूक्ष्मताको स्तरमा पुगेर यसको चरित्र उजागर गर्न सकिरहेको अवस्थामा छैन। यो विषयवस्तुमा विज्ञानको कोसिस र नियमित खोज भने जारी रहेको छ। आगामी दिनमा विज्ञानले दिने धेरै चमत्कार उसले क्षेत्रमा प्राप्त गर्न सक्ने प्रगतिको निकै ठूलो भूमिकामा भर पर्ने भने निश्चितप्रायः भएको छ।


हामी संसारमा रहेका सूक्ष्म तत्वहरूको क्षमता र शक्तिबारे जति गहिरिएर महसुस गर्न सक्छौँ त्यति सहज रूपमा हाम्रो आफ्नै चेतनाको शक्ति वा क्षमताबारे आकलन गर्न सक्नेछौँ ।


मानव शरीरको इनर इन्जिनियरिङ अत्यन्त चमत्कारपूर्ण छ। यसका अत्यन्त साना तर असाध्य महत्वपूर्ण हजारौँ भाग आफैँमा एउटा चमत्कारका रूपमा रहेको छ । ती भागबारे उचित जानकारी राख्न सक्दा हामीलाई आफ्नैमा निहित असीमित क्षमताबारे महत्वपूर्ण प्राप्त गर्न सहयोगी हुनेछ ।

मानव शरीरका चार वटा साना भागबारे विचार गरौँ। सबैभन्दा सानो मांसपेशी, सबैभन्दा सानो हड्डी, सबैभन्दा सानो अंग र सबैभन्दा सानो रक्तनली।

मानव शरीरमा हुने सबैभन्दा सानो मांसपेशी कानको बीचको भागमा रहने स्टेपेडियस हो जुन मात्र एक मिलिमिटर लामो हुन्छ। शरीरको सबैभन्दा सानो हड्डी कानको बीचको भागमा रहने स्टेपस बोन हो जुन स्टेपेडियससँग जोडिएको हुन्छ।


कानको बीचको भागमा रहने स्टेपस बोन (Stapes bone) तीन वटा स-साना हड्डी मध्येको एक हो, जसलाई संयुक्त रूपमा ओसिकल (Ossicles) भनिन्छ भने हरेक टुक्रालाई मलियस (Malleus), इन्कुस (Incus) र स्टेपस (Stapes) भनिएको छ। स्टेपेडियस मांसपेशीले बाहिर निकै चर्को आवाज आएमा कानको प्वाललाई ढाकेर भित्रसम्म जानबाट रोक्छ। तपार्ईंको आफ्नै बोली समेत चर्को आवाजका रूपमा कानभित्र जानबाट रोकेर यसले कानको रक्षा गर्छ । तपाईंले सुनेको आवाज बाहिरी कानबाट भित्री कानसम्म पु¥याउने काम भने ओसिकलको हो, जसमा मानव शरीरमा हुने सबैभन्दा सानो हड्डी स्टेपस बोनको महत्वपूर्ण भूमिका हुन्छ ।


टाउकोमा दुई आँखाबीचको निधारको भित्री भागमा दिमागको गोलार्धबीचको केन्द्र भागको खाल्डामा पाइने पिनियल ग्रन्थि (तेस्रो नेत्र) मानिसको सबैभन्दा सानो अंग हो । पिनियल ग्ल्यान्ड मानव शरीरको सबैभन्दा सानो इन्डोक्राइन ग्रन्थि समेत हो। यसले सेरोटोनिन हर्मोनबाट मेलाटोनिन हर्मोनको उत्पादन गर्छ । उक्त हर्मोनले मौसमी परिवर्तन अनुरूप प्रतिक्रिया दिने, दैनिक हुने उज्यालो–अँध्यारो अनुरूप सुत्ने उठ्ने बानी बसाल्ने वा निद्रा लगाउने–ब्युँझाउने जस्ता काममा सहयोग पु¥याउँछ। आकारमा पाइन कोन वा सल्लाको खोया जस्तो देखिएकाले यो ग्रन्थिलाई पिनियल ग्रन्थि भनिएको हो ।


रक्तनलीमा क्यापिलरी भनिने कोषिकाहरू शरीरको सबैभन्दा सानो र पातलो रगत रक्तवाहिका हुन् जसले शिरा (भेन) र धमनीहरू (आर्टरिज) लाई एकापसमा जोड्ने काम गर्छ। मात्र ५–१० माइक्रोन चौडा रहने उक्त रक्त वाहिकाहरू सानो कपालको रौँ भन्दा ५० गुणा पातलो हुने गर्छन्। प्रत्येक व्यक्तिमा लगभग १० अरब क्यपिलरीहरू रहने गर्छ। वयस्क मानिसमा हुने सबै कोषिकाको लम्बाइ करिब २५ हजार माइल हुने गर्छ। कोषिकाले रगतमा अक्सिजन उपलब्ध गराउने र रगतमा रहेको कार्बनडाइअक्साइड हटाउन मुख्य भूमिका खेल्छ। पोषणतत्व तन्तुहरू सम्म पु¥याउनसमेत रक्तसञ्चारको भूमिका रहन्छ । जहाँ क्यपिलरीहरूले रगत र टिस्यु सेलबीच जरुरी हुने तत्वहरूको आदान प्रदानमा भूमिका खेल्छ ।


व्यावहारिक रूपमा हामीले अनुभव गर्ने सक्ने सबै वस्तु अणुहरू मिलेर बनेको हुन्छ। उक्त वस्तुहरू परमाणुको साधारण जोडी जस्तै अक्सिजनको यौगिक देखि अत्यन्त जटिल जैविक संरचनाका रूपमा रहन्छन् । प्रकृतिमा रहेको सबैभन्दा ठूलो अणु तपार्ईंको शरीरमा रहेको छ । जसलाई हामी क्रोमोजोम–१ भन्छौँ । सामान्य मानिसको कोषको केन्द्रको न्युक्लिअसमा २३ जोडी क्रोमोजोम हुने गर्छन्। हरेक क्रोमोजोम एउटा लामो डीएनएबाट बनेको हुन्छ । जसमा क्रोमोजोम–१ सबैभन्दा ठूलो हुन्छ जुन १० बिलियन परमाणुहरू मिलेर बनेको छ। जसमा तपाईंको आनुवंशिक सूचनाका कोडहरू वा जानकारी प्याक गरिएको हुन्छ ।


एक सानो घुमाउरो भ¥याङ जस्तो लपेटिएको आकारमा रहेको डीएनए मानव जिन बोक्ने अणु हो। उक्त जिनमा हाम्रो शरीरका सम्पूर्ण भाग निर्माण गर्न र हामीलाई जीवित राख्ने रासायनिक निर्देशनका कोडहरू सुरक्षित रहन्छन् । डीएनएकै कारण चार बिलियन वर्षभन्दा धेरै समयदेखि मानव जीवन सुचारु हुने क्रम रोकिएको छैन। त्यसको मूल कारकमा उक्त डीएनए आफैँले आफ्नै प्रतिलिपि बनाउन सक्ने तथा उक्त प्रतिलिपि आफ्ना नयाँ सन्ततिमा सार्दै लान सक्नु हो।


अर्को आश्चर्यजनक कुरा के छ भने तपार्ईंको सन्ततिमा कोडका रूपमा तपाईंको गुण हस्तान्तरण गर्ने डीएनए सबै नै तपाईंले आनुवंशिक गुणका रूपमा प्राप्त गर्नुभएको पुर्खाका डीएनए होइनन् । तपार्ईंको शरीरमा रहेका डीएनए मध्येको अत्यन्त धेरै संख्याका डीएनए तपाईंका पूर्वजहरूबाट आएका हुन् । पूर्वजहरूका अलावा कम्तीमा आठ वटा रेट्रोभाइरसबाट डीएनए लिइएको छ। रेट्रोभाइरस एक प्रकारको भाइरस हो, जसले आफ्नो आरएनएलाई आफ्नो आनुवंशिक सामग्रीका रूपमा प्रयोग गर्छ ।


जब रेट्रोभाइरसले सेललाई सङ्क्रमित गर्छ, यसले आफ्नो जिनोमको डीएनए प्रतिलिपि बनाउँछ, जुन होस्ट सेलको डीएनएमा सम्मिलित हुन्छ । प्रकृतिमा विभिन्न प्रकारका रेट्रोभाइरस हुन्छन्। जसमध्ये कुनै कुनैले क्यान्सर र एड्स जस्ता मानव रोगसमेत निम्त्याउँछन्।

मानव इतिहासको कुनै विन्दुमा रेट्रोभाइरसका जिनहरू (एलियन जिन) समेत मानव डीएनएमा सम्मिलित भएको देखिन्छ। मानव जिनोममा लाखौँ वर्षदेखि समाहित भएका रेट्रोभाइरस जीनहरू मध्ये मानव सहयोगी उपयुक्त रेट्रोभाइरस जीनको उदाहरणमा  सिन्साइटिन नामक जीन लाई लिन सकिन्। रेट्रोभाइरसको  सिन्साइटिन (syncytin) जीनले मानव प्लेसेन्टाको निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्छ। यो जीन बिना, प्लेसेन्टाका कोषहरू एक आपसमा राम्रो संग टाँसिएर जोडिन सक्दैनन्।


प्लेसेन्टा आमाको शरीर लाई भ्रूणको पोषण गर्न र  भ्रूणले उत्पन्न गरेको फोहोर फाल्ने कामको लागि जरुरी पर्छ। सिन्साइटिन जस्ता रेट्रोभाइरसका जीन संग एकीकरण भएको मानव जीनहरूले भ्रूणलाई आमाको गर्भमा राम्रो सँग बढ्न र फस्टाउन मद्दत गर्ने गर्दछ। जसका कारण आमाको प्रजनन क्षमतामा सुधार गर्दै स्वस्थ सन्तान उत्पादन शक्ति बढाउँछ त्यसले सहयोग पुर्‍याएको देखिन्छ।


एक चराको जस्तै तपार्ईंको जीवन एक अण्डासँगै सुरु हुने गर्छ । एक मानव अण्डा र चराको अण्डा कसरी अस्तित्वमा आउँछ र जीवन प्रारम्भ हुन्छ भन्ने प्राकृतिक काइदाबीचमा भने निकै भिन्नता देखिन्छ। भर्खरै पार्दा मानव अण्डा चराले पार्ने अण्डा जस्तो ठूलो हुँदैन। लगभग ०.२ मिलिमिटर वरपरको मात्र हुने मानव अण्डाको आकार एउटा डटपेनले लेख्ने विन्दुको आकारको हुने गर्छ ।


उक्त अण्डा तपार्ईंको आमा आफ्नो आमाको गर्भमा रहँदा नै निर्मित भएर तपाईंको आमासँगै उहाँको गर्भभित्र टाँसिएर रहेको अवस्थामा जन्मेको हुन्छ । जुन अण्डाबाट तपाईं मानव बन्नुभयो, त्यो अण्डा जतिबेला तपाईंको आमाको भ्रूण निर्मित हुँदै थियो, त्यति नै बेला निर्मित भएको थियो ।

यसरी निर्मित अण्डा र तपार्ईंको आमाबाट उक्त अण्डाले प्राप्त गरेको तपाईंको शरीरको आधा डीएनए तपार्ईंको जीवन अस्तित्वमा आएको सबैभन्दा पहिलो समय मान्न सकिन्छ, जुन वास्तवमा तपार्ईंको आमाको जन्म हुनुभन्दा अघि नै सम्पन्न भएको थियो।


यदि तपाईंको आमाले आफू ३० वर्षको हुँदा तपाईंलाई जन्म दिनुभएको थियो र आज तपार्ईं ३५ औँ जन्मदिन मनाइ रहनुभएको छ भने तपार्ईंको जीवन तर्कगत रूपमा कम्तीमा ६५ वर्षपहिले पहिलो पटक अस्तित्वमा आएको थियो ।


आफू आमाको गर्भमा रहँदा नै बनेको भ्रूणमा दुई–चार महिनामा नै दसौँ मिलियन अण्डा निर्मित हुने भए तापनि केही समयपश्चात् नियमित रूपमा उक्त अण्डाहरू मर्ने क्रम सुरु हुन्छ । नारी लगभग ३१ वर्षको हुँदै गर्दा त्यहाँ मात्र केही हजार अन्डा बाँकी हुन पुग्छ। पुरुषको अण्डकोषभित्र हुने वीर्यको जस्तो अण्डकोषको संख्याभन्दा गुणस्तर महत्वपूर्ण हुने हुँदा नारी वयस्क हुँदै गर्दा उनीसँग मात्र केही हजार अण्डा रहनु उपयुक्त नै हुने गर्छ ।


प्रत्येक महिना, महिलाको दुईमध्ये एक ओभरीले (अण्डाशय) एक अपरिपक्व अण्डा–कोष छनोट गरी त्यसमा सयौँ कोष निर्माण गरी अण्डा तयार पार्छ । जरुरत अनुरूपको मोटो नहुँदासम्म अन्डालाई पोषण उपलब्ध गराउँछ। अण्डाशयमा जब अण्डा तयार हुन्छ तब फेलोपियन ट्युब हुँदै पाठेघरमा पुग्छ ।

यसरी बनेको अण्डामा नयाँ जीवन सुरु गर्नका लागि चाहिने एक चिजका अलावा सबै चीज हुन्छ । जीवन सुरु गर्न त्यहाँ पुरुषको शुक्रकीटले शुक्राणुको डीएनए उपलब्ध गराउनुपर्ने हुन्छ। जुन निश्चित समय भित्रै प्राप्त भइसक्नुपर्ने हुन्छ। किनकि केही घण्टाभित्र शुक्रकीट उपलब्ध भएर गर्भवती हुन नसकी उर्वर हुन नसकेको अण्डा केही घण्टाभित्र मर्ने गर्छ। महिनाको एक पटक हुने ओभुलेसनमा मात्र २४ घण्टासम्म अण्डा सक्रिय रहने हुँदा ओभुलेसनको १२ देखि २४ घण्टाभित्र नारी गर्भवती नबनेमा अण्डा मर्ने गर्छ ।


नारीमा अण्डाशयमा अण्डाको निर्माण हुने गर्छ। पुरुषको शुक्राणु भने अण्डकोष भित्र निर्माण हुन्छ। निर्माणका क्रममा क्रोमोजोम एक बिन्दुमा जोल्टिने गरी आफ्नै दुरुस्त प्रतिलिपि बनाएर एक्स–आकार लिन्छ। यस्ता दुई जोडी क्रोमोजोम एकापसमा टाँसिएर एकापसमा जिनको साटासाट पश्चात् दुई पटक विभाजित भएर छुटन्छन्। फलतः शुक्राणु पनि २३ क्रोमोजोमयुक्त वा अण्डाको सेल पनि २३ क्रोमोजोमयुक्त हुने गरी निर्माण हुने गर्छन्। दुवै मिल्दा मानिसको ४६ क्रोमोजोम तयार हुने गर्छ।


सबै मानिसको कोषहरूमा ऊर्जा उत्पादन गर्ने संरचना माइटोकन्ड्रियाको आफ्नै सानो सेटको डीएनए हुन्छ। यो माइटोकन्ड्रियल डीएनए विशेष रूपमा आमा बाटै सन्तानमा सर्ने गर्छ। किनकि वीर्यमा रहेका बाबुको माइटोकन्ड्रिया गर्भधारण पछि सामान्यतया नष्ट हुन्छ।


पुरुषले आफ्नो आमाबाट एक X क्रोमोजोम (गुण सूत्र) र बाबु बाट Y गुण सूत्र प्राप्त गर्छ। XY गुण सूत्रका कारण पुरुष पुँ-लिङ्गी बन्दछ। नारीले आमा बाबु दुवै बाट X गुण सूत्र प्राप्त गर्छन्। उनीहरूको गुण सूत्र XX का कारण नारी स्त्री लिङ्गी बन्दछिन्। X गुण सूत्रमा करिब १,१०० भन्दा बढी जीनहरू हुन्छन् जसले मस्तिष्कको विकास, प्रतिरक्षा प्रणाली र कोषहरूको वृद्धि जस्ता विभिन्न शारीरिक कार्यहरूमा मद्दत गर्छ। महिला र पुरुष दुवैमा कम्तीमा एउटा X गुण सूत्र हुन्छ।  महिलामा दुई X गुण सूत्र हुन्छन्।  महिला र पुरुष दुवैमा समान मात्रामा X गुण सूत्र अभिव्यक्ति होस् भन्ने नियतमा रेनडमलि (Randomly) आमाको दुई वटा X गुण सूत्र मद्ये एक लाई "X-inactivation" नामक प्रक्रिया मार्फत निष्क्रिय बनाइन्छ।


Y गुण सूत्र भने केवल पुरुषहरूमा मात्र पाइन्छ। पुरुष लिङ्ग निर्धारण गर्ने भूमिकाको अतिरिक्त Y गुण सूत्रले अण्डकोषको निर्माणलाई सक्रिय पार्ने, टेस्टोस्टेरोन जस्ता पुरुष हर्मोन उत्पादन गर्ने, शुक्राणु उत्पादन र विकसित गर्न मद्दत गर्ने र पुरुषको शारीरिक लक्षणहरू जस्तै दाह्री, जुँगा, गहिरो आवाज र भाले पाराको मांसपेशीको वृद्धि विकास गर्ने गर्दछ।


कोलेस्ट्रोल एक प्रकारको स्टेरोइड लिपिडका रूपमा चिनिन्छ। तन्तुहरू, रगतको प्लाज्मा, कलेजो, मेरुदण्ड र मस्तिष्क जस्ता भागमा प्रशस्त रूपमा भेटिने कोलेस्ट्रोलले शरीरको जैविक तथा रासायनिक प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्छ। रगतमा कोलेस्ट्रोलको मात्रा अधिक रहँदा यसले हृदयरोग निम्ताउने सम्भावना रहन्छ । कोलेस्ट्रोलले हाम्रो हरेक कोषिकाको झिल्ली निर्माण गर्न र त्यसलाई स्थायित्व दिन कोलेस्ट्रोलको महत्वपूर्ण भूमिका हुन्छ । कोलेस्ट्रोलबाट नै हाम्रो शरीरले भिटामिन–डी निर्माण गर्ने गर्छ ।


शरीरलाई आवश्यक पर्ने विभिन्न स्टेरोइड हार्मोनहरू जस्तै कोर्टिसोल, कोर्टिसोन, एड्रेनल ग्रन्थिमा हुने एल्डोस्टेरोन र सेक्स हार्मोन प्रोजेस्टेरोन, एस्ट्रोजेन र टेस्टोस्टेरोनको निर्माण समेत कोलेस्ट्रोल बाट नै हुने गर्छ। मस्तिष्कको एउटा न्युरोन र अर्को न्युरोन बीचको सञ्चार स्थापित गर्ने तथा प्रतिरक्षा प्रणालीलाई स्फूर्त राख्ने काममा समेत कोलेस्ट्रोलको महत्वपूर्ण भूमिका रहने गर्छ।


पुरुष अण्डकोष भित्र रहेको घुम्रिएको सिमिनिफेरस ट्युब भित्रको जर्म सेललाई कोलेस्ट्रोलबाट निर्मित टेस्टोस्टेरोन हर्मोन तथा फोलिकल स्टिमुलेटिङ हर्मोनले वीर्यको स्टिम सेलका रूपमा विकास गर्छ। उक्त जर्म सेल निकै धेरै पटक टुक्रिएर टाउको र पुच्छर भएको टेढपोल आकारमा विकसित भएपछि पुरुषको शुक्राणु अण्डकोष भित्र मानव वीर्य तयार बन्छ ।


अण्डकोष क्वोइलका रूपमा बन्डलहरू बनेर रहेको साना ट्युबहरूले भरिएको हुन्छ । त्यसलाई तन्काउने हो भने तिनीहरू आधा माइल लामो हुने गर्छ। हरेक उमेर पुगेको पुरुषको उक्त ट्युबले प्रतिसेकेन्ड औसत एक हजार नयाँ शुक्राणु उत्पादन गर्छ। हरेक दिन लगभग एक सय मिलियन नयाँ शुक्राणु बनाउने पुरुषको अण्डकोषले जीवनभरमा दुई ट्रिलियनभन्दा बढी शुक्राणु बनाउने गर्छ।


त्यसमा पनि अत्यन्त ताजुब लाग्ने पक्ष के छ भने हरेक शुक्राणुले अर्को शुक्राणु भन्दा फरक प्रकारको आनुवंशिक कोडको प्याकेज बोकेको हुन्छ ।

टाउको र पुच्छर दुवै हुने मानिसको शुक्रकीटको आकार मात्र ०.०५ मिलिमिटर हुने हुँदा माइक्रोस्कोपको सहायताले देख्न सकिन्छ । मानव अण्डा भने करिब ०.१ मिलिमिटर हुने हुँदा आँखाले देख्न सकिने सम्मको हुन्छ। जब शुक्राणु अण्डामा प्रवेश गर्छ, गर्भधारण सम्पन्न हुन्छ। शुक्राणु र अण्डालाई संयुक्त रूपमा जाइगोट भनिन्छ। जाइगोटमा एक बच्चा जन्माउन आवश्यक पर्ने सबै आनुवंशिक जानकारी (डीएनए) हुन्छ। आकारमा मात्र ०.१ मिलिमिटर हुने जाइगोटको तौल ०.००४ मिलिग्राम हाराहारीको हुन्छ। उक्त जाइगोट नै वास्तविक मानव हो। जसको अथाह बढ्ने क्षमताका कारण मानव जीवन सम्भव बनिरहेको छ।


जीवन्त शक्ति बोकेको मात्र ०.०५ मिलिमिटरको शुक्रकीटबाट बनेको ०.१ मिलिमिटरको मात्र ०.००४ मिलिग्राम हाराहारी तौलको सूक्ष्म जाइगोटको तागतमा तपार्ईं हामी आज अस्तित्वमा रहनु पक्कै सामान्य विषय ठान्न नसकिएला। यो सूक्ष्मताभित्र लुकेको काबिलता निकै अर्थपूर्ण देखिन्छ ।

आजको हाम्रो दुर्भाग्य के रहेको छ भने पश्चिमा विज्ञानमा आधारित रहेका सैद्धान्तिक ज्ञानले पैदा गरेका कतिपय विज्ञहरूलाई सूक्ष्मताको तागतबारे बिरलै एहसास हुने गरेको भेटिन्छ।


एटम बमको कुरा गर्ने हाम्रा सैद्धान्तिक डिग्रीधारी निकै ठूलो जमात, सबै भन्दा सूक्ष्म प्रवृत्तिको चेतना, चेतना भन्दा सूक्ष्म आत्मा र संयुक्त आत्मा निर्मित परमात्माबारे नकारात्मकता मात्र आफ्नो मथिंगल भरेको भेटिन्छ । त्यति सम्म त ठिकै थियो, अर्काको स्वतन्त्रताको दायरा नाघेर औरा, चेतन शक्ति, आत्मा र परमात्माबारे आफ्नो धारणा राख्ने वर्गलाई हरकुनाबाट आक्रमण गर्न उद्यत भेटिन्छ।

प्रकृतिको नियम नै यस्तो छ कि जोसँग अलिकति सेन्स बचेको हुन्छ उसले नै ननसेन्स आचरणका मूर्खतालाई सहजतापूर्वक लिएर काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भन्ने सूक्तिसँग मिल्ने व्यवहार प्रदर्शन गर्छ। किनकि नैतिकता अनैतिक हैन, नैतिक आचरण बोकेको पात्रमा मात्र मिल्छ । सोमत बजारमा बिक्रीमा भेटिँदैन ।


यथार्थमा हाम्रो जीवन र शरीर मात्र सूक्ष्म एकाइहरूको संरचना नरहेर यसले आफ्नो दैनिक कार्य सुचारु गर्ने क्रममा गर्ने जैविक मात्र हैन, भौतिक र रासायनिक गतिविधि समेत अत्यन्त सूक्ष्म तहमा सम्पन्न हुने गरेका हुन्छन्। जब तपार्ईं नुन चर्को खाना खानु हुन्छ तब तपार्ईं अमन, अल्छीपन र गह्रौपन महसुस गर्नुहुन्छ। रगतमा हुने नुनको धेरै गाडापनले शरीरको बायोकेमिकल रियाक्सनको सन्तुलन बिगारिदिने र न्युरोनको चतुरतामा भाँजो हालिदिने गर्छ। पाचन प्रक्रियामा पैदा हुने हाइड्रोक्लोरिक एसिड जब शरीरको तापक्रममा १:१०० को स्तरमा घुलेको हुन्छ तब खानाको प्रोटिन र फाइबर जस्ता वस्तुको उचित पाचन सम्भव बन्छ। यसको अत्यन्त न्यून मात्र अधिकताले पूरै खाना अपच गराउँछ र थोरै मात्र अधिक भयो भने आमाशयको सातपत्रे र डिउडेनममा अल्सर पैदा गरिदिन्छ ।


हाम्रा विज्ञहरू रगतमा अक्सिजनको मात्रा बढाउन रगतमा आइरनको मात्रा चाहिन्छ भन्ने बुझ्छन् । त्यसैले दूधमा प्रशस्त आइरन रहनुपर्छ भन्ने बताउने गर्छन् । प्रशस्त भनेको के हो ? कति हो ? त्योबारे भने अलि हेक्का भएको देखिँदैन। जस्तै २५० एमएलको एक गिलास दूधमा एक एमएलको १० लाख भागको एक भाग आइरन हामीलाई चाहिने अधिक मात्रा हो । योभन्दा एक भाग मात्र धेरै हुँदा यसको नकारात्मकता भोग्नुपर्ने हुन्छ। हामीले पिउने दूधबाट रगतको हेमोग्लोबिनले आइरन पाउने गर्छ। त्यसका लागि हामी आइरनको जरुरतको कुरा गरिरहेका हुन्छौ।


एक थोपा रगतमा लगभग तीन लाख वटा हेमोग्लोबिन हुने गर्छ । हरेक हेमोग्लोबिनलाई उक्त आइरन फरक फरक रूपमा जरुरी पर्छ । भने पछि हरेक हेमोग्लोबिन भित्र अटाउने आइरनको आकार कति होला ? कसरी त्यति सूक्ष्म पदार्थ हाम्रो सेवामा हरसमय सक्रिय रहन्छ होला ? एउटा अत्यन्त सूक्ष्म एकाइको यति ठूलो शरीरमा हामीले अनुभूति गर्न सक्ने गरी पार्न सक्ने फरकलाई नजरअन्दाज गर्न सकिने स्थिति रहँदैन ।


मेडिकल केमेस्ट्रीमा इलेक्ट्रो केमेस्ट्री अन्तर्गत गरिएको रिसर्चबाट एक स्वस्थ मान्छेको शरीर भित्र मात्र एक एमएल एसिडले जति विद्युतीय सञ्चार गराउने गर्छ, बाहिरी जगत्मा त्यति बराबरको विद्युतीय सञ्चार गराउन दुई लाख एमएल एसिडको जरुरत पर्छ भन्ने प्रमाणित भएको छ।


मुटुको दर कम हुने लक्षणहरूको उपचारमा अथवा शल्यक्रिया गर्नुभन्दा पहिले वा अधिक विषाक्तता दिने ब्रोन्कियल स्रावलाई निको गर्न दिइने अन्तिम उपचार अन्तर्गत ३ मिलिग्राम एट्रोपिनको इन्जेक्सन दिने चलन छ। ६५ मिलिग्राम लाई एक ग्रेन (gran) भन्ने गरिन्छ । एट्रोपिनको एक लाख भागको एक भाग मात्र रगतमा पुग्दा यसले आँखामा असर गर्छ । धमनी रातो बन्छ । एक मिलिग्रामको १० लाख भागको एक भाग बराबरको एमोनियाले समेत आँखाको धमनी रातो पारिदिन्छ। आँखामा त्यत्तिकै खराबी एक ग्रेन नुनको क्रिस्टलको एक हजार–लाख भागको एक भाग बराबर मात्राले पु¥याउने गरेको भेटिएको छ। तर, नुनविना हाम्रो जीवन चल्दैन ।


माथि उल्लेख गरिए जस्तै संसारमा यति धेरै उदाहरण छन् जहाँ स्वाभाविक रूपमा दृश्य वस्तुहरू अदृश्य रूपमा र अदृश्य वस्तुहरू दृश्य वस्तुमा नियमित रूपान्तरण भइरहेको हुन्छ। संसारको गतिविधि त्यही नियम अन्तर्गत सञ्चालन भइरहेको हुन्छ। हाम्रो अज्ञानता वा विषयवस्तुलाई गहिरोसँग अवलोकन गरी बुझ्ने बानी नभएका कारण यस्ता कुरा हामीलाई कहिलेकाहीँ रहस्यमय जस्ता लाग्छन्। जसरी भौतिक पदार्थलाई ऊर्जामा रूपान्तरण गर्न सकिन्छ, त्यसरी नै ऊर्जालाई समेत भौतिक रूपले व्यक्त गर्न र भौतिक पदार्थका रूपमा रूपान्तरण गर्न सकिन्छ। यो वैज्ञानिक मान्यता प्रकृतिको चेतन र अचेतन दुवै क्षेत्रमा लागू हुन अनिवार्य छ।


आशा गरौँ निकै छिट्टै विज्ञानले हामीमा रहने चेतनाबारे निकै महत्वपूर्ण सूचनाहरू प्राप्त गर्न र प्रमाणित गर्न सक्षम हुने छ । त्यसले स्वाभाविकै रूपमा औरा, चेतन शक्ति, आत्मा र परमात्माबारे विश्वव्यापी कौतूहल मेट्न सहयोग पुग्नेछ । किनकि हाल यो मात्र अनुभव र अनुभूतिको मार्गबाट मानिसले यस्ता विषयवस्तुबारे ज्ञान प्राप्त गर्ने गरेका छन्। अन्य विकल्प भेटिएको छैन।


ऐतिहासिक विडम्बना


एकादेशमा एक कालमा एउटा घरमा बिरालो पालेको थियो । घरमा मृतककोश्राद्ध गर्दा बिरालोले छोइछिटो गर्ला भनेर बिरालोलाई खम्बामा बाँधेर पितृश्राद्धगर्ने गर्दथे त्यो घरका जेठ्दाई । जेठ्दाईको जेठो छोरो गोपालकृष्णेलाई आफू सातवर्षको हुँदा आफ्नो बुवाले पितृश्राद्धमा बिरालोलाई खम्बामा बाँधेर कार्य सम्पन्नगरेको आफैँले देखेको आजसम्म याद छ । गोपालकृष्णे स्कुलको पढाइ पूरा गरी आइएस्सीपढ्न काठमाडौँ पुग्यो । घरबेटीको छोरीसँगको लसपस बाहिरिएर करकापमा ललितासँग बिहेगरेको गोपालकृष्णे कुकको जागिरमा बेलायत हानियो घर बेटी सासूको पैसामा उनैकी छोरि ललिता सँगै ।


रेस्टुरेन्टमा कुकको काम गर्दैगर्दा पिताको पहिलो श्राद्धको तिथि आजै रहेको भनी गोपालकृष्णे लाई ललिताको फोन आयो । आफै काम गर्ने रेस्टुरेन्टका कुक हेल्पर साथी पण्डित श्रीले श्राद्धको समान सबै बेच्ने हुँदा सामान सहित श्राद्ध गरिदिन आउन पण्डित श्रीलाई भनियो । आउने जाने १० पाउन्ड, श्राद्धको १५ पाउन्ड, सामानको १० पाउन्ड तथा खानामा आधा लिटर दूध र चार वटा केरा खुवाउने सर्तमा पण्डित श्री आउन राजी भए।


सामानसहित पण्डित श्री आउने भएकाले अन्य टन्टा सकियो। गोपालकृष्णेलाई बिरालोको चिन्ता भयो। उसले बुझेको उसको घरको चलनमा पितृ श्राद्धमा खम्बामा बिरालो बाँध्नु अनिवार्य थियो । लन्डनमै एक बिरालो पाल्ने अफ्रिकन मूलकी सिना भन्ने नाम भएकी आप्रवासी गोपाल कृष्णेको अगाडिको कोठामा बस्दथी। उसले बिरालो पालेकी थिई । उपाय नलागे पछि गोपाल कृष्णेले सिनासँग आफ्नो समस्या राख्यो। सिनाले बिरालोलाई कुनै पनि खानेकुरा खुवाउन नपाउने सर्तमा सय पाउन्ड भाडामा दुई घण्टा बिरालो बाँधेर राख्न पाउने सहमति बन्यो ।


पण्डित श्री समयमै आइपुगे । गोपाल कृष्णेले सिनासँग बिरालो मागेर ल्यायो र खम्बामा बाँध्यो । पण्डितले त्यो बिरालो नचाहिने भन्दा गोपाल कृष्णेले पण्डितलाई पैसाका लागि मात्र काम नगर, पितृ परत्र सार्ने क्षमता समेत विकास गर भन्ने सल्लाह दियो। मैले नजानेको भए त डुबाउने रहेछौ सम्म भन्न भ्यायो । ललिताले पण्डित श्रीले बताएको कुरा त ठिकै हो किन नचाहिने काममा सय पाउन्ड खर्च गरेको भनिन्। गोपाल कृष्णेले ललितालाई नजानेको नबुझेको विषयमा नबोल्न सुझायो।


बिरालो बाँधेर पितृ श्राद्ध सम्पन्न भयो । गोपालकृष्णेलाई आफू सबै भन्दा जान्ने प्रमाणित गर्न पाएकोमा खुबै आनन्द महसुस भयो। दुई घण्टा बिरालो भाडामा लिए बापत सय पाउन्ड भाडास्वरूप सिनाले पाउने सर्त रहे पनि फुर्केर गोपालकृष्णेले २० पाउन्ड टिप्ससहित १२० पाउन्ड सिनाको हातमा थ्यान्कु म्याडम भनी थमायो। त्यो दिन गोपालकृष्णे र सिना दंग देखिन्थे । पण्डित श्री र ललिता अचम्ममा परे । कुरो सकियो ।


गोपालकृष्णेको बिरालोलाई खम्बामा बाँधेर पितृ श्राद्ध गर्ने चलन आज पनि चालु छ। उसले आफ्नो सन्तान लाई पनि यो हाम्रो चलन हो नछोड्नु भनी सिकाएको छ, कसरी बाँध्ने भनी देखाएको छ। उसलाई लाग्छ, उसको चलन उसका छोराछोरीले समेत भविष्यमा नियमित राख्ने छन्।


गोपालकृष्णेको परिवारमा आज बिरालोलाई खम्बामा बाँधेर पितृश्राद्धगर्ने जुन चलन चलेको छ, ठीक त्यस्तै हाम्रा वेदका मन्त्रहरू मन्त्रका रूपमा जप्न मात्र अस्तित्वमा रहेको मान्यता हाम्रो समाजमा विकास भएको छ । दैनिक मन्त्र उच्चारण गरे धर्म हुने ठानिन्छ। दैनिक मन्त्र उच्चारण गर्ने, खास खास तिथि मितिमा पण्डित र ब्राह्मणलाई ल्याएर टीकाटालो गरी दक्षिणा टक्य्राउने र मीठो भोजन गर्ने गर्दा त झन् मरणो प्रान्त सिधै स्वर्ग पुगिने विश्वास गरिन्छ।


अर्काको खेतको पानीको पालो मिचेर पाखुरा सुर्काउदै कोदाली ताकेर थर्काउँदै आफ्नो खेतमा पनि लगाएको अपराध होस् वा रातिराति अर्काको भागको पानी चोरेको कसुर मन्त्र उच्चारण गरे फच्चे हुने भ्रममा जिउने गरिएको छ। अरूले नदेख्दा घाँस चोरेर काटेको कसुर होस् वा राजस्व मारेर काठमाडौँमा घरघडेरी जोडेको अपराध सबै पण्डित र ब्राह्मणलाई खुसी बनाउँदा आउने ब्राह्म–वाक्य तथास्तुबाट काटिने गहिरो छाप समाजमा व्याप्त छ। पाप कार्य सुचारु राख्ने र त्यस बापत चोखिन नियमित पूजाआजा गर्ने चलन धेरैको घरको नियमित नियति बनिदिएको छ। जहाँ पाप त्यहाँ फलिफाप, जहाँ अपराध त्यहाँ नेताको आशीर्वाद पुग्ने गरेको छ। यस्तै यस्तै मन्त्रले नयाँँ मुलुकलाई निराशाको डिप्रेसनले गाँजेको छ ।


लुटको धन्दामा संलग्न हरेक व्यक्तिको सेवामा उनीहरुलाई पुलिस प्रशासन र अदालती कारबाही वाट बचाउन टोलटोल र गाउँगाउँसम्म ठूला राजनीतिक पार्टीका नेताका प्रतिनिधिको संरक्षणमा ठुटे नेताहरू कमिला सरि छ्याप छ्याप्ती भेटिन्छन्। सेवाको जरुरतको अलिकति कुरो मात्र चुहाइदिनु पर्छ, सेवा गर्नेको हानाथाप परिहाल्छ।  वास्तवमै राणा कालीन सिंहदरबार टोलटोल र गाउँगाउँसम्म पुगेको अनुभूति हुन्छ । आफ्नो लुटको कमाइको बढीमा ७० प्रतिशत सम्म कमिसनमा जाला, मुलुकको सरकारले सबै प्रकृतिको अपराधबाट सजिलै जोगिन सकिनेमा अघोषित तर व्यवहारिक ग्यारेन्टी गरिदिएको छ। पैसा खर्च गर्नसक्नेलाई निजी स्वतन्त्रता र लुटमा छुटको समाजवादको गहिरो अनुभूति गर्ने अवसर उपलब्ध हुने गरेको छ।  


जुन समाजमा विद्वत्तम कहलाएका वर्गहरू विकवा बन्दछन्, विना मेहनतको धनले भौतिक सुखको लागि शक्ति, सम्पत्ति र प्रतिष्ठा लिने होडमा लिप्त हुन्छन् मुलुक संवेदन हीन बन्दछ। त्यसको उपचार वैदिक ज्ञान र विज्ञानको अवधारणा समाजमा प्रस्ट हुने गरी सम्प्रेषण गरेर मात्र जान चेतना मार्फत सम्भव हुने गर्दछ। त्यसै सन्दर्भमा विज्ञानले समेत पहिचान गरी प्रमाणित गरिसकेको वेदका गहन भौतिक (Physics), मनोवैज्ञानिक तथा आध्यात्मिक पक्षलाई वैज्ञानिक दृष्टिकोणबाट मूल्यांकन गरि हेर्दा बुझिने र महसुस गरिने भावार्थको सँगालो प्रस्तुत गर्ने अन्तर्गत वेदमा विज्ञान अभियान अस्तित्वमा देखिएको हो।


शान र मसान विज्ञान


जसरी पुरानो घर छोडेर मानिस नयाँ घरमा पुग्छ त्यस्तै मुक्ति नमिले सम्म हरेक जीवको आत्मा आफ्नो कर्म र आशक्ति  अनुरूप एक शरीरबाट अर्को शरीरमा चोला फेर्ने गर्दछ। कतिपय तन्त्र विद्यामा लाग्ने हरुको भनाइ सुन्ने हो भने उनीहरूको  मान्यतामा मानिसको शरीर मात्र मर्छ। तृप्त आत्मा र अतृप्त आत्माको आफ्नै कथा हुने गर्दछ।


संसारमा लगभग ८४ लाख जीवन वा चोला भेटिन्छ।


हरेक मानिसको जीवनमा धेरै इच्छा र चाहना हुन्छ। तीमध्ये कुनैकुनै चाहना उनीहरूमा यति तीव्र भएर गढिदिन्छ कि त्यो चाहनाको हद प्रकृतिको कुनै शक्तिले उसबाट छुटाउन सक्दैन।


उक्त चाहनाको तिर्खा उसको आत्मा सँगै टाँसिएर आशक्तिको रुपमा बसिदिन्छ। जब सम्म उसको आत्मामा गढेको इच्छा पूरा हुन्न तब सम्म उसको आत्मा मुक्त बन्न सक्दैन। मुक्तिको अर्थ आत्माले एउटा शरीर छोडेपछि अर्को शरीरमा पुग्ने मरण र जीवनको चक्रबाट मुक्ति पाउनु हो। जसलाई जीवनको अन्तिम लक्ष्य र परमात्मा सँगको मिलन भनी हाम्रो मान्यताले विश्वास गर्छ।


यहाँ तपाईंको मनका अत्यन्त गहिरो सँग गढेको इच्छा बारे कुरा गरौँ । मानौँ, तपार्ईंको मन कुनै उमेरमा अर्को कसैको मनसँग इनट्यागलमा पारिदियो । क्रस परेको भनिने तपाईंको मन उससँग प्रेममा पारिदियो। तपाईंमा ऊसँग धित मर्ने गरी संगत गर्ने गहिरो इच्छा जाग्यो। मृत्यु परान्त तपाईंको त्यो इच्छामा कुनै कमी हुन सकेन। तर, ऊसँग धित मर्ने गरी समय बिताउने मौका पनि तपार्ईं लाई मिलेन। तपाईंको काल गतिले मृत्यु भयो।


अर्को जन्ममा तपाईं ऊसँग संगत गर्न पाउने र संगत गरी तृप्त बने पछि मात्र तपाईंको मुक्ति सम्भव बन्छ। अब तपाईंको आत्मा त्यसमा गाडेको इच्छा बाट मुक्त हुन पनि तपाईंको पुनर्जन्म जरुरी हुने हुँदा यो जीवनमा तपार्ईं मुक्त हुने सम्भावना रहन्न। कम्तीमा एक वा दुई अर्को जीवन जरुरी हुन्छ।


मानौँ, तपाईंको गुलियो खाने इच्छा कहिल्यै पूरा भएन। अब कम्तीमा अर्को जन्ममा गुलियोमै लाग्ने किरा भएर किन नहोस् तपाईंको इच्छा तृप्ति पछि मात्र तपाईंको आत्मा मुक्ति हुन्छ। त्यसपछि पहिला स्वर्गको भगवान् बनी मानव बन्ने सौभाग्य मिल्यो र मानव बनेपछि सबै तारतम्य भने जस्तै बन्याँ भने तपार्ईंको आत्मा मुक्त बन्न सक्ने सम्भावना रहन्छ ।


मानिसको अकाल मृत्युको समयको हाम्रो मान्यताको कथा भने अलि फरक छ। हाम्रा लोक कथा र संस्कृतिमा भूतहरू एक आम मनोवैज्ञानिक अलौकिक प्राणी हुन् । हाम्रो मान्यतामा तिनीहरू मृत व्यक्तिको आत्माबाट सिर्जना भएका अजिबका चिज हुन्। जीवित रहँदा आफ्नो पूरै उमेर जिएर जीवनको सुख दुःखको पूर्ण अनुभूति गरेर काल गतिले मर्ने उनीहरूको चाहना विपरीत अल्पायुमा मर्नुपर्ने परिस्थितिको सिकार बनेको मानिसको आत्मा वास्तवमा शान्त आत्मा हुन सक्दैन ।


मनमा थुप्रै चाहना मनमै रहेका उनीहरूमा आत्मा पूर्ण रूपमा शुद्धीकरण नबनेको आफ्नो इच्छा र चाहना पूरा गर्न नपाएका कारण भड्किएको आत्माका रूपमा रहेको हुन्छ। त्यसरी भड्किएको आत्मा न त स्वर्ग वा नर्क नै जान सक्छ न पुनर्जन्ममा नै पुगिरहेको हुन्छ न त मुक्तिको पथमा नै जान पाएको हुन्छ ।

हिंसात्मक मृत्युको कारण होस् वा कुनै दुर्घटना वा कुनै आत्महत्या तिनीहरू सबै नै अतृप्त आत्माको कारक बनिदिन्छ। काल गतिले भएको मृतकको जीवनका अनिश्चित मामिलाहरू जस्तै उनीहरूको अन्त्येष्टि नै नहुने, उचित संस्कारका साथ अन्त्येष्टि नहुनु वा झुटा अभियोगको वा बेइज्जती बापतको तिरस्कारको न्याय नमिली हुने मृत्यु आदिले समेत मानिसको आत्मा तृप्ति सम्भव बन्दैन। त्यो अवस्थामा उक्त आत्मा भड्किएको आत्मा बन्छ।


मनको इच्छा पूरा नहुँदै अकाल मृत्युवरण गरेका आत्मा भूत बन्छ। प्रेममा धोका पाएकी महिला किच्कन्ने बन्छिन्। काजकिरिया नपाएका वा रीत अनुरूप नभएकाहरू मसान बन्छन्। बच्चा जन्माउँदै गर्दा आफ्नो प्यारो सन्तानको अनुहार समेत हेर्न नपाएकी महिला तथा निर्दोष हुँदा हुँदै गाली, बेइज्जती, घृणा, तिरस्कार वा अत्याचार बापत न्याय नमिलेको महिला चुडेल बन्छिन्। त्यस्ता पुरुष मुर्कुट्टा बन्छन्। आफ्नै कुलका वा परिवारबाट न्याय र सम्मान नमिलेकाहरू बिरका रूपमा आउँछन्। मनमा गाडेको इच्छा पूरा हुन नपाएकाहरू प्रेतात्मा बन्ने गर्छन्।


पर्यावरण बिग्रने गरी जंगल र जमिनको भूभागको दुरुपयोग गर्नेहरूबाट अन्यायमा परेकाहरू विभिन्न जनवारको आकृतिमा तर्साउने आत्मा बन्छ। जल वा पानीको दुरुपयोग गर्नेहरूबाट अन्यायमा परेकाहरू नाग, गोही वा कछुवाका रूपमा सताउने आत्मा बन्छ। हावा र आकाशको दुरुपयोग गर्नेहरू बाट अन्यायमा परेकाहरू तथा आफ्ना पितृ सम्मानमा चुकेकाको प्रभावले वायुको रूपमा सताउने प्रेतात्मा जन्माउँछ ।


उपचार पद्धतिको सन्दर्भमा जस्तै धामी झाँक्री मान्यतामा सय राज कुमारी भनिने दुष्ट राक्षसहरू प्रभावमा बच्चाहरूमा हैजा, झाडाबान्ता र पखालाले शरीर सुक्खा बनाउने रोग पैदा गर्छ। जुन डायरियाको ब्याक्टेरियालाई लक्षित गरेको बुझिन्छ। ओखती र झारफुक हुने यो विधिमा नुन, चिनी, पानी र हर्बल प्रयोग हुन्छ।


६ अथवा आठ मुखे इन्द्रेणी राक्षसहरूको प्रभावमा मानिस फेन्ट हुने र मुख सुक्ने लक्षण हुन्छ। नौ ताराको प्रभावमा आँखामा इन्फेक्सन हुने र प्रकाशका कारण हेर्न समेत गाह्रो हुने आँखाको नानी फुल्ने समस्या देखिन्छ।


नागका कारण भएको समस्यामा पनि ज्वरो आउने, नेपाली व्यथा लाग्ने, कुष्ठरोग र पक्षाघात सम्म हुने भनिन्छ।


छालामा ढिलो बढ्ने ब्याक्टेरियाका कारण कुष्ठरोग हुने र रोगसँग संक्रमणको समयमा ज्वरो आउने हुन्छ। नागले सताउनुको कारक पानी, नदी र समुद्र आदिको विनाश र प्रदूषण मुख्य मानिन्छ ।


अकाल मृत्युवरण गरेका वा हिंसात्मक क्रूर आक्रमणमा मरिएका बाट हुने वायुको लक्षण अन्तर्गत घरमा पालेका बस्तुहरू बिरामी हुने, घरका परिवारको पेट दुख्ने, फियो दुख्ने र आन्द्रामा ब्याक्टेरियाका कारण धेरै ग्यास निस्केर हुने सुल आदि हुने लक्षण देखिन्छ।


बिरामी गाईबस्तुबाट सर्ने रोग, बिरामी गाई भैँसीको दूधबाट आउने विकृति समेत यो वर्गमा रहेको बुझिन्छ। यो अवस्थामा झारफुकको अलावा चरनमा जडीबुटी खाएको औषधीय मसला, बाख्राको पाठोको मासु खाने चलन हुन्छ। जुन औषधीय छ। अदुवा, लसुन, प्याज, बेसार आदिले सुन्निएको फियो शान्त गर्छ ।


भूत प्रेतको संक्रमणमा बेस्सरी टाउको दुख्ने, रिँगटा लाग्ने र बान्ता आउने हुन्छ। जुन रगतमा अक्सिजनको सप्लाई कम हुने, नाकबाट श्वास लिँदा प्राप्त हुने नाइट्रिक अक्साइडको कमीमा प्रायः हुन्छ। मानसिक स्थिति अलि धेरै बिग्रिएर हुने पागलपन, डिप्रेसन एन्जाइटीमा हुने प्यानिक एट्याक, रेस्टलेसनेस, बेचैनी, चित्तको एकाग्रता नहुने, वाकवाकी लाग्ने, बान्ता हुने आदि हुनुलाई बिर लागेको भनिन्छ।


कहिले काहीँ कुनै दर्द नहुने तर मुखमा रगत आउने टीबी जस्तो बिमारमा समेत बिरको हात मानिन्छ। टीबी जस्तो रोगमा आयुर्वेदिक डाक्टरको काम हुन्छ। अरूमा मनोवैज्ञानिक उपचार जसले दुखाइमा राहत दिने इन्डोरफिन, मुड स्थिर र खुसी बनाउने सेरोटोनिन, प्रेम र विश्वास जोगाउने अक्सिटोक्सिन र मस्तिष्कमा आनन्द दिने डोपामाइन जस्ता इन्जाइम बनाउन शरीरलाई उत्प्रेरित गर्ने गरी बिरामीको आत्मबल बढाउने काम हुन्छ ।


मसान लागेको लक्षण अन्तर्गत टाउको दुख्ने, चक्कर लाग्ने, मासु दुख्ने, हड्डीको जोर्नी दुख्ने र डर लागेका बेला हात, खुट्टा, शरीर काम्ने हुने गर्छ। पिशाच वा अगतिमा परेको आत्माले दिएको दुःख अन्तर्गत सानै उमेरमा मरेको आत्माको दोष भन्ने ठानिन्छ। त्यसको लक्षणमा ज्वरो आउने र बान्ता हुने मुख्य हुन्छ । अत्यन्त धेरै ज्वरो आउनेलाई राक्षसले दुःख दिएको अन्तर्गत राखिन्छ ।


मुटुमा गाँठो पर्ने, दुख्ने जस्ता मुटुको रोगलाई सिकारीको भूतको कर्तुत ठानिन्छ। जसको कारक तत्व जमिन र जंगलको विनाश र प्रदूषण मानिन्छ। हेलत्वमा परेकी, समाजले एक्लाएकी विधवा वा एकल महिलालाई डर देखाई वा करकापमा पारी जबरजस्त कायम गरेको अनैतिक यौन सम्बन्ध समाजमा पुगेर हुने बदमासीको डरले ज्वरो आउने, जिउ सुक्दै जाने, शरीरमा रगतको कमीले निलो धाप देखिने र कमजोरी हुने आदिलाई बोक्सी लागेको वा किच कन्नीले दुःख दिएको ठानिन्छ।


महिलाको हकमा आफ्नो लोग्ने अन्यत्र कसै सँग लागेर दोजियाको समयमा माया र स्याहार नपुगेकी महिलाको गर्भ तुहिने, आन्तरिक रक्तस्राव हुने, अनियन्त्रित रूपमा कुनै भागमा लामो समय प्रेसर पर्ने गरी बस्नको कारण वा कुनै किरा आदिले डस्नाको कारण छालामा उत्पन्न रगतको निलो डाम बस्ने र सुरक्षित भविष्यको डरले मनोवैज्ञानिक बेचैनी हुने, मुटु दुख्ने, पेट दुख्ने आदिलाई समेत बोक्सी वा किचकन्नी वा चुडेलले सताएको भन्ने गरिन्छ ।


यस्ता समस्यामा मनोवैज्ञानिक सबलता दिने सबै प्रकारका उपाय अपनाइने गरिन्छ। ग्रह काटिएकाले पतिको मति सुध्रने र भविष्य उज्ज्वल बन्ने भरोसा दिलाउने देखि मीठो खानपान र हर्बल ओखतीबाट व्यक्तिको सामाजिक संसर्ग बढाउने र उसलाई सामान्य दिनचर्यामा फर्काउन कोसिस गरिन्छ ।


प्रकृतिमा प्राकृतिक रूपमै विभिन्न घटना नियमित घटि रहेका हुन्छन्। घटेका घटना मध्ये अत्यन्त धेरै घटना एक सर्वसाधारण मानिसका लागि अचम्मको नौलो हुन्छ।


जस्तै: मान्छे जलाउने नदी किनार वा गाड्ने स्थानमा रहेको मृत शरीरको भग्नावशेष बाट मिथेन ग्यास निस्कन्छ। जब मिथेन ग्यास अक्सिजनको संसर्गमा आउँछ त्यहाँ आगोको ज्वाला बन्छ। आगोका लागि चाहिने थोरै इन्धन र हावा दुवै हुने मसान घाटमा रातको धेरै अँध्यारो समयमा सानो आगो समेत ठूलो देखिने र त्यो उज्यालोमा देखिएको आकृति मन मनै कल्पना गरिएको भूत वा प्रेतको आकृति सँगै मिल्न सक्छ ।


जसरी बादललाई जेको आकृति सम्झिएर हे¥यो त्यस्तै अन्दाजको आकृति तयार हुन्छ । यहाँ पनि त्यस्तै हुन सम्भव बनेको हुन्छ। त्यो देखेर तर्सिएको मनमा उब्जेको डर मानिसमा लामो समय देखि अन्तरात्मामा गडिएर रहेको अन्य डरसँग मिली प्रस्फुटन हुने माध्यम बनेको भेटिएको छ ।

त्यो भनेको मानव संरचनामा रहेका विभिन्न तत्वको विकिरण र प्रकृतिको विकिरण बीचको संसर्ग स्पार्क जस्तो भई टुटेर बिथोलिन पुगे जस्तै हो। त्यसलाई हामीले परम्परागत रूपमा मसानका कारण विकास भएको मनोवैज्ञानिक रोग भन्ने नाम दिएका छौँ ।


यदि उक्त मुर्दास्थलमा एक भर्खरकी राम्री अविवाहिता कन्याको देह सेलाइएको थियो, बिरामीको ज्ञानमा त्यो कुरा रहेछ, उक्त समयमा बिरामीलाई त्यो घटना याद आएछ भने उसले त्यहाँ किचकन्नी देखिदिने गर्छ। मानौँ कुनै भद्र महिला डेलिभरीका कारण मरेकी र जलाइएकी रहिछन् भने त्यही घटनामा बिरामीले चुडेलको अनुभूति गर्न सक्छ। जेसुकै देखिएको होस्, तर्सिएको बखत बिरामीको सातो जानु नौलो भएन ।


आत्मबल कमजोर रहेको अवस्थामा उक्त व्यक्तिलाई मनोवैज्ञानिक उपचार चाहिन्छ। अतृप्त आत्मा वा भड्किएको आत्मा शान्त बनाएको नाममा यथार्थमा स्वयम् बिरामीको आफ्नै कमजोर मनस्थितिले खस्किएको आत्मा बलिष्ठ पारिएको हुन्छ। त्यो भनेको उसको दबेको आत्मबल उच्च बनाइएको हुन्छ। आजको आधुनिक औषधी विज्ञानको मानसिक रोगको सन्दर्भमा गरिने वैज्ञानिक भनिने उपचारको विधिको चुरो समेत आखिर अन्ततः त्यही नै हुने गर्छ।


परम्परागत मान्यताको चुरोमा पुगेर हेर्दा धामी झाँक्रीको उत्पत्तिको मूल स्रोत भगवान् शिव नै हुन्। सृष्टिको सञ्चालनमा जुन सन्दर्भमा महादेवले सप्तऋषिको परिकल्पना गरे त्यस्तै तिनीहरूको विचारको व्यावहारिक उपयोगका लागि हरेक ऋषिको सहयोगीका रूपमा सात भाइ धामी झाँक्रीको परिकल्पना गरेको देखिन्छ।


मानव र प्रकृति बीचको सामञ्जस्यताको अभावमा पैदा हुने मनोवैज्ञानिक बिरामीको रोगको जुन विन्दुमा सहजता बिग्रिएको हो त्यही विन्दुमा उपचारका लागि धामीझाँक्री विद्याको विकास भएको देखिन्छ ।


अर्कोतर्फ अर्धनरेश्वर भनिने महादेवको आधा भाग वा पत्नी पार्वती आफैँ बोक्सी ज्ञानको प्रवर्तक थिइन्। उनले शक्तिका रूपमा बोक्सी ज्ञान आफ्ना सात बहिनीहरू लाई दिइन्। सात बहिनीकी कान्छी बहिनीबाट बोक्सी ज्ञान वैचारिक रूपमा मानिसमा हस्तान्तरण भएको ठानिन्छ।

समाजमा धामीझाँक्री र बोक्सीको भूमिका समग्रमा शिव-पार्वतीको जस्तो निर्माण र विनाश बीचको संयोजन मार्फत हुने नियमित प्रकृतिको सञ्चालनको चक्रको नियति नै बुझिन्छ । तिनीहरू समाजमा एकापसमा विपरीत भूमिकामा रहेर मानवता कायम गर्न नै समर्पित रहेको भेटिन्छ ।


तन्त्र शास्त्र र शिव पुराणका अनुसार बोक्सी एक महिलाका रूपमा चिनाइने अदृश्य शक्तिको स्रोत हो जुन सामान्य देवता वा देवीको भन्दा फरक प्रकृतिको शक्तिको तरंग निर्मित छ। बोक्सीमा निहित उक्त प्राकृतिक शक्तिको विभिन्न रोग निको पार्ने क्षमता रहन्छ। बोक्सीको शक्तिको तरंग देवता, देवी, भूत, प्रेत, पिशाच वा डंकिनी आदिको तरंग एकापसमा जोड्न वा छुट्टाउन सक्ने प्रकृतिको हुन्छ।


बोक्सीमा निहित तरंग कुनै पनि देवता, देवी, भूत, प्रेत, पिशाच वा डंकिनी आदिको शक्ति मानव र प्रकृति बीचको संसर्गको शक्तिको तरंगसँगै जोडिदिन वा छुट्याइदिन सक्षम छ।


मानव र प्रकृतिबीचको संसर्गबीच उक्त शक्तिका तरंगहरू जोडिँदा मानिसमा असहजता आउँछ भने छुट्टिँदा सहजता आउने हुँदा मानिसलाई आफ्नो असहजता बाट मुक्ति मिल्छ ।


मानव र प्रकृतिबीचको बिग्रेको असहजतालाई मानिस आफैँले आफ्नो आत्मबललाई सकारात्मक सोच मार्फत दरिलो गरेर आफैँले मात्र पुनः सहज पार्न सक्छ । जसरी शरीर भित्रको रोग शरीर आफैँले आफ्नो रोग प्रतिरोधी क्षमता विकास गरेर जित्न सक्छ । त्यसमा लिइने ओखती, विभिन्न सर्जरी, अक्सिजन, हर्बल, हिलिङ खाद्य, योग, ध्यान आदिले स्वहिलिङमा सहजीकरण गरिदिन्छ। त्यसरी नै मानिसको वातावरण सँगको बिग्रिएको बाहिरी असहजता समेत मानिसले आफ्नो आत्मबल बलिष्ठ परेर मात्रै आफैँले सहज गर्न सक्छ ।


उक्त प्रक्रियामा हाम्रो परम्परागत शैलीको धामी झाँक्री जस्ता विधि, देवीदेवताको पूजा आराधना, हर्बल ओखती, मन्त्रतन्त्र (विभिन्न साधन), ध्वनि, योग, ध्यान, सामाजिक उत्सव आदिले सकारात्मक सोच विकास गरी शरीरलाई आफैँ आफ्नो वातावरणको संसर्गसँगै भएको असहजता सहज गर्न चाहिने पर्याप्त आत्मबल विकास गर्न सहजीकरण गरिदिन्छ।


जुन प्राकृतिक प्रक्रिया शान प्रक्रिया हो । त्यो मसान र मसान वर्गको शक्तिको हस्तक्षेप वा अवरोध हटाउन र शरीरलाई आफ्नो प्रकृति सँगको संसर्ग पुनः सहजता पूर्वक कायम गर्न निर्णायक बनिदिन्छ।


स्वास्थ्य अवस्थाको दृष्टिले मानसिक रोग भनेर एक व्यक्तिको सोच, भावना वा व्यवहार वा कुनै दुई वा तीन वटैमा आउने परिवर्तनको कारणबाट उक्त व्यक्तिलाई पुग्ने कष्ट तथा काम सम्पन्न गर्न हुने कठिनाइलाई जनाउँछ। अन्य रोगमा जस्तै मानसिक रोगसमेत कुनै गम्भीर अवस्थाको हुन्छ भने कुनै सामान्य प्रकृतिको हुन्छ। मानसिक रोग भए तापनि सामान्य देखिने र व्यवहार गर्ने मानिसको मानसिक रोगलाई सामान्य प्रकृतिको मानसिक रोग अन्तर्गत राखिन्छ। असामान्य देखिने, महसुस गर्ने र व्यवहार देखाउनेलाई गम्भीर प्रकृतिको मानसिक रोग भनिन्छ।


तपाईंको अन्तरात्माले जुन सोच तपाईंको आफ्नो हितमा रहेको र मानवताको समेत कल्याण गर्ने प्रकृतिको हुन्छ भनी विश्वास गर्छ त्यसलाई सकारात्मक सोच भनिन्छ। जुन सोच तपाईंको पक्षमा वा विरुद्धमा नै होला तर त्यो मानवता विरोधी हो भनी यकिन हुन्छ, त्यसलाई नकारात्मक सोच भनिन्छ ।

मानिसमा हुने सचेत दिमाग र अचेत दिमागका कारण हरेक मानिसमा सकारात्मक र नकारात्मक दुवै सोचको विकास हुने गर्छ। समय र परिस्थिति अनुरूप कुनै पनि मानिसको सोचमा जस्तोसुकै विचार वा भावनाहरू आओस् त्यसलाई आफ्नो सचेतन विवेक प्रयोग गरी मानिसले कर्म सकारात्मक गरोस् भन्ने सनातन मान्यता मानव धर्मको चुरो मान्यता हो।


जीवनको हरेक पलपलमा मानव धर्मको चुरो पकड्न नसक्दा एक व्यक्तिको जीवनमा धेरै नकारात्मक कर्म हुन पुग्छ। सर्वगुणले परिपूर्ण मानिसले मात्र हरेक क्षण मानव धर्मको चुरो कायम गरी आफ्नो सम्पूर्ण कर्म पूरा गर्न सक्छ।


स्वास्थ्यको दृष्टिबाट यदि कुनै मानिसले आफ्नो जीवनमा पूरा गर्नुपर्ने अधिकतम मानव धर्मको पालन गर्न जानाजान चुकिरहेको छ भने उसलाई मानसिक रोगी ठानिन्छ । चाहे त्यो पैसाको मोह होस वा प्रेमको मोह, जोवनको प्यास होस् वा शक्ति वा सामाजिक प्रतिष्ठा आदिको तिर्खाले बिगार्ने मानसिक सन्तुलन सबै नै मानसिक रोगको कारक बन्न सक्छ।


जीवनमा आइपरेको परिवार सुखको अभाव होस् वा अर्थको, खानाको अभाव होस वा इज्जतको, शरीरभित्रको पोषण वा औषधीय तत्वको अभाव होस् वा भित्री अन्तर्मनको र शारीरिक आनन्दको अभाव ती सबैले मानिसको मानसिक अवस्थामा नै खलल पु¥याउने खतरा हुन्छ। मानिसलाई मानसिक रोगी पारिदिन सक्छ।


जब मानव धर्मको चुरो पूरा गर्ने आफ्नो कर्तव्य मानिसले पूरा गर्न सक्दैन तब त्यसको चुरो कारण मानसिक गडबडी मानिन्छ । आधारभूत रूपमा मानव धर्मको सदैव पालना गर्न सक्ने मानसिक कार्यक्षमताको मानिस मानिसका रूपमा रहन सम्भव देखिँदैन । सदैव आधारभूत मानव धर्म निभाउन सक्ने मानिसलाई आदर्श मानिस भनिन्छ। जसलाई ईश्वरको स्वरूपमा चित्रित गरिन्छ । जस्तै कृष्ण, राम र बुद्ध। सैद्धान्तिक रूपमा कुनै पनि सर्वसाधारण मानिस मानसिक रोगमुक्त हुनु सम्भव छैन भन्ने हाम्रो अलिखित सामाजिक मान्यता रहेको छ ।


सामान्य मानिसभन्दा अलि फरक केही जटिल प्रकृतिको मानसिक बिरामीले छोएको तर बिरामी भएजस्तो नदेखिने, स्वतन्त्र रूपमा आफ्नो नियमित कार्यहरू सुचारु सम्पन्न गर्ने क्षमताको व्यक्तिलाई सामान्य प्रकृतिको मानसिक रोगी भनिन्छ। उनीहरू आफ्नै आत्मबल वा तन्त्र जस्तै कुनै हल्का ओखती वा औषधीय गुणको पदार्थ सेवनबाट अर्थात् अन्य जीवन शैलीको उपयोगबाट आफ्नो जीविका सहज गरिरहेको अवस्थामा समेत हुन सक्छन्। उनीहरूमा रोगको हल्का लक्षण मात्र रहेको अवस्था रहन्छ।


जटिल प्रकारको मानसिक रोगको सिकार भएका व्यक्तिमा भने थप स्पष्ट लक्षण देखिने गर्छन्। जस्तै: दोधारमा पर्ने, भ्रम पैदा हुने वा कुनै पदार्थको सेवन छोड्दा हुने बेचैनी र चिडचिडावट आदि। मानिसमा हुने विभिन्न प्रकारका मानसिक रोगमा डिप्रेसन, सिजोफ्रेनिया, अटेन्सन डेफिसिट हाइपरएक्टिभिटी डिसअर्डर (एडीएचडी), अटिजम र अब्सेसिभ–कम्पल्सिभ डिसअर्डर आदि छ।


हरेक जटिल प्रकारको मानसिक रोगले मानिसको सोच, अनुभूति, व्यहोरामा बदलाव ल्याएर उनीहरूलाई समस्यामा धकेलिरहेको हुन्छ ।


मानिसमा देखा पर्ने मस्तिष्कका सबै प्रकारका रोगलाई मानसिक रोगका रूपमा वर्गीकृत गरिँदैन । मास हिस्टेरिया, छारे रोग, पार्किन्सन्स रोग र मल्टिपल स्क्लेरोसिस जस्ता विकार मस्तिष्कका विकार भए तापनि तिनीहरूलाई मानसिक रोगभन्दा स्नायु रोगका रूपमा चित्रित गरिन्छ। मानसिक रोग र स्नायु रोगबीच अत्यन्त नजिकको सम्बन्ध देखिन्छ।


मस्तिष्कको संरचना, रसायन र कार्य प्रक्रियामा आएको जैविक परिवर्तनका कारण मानिसमा विकास हुने मानसिक रोगको उपचारमा औषधी विज्ञान अन्तर्गतको आयुर्वेद र आधुनिक औषधी विज्ञानको प्रभावकारी भूमिका रहन्छ ।


मस्तिष्कको संरचना, रसायन र कार्य प्रक्रियामा आउने नकारात्मक परिवर्तनको जडको कारक बनिदिने गलत अनुभूति, अवधारणा, महसुस, आवेग, संवेग आदि र तिनको कारणबाट विकसित हुने सुरुवातको अल्पकालीन मनोवैज्ञानिक विकृतिको उपचारमा विभिन्न मनोवैज्ञानिक सुधारका उपाय तथा सल्लाह सुझाव प्रभावकारी देखिने गर्छन् । विभिन्न तन्त्रमन्त्र, जडीबुटी तथा योग, ध्यान सम्मोहन कला जस्ता सकारात्मकता अभिवृद्धि गर्ने उपाय भने दुवै चरणमा उपयोगी भेटिएका छन्।


अन्य रोगको निदानमा जस्तो डाक्टरहरूले बिरामीको रगत, दिशा पिसाब आदि परीक्षणबाट कुनै व्यक्तिलाई मानसिक रोग छ वा छैन भनी निर्धारण गर्न सकिँदैन। न त चर्चित सूक्ष्म जीवहरूको परीक्षणबाट नै मनोरोगको पहिचान हुन सक्छ। मानसिक रोगहरूको पहिचानका लागि छुट्टै प्रकृतिको प्रभावकारी शारीरिक वैज्ञानिक परीक्षणहरू आजसम्म विकास गर्ने नसकिनुको पछाडि हाम्रा परम्परागत मानसिक रोगको निधनमा हामीले प्रयोग गर्दै आएको रैथाने विधि र प्रविधिको प्रभावकारिता र तिनको पछाडिको वैज्ञानिक कारकहरूको पहिचान गर्नेतर्फ आधुनिक औषधी विज्ञानको ध्यान नपुग्नु र परम्परागत आयुर्वेदिक उपचार पद्धतिलाई नियोजित रूपमा औपचारिक स्वस्थ उपचारको पद्धतिबाट बाहिर फाली वैकल्पिक उपचार पद्धतिमा सीमित गर्नु थियो । जुन आज आएर संसारले महसुस गर्न पुगेको छ ।


आयुर्वेदिक पद्धति अन्तर्गत जुन दिन सर्जरी गर्न बन्देज गरियो, मानिसलाई सम्पूर्ण रूपमा स्वस्थ राख्ने मनोवैज्ञानिक र आध्यात्मिक सबलताका उपायहरू जुन दिन पाखे र रूढिवादी भनी अपहेलना गरियो र जुन दिन प्राकृतिक हर्बल र आयुर्वेदिक औषधीय खानपान र ओखतीलाई आधुनिकताको नाममा सेन्थेटिक ओखतीबाट प्रतिस्थापन गरियो त्यो विन्दुबाट पृथ्वीलाई मानसिक रोगको घर बनाउने कार्यको औपचारिक सुरुवात गरियो।


पैसा र शक्ति प्राप्तिको भोकमा अन्तर्राष्ट्रिय बजारमा आफ्नो राजनीतिक र व्यावहारिक एकाधिकार जमाउन भएका मानवता विरोधी, पर्यावरण प्रतिकूल मानव कार्यले कुनै न कुनै मानसिक रोग नभएको मानिस भेट्नै ग्रहमा पृथ्वीलाई परिवर्तन गरिदियो । पृथ्वीलाई नै रोगी बनाइदियो ।


हाम्रा डाक्टर र स्वास्थ्य कार्यकर्ताले समेत अनुमान गरेभन्दा एक अविश्वसनीय रूपमा जटिल अंगका रूपमा मस्तिष्क रहेको वेदान्तको मान्यता आज आएर आधुनिक औषधी विज्ञान र स्वस्थ विज्ञानले स्विकारेको छ । हाम्रो शरीरको कुल तौलको मात्र दुई प्रतिशत तौल ओगटेको हाम्रो मस्तिष्क एक्लैले हामीले फेर्ने सासबाट प्राप्त हुने अक्सिजनको विष प्रतिशत उपयोग गर्छ। हाम्रो शरीरमा पैदा हुने सम्पूर्ण ऊर्जाको २० प्रतिशत ऊर्जा समेत त्यही मस्तिष्कले खपत गर्छ।


मानिसका रूपमा मानिसले अनुभव गर्ने हरेक कुरालाई मस्तिष्कले नै नियन्त्रण गर्छ । जस अन्तर्गत मानिसको चालचलन, वातावरणबाट प्राप्त हुने अनुभूति, अनैच्छिक अंगहरूको नियमनलगायत सबै कार्य पर्छ। सास फेर्न र मानव भावनालाई नियन्त्रण गर्ने जस्ता शरीरका प्रक्रियाहरू समेत मस्तिष्कबाट नियन्त्रण हुने गतिविधि हुन् ।


मस्तिष्कमा प्रत्येक सेकेन्डमा सयौँ हजारौँ रासायनिक प्रतिक्रिया हुन्छन्। ती प्रतिक्रियाले मानिसमा उत्पन्न हुने विचार, कार्य र व्यवहारलाई नियमन गर्छ । यी तिनै प्रक्रियाहरू हुन्, जसको परिणामस्वरूप पैदा भएको सामूहिक प्रतिक्रियाको प्रतिनिधि क्रियाका रूपमा हामीले हाम्रो उत्तेजनाका रूपमा हामी वरपरको वातावरणमा आफ्नो प्रतिक्रिया दिने गर्छौं। छोटकरीमा मस्तिष्कले हामीलाई बाँच्न अनुमति दिने आन्तरिक प्रक्रिया र व्यवहारलाई निर्देशन दिने कार्यका अलावा हाम्रो वातावरणमा हामीले पठाउने प्रतिक्रियाको समेत नियमन र संयोजन गर्छ। हामीलाई बाँच्न सञ्चालन हुने आन्तरिक प्रक्रिया र व्यवहार शरीरको आन्तरिक गतिविधिलाई सन्तुलन गरेर मात्र मस्तिष्कबाट सञ्चालन र संयोजन सम्भव बन्छ। जसलाई दोषहरूको प्रभावकारी संयोजन भनिन्छ। शरीरबाहिरको वातावरणमा मस्तिष्कले पठाउने प्रतिक्रिया संयोजन र नियमनका लागि शरीरको सम्पूर्ण गतिविधिलाई बाहिरी वातावरणसँग सन्तुलित राख्न जरुरी बन्छ।


आजको आधुनिक भनिएको स्वस्थ र औषधी विज्ञानले शरीरको आन्तरिक प्रक्रिया सन्तुलित रूपमा संयोजन हुन अवरोध पु¥याउने तत्वहरू पहिचान गरी त्यसको निवारणमा काम गर्ने गर्छ । शरीरबाहिरको वातावरण अनुरूप शरीरलाई सन्तुलित र निश्चित हार्मोनीमा लगेर स्वस्थ राख्ने क्रिया तथा प्रतिक्रियामा आउने बाधा अडचनको निवारणमा आफ्नो कार्यक्षेत्र अनुरूप हाम्रा धामीझाँक्रीलगायतका परम्परागत उपचार पद्धति, योग, ध्यान र आध्यात्मिक मान्यताको भूमिका रहेको आज आएर विज्ञानले महसुस गरेको छ। हाम्रा आयुर्वेदको सम्पूर्ण स्वास्थ्यको अवधारणा अन्तर्गत भने दुवै प्रक्रियाको सन्तुलन गर्ने कार्य समावेश छन्।


मानिसको दिमागले कसरी काम गर्छ र त्यसलाई आफ्नो कार्यसम्पन्न गर्न कसरी सहज बनाउने भन्नेबारे ज्ञान र कुशलता आधुनिक विज्ञान र वेद अन्तर्गतको आयुर्वेदको दखलको क्षेत्र हो । मानिसको शरीरको हरेक अंगप्रत्यंग र गतिविधिको सञ्चालनका लागि निर्देशन गर्ने मस्तिष्क आफैँ भने कोबाट सञ्चालित हुन्छ भन्ने कुराको उत्तर आधुनिक विज्ञान अन्तर्गतको औषधी विज्ञान र स्वस्थ विज्ञानसँग भेटिँदैन । त्यसको जवाफ आयुर्वेदको ज्ञानको मूल स्रोतका रूपमा रहेको वेदसँग मात्र देखिन्छ ।


मानिसलाई सञ्चालन गर्ने मानिसको दिमाग आफैँ भने कसरी सञ्चालित छ भने वेदान्तको ज्ञानको अनुसरण गरेर आज आयुर्वेद र आधुनिक विज्ञानले दैनिक अहम् कुराहरूबारे नयाँनयाँ तथ्य बाहिर ल्याउन सफल बनेको अवस्था छ ।


आधुनिक विज्ञानले मस्तिष्क आफैँ कोबाट सञ्चालित हुन्छ भन्ने कुरामा खासै दखल नराख्ने हुँदा त्यही विज्ञान बुझेका आधारमा विज्ञ कहलिएकाहरूमा धामीझाँक्री लगायतका हाम्रा रैथाने परम्परागत हिलिङ पद्धति सन्दर्भविहीन र रूढिवादी लागू सामान्य ठान्नु पर्छ । हाम्रा रैथाने परम्परागत प्रविधि र तिनीहरूको पछाडिको चुरो कारण बुझेर तिनीहरूलाई राम्रो या नराम्रो भनी वर्गीकरण नगरी तिनीहरूबारे अध्ययनसमेत नगरी हचुवामा रूढिवादी मिथ्याको वर्गमा राखिदिने र प्रतिकारमा उत्रिने हाम्रा वैज्ञानिक सोच राख्ने भनिएका भुइँफुट्टा सोकल्ड एलियट बुर्जुवा वर्गको नियतलाई भने स्वस्थ मान्न सकिँदैन ।


रैथाने धामीझाँक्री उपचार प्रणाली


आज वैज्ञानिकहरू आफैँ भन्ने गर्छन् कि नेपाल जस्ता मुलुकको दुर्भाग्यपूर्ण वर्तमानको धेरै कारण मध्येको एक कारण त्यहाँको परम्परागत धामीझाँक्री लगायतका उपचार पद्धतिभित्र रहेको वैज्ञानिक पक्ष संस्थागत गर्न नसक्दा आज मुलुक विदेशी माफियाको एकाधिकार बजार बनिदियो। मुलुकको आफ्नो सबलता पढे लेखेका र उच्च सरकारी, गैरसरकारी र मूलतः कूटनीतिक तहमा निर्णायक स्थानमा रहेका आफ्नै बुद्धिजीवी भनिएकाको षड्यन्त्रमा परेर कहिल्यै मुलुकको समृद्धिका लागि उपयोग हुन सकेन ।


वैदिक अवधारणामा प्रकृतिमा अनगिन्ती ब्रह्माण्ड छ। प्रत्येक ब्रह्माण्ड अन्डाको आकारका रहेका हुन्छ। प्रत्येक ब्रह्माण्डको संरचनामा आगो, पानी, पृथ्वी, वायु, आकाश, मन, बुद्धि, अहंकार र अचेतनको अस्तित्व भेटिन्छ। सृष्टिको सुरुवातदेखि आजको समयसम्म प्रकृतिमा अस्तित्वमा आएका सबै घटनाका छापहरू सूक्ष्म रूपको स्मृतिका रूपमा प्रकृतिको गर्भमा भण्डारण हुने गर्छ। जुन अनन्त रहन्छ। त्यसलाई हामी संस्कार भन्ने गर्छौं। प्रकृतिमा पुराना सभ्यताहरू लगायत त्यहाँ घटेका सम्पूर्ण गतिविधिका सम्झनाहरू सूक्ष्म रूपमा भण्डारण रहेका हुँदा मानसिक रूपमा प्रकृतिको स्मरणमा रहेको सामूहिक अचेतन वा कलेक्टिभ अनकन्सेन्ससको स्तरमा पहुँच गर्न सम्भव बन्छ । योगको मान्यता अनुरूप हरेक वस्तुको तीन गुण हुन्छन्। तीनै गुणका आफ्नै अद्वितीय विशेषता रहन्छ । जसमा तम गुणले स्थिरता, रज गुणले गतिशीलता र सत गुणले स्थिरता र गतिशीलताबीचको पूर्ण चेतनको अवस्थालाई जनाउँछ ।

ब्रह्माण्डको उत्पत्ति हुनुभन्दाको पहिलेको अन्धकारको अवस्था वा डार्क स्पेसलाई योगको अवधारणाले एक ब्रह्माण्डीय सुपर कम्प्युटर मान्छ। उक्त डार्क स्पेस (महत) मानै ब्रह्माण्डका सम्पूर्ण स्मरणको भण्डारण हुने गर्छ। महतमा सुरक्षित रूपमा भण्डारण रहेको स्मरणहरू गतिशीलता वा रज गुणका कारण प्रकृतिसम्मको पहुँचमा हुन्छन् । सिर्जनात्मक कम्पन भनिने स्थिरता र गतिशीलता बीचको संयोजन कारी राजसी गुणका कारण महतमा सुरक्षित स्मरणहरूको प्रतिलिपि प्रकृतिसँगै जोडिन पुग्छ। स्मरणको प्रतिलिपिको स्थिरता वा तम गुणका कारण डार्क स्पेसमा (महत) रहेका सम्पूर्ण स्मरणका प्रतिलिपि प्रकृतिको गर्भमा हरसमय उपलब्ध हुने गर्छ । यसरी डार्क स्पेसमा सुरक्षित सामूहिक स्मृति, विचार आदि स्मरण सामूहिक अचेतन वा कलेक्टिभ अनकन्सेन्ससका रूपमा प्रकृतिमा उपलब्ध हुन सम्भव बन्छ ।


प्रकृतिमा उपलब्ध सामूहिक अचेतन वा कलेक्टिभ अनकन्सेन्सससँग मानिसले आफ्नो मानसिक पहुँच सामान्य अवस्थामा पु¥याउन सक्दैन । सो को लागि एक साधकले जस्तै आफ्नो चित्तलाई सात्विक–सात्विकको स्तर अर्थात् आत्मज्ञानको प्राप्तिको स्तरमा पु¥याउन जरुरी हुन्छ। त्यसको अर्थ हो सांसारिक नभएर आध्यात्मिक क्षमताको निपुणताको जरुरत। योग वा ध्यान जस्ता विधिबाट आफ्नो सम्पूर्ण शरीर र मस्तिष्कमा सामञ्जस्यता, सन्तुलन र बुद्धिमत्ता कायम गरी रज र तम दुवै गुणलाई घटाएर प्राप्त राजसी गुणलाई यहाँ सात्विक–सात्विकको स्तर भनिएको छ। जुन अवस्थामा आनन्दको अवस्थामा पुग्न सकिन्छ। त्यतिबेला मानिसले आफ्नो पूर्ण चेतनाको उपयोग गर्न सक्ने मान्यता योगको छ ।


सामूहिक अचेतन वा कलेक्टिभ अनकन्सेन्ससको भण्डारमा विगतमा प्रकृतिमा जीवित रहेका मानवको समेत स्मरण रहेकाले तिनीहरूको स्मरणमा समेत मानसिक रूपमा पहुँच पु¥याउन सम्भव हुन्छ। भूतको अर्थ विगत लाग्ने हुँदा विगतका मानवजातिको स्मरणलाई कतिपय सन्दर्भमा भूत भनिएको देखिन्छ। सामूहिक चेतनासँग संसर्गमा रहने मानसिक चेतनाले पृथ्वीको पञ्चतत्वसँग कुनै पनि हदको सञ्चार वा संसर्ग कायम गर्न सक्ने देखिँदैन। समाजको मान्यतामा रहेको कुनै समय वा स्थानमा देखा पर्ने भनिएको भूत वा प्रेतात्मा तसर्थ मानसिक सञ्चार वा संसर्गको उत्पादन हुन सक्दैन। सात्विक आनन्द वा ब्लिसको अवस्थामा नभएर अन्य प्रकृतिको अर्धचेतन अवस्थाको कुनै अर्कै प्रकारको मानसिक सोचको अनुभूतिको उपजका रूपमा मानिसमा भूत वा प्रेतात्माको सिकार बनेको प्रकृतिको अवधारणा विकास भएको देखिन्छ ।


आत्मा र चेतना सम्पूर्ण जीवित प्राणीमा रहने गर्छ। वैदिक मान्यतामा देवहरू, गन्धर्वहरू, दैत्यहरू आदि धर्म वा अधर्मको सन्दर्भको व्याख्यामा उपयोग गर्न नभएर मानिस जस्तै आत्मा र चेतना हुने सम्पूर्ण प्राणी जस्तै: पन्छी, कमिला, सूक्ष्म जीव र रूख आदिको एकअर्काको सहअस्तित्वका लागि एकापसको भूमिका दर्साउन प्रयोग गरिएको बुझिन्छ। सम्पूर्ण प्राणीबीचको आत्माको अन्तरसम्बन्धको वैज्ञानिक पक्षबारे गहिरो ज्ञान दिने यी शब्दको अर्थको पहिचानमा हुन पुगेको कमजोरीले त्यसलाई देवत्वका रूपमा गलत व्याख्या गरिएको भेटिन्छ ।

 

राक्षस शब्द वास्तवमा ‘रक्षा’ बाट आएको हो। जसको अर्थ रक्षा सँगै सम्बन्धित देखिन्छ। असुर शब्दले दैत्य, दानव र राक्षसलाई नै जनाउँछ । यिनीहरू पनि जैविक र पर्यावरणीय सुरक्षा सम्बन्धकै शब्द हुन्। हावा, वायु, वायुका देवता, जल देवता र प्राण लगायतको अर्थ दिने मूर्त तथा बहुरूपी, प्रलयकारी रूपको संज्ञा दिने रुद्र मरुत, वरुण, समेत सम्पूर्ण प्रकृतिका जीवित प्राणीको सुरक्षा र ध्वंससँगै सम्बन्धित बुझिन्छ ।


आवृत्ति–शक्तिले (पूजापाठ, मन्त्र) समेत सुरक्षा सन्दर्भको तन्त्र मतलब कुनै साधनको प्रतिनिधित्व गरेको देखिन्छ। हाम्रा परम्परागत रैथाने उपचार प्रणालीको सन्दर्भमा यी शब्दहरू हाम्रो शरीरमा हर्मोन, इन्जाइम, एलर्जीका प्रभाव, शरीरका हानिकारक विषाणु, जीवाणु, रोगाणु, भाइरस कण र तिनीहरुले जन्माएको रोग, विकृति र मनोदशाको हालत, रोगका कारक, रोगका नाशक, शरीर तथा पर्यावरणका लागि लाभकारी जीवाणु प्रवर्धक एवं मनोवैज्ञानिक तथा आध्यात्मिक वृत्ति विकासको उत्प्रेरकका विषयवस्तु आदि सँगै सम्बन्धित रहेको प्रस्ट हुन्छ ।


जब मानिसमा अज्ञानता हाबी हुन्छ, अज्ञानताको बीचमै लिइने निर्णयहरू त्रुटिपूर्ण हुन सक्छ । हाम्रा दैनिक जीवनमा आइलाग्ने विषय वस्तुबारे निर्णय गर्ने समयमा गलत र सही छुट्याउने क्षमताको अभावमा हामीमा तत्काल विकास भएको भ्रमका कारण गलत निर्णयमा पुग्नु मानिसको स्वाभाविक दिन चर्या नै हो।


जब मनको कुरा आउँछ, आत्मबलको कुरा आउँछ वा दृष्टि भ्रमको कुराहरू आउँछ, हाम्रो संज्ञानात्मक कौशलले समेत जरुरत अनुरूपको सूचनाको अभावमा फरक निष्कर्ष निकाल्ने गर्छ। यसैबीच मानिसको दिमागको रचनात्मक शक्तिको क्षमता आफैँमा एक अजिब क्षमता रहेको यथार्थ हामीले भुल्नु हुँदैन ।

मानसिक शक्तिको प्रभावमा रहने मानिसको मनको पाँच अवस्था हुने गर्छ । क्षिप्त (अशान्त), विक्षिप्त (दुबिधामा रहेको, विचलित), मुग्ध (भ्रमित), एकाग्र (एकोहोरो निश्चित विषयवस्तुमा केन्द्रित) र निरुद्ध (नकारात्मक, शान्त)। मानिसको मन फरक फरक अवस्थामा रहँदा उसले फरकफरक प्रकृतिका सोच र अनुभव प्राप्त गर्ने गर्छ । तसर्थ आफ्नो मनको फरक अवस्थामा मानिसले एकै घटनाको पनि फरकफरक अनुभूति प्राप्त गर्न सम्भव रहन्छ ।


घटनाको यथार्थ एउटा रहे तापनि मनको कुनै अवस्थामा मानिसका झुटा अनुभूति, विचार र तर्कले घर गर्न सम्भव बन्छ । मानिसले खाने खाना, जडीबुटी, रक्सी, लागूपदार्थ, जीवनशैली, तत्कालीन समयका व्यावहारिक वा मनोवैज्ञानिक परिस्थिति आदिले मानिसमा फरक प्रकृतिको गहिरो अवास्तविक अनुभूति छोडिदिन सक्छ।


साँझको बेला अँध्यारोमा एउटा डोरीलाई सर्प देखेर झस्कने देखि एउटा हरियो सर्पलाई हरियो बिरुवाको हाँगो ठानी समात्न पुग्ने अनि सातो पुत्लो उड्ने घटनाको सिकार बन्ने परिस्थितिको सहजै विकास हुन सक्छ।


त्यस्तै गाउँ घरमा माओवादी आतंक चरम सीमामा पुग्दा रोडमा बसको टायर आवाज निकाली पन्चट हुँदा गाउँमा बम पड्केको ठानी मानिस आतंकित हुने भाग्ने गर्दथे। अगुल्टोले हिर्काएको कुकुर बिजुली चम्कँदा कुइँ गर्छ। एक क्षणिक काल्पनिक घटनाको प्रभावले कतिपय अवास्तविकता वास्तविक बनिदिएर मानिसमा मनोवैज्ञानिक तथा संज्ञानात्मक समस्याको कारक बन्ने समेत गरिदिन्छ।


मानिसको दिमागको विभिन्न अवस्था रहन्छन्। पहिलो, निद्रामा सपनीमा रहेको अवस्था। दोस्रो, सपनी नदेखेको निद्राको अवस्था। जसलाई सुषुप्त अवस्था भन्ने गरिन्छ। तेस्रो अवस्था छ जागृत वा सामान्य दैनिकीको ब्युँझिएको समयको अवस्था। ननिदाएको वा ब्युँझिएको अवस्था। मानिसको दिमाग एक अवस्थाबाट अर्को अवस्थामा प्रवेश गर्दैगर्दा समेत बीचमा कुनै अवस्थाबाट गुज्रन जरुरी पर्छ। उक्त अवस्था अर्धचेतनाको अवस्था हो। अर्धचेतनको समयमा मस्तिष्कमा आत्मसचेतता रहँदैन। न त मस्तिष्कले बाहिरबाट प्राप्त सूचनाप्रति कुनै प्रतिक्रिया नै दिँदै गरेको हुन्छ। इन्द्रियहरूमार्फत प्राप्त सबै सूचनामा पूर्णतया प्रतिक्रियात्मक विहीन बनिरहेको हुन्छ।


मानिसको चेतन दिमाग तर्कसंगत दिमाग हो। एक आलोचनात्मक सोच पैदा गर्ने दिमाग। अनकन्सियस ब्रेन भनिने अचेतन दिमाग भने तर्कसंगत दिमाग नभई आफूले जीवनमा भोगेको अनुभवका आधारमा आफ्नो भित्री मान्यता विकास गर्ने दिमाग हो ।


आफ्नो मनमा गढेको अनुभवका आधारमा आफ्नो अन्तरमनबाट आएको स्वनिर्देशनलाई तर्कसंकत रूपमा तौलिएर विचार गरी रोकेर तर्कसंगत फरक निर्णयमा पुग्ने काम चेतन दिमागको हो ।


दुर्भाग्यवश मानिसमा मनभित्र गडिएर बसेको पीडा, दर्द, मनोरोग र समाधान नगरिएका आघातका अधिकांश चोट मस्तिष्कको त्यही अनकन्सियस ब्रेनमा गाडिएर बसेको हुन्छ । जुन मौका पर्नासाथ बारम्बार बल्झिने गर्छ । मानिस मनोरोगी बन्छ ।


दिमागको ट्रान्सस्टेट भनिने अर्धचेतन अवस्थामा हाम्रो दिमाग सचेतन र अवचेतन अवस्थाबीचमा फसेको हुन्छ।


संक्षेपमा ट्रान्सस्टेटमा मानिस न त पूरा जागृत न त पूरा सपनाको अवस्थामा रहन्छ। कुनै निश्चित अवस्थामा अर्धचेतन अवस्थामा हुँदै गर्दा मानिस आफ्नो अर्धचेतन अवस्थामा मस्तिष्कले जे सोचिरहेको हुन्छ त्यसैको अनुसरण गरिरहेको भेटिन्छ। त्यो अवस्थामा निद्रामै सपना देखे जस्तो गरी डराउने, खुसी हुने, हिँड्ने, कुरा गर्ने, बोल्ने, रुने जस्ता गतिविधि देखिने गर्छ।


झल्याँस्स ब्युझिँदा उक्त गतिविधिबारे जानकारी हुँदा मानिसमा झन् गहिरो सन्देह विकास भए मनोरोगी बनेको समेत भेटिन्छ ।


अनुभवले बताए अनुरूप मानिसको भित्री रूपान्तरण गर्ने कार्यमा उसभित्र पैदा हुने आलोचनात्मक सोचले अत्यन्त हस्तक्षेपकारी भूमिका खेली अवरोध पु¥याउने गर्छ । मस्तिष्क ट्रान्सस्टेटमा रहँदा आलोचनात्मक सोच पैदा गर्ने दिमाग बाइपास हुने गर्छ । ट्रान्सस्टेटमा मानिसलाई रूपान्तरणको प्रयास गर्दा आलोचनात्मक सोचको अवरोध नरहने हुँदा कतिपय अवस्थामा अचेतन दिमागसँग सिधा संवाद सम्भव बन्छ।


अचेतन दिमागसँगको सिधा संवादले भित्री रूपान्तरणका लागि जरुरी हुने सकारात्मक सोच र विश्वास पैदा गरिदिन्छ । सोच र मान्यतामा आएको सकारात्मकताले डर, त्रास घट्ने, आत्मबल बढ्ने हुँदा मानिसलाई स्वस्थ हुने पूर्वाधार विकास गरिदिन्छ । मूलतः सेमी–ट्रान्सस्टेट वा ट्रान्सस्टेटमा गरिने मनोवैज्ञानिक तथा आध्यात्मिक रूपान्तरण, हिप्नोटिजम, मेडिटेसन, योग जस्ता परिवर्तित चेतनाको उपाय मनको भित्री रूपान्तरण लागि उपयोगी बन्छ।

मनोवैज्ञानिक कार्ल जंगका अनुसार अचेतन दिमाग सामूहिक अचेतन वा कलेक्टिभ अनकन्सेन्ससको ठूलो दायराको सञ्जालसँग प्रत्यक्ष सम्पर्कमा रहने गर्छ।

सामूहिक अचेतनलाई युनिभर्सल अथवा डिप माइन्डसमेत भन्ने गरिन्छ। संसारमा अस्तित्वमा आएका सबै जीवको अनुभूतिको ऊर्जा समावेश भएर उक्त प्राकृतिक आवरणको निर्माण भएको हुन्छ। नियमित सचेत दिमागको सम्पर्कमा रहेर जिद्दीयुक्त अहंकार पकडेर बसेको अचेत दिमागलाई ट्रान्सस्टेटमा पु¥याएर गरिने संवादले कलेक्टिभ अनकन्सेन्सस सँगको सम्पर्कमा पु¥याउँछ ।


अचेत दिमाग र कलेक्टिभ अनकन्ससनेस बीच हुने सम्पर्कमा जिद्दीयुक्त अहंकार समेत कलेक्टिभ अनकन्सेन्सस तर्फ विलीन हुँदै जाने प्रक्रिया सुरु हुन्छ। ट्रान्स स्टेटको संवाद प्रक्रिया केही समय सुचारु राख्न सक्दा अचेत दिमागमा गढेर रहेको गहिरो उदासी, क्रोध वा निराशा, प्रतिस्पर्धा–बदलाको भावना आदि क्रमशः कलेक्टिभ अनकन्सेन्सस तर्फ फ्याँकिन पुग्छ।


मतलब आफ्नो जिद्दीयुक्त अहंकार त्याग्न सहयोगी बन्छ । यसले गर्दा मस्तिष्कको अनकन्सियस ब्रेनको भागमा भित्र–बीजका रूपमा गढेर बसेको पीडा, दर्द, मनोरोग र समाधान नगरिएका आघातका अधिकांश चोट सबै सामूहिक अचेतनको भण्डारमा थन्क्याइदिएपछि मौका पर्न साथ बारम्बार बल्झिने बीजको अभावमा मानिस समस्या मुक्त बन्न सक्छ।


परम्परागत रूपमा हाम्रा धामी झाँक्रीले देवीदेवताको भाकल, पूजा आदि गर्ने, बिरामीलाई मनो रोगबाट (भूत, प्रेत, मसान, पिशाच, डर, चिन्ता आदि) बाट मुक्त गर्न कर्मकाण्डी देखिने अचेत दिमागलाई ट्रान्सस्टेटमा पु¥याएर अचेतन दिमागसँग सिधा संवाद गरी मनोवैज्ञानिक तथा आध्यात्मिक रूपान्तरण गर्ने, हिप्नोटिजम गर्ने, अचेत दिमाग र कलेक्टिभ अनकन्सेन्ससबीच सम्पर्क कायम गरी दरिलो आत्मबल निर्माण गर्ने, घरेलु जडीबुटीमार्फत एलर्जीका प्रभाव, हानिकारक जीवाणु र रोगाणुको प्रभाव घटाउने र त्यसले जन्माएको रोग, विकृति र मनोदशाको उपचार गर्ने गरेको यथार्थ आज आएर हामीले बुझ्न सकेका छौँ ।


हाम्रा तिनै परम्परागत प्रविधिको वैज्ञानिक आधार पत्ता लगाएर पश्चिमाहरूले जडीबुटीमार्फत प्राकृतिक उपचार, प्लेसिबो इफेक्ट, एक विन्दुमा नियन्त्रित भएर गरिने ध्यान, आत्म सम्मोहन, सोमलता–गाँजा–भाङ–काँचो सुपारी जस्ता स्वस्थकर तर हेलुसिनेटिङ जडीबुटी सेवनपश्चत् सम्मोहन, प्राणायाम र कपालभाँती जस्ता श्वासप्रश्वास प्रक्रिया, मन्त्र–पूजा र तपस्या, संगीत–बिट्स र ध्वनि, पेन्डुलमको आवाज र गतिमा ध्यान केन्द्रित गर्न ध्यानपूर्वक रेकर्ड गरिएको गतिशील दृश्य हेरी गरिने ध्यान, बास्नादार अगरबत्ती र जडीबुटीमार्फत गरिने सम्मोहन, धर्म कार्य, सामाजिक कार्य, नाच आदिमा भाग लिएर प्राप्त गरिने शारीरिक र भावनात्मक सन्तुष्टि आदि दिँदै आधुनिक मनोवैज्ञानिक उपचार, जीवाणु तथा रोगाणुको उपचारका उपाय संसारभर पु¥याएर अथाह कमाएको देखेपछि हामी झल्याँस्स बनेका छौँ ।


हाम्रा समाजका विज्ञान र मेडिकल पढेका कतिपय पण्डित त अझै हाम्रा परम्पराको चुरो यथार्थ समाजमा जान नदिन यसलाई रूढिवादी भ्रम भन्दै विदेशी ओखती र सामानको नेपाललाई मनोपली बजार बनाउन कम्मर कसेर लागिरहेका छन्। आफ्नो दलाली धर्म पूरा गरिरहेका छन्।


गुरुकुल शिक्षा


जनताले सबै कुरा जान्छन् भन्ने कुरा राजनीतिमा लागेका बेइमानहरूले पटकपटक दोह¥याउने शब्द हो। सूचनाको हक, स्रोत, साधन र पहुँचबाट जनतालाई वञ्चित ग¥यो, जनतामा भ्रम छ¥यो, गुन्डागर्दीबाट पार्टी र व्यवस्था कब्जा ग¥यो अनि अर्को राम्रो विकल्प नहुन्जेल हामीलाई नै मौका दिनूस् भन्दै बेइमानहरू आफ्नो झुट लुकाउन जनता जनार्दन भन्दै हिँड्ने गर्दछन्। जनतालाई प्रिय लाग्ने यी दुई कुराका कारण जनता समेत हाकाहाकी लुट्नेहरूको पाखण्ड लाई सामाजिक रूपमा स्वीकार्य पाखण्डको हैसियत मिल्ने गरी मत हालेर नेता चुनी स्वीकृत गरिदिन्छन्।


वैदिक ज्ञान र विज्ञानको हिसाबमा कुरा गर्ने हो भने कुनै पनि समाज नकारात्मक सोचले कति ग्रसित छ त्यसका आधारमा उक्त समाज कति अग्रगामी छ वा पिछडिएको छ भन्ने यकिन हुनु जरुरी हुन्छ । आधुनिक शिक्षाको नाममा भुइँफुट्टा ज्ञान प्राप्त गरेकाहरूलाई विद्वान् मान्ने समाजले समाजमा व्याप्त नकारात्मक विचारको बिगबिगीका आधारमा समाजको समृद्धि मापन नगरी बुर्जुवा शिक्षा हासिल गरेका व्यक्तिहरूको प्रतिशत र दलाल पुँजीवादी अर्थव्यवस्था अन्तर्गतको जीडीपीका आधारमा मुलुकको समृद्धिको मापन गर्ने गर्छ ।


बेरोजगारीको हिसाब गर्दा कागजी शिक्षा लिएका अल्पशिक्षितहरूको रोजगारीको प्रतिशत मात्र गनिन्छ। बुर्जुवा, चाकर संस्कार विकास गर्ने कागजी ज्ञानको पहुँचमा नरहेका भाग्यमानी र स्वरोजगारमा रहेका मुलुकका वास्तविक अर्थतन्त्र निर्माणका आधार शिलाका रूपमा कार्यरतलाई त्यसमा गणनासमेत गरिँदैन ।

हरपल जसरी हुन्छ मुलुकको राजस्वमा सामूहिक मिलेमतोमा नियोजित रूपमा डाँका मार्न तयार जत्थासँगै मात्र मुलुक सञ्चालनको तालाचाबी पुग्ने गरी राजनीतिक र कार्यनीतिक प्रणालीको इन्जिनियरिङ गरिएको छ ।


सत्तामा रहेको अहिरेले मुलुकको विकास वा समृद्धि गरेन भन्ने आवाज उठेमा अर्को भैरे खोजेर प्रधानमन्त्री तोकिन्छ । बोकाको राजमा कार्यालयमा भ्रष्टाचार भएको समाजमै छताछुल्ल बन्यो भने त्यसको स्थानमा भेडालाई नियुक्ति गरी योजना प्रमुख बनाएर विरोधको आवाज थेगिन्छ । भतुवालाई भैँसीले पाडो पाओस् वा पाडी, के नै मतलब भयो र ? उसको भागमा आउने बिगौती मिलेकै हुन्छ । नियमित ब्रह्मलुटको परम्परा सुचारु रहन्छ ।

हुन पनि बोकाले दाइँ हाल्ने भए गोरु किन नै चाहिन्थ्यो र ? हिजो पटकपटक मित्र राष्ट्रका पश्चिमा खुफिया एजेन्सी पण्डित शासकहरूको निर्देशनमा तिनैका सरकारका खुफिया एजेन्सीकै प्रायोजनमा मञ्चित भएका आन्दोलनहरू पारिको काउली खाएर वारि शासन गर्ने पद्धति एकपछि अर्को गर्दै पटकपटक पुनःस्थापित गरियो ।


वैदिक ज्ञान र गुरुकुल शिक्षालाई अघोषित रूपमा प्रतिबन्ध गरियो । समाजका गुरु र धर्मगुरुहरू गोली हानी मारिए । संस्कृतका किताब र विद्यालय जलाइए । पश्चिमा चिकित्सा मूल स्वास्थ्य सेवा र आयुर्वेदलाई वैकल्पिक स्वास्थ्य सेवा नामकरण गरी हाम्रा रैथाने ज्ञान, सीप, प्रविधि र दखलतालाई अघोषित रूपमा हाम्रो आफ्नै भूमिमा उपयोगहीन विषय बनाएर मुलुकलाई विदेशी उत्पादनको एकाधिकार बजार बनाएर कंगाल पारियो ।


मित्र राष्ट्रमा परिवारको एउटा मात्र सदस्यलाई जवाहरलाल नेहरू विश्वविद्यालयमा (जेएनयू) पढाइदिएर गुन लगाइदिएबापत भारत नै टुक्राटुक्रा पार्ने विचारधारा गर्वका साथ भाषण गर्न तयार हुने कनैया कुमारहरू विकास गर्ने खुफिया एजेन्सीहरू नेपालमा त कुनै परिवारका सम्पूर्ण सदस्यलाई नै जेएनयूको महँगो शिक्षा र ऐहेसान जीवनशैली उपहार दिएर मुलुकलाई रसतालमा पु¥याउन तयार हुने लेन्डुप दोर्जेहरू तयार गरिदिएको छ।


लेन्डुप दोर्जे समूहका सदस्यहरू सम्पूर्ण राजनीतिक दल, नीति निर्माण निकाय, आर्थिक क्षेत्र, गृह प्रशासन, शासन व्यवस्था, खुफिया एजेन्सी, शिक्षाका संयन्त्र, स्वास्थ्यका संयन्त्र, मिडियालगायत सबै संवेदनशील स्थानमा संगठित रूपमै परिचालित र सक्रिय पारिएको छ । मुलुकको दुर्भाग्य नै भन्नुपर्छ, उक्त ग्याङका प्रतिनिधिहरू हालका प्रायः सबै नै चर्चित नेताका परिवारको सदस्यका रूपमा उनीहरूकै भान्सामा आफ्नो करामत देखाउन कुनै न कुनै रूपमा सक्रिय रहेका भेटिने गर्छन् ।


मुलुकमा जबरजस्ती जनताले नचुनेको राजनीतिक व्यवस्था र सामाजिक संरचना लादियो । समाजलाई बन्दुक र भाटे कारबाहीको आतंकले व्याप्त पारेर जनतालाई सचेत हुनबाट वञ्चित गरियो। जनता सचेत भएका भए बाघको छालामा स्यालले रजाइँ हुँदै गर्दा आवाज, आन्दोलन उठ्थे होलान्। मुलुकलाई नियमित लुटको साधन बनाउने गरी ग्रान्ड डिजाइन गर्ने माफिया वर्ग त्यो सम्भावनासमेत हालसम्म निमिट्यान्न पार्न सफल बनिरहेको अवस्था रहन्थेन होला ।


आजको मितिसम्म पुग्दै गर्दा जब हाम्रो मुलुक सुध्रनै नसक्ने गरी थला परिसकेको जनतामा महसुस भयो तब मुलुकको चिन्ता गर्ने धेरै बुद्धिजीवी हाम्रा परम्परागत गुरुकुल शिक्षा प्रणालीलाई झलझली सम्झिरहेको भेटिन्छ। उनीहरूमा मुलुकलाई अब गुरुकुल शिक्षा प्रणालीबाहेक अन्य कुनै शिक्षाले सुधार्न सक्दैन भनी अनुभूति हुन थालेको सजिलै महसुस गर्न सकिन्छ । हुन पनि हाम्रा गुरुकुल शिक्षा प्रणालीमा हरेक शिष्यको उसको नितान्त निजी क्षमताको पहिचान गरी उसमा अन्तर्निहित विशिष्ट खुबीको पूर्ण रूपमा प्रस्फुटन गर्न सघाउने नियत राखिन्थ्यो ।


हरेक शिष्यलाई व्यक्तिगत रूपमा पारिवारिक वातावरणमा अध्यापन गराइने सिकाइ प्रविधिमा सैद्धान्तिकभन्दा प्रयोगात्मक शिक्षा दिने गरिन्थ्यो । छोटो अध्यापनपश्चात् लामो स्वअध्ययन अनिवार्य हुन्थ्यो । जसलाई ज्ञानको खोजी गर्ने र व्यवहारमा लागू गरी महसुस र अनुभूतिमार्फत यथार्थ ज्ञान प्राप्तिका लागि प्रशस्त अवसर उपलब्ध गराइन्थ्यो।


सन्तुलित रूपमा भौतिक, जैविक (जीवन्त), मनोवैज्ञानिक, सामाजिक र आध्यात्मिक ज्ञान समावेश हुने गरी इन्जिनियरिङ गरिएको सिकाइ प्रणालीमा हरेक व्यक्तिलाई उसको क्षमता, कुशलता र सोख अनुरूप निजी प्रशिक्षण दिइन्थ्यो। मानिसको भौतिक शरीर उसको निर्धारित उद्देश्य प्राप्तिका लागि उपलब्ध माध्यम मात्र रहेको पूर्ण अनुभूतिका साथ भौतिक शरीर र मस्तिष्कको स्वस्थ तथा तन्दुरुस्तीको अनिवार्यता अपरिहार्य ठानिन्थ्यो। त्यसका लागि प्रकृतिको सामीप्यमा पुगेर प्राकृतिक नियमको अनुसरण गर्ने तथा अनिवार्य रूपमा मेडिटेसन वा ध्यान गर्ने, वैदिक ज्ञान प्राप्त गर्ने र योग अभ्यास पूरा गर्ने कार्य सम्पन्न गरिन्थ्यो। यसका अतिरिक्त पशुपतिनाथको मुलुकको परम्परागत गुरुकुल शिक्षाको आफ्नो प्रमुख नेपाली विशेषता थियो जुन अन्यत्र बिरलै पाइन्थ्यो।


हाम्रो आफ्नै शिक्षा प्रणालीको अन्यत्रभन्दा थप विशिष्ट प्रकृतिको थियो भन्नेबारे धर्मगुरुहरू अनविज्ञ रहेकाले हो वा के कारणले हो खुलासा हुन सकेको छैन । भारतीय संस्कृतिको गुरुकुल शिक्षा हेरेर नेपाली भूमिको गुरुकुल शिक्षा पनि त्यस्तै थियो होला भनी अनुमानका भरमा निकै धेरै प्रवचन र चर्चा भएको त पाइन्छ । नेपाली गुरुकुल शिक्षामा अन्यत्रको शिक्षा प्रणालीभन्दा थप विशिष्टता के थियो र कसरी नेपालमै जन्मिएका विश्वकै पहिलो प्लास्टिक सर्जन सुश्रुत र वेद व्यासलाई त्यस्तो विशिष्टता हासिल गर्न सम्भव भयो भन्नेबारे उजागर भएन ।


साथै यो भूमि धारावाहिक लेखक गणेश, पाणिनिलगायतको कर्मक्षेत्र किन बन्न पुग्यो त्यसको पछाडिको कारण सार्वजनिक हुन सकेन। आचार्य सुश्रुत जस्तै नेपालमै जन्मिएका सिद्धार्थ गौतममा हाम्रो भूमिको गुरुकुल शिक्षाको आफ्नै थप विशिष्टताको भूमिकाको देनबारे समाज सुसूचित हुन पाएन।


अब नेपाली भूमिको उक्त गुरुकुल शिक्षाको आफ्नै थप विशिष्टताबारे एक उदाहरणसहित चर्चा गरौँ । रोडको सञ्जाल अत्यन्त धेरै विकसित भएको मुलुकमा हाल गुगल म्याप प्रयोग गर्ने जिपिएसको प्रयोग गरी गाडी चलाउने चलन धेरै बढेको छ। एक ठाउँबाट अर्को ठाउँ जान जब तपार्ईं त्यसमा जाने ठाउँको ठेगाना हाल्नुहुन्छ र कस्तोकस्तो बाटोलाई प्राथमिकता दिने भनी प्रोग्राम गर्नुहुन्छ, त्यसैको आधारमा त्यसले कुन बाटो कसरी जाने भनी तपार्ईं प्रायः त्यसैको निर्देशन पछ्याएर आफू परिचित नभएको स्थानमा समेत आफैँले गाडी चलाएर सजिलै पुग्नुहुन्छ।


तपार्ईंले पक्कै पनि याद गर्नुभएकै होला यदि तपाईंले बीचमा गलत गर्नुभयो वा गुगलले देखाएको बाटो पछ्याउनुभएन भने पनि उक्त गुगलको जिपिएसले तपाईंलाई कहिल्यै गल्ती गरिस् भन्दैन । न त गाली वा निन्दा नै गर्छ न दिक्क मानेर मुडअफ हुने, ह्याङ हुने वा चिच्याउने केही गर्दैन ।


जब तपार्ईं गलत मोड लिनुहुन्छ, त्यसले यता बटारिएर धेरै हिँड्नु प¥यो वा समय खेर गयो वा यो त्यो खर्च भयो केही भन्दैन। तपार्ईंलाई सिफारिस गरिएको नक्सा विपरीत अन्यत्र जहाँ पुग्नुभयो पुनः त्यहीँबाट तपार्ईं यो चौबाटो वा दोबाटोबाट बायाँ जानु वा दायाँ जानु भनी तपार्ईंलाई तपाईंको यात्रामा सहयोग गर्न सुरु गर्छ। तपाईंको हिँडाइबारे कुनै पनि सकारात्मक वा नकारात्मक सोच नराखी तटस्थ रहेर सहयोग गर्न सुरु गर्ने गर्छ।


तपार्ईं एकछिनलाई सोच्नुस् त! गुगलले बताएको बाटो नजाँदा तपाईंले कति धेरै हिँड्नुप¥यो, कति समय खेर फालियो, कति इन्धन आदि अनावश्यक खर्च भयो जस्तो कुरा तपाईंलाई सम्झाउने गर्दैन। न त गाडी चलाउँदै गर्दा यो गलत भयो अब यसरी सुधार गर भन्नसमेत चासो राख्दैन । प्रोग्राम गरेको भए के त्यो गुगल म्याप जीपीएस धेरै मूल्यको र धेरै उपयोगी हुन्थ्यो होला? गुगलले ती सुविधा सामान्य प्रोग्रामबाट नै सजिलै राख्न सक्थ्यो। किन सामान्य प्रोग्रामबाट पूरा हुने त्यो काम त्यत्रो गुगल जस्तो कम्पनीले नगरेको होला ?


हामी त झन् चिन्दै नचिनेको मान्छेले भनेको कुरा, भनिएको विषयको सन्दर्भ र त्यसबारे ज्ञान नहुँदा समेत सामाजिक सञ्जालमा ठूलाठूला तर्क र आदर्श छाँटेर लेख्ने, नमागिएको सल्लाह दिने गोर्खाली। अर्काको गल्तीमा अगाडि आएर आलोचना गर्न पाउँदा आफू स्मार्ट बनिने अनुमानमा आफैँ सँग गर्व गर्ने संस्कार बोकेका महामानवलाई यस्तो विपरीत चरित्रयुक्त गुण बोकेको गुगल जीपीएसको बानीले दिक्क बनाउने, सुन्दै कन्सिरीको रौँ तातेर आउने हुनुपर्ने हैन र ? त्यस्तो हुँदाहुँदै पनि किन यो गुगल म्यापको संसारमा एकाधिकार भएको होला ।


हाम्रो पाराले सोच्दा, जीपीएसले त्यसो गरेको भए तपार्ईं बेकारमा यति थप बाटो हिँड्नुपर्ने भयो, तोकिएको स्थानमा यति समय ढिलो गरी पुग्ने हुनुभयो, बैठकका लागि यति ढिलो हुन जाँदै छ, ध्यान दिएर मेरो निर्देशन सुन्नुहोस्, अब फेरि गल्ती नगर्नूस्, ठीक छ !! समेत भन्थ्यो होला । आजका फगत आधुनिक र वैज्ञानिक नाम दिइएका हाम्रा निकै धेरै विद्यालय वा विश्वविद्यालयका ठूलो संख्याका मास्टरहरूले जस्तो तपाईंलाई गल्ती गर्ने छुट छैन भन्दै पाइला पाइलामा हस्तक्षेप गरी तपाईंको हैन, पढाउने शिक्षकको महसुसले विकास गरेको मान्यताका आधारमा तपाईंको यात्रा पूरा गर्न सहयोग गरेकै  होला ।


आजको दिनमा पुग्दै गर्दा नयाँ शिक्षाको उपहारबापत हामीले ग्रहण गर्न पुगेको औसत गोर्खाली प्रवृत्ति, विचारधारा र संस्कारको कुरा आफ्नै ठाउँमा छ । जति तुच्छ शब्दले अर्कालाई गाली गर्न सकियो त्यस्ती ठूलो लेखक बनिने, प्रधानमन्त्री, मन्त्री र तिनका विशिष्ट सल्लाहकाररूपी पद र रवाफ पाइने, जति खोक्रो सिद्धान्त र आदर्शको कुरा ग¥यो त्यति ठूलो नेता बनिने, जति पाप ग¥यो त्यति फलिफाप आइलाग्ने हाम्रा भूमिका यथार्थहरू आफ्नै ठाउँमा छन्।


हाम्रा भूमिका आफ्नै यथार्थता कत्तिको सही छ वा खराब छ त्यो यो लेखकको बिजनेसको विषयसमेत रहेन । तर पनि निर्धारित लक्ष्य प्राप्तिको सम्बन्धमा संसारको व्यावहारिक यथार्थता भने नयाँ शिक्षा र विदेशी प्रभुका दासहरूले बिटुलाउन पाउनुभन्दा अगावैको नेपाली भूमिको परम्परामा अभ्यस्त बनेको अवधारणा सँगै हुबहु मिल्ने गरी हालको हाम्रो भूमिको यथार्थता भन्दा नितान्त भिन्न रहेको भेटिन्छ।


गुगल जीपीएसको प्राथमिक चासो तपार्ईंलाई तपार्ईंको लक्ष्यसम्म पुग्न सहयोग गर्ने हो न कि तपार्ईंको गल्तीमा तपार्ईंलाई नमीठो महसुस गराउनु वा गल्ती

नहुँदा तपाईंको प्रशंसा गर्नु नै हो। जुन विन्दुमा गुगल जीपीएस आफ्नो प्राथमिक चासोलाई बिर्सेर प्रयोग कर्ताको आलोचना, समालोचना वा प्रशंसामा उत्रन्छ, त्यो विन्दुबाट उसले हामीमध्ये धेरैको सम्मान प्राप्त गर्न छोड्छ। गुगल जीपीएस सँग मोहभंग भएकाहरू यसको विकल्प खोज्न सुरु गर्ने गर्छन्। यसको हालको बजार मागसमेत उल्लेखनीय रूपमै खस्किन थाल्छ।


त्यो मूल मन्त्र बुझेको गुगल जीपीएसको गुगल म्याप तपाईंलाई तपार्ईं फरक बाटो जहाँ पुग्नुभयो त्यहीबाट पुनः शाही मार्गहरू सिफारिस गर्ने गरी इन्जिनियरिङ गरिएको हुन्छ। अन्यत्र मुलुकको भन्दा नेपाली भूमिको परम्परागत गुरुकुल शिक्षा पद्धतिको महत्वपूर्ण अतिरिक्त मान्यतामा गुरुकुल शिक्षामा शिक्षाका लागि आउने एक शिष्यको गन्तव्यलाई मुख्य आधार मानी उसैलाई मिल्ने गरी गुरुकुल शिक्षाको प्रशिक्षण योजना बनाउन प्राथमिक चासो राख्न अनिवार्य मानिन्थ्यो। संयोगले आजको गुगल म्यापको इन्जिनियरिसमेत त्यही आधारमा रहेर विकसित भएको देखिन्छ। हामी भने आजको गुगल म्यापको जीपीएसले कसरी काम गर्छ भन्ने उदाहरण दिएर आफ्नो परम्परा यस्तो हो भनी समाजलाई बताउन पर्ने हालतमा पुगिरहेका छौँ ।


भूगोलका विभिन्न गुरुकुल शिक्षा अन्तर्गत हाल नेपाल रहेको भूभागको गुरुकुल शिक्षाको प्रभावकारिता अत्यधिक रहनुमा यसको मूल अवधारणामा रहेको फरकपन र शालीनता नै प्रमुख थियो । उल्लेखनीय पृथकता जस अन्तर्गत व्यक्तिले काम गर्ने क्रममा जब गल्ती भएको महसुस भएर दुखित बनिरहेको हुन्छ त्यही बेला आफ्ना मार्गनिर्देशक, आफन्त र सहयोगीको निराशा र क्रोधको सिकार भएर उसलाई झन् पीडित र निराशावादी हुनबाट रोक्ने। शालीनता जसले काम गर्ने क्रममा हुने गरेको गल्तीलाई थप ज्ञान लिने अवसरका रूपमा उपयोग गर्न शिष्यहरूलाई उत्प्रेरित गर्ने। भएका गल्तीबाट सिकेर उक्त गल्ती पुनः नदोहरिने गरी काम सम्पन्न गर्न सक्ने क्षमता अभिवृद्धि गर्ने। नियतवश गरिएका गल्ती र बदमासीलाई दण्डित गर्ने ।


यो अवधारणाको सबैभन्दा बुद्धिमानी र उत्कृष्ट पक्ष हो शिष्यले आफ्नो जीवनको उद्देश्य आफैँले अनिवार्य छनोट गर्नुपर्ने। गुरुले शिष्य आफैँद्वारा निर्धारित उद्देश्यको प्राप्तिमा चासो राखी उचित प्रशिक्षणको निर्धारित योजना तर्जुमा गरिदिने । शिष्यलाई आफ्नो यात्रामा स्वतन्त्र बढ्न प्रेरित गर्ने । उसको नियत वा यात्राको गतिमा कुनै दृष्टिकोण नबनाउने।


यात्राका क्रममा शिष्यबाट भएका गल्तीमा न त आलोचना गर्ने न कुनै रिस राग राखी गाली नै गर्ने शालीनता हाम्रो गुरुकुलको धुकधुकी थियो । यात्राको क्रममा भएका उत्साहपूर्वक नतिजाहरूमा समेत उसलाई फुक्र्याउने गरी तारिफ नगर्ने हाम्रो गुरुकुलको कला थियो। शिष्य स्वतन्त्र रूपमा आफ्नै बुद्धिमत्ता वा कमजोरीले जाँदा पुग्छ त्यही विन्दुबाट उसको उसको गन्तव्यको विन्दु पुग्न उपलब्ध सबैभन्दा उत्तम विकल्पको हरक्षण उपलब्ध गराइदिने गुरुको करुणा तथा असीम प्यार हाम्रो गुरुकुलको फरक प्रकृतिको विशेषता थियो ।


हाम्रो जीवन जस्तै मुलुकको समृद्धिको हजारौँ माइलको यात्रासमेत यसले चल्ने पहिलो कदमसँगै सुरु हुने गर्छ । यो जरुरी छैन कि मुलुकले चालेको पहिलो कदम समृद्धिको गन्तव्यतिर बढेको देखियोस्। तर, नियतमा भने प्रस्ट रूपमा त्यतै बढ्ने उद्देश्य निहित हुनुपर्छ । एउटा कुरा सही हो कि हरेक मुलुकको आफ्नै बाध्यता, लक्ष्य र महत्वाकांक्षा हुने गर्छ । कहिलेकाहीँ उक्त मुलुकले लिएको गन्तव्य र नियत फरक पो छ कि भन्ने पनि देखिन सक्छ । जब नियत नै जसरी पनि समृद्धितर्फ बढ्ने भन्नेमा केन्द्रित गरिन्छ, त्यसले गन्तव्यलाई समेत जबरजस्त फरक आकार दिएर समृद्धिमै पु¥याउँछ ।

दुर्भाग्यवश विगत केही दशकदेखि हाम्रा नेतृत्वमा रहेका नेता र शासक वर्गको नियतमा सदैव लुटतन्त्र र देखाउने गन्तव्यमा हरदम मुलुकको समृद्धि राखिएको प्रस्ट अनुभूति हुन्छ।


इतिहासकै सबैभन्दा नालायक शिक्षा प्रणालीले विकास गरेको बिचौलियाहरूको राजनीतिमा नेताका रूपमा राजनीतिक सक्रियता, राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलमा संगठित रूपमै हुने गरेको माफियाकरण आदि आज नेपालमा न्याय, मूल्य र मान्यता स्खलित सामाजिक संरचना निर्माण गर्न प्रमुख बनिदिनु नै नेपालको सबैभन्दा ठूलो दुर्भाग्य बनिरहेको छ ।


विकसित मुलुकको अनुभवले मुलुकको समृद्धिका लागि मुलुकमा नवप्रवर्तनको संस्कार बस्नुपर्ने देखाउँछ । नवप्रवर्तनको संस्कारको स्थापनाका लागि हालका ढुकुरे छातीवाला भ्रष्ट नेतालाई मुलुकको माया गर्ने समाजसेवीबाट प्रतिस्थापनको जरुरत पर्छ। मुटुमाथि ढुंगा राखेर मुलुकको यथार्थता बताउने हो भने दुःखका साथ यो कुरा स्वीकार गर्न बाध्य हुनुपर्छ, हाम्रा हकमा आजको राजनीतिक प्रणालीको पहुँच बाहिरको अवस्थासँग मात्र मुलुकभित्र नवप्रवर्तनको संस्कार स्थापना गर्ने हैसियत र क्षमता रहेको छ । जसले मुलुक निकै छिट्टै पुनः अकल्पनीय द्वन्द्वतर्फ अघि बढिरहेको प्रस्ट संकेत गरेको छ।