वेदमा विज्ञान वैज्ञानिक समालोचना भाग - १
PDF
विद्यावारिधि अथर्ववेदाचार्य नारायण घिमिरेको वेदमा विज्ञान - वैज्ञानिक समालोचना भाग - १ कपिराइट © २०२४ का लेखक हुन्। तनहुँ बन्दीपुरको यम्पा फाँटमा जन्मेका घिमिरे दुई दशकदेखि प्रवासी नेपालीको रूपमा क्यानडामा बरिष्ठ खाद्य तथा औषधि वैज्ञानिकको रूपमा कार्यरत छन्। ब्रह्माण्डीय चेतनाबाट उत्पन्न मानव चेतना र भौतिक देह ब्रह्माण्ड चेतनामा नै फर्कने वैदिक दर्शनभित्र रहेका जीवन निर्माण, जीवनयापन र जीवनको समाधिसँग सम्बन्धित हरेक तहका गतिविधिहरूको सूक्ष्म वैदिक र वैज्ञानिक विश्लेषणमा उनी लागिपरेका छन्। वेदमा विज्ञानको वैज्ञानिक समालोचना भाग १ कृति क्रियोल नेपाली भाषामा प्रकाशित गरी पाठकसम्म पुर्याउन पाउँदा क्यानेडियन वैदिक हेरिटेजले सन्तोषको अनुभव गरेको छ। साथै, लेखकलाई धन्यवाद दिँदै, पाठकहरूसँग संस्थाको तर्फबाट कृतज्ञता समेत व्यक्त गर्न चाहन्छ।